Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्रिपुरेश्वरमा पार्किङ शुल्क नतिरे गोलीले उडाइदिन्छु भन्दै पेस्तोल तेर्स्याए

Posted on October 4, 2013 by mysansar

-सन्तोष शर्मा-

अरु बेला सार्वजनिक सवारी चढेर गइन्थ्यो, निजी सवारी साधन लगेपनि त्यहाँ पार्किङ्ग गर्नुपरेको थिएन त्यसकारण मतलब गरिएन । कुरा शनिवार साँझ ६ बजेको हो । म र एकजना साथी काठमाडौँको त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर मा एउटा सामान किन्न गयौँ । मोटरसाईकल पार्किङ्ग गर्नको लागि पार्किङ्ग लेखेको ठाँउतिर लाग्यौँ । अलिकति भित्र ओरालो गएपछि त्यहाँ एकजना सुरक्षाकर्मी( गार्ड ) लाई देखेर मैले बाईक पार्किङ्ग कता हो भनेर सोधेँ, उनले बाँयातिर इशारा गरे ।बाईकलाई अलिकति मोडेर त्यतै लगियो । म बाईकबाट ओर्लिएँ, बाईक साथीले चलाएका थिए । गार्डले मेरो साथीलाई दाँयातर्फ रहेको हरियो बटन थिच्न भने । साथीले बटन थिचे । एउटा चिट निस्कियो । त्यसपछि भित्र जाने अनुमति स्वरुप तगारो माथि सर्यो र बाटो खुल्ला भयो । सो चिट लिएर बाईक पार्किङ्ग गरेर हामी सामान खोज्न गयौँ ।

उज्यालोमा पुगेपछि मैले पार्किङ्ग चिट हेरँ । त्यसमा अङ्ग्रेजी भाषामा सो चिट हराएमा १०० रुपैया तिर्नुपर्ने लेखिएको थियो र पार्किङ्ग शुल्कबारे केही लेखेको देखिँन मैले । १०-१५ मिनेट ६-७ वटा पसलमा खोज्दा सामान नपाएपछि हामी अन्डरग्राउन्ड पार्किङ्ग भएतिर गयौँ । मैले गार्डलाई बाहिर जाने कताबाट हो भनी सोधेँ, उनले बाटो देखाइदिए ।

पार्किङ्गबाट बाईक झिकेर हामी बाहिर निस्कनेतिर गयौँ । बाहिर निस्कने ठाउँमा पनि पहिलेजस्तै तगारो तेर्साईएको थियो । त्यहीनिर एउटा सानो कोठा थियो । मैले बाईकबाट नओर्लि पार्किङ्ग चिट कोठाको झ्यालमा एकजना ब्यक्तिको हातमा दिएँ ।हामी तगारो खुल्ने प्रतिक्षामा थियौँ । चिट लिने ब्यक्तिले १० रुपैँया मागे त्यसपछि म बाईकबाट ओर्लेर २० को नोट दिएँ । १० रुपैँया पार्किङ्ग शुल्क तिर्नु सामान्य हो, बाटोमा त तिर्नुपर्छ भने त्यो कुनै आपत्तितजनक कुरा भएन ।

तर मैले त्यस कोठाभित्र एउटा असामान्य दृष्य देखियो । उक्त कोठाभित्र अरु २ जना मानिस झ्याल बाहिरबाट देखेँ त्यसमध्ये एकजना व्यक्ति कालो रङ्गको सानो पेस्तोल हातमा लिएर उभिएका थिए । उनले म तिर पेस्तोल देखाउँदै पार्किङ्ग चार्ज नतिर्नेलाई पेस्तोलले उडाईदिने भावको कुरा गरे । म फिर्ता पैसाको प्रतिक्षा गरिरहेको थिएँ त्यसकारण कुनै संकोच डर नमानी साधारण शैलीमा पार्किङ्ग चार्ज बारे थाहा नभएको बताएँ । त्यतिन्जेल फिर्ता पैसा पाइसकेको थिएँ । त्यसपछि तगारो खुल्यो र हामी बाहिर निस्कियौँ ।

भलै पेस्तोल नक्कली होला तर एउटा प्रतिष्ठित ब्यापारिक केन्द्रमा यस्तो दृष्य देखिनु सामान्य कुरा होइन जस्तो लागेर यस्ता विकृतिजन्य कुराहरु उजागर गर्नुपर्छ भन्ने लागेर माईसंसारमा पठाएको हुँ ।

तपाईँहरूले कत्तिको ध्यान दिनुभएको छ कि नेपालका प्राय अन्डरग्राउन्ड पार्किङ्गहरु अँध्यारो हुने गर्दछ त्यस्ता स्थान के सुरक्षाको दृष्टिकोणले ठिक छन् त ! मलाई त लाग्छ त्यस्ता स्थानमा जुनसुकै समयमा असामान्य घटना हुन सक्छन् ।

22 thoughts on “त्रिपुरेश्वरमा पार्किङ शुल्क नतिरे गोलीले उडाइदिन्छु भन्दै पेस्तोल तेर्स्याए”

  1. sushil says:
    October 7, 2013 at 3:32 pm

    मैले त पार्किंग शुल्क तिर्नु लाइ भिखारी लाइ भिख दिए सरह मानेर दिने गरेको छु.
    किनकि पार्किंग शुल्क लिने अधिकार नहुँदा पनि लिंछा भने त्यो भिख सरह नै हो.

    Reply
  2. अर्जुन says:
    October 7, 2013 at 12:34 am

    अरु त् भयो भयो, यो ट्रेड सेन्टरको तल्लो तलामा, रंगशाला देखि बाटो पारि, एउटा ब्याण्ड बक्स भन्ने ड्राई क्लिनार्स छ| बिहानको साढे दश बजेतिर कपडा धुलाउन गएको, कपडा दिए तर कता कता मलाई कपडा लिने र बिल लेख्ने व्यक्तिको कस्टमर प्रतिको व्यवहार अमैत्रीपूर्ण लाग्यो| त्यस्तालाई राम्रो व्यवहार देखाएर जित्न पर्छ भन्ने उदेश्यले उप्रति असल व्यवहार राखे| तर उनी नपग्लने भए| व्यर्थमा दुख दिन आयो जस्तो गरेर उनका साथि संग त्यसै गफ गरिरहने र सोधेका प्रश्नका उत्तर पनि झिज्हट माने झैँ गरेर दिने| कपडा लिएर बील लेख्न थाले अनि मैले कपडा कैले तयार हुन्छ भन्दा अर्को पांच दिनमा भने| त्यो भन्दा अघि हुनसक्ला कि भनेर सोध्दा तपैलाई धोबीले पनि चार दिन नभई दिन सक्दैन रे| तेसै भएर त् अलि छिटो होला भनेर मेशिनले चल्ने ड्राइ क्लिनमा ल्याएको भने| बेफिक्रिको भाकामा जता मन लाग्छ लानुस रे|
    मैले पनि ल दिनुस फिर्ता भनेर त्यहा बाट हिड्न अघि तपाई दुई जना गफ गरिरान भाथ्यो केरे डिस्टर्ब गरे माफ गर्नुहोला भन्दा पनि माफी दिए जस्तो गरेर उल्टो खिसिक्क हाँसे मात्र|
    तल पार्किन्ग्मा पर्खदा पनि पैसा लिने कोहि थिएनन| एकछिन कुर्दा पनि कोहि आएनन|
    एकजना सफा गर्ने देखा परे| सोध्दा अहिले मान्छे छैन भनेर खोलिदिए| तेसै बाटो लाग्यौ|
    अब देखि युनाईटेड ट्रेड सेन्टरमा जाने कुरै छाडीदिए|

    Reply
  3. Rajesh says:
    October 6, 2013 at 3:18 pm

    काठमाडौँ को २८ वडा बांगेमुधामा पार्किंग उठायर त्यहाँ क लोकल गुण्डा हरुले खाई रहेछन/ त्यहाँ बोल्ने को ? सार्बजनिक स्थललाई पार्किंग यरिया बनायर लुत्दैछां/ त्यहाँ यस्तो अभद्र बेबहार हुनु नौलो होइन./ के यौ देशमा सरकार छ? यस्ता अबैध धन्दा त रोकनै पर्छ/

    Reply
  4. Kumar says:
    October 6, 2013 at 3:08 pm

    I also saw many such incident in dark parking area this include molestation to woman,snatching purse and such a behaviour.

    Beside, I do not know which GON department control this business in street ?

    Reply
  5. saroj says:
    October 6, 2013 at 1:17 pm

    येस्तै हो हाम्रो देश नेपाल मा! अझ आज कल त कतै पाँच छ वोटा bike पार्किंग गरि राखेको देखियो कि पैसा उठाउन आउने हरु को line लाग्छ ! क गर्ने र खै? Freedom देको छ नेपाल सरकार ले !

    Reply
  6. shree hari says:
    October 5, 2013 at 10:03 am

    यो त सामान्य हो अझ पुतलीसडक को संकरदेव चोल्लेगे आगाडी को पार्किंग को गुन्डा हेर्नुस त तपाई ………………………

    Reply
  7. kedar says:
    October 5, 2013 at 12:38 am

    स्पेनमा पार्किङ्ग ब्यबस्था : सत प्रतिसत बिमा सहित प्राइभेट पार्किङ्गहरुमा घन्टाको दरले पैसा लियिन्छ तर २४ घन्टाको १० यूरो भन्दा बेसी लिएमा गैरकानुनी मानिनेछ र लिंदैनन पनी / सार्बजनिक बाटोमा निलो लाइनले घेरिएका, कहीं कहिँ सुन्तले लाइन ले घेरिएका, ससुल्क पार्किङ्गको ब्यबस्थापन नगरपालिका आफैंले मात्र गर्छन ! अपबाद बाहेक व्यापारिक एरिया बाहेकका प्रायस पार्किङ्गहरु सेतो लाइन सहित फ्री हुन्छन / सार्बजनिक बाटोका ससुल्क पार्किङ्ग स्थलहरु सनिबार, आइतबार र सार्बजनिक बिदाका दिन बाहेकका साधारण दिनहरुको बिहान ८ बजे देखि १ वा २ बजे सम्म र बेलुका ४ वा ५ बजे देखि ८ बजे सम्म मात्र ससुल्क हुन्छन / येदि रेसिडेन्सियल एरियाका सम्पूर्ण सार्बजनिक बाटोमा ससुल्क पार्किङ्ग मात्र छन भने नगरपालिकाको आफ्नो रजिस्ट्रेसन कागजात र तेही ठेगाना राखिएको आफ्नो गाडीको कागजात सहित लोकल रेसिडेन्ट पार्किङ्गको सुबिधा मागिएमा नगरपालिका बाट कौडीको दाममा चौबिसै घण्टाको फ्री पार्किङ्ग सुबिधा पाइन्छ / महिनाबारीको दरले लियिने In door Parking र Harbour Parking हरु चैं आ आफ्नै रेट हुन सक्छन र बिमा हुनु अनिबार्य छ /

    Reply
    1. Himal says:
      October 5, 2013 at 1:01 pm

      And what’s the conclusion, the summary of your statement is that you know something about traffic rule in Spain,,,,,We just want to know if you ever faced any such thing encountered by the writer and not the parking rule of any other country I believe.

      Reply
  8. द्रोण says:
    October 4, 2013 at 11:39 pm

    देश मा अमन चयन , शान्ति सुब्यबस्था गर्ने काम सरकार को हो |
    तर सरकारी पधाधिकारी हरु पद मा छउन्जेल कसरि देश लुट्ने , विदेश भ्रमण मा जाने , भत्ता खाने आदि मै केन्द्रित भएको देखिन्छ |
    अनि कसरि शान्ति सुब्यबस्था हुन्छ र देश को बिकास हुन्छ ?
    घर मा बा कडा न भै केटाकेटी अनुसासन मा हुन्न, तेस्तै सरकार कडा न भै यो सब हुन्न |
    सरकार कडा हुन् अमेरिकी ,पश्चिमा रास्ट्र र इन्डिया ले दिन्नँ , किनकि उनीहरुको चल खेल
    रोकिन्छ र आट गर्नेको हालत ज्ञानेन्द्रको हुन्छ |
    बिकसित देश को इतिहास हेर्ने हो भने पहिले कुनै न कुनै दिक्तेटर को प्रायश भएको देखिन्छ पहिले जापान ,मलेसिया हाल को चीन |
    देश भक्त डिक्टेटर को त्याग बाट यथास्थितिको देश माथि उक्लिन्छ तर नेपाल को सन्दर्भ मा त्यो सम्भब छैन र इन्डिया र चीन को बिकाश चुइयेर यहा को घडा भरिने छट काट छ |सबै जनता पालै पालो लुटेर धनि हुने , ठाउ अनुसार को ह्वा र मौसम अनुसार को फल खादै जाने तर खान चै न छोड्ने , भात |

    Reply
  9. शरद-क्षितिज पारीबाट says:
    October 4, 2013 at 11:04 pm

    जेलमा बसेका गुण्डा नाइकेहरुले संविधान लेख्ने भा’छन् केहि होला जस्तो पो छ त, हुन् त बाहिर बसेर नाराको ब्यापार गरेर यी नालायक हरु उत्पादन गर्ने पो ति भन्दा के कमि छन् र ? समग्रमा भन्नु पर्दा देशको जुनसुकै स्थानको पार्किङ्मा पैसा लिइन्छ तर पार्किङ्ग बाट सवारी साधन हराएमा कुनै जिम्मेवारी लिइदैन यस सम्वन्धि सरकारी निकाय अनभिज्ञ पनि छैन तर प्रयाप्त मात्रामा कमिसनको गु-पाक खाएर बेहोश रहेको नगरपालिका र प्रहरी प्रसाशन यसको मुख्य कारक हो ! अझ काठमाडौँको पार्किङ्मा त थोरै तलमाथि हुँदा ज्यान नै जाने खतरा छ ! देशका अधिकांश पार्किङ् एरियामा यस्तै मान्छेहरु बिभिन्न आवरणमा रहेको जो सुकैले १ पटक पार्किङ् गरे बुझ्न सक्छ ! हेरौं बेलबारी घटनाको कथा पढ्नेले यो लेख पढेर केहि सुधारको पहल गर्छन कि ? किनकी उनले नचाहँदा सम्म हामीले चाहेर केहि हुने होइन ! यहाँ जनआवाज होइन पैसा र कुर्चिवालाको आवाज मात्र सुनिन्छ !!

    Reply
  10. prash says:
    October 4, 2013 at 10:27 pm

    पार्किंग गुन्डा को पैसा कमाउने ठाउँ भएको छ / सरिर भरि टाटो कोरेर पाखुरा सुर्कौदै बोलि को कुरै नगरौ असव्य को हद पार गरेका छन् /चाबहिल मा त सार्बजनिक ठाउँ मा तरकारी बजार बनाएर बाटो मा पार्किंग स्थल बनाएर पैसा लिएराहेका छन/

    Reply
  11. प्रमोद says:
    October 4, 2013 at 9:57 pm

    यस्तै प्रकृतिको लफडामा म पनि परेको छु । करिव ३–४ वर्ष पहिले काठमाण्डौ नयाँ बसपार्कमा खाली स्थानमा (पार्किङ लेखिएको थिएन तर १-२बाइक पार्क गरिएको थियो) बाइक लगेर पार्क गरे । दाँयाबाँया हेरेँ कोहि देखिन । १० मिनेट भित्र मैले काम सकाएँ । फर्किदा २-३ जना चुल्ठेमुन्द्रे त्यहाँ देखेँ । मैले जव बाइक चलाउन थाले अनी भन्न थाले खै पार्किङको पैसा । अनि मैले प्रतिप्रश्न गरेँ जव जिम्मेवारी वहन गर्नु पर्ने बेलामा तपाइ देखा नपर्ने अनि अहिले हिँडने बेलामा पार्किङको पैसा खै भन्ने यो त भएन नी । पार्किङको पैसा लिने भएपछि सुरुमा रोक्ने वित्तिकै टिकट काटनु…. अनि सवारी हाम्रो जिम्मामा भो भन्ने आभाष गराउनु पर्दैन …….भनेको त सोझै भने……….बाइक अहिलेसम्म यहिँ छ एकछिनमा बाइक एकातिर मान्छे अर्कोतिर होला……..म लाचार भए खुरुक्क रु १० तिरेँ र हिँडे । त्यसपछि अहिले पनि पार्किङ गर्दा सधै झल्झली त्यै दृष्य सम्झन्छु । सकेसम्म काठमाण्डौमा मोटरसाइकल लिएर हिँडने सहास पनि गर्दिन ……..कारण पार्किङ ।

    Reply
  12. Nirmal says:
    October 4, 2013 at 9:22 pm

    यो वोर्ल्ड त्रदे सेन्टर मा एकदमै नराम्रा मान्छे हरु छन् . साना dhekhi ठुला सम्म. एक हप्ता मात्र को Kura हो हामी एउटा कार्यक्रम सकेर गाडीमा समान हालेर निस्कदै थिएंम त्यहाँ एउटा pipe माथि Bata लत्रेको रैछ त्यो pipe लै हाम्रो गाडीले के छोएको थियो guard हरु आएर हामीलाई समतेरा लिफ्ट बाट माथि अपहरण को शैली मा लगियॊ . जानी जानी लिफ्ट नचलेने बनायेरा १.५ घण्टा लिफ्ट मा नै राखेर हामीलाई धम्क्येयो र लास्ट मा हामी संग वयेको सबै पैसा लुटियो. सो पैसा ले pipe marmot गर्छु वनेका थिए जाबो दाग मात्र layeko थियो Aja जादा एसो प्लास्टिक ले बेरेकॊ जस्तो छ ….यो Saab लुटेको हो

    Reply
  13. santosh says:
    October 4, 2013 at 9:03 pm

    बत्तिको त राम्रो ब्यवस्था नहुने ठाउँमा cctv त थिएन नै होला तर पनि UWTC ले चाहने हो भने आश्विन १२ गते शनिवार को-को कर्मचारीहरूलाई त्यहाँ खटाएको थियो उनीहरुवाटै अनुसन्धान सुरु गर्न सकिन्छ ।

    Reply
  14. Dipesh Limbu says:
    October 4, 2013 at 9:01 pm

    पार्किंग का माफिया संसार भरि नै छन् सभ्य देश क्यानाडा usa मा पनि यस्ता ओवर चार्ज गर्ने हरु छन् बाध्यता छ

    Reply
    1. samrat~ says:
      October 5, 2013 at 2:57 am

      कुरा ठिक हो दिनेश जी को तर थाहा भएन बुज्रुक हरु ले किन धेरै औला सुतायो उहा लाइ. फरक येति हो कि सभ्य संसार मा जाहा कानुनि राज हुन्छ त्याहा पाखुरा र पेस्तोल तेर्साएर चाइ जनता लुटिन्न. लुतिञ्छ भने कानुन को दाएर भित्रै बसेर लुतिञ्छ.

      Reply
  15. ramesh babu says:
    October 4, 2013 at 7:40 pm

    राम्रो संदेश उमेश जी ! अहिले गत १-२ महिना देखि बिसाल बजार मुनि को पार्किंग मा प्रति घण्टा रु ५० रे यो त एकदम अत्तिनै भयो लौन केहि गर्न पर्यो ? सबलाई थाहा छदैछ निउरोदमा पार्किंग पाउन गारो हुन्छ र मान्छे हरु बाध्येताबस तेही आउनु पर्छ तर तेसो भन्दै मा तेत्ति महँगो सुल्क लिनु अत्तिनै भयेनर ? अस्ति ५ घण्टा राखेछु थाहा भएन पैला पैला जस्तै प्रति घण्टा रु २० होला भनठानियो कहाको जाने बेलामा त २५० भयो भनेर ५-६ जना आएर झन्डै गोदेका बाई, पैसा नपुग थियो गाडीको चाबी छाडभन्यो र एटिएम बाट पैसा झिकेर दिए पछि मात्र छाड्यो , कस्तो मनपरी ……

    Reply
  16. krishan kc says:
    October 4, 2013 at 7:23 pm

    यो बिषय मा बिशेष छानबिन हुनु जरुरी छ जस्तो लाग्यो ! होइन भने त्यस्ता स्थानमा जुनसुकै समयमा पनि असामान्य घटना हुन सक्छन् ।

    Reply
  17. krishna says:
    October 4, 2013 at 6:59 pm

    नेपाल हो जसले जे गरेपनि हुन्छ सुरछ्या कहाँ छर तैपनि नेपाल को पुलिश लाई सुरछ्या गर्ने टाएम नै छैन

    Reply
  18. R.B.Shrestha says:
    October 4, 2013 at 6:59 pm

    उज्यालो ठाउँमा त गुण्डागर्दीले पािर्कङकर्ताहरुलाई थर्काउँछ भने अंध्यारोमा ठूलै घटना नघट्ला भन्न स़़िकन्न ।

    Reply
  19. अनोज शाक्य says:
    October 4, 2013 at 6:41 pm

    नेपालीहरु के भन्ने खै ? अस्ती ठमेलमा डान्सवारमा कर कर गरेर बोलायो । आफु पनि ठीक छ एकछिन रमाइलो र आराम गरौ न त भनेर पसलको मान्छेको अनुरोधमा छिरेको थिए । भित्र राम्री राम्री केटीहरु पनि थियो । केटीहरु दाँयाबाया बस्न आयो । कोही मोबाईल खेलाएर बस्ने कोही जुस खुवाउनु भन्ने, केही रमाइलो गफ गरउ कि भनेर ठट्टा गरेको त कुरा गर्नै पाएको छैन । यो खाने उ खाने भन्न थाल्यो । सिट पछाडि अनुहार हेर्दै डाँका जस्तो मान्छे उभिएर बसेको थियो । त्यस्को अवस्थामा न आफु केही मन खुलेर रमाइलो कुरा गर्नु, मनमा तनावमात्र भएर सान्ती नै भएन । एक गिलास बियर पिएर बहना बनाएर निस्के । नेपालमा ब्यापार गर्ने शैली नै मिल्दैन । खाली पैसा,पैसा मान्छेलाई खुशी पारेर पैसा लिने भन्ने छैन । धम्की , जवर्जस्ती ,करकाप गरेर पैसा लुत्न खोज्छ । अनी कसरी ब्यापार हुन्छ । गुण्डा स्वाभाव देखाएर कमाउन पल्केका उल्लुहरुलाई साथ लिएर आफ्नो ब्यापारमात्र बिग्रिन्छ ।

    Reply
    1. Anonymous says:
      October 5, 2013 at 12:03 pm

      हो सहि भन्नु भयो मा पनि तेस्तै मा परेको छु एक दिन मा ठमेल मा गएको थिए साथी संग घुम्न को लागि अनि बाटो मा एकजना खाते केटो फेला पर्यो र उसले जे खाजा खाने दै आउनुस राम्रो रेस्तुरांत छ राम्रो डान्स हुन्छा केटी हरु राम्रा राम्रा छन् आउनुस आउनुस भनेर धेरै नै कर गरेर त्यो केटो ले भनेको ठाउमा गएको थिए ओह्ह हो तेहा त अचम्मा नी जाने बितीकै ३ / ४ जना केटी हरु आयो बस्यो गुफ गाफ गर्न लग्यो अनि उता सानो सानो कपडा लगाएको केटी नाच्न थाल्यो अनि आफु संगै छेउ मै आयो केटि ले केहि खाउन भन्न थाल्यो मलाई त केहि खान मन थिएन र साथी ले पनि न खाने भन्यो र हामी निस्कन थालेको ती केटी हरु ले येह आएर नखाई कन जान पैन्दैना केहि न केहि खानी पर्छ भन्यो सो मैले त्यो केटि लै भने ओक ठिक छ तिमि नै खाउन त अनि त्यो केटी ले सानो सिसा को ग्लास मा पनि जस्तो केहि खायो र हामी निस्कन लाग्दा बिल आयो १५०० रुपीया अनि एस्लाई हामी के भन्ने दिन्दाहदै ठगियो धन्न आफु संग पैसा थियो र बचियो नत्र तेहा रहेका घुंडा हरु ले दरो पिट्ने थियो हामी लै र हाम्रो समान पनि लुट्ने थिओ तेस दिन देखि मैले सोंचे कहिले पनि तेस्तो डान्स बार मा जान्दैन यो त साब लुट्न को लागि खोलेको हो . हो तेस्मा मेरो पनि गल्ति छ तर त्यो मेरो भूल ले मा गएको थिए आब देखि तेस्तो ठाउमा भुलेर पनि जादैन

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme