Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपेन्द्र महतोलाई खुल्ला पत्र

Posted on October 15, 2013October 16, 2013 by mysansar

nrn आदरणीय दाजु उपेन्द्र महतो ज्यू,
यो पत्रका साथ यहाँको कुशलताको कामना गर्दछु। शारीरिक रूपले म पनि आरामै छु र आरामको कामना गर्दछु। मानिस शारीरिक रूपले स्वस्थ भएर मात्र हुँदो रहेनछ मानसिक रूपले पनि स्वस्थ हुनु पर्दो रहेछ। दाजु जब जब NRNA को अधिवेशन आउँछ तब तब मलाई तपार्इँको याद आउँछ र मनमा अनेक कुराहरू खेल्न थाल्छन्। अब NRN मा के हुन्छ? अब बन्ने Executive Committee ले कस्तो रूप लिन्छ? साच्चै नै सच्चा व्यक्तिले यस संस्थाको जिम्मेवारी पाउँलान्, कि सँधै स्रोत साधन अनि शक्तिको आडमा मात्रै नेतृत्व घुमिरहन्छ। यस्ता थुप्रै प्रश्नहरू मेरो मनमा आउँछन् र म मानसिक रूपले असन्तुलित हुन्छु।

आदरणीय दाजु,
तपार्इँ र मेरो सम्वन्ध भनेको एउटा पुजारी र मन्दिरको सम्वन्ध हो। सन् २००५ मा अष्टे्रलियाको सिड्नीमा भएको अधिवेशनको उद्घाटन समारोहमा तपाइँले भन्नु भएको थियो। NRN संस्था पवित्र मन्दिर हो र यसमा सबै जाति, भाषा र वर्गको प्रतिनिधित्व हुन्छ र गर्नु पर्दछ। मलाई राम्रोसँग थाहा छ यस संस्थाको जन्मदाता पनि यहाँ नै हुनुहुन्छ। यसरी तपार्इँले जन्माएको संस्थालाई मन्दिर ठानेर हामी कयौँ भाइहरू पूजारीको रूपमा यस संस्थाको विकाशको लागि दत्तचित्त भएर लागेका छौँ।

दाजु, समय धेरै परिर्वतनशिल रहेछ अनि यस परिवर्तन सगै धेरै कुराहरू पनि परिवर्तन भए। अहिले आएर यस पूजारीको आँखा अगाडि यो पवित्र मन्दिर अपवित्र हँुदै गइरहेको आभाश भइरहेको छ। शायद यहाँलाई पनि त्यस्तो लाग्दो होला। यहाँलाई अवगत नै होला जव जव अधिवेशन आउँछ तव तव देश विकाशको कुरा हुन्छ। के देशको विकाश NRN बाट मात्र सम्भव छ? के NRN को लगानीले मात्र देश विकाश हुन्छ? देशको विकाशको लागि पहिला देशका जनताको बौद्धिक विकाश हुनु आवश्यक हुन्छ। हामी जहिले पनि लगानीका कुरा मात्र गर्छौ। अनि सरकारलाई गाली गर्छौ कि देशमा शान्ति छैन स्थिरता छैन त्यसैले लगानीको वातावरण नबनेको। यदि देशमा साँच्चै नै शान्ति र स्थिरता भयो भने NRN ले लगानी गर्न पाउँदैन किनकी विदेशी कम्पनी स्वयं आएर लगानी गरिदिन्छन्। अनि अर्को कुरा तपार्इँले जन्माएको संस्थाले आज १२ वर्ष पूरा गरेर १३ वर्षमा लाग्यो तैपनि संस्थाको न्वारन पनि गर्न सक्नु भएको छैन्। आजका दिनसम्म पनि कानुनी रुपमा संस्था नेपालमा दर्ता हुन नसक्नु भन्नुको मतलब यो संस्था भित्र भित्रै जिर्ण भएर गएको त छैन भन्ने मैले महशुस गरेको छु।

मैले कतै पढेको थिए एकचोटी चाणक्यले भगवानसँग पैसा माग्नु भएको थियो रे तर भगवानले पैसा नदिइकन उहाँलाई सिप र विद्धता दिनु भएछ अनि यस्को महत्व बताउनु भएछ। यहाँ मैले भन्न खोजेको कुरा के हो भने NRNA ले जहिले पनि लगानीको मात्रै कुरा गरिरहेको छ। यसले मलाई NRNA को प्रतिनिधित्व गर्ने व्यक्ति नै प्रमुख लगानीकर्ता हुन् कि भन्ने भान हुन्ा लागेको पो छ। आज देशबाट दैनिक १५०० जना योग्य, कर्मठ र वेरोजगार युवा युवतीहरू विदेशिएका छन्। यदि यही स्थिति रह्यो भने अब गाउँमा लास उठाउने मानिसहरू पनि भेटिदैनन्। यदि यही औसतमा विदेशिने क्रम जारी रह्यो भने अबको ५/७ बर्षमा नेपाल केबल उमेर पुगेका बुढाबुढीहरूको देश भनेर चिनिन्छ अनि त्यसबेला NRN को लगानीको के अर्थ रहन्छ। आज नेपाललाई लगानी भन्दा सिपको खाँचो छ। स्रोतको हैन साधनको खाँचो छ। त्यतातिर यदि तपार्इँले अलिकति ध्यान दिनुभयो भने वास्तविक नेपालको मुहार फेरिन्थ्यो कि जस्तो मलाई लाग्दछ।

दाजुको अगाडि आज मैले अलि धेरै कुरा राखेँ र अरु केहि थप्न पनि चाहान्छु, रिसानी माफ होस्। लगानीको कुरा गर्दा के सबै नेपालीहरू जो ६५ देश भन्दा बढि देशमा छरिएर बसेका छन् तिनीहरू तयार छन् कि केही मुठिभरिका व्यक्तिहरूले यसलाई नियन्त्रणमा लिएका छन्। तपाँईले जन्माएको यस संस्थाले करिव करिब ३ मिलियनको प्रतिनिधित्व गर्दछ यदि यी सबैलाई समेटेर अगाडि बढाइयो भने त पक्कै पनि केही न केही प्रगति हुन्छ होला। यस्तो जनशक्ति लाई ओझेलमा पारेर कसरी हामीले नयाँ नेपालको र्निमाण गर्छौ। मलाई त कहिले काहीँ यस संस्थाको नाम परिर्वतन गरेर NRNNA (NO RICH NEPALI NOT ALLOWED) हुन्छ कि जस्तो लाग्न थाल्यो किन भने जो मान्छे योग्य अनि सक्षम छ र त्यससँग पैसा छैन भने उसले केही पनि गर्न सक्दैन। उदाहरणको लागि अष्ट्रेलियामा NRNA स्थापना काल देखि नै यसको बिकाशको लागि दिन रात काम गर्नु भयो, विभिन्न Project को जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु भयो र नयाँ नयाँ विचारहरू ल्याउनु भयो उहाँले दुई दुई चोटि संस्थामा आफ्नो स्थान सुरक्षित गर्न सक्नु भएन। यसको कारण अरु केही पनि होइन खालि उहाँ कुनै पनि गुट उपगुटमा समावेश नहुनु र कुनै पनि पार्टीको झोला नबोक्नु अनि सरकारी जागिरे हुनु। जुन व्यक्तिलाई अष्ट्रेलिया सरकारले अनुसन्धानमा दक्ष भनेर सम्मानित पदक दियो तर त्यही व्यक्तिलाई NRN अष्ट्रेलियाले सम्मान गर्न सकेन। त्यसमा उहाँको कार्यमा एउटै मात्र कमजोरी थियो त्यो हो दलिय स्वार्थमा अनि विभिन्न गुट उपगुटको कठपुतली नहुनु र आर्थिक चलखेलमा विश्वास नगर्नु।
यसरी दिनप्रतिदिन यस पवित्र मन्दिरमा अपवित्र कार्यहरू भैरहेको अनुभूति भएको हँुदा यस मन्दिरलाई राम्ररी सफा गर्न र उक्त अपवित्र कार्यलाई रोक्न म जस्ता हजारौ पूजारीलाई बल प्रदान गर्नुहुनेछ भन्ने आशा राखेको छु।

विकृतिका केही कारण र उपायहरू

दशैँमा अधिवेशन : यस संस्थाको अधिवेशन जहिले पनि दशैँ लगतै हुने गरेको यहाँलाई अवगत नै छ। यसरी हुने अधिवेशनले “पशुपतिको यात्रा सिध्राको व्यापार” भन्ने उखानलाई चरितार्थ पार्दछ। यस समयमा हुने अधिवेशनले सक्षम नेतृत्व चयनलाई भन्दा शक्ति र पैसाको बलमा नेतृत्व सम्भावना बढी हुन्छ किन भने सच्चा एनआरएनको प्रतिनिधित्व गर्ने व्यक्तिहरूको भन्दा अरु टाकुरेहरूको बाहुल्यता यसमा वढी रहन्छ र जस्को शक्ति बढी छ उसैले नेतृत्व हडप्छ किनकी त्यसबेला सत्ता र शक्तिकेन्द्रमा नेतृत्वमा दावेदारहरूको बास हुन्छ। यदि अधिबेशनको समय २/३ महिना अगाडि वा २/३ महिना पछाडि गरिएमा सच्चा एनआरएन प्रति आस्था राख्ने व्यक्तिहरूको जमघट हुन्छ अनि यसले सही नेतृत्वको चयन गर्दछ। किनकी त्यसबेला दक्ष र पैसाले भन्दा विचारले स्थान पाउँछ।

संस्थामा योगदानको मुल्याङ्कन : आज यो संस्थामा विकृति पैदा हुनु भनेको यस संस्थामा योगदानको मुल्याङ्कन नहुनु हो। चाहे त्यो NRNA NCC मा हो चाहे त्यो NRNA SCC मा होस्। यसको ज्वलन्त उदाहरण NRNA Australia छ। जसमा विभिन्न समय देखि तन मन र धन लगाएर यस संस्थाको विकाशको लागि काम गरेका व्यक्तिहरू पाखा लागि यस संस्थामा केहीपनि योगदान नपुर्‍याउने व्यक्तिहरू विभिन्न कार्य समितिमा विराजमान छन्। यदि यहाँ योगदानको उचित मूल्याङ्कन हुँदो हो त आज यो मन्दिरको निष्ठा आँच आउने थिएन।

कार्यक्षमता र कार्य दक्षताको मूल्याङ्कन :
NRNA मा कार्य दक्षताको मूल्याङ्कनको कमिले आज यस्तो अवस्था भैरहेको जस्तो यस पुजारीलाई लागेको छ। NRNA एक पवित्र संस्था हो र पवित्र संस्था नै रहनु पर्दछ र यस संस्थामा प्रत्येक जिम्मेवार व्यक्तिहरूले निस्वार्थ भएर NRNA को भलाइको लागि कार्यहरू गर्नु पर्दछ भन्ने यहाँको महान वाणी अहिले उचित मूल्याङ्कनको कमीले हाँस्यास्पद जस्तो भैरहेको छ। यदि यो साँचो हँुदो हो त बेलायतमा आज यो अवस्था आउने थिएन। हिजो एउटा पत्रिकामा पढे जसमा अध्यक्ष सहित एउटा कार्यविभाजन थियो। आज फेरि त्यहि पत्रिका पढेँ अर्को अध्यक्षता सहितको कार्यविभाजन थियो अनि वास्तविकता बु‰दा त अर्को मन्दिरको सिलान्यास भएको रहेछ। यो पुजारीलाई त के भयो र पूजा गर्ने मन्दिरको हो चाहे यो मन्दिर चाहे अर्को मन्दिर।

फेरि NRNA भनेको कुनै पुलिसको जागीर होइन। जहाँ सिपाहीबाट हवल्दार अनि हवल्दारबाट असइ हुदै प्रमोसन हुने। यदि साच्चै नै संस्थाको माया छ भने जुन पदमा बसेर पनि काम गर्न सकिन्छ र पदमा नै नबसीकन पनि काम गर्न सकिन्छ। हिजो म सिपाही अब म हवल्दार हुनु पर्छ भन्ने हो भने यस संस्थामा भन्दा प्रहरीमा जागिर खाँदा उत्तम हुन्छ। जुन व्यक्तिले संस्था हाँक्ने सामर्थ्य राख्दछ त्यसको पृष्ठभूमि राम्ररी नियालेर त्यसले साँच्चै नै संस्था हाँक्न सक्छ कि सक्दैन भन्ने विषयमा गहन अध्यायन गर्न जरुरी हुन्छ। यसरी मूल्याङ्कन गरिएको व्यक्तिले मात्रै संस्थालाई राम्रो गति दिन सक्छ। यदि आर्शिवाद र नम्बरका आधारमा मूल्याङ्कन गर्ने कोशिस गरियो भने असल र सक्षम व्यक्ति भन्दा चाकडी र टाकुरेहरूले स्थान पाँउछन्।

इलेक्ट्रोनिक या अनलाइन भोटिंग
माथि नै भनिए जस्तो संगठनमा पैसा तिरेर सदस्य बनउने वा गुटगत स्वार्थमा पुराना र काम गरेकालाई बेवास्ता गर्ने प्रवृतिबाट अहिले कुनै देश अछुतो छैन। यहि सिलसिला केन्द्यि आधिबेशन सम्म देखिएको छ। अर्को तिर खाडी र मध्ये पूर्व देखि अफि्रका सम्मका गैर आवासीय नेपालीहरुलाई समय, पैसा र दुरीको हिसाबले चाहँदा चाहँदै पनि यस अधिबेशनमा भाग लिन सहज छैन । यो प्रविधिको जमानामा हामीले किन इलेक्ट्रोनिक या अनलाईन भोटिंगको बेबस्था नगर्ने ता कि सबै देशका NRNA NCC का पधाधिकारी या NCC ले तोकेका प्रतिनिधिहरुले जुन ठाउँमा भए पनि केन्दि्य अधिबेशनको लागि आफ्रनो सहभागिता जनाउन सकुन।

पदावधी बढाउने :
आदरणिय दाजु, हजुरलाई त अबगत नै छ विदेशमा समय कति छिटो बित्छ भन्ने। पाचौं अधिबेशन अस्ति भर्खर मात्र भएको जस्तो लाग्दथ्यो हेर्दा हेर्दै २ बर्ष वितेको पत्तो नै भएन र छैटांै अधिबेशन आहिरहेको छ। “नेपालको कानुन दैबले जानुन” भन्ने नेपाली उखानको म यहाँलाई के व्याख्या गरौं यहाँ त यसको भुक्तभोगी नै हुनुहुन्छ।
नेपालको बिगत १० वर्षको अध्यायन गर्दा प्रत्येक वर्ष नेपालमा जम्मा ९९ दिन मात्र काम हुन्छ। बाँकी दिन शनिबार, आईतबार, बिभिन्न चाडपर्व, बन्द हडताल, चक्काजाम आदि इत्यादिमा खर्च हुन्छ। NRNA ले नेपाल सरकार संग सहकार्य गरी कार्यहरू गर्ने हुँदा अनि NRNA बिधान अनुसार प्रत्येक बर्षमा १८२ दिन भन्दा बढि पदाधिकारीहरू बिदेशमा बस्नु पर्ने हँुदा अनि “सरकारी काम कहिले जाला घाम” भन्ने मूल सरकारी मन्त्रलाई मध्यनजर गरी अहिलेको दुई बर्षे कार्यावधिमा उपलब्धि आउने सम्भाबना ज्यादै न्यून देखिन्छ। यि कुराहरू हजुरले बिगतका कमिटिबाट पनि हेर्न सक्नुहुनेछ। प्रत्येक दुई वर्षमा अधिबेसन हुन्छ अनि नयाँ नेतृत्य चयन हुन्छ र उसले थालेको कार्यहरू कहिल्यै पनि पुरा नहुदै अर्काे अधिबेसनको दिन आउँछ। यदि पदावधि बढाएमा यसले केही गति लिन्थ्यो र उपलब्धिहरू पनि प्रष्ट रुपमा देखिन्थ्यो।

राजनैतिक दलहरूको प्रत्यक्ष अप्रत्यक्ष घुसपैठ :
आज क्रमसः NRNA को उद्देश्यको ठीक विपरित कार्यहरू भईरहेको छ। विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने उद्देश्यको ठीक विपरित विभिन्न शक्ति केन्द्र र राजनैतिक घुसपैठले जुटाउनेको सट्टा फुटाउने कार्यहरू भइरहेका छन्। चाहे त्यो अष्ट्रेलियामा होस चाहे त्यो बेल्जियम वा वेलायतमा नै किन नहोस। यी त केवल उदाहरण मात्र हुन्। यस पवित्र संस्थाको नाममा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिको लागि नेतृत्वको दावेदारहरू आफ्नो अवधारणाहरू लाई अगाडि ल्याउनुको सट्टा नोटको भेटी बोकी शक्ति केन्द्रमा धाइरहेका छन्। यसरी चयन हुने नेतृत्वले के तिन मिलियनको प्रतिनिधित्व गर्दछ? केबल सिमित व्यक्तिहरूको मात्र प्रतिनिधित्व गर्दछ। जुन आज पनि औंलामा गनिनेछन्।
अन्तमा दाजुको महत्वपूर्ण समय लिएँ भनेर दुःख नमान्न होला, के गर्नु दाजु तपार्इँले थालेको अथवा रोपेको विरुवालाई मलजल हालि हुर्काउनलाई यो भाइले सधै प्रयत्न एवं सहयोग गर्नेछ तर यस्तो शक्तिशाली दाजुलाई यो नाथे भाइको सहयोगले के नै फरक पर्ला? जसरी रोम जलिरहँदा त्यहाँका बादशाहले बासुरी बजाइ रोम जलिरहेको टुलुटुलु हेरिरहेका थिए भन्ने काहबत छ , त्यसै गरि NRNA जलिरहँदा तपाँइले पनि त्यसै गरि टुलुटुलु हेरेर बस्नु हुन्न होला भन्ने म पूर्ण विश्वास गर्दछु। बाँकी भलाकुसारी भेटमा गर्दै गरौला, सानो मुख ठुला कुरा भएमा माफ पाँउ अहिले लाई विश्राम।

प्यारो भाइ
दिनेश जोशी
सिड्नी अष्ट्रेलिया

20 thoughts on “उपेन्द्र महतोलाई खुल्ला पत्र”

  1. Bijaya says:
    October 17, 2013 at 2:32 pm

    बिदेसमा ब्यबसायिक सफलता हासिल गरेर धनि बनेका नेपालीहरुलाई नेपाल जादाँ नेताहरुसित बसेको फोटो पत्रिकामा छाप्ने मेलो मात्र हो यो एनआरएन| प्रबासी नेपालीका अरब/मलेसिया मा ठुला ठुला समस्या छन् त्यतातिर यिनीहरुको ध्यान छैन खाली पदको नेतृत्व तहमा कसरि पुग्ने भन्ने तिर मात्र केन्द्रित छन् यिनीहरु| बिगत बार्ह बर्षको यिनीहरुको क्रियाकलाप हेर्दा खासै उपलब्धि केहि देख्दिन म|

    Reply
  2. Independent candidate - NSW says:
    October 16, 2013 at 6:24 pm

    चोर ले चोरलाई दोष दिएको देख्दा बडो अचम्म लाघ्यो | आज NRN अस्ट्रेलियाको यो स्तिथि आउनु मा दिनेश सर र वहाको महान पार्टी काँग्रेस को ठुलो हठ छ, यो सबैले बुझ्नु होला कि आज दिनेश सर वा ओहाको समूहको कोहि ले यो भन्दै हुनुहुन्छ भने त्यो केवल एमाले + माओबादी संग हारको बदला लिनु मात्र हो | येदि हैन भने ओहाले THE NEPALI TIMES AUSTRALIA को अर्को ISSUE मा तलको जवाफ दिनु होला र MYSANSAR मा पनि पठाउनु होला !

    प्रश्न न १ : NRN NSW को ELECTION मा तपाई CONGRESS (VISIONARY TEAM ) को को_ORDINATOR हो कि होइन ? (होइन भने ELECTION को भोलिपल्ट ASHFIELD PARK मा तपैले हारको जिम्बेवारी लिएको हो कि हैन ?)

    प्रश्न न 2 : VISIONARY TEAM ले INDEPENDENT CANDIDATE को पहल मा चुनाब नगर्न आग्रह गर्दा ना ना थरि आरोप लगाएर DEMOCRACY मा ELECTION नै उत्तम उपाए हो बह्नेको हो कि हैन ? तेसरी DEMOCRATIC समूह ले आज चुनाब हारेपछि येसो र उसो भन्न्दा लाज सरम भन्ने चिज को ख्याल आउन्दैन ?

    प्रश्न न ३ : तपाईको बुवा लगायत नेपालका नेता हरु ले नेपालीलै उल्लु बनाए झैँ तपैले पनि यो खुला पत्रमा उल्टा उल्टा कुरा लेखेर NRN हरु लै उल्लु बनाएर आफ्नो पहिचान बनाउन खोज्नु भएको ? त्यो सम्भव छैन किन कि NEPAL मा जस्तो कसैको दार धाक AUSTRALIA मा चल्दैन र बाकी सबै नेपाली हरु कि त तपाई भन्दा धेरै नभए पनि तपाई को बराबरी मा जान्ने बुझ्ने छन् !

    अन्तेमा, NRN अस्ट्रेलिया VISIONARY ले जितोस या द्य्नामिक/समाबेसीले, केहि रत्ति पनि फरक छैन |

    जय NEPAL !

    Reply
  3. Tapta bhandari says:
    October 16, 2013 at 5:15 pm

    एन आर एन ए को महाअधिबेसनमा नेपाल सरकारबाट २५ लाख रूपियँा लिनु ग़लत हो !!संसार भरी छरिएका नेपालीहरूको नाम लिदै देश लुट्न एन आर एन ए ले पाउँदैन 30लाख नेपालीको नाम बेच्छ तर संसार भरी यसको सपोर्टर र सद्स्यता संख्या ३० हजार भन्दा पनि कम छ। नेपाल सरकारलाई झुट बोलेर पैसा लिनु भनेको चोरी गर्नु सरह होईन र???

    Reply
  4. aash says:
    October 16, 2013 at 4:50 pm

    दिनेशजी सोझोमान्छे हो। न्यु साउथ वेल्समा सस्थागततिरको उमेदबार हुनुहुन्थ्यो। सस्थाहरुको जम्मा १२ भोट मध्य २ भोट मात्र प्राप्त गरि ५ जनामा (३ जना निर्बाचित) लास्ट हुनुभो। हामीलाई त उहाले जित्नुहुञ्छ जस्तो लागेकोथ्यो। के गर्नु कान्ग्रेशिलेनै चुनाबको दिन कमान्डर बनाउने तर भोट राम्रो मान्छे भन्दै अरुलाई दिने। जे होस् मन्दिर का देउताले सुनेर ICC सदस्य बनाईदिए कल्याण हुन्थ्यो अनि छिर्के हान्ने पुजारीहरु जिल्लिने थियो। शुभकामना।

    Reply
  5. cRIS says:
    October 16, 2013 at 11:10 am

    “…फेरि NRNA भनेको कुनै पुलिसको जागीर होइन। जहाँ सिपाहीबाट हवल्दार अनि हवल्दारबाट असइ हुदै प्रमोसन हुने। यदि साच्चै नै संस्थाको माया छ भने जुन पदमा बसेर पनि काम गर्न सकिन्छ र पदमा नै नबसीकन पनि काम गर्न सकिन्छ। हिजो म सिपाही अब म हवल्दार हुनु पर्छ भन्ने हो भने यस संस्थामा भन्दा प्रहरीमा जागिर खाँदा उत्तम हुन्छ। जुन व्यक्तिले संस्था हाँक्ने सामर्थ्य राख्दछ त्यसको पृष्ठभूमि राम्ररी नियालेर त्यसले साँच्चै नै संस्था हाँक्न सक्छ कि सक्दैन भन्ने विषयमा गहन अध्यायन गर्न जरुरी हुन्छ। यसरी मूल्याङ्कन गरिएको व्यक्तिले मात्रै संस्थालाई राम्रो गति दिन सक्छ। यदि आर्शिवाद र नम्बरका आधारमा मूल्याङ्कन गर्ने कोशिस गरियो भने असल र सक्षम व्यक्ति भन्दा चाकडी र टाकुरेहरूले स्थान पाँउछन्। …”

    दिनेशजी, तपाईका यहि माथीका कुरोले अरु सही तर्कलाई, बितर्क गरिराछ| कारण: पुलिसको जागिर नभए पनि, सामाजिक संथाहरुमा झन् दह्रो खालको मुल्ल्यांकन गर्ने apparatus चाहिन्छ, नत्र तपाईले माथि नै भने जस्तो विभिन्न खालका घुसपैठ हुन्छ| जो भै पनि रहेको छ, सायद यहि नभएर नै हो| सहि मुल्ल्यांकन गरिन/हुन् जरुरि हुन्छ जुनै संस्थामा पनि| नत्र टिमको प्रकृति हेरेर मात्र परिणाम आउदछ| हामीलाई चाहिएको दीघकालीन परिणाम हो, जुन एक चुस्त “प्रणाली”बाट मात्र सम्भब छ| प्रणालि-बिकासको लागी, अति आवस्यक चिज नै उचित मुल्ल्यांकन हो| (प्रहरीको भन्दा कठोर खालको भएमा झनै बेस)| हामीले उदाहरण हेर्नको लागी, अस्ट्रेलियाको Salvation Army या RSL हेरे पुग्छ|

    Reply
  6. shantdil says:
    October 16, 2013 at 10:49 am

    NRN बिदेशमा बसेर व्यपार गर्ने नेपाली को संस्था हो भन्ने बुझेको छु मैले त ?

    उपेन्द्र महतो ज्यु को उद्देश्य त अर्कै थियो मेरो बुझाई मा तर ब्यापारी साथीहरुले एस्लाई ब्यापारीकरण गरिसके कि जस्तो छ ?

    आफ्नो ब्यापारको प्रचारप्रसार गर्ने माध्यम नबनेको भए धेरै राम्रो हुने थियो.

    Reply
  7. shree basanta says:
    October 16, 2013 at 1:58 am

    मनोजजिको कुरो सहि हो यो एनआरएन भनेको नटवरलालहरुको संगठन हो | पहिलो त दर्ता नै छैन अर्थात कानुनि हैसियेत नै छैन | दोस्रो एनआरएन भनेको को हो परिभाषा नै गोलमाल छ | बिदेशमा एक सय त्रियासी दिन भन्दा बढी बस्ने सबै एनआरएन रे | अस्थाई रुपमा बिदेशमा काम गर्न बा पढ्न गएकाहरु त सक्कली नेपाली नै हुन् नि उनीहरुलाई नक्कली किन बनाउनु पर्यो ? रेमिटान्स उनीहरु बाट धेरै देखिने हुँदा उनीहरुलाई सामेल गर्न होला | कतारमा काम गर्ने नेपालीको यत्रो कुरा बाहिर आइरहेको छ | खोइ एनआरएनको आवाज ? कतारमा नेपालीको शोषण को बिरोध गर्नु भन्दा उल्टो लन्डनमा प्रदर्शन गर्न नजाउ भन्छ | मुठी भरका केहिले पैसा कमाए पछि त्यसको भरमा नेपालमा आफ्नो हैसियेत बढाउने र तथाकथित राजनीतिज्ञहरुसंग हिम चिम बढाएर आफ्नो नाम बनाउने र दुनो सोझ्याउने मेलो मात्रै हो |

    Reply
  8. Akash says:
    October 16, 2013 at 1:07 am

    dinesh जी तपाईं एउटा बिक्रिती हटाउन अर्को नराम्रो कुरा तर्फ लाग्दै हुनुनुन्छ । महतोजीले एन आर एन मा जुन भूमिका खेल्नुभयो, त्यस्मद्धे केही नराम्रा पनि छन् । एन आर एन मा जुन सहमती बाट पदाधिकारी चुन्ने भन्ने चलन आयो, त्यो बास्तव मा उन्कै सधैं पावर मा रहि रहने चाहना भन्ने बुझिन्छ, किनकी सबैले उनलाई गुहार्ने भए । सबै भन्दा राम्रो त सबै सदस्य मिलेर चुनाव गर्ने हो, हैन र ? त्यस को लागि बरु Online Voting गर्दा भो । संसार भरी का एन आर एन ले भाग लिन पाउने भए ।
    जहाँ सम्म दल गत राजनीति भयो भन्ने कुरा भयो, त्यो त उनिहरु को मात्र दोश होईन नी । हाम्रो समाजको पनि त दायित्व छा नी । मत दाता ले उनिहरु लाई रिजेक्ट गरे भैहाल्यो नी । सिड्नी मा एमाले ले जित्यो रे हैन ? भोट दिने जनता ले उसैले दिये, के गर्ने उपेन्द्र जी लाई गुहारेर ? तपाईंले भन्नु भएको साईन्टिस्ट लाई पनि त जनता ले भोट दिन सक्थे हैन र ? यत्तिका पढे लेखेका मान्छे ले यो वा त्यो दलमै भोट नहालेको भए पनि त हुन्थ्यो नी !
    हुनत अर्को सोचाइ राख्ने पनि थिए । के भने अष्ट्रेलिया मा भएका नेपालि हरुमध्हे १०% ले पनि एन आर एन को सदस्यता लियेका छैनन् ।
    एन आर एन ले अहिलेसम्म पनि मानिस हरू लाई बिश्वास मा लिन नसक्नु एउटा कारण हो । धेरै मानिसहरू यसलाई अझै पनि शँका कै द्रिस्तिकोण ले हेर्छन । अष्ट्रेलियामा २० डलर तिरेर मेम्बर बन्न कसैलाई गार्हो छैन् । तर मेम्बर बढ्ने होईन घट्ला जस्तो छ । म आफै पनि अर्को बर्ष मेरो सदस्यता लम्ब्याउने की नलम्ब्याउने असमन्जस मा छू । तर बास्तवमा हुनुपर्ने त सबैजाना यस्को मेम्बर भएर हाम्रो होईन राम्रो मान्छे (साथि, साथि को साथी होईन की एजेन्डा र भिजन भएको) लाई जिताउनु पर्ने होईन र ? त्यसकारण एक ब्यक्ति बिशेषलाई नगुहार्नुस्, समाजलाई सिक्षित पार्नुहोस् । बरु जित्ने चान्स् भएपनी न भएपनी अर्कोपटक चुनावमा उठ्नुहोस । आफ्नो बिचार समाजलाई भन्नुहोस् ।

    Reply
  9. saroj says:
    October 16, 2013 at 12:03 am

    मलाई NRN को दोहोरो नागरिता चाहियो भन्ने नारामा चाही अहिलेको परिस्तीतिमा तेती ठिक लाग्दैन किन भने:-
    १. नेपालमा नागरिता त पैसा तिरेर किन्न पयिन्छा रे भन्ने ठाउमा दोहोरो नागरिता को प्राबधान राख्यो भने के हुन्छ | यसको असर चुनाबको बेला नराम्रो संग पर्छ, नेपालको चुनाबमा भारतीय हरु आएर चुनाब दिन्छन बन्ने कुरा त हामीले सुनेकै हो |
    २. देशको बेज्जत गरेर असाईलम भर्नेहरुलाई नेपालको नागरिता दिनलाई चाही मेरो स्वाभिमानले दिदैन |
    ३. दोहोरो नागरिता दियो भने देशमा लगानी बढ्छ रे | अरे नेपालमा लगानी गर्नलाई दोहोरो नागरिता किन चाहियो ? घर जग्गा किन्न बाहेक सबै खालको लगानी गर्न विदेशीलाई खुल्ला छ नेपालमा |
    ४. NRN ले आफ्नो कार्यक्रमहरुमा कति पैसा खर्च गर्छ , तर अहिलेसम्म देशमा कुनै ठुलो परोपकारी काम गरेको सुनेको छैन मैले | जस्तो अस्ति कतारमा नेपालीहरुको सोसनको तेत्रो समाचार आउदा NRN ले उनीहरुको भलाईको लागि एक शब्द बोलेन, भरु उल्टै बिरोद नगर पो भयो |
    ५. NRN लाई Non Residence Nepalese भन्दा पनि Non Reacting Nepalese अथवा Non Reliable Nepalese भन्दा ठिक होला |
    6. NRN को खासमा यो दोहोरो नाग्रित्ता भन्दा अरु खासै ठुलो मुद्दा नै छैन | र यो दोहोरो नाग्रित्ताको मुद्दा पनि मलाई त देखाउने दात जस्तो मात्र लाग्छ |

    Reply
    1. सुमन says:
      October 16, 2013 at 2:01 am

      १. आफु एनआरएनका अध्यक्ष भएका बेला देवमान हिराचनले एनआरएन लाई दिइने भनेर बनाएको कार्ड पहिला नम्बरमा थापेको पढ्नमा आएको थियो| अध्यक्षले सो थाप्ने बित्तिकै दोहोरो नागरिकताको मुद्दा स्वत हराएको बराबर हो| खोइ सुनाम देवमानजी बाट त्यो कार्डको उपयोगिता बारे| एउटाको पांच सय अमेरिकी पर्छ भन्थे|
      २. किन चाहियो दोहोरो नागरिकता? अहिले सम्म कसैले प्रष्ट पार्न सकेको छैन| अहिले चुनावमा उठ्न र भोट हाल्न नपाउँदा त् त्यसै बुत्रुक बुत्रुक उफेर बिदेशमा बसेर दिनहु बन्द र लोडशेडीङ्ग भोग्नु पर्दैन, नेपालकै कोठे, बाते र खाते राजनीति गर्नेहरु थुप्रै छन्| | नेपालमा भाषा, संस्कृति, परिवेश आदिसंग परिचित नेपाली मुलका ले त् कुरै छाडौ, बिदेशीले समेत लगानी गर्न पाउने प्रावधान छ| लगानी गर्न दोहोरो नागरिकताको दोहोरि खेलीरहन आवश्यकता छैन| त्याग्नुस दोहोरो नागरिकताको मांग| नेताले हुन्छ हुन्छ भने पनि यो हुँदैन| कुनै देशप्रेमी र स्वाभिमानी नेपालीले मुद्दा हालिदिन्छ र रोक्का गरिदिन्छ| यस्तै होस्|
      ३. अब कुरा आयो को हुन् एन आर एन भन्ने? जसले सरकारी वा सरकारी स्वामित्व रहेको वा युनिभार्सिटी कलेज मार्फत जागिर खाँदा यु एन अन्तर्गत काम गरेर बिदेशमा बसेको छ, उनीहरुले पाउनु हुन्न| पहिले देश फर्नुस| कसले तपाईलाई लिन बाध्य गरायो अर्को देशको नागरिकता? नेपालमा कैले देखि आय कर तिर्न छाडेको हो? उसो भए कुन देशलाई तिरेको हो?
      ४. बरु एउटा एन आर एन व्यवसाई संगठन खोलेर नेपालमा लगानी गर्नुस र सहयोग गर्नुस| व्यक्तिगत रुपमा गरे पनि भैगो|
      एसाईलम ठोक्ने र देशलाई लात मार्ने कतिपय छन् त्यस्तालाई दोहोरो नागरिकता त् होइन अरु के के नै पो दिनपर्छ| देशको जागिरबाट अध्ययनमा गएका वा निश्चित अवधिका लागि विदेश पस्ने र अटेर गरेर नफर्कने भगौडाहरुको नाउँ निकालेर एन आर एन को दोहोरो पदवी दिनु भए हुन्छ|

      Reply
  10. मन says:
    October 15, 2013 at 7:26 pm

    पत्र मनपर्यो| सुझावहरु मननीय छन्| तैपनि आफ्नो मन्तब्य यसप्रकार:
    क) मन्दिर र पुजारीको अनालोजी मिल्दैन| मन्दिर र पुजारीलाई आफ्नै ठाउमा छाडीदिएको राम्रो हो|
    के भनेछ भन्नुहोला, गहनतम मुद्दा के भने राम्ररी नियालेर केलाएर अनि पूर्वाग्रह पन्छाएर हेर्ने हो भने हाम्रो नेपालमा वर्तमानमा र एतिहासिक जुन गोलमाल, द्वन्द र असामंजस्य सृजना भएका छन् त्यसका एउटा ठुलो हिस्सा सबै पुजारी रुपधारीहरुको कारणले हो| मन्दिर शब्दलाई अपवित्र पारेर शोषण गर्ने पनि तिनै पुजारी नामधारी नै हुन्| यो परम्परा आफुलाई कम्युनिस्ट भन्नेहरुले अनि लेनिन माओ र स्टालिनको तस्वीर राख्नेहरुले पनि सुबिधा रुपमा अवलम्बन गर्दै आएका छन्| त्यसैले जसले मन्दिर र पुजारीको कुरा उठाउँछ त्यसले कि यथार्थसंग परिचित नभएको वा पुङ्ग न पुच्छरका पुच्छारे परम्परावादी हुन्|
    इतिहास हेर्नुस, भारतवर्ष जस्तो बिशाल देशमा औपनिवेशवालाहरुले पहिले व्यवसायी भएर पसे (इष्ट इन्डिया कम्पनी) , धर्मको कोण (धर्म प्रचार मिसनेरी) पनि त्यतिकै प्रयोग गरे र बिशाल भारत्मा स्वच्छन्द राज गरेर साम्राज्य स्थापना गरे|
    नेपालको कुनै ठाउँ यस्तो नहोला जँहा धर्मको नाउँमा पुजारी र थोक खुद्राको बेपार बढाउँन बेपारी नपुगेको| पठन पाठन र अरुलाई उपदेश दिनेहरुले जजमान जिन्दाका जग्गा जमीन हात पारेर अनि पठन पाठन गर्दै अहिले देशकै डाडु पन्यु हात पारेका छन्| हात पारेर के भो त? राम्रो संग चलाएको भए जश उनीहरुले पाउने थिए| भ्रष्टचार, नातावाद, कृपावाद, जदौ, जय होस् आदि परम्परालाई स्थायित्व दिए, कुशासन व्याप्त पारे, मै खाउँ मै मात्र लाउँ नीतिलाई व्यापकता दिएर दीगो बनाए| डोर बहादुर बिष्टले यस्तै परम्परालाई मुखै तोडेर “वाहुनवादी” नाउँ दिएका छन्|
    त्यसैले पुजारी र मन्दिरका कुरा नगरौ| यथार्थ बिर्सेर पुजारीको सल्लाह र साइतमा मात्र केन्द्रित हुँदा आजभोलि चरम फुर्सदीको जिन्दगीमा ज्ञानेले सबेर साँझ सोच्दा हुन्, काश पुजारीको साइतमा नलागेको भए सिंहासन चट हुने थिएन|
    एन आर एन न मन्दिर हो भन्ने तोरी फुले लहै लहैमा नलागौ है मित्रहरु|

    Reply
  11. ekraj says:
    October 15, 2013 at 7:17 pm

    यो एन आर एन भन्ने हावाको झोक्का हरेक दुइ बर्षमा एकचोटी चल्दछ| तर यसले बगैचामा बहार लाउनोको सट्टा कता कता बाट सुकेका र कुवेका पात पतिङ्गर ल्याएर बगैंचा फोहोर बनाएर हैरान हुन लग्यो| खोइ माली कता गए?

    Reply
  12. ramesh babu says:
    October 15, 2013 at 6:32 pm

    दिनेश जी को धेरै राम्रो पत्र पढ्न पाउदा सारै खुसि लग्यो i कुनै पनि सस्था जब झ्यागीदै जान्छ तब विभिन्न विचार राख्ने मान्छे हरुको प्रवेश संगै नियेंत्रण गर्न सारै गारो पर्नेत सोभाबिकै हो तर अहिलेको अधिकांस एनआरयेन हरुको रुप चालढाल र नौटंकी देख्दा लाग्छ यो कुनै नाटक मन्चन मात्र भैरहेकोछ जुन पात्र हरु नाटकको समाप्ति संगै आफ्नो बास्तबिकता मा फर्कने छन् I उपेन्द्र महतोको अत्येन्त राम्रो सिर्जना थियो जुन अब वहाको नियेंत्रण बाहिर गैसकेको छ I एनआरयेन मा केहि मात्र राम्रो मान्छे देख्दछु जो सछेम र सहि छन् नत्रत मानब तस्कर र दलाली नौटंकीहरुकै हालीमुहाली बढ्दै गएको आभास हुन्छ, बिसेष गरि टिभी हेर्दा अरबमा यी दुनियाले चिनेका ठग दलाल नौटंकी हरु नेपाल आइ हाम्रो सरकार प्रमुख हरुसंग फोस्रो उठबस देख्दा त सरकारै कति बुदु जस्तोपो लाग्छ, नत यिनले तेस्तो गुरनात्मक लगानी गर्छ नत तिनमा केहि भिजन नै छ,

    Reply
  13. अनुराधा पौडेल फ्रान्स says:
    October 15, 2013 at 5:18 pm

    दिनेश जी
    सच्चा मनले लेख्नुभएछ । बिचरा तपाँइको कुरा महतोलाई पढ्ने समय पनि हुन्छ कि हुँदैन । भइहालेछ भनेपनि केहि कुरा तपाँइले एनआरएनको उदेश्य नबुझ्नुभए जस्तो लाग्यो । यो भ्रम नपाल्नुहोस कि एनआरएन भनेको बुद्दिजीविहरुको ठाउँ हो । यो ठाउँमा धेरै थरी मान्छे छन् । एकथरी जसरी पनि पैसा कमाएका र गनाएपछि इज्जत चाहिएका, अर्कोथरी सच्चा र इमान्दार भएर पैसा कमाएका र पैसालाई एकत्रित गरेर नेपालमा केहि गर्नेने मनसाय भएका, अर्कोथरी हिजोँ सम्म नेपालमा दुलोमै रहेका तर यता आएर ठूलो मान्छे भएँ भन्ने देखाउन र भाषण गर्न पाइने निउँमा आएका, अर्काथरी छन् रातदिन काम गर्ने तर सदस्यता शुल्क पनि दिन नपरे नेपालमा एकछाक भएपनि खान्थे भन्ने खालका अनि अर्का थरी छन् अरुको लहैलहैमा लागेका, अनि अर्काथरीछन् बिदेशमा आएर केहि गर्न नसकेका तर यसलाई प्रयोग गरेर भविष्यमा मन्त्री र सन्त्री के के बन्न पाइन्छ भनेर तातो न छारोको राजनीतिको पोको बोकेर भ्रम छर्न आएका । महतोले के गर्न सक्नुहुन्छ यत्रो महासागरलाई तह लाउन । तर उहाँले निश्यनै एउटा कुरा गर्ने चाहना राख्नुहुनेछ त्यो हो उहाँको एजेन्डासँग सहमत भएको मानिस नै एनआरएनको शिर्ष पदमा आओस । यो बर्ष चुनाब भएन भने हेरौँ को त्यस्तो भाग्यमानि रहेछ जो महतको दाहिने हात होस । के तपाँइको मानिस दाहिने हात हो र उहाँको ?

    Reply
    1. AngSherpa says:
      October 16, 2013 at 1:32 am

      प्रजातन्त्र देखि लोकतन्त्र सम्म पुग्दा नेपालमा न संबिधान बन्न सक्यो,न नियम कानुन नै पूर्ण रुपमा बदलियो,ब्यबस्था परिवर्तन भए पनि नियम कानुन संबिधान सब निरङ्कुश पंचायती शासकहरुले बनाएकै संबिधान मुलुकी ऐन आदि इत्यादि जीवित रुपमै छ र त्यसलाई नै आधार मानेर शासन प्रशासन चलाई राखेको छ | त्यसैले नियम कानुन स्पष्ट नभएको देशमा लगानी गर्न पहुँच चाहिन्छ र हुनु पर्छ!यिनै पहुँच भएका दुइ चार जना काला व्यापारीहरु आफ्नो धन सेतो बनाउन एनआरएन भएर लागि परेको छ !वास्तवमा वास्तविक एनआरएनले यो सस्न्थाको प्रतिनिधित्व गरेकै छैन !

      Reply
  14. प्रमोद एडिलेड says:
    October 15, 2013 at 4:12 pm

    असाध्य मनपर्यो दिनेशजीको पत्र | मलाई हरेक उपायहरू राम्रो लाग्यो| येस्तै तातो न सारोको काम देखेर म अस्ट्रेलिया बसेको २० वर्ष हुँदा पनि NRNA को सदस्य भएको छैन |

    Reply
  15. samrat says:
    October 15, 2013 at 3:12 pm

    दिनेस जोसी जी अति नै राम्रो कुरा उठाउनु भयो . आशा गरम NRNA हरु को फुटेको आँखा र सारा नेपालि हरु को आँखा खुल्नेछ भनेर.

    Reply
  16. Rupak Sharma says:
    October 15, 2013 at 3:02 pm

    दिनेश दाई एमाले,माओबादी को NRN हो NRN AUATRALIA . अब यो मन्दिर हैन तिनीहरुको राजनीति गर्ने थलो र व्यापार गर्ने माध्यम भएको छ मोज गर्न दिनु अरु उपाए केहि छैन साएद !

    Reply
    1. Rupak sharma says:
      October 15, 2013 at 5:22 pm

      माफ गर्नु होला अस्ट्रेलिया हुनु पर्नेमा अन्यथा लेखिन गएको मा !

      Reply
  17. अनोज शाक्य says:
    October 15, 2013 at 2:53 pm

    दिनेश जोशीजीले धेरै राम्रो पत्र लेख्नु भएछ । तर त्यी एन आर एन भनाउदाहरुको दिमागमा तपाईंको यो भाबनाको ख्याल गर्दैन । उनीहरु बिदेशमा, बर्ष भरीको अपमानको भारी छातीमा बोकेर नेपालमा दसैं पारेर, भोका नाङाहरुको बिलौना हेरेर आफु खुशी छु भन्न देखाउनको लागि फुस्रो अस्वासन, त्यस्तै पर्‍यो भने पैसालिएर अरु नेपाली केटी बिहे गरेर ब्यापारगर्न पनि सक्छन । नेताहरुले यदी कुनै नेपाली नागरिकले एन आर एनको परिचयपत्र लीसकेको छ भने उनीहरुको सुझाव सुन्न नै बेकार छ । एन आर एन परिचय पत्रको नम्बर १ बोक्ने सुजाता कोइराला हुनुहुन्छ क्या रे । त्यो मुलाहरुले गर्न सक्ने केही होइन । पाए झ्वाम पार्ने खालका,नक्कली जोगीहरु हुन । सब नटवरलालहरु हुन । मलाई त यो एन आर एन भन्ने शब्द नै, भुटानी शहरनार्थी जस्तो लाग्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme