Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गैरकानुनी एनआरएन, ठिमाहा सरकार र सिटीवाली राजदूत

Posted on October 20, 2013October 20, 2013 by mysansar

-उही कुमार लामा-

विकिलीकले कूटनीतिक-पेण्डोराको बाकस नै फुटादिएपछि कूटनीतिज्ञहरूले के-के बोल्छन् भन्ने सर्वविदित भइसकेको छ। त्यसैले कतारका लागि नेपालकी भूपू हुन लागेकी राजदूत मायाकुमारी शर्माले कतार मुलुकलाई खुल्ला जेल भनेर कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्नुभन्दा सिटीफुक्ने-कूटनीति (ह्‍विष्टलब्लोविङ् डिप्लोमेसी) अभ्यास गरेको भन्न सकिन्छ। सिटीफुक्ने-कूटनीतिकी जननी शर्माको आफ्नो बिरोधमा लेख्ने एक नेपाली लेखकलाई कतारबाट देशनिकाला गर्ने दुस्प्रयाश भत्सर्नायोग्य भए पनि कतारमा हुने गरेका लाखौं नेपाली श्रमिकहरूमाथिको शोषण र मृत्युको भण्डाफोर स्वागतयोग्य छ। तर “नेपालीका लागि नेपाली” नारा बोकेको एनआरएनए कतारका अध्यक्ष मक्सुद आलमको कतारी सरकारकै भाषामा बेलायतको प्रतिष्ठित पत्रिका द गार्डियनको रिपोर्ट गतल भएको भनी दलाली-बोली बोल्ने काम निन्दनीय छ।

काम गर्ने प्रतिकूल वातावरणकै कारण झण्डै दैनिक एकजना नेपाली कामदारको मृत्यु भइरहेको मुलुक कतारको प्रतिरक्षा गर्ने आलमको दलाली-बोलीलाई “नेपालीद्वारा नेपालीको लागी” भनिएको, कतै दर्ता नभए पनि संसारका ६० मुलुकमा स्थापित एनआरएनले कसरी लिएको छ? उनीहरूको अन्तर्राष्ट्रिय महाधिवेशनले कतारको समस्यामाथि कुनै ठोस् दृष्टकोण दिएला? साठी विभिन्न मुलुककका एनआरएन कार्यसमितिहरूले एनआरएन श्रमिकहरूको शोषणविरुद्ध किन आजसम्म केही बोल्नसकेका छैनन्?

राष्ट्रसंघीय मानवअधिकार परिषदलगायत विश्वका विभिन्न मानवअधिकारवादी संस्थाहरूले कतारमा मानव-बेचबिखन तथा बन्धुवामजदूरसम्मका मानवअधिकारसम्बन्धी गहन समस्याहरू रहेको वर्षौंदेखि औंल्याउँदै आएका छन्। द गार्डियनले अहिले आएर यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग गरेको छ। त्यसको असफल प्रतिकार गर्न एनआरएनका आलम, नेपाली दूतावासका प्रतिनिधी र कतारका तथाकथित मानवअधिकार समितिका प्रतिनिधिले द गार्डियनमाथि हिलो छ्यापेर उनीहरूले आफ्नै दुर्गन्धित अनुहार उदांगो पारेका छन्।

कामदारहरूलाई सुरक्षा सामग्रीबिना काममा लगाइएको, वासस्थान र खाना स्वस्थ्यकर नरहेको, 48 डिग्रीको चर्को घाममा लामो समयसम्म काममा लगाइएको, राहदानी खोसेर बन्धुवामजदूरका रुपमा काम लगाए पनि ज्यालै नदिइएको जस्ता गम्भीर शोषण कतारमा नेपालीहरूले भोग्दै आएका छन्। विश्वकपका लागि निर्माणाधीन साइटमा मात्रै ७० जना नेपाली श्रमिकले 2012 यता ज्यान गुमाइसकेका छन्। त्यस्तो चिहानघरमा विश्वका फुटबल ताराहरू कुन हृदयले खेल्न जालान्?

जीवनभर विदेशमा काम गरे तापनि बुढेसकालमा भने नेपालको राष्ट्रपतिसमेत हुन पाउनुपर्छ, अनि नेपालको सम्पत्ति डलरमा साटेर विदेश लानपाउनुपर्छ भन्ने जस्ता लुटिएको मातृभूमिलाई अझै लुट्ने कुटिल स्वार्थ भएका नेपालीहरूको एनआरएन संगठनभित्र बोलवाला छ। दोहोरो नागरिकताको माग यसै स्वार्थको उपज हो। हुन पनि एनआरएन आफैँ नेपालमा लगानी गरेर हुने आम्दानीलाई सहजरुपमा कसरी विदेश लान सकिन्छ भन्ने अघोषित एजेण्डा लिएर सन् २००३ मा गठन गरिएको हो। यस संगठनले १० वर्षको अवधिमा पनि विदेशमा रहेका स्थापित तथा प्रतिष्ठित नेपालीहरूलाई खासै आकर्षित गर्न सकेको छैन।

हाल काठमाडौंमा अन्तर्राष्ट्रिय महाधिवेशन गरिरहेको एनआरएनलाई महाधिवेशन-खर्च लगभग ३० लाख रुपैंया उही गरिब नेपालीहरूले तिरिरहेका छन्। आफूलाई ढनाढ्य भन्ने तर ३० लाख रुपैंया तिरेर महाधिवेशन गर्ननसक्ने एनआरएनहरू के साँच्चै उनीहरूले लगाएको नारा झैँ नेपालका लागि समृद्धिको साझेदार बन्लान् त? आफ्नो बच्चालाई खुवाउन घरमा अन्नको एक दाना नभएर बच्चासँगै आत्महत्या गर्ने आमाहरू बस्ने मुलुकको ठिमाहा सरकारले राज्यकोषको पैसा गरिबी निवारणमा खर्च गर्नुको सट्टा एनआरएनहरूलाई पाँचतारे होटेलमा बसेर गफ चुट्ने खर्च दिनु जनविरोधी काम हो।

एनआरएनको शाब्दिक अर्थ नेपाल छाडी विदेशी भूमिमा स्थायी बसोबास गरेको व्यक्ति बुझिन्छ। अष्ट्रेलिया, युरोप, उत्तर अमेरिका, एसिया आदि महादेशहरूमा त्यहाँको नागरिकसँग विवाह गरेको वा काम गरेको कम्तीमा दुई वर्ष (७ सय ३० दिन) पछिमात्रै एक नेपालीले स्थायी बसोबासको अनुमति पाउँने प्रक्रीया शुरू हुन्छ। सो चरण पार गरेपछिमात्र एक नेपाली एनआरएन हुनुपर्ने हो। तर १ सय ८२ दिन (६ महिना) विदेशमा बसेको नेपालीलाई समेत एनआरएन भनिएको छ जबकि ऊ भविष्यमा विदेशमा बस्ने कि नेपाल फर्किने भन्ने छिनोफानै भएको हुन्न। अर्कातिर मध्यपूर्व तथा दक्षिणपूर्व एशियाली मुलुकहरूमा नेपालीहरू वीसौं वर्ष बसोबास गरे पनि हरियै राहदानी बोकेर नेपाल फर्किनुपर्छ। तर पनि उनीहरू एनआरएन मानिन्छन्। तर जिन्दगीभर भारतमा दर्बानी गर्ने नेपालीलाई चाहिँ विभेदपूर्ण व्यवहार गरेर एनआरएनमा संगठित हुन दिइएको छैन। यस्तो भेदभावपूर्ण कानुन बनाउन मिल्छ?

एनआरएनको परिभाषा जस्तै नाउँ पनि अस्पष्ट छ। एनआरएनको अर्थ नन-रेसिडेन्सियल नेपाली अथवा नेपालमा बसोबास नगर्ने नेपाली बुझिन्छ। तर एनआरएन युके (नन-रेसिडेन्सियल नेप्लीज युके) भन्नाले बेलायतमा नबसेको नेपाली भन्ने बुझाउँदैन र? यता नेपालमा पनि नबस्ने, उता युकेमा पनि नबस्ने भनेपछि कता बस्ने नेपाली चाहिँ हुन् त एनआरएन? नेपालीमा गैर आवासीय नेपाली संघ नाउँ पनि जँचेको देखिन्न। गैर शब्द निशेधात्मक वा पृथकता जनाउन प्रयोग गरिन्छ, जस्तै गैरकानुनी अथवा गैरसरकारी। यहाँ गैर शब्दलाई निषेधात्म अर्थमा गैर आवासीय भनेर प्रयोग गर्दा सुकुम्बासी (वा ट्रेसपासर) का रुपमा बुझिने भयो भने, पृथक हो भनेर प्रयोग गर्दा आवासबिहीन भन्ने बुझिने भयो। गैर आवासीय नेपाली संघको सट्टा जनबोलिको भाषामा प्रवासी नेपाली संघ भनेको भए यो विरोधाभाष आउने थिएन। भाषाविद्हरूको राय लिएर एनआरएनको नाउँलाई निर्क्योल गर्ने हो कि?

कतारका नेपाली मजदूरहरूप्रति भएको घोर अन्यायका बारेमा समेत स्पष्ट दृष्टिकोण र बिचार प्रकट गर्ननसक्ने एनआरएन विदेशमा बसेका नेपालीहरूको प्रतिनिधि संगठन हुनसक्दैन र यस्तो संगठन अस्तित्वमा हुनु र नहुनुमा केही अन्तर छैन भन्ने आम नेपालीले बुझ्नुपर्छ। यस्तो संगठनलाई हरेक सम्मेलनमा ३०-35 लाख रुपैंया दिने सरकारी निर्णय गैरकानुनी हुनुका साथै नेपालीहरूको हितमा छैन। यस्तो निर्णय गर्ने हालको अराजनीतिक सरकार र पूर्ववर्ती राजनीतिक सरकार दुबै दोषी हुन्। तर मायाकुमारी शर्माको सिटी-बजाउने कूटनीति अरू कूटनीतिज्ञले पनि अनुशरण गरे नेपाल र नेपालीको भलाइ होला।

55 thoughts on “गैरकानुनी एनआरएन, ठिमाहा सरकार र सिटीवाली राजदूत”

  1. Rajendra Shrestha says:
    October 23, 2013 at 1:17 pm

    नेपालमा जबसम्म गुण्डाराज काएम हुन्छ, जब सम्म नेपाली जनताले देसको र जनताको भलोको लागि काम गर्ने नेता पौंदीन तब सम्म कुनै पनि नेपालीले देस विदेश बाट एक रुपैया पनि सरकार लाई दिनु राम्रो हुन्दैन भन्ने मलाई लागेको छ.

    Reply
  2. Pradumna raj sharma says:
    October 22, 2013 at 6:04 pm

    सकारात्मक कुरा र कमेन्ट पनि पढ्न पायियेला जस्तो देखिएन यहाँ ! NRN ले सबै नेपाली लाइ पैसा बाढदै कहाँ हिडोस त भन्या ? एउटा संस्था चाहिन्छ , यो एस बाट माखो मर्दैन था छ , किन आफ्नो मगज दुखाउनु ..सम्मेलन गरुन , पद को कुटाकुट गरुन हामी लाइ बालै भयेन मात्र एउटा कुरा, नैतिकता रौ बराबर छ भने त्यो सरकार को तिस लाख तुरुन्त फिर्ता देउ घले दाइ , अनि तिमीलाई मानिन्छ , होइन भने रामे च्यामे घले गेड़े जो आवोस बालै फिरिरी

    Reply
  3. राजु says:
    October 21, 2013 at 11:05 pm

    जय होस !
    म जन्मले नेपाली बसाईले अमेरिकी हुँ | NRN मा लागेको छैन | बिदेशमा बसेर नेपालको चिन्तन गरिन्छ, कतिपय मानिसले वाइयात ठान्छन (माथि मनोहरि जी को प्रतिक्रिया ), तर नेपाल भुल्न सकिन्न I माथि Laxman जी ले भने जस्तै हो NRN बास्तवमा ; नेपाल वा नेपालीका लागि सेवा र प्रेम भाव ले गर्ने भन्दा पनि गरि हाले पाखण्डका लागि गर्ने हुन् (कम से कम अहिले सम्म तेस्तै देखिन्छ ) I
    तर अर्को सत्य के पनि हो भने NRN लाइ यसरि खेदो खन्नु को पनि कुनै अर्थ छैन I ३० लाख सरकारले दियो त दोष सरकारको हो I NRN व्यापारीको संस्था हो, उसले नेपालमा गर्ने भनेको पनि ब्यापार नै हो सबै अनुदान हैन, अब नेपाल सरकारले उ संग ब्यापारिक डिल ढंग पुर्याएर गर्नु पर्यो नि इ आफु सक्षम र चलाख हुनु पर्यो आफ्नो हित र अहित देख्नु पर्यो , अरु लाइ दोष दिएर र डाहा गरेर कहाँ हुन्छ ? माथि Bibek जी ले भने जस्तो कम से कम उनीहरु नेपाल आउदा पर्यटकीय हिसाब ले त फाइदै हुन्छ नभए पनि घाटा त हुन्न नि I NRN ले संस्थागत रुपले सर्बसाधारण संग छल गरेको छैन होला |
    मेरो हकमा अब मन परेको दल लाइ मानिसलाई चन्दा दिइन्छ I दैबी प्रकोपका बेला चन्दा पठाएकै छ I आफन्त इस्ट मित्रलाई बेला बखत सहयोग गरिएकै छ, जग्गा जमिन मावोबादिका भोकमरीले खाएकै छन् मातृभूमि र प्रिय जनलाई लाइ हरेक दिन सम्झेर नमन गरिन्छ, उनका लागि राम्रो गर्न नसके पनि खराब त गरिएको छैन, देस बनाउन भनेर मास्टर मरिएन, टाउको काटीएन ……………
    कानून र व्यवहार मिलाउन अमेरिकाको जति नै खरानी घसे पनि
    म नेपाली हुँ जन्म कर्म र संस्कारले,भूगोलको जुनै कुनामा बसे पनि
    जय होस् !!!

    Reply
    1. AngSherpa says:
      October 22, 2013 at 12:07 am

      नेपालका भ्रष्ट राजनीति दल र तिनका पालक प्रशासन र दलालहरुलाई खोक्नु र ढोग्नु भन्दा देशको प्राकृतिक श्रोत र साधनलाई परिचालन गरेर बिदेशी भूमिमा बग्ने पशिना र पाखुरालाइ आफ्नै देशको बिकास गर्न बेरोजगारी समस्य समाधान गर्ने नै हो भने मुलक भित्र बिद्द्वान कहलिएका सबै बुझ्रुकहरु एक झुट होउ !भ्रष्टलाई दण्ड देउ बेरोजगारलाई रोजगार दिने वातावरण बनाउ !

      Reply
    2. AngSherpa says:
      October 22, 2013 at 12:24 am

      एनआरएन अन्तराष्ट्रिय नेपाली माफियाको पन्जामा वा जालमा परेको छ !जव सम्म एनआरएनको सहि परिभाषा राज्यले स्पष्ट परिन्दैन र एनआरएनहरुले एनआरएन भनेको के हो भनेर सहि अर्थमा बुझ्दैन तव सम्म एनआरएन माफियाको पन्जा बाट उम्कंदैन !नेपाली राहदानी बोकेर बिदेशमा सिमित समयको लागि काम जाने नेपालीहरु कुनै पनि हालतमा एनआरएन हुनै सक्दैन,नाम चाहिं “गैर आवाशीय नेपाली”नन रेसिडेन्ट नेपाली” भन्ने तर संस्थाको प्रमुख पदहरुमा चाहिं कानुनी रुपमा नेपाली नागरिक लिएर बसेको व्यक्तिहरुले नै ओगोटेर बस्ने,किन?यो नाटक,उपेन्द्र महतो,जीवा लामिछाने हरु भनेको नेपाली मुलका बिदेशी नागरिक होइनन,यी व्यक्तिहरु कसरि गैर आवाशीय नेपाली भए?यी व्यक्तिहरु गैर आवाशीय नेपाली हो भनेर कसले पुष्टि गर्न सक्छ ? के पैंसा छ भन्दैमा जे पनि गर्न पाइन्छ !

      Reply
  4. Babu HK says:
    October 21, 2013 at 10:04 pm

    यो लेख पढेपछि साझा सवाल कतार दुवै भाग हेरे मैले , मेरो निस्कर्ष :
    दीपक भेटवाल -विचार र कार्य राम्रो अलि प्रतिशोध राख्ने
    माया कु. शर्मा – मान्छे ट्यालेन्ट , स्पस्ट बोल्ने तर येस्तै हो चल्दै गर्छ भन्ने
    सबै बुझ्दा कतारमा दुख पाउने कारण सप्लाई कम्पनि(नेपालीले कतारमा कामदार नेपाल बाट झिकाई केहि कमिसन खाएर काममा लगाइदिने ) मा काम काम गर्नेको rahechha
    ! कतारमा कामदारको समस्या ९०% घटाउने उपाय भनेको दुताबासले एस्ता सप्लाई कम्पनि पहिचान गरि रोक लगाउने अर्थात् स्वयम् रोजगारदाता बाहेक अन्यलाई कामदार झिकाउने अनुमति नदिने!
    एस्ता सप्लाई कम्पनी चलाउने एक जना कतारमा टि बि कार्की भन्ने रहेछन, लाखौ नेपालीले दुख पाउने कारणमा उ पनि रहेछ , तर बिडम्बना आजैको यन आर यन को चुनाब बाट टि बि कार्की उपाध्यक्षमा निर्वाचित भएका रहेछन, थुक्क नकचरो , अनि थुक्क नेपालीको भाग्य! एस्ता सस्थालाई ३० लाख दिने नेपाल सरकार, किन दिन्छा पैसा स्पस्ट छ , कारण विदेश बाट हरेक पार्टीलाई चन्दा आउछ चुनाबको बेला!
    अर्को कुरा बिदेशी पासपोर्ट लिनेलाई मात्र यन आर यन भनिनु पर्छ!

    Reply
  5. shisirkc says:
    October 21, 2013 at 7:39 pm

    नलेखु भन्दा भन्दै लेखु जस्तो लग्यो , म नेपाल छाडेको झन्डै २० वर्ष भयो म संग नेपाली पस्स्पोर्ट छ र झन्डै ३७ देस पुगेको छू(कम्पनि को काम ले है ) मलाई कहिल्लै NRN को यादै भएन / म organic नेपाली हु र म गएको देस मा नेपाली कै रुपमा चिनाउने गर्छु,
    आफ्नो देस लाई माया गर्नु छ भने किन नागरिकता चाहियो ? किन सेवा गर्न पनि सर्त ? सेवा त निर्पारद, निस्वार्थ र पबित्र हुनु पर्ने होइनर ? जाइका ले अरबोउ पैसा लगानी गर्छ नेपाली नगरिकता चहिएन त!!
    म आफै पनि कुनै सर्त मान्नु पर्ने देख्दिन NRN लाई लगानी गर्नुलाई , हो नेपाल म़ा लगानी को मुनाफा र सुरक्षा पट्टि अलि संका त छ
    NRN का साथी( बिदेस म़ा थाई बसोबास गर्ने ) हरु हो, आफ्नो देस लाई बिना सर्त माया गरौ , हामी सबै ले हरेक महिना एक डलर मात्रै देस को लागि लेबी जम्मा गरौ यसले पनि सानो सहयोग गर्ने छ . हामी ले देस लाई माया गरेउ भने देस ले हामी लाई माया गर्ने छ . त्यो बेला देस लाई ति बिदेसिएका नेपाली लाई बोलाई बोलाई नागरिकता दिने छ\ किन हतार साथी हरु
    जापान बाट

    Reply
  6. Shahil says:
    October 21, 2013 at 7:10 pm

    NRN = Non Reliable Nepali , यसो भने कसो होला?

    Reply
  7. Ramesh babu says:
    October 21, 2013 at 4:34 pm

    ल बधाई छ कतार मा रहनु हुने सम्पूर्ण श्रमिक दाजुभाई दिदीबैनी हरु लाई…… तपाई हरुकै मत ले तपाई हरुकै ठाउको एकदम सोच्छ छबि भएको नेता एनआरयेनमा झन् ठुलो मान्छे हुनुभयो केरे ….. अब तपाई हरुको सब समस्या समाधान हुन्छ ! सबले उचित बसोबास र समएमानै तलब पाउछन ! कुनै भेदभाब हुनेछैन ! ल अब खुसियाली मनौनुहोस, हर्सबढाई गर्नुस , उनलाई जिताउन कसरत गर्ने त्यहाका पुराना एनआरयेन नेता जी हरु लाई फूलमाला ले स्वागत गर्नुस ! अनि यो एनआरयेन भन्ने सस्था मन्दिर हो भनि एकोहोरो पुजा मात्र गरि बस्नु होला !

    Reply
  8. सुमन says:
    October 21, 2013 at 12:29 pm

    ५०० मत ले ३० लाख गैरआवासीय नेपाली को प्रतिनिधित्व! त्यही अनुपात ले त ५००० मत ल्याउने पार्टी ले नेपाल को प्रतिनिधि भनेर दाबी गरे हुन्छ! NRNA कस्तो संगठन हो, यसैबाट सबैलाई चेतना भया

    Reply
  9. डिल्ली says:
    October 21, 2013 at 10:36 am

    विदेशी लगानी देशमा भित्र्याउने फुईँ ठोक्ने धनाड्यहरूको एनआरएनले स्वदेशी ३०-३५ लाखको तारे होटले चुस्की झ्वाम पार्नुलाई स्वागत गर्ने कुरै भएन । तर नागरिकताका बारेमा अलिक गम्भीर भएर सोच्नु राम्रो नै होला । यहाँ घुस खान पाए सबै भारतीयलाई नेपाली नागरिकता बाँढ्न सिफारिष गरिदिन सक्ने महा”राज नेता” र कर्मचारीको खाँचो छैन । भारतीय मात्र हैन तिब्बती, बङ्गलादेशी र म्यानमारीले पनि नेपाली नागरिकता लिएको उल्लेख्य सङ्ख्या पुगिसकेको छ । त्यस्तो अवस्थामा नेपाली मूलको नेपालीलाई दोहरो नागरिकता दिनुहुन्न भन्नुको पनि तुक देखिन्न । नेपाली मूलकालाई कडाइ र विदेशी मूलकालाई खुकुलो गरि नागरिकता दिनु राष्ट्रकालागि हितकर हुने कुरै भएन । नेपाली मूलकोले त लगानी भित्र्याउने आशा गर्न सकिएला तर विदेशीले लैजाने मात्र हो ।

    विदेशी भूमिबाट एनआरएनलाई हेर्दा त दलका दलाल, ठग र अबैध बसोवास गर्नेहरूको अखाडा जस्तो लाग्छ वोलवाला उनीहरू कै देखिन्छ । हृदयदेखि नै लागि पर्नेको खडेरी नै छ । स्वदेशकालागि गफ चुटेको देख्दा बुद्धि त एनआरएन भनाउदा कै मात्र छ जस्तो तर विदेशबाट हेर्दा कुहिएको फर्सी जस्तो ।

    Reply
  10. Kamal Pun says:
    October 21, 2013 at 9:44 am

    Not all but mostly conning fox. Smart people are staying back but bunch of stupit and arrogant people are leading the organisation. they do not know anything about the common goal. they only know their own goal which does not help for all Nepali people.
    most leaders are like black horse. coming from none of good back ground. they are fulfilling their desire in the name of NRN.

    Reply
  11. Tika poudel says:
    October 21, 2013 at 9:37 am

    NRN is an organization of persons of Nepalese origin living abroad and searching ways to exploit Nepal in the name of serving Nepal. They have nothing to do with Nepalese sweating in Gulf countries or living on physical works in Europe or USA. They use our numbers to bargain with Nepal government. We, the majority of Prabasi Nepali, who has no interest in NRNA should strongly oppose to the use of our name and numbers in their association. NRNA, please leave us alone. You have no right to claim yourself as an umbrella/representative organization of all prabasi Nepalese.

    Reply
  12. shersingh Nepali says:
    October 21, 2013 at 1:24 am

    आफ्नो बच्चालाई खुवाउन घरमा अन्नको एक दाना नभएर बच्चासँगै आत्महत्या गर्ने आमाहरू बस्ने मुलुकको ठिमाहा सरकारले राज्यकोषको पैसा गरिबी निवारणमा खर्च गर्नुको सट्टा एनआरएनहरूलाई पाँचतारे होटेलमा बसेर गफ चुट्ने खर्च दिनु जनविरोधी काम हो।

    Reply
  13. कृश्णकुमार केसी says:
    October 21, 2013 at 12:28 am

    सम्मेलन गर्नलाई त ३०-३५ लाख दिनुपर्ने रहेछ NRN ले नेपालमा लगानी गर्लान भनेर कसरी विश्वास गर्नु खै ।

    Reply
  14. Rajan Upriti says:
    October 21, 2013 at 12:21 am

    म बाल्टिमोरमा बस्ने नेपालि हो | यहाँ बाना भन्ने एउटा तत्व छ, जो एता बस्ने नेपालीको हक हीतको काम गर्ने संस्था हो अरे | नेपाली भएको नाताले यस्को साधारण सदस्यता लिन नपाइने रहेछ, सदस्यता त यस्का कार्यकर्ताले दिने पो रहेछ | चुनाबको बेलामा सदस्यताको दरखास्तको बिटो बोकेर अध्यक्ष पदका उम्मेदवारहरु उपस्थित हुँदा रहेछन | कस्को हातमा कति ठुलो बिटो छ को आधारमा अध्यक्ष पदको बोली लाग्दो रहेछ | अध्यक्ष निर्वाचित हुने उम्मेदवारले आफुलाई चाहिने जति सदस्यता बनाएपछि बाँकी दर्खास्त कुडामा हाल्दा रहेछन | यसपल्ट जित्ने “बिजय श्रेष्ठ” तिनै प्रक्रिया अनुसरण गरेर अविरल अध्यक्ष पदमा आसिन छन् | बानाले काम चै केही पनि गर्दैन, अध्यक्षको प्रमुख जिम्मेबारी भनेको बेला-बेलाँ हुने जाँड-भोजमा सरिक हुने हो |

    Reply
  15. Byas says:
    October 20, 2013 at 11:24 pm

    नेपाल सरकार त क्या दानी रहेछ . दर्ता नै नभएको संस्थालाइ तीस लाख दान दिने . कि तीस लाखमा पनि कमिसन खान्छ ?

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      October 21, 2013 at 12:17 am

      मलाइ त यो एन आर एन भन्ने एउटा चतुर व्यापारीको समुह जस्तो मात्र लाग्छ ! कति सम्म निर्लज्ज….. यति रकम यिनले नेपालमा यो कार्यक्रम गरे बापत हरेक बर्ष राज्य र नेपालीको लागि अत्यावश्यक शिक्षा वा स्वास्थ्य क्षेत्रमा प्रतक्ष्य योगदान पुर्याउने उत्कृष्ट स्वास्थ्य संस्था वा स्कुललाइ पो दिनु पर्ने हो त ….उल्टै हामि गरिब जनताको रगत अनि पसिनाको पैसाले जाँडको गिलास टिस्युले छोपेर आधुनिक भएको भ्रममा डुब्छन थोरै पनि लाज हुने हो भने यो रकम यिनले नेपाल सरकारलाई फिर्ता गर्नु पर्ने हो तर …चतुर हरुमा लाज त हुँदैन है ! स्वास्थ्य क्षेत्रमा प्रतक्ष्य योगदान पुर्याउने उत्कृष्ट ठहरिएका डा.वाग्ले उपचारको लागि पैसा नभएर उनितिर हाँस्दै आइरहेको मृत्यू हेरेर कहालिएको उनको परिवारलाइ सहयोग गर्न नसक्ने मेरो राज्यको सरकारले यी एन.आर.एन लाइ पैसा दिनु चरम दुरुपयोग हो ! उसै पनि एन.आर.एन लाइ के-कुन आधारमा राज्यले पैसा दिन्छ ? ****** सुन्दै कस्तो लाज लाग्ने क्या….एन आर.एन रे तर मगन्ते ….गरिब जनताको काट्टो खाने मुलाहरुले के को फुर्ति गर्नु नि, सक्ने ले जता बस्या छ उतै गर्नु यी जाँड पार्टी नसक्ने र मागेरै गर्नु पर्ने भए आफ्ना १००-२०० जना मगन्ते लाइ २-३ महिना अगाडी नै पशुपति,कृष्ण मन्दिर,महाकाल आदितिर पठाई राख्नु नि… … ..सुटमा आएका मगन्तेहरु……….!!!

      Reply
    2. xyz says:
      October 21, 2013 at 7:49 am

      If NRN is not duely registered organization, how is it possible for the government to contribute money? Why is CIAA keeping quiet over this issue? Definitely there is a foul smell in the deal.

      Reply
  16. gocool bhattarai says:
    October 20, 2013 at 8:51 pm

    मलाई यो समाचार पढ्दा NRN को बारे जान्न सारै नै उत्सुकता जाग्यो र encyclopedia मा हेर्दा निम्न बमोजिन परिभासा paye:

    A non-resident Indian (NRI) (Hindi: प्रवासी भारतीय Pravāsī Bhāratīya) is a citizen of India who holds an Indian passport and has temporarily emigrated to another country for six months or more for work, residence or any other purpose.
    &
    A Non Resident Nepali (NRN); (Nepali: गैर आवासीय नेपाली, Gair Aawasiya Nepali) is a person of Nepali descent having the citizenship of other countries and a Nepali citizen living at least two years having any profession or business in any foreign country.
    According to the Non Resident Nepali Act, 2007 article II, the word ‘Non Resident Nepali’ does not include Nepali citizen or citizen of SAARC countries of Nepali descent living in SAARC countries. It further excludes the students and members and staffs of Nepali deplometic mission staying in any foreign country.[14]

    र फेरी दोधार मै परे

    Reply
    1. Rajan Upriti says:
      October 21, 2013 at 12:26 am

      Encyclopedia ले जे लेखे पनि NRN का ज्यादातर सदस्य बिदेशमा गैरकानुनि रुपमा बसेका नेपालि नागरीक र सरनार्थीहरु छन् |

      Reply
    2. Roshan poudel says:
      October 23, 2013 at 1:32 pm

      म अहिले रोजगार को सिलसिलामा कतार मै छु म आजद visa मा आएको ३ महिना भयो मुस्किलले बल्ल बल्ल एउटा जागिर पाए तर तेस्को लागि पुलिस रिपोर्ट आवस्यक रहेछ तेस्को लागि नेपाल eambassy मा बिहान ६ बजे पुगे खुल्ने समय ८ बजे देखि २ बजे सम्म रहेछ . र २ घण्टा line मा बसेर पालो पर्खिरहे जब फारम भरेर १०४ number कोठा को ढोका मा पुगे ९ बजिसकेको थियो ढोकाको कुनाबाट हेरेको त कर्मचारी त मस्त mobile मा कुरा गर्दै थियो अनि मैले सोधे काम कति बेला हुन्छ ? १ घण्टा पछि भन्ने जवाफ पाए र एक घण्टा पछि गएको भित्र बाट ढोका lock गरेर बसेको रहेछ ढोका मा ३ ४ पटक धक्धकाए ५ मिनेट पछि को हो ढोका हान्ने भनेर सोध्यो मैले जवाफ दिए कि मैले हानेको उसले हानेको अनि उ त्यो अर्को ले हानेको एक जना हानेर गैसक्यो भने अनि काम कति खेर हुन्छ फेरी उत्तर आयो २० मिनेट मेरो पारो तात्यो अनि कराए तिमीहरु को काम गर्ने time कतिबेला हो र अनि नगर्ने time कति बेला हो ढोका को अगाडी लेखेर राखिदे होइन भने कति दुखः दिन्छस भनेर झगडा गरे मेरो कुरा नसुनिकन lock गरिदियो भित्र बाट तेस्को १ घण्टा पछि बल्ल धोका खुल्यो तर आफ्नो नाता पर्ने को काम भित्र भित्र भै रहेको थियो तर हामीलाई एकछिन एकछिन भन्दै १२ बजे सम्म कूरायो सानो सानो कुरा मिलेन भन्दै मान्छे फर्कैदिन्थ्यो कसैको नाम लिएर आयो भने कागजात नहेरी sign गरेर ok गरिरहेको थियो .एस्तो हालत छ हाम्रो eambassy को कसले सुनिदिने कसले बुझिदिने म भन्दा पनि कयेउ ठुला समस्या लिएर जाने नेपाली दाजुभाई को गुहार कसले सुनिदिने ? हाम्रै राजस्व बाट तलब खाने फटाहा कर्मचारी लै कसले सजाए दिने ?त्यो दिन देखि म त भन्छु जिन्दगि मा कुनै नेपाली लै पनि यहाको eambassy को चक्कर काट्नु नपरोस

      Reply
  17. Toyannath Dahal says:
    October 20, 2013 at 8:49 pm

    युरोप र अमेरिकाको सन्दर्भमा धनपतिहरु हो एनआरएन
    खाडी मुलुकको हकमा छलपति मसिहाहरु हो एनआरएन
    नेपालमा रहने नेपालीहरुको हकमा आकाशे फल हो एनआरएन
    भारतमा बस्ने नेपालीहरुको हकमा ठगपतिहरुको सँस्था हो एनआरएन ।

    Reply
  18. Lhakpa Zurich Switzerland says:
    October 20, 2013 at 8:26 pm

    चर्चित ब्लगर उमेश श्रेष्ठलाई आदिबासी जनजाती महासंघका पुर्ब महासचिब र हाल संघीय समाजवादी पार्टी का केन्द्रिय सदस्य र काठमाडौँ क्षेत्र नं ३ का उम्मेद्वार आङ काजी शेर्पालाई फेसबुक मार्फत दिएको ज्यान मार्ने धम्कि को बारेमा पनि ब्लग लेख्न आग्रह गर्दछु !
    लिंक हरु निम्न छन्,
    http://www.himalisanchar.com/list/a/5/2578/180
    https://www.facebook.com/angkaji.sherpa.71
    पार्टी को प्रेस बिज्ञप्ति:
    http://rajyasatta.com/press-release/5923-2013-10-18-08-38-57

    आदिवासी जनजाती को थिचोमिचो को बिरुद्दमा चलिरहने तपाई को कलम लाई संघीय सलाम दिन चाहन्छु र कहिले नारोकियोस भन्न पनि चाहन्छु ! धन्यवाद उमेश जी !

    Reply
    1. Shiva says:
      October 21, 2013 at 11:52 am

      कसैले कसैलाई पनि डर धम्कि दिनु र त्रास फैल्याउनु सार्है दुर्भाग्यपूर्ण कुरा हो र निन्दनीय छ यो सर्बसाधारण लगायत नेताहरुलाइ पनि लागु हुन्छ | कतिपय नेताहरुले खुलम-खुल्ला मुखै छोडेर बोलेको सुनिन्छ आजकल, हैन यो धम्किको राजनीति गरेर नेपाललाइ कहाँ पुर्यानउने हुन् ?

      Reply
    2. Aakar Bhushan Nepali says:
      October 22, 2013 at 12:23 am

      Lakpa Zurich Switzerland जी,

      नेपाल मुलुकको जन्मको ईतिहासलाई केन्द्रमा राखेर हेर्दा यो “आदिबाशी जनजाति” भनिने शब्दावली बिबादास्पक, निरर्थक, समाजबिग्रही, र सतही विश्लेषणमा आधारित देखिन्छ| अझ प्रष्टसंग भन्नु पर्दा मानब सभ्यताको शुरुवात पूर्व नै हिमालयन शृंखला नजिक र वरिपरि बसोबास गरि आजको अनुहारको नाक नक्सा पाईसकेका ति समुदायका केहि टाठाबाठाहरुको मागी खाने( ठगी खाने) कुच्चिएको सिल्बरे थाल भएको छ यो शब्द | Aryan Invasion theory गलत ठहरी सकेको छ| आजको हाम्रो संस्कृति हामी सबैले निर्माण गरेका हौं र धेरै लामो समय खर्चेका छौं हामीले यसको निर्माणमा|

      Reply
  19. Nirmal says:
    October 20, 2013 at 8:03 pm

    अरु कुरा होइन, अहिले तारे होटलमा अधिवेशन भईरहेको छ| कृपया कसैले एन आर एनका पुर्ब अध्यक्ष देवमान हिराचनलाई उनले सबैभन्दा पहिले हतार गरेर सुजाताबाट थापेको नेपाल सरकारको एन आर एन को आई डी कार्ड के काममा लगाईएको छ| त्यसै फ्रेम गरेर सजाएर सम्झनाका लागि राख्नु भएको छ कि पांच सय डलर तिरेर केही काम नलागे पछि घुरेनमा घुइकाई दिनु भएको हो?
    त्यो आईडी कार्ड पाए पछि दोहोरो नागरिकताको मुद्दा समाप्त भएको हो|

    Reply
  20. ER ADHIKARI says:
    October 20, 2013 at 5:45 pm

    यिनीहरु सबै गफाडी हरु हुन्, एक दुइ जना बाहेक बाकि यी नेपालकै कांग्रेस एमाले र माओबादी भनाउदा खाते हरुकै झोले सुकुल्गुन्दा हरुलाई ३० लाख बजेट दिएर पांच तारे होटेलमा चुट्की हाक्न लागाउनु bhanda अस्ति चिन बाट कलम ल्याउँदा पैसा तिरेरै ल्याएको भए के हुन्थ्यो ,,,,कस्तो कहिले यो मेरो नेपाल र म नेपाली भन्ने भाब हराउला मेरो दिमाग बाट, नत्र छिट्टै BP को गोलि पो खान पर्छन कि क्याहो यी खाइदेउ च्याउ जस्ता संसारै भरि उम्रेका भातमारा ,आ आफै नेता टोपलियेका हरुलेता ,,, हैन नेपालीका जति कमीटी, पार्टी, नेता अनि संघ सस्था अरु कुनै जातिका होलान संसारमा? काम छैन काज छैन खाने बेला लाज छैन ….

    Reply
  21. पारंगत राई says:
    October 20, 2013 at 4:38 pm

    शीर्षक त अभि सुवेदीको जस्तै रहेछ नि।

    Reply
  22. kedar says:
    October 20, 2013 at 4:36 pm

    वा क्या स्वादिलो डाईलग …………
    ……. “जीवनभर विदेशमा काम गरे तापनि बुढेसकालमा भने नेपालको राष्ट्रपतिसमेत हुन पाउनुपर्छ, अनि नेपालको सम्पत्ति डलरमा साटेर विदेश लानपाउनुपर्छ भन्ने जस्ता लुटिएको मातृभूमिलाई अझै लुट्ने कुटिल स्वार्थ भएका नेपालीहरूको एनआरएन संगठनभित्र बोलवाला छ”

    ……………नेपालीले नेपालीकै सोषणका लागी स्थापित बैदेसिक दलालहरुको हालीमुहाली भएको संगठन भन्दा कसो नहोला ? …………….

    Reply
    1. Radheshyam Bogati says:
      October 22, 2013 at 9:09 am

      साथीको कुरा चाही मलाई अलि मन परेन | बिदेशमा काम गर्ने जानै नहुने चाही होइन | फेरि बिदेशमा काम गरेर फर्के पछि आफ्नो देशमा आएर व्यापार ब्यबशाय, राजनीति जे गर्न पनि पाउनु पर्छ यदि नेपाली नागरिकता त्यागेको छैन भने मात्र | देशको उर्लदो बेरोजगारी त सबैले देखेकै हो | कोरियाले ५ हजार कामदार माग्यो भने ८० हजारले आबेदन दिन्छन | लोक सेवा आयोगले २ जना बन पाले माग्यो भने ५० हजारले आबेदन दिन्छन | कतै सस्थानमा गएर जागिर खानु पर्यो भने नेता र मन्त्रीको स्वर्स फोर्स चाहिन्छ | आर्मी पुलिश मा त घुस दिएर या स्वर्स फोर्स को आधारमा मात्र भर्ना हुन्छ | त्यस्तो अबस्थामा आफु र आफ्नो परिवारको पेट पाल्न बिदेशमा गएर काम गरेर केहि आय आर्जन गरेर स्वदेशमा फर्के पछि केहि गर्न पाउनु पर्छ त्यसमा दुई मत हुदैन |
      कुरा आयो दोहोरो नागरिकताको आफ्नो देशको नागरिता हुदा हुदै किन विदेश नागरिकता लिएको ? फेरि बिदेशी नागरिकता लिएको भए किन नेपाली नागरिकता चाहियो ? कि त बिदेशी नागरिकता त्याग्नु पर्यो कि भने बिदेशीनै भएर जन्मभुमि आऊ र लगानी गर अनि प्रतिफल राख्न मन लागे नेपाल मै राख विदेश लान मन लागे विदेश लैजाऊ |

      फेरि पनि भन्छु ३० लाख भन्दा बढी नेपाली बिदेशीयको ठाउमा हजार पाचसयले NRNA भनी संगठन खोलेको चाही बिदेशमा गएर दाम कमाइयो अब देश विदेश दुवै ठाउमा नाम पनि कमाउनु पर्यो भनेर राजनीति गर्न या नेता हरुको नजिक हुन खोलेको संगठन नै NRNA हो |

      Reply
  23. बले says:
    October 20, 2013 at 4:28 pm

    सम्मेलन गर्न त नेपाल सरकार ले funding गर्नु पर्दो रहेछ / के का फुर्ति लौनुनी /

    बले

    Reply
  24. Radheshyam says:
    October 20, 2013 at 3:40 pm

    म जापान बसेको ११ वर्ष भयो र मलाई म आफुलाई एनआरएन भन्न चाहन्न किनभने एनआरएनए हावादारी संगठन नै हो र यसले कसैको लागि केहि गर्दैन | यो पनि त्यहि नेपालीहरुको संगठन हो जो
    आफ्नो देशमा त गर्न नपाएको राजनीतिक धोको बिदेशमा बसेर पुरा गर्न चाहन्छन | कुरा रह्यो दोहोरो नागरिकताको यो नेपाल जस्तो सानो देशमा यो सान्दर्भिक छैन | आफ्नो देश र राष्ट्रियता प्यारो हुनेले किन बिदेशी नागरिकता लिएको ? के बिदेशी नागरिकता दिने देशमा PR दिदैन र ? आफ्नो देश र राष्ट्रियता त्याग्नेहरु देश द्रोही हुन् |

    Reply
  25. Suresh says:
    October 20, 2013 at 2:39 pm

    NRN भनेको दलाल हरूूको जमात हो! नेपाली हरूले नेपािल हरूलाई ठगेर खाने को समुह हों।

    Reply
  26. saru says:
    October 20, 2013 at 12:48 pm

    मलाई NrN सम्बन्धि इस्सुए ९५/१०० ठिक लग्यो. यो club worthless or कला बिहिन नाटक सिबाय केहि होइन.

    Reply
  27. नयन says:
    October 20, 2013 at 11:34 am

    हो यो बगाले कुकुर हरुको जमात हो जो आफुलाई लाइ घरको हु पनि भन्न चाहन्न र होइन भन्न पनि चाहन्न, “ठिमाहा” किसिम को ! अरु देश को बारेमा मलाई थाहा भएन तर कतार को बारेमा मुख नखुले पछि पछाडी बाट नबोलेको भए हुन्थ्यो ।

    पहिला पनि लेखेकै हो मैले हामी कतार मा बस्ने कति प्रतिशत लाइ थाहा छ NRN को हो कहाँ बस्छ? के गर्छ? कसको बारेमा हो भन्ने ? जब त्यो स्याला हरु को बारेमा हामीलाई थाहा छैन हाम्रो बारेमा बोल्ने अधिकार कसले दियो यिनलाई? कतार ले कुनै पनि लेवर वा अरु संगठन लाइ गैर कानुनी मान्छ, कुन चै कारण ले NRN ले दिएको statement कसरि/किन बैध भो?

    Reply
  28. Manohari Mishra says:
    October 20, 2013 at 10:01 am

    म अमेरिकामा बस्ने नेपाली . म आफुलाई भगौडा भन्न चाहन्छु . देशमा बसेर केहि गर्न नसक्ने अनि बिदेशमा बसेर धाक जमौन खोज्ने आफुले गरेको बेइमानी काम बिर्सने र अरुलाई सराप्ने र खोक्रो रास्ट्रीयताको नारा लिएर नेपालीहुनुमा गौरब गर्छु भन्न आफुले आफैलाई ढाँटेको जस्तो लग्छ . यो तितो सत्य हो मलाई माफ गर्नु होला .

    Reply
    1. Rajan Upriti says:
      October 20, 2013 at 4:22 pm

      राष्ट्र र राष्ट्रियता भनेको राजा-राजनीतिज्ञहरुले आफ्नो फाइदाको लागि आविष्कार गरेको संकुचित मान्यता हो | मानवता, राष्ट्रवाद भन्दा माथि हुन्छ अन्यथा मदर टेरेसाले अल्बानियालीहरुको मात्र सेवा गर्नु पर्थ्यो | महात्मा गान्धीले दक्षिण अफ्रिकामा रंगभेद बिरुद्ध आन्दोलन गर्नु हुँदैन थ्यो |

      Reply
  29. Surya says:
    October 20, 2013 at 9:48 am

    NRN भनेको Non-Reliable Nepalese हो / त्यसैले NRN को कुनै गफ सुन्नु बेकार छ / देशलाई अझ धरासाई बनाउने उद्देश्यले स्थापना भएको नेपालीको मुखुण्डो लगाएको विदेश प्रेमी नेपाल origin हरुको संस्था हो / नेपालीको हितमा एसले कहिलैपनि मुद्दा उठाउने छैन / whistle blower को अर्थ लेखकले बुझ्नु भएन /

    मायाकुमारी शर्माले बोल्छु भनेर बोलेको होइन ग्रह दशा बिग्रेको भन्नु वा शोषित मजदुरको आत्माले एक क्षण अपहरण गरेको भन्नु भुल बस निक्लेको बाक्य साझा सबालको मा रेकोर्ड हुन गएकोले दशा पर्न गएको हो / उनले आफ्नो पदको जोखिम हुने गरि अरु कयौं बिषयहरुमा केहिपनि बोल्नु भएको छैन even नेपाली दलालहरुको बारेमा समेत / उनि एक स्वार्थी union नेता हुन् जुन ग्रह गोचर राम्रो परेर राजदुत हुनपुग्यो र तेस्तै खराब हुना साथ् झर्यो / सरकारले सम्मेलन गर्न ३०-३५ लाख दिएको भए यो ज्यादै निन्दनीय र दुखदायी खबर हो जसले नेपालको तात्पल्तिने दिशातिर उन्मुख गरौन्छा /

    Reply
  30. Deepak Luintel says:
    October 20, 2013 at 9:29 am

    NRN भन्ने मान्छेहरुको कुरा मात्रै धेरै जमात हो |
    १. परिभाषा : को हो एनआरएन ? सार्क मुलुक बाहेक बसेको जो कोहि ? बिद्यार्थी पनि NRN ? कति बर्ष विदेश बसेको हुनुपर्ने ? नेपाली नागरिकता त्यागेको र नेपाली पासपोर्टमा के फरक ?
    २.एनआरएन संग पैसा कति छ ? मुट्ठी भर मान्छे जसको संख्या हातको औलामा गन्न सकिन्छ | लगानीको मिठा गफ सुनेको धेरै भयो |
    ३. बिदेशमा काम गर्ने हामी जस्ता आप्रबशि कामदारलाइ यो संस्थाले प्रतिनिधित्व गर्दैन | तर खाडीमा झुक्याएर मानब “सप्ल्लाई” गर्ने दलालहरु यो संस्थामा भएकाले गार्जियनको समाचार खण्डन गर्छ |

    Reply
  31. Kamal says:
    October 20, 2013 at 9:24 am

    ३० लाख साँच्चै नेपाल सरकारले दिएको हो र भन्या? त्यसो हो भने नेपालीले तिरेको करको दुरुपयोग हो| कुन हकमा यो एनारेंन लाई ३० लाख दिईयो?

    Reply
  32. ramesh babu says:
    October 20, 2013 at 8:56 am

    अब कतार सम्बधि येत्रो समाचार आइसक्दा पनि कतारमै नेपाली श्रमिक हरु लाइ सोसन गर्ने कतार बाटै प्रतिनिधित्तो गरेर एनआरयेन को झन् ठुल्ठुलो पदमा उमेद्वार भएका मानब तस्कर ठग दलाल नौटंकी हरु नै बिजयी भए गराए भने चै यो एनआरयेन भन्ने सस्था साचैनै बकबास र मुठीभर का काइते हरुको जमात रैछ भने बुझ्नु पर्छ र विशोभर एस्लाई तिरस्कार गर्नु पर्छ I

    Reply
  33. पुष्प says:
    October 20, 2013 at 8:32 am

    कानुनीरूपमा कहीँकतै नामनिशान नभएको संघले आजका मितिसम्म कुन धरातलमा देशविदेशमा आफ्नो उपस्थिति जनाइरहेको छ, कसरी नेपाल सरकारको ढुकुटी रित्याउन सफल भइरहेको छ भन्दा उही भनसुन, पहुँच, नातावादबाहेक अरु केही होइन भन्ने प्रष्ट बुझ्न सकिन्छ । यस्ता संघले न त खाँटी नेपाली (नेपाली नागरिताधारी) न त खाँटी एनआरएन (नेपालीमूलका विदेशीहरू) का पक्षमा केही गर्न सक्छन् । वास्तवमा यो कुनै संघ नभई केही हुनेखाने एनआरएनहरूको भीड हो, जसको मूल उद्देश्य भनेकै दोहोरो नागरिकता पाउनु हो । दोहोरो नागरिकता पाउने-नपाउने दोहोरी गर्नुको साटो, दोहोरो नागरिकता पाए नेपालमा ‘विकास’ गर्छु भन्नेहरूले ‘पहिले गरेर देखाउ अनि बल्ल नागरिकता पाउ’ भन्ने प्रावधान वा कानून बनाए समस्याको समाधान होला कि ! होइन भने कसैलाई फुइँ देखाउनकै लागि दोहोरो नागरिकता दिनुको कुनै अर्थ छैन ।

    Reply
    1. madan bajracharya says:
      October 20, 2013 at 6:58 pm

      पुष्पज्यु/
      “दिल्ली सम्झौता” पछि सिंहदरवारिया बनेका बनमान्छेहरुलाई नेपाल पसे बिहारिहरुलाई मात्रै होइन उनीहरुको भारतमा जन्मे हुर्केका सन्तानहरुलाई नेपालको जन्मसिद्ध नागरिकता दिलाउन्दा आपति नहुनेलाई विदेशको पनि नागरिकता लियका जन्मसिद्ध नेपाली नागरिकहरुलाई दोहरो नेपालको नागरिकता दिनुमा आपति किन भयो भनेर पनि पुष्पज्युले केहि लेख्नु हुन्छ कि/

      पुष्पज्युले अहिले आफुलाई यन आर यन संस्थाहरु अस्पस्ट भयको भन्ने अबधारनामा पूर्ण समर्थन छ/ बिदेशियाका नेपालीहरुलाइ ” नेपालको नागरिक नै रहेको र विदेशको पनि नागरिकता लियका” दुई समुहमा विभाजित गर्न सकिन्छ/ ई दुवै समुहका बिदेशियाका नेपालीहरुको अबस्था र आबस्यकता र परिचय फरक छन्/ त् हाल आफुलाई यनआरयन भन्ने संस्थाले कुन समुहको बिदेशियाको नेपालको प्रतिनिधित्व गर्छ भन्ने कुरा स्पस्ट भयको देखिंदैन/

      Reply
      1. पुष्प says:
        October 21, 2013 at 11:54 am

        मदनजी,

        तपाईंको प्रश्नमा तराईमा बसोबास गर्ने भारतीय मूलका नागरिकहरूप्रति अलि बढी पूर्वाग्रह रहेको बुझिन्छ । होइन भने ऐन कानून र विभिन्न प्रक्रियाबमोजिम ‘बाँडिएको’ नागरिकतामाथि खासै शंका गर्नुपर्ने देखिन्न । कतिपय भारतीय नागरिकले पनि मौकामा चौका हाने होलान, त्यसका लागि त्यसरी नागरिकता लिएकाहरूको नागरिकता छानबिन हुनु जरूरी छ । होइन भने नेपालीहरू विदेशमा जसोतसो दुइ बर्ष कटाएर अनि देशकै बेइज्जत हुने खालसम्मको हत्कण्डा अपनाएर विदेशी नागरिकता लिन वा स्थाई बसोबास गर्न हुने; दशकौं नेपालमा बिताएकहरूले कानूनी आधारमा नेपाली नागरिकता पाउँदा किन आरीस गर्ने ?

        Reply
        1. madan bajracharya says:
          October 21, 2013 at 10:47 pm

          पुष्पज्यु/
          भारतीयलाई नागरिक बनायकोमा बिरोध गर्दा पूर्वाग्रही भन्नु मात्र दुराग्रही हो/ नेपालको सार्वभौम सत्ताको खुला अपमान गर्ने नेपालको तराइ नेपालको हुँदै होइन भन्ने भारतीयहरु दसकौं त् के दसौ शताव्दी सम्म नेपाल रहे पनि नेपालको नागरिक बन्न योग्य हुँदैन/ दिल्ली सम्झौता गरे लगतै यस्ता भारतीयहरुलाई नागरिकता दिलाउने काम मात्र नेपालको तराइलाइ नेपाल बात अलग्ग बनाउने षड्यन्त्रकारीहरुको मतियारहरुहुन्/ इनिहरुले तराइ नेपालको हो भन्ने नेपालीलाई बिदेशिन बाध्य गरेर तराइ नेपालको होइन भन्ने समुहलाई बहुमत बनाउने षड्यन्त्रको पाटो अन्तर्गत नै बिदेशमा बसेका नेपालीलाई नेपाल फर्कन नदिन गरेको अनेकौं कुतर्क र पुस्पज्युले बिदेसिन बाध्य बनायको नेपाली सबैलाई “२ बर्ष जसो तसो बिदेशमा कतायर नेपालकै बेईज्जत हुने खाल सम्मको हत्कण्डा अपनायर विदेशको नागरिकता लिन बा स्थाई बसोबास गर्ने भनेर आरोप लगाउनु भयको कुरा उस्तै उस्तै हो/

          Reply
          1. पुष्प says:
            October 22, 2013 at 9:25 am

            तराई नेपालको होइन भनेर कसले भन्यो मलाई थाहा छैन मदनजी; जानकारीका लागि जानकारी पाए हुन्थ्यो । होइन भने म दावाका साथ भन्छु, जसरी दार्जीलिंगवासी नेपालीमूलका भारतीयहरूले दार्जिलिंग भारतको होइन भनी दावी नगरेझैं तराईबासी भारतीयमूलका आमनेपाली कसैले पनि तराईलाई नेपालको होइन भन्दैनन् । त्यसैले पूर्वाग्रही दृष्टिलाई सुधार्नुस् मदनजी ।

            राजनीतिक खिचातानीले देशको अवस्था राम्रो छैन तर िवदेशिनु बाध्यताभन्दा लहड, लहर र रहर भइरहेको छ र यो नेपालमा मात्र होइन विकसित भनिएको भारत, सार्क राष्ट्रदेिख मध्यपूर्वमाको समेत अवस्था त्यस्तै छ ।

            Reply
  34. laxman says:
    October 20, 2013 at 8:17 am

    आफै सक्रिय नभएपनि NRN का सभा सम्मेलनहरु मैले नजिकैबाट देखेको छु. यो सस्था टाउकेहरुको वौद्धिक विलाश गर्ने मंच हो. धेरैजसो समय उनीहरुको व्यक्तिगत कुरा सुन्दा नै सकिन्छ. टाउकेहरु जो पहिलेनै राम्रो स्टाटसमा हुन्छन उनीहरुलाई Weekend/Public holiday मा Time Pass पनि हुने अनि नेता टोपलिन पनि पाउने. यसका अतिरिक्त्त अनेकन कार्येक्रमको निहुमा काम गरेर खाने नेपालीहरुसंग $10-20 का दरले उठाउने अनि आफै हर्सुर्ने.
    अझ चुनाबको बेलामा टाउकेहरु निकै हेर्न लाएक हुन्छन. कतिनै UN को महाशाभामा प्रतिस्पर्धा गरको ठान्छन काईतेहरु. यो NRN मा न त आम नेपाली को भलाइको कुरा हुन्छ न त यिनीहरु गरिब नेपाली प्रति उत्तरदायी छन्. येस्ता घोर व्यक्तिवादीको कुरामा बहकिने Nepal सरकार त महामुर्खहरु को क्लब हो……
    सरि ल अलि बढी नै भो कि के हो 🙂

    Reply
  35. Bibek says:
    October 20, 2013 at 7:42 am

    I m not NRN and have nothing to do with NRN. If they were harming Nepal then I should have agreed with writer. But they r just trying to form unity amongst Nepalese who live abroad. So what’s wrong with this point? Why should it b our headache? If they do some good for Nepal it’s definitely good for us and if they don’t do anything for Nepal even in that case they r helping us by coming to our country and helping our tourism. So my suggestion to writer is do something better job than trying to write this worthless article. यो त बादरले आफ्नो घर पनि बनौदैन अर्कालाई पनि बनौन दिदैन जस्तो पो भयो

    Reply
    1. Subhash Neupane says:
      October 20, 2013 at 7:02 pm

      Everytime they come to our country, the government gives them our tax money to conduct their program where they then claim to make billions of investment in our country but if and only if we give them dual citizenship.

      Reply
    2. bibek dhakal says:
      October 23, 2013 at 6:49 pm

      तर बन्धु, बाँदरकै उदाहरण प्रयोग गरेर भन्नु पर्दा कुनै एउटा जंगलको बाँदरहरुले जम्मा गरेर तैयार पारेको खानेकुरा , अनिकाल परेको बेला त्यो जंगल छोडेर “खैरे” बाँदरहरुको संगत गर्न गैसकेका बाँदरहरु केहि दिनलाई फर्केर आउँदा, तिनीहरुकै स्वागतको लागि खर्च गर्दा त्यो जंगलका बाँदरहरुलाई रिस नउठ्ला ???

      Reply
  36. Raj Sharma says:
    October 20, 2013 at 6:58 am

    NRN भनेको कथित ब्यापारी हरु को संगठन हो.. यो आवासीय नेपाली हरु को हक हित को लागि बने को होइन.. दुइ चार जना नैतिक पतन भए का हरु कता बाट लुट्न सकिन्छ अनि NRN को कुर्सि पड्काएर कसरी नैतिक हिन नेता लाई रिजायेरा लुट्न सकिन्छ भन्ने दाउ मात्र हो… दोहोरो नागरिकता त दिनै हुन्न…१० बर्से कार्ड छदै छ नि नेपाल र नेपाली हरु प्रति माया भए दोहोरो नागरिकता बिना नै सेवा गर्न सकिन्छ… बेदेसी हरु संग NRN कार्ड नि छैन नेपाली नागरिक नि होइनन तै पनि नेपाली गरिब जनता लाई सहयोग गरि रहे कै छन्…यो NRN भात मारा र लुटेरा हरु को जमात हो…फटा भ्रस्टाचारी र फोहोरो चरित्र को जमात मात्र हो..लुट्न मात्र जन्मेका.. When Nepal exceeds 0.8 mark of HDI (human development index), probably duel citizen should be a matter of discussion, not at this point of time….

    Reply
  37. shree basanta says:
    October 20, 2013 at 6:55 am

    कुमारजी, माया कुमारीले कतारलाई खुला जेल भनेर कुटनितिक मर्यादा नाघेको कुरामा उनले बोलेको कुरोले दुइ देश बीचको सम्बन्ध मात्र बिगरेन कतारमा भएका नेपालीको साम्मानमा समेत आंच पुर्यायो | उनले जे मुखमा आयो त्यहि बोलेकी हुन् सिठी बजाएकी होइनन | किनकि त्यस्तो सिठी फुक्नेले अरु काम पनि त्यस्तै गरेको हुनु पर्ने तेस्तो केहि उदाहरण छैन | जब गार्जियनले कतारमा काम गर्ने नेपाली को शोषणको कथा बाहिर ल्यायो तेस पछि मात्र उनको कुरो मिल्न आएको हो |
    एनआरएनको त जन्मै देखि बिबाद छ परिभाषामा | स्वयम् एनआरएनका ठेकेदारहरुलाई नै स्पस्ट छैन को हो एनआरएन | नेपाल बाहिर बस्ने सबै एनआरएन हुनु पर्ने होइन ? सार्क मुलुक बाहेक भन्ने नै गलत कुरो हो | एस्तो विभेद गर्नु हुन्छ ? तेसो हो भने सोझै डलर कमाउने मात्रै एनआरएन भने भैहाल्यो नि !! फेरी कति बाहिर बसेको भन्ने कुरो पनि बिबाद रहित छैन | किन छ महिना वा किन दुइ बर्ष ? आधार के ? तपाइको भनाइ ठिक हो नामको अघि किन गैर राख्नुपर्यो ? यो बिल्कुलै नकारात्मक बोलि हो | अर्को उपयुक्त शब्द छैन ? डलर कमाउने र दशैं तिहारमा पशुपतिको जात्रा मा शिद्राको ब्यापार गर्न आउनेलाई किन ३०-३५ लाख ? नेताहरुले बिदेशमा गएर शयर गरेको बदला राज्यकोश बाट रकम दिएर गुण तिर्न खोजेको मात्र हो | जनता किन बोल्दैनन छक्क लाग्छ |

    Reply
  38. ekraj says:
    October 20, 2013 at 5:16 am

    लामा जी ले किल्ला चाँही एकदमै ठिक ठाउमा ठोक्नु भए पनि, तो किल्ला गढ़िन पर्ने ठाउं अतिनै कम्जोर र पाप्रो उक्कने अथवा प्वाक्क चिरिने खालको काठ जस्तो एन आर एन लाई यो किल्लाले जोडन सक्ने सम्बवाना भने अति कम छ|
    खाडी मा श्रमको जेल मा जिउदै मार्ने कर्तुत का कारणहरु, एन आर एन भै टोपलेका अनेकौं दलाल नेपाल भित्र र बाहिर छरिएका छन् जस्तो लाग्दछ| यिनीहरुलाई खोजेर कारबाई गर्नुको साथै सर्मिकको हक र स्वास्थकालागि एन आर एन ले पहल गर्न ढिलो भैसकेको छ|

    Reply
  39. samrat~ says:
    October 20, 2013 at 2:12 am

    कुरो एकदम ठिक हो लामा जी. तपाइँ को कुरो, कबिता र कार्टुन सधै घत लाग्दो र सारथिक हुन्छ . धन्येबाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme