Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हार्दिक समबेदना डा. वाग्ले

Posted on October 25, 2013 by mysansar

-पिताम्बर खनाल-
आज डा. चित्र वाग्ले को मृत्‍युको खबर र त्यस भित्रको तितो यथार्थ बारे केही लेख्न मन लाग्यो। हो डा. वाग्लेले भनेझै जीवन् भ्रम हो र मृत्‍यु त्यस भित्र लुकेको एक सत्य हो। तर मृत्‍युको मुखमा नपुगुन्जेल धेरै कम मात्र महापुरुसहरूले यो कुरा आत्मसाथ गर्छन् र सत्मार्गमा आफ्नो जीवन बिताउछन. केहीहद सम्म डा. वाग्लेले दुर्गम (नेपालमा धेरै बिकट ठाउँहरूको तुलनामा अर्घाखाचीलाई दुर्गम भन्न त नमिल्ला तैपनि डाक्टरहरूको नजरले हेर्दा दुर्गम भन्दा पनी अन्यथा नहोला)मा बसेर कार्य गर्नु भयो। जनताहरूले यो गुन कहिल्यै बिर्सदैनन। शायद कुनै डा. ले ८० बर्षमा नलगाउने गुन ४६ बर्षमै डा. वाग्लेले लगाउनु भयो। तपाईंको आत्मालाई चिर शान्ति मिलोस्।

अब कुरो रह्यो सरकारले डा.वाग्ले को उपचार गरेन वा गर्न चाहेन। सबै जनाले प्रस्ट बुझ्नु पर्छकी हामिले अहिलेसम्म जनतालाई हेर्ने सरकार इतिहासमै बनाउन नसकेको कटु यथार्थ हो। सरकारले की त राजपरिवार हेर्यो, की त राणा लाई हेर्यो की त केहि बहुदलपछीका नेताहरू र उनिहरुका आसेपासे लाई हेर्यो। र हामी जनताहरू उनिहरुको समर्थन गर्दै हिड्यौ। एक हिसाबले हेर्दा हामीलाई उनिहरुको चाकडी गर्नमै फुर्सद भएन। बिरालो पालेर तेस्को दुध दोएर खाने सपना देखने हमिले त्यसले हामीले पल्ल्लो घरबाट किनेर ल्याएको दुध पनी खाइदिन्छ भनेर हेका कहिल्यै राखेनौ । हो हामीले प्रस्ट रुपमा बुझनु पर्ने कुरो योहोकी सरकारले डा. वाग्लेको उपचारको लागि २-४ करोड को व्यवस्था गर्न सक्ने थिएन किनकि हामीले तेस्तो जनतालाइ हेर्ने सरकारको परिकल्पना कहिल्लै गरेनौ. सरकार संग २-४ करोड खाचो भएर हैन किनकी नेता तथा उसको परिवारलाई पर्यो भने उसले १० करोड पनि दिन सक्छ । तेस्तो सरकारको परिकल्पना नेताहरुले गरेका थिए, छन् अनि गरिरहने छन् र हामी उनीहरुको समर्थन गरिरहेका थियौ, छौ र सायद गरिरहने छौ. सरकारले उपचार खर्च नदिनुको प्रमुख कारण उसलाई नजिर बस्ल्ला भन्ने भय नै हो ताकी भोलि सम्पूर्ण कर्मचारीहरुलाई सम्पूर्ण उपचार खर्च दिनु नपरोस।

नेपालीहरु धेरै मात्रामा इमान्दार, सहयोगी, र दयालु छन, त्यो कुरा उनीहरुले सधै जस्तै यसपाली पनि देखाए र हामी सबैले उनीहरुको भावानाको कदर गर्नु पर्छ तर बिडम्बना राजतन्त्र, राणा अनि केहि हद सम्म बहुदलपछीका नेताहरूले हाम्रा यी भावाना हरुको उपहास गरिरहे. बहुदलपछीका नेताहरुप्रति हाम्रो त्यति धेरै गुनासो छैन र हुनु पनि हुदैन किनकि उनीहरुको लगाम केहिहदसम्म जनताहरु संगनै छ यदि हामीले प्रयोग गरेउ भने. Facebook , twitter , र अन्य मिडियाहरुमा डा. वाग्ले प्रतिको समबेदनामा जनताको प्रतिक्रिया – ‘डा. भएर पनि उपचार अभावमा मर्नु पर्दो रहेछ’ भन्ने भावना को कदर गर्दै के थप्न चाहन्छु भने, यदि तपाई हामिहरुले सांचिकै चाहने हो भने भोलि कुनै पनि किसान, भरिया हरुले समेत उपचार खर्च को अभावमा मर्न नपर्ने दिनको कल्पना गर्न सक्छौ.

सरकार कस्तो हुनु पर्छ त? ताकी भोलि कोहि पनि नेपाली चाहे नेता होस चाहे कर्मचारी होस वा कुनै बिद्यार्थी वा किसान ले उपचार खर्चको आभावले प्राण त्याग्न नपरोस. हो हामीलाई गरिब, शारीरिक तथा मानसिक असक्तता भयका व्यक्तिहरुलाई हेर्ने सरकार चाहिएको छ ताकी भोलि कुनै पनि बाबुले मर्नु अघि आफ्नो १२ बर्से अपाङ्ग छोराको भबिस्यको कहालीलाग्दो कल्पनामा प्राण त्याग्न नपरोस.

हो हामीलाई गुणस्तरिय तथा सर्बसुलभ अस्पताल, बिद्यालय, बिस्वबिद्यालय, कलकारखाना तथा स्वरोजगारको उचित अवसर चाहिएको छ. हामीलाई १८ वर्ष सम्म प्रत्येक बालबालिकाको, आधारभूत आबस्यकता को ग्यारेन्टी, मानसिक तथा शारीरिकरुपले अपाङ्ग मानिसहरुको जिन्दगिभरको ग्यारेन्टी, बुढा-बुढीहरुको उचित हेरचाह तथा युवाहरुलाई राम्रो रोजगार दिन सक्ने व्यवस्था को खाचो छ. यसको लागि परिपक्क बहुदलीय व्यवस्था र कम्तिमा भ्रस्टचारीलाई फुलमालाले स्वागत नगर्ने तथा इमान्दारलाइ प्रोत्साहन गर्ने समाज चाहिएको छ। ताकि भोलि कुनै पनि चित्र वाग्लेहरू गरीब तथा दुखिहरूको सेवा गर्न नहिचकिचाउन तथा कुनै पनि चित्र वाग्लेहरूलाई आफ्नो सन्तान को अध्यारो भबिस्यको कल्पनामा मृत्‍युबरण गर्नु नपरोस।

25 thoughts on “हार्दिक समबेदना डा. वाग्ले”

  1. अनुराधा पौडेल फ्रान्स says:
    October 27, 2013 at 12:45 am

    नेपालमा स्वास्थ्य वीमा प्रणाली ल्याइनुपर्छ खै किन हो सबैले आँखा चिम्लेको । स्वास्थ्य बिमा प्रणाली भएपछि कोहि पनि मानिस अकालमा मर्दैन ।

    Reply
  2. suzee says:
    October 26, 2013 at 12:08 pm

    हार्दिक समबेदना , साथै डा. वाग्ले को आत्मा को चीर शान्ति को कामना

    Reply
  3. shree basanta says:
    October 26, 2013 at 11:16 am

    डाक्टर वाग्लेलाई प्रचण्ड, रास्ट्रपति यादव, केपी ओली संग दाँज्न मिल्दैन किनकि उनि गाउँ जिल्लामै बसेर सेवा गर्ने तुच्छ प्राणी हुन् भने अरु जनतालाई संबिधान सभाको चक्र ब्यूहमा फसाएर काठमाडौँमा सरकारी कोषमा तर मारेर बसेका उच्च प्राणी हुन् | प्रचण्डकि श्रीमतीलाइ पेट दुख्यो भने, केपी ओलीलाई रुघा लग्यो भने, रास्ट्रपतिलाई झाडा लाग्यो भने एर एम्बुलेन्समा सिंगापुर दिल्ली लाने पैसा जुट्छ सजिलै सित जसको उपचार काठमाडौँमै हुन् सक्छ जबकि वाग्लेको उपचार विदेशमा मात्र हुन् सक्छ त्यो उपचार खर्च कसले दिने ? उनि न राजनीतिमा छन न नेता हुन् | यो देश कहिले जनताको भएको छ र ? उच्च कर्मचारी, नेता बाहेक नेपालमा अरु जनताको भलाई हुने काम कहिले भएको छ ?

    Reply
  4. Shardul Thapa says:
    October 26, 2013 at 9:45 am

    God damn ! I think we need obama care than americans!

    Reply
  5. naran says:
    October 26, 2013 at 9:15 am

    पिताम्बरजीको “सरकारले उपचार खर्च नदिनुको प्रमुख कारण उसलाई नजिर बस्ल्ला भन्ने भय नै हो ताकी भोलि सम्पूर्ण कर्मचारीहरुलाई सम्पूर्ण उपचार खर्च दिनु नपरोस ” वाक्यमानै एसको उत्तर पनि छ/ येसरी सरकारलाई भयेबीत बनाउन हामी जनताको पनि हात छ/ हिजो सच्चा सहीद मर्दा घोसडा गरिने “शहीद” र दिईने “१० लाख” को दुरुपयोग गर्दै जेलमा थुनिएको गुन्डा आफैआफैमा गोलि ठोकेर मर्दा पनि सरकारलाइ तेस्लाई पनि सहीद घोसडा गर्न दबाब दिने हामी जनता नै हौं/ फलस्वोरुप आज सरकारले डाक्टरसाहेबलाइ सहयोग गर्न डरायो
    सरकारले उहालाई “ग्रामिण चेत्त्रमा बिसेष सेवा गरेको” भनि पुरस्कार स्वोरुप उहाको स्वास्थोपचार गर्नुपर्थ्यो. ताकी वोलिका दिनमा डाक्टर साहेबहरु गाउँ जान पनि रुचि देखाउन, त्यो बुद्धि यो झल्लो सरकार संग कहाँ !!

    Reply
  6. dinesh says:
    October 26, 2013 at 7:49 am

    वाग्ले डाक्टर को व्यक्तिगत छबि सारै राम्रो थियो , तर माथि कति साथि हरु ले भने जस्तै रकम अभाव का कारण वहा को ज्यान गएको होइन . अमेरिका होस् या नेपाल क्यान्सर ले गरस्त परेपछि स्थिति भया वह नै हुन्छ . वाग्ले जिको पनि अन्तिम अवस्था को क्यान्सर थियो . स्टीव जब्स को हालत पनि त्यहि भयो . यस्तो बेला मा जुन कुरा लाई केहि गर्न सकिदैन त्यसमा मुढे समबेदना भन्दा बाँकी जिन्दगि कसरि राम्रो बनौन सकिन्छ अनि दुख कम गरि पिडा रहित मृत्यु को कामना गर्नु पर्छ , Hospice care नै वहाको अन्तिम बेला को सब भन्दा राम्रो र उत्तम विकल्प थियो , त्यो हुन सक्यो कि सकेन ? श्रदान्जली

    Reply
  7. Birakta says:
    October 26, 2013 at 6:49 am

    नेताहरुबाट केहि हुन्न हौ, तेता हेरेर केहि होला भन्ने दिन धेरै पहिलेनै गैसक्या हो, संबिधानसभाको चुनावलाई मन्त्रि खाने चुनाव भन्ने नेता हरुबाट के आशा गर्ने?
    डा वाग्लेको योगदानको मुल्यांकन जनताले गर्नेछन नै, उनको अभाव पुरा हुने छैन नै,
    यो घटना ले के देखायो भने दुर्गम मा गएर सेवा गर्नु आफ्नो सोख भन्दा केहि थिएन, जो सहर मा बसेर पैसा कमाए, ति सबै डाक्टरहरु सहि थिए,…. अब यस्तो नजिर बस्ने डर लाग्या छ मलाई चाही. जसरि पनि पैसा कमाइएन भने आकाल्मै मर्नु पर्ने रहेछ.
    अब देखि यस्तो कहिले नहोस….
    डा वाग्ले को आत्माको चीर शान्तिको कामना गर्दछु, उनको परिवारमा यो दुखद समय काट्न भगवानले शक्ति दिउन .

    Reply
  8. prashanti623 says:
    October 26, 2013 at 5:11 am

    सतिले सरापेको देसमा राम्रो मान्छे को कदर हुदैन भन्ने पुस्थी भयो
    राष्ट्रले के सहयोग गरोश न उनि गिरिजा प्रसाद कोइराला थिय जसलाई ६५ लाख भाडा मात्र बुझाएर विदेश लगियो प्लेन मा

    राष्ट्रपति लै करोड खर्च गरेर आऊ पर्दा जापान लगियो

    तर उनि अरुको ज्यान बचाउन आफ्नो जिन्दगि समर्पित गरे उनको एस्तो हाल भयो

    धिक्कार छ हामीलाई ………

    Reply
  9. Prajit man says:
    October 26, 2013 at 4:18 am

    सर्बप्रथम त डा. वाग्ले को आत्मा लाइ शान्ति मिलोस/ म यस कुरामा आस्चर्य छु कि, यस लेख तथा सबै कमेन्ट हरु एक मानबिय सम्बेदना भित्र रहेर गरिएका छन्/ सबै कमेन्टर ले डा वाग्ले प्रति श्रदा र आदर ब्यक्त गर्नु भएको छ/ यहाँ हाल सम्म आएका कमेन्ट हरु लाइ dislike गर्नु पर्ने केहि आधार मैले देख्न सकिन/ येस्ता समबेदनाका कमेन्ट लाइ पनि dislike गर्नु कति उचित होला? कृपया येस्ता कुरा लाइ dislike गर्नु भन्दा बरु केहि नगर्नु तथा मन छैन भने कमेन्ट नपढे कसो होला? कसैको पनि मृत्यु आफैमा एक दुख हो, एस्तो दुखमा हरेक सहानुभूति महत्व हुन्छ/ जुन कुरा मानब एक चेतनशील प्राणी भएकाले मात्र ब्यक्त गर्न सक्छ/ येस्मा dislike गर्ने लाइ पशुको दर्जा दिदा कसो होला?

    Reply
    1. suzee says:
      October 28, 2013 at 7:46 pm

      हो एस्तो कमेन्ट मा dislike गर्ने नकारात्मक अनि कुण्ठित मानसिकता भएका मान्छेहरु को बिगबिगी छ नेपाल मा,
      समबेदना जस्तो कुरा मा रातो टिक मर्ने हरु .त्यो पनि डा. वाग्ले जस्तो असल मानिस मा ,
      …..कस्ता होलान अनि यिनीहरुको मानसिकता , अनि गिदी को क्रियाकलाप को जानकारी लिन मन छ , येस्तै हरुले गरेर नै देश नर्क तिर धकेलिएको हो , एक एक मिलेर लाखौ हुन्छा , एस्ता नकारात्मक अनि कुण्ठित मानसिकता भएका मान्छेहरु को बिगबिगी छ नेपाल मा…., कुण्ठित जन्तु हरु .

      Reply
  10. simit gauchan says:
    October 26, 2013 at 3:26 am

    मेरो दाइको अति मिल्ने साथि , खोकी लाग्दा नि कुन औषधि खाउ भनेर फोन गरि सोध्ने साथी , आज टाढिए काध थाप्न सकिएन राम राम मात्र भन्न सकियो .. हामि एकै स्कुलका साथि हौ उनि निकै निकै जेहेन्दार र तेज दिमाग भएका अब्बल बिधार्थी थिए , तेसैले त उनि डाक्टर भए सबैका प्यारा भए र आज टाढिए पनि ! मेरो हार्दिक श्रदान्जली उनलाई तथा शोक सन्तप्त परिवार प्रति चिर शान्तिको कामना !!!

    Reply
  11. kiran pandey says:
    October 26, 2013 at 3:14 am

    चित्र प्रशाद वाग्लेको आत्माले शान्ति पाओस | परिवारमा हार्दिक समबेदना प्रकट गर्दछु |संसारमा जो मरे पनि दुखि हुनु हामी मानवको स्वभाव हो | ड़ा. वाग्ले त अझै धरै नै सहयोगी अनि बिरामी लाई माया गर्ने उपचार गर्ने , वहा जस्तो डाक्टर हाम्रो देश मा थोरै मात्र होलान , तर कसै लाई ढुखी नबनावोस म कै कुरा यहाँ उठाउन चाहन्छु | हुन त म यो रोग को बारेमा जानकार मानिस होइन तर सबैलाई थाहा छ वहा को रोग निको नहुने रोग हो 4th स्टेजको क्यान्सर जसको उपचार हुन सक्दैन बस आयु अलिक लम्बाउन सकिन्छ भनेर वाग्ले कै अन्तरबार्तामा सुने , मानिस मर्नु राम्रो हैन, सरकार को नजर मा वाग्ले मात्र हैन नेपाल को जुनसुकै ठाउँ मा बस्ने जस्तोसुकै काम गर्ने नेपाली नागरिक को हक मा समान बेबहार गर्नु पर्ने हुन्छ अनि गर्नु पनि पर्छ |सकिन्छ भनि नसक्ने हरु सबै लाई फ्री म उपचार गरिदिवोस सरकार ले हैन भनि सबै संचार जगत एउटा कुरा कै पछाडी लागिरहनु पर्छ जस्तो लाग्दैन मलाई , जसको संचार म पहुच छ उसको समाचार हजार पल्ट प्रसारण गर्ने अनि अरु कुरा को मतलब नगर्ने नेपाली मिड़िया मलाई मन पर्दैन अनि यो राम्रो पनि हैन , अजै पनि काठमाडौँ को समाचार मात्र समाचार काठमाडौँ को मानिस मात्र नेपाली बुजने मानसिकता हटोस् | म परदेश मा छु डा. वाग्ले को समाचार बाहिर आए पछि म उनको बारेमा हर एक लेख समाचार हरु हेर्ने गर्छु तर यो बीच मा कति नेपाली सडक दुर्घटना मा परेर मरे क कारण ले उनीहरु मरे कतै चालक निदायो अनि बस पुल मुनि गयो कतै चालक रक्सि पिएर गाडी खोला मा हाल्यो खै तेस्लाई समाचार बनाएको ? खै ? उदयपुर बाट आयको बस पुल मुनि जादा २०- २२ वर्ष का कति जना मरे उनीहरुको घर मा चै आमा बाबा रोएनन होला अनि त्रिसुली मा बस सगै हरायको ११ जना का आफन्त हरु लाई पिडा भयको छैन होला ??? अलिकति मानव समबेदना छ भनि त्यता तिर समाचार बनाउ जाऊ किन सधै दुर्घटना हुन्छ किन यत्तिका धेरै मानिस एकै पल्ट मर्छन सार्वजनिक यातायात को कमि कमजोरी लाई बाहिर ल्याऊ अनि सरकार लाई बास्तबिकता बताउ यत्तिका मानिस दिन दिनै मर्दा पनि किन हाम्रो मन मुटु नदुखेको होला है ? मृतु लाई कसैले रोक्न सक्दैन न सरकार ले न साथीभाई को सहयोगी पैसा ले ! तर दुर्घना बाट हुने मृतु अवस्य रोक्न सकिन्छ कम गर्न सकिन्छ अब रुने हैन एकोहोरो एउटा मानिस मरेको कुरा हजार पल्ट समाचार नबनाऊ सरकार लाई एक जना को प्राण को लागि गाली नगर सडक दुर्घना कम गराउन पहल गर्न कडा कानुन लेउन लगाऊ |
    अब अबेर भै सक्यो यसको लागि |
    किरण पाण्डे
    क्यानाडा

    Reply
  12. bijay says:
    October 26, 2013 at 3:12 am

    डा. वाग्लेको गल्ति भनेको, उहा कुनै पार्टीको नेता थिएन वा पैसानै सबै चिज हो भनेर आफ्नो डाक्टरी पेसालाई मालामाल हुने बाटो बनाउन सक्नु भएन / डा. वाग्लेको आर्को गल्ति भनेको गरिब जनताले पनि उपचार गर्न पाउनुपर्छ भन्ने सोच राख्नु हो/
    I salute to DR. WAGLE and his legacy.

    Reply
  13. Mohan says:
    October 26, 2013 at 2:41 am

    पिताम्बर जी को लेख डा वाग्ले को बारेमा विशेस होला भनेको त सरकारको काम कारबाहीको बध्ख्वई भित्र मात्र रुमल्ली रहेको रहेछ.

    Reply
  14. Bishwaraj says:
    October 26, 2013 at 1:08 am

    मती बिग्रेका भ्रष्ट नेताहरु भएका देशमा येस्ता सच्चा डा- वाग्ले जस्ताको हालत जहिले पनी येस्तै हुन्छ- येहाँ त भ्रष्ट नेता खुमे र गुण्डा डनहरुको अभिभावक के- पी – ओली जस्ताले मात्र पूर्ण सहयोग र हाई हाई पाउँछ- डा- जी को आत्माको चीर शान्तीको कामना-

    Reply
  15. sandhya says:
    October 26, 2013 at 12:29 am

    धेरै बिरामीहरुलाई पुनर्जीवन दिएका डा.वाग्ले क्यान्सरको उपचार असम्भबका कारण अल्पआयुमै बित्नु भयो ! , उहाको आत्माले शान्ति पाओस्

    Reply
  16. gobinda says:
    October 25, 2013 at 11:44 pm

    डा. चित्र वाग्ले को मृत्‍युको खबर र त्यस भित्रको तितो यथार्थले सबै नेपालीलाई दुखको
    पिंडाले सताउँछ नै तर जीवनको सत्य भनेकै मृत्यु हो , कसैले रोकेर रोक्न सक्दैन नै यो पनि सत्य हो तर सरकारको कमजोरीले गर्दा उनले उपचार खर्चको आभावले प्राण त्याग्न परयो , अझ उनि डाक्टर थिए , तर आफुलाई खतरा रोग लागेको छाल पाएनन् | उपचार्पायेकाओ भए केहि वर्षा बाच्न सक्थे होलान , सेवा गर्न सक्थे होलान |परिवारको पिन्दाले उनको आत्मालाई अशान्ति नहोस , यो परिवारलाई सबै बाट सहयोग मिलोस , छोरीहरुले बाबाको स्थान लिन सकुन ,उनको आत्मालाई चिर शान्ति मिलोस्।येही कामना !

    Reply
  17. रमन says:
    October 25, 2013 at 11:07 pm

    डा. वाग्लेको आत्माले शान्ति पाऊँन, परिवारप्रति हार्दिक समवेदना| लाखौमा एक रहेछन उनी| उँहाको काम अरुको लागि अनुकरणीय बन्नेछ|
    अहिले नै यसबेला सायद भनिहाल्न नपर्ने थियो होला| तैपनि लागेको कुरा पोखिहालम|
    जुन दिन देखि टिचिंग अस्पतालमा डाक्टरहरुले त्यंहा काम गर्ने निम्न तहका कर्मचारीका छोराले पढ्न स्थान पाए र सो उनीहरुका छोरा छोरीले पाउन पर्ने भनेर निम्न तहका कर्मचारीका छोराले पाएको बिरोधमा हड्ताल प्रतिरोध जनाए, त्यसबेला देखि डाक्टरहरु प्रतिको ह्रास हुँदै गएको श्रद्धा अझ घटेर गयो|
    स्वास्थ्य मन्त्रालयको कामकाज कसरि चल्छ भन्ने जसलाई जानकारी छ उसले अझ भन्ला डाक्टरी पढेर तोक लाउने, कुन गाढी कँहा पठाउने, खरिदमा कमिशन अनि सरुवा बढुवाको काम गर्ने हो? मन्त्रालयका डाक्टर र सचिव देखिका सबै तहका डाक्टर महानिर्देशक, डाक्टर निर्देशकहरु र कर्मचारीहरुको प्राथमिकता के हो भन्ने बुझ्दा झन् यो देशमा बरु स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिभाग नै हटाएर बिदेशी दातासंस्थाहरु र युएन को संस्थालाई सुम्पिए र चलाउन दिए बरु नेपालीले उपलब्ध गर्ने स्वास्थमा सेवामा अझ बढी सुधार आउने थियो भन्ने लागेको छ| आत्मा अभिमान र मेहनत गरेर सेवाको भावनाले काम गर्ने दुभिक्ष भए पछि देश ओरालो जाने भयो| अहिले पनि ब्याकसीटमा बसेर बिदेशी दात्री संस्थाका परियोजनाका नाउँमा काम चलाई रहेका छन्|
    मेडिसिन पढ्न भर्ना हुन् २० लाख अग्रिम जम्म्मा गर्न पर्ने वाध्यताले पैसा कमाउन तिर उद्यत गराएको भन्ने पनि सुनिन्छ| तर साँचो रुपमा डा. वाग्ले र डा. सन्दुकले जस्तो
    सेवा नाम दाम आर्जन गरे राम्रो हुने थियो|

    Reply
  18. Shreedhar says:
    October 25, 2013 at 11:04 pm

    Dr वाग्ले अमर भएका छन्. उनको आत्मा ले सधै नै सान्ति पाउने छ. हामी लै अचम्म लागेको कुरा कि खड्ग ओली लै रुघा लाग्दा AIR Ambulance को बेवास्ता गर्न सक्ने, प्रचण्ड को बुडी लै Sigapore मा उपचार गर्नु पर्ने, राम बरण यादव लै Japan जानु पर्ने एस्त देरै उदाहण हरू छन्. खोइ त उनलाई सरकार ले केहि गरेको. नया नेपाल भने को येही त होला नि.
    I salute Dr Wagle for your entire work .

    Reply
  19. Harihar Dahal says:
    October 25, 2013 at 10:57 pm

    एउटा निस्वार्थ समाजसेवी डा.चित्र प्रसाद वाग्लेको अवसानले देशले एउटा कर्मठ नागरिक गुमाएको छ भने दुई नाबालक छोरी, एक अपा‌ङ्ग छोरा र श्रीमती पूजाले स्वाभिमानी अभिभाबक गुमाएका छन।
    भ्रस्टाचर र अपराध गरेर अकुत संपत्ती कमाएका तर मर्ने बेलामा कुकुर र बिरालो(बिकसित मुलुकका हैनन)झै मृत्‍युबरण गरेका कुनै नेता र कर्मचारीलाई त्यता भेट्नु भो भने भनिदिनु होला कि “मेरो मृत्‍युमा सारा देस रोएको छ,तिमिहरुको मृत्‍युमा सबै खुशी भए किनकी तिमीहरुले मानबिय हित र सेवालाई भन्दा संपतीलाई प्रमुखता दियौ”।
    असल मानिस हुनु पनि संपती हो भन्ने नजिर पेस गर्न सबै मिलेर यि टुहुरा बालबच्चाका लागि एउटा कोस खडा गर्न कोही(हामी सबैको माई डियर माई संसार/उमेस जि ले यस्को नित्रित्व किन नलिने?) तयार हुनुहुन्छ भने म पनि काँध थाप्न तयार छु।डा.साहेब तपाईंको आत्माले शान्ती पाओस।

    Reply
  20. Tirtha Shrameek says:
    October 25, 2013 at 10:25 pm

    दुखको समाचार, डा. वाग्लेले यस धर्तीबाट बिदा लिए / यो सरकारलाई लज्लाग्नुपर्ने हो एउटा ईमान्दार राष्ट्रसेवकलाई नबचाएकोमा / अझ आफूलाई सबै भन्दा ठुलो दलको रुपमा चिनाउन साम, दाम, दण्ड सबै प्रयोग गर्दै करोडौं रकम खर्च गर्दै गरेका दलहरुका नेताहरुलाई पनि लाज लाग्नु पर्ने हो नि तर लाजै नहुनलाई के को लाज र? कयूको जीवन वचाउन सफल डा. वाग्लेले आफूलाई बचाउन सकेनन / बचाउने पहुच भएको सरकारले वास्ता नगरेपछि अधूरो उमेरमा जानु पर्यो / सायद स्वर्गमा यस्ता सामाजिक मान्छेको खाचो भएरै होलानी ३ जनालाई टुहुरो बनाएर डाक्टर साहेब अस्ताउनु भयो / उहाको आत्माले शान्ति पाओस्, परीवारजनले धर्य धारणा गर्ने शक्ति प्राप्त गर्न सकुन/ ती कलिला वालवालिकाको उज्यालो भाबिस्य बनाउदै आफ्नो स्वर्गीय पतिको सपना पूरा गर्न त्यो बीडो थमाउने समार्थ्य पूजालाई प्रप्त होस् भनी भगवानसंग प्रार्थना गरौं /

    Reply
  21. केश बिर सिंह गुरुङ says:
    October 25, 2013 at 10:22 pm

    सारै राम्रो लग्यो,यो लेख पढी सबैले बिबेक शिल भएर भोलि हामि कस्तो समाज
    बनाउदै छौ, युवा बर्ग लाई राम्रो पाठ हुन सक्छ !

    Reply
  22. Pramesh says:
    October 25, 2013 at 9:34 pm

    डाक्टर वाग्लेको आत्माले चिर शान्ति पावोस| धेरैले उहाको मृत्युलाई सरकारलाई दोष दिने बिसयको रुपमा हेरेको पाएको छु| तर धेरैले बिर्सेको कुरा के हो भने वहालाई एउटा भयाबह क्यान्सर रोग लागेको थियो| क्यान्सर रोग लागेर धेरै मानिस करोडौ खर्च गराउदा पनि निको हुन नसकेका धेरै छन्| अमेरिकामा पनि बर्सेनि कैयोउ मान्छे यस रोगको कारण मरिरहेका छन्| त्यसैले दोस सरकारको भन्दा पनि रोगको हो जुन कुरा हामीले बिर्सनु हुदैन जस्तो लाग्छ|

    कुरा रह्यो उपचारको| डाक्टर वाग्लेलाइ नेपाल र भारतमा हुनेसम्मको उपचार गरेकै हो| सरकारले धेरै नदिएपनि साथीभाई र शुवाचिन्तकको धेरै सहयोग उनले पाएका थिए| हो अमेरिकासम्म गएर उनको उपचार हुन सकेन| तर हामी सोचौ त कति नेपालीले त्यो सामर्थ्य राख्छन? ठुलाठुला ब्यापारी र सरकारको उच्च ओहदामा रहेका बाहेक अन्य नेपालीलाई अमेरिकामा गएर करोडौ खर्च गरेर उपचार गर्न असम्भब नै हुन्छ| फेरी भुल्न नहुने कुरा के हो भने त्यसरी गरिने उपचार पनि प्रमाणित नभएको experimental उपचार मात्र हो र त्यसले पनि निको पार्थ्यो नै भन्ने केहि ग्यारेन्टी थिएन|

    डाक्टर वाग्लेले भनेजस्तै जीवनको सत्य भनेकै मृत्यु रहेछ| कुनबेला आउछ थाहै नहुने तर कसैलाई पनि नछोड्ने| एउटा दुर्लभ र भयाबह रोगका कारण एकजना असल नेपालीले ज्यान गुमाउनु पर्यो| रोगले कसैलाई नछोड्ने रहेछ| उनको शोकाकुल परिवारलाई पनि डाक्टर वाग्लेलाई जस्तै सबैको सहयोग र सपोर्ट मिलोस| डाक्टर वाग्ले एक प्रेरणाका स्रोत बनेर नेपालीको हृदयमा सधै रहिरहुन|

    Reply
  23. bnakta says:
    October 25, 2013 at 9:26 pm

    डा. चित्र को घटनाले एन आर एन ले रटान लाको दोहोरो नागरिकताको महत्वो थाहा लाग्यो! तेसो भैदियो भने आफ्नाले वास्ता नगरे पनि पराइले बचाइदिने भो / अरु देशका सरकार आफ्ना साधारण जनता प्रति पनि कति उत्तरदायी हुन्छन तर एउटा हुनाहार कर्तब्य निस्ठ डा को घटना हेर्दा स्वोदेश फर्कौ – फर्कौ भन्ने थुप्रै मन हरु पनि आ ,,,, भन्ने तर्फ लाग्छन कि भन्ने डर छ …..

    Reply
    1. Mohan says:
      October 26, 2013 at 2:38 am

      कुनै पनि देसको सरकारले व्यक्तिको स्वास्थ्य स्म्बंदित सम्पूर्ण उपचार खर्च उपलब्ध गराउदैन . विकशित मुलुकमा पनि हरेक व्यक्तिले स्वस्थ बिमा गराउनु पर्छ . बिमा कम्पनीहरुले नै लागेको खर्च सम्बन्धित निकाय लाई तिरिदिने हो. डा वाग्लेको केशमा पनि विदेशकै व्यक्ति भएको भए पनि त्यहि नियम लागु हुने थियो. तर उनि ले पुर्याएको कदर सरकार र नेपाली जनता ले नगरेको जस्तो मलाई लाग्दैन. सरकारले पनि उनको योगदानको कदर स्वरुप देशकै उत्कृस्ट चिकित्सक को संमान, उच्च शिछ्या को छात्रवृति, औश्दोउपचर को लागि ५ लाख रुपैया सहयोग गरेर राम्रै संमान दिएको छ. एउटा कुरा के भने मृत्यु लाई कसैले जित्न सक्दैन. यो अबश्यम्भावी छ. डा वाग्लेले पक्कै पनि अविस्मरणीय योगदान पुर्याउनु भएको छ आफ्नो छेत्रमा . सरकारले दसैँ करोड खर्च गरेको भए पनि उहाँ को रोग निको हुने कुनै ग्यारेन्टी थिएन. अति दुर्लव र उपचार प्राय असम्भव भएको उक्त रोग अमेरिका क्यानाडा जहाँ गए पनि निको हुनेमा केहि ग्यारेन्टी छैन.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme