Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो कस्तो नियम? मेरो ८७ रुपियाँ कसले खायो ?

Posted on October 6, 2013October 6, 2013 by mysansar

-प्रवीणकुमार केसी-

कर लिनु सरकारको अधिकारको कुरा हो। कर तिर्नु नागरिकको दायित्व हो । समयमा कर तिर्न नसक्दा जरिवाना तिर्नु आम कुरा हो तर समय भन्दा अगाडि कर तिर्दा पनि ‘जरिवाना’ तिर्नु पर्ने र त्यसको रसिद समेत नआउने- यो कहाँको न्याय हो ? प्रसंग सवारी करको हो ।


मेरो मोटरसाइकलको आ.व. २०७०/७१ को ब्लु बुकको म्याद सकिने मिति २०७०।०६।१५ गते थियो । मिति २०७०।०६।०७ गते सवारी कर रु.३५००।- तथा ब्लु बुक नविकरण शुल्क रु ४०।- गरेर जम्मा रु ३५४०।– यातायात ब्यवस्था कार्यालय सानो भर्‍याङ, स्वयम्भूमा बुझाएको थिएँ ।

नियम अनुसार कर तथा नविकरण शुल्क बुझाएपछि मेरो ब्लु बुकको म्याद सकिने मिति २०७१।०६।१५ गते हुनु पर्ने थियो तर ब्लु बुकमा म्याद सकिने मिति २०७१।०६।०६ गते उल्लेख गरिएको छ ।

त्यसो हुनुको कारण बारे सोधी गर्दा उक्त कार्यालयका शाखा अधिकृतबाट ब्लु बुकको म्याद सवारी करको रसिद काटेको मितिबाट १ बर्षसम्म मात्र कायम हुने जानकारी पाइयो । यदि यस्तो नियम हो भने समय भन्दा पछाडि कर तिर्दाको त्यो पनि जरिवाना सहितको अवस्थामा भने यो नियम किन लागू हुँदैन ? समय भन्दा अगाडि मैले सरकारी कर तिर्दा मलाई बर्षको रु ३५४०।– को दरले ९ दिनको रु ८७।२१ पैसा जरिवाना लागेको छ जुन प्रष्ट हेर्दा जरिवाना जस्तो देखिंदैन ।

सरकारलाई तिर्नु पर्ने पैसा समय भन्दा ९ दिन अगाडि तिर्नुमा मेरो के अपराध थियो र मलाई नदेखिने हिसाबले जरिवाना गरियो ? यदि यो जरिवाना होइन भने ९ दिनको कर बापतको मेरो रु ८७।२१ कस्ले ब्यहोर्छ ? के जनतालाई सरकारले यसरी ठाडै ठग्न मिल्छ ?
003

001_0

13 thoughts on “यो कस्तो नियम? मेरो ८७ रुपियाँ कसले खायो ?”

  1. राजु भट्टरार्इ says:
    October 7, 2013 at 11:37 am

    मे २ प ३०७१ नम्बर को कालो साइन को ब्लुबुक अगाडी राखेर लेख्दै छु । मेरो पनि २०६८।१२।२३ मा म्याद समाप्त हुने थियो र २०६८।१२।१२ मा तिर्न गएको पुरानो मितिले १ वर्ष बड्नुपर्ने २०६९।१२।११ मा नै सकिने म्याद पो बनाइदियो । किन यसो गरेको भनेको उल्टै म्याद सकेर अाउनु नित भन्यो । ल ठीकैछ भनेर फर्के । अर्कोसाल ३ महिना पछिसम्म म्याद हुन्छ रे भन्ने सुनेर २०६९।१२।११ मा म्याद सकिएनि फेरी अगाडी जाँदा अाफैलार्इ घाटा भनेर २०७०।०२।६ गते गएको त २०० एक्स्ट्रा फाइन पो लियो अनि तीनमहिना हुन्छ हैन भनेको त अर्को साल लाग्यो नि त रे । अनि त्यति फाइन लिएर पनि म्याद थप गर्दा त २०७०।१२।११ सम्म मात्रै पो लेखिदियो । यदि नियम नै हो भने पनि यो नियम यातायात व्यवस्था कार्यलयले संसोधन गर्नै पर्छ हैनभने यसरी लुट्न पाइदैन । अब एउटा कुरो एक त कर तिर्न लाइन बस्नु पर्छ काम व्यवसाय हुनेको त्यो दिन माया मार्नु पर्छ । अनि त्यसरी अाफै कर तिर्न जाँदा त्यो हालत छ । अब के भन्ने कस्लार्इ सुनाउने । कर तिरेर निस्कदा पनि उफ बल्ल सकियो भन्दै खुइ गर्दै निस्किनु पर्छ ।

    बाइक वाला को सास्ती को कुरा बुदागत रूपमा अरू लेख्दै छु ।
    # पेट्रोल को भाउ बढेको बढ्यै ।
    # कर सुविस्ता ले तिर्न पाइदैन ।
    # ट्राफिक ले लाइसन्स हराएमा सिफारीस को २०० लिन्छ बिल दिदैन । निवेदन टिकट अाफैले खोजेर टाँस्नु पर्छ । जबकी नयाँ लाइसन्स लिदा १०० तिर्नु पर्छ कर चाही ।
    # ग्यारेज नि नजानेको मा पुग्यो भने र दायाँ बायाँ ग्यारेज छैन भने पंचर टालेको नि ८०-१०० लिने १५० माग्छ ।

    Reply
  2. Shree... says:
    October 6, 2013 at 7:48 pm

    पहिला पहिला त नबिकरण नै गर्दैनथियो,तपैन्को बेला भाको छैन भनेर.. धन्य तपैन्को त गरिदियेछा, घुस खुवाउनु त भाको थिएन?

    Reply
  3. Manav karki says:
    October 6, 2013 at 7:41 pm

    यो सरकारी कर्मचारीको गैर जिम्वेवारिपनको एउटा नमुना हो रसिद काट्दा चालु बर्षको ब्लु बुकको म्याद सकिने दिन देखि लागु हुने गरि काट्नु पर्नेमा शुल्क बुझाएको दिनदेखिको हिसाब गरेको छ र ९ दिन over lap गरेको छ जुन सरासर उपभोता ठगि हो ..यसबारेमा सम्बन्धित ठाउमा उजुरी गरि क्षति पूर्ति को माग गर्नु पर्छ ….

    Reply
  4. Raj Thapa says:
    October 6, 2013 at 7:11 pm

    यातायातको अनियमितताको अर्को उदाहरण: कामको सिलसिलामा आवश्यक पर्ने विभिन्न फारामहरू आवश्यक शुल्क लिएर अनि रसिद काटेर कार्यालयभित्र किन बिक्री गरिंदैन? नामसारीको फाराम लगाय जुनसुकै किसिमको फारामा चाहिएमा बहिर रहेका पसलहरूमा पठाइन्छ अनि रू. १० को हुलाक टिकट टाँसको एक पन्ने नेपाली कागजलाई मान्छे हेरर २५ रूपैयाँ वा त्यो भन्दा बढी लिइन्छ। इन्जिन र च्यासिसको एउटा फोटो खिच्न पऱ्यो भने २०० देखि ३०० लिइन्छ। ब्रम्हलुट भनेको यही होइन र? यसप्रति सम्बन्धित निकाय किन मौन छ? बहिर लहरै छाप्रे पसल थापेर फाराम बेच्ने शोषक ठगहरूलाई किन धपाइँदैन?

    Reply
  5. ekraj says:
    October 6, 2013 at 6:55 pm

    नेपाल का धेरै जस्ता कार्यालयका कर्मचारीहरु आफ्नो पद अनुसारको सेबा होइन, ग्राहक लै दुख दिनु र ठग्नु उनीहरुको हक सम्झन| यस्ता ब्वाशाहरुलाई करबि भएको खासै देखिएको छैन|
    एडी सचेत समुदहेको एकमत हुनेहो भने, दुरबेबाहर र ठगि गरेको (रंगेहात) धेरै मिलेर घाँटी निमोठी दिनेहो भने यस्ता फटाहाहरुको संजाल बाट धेरै बच्ने थिए/

    Reply
  6. Rakesh says:
    October 6, 2013 at 1:18 pm

    सायद उनीहरुले समय भन्दा अगाडी कर नतिर्नु भन्न खोजेको होला .

    Reply
  7. सत्य प्रकाश says:
    October 6, 2013 at 1:06 pm

    हाम्रो नेपालको यस्तै नियम बेनियम र गलत संकलन प्रणाली देख्दा आफै पनि वाक्क र दिक्क भएकोछु | कति साथीहरु इच्छा गरेर नै होइन तर सरकारी कामकाज, नसुधरिने व्यवहार र दैनिकी घुसखोरीले हैरान भएर अब फेरी माओवादीको जस्तो आन्दोलन भयो भने त्यसमा पसेर पहिले कर संकलन, अध्यागमन र माललाई ठिक पार्छु समेत भन्छन|
    यस्तो लाग्छ उनीहरुको बिरोधमा जति लेखे पनि सुने नसुने झैँ गर्छ|
    अलि बढ्ता भएर अनि बहकिएर लेखेको जस्तो नठानिदिनु होला तर “हाल साबिक” र “अध्यावधि” गर्ने अड्डामा गएर एक एक लाई समातेर पहिले हाकिम देखि शुरु गरेर छानबीन गरेर तत्काल न्याय दिने व्यवस्था भए हुन्थ्यो भन्ने लाग्छ| माथि देखि तल सम्म सेटिंग हुँदो रहेछ| त्यो अड्डामा साबिकको भनाई के भने के गर्नु हजुर मैले तपाईको काम त्यसै (घुस नलीई) गरिदिए भने अरुले छुट्टै पैसा लिएछ भन्छ|
    जे भन्नुस, जे प्रमाण पेश गर्नुस त्यो अड्डाले मुहमांगे घुस नखाई काम गर्दै गर्दैन| घुस पनि थोरै होइन जग्गा हेरी लाखौ र करोडौ हुने रहेछ| हरे पापीहरु हो, नर्क भन्ने ठाउँको पनि सोच|
    दिनरात पशपति जान्छौ, टीको लाउञ्छौ, पुजा अर्चना गर्छौ, छोरा छोरीलाई सदकर्म गर भन्छौ होला, छोरा छोरी अमेरिका अष्ट्रेलियामा पढाउछौ होला तर आफु चै घुसमा चुर्लुम्म डुबेर| थुक्क! मोरा हो! आफ्नो मेहनत र पसिनाको कमाईले गर न, के घुसको कमाईले गर्छौ?
    हाल साबिक र अध्यावधी गर्ने अड्डामा पियन देखि हाकिम र हाकिम देखि सचिव र मन्त्रि कोही चोखो छैनन ‘रे| भनेछी सिस्टममै घुस सेवनलाई आबद्ध गरेका रहेछन| त्यो सेटिंग यति मजबुत रहेछ जस्तै अनुसन्धानात्मक टोली आए पनि अल्यांग तल्यांग गरेर खल्ती भरेर निर्क्यौल रहित फर्कनु पर्ने रहेछ|
    त्यस्ताहरु पापी हुन्, निमकहरामी हुन्, देश बिगार्ने हुन्| के होला यस्ताहरुको गैर कानुनी क्रियाकालाप निर्मुल गर्ने ओखती, थाहा छैन|
    हाल साबिक गर्ने र अध्यावधि गर्ने अड्डामा काम गर्नेका कोही प्रत्यक्ष परिवार जसले त्यसरी आर्जन गरेका कु आयमा हुर्के बढी पाली पोषी पढी अहिले देश र बिदेशमा जो कंही छन भने, अनि अन्य आफन्त नातागोता जसले त्यस्ता घुसखोरी दैनिकी चिनेका बुझेका छन भने त्यसको निवारण कसरि गर्न सकिने बारेमा सुझाव दिनुहोला| हामी भोगेका पीडितहरु अलिकति भए पनि हल्का महसुस गर्ने थियौ|
    यस्तै अत्यचार र घुसखोरी बढ्दै गए एक दिन यस्तो स्थिति पनि सिर्जना नहोला भन्न सकिंदैन जब कसैले पीडित, भुक्तभोगी र भावी पीडितहरु मिलाएर एउटा ग्याङ्ग नै बनाउनेछ्न जसको एउतै उदेश्य हुनेछ सेवा ग्राही हरुलाई समयमा काम फर्स्यौट गरिदिनु र त्यो पनि घुस बेगर|
    आउला त् यस्तो स्थिति कुनै दिन?

    Reply
  8. Shreejan says:
    October 6, 2013 at 11:15 am

    मेरो license नबिकरण Garda येस्तै वायो. विदेश जानु Pareko ले म्याद सकिनु तीन महिना अगावै renew गरेको Aaaja सम्म पनि Mero license को म्याद ३ महिना अगावै सकिन्छ. Vannu को मतलब renew चांडो गरेको साल license को validity jamma 4 Basra 9 महिना maatra वायो

    Reply
  9. chhabi says:
    October 6, 2013 at 10:33 am

    म नेपाल मा हुदा बाइक को कर सधै बुझौथे! सबै भन्दा गार्हो भनेको कर तिर्ने लाइन नै थियो!
    त्यो भन्दा पनि पहिले त तेस्रो बेक्ती इन्सुरंस भनेर पहिले नै १५०० तिर्नु पर्थ्यो! त्यो कर तिर्न पनि धेरै गार्हो!
    अनि कर को फर्म पनि रेडक्रस को भनेर छुट्टै पैसा माग्थ्यो!

    तेसैले मैले बुझे अनुसार, कर कार्यालय क बेक्ती हरुले मिलेमतो मा बेक्ती हरु लाइ ठग्ने गर्छन!

    तर तेस्को बिरोध मा उभिन भने धेरै गार्हो छ!

    येदि तपाइलाई कसैको साथ् मिल्छ भने कृपया मौका येही हो ती ठग हरु को पर्दाफास गर्ने!

    Reply
  10. Gyanendra says:
    October 6, 2013 at 10:08 am

    यदि कर तिरेको दिन देखि १ वर्ष मान्य हुने हो भने कसैले ३ महिना पछि जरिवाना तिरेर नबिकरण गरेको ब्लु बुक को पनि त रसिद काटेको १ वर्ष हुनू पर्यो नि मान्यता…. यसरि त दिदैन यातायात कार्यालय ले…त्यस कारण तपाई लै यातायात क कर्मचारी ले ठगेको कुरा मा २ मत छैन.

    Reply
    1. Jeevan Thapa says:
      October 6, 2013 at 8:46 pm

      जरिबाना + तिन महिनाको कर + अर्को १ बर्ष को कर पनि त तिर्नु पर्ने होला नि !!!

      Reply
  11. अनोज शाक्य says:
    October 6, 2013 at 9:34 am

    यो अहिलेको मात्र समस्या कहाँ हो र भने ? कर तिर्न गएपनी त तिर्न नपर्ने गरी, मिलाइदिन्छु भन्दै आउछ । जब सम्म सरकारी कर्मचारीहरुको घुस्याहा मानसिकता रहन्छ त तब सम्म जनताले खबरदारी गर्ने काम जारी गर्नै पर्छ । जस्तै अहिले मापसेको बिरोध गर्न छोड्यो त्यसरी नै घुस पनि निर्मुल बनाउदै जानु पर्छ ।

    Reply
  12. Ujjwal Gautam says:
    October 6, 2013 at 8:16 am

    यो त सरासर ठगि भयो !! प्रविन जी चनाखो हुनु भएको हुना le यो कुरा पत्ता लग्यो नत्र thaha नपाई ठगि मा पर्ने ajha कति होलान !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme