Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ

Posted on September 17, 2013September 17, 2013 by mysansar

-ज्ञान न्यौपाने-

ncc आइतबार साँझ ५:५१ बजे। अफिसमा काम गर्दै थिएँ। फोन आयो- ‘सर तपाइँको पैसा रिभर्स भएको छ,’ नबिल बैङ्कका एक पुरुष कर्मचारीको आवाज।

खुसी लाग्यो। फोनमै बोल्दै गर्दा एसएमएस अलर्ट नि आयो। फोन राखेर हतारहतार हेरिहालेँ। हो त, पैसा आएछ। भदौ ७ गते एटिएमबाट पैसा नझरे पनि ब्यालेन्स काटेर परेको समस्या २२ दिनमा आएरमात्र समाधान भयो। तर मैले थोरै हैरानी र तनाव पाएर हैन यो काम भएको।

नबिल बैङ्कले हप्तादिन लाग्ने भने पनि एनसिसी बैङ्कले जवाफै नदिएर तीन हप्ता बिताइदियो।

पैसा जान्छ कि भन्ने चिन्ताले मैले पटकपटक फोन गरेँ। नबिल बैङ्कले एनसिसीलाई पत्र पठाएको भन्ने जवाफ सुनाउँथ्यो। तर एनसिसीले अत्याधिक ढिला गर्ने नबिलकै कर्मचारीले भने।

मैले अति भयो भनेर आइतबार (भदौ ३० गते) नै एनसिसीको कार्ड डिपार्ट (फोनः४२४६९९१ र एक्टेन्सन नं ३१०) मा फोन गरेँ। फोनमा झर्को स्वरमा कराउँदै थिए एक कर्मचारी। सात/आठ मिनेट कुरा गरेपछि मलाई ती व्यक्तिले ‘अरुको फिर्ता आउछ आउँदैन बुझ्नुस्,’ भन्दै दप्काए।

उनले मैले ब्लग लेखेको पनि थाहा पाएछन्। भन्दै थिए, ‘अँ तपाइले ब्लग पनि लेख्नुभाको रैछ।’ मैले सोधेँ, पढ्नुभो? उनले ‘छैन, सुनेको थिएँ,’ भने।

अनि त्यसपछि मैले तपाइँका जस्ता बैङकले मेरो मात्र होइन अरुको पनि पैसा यसैगरी कुम्ल्याउने गरेको कमेन्ट आएको सुनाएँ। उनी ठूलो स्वरमा बोल्दै थिए।

‘मसँग अहिले फोनमा बोल्ने टायम छैन,’ भन्दै फोन राख्न बाध्य पारे। उनलाई मेरो कुरा सह्य भएन। ठिकै छ भन्दै मैले नि राखिदिएँ।

यसरी कुरा गरेको ३/४ घण्टापछि पैसा फिर्ता आएको खबर आयो।

पटक-पटक बैङ्कमा गरेको फोन र धेरै काम गर्‍यो माइसंसारको ब्लगले। मैले मात्र होइन ब्लग लेखेरै यसरी पैसा पाउने अन्य साथीहरु पनि रहेछन्। अहिले थाहा भएको छ।

मैले लेखेको ब्लगमा ४४ वटा कमेन्ट आए। त्यसमध्ये अत्याधिकले समस्या मेरो जस्तो भोगेर पनि पैसा नपाएको गुनासा गरेका थिए। नेपालमा च्याउझैँ खुलेका बैङ्कले कमाउ धन्दा यसलाई पनि बनाएका रैछन् जस्तो लाग्यो।

म लगायत केहीको त यसरी पैसा आयो। अब कमेन्ट गर्नेको के हाल होला? अब उनीहरु सँधैभर पीडित नै हुनेहुन्। एनसिसीको थोत्रो एटिएमले मलाई यसरी दुःख दिइरहँदा बैङ्कका सिइओले केही दिन अगाडि बैङ्कमै खबर गर्न भन्दै फोन राखेका थिए।

यस्ता ठूलाबडाका कुरा हामीजसो नागरिकलाई के थाहा? उनीहरुको एटिएमले दिएको दुःख पछि फेरि हामी नै किन धाउने भन्दै मैले ब्लग लेख्ने र बैङ्कमै फोन गरेको थिएँ। ठिकै छ। ढिलै भएनी एनसिसीलाई गाह्रोसँग भन्नै पर्छ, धन्यवाद। जनताको सेवा गरे पाइन्छ, स्याबास। नभए मूर्दावाद।

पुरानो ब्लगः
नबिलको कार्ड एनसिसीको एटिएम, पाँच हजार रुपियाँ क्वाप्लाक्कै खाइदियो, म कसो गरुम्?

13 thoughts on “पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ”

  1. sameer says:
    September 20, 2013 at 3:34 am

    हजुर को समस्या मैले बुजे . यो भनेको नेपाल को लॉद्शॆदिङ्गले गर्दा हुन्छ अनि बैंक को सिस्टम ले गर्दा पनि
    एस्तो हुन नदिन बैंक ले सावधानी अपनाउनु पर्छ
    तर जसको पैसा गाएब छ उसलाई एस्तो बेओहर गर्नु राम्रो होइन

    Reply
  2. Kanchha Lal Bholan says:
    September 18, 2013 at 1:27 pm

    त्यस्तो त मेरो यहाँ दुबाइमा पनि भएको छ तर मेरो त यहाँ ३ दिन मा नै फिर्ता गरि दियो नेपाल को सिस्टम अलि ढिलो भएर होला तेत्रो दिन लागेको .

    Reply
  3. resham says:
    September 18, 2013 at 7:00 am

    लौ तपाइँलाई बधाई पैसा फिर्ता पाउनु भो । कुराचाहिं साँचो हो । अचेल बैकमा काम गर्ने कर्मचारीहरु ग्राहकहरुसँग राम्रो बोल्न जान्दैनन । सा¥हो च्याठिएर अनि सन्केर बोल्छन् । केही कुरा सोध्दा राम्रो तरिकाले जवाफ दिन त जान्नु नि ।

    Reply
  4. भाइ काजि श्रेष्ठ says:
    September 17, 2013 at 6:37 pm

    “जनताको सेवा गरे पाइन्छ, स्याबास। नभए मूर्दावाद। ” पक्कै पनि हजुरको यो कुरा पढेर हासेको हासेकै भए म एक छिन त ! तर यो कुरा र काम कसले भने जस्तो गरेर गर्छन ! हजुरले ढिलाई भए पनि आफ्नो रकम पाउनु भएछ ! खुशी लाग्यो ! यस्ता पर्दा पछाडिका नाईके गुण्डा राज हजुरको सबै राज खोल्दै जानु पर्छ ! जसबाट अरुले पुन दुख न पाउन ! यस्ता कुराहरुको अबस्य पर्दा फास हुन जरुरि ठान्दछु !

    Reply
  5. Aayush says:
    September 17, 2013 at 3:44 pm

    यस्तो समस्या बारम्बार आईरहनछ भने एउटा बैक को कार्ड अर्को मा नचल्ने बनाए राम्रो हुने थियो | सुबिधा दिने तर त्यस बाट हुने प्राबिधिक समस्या को जिम्मेवार नलिने भनेको अरुलाई बेबकुफ बनाएर आफु पैसा सोर्ने मात्र दाऊ हो |

    Reply
  6. Abhi, Belgium says:
    September 17, 2013 at 2:57 pm

    मानबिय तथा प्राबिधिक गल्ति हुन्न भन्न मिल्दैन तर तेस्लाई कति समय मा र कसरि समाधान गर्ने योजना पनि पहिले नै बनाउनु पर्छ ति संस्था हरु ले, तेही माथि पैसा खेलाउने बैंक ले त, तर सब भन्दा दुख को कुरो त ठग्ने नै मनसाय बनाएको भय तेस्लाई अपराध को दर्जा मा राखेर कारबाही प्रक्रिया मा अगाडी बढाउनु पर्छ;

    अर्को कुरा बैंक को जुन सुकै पद मा जागिर खाए नि तिनीहरु ले हाम्रै पैसा यता उता (ऋण दिएर ) पारेर आफ्नो गुजारा चलाउने व्यक्ति हुन् भनि सोचेर तेही अनुसार व्यवहार गर्नु पर्छ,

    आफ्नो गल्ति नभयको कुरा मा किन डराउनु किन झुक्नु ;

    Reply
  7. Devsh says:
    September 17, 2013 at 1:23 pm

    नामके परेछ त्यो NCC कर्मचारी को. customer service गर्न नजान्नेले पनि राम्रै जागिर पाउँदो रैछ बैंकमा.

    Reply
  8. sam says:
    September 17, 2013 at 1:04 pm

    मेरो नि येस्तै भाको थियो आज भन्दा १ वर्षा आगि लुम्बिनी बैंक को कार्ड बाट लक्ष्मी बैंक को मचिने मा प्रयोग गर्दा. पैसा त आयो त एकदम झंघट २-३ हप्ता लगाएर .

    Reply
  9. कृष्ण,पर्देशी says:
    September 17, 2013 at 12:55 pm

    “जनताको सेवा गरे पाइन्छ, स्याबास। नभए मूर्दावाद।” ढिलै भए पनि धेरै कसरतका बाबजुत फिर्ता पाउनु भएकोमा बधाई!!

    Reply
  10. Bibek Dahal, Jubail Ind. City says:
    September 17, 2013 at 11:51 am

    बधाई छ साथी !, मैले चाही NIC बैंक को जम्मा गरेको dividend को रकम राष्ट्रिय बाणिज्य बैंक, पुल्चोक शाखा मा मेरो खाता मा जम्मा भाको खबर अहिले सम्म पाको छैन एक वर्ष भै सक्यो देश बाहिर भा हुनाले follow up गर्न पनि सक्या छैन l धन्य होस्!!!!! राष्ट्रिय बाणिज्य बैंक

    Reply
  11. Vishwa Malla says:
    September 17, 2013 at 11:26 am

    धेरै मानिसहरु वैंकलाई ढुक्क भएर विश्वास गर्ने गर्दछन । यस्ता घट्ना हुदो रहेछ..हामी त छांगावाट खसे जस्तो पो भयो त । के थाहा हाम्रो एकाउन्ट मा पनि यस्तै कैयो वदमासी भयो की, एकदूइ चोटी शंका त लागेको थियो तर वैंक जस्तोले कहा वदमासी गर्ला र भनेर मन वुझाइयो । तर वडो डरमर्दो पो भयो त अब । वैंकमा गतिलो कर्मचारी परेन भने त जे पनि हुन सक्ने रहेछ । मलाई लाग्छ यस्ता केसहरु कति भएका छन त्यो पत्ता लगायर र त्यसमा वैकहरुले सम्बन्धितलाई कारवाही गरयोगरेन सो जानकारी जनताले पाउनु पर्दछ र वैंकहरुले यस्तो वदमासी भएकोमा अब यो कारणले हुन सम्भव छैन भनेर हमीलाई विश्वस्त वनाउनु पर्दछ हैन भने वैंक माथी सदा शंका हुनेछ र अहिल्ल्ेनै केही नभए पनि कालन्तरमा वैंक प्रति विल्कुलै विश्वास घट्न जाने छ । चेतना भया है वैकहरु र त्यसमा कार्यरत मै ठालु भनाउदा कर्मचारी हरु ।

    Reply
  12. shree basanta says:
    September 17, 2013 at 11:12 am

    करतूतको प्रसार गर्यो भने डराउछन किनकि यसबाट ग्राहकमा नकारात्मक असर पर्छ | तपाइको बेसै भो अरुको त्यसो नहोस | भएमा के गर्ने ? मेकानिज्म छैन रहेछ बैंकहरुको | बनाउनु जरुरि छ | अब हामीले त्यस्ता बैंकलाइ मात्रै भर गर्नु पर्यो जुन येस्ता ठग कार्यमा संलग्न छैनन् |

    Reply
  13. Jeevan Thapa says:
    September 17, 2013 at 10:56 am

    न्यौपाने जी ल बधाई छ !
    बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भनेको यही हो !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme