दीपक भेटवाल
रुसि क्रान्तिका नेता लेनिनले संसदलाई बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलोको संज्ञा दिएका थिए । संयोगबस रुस तीरकै नेपाली धनाढयायहरुको पहलमा स्थापना भएको एनआरएनए पनि झण्डै लेलिनको परीभाषा अनुसारको संसद जस्तो बन्न पुगेको छ । हुन त एनआरएनए संग सुनिरहु जस्तो लाग्ने कर्ण प्रिय नारा छ ”नेपालीद्दवारा नेपालीको लागी” । र अर्को कार्यनितिक नारा छ ”सुरक्ष््िरात आप्रावासन र सामुहिक लगानी” । यो नारा यस्तो नारा हो जसलाई प्रवासमा रहेका हरेक तप्काका नेपालीहरुलाई मोहनी लगाउछ । तर यो नारा फगत एनआरएनको मुखमा पोतिएको सुनको जलप मात्र हो । रुमानी कल्पनामा भावुक भएर सोच्दा यति अर्थ पुर्ण , यति देश भक्तिपुर्ण उद्देश्य बोकेको एनआरएनएको आलोचना गर्नु ठुलो पापकर्म जस्तो देखिन्छ । तर यथार्थको रुखो धरातलमा टेकेर हेर्दा यसको चित्र अर्कै खाले बिचित्र देखिन्छ । तसर्थ एनआरएनएको यो नारा केवल देखाउने बोकाको टाउको जस्तो हुन पुगेको छ ।
सोझो हिसावले बुभदा सुरक्षित आप्रावासनको अर्थ निकै सरल छ । बिभिन्न उद्देश्य , आकक्षा र सपना बोकेर लाखौ लाख नेपालीले देश छाडेर प्रवासी भुमीमा जीवन जोतिरहेका छन । सुरक्षित आप्रवासन भनेको तिनले राष्टिय तथा अन्तराष्टिय कानुनले सुनिश्चित गरेका अधिकारको निर्बाध उपभोग गरेर भयरहित बाँच्न पाउनु ,आफनो कर्म गर्न पाउनु र आफुले चाहेको बखत बिनारोकतोक आफनो मुलुक फर्कन पाउनु हो । सुरक्षित आपा्रवासन बिदेशमा रहेका हरेक क्षेत्र र तप्काका नेपाली नागरीकहरुको लागी अर्थपुर्र्ण भएता पनि आँसुको नुनिलो झोल पिएर मध्यपुर्व तथा मलेसियामा निम्न स्तरमा कार्यरत नेपालीहरुको लागी बढी महत्वपुर्ण छ । जो अपमान तिरस्कार खर्पन बोकेर बाध्यकारी श्रम गर्छन । जसको जीवन पलपल जोखिम संग जुध्दै, मृत्यु संग आखाँ जुधाउदै बाँचिरहेको हुन्छ । कतिपय यि दुखीहरु ऋाफुले चाहेको बखत मुलुक फर्कन पाउदैनन । अझ कतिले त तिरस्कार , अपमान , जोखिम संगको भिषण लडाइमा आफनो एकबारको जुनी परदेशि भुमीमा बिसाउछन र बाकसमा बन्द भएर मुलुक फर्कन्छन । नेपाली मजदुरको यस्तो काहाली लाग्दो अवश्था एकातीर छ भने अर्को तिर ाएनआरएनएको सुरक्षित आप्रवासन भन्ने सुकिलो नारा खुला आकास कावा खाएर कतै उडिरहेको छ ।
उसो त खाडि तथा मलेसियाको श्रमिक समस्याको बुझबुजारथ गर्नलाई एनआरएनए भित्र बैदेशिक रोजगार हेर्ने छुटै निकाय छ तर यो निकायले न श्रमिक मुद्दाहरु उठाउनु त के सम्पुर्ण रुपले बुझन समेत सकेको छैन । नत्र किन गार्जियन पत्रिकाको समाचार हेरेर बिश्वभरीका एनआरएनएहरु ले जिब्रो टोक्नु पथ्र्यो र ? । नत्र किन एनआरएनए को बैदेशिक रोजगार हेर्ने संयोजकलाई बिबिसी साझा सवालको एकजना पत्रकारले मुसाको सुरक्षा गर्न बिरालो पालेजस्तो भनेर व्यग्य गर्थे र? नत्र किन एउटा श्रमिकलाई राज्यको निकाय राजदुतवासले श्रमिककै हकहितको पक्षमा आवाज उठाएको आरोपमा डिपोर्ट गर्दा समेत एनआरएनए सुरक्षित आप्रवासनको न्यानो च्यादर ओढेर सुतिरहन्छ र ?
”नेपाली द्दवारा नेपालीको लागी” भन्ने एनआरएनएको नारा सुन्नमा निकै पवित्र छ । तर कतारका केही मुर्धन्य एनआरएनहरु लाई कतारका पुर्व नेपाली राजदुत सुर्यनाथ मिश्रले मजदुरहरु हरुलाई ठगेको आरोपमा लौरो लगाएर कारवाही गरेको दृश्य हेर्न पाएका हामीजस्तो मजदुर एनआरएनको लागी यो पबित्र नारा निकै अर्मुत , रहस्यमय र व्याग्यात्मक जस्तो लाग्ने गर्छ । अझ तिनै मजदुरमारा एनआरएनहरु एनआरएनएको केन्द्रिय मञ्चमा खादा ओढेर बसेको देख्दा आफैलाई थुक्क जीन्दगी भनुँ भनुँ लागेर आउछ । झन पछिल्लो समयमा एनआरएनए क्षेत्रिय अगुवाहरुले नेपाली कामदारहरु सुरक्षित र सम्मानित छन भनेर भने पछि त एनआरएनएले भन्दै आएको सुरक्षित आप्रावासननको मिहिन अर्थ केलाउन जम्बो नेपाली शब्दकोष नै पल्टाउनु पर्ने भएको छ ।
सुरक्षित आप्रवासन जस्तै एनआरएनएको अर्को मोहनीमय नारा छ सामुहिक लगानी । र यो नारा पनि हरेक दुईबर्षमा एक पटक बिमान चढेर काठमाडौमा उत्रिन्छ अनि जताबाट आएको उतै फर्कन्छ । सामुहिक लगानी भनेको एउटा देश भक्ति चिन्तन हो । जसले प्रवासमा रहेका लाखौ श्रमजिविहरुले दुखजिलो गरेर आर्जेको दुर्लभ धनको थोपालाई एकत्रित गरेर एउटा ठुलो सागर बनाई राष्टिय प्रतिष्ठा वा बढी रोजगार सिर्जना हुने ठाउमा लगानी गर्दछ । जसमा लगानीको प्रतिफल वा रोजगारीको कुरा मात्र होइन राष्ट निर्माणको लागी सामुहिक चिन्तक पनि जोडिएको छ । तर यो सामुहिक लगानीको नारा पनि बिगत दशबर्ष देखि हरेक दुई दुइ बर्षमा बिउझदै बिमान चढेर काठमाडौ ओहोरदोहोर गरीरहको छ । लोकलाज बाट बच्न भर्खरै मात्र एनआरएनएका पण्डितहरुले देशभक्ति पुर्ण सामुहिक लगानीको प्रयोग गर्न राज्यसंग एकसय मेगावाट जलबिद्युतको मुनाफाकारी योजना हात पारेका छन । तर यसमा मजदुर एनआरएनएको कुरै छाडौ पैसावाल एनआरएनएहरुले समेत सवैको लगानी परेको छैन । यो योजनाले तीसलाख भन्दा बढीको संख्यामा छरीएर रहेका एनआरएन मध्ये कति जनाालाई आकर्षित गरेका छ ? औला भाँचेर गने पुग्छ । सामुहिक लगानीको जस्तो राष्टवादी चिन्तनको प्रयोग गर्न अघि सारीएको मुनाफाकारी जलबिद्युत योजनाको उदाहरण देखे हालै नोवेल पुरस्कार बाट पुरस्कृत अमेरीकी अर्थशास्त्रि रोवर्ट जे. शिलेर पेट मिचिमिची कति हाँस्दा हुन ?
एनआरएनए भित्र तीन खाले एनआरएन हरु छन । पहिलो खाले एनआरएन हरुमा अर्वपति व्यापारी देखी प्रवासमा बसेर ठुला वा मझौला व्यवसाय गर्नेहरु पर्छन । जसमध्ये कोही संग बिदेशी पासपोर्ट छ भने कोही संग नेपाली पासपोर्ट छ । खाडि लगायएत मलेसियामा पनि थोरै संख्यामा यो खाले एनआरएन हरु छन । जसको संख्या एनआरएनए भित्र न्युन छ तरपनि एनआरएनए सिंगो संस्थाभित्र यहि बर्गको एनआरएनएको बर्चस्व छ । र एनआरएनएको मुल नेतृत्व पनि यहि बर्गको रुचि र सेरोफेरोमा घुमिरहन्छ । दोस्रो खाले एनआरएनन हरु बिदेशमा रहेर आफनो शिप , क्षमता बेचेर उच्च तथा मध्यमखालको सम्मानजनक जागिर गर्नेहरु छन । जनसंख्याको हिसावले यो खाले एनआरएनहरु दोस्रो संख्यामा भएता पनि सहभागीतको हिसावले यस्तो खाले एनआरएनहरु नै सवै भन्दा बढी एनआरएनहरु भित्र संगठित छन । भने तेस्रो खालको एनआरएन भनेको आँसु र पसिनाको घुटको पिएर मुलुकमा रेमिटयान्स पठाउने एनआरएनहरु हुन । मध्येपुर्व देखि मलेसियासम्म छरिएर रहेको यि एनआरएनहरु अधिकाँस रुपमा म्यानपावर व्यवासायि वा आफनै रोजगारदाता बाट पिडित छन । संख्याको हिसावले यिनीहरु ठुलो संख्यामा छन तर यो वर्गको प्रतिनिधित्व गर्ने एनआरएनएहरु संगठन भित्र नगण्य छन ।
जर्मनीका दार्शनिक कार्ल माक्र्सले जीवनभर अध्ययन गरेर जीवन र जगतलाई व्याख्या गर्ने एउटा सरल बाक्य बनाए । उनको सरल उक्ति थियो । मानव समाजको ईतिहास बर्ग संघर्षको इतिहास हो ।र यो समाजमा हरेक कुरा बर्गिय हुन्छ । माक्र्स बुढाको आँखाबाट हेर्दा एनआरएनए भित्र माथि उल्लेख गरीए झै तीन बर्ग देखिन्छ । तर एनआरएन पण्डितहरु यो बैज्ञानिक यथार्थलाई मरीगए स्विकार्दैन । स्विकार्न जति गाहो भए एनआरएनए भित्र तीन वटा बर्ग छ । जसमा सवैभन्दा धेरै संख्यामा ( तीस लाख मध्ये झण्डै बिस लाख) र सवै भन्दा बढी उपेक्षित काँचो श्रम गरेर खाने तल्लो मजदुर बर्ग छ । तर भन्नु पर्दा दुख लाग्छ यो बर्गको मुद्दा एनआरएनएको केन्द्रिय मुद्दा कहिल्यै हुन सकेन । अहिले सम्म एनआरएनएले हिडेको पाइलाको डोब ,यसको विश्व सम्मेलन तथा क्षेत्रिय सम्मेलनमा बाँडिएको घोषणा पत्र , यसका अगुवाहरुको पृष्टभुमी, क्षेत्र, बिगत बर्तमान सवैकुरालाई मिहिन ढगंले केलाउने हो भने अव भन्नै करलाग्छ खाडी तथा मलेसियाको आम श्रमिकहरुको लागी एनआरएनए बोकाको मुखमा कुपिण्डो जस्तै हो । घोषणा पत्रको पुछारमा केही औपचारीक बुदा समेटने, राज्यको प्रतिनिधिहरु संग औपचारीक रुपले केहि बोल्ने तथा समस्यामा परेका पिडित कामदारहरुलाई केही परोपकारी सहयोग गर्ने बाहेक ठोस र दिर्घकालिन लाभको लागी केही गर्न सकेको छैन । श्रमिक हक अधिकारको पक्षमा राज्यसंग आँखा जुधाएर पैरवि गर्ने , श्रमिक मुद्दामा सतिसाल झै उभिरहने अपेक्षा अझै पनि एनआरएनए बाट गर्नु ठुलो मुर्खता हुन जान्छ । अझै भन्ने हो भने एनआरएनएले अहिले सम्म श्रमिक मुद्दाको बोक्रा मात्र समात्न सक्यो । श्रमिकका खास मुद्दामा न यसले कुनै बहस, अध्ययन , अनुसन्धान गरेको गयो न ती मुद्दाहरुको सघनताको बारेमा एनआरएनएलाईका केन्द्रिय अगुवा थाहा छ । श्रमिक मुद्दाहरुको बिषयमा अव श्रमिक एनआरएनहरु ऋाफै उठनु पर्छ । सरोकारवाला , नागरीक समाज , मिडिया , बुद्दीजिवी तथा देशभित्रको मजदुर संगठनहरु संग हातेमाले गर्दे आफनै राज्य संग बैचारीक तथा नितीगत लडाईलाई घनिभुत बनाउनु पर्छ । तर सवैले बुझेकै कुरा हो । समान्यतया अर्वपतिहरुको लागी लडाई रुचिकर शब्द नै होइन । तसर्थ अर्वपति एनआरएन हरुले मजदुर एनआरएनएको हितको लागी काम गर्छ भन्नु बिबिसीका पत्रकार नारायण श्रेष्ठको शब्दमा मुसाको सुरक्षाको लागी बिरालो पाल्नु जस्तै हो ।
खाडी तथा मलेसिामा नेपालको कुल जनसंख्याको झण्डै ८ प्रतिशत नेपालीहरु कार्यरत छन । जुन कुल परुषसंख्याको १५ प्रतिशत हुन आउछ । यहि क्षेत्रमा देशका झण्डै ११ प्रतिशत मतदाताहरु काँचो श्रम गरीरहेका छन भने तिनले देशको झण्डै ३० प्रतिशत परीवार पालेका छन । खाडीको नेपाली श्रमिक र राज्यसंगको तिनको अर्थ राजनैतिक तस्विर यति घनिभुत हुदाहुदै पनि यस क्षेत्रका श्रमिक सधै अपमानित भइरहनुको को मुल जिम्मेवार राज्य आफै हो । किनकी राज्यको सिङ्गो अर्थराजनैतिक मानचित्रमा अपमानको गास निल्न बाध्य यिनै श्रमिकहरु कतै पनि गोचर हुदैनन । अव राज्यसंग निरन्तर बार्ता, पैरवि र कानुनी लडाई लडेर यस क्षेत्रका मजदुरहरुलाई सम्मान र सुरक्षा दिलाउन मजदुर मुखी छुटै सञ्जाल गठन गर्नु बिलम्ब गर्नु हुदैन ।
तसर्थ यस क्षेत्रमा कार्यरत आम श्रमिकहरुको मुद्दा स्थापित गर्नको लागी एउटा छुटै सञ्जाल स्थापना गर्नु समयको नयाँ आवश्यकता हो । यसको अर्थ यो कदापी होइन कि एनआरएनए लाई यि देशहरुमा निषेधित गरीनु पर्छ । एनआरएनए संगको फरक मत केवल श्रमिक मुद्दामा मात्र हो । जसलाई एनआरएनएले नारामा मात्र सिमित गर्दा लाखौ श्रमिकहरु मथि ठुलो अन्याय भएको छ । त्यो बाहेक यसले गरेका अन्य कतिपय सकारात्मक कार्य तथा योगदानहरु प्रशंसा योग्य नै छ । र एनआरएनएले आफनो संस्थागत संरचना तथा नितीगत बहसलाई फेरबदल गर्नु जरुरी छ । यसले देश भित्र ठुला लगानी भित्रयाउने , दलाल पुजिपति होइन राष्टिय पुजिपती बन्न बाटो देखाउने ,ठुला खाले सामुहिक परोपकारी कार्य गर्ने ,दोहोरो नागरीकता वा नेपाली मुलका बिदेशी नागरीकहरुलाइ भावानात्मक तथा साँस्कृतीक रुपमा देश संग जोडने अभियानलाई अघि बढाउनु पर्छ । जसले गर्दा एनआरएनएको बास्तविक परीचय खुल्दछ । र एनआरएनएको असली टाउकोको सजिलै पहिचान हुनेछ । हालको एनआरएनएमा जतिसुकै सवल नेतृत्व आएपनि श्रमिक मुद्दालाई जरासम्मै समातेर उठाउनै सक्दैन किनकी यो संस्थाको प्राथमिकतामा अरु धेरै कुराहरु पर्न आउछन ।
सहि भन्नुभो दीपकजीले ! यदि NRN लाइ बचाईराख्ने हो भने यसको अन्तर्गत दुइ वटा छुटै संस्था हुनुपर्छ – एउटा नेपालि नागरिकहरु जो नेपालकै पासपोर्ट प्रयोग गर्छन (९५०%) र अर्को विदेशको नागरिक नेपालि हरु ( ५% या अझ कम) . हुनत अमेरिका र यस्तै मुलुक मा बस्ने कति स्थाई नेपालीहरु दोहोरो नागरिकता पाउने भएमा अनि ति देशको नागरिकता लिने भनेर बसेका होलान तर यो संख्या पनि समग्र विदेश मा बस्ने नेपाली हो १०% भन्दा बढी छैन . यी दुइ समूहका मुद्दाहरु नितान्त रुप मा फरक छन् . दोहोरो नागरिकता त १०-१५% नेपाली संग मात्र सम्बन्धित छ . तर यसैलाई ठुलो कुरा बनाइदैछ .
सावधान ! सावधान!! मानव तस्करहरु छन् है नजिकै अहिले यो संगठन भित्र होस् गरौँ NRN को नाम मा मुसाको नेतृत्व बिराला ले गर्दैछन
– समस्या भएको र निर्धा निमुखाको लागी बोल्दिने र गर्दिने गरि संगठित हुने पर्ने खाडी राष्ट्रहरुमा आफैं दलाल बनेर तिनै निमुखा र निर्धा नेपालीलाइ निचोर्ने माध्यम बन्ने NRNA
– युरोप अमेरिका कोरिया जापान जस्ता बिकशित मुलुकहरुमा कानुनिरुपमा बसोबास गर्ने प्रत्येक व्यक्तिको हक र सुबिधा ब्यबहारिक रुपमै लागु हुने गरी कानुनले नै ब्यबस्था गरेका छन् /
– १० बर्ष देखि अरबौंको लगानी भित्र्याएर देश बिकाश गर्छौं भन्नेहरुको लगानी त कता हो कता सम्मेलन खर्चनै नेपाल सरकारले व्यहोर्नु पर्ने ढाँटको खेती गर्ने NRNA /
– हुँदा हुँदा यो र त्यो पार्टीको प्यानल बनाएर चुनाब लड्ने, सबैतिर भ्याएर यहाँ पनी चरम राजनीति नै हुने हो भने
…………………………..किन र के का लागी NRNA ??????????????
एनआरएनसँग दिपक जी को लेख सान्र्दभिक छ । यहाँका एनआरएनहरुको नेतृत्व तिनै विरालाहरुसँग छ जसले मुसाको सुरक्षाको ठेक्का लिएका छन । एनआरएन दलालहरुको हातबाट नखोसे सम्म एनआरएनको छाँया देख्दा पनि तर्सनेछन खाडीका मजदुरहरु । दुतावासहरु चाहेर नचाहेर तिनै दलालहरुलाई आफ्नो सल्लाहकारका रुपमा मान्न बाध्य रहेको अवस्था पनि हो ।
मेरो प्रस्न दोहोरो नागरिकता चाहिनेको लागि , यदि तिमि लै नेपाली नागरिकताको माया छ भने त्यो त्याग्नी किन ?And WTF you demand for Dual Citizen ?Simple कि नेपाली बन या बिदेशी !दुइतै हातमा लड्डु चाहिने.कुरा सुन्दा नि मुखमा हान्नु जस्तो .!
मलाई अचम्म त यसमा लाग्छ खाडी मा काम गर्ने मित्र हरु एनआरएन को चिट्टा काटेर रमाउदै वकालत गरेको देख्दा !!!
प्रस्ताब मन पर्यो | अबको अबसेकता भनेको काम गरि खानेहरुको छुटै संस्था तयार गर्नु पर्छ | येदि तेसो गर्न नसकेपनि कमसेकम NRNA अन्तर्गत एउटा छुट्टै सम्येंत्र बनाउनु पर्छ जसले खाली श्रमिकहरु र मुख्य गरि अस्थाई बसोबास गर्ने NRN हरु को मुद्दालाई मात्र हेरोस् |
कुनै पनि संस्थामा विभिन्न किसिमको आबस्यकता भएका मानिसहरु हुनु स्वोभाबिकनै हो तर सबै को ती भिन्दाभिन्दै आबस्यकतालाई येदि सम्बोधन गर्न नसक्ने हो भने सो संस्था बिखन्डन तिर जान्छ | त्यसो हुन नदिन पनि NRNA ले यो मुद्धा को निकास निकाल्न सक्नु पर्छ |
हुन त हामी नेपाली हरु को बानि नया संस्थाको “अविस्कार” मात्र गर्ने छ | येदि कुनै संस्था को मुलभूत कुरा हरु मिल्छन भने सोहि संस्थाको बेबहार र कार्यसैली परिबर्तन गर्न तिर लग्नु राम्रो हुन्छ | तेसैले येस्पालीको NRNA को माहाभेलामा श्रमिक को आबस्यकता को बारेमा कुरा उठाउने हो कि ? हुनत श्रमिक मध्ये धेरै कम मात्र काठमाडौँ पुगेको होला | आखिरमा उही सक्ने हरु र नेता बन्न चाहनेहरु नै त सभागी हुने होलान नि |
सबै भन्दा राम्रो यो सबै ठाउँ बाट भोट गर्न सकिने बनाउनु पर्यो | तेस्ले जसको संख्या धेरै छ अथवा जसको कार्य नीति धेरैलाई समेट्ने खालको छ उनीहरुको नै जित हुनेछ | येसरी कमसेकम बहुसंखेक NRN हरुको भाबना समेटिने थीयोकी ?
लेखमा झट्ट हेर्दा यथार्तता जस्तै देखिए पनि NRNA प्रति पुर्वाग्रही भावना भरपुर देखिन्छ। पंक्तिकारले के बुझ्नु जरुरि छ भने NRNA भनेको घरको जोहो गर्न देशमा नसकेर बिदेसीएकाहरुको स्वयम् सेवी साझा संथा मात्र हो। एउटा गैर सरकारी संस्थाले के गर्न सक्छ?? बैदेसिक रोजगार, सुरक्षा,आप्रबास, लगानी इत्यादी NRN का ठेक्का नै हुन झैं गरि बुझ्नु हुदैन, यिनी कुरामा NRNA भन्दा सरकार र संबन्धित् देशको कानुनको भुमिका बढ्ता रहन्छ।
यसै पनि संस्था स्थापनाको जनतन दसक मत्रै पुगेको छ। NRNA लाई कुनै सरकारी मन्त्रालय वा योजना आयोग कै स्तरमा राखेर अपेक्षा राख्नु आफैमा मुर्खता हुन्छ। एक दसक सम्म देशमा संस्था दर्ता हुन नसक्ने खालका अप्ठाराहरु पनि हामी काहां भएको कुरा बिर्सनु हुदैन। यस बिचमा केहि एन. आर. एन. हरुले ब्याक्तिगत रुपमा गरेको लगानी र योगदानलाई नजर अन्दाज् गर्नु पनि उपयुक्त हुदैन। सायद जस्ले लगानी गरेको छ, देश प्रतिको माया र देश बिकासको भावाना बाटा प्रेरित भएरै गरेको हुनु पर्छ, ब्याक्तिगत स्वार्थ, नाफा र लगानी सुरक्षाको कुरा मात्रै हेरेको भए त सायद बिदेशकै लगानी फलिफाप हुनेथियो होला उनिहरुलाइ।
जहां सम्म सामुहिक लगानी को कुरा राता रात संपन्न हुने कुरा पनि होइन, सामुहिक लगानी कसैलाइ बाध्यता नभै एैछिक हो । सामुहिक लगानी अन्तर्गत झन्डै १००० भन्दा बढि साना ठुला लगानीकर्ता लाइ समेटेर २८ मेगावाट्को बिद्धुत् योजना अगाडी बड्नुलाइ सकारत्मक रुप्मा लिनु सक्नु पर्छ। मध्यपुर्व र मलेसिया लगायतका सवालमा NRNले प्रत्यक्ष गर्न् सक्ने केहि नभए पनि आवाज उठाउने, निति निर्माणमा दवाव, उद्दार लगाएतका भुमिका खेलेको कुरा पनि जग्जाहेर छ।NRN बाट जे जती आवाज, पहल कदमी, प्रयास,योगदान भएका छन राम्रै मान्नु पर्छ समग्रमा हेर्दा छोटो समयमै उल्लेखनिय भुमिका देखिन्छ। हामीले बिरोध मत्रै होइन भएका प्रगति लाइ प्रसंशा गर्न पनि सिक्नु पर्छ।
दिपेन जी म तपाई संग सहमत छु । म एन आर एन को सदस्य होइन तर एन आर एनको प्रयास लाई कदर गर्छु । हामीहरु सकारात्मक कुरा लाई सम्मान गरुम न कि बिरोध र खण्डन । साथीहरु सोच्छन एन आर एन नाम मात्र को संस्था हो । त्यसोभए नेपाल को कुनै राजनीतिक पार्टी लाई तपाई के भन्नु हुन्छ । खण्डन गर्ने साथीहरुले बरु नेपाल को पार्टीहरुको खण्डन गर्नु नि न कि भर्खर संगठित हुन लागेको एन आर एन को । एन आर एन कुनै व्यक्तिगत स्वार्थको लागि खोलिएको संस्था त होइन नि अनि रहयो लगानी को कुरा हाम्रा नेपाली साथीहरु प्ररिश्रम मिहिनेत गरेर कमाएको पुंजीलाई बिना कुनै ग्यारेन्टी र प्रतिफल को अपेक्छा बिना नेपाल मा लगानी गर्न त सक्दैन नि । त्यसमा सरकार ले पनि त मद्दत गर्नुपर्यो नि ।
रुसि क्रान्तिका नेता लेनिनले संसदलाई बोकाको टाउको झुण्डाएर कुकुरको मासु बेच्ने थलोको संज्ञा दिएका थिए।
मैले थाहा पाएसम्म यो चिनियाँ नेता माओत्से तुङको भनाइ हो । लेनिनले कहिले भनेछन् कुन्नी ।
यो भनाइ लेनिन कै हो मित्र रुशी क्रान्ति को इतिहास पल्टाएर हेर्नु होला
येस्तै ताईं न तुईंको कुरा त ओसामाले मर्नु अघि भनेको भनेर प्रचार गरिंदै छ. नेपाली गोर्खाली मसंग भएको भए जानेको थिएँ भन्यो रे… हाहाहा…
भोट दिने अधिकार किन्नु पर्ने एक अचम्म को खेल,
पृथ्वी नारायण शाहले भन्थे, घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्, त्यसैलाइ आधार मानी यो भन्नु सकिन्छ कि, भोट किन्ने र बेच्ने दुवै प्रजातन्त्रको बिरोधी हुन् | जुन सुकै शब्दले ब्याख्या गरिए पनि मैले सुने अनुसार NRN को चुनाबमा भोट हाल्नुलाई USD २०० (Not sure about amount but some thing similar) तिर्नु पर्छ रे, जुन मध्य पूर्व र मलेसियामा काम गर्ने अधिकतम मजदूरको १ महिनाको कमाइ हो | यहि महँगोमा भोट दिने अधिकार किन्नु पर्ने बाध्यताले अति नै ठुलो आप्रबासी नेपालीको समुहलाइ उपेक्ष्या गरे जस्तो लाग्छ | शायद यहि कारण ले होला , NRN लाइ धनि को मात्र संस्था भनिएको |
भेटवाल जी को कुरालाई नकार्न सकिने ठाउँ छैन तर बर्गीय हिसाबले मात्र ब्याख्या गर्नु भएको छ यो दृष्टिले मात्र ब्याख्या गर्नु राम्रो भएन /
NRN येती छोटो समयेमा भए पनि केहि भए पनि सकारात्मक काम गरिरहेको देखिएको छ र जहाँ पनि हजारौमा २/४ जना नै हुन् नेतृत्व गर्ने येस्मा (NRN)मा सबैको सहयोग भएको देखिन्छानै येसैलाई नै लेखाइको भाड़ो बनाउनु पर्छ भन्ने छैन /
लेखकले के विचार गर्नु पर्यो भने बिदेसमा आएका भनेका ९०%केहि जाने बुझेका मानिस नै आएका हुन्छन र येसलाई एथार्थ र सकारात्मक तरिकाले लेखिनु पर्छ भन्ने मलाई लाग्छ /
हैन सुमन जी तपाइले काहाको कुन तथ्यांक अनुसार विदेश मा ९० प्रतिसत पढेलेखेको नेपाली हरु मात्र जान्छ भन्नु भएकोहो ? तपाई आफै एथार्थ बाहिर गएर पुर्बाग्राही भै लेखक एनआरयेन बिरोधि हो भन्ने गलत बुझाई रहेको झैँ देखिन्छ ! तपाई बिकसित मुलुकमा हुनुहुन्छ होला र सबै त्येता हुने नेपाली लाइ सिछित देख्नु भयो, तर दुख लाग्यो तपाई जस्तो सिछित मान्छे लाइ पनि थाहा नहुनु कि करिब १० लाख बाहिर रहेका नेपाली मध्हे तपाई सिछित हरुको जमात करिब १० प्रतिसत मात्र छ भनेर ! अनि भन्नुस खाडी मलेसिया र इंडिया मा रहेका ति लाखौ लाख नेपाली श्रमिक हरुको प्रतिनिधित्वो खै त यो एनआरयेन भन्ने सस्थामा ? कि तिनै मुट्ठीभर का मानब तस्कर ठग दलाल जहाँ ४ लाख नेपाली संख्या छन् तर मात्र २००० एनआरयेन सदस्य बाट चुनिएर आएका छन्? कि तपाई हरुको एनआरयेन हरुले सोसित पिढित श्रमिक हरुको पक्छे मा भएंकर ठुलो लडाई लड्यो ? अब भन्नुस ति ९ लाख श्रमिक हरुले किन आफ्नै परिबेस अनुसार छुटै सोरूपको आफुलाई सुहाउदो संगठन बिस्तार गर्न नपाउने ? बास्तबिकता येही हो कि तपाई लाइ त्यो बढी पाओर भएको NRN चस्मा ले सहि दृश्य देखाई रहेको छैन , फुकालेर हेर्नुस सब प्रस्ट हुनेछ !
हरेक कुरो मा गुटबन्दी र राजनीति गर्ने हाम्रो नानी देखि लागेको बानी विश्वभरि छरपष्ट भएर पोखिएको छ जसलाई विदेश तिर संघ-सस्था भन्दा रहेछन /
यी संघ-सस्था कस्ता-कस्ता छन्?
कति बटा छन् ?
कस कसको यस्ता सस्था छन् ? गनेर गनि साध्य छैन, भनेर भनि साध्य छैन /
Hong Kong एउटा शहरमा मात्र राइ, लिम्बू, गुरुङ, मगर, नेवार, क्षेत्री, बाहुन, ठकुरी, शेर्पा, तामांग को आफ्नो आफ्नो सस्था मात्र होइन त्यो भित्र पनि राइको चामलिंग, दुमी, बान्तवा……., मगरको पुन, थापा, ,,,,, गुरुंगको घले, लामछाने……., ……४ जाते-१६ जाते बाहुनको पनि कुमाई – उपाध्याय…., क्षेत्रीको पनि खत्री, क्षेत्री,,,,, खै के के हो के के रे ? अनि त्यो माथि पनि जिल्ला-जिल्ला को शहर-शहर टोल-टोल को शाखा प्रशाखाहरु छन् / सम्झदा नै रिंगटा लागेर आउने खालको ……
“…….तर NRN भनेको त्येस्तो होइन……” भनेर धेरै जनाले भने मैले चाही पत्याइन !
येति राम्रो जबाब मैले आज सम्म mysansar मा पढेको थिन .धन्यबाद तेन्जिंग जी
“”तसर्थ यस क्षेत्रमा कार्यरत आम श्रमिकहरुको मुद्दा स्थापित गर्नको लागी एउटा छुटै सञ्जाल स्थापना गर्नु समयको नयाँ आवश्यकता हो । यसको अर्थ यो कदापी होइन कि एनआरएनए लाई यि देशहरुमा निषेधित गरीनु पर्छ । एनआरएनए संगको फरक मत केवल श्रमिक मुद्दामा मात्र हो । जसलाई एनआरएनएले नारामा मात्र सिमित गर्दा लाखौ श्रमिकहरु मथि ठुलो अन्याय भएको छ । त्यो बाहेक यसले गरेका अन्य कतिपय सकारात्मक कार्य तथा योगदानहरु प्रशंसा योग्य नै छ । र एनआरएनएले आफनो संस्थागत संरचना तथा नितीगत बहसलाई फेरबदल गर्नु जरुरी छ । यसले देश भित्र ठुला लगानी भित्रयाउने , दलाल पुजिपति होइन राष्टिय पुजिपती बन्न बाटो देखाउने ,ठुला खाले सामुहिक परोपकारी कार्य गर्ने ,दोहोरो नागरीकता वा नेपाली मुलका बिदेशी नागरीकहरुलाइ भावानात्मक तथा साँस्कृतीक रुपमा देश संग जोडने अभियानलाई अघि बढाउनु पर्छ । जसले गर्दा एनआरएनएको बास्तविक परीचय खुल्दछ । र एनआरएनएको असली टाउकोको सजिलै पहिचान हुनेछ । हालको एनआरएनएमा जतिसुकै सवल नेतृत्व आएपनि श्रमिक मुद्दालाई जरासम्मै समातेर उठाउनै सक्दैन.””
कुरो शत प्रतिशत ठिक हो | बास्तबमा एनआरएन को बर्गिकरणमा मै हुन् भन्ने तथाकथित उच्च पुंजीपति एनआरएनकै हाली मुहाली छ जसलाई बहुसंख्यक श्रमिक र रोजगारीमा हिडेका ती लाखौँ नेपालीको भन्दा कोरा नारा, मान र शानको लागि भेटघाट र मेडियामा छाउने रहर मात्र छ | नेपालमा बहुदल र गणतन्त्र आएपछि आम नेपालीले राजनीतिक दलहरुमा जस्तो भरोसा राखेका थिए तेस्तै देश बाहिर रहेका नेपालीको पनि एनआरएन प्रति भरोसा थियो | जसरि ती पार्टीहरुले जनताको आस भरोसलाई कुल्चिए तेसरीनै एनआरएनको एक दशकमा भएका काम कारबाहीले गर्दा यस प्रति सबैको हेर्ने दृस्टीकोण गिरेको छ | दुबैमा नेतृत्व गणको गलत प्रवृति र काम कारबाहीको कारणले उत्पन्न भएको अवस्था हो | आखीर सबै उही ड्याङ्गका मुला न हुन् !! तेसैले अलि सोच बिचार गर्ने जमात बिस्तार एनआरएनबाट टाढा हुँदै छन |
“मुसाको सुरक्षाको लागी बिरालो पाल्नु जस्तै हो” यो युक्तिले साएद एन आर एन का केहि ठुला हरुको राम्रै चरितार्थ गर्दछ जस्तो लाग्दछ|
राम्रो संग खोज्ने हो भने नेपाल तथा बाहिर म्यान पावर सप्लाई, बिदेशमा पनि रोजगारी दिने नाममा एस्तालेनै धेरै मजदुर नेपाली हरुलाई ठगि राखेको पाइञ्छ||
कसैले भिसा दिलाइदिने भनेर, कसैले रोज गार मा लगाई दिने भनेर, कसैले विदेश पठाउने बेबस्था गरिदिने भनेर|
तेतिले नपुगेर, दुख गरेर बचे कुचेको पैसा नेपाल पुर्याई हाले भने पनि नेपाल मा राजनीतिक फटाहा हरुले खाइदिञ्छन | इ ठग हरुको संख्या सानो भए पनि, संजाल भने संसार भरि (नेपाल भित्र र बाहिर) फैलिएको छ जस्तो देखिन्छा|
इनी हरुले सके सम्म ति सर्मिक हरुका कमाएको पैसाle उनकै बाल बच्चाचाई खुवौउने भन्दा, एन आर एन का ठगि बेबसयेमा फसाउने धन्दा हो| देखि हालियो बि बि एअर लाइन को चाला|
From the very start when they had their first conference inaugurated by Manisha Koirala – the image of NRN was distinctively clear – they represented not required nepalese. Their claim for dual citizenship is nothing more than a ploy to hide ill earned money or a creation of a money laundering machine. This groups of thugs will never ever be a legally registered body. I thought the debate on NRN will be over with Dasain holidays.
रुस बाट संगठन सुरु गरेको उपेन्द्र महतो ले राम्रो काम को सुरुवात गरेको थियो जसको फलस्वरूप विदेश मा बस्ने आप्रबासी हरु ले आफ्नो जन्म भुमि मा केहि गर्नु पर्छ भन्ने बिचार भएका हरु लाइ बस्न पाउने, काम गर्न पाउने अनि लगानी गर्न पाउने अधिकार पनि दिलायो. उनि धनाडये भएको कारण ले उनि प्रति लिने भन्दा देश लाइ दिने आकाञ्छ्या बढी थियो. अब अहिले आएर यी नया पुस्ता को गिद्ध हरु आफ्नो जन्म भुमि बाट र आप्रबासी नेपालि हरु लाइ दिने भन्दा लिने बिचार धारा का अनि नेपाल मा जस्तै देश र जनता भन्दा आफ्नो पार्टी बद्दता प्यारो भएका हरु मा पनि तेही आगो सल्किसकेको हुनाले अहिले आएर उपेन्द्र महोतो ले जुन बसाएको पबित्र मन्दिर जस्तो संगठन लाइ गन्हाउने संगठन बनाइसकेको देखेर धेरै दुख लाग्छ.
Recently, I have read so much commentary about NRN.
Living abroad for many years than I can remember now, I have so far not felt a neccessity to be a member of NRN. If I have fund, I am sure Nepalese government or people will not oppose me investing in Nepal.The point here is I do not have fund to make such an investment. So, I better keep quiet.
As far as keeping nepalese culture alive, my heart and blood are Nepalese regardless of my nationality.
We are better at conversation but not in action.
यो लेखमा लेखकले उठान गर्नु भएको जुन विषय छ बास्तवमा यो संस्था को नेतृत्व जसले गरि राखेको छ उनि हरु ढाडे बिराला हरुनै हुन् अनि बिरालाहरूको नेतृत्व मा यी बबुरा मुसा हरुको के होला हविगत नाराले समस्याको उठान सम्म पनि हुन्न त्यहाँ त दाउपेच अनि स्वार्थ सिद्धि र बेहिसाव किताव को फेहरिस्त भेटिंछ श्रमिकको लागि यो संथा ले केहि गर्ने जस्तो लाग्दैन अझ गर्छ भन्ने विश्वास नै छैन तसर्थ सामुहिक समस्याको उठानको लागि बिदेशी नेपालि हरुको हितको लागि विषयगत मुद्धामा अर्को संगठनको अन्तरास्ट्रिय रुपमा आवश्यकता देखिन्छ !