Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: परिवर्तन

यसकारण मैले मेरो धर्म परिवर्तन गरें

Posted on December 25, 2014 by परिवर्तन

-परिवर्तन- “धर्म परिवर्तन”को बहस चलिरहेका बेला एक रात मैले आफैसँग “मेरो धर्म के हो? भनेर प्रश्न गरें। उत्तर भेटिन। फेरि, कतै म नास्तिक त होइन वा कतै मैले मेरो धर्म परिवर्तन त गरिन? भन्ने प्रश्न गरें। त्यसको उत्तर पनि भेटिन। क्रमश: मैले जीवनमा आफूले गरेका कृयाकलापहरू सम्झिएँ। काठमाडौं बस्न लागेको १५ वर्ष भइसक्यो तर म… Continue reading

पृथ्वीनारायण र मेरो अस्तित्व

Posted on February 6, 2014 by परिवर्तन

परिवर्तन नेपालका ‘कम्युनिष्टहरू’ पाखण्डी छन् भन्‍नका लागि दुई-तीनवटा उदाहरण काफी छन्। दुनियाँका छोरा-छोरीलाई दशैंको बहिष्कार गर्न आह्वान गर्दै तथा धर्म विरोधी बनाउँदै आफ्नो जीवन विताएका मोदनाथ प्रश्रित र मोहनचन्द्र अधिकारी बुढेसकालमा सबैभन्दा धर्मात्मा बन्दै गायत्री मन्त्र र रूद्री पाठ पढ्न सिकाउन हिड्दैछन्। त्यति मात्र होइन हिंजोसम्म सामन्ती देखेको र समुल नाश गर्नुपर्छ भनेर हिंडेको राजतन्त्रको… Continue reading

शिवाको ‘लेक्चर’, किसान र बौद्धिक जमात

Posted on December 23, 2013December 23, 2013 by परिवर्तन

परिवर्तन सुन्दर बुट्टा कुँदिएका भित्ता, सिलिङ, उज्यालो बत्तीमा चम्किएका पर्दासँगै सजिएको बैठक कोठा। कुनै बेला यो राजा महाराजाको बैठक कोठा थियो होला। सिंहासनमा राजा बसेर उर्दी दिने वरिपरि भलाद्‍मी, सन्त, महन्त लगायत हुक्के, बैठके र कारिन्दाहरूको जमघट हुन्थ्यो होला। शंकर होटलको एउटा हल यस्तै लाग्छ। यस होटलको इतिहास मलाई थाहा छैन, त्यहाँ यस्तो बैठक हुन्थ्यो… Continue reading

“मोन्सान्टो” रिझाउने वाध्यतामा परेका लेखकहरू

Posted on December 20, 2013 by परिवर्तन

परिवर्तन मोन्सान्टोको विवादलाई केही विज्ञ, सरकारी कर्मचारी तथा पत्रकारहरूले सामान्य हाइब्रिड विउ हो र यसको प्रयोग हुँदै आएको र कानूनी हिसाबले पनि यो आउनु गल्ति नभएको भनेर बुझाउने कोशिस गरिरहेका छन्। उनीहरूको यो तर्क बुझ्नका लागि उनीहरूको नेटवर्क र नेपालमा मोन्सान्टो भित्र्याउन खोजेको कम्पनीबीचको व्यापारिक तथा आर्थिक सम्बन्धका विषय पनि सँगै बुझिनुपर्छ। विज्ञापन दिएर मात्र… Continue reading

उल्टो हिँडेको राजनीति

Posted on November 3, 2013November 6, 2013 by परिवर्तन

परिवर्तन चुनाव हुन्छ हुन्न भन्ने निश्चितता नभएपनि चुनाव भएमा त्यसको परिणामले सबैभन्दा फाइदा राप्रपा नेपाल अर्थात् राजतन्त्र (गणतन्त्र विरोधी), संघीयता विरोधी र जनयुद्ध तथा २०६२/०६३ को आन्दोलन नस्वीकार्ने समूहको हुनेछ भन्ने कुरामा कुनै शङ्का छैन। अहिलेको सामान्य आँकलनले राप्रपा नेपालले २० देखि ३० वटा समानुपातिक सिट जित्ने अनुमान गर्न सकिन्छ चुनावसम्म त्यो संख्या बढ्न पनि… Continue reading

तत्कालिन माले, वर्तमान माओवादी र राष्ट्रियता

Posted on November 1, 2013 by परिवर्तन

परिवर्तन बामदेव गौतम, अशोक राईको नेतृत्वमा एमालेबाट माले टुक्रियो। राष्ट्रियताको चर्को नारा बोकेर हातमा झण्डा बोक्दै योगेश भट्टराई, रविन्द्र अधिकारी, ठाकुर गैरे लगायतका आलाकाँचा युवाहरू कालापानी पुगे र भारतीय विस्तारवादका विरूद्ध आन्दोलन गरेको नाटक गरे। एमाले पूर्णत: भ्रष्ट भएको, राष्ट्रियता कमजोर बनाएको, महाकाली बेचेको लगायतका अनेकौं आरोप लगाए। उता माउ पार्टीले फुटेर गएकाहरूलाई सुरासुन्दरीको आरोप… Continue reading

चुनावी परिणामको एउटा अनुमान

Posted on October 27, 2013October 27, 2013 by परिवर्तन

परिवर्तन चुनाव हुने चर्चाका माझ चुनावी चहलपहल शुरू भएको छ। नाटक नै सही केही नयाँ र सामाजिक परिवर्तनका सङ्केतहरू पनि देखा परेका छन्। गगन थापा र नन्दकिशोर पुनको चुनावी क्षेत्र, प्रचण्डसँग प्रचण्डलाई हातपात गर्ने एक व्यक्ति चुनावी मैदानमा उठेको प्रसङ्ग, गुल्मीका अशोक थापाले दलित तथा जनजाति महिलाहरूलाई खुट्टा ढोगेर भोट मागेको कुरा, कमल थापाको गाईको… Continue reading

पूर्व राजाको जिल्ला भ्रमण र अस्तित्वको खोजी

Posted on September 24, 2012September 24, 2012 by परिवर्तन

परिवर्तन राजनीतिमा स्थायी शत्रु तथा मित्र हुँदैनन् त्यसैले मोहन वैद्य र शुशिल कोइराला नजिक हुनु कुनै अचम्मको कुरा होइन जस्तो कि गौर काण्डमा आफ्ना ३० जना कार्यकर्ता मारिएको केही वर्षपछि माओवादी र मधेशवादीको मिलन सम्भव भयो। केही समयपछि मोहन वैद्य र पूर्व राजा ज्ञानेन्द्रका बीच राष्ट्रियताको विषयमा मिलन भयो भने पनि त्यो नयाँ र अचम्मको… Continue reading

प्रसङ्ग : लिटरेरी मेला

Posted on September 13, 2012September 13, 2012 by परिवर्तन

परिवर्तन अघिल्लो वर्ष आयोजित ‘नेपाल लिटरेरी फेस्टिवल’ र ‘काठमाडौं लिटरेरी जात्रा’ले साहित्य, लेखन तथा प्रकाशन क्षेत्रसँग चासो राख्नेहरूका लागि नयाँ माहोलको सृजना गरिदिएको थियो। त्यसो त वर्षेनी आयोजना हुँदै आइरहेका अन्य पुस्तक प्रदर्शनी मेलाहरूले पनि साहित्यकार तथा पाठकहरूलाई एकै ठाउँ ल्याउने काम नगरेको होइन तर यी दुई फेस्टिवल वा जात्रा भने अलि वेग्लै प्रकृतिका छन्।… Continue reading

प्रचण्ड र भट्टराईले पद छाड्नु पर्छ

Posted on June 19, 2012June 21, 2012 by परिवर्तन

– परिवर्तन औपचारिक रूपमा माओवादी फुटेको छ। चुनवाङ बैठकदेखि बढ्दै गएको विवाद मात्र होइन जनयुद्ध पछि वैद्य पक्षहरूको भूमिकालाई कमजोर पारिनु, पार्टीले युद्धका वेला लडेका कार्यकर्ताको भावना नबुझ्नु र एकता केन्द्रसँगको एकीकरणपछिको पछिल्लो समयमा आफ्नै पुराना लडाकु र दु:ख पाएका कार्यकर्ताका सट्टा ठेक्का-पट्टा र जग्गा दलाली गर्नेहरूले जिल्ला-जिल्लामा नेकपा (एमाओवादी)को नेतृत्व गरिरहेको सन्दर्भमा वैद्य समूहले… Continue reading

कसले गरिरहेको छ जातीय राजनीति ?

Posted on May 31, 2012June 2, 2012 by परिवर्तन

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन _________________________________________________ -परिवर्तन- राजकुमार लेखी र पासाङ शेर्पाले एमाले छाड्ने जानकारी दिएका छन्। यी दुई जनाले पार्टी… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme