-विरोध कट्टेल-
नेपालमा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता टेलियासोनेराले एक प्रेस वक्तव्य जारी गरेर अर्को विवादास्पद मोवाइल कम्पनी नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल)को स्वामित्व जोधार इन्भेष्टमेन्टलाई बेचेको जनाएको छ। टेलियासोनेराले तत्कालीन मेरो मोवाइलको स्वामित्व तत्कालीन राजाका ज्वाँइ राजबहादुर सिंहको सहयोगमा सन् २००८ मा त्यही कम्पनीसँग खरीद गरेको र अहिले त्यही कम्पनीलाई विक्री गरेको घटनाले नेपाल स्याटलाइट टेलिकमको सेयर खरिद बिक्री झन् रहस्यमय बनेको छ । तत्कालीन समयमा मेरो मोबाइल खरीद गर्दा करौडौ रुपैयाँ भ्रष्ट्राचार भएको खुलासा स्वीडेनका पत्रपत्रिकाहरुले खुलाइदिएपछि टेलियासोनेराको ब्यापक आलोचना भएको थियो।
टेलियासोनेराले हेलो नेपाल विक्रि गर्दा ६ अर्ब घाटा बेहोर्नु परेको जनाएता पनि बास्तवमा त्यो घाटा होइन। नेपाल स्याटलाइट टेलिकमको सेवा विस्तार गरेर त्यस बाट नाफा कमाउला भन्ने उद्देश्यले टेलियासोनेराले हेलो नेपालको स्वामीत्व किनेको थिएन । सन् २००८ मा जिएसएम सेवाको लाइसेन्स पाएको नेपाल स्याटलाइट टेलिकम तत्कालीन समयमा प्राविधिक रुपमा दोस्रो ठूलो निजी मोबाइल कम्पनि थियो । सरकारी स्वामीत्वको नेपाल टेलिकम र निजि क्षेत्रको मेरो मोबाइल पछिको धेरै फ्रीक्वेन्सी पाउन सफल हुने कम्पनि हेलो नेपाल नै थियो । मोवाईल प्रविधिमा धेरै फ्रिक्वेन्सी हुने कम्पनीको लाईसेन्सलाई राम्रो मानिन्छ, जस्ले गर्दा सेवा विस्तार गर्न सजिलो हुने गर्दछ । ९०० मेगाहर्ज ब्याण्डमा ४.४ मेगाहर्ज र १८०० ब्याण्डमा ९ मेगाहर्ज फ्रिक्वेन्सी ज्यादै न्युन रकम (२५ लाख)मा हाता पार्न सफल भएको नेपाल स्याटलाइट कम्पनी तत्कालीन समय (सन् २००८) मा टेलियासोनेराको लागी टाउको दुखाई बन्न पुगेको थियो ।
नेपाल जस्तो न्युन जनसँख्या भएको देशमा त्यो पनि पहिले देखि नै आफ्नो प्रख्याती कमाई सकेको सरकारी कम्पनी नेपाल टेलिकम सँग प्रतिस्पर्धामा उत्रनु त टेलियासोनेराको लागी थियो नै त्यही माथी अर्को निजि कम्पनी नेपाल स्याटलाइट टेलिकम सँग पनि प्रतिस्पर्धा गर्नु पर्ने अवस्थामा टेलियासोनेराले आफ्नो सोचाइ अनुसारको बजार पाउन नसक्ने र नेपाली बजारमा धेरै टिक्न सक्ने अवस्था हुदैन थियो । नेपाल दुरसँचार प्राधिकारणलाई विदेशी लगानी भएको देखाएर झुक्याएता पनि त्यस बेला नेपाल स्याटलाइट टेलिकम पनि साँच्चैको विदेशी साझेदारीको खोजीमा थियो । टेलियासोनेरालाई तत्कालीन नेपाल स्याटलाइटको ब्यवस्थापन भन्दा बढी डर भविश्यमा आउने विदेशी साझेदारीको ब्यवस्थापन सँग थियो । नेपालमा विदेशी कम्पनीहरुको आँखा लागेको टेलिकम कम्पनी भनेको नेपाल स्याटलाइट टेलिकम नै थियो । यही कुरालाई बुझेर टेलियासोनेराले नेपाल स्याटलाइट टेलिकम सँगको हात मिलाउन पुगेको थियो । नेपाल स्याटलाइट टेलिकम सँग हात मिलाउनुको उद्देश्य स्याटलाइट टेलिकमलाई माथी पुर्याउने भन्दा त्यसलाई रोकेर आफु माथि पुग्नु थियो । प्रतिस्पर्धाको दौडमा २ किसिमले अगाडी पुग्न सकिन्छ, पहिलो आफु सक्षम बनेर अगाडी दौडेर सवैलाई पछि पार्ने र दोस्रो आफ्नो प्रतिस्पर्धीलाई अगाडी जान बाट रोक्ने ।
यो कुरालाई राम्रो सँग बुझेको टेलियासोनेराले दोस्रो फर्मुला अपनाउन पुग्यो । आफ्नो प्रतिस्पर्धीको रुपमा उदाउन लागेको नेपाल स्याटलाइटको स्वामीत्व खरीद गरे पछी एनसेल धेरै द्रुत गतिमा अगाडी बढ्न सफल भयो । नेपाल स्याटलाइटले लाइसेन्स पाउदा करीव १० लाखको हाराहारीमा ग्राहक सँख्या भएको एनसेलले २-४ वर्षमा धन्नै १ करोड हाराहारीमा ग्राहक पुर्याउन सफल भयो । यदि नेपाल स्याटलाइट टेलिकम पनि उचित ब्यवस्थापनमा नेटवर्क विस्तार गर्न शुरु गरेको भए एनसेलले त्यो सँख्यामा ग्राहक बृद्दी गर्न सक्दैन थियो । नेपाल स्याटलाइटले लाइसेन्स पाएको ४ वर्ष सम्म मध्य पश्चिममा नै रुमल्लीएर बस्यो । यसले सेवा विस्तारमा न त्यती बढी चासो राख्यो न गुणस्तरमा नै । यसको सेवा विस्तारको प्रकृया हेर्दा लाग्छ शुरुवात देखि नै एनसेल सँग सहकार्य गरेर यो अगाडी बढिरहेको थियो ।
उता नेपाल टेलिकमका हरेक आयोजनाका टेलिकम इक्वीपमेन्ट किन्नको लागी लाग्ने झन्झटिलो लामो प्रकृयाले गर्दा नेपाल टेलिकम दिन दिनै गुणस्तरीय सेवा दिन पछि पर्ने र केहि अगाडि बढेको आयोजनामा पनि भ्रष्ट्राचार भयो भन्दै अप्रत्यक्ष रुपमा मुद्दा दायर गर्दै एनसेल र त्यसका वरीपरी घुम्ने माफियाहरुले प्रकृया लम्ब्याइदिने अनि यता नेपाल स्याटलाइट टेलिकमले सेवा विस्तार नगर्ने गर्दा केहि वर्ष एनसेलले एकलौटी रुपमा बजार बिस्तार गर्न सफल भयो । नेपाल स्याटलाइट टेलिकम होल्डमा बसे बापत उक्त कम्पनीको मासीक करीव २०-३० लाखको हाराहारीको खर्च ब्यहोर्नको लागी दैनिक ११-१५ करोड सँकलन गर्ने एनसेलाई कुनै आपत्ती भएन । यो सव टेलिकम क्रस होल्डीङ गरेर बजारमा एकाधिकार लागू गर्ने खेल भन्दा अरु केही थिएन । यति गर्नको लागी टेलियासोनेराले नेपाल स्याटलाइट टेलिकमको लागी ६ अर्व लगानी गर्नु ठूलो कुरा होइन । नेपाल स्याटलाइटको ६ अर्वको लगानी भन्दा धेरै गुणा बढी उसले एनसेल बाट उठाई सकेको छ । त्यती गरिदिए वापत नेपाल स्याटलाइटको मुख्य लगानी कर्ताको रुपमा देखा परेकाहरुलाई पनि ठूलै फाइदा एनसेल बाट भएकै छ । सोझो तरीकाले हेर्दा पनि टेलियासोनेराले नेपाल स्याटलाइटलाई नेपाली बजारमा घिटि घिटिको स्थितीमा प्रयोग गरेर अर्को कम्पनी एनसेललाई नै अगाडी बढाइरहेको थियो । टेलियासोनेराका प्रतिनिधी नै आएर नेपालमा पत्रकार सम्मेलन गरी नेपाल स्याटलाइट टेलिकमलाई गाउँ मुखी बनाउने भनेर भनीसकेका थिए ।
टेलियासोनेराले नेपाल स्याटलाइटलाई होल्ड गर्ने भन्दा अरु उद्देश्य थिएन त्यसै कारणले दुरसाँचर प्राधिकरणले एकिकृत लाइसेन्स लिन पाउने ब्यवस्था गरे पनि नेपाल स्याटलाइट टेलिकमले उक्त प्रकृयामा भाग नै लिएन र एकिकृत लाइसेन्सको लागी निवेदन नै दिएन । टेलियासोनेराले नेपाल स्याटलाइट खरीद गरेको समाचार बाहिर आए लगत्तै नेपालको दुरसँचार बजारमा एउटै खालको २ वटा कम्पनी चलाउदा प्रतिस्पर्धाको बजार बन्द हुनगई ग्राहकले गुणस्तरीय र सस्तो सेवा पाउन बाट बन्चित हुन सक्ने भन्दै चर्को बहस चल्न थाल्यो । तर पनि नेपालका राजनैतिज्ञ र नियमको नाडी छामी सकेको टेलियासोनेराले राजनैतिक दलका नेताका पछि लागेर ब्यावसायीक कानुननै परिवर्तन गर्न सक्छु भन्ने घमण्ड बोकेका एकाध ब्यापारीहरुको साथ लिएर एउटै प्रकृतिका २ वटा कम्पनी चलाउने बल मिचाई गर्न तम्सीयो । तर अहिले आएर कानुनी अफ्ट्यारो को हवाला दिदै तत्कालीन मेरो मोबाइल खरीद गरेकै कम्पनीलाई बेच्न पुग्यो ।
कस्लाई घाटा कस्लाई नाफा भयो ?
यस खेलको मुख्य नाफाको हिस्सेदार एनसेल नै भयो । ६ अर्व घाटा भनेता पनि त्यसको धेरै गुणा फाइदा लिन एनसेल सफल भयो । नेपाल स्याटलाइटको लाइसेन्स कौडीको भाउ (२५ लाख)मा लिइएको सबै लाई जानकारी नै छ । टेलियासोनेराकै कुरा मान्ने हो भने उसले नेपाल स्याटलाइट टेलिकमको सेयर ६ अर्वमा किनेको रहेछ । राज्यबाट उच्चतम सुविधा लिएर गरिएको नेटवर्क विस्तारमा केहि रकम खर्च भए पनि सोझो हिसावले पनि नेपाल स्याटलाइट टेलिकमको लाइसेन्स लिने ब्यक्तिलाई कति लाभ भयो सहझै भन्न सकिन्छ भलै त्यो नाफा खाने ब्यक्ति पक्कै एक जना थिएनन् होला । राज्यका नियम र कानुनलाई लत्याउदै कानुनको कमजोर छिद्रलाई उपयोग गरेर अगाडी बढ्न कम्पनीलाई त्यती सहज थिएन राज्यका नियम कानुन पालना गराउने पक्षलाई हातमा नलिई यतिका धेरै कदमहरु चाल्न पक्कै सहज थिएन होला तसर्थ नियमाक पक्षका केहि ब्यक्ति र राजनैतिक ब्यक्तीलाई पर्दा पछाडी बाट पनि पक्कै केहि लाभ भयो । घाटा खाने भनेको राज्य र जनता भए ।
करौडौ रकम तिरेर लाइसेन्स लिने अन्य कम्पनीहरु हुदा हुदै पनि कौडीको भाउमा दिदा शुरुवातकै दिनमा राज्यले राजस्व गुमाउनु पर्यो भने विदेशमा अस्तीत्व नै नरहेका कम्पनीहरु वीच पटक पटक खरिद र विक्री कारोवार गरेर राज्यलाई तिर्नु पर्ने करौडौ राजस्व राज्यले गुमाउनु पर्यो । टेलियासोनेराले नेपाल स्याटलाइटमा लगानी गरेर प्रतिस्पर्धी कम्पनी बजारमा आउन बाट रोक्यो र ग्राहकहरुले कम्पनीहरुको प्रतिस्पर्धा बाट उपलब्ध हुने गुणस्तरीय र सस्तो सेवा पाउन बाट बन्चित भए । यसै विचमा टेलियासोनेराले नेपाल स्याटलाइट टेलिकममा कार्यरत ८७ जना कर्मचारीहरुलाई बल प्रयोग गरेर निष्कासन गर्यो र कर्मचारीहरु अर्को राजनैतिक शक्तिको साथ लिएर आन्दोलित भए जसले गर्दा टेलियासोनेरा द्दारा सँचालित अर्को मोबाइल कम्पनि एनसेलले क्षेति ब्यहोर्नु पर्यो । आन्दोलनरत कर्मचारीहरुले सिधै टेलियासोनेराको मुख्यलयमा आन्दोलनको जानकारी गराउन थाले । कर्मचारीहरुलाई गरेको अन्यायको विरुद्दमा भइरहेको आन्दोलनले अन्तराष्ट्रिय रुप लियो स्वेडेनका पत्रिकाले नेपालमा टेलियासोनेरा विरुद्द भइरहेको आन्दोलनको समाचार प्रकासीत गरे । बास्तविकता बुझ्न मुख्यालयका कर्मचारी युनियनका प्रतिनिधि देखी टेलियासोनेराका प्रतिनिधि सम्म नेपाल आइपुगे । त्यस पछि भने टेलियासोनेरा हच्कीयो र बाध्य भएर एनसेलको नाममा विज्ञ्यप्ती निकाली नेपाल स्याटलाइटको सेयर खरिद नगरेको झुटो जानकारी गरायो । तर ११ सेप्टेम्बर २०१३ मा नेपाल स्याटलाइट टेलिकमको सेयर जोधा इन्भेष्टमेन्टलाई बेचेको भनि टेलियासोनेराले पहिलको विज्ञप्तीलाई आफै झुटो सावित गरीदियो । कर्मचारीहरुलाई न्याय दिन भनेर गरीए त्यो आन्दोलन राजनैतिक दलको ट्रेड युनियन सँगको कुन स्तरको सम्झौतामा टुङ्गीयो पीडित कर्मचारीहरुलाई नै थाहा छैन । शुरुवातीका दिन देखी राजनैतिक पहुचलाई राम्रो सँग उपयोग गर्दै आफु अनुकुलको निर्णय गराउन सफल भइरहेको टेलियासोनेराले फेरी एक पटक राजनैतिक दल सँग जोडिएको आन्दोलनलाई मत्थर पार्न सफल भयो । ८७ जना कर्मचारीहरुले रोजगारी गुमाउनु पर्यो । ८७ जना सँग आश्थीत परिवारहरु लाई पक्कै पनि कुनै न कुनै तवर बाट घाटा पर्यो । (हेलो नेपाल-एनसेल आन्दोलनको रामकहानी अर्को लेखमा प्रस्तुत गरिनेछ) ।
टेलियासोनेराले नेपाल स्याटलाइटमा लगानी गरे पछि मध्य पश्चिममा अल्झीएर रहेको स्याटलाइट लाई सुदुर पश्चिममा विस्तार गर्नको लागी केही काम थालनी गर्यो तर ज्यादै सुस्त गतीमा जसरी मध्य पश्चिममा गरेको थियो । टेलियासोनेराले साच्चीकै नेपाल स्याटलाइट बिक्री गरेको हो वा होइन आगामी दिनमा टेलियासोनेराले नेपालमा गर्ने कामले जनाउने छ । भोलिका दिनमा नेपाल स्याटलाइट टेलिकमका कामहरु एनसेल द्दारा गरिन्छ कि गरिदैन त्यसले बिक्रीको बास्तविकता देखाउने छ भने वेचिएको भनेको कम्पनी एकिकृत लाइसेन्समा जान्छ कि जादैन त्यो मुख्य कुरा हुने छ । यदि एनसेल बाट छट्टिएकै हो भने प्रतिस्पर्धाको बजारमा नेपाल स्याटलाइट टेलिकम आउनै पर्छ । पुरानो लाइसेन्स क्राइटेरीया अनुशारको सुदुर पश्चिम र पश्चिमान्चलका गाविसहरुमा नेटवर्क विस्तार गरेर कम्पनी अबस्य टिक्न सक्ने छैन । नाफा कमाउन शहर छिर्न नै पर्छ । एकिकृत लाइसेन्सको लागी बाटो खुल्ला हुदा हुदै पनि सुदुर पश्चिममा नै देउडा खेलेर झुल्नु भनेको एनसेल सँगको अघोसीत सहकार्य नै हुनेछ र सेयर बिक्री केबल नेपाल र नेपालीलाई झुक्याउने एउटा नाटक मात्र हुनेछ।
लेखक टेलिकम इन्जिनियर हुन्।
नेपाल स्याटलाइट टेलिकमलाई लाइसेन्स दिने तत्कालिन प्रधानमन्त्री पुष्प कमल दलाल , संचार मन्त्रि कृष्ण महरा र धुर्त अजय कुमार्गीलई पाता कसेर कन्दोमा कोर्रा लगाए सबै जालसाझी खुल्छ … नत्र नेपाल टेलिकम र NCELL जस्ता ठुला र धेरै ग्राहक हुने कम्पनी भन्दा निश्चित भूगोलमामात्र (नेपाल भरि होइन ) काम गर्ने अनुमति प्राप्त नेपाल स्याटलाइट टेलिकमले कसरि तेत्रो वालछ्याल फ्रिक्वेन्सी घैयाको मोलमा पायो त ? बाबुराम सरकारका भूपू संचार मन्त्रि राजकिशोर यादवको सम्पति छानबिन सुरु भै सक्यो रे, के त्यो निकाएले राज्य र जनतालाई करोडौ घाटा लगाउदै नीतिगत रुपमै भ्रस्टाचार गर्ने महरा र प्रचण्डको सम्पति छानबिन गर्ने हिम्मत गर्न सक्छ त ? यी भलाद्मी र सोझा देखिने महरा तिनै हुन् जसले संसद किन्न कुनै चिनिया संग ५० करोड मागेका थिए ..
खासमा किन बेचेको रहेछ त शेयेर …? एसले गर्दा उपभोक्तालाई फाइदा भयो कि घाटा…? लेख अनुसन्धानमुलक भएपनि मलाई बुझ्न गार्हो भयो | कुनै एक हरफमा माथिका प्रस्नको उत्तर ( Summary ) गरिदिनु भएको भए केहि फाइदा हुनेथियो हामीलाई यो कुरो को चुरो बुझ्नको लागि |
नेपालमा कुनै पनि ब्यबसायिक डील हुँदा घाटा सरकार र जनतालाई भने फाइदा व्यक्ति, कम्पनि र तिनका पछाडी उभिएर नियम बंग्याउने राजनीतिक दल र तिनका नेतालाई हो | पहिला राजाका ज्वाई चेला अनि दरबारका अरौटे एक दुइ जना हुन्थे भने अहिले प्रतेक दलका नेता र टन्नै भरौटेहरु एस्ता डीलका एजेन्ट हुने गरेका छन् | बिदेशी कम्पनीले पनि के गरोस कतिलाई ख्वाउने ? अनि कुरो बाहिर आउछ उनीहरु बद्नाम हुन्छन | त्यसकारण नेपाल संग ठुलो काम गर्न हिच्किचौछन | नियम मिचेर दिने भनेको सरकारी आयलाई कम गरि कम्पनि र दलाल मार्फत निर्णय गर्नेहरुले बांडी चुडी खाने हो |कमिसन भनेको पार्टी, नेता र पार्टीका अरौटे भरौटेले खाने हो | त्यसको भार पनि आखिर जनतालाई थोपरिन्छ |अनि संधै सरकार भन्दा मुठी भर जनता धनि | अरु देशमा एस्तो हुँदैन | राणाकालमा व्यक्ति धनि थियो भन्नु केहि छैन किनकि त्यति बेला पारिवारिक सरकार थियो | तेही कारणले अहिले लोकतन्त्र चाहिएको हो | तर भन्नु मात्र लोकतन्त्र आयो – राणातन्त्र भन्दा कैयौ गुना बढी सरकारी ढुकुटी अहिले भोकतन्त्रका भोकाहरुको आँ गरेको मुखमा जाने गरेको छ | येही हो लोकतन्त्र ? यो त मिलोमतोमा खाने जनता नांगै बनाउने तन्त्र होइन ? अरबौ को मोल भयको नेपाल स्याटलाइट कम्पनी ज्यादै न्युन रकम (२५ लाख)मा हाता पार्न सफल भएको टेलियासोनेरालाई किन घाँडो भयो ? किन विदेशमा अस्तीत्व नै नरहेका कम्पनीहरु वीच पटक पटक खरिद र विक्री कारोवार गरेर राज्यलाई तिर्नु पर्ने करौडौ राजस्व राज्यले गुमाउनु पर्यो ?
“अरबौ को मोल भयको नेपाल स्याटलाइट कम्पनी ज्यादै न्युन रकम (२५ लाख)मा हाता पार्न सफल भएको टेलियासोनेरालाई …..”
मित्र, नेपाल स्याटलाइटलाई टेलियासोनेराले २५ लाखमा किनेको होइन होला , नेपाल स्याटलाइटले आफुले प्रयोग गर्ने फ्रिक्वेन्सीको दस्तुर चाही २५ लाख(घैयाको मोलमा ) नेपाल दुरसंचार प्राधिकरणबाट तिकडम गरेर प्राप्त गरेको होला .. अहिलेको जमानामा २५ लाखमा संचालनमा रहेको टेलिकम कम्पनी किन्न पायियेला र ?
People always should aware from those who change their label, location and policies. Very nature of business is to get benefit by service but greed conceptual corporation has simply changes their label by person to person or company. To use cheap cost by changing their label, places of made in etc. Corporation always fools people from distinctive disguise of logic (label, place, source and rights of its).