-नीराजन शिरीष-
दुर्इ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट । उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला । अध्ययनको शिलशिलामा २०६९ भदौ १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । पासपोर्ट छ, भिसा छ, विश्वविद्यालयको विद्यार्थी स्वीकृत गरिएको पत्र छ, साथमा आवश्यक युरोको ट्राभल चेक छ । तर ऊ त्यही पत्र चाहिन्छ भनेर अड्डी कस्छ ।
अन्त्यमा, मैले जब उसलाई त्यो आवश्यक परिएको भनिएको कागजातका बारेमा भिडियो रेकर्डिङ गरेर भन्न अनुरोध गर्ने विचार गरेँ अनि मैले मेरो मोबाइलको भिडियो रेकर्डिङ अन गरेर त्यो डकुमेन्ट मलाई मेरो देश छाड्नका लागि अपरिहार्य हो भन्नुस भनेर उसलाई आग्रह गरेँ तब ऊ चुपचाप बस्यो । मैले विनम्रतापूर्वक उसलाई आग्रह गरेँ – तपाइँ यहाँ हवाई यात्रु चाहे ती स्वदेशी हुन वा विदेशी उनीहरुलाई सजिलो बनाउनका लागि बस्नुभएको न की अनावश्यक झञ्झट दिन । मेरो गुनासो पछि ऊ चुपचाप बस्न सक्ने कुरै भएन, मुख खोलीहाल्यो – म यहाँ किन बसेको हुँ, त्यसका बारेमा तिमीले भनिरहनु पर्दैन ! मैले केहि बोलिनँ, मेरा कागजातमा औपचारीक जाँचपडताल ग¥यो । मैले अपेक्षा गरेको थिएँ – ऊ मलाई शुभयात्रा भन्नेछ । बिडम्बना, उसले मलाई राम्ररी पनि नहेरी मेरो पासपोर्ट बुझायो । अरु त अरु उसले मेरो पासपोर्टमा प्रस्थान गरेको निशाना पनि लगाएनछ । मैले अनुरोध गरेपछि आफ्नो गल्ति बोध नगरी उसले मेरो पासपोर्टमा त्यो ‘स्ट्याम्प’ लगायो जुन एउटा देश छाडेर अर्को देश जाँदा हरेक यात्रुको पासपोर्टमा लगाउनै पर्ने हुन्छ । अन्यथाः उक्त यात्रुलाई उसले यात्रा गर्न लागेको देशको अध्यागमनले जुन देशबाट यात्रा शुरु गरेको हो उक्त देशमा नै फिर्ता पठाइदिन सक्दछ । अर्थात उक्त स्ट्याम्प नलगाई मैले यात्रा गरेको भए, म दुबईबाट फेरि नेपाल फर्किनु पर्ने हुन्थ्यो – फिनल्याण्ड नपुग्दै । मलाई थाहा छैन विमानस्थलमा यो स्ट्याम्पिङसहितको महत्वपूर्ण कार्यसम्पादनका लागि बसेको उसले त्यसो गर्न भुलेको हो वा मैले विवाद गरेकोमा जानीजानी स्वाद चखाउने मनशायले त्यसो गरेको हो, किन्तु उसले उक्त गल्ति गरेकोमा केही बोध नगर्नु मेरा लागि आश्चर्यको विषय थियो ।
हुन त तीनै कर्मचारीहरु हुन एकताका एकजना विष्ट थरी मन्त्रीको भिषा नै चेक नगरी दुबई उडाएर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बचेखुचेको प्रतिष्ठा बागमतिमा सेलाउने, दलालहरुसँग सेटिङ मिलाएर लाचार नेपालीहरुलाई अवैध रुपमा मेक्सिको, इराक, अफगानिस्थान, कम्बोडिया र क्युवा उडाउने, सुन तस्करहरुलाई आरामसाथ विमानसम्मै विदेशी मुद्रा पु¥याउने एवं नक्कली नोटका प्रवद्र्धनमा लागेका तस्करहरुलाई सहयोग गर्ने तर ख्वै कुन्नी कि जब म जस्तै आम नागरिकहरु केहि लक्ष्य लिएर भिषा लागेको पासपोर्ट र टिकट लिएर यिनीहरुको डेस्कमा लाम लाग्दछौं तब यिनीहरु किन अवाश्यक दुख दिन तम्तयार हुन्छन् ? मैले आजपर्यन्त बुझ्न सकिरहेको छैन ।
अझ डेढ बर्षपहिले दुईहप्ते छुट्टी मनाएर नर्वे फिर्ता हुँदै गर्दा यसै विमानस्थलमा मैले ब्योहोर्न परेको घटना झनै उदेकलाग्दो छ । जब म ‘प्रस्थान निशान’ लगाउनलाई एउटा कर्मचारीको डेस्कमा पुगेँ उनले विनय भावमा भने – भाई हजुरको भिषालाई मेरो मेशिनले रिड गरेन, हजुरको भिषा नक्कली हो ! म तीनछक परेँ उनको कृत्य देखेर । अलिकति आक्रोशित हुँदै मैले भनेँ – यहि भिषा हो विगत ६ महिनादेखि म नर्वेमा युवा स्वयंसेवकका रुपमा नेपाल रेडक्रसको प्रतिनिधित्व गरिरहेछु, यो त्यहि भिषा हो जुन देखाउँदै र चेक गराउँदै दुईहप्ता अगाडि जर्मनीको फ्र्याङकफट, दुबई हुँदै नेपाल प्रवेश गरेको थिएँ । यो कसरी नक्कली भयो हजुरलाई ? यो किन रिड हुन सकेन तपाइँको मेशिनमा ? कि त हजुरको नियत ठिक भएन वा हजुरको मेशिन चाइनिज सस्तो मार्केटबाट खरिद गरिएको हो त्यो पनि विना टेन्डर । मैले धाराप्रवाह बोलेको सुनेपछि उनले भनेँ – एकछिन हैं म ट्वाइलेट गएर आउँछु । ट्वाइलेट हिडेको उनी म त्यहाँ रहुन्जेल फिर्ता भएनन् । यो कस्तो बिडम्बना ? मैले त्यसबेला बल्ल बुझेको थिएँ कि किन चर्चीत अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति छिराउन सक्छु भनेका रै’छन् ?
फिनल्याण्डको भान्ता विमानस्थलमा झरेपछि लामो स्वास फेर्दै मैले धेरैबेर गम खाएँ – हाम्रो विमानस्थलका कर्मचारीहरु कहिले स्कीपुल एअरपोर्ट आमस्टर्डम, गार्डेमन एअरपोर्ट ओश्लो, ब्रुसेल्स एअरपोर्ट वा अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी र कामप्रति इमान्दार कर्मचारीहरु झैं बन्लान ? देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ?
डियाक युनिभर्सिटी, यारभेनपा
फिनल्याण्ड
In my opinion and experience no objection letter is for transferring fund in foreign currency i.e, generally in dollar or any other. It can be taken from the education ministry of Nepal and at time of applying the application form against no objection letter there is “boddartha” one copy to the central bank of country that is NRB. This letter is mainly for transferring fund from Nepal to another country with out any objection from the side of government and concern authorities of Nepal. This letter may valid for 1 year. by the help of this letter when needed you can transfer fund again like school fees note supporting documents from school and collage must be needed at the time of transfer. By this letter you can also transfer funds from Nepal to your current resident in abroad for living life although the nrb or government of Nepal have limitation of transfer and time interval of transfer. If you change the school or collage you have re obtain it or new one with your changed data from the same source that is education ministry. As per the rule of NRB and government of Nepal this document must be compulsory shown and submitted along with copy of passport current status and school or collage identification document to the bank while transferring amount to abroad because Nepal has a law that ordinary people can’t hold foreign currency like dollar etc. After getting this letter from concern authority you have the right to purchase dollar and send it to destination as per that letter. Yes off course the immigration officer have right for demand it because each and every country has rules and limitation for the amount with you are travelling or taking. If there isn’t such letter traveler may face problem to destination country and its arrival immigration. In the context of japan every time when I return back here in japan I have submit amount in figure how much and what kind in immigration written form by signing it and claiming it correct one. In final Nepal ma ramro manche ko ra kaha cha ra in government service ? yedi ramro immandar ra despremin manche Nepal ma power ma vaidiyeko vayee ta Nepal pani ramro hunthyo hola ni. Nepal ko immigration ko officer le nepali ko chora chori lie hoina ki Nepal ma padhna aaune bidesi sanga magna pauthee tara testo drama yo kaliyug ma kahile pani aaudina.. kina ki aauta ukhan cha ni jati ramro sanga pale pani kukur le aachi khana choddina testai ho Nepal ko neta ani government officer. sorry if my opinion hurts to any one and for broken English ke garne . yo vote ko des ma aayera ta English ko spelling pani birsane po hudo raicha…
म पहिलो पटक अमेरिका आउन लाग्दा, एयरपोर्टको ढोकाबाट सबैजना संग बिदाबारी भएर भित्र छिरिसकेपछि मेरा श्रीमानको h1b भिषा भएकोले श्रम मन्त्रालयबाट के के चाहिने भनेर भित्र छिर्न दिएन.. दशैं भर्खर सकिएको थियो .. सरकारी कार्यालयहरु बन्द थिए, त्यहि बेला गएर अनुमति लिएर आउन सम्भव थिएन.. उनि ति कर्मचारीहरु संग के कसो भनेर विस्तृत कुरा गर्न थाले, म भने टुसुक्क बसें बेञ्चमा.. त्यहि बेलामा एक जना मान्छे ले मेरो छेउमा आएर ‘चिन्ता मान्नु पर्दैन बहिनी, कुरा मिलाउन सकिन्छा म हाकिम साब संग कुरा गर्छु, येसो विचार गर्नुस न” भन्यो .. विमानस्थलमा घुस खान्छन भन्ने सुनेकी थिएँ, कसरि खान्छन भन्ने पनि देखें, मेरो पारो तात्यो, तर त्यहाँ त्यो मान्छेसंग बहस गर्ने स्थितिमा म थियिन !! घुस खाने मान्छे भनेपछि पहिले देखि नै रिस उठ्थ्यो, घुस्याहा नातेदार कहाँ त दशैं मा टीका लगाउन पनि जान्नथें.. त्यो मान्छेलाई घुस दिने सवाल नै थिएन .. “हजुरको मोबाइलबाट एक कल गरौँ अँकल ? ” सकेसम्म नरम हुँदै भनें मैले. उनले दिए. मैले मेरा बालाइ फोन गरें.. सबै वर्णन गरें .. पैसा खाने दाउ बारे भनें .. बाका एकजना चिनारु, मैले पनि चिनेका एरपोर्ट अध्यागमनका माथिल्लै हाकिम थिए, बाले उनलाई फोन गरिदिने हुनु भो.. एकैछिनमा उनको फोन आयो, अनि ती जान दिन्न भन्दै गरेका कर्मचारीले नरम हुँदै मेरा श्रीमानलाइ – ‘हाकिम साबको नातेदार हुनुँदो रैछ जानुस ” भन्यो .. अनि हामी छिर्न पायौं ..
🙁
एक चोटी म american citizen बच्चा लिएर नेपाल घुम्न गएँ |
एरपोर्टमा हाम्ले ३० दिन बस्ने हो भनेर फोरम भरौं तर बच्चाको सिर्फ १५ दिनको visa मात्रै मिल्छ भन्यो | फेरी मेरी श्रीमतिले हेरेको त पहेले एक जनाको त ४५ दिन को विसा लागेको रैछ| किन भनेको त UN मा काम गर्ने र तपाइको एउतै हुन्छ भन्छ बा | नेपालको Democracy मा कलंक |
निकै बेर बहस चले पछि एक जना चिनेको मान्छे ले देखेछ | उ एरपोर्ट मै काम गर्दो रहेछ | अनि बल्ल ३० दिन को ४५ दिनै Visa लगाइदियो |
एक पटक बनाएको “no objection letter” ले कती बर्ष सम्म प्रोयोग गर्न सकिन्छ?
कि हरेक पटक “college/university” परिवर्तन गर्दा, “no objection letter” पनि नयाँ बनाउनु पर्छ (e.g continue education from Bsc to Msc but in different university. Assume that “no objection letter was issued for Bsc) ?
के “no objection letter” पहिलो पटक नेपाल बाट बिदेश जादा को लागि हो कि, हरेक पटक (student visa ma return huda )चहिने हो (त्रिभुवन विमानस्थलमा)?
के “no objection letter” छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा पनि देखाउनु पर्ने हो त्रिभुवन विमानस्थलमा मा?
यो प्रश्नको उत्तर दियमा आभारी हुने थिय,
धेरै धेरै धन्यवाद
I am writing this email to draw an attention for the corruptions in Shram office in Kathmandu. Everyday, many Nepali workers who need to get the Shram Swikriti are suffering due to these so called public servant.
One of my friend has applied for a job in one of the largest telecom multinational company through a vacancy add in a job website and got the offer to work as telecom engineer after number of telephonic interviews. The company sent him the offer letter Air Ticket and Visa. Next step is to have the Shram Swikriti from Nepal Shram office.
He went to the shram office with his Job offer letter, Passport, Visa, air ticket and medical GAMCA FIT report. He asked one officer at one of the counter and requested to get the application form, but he had to move all the desk to get the form. (Observed very passive attitude of the govt. staffs). They said u need to bring the visa attested by Ministry of commercial and ministry of foreign affairs, also ur company is not registered in nepal govt.. In the mean time, one guy was following him and told him, Dai, u will never get ur work done but i can help u if u want me to help you, for that he need to pay him 12000.
Below is the story in his own word:
I thought i can get the shram swikriti if i follow the straight way as i was confident that i have all the required documents with me, i ended up getting nothing as the govt. employees asked me to provide so many other docs which was not possible for me to provide. so i returned home with no progress.
Next day, i again went to the Shram office. the same guy (broker) was looking at me with his smiling face (felt like he is teasing me that i did not hear his advise). Due to employer;s requirement and project urgency, i had to be in Oman within 3 days and there was no hope if i can get shram swikriti in this situation.
So i have no option than opting that guy by paying 12000 NRS and submitted my visa and passport. (he did not take any other docs from me like offer letter, medical report). i got my passport with shram swikriti within 3 hours i submitted my passport to the broker. I noticed there are number of brokers around this office, and they have good connection with the staffs from top to down.
This is for your information and hope your media action will contribute to minimize such corruption in near future.
Thank you.
कंहा के भयो भन्दा पनि वास्तविक नेपाली जीवनशैली बुझ्न आबस्यक छ ! भात धेरै खाने जात भएकोले होला कुरासुरा नाभुजी उफ्रिने कराउने नेपालीको आफ्नै बानि हो भने येही बनिद्वारा उत्पादित जे बोल्दे पनि हुन्छ भन्ने नेता र जे गरेपनि हुन्छ भन्ने कर्मचारी पाउनु हाम्रै सोभाब्ले सिर्जित मुरका टा हरु को कुरा के गर्ने, झोले सानातिना कार्यकर्ता देखि बदमान्को नेता र पिउन देखि उपल्लो तहको हाकिम सम्म एनी हौ पैसा कामु को एड्स ले सबैतिर काम गरेको छ ! मरिच मान फेरि जन्मेर प्रम भयो भने केहि होला नत्र सबैको हैसियत टा देखि सकियो ! मित्र, यस्ता हैसियत नाभायाकहरुलाई नजितौन ! उपाय येही हो !
मलाई नेपाल को अन्तरास्ट्रिय एरपोर्ट त अन्तरास्ट्रिय एरपोर्ट नै हो लाग्दैन / न त अन्तरास्ट्रिय एरपोर्ट स्तरको जस्तो संरचना छ न त सुबिधाहरु नै छन् / कर्मचारीहरु को तर्फबाट अहिले सम्म तेस्तो धेरै दुखः त भएको छैन तर त्यो भन्दैमा उनीहरु को व्यवहार राम्रो छ भन्न सक्दिन / एउटा कुरा पक्कै हो कि जुनबेला एरपोर्ट मा गए पनि त्यहा भएका कर्मचारीहरुको मुख देख्दा लाग्छ कि यसलाई कति ठग्न सक्छ भन्ने हिसाब ले हेरिराखेको जस्तो लाग्छ/
इम्मिग्रेशनका अधिकारीहरुलाई नेपालीलाई कस्तो प्रकारको प्रश्न गर्न पाइन्छ र विदेशीलाई कस्तो प्रकारको प्रश्न गर्न जरुरि छ भन्ने कुरा को तालिम दिनु आवस्यक छ जस्तो मलाई लाग्छ |
तपाई विदेश जादै हुनु हुन्छ र तपाई माथि शंका लागेमा सोध्न मिल्ने प्रश्न भनेको
भिसा नक्कली हो या सक्कली हो बुझ्नको लागि
१. मेसिनले जाच गर्ने नै एक मात्र राम्रो उपाए हो तर
२. कहाँ जान लाग्नु भएको ?
३. भिसाको अबधि कति हो ?
राहदानी नक्कली हो या सक्कली हो बुझ्नको लागि
१. तपाई नाम के हो ?
२. नागरिकता कुन जिल्लाबाट लिनु भएको ?
३. बाबु अथवा आमाको नाम के हो ?
अरुको राहदानी पिसी गरेको जस्तो लागेमा (हस्त लिखित राहदानीको लागि मात्र )
१. मेसिनले जाच गर्ने एक मात्र उपाए हो तर
२. यो राहदानी लिनु भएको कति भयो भनेर प्रश्न गर्न सकिन्छ ?
३. राहदानीमा को फोटो पृष्ठमा दाग भएमा त्यो दाग कसरि लागेको हो सोध्न सकिन्छ |
तर तपाईलाई अत्याउने, धम्काउने, बिना कारण तपाईको यात्रानै रद्ध गर्न बाध्य पर्ने जस्ता काम गर्न पाईदैन |
घुस खान खोज्ने र मनोबल गिराउन खोज्ने प्रश्न र कार्य निन्दनीय कार्य हो | यो काम स्वदेशी र बिदेशी कसैलाई पनि गर्न हुन्न र पाईदैन भन्ने कुरा बुझ्न जरुरि छ |
सरकारी काम र त्यसबाट प्राप्त हुने पारिश्रमिक चित्त बुझेन भने सरकारलाई पारिश्रमिक पुगेन भन्न सकिन्छ त्यो अधिकार सबै कर्मचारीलाई छ |
धेरै धन कमाउन मन छ भने सरकारी जागिर छोडेर ब्यापार ब्यबसाय गर्ने अथवा आफै एक पटक विदेश गएर हेर्ने पो होकी ?
हामीहरुको आफ्नै बानी पनि सुधार्नु परयो र मलाई लग्छ सबै कर्मचारी हरु पनि खराब हुदैनन् उनीहरुको सामान्य सोद्पुछ ले गर्दा गैरकानुनी तबरले बिदेसिने हरुलाई आथावा ठुलो दुर्घटना बाट रोक्न सकिन्छ तेस्मा हामीले पनि सहयोग गर्नुपर्यो नि होइन र केहि समस्या परेमा तुरुन्त सोद्पुछ र समाधान गर्ने आधिकारिक निकाय हुनुपर्यो किनकि हामी बीचको सहयोग र बुजाई बिना नेपालको सुधार असम्भव छ
यो भयो नेपाली इम्मिग्रेशन को कुरा,मलाई २००८ मा मकाउ बाट नेपाल फर्किदा सिंगापुर हुदै फर्किनु थियो ,आफुले पनि तेसो ख्याल गरिन ,मकाउ इम्मिग्रेशन को ओफ़िसरले मेरो पासपोर्टमा departure स्टाम्पनै लगायेनाछा,सिंगापुरमा कम्ता दुख दिएन मलाई,केहि सोद्यो भने खाम्ला जस्तो गरेर हेर्छ,एकछिन पछि लगेर थुनिहाल्यो नि,भोलि मकाउ नै फर्कैदियो तेह बसेको खाएको अनि फर्किने ticketkko जम्मै पैसा मलाई नै तिरायो.मकाउ पुगदा प्लेनको ढोकामै मलाई लिन आयो इम्मिग्रेशन पुलिस,मेरो पासपोर्ट धेरै बेर हेर्यो एउटाले अर्कोलाई देखायो केहि बेरपछि एउटाले तेरो अर्को पस्स्पोर्ट पनिछ देखा पो भन्छ ,छैन भने ,खै तेरो पासपोर्ट मा departure स्टाम्प भनेर उल्टै मलाई सोद्यो मैले हेर्छु साचिकै छैन .मेरो सबै कुरा check गरेपछि मलाई एउटा कोठामा राखेर बाहिर गयो लगभग २ घण्टा पछि एकहूल मान्छे लिएर आयो ,मलाई सोद्यो हिजो डेस्क मा इनि हरुनै थियो को हो त्यो याद्छ तलै भनेर सोद्यो मैले तेस्लाई यो मान्छे हो भनेर देखाए ,खै मलाई फेरी एक्लै राखेर १ घण्टा पछि आयो अनि sorry हामीबाट गल्ति भयो भन्यो.फेरी arrival स्टाम्प लगाएर van मा राखेर होटेल मा राख्यो ,पर्सि पल्ट काठमाडौँ सम्म को tkt मकाउ goverment ले नै बेहोर्चा इम्मिग्रेशन आऊ भनेर फोन आयो .मेरो पासपोर्ट इम्मिग्रेशन मा बुजयेरा फर्के भोलि सिदै एरपोर्ट आऊ वनेर फोन गर्यो एरपोर्ट पुगे सबै प्रक्रिया पुराएर फ्री मा नेपाल पठायो,
२००१ मा म हंग कंग बाट नेपाल आउदा,TIA मा बिना कारण .कागज पत्र र id , नकली जस्तो लागयो, भन्दै थियो I म पनि हंग कंग इम्मिग्रेशन ले त सक्कली भनेर दिएको थियो ,लौन हजुर सहयोग गर्नु पर्यो,कसरि हंग कंग सरकारलाई मुद्दा हाल्ने होला भनेर , बिनम्र मुस्कानले सहयोग मागे ,तेस्पछि होइन भई गो भाई ,तपाई जानुश भन्यो i
कर्मचारी त घुसखोर भै हाले तर हामी यात्रु पनि कम दोषी छैनौ। हामीले पनि आफ्नो आफ्नो ताकत र पहुच अनुसारको घमण्ड देखाउने गर्छौ। यी नीराजन शिरीषका बाउ पनि म्याग्दीका राम्रै एमाले नेता र पहुचवाला हुन् त्यसैले अलि बढी घमण्ड गरे कि जस्तो लाग्यो मलाइ। अध्यागमन भनेकै सोधपुछ गर्नलाइ राख्ने हो अब भिसा देखाऊदैमा केहि नसोधी पठाय- गयको मान्छे केहि कारणबस अरु देशमा पक्राउ पर्यो भने फेरि पनि दोष आउने कर्मचारीलाइ नै हो।
यथार्थ के हो भने शिरीष लगायत हामी सबैले अर्को देशमा जादा त्यहाको अध्यागमनले केरकार गर्दा मात्र हैन कट्टु खोल भने पनि लुसुक्क खोल्छौ तर नेपालमा उही आफ्नो पहुच र पावर देखाउन सानो सानो कुरामा पनि बादविवाद गर्छौ, बोल म भिडियो रेकर्ड गर्छु भन्दै कर्मचारीलाइ धम्काउछौ? र आफै फुर्ति गर्दै मैले यसो भने भनेर ब्लग लेख्छौ।
यो पनि फरक छ विदेशका यात्रु र हामी नेपाली यात्रुमा। बिदेशका बिमानस्थल संग तुलना गर्दा बिदेशी यात्रुको व्यवहार संग नेपाली यात्रुको पनि तुलना गर्दा उचित होला। संसारमा सायद नेपाल बाहेक कुनै अर्को देशको बिमानस्थल छैन होला जहाँ शिरिष ले झैँ यात्रुले अध्यागमनको कर्मचारीलाइ उल्टो थर्काउने गर्छन बोल म रेकर्ड गर्छु भन्ने गर्छन्। यो सब गर्ने भन्ने फेरि शिरिष को झैँ त्यहि राजनैतिक पहुच वालाले मात्र नै हो, किनकि उनिहरु जस्तालाइ थाहा छ जति विवाद गरे पनि राजनैतिक संरक्षण मिलि हाल्छ, केहि बढी हुन् खोजे माथि बाट फोन गर्दिने नेता छन यस्ता मानसिकता ले पनि हामी बिग्रेका छौ, कर्मचारीलाइ मात्र गाली गर्नु भन्दा यस्ता कुरामा हामि यात्रुले पनि सचेत हुन् जरुरि छ।
सन्दिप जी को तर्क संग म सहमत छु संरक्षण-पहुँचको बारेमा तर अध्यागमन कर्मचारीको नियतकै कुरा गर्ने हो भने त म यति भन्छु तिनीहरुलाई कहिल्यै अरवौं कमाए पनि परिवारको सुख नमिली मर्न परोस ….लाग्ला कस्तो असभ्य सराप्यो भनेर है तर यो हजारौं इराक अनि अफगान मा बस्ने नेपालीको सराप हो ति दुष्ट जुकाहरुलाई ! जसले हामीलाई आफ्नो पाउने छुट्टीमा पनि घर फर्कन बाट बन्चित पारेका छन् ! यहाँ हामि आउँदा सबै मिलाएर पैसा खाएर पठाउने यिनै हुन् तर नेपाल सरकारले इराक-अफगानको रोजगारीलाई कर्मचारीको कमाउने भाँडो बनाइदिनाले हामीलाई समस्या पर्यो ! केहि समय पहिला यी मुलुक खोल्न बिभिन्न व्यक्ति अनि बि.एफ.बि.एस. रेडियोका बिनोद दाइ आदि बाट ठुलो पहल भयो त्यसपछि अधायागमनका ठेकेदारले ए…हामि संग निहु खोज्ने भनेर १०-१५ हजारमा हुने सेटिंग ८०-९० हजार पुर्याइदिए अनि अहिले अख्तियारको कारवाहीले फेरी अर्को अघोषित धम्कि स्वरुप बिभिन्न बहानामा कामदार फ़र्काउञ्छन …हरे दैब…यिनलाई सोझै भाटे कारवाही गर्ने पठाईदेउ न हो ! अहिले यिनको आतंकको कारण २ दिन अघि अफगान बाट नेपाल जान हिंडेका केहि नेपाली दुवै बाट फर्किएछन् भोलि फर्कन नपाएर यहि भएको जागिर पनि जान्छ भनेर ….ल हेर्नोस त के यो पाप नलाग्ला यी दुष्टहरु लाइ ? यी डाँकाहरु त किरा परेरै मर्नेछन ! अख्तियारले कुनै हालतमा पनि यो कारवाही रोक्न हुन्न म त मेरो १ महिनाको तलब सहयोग गर्न तयार छु यो कारवाही अगाडी बढाउँ कुनै आर्थिक सहयोग चाहिएमा ! मैले त बाटोमा बाहिर चिन्नु पर्छ यो अध्यागमनको डाँका हो भनेर सिधै मायाँ गरेर २-४ दिन हनुमान ढोका बस्ने रहर नै छ भने पनि हुन्छ ! ति डाँकाको त अनुहार मात्र सम्झंदा पनि रगत उम्लिएर आउँछ हो मेरो त ! अब अध्यागमन नै हो हार्मो आशा-भरोसा …सम्भव भए अब अरु देश झैं खोलिदिनोस यी दुइ मुलुक पनि अनि खान्छन २ वटा हातले यी जुकाहरुले ! दिर्घ बिष्ट
सन्दिपजी, धन्यवाद| कुरो बुझियो|
नेताहरुका र भ्रष्टका सन्तानले खत्तम पारेका छन् यो सुन्दर देशलाई|
चोरकै शोर ठुलो|
अध्यागमनमा जागिर हुनेका छोरा छोरी अमरिका, युरोप अष्ट्रेलिया कंहि पनि
भए माई संसार पढ्ने गरेकै होला| उनीहरु नै अझ ठुलो शोर गर्दा हुन् नेपालमा भ्रस्टचार र अनिमियतता वृद्धि भयो भनेर|
अब प्रेसर छोरा छोरी र सन्तान बाट पनि आउँन पर्यो|
बुबा मुमा वा अङ्कल आन्टी, चाहिएन मलाई घुसको कमाईमा हुर्कन पढ्न बढ्न भनेर छोरा छोरी नाताले प्रेसर दिन थाले अनि स्कुल कलेजमा पनि घुसखोरिका छोरा छोरी भनेर छि छि दुर दुर गर्न थाले मात्र परिवर्तन ल्याउन सकिन्छ|
कुरा ठिक हो , इम्मिग्रेशनलाई सोध खोज गर्ने
अधिकार छ तर के visa लिएर हिडेको मान्छेलाई
तिमीलाई त्यहाँ पुगेपछि एरपोर्ट फर्काई दिन्छ भनेर अत्याउन
पाइन्छ ?
तपाईको नेपालमा घर कहाँ हो ? त्यहाको फलानोलाइ चिन्नु हुन्छ ?
भनेर सोध्न पाइन्छ ?
बैकल्पिक कागजात जस्तै राहदानी हुदा हुदै नागरिकता
देखाऊ भन्न पाइन्छ ?
राहदानीमा भिसा हुदा हुदै उक्त देशको रेसिडेन्ट कार्ड देखाऊ भन्न
पाइन्छ ? आदि आदि
राध्यस्यामज्यु
राहादानी हुँदा हुँदै कसैको नागरिकता खोज्न पाइन्दैन/ किनभने पासपोर्ट बिना नागरिकता पाइन्दैन/ पासपोर्ट जारि गर्ने नेपालको पररास्ट्र मन्त्रालय हो र पासपोर्ट मै पररास्ट्र मन्त्रालयले “निज पासपोर्ट होल्डर नेपाली नागरिक भयको निजलाई यात्रमा सहयोग गर्ने” लेखियको हुन्छ/ बिदेसि अध्यागमन कार्यालयले समेत मान्ने पररास्ट्र मन्त्रालयको अनुरोध नेपालकै अध्यागमनको कर्मचारीको निमित मान्ने छैन; यो भन्दा ठुलो भ्र्स्ताचारंको नमुना अरु के होला?
छद्मभेषी नाम लिएका सन्दिपजी,
छोराको विषयमा बाबाको नाम मिलाएर यहाँले जुन हर्कत गर्नुभएको छ त्यो अशोभनीय हो । हरेक नेता खराब, पहुँचवाला र हरेक नेताका छोराछोरीहरू बाउको नामको फाइदा लिन्छन भन्ने सोच नराख्नुहोला । आफ्नो स्पष्ट परिचयसहित आउनुस अनि तर्क गरौंला । नत्र यस्ता छदमभेषी नाममा ब्यक्तिको मानहानी गरेको कृत्य नगरेकै वेश होला ।
लेखम भने कति लेख्ने , आखिर जे भने पनि , ति भ्रस्ट अध्यागमन का चोर प्रबिती का कर्मचारी हरुलाई राजनीति अनि नेताको , अनि फलानो र ढिस्काना को मान्छे भनेपछि अलि चुप लाग्छन , त्यो त सर्बोबिधित नै कुरा हो,
येसरी छोरो को लेखन मा बा उ को नाम ल्याएर , सन्दिप भन्ने छदमनामधारी को तुक मलाई पनि ठिक लागेन हो
मेडिया लै निष्पक्ष बनॊनु पर्छ , तँ तँ र म म भनेर ब्लग मा येसरी अरुको पारिवारिक अनि ब्येक्तिगत कुराहरु लिएर कमेन्ट नगरम हो हो साथी हो …..
KANGRES KO CHORO HOSH YA KAMNIST OR MAOOBAAD OR RAJABAD , जे भएपनि वे अरे BLOGGER सो बे BLOGGER AND BE LOYAL .
सत्य तितो हुन्छ त्यो कहाँ पच्छ र हैन? यथार्थ भन्दा हर्कत लाग्ने रैछ मान्छेलाइ कसरि हर्कत र असोभनिय भो साचो कुरा भन्दा, कुन्नि ?? यो पनि नेताकै छोराछोरीले मात्र बुझ्ने कुरा होला। । आफुले शिरिष नाम को छदमभेस प्रयोग गरे भनेर सबैले त्यसै गर्छन् भन्ने सोच्नु हुन्न मान्छेले? मेरो नाम नै त्यहि हो अब तिमिहरुलाई के चाहियो नागरिकताको फोटोकपि?कि पासपोर्टको फोटोकपि सहित कमेन्ट गर्नु पर्ने हो।
सत्य के हो भेने बिमानस्थलमा कुनै नेपाली सर्बसाधारणले बोल म रेकर्ड गर्छु भनेर अध्यागमनको कर्मचारी संग भन्ने र बादविवाद गर्ने हैसियत राख्दैनन। संसारको कुनै अध्यागमन कार्यालयमा पनि त्यसरी यात्रुले त्यसरी कुरा गर्दैनन्। हाम्रो देशमा तिमी नेताका छोराछोरि र पहुचवालाहरुले किन त्यसो गर्छौ त्यो हामी सबैलाई थाहा छ, यथार्थ भन्दा कसैले चित्त दुखाउनु पर्ने जरुरि छैन। तिमिहरु जस्ताले किन अध्यागन देखि गृह मन्त्रालय अनि सिंहदरबार देखि बालुवाटार सम्म रवाफ देखाउछौ त्यो सबैलाइ थाहा छ
त्यो भन्दा बढी भनि रहनु पर्ने आवस्यकता नहोला।
जे सुकै लेख्नुहोश, बाल मतलब छैन ,
मैले भन्न खोज्य ब्लग मा फलानो को छोरो हो भनेर अरुको पोल खोल्नु ठिक हैन भन्या हो मात्रै , तेस्मा तत्तिनु पर्ने जरुरि छैन तपाइलाई. नि.सिरी…ले ब्लग लेख्या रहेछ अब तपैले कमेन्ट ma उसको पुस्ता को बारेमा नलेखुम हो भन्न खोज्या मात्र हो , BLOG MUST BE FAIR BHANYA HO, if u don’t understand , its ur problem not mine,
P:S अनि मेरो बारेमा सानो जानकारी , न म नेताको छोरि हुँ, न पहुचवालाको ,
हजुरलार्इ नागरिकता र राहदानीको स्क्यान कपी राख्नु भनेको हैन, खुला परिचय सहित आउनुस मात्र भनेको हुँ । शिरीष कुनै छद्दमभेषी नाम हैन, यो मेरो साहित्यिक उपनाम हो । खासमा भन्दा थापा लेख्दा आफूलार्इ ठूलो जातको घमण्ड नहोस भन्नका खातिर मैले यो उपनाम रोजेको हुँ । मेरो फेरि पनि अनुरोध यो हो कि ब्यक्तिका बारेमा पूरा कुरा नबुझी प्याच्च नलेखिदिनुभएको राम्रो हुने हो ।
अर्को कुरो मैले अध्यागमन कर्मचारीलार्इ दादागिरी देखाएको पनि हैन, यदि नो अब्जेक्शन लेटर अनिवार्य नै हो भने भन्नुस म भिडियो रेकर्ड गर्छु र फ्लार्इट क्यान्सिल गरेर फर्कन्छु मात्र भनेर अनुरोध गरेको हुँ । मलार्इ चिन्ने जति म्याग्दीका जोसुकैलार्इ पनि सोधेर हेर्नुस कि मैले मेरो बाबाको राजनैतिक पहुँचको फाइदा उठाएर आज पर्यन्त केहि गरेको रहिछु भने म कानुनले निर्दिष्ट गरेको सजाय भोग्न तयार छु । अदालतमा मुद्दा हाल्नुस मेरो चुनौती भो तपाइँलार्इ, कसुर प्रमाणित भएमा भोग्न तयार छु । अब यहाँ भन्दा बढि के लेखुम ? कसरी बुझाउँ म हजुरलार्इ ?
म काठमाडौँ बाट पोखरा उड्नको निम्ति Airport कर्मचारी मेरो id मगे मैले म सग भयको फिनल्याण्ड को polic card देखाय अनि जाचँ गर्ने कर्मचारी ले भानु भयो कि नेपाल को नागरिता लिन्नु भयको छैन भन्छ म आकमक परे मैले भने म सग नेपाल को passport नै छ नि ,,,अनि मैले बुजेकि अलि बुजे का र पढे लेखे का कर्मचारी भय हामी विदेश मा भय र स्देश पर्कने कम गर्ने पढ्ने कसैले दूख पाउने थीयानेउ होला जस्तो लाग्छ
यस्तै हो सबैले दु:ख पाएका छन् | मैले पनि पाएको छु | मेरो परिवारले पनि पाएका छन् तर सधै यस्तो नहोस् भनेर अख्तियार जागेको छ यसैलाई एउटा उचित कदम मान्न सकिन्छ |
२ पटक जति मैले पनि झपारेर काम चलाएको छु |
जय होस् नेपाल आमाको तिनका सन्ततिको !
This happens everywhere. Only thing that matters is, are they seriously concern to stop illegal movement of people or they are giving you hard time for bribe.
See this video, How Passengers have to pass through customs and immigration in AU airports
http://www.youtube.com/watch?v=Fष्श्फ़्र्ज८घ्झीए
मलाई पनि आउने बेलामा एउटा कर्मचारी नो अब्जेक्सन लेटर मागेर हैरान, ट्राभल चॆक लै नि किच-किच अनि भन्दै थियो कि त्यो बिना जान पाइन्न. तेस्का बाजे !!! बल्ल बल्ल मान्यो
हाम्रो देश को एरपोर्ट मा धेरै पाखे बादर बस्छन जस्तो लग्छ. २ बर्ष अघि मा दिल्ली जादै थिए, नागरिकता को प्रमाण पत्र ल्याउन भुलेछु. passport visa को लागि दिल्ली मा submit गरेको थिए, मा संग पुरानो passport मात्र थियो. हाम्रो एरपोर्ट बाट जानै दिएन. ए बाबा यहाँ बाट जान मेरो identity येही पुरानो passport छ भन्दा पनि किचकिच मात्र गर्यो, दिल्ली मा छिर्न दिन्न भनेर डर पनि देखायो. nepalgang बाट अब नागरिकता को प्रमाण पत्र मगाउन पनि सम्भब थिएन किनकि flight को time भईसकेको थियो. जे पर्ला पर्ला मलाई जान देउ भनेर मा झगडा गरेपछि जान दियो, दिल्ली मा त्यहि पुरानो passport हेरेर मलाई बिना कुनै रोकतोक छिर्न दियो. बेक्कार मा Tension पाए आफ्नै एरपोर्ट मा.
फिनल्याण्ड कै कुरा गरौ — सानो मा खोप लाएको पेपर नभएर फिनल्याण्ड को स्कुल ले मलाई झन्डै घर नफर्काई दिएको, नक्कली बनाएर बल्ल तल्ल सुल्झियो ! प्रसासन हरेक प्रसासक अनुसार फरक हुन्छ यहाँ !
व्यक्तिगत रुपमा मलाई त्यो भिडिओ रेकड़िंग मा भन्नुस भनेको चै मन परेन ! उनि हरु लाई हेर्ने हाम्रो नजर नै गलत छ त्यहि भएर हामी जे मा पनि खोट देख्छौ !
…भेडाका छाला ओडेका ब्वासाहरु,… मान्छेका रुप बोकेका भेम्पायरहरु…त छन् नि
मसानघाट देखि देसको ढिकुटी सम्म हाम्रै नेपालमा,
धेरै पल्ट एयरपोर्टबाट यात्रा गरेकोले अध्यागमन र भन्सारको कर्मचारीलाई देख्यो कि थुकी दिउँ वा सके लात्तीले मुखाँ हानु जस्तो लाग्छ| यसो भन्न पर्दा दुख लाग्छ तर मेरो अनुभवमा खालि ५% जति मात्र ठिक छन् र प्रोटोकल अनुसार व्यवहार गर्छन| डल्लो लाम्चो अनुहार, नाक थेप्चे र लास्ट नेम जनजाति (गुरुङ, राई, तामांग, लामा, मगर आदि) देख्यो भने झन् ओल्टाई पल्टाई हेर्छ र अनेक थरिका प्रश्न गर्न थाल्छन|
यो सब भएको ठिक तालिमको अभावले पनि हुनसक्छ| तर मुख्यत कसरि खुस्काऊ र कमाउँ भन्ने आशयले पनि हो|
एकपल्ट सुरक्षा चेक गर्ने पुलिसले आफ्नो हाकिमको सामुन्ने ५० डलर जत्ति बिदेशी मुद्रा देखे पछि खोस्न खोज्यो| जति पोलाईट भएर भन्दा पनि सो मुद्रा लान नदिए पछि मैले तपाईको काम सुरक्षा हेर्ने हो कि खुजरा मुद्रा गन्ने हो| राष्ट्र बैंकको स्वीकृति चाहियो रे| हाकिमले पनि पैसा छाडोस जस्तो गरेका थिए| मलाई ट्याक्सी भाडा चाहियो अर्को गन्तब्यमा भन्दा पनि नमान्ने| उसो भए एउटा बुझेको भरपाई पाउँ अनि छाडीदिन्छु भनेको ल भैगो भैगो जानुस ‘रे|
मेरो एयरपोर्टमा एउटा पोलिसी छ| बिशेस गरी अध्यागमन र भन्सारमा| त्यसै कारण होला, यो भएँन र त्यो खोइ भनेर घुस खाने शुरु गर्न थाले पनि त्यस्तो खास रुकावट भएको छैन|
१. जतिसक्दो अघि बाटै बुझेर सामान्य नियम सबै बुझ्ने कोशिश गर्ने र पालना गर्ने|
२. एयापोर्टमा जाँदा आउँदा सकेसम्म चिटिक्क परेर लुगाफाटा लगाउने (पार्टीमा जाँदा सजिएर जाने जस्तो भन्न खोजेको होइन तर आदरपुर्बक पहिरन लाउने र जथाभावी लथालिङ्गै भएर प्रस्तुत नहुने भनेको हो)
३. प्रश्न सोध्दा वा जानकारी माग्दा नम्र भएर प्रस्तुत हुने|
४ . सोधेको भन्दा बढी अरु जवाफ नदिने र कुरो नबढाउने|
५. शुरुमा नमस्कार भन्ने र नभने पनि अनुहारको मुद्राले अभिवादन गर्ने र अन्तमा धन्यवाद दिने|
६. अलि समय बाँकी राखेर अध्यागमनमा जाने
७. मुख्य कुरो, प्रश्न गर्दा नरिसाउने र प्रश्नको जवाफ पनि आदरपुर्बक दिने तर जब यो हुँदैन र भएन भन्छ, त्यसको पनि कारण सोध्ने| समस्या देखाए नेगोसिएट गर्न तिर नलाग्ने तर सभ्य भाषामा सुल्झाउन तिर लाग्ने| साह्रै भएन र घुस नै माग्न खोजेको जस्तो लाग्यो भने हाकिम संग कुरा गर्ने|
कति कुरो केस हेरेर अध्यागमनका कर्मचारीको तजबिज र सद्बुद्धिमा छाडेका हुन्छन, त्यसैलाई पैसा कमाउने बाटो लिन्छन|
अन्तमा यति भन्नै पर्छ, अध्यागमन र भन्सारको काम गराई र व्यवहारमा आमुल परिवर्तन आउँन पर्छ| दुई चार दिन हङ्गामा हुँदा अलि सुधारियो र पछि जस्ता तस्तै|
It the right of immigration officer to cross-question you to make sure that no illegal passengers are passing through it. It happens in every country if they find something doubtful. Do not you remember Saharukh Khan being stopped in American airport for more than 3 hours ? You are expected to help the immigration officer for any kind of inquiry in a civilized manner. So, you should not show rude and rustic behavior when you are just asked to clarify something. It is true that there are a lot of fake documents like passport, even visas which can easily be used by some criminals.
I have travelled tens of time through TIA but never got that kind of problem; I do not know why? Your visa does not guarantee your departure from Nepal and arrival in a specific country. If you are going to US as a student you may have to show your I-20 or acceptance letter not only in Nepal but in any transit.
I agree that most of the immigration officers are corrupted. It does not mean that they do not have anything to do with your documents. It is your responsibility to understand the seriousness of immigration rule.
धन्यवाद हरि लाल जी.सकारात्मक टिप्पणी पढ्न पयाकोमा.
Mr. Lal,
I have no basic disagreement with your views as regards how a traveller ought to behave at the immigration. However, when you cite the example of Shahrukh Khan being detained, I see a disconnect there in your argument. My reading is that it was purely related to a security matter and perhaps due to a name mix up on a computer list. We are discussing an everyday happening with an average Nepali traveller at the immigration.
As knowledgeable as you sound in the Nepal immigration affairs, you will be better served to advise the immigration officials to be courteous to the travellers. Ironically, the question with our immigration is not who is corrupt and rude but who is not corrupt and impolite.
They treat most, if not all, fee paying Nepali travellers as milking cash cows. I agree the travellers must answer the relevant questions posed to them by the immigration at the airport completely and politely. But you would only know if you have been in a situation like those thousands of travellers leaving Nepal to earn or study abroad and how the immigration officials harass them to break them up to sqeeze the cash. If a few incidents that have come to light are not sufficient to open up our eyes, then what will?
I hope you will ponder it deeply in your thoughts before advising us again.
We need a change in the immigration and that too a drastic change, not just a cosmetic change for a short period of time.
हरीलालजीले उठाउनु भएको विषय गहन त छ तर यसको अर्थ यो होइन कि अद्यागमनबाट दुःख पाएका यात्री अहँकारी, झगडालु वा फर्जी कागजात बोकेर हिडेका हुन् । यो भन्दा अघिल्लो ब्लगमा उल्लेख महिलाको अनुभवले नै पनि सिद्द गर्ला नि कस्तो हर्कत देखाउँछन् कर्मचारीले भन्ने । तपाईँलाई थाहा होला मुसलमान प्रतिको अमेरिकी नीतिकाकारण साहरुख खान ३ घण्टा रोकिएका थिए किनकि उनको थर खान थियो । त्यो मात्र नभएर भारतका पूर्व राष्ट्रपति नै त्यसरी हण्डर खानेमा परेका थिए । भारतले यस मामिलामा गहिरो असन्तुष्टी पनि जाहेर गरेको थियो । अपराधको दुनियाँमा नेपालीको बढ्दो रुपमा सामेल भएको पनि सबैले बुझेकै कुरा हो । यात्री प्रति सङ्का लागेमा वा फर्जी कागजात भेटिएमा पक्राउ गराउन समेत सक्छन् र पाउँछन् र गर्नु पर्छ यो सर्वथा सत्य हो । तर यो भन्दैमा जसबाट दाम झार्न सकिएला भन्ने लाग्छ उसलाई मात्र किन खन्निन्छन् उनीहरू ? एउटै विधिबाट आएका आमा र नावालक छोराला मध्ये यौटा फर्जी भन्दै र अर्कोलाई सही भन्दै नावालक छोरा थुनेर रकम असुल्ने कुनियत देखाउनुलाई यहाँ आक्रमक रुपमा असन्तुष्टहरूले उल्लेख गर्न खोजेका हुन् । यही अद्यागमन हो जस्ले तिव्बतियनलाई नेपाली भनेर घुस खाएर अमेरिका जानदिने र यही अद्यागमन हो जसले बङ्गलादेशी र म्यानमारीहरूलाई वेरोकटोक पठाउने । जसरी सर्वसाधारणलाई खोचे थापेर नानाभाँति कागजात माग्छन् र नानाभाँति सोध्छन् ती बङ्गाली र म्यानमारी अनि तिव्वतिलाई कसरी सोधिएन ? कि सोधेको ती सबैले नेपाली मै जवाफ दिए ? जायज विषयमा प्रश्न सोध्न र सङ्कास्पद लागेमा रोक्नु उनीहरूको दायित्व पनि हो जुन सोझा साझालाई रोकेर पुरुषार्थ देखाउन प्रयोग गर्छन् र अपराधि र नक्कलीहरूलाई बेरोकटोक आवत जावत गर्न दिन्छन् । नक्कलीहरूलाई कटाउन उनीहरूले कस्ता कस्ता कोड प्रयोग गर्छन् ? पिसि (फोटो परिवर्तन) डोब (डेटअफ वर्थ चेन्ज) जस्ता कोड प्रयोग गरी म्यानपावरका दलेहरूसँग एयरपोर्टका सेकुवा कर्नरहरूमा हुने प्रत्यक्ष लेनदेन देख्न सकिन्छ । त्यसैले असल नियतले माग गर्दा कुनै पनि इमान्दार नेपालीले इन्कार गर्दैन उसको कागजात दिन र देखाउन तर नियत नै खोटो राख्नेसँग हण्डर खानेहरू आक्रोशित बन्छन् नि हैन र ? अहिले जस्तो ई-टिकट नहुँदा २००७ जुलाई महिनामा अद्यागमनले टिकट लुकाइदिएर बोर्डिङ पासको भरमा बैँककको एयरपोर्ट पुगेका एक नेपाली थाइ एयरलाइन्सको काउन्टरमा भेटिएका थिए जुनबेला ब्यागेज तथा सामान हराउने तथा यात्रीको टिकटनै लुकाउने घटना विमानस्थलमा उत्कर्शमा थियो । त्यस्ता टिकट सरकारी कर्मचारीले रकम हिनामिना गर्न प्रयोग गर्थे ।
हरि लाल जी, तपाई पक्कै पनि भ्रस्ट विमानस्थल कर्मचारी संग सम्बन्धित हुनुहुन्छ or you are actually one of them yourself.
you know all too well that this sort of thing happens to many people at this airport. These corrupt immigration officers prey upon women, young people and migrant workers because they are the most vulnerable.
यी भ्रस्ट हरुले खास गरि महिला , विद्यार्थी र रोजगार का लागि विदेशिएका लाई टार्गेट गर्छन किनकी उनीहरु लाई भुस्ल्यौन सजिलो छ .
so Mr. “Hari Lal”, spare us your BS. Your days of messing with the public are numbered. More and more people are armed with cameras an other means of gathering evidence against corrupt people like you.
What you have done, “Mr Harilal” is try to steer the topic away from the main topic, which is CORRUPTION AT TIA.
Nobody is questioning the fact that an immigration official has the right to cross examine a traveler.
In 2005, I went to Nepal via New Delhi. I had 18 hour transit in New Delhi but they did not let me go into transit area. They sent me toward departure room and asked me to wait into the passenger waiting for 18 hour. I argued with them but they did not let me go into transit room. There was no way and I went to waiting room. It was winter time. The room was cold and crowded too. After 2 hour, I went to washroom. When I came back from the washroom the door man did not allow me to get into the room. He asked $50.00 to get into the room. Outside was cold. I told him that I do not have dollar. Then, he asked Rs. 50. I gave Rs 500 and went inside. It was my horrible experience sitting 18 hour in a small crowded room. If you want to go out of the room you had to pay Rs. 50 each time to come back into the rom. Since then, I never travelled via India and I never suggest anyone to make route via India.
सारा संसार मा यहि ब्यथा छ … नेपालमा अलि बढी होला ..तर बिस्तारै ठिक हुदै छ… कुनै कुनै नेपालका सरकारी कार्यालय का कर्मचारी पहिला भन्दा धेरै स्नेहशील भएका छन् (यो मेरो अनुभब हो)…र बिस्तारै सबै ठिक हुनेछ भन्ने आशा राखौ
एउटा कुरा चै सधै मनमा के राख्नु होला भने कुनै पनि परिस्थितिमा आफ्नो मनोवृति न गुमाउनु होला किनकि यसले तपाइलाइ “म बलियो/आक्रामक छु भन्ने” भाव दिए पनि तपाइको परिस्थिति लाइ झन् जटिल बनाउछ… समस्या को समाधान होला न होला तर रिशले तपाइलाइ बेफाइदा मात्र गर्छ
साथमा यसले सरकारी कर्मचारीलाइ झन् रिशाहा बनाउछ जुन तपाई पछि आउने अर्को मान्छे माथि पोखिन्छ र यसरि यो प्रक्रिया चलि नै रहनछ ….
मेसिनले रिड गरेन भन्ने उनीहरूको डिफल्ट बहाना रहेछ । ४ महिना अघि मलाई पनि मेसिनले रिड गरेन तपाईँले भिषा कहाँबाट ल्याउनुभो भन्दै थिए एकजना मोटे महाशय । दूतावास बाहेक अरुतिर किन्न पनि पाइन्छ र हजुर? मेरो प्रश्न पछि यता फर्काए उता फर्काए । यो कस्तो किसिमको भिषा हो ई-३ भनेको अहिलेसम्म सुनेको देखेको थिएन भन्दै थिए । निकैबेर यता पल्टाए उता पल्टाए टाउको कन्याए । र डकुमेण्ट के छ भन्दै मागे मसँग पनि भएको यहाँको कन्ट्रयाक्ट देखाएँ । त्यसपछि अर्को काउन्टरको मेसिनमा छिराए जस्तो गरेर डिपार्चरको छाप लगाए । करिब ५ मिनट मैले उनको नाटक निःशुल्क हेर्न पाएकोथिएँ ।
मलाई त वोर्डिङ पास वालाले पनि घुस माग्दै थियो तपाईँको समान २३ किलो रहेछ ओभर वेट भो भन्दै । झपारी दिएँ घर घरमा तुलो हुन्छ तौलिन र ठ्याक्क मिल्ने लगेज हुन्छ सबैको भनेर । टिकट चाइना इस्टर्नको थियो । यो घटना गत अप्रिल ९ तारिखको हो । काठमाण्डुमा तौलिदा २३ किलो भएको मेरो लगेज कुन्मिङमा तौलिँदा २० किलो भयो । त्यही साङ्हाइमा तौलिँदा साढे २० किलो भयो । नेपालमा एयरलाइन्सले तौलमा पनि गोलमाल गर्ने रहेछन् । चाइना इस्टर्नको झम्पाट यात्रा अर्को देश जानु पर्ने भए पनि कुन्मिङदेखि साङ्हाई आन्तरिक अन्तरगत उडाउने रहेछ । हरेक एयरपोर्टमा लगेज लिँदै तौलिँदै गर्नु पर्ने ।
अध्यागमनमात्र हैन ! कुरा ७ वर्ष अगाडी को हो | नागरिकता कार्ड नभई हुँदैन भनेर airlines को मान्छे ले नै रोक्यो | Visa थियो student को अरु पत्र सबै थियो तर बाहिरै रोक्यो |
अनि हतार हतार घर गएर नागरिकता कार्ड लिएर गएँ | मेरो घर नजिक भएर मैले त्यो गरेन नत्र लास्ट moment मा अरु के उपाय गर्ने ? घुसै खान खोजेको होला |
गल्ति भन्ने सबै देस मा हुन्छ / म यसपाली नेपाल बाट अमेरिका आउदा अमेरिका को एमेरिगेशन ले सारै दुख देयो किन भने म नेपाल जादा I – 94 एरपोर्ट मा बुजाएर गय को थिय फर्कदा I – 94 बुजा को रैनरैछ का बाट नेपाल गैएस भन्छ/ म एई एरपोर्ट बाट गा भन्छु मान्दै मान्दैन मलाई पालो पालो गरे 3 जना officer ले सोध्यो सब ले तै प्रश्न गर्छ/ म त हैरान भय म संग नेपाल जादा को बोरिङ्ग कार्ड र ticket थ्यो तेई देखाई अनी बल्ल मलाई छोड्यो/
बिना कारण मैले धेरै दुख पायको थिय//
मेरो मतलब नेपाल को कर्मचारी ले घुस माग्दैनन भने होइन /
होइन साथिहरु राजनीति मा राम्रो सिस्टम भए पो तेस्तो नहुनू , सिस्टम थालनी गर्ने मान्छेनी ठिक छैन भने अरु कसरि राम्रो हुन् सक्छ . तेसैले राजनीति गर्नेलाई सहि बाटो हिड्नलाई सिकाउनु पर्छ अनि मात्र सबै राम्रो हुन्छ ….होइन भने तेस्तो साथीहरु ,,,,
म पनि ५ वर्ष अगाडी नेपाल फर्कदा तिम्रो पासपोर्टमा भिजा नै लागेको छैन,भनेर दुख दिने(घुस खाने) जुक्ति निकाल्दै थिए,म पनि कड्केर म नेपाली मेरो देश नेपाल मलाई मेरो देश आउन कहाँबाट भिजा हान्नु पर्ने भनेर नम्र स्वोर गरेको ल तनी जाउ भाई भने तिनी कर्मचारी भनौदाले……….सोजो साजो भएको भए त तिरिसकेको (घुस)……….
Corruption in foreign travel starts from the crowd gathered at the West Gate of Narayanhiti Royal Palace. Nepali people, coming there to have their passport made, are treated like a “bheda changra”. As long as you cannot see any perceptible change at this place, seeking to change only a the immigration section at TIA is meaningless.
सायद दुख नपाउने ब्यक्ती कोहि नहोलान अध्यागमनबाट / अबत सत्बुद्धि फिरोस कर्मचारी बन्दुहरुमा / श्रीकृष्ण जन्मअस्टमीका अवसरमा यही सुभकामना सबैलाई / हामी सबै मिलेर यही पुकार गरू कि नेपाल भ्रस्टचार मुक्त राष्ट्र बन्न सकोस / यही संदेश सर्बत्र फैलियोस /
what subash and sandesh saying is completely wrong. If you have full scholarship coverage you do not need to have the no objection letter, this is only necessary if you will need money back from your home.
see this link
http://www.nepalscholarship.com/no-objection-letter-notice-from-scholarships-section-ministry-of-education-nepal-2069/2012/10/
मलाई त नेपाली पासपोर्ट भएको कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा इन्डियन रुपैया बाट डलर साट्न नपाउदा मेरा बिदेशी साथीहरुको आगडि सारो नराम्रो फील भाको थियो …साला बकाइदा इन्डियाको visa लिगेर जाँदा त तेस्तो …. नेपालीलाई कति हेपेको हो यो इन्डियन हरु ………..
अध्यागमनका कर्मचारीहरुको ध्यान आफ्नो काम प्रती भन्दा पनी कसरी यात्रुहरुलाई हतोत्साही बनाएर पैसा झार्ने तीर केन्द्रित हुन्छ| यात्रुहरुलाई अनेकौं कागजातहरु माग्ने, नचाहिदा प्रश्नहरु सोध्ने यसको प्रमाण हो|
घन्टौं सम्म लाईनमा बसेर डेस्कमा पुगी देखाउन पर्ने कागजातहरु सबै देखाउँदा पनी डेस्कमा कार्यरत कर्मचारीले केही न केही कुरा निकालेर यात्रुलाई रोक्छन अनि साईड लगेर पर्खन भनेछन| उता केही कर्मचारी हरु चाँही त्यही वरिपरी बाट ति रोकिएका यात्रुको मनोदशा नियालीरहेका हुन्छन भोकाएका ब्वाँसाहरुले जसरी| अन्तिम समयसम्म यात्रुलाई पर्खाई अब झर्छ भने लागेमा उनीहरु यात्रुलाई तर्साएर पैसा असुल्छन|
यो सानो
I have travelled many times through TIA. During my college time, I faced a lot of arguments with airport staffs, sometime with baggage and few times with paper works. But nowadays I have less problems passing through the airport. Actually our mentality is that, always our eyes analyze them as a corrupt and consequence ends with an argument. If they ask something we think negatively, we feel they want bribes. I am not articulating that they are clean and well mannered, but I say they are untrained and lacking the hospitable personality. I believe it comes from training and implementation of rules and regulations. Actually they need Standard Protocols, and if it is lacking the airport staffs can always play in it.
I know that they are untrained and their harsh behaviors. So I used to greet them, like Namaste sir….. and use to answer them politely and putting the words “sir” many times during the conversation. From my side I tried my best not to initiate the discussion. When I talk in this way, automatically they become respectful and the problem solves calmly.
In overseas, the person on the reception talk politely but if something is lacking there is no way you can pass through it, but in Nepal airport it can be done easily. It doesn’t mean this Lacking system is good.
The most important thing is, entire airport staffs doesn’t want fixed protocols or any supervision on them.
नो objection लेत्टर हेर्ने काम इम्मिग्रेशन को पक्कै पनि होइन. के के कागजपत्र chaincha बिदेस जान भन्ने कुरो कतै स्पस्ट होला तर कहाँ छ भन्ने कुरो त्यो भएको दाया बायाको मान्छेलाई मात्रै थाहा होला. अब मा संग त त्यो खोजेन चाहिनेज्नै भए त खोज्थ्यो होला. बरु मेरो विसा लागेको डेट र संगै issued डेट फरक पारो त अब जान पौदैनस पो भुअच बा. अनि मा नि तल गएर american embassy मा कुरो गरेपछि त्यो हेर्ने तेस्को काम होइन भनो र तेही कुरो मैले नि तेस्लाई भनेसी ल है फर्किन पारो भने जेल जनचास भन्थ्यो. मलाई त होलाकी झैँ नि लाथ्यो तर अन्त कतै कसैले हेरेन. तर तेस्को आखा त कडी हो, कसैले नदेखेको गल्ति तेस्ले देखेको येसो २-४ पैसो पाईन्छ कि भन्या थ्यो होला पाएन मोरो.
बिमानस्थलका कर्मचारी गतिला त म भन्दिन तर “शिरीष” जीले पनि अलि अलि पत्रकारे पारा चाही देखाय कै हुन् जस्तो देखिन्छ लेख पढ्दा, यहा जति बिनम्रपुर्बक भनेर उल्लेख गरे पनि। त्यसैले हामी यात्रुले पनि उनीहरुले सोधेका प्रस्नहरु नम्रतापुर्बक उत्तर दिने गरे यस्ता साना तिना घटना आफै समधान हुन्छन। हामि आफु पनि म जस्तो कोहि छैन भन्ने सोचेर बादबिबाद गर्ने अझ मोबाइलमा खिच्चु बोल भन्दै कर्मचारीलाइ धम्कि दिने काम गर्छौ त्यसले पनि कर्मचारीको कामलाइ असर गर्छ। बिमानस्थलका कर्मचारीले सोधपुछ गर्नुलाइ राम्रो रुपमा नै हेर्नु पर्छ। त्यसै त नेपालबाट सभासदका राता पासपोर्ट बोकेर र नक्कली भिसा लगायर विदेश उड्ने हजारौ छन। लुतु लुतु केहि नसोधी भिसा देखाको भरमा केहि नसोधी नेपालबाट जान दिने पनि गर्नु त भयन नि हौन र? नियत राम्रो राखेर सोधपुछ गरिनुलाई यसरी उपब्याख्या गरिनु हुदैन जस्तो लाग्छ है मलाइ। केरकार बिस्वका जुन कुनै अन्तरास्ट्रीय बिमान स्थलमा गर्ने गर्छन कहिँ कम होला कहिँ बढी होला त्यो आफ्नो ठाउमा छ, संका लागे घन्टौ रोकेर पनि राख्ने गर्छन, त्यसैले सोधपुछ गर्नै नहुने भिसा देखे छाडी हाल्दिनु पर्ने भन्ने चाही मलाई उचित लागेन। क्रस प्रस्न गरिनु पर्छ, सोध्नु पर्छ अझ कडाइ गर्नु पर्छ त्यसले अपराध नियन्त्रण गर्न पनि सहयोग पुग्छ तर गलत नियत र पैसा खाने दाउले चाही त्यसो गर्न भयन, अनि यात्रुहरुले पनि अनावस्यक बहस गर्ने, मोबाइलले खिच्छु बोल भन्ने किसिमको पत्रकारे पारा देखाउनु उचित हैन।
तपाई के अधयामगमन कै कर्मचारी त पर्नु भयन होइन भने साचो कुरो मोबाइलमा क्यामरा रेकर्दिंग को अगाडी बोल्नु किन डराउनु नि?
हैन प्रकाश जी म कुनै कर्मचारी हैन तर तपाइँ हामीले बुझ्नु पर्ने कुरा के हो भने त्यसरी रेकर्ड गर्छु बोल भन्नु आफैमा एक प्रकारको अहमता देखाउनु हो भन्ने मलाई लाग्छ, र यी यस्ता व्यवहारले कर्मचारीको काम गर्ने सैली र तौर तरिकाका असर गर्छ। फेरि अध्यागमन को कर्मचारी बसेकै तपाइँ हामीलाई चेक गर्न हो, नियत चाही सफा हुनु पर्यो, अब केहि कुरा सोद्धा मोबाइल मा खिच्चु बोल भनेर कसैले भने तपाइको के प्रतिक्रिया हुन्छ त्यसरी पनि सोच्नुस। अनि सबै कर्मचारीले जो कोहिले मोबाइलमा खिच्चु बोल भन्दा बोल्नु पर्छ भन्ने जरुरि पनि हुन्छ जस्तो लाग्दैन, त्यसैले यो अलि पत्रकारे पारा भो भनेको हु मैले यसरी हामी आफु यात्रुले पनि घमण्ड गर्नु भयन नम्र भै बुझाउने प्रयास गर्नु पर्यो।यसमा शिरिस जी ले अलि पत्रकारे-नेता पारा र घमण्ड देखाय कै हुन् त्यसो भन्न र गर्न जरुरि नै छैन। लु त भन्नुस तपाइँ वा उहा हरुले बिदेशी अन्तरास्ट्रिय बिमानस्थलमा केरकार गर्दा त्यसो भन्न सक्नु हुन्छ?
खै हाम्रा मित्र ६ बर्स सम्म वोर्क परमिट मा काम गरि नेपाल गए अस्ति आउनु पर्ने मा उही काम को सम्झौता बिबरण चाहियो अनि मात्र हुन्छ भनेर अहिले सम्म आउन पाएका छैनन् . बुडा ले नि दुख पाए ……
लोभ, मोह र क्रोध – यी तीन चीजहरु जसले जो कसैको पनि जीवनमा अशान्ति ल्याउछ ! यिनीहरुलाई त्याग्न योग-साधनाको आवश्यकता पर्दछ ! हाम्रो सरकारी कर्मचारीहरुलाई ब्यबसायी दक्ष्यता बडाउन, अतिरिक्त योग-साधना तालिमको व्यवस्था गर्नु पर्ने देखिन्छ !
केहि समय अगि पूर्वीय दर्शन/सभ्यता भनेर चिच्याइरहेका साक्षात सुशिलले यसबारे अनुसन्धान गरेर सरकारलाई सहयोग गरे भने चै देशमा केहि हुन सक्छ जस्तो हाम्लाई लाइरछ !! नत्र भने पूर्वीय दर्शन/सभ्यता गए भाडमे !!
अख्तियारले धमा धम् भ्रस्ट कर्मचारीहरु लाई कोच्यो भने, हाम्रो देशको ९० प्रतिसत सरकारी कार्यालयको ९० प्रतिसत पोस्टमा vacancy खुल्ने निश्चित छ | लोकसेवाको लागी तैयारी गरे हुन्छ| (यदि लोकसेवाको जांचमै तलमाथि भएन भने )
त्यति थोरै, ९०% मात्र/ मलाई त ९९% जस्तो लागि रहेको थियो/
no objection letter त चाहिन्छ नै student हुदा तेस्मा दुइ मत चै छैन , तर एरपोर्ट को मान्छे हरु पनि राम्रो छन् चै भन्दिन है…कतै न कतै यो पाली तपाई को नै गल्ति देख्छु म त
नो objection letter सबै को लागि आवस्यक हुदैन , यदि तपाईलाई पछि नेपालबाट पैसा पठाउनु छैन भने त्यो नबनाए पनि हुन्छ , खोइ मैले त नबनाए पनि बकाइदा संग विदेश आइपुगे त
एक बर्ष अघि म नेपालबाट नर्वे फर्कदा मेरो अनि मेरी छोरी को visa पनि नक्कली हो, मेसिनले रिड गरेन भनेर रोक्दै थियो/ तर एक छिन् पछि तेही visa मा पहिले २ पल्ट नेपाल आउ-जाउ गरेको देखाए पछि जान दियो / मलाई थाहा छैन , साचै मेसिनले रिड नगरेको हो या उसको नियेत अर्कै थियो /
साथीहरु हो फलाम तातेकोछ यहि बेला सबैले तन, मनले बजारौ यी भ्रस्टचारीहरुको कपालमा घन अनि सान्त सम्बृद्ध नेपालको आकार दिउ ! नेपालको एअरपोर्ट दुख नपायको सायदै कोहि होला मलाई लाग्दैन ! राम्रो कुराको सुरुवात हुदैछ यसमा श्री ३ का लुते नेताहरुले रोक्ने प्रश्याश गरेमा तिनको पनि अस्ती बिश्र्जन गर्नु पर्छ !
मलाई पनि तपाई जस्तै समस्या परेको थियो …. तर बिडम्बना के छ भने के के कुरा अनिवार्य छ त्यो त कहीं कहिँ online राख्नु पर्ने होइन …. येदि तेस्तो लेत्टर बनाउनु र देखाउनु देश को लागि फाइदा हुन्छ भने, कडाइका साथ लागु गर्नु पर्यो | होइन भने घुस खाने दाउ मात्र हुनु भएन …
” देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ?” यो अन्तिम वाक्य चाई मलाई नि ठिक लाग्यो. मेरी श्रीमती नेपलिभासी भारतीय भएको कारणले मा नया दिल्ली गइ राख्नु पर्ने हुन्छा. पोहोर नया दिल्ली बाट युरोप आउने बेलामा लामो लाइन बसियो, लास्टमा पालो आएपछि टाढा को अर्को लाइनमा पठायो जुन लाइनको माथि “Special Assistance ” लेखेको थियो. आफुलाई त केहि सहयोग चाइदैन किन यता पठाको भनेर सोधेको त, सबै नेपाली लाइ येही लिने हो चेक गर्ने भन्छ. म अगाडी ४-५ जना नेपाली थिए, सबैलाई तु..तु भनेर हिन्दि मा question सोधिराथ्यो. मलाई नि तेसरी नै तु..तु भनेर सोध्न थाल्यो. मैले हिन्दि बुझ्न, बोल्न सक्ने भए पनि “I don’t understand Hindi , can you please speak in English ?” भनेको “all Nepalese can speak Hindi, why you are different ” भन्छ. मैले नि “i don’t care about other people ” भनेको अनि त नेपाली मै पो सुरु गर्छ “तेरो बाउ को नाम के हो रे”. रिस ले पारो चढेको थ्यो..तर के गर्नु प्लेन छुट्ने बेला भाको थ्यो.. के झमेलामा पर्नु भनेर सिधा सिधा उत्तर दिइयो. सायद मिले सम्म म अब नया दिल्ली हुदै यात्रा गर्दिन होला. तर के गर्नु काठमान्डूमा पनि लगभग तेस्तै व्यवहार गर्छन. आफ्नै देश avoid गर्न पनि नमिल्ने. येसो सोच्छु…एउटा सामान्य कर्मचारी को ब्यबहार ले नै देश को अर्थतन्त्र मा, airlines को सफलतामा फरक पार्दो रहेछ.
त्यसो त अमेरीकाका यरहोस्ट्रेस जति बुढा-मोटा अनि रुखा त बिरलै कुनै अरु मुलुकका यरहोस्ट्रेस होलान |
अध्यागमनका कर्मचारीहरु को कालो कर्तुत येसरी नै भण्डाफोर गरु ताकी यीनी हरु मा अलिकति चेत आयोस र हामी सबै विदेशमा बस्ने नेपालीहरु र पर्यटकहरु को यात्रा सहज होस् ||
श्री पशुपतिनाथ ले यी अध्यागमनका कर्मचारीहरु लाई सद्बुदी प्रदान गरुन |
If you were leaving first time to school abroad you need no objection letter. This letter is not to change currency it is to make sure nepal govt is ok for you to leave to other country for school and you are not in contract with govt if you studied in scholarship in nepal.
Also the way you sound talking to people is rude too. If you don’t have manner they don’t deal with you properly either.
I am not trying to say people in immigration are all good but I travel 2 times a year and never have problem
तेही त ‘नो objection ‘ letter पैसा साट्न पनि चाहिएला, तर त्यो भन्दा धेरै महत्वोपूर्ण काम चै ‘ एसले कुनै सरकारी करार तोडेर विदेश गएको होइन है ‘ भन्ने प्रमाण हो | हुनत मान्छेहरुले भन्लान, ‘तेस्तो करार तोडेर गएको रैछ भने , जुन सरकारी कार्यालय संग करार गरेको हो तेसैले followup गर्ला ‘ | इम्मिग्रेशन office , गृह मन्त्रालयको एउटा बिभागको साखा भएको ले तेसो गर्नु उसको काम र कर्तब्य भित्रनै पर्छ | बरु इम्मिग्रेशन office ले एरपोर्टको मूल ढोका बाहिरनै एउटा ठुलो अक्ष्यरमा ‘पडन जानेलाई चाहिने, काम गर्न जानलाई चाहिने महत्वोपूर्ण कागज हरु भनेर लेखेर राख्यो भने माथि मित्रलाई जस्तो plane छुट्ने १ घण्टा बाकी हुदा सबै काम गर्नु पर्ने tension हुन्थेन |
महोदय को कोहि होला नि पर्दा पछाडी बाट भनसुन गर्ने तेसैले ””2 times a year and never have प्रोब्लेम”””” भा hola
Lucky you. In my experience about 80% of govt . staff treat you as they are your big boss, depend on your case .
म धेरै त होइन, १२ बर्ष को अन्तरालमा अमेरीका बाट नेपाल २ पटक गएको छु | एक पटक नेपाल पुग्ने क्रममा मलाइ एउटा प्रहरीले, सबै जांच गरी सके पछि, “एक डलर भए पनि दिनुस न सर” भनेको याद छ | अन्यथा मलाइ अध्यागमन या भन्सारको कुनै कर्मचारीले दु:ख दिएको याद छैन | त्यसो त मेरो भन्सारमा काम गर्ने कुनै आफन्त छैनन् | यो पनि चिट्ठै परेको जस्तो पो हो कि के हो ?