परिवर्तन
चुनाव हुने चर्चाका माझ चुनावी चहलपहल शुरू भएको छ। नाटक नै सही केही नयाँ र सामाजिक परिवर्तनका सङ्केतहरू पनि देखा परेका छन्। गगन थापा र नन्दकिशोर पुनको चुनावी क्षेत्र, प्रचण्डसँग प्रचण्डलाई हातपात गर्ने एक व्यक्ति चुनावी मैदानमा उठेको प्रसङ्ग, गुल्मीका अशोक थापाले दलित तथा जनजाति महिलाहरूलाई खुट्टा ढोगेर भोट मागेको कुरा, कमल थापाको गाईको लोकप्रियता तथा वैद्यको चुनाव विरोधी पराक्रमले सबैभन्दा धेरै चर्चा पाएका छन्। अघिल्लो चुनावमा केही पण्डितहरूले चुनावको परिणामको विश्लेषण गर्दा झट्का खाए जस्तै अहिले नै चुनाव परिणामका विषयमा अनुमान गर्नु पनि लाजमर्दो हुन सक्छ। चुनाव परिणामको विषयमा धेरै अनुमान गर्न नसकिए पनि परिवर्तनको चाहनामा आन्दोलन गरेका, ज्यान गुमाएका वा परिवर्तनप्रति सहमत हुने धेरैलाई नरमाइलो लाग्ने गरी दुईवटा शक्ति १) संघीयता विरोधी र २) हिन्दू धर्म वा राजाको पक्षमा भोट माग्नेले आफ्नो मत बढाउने छन् भनेर अनुमान भने गर्न सकिन्छ।
यी दुई शक्तिको भोट बढ्नाले यसका विपक्षीमा रहेका शक्तिको दबदबा कम हुनेछ र संविधान बनाउने सवाल वा अन्य सहमतीमा अझ कठिनाई हुनेछ भने संविधान बन्ने सम्भावना पनि कम हुनेछ। आन्दोलनमा सँगै रहेका एमाले वा कांग्रेस र अन्य कतिपय शक्तिहरूमा संघीयता नचाहनेहरू प्रशस्तै रहेको सन्दर्भमा संघीयताका परिभाषाहरू फेरिनेछन् वा संघीयताको मुद्दा नै कमजोर बन्नेछ। त्यसमाथि मधेशी दलहरू टुक्रिएको वा कमजोर रहेको, माओवादी फुटेको र वैद्य पक्षहरूले चुनाव बहिष्कार गरेको सन्दर्भमा पहिचानसहितको संघीयताका पक्षमा रहेका मूल पार्टीहरू कमजोर छन्। यी कमजोरी हुँदा-हुँदै पनि धेरैले अनुमान गर्न नसकेको वा वेवास्ता गरेका दुई कारणले चुनावी परिणाम अप्रत्याशित हुन पनि सक्नेछ। पश्चिम क्षेत्रमा रहेको अखण्डको प्रभावले काटिने भोटहरू एमाले वा कांग्रेसका हुन् र त्यसले पहिचानको पक्षमा वकालत गर्नेहरूलाई फाइदा दिन सक्छ। त्यसबाहेक राप्रपा नेपालले भोट बढाउँदा काटिने भोट पनि एमाले वा कांग्रेसकै हुन सक्छ। अझ अशोक राईको समूहले काट्ने भोट भने कांग्रेसको भन्दा पनि बढी एमाले वा माओवादीको हुन सक्छ। यस्ता साना-साना कारणहरूले प्रत्यक्ष निर्वाचनमा धेरै उम्मेदवार र विश्लेषकको अनुमान गलत सावित हुन सक्छ।
भोट बाँडिने वा काटिने एउटा सम्भावना
कांग्रेसलाई के का लागि मत दिने वा एमालेलाई के का लागि मत दिने? भन्ने व्याख्या गरिएको छैन वरू एमाओवादी खराब भएकाले आफूलाई भोट दिनुपर्ने तर्क गरिएको छ। एमाओवादीले पनि आफ्ना राम्रा कुरा होइनन् कि अरूका नराम्रा कुरा गरेर वा अरूको आलोचना गरेर भोट मागिरहेको छ। जबकि कमल थापाको राप्रपा नेपालले गणतन्त्रले नेपालको राजनीति थेग्न नसक्ने तर्क अघिल्लो चुनावदेखि अहिलेसम्म गरिरहेका छन्। उनको निरन्तरता नै उनको सबैभन्दा ठूलो हतियार बनेको छ। यसै हतियारसँग उनले हिन्दू धर्म, राष्ट्रियता, राजतन्त्र जस्ता सबै कुरालाई एकैठाउँ जोडर सबै पार्टीहरूलाई कैयौं क्षेत्रमा पुड्को सावित गरिरहका छन्। अघिल्लो चुनावपछि सबै दल सरकार फेरबदलमा होमिएको वेला उनी “नेपालले गणतन्त्र थाम्न सक्दैन” भन्दै हिन्दू धर्मको पक्षमा वकालत गर्दै संगठन विस्तार गर्दै थिए। उनको दुर्भाग्य र अन्य राजनीतिक पार्टीको भाग्य के रह्यो भने उनको कुरालाई गाउँ-घरका बुढा आमा-बासँग पुर्याउने कार्यकर्ताको भने उनीसँग सदैव अभाव रह्यो। नत्र त उनले उठाएका एजेण्डामा थप-घट गर्दै “चार पार्टीले देशबाट धर्म नाशे” भन्दै नेपाली समाजमा रहेको धर्मप्रति आस्था राख्ने खास समूहसँग राजनैतिक सन्देश पुर्याएका भए धेरै पार्टीलाई अप्ठेरो पर्ने थियो।
पुराना पार्टी कमजोर हुन सक्ने कारण
जनजाति आन्दोलको बेला त्यसको प्रतिकार गर्न भन्दै पहाडीया पण्डितहरूको पार्टीका रूपमा चिनिने एमालेले उचालेका आफ्ना कार्यकर्ताहरू उब्जिएको “अखण्ड”को नाराले अहिले एमालेलाई पक्कै पनि पिरोलेको होला। किनभने अहिले अखण्डकै नाममा भोट माग्ने काम पनि भइरहेको छ र एमालेका कार्यकर्ताहरू विभक्त छन्। त्यसमाथि अशोक राई लगायतका व्यक्तिहरूको नयाँ पार्टीहरूले पनि उसका कैयौं कार्यकर्ताहरू खोसेर लगिसकेको छ। तथापि बजार छिरेका, जागिर गरेका (एनजिओ, शिक्षक, प्रहरी, सेना, कर्मचारी), आफूलाई जान्ने-बुझ्ने र पढेलेखेका ठान्ने र खास किसीमको अहं पालेर आफूलाई देशभक्त, इमान्दार र गतिलो छु भन्दै देखाउनु पर्ने मध्यम वर्गीय ठूलो हिस्सा भने अहिले पनि एमालेसँगै छ र एमाले यहीँ शक्तिको आडमा देश चलाउने सपना देख्छ। अघिल्लो संविधान सभाको चुनावमा भद्रकालीमा रहेको सेनाको बुथबाट एमालेलाई सबैभन्दा धेरै भोट परेको थियो र त्यो लहडमा परेको होइन। त्यसका पछाडिका सामाजिक, आर्थिक र राजनैतिक इतिहास छन्।
सामान्यत: कांग्रेसले चुनावमा राम्रो परिणाम ल्याउनु पर्ने हो तर त्यसो हुनका लागि कांग्रेसका कार्यकर्ताको हात ठूलो हुन्छ। उनीहरूले एक आपसमा कति अन्तर्घात गर्छन् भन्ने कुराले उनीहरूको हार-जीतको दूरीलाई छोटो वा लामो बनाउन सक्छ। काङ्ग्रेस बहुदलीय शासनमा सबैभन्दा धेरै सत्तामा बसेको पार्टी हो र उसले आफ्नो पार्टी बाहेकका अन्य मध्यमवर्गीय कर्मचारी वा जनतालाई दिएको दु:ख अहिलेसम्म धेरैले भुलेका छैनन्। त्यसैले त्यो मध्यमवर्गको एउटा हिस्सा कम्युनिष्ट हुनु भन्दा पनि कांग्रेस विरोधी बनेको थियो र एमालेमा आवद्ध थियो तर समय अन्तरमा एमाले र कांग्रेस उस्तै लागेपछि उनीहरूले माओवादीलाई आफ्नो नजिक ठाने। अघिल्लो चुनावमा माओवादीलाई धेरै भोट पर्नुको एउटा कारण कांग्रेसको चुरीफुरी हटाउन सक्ने एकमात्र शक्तिका रूपमा माओवादीलाई बुझिएकाले पनि हो। कांग्रेससँग प्रतिवद्ध भोट सदैव उस्तै रह्यो। जसका लागि न त कांग्रेसले प्रचार गर्नुपर्यो न त फकाउनु नै पर्यो। तर कांग्रेससँग चिढिएका थुप्रै जनताको भोट भने अघिल्लोपट माओवादीले तानेको थियो जुन अहिलेको चुनावमा माओवादीले पुन: नपाउन सक्छ। माओवादीको अघिल्लोपटक जस्तो लोकप्रिय छैन भन्नेमा त विवाद छैन र धेरैको अनुमान माओवादीको सीट र भोट घट्छ भन्ने नै हो तर अघिल्लो पटक तटस्थ हुँदा हुँदै पनि माओवादीप्रति सहानुभुति राख्दै भोट हाल्ने बाहेक प्रतिवद्ध माओवादीको भोट भने घटेको छैन, जुन विचारणीय पक्ष हुन सक्छ्।
जातीय आधारमा भोट
तटस्थ भोटहरू जहिले पनि निर्णायक हुन्छन् र ती भोटहरू कता जान्छन् भन्न सकिंदैन तथापि यस पटक जातीय भोटहरूले चुनावी परिणामहरू अप्रत्याशित हुन सक्छ। बाहुन क्षेत्रीले जातीयता वा क्षेत्रीयताको आरोप लगाउँदै बदनाम गर्ने अन्य जात वा क्षेत्रमा भन्दा बाहुन-क्षेत्रीहरूकै बाहुल्यता रहने वा उनीहरूले प्रभाव पार्ने क्षेत्रमै जातीय भोटको राजनीति हुने र चुनाव परिणाम अनुमान गरेभन्दा फरक हुनेछ भन्ने मेरो अनुमान हो। क्षेत्रीहरूले क्षेत्री उम्मेदवारलाई मात्र भोट दिनका लागि गरेको आह्वान पक्कै नयाँ होइन यो त नेपाली कांग्रेको महाधिवेशनमा क्षेत्रीहरू एक आपसमा मिलेर चुनाव लडेको र त्यसैका आधारमा सबैभन्दा बढी भोट क्षेत्रीहरूले ल्याएको बाट प्रष्ट हुन्छ। अखण्डको पक्षमा लाग्ने माओवादीका लेखराज भट्टलाई नै कैलालीबाट उम्मेदवार बनाउनु पर्ने जिद्दी त्यसै गरिएको होइन। केन्द्रमा वा पार्टीले जति संघियता र अन्य जात-जातिको कुरा गरे पनि टोपबहादुर रायमाझीले क्षेत्रीहरूको एकता हुनुपर्छ भनेको जातीय भोटकै निम्ति हो भन्दा फरक पर्दैन। कास्कीमा गुरूङ उम्मेदवार दिन नसक्ने वा मगरहरूको बाहुल्य रहेको पश्चिमाञ्चालबाट मगर उम्मेदवार नभेट्ने एमालेभित्र हुर्किएको बाहुन, क्षेत्री र जनजातिहरूको प्रष्ट विभाजन पत्रकारले थाहा नपाए पनि वा नलेखे पनि त्यो कहिले र कसरी विष्फोट हुने हो भनेर प्रतीक्षा गर्नुबाहेक सर्वसाधारणले अरू केही गर्न सक्दैनन्। यसपटकको चुनावमा विष्फोट भएन भने एक पटकलाई एमाले जोगिन सक्छ। अर्कोतर्फ मधेशभित्र मधेशवादबाट भोट माग्न छोडेर खास जात विशेषका आधारमा भोट माग्न थालिनुले समग्र देश जातीय मुद्दामा चाहे पनि नचाहे पनि फसिरहेको छ भन्ने अनुमान गर्न गाह्रो छैन। अघिल्लो चुनावले जस्तै जुनसुकै क्षेत्रबाट जुनसुकै जात, लिङ्ग वा धर्म भए पनि राम्रो मान्छेले चुनाव जित्न सक्छन् भन्ने सन्देश यो चुनावले दियो भने त्यो नै यो चुनावको सबैभन्दा सकारात्मक सन्देश हुनेछ। अन्यथा वैद्य लगायतको समूहले वहिष्कार गरेको चुनावले कैयौं अर्थमा वैधानिकता गुमाइसकेको छ।
माओबादि ले बाम्पन्थिहरुसंग होइन संघियताबादी हरुसंग अझै जातिय संघियताबदिहरुसंग एकता गर्छु भन्छ, उसको लागि वर्ग भन्दा जातियता प्यारो भएको छ, बिजुक्छे, बैद्य, चित्र बहादुर, माकुने भन्दा गच्छाधार र जे पी गुप्त प्यारा भएका छन् | उसको अबको उद्देश्य जनबाद वा समाजबाद होइन जातीय संघियता भैसक्यो | भन्दा उ कम्युनिस्ट हुँ भन्छ तर ब्यबहारमा जतियेताको नाराले एमाले भन्दा पनि कम कम्युनिस्ट भैसक्यो, कांग्रेसभन्दा पनि कम प्रगतिशील भैसक्यो नेपाललाई उल्टो र प्रतिगामी बाटोमा लैजाने कोशिश गरिरहेको छ तर अझै आफुलाई अग्रगामी भनेर थाक्दैन | त्यसैले बहुमत होइन धेरै नै भोट एसले ल्याउछ |
एमाले र कांग्रेसले आफ्नो अस्तित्व सकिन्छ कि भन्ने डरले र लाजले माओबादि को संघियताको लगटि लगाएर लाज ढाक्ने कोशिस गरे, त्यो लगटिले लाज ढाक्न छोडेको कुरा लोकले चाल पाइसक्यो तर उनीहरुले त्यो लगटि छोड्न सक्दैनन् | यिनीहरुसंग न बिचार छ न आफ्नो अडान छ | त्यसकारण,यी २ वटा मिले बहुमत पुर्याउन पनि भर छैन |
कमल थापा मा उल्टो बुद्धि भए पनि अडान छ | त्यसैले खासै सिट नबढ्ला |
नेपालमा संघियता ठिक छ छैन भन्ने कुरा बहसको बिषय बन्ला तर चित्रबहादुर संघियता बिरोधि भए पनि अडान र बिचार छ | अर्काको बुद्धिले ठुलो पार्टी हुनु उनलाई छैन | त्यसैले यिनीहरुले मात्र २-४ सिट बढाउछन होला किनभने यी साना पार्टीलाई भोट दिएर ठुलो बनाउने लफडा कसले गर्छ |
कास्कीमा गुरूङ उम्मेदवार दिन नसक्ने वा मगरहरूको बाहुल्य रहेको पश्चिमाञ्चालबाट मगर उम्मेदवार नभेट्ने एमालेभित्र हुर्किएको बाहुन, क्षेत्री र जनजातिहरूको प्रष्ट विभाजन पत्रकारले थाहा नपाए पनि वा नलेखे पनि त्यो कहिले र कसरी विष्फोट हुनेछ काँग्रेस एमाले सिद्धान्त विचार र मुद्धामा एउटै देखिन्छ हामीलाई मुश्किल छ काँग्रेस एमाले जस्तो कि एमाले काँग्रेस जस्तो ? बहु पहिचान बन्नु र लिङ्ग नखुटेको पहिचान भन्नु उस्ता उस्तै हो
कल छल बल जे गरे पनि एमाओ बादी कै सिट धरै आउछ ,बहुमत कसैको हुदैन.. अशोक राई र मदेशबादी सग मिलेर सरकार बनाउछ . संबिधान त जशारी पनि बनछ . सबैलाई चेतना भय.
आफु त पार्टी र राजनीति छोडी हाम्रोलाई हैन राम्रोलाई भोट दिने.
चुनाब परिणामको अनुमान:
१. अलि अलि डांगडुंग हुन्छ ठाउँ ठाउमा दुइ चार जना मर्छन तर चुनाउ भै छाड्छ |
२. कांग्रेसका हस्ती भनौदाहरु चिप्लिन्छन बागीहरुले गर्दा |
३. एमाओबादि ख्वात्तै तल जान्छ नसोचेको ठाउमा मात्र जित हुन्छ |
४. एमालेका केहि नया र खटेर देखाउने नेता बाहेक अरु हार्छन |
५. राप्रपाले टाउको राम्ररी उठाउँछ धार्मिक र रास्ट्रीएताको नाराले |
६. मधेसी पार्टीहरुको फाट्ट फुट्ट जित हुन्छ कति ठाउमा जमानतनै जफत हुन्छ |
७. काठमाडौँमा नपत्याउँदो किसिमले नया योङ्गहरु बिजयी हुन्छन | मै हुँ भन्ने खुखारहरुको सानो मर्जिंले हार हुन्छ | अनि बौलाउँछन |
८. पूर्व तिर अलि अलि जातीयताको आधारमा जित हुन्छ |
९. सुदुर पश्चिममा भर्खरका पार्टीहरुको जित हुन्छ |
१०. समग्रमा संघियेताको हार हुन्छ, रस्त्रियेताको जित हुन्छ , धार्मिक स्वतन्त्रताको पुनरआगमन हुन्छ |
बहुमत त् हैन तर समग्रमा हेर्दा एमालेले जित्छ ! कांग्रेसलाई दोस्रो पार्टी हुन् कसैले रोक्दैन ! कमल थापा , चित्र बहादुर केसी हरु ले पक्कै पनि दुइचार सिट जिति हाल्छन ! शायद बदलाको राजनीति सुरु हुदैछ गाउ गाउ मा ! जिउदै पुरिएका पुरिएका पत्रकारको ढुकढुकी बाहिर सम्म सुनिदै छ ! माओबादीका पनि केहि समानुपातिक बाट सभासद हुन्छन है ( येदि नेपाली जनता भेडा हैनन् भने)
चुनाब त देशले जित्ने खालको हुनु पर्थ्यो त्यो नहुने भो ! झारपात किरा पट्याङ्ग्रा भाइरस ले जितेको चुनाबले के पो गर्लार ? जनताको तेत्रो पसिना कर तिरेको रकम बालुवामा पानी हाल्या सरह भो सट्टामा बिजुली निकाल्या भए ….. देशले त अब हिटलर नै खोज्या हुन् कि क्या हो?
जसले जे भने पनि अहिले को स्थितिमा केहि कुरा मिलाएर लगे भलै पन्चे भएपनि कमल थापा र कम्युनिष्ट नै भएपनि चित्र बहादुर के सी को अडान ठिक छ….. कांग्रेस एमाले बुडा खाडा पन्चेहरु लाइ पहिले नै हेरिसकेको हो देश नै तुक्र्याउन खोज्ने मधेसी दल र जातिय दल को त कुरा नै नगरौ माओबादीलाइ पनि सबैले राम्रै संग चिनिसके….यिनीहरु को पछि लाग्यो भने भैरहेको नेपाली पहिचान पनि हराउन सक्छ …..भन्ने नै हो भने अहिले येत्रो खर्च गरेर पहिले नै मन्चन भैसकेको असफल नाटक फेरी दोहोर्याउन खोज्नु बेकार नै थियो … बाधा अड्काउ फुकाउ भनेर जे पनि गर्न हुने भएपछी पहिले कै संबिधान सभा पुनस्थापना गरेर संबिधान बनाएको भए राष्ट्र को तेत्रो खर्च जोगिन्थियो…धुर्त …भ्रस्टचारी …हत्त्यारा…. अनपढ ….बेरोजगार .. गुण्डाका सर्दारहरुलाई फेरी भोट हालेर हुनेवाला केहि छैन…!!!!!
जातियताका केहि कुरा …
सबै भन्दा पहिलो कुरा मैले कहिलै बुझ्न नसकेको कुरा कम्युनिस्ट नीति जातियत द्वन्द बाट उब्जन्छ या वर्ग संगर्ष ? यदि जतियाको कुरा गर्ने अनि कथाकथित तल्लो (मलाई सबै जात उपल्लो लाग्छ है ) जतिको राज्य सत्तामा पहुच पुराउने हो भने अबको ५० बर्ष पछिको नेपालमा पनि कांग्रेस बाट रामकृष्ण ताम्राकार .. एमाले बाट रामप्रित पाश्वान अनि मावोबादी बाट हिशिला यमी ….अनि यस्तै यस्तै नामहरु आउने छन् जो मलाई लग्छ ८०% बाहुन छेत्री भन्दा उपल्लो वर्ग (कथित जात होइन) मा परिसिंछ ( किन कि उहाहरु राज खानदान भैसक्नु भयो) हामीले उन्नति गर्नेनै हो भने आब तल्लो वर्ग लै लक्षित गरेर कार्यक्रम ल्याउने पार्टी लै भोट दिनुपर्यो (जुन पार्टी नेपाल मा जन्म नै भयको छैन ) कांग्रेसमा प्रजातन्त्रको कुरा त हुन्छ तर हरेक ठुला नेता गण आफै एक राजतन्त्र बनेका छन् ( प्रसङ्ग न त सुसिल दाई न त देउपा बाजे न त अनन्य ठुला नेता हरु संग राजनीति भन्दा अर्को इलाम छ …. म प्रदिप गिरि ,रामसरण महत गगन थापा हरु सम्म पुग्न चाहन्न किनकि उनीहरुको नेपाली कांग्रेस भित्र वर्ग संगर्ष नै चलिरहेको छ )… एमालेमा पनि उस्तै छ केपी जी माधब जी झलनाथ जी सबै एक नाथ बनेर बस्नु भयको छ जसले उहाँहरुको पुजा गर्छ उसै ले आसिर्बाद पाउछ | यसमा योगेश जी हरु पनि वर्ग उन्नति मै लाग्नु भयको छ…. मावोबादी को त के कुरा नेता कोहिछा भने प्रचण्ड एंड कम्पनि मात्र छ चाहे राजा मान्नुस चाहे नेता चाहे भगवान सबै प्रचण्ड अनि बुद्धि नेपाल मा कसै संग छ भनि बाबुराम -हिशिला एंड हिशिला फेमिली .. आरु नेपाल मा जति पनि पढेलेखेका मान्छे छन् सबै ले बुर्जुवा सिक्षा पढेका ( मान्छे मार्ने शिक्षा त उहाँ हरुले मात्र पढेको …. मेरो मान्छे मर्ने शिक्षा को आर्थ प्रस्ट पार्न चाहन्छु …. वर्ग संगर्ष को कुरा गरेर नथाक्ने मावोबादी संग मेरो एउटा मात्र प्रश्न हो कि हजुर हरुको वर्ग संगर्ष मा उपल्लो वर्ग को कतिजना मरे हजुर | मैले त हजुर हरु ले जति पनि युद्ध हरु गर्नुभयो तल्लो वर्ग जो खान नपुगेर मावोबादी को कुरा पत्त्यये तिनीहरु को लादै अर्को तल्लो वर्ग को खान नपुगेर सायद तेतिखेर २००० प्रति महिना लियर आफ्नो ज्यानको बाजी लगायर तपाईहरुसंग लड्न तयार भयको नेपाली को छोरा बीच गराउनु भयो … जे होस् ) नत्र बाबुराम जी प्रधान मन्त्रि हुदाका निउक्तिहरु हेर्दा हुन्छ |
एस कारण पनि मावोबादी ,कांग्रेस अनि एमालेहरुमा भयका ति युवा हरु मिल्ने बेला भयको छ जसले पार्टी भन्दा माथि देश लै राखेर राजनीति गरोस ….. राजनीति लै पेश होइन सेवा भावले हेरोस अनि पेश अर्को कुनै होस् ….. पद भन्दा ठुलो काम हो भन्ने बुझोश र राजनीति मा लग्न कम्ति मा पढाई को मापदण्ड कायम गर्न सकोश …… तल्लो वर्ग लै नारा होइन शिप अनि जीवन स्थर बदौने कार्यक्रम ल्यावोस ….. हुम्ला मा बन्दुक होइन तराई को चामल पुगोश ….. तराई मा मार्फा को स्याउ ल्योवोस …. नेपाल मा बाद को खेति होइन गास , बास अनि कपास को खेति गर्न सकोस … हामी लै जातीय राज्य होइन जातीय पहुच को सिर्जना गर्न सकोश ….. यस्तै यस्तै राम्रा र सकारात्मक सोच सहितको नया पार्टी को जन्म होस् अवश्य मतदान मा भाग लिनी थिय \ आश्तु …
अहिलेको रजनीतिक घटनाक्रम लाई विचार गर्दा अब को चुनाब मा कांग्रेस ले २/३ मत पाउछ भन्ने लाग्छ ! कमल थापा दोर्सो पार्टी बन्छ होला ! कम्नुस्टहरुको पत्तासाफ हुन्छ अब नेपाल बाट, हुनु पनि पर्छ नत्र अन्योलको अन्त्य सम्भब छैन !
नेपाली राजनिती दुइ कित्तामा काटिनु पर्छ अब !
१ दुइ माओवादी + संघियसमाजवादी + मधेशवादी
२ कांग्रेस + एमाले + राप्रपा
भारे भुरे बाद !!!
यस्तोखाले गठबन्धनले मात्र एउटा टुंगोमा पुगिन्छ| नत्रभने कहिल्यै पार लाग्ने उही पुरानै खेल दोहोरिन्छ| राजनीतिज्ञहरुलाई केहि फरक पर्दैन, तिनले ‘तर’ मारिरहन्छ| तालमेल गरेर गएन भने यो चुनावमा कुनै ‘मु’ ले पनि बहुमत ल्याउन्दैन !!
तिम्रो जातवादी नश्लवादी पार्टी ले हारेपछि देख्ने छौ !
टन्न आफ्नो जातले मात्र पाईरहोस र अहिलेसम्म अरुलाई जबर्जस्त पाखा लाएर खाईपाई आएको र हालीमुहाली नटुटोस भन्ने चिन्तनले अरुलाई जातिवादी भन्न खोजिएको हो भने के भन्नु र? | देश टुक्राउने वास्तवमा यस्तै धमिलो सोचले हो|
यो ब्लगमा कमेन्ट गर्ने अपरिचितलाई “तिम्रो” भनेर सम्बोधन गर्ने अशिष्टता देखाउनेलाई के भनु?
अरु चाही होइन एमाले ले चाही यसपाली धुलो चात्ला जस्तो छ/ गरिब, उत्पीडित दलितको विकास गर्ने भनेर जनता फकाउन्दै राजनीति गरेर सत्तामा पुगेपछि संघियता को खलनायक भएर सबिधान सभा बिघटन मा सहयोग गरेको जनताले बिर्सेको छैन/
धुलो एमालेले होइन, माओबादीले चाट्ने छ !
नखोके हुन्छ एमाले न पोथी न भाले जनताले बुज्न थाले पत्तासाफ एमाले
कम्युनिष्टको एकता हुने बुध्दि कहिले आउला!!!! वर्गीय विचारबाट एकताबद्ध कहिले होलान ?जातीयता होइन बर्गीयता नै कम्युनिष्टहरुको मुलमन्त्र हो तर पछिपरेको जातिलाई मुलधारमा ल्याउनु पनि दायित्व हो |
पहिलो कुरा चुनाव पक्का हुन्छ कि हुन्न भन्ने हो । वैद्य बा को बिरोधको हुँदाहुदै पनि चुनाव त होला जस्तो छ – सबै पार्टीका सबै नेता होमिइसके, तन मन र धन पनि लगाइसके, त्यसैले केहि बिरोधको बिचमा भए पनि चुनाव त होला है।
अब कसले जित्छ , कसले कति ल्याउँछ भन्ने कुरो हो – पहिलो चुनावमा विश्लेषकहरुको अनुमान गलत सावित गर्दै माओबादी पहिलो भएको थियो – यसपाला फेरी विश्लेषकहरुको अनुमान गलत हुन सक्ने सम्भावना पनि रहेको छ। कुरो केलाउनको लागि पहिलो र अहिलेको चुनावमा के फरक छ त परिस्थिती भन्ने नै हो मेरो बिचारमा।
पहिलो चुनाव हुँदा सम्म राजा थिए नेपालमा – भलै कुनै अधिकार नभएका हुन् । र त्यो बेलाको माहोल राजतन्त्र पूर्ण रूपमा अन्त्य गर्ने, गणतन्त्र संस्थागत गर्ने र सम्बिधान बनाउने भन्ने थियो , एकातिर। र अर्कोतिर मधेशमा दुइ चोटी धुमधामको आन्दोलन भएको थियो – र त्यो आन्दोलको सार भनेको मधेशबाट सम्पूर्ण रूपमा पहाडिया आधिपत्यको अन्त्य गर्ने भन्ने थियो। र यी दुई कुराले चुनावलाई भयंकर प्रभावित गरेको थियो – १) राजतन्त्र फेरि ब्युँतिने हो कि भन्ने डर २) मधेशी बाहुल मधेशको इलाकामा पहाडियाको गन्ध आउने कुनै पनि दल र उम्मेदवारलाई कुनै हालतमा भोट नहाल्ने परिस्थिती (मधेश भए पनि पहाडिया धेरै भएका चुनाव क्षेत्रमा चाहिं पहाडको जस्तै परिणाम आएको हो)। र चुनाव हुने केहि दिन वा समय अगाडि माओबादीको पक्षमा लहर पनि आयो।
अहिले के छ त ? अहिलेको मुल मुद्दा राजतन्त्र होइन, अहिलेको मुल मुद्दा संघियता हो। पहिलो चुनावमा पनि थियो यो मुद्दा तर दोस्रो वा तेस्रो प्राथमिकतामा थियो धेरै जनाको लागि। तर आज यो नै मुल मुद्दा हो – संघियता हुन हुने कि नहुने, हुने हो भने कुन मोडलको हुने।
र , माओबादी फुटेको छ – वैद्य बा आफ्ने बाटो लागे। मधेशबादी त झन धेरै फुटेका छन्। काँग्रेस बाहिरी रुपमा नफुटेपनि भित्र भित्र अन्तर्घात हुने परिस्थितीमा छ – र सैधान्तिक हिसाबले कङ्ग्रेस यथास्थितीबादी भन्ने आरोप पनि छ। एमाले भित्र पनि गुट उपगुट छन् र एमालेलाई स्पष्ट निती नभएको ढुलमुले पार्टी पनि भनिदै छ। जातिवादी दल त छन् तर तिनले आफ्नै जातिबाट मात्र भोट पाउने स्थिती छ। अखण्ड नेपाल पार्टीले सबै बाहुन-क्षेत्रीको भोट त पक्कै पाउन्न, केहि मात्र पाउने हो। सुदुर पश्चिमका पहाडिया मुलका जनता माओबादीले कैलाली – कञ्चनपुरलाई थरुहटमा राखेको पटक्कै रुचाका छैनन्। राष्ट्रिय एकता धरापमा पर्यो, सनातन धर्म मासिन थाल्यो भन्नेहरुले कमल थापामा मुक्तिदाता देखेका छन् । एस्तै एस्तै छ स्थिती अहिले। र कुल मिलाएर भन्ने हो भने भयानक “खिचडी” को स्थिती छ।
अब के हुन्छ त ? यस्तै “खिचडी” को बिचबाट “खिचडी” प्रकृतिकै परिणाम आउँछ त ? आउने सम्भावना पनि छ तर “खिचडी” परिणाम नआएर कुनै एक धार स्पष्ट रुमपा विजयी हुने सम्भावना पनि छ – र लगभग सबै विश्लेषकहरुले यो परिस्थिती आउला भन्ने सोचेका छैनन्। नेपाली जनता सदाको खिचातानिबाट वाक्क भएको स्थितीमा चुनावको केहि समय अगाडि कुनै एक धारको पक्षमा जनमत र लहर सृजना भई कुनै एक धार स्पष्ट रूपमा बलियो भयो भने पनि अचम्म नमाने हुन्छ।
यसपाली को बहुमत नेपाली कांग्रेस कै आउछ/ लगभग ५२% ल्याउछ नेपाली कंग्रेस्सले, किनकि नेपाली सरकारी कर्मचारी हरु सबै नेपाली कांग्रेस कै मान्छेहरु छन्/ जति पनि स्थायी जागीरवाला हरु छन् ति सबै नेपाली कंग्रेस्सले भर्ति गरेका हुन्/ त्यसकारण यसपाली कंग्रेस्सले नै सरकार चलाउछ, अनि फेरी उनिहरुकै कार्यकर्तालाई सरकारी सेवामा भर्ति गर्छ/
जसले जति तर्क गरे पनि यो चुनाब जेन-तेन होला तर यसले स्पस्ट बहुमत कसैलाई दिदैन र यसबाट संबिधान बनेर देशले निकाश पाउने कुनै आशा गर्न सकिन्न, सिवाय जनताको भोटको बदलामा जनतालाइ नै अझै गरिबीमा धकल्ने र सत्ता प्राप्तीको राजनीतिक खिचा तानीमा देशलाइ बर्बाद गर्ने!!! “”खाए खा, न खाए घिच”” भने जस्तै हो यो चुनाब अरु विकल्प के नै छ र???
बास्तबमा भन्ने हो भने हाम्रो जेस्तो देशमा संबिधान भनेको संबिधान सभाले जति पटक चुनाब गरे पनि बनाउन सक्दैन./ अहिलेको बाताबरण हेर्दा चुनाब हुनसक्ने अवस्थानै छैन / चुनाब जबर्जस्ति गरेमा पनि फेरि संबिधान बन्नेवाला
छैन/ कसैको बहुमत आउने वाला छैन र फेरि विभिन्न विचारधारा भएका पार्टी र बेक्तीको संबिधान सभाको गठनभै हालेमा पनि परिमाण उही पुरानै दोहेरिने हो /
सबभन्दा राम्रो हरेक राजनीतिक पार्टीहरुबाट र बिज्ञहरुको समूहले संबिधान निर्माण गर्ने र नमिलेको बिषयमा जनमत संग्रहमा जानुनै उत्तम उपाय देखिन्छ /
चुनाव होला जस्तो त लाग्दैन । तर पनि पार्टी भन्दा पनि ब्यक्ती हेरेर भोट् दिन जरुरी छ । पार्टीलाई चन्दा दिएर टिकट पाएकाहरुलाई भोट् दिनु एकदम खतरा हुन सक्छ । इमान्दार नेता छानौ । शिक्षित नेता छानौ। जमिनदार, घुस्याहा ,मानव तस्करीहरु पनि उम्मेद्वारको रुप धारण गरेर आएका छन उनीहरुलाई समयमै पहिचान गर्न अनुरोध गर्दछौ । हाम्रो भोट्ले संबिधान त बन्दैन होला तर पनि केही बेरोजगारी नेताहरुलाई कमाउने अबसर भन्ने अबस्य बन्ने छ ।
होइन हो परिवर्तन जी हजुरको यो ब्लग को बारेमा म अलमल परेजस्तो लाग्यो किन भनेयो चुनाब को बेला जतियेता को कुरा गर्नुपर्ने कारणके होला ?धर्मको कुरा किन चाहियो जसले जुन धर्म मानेपनि आफ्नो इच्छा को कुरा हो जातिय कुरा को सन्धर्वमा नेपालमा सबैजना मिलेर बसेकै थिए खुबी भयका र बुद्धी भएका चाहे दलित होउन चाहे जनजाति राम्रै पोस्ट मा जागीर खाएकै छन खुबी नहुने र बुद्दि नहुने चाहे बाहुन होस् या छेत्री दुख पाएकै छन तेस्ले गर्दा जातीय र धार्मिक नारा लाई मिडिया ले पनि महत्व नदिदा राम्रो हुन्छ कि हामीसबैभन्दा पहिले नेपाली हो जातिय र धार्मिक कुरा गरेर समाज भाड्न खोज्ने चाहे कमल थापा होउन या अशोक राई ति चाहे माकुने होउन या पुकदा एस्त मान्छेहरु नेपाली समाजको लागि अभिशाप हुन् होशियार नेपाली जनताहरु
Here is the summary of my analysis:
1. There is 50:50 chance of having elections in November. Yo Nepal Ho, anything can happen between now and 19 November.
2. The quality of elections will be pretty low. This will be due to (1) low voter turnout, I predict not more than 30-35%. Moreover, there will be massive intimidation, violence and vote rigging. The last one will be at the aegis of the Election Commission distributing or not distributing voters’ ID card in time. Mr. UML Kantha Upreti will probably distribute ID cards where UML holds are high.
3. Maoists’ vote will be not more than 15% of the turnout. This may still make it to be the largest party, probably, second to Nepali Congress. This time Nepali Congress will turn out to be the largest party, vote prediction to be 24-25%.
4. No party will be able to garner simple majority, forget about absolute majority.
5. If we are currently having four party domination, post CA elections 2013, the scenario will be double of this or eight parties holding the majority of the votes/seats.
6. Kamal Thapa may gain a little but not that significant votes, Madhesis will also lose a bit, possible divided into many factions, janajati parties are expect to claim a bit but still not decisive.
7. The Maoists will lose because of protests by Vaidya faction, division PLA fighters, people no more scared of Maoists intimidation, and many people have realized that Maoists are nothing more than a Thug Party.
8. With this scenario, things don’t fare well for Nepal. We will possibly enter into a new kind of conflict and tensions.
अहिले को नेपालको सबै भन्दा दुर्भाग्यपूर्ण राजनीति भनेको; जातीय राजनीति गरेर जो सुकै पार्टीले सय्यॊ वर्ष देखि मिलेर बसेको नेपालीहरु बीच फूट हालेर देसलाइ कहिलै नसकिने दोन्दमा फसाएको छ, तेही बाट माथि ठुला दल उठ्न न सक्नु नै हो. अब एक जाति को नेताले अर्को जातिको नेता संग एक राजनीतिक बिचार धाराले न भएर मात्र जातीय खराब प्रतिस्प्रद्धा गरेर भोट हासिल गर्न खोज्ने छन्. यदि तेसरी जितिहालेमा पनि त्यो नेता सम्पूर्ण नेपालीको नेता न भएर एक जातिको नेता मात्र हुनेछ. जुन पिछडिएका अफ्रिकन देश सुडान, सोमालिया जस्तै जातीय हिंसात्मक राजनीति हुनेछ. यसको असरले नेपाल कैयोउ वर्षसम्म अजै पछाडी धकेलिने छ. हेरोउ, यो चुनाबमा नेपालीहरुको कस्ता नेताहरुलाई साथ् दिने छन्?
JO अडिग भएर लागिरहेको छ उसै को केहि आस गर्न सकिन्छ अरु बकम्फुसे हरुको कुरा गरिरहनु भनेको नेपाल फेरी पछाडी ठेल्नु बाहेक केहि हो जस्तो लाग्दैन …
आउने चुनाब को निर्णायक तत्व भनेको मधेश हो…यदि माओबादीहरु मधेश मा सफल भए भने उनीहरुको भोट मा कुनै कमि आउने छैन ..ऐलेसम्म हेर्दा सिराहा, धनुषा, रुपन्देही जस्ता ठाउं मा उनीहरुले एक प्रकारको लहर उत्पन्न गर्न सकेका छन् ..यदि त्यो कायम राख्न सके भने जित्न सक्छन…पहाडमा भने माओबादीको मत घट्न सक्छ..