-उही कुमार लामा-
एनआरएनहरूको काठमाडौं सम्मेलन २०१३ लाई नागरिकन्यूजले माछाबजारको संज्ञा दिएको छ। तर माछाबजाररुपी सम्मेलनमा माछाको होइन, नेपाली जनताको रगतको मूल्यको मोलतोल भए छ। अमेरिकाबाट आएका एनआरएन दर्शन रौनियारले प्रचण्डलाई नेपाली जनताको रगतको मूल्य सोधे छन्। जवाफमा प्रचण्डले दोषी ठहरिए आफू फाँसीमा चढ्न तयार रहेको बताए छन्। रौनियारले नेपालमा मजदूर युनियनहरू बन्द गर्ने अर्ती पनि दिए छन्। छलफल एनआरएनहरूको विषयबाट बहकिएर नेपालको राजनीतितर्फ मोडिएपछि वातावरण होहल्लामय भई कार्यक्रम सञ्चालक कूलचन्द्र गौतमलाई सम्हाल्न मुश्किल भए छ। अन्ततः एनआरएनका संस्थापक उपेन्द्र महतोले होहल्लाकर्ता एनआरएनहरूलाई भने छन्, “राजनीतिक सवाल-जवाफ गर्ने हो भने तपाईंहरू बैठकस्थलबाहिर जानुस्।”
एनआरएनका नयाँ अध्यक्ष शेष घलेले विदेशबाट सीप र ज्ञान नेपाल भित्र्याउने पहल गर्ने घोषणा गरे जस्तै महतो र रौनियारले विदेशमा आर्जित आ-आफ्ना सीप नेपाल भित्र्याउँने नमूनासमेत प्रस्तुत गरे। महतोको होहल्ला गर्ने एनआरएनहरूलाई तह लगाउने काइदा उहिलेका ब्रेजनेभ र अहिलेका पुटिनको जस्तै देखिन्छ। नेपालका युनियनहरूलाई बन्द गर्ने रौनियारको सुझाव अमेरिकी पूँजीवादी हायर-एण्ड-फायरको नमूना हो। महतोले प्रस्तुत गरेको रूसेली नीति नेपाल भित्र्याउने हो भने विपक्षी दलहरू जंगल पस्नुपर्ने हुन्छ। रौनियारले प्रस्तुत गरेको अमेरिकी नीति भित्र्याउने हो भने नेपालमा लोकतन्त्रको कल्पनासमेत गर्न सकिन्न। अमेरिकाबाहेक संसारका सबै लोकतान्त्रिक मुलुकहरूको आर्थिक विकास र सामाजिक न्यायको आधारै मजदूर युनियनहरू हुन्। तर रौनियारले कुवारुपी अमेरिकालाई नै संसार ठानेको देखिन्छ।
रौनियारले उठाएको नेपालीहरूको रगतको मूल्यबारे प्रश्न महत्वपूर्ण हो। हाल नेपालको खुकुलो राजनीतिक वातावरणमा प्रचण्डलाई युद्धकालमा मारिएका १७ हजार नेपालीको रगतको जिम्मा तपाईं लिनुहुन्छ कि हुन्न भनेर सोधेको प्रश्न सान्दर्भिक छ। तर प्रचण्डलाई जस्तै ज्ञानेन्द्र, उनका प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि यही प्रश्न सोध्ने हिम्मत रौनियारमा छ कि छैन? उनी आफू नागरिक रहेको देशका पूर्व र वर्तमान राष्ट्रपतिहरूलाई तपाईंहरू भियतनाम, खाडियुद्ध, अफगानिस्तान र इराकमा मारिका स्वयं अमेरिकी सैनिकको जिम्मा लिनुहुन्छ कि हुन्न भनेर सोध्ने कल्पनासमेत गर्न सक्छन् कि सक्दैनन्? अमेरिकीहरूले आफूले मारेका अरु देशका नागरिकहरूको जिम्मा त के सूचीसमेत मेटाइदिन्छन्। अमेरिकी कङ्ग्रेस निर्वाचनको उम्मेद्वार भएको तुजुकमा रौनियारमा असीमित आत्मविश्वास बढेको हुनसक्छ। तर उनले आफ्नो मुलुक अमेरिकाको प्रेस कन्फरेन्सहरूमा समेत विषयबाहिरको प्रश्न सोध्न पाइन्न भन्ने बिर्सिए।
स्वघोषित नेपाली मूलका प्रथम अमेरिकी उम्मेद्वार रौनियारले यसपल्ट र यसअघि नेपाल आउँदा भिसा लिएका थिए कि थिएनन्? यो प्रश्न उनी स्वयंले आफूले आफैँलाई सोधून्। तर फूलमाया बिष्टलाई अमेरिकामा मासिक १० हजार रुपैयाँमात्र तलब दिएर श्रमशोषण गरेको सम्बन्धमा श्रम विभागले रौनियारलाई कार्वाही गर्नु आवश्यक छ। के श्रम विभाग, युनियनहरू तथा नेपालका सचेत नागरिकहरूले रौनियार नेपाल आएकै बेला एक साधारण नेपाली महिलालाई न्याय दिलाउन पहल गर्लान्?
विदेशमा लामो समय काम गरेर अनुभव बटुलेका नेपालीहरूले राष्ट्रपतिसमेत हुन पाउनुपर्छ भनेर तर्क गर्ने कुलचन्द्र गौतम र बेलायतमा प्राध्यापन गर्ने सूर्य सुवेदीहरूले अघि सारेको दोहोरो नागरिकताको सवालले माछाबजारमा प्राथमिकता पायो। यसरी केही एनआरएनहरूले दोहोरो नागरिकता माग्नुको प्रमुख कारण राजनीतिक स्वार्थ रहेको छ। त्यसैले “एकपटकको नेपाली सधैंको नेपाली” नाराको भावुकतामा बहकिएर दोहोरो नागरिकताको माग स्वीकार गरे भने नेपालका नेताहरूको आफ्नो वाणले आफ्नै शिकार होला।
संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष नपाए पनि एनआरएनको माछाबजार सञ्चालन गर्न गौतमले यसपल्ट पाएका छन्। यिनै गौतमले प्रचण्ड प्रधानमन्त्री भएका बेला उनलाई बीपी कोइराला सरहका प्रधानमन्त्री भनेर मुक्तकण्ठले प्रशंसा गरेका थिए (यस भिडिओको १४ मिनेटबाट हेर्नुस्- http://vimeo.com/1837388)। तर प्रचण्डले राष्ट्रसंघका लागि प्रतिनिधि नबनाएपछि उनै गौतमले कनकमणि दीक्षितसँग नारिएर माओवादीलाई आतंकवादी देख्न थालेका थिए। पदका लागि यो हदसम्म दायाँ-बायाँ फर्किनसक्ने स्वार्थी तत्वहरू नेपालको राजनीतिमा हावी भए भने नेपालको कुन गति होला?
भावुकतामा होस् वा आवेगमा, प्रचण्डले माछाबजारमा रौनियारलाई जवाफ दिएका छन्, “सत्य निरुपण तथा मेलमिलाप आयोगले गल्ती प्रमाणित गरे आफू फाँसीमा चढ्न तयार छु।” कमरेडको यो आइडिया राम्रो हो, तर फाँसीमा चढ्नेबेलामा हालसम्म सत्तामा बसेका सम्पूर्ण नेता, हत्यामा संलग्न सेना, प्रहरी र प्रशासकहरूलाई पनि आफूसँगै लिएर जानु होला। अनिमात्र देशवासीले न्याय पाउँने छन्।
राष्ट्रपति रामवरण यादबले पहिलो संविधानसभाबाट नेपालले ठूलो उपलब्धी पाएको जानकारी माछाबजारलाई दिएका छन्। प्रचण्डले पनि आज देशमा जेजति राजनीतिक उपलब्धि हासिल भएका छन्, त्यसमा धेरै ठूलो हात माओवादी बलिदानको बताए। वास्तवमा नेपाली जनतालाई होइन, यादब र प्रचण्डलाई चाहिँ भने प्रथम संविधानसभाको निर्वाचनपछि साच्चिकै उपलब्धी हासिल भएको देखिन्छ। उदाहरणका लागि यादबले चुर्ना पर्दा राज्यकोषको खर्चमा जँचाउन जापान जाने मौका पाएका थिए भने प्रचण्डकी श्रीमतीले वायुगोला ठीक पार्न सिंगापुर जान पाएकी छन्।
माछाबजारको चुनाव पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका सदस्यहरू चुन्ने प्रक्रिया जस्तै थियो। नेपालबाहिर बसोबास गर्ने झण्डै ३० लाख नेपालीहरूका तर्फबाट ८ सय जतिले भोट हालेर माछाबजार संघको कार्यसमिति चुनियो। यस्तो चुनाव त उहिलेको पञ्चायतकालमा मात्रै हुने गर्थ्यो, जुनबेला जिल्लाका मात्र प्रधानपञ्च र उपप्रधानपञ्चहरूले सिंगै जिल्लाका लागि राष्ट्रिय पञ्चायत सदस्य चुन्ने गर्थे। कतारका श्रमशोषण पीडित नेपालीहरूको हकहितमा ८ सय एनआरएनहरूले केही बोल्नुको सट्टा कतारका श्रमिकलाल टीबी कार्कीलाई उल्टै उपाध्यक्ष पद थमाए। एनआरएनहरूको “मछलीबजार” साँच्चिकै “बद्बुदार” रह्यो।
सर्ब पर्थम त यो NRN को सम्मेलन लाई माछाबजारको संज्ञा दिएको मा घोर आपति लाग्यो कुनै पनि कुराको बिस्लेसन गरु भन्दा अगाडी लेखक महोदय ले राम्रो सिर्सक छान्नु भएको भए राम्रो हुने थियो महोदय ले जिल्लाका मात्र प्रधानपञ्च र उपप्रधानपञ्चहरूले सिंगै जिल्लाका लागि राष्ट्रिय पञ्चायत सदस्य चुन्ने गर्थे माछाबजारको चुनाव पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका सदस्यहरू चुन्ने प्रक्रिया जस्तै थियो भने कुरा उल्लेक गर्नु भयो तर उहालाई येति पनि थाहा रहेनछ कि अहिले को लोकतान्त्रिक जिल्ला बिकाश समिति को चुनाब कसरि हुन्छ भनेर / अर्को कुरा जुन सुकै सस्था किन नहोस उसका आ आफ्ना बिधान हुन्छ so कमेन्ट लेक्नु भन्दा अगाडी अध्यन गर्ने बनि बसाल्नु होला /
अब एनआरएन ३० लाख कहाँ रह्यो र पहिला पो जबर्जस्ति अस्थाई रुपमा विदेश गएकालाई पनि समाबेश गरि ३० लाख पुर्याएको थियो | अब २ बर्ष बसेको भन्ने बित्तीकै बिस त काटी हाल्यो बाँकी १० लाख मध्ये पनि एक तिहाइले पनि पत्याएर सदस्यता लिएका छैनन् | जस्तो अस्ट्रेलियामा भएका मध्ये पांच खण्डको एक खण्ड पनि यो संघमा छैनन् | न्युजिल्याण्डमा तेस्तै छ | सदस्यता लिएका मध्ये धेरैले छोडी सके भन्ने सुनिन्छ | भनेपछि एक सिमित व्यक्तिहरुले पैसाको भरमा नेपालीमाझ जबर्जस्ति नाम उभ्याउन र नेपालका नेतासित टासिन गरेको यो खेलमा अब सदस्यता एक लाख पनि छ छैन | यो अब एनआरएनले खुलाउनु पर्ने हुन्छ | किन आयो यो नैरास्यता त्यो पनि नया सभापतिको कमिटीले बुझ्ला भन्ने लाग्छ |
बिस लाख गरिबलाई साथ लिएर(जो एन आर एन नै होइनन) आफ्नो नेपाली नागरिकता लिने अभिस्ट पुरा गर्न लागेको छ यो सस्थाका धेरैजसोले , यहाँ धेरैले बुझुनकी मेरो यहाको एउटा घर बेचेर गयो भने नेपालमा मा बिस घर उठाई दिन्छु मुख्य कुरा येही हो, अहिले सम्मको कानुनमा बिदेशी नागरिकता लिनेले सिमित सम्पति राख्न पाउछ नेपालमा, एस्ता बिदेशमा समेत व्यापार भएका धनीलाई नेपालमा मनपरी सम्पति किन्न दियो भने, नेपालमा गरिबले टेक्ने ठाउँ पौदैना, कुरा येही हो, हंग कंग मा चाइनिज ले २ टा भन्दा बढी घर किन्न पाउदैन , दियो भने खरबपति हरु ले २ बर्समै सबै घर किनेर सक्दिन्छा, अनि लोकल चाही बिस्थापित हुन्छा, कुरा येही हो, नेपालमा पनि ! एयर पोर्ट मा १३ वटा कुर्ची, चितवनको स्कुलमा २ टा कम्प्युटर, येति हो एन आर एन को काम अहिले सम्म १० बर्समा, अरु सबै व्यापार हुन्! (तेही पनि हरेक पदधिकरिले मैले गरेको भनि पर्सनल प्रोफाइल मा लेखेको छ हेर्नोस) त्यो पनि सरकारले हरेक सम्मेलनमा कति अनुदान(फिर्ता) दिन्छा थाहै छ!
तेसैले चाहिने भन्दा बढी गफ नदिए हुन्छा यो सस्थाले, खाडीको उद्द्वार कोष को एक करोडले ७०-९० नेपाली उद्द्वर गर्न पुग्छ, अनि चाही के? जबकि दिनहु ४-५ जना नेपालीको बिजोग हुन्छा खाडीमा , त्यो करोड सके पछि फेरी हाल्ला शेष घलेले? बिजोग पर्ने टि बि कार्की उद्द्वार गर्ने शेष घले? टि बि कार्की र भवन भट्ट संग काम गर्यो भने शेष घलेको नाम छिट्टै BRW बाट हत्छा, हेर्दै जाम! अनि गौतम उहाता नेपाली महिला अमेरिका लगेर खान बस्न फ्री तिन महिनाको नेपाली १० हजार तलब दिने महाशय हो क्यारे!
जानकारी रहोस कि एक कि मि रोड पिच गर्न दुइ करोड लाग्छ नेपालमा , तेसैले नेपालको बिकाश गर्छु भनेर गर्ने नसक्ने काममा खोकी नदीम, व्यापार गर्न मन लागे गरे हुन्छा, तर गर्ने चाही व्यापार, भन्न चाही नेपालको बिकाश गर्ने भनेर नाखोकम !
Babu Dan जी,
यत्ति धेरै नेगेटिभ हुनु जरुरि छैन जस्तो लाग्छ किनकि नेपालको कायापलट गर्छु वा विकास गर्छु भनेर राष्ट्रको तलव भत्ता पड्काएर सरकारी सुख सुबिधामा मोज गर्ने हाम्रा नेता, मन्त्रि अनि अनि उच्च ओहदामा आसिन पधाधिकारी हरुले सुको नभाँचेको चाहिं तपाईंले देख्नु भएको छैन ?
के यी एनआरएनए का कमिटिका मान्छेहरुले सरकारी तलव अनि भत्ता पाउँछन ? यदि उनीहरुले यी सब पाएर बदलामा केहि नगरेको खण्डमा हामीले उनीहरुको खैरो खन्न मिल्छ / उनीहरुले त बरु थोरै मात्र भए पनि केहि न केहि गरेका छन राष्ट्रको ढुकुटी बाट केहि सुबिधा नलिए पनि /
नेपाल सरकारले ३० लाख सम्मेलन खर्च दिएकै देशको ढुकुटी रित्तियो भन्नु हुन्छ भने मेरो भन्नु केहि छैन / नेपालमा संचालन भई रहेका र निर्माण भई रहेका जल बिद्युतहरु, अनि अब निर्माण हुन गैरहेका २ पाँच तारे होटल / भलै यी व्यापार र नाफा मुलक लगानी हुन तर रोजगारी त सिर्जना भईरहेको छ नि /
अनि अर्को कुरो, पुँजी यानिकी धन भएको व्यक्तिलाई कुन चाहिं देशले स्वागत गर्दैन ?
बिश्वका हरेक मुलुकले बैदेशिक मुद्रा भित्र्याउने नीति लिएका हुन्छन / धनि हरु आफ्नो देशमा आएर बसुन, ब्यापार उद्योग धन्दा संचालन गरुन भन्ने नीति अवलम्वन गरेका हुन्छन /
धनीले सबै घर किनेर गरिवले बसले ठाउँ पाउदैनन भन्ने तपाइको तर्क हेर्दा तपाइको बुझाइको स्तर छर्लंग भएको छ / आज चिन मा हेर्नुस युरोप, पश्चिमी देशका धनि हरुको लगानी छ / उद्योग कारखाना खोलेका छन फलस्वरूप चाइनिजहरुले रोजगारी पाएका छन / चीनको आर्थिक उन्नतिमा बैदेशिक लगानी हो भन्ने बुझ्नु हुन्छ या हुन्न त्यो त थाहा भएन /
अनि रह्यो खाडी मुलुक को उद्धार कोषको लागि सुरु भएको नेरु १ करोडले ४-५ जना नेपालीको मात्र उद्धार गर्न मिल्छ भन्ने तर्क सुन्दा हाँस उठेर आयो / यसको मतलव तपाइँ लाइ कोष भनेको के हो भन्ने ज्ञान नै रहेनछ भन्ने स्पष्ट भयो /
बाँकी रह्यो संस्था भित्र नराम्रा व्यक्तिहरुको घुष पैठ / आखिर नेपाली न पर्यौं धुर्त अनि मतलवी जहीं पनि छौं / यसको अर्थ यो होइन कि सिङ्गै संस्था त्यस्तो हो /व्यक्ति नराम्रो होला तर संस्था नराम्रो हुन सक्दैन /
भवानी जी ले भन्नु भए को ” पुँजी यानिकी धन भएको व्यक्तिलाई कुन चाहिं देशले स्वागत गर्दैन ? भन्ने कुरा त् ठिकै हो तर नेपालमा जस्तो आफ्नो ढुकुटी सकेर भने स्वागत चाही गर दैनन् कुनै पनि देशले. धनि हरुले आफ्नो सम्पति सम्बन्धित देशमा खर्च गर्ने भए मात्रै उक्त देशले धनीलाई स्वागत गर्छ. आफ्नो औकातले भ्याए सम्म मन्हुने नेपालीहरुले पनि देशको लागि निस्वार्थी भावले खर्चेका छन् तर एन अर एन का सदस्य हरुको भने संधै केहि न केहि स्वार्थ लुकेको देखियो नि होइन र ?
जय होस !!
निस्वार्थ हुन लाइ त बुद्द हुनु पर्छ ; बुद्द सदियौ मा एउटा जन्मन्छ | NRN हरुले थोरै अनुदान र धेरै ब्यापार गर्ने हुन् तर ब्यापार मात्र यिनको ध्यय हैन, जहाँ जहाँ उनीहरु सफल छन् ब्यापार त्यहि गर्न सक्थे, उनीहरु नेपालमा लगानी र ब्यापार गर्न किन चाहन्छन ? किनकी उनीहरुले नाफा संगै आफ्नो समाजमा मान इज्जत पनि कमौछन | त्यसले उनको नेपाल संगको सम्बन्ध लाइ पनि मजबुत गर्छ | नेपालको ढुकुटी सक्ने जो कुरा छ यो NRN हरु संग भन्दा पनि नेपाल सरकार संग सोध्ने कुरा हो | नेपाल सरकारले यिनी संग कसरि deal गर्ने भन्ने नीति बनाउनु पर्छ | nrn संग रिसाउनु को अर्थ छैन |
जय होस !!!
जे पनि भन्नुस, लेख गहकिलो छ, व्यंगमिश्रित लेखाई सहित सार र गुदी दुवै छन्| यथार्थ र तथ्य पुरक पनि छन्| दर्पण नै संझौ| मनपर्यो| लेख्दै रहनुहोला| धन्येवाद!
सर्ब प्रथम त गैर आवासिय नेपालीको अर्थ राम्रो संग खुलाए हुन्थ्यो जस्तो लाग्छ मलाइ . के २/४ बर्ष बिदेशमा बस्दैमा या काम को सिस्ल्शिला मा होस् या पढाइ को क्रममा होस् या त कुनै पनि अर्को प्प्रायोजन्मा होस् विदेश बसिन्दैमा NRN कसरि हुन्छ ???
जय होस् !!!
१) आरिस र हीन-मनोग्रन्थि युक्त बकपत्र |
२) रौनियारको प्रस्न सहि थियो भन्ने माने पछि रौनियारको क्षमता र चरित्र को कुरा उठाएर के बुझाउन खोजेको ? कुरामा कुरो नि – अमेरिकाले राष्ट्र (राष्ट्रमा उसका जनता छन् ) को स्वार्थमा बाह्य मुलुक संग युद्द गरेको हो न कि प्रचण्डले जस्तो बाह्य मुलुकका प्रभु बाजपेयी-साबका चरणमा साष्टांग लम्पसार परि आफ्नो देसका मास्टर र २ मुरी कोदो बेच्ने कोदे साहु को सफाया गरेको त हैन नि ? ( युद्द हत्या जहा जसको भए पनि नराम्रो नै हो ) |
३) NRN मुलत ब्यापारी संस्था हो | झिना मसिना केहि काम होलान, यिनले नेपालमा गर्ने मुलत ब्यापार हो, यिनले पुंजी र सिप भित्र्याउने छन् | यिनको ब्यापार (पुंजी र सिप) लाइ नेपालको अधिकतर हित अनुकुल लान सक्ने नीति बनाउनु नेपाल सरकारको क्षमताको कुरा हो, NRN को खेदो खन्ने हैन आफ्नो सरकार दिगो र सबल बनाउ | बिना श्रम झर्ला र खाउँला भनेर यिन संग आस नगर |
४) नेपालको सबै भन्दा ठुलो रोग भनेको सम्पूर्ण गैरराजनैतिक अंगहरूको अवैध दलीय राजनीतिकरण नै हो, नेपालमा हरेक दलका अलग अलग युनियन छन् र ति युनियन आफ्नो सहकर्मी को हित र संस्थाका प्रति उत्तरदाइ नभई सम्बद्द दल प्रति उत्तरदाइ छन् | एस्तो स्तिथिमा रौनियारको कुरा मनन /बहस योग्य छ |
५) निर्बाचन – नेपालको संबिधान त सबै नेपाली ले एकै ठाउँ जम्मा भएर पो लेख्नु पर्ने जाबो ६०१ ले लेखेको पनि हुन्छ ? ए प्रतिनिधि मुलक भन्ने नि हुन्छ नि त …. हँ उसो भए उसबेला उहिको उ चाहि उखल्येछ त ? ल ठिक छ यो निर्वाचन कसरि हुनु पर्थ्यो त लामा जी ?
६) नेपाल बाट बाहिर निक्लनु अग्रगमन हो, प्रगति हो, ड़ाहा नगर | प्रियजन र मातृभूमिको याद बाहिर आएका लाइ मात्र थाहा हुन्छ | नेपाल बाहिरका लाइ खराब नसम्झ, फटाहाहरु देशमै छन् तिन लाइ चीन र परास्त गर | आफ्नो नाकको फोहोर सफा गर्न छाडेर आर्काको चाक फोहोर भएको तर्क नगर | त्यो भन्दा पहिला आफु भित्रको दानब लाइ परास्त गर |
(दोहोर्याएर बद्दुदार ब्लग बाडेउ, त्यसले अलि ठाडो लेखे माफ गर ) सर्बे भवतु सुखिन………….
जय होस् |
हे नेपाली लेखक महोदय हो अरुको खुट्टा होइन हात तान्न सिकौ . होइन तपाइको लेखले चाही कुन चाही लछार पाटो लाछर ? Sadist
राजु जी, आरिसे र हीन-मनोग्रन्थि लाई राम्रो जवाफ दिनु भो .. कसैको राम्रो पाटो नै न केलाउने , सोच नै संकुचित र नकारात्मक ..
” नेपाल बाहिरकालाइ खराब नसम्झ, फटाहाहरु देशमै छन् तिनलाइ चीन र परास्त गर | आफ्नो नाकको फोहोर सफा गर्न छाडेर आर्काको चाक फोहोर भएको तर्क नगर | त्यो भन्दा पहिला आफु भित्रको दानब लाइ परास्त गर |” बुझ्नेलाई येति काफी छ ..
माछा बजार भन्नु चाही सान्दर्भिक नै लग्यो तर NRN ले नेपाल बाट बाहिरिएका ३० लाख नेपाली हरुको प्र्तिन्धित्तो गर्छ भन्नु चाही अलिक नमिले जस्तो लग्यो किनभने, बिदेस मा बस्ने लगभग 90 %नेपाली हरु येस्ता नेपाली संघ संस्था प्रति बिस्वसै गर्दैनन् कारण, चाहे जस्तो सुकै राम्रा अनि ठुला ठुला कुरा गरे पनि व्यवहार भने लगभग नेपाली राजनीतिज्ञ हरुसग मिल्दो जुल्दो छ कतार को सन्दर्भ बाटपनि थाहा हुन्छ ठ्याकै कतार को जस्तो त हैन, तर जुन देश मा गएकोछ त्यो देश को नियमकानुन अनुसार कागजपत्र नमिलेको वा नबुझेको कारण ले विभिन्न देशहरु मा नेपाली हरु अनाहक मा फस्ने र पिडित हुने गरेका छन् तिनी हरुप्रति बेखबर छन् यीनिहरु, कामले माखो नमार्ने अनि कुराले संसारै भ्यायौ भन्ने यो दिर्घ रोग बाट छुटकारा पाउन जरुरि देखिञ्छ !
मित्रहरु अरुलाई माछा बजार भन्न सजिलो छ, तर आफुले माखो मार्न नसक्ने, जो प्रति पनि नकारात्मक धारणा छिट्टै बनाइहाल्ने तपाइहरुको बानि पनि सुधार्न जरुरि छ. जनताको एक पैसा पनि कर नलिएका, गाउमा हुर्केर विदेश गएर पैसा कमाएका , साधारण नेपालीका छोराहरु -उपेन्द्र महतो , जीवा लामिछाने, शेष घले – को प्रशंशा गर्न हामीले नसिक्ने हो भने हामीले आफ्नो जीवन मा कहिले प्रगति गर्ने छैनौ. राणा हरुका छोराछोरी संग बिदेश मा अरबौ छ, तिनले त भएको लिएर भागेका हुन्, म बसेको ठाउ वरिपरि कसैलाई नगन्ने आफुलाई नेपाल को खानदानी ठुला हु भन्ने हरु कति छन्, ति मध्ये कसैले पनि नेपाल मा इन्वेस्ट गरौ, नेपाल लाई धनि बनाउ भन्दैनन, बरु पाए नेपालि संग बोल्न नखोज्ने , नेपाल पनि कुनै देश हो र खाते हरुले बिगारे भन्ने गर्छन. यिनीहरु भन्दा एन आर एन हरु निकै ठिक छन्.
निशा जी को कमेन्ट मा म सहमति दिन्छु,
#####जनताको एक पैसा पनि कर नलिएका, गाउमा हुर्केर विदेश गएर पैसा कमाएका , साधारण नेपालीका छोराहरु -उपेन्द्र महतो , जीवा लामिछाने, शेष घले – को प्रशंशा गर्न हामीले नसिक्ने हो भने हामीले आफ्नो जीवन मा कहिले प्रगति गर्ने छैनौ.#####
समसामयिक लेख लेख्नु ठिक हो तर अति नै negative नलेखेकै राम्रो , लेख लै राम्ररी बुझ्ने हो भने राजनीतिक प्रभाभ देखिन्छ ,
गर्न खोज्ने लै गर्न दिएकै राम्रो , खाली बुद्धि दिन त critisize गर्ने नेपाली को बनि कहिले अन्त हुने हो
देश नै माछा बजार हो, अरु के कुरा गर्ने?
लामाजीको बिस्लेषण भनौ या मुखको तितो जे भने पनि एनआरएनहरूको काठमाडौं सम्मेलन २०१३ लाई नागरिकन्यूजले माछाबजारको सज्ञा दिएको र दर्शन रौनियारले प्रचन्डलाई सोधेको प्रश्न सान्दर्भिक छ | फाइव स्टारको भोजन पचाउन र मेडियामा आउन पाए सम्म जाने सम्म त बोल्ने पर्यो | बोल्दैमा कसको के जान्छ | हुने नहुने त कता हो कता ? देशै भित्रका जान्ने सुन्नेले बोलेका त केहि भाको छैन बाहिरका आएर केहि बोल्दैमा हुने वाला त केहि छैन | बा आमा काका संगको टीकोटालो पनि हुने अनि आफु भन्दा सानालाई अर्ति उपदेश दिन पनि पाइने र एनआरएनको नाममा पाएको सुबिधा भजाउन पनि पाइने यो बेला | त्यसैले यो शुद्ध माछाबजार हो |
भित्रकाले खोपीको देउता मानेर पुजेका प्रचण्डलाई सत्र हजार जनताको रगतको मुल्य सोध्ने साहस त गरेछन बाहिरकाले | यति गरेकोमा दर्शन रौनियारलाई बधाई छ | रगतको मूल्य रगत गुमाउनेलाई थाहा हुन्छ तेती सोध्ने कोहि निक्लेका थिए अहिले सम्म ?
लामाजिको भनाइसंग म पुरै सहमत छु प्रचंड़का बारे – फाँसीमा चढ्नेबेलामा हालसम्म सत्तामा बसेका सम्पूर्ण नेता, हत्यामा संलग्न सेना, प्रहरी र प्रशासकहरूलाई पनि आफूसँगै लिएर गए भने देशवासीले न्याय पाउँने छन्।
तर त्यो दिन लामाजी र हामीले कहिले देख्ने हौ खै ?
He is not a candidate for US congress! My guess is he was running for the primaries for democrats and lost it when he could not raise enough fund!
चाहे दुनियाले जे सुकै भनुन एनआरएनए (धनि हरुको संस्था, सिमित व्यक्तिहरुको नेतृत्व गर्ने संस्था वा मतलवी धुर्तहरुको संस्था आदि आदि) को नेतृत्व आखिर धनवान र मनवान व्यक्तिले नेतृत्व गर्दा नै संस्था जल्दो बल्दो रुपमा चर्चामा आइरहन्छ भन्ने बिगतका नेतृत्वकालहरुको समिक्षा गर्दा आफै छरलंग हुन्छ /
यदि स्थापनाकाल मा यो संस्थाको अध्यक्ष डा. महतो नभएर कुनै मामुली व्यक्ति भएको भए यो संस्थाले तत्कालिन अवस्थामा त्यो उँचाइ प्राप्त गर्ने थिएन भन्दा अत्युक्ति नहोला / एनआरएनए स्थापना भए देखि लगातार ६ बर्ष वहाँले नेतृत्व गर्दा आफ्नो बैंकको खाता खुल्ला राख्नु भएको थियो सामाजिक कार्यको निम्ति खर्च गर्नलाई र नेपाल र नेपालीहरुको पिर मर्कामा सहयोगी हात अघि बढाउनलाई / फलस्वरूप त्यसको श्रेय वहाँलाई व्यक्तिगत रुपमा जानुभन्दा बढी एनआरएनए यानिकी संस्थालाई जाने गर्थ्यो / जनमानसमा एनआरएनए भन्ने संस्थाले बास्तवमै केहि गर्दो रहेछ भन्ने प्रभाव पर्न गयो र संस्था इज्ज़तिलो स्थान प्राप्त गर्न सफल भयो /
अव आफैं भन्नुस डा. उपेन्द्र महतोको ठाउँमा यदि कोहि मध्यम खालको आर्थिक अवस्था भएको व्यक्ति भएको भए त्यस्तो छाप छोड्न सक्थ्यो ?
त्यसपछि आयो देव मान हिराचन जिको कार्यकाल / वहाँ पर्नु भयो मध्यम खालको आर्थिक अवस्था भएको व्यक्ति / सर्वप्रथम वहाँ अध्यक्ष हुनलाई नै नौटंकी देखाएर हुनु भएको थियो जुन सारा नेपालीलाई थाहा भएकै हो / वहाँ अध्यक्ष चुनिन्दा सम्म नै डा.उपेन्द्र महतोले निर्माण गर्नु भएको संस्थाको इज्ज़त पुरै माटोमा मिलिसकेको थियो / तुलनात्मक रुपमा वहाँले आफ्नो धनको बर्षा सामाजिक र पारोपकरी कार्यमा डा.महतो ले जस्तो खर्च गर्नु सक्नु भएन किनकि वहाँमा त्यो सामर्थ्य पनि थिएन / फलस्वरूप संस्था त्यति चर्चामा आउन सकेन जति डा.महतोको पालामा आएको थियो / वहाँले अध्यक्ष बन्नलाइ साम दाम र भेद को नीति अपनाउँदा धेरै एन आर एन हरुको बिस्वास गुमाई सक्नु भएको थियो अन्तत वहाँमा त्यो चुर बस्तु नै रहेन जुन बस्तुलाई एन आर एन ए ले संजाल को रुपमा ब्याख्या गर्ने गर्छ / हिराचन जीले त्यस्तो कुनै ठुला प्रोजेक्ट को सुरुवात गर्न सक्नु भएन /
किनकि वहाँ सिर्फ एसिया प्रशान्त क्षेत्रको समर्थन प्राप्त गर्न सक्नु हुन्थ्यो बाँकी ७५ % बिश्व वहाँलाई कुनै गतिलो समर्थन गर्न चाहाँदैन थियो किनकि वहाँले नै आफ्नो नैतिकता र बिस्वास गुमाई सक्नु भएको थियो / फलस्वरूप संस्था पूर्ण रुपमा निस्क्रिय जस्तै बन्न पुग्यो / जनमानस अगाडी संस्थाको छबि पुरै तहसनहस हुन पुग्यो /
त्यसपछि आउनु भयो जीवा लामिछाने जी / वहाँ अध्यक्ष चुनिने बेलामा पनि अनेक रडाको मच्चिएको थियो भलै वहाँले मच्चाउनु भएको थिएन / हिराचन जीले नै मच्चाउन खोज्नु भएको थियो जुन नेपाली जनमानसमा उजागर हुन गयो / नतिजा, यिनीहरु पनि पदको भोका मात्र रहेछन , खाली पोजिसन प्राप्त गर्न लडाई झगडा मात्र गर्ने /
वहाँ स्वच्छ छवि भएको व्यक्ति त पर्नु भो तर डा.उपेन्द्र महतोले जस्तो खुल्ला रुपमा आफ्नो बैंक खाता खुल्ला गर्नु भएन सामाजिक कार्य र परोपकारी कार्यको निम्ति / वहांले त्यहि ब्यापारी छवि नै छोड्नु भयो भलै सामुहिक लगानी को सुरुवात गर्नु भए पनि /
वहाँको छोटो कार्यकालले केहि हद सम्म देव मान हिराचनजिले बिगार्नु भएको संस्थाको छविलाई सपार्न सफल भयो तर डा.उपेन्द्र महतो को हाराहारीमा संस्थालाई पुर्याउन सक्नु भएन / आर्थिक सबलताको कुरा गर्दा वहाँ निकै धनवान व्यक्ति त पक्कै हुनुहुन्छ तर मन त्यति देखाउनु भएन / शायद हामीले पो वहांको आर्थिक अवस्थालाई गलत रुपमा बुझेको छौं कि कतै /
अनि भर्खरै चुनिनु भएको छ श्री शेष घले जी / एक हप्ताको अवधिमा नै
वहाँले आफ्नो बैंक खाता बाट नेरु २ करोड ५ लाख नेपाल र नेपालीको निम्ति खर्च गर्नु भनेको पक्कै पनि वहाँ डा.महतोको हाराहारी वा त्यो भन्दा पनि अघि बढेर धन मात्र होइन मनको पनि धनि व्यक्ति को रुपमा आफुलाई स्थापित गर्नु हुनेछ भन्ने लक्षण देखाउंदै हुनुहुन्छ /
आखिर एउटा संस्थाको प्रमुखले गर्ने हरेक क्रिया कलापले प्रत्यक्ष वा अप्रत्यक्ष उसले नेतृत्व गरेको संस्थालाई पर्न जान्छ / श्री घले जीले खर्च गर्नु भएको नेरु २ करोड ५ लाख एनआरएनए ले गरेको भन्ने संदेश जान्छ जनमानसमा / आशा गरौँ कि श्री घले जीले आफ्नो प्रभाव र नाम गुमाउंदै गएको संस्था एन आर एन ए ले फेरी त्यहि इज्ज़तिलो स्थान बनाउन सफल होस् वहाँलाई सुभ कामना /
अब केहि लेख्न चाहन्छु एन आर एन ए मा धन भएको व्यक्ति नै हुनुपर्छ भन्ने सवालमा /
यो संस्थाको विशेषता नै यस्तो छ / सर्वप्रथम बिश्व भरि छरिएका एन सी सी (राष्ट्रिय समन्वय परिषद) हरु / अनि बेला बेला मा हुने क्षेत्रीय सम्मेलन जुन कुनै एक देशमा आयोजना गरिन्छ (युरोपमा, खाडी देशमा, अमेरिकी देशमा. एसिया प्रशान्त को कुनै देशमा, अफ्रिकी देशमा ) अनि निमन्त्रणा जान्छ विश्वका सबै जसो एन सी सी हरुमा / आइ सी सी (अन्तराष्ट्रिय समन्वय परिषद) बाट त लगभग अनिबार्य जस्तै नै हुन्छ उपस्थित हुनु पर्ने यस्तो सम्मेलनहरुमा /
अब अर्को जटिलता के छ भने संसार भरि खुल्लम खुल्ला आवत जावत गर्न पनि नमिल्ने हाम्रो हरियो पासपोर्ट बोकेर अनि सकी हाल्ने पासपोर्ट कोहि सित भए पनि साधारण खर्चले नपुग्ने किनकि यस्ता सम्मेलनहरुमा भाग लिन आफ्नै खर्चमा जानु पर्ने हुन्छ / यहि कारण हो हरेक सम्मेलन मा आर्थिक अवस्था केहि दरो भएका व्यक्तिहरु मात्र देखिनु / अनि त्यस सम्मेलन बाट चुनिने कमिटि पधाधिकारी हरु धनि मात्र देखिनु किनकि साधारण आर्थिक हैसियत भएको व्यक्ति त त्यहाँ उपस्थित नै हुन सकेको हुँदैन अनि कसरि पुगोस समितिमा ?
त्यसैले हामी जस्ता साधारण आर्थिक हैसियत भएकाहरुले यो संस्था धनिहरुको मात्र हो भनेर भन्नु पनि त्यति जायज हुँदैन किनकि हामीले कुनै पद हासिल गरि हाल्यौं भने पनि भोलि गएर हरेक महादेशहरुमा आयोजना गरिने सम्मेलनहरुमा भाग लिन जाने आफ्नो आर्थिक हैसियत नपुग्ला अनि संस्थाको कुनै महत्वपूर्ण पद ग्रहण गरेको व्यक्ति त्यहाँ उपस्थित नहुँदा संस्थाको कार्यक्रम गतिबिधि रोकिएला होइन र ?
त्यसैले धनि व्यक्तिहरु नै हुन दिउँ ठुला ठुला पदहरुमा / कमसेकम आफ्नो धन केहि मात्रामा नेपालको निम्ति खर्च गरे आखिर भलो त नेपाल र नेपालीको नै भैरहेको हुन्छ नि होइन र ?
तपाईं हामी जस्ता साधारण हैसियत भएका व्यक्तिहरु त्यो ठाउंमा पुगेर पनि केहि होला जस्तो त मलाई लाग्दैन किनकि यो कसैको दोष होइन यो संस्था को बिशेषता नै यस्तै हो / यो संस्था चल्ने, बाँच्ने र अस्तित्वमा रहने नै धनि व्यक्तिहरु महत्वपूर्ण ओहदामा हुँदा मात्र हो नत्र जान्छ संस्था भाँडमा
भवानी जी यो साचो हो/ घले मन भएका मान्छे हुन् / स्वयम् घोसित अरब पति (त्यो पनि डलरमा ) ले पाच हजारको छात्रवृति दिदा अखबारको कोलम भर्न हुने अनि नेपाल बात केहि नलिएका घले ले करोड दिदा चाही कुरा काट्ने / घलेले अस्ट्रेलियामा पनि बुश फाएरको लागि $७२०००.०० अनि unicef को लागि $१०००००.०० donation सहयोग गरेका थिए /
अतिनै सान्दर्विक अनि येथार्त ….. बास्तबिकता येही नै हो !
Good writing. I love the phrase “maccha baazar”.
मनछुने लेख, यो मनन गर्न योग्य छ. देश दुखेको बेलामा, देशमा परिवर्तन गर्ने बेलामा बिदेशमा चिकेन र पिज्जा बजाएर चुट्की मार्ने,आन्दोलन सकिएर शान्ति को बेलामा तर मार्न मौका छोप्ने तथाकथित नेपाली को स्वभाव देख्दा चित्त दुख्छ.
उहीजी, अमेरिकामा पनि निश्चित कामदार संख्या पुगेको कम्पनीमा मजदुर युनियन हुन्छ / नेपालमा पनि १० जना भन्दा कम कामदार भएको कम्पनीमा कहाँ मजदुर युनियन गठन गर्न पाइन्छ र ?
अनि, नेपालको नागरिकता कहाँ मागेको हो र ? भै राखको/ लिइसकेको नागरिकता पो रद्ध नगर भनेको हो त ! अन्तरिम संबिधान २०६३ को प्रावधान अनुसार “विदेशको नागरिकता ग्रहण गरेमा नेपालको नागरिकता स्वतः रद्ध हुने” प्रावधान हटाउनु पर्छ पो भनेको हो त !
अन्तमा; प्रचण्डले फाँसीको कुरो अन्तर्मनमा गढेर नै बोलेको हो / उनि आफैलाइ आफु फाँसीको लायक छु भन्ने जताततैको बिरोधको प्रतीकात्मक रूपमा बोलेको हो /
(दिनभरी शालीन झुठ बोलेर घर फर्के पछि बिचरा प्रचण्ड कति पीडाले जल्दो हो)
यो एन आर को संदर्ब मा कतारको टीबी कार्कीको चरित्र बिबादित र कलुषित हुने संभवाना भएकोले; एन अरर एन अन्तर्रस्त्रिया संघले यसको राम्रो अनुसन्धान गर्नु पर्दछ र यो मनिष दोषी साबित भयो भने एन अरर को छविको लागि यसलाई पदच्युत गर्ने पर्ने हुन्छा|
एदी इनिहरु कुनै चासो रखादैनन, भने कांग्रेस ले खुमे, कुजाता पालेको जस्तै हो र एन आर एन अन्त राष्ट्रिय मानब तस्कर र श्रम सोरण गर्ने गुट को एउटा सदस्य हो भन्द मिल्ने हुन्छा|
Truly speaking NRN is not representing mass immigrant Nepalese people. I am not going to explain why and how, because everyone knows the answer. But please let me tell something positive aspects of immigrant Nepalis. The fact mentioned below is easily possible if all immigrant Nepalese are united under a better association (Not the current club structured NRN of elite and businessmen). Believe me or not Immigrants are the only life of our ruined economy and great if not only hope of better future of Nepal. It is a mass force of more than 3 million honest, hardworking, skilful and economically empowered people that can accelerate the national development with their skill, investment and experiences. Being most active and productive people, they are doing incredibly well around the world. Except few cases, Nepalese labours have impressed foreign employers. The fastest growing information technology coupled with social medias have equipped them for better access to news or message from home country and information of their own interest. The knowledge they have gained is more practical and useful in this globalisation era. They are giving the life to rural economy and improving living standard of villages. They are not only the source of luxurious spending, as critics think, but they could be great investors once the stable and supportive government is set up. In addition, they are not lazy, they have motivation and new vision which is our national wealth that never have been offered by our traditional education system. No one can refuse that Nepalese immigration is a strongest and most influential group of the country at present. The management and organisational side of this mass force lacks efficiency, responsibility and accountability. Politically appointed government Ambassadors or other representatives have less concern about the mass people’s sufferings. In many cases, they are failed to raise the voice of Nepalese labours and take actions against the discrimination and exploitation( as it happened in Qatar recently). I hope, once the domination of elite is abolished this Organization will change its name first and will show its potentiality.
“Over the last few years, we’ve learned a great deal about the Democratic Party’s attitude toward the labor movement. Through the Employee Free Choice Act debate (or lack thereof), we’ve learned that Democrats are happy to rely on union workers hard-earned money to get elected, and then happy to block major pieces of legislation that would help workers join a union. Through the Obama administration’s push for a new NAFTA-style trade deal, we’ve learned that Democratic presidential candidates are happy to sound pro-labor on the campaign trail, and happy to be anti-labor in Washington, D.C. I could go on, but you get the point: We’ve learned that the Democratic Party and labor are in neverending abuser-abused relationship.”
Source: http://www.openleft.com/diary/21389/the-democratic-partys-general-attitude-towards-labor-unions
अब हाम्रो दर्शनजी को के कुरा गर्नु? अमेरिकामा येत्रो बर्ष बसेर औटा जाबो अंग्रेजी त राम्रो संग बोल्न नाउनी रे’छ! धरप्रबाहा अंग्रेजी बोलेपो अमेरिकी जनता ले पत्त्यौचन. Accent छ भर्खर छ अमेरिका छिरेको भारतीय जस्तो! त्यसमाथि एकजना महिला लै यहा बोलाएर गैर-कानुनी काम लगाएको त छदैछ! थुइक्क!!
रौनियारले नेपालमा मजदूर युनियनहरू बन्द गर्ने अर्ती पनि दिए छन् !!! ठिकै त हो नि !! उद्योग खोल्न हिम्मत पनि नगर्ने तर उद्योग कहाँ कहाँ छ भन्दै खोज्ने र संगठन खादा गरिहाल्ने र चन्दा मगीहलने !! क्या गजब को काइदा
@ उही कुमार लामा : तपाइंको यो लेख समाचार होकी , विश्लेषण होकी, आलोचना होकी , NRN प्रतिको रिस हो यो कुरा त सबै पाठकहरुले आ-आफ्नै तरिकाले लेलान तर मलाई चाही तपाइंको लेख पढ्दा एस्तो लाग्यो कि तपाईं बिरोध गर्नको लागि बिरोध गर्नु हुन्छ / तपाईं लाई एस्तो यीछ्या छ कि तपाईंको लेखले भुइचालो नै ल्याऒस तर एस्तो अंध बिरोधले त खाली तपाईं
एउटा मुर्ख मान्छे हो जसलाई सहि र गलत छुटट्याउन आउदैन भन्ने मात्र देखाउछ /
मेरो बिचारमा NRN को सम्मेलनमा देशको राजनीतिक कुरा उठ्नु गलत होइन तर NRN भित्र राजनीति भएको भए त्यो चाही गलत हो/
बिकशित देशको जस्तै मजदुर प्रणाली नेपालमा ल्याउनु गलत होइन तर त्यो प्रणाली अपनौना नेपाल जस्तो देश आर्थिक, राजनैतिक रुपमा तयार छ कि छैन त्यो कुराको निर्क्यौल हुनु पर्दछ /
अमेरिकी NRN ले प्रचण्ड लाई युद्धमा मारिएका जनताको बारेमा सोधेको प्रश्न नेपालीहरु प्रतिको माया हो , उसले अमेरिकालाई पनि त्येस्तै प्रश्न सोध्छ वा सोध्दैन त्यो महत्वो पूर्ण कुरा होइन/
हामीलाई मन Paros वा नपरोस , साचो कुरा नेपाल जस्तो मुलुकका हामी जनताले Amerikalai कुवा भन्नु ब्यर्थ छ/ त्यो देश बिकाशको पराकास्था हो/ होला त्येसका विदेश नीति गलत छन् तर आफ्नो बिकाश चाही गरेको छ/
कसैले बिदेशमा नेपालीको सोषण गरेको छ bhane त्यो ब्येक्तिलाई कारवाही हुनु पर्छ, तर त्येसको कारणले NRN नै गलत प्रमाणित गरौन प्रयास गरिनु हुदैन, युओ उसको ब्येक्तिगत कमजोरी हो नकि NRN सस्थाको /
Yekpatako नेपाली सधैको नेपाली भन्ने कुरा एथार्थ हो भाबुकता होइन/ बिकशित देशमा बस्स्नु पाप होइन, नेपालको Kul आय को २५% हीस्सा नेपालीले बिदेशमा गरेको दुखको नै
फल हो/ बिस्देष्म बस्नु रहर होइन बध्येता हो/
तिस लाख मध्ये बाट ८०० जनाले मात्र निर्णय गरेका होइनन, to ८०० जनालाई भोट हालेर प्रतिनिधि बनाएको हो/ हुनसक्छ सबै Jana समेतियेनन ,त्यो चै NRN को
कमजोरी हो तर पुरै पंचायेत नै भएको चै होइन/
बिरोधमा धेरै तर्क दिन सकिएला तर कर्मचारी संगठन, मजदुर संगठन र विश्वबिध्यालयका बिध्यार्थी संगठनहरू अहिले घाडो साबित भएका छन् !
लामाजीले थुप्रै र निकै गहन प्रश्नहरु उठाउनु भएको छ। यस्तो सार गर्भित लेख लेख्नु भएकोमा लामाजीलाई धन्यबाद। यहाँ उठाइएका प्रश्नहरुले सम्बोधन गरेका ब्यक्तिहरुको भनाई पनि पढन पाए हुन्थ्यो।
Kumar Lama Ji, If Nepal were to adopt the constitution like US and economic policies like US. It wouldn’t have any NRNs. In Nepal everybody has Unions like government employees union, trade unions and other unions. There is no hire and fire, that’s why they don’t have to be accountable to Nepali people. Just attach your union to one of the Political Party and get protected by them. This is the main problem and nothing gets done. There are unions in USA but they look after the union member not the political parties. A lot of Nepalese know to talk, have Masters Degrees and others but they don’t work and are simply trying shortcuts to earn money. Look everywhere Government Employees try to get corrupt money, Corrupt politicians, Businessmen not paying taxes, Police, Army. At least in US corrupt people go in Jail forever. Even the Governors, Cabinet Member and even President can be fired like Richard Nixon.
People like Kumar Lama just like to criticize others but make your leaders, government employees, Police, Army, Businessmen accountable and responsible. I don’t think you can because some of your colleagues may be blackmailing to get money. So called Journalist !!!!
यो analysis ९० /१०० सहि छ. स्वार्थ ले हो भने मलाई पनि दोहोरो नागरिकता ले फाइदा हुन्छा. Descision गर्नु अघि देश Nepal (नेपाल) ले १० पटक सोचोस्.
गैर आवासीय नेपालीहरुले आफ्नो सम्मेलनमा राजनैतिक पार्टीका शिर्षस्थ नेतालाई बोलाएपछि यस्ता प्रश्न सोध्नु कुनै अपराध होइन . यहाँ प्रश्न कसले सोध्यो भन्दा पनि कस्तो प्रश्न सोधियो भन्ने तर्फ पनि जान सक्नु पर्छ . रौनियारले प्रचण्डलाई प्रश्न सोधेकै भरमा उनलाई उनका पुराना कर्तुत कोट्ट्याएर कारवाही गर्नु पर्ने र नसोधेको भए नगरेको भए पनि हुने जस्तो कुरा गर्नु हुदैन . रौनियारले पनि कारवाही भोग्नु पर्ने भए भोग्नै पर्छ र कारवाही गर्ने निकायले कारवाही गर्नै पर्छ . प्रचलित कानुनलाइ कसैले तोडेको छ भने उसले कारबाही भोग्नै पर्छ . रौनियारले जुन प्रश्न सोधे त्यो प्रचण्डलाई सोध्न पर्ने प्रश्न भएको र त्यो सत्य हो भनेर स्विकारिसकेपछी अब अन्य ठाउमा उनले अरुलाई सोध्छन कि सोध्दैनन भन्ने कुरा तिर लाग्नु र त्यस्तो माग राख्नु त्यति उचित होइन . यो प्रश्न सोध्ने वातावरण माओबादिले नै बनाएको हो . देशको यो दुर्गति हुनुमा सबैले इमान्दार भएर सोच्ने हो भने र छातीमा हात राखेर भन्ने हो भने माओबादि नै त्यसको कारण देखिन्छ . आखिर ४० बुदे लहडको माग थियो भनेर बाबुराम ले स्वीकार गरेको अवस्थामा १७००० जनताको मृत्यु/हत्या को जिम्मा माओबादिले लिने हो अरुले होइन .
पुरै कुरा अमेरिका ले नै सिकाएर पठाएको अमेरिकाका दुत जसरि नै बके त रौनियार ले ?
साम्राज्यबादि सोच
मलाई त धेरै उत्तम लाग्यो तपाईं को लेख . राम्रो विस्लेषण र यथार्थपरक . किन किन मलाई पनि कुलचन्द्र गौतम दन्त्यकथाको धुर्त स्याल जस्तो लाग्छ .
अगाडी सोध्ने र उत्तर दिने जस्तै गरेहोलान र पछाडी संगै बसी फ़ाइवइस्टर होटेलको रोस्ट चिकेन र व्हिस्की पियेहोलान | सबै नौटंकीबाजहरु |
तेती धेरै नकारात्मन हुन जरुरि नहोला | मुलत NRNA ब्यबसायी हरु को समुह हो | यिनीहरु सबैले कमाको सबै देश लाइ प्रदान गरेर देश बिकाश गरिदेलान भनेर अपेक्षा गर्नु नि जायज हैनन् | देश लाइ नलुटुन केहि पुजी र शिप देश मा भित्र्याउन तेती नै काफी हो |
सबै देश मै जमेर २५ प्रतिसत खुम बहादुर या प्रचण्ड ले झैँ माला ले पुरिएर अनि बाकी ७५ प्रतिसत तिन का जन्ती झैँ झुमेर मात्र देश बिकाश हुने हैन |
“बिदेशमा पिडीत श्रमिकका लागि एनआरएनद्वारा राहत कोष स्थापना भैसकेको छ जसमा घले ले मात्र १ करोड प्रदान गरेका छन् .. यो सकारात्मक सुरुवात हो |
ताई न तुई छेउ न पुच्छरको लेख। के आधारमा माछा बजार भनेको हो? त्यो चुनाब तेहि ३० लाख मान्छेहरुले चुनेर पठाका प्रतिनिधि हरुले भोट हालेका हुन। काठ्मान्डौ मा सम्मेलन हुनु भन्दा पहिला हरेक देशमा चुनाब गरेर प्रतिनिधि चुनिएको हो र तेहि प्रतिनिधि ले काठ्माण्डु मा भोट हालेका हुन र मेरो बिचार मा सबै पर्जातान्त्रिक पर्क्रिया मा यहि गरिन्छ। पन्चायत होइन अहिलेको सबै पार्टिको प्रिनिधि चयन प्रक्रिया यहि हो। यति कुरा को जानाकारि नहुनेले के लेख लेख्ने आँट गरेको हो? मेरो बिचार कुनै पनि गैर आबासिय नेपालि ले नेपालको अहित मा काम गरेका छैनन। बिभिन्न देशमा गयर दुख गरेर केहि पैसा कमायाका छन र नेपालमा लगानि गर्छन। कति बिदेश बाट फर्केका नेपालिहरुले त्याँको सिप सिकेर नेपाल मा ब्यबसाय शुरु गरेर सफल भको सुनियकै छ। माइ संसारले किन यति धेरै गैर आबासिय नेपालिको बिरोधमा लेख लेख्छ। अस्ति कैले हो आर्थिक संकट पर्यो भनेर ब्लग लेखेको थियो र तेसमा ७७ जनाले माइसंसार लाइ सयोग गरेका थिय जसमा अधिकाम्स गैर आबासिय नेपालि नै थिय।
दिलशोभाको अन्तरबार्ता दिशानिर्देशमा प्रशारण भपछि जम्मा भएको ९०% भन्दा बढी रकम पनि विदेशमा बस्ने हरु बाट नै जम्मा भएको थियो.
रौनियार अमेरिकी कंग्रेस्सको पो उमेद्वार त सिनेटको हो र?
Avaya जी रौनियार अमेरिकन कंग्रेसको उमेद्वार पनि हैन हो , उ डेमोक्रेटिक पार्टी बाट उमेद्वार बन्नको लागि मात्र उमेद्वार हो ,यानी उमेद्वार को लागि उमेद्वार मात्र हो , किन उसलाई हुदै नभएको टाइटल दिन्छ नेपाली मिडियामा ? उसले ५५००० भोटर र ११ जना उमेद्वार मा पनि १००० मात्र भोट ल्याई ११ औ स्थानमा उल्टोबाट प्रथम भएको हो.