Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी राजनीतिमा नेपाली?

Posted on September 17, 2013 by mysansar

बासु श्रेष्ठ
उडव्रिज, भर्जिनीया

नेपालीहरुले सात समुद्रपारको यात्रा गर्न थालेको निकै भइसकेको छ। त्यस्तै त्यस समुद्रपारको देशको यात्रामा गएर नफर्की उतै घरजम गरेर बस्ने चलन पनि निकै भइसकेको छ। यो कुनै विशेष कुरा रहेन। विशेष कुरा र महत्वको कुरा त के भने त्यसरी बसोबास गरेका नेपालीहरु स्थानिय सँस्कृति तथा राजनितिमा आफ्नो प्रभुत्व तथा प्रभाव के कस्तो र कसरी पार्न सफल असफल भएको छ भन्ने हो । तर नगन्य सँख्यामा रहेका आप्रवासीहरुले तत्स्थानमा त्यस्तो प्रभाव पार्न या जमाउन असफल नै हुन्छन् । तर जब आफ्नो समुदायको सँख्यामा उल्लेखनीय वृद्धि हुन्छ, समुदायमा मानिसका चाहना र आकाँक्षा तथा मागहरुलाई निर्देश गर्न आवश्यक हुन्छ, आफसे आफ व्यक्तिहरु जुरमुराएर यसतर्फ पाइला चाल्न थाल्छन्।

प्रसँग हो सेप्टेम्बर १५ कादिन स्थानिय एक रेष्टुराँमा भर्जिनीया राज्यको वर्तमान महान्याधिवक्ता तथा रिपब्लिकन पार्टीतर्फका भर्जिनीयाको गभर्नर पदका प्रत्यासी केन कुचिनेली तथा नेपाली समुदायको भेटघाट । अमेरिकामा नेपालीहरुको बसोबासमा उल्लेखनीय वृद्धि भएसँगै माथि भनिएजस्तै आकाँक्षाहरुलाई सम्बोधन गर्ने क्रममा भएको यो भेटघाट उल्लेखनीय तथा महत्वपूर्ण रहेको यस पँक्तिकारले अनुभव गरेको छ ।

श्रीधर कँडेलको सक्रियतामा रिपब्लिकन पार्टीका केन कुचिनेलीलाई नेपाली समुदायको विच परिचय गराउने तथा उनको चुनावको प्रचार प्रसारकोलागी ल्याउने काम भयो । यो असाध्य महत्वपूर्ण कार्य हो । गभर्नर पद राज्यकोलागी एक प्रमुख पद हो भने महान्यायधिवक्ता पदपनि उत्तिकै शक्तिशाली तथा महत्वपूर्ण हुन्छ । त्यसकारण यस्तो महत्वपूर्ण पदमा रहेका तथा त्यसभन्दा माथिको पद गवर्नर पदका प्रत्यासी केन कुचिनेली अल्पसँख्यक नेपाली समुदायमा आउनु दुबैकोलागी ‘विन विन’ अवस्था हो भन्दा अतिशयोक्ति नहोला ।

माथि नै भनिए झैँ दिनदिनै बृद्धि हुँदै गएको नेपालीको सँख्याले अब अमेरिकाको राजनितिमा आफ्नो स्थान खोज्ने अवस्था आईसकेकको छ पनि । अब कुनै न कुनै राजनैतिक दलहरुसँग सम्बन्ध राखेर आफ्नो अस्तित्वको जगेर्ना र पहिचान जमाउने बेला आईसकेको छ । अर्थात नेपालीहरुलेपनि अमेरिकी राजनितिमा आफुलाई एक्स्पोज गर्ने बेला आईसकेको छ । त्यसै अनुरुप रिपब्लिकन दलसँग आबद्धता जनाई त्यस दलका केन कुचनेलीलाई नेपाली समुदाय माझ ल्याइएको हो । कसैले यहाँ यो दल र त्यो दल भनेर नाक खुम्च्याउनु पर्ने या फुलाउनु पर्नेपनि म देख्दिन । मूलतः आफ्नो सामुदायिक स्वार्थलाई अगाडि बढाउन सके त्यो नै फलदायी ठहरिन्छ । चाहे त्यो अमेरिकाको जुनसुकै दल होस् ।

त्यसो त दलप्रतिको आस्था व्यक्ति व्यक्तिमा भरपर्छ । तरपनि मलाई के लाग्छ भने केहि औंलामा गन्न सकिने बाहेकका नेपालीहरु स्विँग भोटर हुन् र तिनलाई यसैका रुपमा मैले हेर्ने गरेको छुँ । त्यसकारण कुनै विशेष दलको सदस्यता नलिई जुन दलको एजेण्डा राम्रो र भरपर्दो छ र विश्वासिलो छ उसैलाई भोट दिनेमा नेपालीहरु पर्छन् भन्ने मैले अनुमान गरेँ भने मैले गल्ति गरेको छुँ भन्ने बोध नहोला । त्यसैगरी डेमोक्र्याटिक पार्टीको सदस्यता लिएर या नलिएरपनि त्यस दलकोलागी स्वयँसेवक कार्य गर्ने नेपालीपनि यस भेग लगायत अन्य राज्यमापनि नदेखिएका होईनन् । यसै परिप्रेक्ष्यमा अमेरिकी राजनीतिमा होमिएका नेपाली मूलका दर्शन रौनियार एक ज्वलन्त उदाहरण हुन् |

आजको यस कार्यक्रममा केन कुचिनेलीले नेपाली समुदायप्रति देखाएको सद्भाव र उनले भोटकोलागी गरेको आशा नेपाली समुदाय अमेरिकी राजनितिमा परिचित बन्दै गएको लक्षण हो । यो हाम्रोलागी खुशीको कुरा हो । त्यसो त हालसालै डेमोक्र्याटिक दलका केहि उम्मेदवारहरुपनि नेपाली समुदायमा आएर केहि कार्यक्रम गरेको फेसबुकका केहि पेजमा नदेखिएको होईन । तर सार्वजनिक पदमा बहाल रहेका र गवर्नर पदकै प्रत्यासी नेपाली समुदायमा आउनु मैले कोशे ढुँगाको रुपमा लिएको छुँ । यो कोशेढुँगा पार गर्दा अबका हाम्रा सन्ततीहरुकोलागी आफ्नो परिचय सहित यहाँको मूल धारमा प्रवेश गर्न सजिलो भएको छ या भविष्यको बाटो सुगम हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

भेटघाट कार्यक्रममा आफ्ना मन्तव्यपछि भर्जिनीयालाई आईटि क्षेत्रमा कसरी अगाडी बढाउने सम्बन्धमा, कडा बन्दुक कानुन तथा भर्जिनीया सरकारले नेपाली जस्तो अल्पसँख्यक समुदायलाई रोजगारी तथा व्यवशायकोलागी कसरी सहयोग गर्नेछ भन्ने सम्बन्धमा, शिक्षा सम्बन्धमा, नेपालको राजनितिमा उनको हुनसक्ने भूमिकाका सम्बन्धमा, यातायात सम्बन्धमा, अबैध आप्रवासीहरुलाई प्रदान गरिने भनिएको एम्नेष्टिका सम्बन्धमा लगायतका प्रश्नका जवाफ दिएका थिए ।

गोविन्द गिरी, बासु श्रेष्ठ, रामप्रसाद बस्याल, मेदिनी अधिकारी लगायत अन्यहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए । यसैगरी केन कुचिनेलीको चुनावी कार्यक्रमलाई केहि व्यक्तिले आर्थिक सहयोग पनि गरेका थिए ।

15 thoughts on “अमेरिकी राजनीतिमा नेपाली?”

  1. शशांक लामा, न्युयोर्क says:
    September 18, 2013 at 9:37 pm

    बिदेशमा नेपालि राजनीतिक दलहरुको सम्पर्क समिति खोल्नु भन्दा अमेरिकी राजनीतिमै छिरे बेश होइन र ?यहाँ भएका जन- सम्पर्केहरुले आफ्ना नेताहरु अम्रिका आउंदा बिमानस्थलमा लिन र पुर्याउन बाहेक नेपालि जनताको लागी सिन्का पनि पर सारेको छैन| यस्ता सम्पर्क समितिहरु फगत ब्यक्ती बिशेष उँभो लगाउने प्लेटफ़ार्म पो भएको छ|

    Reply
    1. द्रोण says:
      September 19, 2013 at 1:09 am

      अलि अलि त् आदत से मजबुर भएका पनि होलान कि ? फट्याई गरिरहेको बानि , काम पाइनस बुढी पाडाको भएपनि – – – – भन्या जस्तै हो |

      देश तिर को नेता बा लाइ , बा म त् अमरिकामा सभापति छु भन्न पाइयो |

      Reply
  2. Manoj says:
    September 17, 2013 at 8:29 pm

    नेपालमा अमेरिकाको स्वस्थ राजनीति पो छिराउनु पर्ने हो ? अमेरिकामा नेपाली राजनीति छिराऎयोउ भने के होला ?

    Reply
  3. dharmendra says:
    September 17, 2013 at 5:44 pm

    बल्ल अमेरिकी राजनीतिले गति लिने भो !!! कहिले गराउने भएछन कुन्नि रास्ट्रपति को निर्बाचन !! कतै मङ्सिर ४ मा गर्ने भए कि ?

    Reply
    1. Raja Shrestha says:
      September 21, 2013 at 8:29 pm

      गति हैन अगति लिने भो भन्नु न धर्मेंद्रजी, हाम्रो आफ्नै देशको राजनितीलाई त सुगति दिन सकिरहेका छैनौं , अमेरिकी राजनिती…….? उही क्या…. काम कुरो एकातिर कुम्लो बोकी कतातिर भने जस्तो…………

      Reply
  4. द्रोण says:
    September 17, 2013 at 5:03 pm

    पुर्खाको आसिर्बाद सन्तान ले डाडा काडा काटुन सम्म थियो, डाडा पारि राजनीति गरुन थिएँन फेरी पनि ज्वान कान्छा हरु कसिएका छन् , ल गरि खावो भन्नु पर्छः |

    Reply
  5. Bijaya says:
    September 17, 2013 at 10:10 am

    बासुजी, अमेरिकामा नेपालीहरुको संख्या बढ्दै गएपछि राजनीति लगायतका बिभिन्न क्षेत्रहरुमा उनीहरुको संलग्नता हुनु सामान्य कुरा हो| नेताहरुपनि जहाँ ठुलो समूह छ त्यो ठाउमा गएर भोट माग्न किन पछि पर्थे! नेपालको राजनैतिक स्थितिबाट हामीले सिक्नु पर्ने पाठ चाही के भने मानिसले आ आफ्नो आस्था र विश्वास अनुरुप विभिन्न दल र त्यसका नेताहरुलाई समर्थन गरेता पनि आफु आफु बीच त्यसबाट कुनै वैमनस्यता/फुट भने हुन दिनु भएन| धन्यबाद

    Reply
    1. dev says:
      September 17, 2013 at 2:05 pm

      अब अमेरिका पनि नेपाल जस्तै हुने भयो , नेपाली ले त्यहाँ को राजनीति मा हात हाले पछि.

      Reply
  6. Ananta says:
    September 17, 2013 at 8:56 am

    I hope Nepalese community won’t do Nepali style politics in USA, otherwise the American politics itself will be in danger.

    Reply
  7. rajbhanu says:
    September 17, 2013 at 8:54 am

    अबोर्शनको बारेमा सोधियो कि सोधिएन त? GOP candidates can’t just stop thinking about a women’s uterus while at the same time disapprove gay marriage. It is a GOP paradox that they are against both !
    नेपाली आम जनता जहिले पनि सुइङ्ग भोटरनै हुन् ! एउटा पार्टीमा तल्लिन भएर लाग्न त कार्यकर्ता वा नेता नै हुनु पर्छ | नेपालमा सत्तारुढ दलले जहिले पनि हार्छ किन? भनेको कुरा कहिले गर्दैन ! आम जनता चाहिं जहिले पनि अर्को दलको खोजिमा रहन्छ |

    Reply
  8. Tilak Walahang Rai says:
    September 17, 2013 at 8:33 am

    शुभ समचार पढन पाउदा खुशीलाग्यो । चेतनसिल प्राणीहरूले आफू र आफ्ना समुदायका बचावट र विकासका लागि राजनीति अपरिहार्य छ ।

    Reply
  9. pra says:
    September 17, 2013 at 7:36 am

    बसु श्रेस्ठे जी ले भनेको जस्तो ठुलो कुरा होइन ,केन कुचिनाली नोव ५ २०१३ हुने गोवेर्नेर चुनाव को रेपूब्लिक को औता उम्मेद्रार हुन् र उनी डेमोक्रेट को तेर्री ंचाउलिफ़्फ़े संग प्रतिस्पर्धा गर्दै छन् . त्यसैले पनि त्यो भेला मा गएका हुन् .,NBC को पोल मा उनी पछि परेका छन् उनी .उनको पोस्ट जे भए पनि अहिले उनि गोवेर्नेर को उम्मेदार हुन् .
    मेरो विचारमा नेपाली हरुले आफ्नो उन्नति लागि पार्टी नहेरी स्विंग वोटर हुन सके ,त्यसमा अहिले सबै को भलै नै हुन्छ .

    तिल लाई बनाउदैमा भन्न खोजेको कुरा को अर्थ और्कै हुन सक्छ .ब्लग लेक्दैमा सबै कुरा मेरै ठिक पनि हुदैन.

    मैले नकारात्मक कुरा लेखेको मा माफ पाउ.धन्यवाद
    प्र

    Reply
  10. Daman Singha says:
    September 17, 2013 at 6:31 am

    यो त अंग्रेजी उखान “सुरुङ्ग को अन्त्यमा उज्यालो” वनेजस्तई हो. हामी नेपाली को पोपुलेशन नगन्य (= .०००X%) छ. लेखकले अलि अध्यन गरेर लेख्दा बेस हुन्थ्यो!

    Reply
  11. chandra poudel says:
    September 17, 2013 at 4:09 am

    संधै डेमोक्र्याटको पछि दौडने नेपालीहरु रिपब्लिकनसंग भेटघाटमा नौलो लागेपनि एउटा सकारात्मक पक्षको सुरुवात भएको छ . लिबरल डेमोक्र्याटहरुले ग्रिनकार्ड र आप्रबासि सम्बन्धि लचिलो नीतिको ललिपपले बिशेष मुसलमान र आप्रबासिहरु तथा फुडस्टाम्प र अन्य सुबिधाले काला बर्णका अल्पसंख्यकहरुलाई आकर्षितनै गरेपनि पारिवारिक मूल्य र मान्यता, समलिंगी बिवाह तथा कर्पोरेटमाथि को कडा ट्याक्स लगायतका कुराहरुले दिर्धकालिनरुपमा अमेरिकाको हित गर्दैन, त्यस माथि हामी सामाजिक तथा पारिवारिक सम्बन्ध राम्रो भएका आप्रबासिहरुले यो बिर्सनु हुदैन, खराब पारिवारिक तथा सामाजिक मूल्य र मान्यताको वकालतले भोलि हाम्रो परिवार तथा समाजलाई पनि असर गर्ने छ .

    Reply
  12. Suraj Shrestha says:
    September 17, 2013 at 3:19 am

    नेपालीहरुको अमेरिकामा नागरिक हुने बढ्दै छ
    यस सन्दर्भमा सामाजिक, आर्थिक, संस्कृतिक र राजनैतिक गतिबिधि बढ्नु राम्रो कुरा हो

    दुइ बर्ष अघि प्रारम्भिक (Primary) चरणको अमेरिकको राजनीतिमा उम्म्वेदवार श्री दर्शन रौनियारले नेपाली समुदाय संग चन्दा उठाएको हालसम्म सोको खर्चको हिसाब किताब थाहा छैन

    मेरो बिचारमा आअफ़ो प्रचार प्रसार भन्दा नेपालीहरुको हित र हकमा कमको अमेरिकामा दशको पुराना धनाढ्य नेपाली मूलका नागरिकहरुले खाश केहि ध्यान दिएको समाचार अत्यन्तै दुर्लभ छ

    दुइ दुइ बर्षमा गैर आवाशीय नेपालीहरु काठमाडौँमा सम्मेलन दौरान नेपालीहरुको महान पर्व दशैँ तिहार मनाउने र आफन्त संग भेट्न उत्तम कुरा हुन्छ

    हाल सम्मको हाम्रो गतिबिधि अनुसार राष्ट्रकोलागी दिने कुरामा हामी नेपालीहरु अझ धेरै पछाडी नै छौँ
    यस तर्फ प्रगति भएमा हाम्रा गाउँ सहर तिर प्रेम र सद्भावना बढने मलाई लागेको छ

    सुरज श्रेष्ठ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme