Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फिल्म हेर्न जाँदा दलको प्रचार हेर्न बाध्य

Posted on October 15, 2013October 15, 2013 by mysansar

-चक्र गुरुङ-

दशैँ सबैको फुर्सदको समय भएकोले मनोरन्जनका लागि फिल्म हेर्ने विचार गरेँ। यतिखेर नेपाली बजारमा रेखा थापाको काली र बिराज भट्टको दामिनी प्रदर्शन भैरहेको छ । मैले पनि अस्टमिको दिन फुर्सद निकालेर काली फिल्म हेर्न बालाजुको अस्टनारायण हलमा गएँ। त्यहाँ ४ वटा हलहरु छन्। हल १ मा काली फिल्म चलेको रहेछ, २.३० शोको लागि टिकट लिएर भित्र पसेँ। फिल्म त समयमा नै सुरु भयो तर फिल्म सुरु हुनु भन्दा अघि दर्शकलाई जबर्जस्ति एक दृश्य हेर्न लगाइदो रहेछ।

रामवीर मानन्धर नाम गरेका व्यक्ति एमालेको नेता काठमाडौँ ७ बाट उम्मेद्वार रहेछ, तिनको नाममा शुभकामना राखी भोट मागिएको दृश्य जबर्जस्ति देखाइँदो रहेछ। अप्रत्यक्ष रुपमा नाम मात्र नभई सूर्य चिन्ह सहित नेकपा एमाले काठमाडौँ ७ को उम्मेद्वार भनेर नै लेखिएको देखाइन्छ, अझ फिल्म सुरु हुनु अघि मात्र हैन मध्यान्तर पछि पनि सोहि दृश्य देखायो।

त्यहाँ काम गर्ने एक कर्मचारीले भने अनुसार सधै सबै शोमा उक्त दृश्य देखाइञ्छ रे । निर्बाचन आयोगको अनुसार सार्वजनिक संचारको माध्यममा यसरी कसैको पक्षमा खुलेर भोट माग्नु निर्वाचन आचार संहिता विपरीत हो नै। अझ त्यो भन्दा बढी धोका पैसा तिरेर शुद्ध फिल्म हेरेर मनोरंजन लिन गएका दर्शकलाई भएको छ । कस्तो अचम्म पैसा तिरेर उम्मेद्वारको प्रचार हेरिदिनु पर्ने यो सरासर दर्शक प्रति गद्दारपन हो।

यस हलको वेबसाइट अनुसार अस्टनारायण मानन्धरको स्मृतिमा हलको नामकरण भएको हो। थर अनुसार हलवालाको आफन्त नै उक्त उम्मेद्वार हुनुपर्छ। तर यो दर्शक प्रति खेलवाड चाहिँ हद नै हो। हलको दृश्य खिच्ने विचारले मोबाइलको क्यामरा अन गरेँ। तर त्यहाँ कर्मचारीले फोटो खिच्न मनाही भएको बतायो, तथापि चोरेर एउटा दृश्य त लिएँ। तर सारै मधुरो छ।
chunab

21 thoughts on “फिल्म हेर्न जाँदा दलको प्रचार हेर्न बाध्य”

  1. Govind Prasad Subedi says:
    October 20, 2013 at 3:37 pm

    सहर का भित्ता बिगार्नु भन्दा त त्यो नै ठिक हो .

    Reply
  2. राजु says:
    October 16, 2013 at 9:21 pm

    जय होस् |
    यहाहरुको दशैं मंगलमय रह्यो होला |

    जहाँ सम्म नि.आ.को आचार संहिताको कुरा छ, मैले त्यो पढेको था छैन तर ब्लगरको लेख हेर्दा त्यसको उल्लङ्घन भएको भन्ने लागेन, संहितामा सार्बजनिक संचार मध्यम भनेर भन्दा कुन प्रकारका प्रतिस्ठान लाइ अनुसुचिकृत गरेको छ र सिनेमाहल त्यसमा पर्छ कि पर्दैन ? पर्छ भने त्यो ब्लगरले दफा/उपदफा/अनुसुची पेस गर्नु पर्ने, ब्लगरले ब्लग्नु भन्दा पहिले आवस्यक मेहनत र खोज नगरेको जस्तो लाग्यो |
    कानुनले स्पस्ट व्यवस्था गरि रोकेको अवस्था नभए एउटा सामान्य नागरिकको आँखाले हेर्दा ब्यापारिक प्रतिष्ठानले बिज्ञापन देखाउनु/ बजाउनु स्वभाबिक हो भन्ने लाग्छ |
    जयहोस !!!

    Reply
  3. peter says:
    October 16, 2013 at 12:51 pm

    माओबादी को चलचित्र मा ए माले को प्रचार ? राते लै यो कुरा मन परेन

    Reply
  4. Manahari Maharjan, Kirtipur says:
    October 16, 2013 at 10:26 am

    आचार संहिता को गफ नगरु साथि हो. संसार मा पैसा तिरेर बिज्ञापन गर्न पाइञ्छ. राम बिर लै मात्र खेदो गर्नु को अर्थ छैन. तपैले फिल्म हेर्न तिरेको पैसा बाट पुरा फिल्म हेर्न नपाए हल वाला को गल्ति हो तर फिल्म संग बिज्ञापन आउनु संसार को नियम हो. हाम्रो तक्ष को पैसा खाने नेपाल टिवी ले समाचार मा बिज्ञापन दिञ्छ. राम बिर को बिज्ञापन मा अचार संहिता को कुन दफा उल्लंघन भयो लेख्नु होला. होइन भने अनर्गल प्रछार नगर्नु होला. उदित ले गीत गाएर माओ को प्रछार गर्य छ यहाँ. त्यो पनि अछर संहिता बिपरित होइन.

    Reply
  5. kedar says:
    October 15, 2013 at 11:54 pm

    पार्टी र उम्मेदवार जो सुकै हुन्:
    संसारका हरेक चुनाबको सुरुआत प्रचार प्रसार बाट नै हुन्छ, अझ हामि नेपालिलाइ चुनाब प्रचार के हो भन्ने कुरा राम्ररी देखेका छौं / कि त चुनाब नै हुनु भएन र प्रचार प्रसार पनि हुँदैन र चुनाब प्रचार प्रसार हेर्ने झन्झट पनी रहंदैन / कि त चुनाब नसकिउञ्जेल सबै संचार माध्यम समेत बन्द गरेर बाटाको चुनाबी हल्ला कानमा न आइपुग्ने गरि कानमा रुवा ठोसेर घरमै नजरबन्द गर्नु परो आफुलाई / कि त बैध माओबादिको चुनाब बिरोधी अभियानमा लाग्नु परो /
    हैन भने:
    आफ्नो स्वस्थलाइ सिधै असर गर्ने अनाबस्यक केमिकल हालेर बनाएका र NS गुणस्तर चिन्ह राख्न पाउने अनुमति नै न लिई बजारमा बेच्ने गुणस्तरहिन चाउ चाउ, गुणस्तर हिन जुस, मिठाइ तथा तेस्तै अनेकन चिजहरु, सोझा साझा नेपाली ठग्ने म्यान पावर एजेन्सी, गानो गोला, यौन बर्धक डाक्टर जस्ता २ नम्बरी बिज्ञापन तेही हलमा बजाउँदा र देखाउँदा हाम्रो टाउको नदुख्ने तर फोहोर भैराखेको राजनीतिलाई अलिकति भएपनी सफा गर्छ कि भन्ने खालको यो संबिधानसभा अन्तर्गतको उम्मेदवारको चुनाब प्रचार देखि टाउको किन दुख्ने ?
    आँखै टट्टाउने गरि र सहर नै बिरूप पार्ने गरि कोरिने भित्ता, टागीने तुल र ब्यानर र कानका जाली फुट्ने र झर्को लाग्ने माइकिङ्ग भन्दा त बीसौं बिज्ञापन भित्रको यो एउटा बिज्ञापन ठिक होइन र ?
    बहिस्कार भन्दै हिंड्ने माओबादिहरु त अछुतो छैनन चुनाब प्रचार प्रसार देख्न र सुन्न बाट भने लेखक ज्यु त चुनाब समर्थक नै होला नि ? कि होइन ?
    कि यो बिज्ञापनले लेखकको जी को अन्य कुनै ब्यबसायलाइ धक्का लागेको हुनु पर्छ जो चुनाब सम्बन्धित छ /
    पश्चिमा मुलुकहरु, जस्तो हुन मतिहत्ते गर्दैछौं, मा चुनाब प्रचारमा येस्तै सिनेमा हल, टेलिभिजन, फोन कार्ड र मोबाइल म्यासेज, इन्टरनेट भित्र उपलब्ध अनेकन सुबिधाहरु उपयोग सहरलाई धेरै फोहोर हुन बाट जोगाऊंछन्, हामीलाई चैं तेही फोहोर कम हुने विधिको बिरोध नगरी किन भात नपच्ने ?

    Reply
    1. चक्र गुरुङ says:
      October 16, 2013 at 11:01 am

      केदार जी, यो लेखले यहाँको चित्त दुखे जस्तो छ, सायद यहाँ पनि एमाले हुनुहुन्छ कि ! खैर जे होस् मेरो आसय कसैको प्रचार प्रसार रोक्नु भन्ने हैन तर सहि ठाउँमा सहि प्रचार गर्नु पर्यो, निर्बाचन आयोगको परिधिमा रहेर उमेद्वार दर्ता गर्ने दल र उमेद्वारहरुले निर्बाचनको आचार संहिता पनि पालन गर्नु पर्यो, सुद्ध मनोरंजन दिन्छु भनेर खोलिएको कम्पनीले दर्शकलाइ मनोरंजन नै दिनु पर्यो | हैन अर्कोले गल्ति गर्यो भने त्यसैलाई पछ्याउदै अर्कोले पनि गल्ति गर्नु भएन भन्ने मेरो धारणा हो | तपाईले गुणस्तरहिन बस्तुको बिज्ञापन तथा प्रचारलाइ दाजेर यो कामलाई सहि भएको तर्क पेश गर्नु भएको छ, तर जन-जनले यसलाई गलत नै भन्छन, म पनि त्यहि नै भन्ने मान्छे हुँ, कालोलाइ सेतो र सेतोलाई कालो हो भनि प्रमाणित गर्न खोज्नु भुल हो भन्ने मेरो निस्कर्ष हो, अन्यथा अर्थ लागे क्षमा पाउ

      Reply
  6. Deepak G.C. says:
    October 15, 2013 at 10:23 pm

    मलाइ त यो अचारसंहिता बिपरित हो जस्तो लाग्दैन किनकि संबिधानसभा- १ को निर्बाचनताका टेलिभिजन, पत्रिका र रेडियोहरुमा पार्टीहरुको खुबै बिज्ञापन बझ्थ्यो र मलाइ लाग्दैन नि.आ ले यो नियममा कुनै परिबर्तन गरेको छ | हलमा फिल्महेर्न जानेलाइ देखाउनु तेती उचित नहोला तर सहर कुरुप परेर पोस्टर आदि रंगाउनु भन्दा यो तरिका राम्रै हो कि जस्तो लाग्छ मलाइ त |

    Reply
  7. Mk says:
    October 15, 2013 at 9:11 pm

    समस्या जताततै हुन्छन ; मुख्य कुरो समाधान खोज्नु हो/ अनि, एसको समाधान भनेको उपर्युक्त कारबाही गरिदिनु नै हो -नियेम बनाउने निर्बाचन आयोग ले / येदि उक्त आयोग ले कारबाही नगरे , उसैलाई कारबाही गर्नु पर्छ/ बस , कुरा समाप्त/

    Reply
  8. gyan says:
    October 15, 2013 at 9:08 pm

    सिनेमा हलमा देखाइने अरु विज्ञापनहरु को पनि बिरोध गरौँ न एसको मात्र किन ? एसको मात्र विरोध गर्दा त अनेक अर्थ लाग्छ है .

    Reply
  9. Anil says:
    October 15, 2013 at 8:56 pm

    त्यो त राम बीर ज्यु को आफ्नै सिनेमा हल हो नि त |

    Reply
  10. yukta says:
    October 15, 2013 at 8:47 pm

    हल मा रेखा थापा को फिल्म लगाउने अनि एमाओबादी उम्मेदबार को बिज्ञापन नदेखाएर एमाले उम्मेदबार को बिज्ञापन देखाउने ? यो कुरा काली लाई कसरि हजम भयो ?

    Reply
  11. chatur rai says:
    October 15, 2013 at 8:43 pm

    लाटाको देशमा गाड़ो तन्नेरी भनेको यहि हो |

    Reply
  12. Sagar Sarma says:
    October 15, 2013 at 7:53 pm

    रामवीर मानन्धर त तेही हल को साहु हुन्| अनि का.म. न.पा. -१६ का भू.पू. अध्यक्ष पनि | अष्ट नारायण चाही उनका बाबु हुन् जस्तो लाग्छ |

    Reply
  13. amrit subedi says:
    October 15, 2013 at 7:49 pm

    !!!!! रेखा थापाको फिल्ममा एमालेको बिज्ञापन !!!!!

    Reply
  14. ramesh babu says:
    October 15, 2013 at 7:37 pm

    जुनसुकै पार्टी ले गरेको भएनी यो सरासर गलत र निर्बाचन आचारसहिता बिपरित हो सम्बन्धित ठाउमा खबर गरौ ! हुनत हामी नेपाली जनता तेती सजग भएको भए किन येत्रो पैसा सिध्याई फेरी दोस्रो सम्भिधान सभा चुनाब तिर लागथेउर ? “”दाम्लोले बाधेर डोर्याउने नेता अनि खुरु खुरु पछि लाग्ने हामी”””

    Reply
    1. Manahari Maharjan, Kirtipur says:
      October 16, 2013 at 1:38 pm

      कसरि आचार संहिता बिपरित हो? प्रस्ट पारिदिए कृतज्ञ हुन्थे. कृपया संहिता को दफा कोट गर्नु होला. अनावस्यक अर्ति र गफ नदिनुहोला.

      Reply
  15. krish says:
    October 15, 2013 at 7:16 pm

    मन नपरेकी स्वास्नीको सास गनायो भनेको येही हो, सार्बजनिक स्थलमा प्रचार नगरे के कसैको निजि ठाउमा गर्नुकी जंगलमा ? बाटो जंगल खुल्ला मैदान सबै सार्बजनिक नै होलान / हलमा लेखक मात्र नभएर त्यो प्रचार मन पराउने पनि त धेरै थिए होलान,कि अरु चाही पैसा नतिरी पसेका थिए ? आचार संहिताको लागि आयोगलाई सूचना दिनु भयो भने ठिकैहो, / मा त मन नपर्ने कुरा आयोभाने अर्का तिर फर्कन्छु, मन पर्नेले हेर्छन,/

    Reply
  16. हरि says:
    October 15, 2013 at 6:48 pm

    जसले सार्बजनिक ठाउँहरुमा जनताले नरुचाएका गाँस जबर्जस्ति कोच्न खोज्छ, त्यस्तालाई भोट दिन हुँदैन भनेर पनि आव्ह्वान गरिन पर्छ|
    गाउँ, टोल शहरमा भित्ता पर्खाल बाटो भरि जताभावी पोस्टर पर्चा टाँस्ने र रंगले कोर्ने दल र उम्मेदवार हरुलाई भोट दिन हुँदैन किनभने यिनीहरु नगरलाई कुरुप पार्ने हुन् भनेर अभियानै चलाउन पर्छ जुन सुकै पार्टीको वा निर्दलीय किन नहोस|
    निर्वाचन आयोगले कँहा नगरपालिका र महानगर पालिका क्षेत्रमा कँहा पोस्टर पर्चा टाँस्न पाईने भनेर पनि स्थान तोके हुन्छ|

    Reply
  17. ekraj says:
    October 15, 2013 at 4:56 pm

    नेपालका राजनीतिक दल खुएको गनाउने ढल भन्दा पनि गनौञ्छन भनेको यही हो|

    Reply
  18. परदेशी कृष्ण says:
    October 15, 2013 at 4:25 pm

    निर्वाचन आचार संहिता कागजमा मात्रै सिमित रहेछ भन्ने प्रमाण हो यो र सिनेमा हेर्न जाँदा कुनै पार्टीको उमेद्वारको बिज्ञापन हेर्नु पर्ने बिडम्बना सुन्दा ज्यादै रिस उठ्यो! चाहे एमाले , कांग्रेश, माओ, खाओ…. जुन सुकै पार्टीले गरे पनि सिनेमा हेर्न जाने दर्शक प्रति गरिएको अन्याय हो!!!

    Reply
  19. Narayan Sharma says:
    October 15, 2013 at 2:22 pm

    सबै नेपालीले सधै आफ्नो पैसा तिरेर अरुको बिज्ञापन हेरेकै छौ
    त्यसमा यो एउटा थप भयो ….
    हेरौ हेरौ सबैको चर्तिकला हाम्रो आफ्नै पैसाले ,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme