Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बारको चिट्ठीमा गल्ती पत्ता लगाउनुस् !

Posted on September 26, 2013September 27, 2013 by mysansar

-उही कुमार लामा-

ल हेर्नुस्, बाबुरामको जीवनी लेख्ने समाजशास्त्री तथा कृषिशास्त्री श्री ईश्वर विक्रम सिंह जस्तै कानुनशास्त्रीहरूको पकडमा रहेछ बार एसोशिएशन। आज राष्ट्रसंघका महासचिव बान कि मुनलाई पठाएको यो चिट्ठीको लेखाइ हेर्दा बार एसोसिएसनको बार शब्दले कानुन होइन अर्थोकै बेच्ने ‘बार’ जस्तो पो देखियो त। आफै हेर्नुस् चिट्ठी र गल्ती पत्ता लगाउनुस्, मैले देखेको गल्तीहरुमा रातो चिन्ह लगाएको छु।

Beer_Associan_Or_What

अनलाइनखबर, कान्तिपुरले यस्तो चिट्ठीलाई ब्यानरन्युजमा राखेर आफ्नै उचाइ घटाएका छन्।

अंग्रेजी कान्तिपुरले चाहिँ अलिअलि प्रुफ रिडिङ् गरेर छाप्दिएछ 🙂

हैन अलि अलि प्रुफ रिडिङको काम त त्यो बिल गेट्सको वर्डस् भन्ने प्रोग्रामले नै सित्तैमा हेर्ने व्यवस्था छ ब्यारे, चलाउन नजान्या पो हुन् कि !

84 thoughts on “बारको चिट्ठीमा गल्ती पत्ता लगाउनुस् !”

  1. dikpal jagreli says:
    September 29, 2013 at 3:00 pm

    केही महिना पहिले माइसन्सारकै भित्तामा पोतिएका पुर्वा प्रधान मन्त्री बाबुराम भट्टराइ ज्यू को जीवनी भनिएर अँग्रेजीमा लेखिएका लेख पढेर निकै मज्जले हसेको थिए । अब धेरै कुरा के गरी रहनु साथीहरुले एउटा भाषा अशुद्दी करणको पार्टी खोलेर चुनाव लड्नु हो भने त बहुमत नै ल्याउने रैछन नि…………!!

    Reply
  2. moha babu says:
    September 29, 2013 at 1:32 pm

    न विधि छ यहाँ न कानुन छ । जहाँ मौकामा चौका हान्नेहरुको भिड मात्रै छ चुनावले चापेको वेला रेग्मि जानै नपर्ने गएका हुन । अनि उहिल्यै वाट उनको उछितो काढन मौका पर्खेकाहरुहरु ले युएन लाइ पत्रै लेखेछन त्यो पनि अण्डर एस एल सि हरुले ।

    Reply
  3. कमल says:
    September 28, 2013 at 10:28 pm

    हन के भएको यो हाम्रो देशमा? डुब्न लागेको बेलामा जुनै हाँगा समाते पनि पराल परेको|
    -हालै बिद्युत पाधिकरणमा भ्रस्टचारीको सम्भावित आरोपमा अनुसन्धान गर्न अख्तियारले कारवाही गर्दा नेपाल इन्जिनियर्स एसोसिएसनले लाजै पचाएर जबर्जस्त बचावट गर्न खोज्ने?
    -घाटामा चलेको नेपाल आयल निगमले तेलको भाव बढाउने तर करोडौ बोनस कर्मचारीलाई दिएको नमिल्दो देखी खोजि गरेर टाउकेलाई सोधपुछ गर्न लिंदा कमर्चारी संघले नै बिरोध मात्र गर्ने होइन तर बन्द गरिदिने चेतावनी दिने? हिज मात्र अख्तियारले कमर्चारी संघका अध्यक्षलाई पक्राउ गरेर ठिक काम गरेको छ| मेडियामा त्यस्ता बन्दको चेतावनी दिने संघका अध्यक्षलाई अब जागिर खारिज गरेर जेल चलान गरेर उदाहरण प्रस्तुत गर्न जरुरी छ|
    -नेपाल बार एसोसिएसन त् झन् खत्तम रहेछ| शम्भु थापालाई हालै कर छली बारे थप खोज गर्न उनका अफिस उपकरण लिंदा तु. फिर्ता दिन निर्देश भएछ| छन् बीन गर्न दिनपर्ने थियो र पछि निर्दोष साबित भए मान हानीको मुद्दा हाले के फरक पर्थ्यो?
    देशमा एक लाख मुद्दा त्यसै पडीरहेका छन्| शम्भु थापाको केसमा अदालतले किन यति छिट्टो र छरितो रुपमा निर्देश दिएछन| मान्न पर्छ हाम्रो देशको न्याय व्यवस्थालाई|
    बार एसोसिएसन भनेको के हो? कस्तो खाले बार हालेको रहेछ जनताले ढिलै भए पनि अहिले बुझ्दै छन्|
    एउटा पत्र ठिक संग लेख्न नसक्नेहरुले एक लाख मुद्दा अहिले सम्म फर्स्यौट हुन् नसक्नमा बार राम्रै संग हालेका रहेछन| एक लाख मुद्दा पेण्डिङ्ग राखेर कसरि निद्रा आउँद रहेछ|
    बार हो वा हार हो वा प्रहार? उही कुमारज्यु लाई धन्यवाद|

    Reply
  4. Bibek Chhettri says:
    September 28, 2013 at 10:00 pm

    “@ Laut अल्पज्ञान विनाशकारी हुन्छ । notion of independent judiciary होइन rule of independent judiciary हुन्छ ।
    @ (constitutional) regime लाई ठीक ठान्ने नानीबाबूहरु हो, regime भन्नाले तानाशाही सरकार बुझिन्छ। बारको चिट्ठीमा सायद rule of constitutional law भन्न खोजिएको होला ।”

    Khapung sir,
    I salute you. You’ve just taught a couple of extraordinary things to this ignorant world! You have taught us that there is something called “rule of independent judiciary” (‘rule of law’ may go to hell. Let’s have “rule of independent judiciary”). Means the independent judiciary shall start ‘ruling’ the country instead of delivering justice). I’ sure the judiciaries around the world will be greatly indebted to you if they actually get a chance to rule.
    उहाँ थप्नु हुन्छ:
    “regime लाई ठीक ठान्ने नानीबाबूहरु हो, regime भन्नाले तानाशाही सरकार बुझिन्छ”

    महोदय, यो बाक्य पढेपछि त अंग्रेजी भाषालाई नै आगो लाइदिउँ जस्तो लाग्यो | मूर्ख जो परियो!

    (पुनश्च: यति भनिसके पछि यो प्रष्ट पारिन्छ कि कमेन्टको आसय नेपाल बार को पत्रमा भएका भाषिक असुद्धिलाई नजर अन्दाज गर्न खोजिएको हैन | नेपाल बारको पत्रलाई समर्थन गरिएको हैन | यो बिल्कुल अनाबस्यक थियो!
    खापुंग महोदय तथा ‘लाइक’ गरिदिएर उँहाको चमत्कारिक बौद्धिकतामा ओज थपिदिने सबैलाई पून: एकपटक सलाम टक्राउदै आगे बहस गर्न असम्भव देखिएको जनाउ दिइन्छ |)

    Reply
    1. लोकेन्द्र खापुङ says:
      September 29, 2013 at 12:09 am

      @ Bibek Chhettri “regime लाई ठीक ठान्ने नानीबाबूहरु हो, regime भन्नाले तानाशाही सरकार बुझिन्छ” महोदय, यो बाक्य पढेपछि त अंग्रेजी भाषालाई नै आगो लाइदिउँ जस्तो लाग्यो |
      ———-
      जवाफः- धोति खुस्किएपछि अचानक अंग्रेजीमा कमेन्ट लेख्नुको अर्थ बुझ्न सकिन्छ । तर जथाभावी बर्बराउन त भएन नि विवेक क्षेत्रीजी । अक्सफोर्ड शब्दकोषले Regime को अर्थ यसरी खुलाएको छ ।
      – 1a government, especially an authoritarian one: ideological opponents of the regime
      – 2a system or ordered way of doing things: detention centres with a very tough physical regime
      विवेकजीको विवेकले अब अंग्रेजी भाषालाई आगो लगाउने हो वा पानी खन्याउने हो, हेरौं न त । “अल्पज्ञान विनाशकारी” र “सुतेको मान्छेलाई उठाउन सकिन्छ, सुतेको बहाना गरेकोलाई सकिन्न” भन्ने उखान तपाईं जस्ता व्यक्तिहरूकै कारण बनेका हुन् भन्दा अत्युक्ति हुन्न ।
      ———-
      @ Bibek Chhettri आगे बहस गर्न असम्भव देखिएको जनाउ दिइन्छ ।
      जवाफः- अरू पनि कुतर्क गर्नुस् न । अक्सफोर्ड शब्दकोषले गतल लेखेको छ भन्दा भइहाल्छ नि, आखिर कुतर्क गरेरै भए पनि लाटा देशको गाँडा तन्नेरी जो बन्नु छ विवेकजीलाई । 😉

      Reply
  5. लोकेन्द्र खापुङ says:
    September 28, 2013 at 2:06 pm

    @ Bibeckchhettri र Laut कानुनी सल्लाह होइन, जाँड बेच्ने बार एसोसिएशनका भरौटेहरु हुन् । उनीहरुले गल्ति गर्ने (बार) को गल्तीलाई लुकाउन गल्ति देखाउने (उही कुमार लामा) माथि दोष थुपार्न चाहन्छन । यसलाई भनिन्छ kill the messenger शुत्र, जो षड्यन्त्रकारीहरुले प्रयोग गर्ने गर्छन ।

    बारको तथाकथि युएनलाई चिट्ठीमा व्याकरण र शैलीमात्रै होइन चिट्ठीको लेखन स्तर नै ६-७ क्लासमा पढ्नेले लेखेको जस्तो छ । पढ्ने बेलामा प्रदर्शनीमार्गमा हिंडिरहेका तरुनीहरुलाई जिब्रो पड्काएर बसेपछि यस्तै हालत हुन्छ, न त गतिलो लेख्न सकिन्छ न त कसलाई के लेख्न हुन्छ र के लेख्न हुन्न भनेर छुट्यौन सक्ने कमनसेन्सकै विकास हुन्छ। नेपालको सरकार प्रमुखको राजिनामा राष्ट्र संघका महासचिबले माग गर्नुपर्ने सोच यस्तै अविकसित कमन्सेन्सकै उपज हो ।

    @ Laut अल्पज्ञान विनाशकारी हुन्छ । notion of independent judiciary होइन rule of independent judiciary हुन्छ ।

    @ (constitutional) regime लाई ठीक ठान्ने नानीबाबूहरु हो, regime भन्नाले तानाशाही सरकार बुझिन्छ। बारको चिट्ठीमा सायद rule of constitutional law भन्न खोजिएको होला ।

    Reply
  6. bibeckchhettri says:
    September 28, 2013 at 12:47 pm

    कुमार जीले पनि आधाउधि गलत ठाउमा underline गरिदिनु भ’छ | यस अर्थमा तपाई पनि नेपाल बारका ज्ञानीहरु जस्तै ‘अर्ध’ नै साबित हुनु भयो शुद्धाशुद्धिको मामलामा |
    अन्तिम ६ वटा असुद्ध भनिएका शब्दावली ठिक नै छन् !

    Reply
  7. Laut says:
    September 28, 2013 at 6:46 am

    Bar ले राजनीति ज्यादा गरेको मा अति दुख लाग्छ/ तर किनहो कुन्नि नेपाली लाई फुर्ति चाहिं खुबै देखाउनु पर्ने/ चिट्ठीमा गल्ति अलिअलि छ भन्दैमा जुत्ता न सुत्ता को फुर्ति देखाउनु पर्ने/ त्यहि पनि जुन मित्रले रातोले चिन्न लगाएका छन् त्यसमा पनि धेरै मिलेकै छ , बरु मित्र आफैलाई अंग्रेजीमा मिहेनत गर्न अझै बाँकि रहेछ/ अर्काको बिना गल्तीलाई गल्ति भनेर देखाउदा आफुलाई कत्रो अप्ठ्यारो भयो होला/ उदहारणको लागि मित्रले notion लाई nation हुनु पर्ने ठानेका होलान, यसको मतलब मित्रलाई notion को माने नै थाहा रैनछ भन्ने प्रस्ट हुञ्छ/

    अर्को कुरा गल्ति भएनै भनेपनि कुनै इज्जत जाने वाला छैन जबसम्म चिट्ठी ले भन्न खोजेको कुरा बुझिन्जेल सम्म/ गल्तिनै भने पनि कुरा प्रस्ट बुझिञ्छ/ किन UN वा अर्को देश लाई थाहा छैन अंग्रेजी नेपालको आफ्नो भाषा होइन भन्ने? आफ्नो भाषा भएर गल्ति भएपो बेइज्जत हुनु पर्ने, होइन भने के को बेइज्जत? बेइज्जत त हामी नेपाली लाई नेपाली भाषा को लेखाई नमिल्दा नै हुनु पर्ने/ थाहा नै छ हामी कति नेपाली लाई शुद्द नेपाली नै लेख्न आउँदैन/

    Reply
  8. RAI Hem says:
    September 28, 2013 at 5:53 am

    मेरो बुझाई मा चिट्ठीमा होइन चिट्ठी नै गलत छ ।

    Reply
  9. simit gauchan says:
    September 28, 2013 at 4:53 am

    झूठोलाइ साचो र साचोलाइ झूठो बनाउन खप्पिस वकिलहरू यो झूठोलाइ नि साचो बनाउलान् नि !!!! “””म ट हासेलै मर्ने भए बा “””””

    Reply
  10. Bikash says:
    September 27, 2013 at 9:11 pm

    @ Roshan,

    This letter is not from a student to teacher. If you are writing a letter to the Secretary-General of the United Nations and you feel that you are writing about the most sensitive issue of the country, at least write it properly. You do not want your reader to correct the grammar and other typos. The letter loses it credibility if it has so many errors which can be easily noticed. The Bar can at least ask some expert to have a look at the possible errors before sending it to UN. This letter represents the group of highly educated people.

    (Excuse me for any grammatical errors)

    Reply
  11. Tilak Pokharel says:
    September 27, 2013 at 9:03 pm

    थुक्क… सही ठोक्ने पोखरेल नै रचन् । सात क्लासका विद्यार्थीले चिट्ठी लेख्ने exercise गर्या जस्तो पो छ त ।

    Reply
  12. shishir says:
    September 27, 2013 at 9:00 pm

    साह्रै लाज लागेर आयो, धिक्कार छ कालाकोटे विद्वान भनाउदा अधिकारवादी र राष्ट्रवादी हरुलाई ….!!!

    Reply
  13. महेश भट्टरार्इ says:
    September 27, 2013 at 8:12 pm

    कमेन्ट मध्येका साह्रै उत्कृट २ कमेन्टहरू, जस्लाइ मिल्ने भए १००० Like दिन्थे, तर मिलेन के गर्नु, १ Like मात्रै दिएर चित्त बुझाउनु पर्यो ।
    १. शान्तिप्रेमीजीकोः
    बरू “लिखितम जिल्ला काठमान्डु, ………… बस्ने बर्ष …. को खिलराज रेग्मी आगे … ” भनेर लेख्या भए चाँही शुद्ध लेख्थे होलान् !
    २. निशाजीकोः
    आफ्नो देशको सरकार प्रमुखलाई हटाइदिनुपर्यो भनेर बिदेशीलाई पत्र लेख्नेहरुको लेखाईमा के स्तर खोज्नु ?

    Reply
  14. amrit subedi says:
    September 27, 2013 at 7:56 pm

    झन्डै पशुपतिनाथक कृपाले मा यहाँ आराम छु तपाई पनि आराम हुनुहोला भनेर सुरु गरेनछन !

    Reply
  15. Sanjay says:
    September 27, 2013 at 5:17 pm

    मलाई त अहिले आएर यो lawyer हरुको association नभएर बार (रक्सिवाला बार) चलाउने हरुको association हो जस्तो लाग्यो . 😀 😀 😀

    Reply
  16. रबिन्द्र राज गिरी says:
    September 27, 2013 at 4:50 pm

    हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि हो |

    Reply
  17. ashok says:
    September 27, 2013 at 4:34 pm

    मित्रहरु, लजाउनु पर्ने कुरा केही छैन ! जाड खाएर आबेक, त्रास, र हतासमा लेखिएका पत्रहरु यस्तै त हुन्छन नि ! मैले अझै नबुझेको कुरा चाही के हो भने, नेपालमा शम्भु थापा, कनकमनी दिक्षित, दिनेश त्रिपाठी, रबिन्द्र मिश्र जस्ता केही फिस्टेहरुले आफुलाई राज्यसँग तुलना गरेको देख्दा म आफू चाही के होला भनेर तिन छक्क पर्छु ! आफ्नो हैसियत, जिम्मेवार, र दायित्व नबुझेका पशुहरु !

    Reply
  18. Sameep says:
    September 27, 2013 at 4:28 pm

    दुखद कुरो भएछ। हुन त प्रभुहरुले यु.एन लाई लेखेछन, कसो हाम्रा परम-मित्र राष्ट्रलाई लेखेर “स्वाधिनता र सार्वभौमसत्ता” लाई दशैँमा घर तिर टोलमा “लंगुर-बुर्जा” खेलेको जस्तो पारिदिएको रहेन छ।

    अनि mysansar का मित्रहरु त्यो “notion” भन्ने शब्द ठिकै लाग्यो है मलाई त। आफ्नो अंग्रेजी गतिलो त छैन तर मलाई लागेको कुरा।

    Reply
  19. महेश लामिछाने says:
    September 27, 2013 at 3:42 pm

    यी तिनै मान्छे हुन् जसले नेपाली आधिकारिक कागजातलाई अंग्रेजीमा उल्था गर्छन् । हरे !!

    Reply
  20. nabraj says:
    September 27, 2013 at 3:08 pm

    बास्तव मा Skill Manpower जति त सबै विदेश मा छन् , यी बार सार, सरकारी अफिस र सस्तान मा काम गर्नेहरु त राजननितिक दलका हरुवा चरुवा मात्र हुन् ल यीनिहरु लै घोक्रेठेक लगाएर नया पुस्त लै जिम्बेवारी नसुम्पिए सम्म येस्टिया हो l

    Reply
  21. Rishi says:
    September 27, 2013 at 3:06 pm

    नेपाली मा पढेका हरु लै एङ्ग्लिश मा लेख्न परेपछि क गरुन त. एङ्ग्लिश राम्रो भैदिएको भए अरुनै बिसय पढ्थे नि.भोलि सब्द मा पनि खेल्न पौछन. श्रीमान हामीले तेस्तो लेखेको होइन भनेर अदालत फर्के पछि त

    Reply
  22. Naju Miyan says:
    September 27, 2013 at 2:11 pm

    राम्रा लेख्ने सबै विदेश लखेटे अनि बाकि भएकाले लेख्दा गल्ति त अवस्य नै हुने भो नि

    Reply
  23. nischal says:
    September 27, 2013 at 1:35 pm

    यस्ता यस्ता त छन नेपालका बार एशोसियनका पदाधिकारीहरु लेख्नेले जे लेखे पनि सही गर्नेले त राम्रो संग पढेर हेरेर गर्न पर्छ नि… बार एसोसियन मा त यस्तो छ झारपाते नाभाती च्याउ उम्रे जसरी उम्रेका संगठनको त झन के हाल होला……..

    Reply
  24. विषम नेपाली says:
    September 27, 2013 at 1:01 pm

    मेरो त अंग्रेजी अक्षर भैसी बराबर, यो चिठी पढन सक्ने पनि छैन, कहाँबाट सुद्धासुद्धी पत्ता लगाउन सक्नु र !!!

    Reply
  25. Gayatri Mantra says:
    September 27, 2013 at 12:25 pm

    चिठीको भाषा गल्ति त छदैछ, त्यस्तो चिठी लेखेर आफ्नो ऒउकात देखाएछ्न पैसाको लागि कानुनको धज्जी उडाउने कालाकोटेहरुले…..

    Reply
  26. Prabin says:
    September 27, 2013 at 12:19 pm

    मेरो विचार मा बार ले साचो अर्थमा UNO लै चिठी लेख्ने नै भए खिल राज रेग्मी को UNO मा सहभागी अनावस्यक थियो किनानी खिल राज अन्तरिम चुनाबी मन्त्रि परिसद मा चैर्मन हुन्! बार ले अरु कुरा लेखेर देश मा बिदेसी हस्तछेप को निम्तो गरे जस्तो भो ! यो पक्कै सम्भु थापा कै idea हुनु पर्छ अख्तियार लाई त बहस गरेर तर्साइयो भने UNO मा पनि येसो चिट्ठी लेखेर केहि हुन्छा कि भन्ने लाग्या होला यो कम्जूर सरकार लाई कर्मचारी ले त तर्साइ र चाह, मिलावोत सुन पसले, tax नतिर्ने संब्भु थापा, कालो ब्यापारी, ओइल निगम सबले तर्साई सके

    Reply
  27. bmaya says:
    September 27, 2013 at 12:04 pm

    लाजै लग्यो…कता मुख लुकाउनु…

    Reply
  28. Rajan says:
    September 27, 2013 at 11:59 am

    कसैको भाषा लेखनमा कम्जोर भयो भन्दै मा यति ठुलो कमेन्ट गरि राख्नु पर्छ जस्तो चै लाग्दैन मलाई… हामीले असुद्ध, नबुझिने बोल्यौ भने नि खैरेहरु ले सच्याएर बुझ्न खोज्छन.

    Reply
    1. Vijay says:
      September 27, 2013 at 9:37 pm

      बोल्दा गल्ति होला, ठिकै छ ! तर, लेखनीमा चाही कमसेकम व्याकरणको ख्याल राख्नुपर्छ, त्यहीमाथि यस्तो कुटनीतिक पत्राचारमा त झन् बढी होसियार रहनु पर्छ ! किनकि, यस्तो खालको चिठी पत्र ले गलत अर्थ दिन पनि सक्छ, अर्थ स्पस्ट नहुन सक्छ ! अर्कोतिर, राष्ट्रकै बेइज्जत होला भन्ने पिर……..

      Reply
  29. द्रोण says:
    September 27, 2013 at 11:42 am

    मागेर चन्द्रमा पाइएला , सितलता कहा ?
    माग्नलाई पनि त् कला चाहिन्छ, ये बेबकुफ हरु ,
    तिमीहरुको आवाज मा त्यो जादु कहा ?
    अन्दाज कहा ?

    Reply
  30. Shant Gajurel says:
    September 27, 2013 at 11:21 am

    यो चिठी लेख्ने मान्छे चै ठिक लग्यो है. ब्रो को र मेरो इंग्लिश त ठाक्कै मिल्यो. गुड जब ब्रो!!

    Reply
  31. Paru says:
    September 27, 2013 at 10:40 am

    भोक लाग्य बेला मा लेख्या जस्तो छ. Chief लै Chef अनि Juice रे

    Reply
    1. Bishnu Nepali says:
      September 27, 2013 at 2:26 pm

      हसुर्न मात्रै जानेका वकिल ले तेस्तै लेख्दछन मित्र !

      Reply
  32. mohini.thakuri says:
    September 27, 2013 at 10:17 am

    बिद्वानहरु भनाउदोको चाल यस्तो छ भने बाँकीहरुको के हाल होला ??????

    Reply
  33. Raj Kumar says:
    September 27, 2013 at 10:16 am

    गल्तीलाई, गल्ती भन्यो भनेर मुद्दा हाल्देलान् नि लामा जी । यिनीहरुको कोट जस्तै कोखा पनि कालो हुन्छ ।

    Reply
  34. Raj Kumar says:
    September 27, 2013 at 10:14 am

    यिनीहरुको पेशा नै काइत अक्षर लेखेर फाइदा लुट्ने हो । अक्षर लटरपटर पार्यो खल्ती भर्रयो । जगजाहेर दोषीहरुसँग टन्न पैसा खाने र निर्दोष सावित बनाउने त यिनीहरुको धर्म………. । पढाई लेखाईम नो इन्टैेस्ट ।

    Reply
  35. Rajan Shrestha says:
    September 27, 2013 at 10:13 am

    यहि हो नेपाली को बानि राम्रो गरेकोमा thankful कोहि हुदैन खाली mistake खोज्दै अरुको खुट्टा तान्ने काम मात्रै … वाइयात … नेपाली को जिन्दगि अरु को mistake खोज्दै बित्ने भयो … थुइया

    @दुर्गा खनाल : नेपाली मा लेखे नि हुन्थ्यो रे? बान कि मुन लै नेपाली मा चिट्ठी लेख्ने त? तिमि त सारै पाचक मान्छे रहेछौ यार तोइत ….

    Reply
  36. xyz says:
    September 27, 2013 at 10:05 am

    बारमा काम गरेकोले हो कि सेफ र जूस सब्द घुसे छ, या राता मकै, गर्नु गर्यो भैंसी पालेर

    Reply
  37. Pritam says:
    September 27, 2013 at 9:21 am

    “प्रमुख” हुनु पर्ने मा “कुक” भनेछन ………..प्रमोशन एकैचोटी .

    Reply
  38. Saroj says:
    September 27, 2013 at 9:16 am

    को हास्दैन होला र? हुन त हो क्यारे कुनै बेला मा नेपाली ले ब्रिटिश लाई धपाएको, कारण अंग्रेजी गाह्रो हुन्छ भनेर. अब त तिनीहरुलाई नि बॉर्दिङ्ग स्कुल मा भर्ना गराउनु ठिक होला कि?

    Reply
  39. Pritam says:
    September 27, 2013 at 9:08 am

    यो त अति ठुलो गल्ति गरे साथी हरु ले ,कम्प्युटरमा रेड लाइन लाई नि ख्याल नगरी अन्धा धुन्दा प्रिन्ट हानेछन …..स्पेलिंग त मेलोस वाक्य न मिले नी कमसे कम ……

    Reply
  40. SURENDRA hongkong says:
    September 27, 2013 at 8:46 am

    सधै नेपाली भाषा मा बाझा,बाज गर्ने कानुन क ठेकेदार लाई अंग्रेजी नै किन फुराउनु परेको? नेपाली मै लेखेको भए बार को इज्जत हुने थियो नि? दोभासे लाएर भए पनि बान कि मुन ले अर्थ लाउने नै थिए किन बेज्जत गरेको हो राष्ट्र को?

    Reply
  41. Sagar Sarma says:
    September 27, 2013 at 8:37 am

    मलाई त यो व्याकरण स्याकरण भन्दा पनि ‘बार’ को औचित्य र नियत अनि व्यबहार देखेर थुक्न मन लाग्छ | मलाई त औसत नेपाल र औसत नेपाली राम्रा नै छन् जस्तो लाग्छ; तर फेरी यी (वा यस्ता) के हुन्? औसत रेखा भन्दा मुनि का ?

    Reply
  42. प्रधुम्न says:
    September 27, 2013 at 8:33 am

    नामनै BAR Association. अंग्रेजी फुराउनलाई अली अली लगाएर लेखेको जस्तो लाग्यो …

    Reply
  43. Sanjok says:
    September 27, 2013 at 8:21 am

    Rapid English Course को पुस्तक नेपाल बार ओफिसमा पठाउनु पर्यो

    Reply
  44. Dipak says:
    September 27, 2013 at 8:07 am

    It is worthless to expect good from political agents.

    Reply
  45. Bhoj says:
    September 27, 2013 at 7:59 am

    के के देखनु पर्छ नि त

    Reply
  46. Kamal says:
    September 27, 2013 at 7:51 am

    थुक्क भाते र खाते हरु! यसो कसैलाई अनुवाद गर्न लगाए हुन्न! सालेहरू बैदेशिक हस्तक्षेप भन्ने अनि खुला हस्तक्षेप गर्न भनेर चिठी पठाउने?

    Reply
  47. Resham Thapa says:
    September 27, 2013 at 7:51 am

    असली अनुहार देखाए स्बाँठहरुले । हैन, देश र देशबासिको मानहानिमा यीनहरुलाई मुद्दा ठेल्न पाइदैन? मूला कालाकोटेहरु ! कोटको टाँक लगाउदा सुरबालको टाँक खुस्केको थाहा नपाउने ? कानुनको ‘का’ काटेर ‘नुन’ धेरै खायको परिणाम। अब साँझको नुन र ह्यागलाई दोस देखायर भट्टिबालालाई मूद्दा हान्ने खतरा बढ्यो !

    Reply
  48. Binod Poudel, jhapa says:
    September 27, 2013 at 7:47 am

    राजनीतिक दलहरुलाई बिदेशीको गुलामी भन्दै गाली गरेर कहिल्यै नथाक्ने कानुनकर्मी हरुले मन्त्रि परिषद अध्यक्ष खिल राज रेग्मीलाई पदच्युत गराइदिन सहयोगको अपिल गर्दै संयुक्त राष्ट संघका महासचिब लाइ पत्राचार गरेछन, त्यहि पनि अशुद्ध भाषामा!! कस्तो रास्त्रियता हो

    Reply
  49. Tenzing Gaba says:
    September 27, 2013 at 7:13 am

    # सामान्यतया बिकसित देश तिर सबै भन्दा राम्रो बिद्यार्थीहरु “Law” तिर जान्छन/
    # हाम्रो देशमा गान्धी डिविजनवालाहरु कहिँ कतै भर्ना हुन् नसके पछि “Law” पढ्न जान्छन/
    सुन्दा नमिठो लाग्ला तर यो कटु सत्य हो /

    Reply
  50. xyz says:
    September 27, 2013 at 7:12 am

    Why are you making joke out of BAR letter? Just wait and see how Mr. Khila Raj will deliver his speech in English with full Nepali makai bhutya accent. I can bet you will have a big laugh.

    Reply
  51. sbain says:
    September 27, 2013 at 6:41 am

    सोल्टा ले SLC को english मा ग्रेस मार्क जोडेर ३२ ल्याको रे …….

    Reply
  52. sbain says:
    September 27, 2013 at 6:39 am

    सोल्टा ले सायद राष्ट्रसंघका महासचिव बान कि मुनलाई पहिलो पटक चिठी लेखको होला हतार मा हस्ताक्ष्यर ठोकेछन, अब कम्प्युटर मा type गर्ने लाई दोष दिने होला नि !!!!!!!

    Reply
  53. Jeevan Thapa says:
    September 27, 2013 at 6:18 am

    गर्नु गर्यो सुनिल दाई चिठी लेखेर !!!
    दुनियालाई छलेर मै हुँ ठुलो भन्ने गरेर !!!

    नेपालीमा लेखेर त्यो किताबखाना मा आबस्यक दस्तुर तिरी अंग्रेजीमा उल्था गराउनु पर्ने हाहा हाहा हाहा !!!

    Reply
  54. लेखनाथ काफ्ले says:
    September 27, 2013 at 6:18 am

    यी हाम्रा कालोकोट धारी महोदयहरुले त नोटरीको पनि लाइसेन्स लिएका हुन्छन् क्यारे अंग्रेजी – नेपाली -अंग्रेजी उल्थाको प्रमाणित गर्ने. यिनका महासचिवको त त्यो हालत छ, अरुको के होला.
    यी कानुन ब्यबसायीहरुले अंग्रेजीलाइ पनि नेपाल कै कानुन भनेका छन् क्या हो, कालो कोट लगाए पछि जे भने पनि हुने, जे बोले पनि हुने, जे गरे पनि हुने.

    Reply
  55. harihar sharma says:
    September 27, 2013 at 6:03 am

    यी BAR Association विरुद्ध कसैले मुद्दा लगाउनु पर्यो हो /
    देशमा बैदेशिक हस्तक्षेपको लागि खुल्ला आहवान गर्ने ?
    निर्लज मुर्दाहरु / यस्ता मुर्दा हरु त मर्दा कुकुले नि नखावस् /

    Reply
  56. डिल्ली says:
    September 27, 2013 at 5:30 am

    विदेशी हस्तक्षेप बढीरहेको अवस्थामा आफ्नै देशको प्रधानमन्त्री हटाइदिनु पर्यो वा राजीनामा दिलाइदिनु पर्यो भनि विदेशी गुहार्काने कालोकोटधारी देशद्रोही हुन् । कालोकोटेहरूको मान होइन देशको समेत अपमान भएको देख्न नसक्ने दनुवाहरूले कानुनी”बार” को स्तर भट्टी “बार” बराबर नै त बनाएका छन् ।

    Reply
  57. Ojhel says:
    September 27, 2013 at 5:21 am

    के गर्नु , हाम्रो देश मा ब्रिटिश ले शासन नगर्नाले अंग्रेजी मा सार्है कम्जोर भैयो , तेइ अलि अलि जानेको पनि भारत ले सहयोग गरेर हो, धन्न हामी नेपाली !

    Reply
  58. Sanjay says:
    September 27, 2013 at 5:17 am

    I laughing for while a. you reading please guys keep. 😛 😛 😀

    Reply
  59. Puku says:
    September 27, 2013 at 5:14 am

    चम्बू थापाका मतियारहरू, खिरारेको सूरूवालको तूना तान्न खोज्दा आफ्नै खूस्केको थाह पाएनछौ । अब मर्ने बेलामा अंग्रेज़ी के सिक्छौ र, अदालतमा छलकपट गर्न नेपाली नै काफ़ी छ नी । दया लागेर आयो, यिनीहरु पढेरै वकिल भएका हुन? कि बिहार/ बनारसको डिग्री हो ? बिचरा, कति ख़र्च भो होला हइ, #### गम्भिर सोचाईमा!!!

    Reply
  60. Bikash Tamang says:
    September 27, 2013 at 4:12 am

    नेपाली उखान छ नि-“जो अगुवा उही बाटो हगुवा भनेको यहि हो ” । थुईक्क कालो कोट लाउनेको गिदॄी ।

    Reply
  61. Ratna Thapa says:
    September 27, 2013 at 3:59 am

    1. The biggest and most ridiculous mistake is, there is no date in the letter. पत्र कहिले पठाएको हो ?
    2. Another big mistake is, the address block should be on the left side, not on the right side. दाहिनेतिर त पठाउनेको ठेगाना पो लेखिन्छ त |
    3. To raise our concern = ठिकै छ |
    4. Chair Person should be written as chairperson.
    5. Constitutional regime = this is okay, ठिकै छ |
    6. 14 March 2013 पनि ठिकै छ, आजकल 14th March लेखिने चलन हराउदै छ |
    7. “Affects the right of the people” को बदलामा “rights of the people” हुनु पर्छ |
    8. माथी सम्बोधन गरिएको ठेगानामा इमेल अड्रेस पनि लेख्नु पर्ने थिएन |
    9. There are so many mistakes which have been highlighted by UK Lama.
    स्वर्गीय गोपाल योञ्जनको गीत याद आयो :
    “गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला,
    एक्लै तिमी नजाउ (खिल राज), आफ्नो देश डुबेको बेला”

    Reply
  62. Dhruba says:
    September 27, 2013 at 3:18 am

    Sounds like Nenglish((Nepaenglish)

    Reply
  63. Diwakar says:
    September 27, 2013 at 3:14 am

    शीर्षकमा “बारको चिठीमा गल्ती पत्ता लगाउनुस्” भन्नु भन्दा बरु “बारको चिठीमा मिलेको पत्ता लगाउनुस्” भन्दा ठीक हुन्थ्यो कि??

    Reply
  64. surya says:
    September 27, 2013 at 3:08 am

    कालो कोट लगाउने हरुलै काला अक्ष्येर भैसी बराबर रहेछ …..
    प्रभु उनिहरु को रक्षा गरेर जेल तिर पठदैदेउ

    Reply
  65. kedar says:
    September 27, 2013 at 2:49 am

    हाम्रो प्रधानमन्त्रि हटादेउ भन्दै बिदेशी र देश बाहिरका संगठनलाइ पत्र लेख्नु नै पहिलो गल्ती हो, आफ्नो हैसियेत र सक्ने भए आफुले भने जस्तो प्रधानमन्त्रि आफैं बनाउने थिए नसके पछि अरु सबैले जस्तै यिनले पनी गुहारे, माओबादिले ले त बोलाएर ल्याएर भाषण नै गराए /

    Reply
  66. Suraj Shrestha says:
    September 27, 2013 at 2:45 am

    नेपालको सर्योच्य कानुनविदहरुको यस्तो स्तर देख्दा छक्क मान्नु पर्नु पर्दैन

    किनभने म संग विज्ञानमा स्नातक गर्दा बल्लबल्ल तृतीय श्रेणीमा उतिर्ण हुने र त्रिबिबिमा स्नाकोतरमापनि भर्ना हुन न सकेका अहिले नेपालको सर्वोच्य अदालतको न्याधीस छन्

    किनभने २०४७ सालमा आफन्तहरुले पुनराबेदनको न्याधीसम़ा सोझै घुसाई दिए

    यस्ता हाम्रो प्यारो मातृभूमिमा कति उदाहरण छन् सो को लेख जोखा नै छैन !
    नकाल्ली स्नातकका प्रमाणपत्र हुने बिशिष्ठ श्रेणीमा पुगी नेपाल सरकारको निवृतिभरण खादैछन

    सुरज श्रेष्ठ

    Reply
  67. Shiris says:
    September 27, 2013 at 2:41 am

    यस्ता चिट्ठीहरुमा भन्न खोजेका कुराहरु ठिकसंग प्रस्फुटित भए कि भएनन् भन्ने कुरा महत्वपूर्ण हुन्छन | बाँकि रह्यो भाषिक शुद्धताको कुरा | माथि गलत् expression मा रातो चिन्हले underline गर्ने साथीले पनि स्पस्ट अर्थ्याउने शब्दलाई पनि चिन्ह लगाउनु भएको र केही गलत expression हरु देख्नु भएको रहेनछ |
    उदाहरणको लागि,
    १) औपचारिक र कुटनैतिक चिट्ठीहरु लेख्दा initial address जुन सबैभन्दा माथि दाँया पट्टि छ, His Excellency भनेर नै सम्बोधन गर्ने गरिन्छ | तर जब चिट्ठीको सुरुवात गरिन्छ, Dear Mr. General Secretary नलेखी Your Excellency भनेर सुरु गर्दा राम्रो हुने थियो |
    २) चिट्ठीमा a Chair person of the council of minister लेखिएको छ, जसको शुद्ध रुप यस्तो हुनु पर्छ – the Chairperson of the Council of Ministers
    ३) चिट्ठीमा धेरै ठाउँमा punctuation mistake हरु दोहोरिएका छन् |
    ४) Tense का गलत प्रयोग गरिएका छन् | जस्तै, दोस्रो paragraph को अन्तिम वाक्यमा “….refused to resign and holds….” भन्ने expression मा … has refused to resign and held हुनुपर्ने होइन र?
    ५) “notion of independent judiciary” ले अर्थ दिएकै छ त ! notion शब्दको छनोटमा रातो चिन्ह लगाउनु पर्ने देखिदैन |
    ६) चिट्ठीको तेस्रो अनुच्छेदको सुरुमा “after his appointment…” को ठाउँमा “since his appointment…” हुनुपर्ने |
    ७) अन्तमा, बार यसोसियसनको letter pad मा एक जना भन्दा बढी उपसभापतिहरु भएपछी Vice Presidents र एक जना भन्दा बढी सदस्यहरु भएपछी Members भनेर छापिएको देखियो | तसर्थ ति गल्ति लाई सच्याउनु आवश्यक देखिएको |

    Reply
  68. Bishnu Pantha says:
    September 27, 2013 at 2:34 am

    I accept it’s a shame for the authority to have such a poor English but I don’t understand why did you underline so many words??? There are some mistakes like (Chef instead of chief)but it looks like you don’t know how to write proper English either Mr. Writer!! e.g.- notion – what’s wrong with this word? It’s relevant with the subject matter. First you check your own English before you criticize to other.

    Reply
  69. Bijaya says:
    September 27, 2013 at 2:26 am

    नेपालमा यस्ता संघसंस्थाका पदहरुमा आफ्नो क्षमता भन्दापनि राजनैतिक दलहरुसितको सामिप्यताका आधारमा पुग्ने हुदाँ त्यस्ता व्यक्तिहरुको वास्तविक ल्याकत केहि हुदैन| नेताहरु देशको समस्या सुल्झैदेउ भन्दै भारतको सरणमा जान्छन भनेर हामी बिरोध गर्ने गर्छौ यिनीहरु त झन् एक कदम नाघेर यु एन नै पो पुगेछन| चिट्ठीको अंग्रेजी लेखाई निम्न स्तरको मात्र हैन भर्खरै नेपालमा घटेका घटनाहरु हेर्दा व्यक्तिगत रिस साध्ने उद्धेस्यले पो प्रेरित छ कि जस्तो लॉग्यो|

    Reply
  70. शरद-क्षितिज पारीबाट says:
    September 27, 2013 at 2:21 am

    कैयन तल्लो स्तरको दलाली मानसिकता भएकाहरु कालो कोटमा आफुलाई लुकाएर राजनीतिक संगठनको आडमा अपराधि-गुण्डा नाइके आदि हरु संग वार्गेनिङ्ग गरेर आफ्नो दुकान चालाइरहेका छन् ! नागरिक मंच,मानव अधिकार अनि राजनीतिक मुखुण्डो भिरेका आधारमा कर नतिरी देश लुट्ने, भ्रष्टाचारी,बलात्कारी,अपहरणकारी अनि आतंककारी-अपराधी हरुको पक्षमा मुद्दा लड्ने हरु याहाँ बरिष्ठ अधिवक्ता छन् जसलाई राज्यको कानूनले छुंदैन, जसकोमा अख्तियारले छापा मार्दा दार्चुला बगाउँदा झिङ्गो नमार्ने राष्ट्रपतिको निद्रा भंग भएर चासो व्यक्त गरियो भने यस्ता महान हस्तीहरुको यो संगठनको खोट पत्ता लगाए पनि ‘उहाँहरु नै बौद्दिक अनि बरिष्ठ’ हो हजुर ! हरेक कुरामा राजनीति हावी भएर राम्रा भन्दा हाम्रा मान्छेहरुको उपस्थितिको राम्रो नमूना पनि हो यो पत्र !!!

    Reply
  71. Sanjay says:
    September 27, 2013 at 2:08 am

    Second paragraph has many inaccuracies (rest I didn’t read) – eight rows but only two sentences, inappropriate use of words, space and tense, unparalleled structures…blah blah blah….

    नेपाल बार एसोसीयसन त धेरै ठुलो संस्था हो, यो त अति भयो . जबर्जस्ति कनी कनी लेखेको लेटर रैछ .

    Reply
  72. निशा says:
    September 27, 2013 at 2:08 am

    आफ्नो देशको सरकार प्रमुखलाई हटाइदिनुपर्यो भनेर बिदेशीलाई पत्र लेख्नेहरुको लेखाईमा के स्तर खोज्नु ?

    Reply
  73. Chandra says:
    September 27, 2013 at 1:54 am

    1. Shame on Nepal Bar Association. Politics is not your area. Let the parties do politics.

    2. Too much mistakes in a letter written by the highest organization of lawyers of a country to the chief of UN.
    Shame you again.

    3. You guys are inviting international interference in a fairly internal matter of who should be a Prime Minister and who should be a chief justice. This a lowest level of activity that was not expected from an organization like Nepal Bar Association.

    Reply
  74. binaygharti says:
    September 27, 2013 at 1:52 am

    BAR Association and Nepal Engineers’ Association ले मेरो शिर उचो कहिलै राखेनन् | परियो फेरी दुवै degrees holder.

    Reply
  75. द्रोण says:
    September 27, 2013 at 1:46 am

    यो आफ्नै देस को प्रधानमन्त्री को खिलाफ यु येन वो लाइ लेख्ने चै पिचास हरु नै हुन् |
    देश कै बेईज्जत |
    आफ्नो घरको झगडा मा दुनिया लाइ हासी मजाक बनाउने ?सक्छौ त् आफै आन्दोलन गरेर हटाउ |

    Reply
  76. Krishna Sapkota says:
    September 27, 2013 at 1:28 am

    बारको चिट्ठिमा गल्ती पत्ता लगाउनुहोस । गल्ती नदेख्नेलाई नेपालको कथित शिक्षित नेता, वकिल्, कर्मचारीको पद पक्का । गल्ती पत्ता लगाउने आदरणियहरु चाहिं आफ्नो अत्याधिक कर्म, लगन अनि ज्ञान सहितको शिक्षाले मात्र माथी पुग्नु हुनेछ, तर सधैं सबैले हजुरहरुको खुट्टा तानेको तान्यै गर्नेछन्, तपाईंहरुको ।

    Reply
  77. शान्तिप्रेमी says:
    September 27, 2013 at 12:59 am

    बरू “लिखितम जिल्ला काठमान्डु, ………… बस्ने बर्ष …. को खिलराज रेग्मी आगे … ” भनेर लेख्या भए चाँही शुद्ध लेख्थे होलान् !

    Reply
  78. shree basanta says:
    September 27, 2013 at 12:43 am

    शुद्धा शुद्धि नमिलाएको त धेरै देखियो तेत्रो संस्थाको प्रमूखलाई लेखिएको चिठीमा | एउटा सानो NGO ले नेपालको सरकारलाइ लेखेको पनि येत्ति हुनु हुँदैन भने कसलाई लेखिदै छ त्यसको गाम्भीर्यता र लेखिएको बिषयमा हुन सक्ने प्रतिक्रिया केहि बिचार नगरिकन लेखिएको जस्तो लाग्यो | तेस्तै परे बान कि मूनले नेपालमा रक्सि बेच्ने बारका चिफलाई नेपालमा मन्त्रि परिषद्को अदक्ष्य बनाएछन भन्न बेर छैन | कानून्चीहरुको तेत्रो संस्थाले सिधै महासचिब जस्तो व्यक्तिलाई येसो गरिदिनु पर्यो भनेर देशकै बेइजत हुने खालको एस्तो खोस्टो चिठी पठाउनु भन्दा मेडिया मार्फत उनको बर्तमान हैसियत र हालको नेपालको अवस्थामा उनको महत्व र काम नेपालमै बढी थियो भन्ने संदेश दिएका भए अरुले त्यसै अनुसार उनलाई ब्यबहार गर्ने थिए | हुनत यो पनि शम्भु थापाको फर्ममा राजस्वको छाप बिरुद्ध बार को खेल हो | तर यसबाट तीर आफै तीर आउने जस्तो पो छ |

    Reply
  79. दुर्गा खनाल says:
    September 27, 2013 at 12:33 am

    आफ्नु रास्ट्रीय भाषा नेपाली मै लेख्या भए पनी हुन्थ्यो होला नी पत्र . दोभाषेले अर्थ लगाउथे होला की…….

    Reply
  80. aashish says:
    September 27, 2013 at 12:23 am

    म स्तब्द भए! यो देखेर आत्महत्या गर्न मन् लागो !

    Reply
  81. Prahlad Mishra says:
    September 27, 2013 at 12:11 am

    देश को बेइजज्त गरेर नै छोडे लंघट हरु ले

    प्रह्लाद मिश्र
    सताशी धाम ८ झापा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme