-विजय ज्ञवाली,क्लिनिकल मनोविज्ञ-
आत्महत्या नेपालको गम्भीर समस्या भइसकेको छ। नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा प्रत्येक दिन ११ जनाले आत्महत्या गर्ने गरेका छन्। मृत्यु दर्ताको तथ्याङ्क अध्यावधिक गर्ने नियम कडाईको अभावमा यो संख्या अझ बढी हुने अनुमान सहज रुपमा लगाउन सकिन्छ। नेपालभित्र मात्र हैन, विदेशी भूमिमा समेत नेपालीहरु आत्महत्या गर्दैछन्। वैदेशिक रोजगार प्रवर्ध्दन केन्द्रको तथ्याङ्क अनुसार विदेशी भूमिमा हुने नेपालीको मृत्युमा आत्महत्या तेस्रो प्रमुख कारणमा पर्छ। गत वर्ष साउदी अरबमा मात्र १७ नेपाली ले आत्महत्या गरे। UN womens रिपोर्ट अनुसार २०११ मा ८० जना नेपाली महिलाले विदेशी भूमिमा आत्महत्या गरे।
यसैगरी लगभग ३० हजारको संख्यामा नेपाली बसोबास गर्ने जापानमा गएको दुई वर्षभित्र सात जना नेपालीले आत्महत्या गरे। यी त उदाहरण मात्र हुन्। रोजगार र सुरक्षित जीवनको खोजीमा विदेसिने नेपालीहरुको आत्महत्याको समाचार आजकाल लगातार सुनिन थालेको छ। तर यसको रोकथामको कुनै पहल भएको देखिँदैन। देशको अर्थिक मेरुदण्डको प्रमुख आधार बनेको रेमिटान्स भित्राउने लाखौ नेपालीको जन स्वास्थ्यको एउटा गम्भीर पाटोमा कसैको ध्यान गएको देखिँदैन।
मृत्युकारण | मलेसिया | साउदी अरब | कतार | युएइ |
मुटु समस्या | २४ | ७ | ८५ | १७ |
आत्महत्या | ३४ | १७ | १५ | ३ |
सडक दुर्घटना | ११ | ७० | ५ | ६ |
प्राकृतिक | ३ | ८० | – | ७ |
कार्यस्थल दुर्घटना | २ | १७ | ४ | २ |
अन्य | १७९ | १४ | ४० | १२ |
स्रोतः वैदेशिक रोजगार प्रवर्द्धन केन्द्र
किन हुन्छ विदेशी भूमिमा आत्महत्या ?
केही नेपालीको लागि विदेशी भूमि रहर होला। तर अधिकांश नेपालीको लागि यो एउटा बाध्यता हो। उचित रोजगार र अवसर को खोजीमा विदेश आउने नेपालीको पछाडि उसको पारिवारिक विछोड र सामाजिक शून्यता साथै हुन्छ। त्यसमाथि आर्थिक रुप मा नि ऊ पिरोलिएको हुन्छ। अधिकांश नेपाली खोजेको र ऋण लिएको पैसामा विदेश गएका हुन्छन् । त्यस बाहेक पनि नयाँ वातावरण, भाषा ,संस्कृति, व्यस्त जीवन जस्ता समस्या उनीहरुको जीवनमा एकै पटक आइपर्छ। विदेशको जीवन आफूले सोचे जस्तो हुँदैन। आफूले सोचे जस्तो र विदेशको जीवनमा मेल नखाँदा नैरास्य बढेर जान्छ। यसका कारण उनीहरुमा तनाव ,चिन्ता, अनिद्रा, अरुचि, पाचन समस्या जस्ता समस्याको सुरुवात हुन्छ। जुन समस्या लामो समय सम्म रहँदा उनीहरुमा विभिन्न मानसिक समस्याको सुरुवात हुन्छ। अन्ततः उचित मार्गदर्शन, परामर्श र उपचारको अभावमा उनीहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ।
कसरी नियन्त्रण गर्न सकिएला ?
विदेशी भूमि मा हुने आत्महत्या नियन्त्रणको लागि सबैको पहल को आवश्यक छ। झन्डै ३० लाखको हाराहारीमा विदेशिएका नेपालीको यो समस्या नियन्त्रण गर्ने प्रयासमा निम्न अनुसार कदम चल्नु पर्ने देखिन्छ-
विदेश आउनु अघि मानसिक र सामाजिक तयारी
विदेश आउनु पूर्व जसरी उचित सिप सिकेर आउँदा सजिलो हुन्छ, त्यसरी नै विदेशी भूमिमा आउन सक्ने विभिन्न मानसिक र सामाजिक समस्याको उचित तालिम र तयारी गरेर आउन सकियो भने विदेशी भूमिमा हुन सक्ने आत्महत्या नियन्त्रण गर्न ठूलो सहयोग पुग्न सक्छ। यसको निम्ति यससित सम्बन्धित संघ संस्था अथवा सरकारी क्षेत्रले उचित मापदण्डसहितको कोर्स अथवा प्रशिक्षणको विकास गर्न सकिन्छ। जाने मुलुकको भाषा, रहनसहन, सस्कृतिको पूरा जानकरी लिएर मात्र विदेश जाने वातावरण बनाउनु आवस्यक देखिन्छ।
परदेशी जीवनको मानसिक र सामाजिक तयारी
विदेश गइसकेपछि पारिवारिक विछोडको पीडा, आफ्नो समाजप्रतिको माया, विभिन्न आर्थिक र सांस्कृतिक पक्षका कारण पर्न सक्ने असरबारे आफूले पनि विशेष तयारी गर्नु आवश्यक छ। यसैगरी सम्बन्धित देशमा रहेको दूतावासले पनि नेपालीलाई पर्न सक्ने मानसिक असरबारे जानकारी दिन साथै मानसिक परामर्श उपलब्ध हुने ठाउँको जानकारी उपलब्ध गराउनु पर्छ। एक्लो जीवन, बिरानो ठाउँ- कहिलेकाहीँ निरस हुनु स्वभाविक भएतापनि यदि बारम्बार आत्महत्या गरुँ जस्तो विचार आउँछ भने त्यो अवस्थामा केही कदम आफैले पनि चल्नु पर्छ।
– सकभर एक्लै नबस्ने, परिवार र साथीहरुको निरन्तर सम्पर्कमा बस्ने।
– सकभर मन मिल्ने साथीसित बस्नु उचित हुन्छ।
-तपाई विद्यार्थी हो भने तपाईँको स्कूल अथवा युनिभर्सिटीमा परामर्श केन्द्र हुन सक्छन्, त्यहाँबाट उचित परामर्श लिने।
– आफु लाई लागेका कुरा अरु लाई खुलस्त भन्नु होस्। एक्लो अवस्था मा सोसिअल साइट हरु को सहारा लिने बाहिर घुम्न जाने खुला बाताबरण मा बस्ने गर्नुहोस।
– सकभर छिटो मनोविज्ञ को सम्पर्क मा जाने। अधिकांस मुलुक मा फ्री टेलिफोन परामर्स केन्द्र
छन् त्यहाँबाट सल्लाह लिन सकिन्छ।
उचित अनुगमन र वातावरणको विकास
देश को आर्थिक बिकासमा आधार बनेका नेपालीले यसरि बढ्दो रुपमा आत्महत्या गर्नु दुःखद पाटो हो। यसको नियन्त्रण मा सबै गम्भीर हुनु पर्ने देखिन्छ। सम्बन्धित विज्ञ हरु ले यसमा उचित अनुगमन र अध्ययन गर्नु आवस्यक छ। समन्धित देश मा भएका आत्महत्या रोकथाम को क्षेत्र मा काम गर्ने सङ्ग सगठन लाई यो बिसय को जानकारी दिएर उनीहरु लाई पनि बिदेशिएका का नेपाली को आत्महत्या नियन्त्रण मा सामेल गर्न सकियो भने यो समस्या लाई उचित रुप सम्बोधन गर्न सकिनेछ। यसैगरी आजकल अधिकांश मुलुकबाट बिद्युतीय पत्र पत्रिका निस्कने गर्छन्, ती साइटहरुमा आत्महत्या नियन्त्रण, मानसिक समस्या को जानकारीमूलक लेख र सामग्री राखेर जनचेतना फैलाउन सकिन्छ।
आत्महत्या बारे खुलस्त कुरा र छलफल हुनु आवस्यक छ। मानसिक रोग विशेषज्ञ अथवा परामर्शदाताको सहयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ।
(लेखक International university of health and welfare जापानमा विद्यावारिधि गर्दैछन्)
[तपाईँले पनि विदेशी भूमिमा कसैले आत्महत्या गरे देख्नुभएको वा सुन्नुभएको छ ? किन उनीहरुले आत्महत्या गरे ? कसरी रोक्न सकिन्थ्यो जस्तो लाग्छ ? आफ्नो अनुभव पनि तल कमेन्टमा बाँड्नु होस्]
विजय जी , युरोप तिर एस्तो घटना सायदै भएको छ जस्तो लग्यो ,
एसको कारण देश को सिस्टम अनि बिदेशी लै गरिने ब्यबहार पनि हो कि जस्तो लग्यो ,
१, middle east मा गरिने बिदेशी लै गरिने ब्यबहार अनि western country तिर बिदेशी
लै गरिने सम्मानजनक ब्यबहार ले पनि अलि भूमिका खेलेको हो कि ,
२, गर्मि को कारण पनि हुन् सक्छ ,,
तपाई को कुरा सहि हो / युरोप मा बस्ने नेपाली को आफै ले जीवन लिएको घटना निकै कम सुनिन्छ / मैले यस्तो समाचार अनुगमन गर्न थालेको २ वर्ष भयो / यो पनि एउटा अनुसन्धान को बिसये हुन सक्छ / त्यहा को नेपाली हरु को मानसिक अवस्था र एशिया र अमेरिका मा बस्ने नेपाली को मानसिक अवस्था एउटा तुलनात्मक अनुसन्धान को बिसय हुन सक्छ / तपाई ले उठाउनु भएको बिसय मा मेरो रुचि छ / धन्यवाद
विजय
गर्मिको कारण ले बिरामी भाको र मृत्यु भाको त् थाहा थियो, गर्मि भयो भनेर आत्महत्या गरेको त् अहिले सम्म सुनेको थिईन !
माथि भनिएका हरेक मुलुकमा र नेपालमा बस्ने नेपालीको जनसंख्या र प्रतिवर्ष प्रत्येक लाखमा कति आत्महत्या भयो सो तथ्यांक भा’को भए सजिलो तुलना हुन्थ्यो / तुलना गर्न अलि कठिन भयो / लेखकले प्रस्तुत गर्नुभएको तथ्यांक अनुसार आत्महत्या बाहेकका मृत्युका कारणहरु हेर्दा मान्छेको मृत्युको कारणको बर्गिकरण गरिने तरिका मुलुकैपिच्छे फरक छ जस्तो देखिन्छ / मलेसियामा ‘अन्य’ कारणले धेरै मान्छेको मृत्यु भएको देखियो भने साउदीअरबमा ‘प्राकृतिक’ र ‘सडक दुर्घटना’ / हेर्दै जादा तेत्रो नेपाली जनसंख्या भएको कतारमा एउटा पनि व्यक्ति प्राकृतिक कारणले बितेको देखिदैन, तर साउदी मा ८० जना? कि साउदीमा धेरै उमेर भएका बृध्द बृध्दा मात्रै जान्छन? माइसंसारमा पहिल्यै प्रकाशित लेखले पनि औल्याइसक्यो: कतारमा किन धेरै मुटुको समस्या? कतारका कम्पनिले कामदारको खानेकुरामा के हाल्छन? कि जसरि परमधाम भए’नि ‘मुटु’ भन्दिने हो कतारी पुलिस ले?
जे भए’नी नेपालीहरुले गर्ने आत्महत्याको दर चै धेरै नै देखियो बिदेशमा / यसको समाधान हुनुपर्छ: खास कारणहरु के हुन् तिनको पहिचान अनि तेइ आधारमा समाधान गर्न सबैले पहल गरौ / कम्तिमा बिदे’शा पुगेर रगत, पसिना बगाउने हरुलाई अलिकति सम्मान, अलिकति माया, अलिकति सहानुभूति दर्शाउन कन्जुस्याई नगरौ / “गाउफर्के” भन्थे पहिला पहिला, गाउ फर्कने बाताबरण बनाउन सके पौरखी हातहरुले गाउघरमै बसेर हासिखुसी बिदेशी मजदुरी गर्दाको भन्दा राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण दिनसक्ने युबाहरु अझै गाउमा छन् होइन र? कि नेताको पछि लागेर चुनाउ प्रचार गर्न थाले?
सृजन जी धन्यवाद
तपाई ले भने जस्तो तथ्यांक को खोजि मैले धेरै गरे / नेपाल जादा नि यो बिषयमा केहि तथ्यांक छ कि भनि खोजि गर्ने प्रयास गरेको थिए तर वयबस्थित तथ्यांक को अभाव रहेछ / आशा गरौ यस बिसये मा अझ बढी छलफल हुनेछ / तपाई को कमेन्ट मा मेरो सहमति छ /
विजय
योग अभ्यास र परम आत्मा मा भरोसा गर्नु सिकौ अनि परिवार साथी भै ले पनि मनस्थिति कम्जोर लै माया गर्न सिकौ अनि मन मस्तिस्क लै उत्तेजित गंरने खालको खाने, पिउने नगरौ अबस्य पनि सुधार औछ .
मृत्युको भय भनेको सबै चेतनशिल प्राणिहरुमा हुने प्राकृतिक गुण हो र मानिसको हकमा सयाद यो अझ बढी होला! अरु जनावर हरुझैँ, चाहे जति नै निर्वल किन नहोश, असामायिक मृत्युलाई टार्न हामि सक्दो प्रयास गर्छौं जसको मुख्य कारण मृत्यु देखि को भय नै हो वा मृत्यु वरण को वखत को पिंडा वा पछि को अन्सर्टेण्टि हुनुपर्छ . मान्छेलाइ आत्महत्या गर्न बाट रोक्ने भनेको, मृत्यु देखिको डरबाहेक, आफु, आफ्नो परिवार, साथिसंगी र सराउण्डिङ्ग प्रति को माया; समग्र जिन्दगीप्रति को मोह; भविष्यमा केहि गर्ने सोच हो ( यो बाहेक अरु केहि फ्याक्टर होलान मलाइ फ्याट्ट आएन) . तर जब अरु इमोशनहरु जस्तै – भविष्यको कुनै सम्भावित परिस्थितिको डर , नैराश्यता, चरम लज्जाबोध वा हिनताबोध, रिस वा चरम कर्तव्यबोध ( लडाई को बखत) आदि को परिमाण मृत्यु देखि को डर र जीवनप्रति को मोह को समग्र परिमाण भन्दा धेरै हुन्छ, कुनै पनि बखत, तब मान्छेले आत्महत्या गर्ने ठान्न सक्छ र पहिले ठनिसकेको भए त्यसको कोसिश गर्छ.
मेरो आफ्नो थेओरि अनुसार, तलको कनडिशन्ले आत्महत्याको कोसिश गर्न वातावरण तैयार पर्छ :
emotional disturbance > fear of death + positive feeling towards life and related components ( i.e., love, hope, ambition , etc . )
माथिको इक्वेजन्मा इमोशनलाइ नियन्त्रणमा गर्न सजिलो छैन किनकि यो बाहिरी कारक तत्वहरुमा धेरै नै भर पर्छ , मृत्यु को डर त एक स्थिर मात्रा ( constant) भैहाल्यो, त्यसैले, जिन्दगी र यसका पक्षहरुप्रति को मोहलाइ बढाएर र बढ्ने मौका दिएर सायद आत्महत्याको केहि हद सम्म नियन्त्रण गर्न सकिएला!!!
“यसैगरी सम्बन्धित देशमा रहेको दूतावासले पनि नेपालीलाई पर्न सक्ने मानसिक असरबारे जानकारी दिन साथै मानसिक परामर्श उपलब्ध हुने ठाउँको जानकारी उपलब्ध गराउनु पर्छ।”
अरु देश मा रहेका दुतावास हरु को बारेमा थाहा भएन तर कतार मा रहेको नेपाली राजदुतावास ले समस्या लिएर जानेहरु लाइ गर्ने व्यवहार (दुर्) र मानसिक पिडा को स्थिति मा माथि को कुरा चाहिं असम्भव नै देख्छु | के नै आशा गर्नु र यी मेनपावर र मानव तस्कर को दलालहरु को अड्डा बाट?
राज जी
तपाई ले सारै मार्मिक र तितो यथार्थ लाई बाहिर लिएर आउनु भो /तपाई को प्रतिक्रिया मा मेरो सहमति छ / सबै को एक आवाज भयो भने यस्तो अवस्था मा परिबर्तन आउन सक्छ / तपाई को आवाज मा मेरो पनि साथ छ /
विजय
अत्यन्तै राम्रो लेख पढ्न पाइयो! विदेशमा पैसा को बोट छ, फटाफट टिप्न पाइन्छ, एवम विदेश छिर्नासाथ सब थोक छ भन्ने सोचाईले आक्रान्त हाम्रो ब्यक्तिगत तथा सामाजिक मानसपटल नै विदेशमा हुने आत्मा हत्याको मुख्य जड हो भन्ने लाग्दछ!!!!
सम्पन्नता ले थोरै लाई बिदेस पुर्याएको होला अधिकांस लाई विपन्नता ले नै जान बाद्य परेको हुन्छ/म संग पनि कोरिया बसेर आएको अनुभब छ/ जान पाउनु नै ‘भाग्य’ मान्नु पर्ने हामी नेपाली लाई तेह पुग्ने सम्म त अब त ऋण तिर्ने मेसो बस्ला, भबिस्य उज्यालो होला भन्ने उमङ्ग ले आसबादी बनाउछ तर तेहा पुग्ने बित्तिकै एउटा बिदेशी-कामदार ले पाउने व्यवहार ले आफ्नो देश नियास्रो लाग्न थाल्छ तेस-माथि कम्पनि गार्हो पर्नु, काम गार्हो हुनु, खाना नमिल्नु,थकान ले निन्द्रा नलाग्नु… सुन्दा सामान्य लाग्ने तर तिनै कुरा पिडा-दायक हुन्छन/जो कोहि पनि कम्ति मा २ वर्ष को लागि गएकै हुन्छन एक हप्ता कामगर्दा नै अत्यास लाग्न थाल्छ तेस माथि यहाको ऋण को ब्याज,बच्चा को ‘फी’ स्वास्नी को फर्माईस,भाई को मोटरसाईकल,सालो लाई मोबाईल लिस्ट लामो नै हुन्छ..यहाँ बाट फोन गरेर “तलाई कस्तो छ” भन्नु भन्दा ‘पैसा कैले पठाउने” भन्न थाले’सी चै साच्चिकै “घर का लाई नि म भन्दा त पैसा नै प्यारो पो रेछ मलाई बुज्ने को होला?दिनभरी काम गरेर थाकेको सरिर कहाँ टेकाएर ‘आमा आज त ज्यादै थाके’ भन्नु………येस्ता कुरा दिन का दिन चांग का चांग दिमाग मा थुप्रिदै जादा को परिणाम नै आत्मा हत्या हुन्…….तेसैले यहाँ हुने आफन्त हरु ले बिदेस मा रहने दाजु,भाई,दिदि,बहिनि लाई सहानुभूति दिनुहोस, माया का भोका हुन्छन, माया दिनुहोस, सकेजति हौसला दिनुहोस, निरास हुन बाट जोगौनुहोस.. “गारो भए आउनुहोस येही दुख गरौला” भन्न कन्जुस नहुनु होस्/ बिदेस मा रहनु हुने सबै लाई ग्रान्ड स्यालुट “आज तपाई हरु को कारण ले हामी छौ.
मुख्य जरो कुरा येही हो , धेरै सहि कुरो , कमेन्ट को लागि धन्यवाद, ( नेपाल जस्तो देश को सन्दर्भ मा ),
तेस्मा एउटा कुरा थप्न मन लागेको चाही के हो भने ,,, हाम्रो संस्कृति …जसमा परिवार लाइ महत्वपुर्ण स्थान दिइञ्छ/ अनि जति पनि बिदेशिएका छन् , उनीहरु ले सर्बप्रथम परिवार अनि साथीभाई कै चिन्ता गर्छन , अनि आफुलाई बिर्सिन्छन , अन्तत दुइ हात ले ताली नबज्दा, एक्लिएको मानसिकता बाट परास्त भै आत्महत्या को बाटो लिन बाध्य हुन्छन/
अचुत जी
मैले भन्न खोजेको कुरा लाई तपाई ले एकदम सरलीकृत रुप एकदम प्रस्ट लेखि दिनु भो / आभार प्रकट गर्दछु /
विजय
हामि नेपालीको मनस्थितिलाई कम्जोर बनाएर आत्महत्या गर्न सम्म पुर्याउने के के तत्व रहेछन सबै साथीहरुले खुलाउनु भएकोमा धन्यबाद | मुख्यत गरिबीको चंगुल, परिवार श्रीमतीबाट टाढा हुँदा आउने नैराश्य, अनि पैसा कमाउन आउँदा जिउ धनको बिनास, रोग ब्याधि के के हो के के आत्महत्याका बिउहरु | बिदेशमा बढ्दो आत्महत्याको कुरो अत्यन्तै हृदय विदारक छ | अहिले सम्म कुन निकायले यो अध्ययन गरेको छ ? जता गए पनि नेपालीको नियति किन एस्तो ? यो एउटा चक्र नै हो – कम्जोर आर्थिक अवस्थाले निम्त्याउने कम्जोर पारिबारिक भूमिका, कम्जोर शारीरिक र मानसिक स्वास्थ्य आदि सबै थोक कम्जोर भएपछी धरातलमा उभिन गार्हो हुन्छ अनि हाम्फालु कि झुन्डिउ कि, के खाउ जस्तो औडाहा हुनु अस्वाभाविक होइन | यसको सबै जिम्मेबारी फेरी उही नेतृत्व बर्गकै हुन् आउँछ | भरोसा दिने, सहयोग गर्ने, लडेकोलाई उठाउने, सम्झाउने, बुझाउने संयन्त्र नै छैन | फेरी माओबादी द्वन्द पछि मर्ने मार्ने कुरोले मान्छेको भाउ येति सस्तियो कि कसलाई के मतलब हत्या गरोस कि आत्महत्या !!
२०६७ साल तिर को कुरा हॊ एकजना पोखरा को केटा साथी ले रूम मा कोहि नभाको बेला आफैले आफैलाई छूरा ले बेस्सरी काटे धन्न त्यहाँ रात्री कालिन बाट काम सकेर फरेकेका केटा हरु ले धेखेरा सम्बन्धित निकई लाई फोन गरि तुरुन्त उपचार सम्भव भो र बाचे धन्न उनलाई हेलिकोप्टर ले होस्पितल लग्यॊ सायद त्यो साथी लाई काल ले बेरेका रहेनछ / पछि सोध पुछ गर्दा त भन्दै थियो कि मलाई मेरो श्रीमती र घर को याद ले पिरल्यॊ, मलाई साथ् दिने कोहि भएनन् / आज परदेश मा भएतापनि मलाई मेरै कम्पनी ले काम मा जबर जस्ती मेरो मनोबअल लाई नबुझी काम लगायो / र अन्त्येमा घर पठायो
माथि को घटना लाई बुज्दा के लग्छ भने उ बिना सोचाई विदेश मा बस्यॊ र पस्यॊ अनि उसलाई परामर्स दिने कोहि भएनन् / आज पनि त्यो कुरा सम्जिदा जिउ नै सृरिंगा हुन्छ / जय नेपाल जय नेपाल ………
२ करोड ७० लाखको हाराहारीमा रहेको जनसङ्ख्याको ११ जना प्रतिदिन अर्थात प्रत्येक २४ लाख ५५ हजारमा १ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । करिब ३० लाख जना नेपाली विदेशी भूमिमा रहेका छन् (यदि यो तथ्याङ्क सही हो भने) जसबाट २०११ मा ८० जनाले आत्महत्या गरेका छन् । नेपाल मै रहेको आत्महत्या दर र विदेशिएका नेपालीका बीचको आत्महत्या दर सायद देश अनुसार फरक हुँदा हुँदै पनि नेपालमै हुने आत्महत्याको तुलनामा केही कम देखिन्छ । २० हजार (?) को सङ्ख्यामा नेपाली रहेको कोरियामा बिगत ६ महिना भित्र ३ जनाले आत्महत्या गरेका छन् । कामको प्रकृति, पारिवारिक अवस्था, खानपानमा हुने पृथकता, साथीसङ्गीको व्यवहार तथा विदेश प्रतिको गलत बुझाइ र दुखद भोगाइले प्रेरित गरेको हुनसक्छ । के विवाहित के अविवाहित सबै खालकाले आत्महत्या गरेको देखिएबाट सबैका आ-आफ्नै कारण भए पनि सबै मृतको रोजाइ आफ्नै हत्या देखिन्छ । ससस्त्र द्वन्द पछिको तथ्याङ्को स्थितिले के देखाउँछ त ? यो अझै थाहा नभै सकेकोले यसको आगामी दिनमा आउन सक्ने जटिलता बुझ्न अझ जरुरी छ । आबेगमा आएर गरिएका हत्या वा आत्महत्याका घटना बढ्दै गैरहेको देखिन्छ । खास गरि द्वन्दकालमा हुर्किएको पिँडिमा सहनशीलताको अभाव र आक्रोसको प्रवलताका कारण आगामी दिनमा यो अवस्था बढ्न सक्ला कि ?
मलेशिया मा नेपाली को आत्महत्या
http://www.youtube.com/watch?v=FkDgxUr9iqw
सर्बप्रथम त धन्यवाद छ ज्ञवाली जी, एस्तो महत्वपूर्ण बिषय यहाँ राख्नुभएको मा|
१. १९९९ मा चीनमा चिकित्साशास्त्रमा स्नाकोतर (MD) गर्न गएका एकजना दाईले, जानु अगाडीको चिनिया राजदुताबासले दिएको रात्रिभोजमा एकदम हतोत्साहित गर्ने खालका कुरा गरेको सुन्दा मलाई रिस उठेर उनीसंग धेरै कुरै गरिन | पछि चीन पुगेको १-२ हप्तामा उनले झुण्डियेर आत्महत्या गरेको सुनियो | त्यति बेला कस्तो डर लागेर आएको थियो, अहिले सुन्दा ती दाईले नैरास्यताको स्पस्ट संकेत दिएका थिए भन्ने लाग्छ | परिवारले ती संकेत चिनेर उपचार गराएको भए एस्तो नतिजा एस्तो दुखि हुदैन थियो कि जस्तो लाग्छ |
२. चीनमा नै, अर्को एकजना भाईलाई चाही “दिमागमा आवाजहरुले मर्न उक्साउने” रहेछ, उनले झ्याल बाट हामफालेर आत्महत्या गरे| Schizophrenia भनेर पहिले नै diagnose भएको र उपचार पाएको भए शायेद तेस्तो हुदैन थियो कि ?
३. बिदेशिएका कान्छो मामा, जसको विदेशमा तेही देश कि श्रीमती र छोरा पनि रहेछन (पछि थाहा भयो), उताको कुरा सबै लुकाएर, आफ्नो दाई (ठुलो मामा) को करकापमा र नेपालको पैत्रिक सम्पति नपाइएला भनेर नेपाली केटी बिबाह गरेको १-२ बर्षमा नै सम्बन्ध बिग्रियो र माइजुले घर, परिवार माइती र श्रीमानबाट हेलित भएर घर छोडेर एउटा दयालु बृद्ध-बृद्धा जोडीको घरमा au-pair भै बस्न थाल्नु भएको केहि महिना पछि बिष शेवन गरेर आत्महत्या गरिन, २४बर्शको कलिलो उमेरमा| सम्झिदै नरमाइलो लाग्छ|
नेपाली समाज को सामाजिक संरचना नै आत्महत्या को लागि उक्साउने खाल को छ ! बिसाल हृदय भएका नेपाली हरु यति सजीलै आत्महत्या को बाटो रोज्ने थिएनन् ! घर परिवार अनि नातेदार को करकाप – सम्पत्ति जसरि कमाए नि ठुलो – सोझो इमान्दार हुनु लाक्षि र हुतिहारा ! खुमबहादुर लाइ स्वागत गर्ने हाम्रो समाज को नैतिक र चारित्रिक धरातल कति कम्जोर र क्रुर छ यहि बाटै थाहा हुन्छ – नेपाली बिदेशी जस्तै लोन मा डुबेर एकलकाटे भएर आत्महत्या गर्ने होइनन – पारिवारिक दवाब, सामाजिक दवाब हाम्रो अनैतिक र भ्रस्ट को आहाल मा डुबेको सामाजिकता को माखेसंग्न्लो जिम्मेवार छ ! मा पनि पिडित नै हु तर त्यो हद सम्म को कल्पना कहिले गर्दिन ! बरु डटेर मुकाबिला गर्दछु !