Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेश बस्ने नेपालीको मुखिया को बन्लान्?

Posted on October 9, 2013October 9, 2013 by mysansar

nrn
देश संविधान सभाको निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचनको तयारीमा दल र नेताहरु जुटेका छन्। मतदाताहरु पनि चुनावी चर्चामा जुट्न थालिसकेका छन्। देशमा चुनावी माहौल तात्दै गर्दा विदेशमा बस्ने नेपालीहरुको संस्था अर्थात् एनआरएनहरुमा पनि चुनावी तयारी चलेको छ। विदेशमा बस्ने नेपालीहरुको छाता संस्थाका रुपमा चिनिएको एनआरएनको नयाँ नेतृत्व चयनका लागि पाँच जनाको प्रतिस्पर्धा हुने देखिएको छ। संरक्षक रामप्रताप थापा, पूर्व सल्लाहकार शेष घले, वर्तमान उपाध्यक्षद्वय क्याप्टेन हितमान गुरुङ, रामेश्वर शाह र महासचिव तेन्जी शेर्पा। पार्टीहरुले संविधानसभाको निर्वाचनमा खर्च जुटाउने अवसर पनि यही हो। एनआरएनको चुनावी चलखेलको लेखाजोखा गरेका छन् बेलायतबाट चिरन शर्माले।

कसलाई पर्ला यस पटक एनआरएनको चिट्ठा?

-चिरन शर्मा-

गैरआवासीय नेपाली संघको महाअधिवेशन आउँदो अक्टोवर १९ र २० मा काठमाडौंमा हुँदैछ। सो अधिवेशनले नयाँ नेतृत्वको चयन गरे लगत्तै २१ तारिखबाट विश्व सम्मेलन सुरु हुनेछ। वर्तमान अध्यक्ष जीवा लामिछानेले दोस्रो पटक नेतृत्व लिन अस्वीकार गरेपछि नयाँ नेतृत्वको खोजीमा गैरआवासीय नेपाली लागेका छन्।

अहिलेसम्म अध्यक्ष पदका लागि पाँच जना आकांक्षी देखाएका छन्। संरक्षक रामप्रताप थापा, पूर्व सल्लाहकार शेष घले, वर्तमान उपाध्यक्षद्वय क्याप्टेन हितमान गुरुङ, रामेश्वर शाह र महासचिव तेन्जी शेर्पा।

संस्थापकमध्येका एक रामप्रताप थापा पेशाले बैंकर हुन्। उनी गैरआवासीय नेपाली संघका मुद्दाका जानकार थोरै मध्येका एक हुन्। उनले सुरुका दिनदेखि दोहोरो नागरिकताको मुद्दालाई सशक्त रुपमा उठाउँदै आएका छन्। गैरआवासीय नेपाली संघको नेतृत्व लिएर संस्थालाई हाँक्न सक्ने भए पनि विविध कारणले पछि पर्दै आएका छन्।

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कार्यकालमा नेतृत्व चयन भिडबाटै हात उठाएर गर्ने चलन थियो। उनले संस्थामा नेतृत्व चयन प्रकृयाबाट ल्याउन चाहेनन्। एनआरएनको अध्यक्ष पदमा निर्वाचन कुनै पनि हालतमा गर्नु हुँदैन, त्यसले आम नेपालीमा नकरात्मक सन्देश जान्छ भन्ने मान्यता महतोको छ। जब तत्कालीन उपाध्यक्षद्वय देवमान हिराचन र रामप्रताप थापाबीच चिट्ठा प्रथाद्वारा नेतृत्व चयन गर्न खोजियो, त्यही दिनदेखि गैरआवासीय नेपाली संघमा नेतृत्व विकासको क्रम समाप्त भयो। डा. महतोको लक्की ड्र रामप्रताप थापाले हात त पारे तर, हिराचनले सो चिट्ठा प्रथालाई सोझै अस्वीकार गरे। नेतृत्व निर्वाचनबाट आउनु हुँदैन सर्वसम्मतबाटै हुनुपर्छ भन्ने तत्कालीन संस्थापन पक्षको दवाबका कारण थापा एनआरएनएको नेतृत्वबाट बिना शर्त बाहिरिए। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको नेतृत्वमा रहेको गैरआवासीय नेपाली संघको चौथो अधिवेशनले देवमान हिराचनलाई नेतृत्व सुम्प्यो। थापा चुपचाप हेरेर बसे। पाँचौ अधिवेशनमा तत्कालीन उपाध्यक्ष जीवा लामिछानेले अध्यक्ष बन्ने चाहाना गरेपछि थापा फेरि बाहिरिए। अहिलेसम्म गैरआवासीय नेपाली संघको संस्थापकहरु मध्यबाटै हुँदै आएकाले नेतृत्व लिन बाँकी रहेका थापा यसपटक अध्यक्ष पदका बढी बलिया प्रत्यासी देखिन्छन्। संस्थाको स्थापनाकालदेखि काम गरेका र संस्थापक मध्यका नेता थापाप्रति सहानुभूति राख्नेको संख्या धेरै छ।

तर गैरआवासीय नेपाली संघको नेतृत्व हालसम्म ब्यापारीबाटै हुने परम्परा तोड्न थापाका लागि चुनौतिपूर्ण छ। एनआरएन अभियान अति खर्चिलो भएका कारण त्यो खर्च जुटाउन उनलाई हम्मेहम्मे पर्नेछ। उनको सम्बन्ध नेपालको ब्युरोक्र्याटसँग निकै बलियो रहेको बताइन्छ। राजनैतिक रुपमा उनको कुनै दलमा आबद्धता देखिँदैन। तर थापाले चुनावी मैदानमा कुन राजनीतिक दलको समर्थन लिने हुन्, हेर्न बाँकी नै छ।

हितमान गुरुङ र रामेश्वर शाह
अध्यक्ष पदका दावेदार मध्यका उपाध्यक्षद्वय हितमान गुरुङ र रामेश्वर शाह संघको पुरानै परम्पराअनुसार उपाध्यक्ष मध्यबाटै अध्यक्ष चयन हुनुपर्नेमा तर्क राख्छन। यो तर्कलाई नाजायज भन्न मिल्ने अवस्था पनि छैन। बेलायतमा रहेका करिब ५० हजार पूर्वगोर्खा सैनिकको प्रतिनिधित्व गर्ने गुरुङ संघको स्थापना कालदेखि नै अभियानमा संलग्न भएका कारणले शाह भन्दा सिनियर मानिन्छन्। पाँचौ अधिवेशनका उपाध्यक्ष पदको निर्वाचनमा गुरुङले शाहले भन्दा दोरब्बर मत प्राप्त गरेका थिए। गुरुङको बेलायतमा आफ्नै ब्यवसाय छ भने शाह अहिले नेपालमा बस्दै आएका छन्।

शाहले नेतृत्व पाएमा लाखौंको संख्यामा मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुको मनोबल बढ्न सक्ने कतिपयको बुझाइ छ। यद्यपि उनी नेपाल फर्किएका कारण सदस्यता खारेको अवस्थामा छ। शाहको अहिलेको चुनौति भनेको गैरआवासीय नेपाली संघको सदस्यता बचाइ राख्नु नै हो। उनी एनआरएनको कोषाध्यक्षबाट सिधै उपाध्यक्षमा आउँदा सबैले महत्वकांक्षी भनेका थिए। उनी कोषाध्यक्ष रहदा आफ्नो पेशाको कारणले कोष व्यवस्थापनामा चुस्त काम गरेका थिए। युएइमा बस्दा जीफोरएस कम्पनीमा करिब १६ हजार स्टाफका म्यानेजर थिए।

तेन्जी शेर्पा
अर्का दावेदार मध्यका एक तेन्जी शेर्पाले समेत अध्यक्ष पदका लागि च्याँखे थापेका छन्। उनी ५ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको हाइड्रोपावरसम्बन्धी एक कोरियन कम्पनीमा काम गर्दै आएका छन। आइतवारदेखि शुक्रवार सम्म ९ देखि ६ बजेसम्म जागीर गर्छन् बाँकी बचेखुचेको समय एनआरएनलाई दिँदै आएका छन्। गैरआवासीय नेपाली संघमा सामान्यतया उपाध्यक्ष नभई कसैले अध्यक्ष पदमा आँखा लगाउने चलन छैन। तर उनले महासचिवबाट सिधै अध्यक्ष पद ताकेका छन्। उनी नेपालमा फर्किसकेकाले गैरआवासीय नेपाली संघको सदस्यता समेत धरापमा रहेको छ।

शेष घले
त्यसैगरी अहिले सबैका आँखा शेष घलेमाथि पनि छ। अष्ट्रेलियाका शीर्ष २०० धनीको सूचिमा पर्ने धनाढ्य रहेका घलेले सन् २००३ देखि २००५ सम्म गैरआवासीय नेपाली संघको सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। त्यसपछि उनी संघको कुनै आधिकारिक निकायमा छैनन्। तर अहिले गैरआवासीय नेपाली संघले ल्याएको सामूहिक लगानीको कार्यदलको उपसंयोजकमा उनी सक्रिय छन्।

नेपालमा पाँच तारे होटलदेखि स्वास्थ्य, शिक्षा र सञ्चार लगायतको क्षेत्रमा लगानी भित्राउने तयारीमा छन् उनी। संघको आन्तरिक प्रशासनमा उनलाई खासै ज्ञान छैन। अन्य उम्मेदवारजस्तो गैरआवासीय नेपाली संघमा उनको खासै हिमचिम छैन। सबैजसो विश्व सम्मेलनमा भाग लिएर पनि उनले जनसम्पर्क बढाउन सकेका थिएनन्। तर उनले पछिल्लो तीन महिनामा करिब दुई दर्जन देशको भ्रमण गरिसकेका छन्।

राजनैतिक दाउपेच
संविधानसभाको निर्वाचन नजिकिँदै जाँदा एनआरएनको निर्वाचनसमेत पार्टी-पार्टीबीच हुने प्रवल सम्भवना छ। अध्यक्ष पदका दावेदार अहिले विभिन्न दलको समर्थन लिन पार्टीका नेताको घर-घर जानेक्रम सुरु भइसकेको छ। गैरआवासीय नेपालीभित्र बढी नेपाली कांग्रेसको पहुँच भएको मानिन्छ भने एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा छ।

एनआरएनको निर्वाचनमा राजनैतिक समीकरणले समेत प्रभाव पर्ने देखिन्छ। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले कथंकदाचित अध्यक्ष पदमा निर्वाचन हुन दिए भने मात्र राजनीतिक समीकरणले अर्थ राख्नेछ। क्षमता र सक्रियताका आधारमा अन्य उम्मेदवारभन्दा बलिया शेष घलेलाई नेपाली कांग्रेसको समर्थन छ। एनआरएन अष्ट्रेलिया अध्यक्ष गणेश केसीले औपाचारिक रुपमा अध्यक्ष पदका लागि प्रस्ताव अन्तर्राष्ट्रिय परिषद्‌मा राखेपछि अष्ट्रेलियामा रहेका नेकपा एमाले समर्थकले विरोध गरेका छन्।

संरक्षक रामप्रताप थापा हालसम्म कुनै पार्टीमा खुलेका छैनन्। चौथो अधिवेशनमा उनले कांग्रेसको समर्थन लिएका थिए। अध्यक्ष पदका अर्का उम्मेदवार रिटायर्ड क्याप्टेन हितमान गुरुङ पनि राजनीतिक रुपमा कतै देखिएका छैनन् तर नेकपा एमालेको एउटा पक्षले उनलाई उम्मेदवार हुन आग्रह गरेको थियो। पाँचौं अधिवेशनमा अधिकांश नेपाली कांग्रेस समर्थकले उनलाई भोट दिएका थिए। अध्यक्षका दावेदार रामेश्वर शाह भने खुलेर नेपाली कांग्रेसको पक्षमा लागेका छन्। नेपालमा बसीबसी नेपाली कांग्रेस नेतामार्फत् उनले लविङ गरिरहेका छन्। त्यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार तेन्जी शेर्पा पनि खुलेआम एमालेको उम्मेदवार भएको दावी गरिहेका छन्। नेपाल फर्किसकेको र सदस्यता समेत धरापमा परेका कारण उनलाई एमालेले आधिकारिक उम्मेदवार बनाउने सम्भवना कम छ। नेकपा एमाले समर्थक एनआरएनहरुले अन्तर्राष्ट्रिय सञ्जाल नै बनाएर मोर्चा कसेका छन्। ६ महिना पहिले सबै राष्ट्रिय समन्वय समितिमा एमालेको पकड हुनु पर्ने निर्देशन जारी भएको प्रमाण फेला परेका छन्। यसैको तयारीको लागि भीम रावललाई सिड्नीमा भएको एनआरएन क्षेत्रीय सम्मेलनमा एमाले समर्थकले निमन्त्रणा गरेका थिए सिड्नी बैठकमा नै तेन्जी सेर्पाले एमालेको सदस्यता लिन तयार भएको जनाएका थिए।

नेपाली कांग्रेसभित्र भने देशमा जस्तो पार्टी लथालिङ छ, विदेशमा पनि त्यस्तै छ, कांग्रेस समर्थक एकजुट छैनन्। उनीहरु आ-आफै प्रतिस्पर्धा गर्छन्। अर्को ठूलो पार्टी नेकपा एमाओवादी समर्थक भने जित्ने उम्मेदवारको खोजीमा छन्। उनीहरु पार्टी हेडक्वार्टरको निर्देशनअनुरुप अगाडि बढ्ने मनस्थितिमा रहेको देखिएका छन्। एनआरएनको निर्वाचन पार्टीहरुका लागि ठूलो अवसरका रुपमा पनि एकथरिले हेरिरहेका छन्। पार्टीहरुले संविधानसभाको निर्वाचनमा खर्च जुटाउने अवसर पनि यही हो। यसैले माओवादीको समर्थन पनि घलेलाई नै जाने संभावना छ। पार्टी नेताले अहिले जोजसलाई समर्थन दिए पनि अन्तिम निर्णय लिने बेलामा एनआरएन अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग परामर्श गरेपछि मात्र निर्णय दिने पक्का छ।

डा. महतोको उम्मेदवार को ?
गैरआवासीय नेपाली संघको नेतृत्व चयनमा डा. महतोको निकै ठूलो भूमिका हुने गर्छ। सबैको ध्यान उनैमाथि केन्द्रित हुने गर्छ। पछिल्लो वर्ष उनको भूमिका विवादास्पद रह्यो। आफ्नै उत्तराधिकारीलाई उनले चिट्ठा प्रथाद्वारा चयन गर्न खोजेका थिए भने अहिले आएर मेरो यो हो उम्मेदवार भन्न उनलाई कठिन छ। सकेसम्म आफ्नो नजिकको र आफ्नो मान्छे आओस् भन्ने सबैको चाहना हुन सक्छ। त्यसमा उनी पनि कम छैनन्। त्यसैले चुनावमा नगएर सँधै सहमतिको नाममा तानाबाना बुन्ने काम हुन्छ। एनआरएन बेलायतमा पछिल्लो पटक सहमतिको नाममा उनले खेलेको भूमिकाले बेलायत एनआरएनलाई ध्वस्त बनाएको छ। घलेको बलियो समर्थक रहेको निर्वाचित समितिलाई उनले विद्रोहीलाई उचालेर कमजोर बनाउने खेलमा बुझेर वा नबुझेर लागेको बेलायतबासीको भनाई छ। उनको एउटै उद्देश्य भनेको एनआरएन अध्यक्ष निर्विरोध चयन गर्ने हुनेछ, त्यसका लागि उनले फरक फरक मान्छेलाई फरक फरक पासा फाल्दिने छन्।

विधान समितिमा बखेडा
नेपाल फर्केकाहरुको सदस्यता खारेज हुनु पर्छ र नेतृत्वमा बस्न पाउनु हुँदैन भन्ने चर्को आवाज जुरिकमा भएको क्षेत्रीय बैठकमा कुरा उठिसकेपछि शाह र शेर्पा अप्ठेरो परेका थिए। यही विवादलाई साम्य पार्न प्रो सूर्य सुवेदीको संयोजकत्वमा एक उच्चस्तरीय समिति बनेको थियो। विधानको व्याख्या गर्ने अन्तिम अधिकार रहेको यस समितिका अन्य सदस्यतामा विश्वकान्त मैनाली र कुलचन्द्र गौतम रहेका छन्। समितिमा आफ्ना मान्छे पठाउने र आफ्नो पक्षमा निर्णय गराउने खेलमा शाह र शेर्पा लागेपछि ६ वर्ष देखि विधान समितिमा रहेका हालका प्रवक्ता डा. हेमराज शर्मा बाहिरएका थिए। तर मैनालीको उपस्थितिले यो समिति पनि विवादरहित रहेन। उनी स्पष्ट एमालेका मान्छे हुनुका साथै विवादमा परेकाहरुको उम्मेववारी घोषणासभामा उपस्थित रहेका तथा विवादित विषयहरुलाई समिति भित्र छलफल हुनु भन्दा पहिले सार्वजनिक अभिव्यक्ति दिएकोले पनि उनी माथि प्रश्न उठेको हो। शाह र शेर्पाले शेष घले पूरै दुई वर्ष सल्लाहकार नरहेकोले अध्यक्ष पदमा योग्य छैनन् भनी उल्टै बखेडा निकालेकोले घले समर्थकहरु उनीहरु माथि जाई लाग्ने संभावना छ। तीनै जनाको उम्मेदवारी अयोग्य भएमा गुरुङ वा थापाको तालुमा आलु फल्नेछ।

33 thoughts on “विदेश बस्ने नेपालीको मुखिया को बन्लान्?”

  1. Pingback: एनआरएनको नेतृत्व शेष घलेलाई « Mysansar
  2. sanjeeb yadav(USA) says:
    October 17, 2013 at 4:15 pm

    विवाद रहित नेतृत्व चयन अहिले आवश्यकता हो । धनि नेतृत्वमा आउनै नहुने पनि होइन । परदेशमा उद्यम गरेर सफल हुनु ग्राहो र कठिन काम हो । अझै पश्चिमा बिकशित मुलुकमा सफल हुनु भनेको क्षमताको पनि कुरो हुन्छ । तर मात्री भूमिको समृद्दिको हकमा भने मुलुक लामो द्वन्दमा पर्दा पनि अरबको देशहरुमा पशिना बगाउने श्रमजीबीहरुले रगत पशिना र ज्यान बेचेर कमाको रेमिटेन्सले देशको अर्थ तन्त्र आजका दिन सम्म जेन तेन चलेको छ । तिनका दुखका साथि कोहि भएन । एनआरएनले विश्व सम्मेलन गरिरहदा तिनीहरुका पिडा दुख, हैरानिका कथा मात्र होइन ज्यान जोखिममा परेको कथा दुनिया भर सार्वजनिक भए तर अहिलेको नेतृत्वले सहानुभूतिको एक सब्द खर्चन सकेन

    जसले दोहरो नागरिकताको लागि बिधान पास गरेर नेपाल सरकार दोहरो नागरिकता बिधान पास गर्न सक्छ त्यही उम्मेदवार मात्र यो चुनाबमा जित्न सक्छl भोलि पर्शी भनेर कुरै कुरामा फसाउन खोजे ८ बर्ष नेपाली सहेको थियो l अहिले सहने वाला कोहि नदेखेकोले दोहरो नागरीकत दिने उम्मेदवार मात्र जित्छ lदोहरो नागरिक समर्थन राम थापा , हितमान गुरुङ मधे एकले जित्ला lहामी दोहरो नागरिकको लागि संसार भरिको गैरआवासीय नेपाली सद्य सभापति आइ सीसी बीच गोप्य कसलाई भोट दिने मीतिंग भै सकेको छ

    Reply
  3. sanjeeb yadav(USA) says:
    October 17, 2013 at 3:51 pm

    एकाध मानिस जस्तै महतो बाहेक यो एन.आर.एन भनेको ठगहरु को जमात हो! नेपालमा अर्बौको लगानी गर्ने रे तर पहिला सरकार ले दोहोरो नागरिकता दिनु पर्यो रे! दोहोरो नागरिकता नपाए नगर्ने रे

    सुजाताले परराष्ट्र मन्त्रि हुँदा दिएको आईडी कार्ड एन आर एन का देवमान हिराचनले सबैभन्दा पहिला हतार गरेर लिएका थिए| के भयो त्यो कार्डको? कसैले यस बारे पनि जानकारी दिनुहोला|
    -एन आर एन ले नेपालमा संस्थागत रुपमा के के लगानी गरेको छ र अति फायदा भएको छ र अरु के योजना छ त्यो बारे पनि जानकारी गराउन होला|

    Reply
  4. sanjeeb yadav(USA) says:
    October 17, 2013 at 3:45 pm

    गैर आवाशीय नेपाली संघको छैठौ काठमाडौ विश्व सम्मेलन आफैमा गर्वको कुरा हो । अमेरिकामा बस्ने हामी गैर आवाशीय नेपालीहरुका लागि दुर्भाग्य हामीले चाहेर पनि एनआरएनको सदश्य बन्ने हक छैन र एनआरएन अमेरिका भन्ने संस्था अमेरिकाको हकमा प्रल्हाद केसी र राम खरेल भन्ने नटबरलालको खल्तिमा भए उनै जानुन नत्र १८० दिन बाहिर बस्ने नेपाली एनआरएनको सदश्य बन्न पाउने एनआरएन सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलालको नाम भजाउने दोकान बनेको छ मात्र दोकान । आशा गरौ गैर आवाशीय नेपाली संघको छैठौ काठमाडौ विश्व सम्मेलनले झन्डै ३ लाख नेपाली मुलका मान्छे बस्ने अमेरिकामा किन संगठन बनेन भन्ने कुरा सबैको चासो बनोस र निदान र निकास खोज्न सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलाललाई संस्थाको सदश्य बन्ने हक समाप्त पारियोस । अमेरिकामा बस्ने सबैको लागि सदस्यता खुला गरी सबै राज्यको प्रतिनिधित्व हुने गरी सम्मेलन गरियोस ।

    -गैरआवासीय नेपाली संघका मुद्दाका जानकार थोरै मध्येका एक
    -सुरुका दिनदेखि दोहोरो नागरिकताको मुद्दालाई सशक्त रुपमा उठाउँदै आएका
    -गैरआवासीय नेपाली संघको नेतृत्व लिएर संस्थालाई हाँक्न सक्ने
    -हालसम्म कुनै पार्टीमा खुलेका छैनन्
    -उनको सम्बन्ध नेपालको ब्युरोक्र्याटसँग निकै बलियो रहेको
    -लक्की ड्र ले हात पारेर पनि त्यागे
    -परिपक्कता
    -जो कोहीलाई लागेर सहयोग गर्ने

    Reply
  5. शशांक लामा, न्युयोर्क says:
    October 12, 2013 at 5:47 am

    शेषले भाषण गर्दैन, काम गरेर देखाउंछ ! अबको नौलो नेपालमा मुख मात्रै बजारेर काम छैन| भाषण सुन्दा सुन्दा वाक्क दिक्क भएर घांटीसम्मै आइसक्यो| देश खाइ शेष भएको शेष घलेले नै केहि नौलोपन ल्याउँछ!!!!!

    Reply
  6. Pingback: स्थापनाको १० वर्ष बितिसक्दा पनि किन दर्ता हुन सकेको छैन एनआरएन? कसले रोकिरहेको छ ? « Mysansar
  7. sanjeeb yadav(USA) says:
    October 11, 2013 at 11:29 pm

    गैर आबसिय नेपाली हरु को उदेसिया के तयोकुरा पहिले असपता हुनु पर्यो
    नेपाल मा खाली ठुलो ठुलो कुरा गरेर केहि हुनेवाला छैन
    तयोता नेता जी हरु ले गरेकैछा
    हामी ले नेपाल को कहिले राम्रो कमागर्नेहो

    खाली आआफनो फाइदा को कुरा गरेर हुदैन

    Reply
  8. Dipak Poudel, Sydney says:
    October 10, 2013 at 9:11 pm

    हामीले पहिले देखि नै भनि आएको कि यन. आर. यन ले सबै विदेशमा बस्ने नेपाली को प्रधिनित्व गर्दैन! त्यसैले यो लेख को शिर्षक नै गल्ति छ! यी कुनै पनि हाम्रा मुखिया हैनन्! गैर आबसिय नेपाली सस्था भन्दा त साना तिना सस्थाले नेपाल र नेपालीलाइ हित हुने काम गरेका छन्!

    Reply
  9. sanjeeb Yadav(USA) says:
    October 10, 2013 at 12:04 pm

    गैराअबसिय नेपाली को सगथान मात्रै दोहरो नागरिकता मा धयान न दिएर आरु धेरै बिकासको कम मा पनि धयान दिनिपर्छा

    Reply
  10. DRKhatri says:
    October 10, 2013 at 11:26 am

    काग लै बेल हर्ष न बिस्मात. जो सुकै हुन् , आफु त आफ्नो काम मा व्यस्था भयिंचा .!!

    Reply
  11. anurodh says:
    October 10, 2013 at 9:23 am

    यो एनआरएन भन्ने संस्थाले नेपालका लागि केही गरेको छेन । जसको सम्मेलन गरिदिन पनि नेपाल सरकारले पैसा दिनुपर्छ । आफ्नो श्रीसम्पती बेचेर विदेशमा घरजम गर्ने अनि लगानी भित्र्याउन दोहोरो नागरिकता चाहियो भनी कोकोहोलो गर्नु एनआरएनहरुको नियमित काम हो । जो केही गर्दैन उसकै ठूलो स्वर । गजब छ बा ।

    Reply
  12. Subhash Neupane says:
    October 10, 2013 at 8:37 am

    एकाध मानिस जस्तै महतो बाहेक यो एन.आर.एन भनेको ठगहरु को जमात हो! नेपालमा अर्बौको लगानी गर्ने रे तर पहिला सरकार ले दोहोरो नागरिकता दिनु पर्यो रे! दोहोरो नागरिकता नपाए नगर्ने रे ! ब्ल्याकमेल गरेको जस्तो ! अनि जसले सम्मेलन गर्नलाई त पैसा पनि सरकार सँग माग्छ, उसले अर्बौ-खरबौ को लगानी गर्ला भनेर कसरि पत्याउनु?

    Reply
  13. Sanukaji Pant says:
    October 10, 2013 at 6:19 am

    After reading a brief background of the candidates I don’t think anyone will do any good to the Nepali people world over. They all go after their own profit if they win. So it is like pouring a litter of water in the desert.

    Reply
  14. Anusha says:
    October 10, 2013 at 4:59 am

    सेश घले नै यो पाली को एक मात्र बलिया उमेदबार हुन् किन कि समाज सेबा गर्न पहिला आफु क्यपेबल हुनु पर्दछ नत्र समाज सेबा मा दिनु पर्ने समय घर अनि बुडी लाई दिनु पर्दा के को समाज सेबा गर्ने ..सेश घले बाट आशा गर्ने ठाउँ धेरै छन् ..

    Reply
  15. purushottam Dhakal says:
    October 10, 2013 at 4:28 am

    विवाद रहित नेतृत्व चयन अहिले आवश्यकता हो । धनि नेतृत्वमा आउनै नहुने पनि होइन । परदेशमा उद्यम गरेर सफल हुनु ग्राहो र कठिन काम हो । अझै पश्चिमा बिकशित मुलुकमा सफल हुनु भनेको क्षमताको पनि कुरो हुन्छ । तर मात्री भूमिको समृद्दिको हकमा भने मुलुक लामो द्वन्दमा पर्दा पनि अरबको देशहरुमा पशिना बगाउने श्रमजीबीहरुले रगत पशिना र ज्यान बेचेर कमाको रेमिटेन्सले देशको अर्थ तन्त्र आजका दिन सम्म जेन तेन चलेको छ । तिनका दुखका साथि कोहि भएन । एनआरएनले विश्व सम्मेलन गरिरहदा तिनीहरुका पिडा दुख, हैरानिका कथा मात्र होइन ज्यान जोखिममा परेको कथा दुनिया भर सार्वजनिक भए तर अहिलेको नेतृत्वले सहानुभूतिको एक सब्द खर्चन सकेन । सम्मेलन त्यस तर्फ नीतिगत निदानको बाटो पहिल्याउन सफल होस् । त्यो पिडामा मलहम लगाउन सफल होस् । दुर दराजको गाउँमा ढ्याके ब्याज खोजेर स्वास्नीलाई सिउँदोमा सिन्दुर हाल्दिने र सरि किन्दिने, बाबुको थोत्रो टोपी फेरी दिने, लाला बालाले निरक्षर हुन नपरोस भनेर खाडीमा पशिना बगाउन हिडेको त्यो ठिटो गाउँ बाट लुटिने क्रम गाउँकै दलाल, शौके ढ्याके ब्याज, सहरको म्यान पावर र दलाल, श्रम बिभाग, विमानस्थलको अध्यागमन, खाडीका नेपाली दलाल, र भन्ने एउटा लगाउने अर्को काम लुटिदा लुटिदा कतिको ज्यान जान्छ कतिको त्यही बस्ने एनआरएन नेता रामेश्वर शाह अध्यक्षको दावा गर्छन कुनै बैधानिक पहल गरेनन, भर्खर त्यही बाट फर्किएका सेश घलेले गला भरी माला लगाउदै हिडे फर्केर एक सब्द चुइ गरेनन । जिबा र उपेन्द्रको नाम निसान छैन । सरकार संग यति ल्याउछौ लगानी भनेर डिंग हाक्ने र आफ्नो व्यापार प्रबर्धन गर्ने बाहेक पीडकहरु जो एनआरएनका मुख्य स्रोत हुन् जसको पशिनामा मात्री भुमि चलेको छ सहानुभूतिको एक सब्द सुनिन्न । ब्यापार मात्र सोच्ने ब्यापारी होइन मध्ये पूर्व र अरबको खाडी देखि युरोप हुदै अफ्रीका पुगेका हुन् वा उत्तर र दक्षिण अमेरिकमा भबिष्य खोजिरहेका सारा नेपालि जातिलाई जोड्ने साचो समाजसेवी जसले स्थापना देखि आज्ञा सम्म निरन्तर लागिरहेको छ त्यस्ता व्यक्तिहरुलाई नेतृत्व दिनु पर्छ र त्यो नेतृत्वको दावेदार पक्कै राम प्रताप थापा हुन् ।

    Reply
  16. Samita Rai says:
    October 10, 2013 at 12:19 am

    गैर आवाशीय नेपाली संघको छैठौ काठमाडौ विश्व सम्मेलन आफैमा गर्वको कुरा हो । अमेरिकामा बस्ने हामी गैर आवाशीय नेपालीहरुका लागि दुर्भाग्य हामीले चाहेर पनि एनआरएनको सदश्य बन्ने हक छैन र एनआरएन अमेरिका भन्ने संस्था अमेरिकाको हकमा प्रल्हाद केसी र राम खरेल भन्ने नटबरलालको खल्तिमा भए उनै जानुन नत्र १८० दिन बाहिर बस्ने नेपाली एनआरएनको सदश्य बन्न पाउने एनआरएन सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलालको नाम भजाउने दोकान बनेको छ मात्र दोकान । आशा गरौ गैर आवाशीय नेपाली संघको छैठौ काठमाडौ विश्व सम्मेलनले झन्डै ३ लाख नेपाली मुलका मान्छे बस्ने अमेरिकामा किन संगठन बनेन भन्ने कुरा सबैको चासो बनोस र निदान र निकास खोज्न सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलाललाई संस्थाको सदश्य बन्ने हक समाप्त पारियोस । अमेरिकामा बस्ने सबैको लागि सदस्यता खुला गरी सबै राज्यको प्रतिनिधित्व हुने गरी सम्मेलन गरियोस ।
    बेलारुसमा १० उपेन्द्र महतोको परिवार मात्र बस्छन त्यस्तै रुसमा ५०० नेपाली होलान त्यहाँको आइसीसी सदश्य संखय र अमेरिकाको प्रतिनिधित्व हेर्दा यसलाई सुरु देखि अमेरिकामा संघ संस्था चलाएर धन्दा गर्ने ठेकेदारहरुलाई एनआरएन जिम्मा लाउनुनै उपेन्द्र र जिबाको संस्थाको नेतृत्व हत्याउने र ब्यापार गर्ने रणनीति थियो र छ त्यसमा अमेरिकाबाट सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलालले पनि सधै साथ् दिए । अब रह्यो नेतृत्वको कुरा तेन्जी शेर्पाले दक्षिण कोरिया छोडेको २ बर्ष भयो भने रामेश्वर शाह पनि त्यस्तै हालका हुन् । दुवै नेपाल बस्छन कसरी एनआरएन अध्यक्षको दावी गरे अनौठो छ । सेश घलेको कुरा उनी क्षमताले धनि भएका हुन् र उनको क्षमता एनआरएनले उपयोग गर्नु पर्छ तर उनीले एनआरएनमा बसेर कम सुरु गरेको भर्खर हो त्यसैले यस पटक घलेले ३ पटक पदलाई गौण मानेर त्याग माथि त्याग गर्दै आएका राम प्रताप थापाको उपाध्यक्ष वा महासचिब बनेर काम गर्नु राम्रो हुन्छ । यसले उनलाई गैर आवाशीय नेपालीको पिडा बुझ्न सजिलो पनि हुन्छ । काम गर्नेको सम्मान पनि हुन्छ । क्याप्टेन गुरुङलाई संरक्षक राख्दा पुर्व गोर्खाको सम्मान पनि हुन्छ । एउटा नेपाली धनि हुनु, आर्जन गर्नु र सफल हुनु सबै नेपालीका लागि खुसीको कुरा हो गर्वको कुरा हो तर जिबा लामिछाने संग पार्टनर हुदैमा संघको अध्यक्ष हुने सपना देख्नु सेश घलेको कमजोरी हो । गैर आवाशीय नेपाली संघको छैठौ काठमाडौ विश्व सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिले बुझ्नु पर्यो छातीमा हात राख्नु पर्यो खाडीमा नेपाली रोइ रहेका छन्, संघ दर्ता गर्ने काम रोकिएको छ, एक पटकको नेपाली सधैको नेपाली नारामै सिमित छ, संक्रमणको मारमा परेका जनता एनआरएनले लगानी भित्र्याउने र देश समृद्द हुने कुरा सुन्दा गजडीको गफ भन्छन । यस्तो अवस्थामा हुन लागेको छैठौ काठमाडौ विश्व सम्मेलनमा पुराना मान्छे जसले संघ स्थापना देखि निरन्तर लागि परे र पदको लागि कहिले छिना झपट गरेनन उनै असल मान्छे राम प्रताप थापाको नेतृत्वमा सेश घले महासचिब वा उपाध्यक्ष बसेर क्याप्टेन गुरुङलाई संरक्षक राखेर सर्वसम्मत नेतृत्व चयन गर्नुनै दुनिया भरका नेपालीको हितमा हुन्छ चेतना भया..!!! झन्डै ३ लाख नेपालीलाई एनआरएनमा सदश्य हुन नदिने सुमन तिम्सिना देखि प्रल्हाद केसी र राम खरेल जस्ता नटबरलालहरुलाई सम्मेलन स्थलमा पस्न नदिनु होला नत्र अमेरिकाका नेपालीले सराप्ने छन् ।

    Reply
  17. Milan says:
    October 9, 2013 at 11:45 pm

    यो NRN NRN bhacha what they have done to those nepalese who are dieing in कतार they just want two passport to secure themselves

    Reply
  18. Sushil Khattarai says:
    October 9, 2013 at 10:58 pm

    धेरैको भनाइ छ एनआरएन धनी र पूजीपतीको मात्र संस्था भयो यो मान्देनौ रे । कस्ले मान्न भनेको छ त चुप लागेर बसे भैगोनी । गांउगंउका नाममा विश्वभरि संस्था खोल्न हुने अनी धनीहरुको संस्था खोल्न नहुने । जजस्सलाई मन पर्दैन चासै नदेखाए भयो नी । देश समृद्ध बनाउने सपना बाढेर हिड्ने संस्था, मल्टीमिलियनका लागानीको कुरा गर्ने संस्थामा भोकमरीहरु आएर हुन्छ त ? यो धनीकै संस्था हो धनीकै हुनुहुपर्छ । धनीहरुले आफ्नो धनी कल्ब बनाउन नहुने हो र ? करोडौं खर्च गरेर सम्मेलन हुन्छन । एनआरएन सम्मेलन हुदा कम्तीमा ५० करोड त देशलाई फाइदा हुन्छ । पैसा नभएकाहरु आआफ्नै जिल्ला, क्षेत्र,जाति, पेशाको संस्थामा आबद्ध भएभैगो नी । एनआरएन पिक्निक खाने, नाचगान गर्ने संस्था हो र ? के को सकि नसकि एनआरएन हुम भन्दै हिड्ने ?

    Reply
    1. Subhash Neupane says:
      October 10, 2013 at 8:32 am

      एनआरएन सम्मेलन हुँदा देशलाई ५० करोड फाइदा हुन्छ रे ? ए मित्र, अस्ति दर्शन रौनियार आउँदा खेरिको एनआरएन सम्मेलन सरकार संग पैसा मागेर गरेको थाहा छैन कि क्या हो ?

      Reply
  19. sanjeeb Yadav(USA) says:
    October 9, 2013 at 10:42 pm

    यस पाली प्रेसिडेन्ट मा कुनै नया आनुहर बन्ने समभावना छ

    Reply
  20. Lhakpa Gelu sherpa says:
    October 9, 2013 at 10:04 pm

    बिदेशमा बस्ने बहुसंख्याक नेपालीहरुको हितमा काम गर्न सक्ने संक्षम नेत्रित्वलाई चुन्नु पर्छ। अल्प संख्या रहेको पुजिपती, धनढ्य र नेपालको राजनीतिक पार्टीहरुको चन्ददाताहरुले समग्र बिदेशमा बस्ने श्रमजिबी नेपालीहरुको आवश्यकतालाई बुझेको हुँदैन। यदी गैर आवासीय नेपाली संघ पुजिपाती र धनढ्यको मात्र संस्था हो भने सबै बिदेशमा बस्ने नेपालीहरु नाममा गैर आवासीय नेपाली संघ भनेर स्थापना गर्नु कुनै आवश्यकतानै छैन। एनअरएनको स्थापनादेखिको हालसम्मा अवस्थालाई मध्यनजर राख्ने हो भने पनि बिदेशमा नेपालीहरुको हितमा कुनै कार्य गर्न सकेको छैन। पद र नामको लागि सधैं आफुहरु बिच लडाईं गरी रहने र त्यसमा अन्य सोझासाजा नेपालीहरुलाई समेल गराउने बहेक न त बिदेशमा अक्कालमा ज्यान घुमाउन परेका ब्यक्तीहरुको लागि सहयोग गरेको छ नत कुनै पनि समस्यहरुमा परेको नेपालीहरुको हितमा काम नै गरेको छ। दोहोरो नागरिकताको कुरा ता धेरै टाढाको कुरा नेपाल सरकारले गैर आवासीय नेपालीको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक(एनअरएन एक्ट)को एनअरएन परिचय पत्र सम्बन्धी अनुसुची १७को दफा १ र २ लाई समेत संसोधान गर्न सकेको छैन। जब सम्मा नेपाल सरकारले प्रदान गर्ने एनअरएन परिचय पत्रको सम्बन्धमा यो कुरा संसोधन हुँदैन तबसम्मा त्यो परिचय पत्र र त्यो परिचय पत्रमार्फत पाउने सुबिधाहरुको कुनै महत्व हुँदैन। एनअरआईको बिधानबाट कपि गरेको जस्तो देखिने एनअरएनको बिधानको पनि धेरै कुरा संसोधान गर्नु पर्ने देखिन्छ।

    अब आउने नेत्रिवले नेपाल लागयत नेपाली रहेका विश्वका सबै देशहरुमा कानुनी रुपमा यो सस्था दर्ता गरियोस र त्यसै अनुसार कार्य गरियोस। बैधानिक रुपमा दर्तानै नभएको संस्थाको नाम बहेक कुनै औचित्य हुँदैन। सिमित आफ्नो ब्यापार ब्यबसय गर्ने थालोको रुपमा नहेरी समस्त बिदेशमा रहने नेपालीहरुको साझा मुद्दाहरुलाई चर्को रुपमा उठाहोस् र सबै नेपालीहरुको भलो गरियोस।

    Reply
  21. Akash says:
    October 9, 2013 at 10:03 pm

    NRN (None Residential Nepali) VS NRN (Nepal Residential Nepali), यसपाली मुखिया चुन्दा रमाइलो हुने जस्तो छ । विश्वभरी नौटंकी देखियो अब नेपालमा गएर देखाउदैछन ।

    Reply
  22. G Tamla Rai says:
    October 9, 2013 at 9:53 pm

    Lets be FAIR and HONEST.

    1. My conscious mind says, THAPA should be supported by all in impartial manner.

    2. The others always can have their turn in the next time.

    3. NRN stands not for people residing in Nepal can be candidate, that’s clearly authenticated!

    4. NRN should not mingle with crook Nepalese politicians & parties while discharging duties, delivering investments and doing welfare oriented projects.

    5. Please do not politicize NRN.

    Reply
  23. Arya Bikram says:
    October 9, 2013 at 8:53 pm

    गैरआवासीय नेपाली संघको अध्यक्षलाइ विदेश मा बस्ने नेपालीको मुखिया भन्नु हस्यप्रद कुरा हो|

    NRN membership base doesn’t even represent 10% of the total Nepali diaspora. Fact is, the diaspora could care less about who is elected and what the membership base is since NRN hardly does anything for the diaspora. Much of the executive team is focused on spreading its contact and connection. As such we refuse to call them our मुखिया.

    Reply
  24. Suraj Shrestha says:
    October 9, 2013 at 8:19 pm

    NRN हरुको बिगत एक दशकको क्रिया कलापले नेपाललाई भन्दा दसैँ-तिहारमा नेपाल आउन पाउनु सवै भन्दा खुशी को कुरा हो
    यो जमघटलाई पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने भनाइ सुन्दा आश्चर्य लाग्दछ

    USA मा धेरै नेपालीहरुले NRN लाई “Non-Reliable Nepali” भन्ने गरेको सुन्दा मन खिन्न हुन्छ

    नेपालमा कुन मिति र कहाँ यो संस्था दर्ता भएको छ मैले थाहा पाउन सकिन

    सुरज श्रेष्ठ

    Reply
  25. शशांक लामा, न्युयोर्क says:
    October 9, 2013 at 8:06 pm

    तन मन धन भएका र देश खाइ शेष भएका शेष घले नै उपर्युक्त देखिन्छ!

    Reply
  26. हाडा says:
    October 9, 2013 at 8:04 pm

    गैरआवासीय नेपाली धेरै चलाख भै सकेको छ l जसले दोहरो नागरिकताको लागि बिधान पास गरेर नेपाल सरकार दोहरो नागरिकता बिधान पास गर्न सक्छ त्यही उम्मेदवार मात्र यो चुनाबमा जित्न सक्छl भोलि पर्शी भनेर कुरै कुरामा फसाउन खोजे ८ बर्ष नेपाली सहेको थियो l अहिले सहने वाला कोहि नदेखेकोले दोहरो नागरीकत दिने उम्मेदवार मात्र जित्छ lदोहरो नागरिक समर्थन राम थापा , हितमान गुरुङ मधे एकले जित्ला lहामी दोहरो नागरिकको लागि संसार भरिको गैरआवासीय नेपाली सद्य सभापति आइ सीसी बीच गोप्य कसलाई भोट दिने मीतिंग भै सकेको छ lराजनैतिक पार्टी, नेपाल सरकार, बिदेशी रिमोर्ट कन्ट्रोल चल्न खोजे नया गैरआवासीय नेपाली संघ २०१३ खडा हुन् सक्ला l

    Reply
  27. shiva says:
    October 9, 2013 at 6:34 pm

    विदेशमा बसेको १५ बर्ष भन्दा बढी भैसक्यो यो नारन ले केहि गरेको थाह छैन | जति लडे पनि लडून, जो सुकै बने पनि बनुन, केहि फरक पर्दैन |

    Reply
  28. Mani Raj Thebe (पुर्व २ कार्यकाल अध्यक्ष NCC साइप्रस ) says:
    October 9, 2013 at 4:44 pm

    मेरो नितान्त व्यक्तिगत धारणा अनुसार राम प्रताप थापा ज्यू लाइ यसपाली एन आर एन ए आइ सी सी को अध्यक्षको रुपमा केवल एक कार्यकालको लागि जिम्मेवारी दिंदा संस्थाको लागि राम्रो हुनेछ /
    स्थापनाकाल देखिको वहांको संस्थाप्रतिको योगदान र विभिन्न Task Force हरुको संयोजक को रुपमा अनुभव बटुलीसक्नु भएको, स्थापना काल देखि नै संस्थाको प्रमुख ओहदा सम्हाली सक्नु भएको र सबैको नजरमा सम्मानित व्यक्तित्व रहनु भएको हुनाले वहाँले २ बर्ष संस्थालाई अध्यक्ष को रुपमा संचालन गर्नु पाउनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो /
    मैले यसो भन्दा अन्य दावेदार व्यक्तिहरुको योगदानलाई नजरअन्दाज गर्न खोजेको भने होइन / वहाँहरुको पनि पाली अवश्य आउने छ / तर यसपाली भने राम प्रताप थापा ज्युको योगदानको अगाडी वहाँहरु अलि जुनियर देखिनु भएको छ /
    एन आर एन ए को पहिलो ३ राष्ट्रिय समन्वय परिषद भित्र पर्ने NCC Cyprus को सन् २००४ देखि २०११ सम्म संस्थामा बसेर मैले अनुभव बटुले अनुसार, सर्वसहमति अनुसार अध्यक्ष चुनिनु नै बेस हुनेछ /
    संस्थाको अन्तराष्ट्रिय सम्मेलनको सफलताको कामना गर्दै सबै नेपाली हरुमा बडा दशैंको कामना व्यक्त गर्न चाहन्छु /

    Reply
  29. रमन says:
    October 9, 2013 at 4:40 pm

    अलि अलि राजनीतिकरण ठिकै छ तर एन आर एन भन्ने संस्थामा पनि पुरै राजनीतिकरण भएको जस्तो छ| कंग्रेस, एमाले, मावोवादी भन्न थाल्यो भने त्यहा पनि त्यॆ लफडा हुनेछ जुन अहिले हामीले झेल्न परिरहेको छ|
    मेरो बिचारमा एन आर एन मा कुनै पनि पद लिनलाई गत दुई बर्ष भित्र देश बाहिर बाहिर बसेको हुनपर्छ|
    -दोहोरो नागरिकता मागेको अलि प्रष्ट भएन| खुट्टा दुइटा नाउमा हालेर हिंड्नु भएन| किन चाहियो दोहोरो नागरिकता? सुजाताको उदाहरण हेर्नुस| जर्मन नागरिकता लिएको भन्ने सुनियो तर बाबुले पर राष्ट्र मन्त्रि दिए| रुई कराई गरे पछि नीरिह र देउबा पछि सबै भन्दा असक्षम प्रधान मन्त्रि रहेका माधव नेपालले उपमन्त्री पनि दिए|
    -जान्ने बुझ्ने र ताल्लुक राख्नेले मलाई एन आर एन को दोहोरो नागरिकता बारे प्रष्ट पारिदिनु होला|
    -सुजाताले परराष्ट्र मन्त्रि हुँदा दिएको आईडी कार्ड एन आर एन का देवमान हिराचनले सबैभन्दा पहिला हतार गरेर लिएका थिए| के भयो त्यो कार्डको? कसैले यस बारे पनि जानकारी दिनुहोला|
    -एन आर एन ले नेपालमा संस्थागत रुपमा के के लगानी गरेको छ र अति फायदा भएको छ र अरु के योजना छ त्यो बारे पनि जानकारी गराउन होला|
    -बर्षेनी फाइभ स्टार होटलमा अधिवेशन गर्यो, पार्टी गर्यो र जनतालाई यस्ता गरे उस्ता गरे भनेर खबर फैलायो| अल ननसेन्स| मनाउनुस दसैं राम्ररी, किन हामी जनतालाई यस्तो नौटंकी देखाईरहन पर्यो|
    सके लेखक चिरन शर्माज्यु लाई अनुरोध छ यी बारे खोजेर हामीलाई जानकारी गराउने|
    अन्तमा, नो टु दोहोरो नागरिकता| यसबारे दोहोरि गाउँन बन्द गर्नुहोला|

    Reply
  30. krishna says:
    October 9, 2013 at 4:09 pm

    राम थापा pros and cons
    Pros
    -गैरआवासीय नेपाली संघका मुद्दाका जानकार थोरै मध्येका एक
    -सुरुका दिनदेखि दोहोरो नागरिकताको मुद्दालाई सशक्त रुपमा उठाउँदै आएका
    -गैरआवासीय नेपाली संघको नेतृत्व लिएर संस्थालाई हाँक्न सक्ने
    -हालसम्म कुनै पार्टीमा खुलेका छैनन्
    -उनको सम्बन्ध नेपालको ब्युरोक्र्याटसँग निकै बलियो रहेको
    -लक्की ड्र ले हात पारेर पनि त्यागे
    -परिपक्कता
    -जो कोहीलाई लागेर सहयोग गर्ने

    cons
    -संघको नेतृत्व हालसम्म ब्यापारीबाटै हुने परम्परा तर उनि ब्यापारी हैनन्
    -एन आर एन नेत्रित्वो खर्चिलो भयकोले खर्च धान्न गारो
    -अरु उमेदबार भन्दा उमेर बढी

    Reply
  31. Rajendra Adhikari says:
    October 9, 2013 at 3:04 pm

    शेष घलेको चाहिँ माइ संसारमा कहिले काहिँ कुरा आउँथ्यो, आफुले चिनेको तिनै मात्र हो । त्यसैले उनलाई भोट हाल्देको त सबैको ताल तेस्तै पो रे छ ।

    Reply
  32. जमरकट्टेल भाउजु (क्यानाडा) says:
    October 9, 2013 at 12:30 pm

    रातेराहिशे रातेराहिशे रातेराहिशे रातेराहिशेरातेराहिशेरातेराहिशेशेशेशे शेष घले.

    मेरो चटके हिसाब ले शेष घले ले जित्ला.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme