Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नबिलको कार्ड एनसिसीको एटिएम, पाँच हजार रुपियाँ क्वाप्लाक्कै खाइदियो, म कसो गरुम्?

Posted on September 11, 2013September 11, 2013 by mysansar

-ज्ञान न्यौपाने-

ncc भदौ ७। शुक्रबारको दिन। बिहान पौने दश बजे। न्युरोडमा एउटा सामान किन्न पैसा चाहियो। पर्सबाट एटिएम झिकेँ। खिचापोखरीस्थित नबिलको एटिएम हेरेँ, खुलेको छैन। त्यसपछि केही पर एभरेष्ट बैँकको एटिएममा चेक गरेँ। पैसा नराखेर होला, एटिएम सेवा उपलब्ध छैन भन्यो।

त्यसपछि एभरेष्टको अगाडिपट्टी एनसिसी बैँकको एटिएममा आँखा पुग्यो। सोचेँ, पैसा त झिक्नै पर्छ। अनि त्यही एटिएममा छिरेँ।

ढोका अलि अप्ठ्यारो तरिकाले खुल्यो। अनि पहिलो पटक एटिएम छिराएँ। त्यस्तै के भन्यो मलाई याद भएन। अनि क्यान्सिल थिचेँ। मोबाइलमा ५० रुपैया डेबिट भाको एसएमएस थियो। एउटा बैँकको एटिएम अर्को बैँकमा छिराउँदै पिच्छे यो पैसा काटिन्छ। स्वभाविकै थियो।

फेरि मैले एटिएम छिराएँ। कोड हालेँ। पैसा झिक्न चाहिएको अमाउन्ट थिचेँ। एटिएम खत्रखत्र गर्‍यो…..। ए, आउन लाग्यो। नोट फुत्रुक्क झर्ने ठाउँमा हेरिरहेँ। अलि धेरै बेर यस्तो आवाज आयो। मेरा आँखा पैसा खस्ने ठाउँमै छ। तर पैसा त झरेन पो। ए आम्मै, के भो हँ। म आत्तिएँ। झ्याप्प एसएमएस आयो हेर्दा मैले थिचेको अमाउन्ट र थप ५० रुपैयाँ मेरो एकाउन्टबाट घट्यो रे। तर मेरो हातमा सुको छैन त।

ढोका खोलेर एनसिसी बैँक रहेको माथिल्लो तल्लामा पुगेँ। सोधेँ। बैँककी एक कर्मचारीले भनिन्, ‘यस्तो भयो भने, जुन बैँकको खाता हो त्यहीँ सम्पर्क गर्नुपर्छ। त्यसपछि उनीहरुले हामीलाई सोध्छन् र हामीले जवाफले पठाउनु पर्छ।’

धन्यवाद भन्दै म हिँडे। केही आशा पलायो। न्युरोडको नबिल बैँक खोज्दै हिँडे। त्यहाँ गएर फर्म भरेँ। नबिल बैँककी एक महिला कर्मचारीले बुधबारसम्म पैसा खातामा नआए फोन गर्न भनिन्।

‘नबिलमै यस्तो भएको भा एक दुई दिनमा हुन्थ्यो,’ उनले भनिन्, ‘तर अरु बैँकमा हुँदा एक हप्ता लाग्छ।’

बुधबारसम्म आएन। बुधबार सार्वजनिक विदा भएकाले फोन गरिनँ।

बिहीबार गर्दा नबिलकी उनै कर्मचारी फोन उठाइन्। भनिन्, ‘तपाइँको त पैसा आइसक्यो होइन?’

मैले भनेँ– अहँ। कहाँ आउनु !

‘ए पख्नुस तपाइको एकाउन्ट नम्बर भन्नुस त?’ उनले सोधिन्।

मैले भन्दिएँ।

‘ए आम्मो रैन्छ,’ उनले भनिन्।

न्युरोड शाखाले एटिएम कार्ड सेक्सनमा मेरो चिठी पठाइसकेछ। उनी ती कर्मचारीले ‘पख्नुस म कार्ड सेक्सनमा बुझ्छु। एकछिनमा फोन गर्नुस’ भनिन्।

अनि मलाई हतार भो। १० मिनेटमा गरेँ। तर उनले मेरो नम्बर टिपेर एकछिनमा जानकारी दिने भन्दै फोन राखिदिइन्। उनले बिर्सिएपछि मैले फेरि ३/४ घण्टापछि फोन गरेँ।

‘हेर्नुस् न हाम्रो बैँकले एनसिसी बैँकलाई चिठी पठाइसकेको छ,’ उनले भनिन्, ‘तर उताबाट रेस्पोन्स आएको छैन।’ उनले आइतबार (भदौ १६) फोन गर्न भनेपछि मैले ‘ठिकै छ’ भन्दै राखिदिएँ।

आइतबार फोन गर्दा उनको फेरि उस्तै जवाफ–हेर्नुस् न एनसिसीले जवाफ नै पठाएन।

अब के गर्ने त?, मैले सोधेँ। एनसिसी र अरु केही (म अरु बैँकपीडित नभएकाले नाम उल्लेख गर्न चाहिनँ) बैँकले ढिला गर्ने गरेको उनले बताइन्। त्यसपछि अब के गर्ने भन्दा ‘खोइ’ भन्दै जवाफहीन भइन् उनी पनि।

आखिर मेरो गल्ती नै छैन। यत्तिका टेन्सन लिइरहेको छु। कस्तो हो त्यो एनसिसीको सिइओ पनि। उनले नाम र एकाउन्ट नम्बर लिएर आफ्ना ढिलासुस्ते कर्मचारीलाई भन्दिए हुन्थ्यो नि! झर्दै नझरेको पैसाको जवाफदेही हुनुपर्दैन एनसिसी?

यत्तिका दिन कुरिसक्दा पनि कुन बैँक दोषी हो मैले बुझ्नै सकेको छैन। यदि म एटिएमबाट हिँडेपछि पैसा झरेको भए ? त्यसको म आफै जिम्मेवार रे।

अब बैँकले थोत्रो एटिएम देखाउनका लागि मात्रै राख्ने भए एटिएमको मतलब के? फेरि यसको जिम्मेवारी लिन चाहे एनसिसीले सोही दिन सिसी क्यामेराको फुटेज देखाउँदा चाहिँ के हुन्थ्यो?

सेवा लिन जानेलाई दिने यस्तो गैरजिम्मेवारीले म जस्ता पीडित मान्छे कति होलान्? लौ न, मेरो पाँच हजार रुपियाँ फिर्ता लिन अब म के गरुँ?

[तपाईँ वा तपाईँको परिवार वा आफन्त वा साथीहरुले पनि एटिएम चलाउने क्रममा यस्तै समस्या भोग्नुभएको थियो कि ? थियो भने तल कमेन्टमा अनुभव बाँड्नुस् है]

46 thoughts on “नबिलको कार्ड एनसिसीको एटिएम, पाँच हजार रुपियाँ क्वाप्लाक्कै खाइदियो, म कसो गरुम्?”

  1. Mukunda Tiwari says:
    September 17, 2013 at 11:09 am

    मैले कतार बाट आफ्नो खाता everest बैंक लाजिम्पाटमा पठाएको दुइ लाख नेपाल आएर जाच गर्दा छैन त, परेन फसाद ! चार-पाच पटक ताकेता गरे अनि बल्ल बल्ल साहु रकम जम्मा गरिदियो तर दुइ वर्षको ब्याज सात हजार जति हुन्थियो त्यो दिएनन् … खाए चोरहरु ले…. आफ्नो पसिना को फल….सम्झिदा मनै कटक्क हुन्छ ……

    Reply
  2. Pingback: पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ « Mysansar
  3. कबि राम "दुखि" says:
    September 13, 2013 at 3:30 pm

    मलाई एक चोटी नबिल बैंक ले चै हजार रुपया तुरुन्तै दियो / तर सानो थिमी को ATM सधै बिग्रिएर हैरान भएको छु ?

    Reply
  4. Ramesh babu says:
    September 12, 2013 at 2:15 pm

    उमेश जी हिज मात्र मेरोनि एन आइ सी बैंक को कार्ड अन्नपुर्ण होटेल कम्पौन्द मा रहेको इन्टरनेसनल बैंक को ये टिम ले २०००, खाई दियो ? के हो एस्तो

    Reply
  5. thakur aaditteym says:
    September 12, 2013 at 11:59 am

    बिदेशको तुल्नामा नेपाली बेन्क्का स्टाफहरु धेरै निउन स्तरका छन्,न कार्य दक्ष्यता,न कुसलता, न सिस्टाचार, न जिम्मेवेरए बहन क्ष्यमता।
    यो मेरो मात्रा नभै सारा नेपालीले भोग्नु परेको जोलन्त अनुभव हो।

    Reply
  6. RM says:
    September 12, 2013 at 10:34 am

    I also faced this type of problem in BOK ATM at Tripureshwor. I Inserted my ATM card of Sunrise Bank and try to debit Rs. 2000. Same like above, ATM machine gave sound like cash counting but Cash wasn’t checkout, again I tried, same problem. But after a month when i took statement from sunrise bank, my account was debited by 4000 from BOK, Then I complained to sunrise bank. After a week I got that 4000 credited amount in my account.

    Reply
  7. अजय श्रेष्ठ says:
    September 12, 2013 at 6:07 am

    यो बैंक हरुको नाफा गर्ने एउटा राम्रो चंनेल हो . यी बैंक का भतुवाहरु यसरी बोनुस खान्छन . आफुलाई ठुला ठुला ठान्छन तर केहि औदैना यिनी हरुलाई खाली ठुगने मात्र हो

    Reply
  8. K.S says:
    September 12, 2013 at 12:27 am

    यो एटियम मेसिनहरु अहेले आएर बैंकहरुको लुटेर कमाइ खाने ठाउ भएको छ . हुदा हुदा त आज भोलि, जे गरे पनि हुन्छ, ग्राहाक भनेको त हामीलाई १२/१५ महिना को बोनुस खान दिने व्यक्ति हुन् भनेर चटक्कै बिर्सिएका छन्, . यस्तै यस्तै घटिया बैंक को व्यवहार ले गर्दा आम मानिसहरुमा दिन दिने बैंक प्रति बित्रिस्ना बढेर गैरहेको छ, बैंक हरुले बेलैमा ग्राहाक प्रतिको व्यवहार परिबर्तन गर्न सकेनन भने आउने दिनमा निकै ठुलो छेती व्यहोर्नु पर्ने हुन्छ,

    त्यो पैसा असुल गर्न नेपाल राष्ट्र बैंक मा गएर एक पटक उजुरी गर्नुस साथी अनि लुटको काम बन्द हुन्छ तर तपाईलाइ वा अरु जोसुकैलाइ पनि रितो ATM राखेर, जनता ठग्न पाइदैन. यस्तालाई कारवाही हुनु पर्छ , जुन कुरा ATM log र त्यसमा राखेको अनि झिकेको पैसा त १-२ घण्टा मा नै थाहा हुने कुरा हो, कसरि हप्तौ हप्ता लाग्छ, यो सर सर लुट हो.

    Reply
  9. Raj says:
    September 11, 2013 at 6:57 pm

    तेस्तै हुन्छन बैंक का कर्मचारी हरु तिनी हरु को पैसा काटिएको भए पो थाहा हुन्थ्यो???तपाई ले पक्कै त्यो पैसा रि फण्ड हुनै पर्छ/

    Reply
  10. narkumarchhantyal says:
    September 11, 2013 at 6:08 pm

    i have been victimized by ATM machine used by local bank in NEPAL . I used J P MORGAN CHASE VISA DEBIT card it is originally from US bank J P MORGAN CHASE CARD we can use this card in any country around globe but it take charge of additional $ 3 per transaction.
    coming towards the point , i want to change cash form my ATM i insert my ATM card on CITIZEN BANK MYAGDI BRANCH & GLOBAL BANK BUTWAL BRANCH . same thing happens to me i get a paper slip they deduct my actual balance from my acount (card) & service charge but i don’t get cash . i want to withdraw 16000 NRS equivalent to 225 $ i have same paper slip for reference both paper which i get from both ATM. It was happen in two different dates .
    The response form two bank they repeat same story you should go to your bank & complain .

    the bottom line
    local BANK ATM of GLOBAL BANK BUTWAL & CITIZEN BANK LTD MYAGDI BENI is total fraud .

    Reply
    1. Sailendra Thapa says:
      September 12, 2013 at 12:34 pm

      इन्ग्लिश नआउने भए नेपाली मै लेख्दा हुन्थ्यो . R.I.P. English Grammar!

      Reply
  11. प्रकाशबाबु says:
    September 11, 2013 at 5:05 pm

    मैले भोगेको अप्ठ्यारो चाहिं राष्ट्रिय बाणिज्य बैंकमा हो. यहि गएको साउनमा इन्भेस्टमेन्ट बैंकको रू. ३३,००० को चेक बाणिज्य बैंकको मेरो एकाउन्टमा डिपोजिट गर्न लगाएँ. फोन गरेर सोध्दा बढिमा २ दिनमा पैसा एकाउन्टमा देखिन्छ भनेको थियो….. हप्ता दिन हुँदा समेत पैसो आउँदैन. उता उसलाई सोध्दा ‘मेरो एकाउन्ट बाट पैसा घट्यो’ भन्छ आफ्नोमा पैसो बढेको छैन…… अनि म आफुले एकाउन्ट खोलेको बाणिज्य बैंकको बानेश्वर शाखामा गएर व्यक्तिगत रुपमै सोधें. तपाइंले जहाँबाट डिपोजिट गर्न लाउनु’भा हो त्यहीं गएर बुझ्नुस भन्ने उत्तर पाइयो….. अनि खोज्दै-खोज्दै पुल्चोक शाखामा पुगें. त्यहाँ पनि कहिले माथि जानुस भन्छन् कहिले तल जानुस् भन्छन्….. थोरै रिसाएर गुनासो गरेपछि बल्ल….. ए तपाइको पैसा आइसक्नुपर्ने अहिलेसम्म आएको छैन? पख्नुस मा हेर्छु भनेर केहि हेर्न थाले अनि पछि ….. तपाइको पैसा कलेक्सनको लागि इन्भेस्टमेन्ट बैंकमा पठाको हो अहिले सम्म आ’छैन…. भोलि आउँछ होला भन्ने उत्तर आयो…… मैले चाहिं ‘ यस्तो भोलि भनेर बसेको हप्ता दिनभन्दा बढी भो… आजको भोलि चाहिं पक्का आउने हो त?’ भनेर सोधें…. त्यस्तो ग्यारेन्टी दिन त मिल्दैन….. तपाइको. पैसा आएपछि हामी कल गरौंला नि भने… अनि लौ अब फेरी अर्को एक दिन कुर्ने त हो भन्दै फर्कें….. त्यसको पर्सि पल्ट बल्ल एकाउन्टमा पैसा देखियो…… के गर्नु बैंक नचलाई पनि नहुने चलाउन पनि यस्तो गाह्रो….आफ्नै पैसो पनि आवश्यक परेको बेला निकाल्न नसकिने….

    Reply
  12. kumar budhathoki says:
    September 11, 2013 at 3:59 pm

    बालाजु शाखा बाट मेरो पनि ५०० रुपैया त्यस्तै गरि नबिल बैंक ले खाईदिएको छ ! मेरो पनि त्यस्तै गरि पैसा नाअएपछि मैले केहि समय पछि जानकारी गराए तर तपाईको पैसा झम्म झैसक्यो भनेर पठायो तर पैसा नै जम्मा भएको रैनछ, त्यहि दिन मा काठमाण्डौ बाहिर जानु पर्ने भएको ले मैले त्यो ५०० सय रुपैया मायानै मार्नु पर्यो ! धन्न मेरो भाग्य बलियो रैछ र मैले ५०० रुपैया मात्र झिक्न खोजेको थिए र ठुलो छ्यति भएन !

    Reply
  13. amrit subedi says:
    September 11, 2013 at 3:37 pm

    तपाई गइ सकेपछि एटीयमले पैसा दिएको भए तेस्को जिम्बेबारी पनि तपाई नै हुनुपर्ने? भनेपछि एटिम मा काड छिराएपछि घण्टा दुइ तेतै झोक्राएर कुर्नु पर्यो हैन त ?? हास्दा हास्दै मर्छु कि क्या हो !!

    Reply
  14. ayush says:
    September 11, 2013 at 3:12 pm

    I had the similar problem. It took me one month to realize that they took 50, 000 from my two missed transactions, reason technical failure, only after checking my balance I learned thst I was credited with 50k , anyway they returned the ammount in 3 days..this month I sent the euros when the price was 143, they held the ammount till it become 138.

    Reply
  15. Sharad says:
    September 11, 2013 at 2:59 pm

    मेरो पनि किस्ट बैंक को कार्ड माचापुच्रे बैंक को atm बाट ५०० चट भाको थ्यो .

    Reply
  16. Rudra Mani Koirala says:
    September 11, 2013 at 2:45 pm

    एही घटना मलाई पनि १ बर्ष अगाडि भएको थियो। मैले त झन १५००० रुपैय ५ ए टि एम बाट झिक्दा ७५००० घटेको थियो तर भाग्य बस एभरेष्ट बैन्क ले भोली पल्टै सबै पैसा मेरो खता म फिर्ता गरिदियो।।।।।।।।।।।

    Reply
  17. sunil says:
    September 11, 2013 at 2:33 pm

    चार वर्ष अघि मैले अमेरिकाको डेबिट कार्ड बाट NCC को ATM बाट पैसा निकाल्दा पनि येस्तै भएको थियो. यो NCC चोर बैंक हो. DO NOT USE THEIR ATM

    Reply
  18. Udaya Devkota says:
    September 11, 2013 at 2:30 pm

    मेरो पनि यस्तै समस्या परेको थियो यो चाही Everest Bank को हो account and ATM दुवै everest bank नै थियो ATM बाट पैसा नै न आई कन बैंक मा balance घट्यो .यो मैले याद गरेको घटना हो यस्तो याद नभयको दिन त कत्ति चोटी भयो होला सायद त्यो ३०००० रकम थियो र मैले check गरेको थिय . अरु बेला १००० , २००० त check पनि गर्ने गरेको थियन अब त मलाई ATM चलाउन नै एकदम डर लाग्छ l

    Reply
  19. पुष्प says:
    September 11, 2013 at 2:17 pm

    म पनि भुक्तभोगी हुँ बैंकको यस्तो रोगको । मेरो संसारमा लेख पनि लेखिसकेको यसबारे । तर किन यस्ता रोग लागिरहन्छ बैंक एटीएममा ! अनि यो रोगबाट पीडित बैंक पो हो त । हामी ग्राहकलाई बिनासित्ती किन दुख दिन्छन् ? आफ्नो पैसा फिर्ता लिन उल्टो निवेदन लेख्नुपर्ने रे !!! ‘गल्ति भयो, पैसा फिर्ता गर्यौं/गर्छौं’ भनेर लिखित माफी पो माग्नु पर्ने हो बैंकले ।

    ग्राहकले सूचना दिने बित्तिकै फूटेज हेरेर पैसा फिर्ता गर्ने र अरू कारबाही पछि गर्दै गरे हुन्न ? आखिर लाख वा करोडको कुरा होइन केही हजारको हो ।

    अनि अर्को कुरा, अहिले प्राय जसो बैंकले एटीएमबाट पैसा निकाले पछि ग्राहकको मोबाइलमा यति रकम निकालेको भनेर एसएमएस पठाएकोले यस्तो रोग पत्ता लाग्यो रे । मोबाइल नहुनेको त थाहै नपाई पैसो बेपत्ता हुने भो !

    ज्ञानजी, तपाईंको पैसा फिर्ता हुनैपर्छ । होइन भने प्रहरीको शरण पर्नुबाहेक अर्को उपाय छैन । प्रमाणको रूपमा फूटेज सुरक्षित नै होला बैंकसंग ।

    Reply
  20. sarita says:
    September 11, 2013 at 2:01 pm

    मलाइ पनि येस्तै भएको थियो नबिल बैंक कान्तिपथ मा धेरै धाए बल्ल बल्ल २ हफ्तामा पैसा चाही पाए ! same केस हो

    Reply
  21. कमल थापा(साउदी अरब) says:
    September 11, 2013 at 1:32 pm

    अनेक वहाना बाजीमा ग्राहक ठगी गर्ने हो कि भन्ने संका लाग्यो/ पिडित हुन बाट कसरि बच्ने? हुन् गए पनि यो वहाना बाजी बाट कसरी मुक्त हुने?

    Reply
  22. kumar lama says:
    September 11, 2013 at 1:27 pm

    यसमा तपाईको कुनै गल्ति छैन, तपाई हिडिसके पछि पैसा झर्ने सम्भावना पनि छैन … निर्धक्क संग आफ्नो पैसा असुल गर्नुहोस!
    मेसिन हो कहिले काहिँ गडबढी हुन सक्छ तर यतिका दिन सम्म पनि तपाई को समस्या को समाधान गर्न नखोज्ने बैंकको काम कारबाही प्रति औंला उठाउन मिल्ने प्रसस्त ठाउं देखिन्छ पहिले मेरोपनी यस्तै भयको ठेयो हिमालयन बैंक मा असन ATM पछी १ वीक मा री fund भयो
    तपाइले ATM साखमा बुज्नु पर्छ .

    Reply
  23. बिकाश काफ्ले says:
    September 11, 2013 at 1:08 pm

    नबिल बैंक त ठगि बिषयमा पी.एच.डी. नै गरे जस्तो लाग्यो मलाइ त !! होइन हो राष्ट्र बैंकले हामि यसरी ठगीमा पर्नेहरुको सोझै गुनासो सुन्ने र कारवाही गर्ने व्यवस्था गरिनु अति जरुरी छ ! बैंकको यस प्रकारको ठगि अत्यधिक भैसकेका छन् मात्र सबै घटना प्रकाशमा नआएका मात्र हुन् !

    Reply
  24. Dhiren says:
    September 11, 2013 at 12:50 pm

    पैसा झर्छ भनेर कती समय कुर्ने हो २ मिनेट ५ मिनेट कती समय सम्म ATM को डब्बा अगाडी बस्ने पछि पैसा झरेको भए पनी त्यो तिनीहरु MISTAKE हो I

    Reply
  25. Nabin Adhikari says:
    September 11, 2013 at 12:24 pm

    नबिल बैंक को ATM कार्ड ले NCC को ATM MACHINE बाट पैसा झिक्ता मेरो पनि तपाई को जस्तै समस्या भएको थीयो तर मेरो भाग्य बल्यो थीयो होला तेसै ले १ हप्ता भित्र मैले पैसा फिर्ता पाको थीए| आसा छ तपाईले पनि चाडै नै आफ्नो पैसा फिर्ता पाउनु हुने छ !!!

    Reply
  26. Pradip - Dubai says:
    September 11, 2013 at 12:23 pm

    मैले बिदेस बाट पठाएको पैसा २ दिनमा जम्मा भयो तर त्यसइ दिन न्युरोड को अटिएम बाट कसैले पैसा झिकेछ । बुडी ले अकाउन्ट चेक गर्दा पैसा छैन अनी मलाई झुटो बोलिस भनेर गाली गर्‍यो अनी मैले एक्स्चेन्ज लाई ईमेल गरे उस्ले बैंक मा डिपोजिट् भएको प्रमाण दियो अनी बैन्क लाई ईमेल गरे बैन्क्ले त्यसइ दिन पैसा निकालिएको जानकारी दियो अनी मेरी बुढीलाई त्यो जानकारी दिएको त उसको परो तातेछ अनी बैन्क मा गएर सिधै म्यानेजर सित झगडा परेछ । इन्भेस्टिगेट को नाम मा झन्डै २ हप्ता लिएछन तर लास्टमा ५% काटेर दिए के गर्नु सबै जानु भन्दा त्यही भएनी ठीक भनेर पैसा बुझियो अहिले सबैको केही न केही समस्या रहेछ बैन्क सँग । मैले त्यहा देखी बैन को अकाउण्ट मा पैसा पठाउन छोडिदिए । नेपाल मा आफ्नो जिम्मेवारी बहन गर्न कुनै पनि बैन्क रेडी हुँदैनन किनकी हाम्रो देशमा तन्त्र नै छैन सब घुसखोरी हरु छन

    Reply
  27. बिमल says:
    September 11, 2013 at 12:04 pm

    धेरै मित्रहरु को उस्तै समस्या देखियो ! अनि समस्या माथि झन बिकृति देखियो! किन होला ? के हाम्रो देश नेपालमा दक्ष्य जनसक्तिको अभाव गर्दा नै यस्ता समस्या देखिएक हुन् त ??

    Reply
  28. devraj says:
    September 11, 2013 at 11:20 am

    I had similar problem with Nabil Bank. I enter my ATM card in hetauda branch and want to withdraw Nrs10,000. But there was no money and my 10000 balance has also been deducted from my account. So I complain in Hetuda Nabil Branch but they refused to take the complian as I had opened my account from Kathamandu so they told me to go kathamandu and give the request. So after 3 days I returned back to KTM and give complain to Nabil bank , Jamal. In 20 Days they give me my money back but I did go there more than 10 times.
    Nabil bank is the worst bank , they take charge if we want to deposit money or withdraw in the same bank.

    Reply
  29. Raju Rana - Mahendra says:
    September 11, 2013 at 11:03 am

    ATM बाट पैसा नझरीसके पछि अनि account बाट पैसा deducte गरि सकेपछि पक्कै पनि बैंक को database मा notification जान्छ होलानी — यति भैसके पछि पनि बैंक हरुले त्यस प्रति ढिलो गर्ने ग्राहक हरुमा पर्ने मानसिक टेन्सन को बेवास्ता गर्नु पक्कै पनि ग्राहक लाई उल्लु र बेकम्फुस बनाउने खेल हो सबै बैंक हरु को …..

    Reply
  30. Bijay Maharjan says:
    September 11, 2013 at 10:55 am

    मेरो पनि २०७०!५!१५ गते सनिबार को दिन investment बैंक भोटाहिटी ब्रान्च को atm बाट १९००० निकाल्दा खेरि १८००० मात्र झरेको थ्यो ! पैसा झर्दा खेरि पनि सबै दोब्रियर आयको थ्यो ! सनिबार भयको ले तेही स्लिप को number मा फोन गर्दा response पनि अयन ! अनि भोलि पल्ट बिहान नै बैंक मा जाँदा खेरि फोरम fill up गर्नु पर्यो र check गरेर खबर गर्छु भन्यो.! भाग्य ले ४ दिन पछि मेरो account डेबिट भयो !

    Reply
  31. RAJAN says:
    September 11, 2013 at 10:24 am

    हजुर को त ATM ले खाइदिओ पैसो मेरो त सिधै बैंक ले नै खैदिओ ….. १००० को एउटा bondel .. ५ ओट्टा कम , गल्ति मेरो नै थियो मैले कुन्त गरेन तर बैंक को स्टाम्प र स्टिच भने थियो तर मैले जुन बैंक बाट विथ्द्र गरेको थियो तेश बैंक को भने थियन …पछी क्ल्लैम भने गरे तर बैंक ले भनछ येहाबाट लगेको के प्रमाण छ भनछ , अब गल्ति आफनै छ अबो के गर्ने त्यो पैसा पनि फेरि अर्को बैंक बाट मागको हो रे. आखिर मा मलाई घाटा भो ओफ़्फ़िचे को पैसो हो मैले तिर्नु पर्ने भो …. स्टिच लगाएर पनि क्ल्लैम गर्नु नपाइने हो भने किन पैसा मा स्टिच हानेर पैसा विगार्ने… यो बैंक किङ्ग सिस्टम पनि के हो के तर हजुर को पैसा भने हजुर लै मिलोस

    Reply
  32. Tenzing Gaba says:
    September 11, 2013 at 10:04 am

    …ज्ञानजी को ५०००
    + त्यो रकम फिर्ता पाउन उहाले लगानी गर्नु भएको समय र परिश्रमको मुल्य
    + उहालाई आइपरेको तनाबको क्ष्यतिपुर्ति
    + बैंकले गल्ति गरे बापत जरिवाना रकम
    + बैंक को तर्फ बाट लिखित रुपमा क्ष्यमायाचना पत्र …………….सहितको राशि उहाले पाउनु पर्छ त्येसको लागि सस्थागत पहल सुरु गर्नु हुन् ज्ञान जी लाइ मेरो आग्रह !
    ————————————————
    उपभोक्ता हक-हीतको लागि घमासान युद्द लड्दै छौ भन्नेहरु कता गएछन ?

    Reply
  33. Jeevan Thapa says:
    September 11, 2013 at 9:25 am

    मेरो पनि investment बैंक मा ५०,००० जति थियो !!! ATM कार्डको पिन न नै बिर्सियो .. त्यो पनि valid until २००५ थियो !
    अब नेपाल कहिले हो जाने थाहा छैन …. विदेश बाट नेपालको बैंक को ब्यालेन्स चेक गर्न मिल्दैन?

    Reply
    1. Sanjay says:
      September 12, 2013 at 4:12 pm

      मेरो पनि त्यस्तै भाको छ. गर्लफ्रेन ले हावा ताल मा ATM मा पासओर्ड थिचिछ अनि ATM block भाको छ रे. अब मलाई पनि खाता नम्बर थाहा छैन बिर्सिसके . चेक बुक पनि घर मा छ कि छैन थाहा छैन. अब त investment bank ले मेरो १ लाख २० हजार जति रुपिया खाने भयो भनेर ढुक्क छु म त. भनेको भर मा विश्वास गर्ने हो कि हैन थाहा छैन . 🙁

      Reply
  34. ramzi says:
    September 11, 2013 at 8:52 am

    Yea, It happens often in Nepal, It’s not unusual. While I was in Biratnagar I tried to withdraw 30,000 from Nabil ATM, money deducted from the account (Himalaya’s bank) but no cash in my hand. I was so tensed because no money is left in my account. When I return to Kathmandu then went to the bank, they suggest me to go to cash dispute section and follow their procedure. According to them since banks and ATM belong to a different bank, I was told that it will take around 15 days. No-one in the bank gave me responsible answer and they took is as a day to day matters. It sucks as I have done a crime. It almost took me 20 days to get my lost money back after
    Since then I never use different ATM.

    Reply
  35. Shambhu B. Koirala says:
    September 11, 2013 at 8:52 am

    I had a similar problem this time when I was in Nepal. I wanted to withdraw money from Everest Bank (I have my account there), but could not do so. I tried again and the ATM rejected my request for the second time as well. Then I went to the nearest branch (in Itahari) and found out that the bank had deducted the money. I filed a request. It took me a while (around two weeks) and the money was back.
    The next time it was in Machhapuchchre Bank ATM in Itahari. It took me around four weeks to get the money. I was furious at the people in New Road Branch of Everest and asked them what would have happened if I had not filed a complaint. The reply was that the bank would find it out and reimburse the money in my account.
    The third time my balance was deducted from my account, I did not complain for a while to see if they would actually do it. And they did it in like 2-3 weeks. So it happened to me more than five times within a span of three months but I got the money back sooner or later irrespective of filing a complaint. You should not worry if you have filed a complaint, you would be reimbursed. THE BANKS HOWEVER, SHOULD FIND A WAY OF MINIMIZING THE INCONVENIENCE CAUSED DUE TO SUCH TECHNICAL PROBLEMS.

    Reply
  36. Ujwal says:
    September 11, 2013 at 8:45 am

    मेरो नेपाल इन्वेस्त्मेंट बैंक को ATM बाट KIST बैंक सिनामंगल को ATM machine बाट एक हजार निकाल्दा पनि त्यस्तै भएको थियो ATM machine बाट One thousand झर्दै झरेन तर बलांस बाट काटियो कति चोटी धाए Investment Bank 6-7 महिना भै सक्यो अझै आएको छैन त्यो एक हजार मेरो Account मा

    Reply
  37. Karulino Shrestha says:
    September 11, 2013 at 8:28 am

    This is the same thing happened to me back in 2004/ 2005. I went to the SCT atm (then holding Himalayan Bank Atm card), located at lazimpat Bluebird. I inputted 10,000, Money didn’t come, but I got a receipt, but I again entered another 10,000, again money didn’t come but got a receipt. I started swept. Then I went to bank(himalayan bank) and luckily they had the mechanism and found out money was deducted but money was not withdrawn. Big relief.
    I am myself an software developer and I know this kind of things happens due to the loop hole or say bug in the software. They must do lots of testing before deploying the machine.

    Reply
  38. RaWZace says:
    September 11, 2013 at 8:13 am

    नेपालको बैंकहरु को कसरि तेत्रो नाफा हुन्छ भनेको त ……
    येस्तै येस्तै ठगि पो रैछ यिनीहरुको SECRET OF SUCESS !!!!!

    Reply
  39. shree basanta says:
    September 11, 2013 at 7:53 am

    भए भरको विवरण लिएर एन सी सी बैंकको CEO लाई सिधै भेटनोस | बैंकले क्यामेरा हेरेर र स्टेटमेन्ट हेरेर पत्ता लगाउन सक्छ | तपैले नलिएको पैसा उसले फिर्ता गर्नु पर्छ होइन भने सर्बत्र फ़ैलाउनोस बैंकको कर्तुत | मान्छेको विश्वास घटेर चेत पाउँछ |

    Reply
  40. SURENDRA hongkong says:
    September 11, 2013 at 7:50 am

    गयो बित्था मा ५००० हजार दशैं को मुख मा/ फिर्ता हुन्न हो सर तपाई को पैसा किन कि यस्तो लापरबाही देश भरि नै नभएको कहाँ हो र? सालोक्य जी सग सल्लाह गरे हुन्छ इन कि सालोक्य जी ले ५०० को रिचार्ज लिएरै छाडेको अनुभब छ नि/

    Reply
  41. harihar sharma says:
    September 11, 2013 at 7:04 am

    लौ हेर्नुस, मेरो हिमालयन बैंकको Investment बैंक को ATM बाट निकाल्न खोज्दा तेस्तै हो /
    पहिला त मलाई नै पैसा खोज्न दौडाय /
    अनि पछि Investment बैंकले तपाई संग कारोबार गर्न मिल्दैन, आफनो बैंकलाई भन्नुस अनि उता बाट कुरा आयपछी हामी कारबाही गर्छौं भनेर राम्रो संग भने /
    अनि हिमालयन बैंकमा गएँ / कुरा सबै भने / अनि official प्रोसेस चल्यो / हप्ता दिनमा पैसा आयो पनि / तेसो तपाईलाई जस्तो दुख चाहिं दियन है /
    भयको कुरा भन्नु पर्यो क्यारे, किन झुठो बोल्ने र /

    Reply
  42. Roshan says:
    September 11, 2013 at 7:04 am

    नेपालमा सस्ता ATM राखेका छन्, सहि हो. नेपालमा नेपालीलाई नेपालिहरुलेनै दिने सेवाहरु चुस्त छैनन्, यो पनि सहि हो. साथि तपाइँ अरु कसैबाट हैन आफ्नै नेपालि दाजुबहिनीबाट पिडित हुनु भाको छ. धेरै जसो नेपालीले अर्को नेपालीलाई आफ्नो फाइदाकोलागि ठगेकै छन्, भावानात्मक नभई सोच्दा यो

    Reply
  43. Surya, Australia says:
    September 11, 2013 at 7:01 am

    सायद २०६८ सालतिर को कुरा हो मेरो ८००० पनि गोर्खा बैंक र एवेरेस्ट बैंक ले खाइदियो. मैले धुलाबारीको गोर्खा बैंक को ATM मा everest बैंक को कार्ड हालेर ८००० withdraw गर्न पिन हाले अनि ८००० withdraw गर्ने बुत्तों थिचे त्यसपछि झ्याप्प बत्ति गयो. पैसा आएन मेरो flight १ घण्टा पछि थ्यो security लाइ inform गरेर म हिडे. पछि आएर गोर्खा बैंक मा contact गरेको त किन त्यहि दिन wait नगरेको भनेर उल्टै हप्की पो खाइयो. झगडा गर्नु भन्दा हिड्नु ठिक ठानेर जाने बेलामा बैंक managerlai मेरो ८००० ले building बना भनेर चल्दे. आहिले त सायद गोर्खा बैंक पनि बन्द होला….

    Reply
  44. Jeevan Thapa says:
    September 11, 2013 at 6:54 am

    न्यौपाने जी,
    यसमा तपाईको कुनै गल्ति छैन, तपाई हिडिसके पछि पैसा झर्ने सम्भावना पनि छैन … निर्धक्क संग आफ्नो पैसा असुल गर्नुहोस!
    मेसिन हो कहिले काहिँ गडबढी हुन सक्छ तर यतिका दिन सम्म पनि तपाई को समस्या को समाधान गर्न नखोज्ने बैंकको काम कारबाही प्रति औंला उठाउन मिल्ने प्रसस्त ठाउं देखिन्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme