Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोसाइँकुन्डको यात्रा, ठगीले हामीहरुको जात्रा

Posted on August 29, 2013August 30, 2013 by mysansar

-दीपेश पन्त-

भर्खरै गोसाइँकुन्डको मेला सकियो। केही साथीहरुसँगै मैले पनि यात्रा गरेको थिएँ। यो यात्रा कहिले नबिर्सने गरी मनमा गडेको छ। सम्पूर्ण यात्रालाई सम्झने हो भने त्यो यात्रालाई ठगिकुन्डको यात्रा भन्दा हुन्छ। ठगीको सुरुवात भने यही काठमाडौंको माछापोखरीस्थित रसुवा र त्रिशुलीको गाडी चढ्ने ठाउँबाट भयो। डिलक्स गाडीको भनेर रु २०० को यात्रालाई ३०० तिरियो। तर रसुवाको राम्चेमा ठूलो पहिरो गएकोले बाटो बन्द थियो। अनि पहिरो कटेपछि करिब ५ किलोमिटरको लागि गाडी चढ्न पाइने तर आश्चर्य! पिच सडकमा ५ किमीको ८० रुपिया भाडा।

त्यसपछि फेरि एउटा पहिरो ठाडे भन्ने ठाउँमा रहेछ त्यहाँबाट फेरि ९ किमीमा धुन्चे पुगिने, त्यहाँ फेरि ५० रुपैया भाडा। कूल धुन्चेसम्मको भाडा ३००+८०+५०=४३० अनि पहिरो बीचमा हिंड्नु पर्ने ३ किमी। यो एउटा ठगी रह्यो।

बाटोमा रहेका थर्पुहरुमा ठगिने क्रमको कुरै नगरौँ। न सफाइ छ। बाटो भरी मानव विष्टामा टेक्दै उकालो लगियो। जब बेलुकी गोसाइकुण्ड पुगियो, त्यसपछि त्रिपाल ओडाएर राखेको पूरै खुल्ला थर्पुमा सुतेको/खाएको रु ६०० देखि ७०० रे।

अनि खाना नखाए नि ?
सोध्दा त खाए खा, नखाए नखा। पैसो तिर्नु पर्छ रे।

अब त्यो चिसोमा कहाँ जानु र खै। तिर्ने सम्झौता गरियो। खान त मन भएन, तैपनि पूरै पैसो तिरियो। अग्रिम २ जनाको ६०० तिरेपछि एउटा पातलो मन्डी पाइयो जसकम २ जनाले रात बिताउनु पर्ने भयो। अनि खाना भने खाइएन अलि बिरामी भएर।

होटेलको मान्छे राति १० बजेतिर बाँकी ६०० लिन आयो। हामीले अहिले सुतियो, पैसो झोलामा छ। भोलि बिहान दिउँला हुन्न भनेको त पूरै हात्पातमा पो उत्रियो त। यस्तो र उस्तो जातियता को कुरा गर्‍यो, जो यहाँ भन्न सकिन्न। अनि बल्ल-बल्ल उठेर पैसो दियौँ।

न शौचालयको ब्यबस्था न अरु केही। साह्रै कष्टले रात काटियो। भोलिपल्ट झर्ने बेला केही खाउँ न त भनेको त एउटा सुख्खा रोटीको ५० रुपियाँ रे। त्यही पनि भनेको बेला दिएन।

लौ न, तरकारी चिसो भैसक्यो अलि छिटो गरम् न भनेको त “त्यहाँ बढी होइन है” पो भन्छ बा। पैसो तिर्नुछ तैपनि त्यस्तो व्यबहार। साह्रै भारी मन लिएर झरियो।

धुन्चे आइपुगेर त्यही ९ किमीलाई ५० पनि तिरौँ न अब के छ र अरु बाटो भनेर गाडी चढेको त एक्कासी चल्न लगेको बस रोकियो। के भयो भनेको त त्यहाँको होटेलवाला पो गाडी रोकेर बसेका रहेछन्। हामी फर्कियौँ भने उनीहरुको ब्यापार हुँदैन रे भनेर पो गाडी रोकेका रहेछन।

यस्तो अचम्म त कहिले सुनेको थिइनँ, तर त्यहाँ साक्षात देखियो। बल्लतल्ल कुरो मिल्यो। अनि फेरि त्यही नियति- ९ किमीको रु ५०। धुन्चेदेखि ठाडे अनि ३ किमीको हिँडाइ। अनि ग्राङदेखि ५ किमीको ५० तिरी राम्चे आएर काठमाडौं लाई ३०० तिरी काठमाडौं प्रवेश गरियो।

गोसाइँकुन्ड वा अरु ठाउँको यात्रामा तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस‌्।

[यो ब्लग पन्तले यहाँबाट पठाएका हुन्। तपाइँसँग पनि माइसंसारका लागि उपयुक्त अनुभव, फोटो, घटना, संस्मरण छन् भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

36 thoughts on “गोसाइँकुन्डको यात्रा, ठगीले हामीहरुको जात्रा”

  1. Sharad Tamang says:
    September 2, 2013 at 4:15 pm

    म पनि यसपाली गको थे । मैले त यहाँले जस्तो केही झेल्नु परेन त ! कस्तो अचम्म !! मैले त झन एक्लै धुन्चेदेखी गोशाइकुण्ड हुँदै मेलम्चीसम्मको यात्राा नापेको थिए। एउटा कुरा स्मरण गराउन चाहन्छु म यहाँलाई, कुरा ५७ सालतिरको हो, तेती खेर म मुस्ताङ जाँदा कालो चिया प्रती कप बिस पच्चिस रुपैया थियो , तर मैले स्याउको जुस प्रती कप पाँच रुपैया मा खाको थे । अब आँफै सोच्नुस् किन यस्तो भयो ?!!!

    Reply
    1. nidhi says:
      September 2, 2013 at 10:25 pm

      सिजनमै त होनी वर्षा भरि को पैसा कमाउने. खानाको सरकारी दर पनि छ तर कसले लागु गर्ने. टाडा टाडा बाट आएका यात्रुले पैसा नातिर्लन भन्नु परेन. ठगेर नै पैसा लिने भए पनि बोलि त अलि राम्रो गर्नु नि. येस्तै नमिठो अनुभव लिएका साथीहरु यो यात्रा कसैलाई नगर्ने सल्लाह दिदै छन्. शरद जी लाई गारो नभएको त ब्यापारी ले आफ्नो मान्छे चिने होलान नि त.

      Reply
  2. Bibek says:
    August 31, 2013 at 11:30 pm

    दिपेशजी ,
    गलत प्रवितिको त बिरोध गर्ने पर्छ .. तपैलाई त्यो यात्रामा परेको दुख बुजियो..

    तर तपैले नकारात्मक आनुभव मात्रै लेखेर गोसाईकुण्ड को सकारात्मक कुरा हरु चुताउदा यसले गोसाईकुण्ड नगएको मान्छेमा चै नकारात्मक सन्देस दिन्छ कि भनेर मैले आफ्नो आनुभव थप्न खोज्दैछु.

    गोसाईकुण्ड यात्रामा प्रकृतीको जुन रस को आनुभव गर्न पाइन्छ त्यो सायद तेति सजिलै अन्तबाट पाइदैन

    त्यो यात्रामा मेरो अनुभवचै अलि फरक छ है. हुनत म मेलाको बेलामा चै गएको हैन . गत वर्ष कार्तिक मा र यसपाली बैशाखमा गको. पहिरोको बाटो र पहिरो बिचमा गाडीको भाडा ५० चै मैले नी तिरेको.
    धुन्चे र काठमाडौँ को मान्छेमा खास भिन्नताचै पाइएन . तर धुन्चेबाट माथि लागे पछि त्यहाको जस्तो असल मिजासको मान्छे मैले अन्त भेटेको छैन. बसेको रु १०० भन्दा बढी तिरेको हैन .. साधा खानको २०० अनि कालो चियाको ५० सम्म तिरेको. त्यो पनि धुन्चेबाट बोकेर जाने दाजु संग कुरा गर्दै गएको भएर होला , ऊहाले दिनभरी लगाएर बोकेको समान लाई तेती तिर्न दुख लागेन.. काठमाडौँ कै ठीकठाक रेस्टुरेन्टमा लिन्छन तेती त..
    लौरीविनायकबाट हिमालको जुन मनोरम दृश्य देखिन्छ , लौ त त्यो किन्न पाइयोस तेति पैसामा ..

    मेलाको फाइदा लिन ब्यापारिक मिजासका मान्छेको बाहुल्यता भएकाले तेहाका सोझासाझा मान्छे छायामा परेको जस्तो लग्यो मलाई चै.

    अब एक पटक मेला नभएको बेलामा पनि गैहेर्ने कि

    Reply
  3. subarna says:
    August 30, 2013 at 7:36 pm

    गोसाइँकुण्ड भन्ने ठाउँ जंगललै जंगल विचको विकट ठाउँ हो, जुन ठाउँमा सामानको ढुवानी मानिस स्वयमले वोकेर नै गरिन्छ। सो ठाउँमा काठमाण्डौको भाउमा सुन्न र खान कहाँ पाइन्छ र? आफुलाई चाहिने सामान त मैले 2 वर्ष अगाडी 1 बोतल मिनरल वाटरलाई 100रूपैया तिरेको छु। 1 कप चियाको लागि 100रूपैया तिरेको छु।मेरो अनुभवमा त्यहाँ रहेका संपुर्ण पसलहरूमा सबैको एउटै नै भाउ पाए।
    जुन ठाउँमा जानको लागि स्वयमले नै सुत्नकोलागि आवश्यक स्लिपिङ व्यागको व्यवस्था गर्नु पर्दछ। बाटोमा बोक्न गाह्रो हुन्छ भनेर तपाई त ठमेल गाको जस्तो गरि जानु भाको जस्तो लाग्यो। 500/700 रूपैया तिरेर पनि सिरख दिएनन है मलाई त।बरू आफुले वोकेर गएको स्लिपिङ व्यागको भरमा सुत्नु परेको थियो।बरू तकिया सानो भयो भनेर गुनासो गर्दा चै ल्याइदिएका थिए है। र पैसा चाहि होटल छोढने बेलामा नै तिरेको थियौ। तपाईले भने जस्तो रूखो व्यहोरा चै कसैले निदेखाएननहै सुन्दरी जल देखि गोसाइँकुण्ड सम्मको यात्रामा।
    गोसाइँकुण्डको यात्राको लागि जनै पुणिमाको समय चाहिँ उपयुक्त हो जस्तो लाग्दैन मलाई। झरिको मौसम, जुका अनि पहाडको बाटो पहिरोको समस्या,त्यसमाथी काठमाण्डौका सौखिनहरूलाई त साहै साह्रो पो पर्छ त। तर गोसाइँकुण्डलाई फरक फरक मौसममा फरक फरक किसिमले हेर्न सकिन्छ।

    Reply
  4. praveen says:
    August 30, 2013 at 4:47 pm

    मा पनि मेरा ४ जना मित्र हरु सित गोसैकुंदा यात्रा मा गएका थियौ.. तर अफसोच दिपेश जी तपाई को जस्तो सुन्दै धिक्कार लाग्दो अनुभव चाही बटुल्न पाएन.. जति थर्पु (३) मा बस्यौ सबै ठाउँ मा मिलनसार ब्येक्ति(होटेल वाला) हरु भेट्यौ.

    हो, महँगो चै सारै महँगो रहेछ तर अलिकति [प्राक्टिकल] हुने हो भने सबैले बुझ्नु पर्छ उनि हरु को आए श्रोत नै तेही हो अनि कमाउने मौसम पनि येही नै हो… तेत्रो उकालो चढेर चामल दौरा अनि पीठो बोकेर लग्नु पर्ने…

    साएद तपाई चै हजारू माछा हरु मा एउटा पर्नु

    Reply
  5. रविन says:
    August 30, 2013 at 1:27 pm

    गोसाईकुण्ड म पनि तिन पटक गएको छु.
    १. पहिलो कुरो त सुन्दै अचम्म लाग्छ त्यो धुन्चे पुग्ने भन्दा पहिलेको २टा पहिरो हरेक साली जान्छ, पहिरो जाने गराइन्छ रे र त्यहि तिर्थालुको भीडबाट पैसा लुट्न त्यहाको स्थानीयले त्यो पहिरो बनाउन पनि दिदैनन.
    २. जातीय कुरो गरेर मुख छाड्ने र धम्काउने त उनीहरुको जन्म सिद्द अधिकार जस्तै गर्छन.
    ३. गोसाईकुण्डमै गएर बसियो भने छाप्रो भित्र टुक्रुक्क बसेर रात बिताउन सुरुमा ५-६०० भन्छन मोलमोलाई गरेर बसियो फेरी राति कोहि बढी तिर्ने आयो भने निकलिदिञ्छन नत्र बढेको पैसा तिर्नु पर्छ.
    ५. यो साउने मेलाको बेलामा त मानव बिस्ठा कुञ्चन्दै र त्यसमा लडिबुडी (हिलो बाटो चिप्लिएर) जानुको कुनै बिकल्प छैन.

    गोसाईकुण्ड प्रकृतिले दिएको अनुपम उपहार हो हामी यस धर्ति अझ नेपालमा जन्मिएपछि जानै पर्छ. जाँदा निम्न उपाए अपनायियो भने दुख नपाउन सकिन्छ.

    १. मेरो बिचारमा पबित्र तथा प्रकृतिको अनुपम उपहार हो तेसैले मेलाको बेलैमा जानु पर्छ भन्ने छैन. त्यहाँ जान उत्तम समय भनेको आश्विन र कार्तिकको समय हो. मौसम पनि एकदम सफा भिडभाड पनि कम.
    २. त्यतिखेर यो राम्चेको पहिरो पनि हुँदैन.
    ३. धुन्चेबाट बिहान प्रस्थान गरि लौरीविनायक बस्ने उकालो लाग्नु भन्दा पहिलेनै धुन्चे बाट माथि बस्ने चल्तीको होटेल बुक गरि जाने.
    ४. अनि लौरीविनायक बेलुकी ४-६ बजे भित्र पुगिन्छ र त्यति खेर लाङ्गटांग हिमालको मनोरम दृश्य हेरी बिहान ५-६ बजेर तिर गोसाईकुण्ड लाग्ने ८-११ बजे सम्ममा पुगिन्छ अनि १-२ घण्टा बसेर चन्दनबारी को होटेलमा बास बस्ने.
    ५. यसो गर्दा हामीले तलतिर झर्दा सरीरले भोग्ने पिडा धेरै कम हुन्छ.
    ६. भोलि पल्ट बिहानै नास्ता गरेर झर्दा १२-३ बजे सम्ममा धुन्चे पुगिन्छ त्यहि बसेनि भयो काठमाडौँ फर्कन पनि सकिन्छ.

    यो मेरो तीनपटकको यात्रा अनुभवबाट बुझेको कुरो हो.

    जय शिव शंकर!!!

    Reply
    1. योगेश आदी says:
      August 31, 2013 at 5:16 am

      रबिनजी, जानकारीमुलक लेख लेख्दा आधारहीन तथ्य प्रस्तुत गर्नु लेखकको मर्यादा भित्र पर्दैन / तपाइँ कै हरफ यस्तो छ;- “पहिरो जाने गराइन्छ रे र त्यहि तिर्थालुको भीडबाट पैसा लुट्न त्यहाको स्थानीयले त्यो पहिरो बनाउन पनि दिदैनन.”
      अब, आफै मनन गर्नुस्… यस्तो कपोकल्पित पनि लेख्नु ??!!!
      अर्को कुरा; जातिय कुरा गरेर कसैले कसैलाई किन धम्काउछ र ??!!!

      Reply
      1. रविन says:
        September 1, 2013 at 2:19 pm

        योगेश आदिजी
        नेपालमा भएको बिकट क्षेत्रहरुमा वर्षायाममा पहिरो जान सक्ने गरेर पानीको कुलेसो बनाइदिने र समयमा त्यो बाटोको मर्मत गर्नै नदिने चलन यो धुन्चेमा मात्र होइन अन्य क्षेत्रमा पनि छ. अवरोध पुर्याउने अनि अनेक तरिकाबाट यात्रु संग पैसा असुल्ने. यो कुनै हावादारी कुरो होइन. अलि बिकट क्षेत्रको यात्रा गर्नुस आफै थाहा पाईहाल्नुहुन्छ.

        यो जातीय कुरो गरेर गाली गर्ने र धम्कि दिने भनेको कुनै तथ्यहीन होइन एकदम यथार्थ हो.

        नेपालमा भएको हरेक क्षेत्र, जाती, सम्पदा र संस्कृतिको म अतिनै सम्मान गर्छु र मेरो सबैतिर घुम्ने र अन्तरक्रिया गर्ने सोख पनि हो. यसो भन्दैमा यथार्थलाई लुकाउन सकिन्न.

        Reply
  6. Devendra Basnet says:
    August 30, 2013 at 10:41 am

    सेवा सत्कार र आदर हराएको अहिलेको नेपालमा जसरि हुन्छा कमाऊ भन्ने मानसिकताले गर्दा एस्तो भएको हो. यो गोसैकुंदा एरिया को मात्र होइन समग्र नेपालकै समस्या हो.

    Reply
  7. Tenzing Gaba says:
    August 30, 2013 at 9:43 am

    August 30, 2013 at 9:29 am · मुख फर्काउनुस्
    आज भन्दा २०-२२ बर्ष अगाडी गोसाईकुण्ड गएको सम्झना आयो
    उतिबेला पनि काठमाडौँबाट धुन्चे सम्म बस नै चल्थ्यो तर बेत्रावती काटे पछि चाही कहिले बसले यात्रु बोक्ने कहिले यात्रुले बस बोक्ने (तान्ने) कार्यक्रम सुरु हुन्थ्यो / बस यात्रा भन्नु मात्र माथि कालिकास्थान सम्म पुग्दा नपुग्दा थाकेर लखतरान अनि भोकले तिरिमिरिझ्याई ! त्येस्पछी कालिकास्थानमा उपलब्ध जेरी-दहि-आलुको खाजाको स्वादको बखान गरेर के साध्य ! भोजन होइन भोक मिठो हुन्छ किन भन्दा रहेछन खुइले मनुवा हरुले भनेर बल्ल त्येस्बेला समझ्दानीको ढक्कन खुलेको थियो / कालिकास्थान कटे पछि चाही पहिरो त्येस्तै, जो कोहिलाइ पनि आस्तिक बनाइ दिने, भगवान शिवको जय होस्, भन्यो टाउकोमा झोला राखेर कुलेलाम हान्यो बस एक मात्र उपाय त्येही थियो , हाम्ले पनि त्येही गरिम /
    बल्ल बल्ल धुन्चे पुगियो साझमा /
    उसबेला हुटेल मा खाना खाए सुत्न फ्री,
    लुकल घडी चरो खाई दिए खोयाबिर्के मा बिशेष छुट को ब्यबस्था रहेछ
    त्यी सुबिधा उपभोग गरिसके पछि बिहान उक्लिने योजना सहित फ्री मा सुतियो त्यो रात !
    बिहानै हुटेलवाला ले सल्लाह दिए ( फ्री मा नै ) उभो KB पाइन्न यतैबाट जर्किनमा हालेर लगे राम्रो, त्येत्रो उपबुज्रुक साहुजीको अर्ति उपदेश नमान्ने कुरै भएन जनही २ लिटरको दरले खोयाबिर्के पनि हालियो झोला मा ! पहिले देखि नै स्लीपिंग ब्याग, म्याट्रेस, बिस्कुट, चाउचाउ, स्टोव, गितार, ताप्के र देक्ची भएको झोलामा २ लि. KB थपिदा झन्डै झन्डै २० किलो भयो झोला !
    अनि लागियो उकालो जुका टिप्दै टिप्दै , उसबेला धुन्चे काटे पछि १ स्थानमा मात्र मान्छेको अनुहार देख्न पाइने चन्दनबारी मा! दिउसो २ बजे तिर त्यहाँ पुगेर खाना सहित याक को चीज खाएर उकालो लाग्न अघि आधा जस्तो भैसकेको KB को जर्किन फेरी भरि बनायौ ,
    जब जब उचाई बढ्दै गयो तब हाम्रो हालत खराब, गह्रौ भारि अनि चीजको करामत, धेरै जस्तो चिज र भात बाटोको मा नै छोडी रातको १२ बजे तिर पो पुगियो कुण्ड,
    उसबेला जम्मा १ वटा झुपडी थियो त्यहा, मान्छे को के कुरा किरा फ़त्याङ्ग्रो पनि देखियन , त्येसैले stove मा चाउ चाउ पकाउने निधो भयो, पानी उमालेर चाउ चाउ हालेर एकछिन सुस्ताएको त् बिहानको घाम पो झुल्की सकेछ, रारा चाउचाउ चाही रारा ढिडो भएछ अनि त्येही बजाइयो र जहा सम्म मलाइ याद छ त्येतिको मिठो खाना मैले कहिले पनि खाएको छैन ……..जदौ !!!

    Reply
  8. Suman Gurung(UK) says:
    August 30, 2013 at 6:14 am

    जहा पनि तेस्तै हो संसार को हरेक ठाउ मा तेस्तो हुन्छ चाहे गोसाइकुण्ड होस् चाहे संसार को कुनै कुना मा होस्. आफ्नो समय ठिक चलेको छैन भने जस्तो सुकै कानुन कडा भाको र राम्रो ठाउ मा पनि मन कुडाउनु पर्ने हुन्छ. मा एकपटक स्वर्गद्वारी गएको थिए, मन्दिर दर्शन गरि फर्कदा भोक लाग्यो. जेरी अनि चाउमिन मागे चाउमिन मा मुसा को लीड भेट्टाए अनि साहुजी लाइ देखाए फालेर खाए भैगो नि रे, क्या गजब छ बा?? कम्ति मा गल्ति मान्दै माफी मागला र पैसा नलेला भनेर पैसा दिन दिए, खादै नखाको चाउमिन को पैसा तिरियो तेस दिन अझ भनुम मुसा को लीड को पैसो तिरियो. स्वर्गद्वारी को बाटो मा धर्म गर्न बसेको तलाई पाप लाग्ला भनि मन मनै भने र बाटो लागे. हो साच्चै हो त्यो चाहि धर्म होइन पाप हो. परोपकार नै धर्म हो तीसबै लाइ ज्ञान होस् .

    Reply
  9. योगेश आदी says:
    August 30, 2013 at 3:11 am

    सर्बप्रथम,
    यस्तो भ्रम छर्ने र बकम्फुस्से लेखले पनि माइसंसारमा स्थान पाएको देख्दा अवाक् भए !!
    दोश्रो,
    आन्तरिक पर्यटनलाई दुरुत्साहित पार्ने खालको भ्रमित मसला भरेर लेख्नु अघि लेखक महोदयले एकपटक पनि दुर्गम पहाडी जिल्ला रसुवाको भौगोलिक अवस्थाको बस्तुस्थिति नबुझी नकारात्मक लेख लेख्ने हुर्मत कसरि गर्यो ?
    अन्तमा,
    दिपेशपन्तजी,
    म जन्मे हुर्केको, सम्पूर्ण स्कुले शिक्षा र एसएलसी समेत धुन्चेमा दिएको ग्रामिण व्यक्ति हुँ / मलाई रसुवाको कुनाकन्दरा र त्यहाँ बसोबास गर्ने समुदायको बारेमा तपाइलाइ भन्दा हज्जारौ गुणा जानकारी छ, भनेर भनिरहदा मलाई मैले घमण्ड गरेको भन्ने किञ्चित पनि ग्लानी छैन / बरु तपाइले रसुवाबासीलाइ “ठग” जस्तो निकृष्ट शब्दको उपमा दिएकोमा ठुलो खेद छ /
    @नम्बर १, तपाईं डिलक्स गाडी छान्ने मान्छे, २०० को ठाउँमा ३०० पर्यो भनेर किन कट्टु कन्याउनु हुन्छ ? खुरुक्क सस्तो चढे भैहाल्थ्यो नि ! ब्यापार हो, सेवा सुबिधा अनुसार जुर्मना त भर्ने पर्यो नि ! सिनेमा हेर्नुस, प्लेन चढ़नुस या उपचार गर्न क्लिनिक जानुस… सेवाको स्तर अनुसार शुल्क जहाँ, जुन देशमा पनि हुन्छ ! अर्को कुरा २०० मा धुन्चे जाने कुनै स्तरको पनि सेवा छैन /
    @नम्बर २,
    रसुवाको राम्चे, ठाडेमा पैरो जान थालेको दशकौ दशक भैसक्यो, यो कुरा तपाईलाई गोसाईकुण्ड जानु अघि नै थाहा थियो / राम्चेबाट उता गाडी जादैन र राम्चे र ठाडेको बिचमा महिनौदेखि उद्धार हुन नसकेर रोकिएको गाडीहरुले सिमित क्षेत्रमा मात्र गाडी गुडाउनु पर्ने, त्यो पनि त्रिसुलीबाट तेल लगेर हाल्नुपर्ने कारणले गर्दा भाडादर अलि बढी लिएको बाध्यात्मक परिस्थिति पनि थाहै होला / यस्तो परिस्थितिजन्य घटनालाई ठगीको संज्ञा दिने ?? धन्न सेवा पाउनु भयो त्यति मै मनबुझाउनुस / त्यो बिचमा देखिने झरना, हिमाल, पहाड, जंगल, चराचुरुंगी आदिको मनोरम छटाले तपाईजस्तो यात्रा गर्दा पनि ४० रुपैयालाई ठगीमा लगेर जोड्नेलाई नछुनु कुनै आश्चार्य त भएन, तै पनि त्यो गन्तीमा आउनु पर्ने !!
    @नम्बर ३,
    तपाइले कहिल्यै सोच्नु भयो कि गोसाइकुण्ड जाने बाटोमा पर्ने त्यो दुर्गम बाटोमा कसरि त्यत्रो खाद्ध्यान्न पुर्यायो होला ?? बाटोमा बस्ने टहरे पसलहरुले सिजनको बेलामा पर्यटकसंग सकेसम्म महंगोमा समान बेच्ने परम्परा त न्यूयोर्कदेखि नेपालको कुनै पनि ठाउमा छदै छ नि ! त्यसो त तपाइले धुन्चेबाट नै आवश्यक पर्ने चाउचाउ, बिस्कुट, दालमोठ, पानी आदि सस्तोमा आफैले बोकेर लानुसक्नु पर्यो नि ! अरुले सास्ती गरेर बोकेर लागेको समान धुन्चे र काठमाडौँ कै दाममा आशा गर्ने कस्तो मानसिकता तपाइको ??
    @ नम्बर ४,
    १२ महिनामा १ पटक मेला लाग्छ भनेर त्यहाँका स्थानीय व्यक्तिहरुले चोयाको मान्द्रो, राडी, पाखीको जोहो गरेर समथल परेको ठाउमा सुत्ने ठाउँ बनाएको हुन्छ / कतिपय तामांगहरुले धुन्चेको होटेलबाट भाडामा ब्लान्केट समेत लागेको हुन्छ / आगो निभेपछी पुन बाल्न गाह्रो हुने भएकोले २४सै घण्टा तातो चुलो राखेर खाना बनाएको हुन्छ / त्यो खानामा तपाइले कुन होटेलको तुलनामा ठगि देख्नु भयो ?? तपाइले म दुर्गम क्षेत्रमा यात्रा गर्दै छु, त्यो पनि सिजनल मेला हो, भन्ने भुल्नु भयो !
    @नम्बर ५,
    तपाइले शौचालयको कुरा उठाउनु भएछ / काठमाडौँको त बाटो बाटोमा दिसा अझै भेटिन्छ / रसुवालाई सन् २०१५ सम्ममा दिसामुक्त जिल्ला घोषणा गरेको छ / तर त्यो सकिसक्दा पनि गोसाईकुण्ड जाने बाटोमा सार्बजनिक सौचालय यही मेलाको लागि भनेर बनाउनु कुनै तुक छैन /
    साथै होटेलको मान्छेले सुत्नु अघि नै पैसा माग्नु व्यवसायिक बिस्वस्नीयताको लागि हो / एस्तो बेला तपाई यस्तो लेखकले हुनुहुन्छ, भोलि बिहान बैमानी गर्दैन भनेर त्यो बरोलाइ कसरि थाहा होस र ??
    यसर्थ, आगामी यात्रा संस्मरणमा राम्रा रोचक र प्राकृतिक सुन्दरताको बारेमा पनि पढ्न पाम्, धन्यबाद !!

    Reply
    1. मनोज says:
      August 30, 2013 at 8:05 am

      पैसा धेरै लिनुलाई त जस्टिफाई गर्न सकिएला, तर धेरै पैसा लिएर पनी उल्टै थर्काउने प्रबृतीलाई भने निरूत्साहित गर्नै पर्छ ।

      Reply
    2. deeps says:
      August 30, 2013 at 9:32 am

      योगेस जी तपाई रसुवा को कतै जन्मनु भाको होला. आफ्नो ठाउँ सबै लै प्यारो लाग्छ. मा पनि लम्जुङ्ग को लेखमै जन्मेर हुर्केको मान्छे हो.रसुवा भन्दा बिकट मनाङ्ग मुस्तांग अनि सुदुर पश्चिम मा धेरै जिल्ला पैदल नापेको हो जहाँ तर त्यहाँ जस्तो बिचित्र मैले कतै फेला परेको छैन. अस्ति ४ वर्ष पछि अमेरिकी पर्यटक मारिएको पत्तो लागेको ठाउँ अनि …… येस्तै हुदै गयो भने अन्तरिक मात्र होइन बाह्य पनि सेलौला भनेर डरले मात्र लेखेको अन्यथा नलिनु होला. हामीले भनेर पर्यटन लै असर गर्ने होइन त्यहाँ को ब्यबहार ले हुने हो साथी

      Reply
    3. Ganesh says:
      August 30, 2013 at 11:46 am

      1 योगेस g यो लेख ले भ्रम छरे को जस्तो मात्र लागेन बरु तपाई ले गलत कुरा को अन्ध समर्थन गर्नु भा को देखियो. गोसैकुंदा जानु हुन्न भन्ने कतै छ र ? जना चाहने ले यस्तो अनुभब थाहा paai राख्नु पर्छ

      Reply
    4. Rajib says:
      August 30, 2013 at 11:57 am

      त्यहाँ हाम्रो योगेश जी को पनि होटेल भए जस्तो लाग्यो मलाई त साथीहरु..
      हाम्रो देश को त बेइज्जत नै भैसक्यो नि … घर बाट बाहिर निस्के पछि ठगिन लै मानसिक रुपमा तयार भएर निस्किने गर्नु पर्छ .. चाहे त्यो यहाको लोकल बस मा होस्, या लामो यात्रा मा होस् या नौबिसेमा होस् … या बिमानस्थलमा होस् या कुनै निजि सरकारी सेवा सुबिधा लिदा होस्…
      सरकार ले २ दिन अनुगमन गरे जस्तो गरेर छोदिदिन्छा… अचेल त त्यहि पनि कर्मचारी जति लै लोकमान सर को भूत ले तर्सको छ……..

      Reply
    5. nidhi says:
      September 2, 2013 at 10:31 pm

      रसुवा को मान्छे हुँ भन्दै यहाले लेख्नु भएको रुखो भाषाले सबै रसुवा बासीको प्रतिनिधित्व गर्दैन होला भन्ने आशा गर्छु

      Reply
  10. Madhu says:
    August 30, 2013 at 1:23 am

    २००७ (अंग्रेजी) तिर गएको हो……यहाँ ले भनेझैं चर्को महंगी त थिएन…..तर बीचको बाटो हरुमाहुनेगरेको गाडी परिवर्तन चैं उहीपराको हो……हिड्नु पनि छ….अनि सोच्दै नसोचेको महँगो भाडा……खान कि को कुरै नगरम….नेपालका हिमाली भागमा त्यस्तै हो…..मौका छोपेका पनि हुन्…..अरु बेलामा पनि यात्रा गरेको छु मैले गोसैकुंडको…..सामान्य महँगो हुने गर्छ…..तर अहिले परिस्थिति फरक छ….सायद तपाईं पहिला जनताका लागि लडी हिड्ने…..जनसेवकहरुको सत्कारमा पर्नु भयो जस्तो छ!!!!

    Reply
  11. अनोज शाक्य says:
    August 30, 2013 at 12:02 am

    पुण्य कमाउन त्यती सजिलो कहाँ हुन्छ र भने ?

    Reply
  12. bikram says:
    August 29, 2013 at 11:46 pm

    एक वर्ष आगाडी मेरो पनि उही अनुभव छ/ राति सुत्त्दा ३०० मा सुतेको बिहान ६०० लियो किन यीसो गरेको भन्दा खुकुरीले काट्नु पर्यो भन्यो/ अजै हाम्रो राज्यमा आएर निउ खोज्छस जा तेरो प्रचण्ड लाई गएर भन भन्यो/ म त जिल परे / के भनेको बुज्दै बुजिन साएद माओबादीको गलत जातिबाद को परिणाम हो…. ठगि त गोंगबु को बुस्पर्क देखि सुरु भाको होटेल देखि लिएर, त्रिपाल र काचो खान सबैमा ठगियो… त्यो बेला बाटोमा अरु धेरै मानिस ले पनि उही अनुभव सुनाए… प्रसाशन ले तिर्थ यात्रा को बेला एस्तो कुरामा ध्यान दिए राम्रो हुन्छ ..

    Reply
  13. Sherpa says:
    August 29, 2013 at 11:28 pm

    धुन्चे सम्मको ४३० बस भाडा त समय सापेक्क्षे ठिकै हो, किन बने बौद्धबाट ठमेल सम्म taxi चाडदा ४००/५०० सय लिञ्छ ! भौगोलिक बिकटता अनुसार ६००/७०० थर्पुमा खाए, सुतेको पनि ठिकै हो, होटेलको मान्छे राती १० बजे बाकी पैसा माग्न आउने पनि ठिकै हो, किन बने कोहि यात्रुहरु पैसा नतिरी कुलेलाम ठोक्ने नि हुन्छन ! राम्चेको पैरो त प्राकृतिक बिपत्ति हो के कुरै गर्नु, बाकी रहयो थर्पु वालाहरु र धुन्चेको होटेल वालाहरुको व्यवहार चाही अलिक अत्ति भोयो !

    Reply
    1. Prithivi Pandey says:
      August 30, 2013 at 10:16 am

      पैसा भोलि दिन्छु भन्दा जातीय कुरा गर्दै हाम्रो राज्य मा औछास भन्ने पनि ठिकै होला हैन ?

      Reply
  14. sanjay says:
    August 29, 2013 at 10:27 pm

    त्यो ठाउँ मा बसेर कमसेकम सेवा त गरेका छन् नि | कति गार्हो छ तेह सधै बस्नलाइ | येसो विचार गर्नुहोस त | सरकारी तलब खाएर बसेका हुन् र राम्रो सेवा दिन लाइ ||
    सरकारी तलब खाने ले त थर्काएर अल्छि गरि काम गर्छन |||

    Reply
    1. Prithivi Pandey says:
      August 30, 2013 at 10:17 am

      सरकारी कर्मचारी भन्दा बढी कमाउछन् तिनले !

      Reply
  15. harihar sharma says:
    August 29, 2013 at 10:10 pm

    मेलामा यस्तै हो हजुर / यस्तो मा त जाने नै होइन/
    अरु बेला जानुस, राम्रो छ ठाउं /
    म त April मा गयको, गजब थियो /

    Reply
  16. najar says:
    August 29, 2013 at 8:39 pm

    ४/५ वर्ष आगाडी जादा त एस्तो थिएन

    Reply
  17. मनोज says:
    August 29, 2013 at 6:48 pm

    एक पटक दार्जीलिङ जादा त्यस्तै ठग हरु को फेला परिएको थ्यो । बिदेस मा कस्लाई के भन्ने भनेर तपाईं जस्तै मन भारी बनाएर फर्केको थिए । नेपाली भासी भनेर त्यो प्रशन्त तमाङ लाई हाम्रा नेपाली दाजु भाई दिदी बहिनी हरु ले भोट् देको बेला कम्ता रिस उठेको थिएन आफ्नो दर्जेलिङ यात्रा को क्रम मा गरिएको व्यबहार सम्झेर ।

    Reply
    1. Prithivi Pandey says:
      August 29, 2013 at 7:44 pm

      दार्जीलिंग तिर हामी बाहुन-क्षेत्री हरुलाई त मान्छे नै गनिदैन भन्ने सुनेको थिए !

      Reply
      1. AryaN says:
        August 29, 2013 at 10:28 pm

        जातको कुरा कसैले गर्यो कि लास्तई ऋष उठेर आउछ भन्या | तपाई जानु भएको छ र दार्जीलिंग पाण्डे जी ? कुनै एक दुइले तेसो गर्यो भन्दैमा पुरै जात वा वर्गमा नजानुहुन अनुरोध गर्दछु | उस्तिको २ वटा ब्लग मा बाहुन जाति माथि एक जनाले खुब भन्नुभएको थियो , अब यहाँ अरु जातिमाथि तेसो हुदै छ | म पनि बाहुन हो तर मलाई उमेश जी को ब्लग राम्रो लग्छ, मेरो मिल्ने साथि हरु नेवार, गुरुङ र थापा छन् | मलाई एक जना नेवारनी सार्है राम्री लाग्छे, पाए त बिहे नै गर्छु होला | मतलब यो बुझ्नुहोस् हामि सबै नेपाली हौ पहिले| छि छि दुर दुर गर्नुहोस तेस्लाई जसले हामी माथि विभेद गराऊछ जात वा वर्ग को नाम मा , जय नेपाल |

        Reply
      2. Raman Karki says:
        August 30, 2013 at 2:18 am

        के तिमीहरुले पनि दार्जीलिंगतिरकाहरुलाई मान्छे गनेका छौ र ? आफुले राम्रो गरे पो त्यस्तै व्यवहार पाउछौ | नेपालबाट कतिजना त्यहाँ गएर पढेर बाठा भएर आउने गर्छन, कति जनाले आफ्नो पेट पाल्ने गर्छन त्यहा गएर काम गरेर, तर दार्जीलिंगकाहरु नेपाल आउँदा के तिमीहरुले काम दिन सकेका छौ? इज्जत र मान दिन सकेका छौ ? नेपाली नागरिकता छ भनेर सोधेर फर्काइ दिने गरेको होइन? खोइ उता तिर भारतीय नागरिकता छ ? भनेर सोधी खोजि नगरी काम दिन्छन त नेपालीलाइ | शायद त्यहि भएर होला तपाइंले पनि ठिकै सुन्नु भाको |

        Reply
        1. Krishna says:
          August 30, 2013 at 6:20 am

          दार्जलिंग Ko मान्छे जस्तो दुइ जिब्रे कोहि हुन्न . नेपाली भेटे मा नेपाली हो भन्छन इन्डियन भेटे मै इन्डियन हु भन्छन तेस्तो को के कुरा गर्नु

          Reply
        2. मनोज says:
          August 30, 2013 at 8:39 am

          पाण्डेजी हरेक कुरामा जातियता नमिसाउनुस् ।
          आर्यनजी को कुरामा म पुर्ण सहमत छु । अनी रमणजी ,
          दार्जलिङका मान्छेलाई हाम्ले के गर्दिन पर्यो यो भन्दा बढी ?
          रोजगारीको कुरा गर्नुहुन्छ भने , नेपालमा पर्याप्त
          रोजगारी भको भे किन जान्थे होला र हाम्रा दाजुभाई खाडिमा?
          सम्मानको कुरा गर्नुहुन्छ भने दर्जनौ साहित्यकार कलाकार यतै
          हुनुहुन्छ । हाम्ले कहिलेयै ‘दार्जलिङे नेपालि भाषी ‘ कलाकार /
          साहित्यकार भनेका छौँ? सधैँ नेपाली कलाकार नै भनेका छौँ,
          सम्मान नै गर्छौँ । राज्य स्तरबाट के भको छ त्यो त
          थाहा भएन, तर नागरिक स्तरबाट चाहिँदो सम्मान भएको छ ।
          आम-मानिसको केसमा पनि त्यहि हो,
          कम्तिमा पनि दर्जलिङ्गबाट आएका भनेपछी हार्दिकता र
          सहृदयदा प्रकट गरेकै हुन्छौँ ।मैले पो भोट दिईन
          नेपालिभाषि भएकैकारणले प्रसान्त तामाङ्लाई
          नेपाली दाजुभाईदिदिबहिनिहरूले भोट दिएर जिताउन मद्दत
          गरेको होईन? तामाङ्जीमा प्रथम नै , हुने गुण त कहाँ थ्यो र ,
          दुनियँलाई थाहा छ नी , भोटले नै जितेका हुन् भनेर । हामिले के
          कुरा बुझ्नु जरूरी छ भने
          नेपाली भाषा बोल्दैमा नेपाली नागरिकता पाँईदैन,
          नागरिकता सम्बन्धी बेग्लै कानुन छ । उमेशजीले कुनै दिन
          लेख्नुहोला यस बिषयमा पनि । जुन भाषा बोल्यो , सम्बन्धित
          देशको नागरिकता बाँड्ने भने सँसारमा अँग्रेजी बोल्ने जति सबै
          बेलायति नागरिक भैसक्थे ।

          Reply
        3. dhan says:
          August 30, 2013 at 11:01 am

          के अरे !!
          दार्जीलिंगमा पढेर बाठा हुने रे ? के सित्तिमा पढ़ाको होर? नहासौनुस दर्जीलिंगे मित्र | पेट पाल्ने कुरो चै नगर्दा राम्रो हुन्थ्यो तर गरि हाल्नु भो , त्यसको जवाफ पनि छ हामी संग | अब हेर्नुस नेपाल गरिब देश भन्ने सबैलाई था छ तै पनि येसो एक ले अर्कोलाई हेर्ने काम भाकै छ त | बोर्डिंग स्कुलतिर पढाउनेहरु थुप्रो दर्जीलिंगे भेटेकै छौ त अब उनीहरुले कसरि जागिर पाए होलान येदि नागरिकता नै देखाउनु पर्ने भए | नेपालीले दर्जीलिंग्का मानिसहरुलाई सम्मान नगरेको भए नेपाली संगीत छेत्रका हस्तीहरु अम्बर गुरुङ, उदय सोतान्ग मनिला सोतान्ग, कुन्ती मोक्तान, १९७४ ए डी आदि कसरि जम्थे होलान नेपालमा ? नेपालीको भोट नपाए प्रशान्त तामांग इन्डियन आइडल हुने त नो चान्स !! तुलसी घिमिरेको फिल्म पनि सुपर duper hit हुने नेपाल मै त होनी | तेसैले कुरा सत्य र तथ्य पूर्ण हुनु पर्छ, भन्नको लागि भन्ने होइन | राम्रो नराम्रो जता पनि हुन्छ नि हौ खै कुरा बुझ्या ? म आफै पनि २ चोटी दार्जीलिंग पुगेको छु र दर्जीलिंगेहरु संग भेटेको अनुभब र मेरो उतै स्कुल पढेको मित्रहरुको कुरा सुन्दा चै एउटा कुरा भन्न मन लग्यो नारिसौनुस है – गफाडी चै लास टाई गफाडी दर्जीलिंगेहरु हाहा 😀

          Reply
    2. neeraj says:
      August 30, 2013 at 10:04 am

      दार्जिलिङको कुरा कहाँबाट आयो यहाँ ? गोसाइकुण्डको कुराको बिचमा ? उता गोर्खाल्याण्ड आन्दोलन चर्केकोले हो कि के हो ? नियोजित रुपमा दार्जिलिङबासीलाई गाली गर्ने र नेपालका नेपालीसंग सम्बन्ध बिगार्ने मनसायले गरिएका कमेन्टहरु त हैनन् यी ? नराम्रो मान्छे जहाँ पनि हुन्छन्, दार्जिलिङमा पनि होलान्, तर यसो भन्दैमा पुरै क्षेत्रलाई गाली गर्न त भएन नि हो।

      Reply
      1. मनोज says:
        August 30, 2013 at 11:55 am

        नीरज जि , ” गोसाइँकुन्ड वा अरु ठाउँको यात्रामा तपाईँले पनि यस्तै अनुभव गर्नुभएको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस‌्।” भनिएकोले मात्र आफ्नो अनुभव बांडीएको हो । नत्र खाटा बसिसकेको घाऊ लाई उक्काउन कस्लाई मन् थ्यो र ? गोर्खाल्यान्ड आन्दोलन को कुरो गरी हाल्नु भयो , अलिकती कुरा प्रस्ट गर्दिउ – मेरो उदेश्य कतै पनि धार्मिक, जातिय , तथा रास्ट्रियता को नाम मा द्वेस फैलाउने होइन , गोर्खाल्यान्ड आन्दोलन को बारे मा त अझ म तटस्थ बस्न नै रुचाउछु , आफ्नो देश को मामिला भए पो बोल्नु ।

        Reply
  18. Mahesh K Dhakal says:
    August 29, 2013 at 4:33 pm

    यो त अत्ति नै भयो येदि साँचो हो भने | पुरै लुटेराहरुको बिग बिगी छ देश मा | खोइ कहाँ छ सरकार? Example of a failed state

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme