-वाहिद अलि-
विगत केही बर्ष देखि म कतारको प्रतिष्ठित कम्पनीमा डिजाइनर पेशामा कार्यरत छु। डिजाइन सम्बन्धि मलाई कुनै ज्ञान थिएन तथापि म अहिले आफ्नो काममा दक्ष छु। जुन देशले मलाई एउटा दक्षता दियो, रोजगार दियो त्यही देशबारे म केही आफ्ना कुरा राख्न चाहन्छु।
बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरु नै हाम्रो पहिलो समस्या हो। हामी चाहिने भन्दा धेरै लगनसिल, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन्।
नेपालीहरु कामदारका रुपमा कतार कहिलेदेखि भित्रिएका हुन् यो यकिनका साथ भन्न सकिन्न। तर जब १९७७ नेपाल कतारको कुटनीतिक सम्बन्ध गाँसिएको थियो, त्यसपछि नै हामी नेपालीहरु यहाँ कामदारका रुपमा भित्रिएका हौँ भन्ने अनुमान लगाउन सकिन्छ। कतार केही वर्षदेखि विकासमा तीब्र रुपमा अघि बढ्दै गरेको देश हो। २००६ मा दोस्रो पटक एसियन गेम भव्य र सफलताका साथ आयोजना गरेको देश कतारले आफ्ना हरेक कुराहरु लाई सुधार गर्ने क्रममा रहेको छ। विगत र अहिले अनि भावी योजनाहरुलाई हेर्ने हो भने यो किसिमको विकासमा फड्को मार्ने देशहरु संसारमा विरलै भेटिन्छन्। यस देशको विकाससँगै नेपालीहरुको सम्बन्ध झन् झन् गाँसिएको छ। त्यसैले अहिले नेपालीहरु ५ लाखको हाराहारीमा बिभिन्न तहमा काम गरिरहेका भेटिन्छन्।
बेलायतको गार्डियन पत्रिकाले अहिले नेपाली श्रमिकहरुको दुःख पीडाहरुलाई संसार माझ प्रस्तुत गर्दैगर्दा हामी नेपाली कस्ता कामदारहरु रोजगारका निम्ति कतार आउँछौ, त्यो कुरा बुझ्नु एकदम जरुरी छ। म हामीभित्र रहेका कमजोरीहरुलाई आफूले देखेको भोगेको आधारमा राख्न चाहन्छु-
१. मेनपावर र दलाल- बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरु नै हाम्रो पहिलो समस्या हो।
२. नेपाल सरकार र श्रम मन्त्रालय- आफ्ना बेरोजगार जनताका लागि एकदम तल्लो स्तरमा श्रम सम्झौता गर्ने नेपाल सरकार र श्रम मन्त्रालय, जसले कुनै अध्ययन अनुसन्धान बिना धमाधम मेनपावर कम्पनी खोल्न दिने र कुनै पनि देशसँग श्रमिकका निम्ति उचित सम्झौता या दवाब नदिने।
३. कमजोर कुटनीतिक नियोग- कतार सरकारले कुनै पनि कामदारले एग्रिमेंटमा लेखिएको सुबिधा तलब नपाएको अवस्थामा उसको हकहित दिलाइदिनका निम्ति लेबरकोर्ट खोलिदिएको छ तर समस्या पत्र हाम्रो नियोगबाट त्यहाँसम्म पुग्न सक्दैन र कामदार एक्लैले भाषिक समस्याका कारण आफ्नो कुराहरु लेबरकोर्टमा राख्न सक्दैनन्। फलतः उनीहरु समस्यामा पर्छन्।
४. भाषिक समस्या- हामी कमसेकम आफ्नो परिचय अरबिक भाषामा दिन नसक्ने अवस्थामा यहाँ आएका हुन्छौ त्यसो त इंगलिसमा पनि जवाफ दिन असक्षम हुन्छौँ।
५. स्वास्थ्य सम्बन्ध चेतनामा कमि- हामी ५२ डिग्री तापक्रम भएको देशमा आउँदै गर्दा आफूलाई कसरी स्वस्थ राख्ने भन्ने सामान्य कुराहरु जानिरहेका हुँदैनौ। खानपिनदेखि हरेक कुरामा हामी अनभिज्ञ छौँ। पर्याप्त पानी पिउनु पर्ने सितल खानेकुराहरु खाने र सरसफाईमा हेलचेक्र्याइँ गरिरहेका हुन्छौँ।
६. अदक्षता, सिक्न सक्ने क्षमतामा कमि- हामी कुन कामका निम्ति आएका हौँ भन्ने कुरा नै प्रस्ट नभई आउने गर्छौ र आए पछि पनि बर्षौसम्म त्यो काममा दक्षता हासिल गर्न सक्दैनौ।
७. लगनसिल, इमान्दार र सोझोपन- हामी चाहिने भन्दा धेरै लगनसिल, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन्।
८. पारिवारिक समस्या र तनाव- पुरै परिवार एकजनासँग आश्रित हुने हुँदा परिवारका हरेक आवश्यकता पुरा गर्नुपर्ने ठूलो जिम्मेवारी साथै परिवार सानो तिनो समस्याहरुले सँधै तनावमा रहनु पर्ने हुन्छ।
अरुको गल्ति केलाउनु भन्दा पहिले आफुमा रहेको गल्तिहरुको पहिचान गर्नु पर्ने हुन्छ। यी त हाम्रा समस्याहरु भए। यसो भन्दै गर्दा यहाँ समस्या नभएकै होइन भन्नु अनुचित हुन्छ। तर ती समस्याहरुको सुनुवाई हुने बिभिन्न निकायहरु छन् जहाँसम्म पुग्न हामी सकिरहेका छैनौँ। देश र सरकारका कमजोरीहरु बाहेक आफ्ना कमजोरीहरुलाई सुधार गर्नेहरु यहाँ युरोप अमेरिकामा भन्दा खुसी सँग जीवन यापन गरेका छन् भने शिक्षित दक्ष मानिसहरु युरोप अमेरिकाका पासपोर्टहरु साथमा राखेर यो देशलाई आफ्नो कर्म भूमि बनाएको उदाहरण पनि हामी बीच धेरै छन्।
नेपालमा डिग्री हासिल गरेकालाई पनि लेबर अथवा वर्किङ भिसा नदिने बेलायतले हामी अशिक्षितदेखि शिक्षित र अदक्षदेखि दक्ष हरेकलाई सजिलै वर्किंङ भिसा दिएको देश कतारका बारेमा बोल्दै गर्दा हामी ५ लाख नेपालीको भविस्यमाथिको राजनीति त हैन भन्ने मलाई लागेको छ।
कतारको बारेमा धेरै पढियो सुरु सुरुमा हरेक कुरामा बिस्वाश पनि गर्दै गरें. तर अहिले बुझ्दै जाँदा कतै यो राजनैतिक चाल त होइन भन्ने शंका पो लाग्न थालेको छ किन भने म पनि एउटा नेपाली भयको र बंशानुगत गुण ले गर्दा अलि शंकालु, अलि फताहागीरिमा चासो राख्ने, कुनै बिषयमा जान्दै नजानिकनै तर्क कुतर्क राख्ने गर्छु. अर्को कुरा पश्चिमाहरुले वोर्ल्ड कप २०२२ कतारमा चाहदैनन् रे भन्ने पनि सुनिन्छा, तेसैको एउटा पातोपो हो कि जस्तो पनि लाग्ने. बास्तविकता पछि थाहा होलानी.
“नेपालमा डिग्री हासिल गरेकालाई पनि लेबर अथवा वर्किङ भिसा नदिने बेलायतले हामी अशिक्षितदेखि शिक्षित र अदक्षदेखि दक्ष हरेकलाई सजिलै वर्किंङ भिसा दिएको देश कतारका बारेमा बोल्दै गर्दा हामी ५ लाख नेपालीको भविस्यमाथिको राजनीति त हैन भन्ने मलाई लागेको छ।” युके ले किन दिन्न होला त visa ? याद गर्नु होला युके मा हेअल्थ एंड सफेटी भन्ने कुरा , मानब अधिकार भन्ने कुरा ले उच्च प्राथमिकता लिएको छ . खाडी मुलुक मा जस्तो अरु लै दास बनाउने, मानब अधिकार हनन गर्ने , नेपाली चेली को इज्ज़त को कुनै मूल्य नहुने , भाषा बोल्न नाअआउने , कुनै qualifications बिना जागिर दिन्छु भनि झुकाई लेबर काम गर्न लगाउने , वहिद अलि जी उठ्नु होस तपाई सपना बाट ! अनि डिग्री, नेपाल को डिग्री भनी पछि नाक नाखुम्चौनी कुन देश होला ? किन कि हामी सबै theoritical डिग्री ले भरिएको हामी अंग्रेजी मा राम्रो लेख लेख्न त सक्छ तर कला छैन ग्राहक संग बोल्ने , अंग्रेजी बोल्ने, तेही चालमा चल्न समय लाग्छ , अनि कुन चै कम्पनी होला तेत्रो समय बर्बाद गरेर आफ्नो कामदार लै वीसा मिलौनी ? यता देश को दोष छैन नेपाली ले वीसा नपाउनु मा . यता कम्पनीलै येही मानब अधिकार र स्वस्थ र सुरक्षा को कानून ले गर्दा कम्पनी हरु हिचकिचौन्चा. अनि लेबर भन्दै मा qualification नाचिने हो ? वहिद अलि जी बेलायत मा पत्रिका चै कतार मा जस्तो भाडा को tatu हुन्दैन. यो देश मा सरकार को बिरोध पत्रिका ले खुला तरिका मा गर्छ. अनि पत्रिका गर्दा सरकार हलिंचा खाडी मुलुक मा जस्तो उल्टो होइन. हजुर ले राम्रो जागिर पुन मा हजुर को मजक को ठुलो हात छ . यो कुरा सत्य हो . किनकि हजुर जस्तो designer जागिर को लागि दक्ष्य मान्छे हरु कति थियो होला ? २००९ को कुरा हो म र मेरो बिदेशी पार्टनर साथि एक वर्षा को contract पाएको थियो कम्प्युटर एंड सेचुरिटी networking मा. contract sign गर्ने बेला मलाई के भनियो भने तिमि मुसलमान रहेछ ठिकै छ . तिमि अर्को मुसलमान साथि लिएर औउ हामी झन् राम्रो contract दिन्छु . मेरो त कन्चेरी तातिएर आएर जुरुक उठेर हिडेर कहिले कतार फर्केको छैन .
काममा दक्षता र शिप भकालाई कतार सबै भन्दा राम्रो मुलुक हो ! सरकारले आफ्नो नागरिक लाई कसरि दक्ष बनौ भन्ने तिर सोच्नु पर्छ! सरकारले नागरिकहरु माथि लगानी गर्नपर्छ! एस मा सरकार र नागरिकलाई धेरै फाइदा हुँने थियो !
म पनि २००४ देखि हाल सम्म कतार म नै छु र म यो लेख संग १००% सहमत छु / हो नेपाली हरु ले कतार म कुकुर ले न पाउने दुख पैरेहाका छन् ,तर गल्ति कतार सरकार को होइन / माथि भनिए झैँ नेपाली दलाल र दलाल लै कन्ट्रोल गर्न नसक्ने नेपाल को निकम्मा सरकार नै हो /
अनि , यहाँ आउने जो कोहि पनि कामदार हरु दछ हुनुपर्छ / कतार मा राम्रो अबशर हरु छन् /
वाहिद अलि जी तपाइले उठाउनु भयको प्रसङ्ग उचित छ साच्चिकै कतारका बारेमा बोल्दै गर्दा मलाइ त ५ लाख नेपाली मात्र नभइ परिवार सहित लगभग २५ लाख नेपाली जनताको भविस्य माथिको राजनीति त होइन भन्ने लाग्दै छ| हो त्यहा समस्या छन समाधान हुनुपर्छ तर कतार सरकारले केहि गरेन भन्नु भन्दा पनि हामी कुन अवस्थामा त्यहा पुगेका छौ, हामी संग कुन शिप छ, हाम्रो सरकारको भूमिका कस्तो हुनु पर्थ्यो भन्ने कुरा महत्वपुर्ण हो| जुन सुकै देशले पनि कामदार सस्तो नै खोजिरहेका हुन्छन नि तर हामीले हाम्रो तलव सुविधा कति लिने भन्ने निर्णय हाम्रो सरकारले गर्ने हो यदि सो अनुसार नभए आफ्ना कामदारलाई स्वदेस फर्काउन पनि सक्नु पर्छ | ५ लाख कामदार भएको मुलुकमा / व्यक्ति १ भिसा १०० रियाल मात्र लिए पनि ५ करोड रियाल हुन्छ जसबाट काम तथा कम्पनीको अनुगमन गर्न ५ जना कर्मचारी राखी भिसा दिनु पुर्व काम तथा कम्पनीको अनुगमन गर्न पनि सकिन्छ नि त्यता तिर किन ध्यान जादैन हाम्रो ?
माथि शिक्षित र अदक्षदेखि दक्ष हरेकलाई सजिलै वर्किंङ भिसा दिएको देश कतारका बारेमा बोल्दै गर्दा हामी ५ लाख नेपालीको भविस्यमाथिको राजनीति त हैन भन्ने मलाई लागेको छ।
कतार को अन्न्याये त छदै छ तर धेरै जस्तो नेपालि हरु फिलिपिनो र अरु देश का केटि हरु संग मोज गर्न पाइन्छ भनेर तेसै हाम्फालेका हुने | कतार गएर आएका ले मिठो कुरा सुनाउदा सब को मन मोज मस्ती गर्न तिर सोचेर हो दुख पाको | कति पाए साथी हरु को त बध्येता ले गएका हुन् तेस्मा कुनै संखा छैन तर धेरै साथी हरु उही फिलिपिनो सम्झेर गएका हुन् अनि मज्जा ले उफ्रिन पाइन्छ भनेर तेता तिर हान्निए का हुन् | तिनी हरु ले अब चेत्दै होला मोज मस्ती |
मैले नि येही भनेको, नेपालको नौ-बाह्र कछ्यामा ऐच्छिक भाषाको रुपमा अरबिक र मलाया भाषाको पढाई हुनु पर्छ. शिछा/सिप जिबनुपयोगी हुन आवस्यक छ.
बरु दिर्घकालिन सोचका साथ येसो गरे कसो होला :
नेपालको नौ-बाह्र कछ्यामा ऐच्छिक ब्यबसायिक सिपमुलक सिक्षाको (सैधानतिक र प्रयोगात्मक दुवै हुने ) बेबस्था गरे कसो होला ताकी आफ्नै भूमिमा रोजगार गरि जीवन निर्बाह पनि हुने देश पनि बन्ने .. सस्तो श्रम बेची कति अर्काको देश मात्र बनाउने ..
एकदम सहि बुदाहरु अलिजी, समस्याको शुरुवात नेपालमा दलालले नै गरेका हुन्छन यहाँ आएर त समस्या अझ झ्यांगिदै आउने मात्र हो, त्यो देखावटी अभिमुखीकरण तालिम भन्दा, अरबी भाषा सिकाउने संस्थाहरु खोल्न सहयोग गर्ने हो भने, भाषामा सुधार भएर धेरै नेपालीले राहत पाउने थिए, लेबरमा मात्र काम गर्न पठाउनुको सट्टामा सिप मुलक तालिमहरु प्रदान गर्ने हो भने, रेमिटेन्स पनि बढी मात्रामा भित्रनछन नि, कामदारलाई कम्तिमा हरेक बर्ष छुट्टीको व्यवस्था गराउन सक्ने हो भने, पारिवारिक समस्यामा पनि धेरै कमि आउने छ |