-बालकृष्ण दाहाल-
म रारा चाउचाउको उपभोक्ता हुँ। सकेसम्म प्राकृतिक कुराहरु नै बढी उपभोग गर्न रुचाउने भए पनि कहिलेकाहीँ छिटोको लागि चाउचाउ खानै पर्ने हुन्छ। तुलनात्मक रुपमा रारा त्यति धेरै रासायनिक पदार्थ नहालेको जस्तो देखिने र धेरै स्पाइसी नहुने हुँदा रारालाई छानेको हुँ मैले।
हप्ता दिन जस्तो अगाडि ल्याएर राखेको केही पाकेट मध्ये राराको अन्तिम प्याकेट बिहीबार पकाउन खोलेर सिजनिङ पाउडरको प्याक खोज्ने क्रममा सेतो रङको चाउचाउभित्र केही कालो पदार्थ देखियो।
लाग्यो एउटै तेललाई धेरै पटक प्रयोग गर्दा यस्तो आएको होला। भाँडोमा खन्याएर हेर्दा त थुप्रै कालो सानो-सानो कुरा पानीमा तैरिएको दैखियो। कालो मध्येको केही बाहिर निकालेर हेर्दा पो थाहा भयो कालो त मरिकेका अनगिन्ती घुन किरा पो रहेछन्। पाकेटभित्र रहेको सिजनिङ पाउडरको सानो प्याक खोलेर हेर्दा त्यो पनि धूलो नभई डल्लो परेको थियो।
त्यसपछि मैले जुन पसलबाट किनेको हो त्यो पसलमा गएर सबै कुरा बताएँ। पसलेले सप्लाई गर्नेलाई सोधे र उताबाट उत्पादन गर्ने कम्पनीमा कम्प्लेन गर्नु भने जवाफ आयो। बेलि-बिस्तार लेखेर राराको खोलमा दिएको इमेल ([email protected])मा पठाइदिएँ। तर एक छिनपछि डेलिभरी फेलरको इमेल पो आएछ। पछि कम्पनीका मान्छेसँग कुरा भए पछि थाहा भो त्यो इमेल चल्तिमा रहेनछ।
कम्प्लेन त गर्नै परो भनेर गुगल गरेँ वेबसाइटको लागि। हिमश्री फुड लिमिटेडले उत्पादन गर्ने राराको वेब-साइट केसी ग्रुपभित्रको साइटमा भेटियो। त्यसमा दिइएका तीन वटा नम्बरमा फोन गर्दा दुइटामा उठेन। एउटा चाहिँ निजी प्रयोजनको लागि प्रयोग हुने फोनमा पो पुग्यो।
त्यसपछि पनि मैले कम्प्लेन गर्ने उपाय खोजी गरेँ र १९७ मा फोन गरेँ। पहिला काठमाडौँको नम्बर लिएँ जुन उठेन। फेरि फोन गरी पोखराको नम्बर मागेँ र फोन गरेँ। त्यसमा भने एक जना महिलाले उठाइन्। मैले बेलिबिस्तार लगाएँ अनि तिनले पुरानो चाउचाउसँग नयाँ राखेको हुँदा त्यस्तो भएको होला भन्ने जवाफ आयो र प्रडक्सनको मान्छेलाई फोन गर्नुस् भनी पोखराको अर्को नम्बर टिपाइन् जुन फोनमा फोन उठेन।
फेरि मैले पहिलाकै नमबरमा फोन गरेर दिएको फोन नउठेको र बाँकी मेरो भनाइ राखेँ जसमा पाकेटमा दिएको इमेल अपडेट नगरेको, पाकेटमा कम्प्लेन गर्नको लागि फोन नम्बर नराखिएको, वेबसाइटको फोनहरु गल्ती राखिएको र गुणस्तर सम्बन्धी गुनासो गर्दा यथेस्ट चासो नरहेको हुँदा मैले जन-स्वास्यमा असर पर्ने देखेको कारण मिडिया, उपभोक्ता मञ्च र सम्बन्धित निकायमा यो सूचना दिन जरुरी छ भनेर सुनाइ दिएको थिएँ।
केही बेरपछि पहिला नउठेको प्रडकसनको भनिएको फोनबाट एक पुरुषले फोन गरे। मैले त्यही कुरा दोहोराएँ र उद्योगलाई बदनाम गर्ने आफ्नो उद्देश्य नरहेको तर उद्योग समाज प्रति उत्तरदायी हुनु पर्छ भन्दै यस विषयमा उपयुक्त कदम चाली कसको लापर्बाहि हो कम्पनी पत्ता लगाउन तिर लाग्छ भन्ने बिस्वास दिलाउनुस् भन्ने कुरा राखेँ। उनले मलाई काठमाडौँमा मार्केटिङ हेर्ने मान्छेको नाम र फोन नम्बर दिए। मैले उनैलाई फोन गर्न लगाइ दिन भनेँ। स्याम्पल कलेक्सन गर्न आउने र ल्याबमा टेस्ट गर्न लाने भन्ने कुरा गरे पनि मलाई त्यो दिनमात्र हैन आजसम्म पनि फोन आएन उनीहरुको तर्फबाट। मैले उनलाई खोल र डल्लो परेको सिजनिङ प्याक छ, चाउचाउ नै चाहिने हो भने चाँडै पठाउनुस् नत्र पानीमा हालिसकेको चाउचाउ फ्याँक्नु पर्ने हुन्छ भनेको थिएँ।
पछि पाकेट ध्यान दिएर हेर्दा पाकेटको अगाडि पट्टीको रङ्गीन भागमा केही (मेसिन हुन सक्छ)मा च्यापिएर काटिएको जस्तो सानो लाम्चो छिद्र देखियो। पहिलाका २ वटा पाकेटमा पनि सिजनिङ पाउडर चैँ डल्लो परेको थियो तर घुन भेटिएको थिएन। उत्पादित मिति हेर्दा मिति नाघेको देखिँदैन चाउचाउको। पाकेटमा दिएको उत्पादन मिति ५ जुन २०१३ छ जुन तलको फोटोमा हेर्न सक्नु हुन्छ र बेस्ट बिफोर ९ महिना छ।
यो फोटोमा देखिएको कालो पदार्थ घुन हो। मैले फोटोहरु मोबाइलबाट खिचेको हुँ जुन स्पस्ट नदेखिन सक्छ।
सिजनिङ पाउडरको प्याक काटेर डल्लो परेको पाउडर माथि थिचेर निकाल्दाको फोटो तल देख्न सक्नु हुन्छ।
म आफै बिजनेस प्रफेस्नल भएको कारणले पनि माथि भने जस्तै यो ब्लग लेख्नुको उद्देश्य देशमा चलिरहेका उद्योगलाई बदनाम गर्नु र धरासायी पार्नु होइन। तर समाजप्रति उत्तरदायी बन्नको लागि यो तथ्यलाई बाहिर ल्याउनु जरुरी ठानेको हुँ। बाँकी उपभोक्ता अधिकारवादी संस्था र रारा उत्पादन गर्ने कम्पनी हिमश्री फुडको जिम्मा! कम्पनीले यसमा कस्तो भूमिका खेल्दो रहेछ र यो कम्पनी आम उपभोक्ता प्रति कत्तिको संवेदनशील रहेछ र उसले आफ्नो इमान्दारीता आम उपभोक्ता प्रति देखाउँदो रहेछ कि रहेनछ, यसबाट देखिनेछ। यसमा उत्पादक कम्पनी राराको उत्पादन प्रकियामा समस्या नहुन पनि सक्छ तर उपभोक्तासम्म आई पुग्दा गुणस्तरीय रारा चाउचाउ उपलब्ध गराउनु उत्पादक कम्पनीको दायित्व हो। उपभोक्तासम्म आइपुग्न प्रयोगमा आउने सप्लाई चेनलाई कम्पनीले उतरदायी बनाउने आन्तरिक गतिविधिको कुरा हो, जुन सम्पूर्ण उपभोक्तालाई थाहा हुने कुरा हैन। उपभोक्ताले रारा चाउचाउ ISO 9001:2000 certified company बाट उत्पादित भएको गुणस्तरीय चाउचाउ भनेर किन्ने हो। अनि हामी उपभोक्ताले पनि राम्रो कम्पनीको माग गर्यौँ भने मात्र आउने दिनमा समाजका समस्या थोरै-थोरै गर्दै हट्दै जाँदा लामो समयमा ठूलो परिवर्तन भएको देखिएला।
के भन्नु र? Kwality को सल्टी Biscuit (Morning Touch) किन्ने गरेको, एक चोटी Biscuit मा एउटा सुन्दर कालो कपाल भेटियो, केहि छैन, झुकियेर पर्यो होला भनेर चित्त बुझाए, अर्को चोटि खोलेको पोका खोल्ने बित्तिकै भित्र बाट कमिला हरु निस्किए |
अब देखि त्यो Biscuit नै नखाने भनि चित्त बुझाईराको छु |
देश भक्ति देखाएर नेपाली उत्पादन किन्ने गर्दा उल्टै नेपाली ब्यापारी को लापरबाहीले बिदेशी उत्पादन खरिद गर्न बाद्य बनाउछ |
हरे शिव, एउटा मन पर्ने चाउचाउ भनेको तेही रारा थियो, त्यसको बारेमा पनि यस्तो पढ्नु पर्यो आज! सारै बोर लागेर आयो – अब त सायदै कुनै चाउ चाउ खाइन्छ होला वा केटाकेटीलाई खान दियिन्छ होला !!!
बिबेक जी ठिक भन्नु भयो ! मैले पनि एक महिना मा ८ दर्जन जति रारा प्रयोग गर्थे तर आज को यो ब्लग हेरे पछि अब लग्छ नेपाल मा कुनै पनि बजारिया खाना खान हुन्न …… राम नाम सत्य ! राम नाम सत्य !! राम नाम सत्य !!!
मलाई पनि पेप्सी कम्पनी ले तेसरी नै झुलाई रहेको छ ! पेप्सी संग मेरो गुनासो कुनै दिन यहि म्य्संसर मै पोख्नु पर्ला जस्तो छ ! कपन डिपो का मालिक शंकर लामा को उत्तर र पेप्सी कम्पनी को अनुत्तरदायी जवाफ ले मलाइ आक्रामक बनको छ ! वाई वाई रारा र पेप्सी कम्पनी को भण्डाफोर गर्न सदैब लागि पर्नु पर्छ !
Thanks for raising such a very sensitive issue directly related to our lives. I should think some of us might have gone through all this. However due to lack of time/courage it has not been exposed in-front of the public yet. The boldness you have shown by publishing this article, with proof which is very important in media, in Mysansar would certainly help me and other people with the bold message “care should be taken before eating anything bought from the market does not matter how reputed company’s products are”. This is very much one of many such poor quality products, “Saau jees” have been selling without any fear. The reason is simple in our governance principle the word “punishment” is disabled for those who are rich and have got high level political link to the politicians.
Once we all public start echoing against inhumane means of earnings and barbaric thought of those people who wanted to kill people and establish them being wealthy person in our society should be exposed and bring them to the justice and give them a severe punishment making it as an example for the other people who even will not even think about it in their dreams.
I would just like to suggest all our parents, brothers and sisters please if you find anything like that come up and exposed it. If you do so means you are a real citizens of the society.
Development of the country and welfare of the people is only possible once we start excluding those people from our society and get them a severe punishment who are involved in such an atrocities by various means related to our lives.
मैले चाउचाउ खान छोडेको १५ बर्ष भन्दा बढी भयो / खाजा खानुपर्दा आलु चिउरा (आ.चि.!) , भुटेको मकै, उसिनेको आलु, हरियो काक्रो, उसिनेको भटमास, भिजाएको चना, हाडे बदाम, पेस्ता, दाख (किसमिस) खान्छु / ति खानेकुरा चाउचाउ भन्दा स्वादिला लाग्छन मलाई / स्वस्थ र पौष्टिक त छैदैछन् / ति मध्ये केहि चाउचाउ जत्तिकै टिकाउ, बोकेर लान मिल्ने, झोलामा सजिलै प्याक गर्न मिल्ने छन् / धेरैजसो बनाउन धेरै समय लाग्ने पनि छैनन् / सकेसम्म प्राकृतिक खाद्यवस्तु खाने मेरो बानि छ / साथीहरुलाइ भनिरा’को मात्रै है, अन्यथा नलिनु होला /
आलु चिउरालाई() मा आची नै लेख्नु परिने चै किन होला ? घरतिरको बोल्ने भाषा तेही होकी सोल्टीको
घरमा त होइन हामि कलेज मा चै आची नै भनेर खान्थ्यौ / दिउसो भए’सी “आची खान हिड होइ केटा हो” भनेर कसैले उर्दी लाउथ्यो, सबैजना किताप सिताप बन्द गरेर खुरुखुरु उर्दी लाउने को पछिपछि लाग्थ्यौ / केहिले काही ‘आची’ को सट्टा ‘चची’ (चना चिउरा) खाइन्थ्यो / तेसैको सम्झना आएर आची नै लेखेको नि हौ सोल्टा ……………
तपाईले कम्पनि बाट पैसा (र जरिवाना ) फिर्ता पाउनु पर्छ … रारा चाउचाउ ले माफी माग्नु पर्छ … येति भएन भने काम न भएको कुनै वोकिल समातेर मुद्धा लड्नु पर्छ
१५ रुपिया को chauchau , अनि फोन आदि को
१५ रुपिया चाउचाउ + ५० रुपिया फोन को + ५०० (1५ -1६ घण्टा को ज्याला फोन गर्न र ब्लग लेख्न खेर गएको समय) + रु १ लाख जरिमाना (किन भने झुकियल खाएको भए कि अस्पताल को बास हुन्थ्यो कि ज्यान पनि जान सक्थ्यो नि ??, अनि बेकार को टेन्सन भएको ) ….
मेरो पनि मन पर्ने नुडल्समा रारा नैं थियो । तर जब देखि रारा नुडल्सको मसलाको प्याकेटमा अजिना मोटो भन्ने पदार्थ मिसाएको देखे, त्यस पछि त्यो चाउचाउमा वितृष्णा बढेको छ । आफ्नै देशको चाउचाउ खाने मन गरेको थिए, तर आफैलाइृ मन नपर्ने पदार्थ (अजिना) देखि पछि म्यागी खान थालेको छु । सुधारेमा रारा पनि खान थाल्छु । तर अहिलेलाई रारालाई बिदा ।
म्यागी होस्, वाईवाई होस् या रारा नै किन नहोस, हरेक चाउचाउमा मोनोसोडियम ग्लुटामेट (एम एस जी ) अर्थात अजिनो मोटो, आम भाषामा टेस्टिङ्ग पाउडर भएकै हुन्छ ! प्याकेटमा लेखेपनि नलेखेपनि त्यो नभई चाउचाउको फोर्मलिटी पुरा हुँदैन ! सकेसम्म चाउचाउ भन्दा दुधमा ड्राईफूड्स हालेर खाएको ठिक, म त त्यहि पो गर्छु त आजकल !!
होइन हो राजेश जी म्यागी को नाम मात्रै सुन्या कि खाको पनि हो म्यागी मा अजिना मोटो हुन्न भनेर !! अहिले बजार मा पाइने समोसा – म म हरु मा त अजिनामोटो हाल्छ ! अजिनामोटो सन्तुलित मात्रा मा खादा खासै हानिकारक होइन ” हेर्नुहोस गत साल को अमेरिकन हेल्थ ओर्गनाइजेसन” को रिपोर्ट ! बि बि सी न्युज मा नि देको थ्यो – भेट्टाए भने यसै कमेन्ट को मुनि राख्ने छु !
लगभग १२-१५ वर्ष अगाडी यो घटना मसंग पनि घटेको थियो र अाज सम्म पनि मलाई रारा चौचौ घर मा लेराएर पकाउ्दा तेही कुरा याद अाउछ!
…… क मा घाम आउन्जेल सुतो कि गफ जोतेर उठो अनि उठेपछि आँखाले देख्ने र दिमागले सोच्ने नै चाउ चाउ / १० मिनेट बेसी टाइम निकालेर भान्सा पस्ने हो भने एक से एक पौष्टिक नास्ता तयार हुन्छन घरमै भएका सर सामान बाट त्यो पनी केमिकल फ्री /
राराले देश र विदेश मा कमायको साख कायम राख्न तुरुन्त Production Process निरिक्ष्यण गरोस र आम जनतालाई रारा खान योग्य चाउचाउ हो भनि निश्चिन्त गरावोस, कम्पनि र गुणस्तर बिभागलाई चेतना भया .
After going through your article and all the pains you have beared to contact so many people, one thing is clear, there is no customer support at all. Is not there any system to sue such company ?. You donot have to run after them. They have to come after you and feel sorry for providing such poor quality consumer product in the market without doing quality control. It seems they are not accountable and no regrets for all this things. You have to complain the consumer forum and its the job of the government to monitor FMCG quality aspects and take proper actions and penalize them.
यो लेखले धेरै उपभोक्ता हरुलाई चनाखो हुन उत्सुक बनौनछा| नेपाल मा धेरैजसो उत्पादक हरुले ग्राहकले पैसा तिरे अनुसारको कुनैपनि सेबा पुराएको देखिएको छैन|
तेसैले आफ्नो ब्यापारी जिम्मेबारी पुरागर्न नसक्नेहरुले उनीहरुको कर्मको फल बेहोर्न तैयार हुनु पर्दछ| यो भनाइको अर्थ हो यस्ता कुयेका चिज खाएर स्वास्थ खराब गर्नु भन्दा अरु बिकलमा जना खोज्नु राम्रो हुन्छा| जब उपभोक्ता ले यस्ता चिज लाई बहिस्कार गर्छन र तिनीहरुको बेपार कम हुन थाल्दछा, यस्ता हेपाहा प्रबिर्तीका बेपारी आफै ठेगान मा आउछन|
कानुन नभएको र नपुङ्ग्सक सरकार हुने देशमा सर्ब साधारण ले गर्ने यतिमात्र उपाए येही हो| यसले प्रकितिक न्याएको बेबस्था आफै हुन्छा|
यी कुरा फटाहा, चोर र अपराधी नेता लाई ठेगानमा लगाउन पनि कम गर्दछ|
यो देश नै लापरवाही को देश हो जहाँ जसले ज गर्दा नि हुन्छ.
साना लै ऐन कानुन र ठुला लाई केइ न केइ..
नेपाली जनता को आशु लाग्छ कुनै न दिन यस्ता पापी हरु लाई……
अब त ISO राजनीतिक पार्टी अनि राजनीतिकर्मीले पनि लिन बेर छैन हाम्रो देसमा तर सबै मिसावोटिमात्र छन् |
बेला बेलामा रारा वाई वाई मा सुन पुरस्कार भन्या सुनेको चाहि हो, घुन भन्नु पर्नीमा सुन भन्या होलान/ मैदा पिठो बाट बनेको च्याउ च्याउमा घुन त पर्छ, घुन होइन, भोटे कुकुर्नी परेपनि तपाइले खान छोड्ने होइन , फेरी केको डम्फु बजाइरा भन्या !!
बालकृष्ण जी,
सर्बप्रथम धन्यबाद,
करीब दुई वर्ष अगाडी मैले पनि ठ्याक्कै यस्तै घुन कीरा भएको रारा फेला पारेको थिए, पकाउनको लागि भाँडामा राखेको त किरैकिरा l यहाँ सम्म त ठिकै थियो तर अरू तीन वटा पाकेटहरु पनि तेस्तै l सबै फालिदिएँ l
अखाद्य तेल भनी प्रमाणित भै सकेको wai wai माथि परेको मुद्दा त बाटो बीच नै हरायो .खै कसले के थाहा पायो ?…अब नेपाली को सजिलो आहारा भनी चिनिएको रारा ले पनि यस्तो लापरवाही गर्छ भने उत्पादक कंपनी लाइ मात्र होइन कि नेपाली बजारको खाद्य लाइ सुरक्षित गर्ने जिम्मा पाएको ‘खाद्य अनुसन्धान शाला , बबरमहल’ पनि अनुसन्धान को घेरा भित्र पर्नु पर्ने देखिन्छ.
फेरी धेरै मासु परेछ तपाइको चाउ-चाउमा भनेर थप पैसा ठटाउला नि !
एउटा उपभोक्ताको हिसाबले आफ्नो दायित्व सही रुपमा निर्वाह गरेर हामीलाई पनि सचेत गराउन भएकोमा बालकृष्णजीलाई मुरी पाथी धन्यवाद दिन चाहन्छु|
रारा, वाईवाई, म्यागी आदि चाउचाउहरुले जन स्वास्थ्यमा खेलवाड गरेका छन्|
यस्ता प्याकेटका चाउ चाउ फुको वा प्याकेट संगै आउने मसाला संग पानीमा भिजाएर
नखाने अनि सकेसम्म ताजा तरकारी मिसाएर झोल बनाएर खाए वेस, अण्डा वा मासुको झोलसंग खाए पनि हुने भनेर सचेत गराईन पर्छ| स्कुलका बिद्यार्थीहरु र भरियाहरुले सजिलो र पेट भर्न लाइ फुको वा पानेमा भिजाएर चाउचाउ प्रयोग गर्छन तर अन्तमा गएर यसमा पौष्टिक पदार्थ केही हुँदैन| कहिले काँही एउटा दुइटा मात्र नभएर यस्तो प्रयोग रुटिन जस्तै बन्छ, तब यसले स्वास्थमा दिर्घकालिन हानी पुर्याई रहेको पत्तै हुँदैन|
उपभोक्ता मंच संग मेरो अनुरोध के भने
१. समय समयमा स्याम्प्लिंग गरेर बिभिन्न भौगोलिक स्थानबाट गुणस्तर जांच
गराउने
२. प्याकेटमा ठुलो अक्षरमा फुको नखाने अनि अनिवार्य रुपमा सानोतिनो भए पनि जे पाईन्छ वा सकिन्छ ताजा भेजिटेबल संग झोल बनाएर खाने वा तर अण्डा, मासुको झोल संग खाए पनि हुने| चाउ चाउ सेतो मैदाको डल्लो बाहेक केहि होइन र यसमा केहि पौष्टिक तत्व नभएको पनि उल्लेख गरिन पर्छ| चाउ चाउ संगै मसलाको गुणस्तर, र सप्लाई चेनले गुणस्तर कायम राख्न सक्ने प्रबिधिको पनि समयको अन्तरालमा अनुगमन र परिक्षण गरिन आवश्यक छ|
३. सबै बिज्ञापनमा पनि माथि उल्लिखित सुचना फाइन प्रिन्टमा होइन तर देखिने ठुला अक्षरमा राखिन वा सुचित गरिन पर्ने पनि अनिवार्य गरिन पर्छ|
बालकृष्णजीले ISO certification को बारेमा पनि उल्लेख गर्नु भएको छ|
ISO certification भनेको हाम्रा डाक्टरहरु जस्तो एकचोटी मेडिकल काउन्सिलले प्राक्टिस गर्न स्वीकृति दिएपछि (कि यो स्वीकृति बिना पनि चल्छ?) संधैलाई पुगे जस्तो होइन| बर्ष बर्षमा ISO Certification नवीकरण गरि रहन पर्ने हो भन्ने लाग्छ| प्याकेटमा
ISO को लेबल लगाए पछि त्यो पनि ISO ले चेकजांच गर्न पर्ने हो| अरु सामानहरुको पनि
त्यसरी नै ISO ले बेवास्ता गरेको हुनसक्छ|
देशको स्वास्थ्यको जिम्मा लिएका स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य विभागलाई यी सब कुराका चासो र मतलब नहोला| किनभने उनीहरु नै नक्कली औषधि खरिद गरेर जनताको स्वास्थ्यमा हेल्चाक्राई गरिरहेका छन्| स्वास्थ्य बिभाग खरिद गरेर कसरि कमिसन आउने भन्नेमा मस्त होला| त्यहाका सचिव, उपसचिव, महानिर्देशक, निर्देशक र अन्य हाकिमहरु गाउँका हेल्थ चौकीमा पुगेर के नपुग होला भन्नु छैन यो र त्यो सेमिनार तालिम वर्कशप आदिमा देश विदेश भ्रमणमा दौडदा फुर्सद छैन| कमाई र घुमाई पनि राम्रै छ, कसले वास्ता गर्ने जन स्वास्थ्यमा| स्वास्थ्य मन्त्रालयको काम भनेको कुन सामान खरिद गर्दा कति कमिशन पाइन्छ र कसलाई सरुवा बढुवा गरेर रकम असुल्न सकिन्छ भन्ने तिर बढी गएको प्रष्ट देखिन्छ| महा नगरपालिकाको कुरै नगरे पनि भो| कामचोर, घुसखोरी, फोहोरी बढाउने, घाम तपुवा, राजनीति गर्ने, गफ दिने आदिको भीड छ|
चाउ चाउमा कसैले ISO को ध्यान पनि आकृष्ट गराइदिनु होला|
कोकको बोटलमा लेउ, पाउरोटिमा मुसा, चाउचाउमा घुन उस्तै प्रकृतिका कुरा हुन जुन वर्षमा एक दुई चोटि देखिन्छन् । उद्योगले Quality कन्ट्रोलमा अलिकति ध्यान दियो भने समाधान होला । तर १ वर्ष अगाडि मिडियाले फुकेको, वाणिज्य विभागले उजारेको, हामि सबैले दुत्कारेको काठमाडौको मिठाइ पसलहरु के हुँदै छन् अचेल । अहिले त सामान्यरुपमा त्यहि मिठाइले दर खाने कार्यक्रम हुँदै होला । खोइ त Monitoring अनि त्यसको News ।।।
बालकृष्णजी
मै पनि चाउचाउ खानु पर्ने अवस्थामा रारा नै खान्छु, अहिले मैले पनि धरानमा ०६।०६।२०१३ ब्याच नं.०२मा यस्तै घुन भेटेर किनेकै पसलमा बाँकी चाउचाउ फिर्ता गरिदिए।अब देखी रारालाई बाईबाई।
मलाई लाग्छ नेपालमा कुनै त्यस्तो product छैन,
जसलाई हामी आँखा चिम्लेर विश्वास गर्न सकौ l
यो हामी नागरिक सोझा भएर हो कि ?
सरकार नालायक भएर हो कि ?
या ब्यापारीहरुले पैसा मात्र हेर्ने भएर हो कि ?
म त अन्योलमा छु l
प्याकेटमा घुन छिर्नु त एउटा भुल होला तर, त्यत्रो चासो दिएर फोन गर्दा समेत कम्पनीका मान्छेहरुले चासो दिएर खोजि नगर्नु ले चाहि यो कम्पनि पनि उपभोग्ताको हित होइन आफ्नै मात्र हितमा मात्र रहेछ भन्ने कुरा देखिन्छ त्यसैले, कि त सरकारले कडा कारबाही गर्नु पर्यो कि त हामि उपभोक्त्ता आफै मिडिया द्वारा सम्पूर्ण जनतामा खबरदारी गर्ने पर्छ|
त्यो सानो जाबो २० रुपैयाको चाउ चाउले जीवन डरलाग्दो रोग लग्न सक्छ त्यसैले तुरन्त फेसबुकबाट सबै जनतालाई सचेत गराउने अभियानमा जुटौ|
आफु पनि रारा चाउचाउको फ्यान भएकोले अति ध्यान दिएर पढे र मेरो निष्कर्ष यस्तो छ —
तपाइको अवलोकन :
“पछि पाकेट ध्यान दिएर हेर्दा पाकेटको अगाडि पट्टीको रङ्गीन भागमा केही (मेसिन हुन सक्छ)मा च्यापिएर काटिएको जस्तो सानो लाम्चो छिद्र देखियो। पहिलाका २ वटा पाकेटमा पनि सिजनिङ पाउडर चैँ डल्लो परेको थियो तर घुन भेटिएको थिएन। उत्पादित मिति हेर्दा मिति नाघेको देखिँदैन चाउचाउको। ”
चाउचाउ कि महिलाको जवाफ:
“पुरानो चाउचाउसँग नयाँ राखेको हुँदा त्यस्तो भएको होला ”
निष्कर्ष :
ति महिलाले भने जस्तै भएको रहेछ | सबै चाउचाउ घुन लागेको पोको पारेको हैन रहेछ | रारालाई धन्यवाद | तर पनि खाध्य बस्तु ठिकै भए पनि प्याकेजिंग मा quality कन्ट्रोल नहुँदा गुणस्तरमा कम्प्रोमाइज भएकै देखिन्छ, यसमा रारा चाउचाउले जिम्मा लिई सुधार गर्नु अति आवश्याक छ |
म पनि राराको प्रसंसक हु तर यो पढेर निकै दुख लग्यो |
कसले पो भन्थ्यो – काठमाडौँका कुना कन्दरामा रहेका पान-पराग दोकान पनि ISO Certified छन् रे … अब तेत्तिकै भरमा कसरि पत्याउने ?
रारा चाउचाउ माथि अलि विश्वास थियो .. त्यो पनि यस्तो निस्कियो 🙁 एस्ता लाइ कारबाही कैले हुन्छ ??
यो प्याकिङको कारणा भएको हो, त्यो पाउडर राखेको पउच मा हावा पस्यो, अनि त्यो चाउचाउको प्याक पनि च्यातियो अनि घुन पस्यो । लाखो चाउचाउ उत्पादन हुदा २ ४ वटा यस्तो हुनु सामान्य हो । यहि कुरा चाउचाउ उत्पादकले सम्झाएर , धन्यवाद भन्दै रिप्लेस गरिदिएको भए, यस्तो नकरात्मक ब्लग लेखिएर उनिहरूको लाखउ नोक्सानी हुनबाट जोगिन्थ्यो ।
लाखौ मा दुई चार बटा यस्तो भनेर तपाई कसरि भन्न सक्नुहुन्छ?
हावा पस्यो त् कसको भुल? तपाईको भनाई ठिक छैन|
उसो भए आइ एस ओ ले पनि त्यसै भन्छ क्यारे हैन?
अरु देशमा भए कम्पनीलाइ कारवाही गर्छ तर नेपालमा कारवाही गर्ने को खल्ती भरि दिन्छ अनि कारवाही नि सार्वाही केहि हुन्दैन . यही हो बिदंबना हाम्रो देश को .
मलाई यो ISO Certified company भन्ने बित्तिक्कै हाँस उठ्छ !!! यदी तपाईं ISO Certified गर्ने कम्पनिले भने जस्तो पैसा खर्छ गर्न सक्नु हुन्छ भने महाबौधको मम पसल ले पनि ISO को certificate पाउछ !!! क्वालिटी भन्या त्यस्तै हो!!!