-प्रमिला अधिकारी-
ढकढकढक !
आइतबार त्यस्तै मध्याह्न साढे १२ बजेको थियो होला। मेरो कोठामा कसैले ढक्ढकायो।
‘को हो ?’ मैले सोधेँ।
‘म हो, खोल्नुस् न,’ एक अपरिचित महिलाको आवाज आयो। ढोका खोलेर हेरेको त त्यस्तै २२/२३ वर्षकी एक युवती रहिछिन्।
म शंखमूलको एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेकी छु। घरमा अरु पनि भाडामा बस्नेहरु छन्। तर यो समयमा प्रायः सबै नै घरबाहिरै हुन्छन्। घरको मूल ढोका ‘लक’ गरिएको थिएन। तर सामान्यतया बन्द नै हुन्छ ढोका। उनले पहिले घन्टी बजाउन सक्थिन्, अनि बल्ल अनुमति लिएर माथि आउन सक्थिन्। तर तिनी अपरिचित घरमा सिधै छिरेकी रहिछिन्।
ढोका खोलेँ र सोधेँ- कुरो के होला ?
तिनले मेरो हातमा एउटा अलि पुरानो फोटोकपि गरिएको ‘आर्थिक सहयोग गरिदिने बारे’ भन्ने लेखिएको पत्र थमाइदिइन्। लेटरहेड ‘अभियान केन्द्र’ कुसुन्ती –१३ को नामको थियो।
केको लागि भनेर सोध्दा उनले भनिन्- “अनाथ बालबालिका हेर्ने संस्थाको लागि।”
यो संस्थाको मुख्य मान्छे को हो ? मैले सोधेँ।
उनले त्यही पत्रमा लेखिएको उमानन्द अधिकारीको नाम हातैले देखाइन्।
म उक्त संस्थाको वास्तविकता या भनौं भने ती युवतीको नियतबाट आश्वस्त हुन सकिनँ र त्यही पत्रमा लेखिएको उमानन्द अधिकारीको मोबाइल नम्बर टिपी उनलाई फर्काइदिएँ।
उनलाई फर्काइदिएपश्चात धेरै बेरसम्म मनमा खुल्दुली भइरह्यो। शंका उपशंकाहरु उब्जिरहे। म एक सामान्य महिला, वास्तविकता खोतलेर सत्यसम्म पुग्न पनि समय र साधनको कमी छ। त्यही शंकालाई ‘माइसंसारमा’ पोखिदिए त्यसको वास्तविकता अगाडि आउँथ्यो कि भन्ने लागेर लेख्न थालेँ। म बुँदागत रुपमा मेरा शंकाहरु तल उल्लेख गर्दैछु।
• सञ्चारका यति धेरै माध्यमहरु हुँदाहुँदै पनि किन सहयोगका लागि घर-घर चहारिन्छ, त्यो पनि दिउँसोको समयमा जतिखेर प्राय: मानिसहरु अफिस, स्कूल, कलेज गएका हुन्छन्? पत्रपत्रिकामा एउटा समाचार पढेर सहयोग गर्नेहरु थुप्रै हुन्छन्। अझ विदेशमा रहनुभएकाहरुको सहयोगले पनि कति जनाको जीवन परिवर्तन भएको पढिएको छ, सुनिएको छ। यदि उक्त संस्था साँच्चीनै अनाथ बालबालिकाको लागि भएको भए, आर्थिक सहयोगको लागि अपरिचितको कोठा-कोठा ढक्ढकाउनु ठिक हो र ? के अहिलेको समयमा अरु विकल्पहरु छैनन्?
• हामीले दिने सहयोग ठीक ठाउँमा र जेका लागि दिइएको हो, त्यही प्रयोजनका लागि प्रयोग हुन्छ भन्ने आधार के हो?
• मिहिनेतको कमाई खुलेआम कसैको ठगिखाने भाँडो त बन्दैछैन?
• ती किशोरीले पहिले घन्टी बजाउन सक्थिन, अनि बल्ल अनुमति लिएर माथि आउन सक्थिन्। तर तिनी अपरिचित घरमा सीधै त्यसरी छिर्नु कहाँको नैतिकता हो?
मैले एकजना कुसुन्तीतिरै घर भएको साथीलाई फोन गरेँ। उसले पनि उसको घरमा विभिन्न बहानामा आर्थिक सहयोग लिन आउने कुरो बतायो। अझ थोरै दिए रिसाउने र स्वीकार नगर्ने पनि सुनायो।
‘अभियान केन्द्र’ को वास्तविकताप्रति म पूर्ण रुपमा अनभिज्ञ छु। मेरो आशय यसलाई बदनाम गर्नु पनि होइन। उक्त संस्थाको नाम मात्रै लिएर ती किशोरी उनकै फाइदाको लागि पनि आएको हुन सक्छ। यो घट्नालाई मैले एक उदाहरणको लागि पेश गरेकी हुँ। यसबारे तपाईँलाई केही थाहा भए जानकारी दिनुहोला। तपाईँले पनि यस्तै भोग्नुभएको छ कि ? तल कमेन्टमा जानकारी दिनुहोला।
चोरीजस्ता आपराधिक क्रियाकलापमा संलग्नले पनि यस्तो कुराको फाइदा उठाएर समाजमा अझ बढी असुरक्षा बढ्न सक्छ। आम जनताको जीउधनको रक्षाको लागि पनि यस्ता गतिविधिमा लगाम लगाउनु अत्यावश्यक देखिन्छ। हेर्दा सानो लाग्ने विषयलाई नजरअन्दाज गर्दा त्यसले ठूलो रुप लिन सक्छ।
[अधिकारीले यो जानकारी [email protected] मा पठाएकी हुन्। तपाईँ पनि आफू वा आफू वरपर भएका यस्तै वा फरक घटनालाई माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]
अपाङ्ग पुनस्थापना केन्द्र , नेपाल लेखेको रशिद लिएर मेरो घरमा पनि यहि २०७०साल भाद्र १४ गते कमल नाम गरेकी केटि चन्दा माग्न आएकी थियिन. सोधी खोजि गर्ने समय मा संग थिएन .त्यसैले १०५ चन्दा दिएर पठाए. रसिदमा हेड ओफ़िस गोकर्ण १ काठमाडौँ लेखिएको छ.सस्था सहि हो कि होइन ?थाहा छैन .सदुपयोग भएको भए त राम्रै भयो. माथिको कुरा पड्दा त ठगिएकी जस्तो पो लाग्यो.
यस्ता धन्दा त नेपाल अझ काठमाडौँ मा कति हो कति फलेका छन् भने भनि साध्य छैन .कहिले सुन्धारा वरिपरि मानवता नै धर्म हो ,आफु पनि बाचौं अरुलाई नि बचाऊ भन्ने अति मुल्यवान नारालाई भजाएर ठगि गर्न बसेको जस्तो लाग्छ तेती मात्र कहाँ हो र ?कहिले लाटो बनेर कहिले छोरीको बिवाह को लागि भनेर कहिले पढ्न भनेर आदि आदि बहानाले सहयोगको माग गर्दै बजारमा छ्याप्छ्याप्ती पाइन्छ …..काठमाडौँका बजार गल्लि ,बसपार्क अनि यस्तै अरु पर्यटकीय स्थान हरुमा पनि हामी नेपाली लै मात्र होइन कि टुरिस्ट समेत लै ठग्न भ्याएको देखेको छु मैले …..एक दुइ ठाउमा त मैले सहयोग दिन नमानेपछि नानाथरिका सरापका बचन नि सुन्याछु
चन्दा दिनुपर्छ तर कस्तोलाई जसको शारीरिक रुपले काम गर्न असक्छ्म छन् भने र बाटो मा पशु हरुलाई केहि खाने कुरा किनेर दिएमा राम्रो हुन्थे जस्तो लाग्छ !
यो सद्दे मान्छेहरुलाई चन्दा दिनु त महापाप हो यिनीहरुलाई भुलेर पनि दिन्न हुन्न!! मलाई धेरै चोटी ठगि सक्यो. कहिले अनाथको लागि भनेर / कहिले कलेजबाट / कहिले गुम्बा /मन्दिर बनाउछु भनेर कहिले औषादी उपचार को बहानामा | अब त चन्दा को सुन्दै रिश पो उठ्छा. अ अ दिन्न लागे लगोश पाप न शाप !!!
अन्त्यमा अहिले चन्दा माग्ने हरु तरुनी मात्र आउछ होसियार मायाजाल मा पर्ल्ला है \ पहिलो अंकल नमस्ते भनि हल्छ जसले नमस्ते फर्कायो उ डुब्यो भने पनि हुन्छ.. सुने पनि न सुनेको जस्तो गर्नु है….. हर हर महादेव !!
यस्तो सहयोग माग्ने त दिन भरि नै आइ रहन्छन . नियत बुझ्न नै गारो भयो .
माइ संसार ले यि र यस्तै खाले तर धेरै ठुलो मात्रा मा हुने आर्थिक कारोबार को पारदर्शिता को बारेमा एउटा खोजमुलक सामाग्री प्रस्तुत गरे उपयोगी हुने थियो। म जस्ता हुँदा खाने बाट सन्कलन गरिएका सहयोग रकम आफ्नो बिदेश भ्रमण को सोख पुरा गर्न र आफ्नो नाम चम्काउन मात्र प्रयोग गरेको धेरै देखेको छु।
भ्रस्टाचार को जरो भनेकै यहि हो ! अपार्दर्सी पैसा को लेनदेन लाइ नै भ्रस्टाचार भनिन्छ ! “सोसियल वेलफेयर” या येस्तै कुनै एक आदिकारिक सस्था लाइ मात्र सहयोग या चन्दा कानुनतः उठाउन दिनुपर्छ ! चन्दा एक दान कर्ता ले त जति नि दिन सक्ने भयो तर उठाउने र कसै संग माग्ने हो भने अधिकतम १० रु मात्रै मागिने गरिनु पर्छ ! त्यो पनि त्यो आधिकारिक सस्था को आदिकरिक व्यक्तिले मात्र ! पैसा को आवस्यक परेका सामाजिक सस्था हरु ले सिधै व्यक्ति संग होइन त्यो आदिकारिक सस्था संग कारण र सम्भावित खर्च को विवरण देखाई डोनेसन माग गर्नु पर्छ ! गरिब छ, एस्तो छ, उस्तो छ भनेर व्यक्ति बाट व्यक्ति लाइ दियिने चन्दा पनि एक किसिम को भ्रस्टाचार नै हो !
एक पटक को कुरा हो/ २०३६ मा मा जमल मा तम्पू कुरिराखेको थिए / तम्पू को भाडा पचास पैसा थियो/ म संग मेरो भदा बाहेक ५० पैसा रहेछ र दिएको त , त्यो मानिस ले भन्यो “मानिस हेर्दा एस्तो छ ५० पैसा दिन्छा” पैसा पनि लियो गालि पनि गर्यो / तेस पछि मलाइ एस्तो कुरामा संका लग्छ/ येदि मानिस आफु भदा बलियो र संकुला छ भने टाढै बस्नु बेस/ यिनीहरु लुटेरा पनि हुन्छन/
बन्धुहरु, मेरो कुरा चाहिँ अलिक फरक छ है, नरिसाउनु होला | ती युवतीले ढोकाको बेल बजाइनन अरे, बत्ति गएको बेला पर्यो कि ? अब यो कम्प्लेन गर्ने बैनी माथी तलामा रैछिन, मूल ढोका खुल्लै राखेर, तलबाट बोलाएको सुनिनन होला अनि त्यो आगन्तुक केटी मास्तिर तिनलाई भेट्न चढीछन | सहयोगी हाथहरु खोज्दै खोज्दै उनि हिडेकी रहिछन, आफ्नो लागि पैसा मागेको होइन, संस्थाको लागि | अर्थात उनि फन्डरेजर काममा रैछिन | बेलायत, अमेरिका र विभिन्न देशमा पनि घर घरमा फन्डरेजर आउने गर्छन, उनीहरुलाई फन्ड रेज गरे बापत केहि ज्याला र केहि सूक्ष्म प्रतिशत पनि दियिन्छ होला कतिसम्म उठाउन सके त्यसको अनुपातमा | हुन त ठग र ठगिनीहरु नेपालभरी प्रशस्तै छन् , जता पनि छन्, कसैले इमेल बाट पनि ठगि रहेकै हुन्छन | तर कतिजना थोरै ज्यालामा काम गर्ने फन्डरेजर पनि हुन्छन | बेरोजगारीको यस्तो भयानक स्तिथिमा दुइ चार पैसामा कुनै संस्थाले पठाएकोले गएकी हुन | कम्प्लेन-कर्ताले सबै पाठकहरुलाई चेतना गराउनु भएको पनि राम्रो कुरा हो | तर पनि चन्दा दाताहरुकै भरमा हजारौं एन-जी-ओ र आइ एन जी ओ हरु चलि रहेका छन् विश्वमा | चन्दा दिएको पैसा कसरि खर्च भयो भनेर सोधपुछ गरिन्छ तर सन्स्थासित, न कि बिचरी फन्डरेजरसित | उदाहरणका लागि हेल्प नेपालले पनि करोडौं उठाउँछ र नेपालमा काम पनि गरेको छ तर उसलाई पनि सबैकुराको विवरण पेश गर्न हम्मे नै पर्छ | जे होस्, सतर्कता अपनाउनु पनि पर्छ तर सहयोग नगरे पनि फन्डरेजरप्रति ज्यादै नराम्रो दृष्टिकोण पनि राख्नु हुदैन |
मलाई पनि त्यस्तै एक युवती ले जिल्ला प्रसासन कार्यालयबाट स्वीकृति प्राप्त , नेपाल मानब सेवा संस्था , असहाय अपाङ्ग अनाथ आश्रम , मनमैजु , काठमाडौँ को नाम को रशिद ठम्याई आर्थि सहयोग लागि सकेको छ.
पान न : ३०१६६५९७१, दर्ता न : ५४९ , फोन न: ४३८१५६२
अनाथ हरुको लागि भनेर सहयोग त गरि हाले …ठिक थाउमै पर्य भए त ठिकै हो . तर बास्तबिक कुरो चै क हो थाहै भएन…..कृपया माइसंसार ले कुरो पता लागैयेला कि भनेर कमेंट्स गर्दैछु . यो कुरो चै जडिबुटी नारेफात को कुरो हो हप्ता दिन अघि को .दुइतिन जना युवती हरु आएका थिए
हत्या, हिँसा, तथा अनेकौं असमाजीक तत्तो हरुको जननी भनेकै गरिबी हो,र गरिबी को जननी-भ्रस्टाचार!! भ्रस्टाचार बेस्याबृति भन्दा खतरनाक हुन्छ l देश मा असिक्ष्या,गरिबी,युवा शक्ति को पलायन अनि प्रमिलाजी ले उठाउनु भएको मुद्दा जस्ता समस्या हरु सबै हाम्रा नेता हरुको चरम भ्रस्ता चार बात उब्जेको गरिबी को उपज हो l भोको पेटले न भगवान को भजन गाउँछ न इमान्दारीको बाँसुरी बजाउन दिन्छ तब तेस्को उपाय स्वोरुप मान्छेलाई अनेकौं दाउ हरु खोज्न बाध्य बनाउछ l हाम्रो देश मा कानुन बनाउने दलाल हरुले येहा कानुन को भण्डार खोलेका छन्, तर दुर्भाग्य! त्यो देश जँहा कानुन अनेकौं हुन्छन तेंहा भ्रस्टाचार बढी हुन्छ अनि जनता भोका हुन्छन र भोक मार्ने ई र यस्तै बाटा हरु रोज्छन l भ्रस्टाचार ले पवित्र जननी अपवित्र बनाउदैजान्छ, जब छली राजनीतिग्य हरु मेहनती जनताहरुलाई ढोका दिंदै जान्छन र नाफालाइ खल्तीमा भर्ने क्रम जारि रहन्छ र हामि काम गरिखाने जनता भेंडालाइ जस्तो बेयब्हार गरिंदै जान्छ l हामि जनता थकित तेही भेंडा जस्तो जो संग शक्ति छ तर निरिह थाहा छ इनिहरुले केहि गर्दैनन् र गर्न दिंदैनन l
अस्ति एउटा केटा 5th stage renal failure ( किड्नी फेल) भाको कागज लिएर पैसा माग्दै थियो .. मैले सोदे . कसको ? उसले भन्यो .. मेरो दिदि को .. अनि मिति हेरेको ३ वर्ष अगाडी को .. अनि मैले 5th stage renal फैलुरे (GFR १५% , किड्नी को पानी फाल्ने ) भाको मान्छे अहिले सम्म ठिक हुनुहुन्छ भनि सोदे .. उसले केहि भनेन . … किन भने .. त्यो अन्तिम stage हो अनि दिनदिनै dialysis गरे पनि बच्ने सम्भावना काम हुन्छ .. अर्को उपाय किड्नी नै फेर्ने .. अब के बडी हीरो हुने भनेर .. ५ रुपैया दिए , अनि त्यो भाई लाई ठगेर होइन काम गरेर खाऊ भने … उसले मात्र सुन्ने गरि .. ..
म एउटा सहकारी संस्था मा काम गर्छु । हाम्रो कार्यालय दोस्रो तल्लामा छ। कोही आँखा नदेख्नेहरुको समूहले बनाएको अगरबत्ती किन्नुस् भन्दै आउँछन् ।कोही बाढीपिडित, कोही घर जलेको,भत्केको भन्दै, कोही फलानो अस्पतालमा यस्तो बिरामी छ, कोही बालबालिका सहयोग, महिला ,अपाङ्ग सँस्थालाई सहयोग गर्नुपर्यो भन्छन् । १ दिनमा ५-६ जनासम्म आउँछन् कतिलाई सहयोग गर्नु ।
Discovery channel को उपहार तपाईँलाई परेको छ बधाई छ यो book लिनुस् भनेर थमाईसकेपछि अन्तमा गाडी भाडा कि के भनेर ४-५ सय माग्छन् ।साबुन, तेल, सुटको कपडा, पेन कति कति ठग्ने काईदा !
एकपल्ट दुईजना युवाहरू कंराते प्रतियोगिता र कन्सर्टको एउटाको १000 मुल्य पर्ने ११ वटा टिकट लिनुपर्यो भन्दै आए । हेर्दै डनजस्ता देखिने उनीहरु पहिले त नम्र भएरै कुरा सुरु गरे पनि हामीले भर्खर खोलेको सानो संस्था हो आदि कुरा, कन्सर्टमा पनि जान नभ्याउने र सहयोग गर्न भनौँ या उक्त टिकट किन्न नसक्ने कुरा राख्यौँ, यति गरिसक्दा उनीहरुले आफ्नो असली रुप देखाईहाले । टिकट संख्या केही कम गर्दै गए । आज सहयोग नगर्ने हो भने भोलीपर्सी तिर फुच्चे (उनीहरुकै भाषामा )हरु आएर दुख दिन सक्ने र त्यसको जिम्मेवारी लिन नसक्ने कुरा गरे । अन्तमा २ वटा टिकट जबरजस्ती किन्नुपर्यो ।
त्यसरी सहयोग माग्न आउने कतिपयसंग गा बि स र कता कताको सिफारिस पत्र हुन्छन्, रसिद पनि दिन्छन् तर त्यति हुँदैमा बैधानिक हुने र सम्बन्धित ठाउँमा पुग्ने आधार के त ?
ठिक कुरो राख्नुभयो प्रमिला जी, कतिपयलाई यो कुरा सामान्य लाग्ला, पैसा चाही नदिने अनि माइसंसारमा पोष्टिंग भने गर्ने भन्ने पनि लाग्ला तर मेहनतको पैसा राम्रो ठाउमा जाओश भन्ने जसलाई नि लाग्छ | येतातिर अनुमति बिना प्रवेश गर्ने कामलाई Trespassing भन्छन जुन कुराको छुट्टै नियम कानुन हुन्छा | नेपालीको मन उदार छ, सकेको सबैले सहयोग गर्छन तर तपैले भन्नुभएको जस्तो इन्टरनेट र आधुनिक संचारको सहयोग लिनुपर्यो सहयोग माग्नको लागि पनि |
यस्तो सहयोग माग्न आउने हरु को कमी छैन रैछ । मेरो पानी घरमा यस्ता सहयोग मग्न आउने दिन को ४-५ जान हुन्छन । हप्ता भरी को Receipt हेर्दा त कहिले कही २ वटा कम्पनी को दर्ता नम्बर पानी मेल खान जान्छ । हैरन नै गर्छन् नी इनिहरुले ।
गोवामा एउटा कन्फरेन्स सकाएर मुम्बई हुदै ट्रेन मा नेपाल आउदै थिए गोरप्पुर को ट्रेन मा. एउटी राम्री केटि आइ (१५/ १६ वर्ष कि ) एउटा पेपर समातेर पैसा माग्दै ….घर छैन, परिवार छैन खाने कुरा छैन …येस्तै येस्तै के के लेख्या थियो ….. मैले एक रुपिया को सिक्का दिए उ रिसाएर मलाई पाच रुपियाको नोट दिएर गइ, फिर्ता गर्न खोजेको लाग्दै लगिन . मैले पनि त्यहि नोटले ट्रेनबाट झरेपछि बाहिर आएर चिया खाए . 🙂
मेरो घरको धाराको टुटि हराएको पनि यस्तै कसैले गर्दा हुन सक्छ |
कानुनका रक्षक कम्जोर हुँदा हामी जनताले भोग्नु पर्ने हुन सक्ने एउटा उदाहरण हो यो |
चाडपर्वको मुखमा फोटा देखाउदै माग्ने, पूजा गर्छैा भनेर माग्ने , गाविसको २/४ बर्ष अघि सिफारीस गरेको कागज देखाएर माग्ने, हस्पिटलको रिपोर्ट देखाएर माग्ने त कति छन् कति झन् । तर म त्यस्ता रिपोर्ट र कागज बनाइदिने संग पनि यो अाग्रह गर्दछु की त्यसता कागजातमा कहिले सम्म लागु हुने त्यो मिति पनि उल्लेख हुनु पर्छ । म त म्याद नभएका त्यस्ता कागज बोक्नेलार्इ पैसा नै दिन्न । के थाहा जसको नाममा पैसा माग्दै हिड्या हो त्यो अहिले सम्म निको भइसक्यो की वा यो लोक छोडेर परलोक नै भइ सक्योकी ? फेरी अर्को अचम्म छ लेख्ने कपि पनि बोक्या हुन्छ अनि पैसा दिएर लेख्न भन्यो भने यति दिनोस यो भन्दा कम त लेख्दिन पो भन्छन् बा । घर चाहि गाँउ तिर भएकोले घरमा अाएको थाहा छैन तर पसलमा दैनिक जसो नै अाउछन् । त्यस्तो हुदाँ कहिले काँही साच्चै सहयोग पाउनु पर्नेले पनि नपाउन सक्छन् ।
युवतीको नियत नै के हो म जान्दिनँ । तर परोपकारी संस्थाहरूले ब्यक्तिका घरघरमा पुगेर हैन सार्वजनिक ठाउँमा कार्यक्रम गरेर चन्दा संकलन गर्दा धेरै राम्रो हुन्थ्यो । यदि सहयोग उठाउने नाममा कुनै पनि ब्यक्ति ठगी कामका लागि आएको शंका लागेमा सिधैं प्रहरीकोमा खबर गर्नु राम्रो होला ।
अधिकारी जीको जस्तै मैले पनि भर्खरै एक हप्ता अगाडि भोगेको घटना पोख्न चाहान्छु । म मेरो घर चपलीमा माथिल्लो तलामा बस्छु । एक दिन दुइ जना २० २१ वर्षका देखिने यूवतिले घरको घन्टी बजाए र हामी नगरपालिकावाट हौ घरपेटी हुनुहुन्छ भने मैले म नै हु भने र उनीहरुले तल बोलाए म तल गएँ र वल्ल उनीहरुले हामी नगरपालिकावाट स्वीकृत लीएको सँस्थावाट हो। हामी मजमैजूमा रहेको अनाथ वालवालिका गृहबाट हो । सहयोग गर्नू परो भन्दा मलाइ एक मनमा रीस उठ्यो अर्को मनमा हाँसो पनि । यो एक उदाहरण हो । यस्ता धेरै मानिस घरमा अउने गदृछन ।
बाटोमा हिदिरको बेलामा कलम किन्दिनुस, पेन किन्दिनुस भन्दै अउचन मलाई त सार्है दिग्दार लग्छ खाली समयको मात्र नाश गरौछान कृपया यस्तो नगरिदिनु होला भन्न चाहन्छु !
खै मलाई पनि तेस्तै लाग्छ, दर्बार मार्ग अनि ठमेल जाने बाटो मा पनि “By the student,for the student” भन्दै पुस्तकालय खोल्ने भनेर बसेका हुन्छन . हामि लाइ कसरि था हुन्छ कि हामी ले दिएको पैसा ले पुस्तकालय नै बन्छ भनेर . कसै ले यसको बारे मा पनि लेखे हुने