-ऋषि पराजुली-
नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) को साधारण सदस्य भन्न पनि लाज हुने स्थिति आएकोले केही लेख्न बाध्य भएको छु। केही समय पहिले एसोसियसनको नाममा पत्रिकामा विज्ञापन छापेर विज्ञप्ति निकाल्यो। यसको चर्को विरोध भएपछि एसोसिएसनका सदस्य ई. रोहिणी पौडेलले किन यसो गरियो भन्ने बारे बुँदा ध्यान दिएर पढ्ने अनुरोधसहितको ब्लग लेखे। उहाँले पेश गर्नुभएका दलिल हेर्दा अरु छक्क पर्लान्/नपर्लान्, म चाहीँ परेकै हो। उहाँका केही बुँदा हेरौं-
• ट्रान्सफर्मरमा आल्मुनियम राखिएको सत्य हो।
• ५ दिनमा ५०० ट्रान्सफर्मर चेक गर्न कसरी सक्नु?
• त्यहाँ ठिक देखाइदियो त गएको इन्जिनियरको के दोष?
तपाईँ आफै भन्दै हुनुहुन्छ ट्रान्सफर्मरभित्र तामाको ठाउँमा आल्मुनियम छ/थियो। यसको अर्थ यसमा ब्यापक घोटाला छ त्यो कुरामा कुनै विमति रहेन पक्कै पनि।
अर्को कुरा दोषी त्यो कम्पनी र एजेन्ट नै हुन्, ब्यवस्थापकको सामान्य बाहेक… यो कुरा तपाईँ कसरी ग्यारेण्टी गर्न सक्नुहुन्छ ? तामाको ठाउँमा आल्मुनियम- प्राधिकरणका कर्मचारीको सहमति बिनै त्यति ठूलो रिस्क उठाए? म पनि इन्जिनियर नै हुँ, त्यसैले पनि यी कुरामा एक रत्ति विश्वास गर्न सक्दिनँ।
इन्जिनियरले कुनै पनि वस्तु/सेवा परीक्षण गर्दा स्याम्पल कम्पनीले दिएको होइन, आफैले छानेर गरिन्छ। यसले गर्दा केही हदसम्म त्यसमा रहेका त्रुटी भेटिन्छनन्। जब कुनै इन्जिनियरले यो सामान ठीक छ भनेर सही गर्छ, त्यसपछि त्यसको सम्पूर्ण जिम्मेवारी उसकै हुन्छ। होइन भने उसले त्यहाँ आफ्ना असहमति राख्नुपर्छ। सही गरिसकेपछि यसको भित्र के थियो मलाई के थाहा त भनेर पन्छिन कदापि मिल्दैन।
के अब सिभिल इन्जिनियरले बाटो, पुल, घर बनाउँदा त्यहाँको काम हेर्दै नहेरी ठेकेदारले ल्याब टेस्टको लागि तयार गर्ने छुट्टै स्याम्पल (जुन चाहिने जति बलियो हुने गरी बनाइन्छ, यदि काम हेरिएन भने) मात्र चेक गरेर बस्ने त? स्याम्पल लिँदा काम गर्दाकै बखतका सामाग्रीहरु लिएर गरिन्छ जसले गर्दा त्यो संरचनामा प्रयोग भएका सामाग्रीको गुणस्तर थाहा हुन्छ।
यसैले जतिसुकै तर्क गरे पनि त्यसमा समातिएका ब्यक्तिहरु पूर्णतः निर्दोष होलान् म मान्न सक्दिनँ। होला केही साथीहरु, जसले कमिसनवापत केही पनि रकम नलिनुभएको। त्यस कुरामा म सहमत हुनसक्छु तर उहाँहरुलाई व्यवसायिक हिसाबले निर्दोष कसरी मान्न सकिएला? भोलि छानबिनका क्रममा उहाँहरुले अनुचित लाभ नलिएको भए पक्कै पनि सफाई पाउनुहुनेछ। तरै पनि व्यवसायिक हिसाबले उहाँहरु गलत नै हुनुहुन्छ।
इटालीमा केही पहिले मात्र भूकम्प सम्बन्धी गलत प्रक्षेपण गरेको भन्दै छ जना वैज्ञानिकलाई ६ वर्षको जेल सजाय सुनाइयो, यो सुन्दा तपाईँलाई के लाग्छ? के इन्जिनियरहरुले आफूले गरेको काम त्यसभित्र के थियो थाहा भएन भनेर उम्किन पाइन्छ? त्यसको जिम्मेवारी लिनु पर्दैन र?
म अरु धेरै कुरा गर्न पनि चाहन्न। किनकि रोहिणीजीले पनि मैले जस्तै EPP (Engineering Professional Practice) पढ्नु पनि भएकै हो, उहाँको ब्यक्तिगत ज्ञान र सिपको म कदर गर्छु। उहाँ जत्तिको राम्रो विद्यार्थीले यी र यस्ता कुरा पढ्नु भएन होला या बुझ्नु भएन होला म भन्न सक्दिनँ।
कुनै पनि साथीहरु जेल पर्नु वा कुनै अभियोग लाग्नु दुःखद हो, त्यसलाई ब्यक्तिगत रुपमा सहानुभूति राख्न सकिन्छ। तर निश्चित उद्देश्य भएको ब्यबसायिक संस्थाबाट संस्थागत रुपमा यसरी विरोध गर्नु सरासर नाजायज छ।
NEA के हुनुपर्ने त?
नेपाली इन्जिनियरहरुको छाता संगठन भनेर दाबी गरिने संस्था नेपाल इन्जिनियर्स एसोसियसन (NEA) जसको दर्ता सदस्यता संख्या १३ हजार ३८८ छ तर अहिले सदस्यता नवीकरण गर्ने संख्या लगभग ७ हजारको हाराहारी मात्र छ भन्ने सुनेको छु। यहाँ दर्ता गर्नु अनिवार्य छैन तर अनिवार्य दर्ता गर्नुपर्ने सरकारी संस्था इन्जिनियरिङ काउन्सिलमा दर्ता इन्जिनियरको संख्या लगभग २० हजार वरिपरि देखिन्छ। सर्सर्ति हेर्दा धेरै इन्जिनियरलाई अझै समेट्न नसकेको देखिन्छ। विश्वका धेरै मुलुकका यस्ता ब्यवसायिक संस्थाहरु देशमा अध्ययन अनुसन्धानको केन्द्र बन्ने, प्राविधिक नीतिहरु तर्जुमा गर्न सरकारलाई सुझाव दिने, विभिन्न आचारसंहिताहरु जारी गर्ने र लागू गराउनेमा सक्रिय पहल गर्छन्। अमेरिकाका सिभिल इन्जिनियरहरुको संस्था ASCE, जापानको JSCE आदिले गर्ने काम भनेको त्यही नै हो। देशको विकासमा यस्ता संस्थाहरुको धेरै ठूलो भूमिका हुन्छ र हुनु पनि पर्छ। नेपालको परिप्रेक्ष्यमा के यस्तो सोचले प्राथमिकता पाएको छ त?
अहँ छैन। केही सोचहरु जन्मे पनि वामे सर्न नपाउँदै त्यसको अन्त्य गर्ने परम्परा रहँदै आएको छ। इन्जिनियरिङ क्षेत्रको हकहित सुनिश्चित गर्न, देखिएका समस्या समाधान गर्नका साथै देश विकासमा प्राविधिक सहयोग तथा नीति नियम बनाउन मुख्य भुमिका खेल्ने संस्थाका रुपमा दरिनु पर्ने संस्था कस्ता काममा ब्यस्त छ त? यो त हामीले देखेकै कुरा रहे।
यदि यस्तै किसिमका गैर व्यवसायिक मात्र नभएर यसका विपरीत कार्यहरु गर्दै जाने हो भने यो व्यवसायिक संस्था नभई निश्चित स्वार्थी गुटहरुको झुण्ड बन्नेछ। यस किसिमको वातावरण आउन नदिन अहिले नेतृत्वमा रहने साथीहरुले व्यवसायिक मर्यादा बुझ्नु जरुरी छ। तपाईँ अझै पनि छाति फुलाउँदै गर्व गर्दै नहिँडिदिनुस् यस्ता ब्यबसायिक मर्यादा बिपरितका काममा। किनकि तपाईँ हाम्रो पनि प्रतिनिधि हुनुहुन्छ। आगामी चुनाबमा मेरो सबै उम्मेद्वारलाई प्रश्न तपाई NEA ले केही अघि निकालेको विज्ञप्ति सार्वजनिक रुपमा सच्याउनुहुन्छ?
यसले इन्जिनियरहरुको शिर झुकाएको छ। जुनसुकै गुटको होस्, जसले यो काम गर्छ त्यसैलाइ मत दिनेछु। यदि कुनै पनि तयार हुँदैनन भने सदस्यता खारेज गरेर बस्नेछु जसले गर्दा कमसेकम यस्ता बेला मन त दुख्न कम हुन्छ। यदि ब्यवसायिक हिसाबले राम्रा काम कुनै दिन गरेछन् भने त्यस दिन खुला ह्रदयले सक्रिय सहयोग पनि गर्नेछु।
(पेशाले इन्जिनियर पराजुली मनको छहारी ब्लगमा आफ्ना भावना पोख्छन्। )
सम्बन्धित ब्लगः
अध्यागमन कर्मचारी र इन्जिनियर रिसाएर छुट्टी, इन्जिनियर थुने देश विकासमा गम्भीर असर पर्ने चेतावनी
के हो त ट्रान्सफरमर खरिद काण्ड ?
After reading all those sentences we all are also like politicians. May lord pasupatinath help and save and protect us
कहाँ देख्नु भयो लेखक ज्यु हजुर ले राखेको NEA को बिज्ञप्ति मा आरोपित हरु लाई निर्दोष छन् भनेको ? कहाँ छ अ.दू.अ.आ को बिरोध गरेको? NEA को बिज्ञप्ति मा मात्र येती उल्लेख छ कि आरोपित हरु दोषी प्रमाणित नहुन्दै अमानविय ब्यबहार गरिएको मा असहमति प्रकट गरेको मात्र उल्लेख छ त.
त्यो त ठिकै छ जस्तो लाग्छ. अपराधी लाई त अमानविय ब्यबहार गर्न पाइन्न, उनि हरु त आरोपित मात्र हुन्.
लेखक ज्यु, तपाई उनि हरु को ठाउँ मा भए के गर्नु हुन्थियो? निर्दोष हुँदा हुँदै अनुशन्धान को नाम मा जेल हाली सामाजिक प्रतिष्ठा मा आंच आउने काम भयो भने तपाई आफ्नो आत्मसम्मान को रक्षार्थ क गर्नु हुन्छ? आफ्नो संगठन बाट केहि सहयोग को आश गर्नु हुन्न? NEA को यो कदम तेही नै सहयोग हो. यो असहमति मा मेरो पनि सहमति छ.
मैले आरोपित हरु निर्दोष भन्न खोजेको होइन, उनि हरु दोषी नै हुन सक्छन तर अनुशन्धान पुरा न हुन्जेल, र दोष प्रमाणित न हुन्जेल उनि हरु निर्दोष नै हुन्छ. कानुन ले पनि येही भन्छ.
माथि को कमेन्ट हरु पढेर लाग्छ भ्रस्टचारी को आरोप लगाउने बितिकै फासी दिहाल्नु पर्छ. पहिला अनुशन्धान सकियोस, प्रमाणित होस् अनि सजाए दियोस. प्रमाणित भए पछि फेरि NEA ले बिरोध गर्यो भने अनि च्यात्नुस तपाई आफ्नो सदशयता पत्र.
म एक Electrical Engineer हु र Transformers लगायत अरु high voltage equipment मा मेरो लामो experience छ, अमेरिकामा |
प्रथमत यो लेख संग मेरो पूर्ण समर्थन छ| Engineer ले check गरि sign गरेपछि सोहि engineer जिम्मेवारी हुन्छ; यो check गर्न पाएन, त्यो भ्याएन भन्ने कुरा त sign गर्नु अघि भन्ने कुरा हो|| Pressure भयो होला, But that cannot be an excuse.
Transformers typically have steel core and copper windings. These windings are wrapped in craft like paper and emerged in mineral oil. You won’t be able to tell if the transformer has copper or Al windings just from outside. The internal of transformer is pretty narrow and since most of the windings are wrapped, it would be hard to tell after the transformer is already assembled. But that doesn’t mean the detection is impossible. The primary and secondary leads coming out of the tank can be easily inspected. However, the best time to inspect the unit is during assembly. There is not much point in 20 engineers going to the transformer factory post assembly. You can also look at the documentation provided. Third way of finding out is to look at the test results. Every transformers come with their factory test result and you can easily tell if the results are forged or not. The test result will also show whether Aluminum was used or Copper as Cu has better conductivity than Al.
Bottom line is due diligence wasn’t paid and from the onset, everybody involved should be held accountable.
PDS
तपाई इन्जिनियर भएको मैले माने अनि तपाई अमेरिका मा हुनु हुन्छ भन्ने नि माने तर तलका केहि प्रश्न को उत्तर दिएमा म खुसी हुने थिय
१. अमेरिका जस्तो देश मा सामान किन्न को लागि सुरु मा इन्स्पेक्सन मा जाने प्रचलन छ कि छैन ?
२. छ भने इन्स्पेक्सन को आधार मा तपाई ले सामान लिनुहुन्छ या चेक जाच गरेर लिनुहुन्छ ?
३. छैन भने के निर्माता को विश्वास मा लिनु भएको हो कि के हो?
४. अनि transformer को Cu. and Al check गर्ने उपाए हरु के के हुन सक्छन ?
तपाईका प्रश्नहरु जायज नै छन्; खै किन हो downvote पाउनु भयो|
उत्तर दिने प्रयत्न गर्छु:
१. अमेरिका जस्तो देश मा सामान किन्न को लागि सुरु मा इन्स्पेक्सन मा जाने प्रचलन छ कि छैन?
>> सर्व प्रथमत त्यो समानमा भर पर्छ| समान कति जरुरि (critical) छ अनि कति महँगो छ तेस्मा भर पर्छ| प्रायस, Transformer हरुको factory inspection मा जानु पर्छ| त्यो भन्दा पनि अघि, Design process मा factory र Engineer को कुरा मिल्नु पर्छ|
२. छ भने इन्स्पेक्सन को आधार मा तपाई ले सामान लिनुहुन्छ या चेक जाच गरेर लिनुहुन्छ ?
Ideal inspection should be pre-assembly (before the shell/core goes inside the tank) and during factory test. Once both inspections pass, we accept the transformer. Most of the time, the vendor is responsible for transportation as well, so the transformers are only accepted once field test (after transportation) is completed.
३. छैन भने के निर्माता को विश्वास मा लिनु भएको हो कि के हो?
निर्माताको विश्वासमात्र तेस्तो critical अनि महँगो कुरा लिने त कुरै आउदैन| येदि Factory Inspection मा जान नपाए Field टेस्ट गर्नु पर्छ| आफुले टेस्ट result नबुझे expert संग consult गर्नु पर्छ, अनि मात्र accept गर्न मिल्छ| यहाँ निर्मातालाइ आँखा चिम्लेर विश्वास गरिन्न |
४. अनि transformer को Cu. and Al check गर्ने उपाए हरु के के हुन सक्छन ?
This could get technical. First you have to inspect the primary and secondary leads coming out of transformer; Al is more maleable and look silver (unless painted red) in color; Cu is tougher and is red/orange. BUt it is possible that the vendor used Al winding and Cu lead (so this test alone is not a complete test). Other than this test, your only resort is to look at factory/field test.
Al has about 60-70% conductivity of Cu(depends upon many factor). Thus it will exhibit higher imepedance than a typical Cu transformer. You need to look at other test characteristics such as SFRA, TTR results and compare it with other similar transformers.
In reality, Al transformers are not useless. They are slightly bigger but are lighter and can provide the necessary voltage transformation. However, they are comparatively more delicate so proper care should be taken while constructing, transporting etc. Similarly they aren’t as forgiving as Cu windings so the connections need to be made very carefully.
NEA should have used a Transformer Consultant through-out the process, certainly before accepting the units.
Hope this helps.
PDS
All that connection point that arre connected to bushings are copper. So in such case how would u diagnose. नाच नजाने आगन टेढो
माथि के लेखेको छ एक चोटी पढेर कमेन्ट गर्नु भाको भए राम्रो हुन्थ्यो |
I have already indicated the primary and secondary leads being copper doesn’t prove that the winding is made of copper. Matter of fact these connection points are covered by bushings and you won’t see it from outside; the only bar you will see outside would be a grounding bar.
In such case, you have to resort to report from factory test or do a field test. If you have enough suspicion, you have to do a sample test, i.e. internal inspection which involves draining the tank. All this could’ve been avoided had the pre-assembly/pre-tanking inspection was done or witnessed.
कुरा एकदम जायेज हो . यो बिसुद्ध राजनीतिक संगठन हो कुनै ब्यबसायिक संगठन होइन, भोट मग्न मात्र उपत्यका बाहिर मुख देखाउने , काठमाडौँ उपत्यका भन्दा बाहिर धेरै इन्जिनियर साथीहरु फिल्डमा काम गर्छन उनिहरुको लागि अहिले सम्म कति वटा कार्यक्रम राख्नु भो त, कति ठाउमा तपाईहरु पुग्नु भो त ? आफ्नो सामाजिक प्रतिष्ठा र मौका मिले विदेश घुम्नु मात्र एसको उदेश्य देखियो .. चोरलाई चौतारी र साधुलाई सुली चडाउने काम बन्ध गर्नुस ताकी अरु सबै पेशाकर्मी इन्जिनियर साथीहरु बद्नाम नहुन .. आम इन्जिनियर साथीहरुको पैसाबाट चल्ने यो संगठनले अहिले सम्म आम इन्जिनियर साथीहरुको (पधादिकारीको होइन ) हितमा के के लाभदाएक काम गर्यो केहि बताउन सक्नु हुन्छ संगठन्वाला हरुले ? यो ब्लगको मर्म जायेज हो .. भ्रस्टलाई कारबाही हुनै पर्छ .. यो पालि भोट मग्न आओस न मात्र यिनीहरुलाई गेटमा छिर्न पनि दिन्न, लुजा त !!!
इन्जिनियर बन्यो एसोसियशनको सदस्य बन्यो कुनै पार्टी संग आबद्ध भएर पदाधिकारीको निर्वाचनमा भाग लिएर निर्वाचन लड्यो जित्यो अनि त्येस्पछी इन्जिनियरको भन्दा आफुलाई समर्थन गर्ने/ आफुले समर्थन गर्ने पार्टीको नेताहरुको पोल्टामा लगेर अझ भनु पाउमा लगेर असोसिय्शन लाई सुम्पियो| अनि के को हुन्थ्यो इन्जिनियर को हित?
Every Profession has it own value, Either Engineer, Doctor, Lawyer, Teacher or Clerk. They have to fulfill their duties with complete responsibilities following the given ethics. If any consequences arises out of their work, or their input they have to take the responsibility. But in our country, due to the absence of constitution they are thinking that whatever they want to do they can do, they are getting well paid for theirs doings either by the company’s or by the government. They will work for the country, & for the society but they will not take the responsibility if anything goes wrong in their duties. for example: I am from a far western hill area, Parbat District. Where temporary roads are digged in the near past. They have taken the route map, they digged the temporary route and after two year again another engineer came for survey, he given the new route map correcting the previous one and again they digged the same route, with 50%modification. Is there anybody to check why the change has done, and anybody care’s how much expenses has been occured while modifying, and is that modification actually required. No body, but villagers are thinking that its good, because they dont know the basic from where those expenses comes.
This Electric , Electronics , Computer , IT etc. other than Civil Engineer are not Engineers they are only skilled labors
राम्रो चुटकिला
ढुंगे युग बाट आउनु भएको हो को क्या हो कृष्णमाया जी
हेलो नेपालमा इन्जिनियरहरुलाई बलजफती धम्की दिएर बर्खास्त गर्दा त्यसलाई रोक्न NEA ले गरेको काम प्रसम्सा योग्य नै छ । सायद पेशागत सुरक्षाको लागी NEA ले गरेको ठूलो काम मध्ये यो नै एक होला, भलै पीडित इन्जिनियर साथिहरुलाई न्याय दिलाउन सकिएन ।
भ्रस्ट चार गर्नु पेशागत मान्यता होइन्होल विरोध जी . र यसको सुर्क्छ्या गर्नु NEA को कार्य छेत्र पनि होइन होला.
चर्को कुरो मात्र गरेर पार लाग्दैन साथीहरु, एसोसियसन मा समस्या छन् , प्रागिक छामता बिर्धि गर्नु पर्ने छ, एसोसियसन लाइ प्रभावकारी बनाउनु छ, सुन्दै छु बिधान संसोधन गर्ने सहमति हुदै छ रे आशा गरौ राम्रो बिधान बन्ला , सबै समेट्ने खालको बिधान बन्ला , सबैलाई नासमित्ने स्थिति को सिर्जना किन भएको हो भने आफुलाई लोकतन्त्र को मसिहा ठान्ने वर्ग बाट नै प्रा या जशो फरक बिचार राख्ने हरु लाइ निषेध गर्ने परि पाटि हो ..बिधान संसोधन गरौ भन्दा बरिस्ठ इन्गीनियर सर हरु जसको बोलवाला थियो र छ ले गत वर्षा प्रस्तुत गर्नु भएको रबैया देख्दा मलाइ पनि एक इन्गीनियर भन्न लाज नै लागेको थियो तर तेस्कै लागि अहिले केहि साथि हरुले आफ्नै संस्था मा तालाबन्दी को स्थिति निम्ताउनु पर्यो , खएर जे होस् अभियान जारि राख्नु पर्छ , साथि हरुलाई परेका पिर मर्का ब्रिटि बिकास , छामता बिकास र अन्याय मा परेकालाई साथ् दिनु पर्छ, हामि संग ताजै छ केहि नगरेको भन्न मिल्दैन, हामि त्यो बेला कलेज पद्द ६२/६३ को जना आन्दोलन मा ने इ ये ले नेत्रित्वोदायी भूमिका खेलेको थियो, er नबराज बिष्ट सहिद प्रकरण , hellow नेपाल मा साथि हरुलाई साथ् दिने कार्य हरु लहयेत काम हरुको सुरुवाती गरेकै हो, हो पूर्ण छैन तर सुधार आबस्यक छ, यो हाम्रो आफ्नै हो, आफ्नो बनाउनु प्रछा, हाम्रो संस्था पनि वोकिल को जस्तो, डाक्टर को जस्तो प्रभाबि बनाउ नु आबस्यक छ , तेस्को लागि हामि हरु यक आपस मा हिलो छ्यापेर सम्भब छैन र अहिलेको आबस्यकता भनेको दलगत स्वार्थ त्यागेर हामी पेस कर्मी हरुको बृहत भानात्मक एकता नै हो ..मलाइ तेस्तो लाग्छ
१३ हजार ३६८ दर्ता वाल इन्जिनियरहरु हरु मध्ये ७ हजारले नविकरण गरे त्यो पनि आफ्नो पैसाले होइन, आफुलाई भोट हाल्नेहरु मध्ये बाट राजनैतिक पार्टीका सम्बन्धीत इन्निनियरीङ कमिटिहरुले आफ्नो पैसा हालेर सदस्यहरुको घर र कार्यलय बाट कार्ड सँकलन गरेर नविकरण गराईरहेका छन् । आफ्नै पैसा हालेर NEA को कार्यलयमा नै गएर नविकरण गर्नु पर्ने भाको भए, १-२ सय भन्दा बढीले नविकरण गर्ने थिएनन् ।
किन गर्दैनन् नविकरण?
***********************
नेपाल इन्जिनियरीङ काउन्सीलको सदस्यता जस्तो NEA को जस्तो सदस्यता होइन । काउन्सिलले दिने भनेको लाइसेन्स हो । जुन कुनै कम्पनिमा काम गर्नको लागी पनि इन्जिनियरीङ लाइसेन्स चाहिन्छ तर एसोसियसनको सदस्यता भएको हुनु पर्दैन । उल्टो एसोसिएसनको सदस्यता लिएर सकृय रुपमा लागेको छ भने कुनै राजनैतिक पार्टीको पछि लागेको रैछ भनेर निजि कम्पनिहरु ले काम दिन आनाकानी गर्छन् । एसोसियसन विसुद्द राजनैतिक दलहरुको सँगठन हुन पुग्यो र आफ्नो आफ्नो पार्टीको सदस्यहरुलाई काखी चेप्ने गर्न थाल्यो त्यसैले यस प्रती आम इन्जिनियरहरुको आकर्शण घट्दो छ ।
भ्रष्ट्राचार जोगाउने बक्तब्य पनि त्यहि राजनैतिक पार्टीको आडमा आएको हो । यदि आफ्नो पार्टिको सदस्यहरु कार्वाहीमा परेका छन् भने कडा बक्तब्य निकाल्ने अनि अर्को पार्टीको सदस्य कार्वाहीमा पर्यो भने मौन बस्ने ।
प्रसंग बस :
——————————–
-शाखा अधिकृत
-लेखा अधिकृत
-प्रहरी-सैनिक अधिकृत
-सरकारी वकिल
-B.Ed. गरेको शिक्ष्यक
-इञ्जिनीएयर
-डाक्टर
सबैलाई एकै दर्जा – एकै तलब सुबिधा दियिने परिपार्टी हामि कहा अझै छ /
के यो परिपार्टी बैज्ञानिक छ त् ?
उक्त पद प्राप्त गर्नको लागि गर्नु पर्ने मिहिनेत-ल्याकत र काम को प्रकृति हेरेर पो तलब भत्ता निर्धारण गरिनु पर्छ त् होइन र ? सबै राज पत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) सो सरह भन्यो अनि हचुवामा तलब दियो यस्तो प्रचलन नै गलत छ /
यसो दाया बाया (परदेश तिर) तिर हेरम त्,
एउटा इन्जिनीयारको ३५ हजार तलब हुन्छ भने
एउटा राज पत्रांकित प्रहरी अधिकृतको तलब २५ हजार हुन्छ
एउटा डाक्टरको ५० हजार हुन्छ भने
एउटा सरकारी वकिल को तलब १ लाख हुन्छ,
यस्तो प्रचलन न्याय संगत र बैज्ञानिक छ भनेर मान्दा मान्दै पनि हामी कहाँ यस्तो प्रचल नै छैन किन ?
भनेको के ta तलब कम भो भनेर घुस खान पाउनु पर्छ भनेको हो महासय ????/
होइन प्रभु
तलब कम भयो भने घूस खाने सम्भावना बढ्छ भन्नु खोज्या हू
वा
ठिक ठिकै खालको तलब पाए गुन्द्रुकको झोलमा जात फाल्दैनन कि जस्तो लाग्छ
रातो औलाको मुशलधारे बर्षा गर्नु हुने बन्धु हरुलाई:
———————————————————
आदर्शको कुरो मात्र गरेर हुन्न,
ब्यबहारिक कुरो गर्नु पर्छ
तपाइहरु निस्वार्थ मन ले छातीमा हात राखेर सोच्नुस त्
MBBS गरेर डाक्टर बन्न वा
BE / B,Sc गरेर इन्जीनियर बन्न जति मिहिनेत गर्नु पर्छ वा प्रवेश पाउनु नै गाह्रो छ वा आर्थिक लगानी-समय लाग्छ, BA-B COM पास गर्न तुलनात्मक रूपमा सहज छ /
धेरै लगानी गर्नेले धेरै प्रतिफल खोज्छ नै अनि सहि बाटो नभए पछि गलत बाटो समात्छ, भ्रस्तचारको अंकुरण त्येहिबाट सुरु हुन्छ हुन् त् भ्रस्तचारको मुख्य कारण लगानी फिर्ती मात्र होइन लोभ मुख्य हो तर पनि भ्रस्तचारको लागि बाध्यात्मक परिस्थिति उत्पन्न गरि दिन्छ यस्ता परिपार्टीले/
यस्ता कुरालाई आफ्नो हातमा बहुमत अनि डाडू पन्यू छ भनेर राजनीतिक-प्रशासन-लेखा समुहकोहरुले पेलेकै भरमा नजर अन्दाज गर्न मिल्दैन ………….चेतना भया !!!
तेञ्जिङ्ग जी ले त् खुलेरै भ्रस्ट चार गर इन्जिनिर साथीहरु हो भन्नु भए छ त्. सेवा त जुनसुकै समूह मा रहे पनि स्वच्छ रुपमा देश र जनताको गर्ने होइनर? तपाइको लगानी बढी भयो भन्दैमा भ्रस्ट चार गरेर लगानी उठाउने त होइन नि. कसैलाई इन्जिनियर भएर देशको सेवा गर्ने चाहना हुन्छ त कसैलाई सूचीकर भएर पनि देशको सेवा गर्ने चाहना हुन्छ. व्यापार गर्ने भएत ब्यपरि भए भै हाल्यो नि किन कर्मचारी हुने नि. एउतै कुरा के भने भ्रस्टचार कुनै तह र तप्का बाट पनि नहुनु राम्रो हो. इन्जिनियर हरुले आफ्नो लगानी नै उठाउने हो भने परामर्श दाता भएर आफ्नो सेवाको मूल्य तोकेर बैधानिक रुपमै पनि राम्ररी नै उठाउन नसक्ने भने होइन.भ्रस्ट चार गरेर दुइ नम्बरी बाटोमा जानु पर्ने चाही होइन.
गाबा महाराज
तपाईंले बत्ति मुनिको अँध्यारो भन्ने सुन्न भाको छ?! बत्तिको ओरि-परि घुम्ने कमिलाले बत्ति मुनि पनि अन्धकार हुन्छ भन्ने पत्तै हुँदैन l गाबा जी! सबै जना नेपाली तंपाई जस्तो सम्पन्न हुन्नन् एस अर्थमा हामि नेपाली भनेका हिजो काम गरेर भोलि सम्म खानेमा पर्छौं l घुस खाने घुस्याले जति सुकै सरकारी तलब होस् चित्त बुझाएर बस्न सक्दैन! सर्पलाइ दुध संग मतलब हुन्छ नकि दुधको मात्रा संग l हामि जस्तो प्रति-ब्येक्ति मुस्किलले भखर रेमिटेन्सको बलले १४०० डलर भाको मुलुकमा तंपाई कुन आधारले कर्मचारी हरु अनि प्रशाशानिक ब्येक्ति हरुलाई प्रसस्त तलब दिनु पर्छ भन्ने मान्यता बोक्नु हुन्छ? अनि प्रसस्त तलब दिइयो भने पनि भ्रस्टाचार हुँदै-हुन्न वा कम हुन्छ भन्ने कुनै ग्यारेन्टी छ? भ्रस्ताचारिको मात्र मुख हुने अनि के गरिबले चाही मुखमा पट्टि बाँधेर बस्ने? तपाईंको भनाइ अनुसारले त प्रत्येक बिद्यार्थीले टुप्पी कसेर घर जग्गा बेचेर पढेको पैसा पछि सरकारी जागिर खायो भने साँवा-ब्याज राज्य बाटै उठाउनु पर्छ भन्ने रैछ हैन? अमेरिकामा बसेर तेन्हाको झिलिमिली हेर्दै गोरा संग बात मार्दै कमेन्ट ठोक्नु भाको रैछ भने बिन्ति मेरो एउटा अनुरोध तंपाईलाइ- बत्तीमुनिको अँध्यारो बात उठ्नोस उज्यालो तिर, हामीले धेरै गर्न सक्छौ तर गरिब राज्य बात हद भन्दा ज्यादा आशा गर्न भन्दा ब्येक्तिको लेवल पनि त तेही अनुसारको हुन् पर्यो नि l कार्यालय आउँदा घरको काम अनि पत्रिका बोकेर दिन कटाउन आउने अनि तलब थाप्दा कम भयो भन्दै गरिब को खल्ती तिर आँखा गाड्न पाइन्छ? चेतना बाकिलाई हैन गाबा हजुर तंपाईलाइ हुन् जरुरि छ l
एकदम ठिक कुरो भन्नु भो तेञ्जिङ्ग जी | बिकसित देशमा जस्तै सरकारी सेवा भित्रै पनि कामको प्रकृति अनि आवस्यक योग्यता हेरेर तलब सुभिधा निर्धारण गर्ने परिपाटी कहिले सुरु हुने होला ? स्नातक तह पासगरेको भन्यो सकियो |
तर यो लागु गर्न सजिलो त छैन है, आन्दोलन हड्ताल बन्द मारामार कति होला |
तपाइको कमेन्टमा रातो औलाको बाढी देखेर मलाई पनि सारै अचम्म लाग्यो |
बेला बेलामा हाम्रा नेता र बुद्धिजीवीहरुले देश अशफल राष्ट्र बन्नसक्छ भन्थे तर अहिलेको अवस्था हेर्दा राष्ट्र अशफल भैसक्यो. जब गैर राजिय निकाय या राज्यकै कुनै निकाय या पधधिकरिले राज्यको नीति नियम- कानुनको उलंघन तथा अख्तियारको दुरुपयोग गर्दा राज्यको सम्बन्धित निकायले प्रचलित कानुन अनुशार त्यस्ता संस्था वा व्यक्ति उपर मुद्दा चलाउदा या अनुशन्धान मात्रै गर्दा पनि विभिन्न नाममा खुलेका संगठनहरुले यो त्यो निर्दोष छ, हामीले घुसखान पनि पाउछौ, मिसावट गर्न पनि पाउछौ, कालोबजारी पनि गर्न पाउछौ, मान्छे मार्न पनि पाउछौ भन्दै सरकारको घुडा टेकाउछ भने राज्य अशफल भएको होइन?
यो सब हाम्रा लोभी पापी र स्वार्थी नेताहरुले रोपेको बेथितिको परिणाम हो. ५०सौ वर्षदेखि हामी खाली राजनीति व्यवस्था मात्र परिबर्तन गर्न क्रान्ति गर्यौ. अब आउनुस नया क्रान्तिको सुरुवात गरौ. नेता फेर क्रान्ति- अनि मात्र देशमा हुन्छ शुशासन, उन्नति र शान्ति. सबै नेपालीको जयहोस
नेपालको इमान्दार इन्जिनियरहरुलाई आफ्नो पदको मर्यादा राख्न धेरै काम गर्नुपर्ने मलाई लगेकोछ
मैलै सरकारी सेवा सुरु गर्दा जिल्लाको इन्जिनियरहरुलाई एक प्रश्न गर्थे
सो प्रश्न के हो भने: मेरो आमाको रेखदेखमा बनेको हाम्रो पक्कि घर दशको भैसक्यो तर कतैपनि पानी चुहिदैन
तर स्नातक र उत्तोरोस्नातक गरेका प्राविधिज्ञहरुको लागत इस्टिमेट र रेखदेखमा निर्माण भएका धेरै जसो भवन चुहिन्छन
बिस्तारै केहि बर्ष पछि कमिसनतन्त्र बारे एकजना मेरो नातेदार इन्जिनियरले बिस्तारमा कुरा भने पछि यो कमि कमजोरी हाम्रो कर्मचारीतन्त्र र समाजमा जताततै रहेछ भन्ने थाहा पाए
अब यो कुरा खुल्ला गोप्य भै सक्यो
जति नेपाली समाजमा उच्य ओहदा र उच्य शिक्षा भएकाहरु पैसा कमाउनमा माथि माथि
गुजारा गर्नको बहाना अलिअलि खानेहरु भन्दा करोड़ो करोड़ो कमाउनेको जमात नै माथि माथि राजनीति गर्ने, कर्मचारीहरु, ठेकेदारहरु, सामाजिक कार्यकर्ता हरु नै अघि अघि भएको नेपाललाई कसले ठिक गर्ने ?
सुरज श्रेष्ठ
नेपालमा यो कस्तो एकता ?
भ्रस्ट कर्मचारीलाई अरु कर्मचारीले बचाउन खोज्ने
मान्छे मार्ने डाक्टरलाई अरु डाक्टरले बचाउन खोज्ने
भ्रस्ट इन्जिनियरलाई अरु इन्जिनियरले बचाउन खोज्ने
भ्रस्ट वकिललाई अरु वकिलले बचाउन खोज्ने
चोर ब्यापारीलाई अरु ब्यापारीले बचाउन खोज्ने
बदमास पत्रकारलाई अरु पत्रकारले बचाउन खोज्ने
यी Professional हरुको Professionalism छैन ? कि Professionalism भनेको बुझेकै छैन यिनीहरुले ? यी आफै चोर भएकोले होला अरु चोर को समर्थन गरेको अन्यथा जो सुकै होस् गलत काम भनेको गलत काम हो |
यो कमेन्ट अत्यन्तै घतलाग्दो र अर्थपूर्ण छ नेपालको वर्तमान यथार्थ भएकोले यस्तो विसंगति लाइ हटाउनु जरूरी भैसकेको छ |
अन्धो मान्छेलाइ के दिन के रात? २/४ जना ले गर्दा सिंगो संस्था लाइ नै दुर्गन्धित बनाउदै छन् !!!
ऋषि जी को विचार मा मेरो सतप्रतिशत सहमत छ. इन्जिनियर्स एसोसिएशन भनेको “इन्जिनियरिङ क्षेत्रको हकहित सुनिश्चित गर्न, देखिएका समस्या समाधान गर्नका साथै देश विकासमा प्राविधिक सहयोग तथा नीति नियम बनाउन मुख्य भुमिका खेल्ने संस्थाका रुपमा दरिनु पर्ने संस्था” हो. म अझै थपौं : बिदेशमा यस्तो संस्थाको कस्तो भूमिका हुन्छ. कुनै एउटा भ्रस्ट इन्जिनियर को कर्तुतलाई बचाउनको लागि मरिहत्ते लागि परेर होइन समग्र इञ्जिनियरिङ्ग पेश को नैतिक मूल्य र मान्यता सदैब उच्च मनोबल प्रदान गर्न सक्ने क्रियाकलाप र मान्यता राख्नु पर्छ. सकिन्छ भने संस्था को तर्फ बाट नै इञ्जिनियरिङ्ग पेश मा अंच आउने कुनै क्रियाकलाप इन्जिनियर साथीहरु बाट भैरहेको छ कि छैन सो को निरिक्छ्यन गर्ने संयन्त्र तयार गरि कार्यन्वयन गर्न सक्नु पर्छ . इन्जिनियर भनेको देश को मेरुदण्ड हो. र यो पेशा लाई अंच पुर्याउने क्रियाकलाप कसै बाट पनि हुनुहुँदैन .
अनि इन्जिनियर साथीहरुले तलको बुंदाहरुमा विशेस ख्याल गर्नु आफ्नो व्यवशायिक प्रतिवद्दता र नैतिकताको हिसाबले निकै महत्वपुर्ण हुनेछ.
1. hold paramount the safety, health and welfare of the public, the protection of the environment and promote health and safety within the workplace;
(2) undertake and accept responsibility for professional assignments only when qualified by training or experience;
(3) provide an opinion on a professional subject only when it is founded upon adequate knowledge and honest conviction;
(4) act as faithful agents of their clients or employers, maintain confidentiality and avoid a conflict of interest but, where such conflict arises, fully disclose the circumstances without delay to the employer or client;
(5) uphold the principle of appropriate and adequate compensation for the performance of engineering and geoscience work;
(6) keep themselves informed in order to maintain their competence, strive to advance the body of knowledge within which they practice and provide opportunities for the professional development of their associates;
(7) conduct themselves with fairness, courtesy and good faith towards clients, colleagues and others, give credit where it is due and accept, as well as give, honest and fair professional comment;
(8) present clearly to employers and clients the possible consequences if professional decisions or judgments are overruled or disregarded;
(9) report to their association or other appropriate agencies any hazardous, illegal or unethical professional decisions or practices by members, licensees or others; and
(10) extend public knowledge and appreciation of engineering and geoscience and protect the profession from misrepresentation and misunderstanding.
– extracted from APEGBC Canada
This is the kind of thing that makes me feel that a person working with an engineering title in Nepal is a joke. I think that i agree that it is not possible to differentiate between copper and aluminum winding in a transformer by looking at it in the fully assembled delivered state, that it is like trying to figure out the parts inside the engine of a car by looking at its body and the paint.
But then i do not also agree with the NEA sending its engineers for inspection at a transformer manfacturing plant hoping that it is value added in getting the quality product.
For what i understand it is a responsibilty of the quality assurance department of the supplier to make sure that they deliver the product as they promised per the CONTRACTUAL AGREEMENT and it is the reponsiblity of the buyer’s quality assurance dept and inspection to make sure that the item that they are recieveing is in agreement with the CONTRACTUAL AGREEMENT. There is no point in asking anyone “WHAT WOULD YOU HAVE DONE, IF IT HAD BEEN YOU STANDING IN MY POSITION”. If someone were to ask me that question, my answer would be I would raise the issue and NOT AGREE TO GO CHINA TOUR until I know that I have sufficient knowledge and resource to do what i am assigned.
If an engineer cannot perform his duty in a responsible manner then he should not be an engineer. Getting an engineering degree does not make a person an engineer. How well he performs in the working field matters more. If a doctor starts setting up a track record of killing his patients due to his negligance and starts asking the janitor of the hospital WHAT WOULD YOU HAVE DONE IF YOU WERE IN MY PLACE..then what would you think of such a doctor? Dont you think that he should be stripped off of his medical practitioner certificate?
हाम्रो देश को समस्या नै येही हो, resoponsibility भन्ने कुरा नै छैन. रामेले बिगारे श्यामेको दोष, श्यामेले बिगारे च्यामेको दोष, च्यामेले बिगारे झ्यामेको दोष. झ्यामेले बिगारे नेपालमा जन्मियो, आफ्नै दोष.
त्यो बक्तब्य भनेको भ्रस्टाचार लाइ बढावा दिने बाहेक अरु केहि पनि होइन . त्यो चेक गर्न जाने इञ्जिनिएर ले पूर्ण जिमेवारी लिनु पर्छ, नत्र भत्ता खाएर के गर्ने गएको त दिन दिने. अलि कति आफ्नो प्रोफेसन को पनि ख्याल गर्नु पर्ने हो . घुस खाने र घुस दिने दुवै भ्रस्ट्राचरि हुन् भने जस्तै ति दोषी हरु लाइ कडा भन्दा कडा कारवाही गर्नु पर्छ र सम्पूर्ण भ्रस्त्राचार बाट जोडेको सम्पति जफत गर्नु पर्छ अनि मात्र नेपाल मा केहि हुन्छा. नत्र रात दिन भ्रस्त्राचार नै भ्रस्त्राचार बाहेक केहि पढ्न र सुन्न पाइदैन .