Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अब म कम्युनिस्ट बन्दिनँ! भो पुग्यो मलाई मार्क्सवाद-लेनिनवाद अनि बाँकी सबै वादहरु

Posted on September 15, 2013September 15, 2013 by mysansar

– मिलन लिम्बू –

mao शनिबार बिहान एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा निम्तो थियो। पत्रकार भएको नाताले। कार्यक्रम थियो पार्टी प्रवेश। विभिन्न पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश तथा स्वागत कार्यक्रम रहेछ। निर्धारित समय बिहानको साढे आठ बजे नै म त्यहाँ पुगिसकेको थिएँ। माओवादी अध्यक्ष प्रचण्ड तराईको कुनै क्षेत्रमा भाषण गर्न जान हतारोमा थिए। त्यसैले तोकेकै समयमा कार्यक्रम भयो। प्रत्येक शनिबार माओवादी प्रवक्ता अग्नि सापकोटाले पत्रकार भेटघाट गर्ने हलमा कार्यक्रम आयोजना गरिएको थियो। सानो हल खचाखच मानिस। लुसुक्क परेर सुकुल तानेँ र छेउमा बसेँ। संयोगले दौरा सुरुवाल र ढाकाटोपी लगाएका कलिला ३/४ केटा छेउमा परेछन्। निधारमा चन्दन पनि थियो, टुप्पी देखिनँ। मलाई थाहा थियो पण्डित पढ्ने विद्यार्थीहरु यस्तो भेषमा हुन्छन्। मनमनै सोचेँ केटोहरु पनि अब कम्युनिष्ट बन्ने भएछन्। कार्यक्रम प्रवक्ता सापकोटाले सञ्चालन गरेका थिए। पार्टी प्रवेश गर्नेहरुको नामावली वाचन गर्दै गए। भन्दै थिए अखिल नेपाल…एकछिन रोकिए।

अनि पूरा उच्चारण गरे- अखिल नेपाल पण्डित संघका मित्रहरु पनि पार्टी प्रवेश गर्दै हुनुन्छ। सँगै बसेका खिनौटे ३/४ केटाहरुलाई हेरेँ पक्का कम्युनिष्ट हुन आएका रैछन् केटाहरु, मनमनै भनेँ। मसँगै सुकुलमा बसेका पण्डित हुने कोसिसमा रहेका केटाहरुले पनि प्रचण्डको हातबाट अबिर लगाएर औपचारिक रुपमा कम्युनिष्ट बने। ठीकै छ, पण्डितहरु कम्युनिष्ट हुनै नपाउने भन्ने त कतै छैन्, मनमनै कुरा खेल्यो। कुरा नटुङ्गिने गरी बोल्न बानी परेका प्रवक्ता सापकोटाले कार्यक्रम अगाडि बढाइरहेका थिए। पार्टी प्रवेश गर्नेहरुलाई अबिर जात्रा सकिएको थियो। लगतै सापकोटाले आग्रह गरे – पण्डित मित्रहरु, शंख, घण्टी र स्वस्ति वाचन गरिदिनुहोस ….(आग्रह)। नव प्रवेशी पण्डित कमरेडहरुले दन्काइहाले – दोहोरो शंख बज्यो, घण्टी पनि बज्यो…..मन्त्र फररररररर।

अब भने म सामान्य रहन सकिनँ। कुनै दिन म कम्युनिष्ट पार्टीको प्योर कार्यकर्ता हुँदा मलाई घोकाइएको र मलाई बुझाइएको सबै विचार कता गयो ? म सुन्य बनेँ।

आस्थाले म कुनै समय कम्युनिष्ट विचारमा लिप्त भई युद्ध लड्नसम्म पुगेको मान्छे। हामीलाई स्कुलिङ यस्तो गरिन्थ्यो- धर्म अफिम जस्तै हो। त्यसको नसामा फँसेका जोकोही हत्तपत्त निस्कन सक्दैनन्। हामी कम्युनष्टिहरुले यो नशा त्यागिसकेका छौँ, त्यसैले हामी फरक धातुको मानिस बनिसकेका छौँ। यसरी नै हामीलाई राजनीतिक प्रशिक्षण दिँदै हाम्रो नेतृत्व गर्ने कमरेडहरु यतिखेर उनीहरुको भाषामा अफिमको नसामा चुर्लुम्म डुबेको भाव भएको छ।

जनयुद्धलाई सफल पर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताले राम्रो उपाय रचेका रहेछन्। त्यो उपायले मलाई पनि शिकारल बनाएको थियो। कम्युनिष्टहरु भौतिकवादी हुन्छन्, विज्ञानका करा गर्छन् सबै भ्रम मात्रै। म सामान्य कम्युनिष्ट सर्मथकको मनमा यो भन्दा बढी केही खेल्न सकेन। तर एउटा कुरा पछिल्लो समयमा म अलिकति पहिचानवादी बन्न खोज्ने मान्छे, खुशी पनि भएँ। कम्तिमा पनि पण्डितहरुले आफ्नो पहिचान शंख, घण्टी र मन्त्र पनि लिएर कमरेड बने। कम्युनिष्ट पार्टीमा प्रवेश गरे। यो अर्थमा म सारै खुशी पनि भएँ। मेरो सहअस्तित्ववादी विचार हुनसक्छ। तर सारै चिन्ता लागेको कुरा अब भने आफूलाई कम्युनिष्ट भन्नेहरु विस्तारै वैचारिक रुपमा भ्रष्ट बन्न थालेछन्।

स्वस्ति शान्ति मन्त्र वाचन भइरहेको थियो। फनक्क फर्केर प्रचण्डको मुहारमा हेर्न भ्याएछु। बाक्ला जुङ्गेदार जनयुद्धका हाम्रा कमाण्डर मुसुक्क–मुसुक्क हाँसिरहेका थिए। भन्न मन लाग्यो, दुनियालाई भ्रममा राखेर यतिखेर आफ्नो असली रुप देखायौ। नजिकै बसेका सबैको मुहार हेरेँ, केही अचम्मित पाएँ। म जस्तै धेरै पूर्व र वर्तमान कार्यकर्ताहरु भ्रमित पाएँ। कोही मुस्कुराइरहेका थिए।

तत्कालीन नेकपा माओवादीका नेताहरुले म र म जस्ता धेरै नेपाली जनतालाई भ्रममा पारेर फाइदा लिएछन्। म लिम्बूको छोरा किरात भाषा, धर्म, संस्कार संस्कृति र रितिरिवाज सबै थाति राखेर जनयुद्धमा होमिएको थिएँ। आजको कार्यक्रमबाट म साँच्चिकै विगतबाट त्रसित बनेँ।

अहिले म पेशाले पत्रकार। पार्टीको कार्यकर्ता बन्न छोडेको पनि ७ वर्ष नै भइसक्यो। अब भने मैले कम्युनिष्ट विचारधारी हुने बाटो त्यागेँ। बरु आफ्नै पालाम, ख्याली, हाक्फारे र मुन्धुमहरु घोकेर बस्छु। भावी पुस्ताले जान्ने अवसर पाउँछन्। भो पुग्यो मार्क्सवाद, लेनिनवाद र बाँकी सबै वादहरु …..।

भिडियो हेर्नुस्, यसरी भएको थियो पार्टी प्रवेश-

61 thoughts on “अब म कम्युनिस्ट बन्दिनँ! भो पुग्यो मलाई मार्क्सवाद-लेनिनवाद अनि बाँकी सबै वादहरु”

  1. Sheela says:
    September 20, 2013 at 1:44 pm

    प्रचण्ड एंड ग्याङ्ग-पथ:
    अस्ति सम्म घनघोर नास्तिक-भौतिकबादी-एकात्मक साम्यवादी
    # हिजो देखि समाजबादी-बहुदलबादी
    # आज बिशुद्द आस्तिक -धार्मिक
    # भोलि देखि छुवाछुत प्रथा सहितको जातिवादी
    # पर्सी देखि दास-कमारा प्रथाको पनि ….ईत्यादी
    # भारत भक्त….aadi

    तर प्रचण्ड-बाबुराम-नारायण काजी येसरी बिग्रे भन्दैमा आफु ले नै कम्युनिष्ट छोड्ने घोषणा गर्ने साथी पत्रकार को निर्णय ठिक लागेन

    Reply
  2. bibek dhakal says:
    September 18, 2013 at 8:21 pm

    क्यपितालिस्ट होस् वा सोसलिस्ट होस् वा कम्युनिस्ट होस् वा जुन सुकै इस्ट वेस्ट नर्थ साउथ होस् , राजनीतिकर्मी र सरकार चलाउनेहरु ” सिष्टम” प्रति ” सिष्ट” हुनुपर्यो, समस्याको समाधान त्यहीं छ……कुनै पनि वादले यहाँ चमत्कार गर्ने छैन, कहीं गरेको पनि छैन!!!

    Reply
  3. sangesh says:
    September 16, 2013 at 8:05 pm

    i see so many people having negetive thoughts on current situation about maoist, but still how they are getting suport when they announce strike???

    Reply
    1. Kishor says:
      September 17, 2013 at 9:07 pm

      Every bastards get support when they announce strike in Nepal but I don’t think they support them because they like the cause! Nepal is now being ruled by group of maggots of different parties! There is no rule of law and we have taken the freedom we’ve got for granted and we are slowly turning into this mass which doesn’t care about the right of other people!

      Reply
  4. Tilak Sharma says:
    September 16, 2013 at 10:15 am

    माओवादीको युद्ध रणनीतिको जालमा परेर मिलन लिम्बु जस्ता हजारौ जनजाति युवाहरुले विगतमा बन्दुक बोके, मन्दिरहरुमा पिसाव फेरे, गाई काटे, शिक्षकलाई रुखमा झुण्डाएर गोली ठोके, आततायी बनेर श्रीमतिकै अगाडि श्रीमान् काटे । जांतोले मान्छेको खु्ट्टा पिंधे, कक्षा ७, ८ मा पढ्दै गरेका बालबालिकाहरुलाई सिपाही बनाएर युद्धमा लगे र उनीहरुको भविष्य बर्बाद पारे । सर्वसाधारण चढेको गाडीमा आगो लगाएर बर्बरता देखाए । बसमा बम विस्फोट गराए । जाति, भाषा, धर्म, संस्कृति र समुदायबीच बैमनस्यताको खाडल बनाएर आफ्नो स्वार्थ पुरा गरे । भारतीयहरुको बुई चढेर जातीय संघियताको नारा उराले । मधेशी र पहाडियाको विभाजन गराएर विदेशी प्रभुको सेवा गरे । युरोपेलीहरुलाई रिझाउन आफुहरु क्रिश्चियन भएको भन्दै धर्म प्रचारमा सघाए, नेपाललाई हिन्दु राष्ट्रबाट विदेशीकै योजनामा धर्म निरपेक्ष बनाए । तर अहिले आएर बेदको मन्त्र पढ्दै मान्छेलाई पार्टीमा भित्र्याए । प्रचण्ड मण्डलीको पतन अब चाही सुरु भए जस्तो छ । मिलनजी जस्ताको आंखा खुल्न थालेछ खुशी लाग्यो तर उहांले बाहुन क्षेत्री र उनीहरुको धार्मिक मान्यताप्रति घृणाभाव ब्यक्त गरेकोमा भने तीब्र असहमति छ । लिम्बुहरुको मुन्धुम मात्र जपेर तपाई केही गर्नसक्नुहुन्न, सबै जाति, भाषा र संस्कृतिको सम्मान गर्नसक्नुपर्छ । लिम्बुले बाहुन क्षेत्री र अन्य जातजातिप्रति घृणा हैन, सम्मानभाव देखाउनुपर्छ र अरुले पनि लिम्बुसहितका जातजाति र धर्म संस्कृतिप्रति त्यसो गर्नुपर्छ । नत्र प्रचण्ड र मिलन लिम्बुमा फरक हुंदैन है । मिलनजी ।

    Reply
  5. रमेश says:
    September 16, 2013 at 9:17 am

    मैले कम्युनिस्ट ह्यांगओभरबाट मुक्त भएको १२ बर्ष भएछ/ सबैलाई यसको ह्यांगओभरबाट निस्कन केहि समय लाग्छ नै/ कम्युनिस्ट हुनु भनेको कि आफु सकिनु कि अरुलाई सकाउनु/ जसलाई यी दुवै पर्दैन, ति स्वत अलग हुन्छन्/

    Reply
  6. राज दहाल says:
    September 16, 2013 at 8:35 am

    मिलन भाइ,
    धेरै खुशी लाग्यो, अन्ततः नेपालको माओवादी र माओवाद मात्र भ्रम रहेछन् भन्ने बुझेछौ । मलाई विश्वास थियो, विस्तारै विस्तारै सवैले माओवादी खासगरी प्रचण्डको वास्तविक रूप एक दिन थाहा पाउने छन् र उनीहरूका आँखा खुल्नेछन् । तिम्रा त आँखा बेलैमा खुलेछन्, अरू पनि छन् धेरैको आँखा खुल्न जरूरी छ यो देशका लागि ।
    आर्थिक रूपमा, सामाजीक रूपमा, सैद्धान्तिक रूपमा, नैतिक रूपमा इमान्दार मानिस (नेपाली) माओवादी हुनै सक्दैन । यो त धेरै घटनाक्रमले देखाइ सकेको छ ।
    विशुद्ध पत्रकारको रूपमा भाइको भविष्य उज्ज्वल देखेको छु । र यो तिम्रो निर्णयले मलाई चाहिँ साँच्चै नै खुशी बनाएको छ, एउटा आतंकको छायाँबाट एउटा असल भाइ मुक्त भएको ठानेको छु ।

    उही राजन दाइ, दमकबाट

    Reply
  7. DB Shrestha says:
    September 16, 2013 at 5:47 am

    नेपाली नेपाली लडाउने नीति हो त माओबादीको? हिजो बाहुनबादी र राजा बिरोधि भएर बहुमत प्राप्त गर्यो. आज ति नै बाहुन र राजाबादीहरुलाई एक एक गर्दै पार्टी प्रवेश भन्दै नौटंकी देखाई रहेको छ भने यसको उद्देस्य र सिद्दान्त के हो बुझ्न सकिन.

    Reply
  8. avaya says:
    September 15, 2013 at 9:10 pm

    अब समानुपातिक मा एक सिट पण्डित बाजेहरु लाईपनि जाने भो! बधाई छ…

    Reply
  9. Gaurab Nepali "Oodaaseen" says:
    September 15, 2013 at 8:39 pm

    सत्यमान एबम विद्वान प्रचण्ड बाबुराम भुट भुट गँवारहरुको दिमाख भुटेर मस्ती गर्न पायक छौ मोज गर मोज !! भारतीय निर्देशकद्वारा निर्देशित नाटक राम्रैसंग चलेको छ, होइनत !

    Reply
  10. Rajan Upriti says:
    September 15, 2013 at 7:13 pm

    आहा कस्तो राम्रो मार्क्सबाद-लेनिनबाद-माओबाद र प्रचण्डपथ (हो-पनि-होइन-पनि-वाद) को सोझो कार्यान्वयन, शंख फुक्दै गाइ काट्ने | जे गरे पनि हुन्छ आफु भाले भा बेलाँ | कुनै सिद्दान्त नभएको खोक्रो मानवता बिहिन अपराधिहरुको जत्था हो माओबाद |

    Reply
  11. देवेन्द्र सुर्केली says:
    September 15, 2013 at 7:00 pm

    हुनसक्छ, पहिले संस्कृतस्कुलमा बम पड्काएर विद्रोह शुरु गरेको जनयुद्धले पछि जातीय मुद्दालाई आत्मसात गरेपछि मात्र आन्दोलनले गति लिन सक्यो । राज्य निर्माणमा आफैले बोकेको कुरा पहिचानसहितको संघीयताले जनता उरालेपछि जसरी पनि निमाट्यान्न पार्नुपर्छ अर्को खेल हो यो ।

    Reply
  12. Surendra says:
    September 15, 2013 at 6:36 pm

    कम्निस्टवादले दुनियाँको कुन कुनालाई उज्यालो पारेको छ र कुन ओठमा मुस्कान ल्याएको छ? त्यसो भइदिएको भए करोडौं बिपल्क्षिलाइ मार्ने स्टालिनले कोठाभित्र छट्पटाउन्दै एक्लै मर्नुपर्ने थिएन, न त आफ्ना देशका २० लाख निर्दोशहरुलाइ आफ्ना गलत योजनाहरुको बलिवेदीमा एकै चिहान पार्ने पोलपोटले आफ्नै कार्यकर्ताहरुको नजरबन्दिमा आफ्ना दुइ साथि लठ्ठी र चप्पलसंग विदा भै संसार छोड्नुपर्थ्यो . संसारभरी अफापसिद्ध भएको र मानवताको कलंकको रुपमा दुनियाँले मिल्काइसकेको मार्क्सको उडन्ते कल्पना नेपालमा अझै गुलियो लड्डुको रुपमा रहनु उदेकलाग्दो छ . त्यो भन्दा पनि बढी हामि नेपालीहरुको मस्तिस्कलाई नराम्ररी गाँजेको “आत्मग्लानी”, जसले भन्छ कि हाम्रा पुर्खाले हजारौं वर्षदेखि जतिपनि परम्परा, रितिथिति बसाए, ति सबै गलत हुन् ; हामीलाई पश्चिमाहरुको संस्कार, पोसाक र परम्परा नै राम्रो लाग्छ (उनीहरु हाम्रा लागि “आधुनिक” हुन्) , हाम्रो इतिहास उनीहरुले लेखिदिनुपर्छ ( हामीलाई औधि मनपर्ने “आर्यन इन्भेजन थ्योरी” को यथार्थ विदेशीकै कलमबाट पढौं : http://www.sol.com.au/kor/16_01.htm
    (हाम्रा आफ्ना इतिहासकारहरुको हामीलाई बिश्वास लाग्दैन) .
    हामीलाई हाम्रा बाजे-बजैले मह-पुजा गरेको, उधौन्ली-उभौंली नाचेको, माघी मनाएको अनि सुर मिलाएर लोकगीत गाएको देख्दा भित्रभित्र असहज हुनथाल्छ , कताकता काउकुति लागेजस्तो हुन्छ ; यो चिन्तन प्रणाली हामीलाई सुधार्नु नै छ, किनकि हामीलाई अघि बढ्नु छ.

    Reply
  13. dharmendra says:
    September 15, 2013 at 6:34 pm

    कहिले रेखा थापाको नाच ,कहिले पण्डित हरुको बाचन, अब चिसो दिमागले सोचौ येदि सन्नी लिओन जस्तोले माओबादी प्रवेश गर्ने भए के गर्न लाउछन होला ?

    Reply
  14. गिर रोदन एम.सी says:
    September 15, 2013 at 6:25 pm

    लिम्वुवान खुम्वुवान भन्दा खेरि चाही हसक्क हंस्किने (स्वस्तिकवान) स्वस्तिक वाचन भन्दा खेरि चाँही मटक्क मट्किने ? पढ्छु रे अझ ! पढ्नुस त नी पढ्नु त राम्रो कुरा हो । यसमा घुर्की आवस्यक छैन त ! मुख्य कुरा के हो भने, पहिचानको तपाई समर्थक हुनु हुन्छ भने, हिन्दु, मुस्लिम लगायत अरुको पहिचान पनि तपाई पचाउन सक्ने हुनु पर्यो । होइन भने हाम्रो सस्कृति रितिरिवाज धर्म जात पहिचान जस्ता कुरा नी लात मार्नु पर्यो ।
    अब रह्यो वाद दर्शन, यी काल्पनिक लड्डु मात्र त होइनन । काल्पनिक लड्डु खाएर मात्र त पेट भरिन्न । भोक तिर्खा प्यास न काल्पनिक पानीले मेटिन्छ न त काल्पनिक लड्डुले । कुनै पनि दर्शन वस्तुपरक परक हुनु पर्छ । राज्य नीति अथवा राजनीतिले हरेक समाजमा रहेका सबै किसिमका विविधता र आस्थालाई समेट्न सक्नु पर्छ । तव मात्र त्यो राज्यको सवल नीति हुन्छ । होइन भने विद्रोह गरेर नँया निति नँया आस्था नँया संस्कृतिमा सबैलाई एक गराउन सक्ने हैसियत राख्नु पर्छ ।

    Reply
    1. DB Shrestha says:
      September 16, 2013 at 5:38 am

      यो बोलि त प्रचण्ड कै हो भन्ने हाम्लाई लाइ रा ख!

      Reply
  15. Tenzing Gaba says:
    September 15, 2013 at 4:00 pm

    बल्ल लाइनमा आए जस्तो छ माओवादी
    # अस्ति सम्म घनघोर नास्तिक-भौतिकबादी-एकात्मक साम्यवादी
    # हिजो देखि समाजबादी-बहुदलबादी
    # आज बिशुद्द आस्तिक -धार्मिक
    # भोलि देखि छुवाछुत प्रथा सहितको जातिवादी
    # पर्सी देखि दास-कमारा प्रथाको पनि हिमायती
    अनि त्येस्पछी ????
    …………….. माओबादी आफै सती जान्छ | खेल खत्तम !!!

    Reply
  16. Birkhe says:
    September 15, 2013 at 3:54 pm

    मैले पनि आफुलाई कम्युनिस्ट ह्याङअोभरबाट मुक्त गरिसके। कोही पास्टरको आसिर्बादमा क्रिस्त्चीनरी बढाउने कसम खाँदै छन, कोही अन्य नौटन्कि गर्दै छन……… , एक एक गिनेचुनेका कम्युनिस्ट अनुहारहरु हेर्दाइ जाउ। तपाईंहाम्रो गरिवी र अशिक्षाको पुरापुर फाईदा उथाउदै छन।

    Reply
  17. Nabin Adhikari says:
    September 15, 2013 at 3:44 pm

    यीनीहरु सच्चा कम्युनिष्ट हैनन् | समय र मौसम अनुसार रंग फेर्न सक्ने छेपाराहरु हुन् | मार्क्स र लेलिनहरु नर्कमा बसेर यीनीहरु को नौटंकी हेरेर हास्दै होलान ||

    Reply
  18. सार्थक says:
    September 15, 2013 at 3:20 pm

    संसारमा सबैभन्दा बढी लाज पचेको लबस्तरो, नकचरो, ढोङी र धोकेबाज खोज्नु पर्छ भने त्यो हो प्रचन्ड । जनताको छोराछोरिको रगतको आहालमा पौडी खेलेर नेपाली नेपालीलाई जुधाएर आफू महलमा मस्ती गरेन ढोङी कथित कम्युनिष्ट नेता हो प्रचन्ड । कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट सिद्धान्तको बिपरित चल्ने प्रचन्ड जस्ता कुमानवले गर्दा आज संसारको सबैभन्दा न्यायिक कम्युनिष्ट सिद्धान्त आज पतनको संघारमा छ ।

    Reply
  19. Wagle says:
    September 15, 2013 at 2:50 pm

    फटाहाहरु ! धुर्त्याई गर्नुको पनि हद हुन्छ, झुक्किन्छन भनेर जे पनि तमासा देखाउने | कन्सिरीका रौ नै ठाडो हुने गरि रिस उठ्ने के | जहाँ जहिले जे गरे पनि पत्रकार आइ हाल्छन, फोटो खिची हाल्छन, प्रचार भइ हाल्छ, भन्ने कुत्सित विचारले ओतप्रोत ढोगी माओबादी नेताहरुको नौटंकीको अर्को शृंखला मन्चन मात्र हो यो | पुच्छरमा आगो लगाएर खेद्नु पर्छ यी सब नरभंसी ब्वासाहरुको जत्थालाई |

    Reply
    1. Tek Basnet says:
      September 15, 2013 at 4:24 pm

      एकदम सहि कुरा गर्नु भो मित्र अझै जातीय नारा दिएर जनता लाई एक आपस झगडा गरुन खोज्दै छन् अलि ढिलो कुरा बुझ्नु भयेछा लिम्बु मित्र ले जस्तो लाग्यो प्रचण्ड त अझै लडाई सिद्धिएको छैन भन्दै थिए जनता ले सधै लडाई गरिरहे उनीहरु लाई मझा लाग्दो रहेछ उनीहरुलाई

      Reply
  20. कबि राम "दुखि" says:
    September 15, 2013 at 2:47 pm

    पत्रकार मित्र को घैटामा ढिलै भएपनि घाम लागेकोमा खुसि लाग्यो ! आफुलाई ठुलै कम्युनिष्ट भन्ने ,तर ब्येबहर मा भने सिन्को नभाच्ने हरिलट्ठकहरु देख्दा टीठ लाग्छ !

    Reply
  21. Sisir says:
    September 15, 2013 at 2:44 pm

    भने पछि अब मन्दिरमा गाई र सुँगुर काटेर भोज गर्ने लगाउने , आची गर्न लगाउने , क्रियापुर्त्रीको निर्मम हत्या गर्ने , पण्डित नारायण पोख्रेलहरुलाई विभिन्न आरोप लगाई हत्या गर्ने आदि कामको प्रयास्चित गरेकै हुन् त हाम्रा कमरेडहरुले ? सह अस्तित्व सुइकर गरेका हुन् त ? कि भोटको नाटक हो ? कि मदेश जस्तै पण्डित संग पनि Love परेको हो ? नेपालको सत्ता राजनीतिमा सबै जायेज हुन्छ भनेको सायद येही होला …
    मलाई भने “अखिल नेपाल पण्डित संघ” यो नाम चाही बडा रोचक लाग्यो .. यिनीहरुको पहिचानलाई सुइकार्दै यिनलाई पनि एउटा राज्य दिने पक्का भए हाम्रा कमरेडहरुले . जय होश पण्डित कमरेडहरुको..

    Reply
  22. Gyanendra Niraula says:
    September 15, 2013 at 2:41 pm

    आखिरमा द्वैध चरित्रको पर्दा खोलिंदा पनि प्रचण्ड महाराजको अनुहारमा हाँसो कायम नै छ है, कठै बरा निमुखा नेपाली जनता!!!

    Reply
  23. dev says:
    September 15, 2013 at 12:47 pm

    नेपाली राजनीति मा सबै कुरा जायज हुन्छ!

    Reply
  24. madan bajracharya says:
    September 15, 2013 at 12:30 pm

    नेपालको “कम्युनिस्ट” फताहको नाम “सत्यमान” भय जस्तै हो

    Reply
  25. achut says:
    September 15, 2013 at 11:56 am

    नव बैचारिक जीवन को शुभ कामना मिलन जी बधाई छ …पार्टी छोडेको ७ वर्ष लागेछ पत्रकार लाई त..बिचरा गरिब अनि अशिक्षित युवा (वाई स्याल)हरु को कैले बुद्धि फिर्ने होला….

    Reply
  26. मदनमणि says:
    September 15, 2013 at 11:30 am

    साह्रै राम्रो कुरा गर्नुभयो। हाम्रो पहिचान भनेको नै आफ्नो धर्म, कला, संस्कृती हो। नेपालमा मत्र विश्वमा त्यस्तो देश हो जहाँ धेरै विविधता छ। त्यो नै हाम्रो पहिचान हो। हाम्रा धर्म, संस्कृती र परम्परा जोगाउनु र तीनको निरन्तरतामा नै हाम्रो भविष्य छ। बाँकी सबैवाद भनेका विदेशबाट आयातित हुन् जसले हाम्रो भलो गर्नै सक्दैनन।

    Reply
  27. Devendra Basnet says:
    September 15, 2013 at 9:08 am

    ठिक छ माओबादी ले नेपाली पाराको कम्युनिस्ट पार्टी बनौन खोजेको जस्तो छ.

    Reply
  28. Bishnu Chapagain Tanahun ,Hal Australia says:
    September 15, 2013 at 8:58 am

    प्रचण्ड ले एक हुल पण्डित हरु लै सान्ति स्वोस्ती पाठ गराई माओबादी पार्टी पर्बेश garayechan . अब पण्डित स्वात्य राज्य पनि घोसणा हुने भयो .

    Reply
  29. Bimala Khapung says:
    September 15, 2013 at 8:41 am

    अनि लिम्बु जी, देर आए पर दुरुस्त आए !

    तर कता कता तपाईले अन्त्य मा फेरी तेइ संख फुक्ने पण्डित हरु झैँ किराती मुन्धुम घोक्चु भन्नु भो. के तात्विक अन्तर भयो र?

    Reply
  30. बेखालाल नेपाल says:
    September 15, 2013 at 8:19 am

    यी कम्युनिस्ट पार्टीका (नक्कली) पण्डित बाजेहरुले पनि आफ्नो गुण अनुसार “Das Kapital” पाचौ बेद बनाउने भयो! कस्तो घोर कलियुग लागेको …. पाप …….. महापाप

    Reply
  31. पुष्प says:
    September 15, 2013 at 8:00 am

    पार्टीको कार्यकर्ता बन्न छाडेको सात वर्ष भएको मान्छेले सात वर्षभित्रै यो संसार एउटा गाउँजस्तै भइसकेको पत्तै पाएनुभएनछ; त्यो पनि एउटा पत्रकारजस्तो मान्छेले । उदेक लाग्यो ! हरेक कुरा समायानुकूल हुनुपर्छ । कम्यूनिष्टले धर्मप्रति झुकाव राख्नुहुन्न भन्नु पूँजीवादीहरूको समाजवादी चरित्रको विरोध गर्नुजस्तै हो ।

    Reply
    1. robei says:
      September 15, 2013 at 3:31 pm

      तपाईले पनि प्रच्ण्डज्यू ले बुवा स्वर्गे भा बेला कपाल नकाटि दागबत्ति दिनु भाको र धर्मलाई “अफिम” भन्या पत्तो पाउनु भएन छ नि। त्यो बेला चै समय अनुशार चल्नु नपर्ने?

      Reply
    2. rajesh says:
      September 15, 2013 at 4:47 pm

      पुष्पजी अरुलाई जोगाउन त सकिएन मार्ने र हान्ने काम बाहेक अब जोगिनोस हरेक आक्षेप र तिरस्कार हरुबाट ! भिडिओको अन्तिम भागतिर राम्रोसंग हेर्नोस त मित्र हरु प्रचंडेलाइ कस्तो असजिलो महसुस भाको छ क्यामेरा तिर मुख गर्न, असजिलो माने सरम चाहि हैन है फेरी! अस्तिको भिडियो हेरेको हेरेर खुब रमाइलो लाग्यो-प्रहरीले दुईतिर हात समाई समाई केटाहरुलाई टिका लगाउदै पार्टी प्रवेश गरेका l इनले के मात्र गरेनन आफ्नो खोट लुकाएर भोट पाउने आशमा बालबालिकालाई समेत प्रयोग गरे झण्डा बोकाएर सडकमा आफ्नो पार्टीको स्वार्थको लागि मार्च-पास सम्म गराए l हे भगवान यसलाई भोट नदिएर मात्र हामि जनताको रिस शान्त होला र ? यसलाई अरु सबै नेताहरु संगै भारतलाई भेटि चधाउन पाए देशले कुनै अर्को ताजा युवा नेता त पाउला कि? यत्रो काण्ड गरिसक्यो शर्म को नाममा श पनि छैन यो पाजिलाई

      Reply
      1. पुष्प says:
        September 15, 2013 at 8:21 pm

        रोबीजी, राजेशजी,

        राजनीति र रणनीति कहिल्यै अलग हुनसक्दैन । धर्मलाई अफिमको संज्ञा दिनु धर्मको विरोध गर्नु हो भनेर बुझ्नु नै सबैभन्दा गलत सोच हो भन्ने लाग्छ मलाई । हरेक कुराको एउटा सीमा हुन्छ । संसारमा अहिले जति पनि विध्वंश भइरहेको छ, त्यसमा धर्मको सबैभन्दा बढी हात छ र यसको मूलकारक धर्मान्ध व्यवहार नै हो । आफूलाई पूँजीवादी र आधुनिक समाजको अगुवा भन्नेहरू नै कतिधेरै धर्मान्ध छ भन्ने कुरा मुख खोलेर भनिरहुनपर्दैन । त्यसैले धर्म अफिम हो भन्नुलाई अतिरञ्जितरूपमा लिनुको तुक छैन ।

        अनि यो कार्यक्रमको विरोध गर्नेहरूलाई प्रश्न : के अहिले पनि हामीले शंख आवाजको सट्टा गोलीको आवाजको अपेक्षा गर्नुपर्थ्यो ? यो पनि बेठीक, त्यो पनि बेठीक ठीकचैँ के हो त ?

        Reply
        1. robei says:
          September 16, 2013 at 3:08 pm

          पुष्प जि,
          हिजो गाई काटेर भोज खानेहरु पछि भैसिँ पुज्या पनि देखेकै हो, अब उ बेला गोलिको आवाज पड्काएर शकनाद पनि गरेकै हो, अहिले चाई किन नाटक भन्या मात्र हो।

          Reply
          1. पुष्प says:
            September 16, 2013 at 4:02 pm

            कसले गाई काटेर खायो रोबीजी ? खानमिल्नेहरूलाई त छिँडिमा जाकिराछन् ‘प्रजा’तन्त्रवादी भनाउँदाहरूले । म त भन्छु जसलाई जे खान मन छ खान दिनुपर्छ । धर्मनिरपेक्ष भइसक्दा पनि यस्ताखाले भेदभाव निरंकुशताको पराकाष्ठा हो । बरू माओवादीले यस्ता विषयमा चुइँक्क नबोले देख्दाचैँ अचम्म लाग्छ ।

            Reply
            1. robei says:
              September 16, 2013 at 7:32 pm

              आजको दिन सम्म पनि गाई राष्ट्रीय जनावर हो भन्ने बुझ्नु भए झन राम्रो हुन्थो कि?

              Reply
              1. पुष्प says:
                September 17, 2013 at 10:26 am

                राम्ररी थाहा छ रोबीजी र यो हटाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसबारे छुट्टै बहस होला । तर राष्ट्रिय जनावर भन्दैमा त्यसको बध गर्न नपाइने भन्नु, त्यो पनि धर्मनिरपेक्ष भैसकेको देशमा, जस्तो हाँस्यास्पद अरु के हुन सक्छ ।

                Reply
          2. Laxman Subedi says:
            September 16, 2013 at 4:02 pm

            कसरि नाटक वो रबि जी युद्द ले मात्त्र सकिदो रैनछ अब शान्ति प्रकिया मै औ वनेर आए ठिकै छ अब औटा लै मात्र हैन सबै धर्म जात जाति लै समेतौ र पहिचान दिउ भनेर लाग्दा कसरि नाटक भो एस्लाई राम्रो नै अर्थ मा बुज्नु पर्छ .

            Reply
  32. shekhar dhungel says:
    September 15, 2013 at 7:45 am

    हा ह हा ह हा भैसीको अगाडी बिन ?प्रचण्ड को अगाडी ओम शान्ति ?हा हा हा हा हा कस्ती हास्नु म त् हास्दा हास्दै मर्छु कि क्याहो ?उफ्फ कहिले भैसी पुजा कहिले शान्ति स्वस्ति ?अनि पण्डित हरु दिमाग फुस्केका …

    Reply
  33. रबिन्द्र राज गिरी says:
    September 15, 2013 at 6:34 am

    पंडितहरुले कम्युनिष्ट पार्टी प्रबेस गर्दाको दृश्यहरु र आफ्नो बिचार बाँड्नु भएकोमा तपाईंलाई धेरै धन्यबाद छ | तपाईंले त वास्तविकता महसुस गर्नु भयो, अरुले पनि त्यो जान्ने अवसर पाए भन्ने मेरो बिचार छ | कम्युनिज्म, सोसियालिज्म वा प्रजातन्त्रको फोस्रा कुरा गरेर मात्र कहिल्यै देश र जनताको भलो हुँदैन | यो नै वास्तविकता हो भन्ने मेरो बुझाई छ | तथाकथित जनयुद्द त उनीहरुको सत्तामा चढ्ने भर्याङ्ग मात्र थियो भन्ने कुरा अहिले सबैलाई छर्लंग भएको हुनुपर्छ | यी सबै रत्नपार्कको चटकी भन्दा केहि फरक छैनन् | कुरा एउटा, काम अर्को | कुराले मात्र उन्नति हुने भए अहिले नेपाल सिंगापुर भईसक्थ्यो, स्वीटचरल्याण्ड भईसक्थ्यो | त्यसैले अन्दाधुन्दा यी चटकेको पछाडी लाग्नु भन्दा आफ्नो स्वबिबेक प्रयोग गरेर जन्मभूमि नेपाल र नेपाली दाजु-भाई दिदी-बहिनीको भलो कसरि हुन्छ भन्ने सोचाई तिर लाग्नु नै एउटा नेपालीको कर्तब्य र धर्म हो भन्ने मेरो बुझाई छ |

    Reply
  34. nimesh says:
    September 15, 2013 at 6:26 am

    यो हरेकको पहिचान सुइकारेको हो साथि/

    Reply
  35. PKG says:
    September 15, 2013 at 6:22 am

    Dear writer I think you misunderstood or misleads by someone. Old religions cultures and heritages are the gift and pride to everyone. No matter it belongs to Hindu, Muslim, Christian, Buddhist or so on. they have their rights to protect and promote. As you know all the religions are for mankind. It depends,how you accept them. So I don’t think,there,the performance done by pandits are to be taken seriously or on negative sense. All the political parties are widely open to everyone as they alway seek new members. we all are welcome to participate and perform our old identities,religion,custom whatever..,which belongs to us. Please Be mind,I’m a normal person and I don’t engage to any political parties( cause I don’t trust anyone.its my own personal view and choice) but the circumstances are related to common sense.. Just take it easy. Respect other’s so you will get back..

    Reply
  36. bishnu says:
    September 15, 2013 at 5:50 am

    सत्य तत्थे बोल्न हिम्मत चहिञ्छ. जुन तपाई ले निकाल्नु भयो, तेस्को लागि धन्यबाद .जुन पार्टी को कुनै लिङ्ग नै छैन. धार नै छैन त्यो अझ खाटी कम्युनिष्ट रे.माओवादी को कर्तुत जनता ले बुझ्न थाले त्यो एउटा राम्रो पक्छा हो. यिनी हरुले के के हो के के भनि जनता झुक्कौने बाहेक केहि हुन्न. यिनी हरु त भारत को दलाल हुन्.

    Reply
  37. shree basanta says:
    September 15, 2013 at 5:36 am

    जनतालाई झुक्याएर, फुल्याएर, धम्क्याएर, बाजा बजाएर, शंख फुकेर रोएका जनताको मन माथि फेरी भोटको राजनीति गर्ने दाउ हो | बरा गरिब बाहुनका छोराहरु कुन धम्क्याई बा फकाईमा परे !!! भोलि मिलनजी जस्तै पछुताउने छन जब शंखघण्टा बजायो कि ती बाहुनहरुको टाउकोमा बज्र बर्सिनेछ | अहिले चुनाबमा केहि पाउछु कि भन्ने आश पनि होला !

    Reply
  38. eklavya says:
    September 15, 2013 at 3:33 am

    हाम्रो देशमा सबै जना कार्यकर्ता छन् कोहि नेपाली छैनन् जस्तो भान हुन्छ ..तेसैले त सबै हाम्रो पार्टी भन्ने गर्छन तर यहाँ कसैले नि हाम्रो देश भन्दैनन ठाडै नेपाल ….नेपालमा एस्तो …नेपालमा उस्तो…नेपालको यो ठाउँ ..नेपालको त्यो ठाउँ ..कृपया हाम्रोदेश भन्न सिकौ नेपाली बन्न सिकौ नेपालवाद लै नै माया गरौ र येसैलाई आत्मसाथ गरौ …यी बुढो भ्रस्ट स्वार्थी नेताको वाद पछि नलागौ… अस्तु

    Reply
  39. Anita says:
    September 15, 2013 at 3:25 am

    चटके को चटक भन्दा पनि बढी हसाउने भए हाम्रो देशका कम्युनिष्ट खोल धारिहरुले . यो कस्तो सोचाई हो, हामीले जे भने पनि सिधा साधा जनताले पत्यैहाल्छन भनेर जे पनि गरिदिने . आशा गरौ हामि सबै Nepali जनताको आँखा अब चाडै खुल्नेछ र देशका येस्ता पाखण्डी धमिरहरुको छिट्टै सक्कली अनुहार जनताले छुट्ट्यौने छन् र यस्ता हरुको पतन हुनेछ.

    Reply
  40. Luna says:
    September 15, 2013 at 2:13 am

    गज्जबको आर्टिकल !
    मिलन जी ! तपाईलाई धेरै धन्यबाद माओबादिको त्यो — फुस्काईदिनुभएकोमा 🙂

    Reply
  41. K.S. says:
    September 15, 2013 at 1:55 am

    यो त कमुनिस्ट हरुको देखाउने अनुहार र जनतालाई अझै पनि भ्रमको खेति गरेर आफु सत्ता पुग्न सकिन्छ भने अनि नाम र दाम कमाउने एउटा सजिलो उपाए हो. नत्र रुस र चिन मा समेत ति मार्क्सवाद, लेनिनवाद र माओ बाद र अन्य सबै वादहरु इतिहासको पाना मा मात्र सिमित भैसकेको छ. कमुनिस्ट लाइ पुकार गर्नु, यिनी हरुको पछि लाग्नु भनेको नेपाल लाइ र नेपाली जनता लाइ अझै १००, २०० बर्स पछाडी धकेल्ने मात्र हो. यसको पुस्टि बिगत १० बर्से माओबादी को लढाइ र अहेली उनीहरु भित्र फस्टाएको भ्रस्त्रचार, र बिलासिता ले पुस्टि गर्छ,

    Reply
  42. द्रोण says:
    September 15, 2013 at 1:33 am

    मिलन जी
    बधाई छ आखा खुलेकोमा | देर आए पर दुरुस्त आए |

    फेरी अरु केहि कटु सत्य ओकलौ , धेरैलाई चित्त न बुझ्न सक्छ , समय आएपछि जबाफ मिल्छ
    १) नेपाल र नेपालि सोजा र सज्जन प्राणि हुन् | यो जातीय ,धार्मिक बिबाद सब नेपाल र नेपालि कम्जोर पार्न र आपस मा जुधाउन कृत्रिम सिर्जना गरिएका हुन् ( न भए दार्जलिङ्ग ,सिक्किम मा त् नेपालि आपस मा लडेको समाचार कमै आउछ , पद को लागि बाहेक ), कोइ कोइ पार्टी नै खोलेर येस्मा लागेका छन् | गरिबी हामि सबै जात जातिको को साझा समस्या हो गाउ गाउ सम्म ,देश मा ठुला उद्द्योग ,कल कारखाना नेपालि ले नै खोले यी समस्या बात धेरै फाइदा मिल्थ्यो | धेरै नेपालि ले कोसिस गरे डूबे, माडे हरु चै एस्तो मा सफल हुन्छ र उसले काम गर्ने पनि सबै पारिबातै लिएर आउछ | यहा पनि ठुलो जालो छ | नेपाल लाइ उपनिबेस बनाउने एउटा सानो जालोको टुक्रा |

    2) नमार वान मा उपनिबेस बनाउन लागेको कुरा त् भयो , अब अघोसित रुप मा उपनिवेश जस्तै भैसकेको जस्तो पनि लाग्छ |
    ( सिमाना खुलेआम , प्रधान मन्त्रि उतै बाट तोकिने , बाटो ,घाटो , परियोजना , ठुला निर्णय को कुरा उतै बाट हुने र हाम्रो सिर्सस्थ नेता लुते कुकुर भएर पुछार लुकाएर उतै बाट कुइ कुइ गर्दै आउने )

    उसले चाहे भेडा लाइ ब्वासो बनाउन सक्ने !!

    २)

    Reply
    1. Nik says:
      September 15, 2013 at 4:04 pm

      प्रधान मन्त्री को मात्रै कुरो भए त अझै चित्त बुझाउनु हुन्थ्यो|यहाँ त देशै कसले कसरी र कहाँ बाट संचालन गर्ने कुरो नै सिमा पारि बाट आउने भएर पो| देख्नु भएन खाइ न पाई छाला टोपी लाई भनेझैं हाम्रो देशमा राष्ट्रपति उप राष्ट्रपति, “भित्ते राश्त्राध्यक्ष” बनेका|अरु बेलामा ऊनी बोल्दै बोल्दैनन, तर जब घरमा (उनको पद) आगो लाग्ला जस्तो हुन्छ तब तात्छन उनि|

      Reply
      1. द्रोण says:
        September 15, 2013 at 11:02 pm

        निक जी
        तिनलाई ”खाइ न पाई छाला टोपीलाई” भन्दा पनि

        ”बादर को पुछार लौरो न हतियार” भन्ने हो कि ?अथवा हिजो जान्ने सुन्ने हरुले भन्ने ‘रोम जलिरहेछ , निरो बासुरी बजाई रहेछ ” पनि ले टोपी को ठाउ मा कराई को काम गर्छ |

        Reply
  43. Ang says:
    September 15, 2013 at 1:33 am

    नेपाली सन्दर्भमा, ढिलो भए पनि यहाँले कम्यूनिष्ट रूपी भ्रमको जालोबाट उनमूक्त भै वास्तविकताको तस्वीरलाई नजिकबाट नियाल्नु भएछ र आफूलाई सस्तो खेतालाको रूपमा प्रयोग गरेको अनुभूति गर्नु भएछ । यथार्थ यही हो र सत्य र लक्ष्य तपाईले राख्नु भएको विडियोमा छ खोज्न जानु पर्दैन ।thank you for sharing the fact.

    Reply
  44. harihar sharma says:
    September 15, 2013 at 1:27 am

    उति खेर नर्वेको आदेश अनुसार नेपाल धर्म निरपेक्ष भनेर घोसना गरे, अहिले पार्टीमा पण्डी भित्र्याय /
    प्रचण्डले सम्झिउन, नर्वेको राजालाई “मैले नेपाल लाई धर्म निरपेक्ष घोसना गएँ” भनेको /
    कुन नेपाली जनता ले मागेको थियो र त्यो माग, विदेश को पैसा खयर जनता मारेर /

    Reply
  45. kedar says:
    September 15, 2013 at 12:34 am

    बाद र सिद्धान्त भनेको नेताहरुलाइ सत्ता र शक्तिमा उक्लिने खुड्किलो बाहेक केहि होइन / मार्क्सबाद, लेनिनबाद, माओबाद को मन्द बिषमा आफैं कलिला युवाहरुलाई घोल्छन र धर्म अफिम हो भन्न लगाउँछन्, अनि आफु चै स्वस्ति शान्ति र भैंसी पुजा गर्छन / येस्तै हो पार्टी कार्यालयमै संख घन्ट बजाएर बाहुको भोट, मधेसमा लुंगी लगाएर र गम्छा बेरेर मधेसी भोट, जातिय राज्यको सपना बाँडेर आदिबासी जनजाति भोट, होटेल एभरेस्टमा लाइन लागेर ठुल्दाईको आशिर्बाद / चपाउने र देखाउने दांत यिनको फरक फरक छ /

    Reply
  46. Gopal says:
    September 15, 2013 at 12:26 am

    त्यो स्वस्तिबाचन, बिश्वभरि शान्ति छाओस भनेर संस्कृत भाषामा गरिएको कविताबाचन हो. जसले जुन बेला गरे नि हुन्छ, पण्डित हुनु आवश्यक छैन.
    यदि तपाइको भाषामा पनि तेस्तै अर्थपूर्ण कुनै कविता छन् भने मा कुनैबेला पार्टीमा प्रवेश गर्नुअघि बाचन गराउला
    अरु जात अरु धर्म, अरु भेषभुषालाई पनि सम्मान गर्न सिकौ यसैमा सबैको कल्याण हुन्छ

    Reply
    1. Pradip Adhikari says:
      September 15, 2013 at 10:01 am

      अनि पहिले किन बाहुनको भाषामा लेखिएको पुस्तकहरु जलाउनु भयो त?

      Reply
      1. dharmendra says:
        September 15, 2013 at 6:29 pm

        सय चुहे खाके बिल्ली चलि हज कर्ने //::::
        १७००० को हत्या गरेर आतंक मच्चाउने , अनि अहिले विश्व शान्ति ???? थुक्क

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme