आफूलाई नेपाली भन्नु भन्दा पनि एनआरएन भनिदिए गौरव गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको एक दशक भइसकेको छ। तर अचम्म, देशमा विकासको खोलो बगाइदिने गरी लगानी भित्र्याउने गफ दिने एनआरएनहरुको संस्था नेपालमा दर्तासम्म हुन सकेको छैन। दर्ता नभएको संस्था भए पनि यसको शीर्ष नेतृत्व पंक्तिलाई थोरै पनि लज्जा, असहज र असफलताको अनुभूति हुँदैन। किन नहुने रहेछ त दर्ता ? किन दर्तालाई प्राथमिक कार्यसूचिमा राखे पनि यत्रो वर्षसम्म असफल हुँदै आएको त ? यो सबको लेखाजोखा गरेका छन् साउदी अरबबाट धरम केसीले।
एनआरएनएको दर्ता रोक्ने को-को?
-धरम के.सी.-
एनआरएनएको स्थापना भएको १० वर्ष बितिसक्दा पनि नेपालमै यो संघ दर्ता हुननसक्दा खासगरी यसको शीर्ष नेतृत्व पंक्तिलाई जति लज्जा, असहज र असफलताको अनुभूति हुनुपर्थ्यो, त्यस्तो आत्मबोध कहीँ कतै देखिँदैन। हरेक कार्यकालमा “संघको दर्ता” लाई प्राथमिक कार्यसूचीमा त राखिन्छ तर यसको कार्यान्वयन, उचित प्रकृया, पहल र सुझबुझमा ठूलो त्रुटी र लापर्बाही रहेकै कारण दर्ता प्रकरणमा सिंगो संस्था पटक पटक चुकेको छ, असफल रहँदै आएको छ।
समस्या परिभाषामै छ
हो, समस्या एनआरएनको परिभाषामै छ। पछिल्लो पटक नेपाल सरकारको परराष्ट्र मन्त्रालयले एनआरएनएलाई औपचारिक पत्र नै पठाएर नेपाल सरकारको गैरआवासीय नेपालीलाई ब्यवस्था गर्न बनेको ऐन र यस संघको विधानमा एनआरएनको परिभाषामा फरक देखिएकैले संघको विधानमा संशोधन गरेर ऐनसंगत बनाएमा मात्र संस्था (NRNA)लाई दर्ता गर्न सकिने स्पष्ट बताइसकेको छ। कुरोको चुरो १८३ दिन या २ वर्ष भन्ने मै छ। नेपाल सरकारले एनआरएनएलाई ऐनमा जस्तै संघको विधानमा पनि २ वर्ष बाहिर (सार्क मुलुक बाहेकका मुलुकमा) बसेकालाई मात्र एनआरएन मान्ने गरी विधान संशोधन गर्न मुखै खोलेर बताएको वर्तमान अवस्था हो।
संघभित्रको पछिल्लो (ताजा) अभिमत
एनआरएनएका वर्तमान अध्यक्ष जीवा लामिछानेले एउटा सामयिक र सुझबुझपूर्ण प्रजातान्त्रिक कदम चाल्नुभयो − संस्था दर्ताबारे विद्यमान अड्चन स्पष्ट राख्दै सबै एनसिसी (हरेक देशको संयोजन समिति) हरूको औपचारिक (लिखित) अभिमत जान्न आइसिसीको सचिवालयबाट सबै एनसिसीहरूलाई पत्राचार गरियो। दुई विकल्प मध्ये कुनै एकमा आफ्नो मत जाहेर गर्न भनियो –
(१) १८३ दिनमै अडेर सरकारलाई ऐन संशोधन गर्न, गराउन पहल गर्ने, गरिरहने या (२) संघको विधान संशोधन गरी सरकारको ऐनसंगत बनाई संघ दर्ता गर्ने।
११ मे २०१२ सम्ममा प्राप्त अभिमत यस्तो थियोः
१८३ दिनको पक्षमाः २ वटा एनसिसीहरू (कतार र बेलारूस)
२ वर्षको पक्षमाः ४५ वटा एनसिसीहरू (कम्बोडिया, चिन, हंगकंग, जापान, दक्षिण कोरिया, मकाउ, मलेशिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताइवान, बहराइन, इराक, इज्राइल, कुवेत, लेबनान, ओमान, साउदी अरब, युएई, अस्ट्रिया, बेल्जियम, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, रूस, स्पेन, स्विडेन, स्विजरल्याण्ड, बेलायत, कंगो, केन्या, नाइजेरिया, क्यानडा, अमेरिका, अष्ट्रेलिया र न्युजिल्याण्ड)
अरू १४ वटा एनसिसीहरूले भने कुनै जवाफ दिएका थिएनन्।
यसरी ९५% भन्दा बढी एनसिसीहरूले अविलम्ब संस्था दर्ताको बाटो र पक्षमा संस्थालाई स्पष्ट म्याण्डेट दिइसकेको अवस्था हो। एनसिसीहरू यस संस्थाका अभिन्न र निकै महत्वपूर्ण निकाय (खम्बा) हुन, सिद्धान्ततः एनसिसीहरूलाई अवज्ञा या बेवास्ता गरेर आइसिसी चल्नुहुँदैन।
अपब्याख्या, जालझेल र बेइमानी कायमै
एनआरएनएको विश्वव्यापी जनमत (प्रचण्ड अभिमत)का विरूद्ध उभिने कतार र बेलारूसमा त्यस्तो कुनै भिटो पावर छैन तथापि यी मुलुकका पदाधिकारीहरू जो चलखेल गर्नसक्ने ठाउँमा विराजमान छन्। उच्च तहमा रहेका अरू केही पदाधिकारीहरू समेतले एनसिसीहरूको उपरोक्त अभिमतलाई सहर्ष र सहजै स्वीकार्न नसकेको र कार्यान्वयन गर्न नचाहेको अझै देखिन्छ। त्यसैले यो या त्यो बहाना र गलत ब्याख्या विश्लेषण गर्दै, विश्व सम्मेलनमा उपस्थित हुने सहभागीहरूलाई रातारात जादु गरी अर्को पक्षमा मोडेर छैठौं अन्तराष्ट्रिय अधिवेशनबाट समेत विधानमा आवश्यक र बहुअपेक्षित संशोधन भएन, गरिएन भने पनि कुनै आश्चर्य नमाने हुन्छ। उच्चपदस्थ त्यस्ता केही ब्यक्तिहरू जसले अबको कार्यकाल (२०१३−१५) का लागि समेत आ-आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ, ले आफ्ना चुनावी घोषणापत्र र अन्तरवार्ताहरूमा समेत एनआरएनएको दर्ता प्रकरणलाई अरू केही वर्षपछि धकेल्ने मनसाय अभिब्यक्त गरिसक्नुभएको छ। यो नै यस संघलाई शीघ्रातिशीघ्र दर्ता भई संस्थाको कानूनी धरातल मजबुत भएको देख्न चाहनेहरूका लागि ठूलो षडयन्त्र, बाधा, धोका र दुर्भाग्य हो।
विधान संशोधन समितिलाई नै अप्ठ्यारोमा पारिएको, परेको देखिन्छ। समितिको संशोधन प्रस्तावमा “परिभाषाबारे ५१ वटा एनसिसीहरूबाट राय प्राप्त भएको”उल्लेख छ। एनसिसीहरूले संस्थागत रूपमा (बैठकमै पारित गरेर) दिएको औपचारिक (लिखित) अभिमतलाई “राय” भनिनु र त्यो रायमा के थियो भन्ने प्रस्तावमा नखुलाइनु मै त्यो अप्ठ्यारो र दबाव झल्किन्छ। अन्तराष्ट्रिय अधिवेशनमा एनसिसीहरू पुगेका हुँदैनन्, ब्यक्तिगत हैसियतमा त्यहाँ पुग्ने सीमित सहभागीहरूले ४५ वटा एनसिसीहरूको अभिमतविरूद्ध ताली बजाइदिएर प्रस्ताव रातारात क्षणभरमै उल्टिन सक्ने खतरा छँदैछ।
गत विश्व सम्मेलनमा एनसिसी अध्यक्षले आइसिसीमा प्रतिनिधित्व गर्ने, आइसिसी सदस्य नराख्ने प्रस्ताव एकचोटी अधिवेशनको फ्लोरबाट तालीको गडगडाहटले पारित भैसकेको थियो तर क्षणभरमै जादु भयो र प्रस्ताव पूरै उल्टियो!
यसलाई बलपुग्ने एउटा तथ्यगत प्रसंग के छ भने विश्व अभिमतविरूद्ध उत्रिने कतारले नै विधान समितिमा सिंगो मध्यपूर्वको एकल प्रतिनिधित्व गरेको छ र आइसिसीमा पनि निरन्तर कतारकै वर्चश्व रहंदै आएको छ। भागवण्डामा केही पाउँछ त युएईले, खाडीका अरू सबै मुलुकहरू जसले शीघ्र दर्ताका पक्षमा आफूलाई उभ्याएका छन्, आइसिसीमा सँधै निरीह (दासजस्तै) बन्दै आएका छन्।
कतार र बेलारूसले बुझेको र अरूलाई बुझाउँदै (भ्रम छर्दै), ब्याख्या (अपब्याख्या) गर्दै आएको तथ्य पनि मध्यपूर्वसँगै जोडिएको छ। भनिन्छ “२ वर्षे प्रावधानमा जाँदा खाडीका एनआरएनहरूलाई ठूलो मर्का पर्छ, घात हुन्छ र यस क्षेत्रमा कोही पनि एनआरएन नरहने अवस्था आउँछ, किनकि यहाँ सबै नै २ वर्षे रोजगारीको करारमा आएका हुन्छन् र २ वर्षपछि सबै स्वदेश फर्किन्छन्”। यो भनाई सरासर झुठ र गलत छ। खाडी बाहिरकाले सत्य तथ्य, धरातलीय यथार्थ बुझेकै छैनन् या बुझ्नै चाहंदैनन् भने खाडीकै केहीले तथ्यमाथि पर्दा हाल्न चाहन्छन् या बुझेर पनि बुझ पचाउन चाहन्छन्।
सरकारी ऐन र तथ्यांकले के भन्छ ?
गैर आवासीय नेपालीका सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०६४ को दफा ४(३) को दोस्रो परिच्छेदमा “दुई वर्षभन्दा बढी विदेशमा बसोवास गर्न पाउने अनुमतिपत्रप्राप्त विदेशमा बस्ने नेपाली नागरिकलाई सो अवधिभरको लागि (NRN) परिचयपत्र दिन सकिनेछ।” भनी उल्लेख भएको छ।
खाडी तथा मलेशियामा काम गर्न आउने प्रत्येक नेपालीसँग कम्तिमा २ वर्षको करारनामा हुन्छ, अर्थात् २ वर्षभन्दा कम अवधिका लागि कोही पनि वैदेशिक रोजगारका लागि विदेशिएको हुँदैन। अझ अर्को सत्य के हो भने अचेल लेबर भन्दा माथिल्लो स्तरका दक्ष कामदारहरूका लागि खाडीका अनुभवी (GCC Returnees) खोजिने गरिन्छन् र पाइन्छन् पनि। अर्थात् खाडी या मलेशियाबाट फर्किएको नेपाली ६ महिनाभित्रै खाडीकै अर्को मुलुक या मलेशियातिर र मलेशियाबाट फर्केका खाडीतिर आउने जाने क्रम पनि त्यत्तिकै बढेको छ। नेपाल बाहिर खाडी या मलेशिया जहां रहंदा पनि एनआरएन (सदस्य)को हैसियत कायमै रहेको हुन्छ।
अधिकांश नेपाली कामदारहरूले २ वर्षे करारनामा नवीकरण गरी वैदेशिक रोजगारलाई निरन्तरता दिने गरेको अर्को ध्रुव सत्य हो। वैदेशिक रोजगार विभागकै सरकारी तथ्यांकले पनि यसको पुष्टि गरेको छ। २०५० देखि २०६९ सम्मको सरकारी तथ्यांक हेर्दा कूल २४,६५,६९९ नेपाली कामदारहरू वैदेशिक रोजगारमा छन् भने ती मध्ये ७,३९,३८१ (२९.९८%) मात्र पछिल्लो २ वर्षमा विदेशिएका हुन्। बाँकी ७०% भन्दा बढीले करारनामा नवीकरण गरेर आफ्नो वैदेशिक रोजगारलाई निरन्तरता दिंदै लगातार विदेशमै रहेको अवस्था हो। म (यो पंक्तिकार) स्वयम १९९२ देखि साउदीमा छु। पहिलो पटक विदेश आउने सांच्चिकै नयाँ कामदारहरूको वास्तविक संख्या (%) अझै कम हुन्छ। यसैले २ वर्षे प्रावधानमा संघ जाने बित्तिकै खाडी तथा मलेशियामा कोही पनि एनआरएन रहंदैनन् भन्ने बयान, प्रतिवेदन, ब्याख्या र विश्लेषण असत्य र तथ्यहीन हो, मिथ्या हो।
कतिपय अन्तराष्ट्रिय पेशागत संघ संस्थाहरू (Professional Bodies) ले कलेज र विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीहरूलाई पनि सदस्य बन्न दिएका हुन्छन, भोलिका दिनमा त्यो पेशामा आउने भएकाले, हो, सदस्यताको किसिम, स्तर र शुल्कमा भने केही फरक हुन्छ। एनआरएनएले पनि चाहेमा २ वर्षे करारनामा बोकेर वैदेशिक रोजगारमा आएकालाई कुनै न कुनै सदस्यता दिएर सम्बन्धन बनाउन सक्छ नै। ऐनले नै त्यस्तो ठाउँ राखिदिएको अवस्था छ।
२ वर्षे प्रावधानमा जाँदा कसले के गुमाउने?
नेपाल सरकारले गैर आवासीय नेपालीहरूबाट मुख्य आशा राखेको लगानी हो। खाडी र मलेसियामा कार्यरत अधिकांश नेपाली कामदारहरूको नियति नै भनुं कि उनीहरूले पहिलो २ वर्षमा त विदेश आउँदा लागेको ऋण नै तिरिरहेका हुन्छन् ! यी नव आगन्तुकले शुरूका २ वर्षमा नेपालमा के लगानी गर्लान् ? त्यसैगरी राष्ट्रको अर्को अपेक्षा भनेको सीप, दक्षता, अनुभव र प्रविधि हस्तान्तरण हो। तर पहिलो २ वर्षमा अधिकांश नेपाली कामदारहरूले सिक्दै गरेको, बुझ्दै गरेको, परिपक्व, दक्ष र अनुभवी बनिनसकेकै अवस्था हुन्छ। यसैले नेपाल राष्ट्रले यी नयाँ कामदारहरू २ वर्षसम्म एनआरएन नबन्दा एनआरएनएका माध्यमबाट हुने, हुनसक्ने त्यस्तो कुनै खास योगदानमा फरक पर्ने, पार्ने स्थिति हुँदैन।
एनआरएनएले पनि त्यस्तो केही गुमाउँदैन। अहिलेकै आइसिसी, एनसिसी र क्षेत्रीय तथा स्थानीय तहमा समेत २ वर्ष विदेश नबसेका कोही पनि हुंदैनन्, छैनन् होला। विश्व सम्मेलनमा जाने पनि २ वर्ष बाहिर नरहेका शायदै कोही होलान्। भर्खरै विदेश आएका, पहिलो पटक विदेश आएकाहरूले एनआरएनए संस्था के हो, कस्तो हो भन्ने पनि बुझिसकेका हुँदैनन्, दशौं वर्ष विदेशमा रहिसकेकाहरूले समेत यो संस्थालाई नचिनेको, नबुझेको, नरूचाएको र त्यसैले संस्थामा आवद्ध (पञ्जिकृत/दर्ता) नभएको नै तितो सत्य हो। नत्र प्रवासमा एनआरएनएको औसत दर्ता सदस्य संख्या कूल एनआरएन संख्याको १-२% मा सीमित रहने थिएन। यस्तो धरातलीय यथार्थमा यो संस्थाले २ वर्षे प्रावधानमा जाने बित्तिकै संस्थाको सांगठनिक आधारक्षेत्र भत्किइहाल्ला कि, ठूलो क्षति या पहिरो जाला कि भन्ने सोच्नु बेकार हो, आकाशै खस्ने स्थिति हुँदै होइन।
बरू संस्थाको दर्तापश्चात् प्रवासमा यसको मान्यता, विश्वसनियता, प्रतिष्ठा र प्रभाव अरू बढ्ने छ र संघ संस्थाहरू दर्ता गर्न नसकिने, संस्थागत अभ्यास र क्रियाशिलता नै सीमित र संकुचित रहने खाडी मुलुकहरूमा संघको दर्ता पछि थोरै मात्र भएपनि एनआरएनकर्मीहरूमा आत्मविश्वास र सुरक्षाको अनुभूति भई कृयाशिलता बढ्न सक्ने र त्यसले संस्थाको सुदृढिकरण र संगठन बिस्तारमा टेवा पुर्याउने छ।
२ बर्ष नपुगेका प्रवासी नेपालीहरूले पनि संघबाट खासै केही गुमाउनुपर्ने छैन।
एनआरएनएले जहाँ पनि मानवीय भावना, नेपाली भाइचारा, बन्धुत्व र परोपकारी सामाजिक सेवा भावका साथ काम गर्ने गरेको छ। प्रवासमा नेपालीहरूको सेवा या उद्दारमा जुट्नु, सहभागी हुनुपर्दा को एनआरएनएको सदस्य हो, को होइन, विरलै छुट्याउने गर्दछ। साउदी अरबमै हामीले कुनै डकुमेन्ट नै नभएका अवैध र पीडित नेपाली महिलाहरूको, जेलमा पुगेका भगौडा नेपाली कामदारहरूको र विदेश आएको १−२ महिनामै बिचल्लीमा परेका कतिपय नेपालीहरूको सेवा र उद्दारमा जुटेका छौं। यसैले संस्थाबाट पाउने, पाउनसक्ने सेवा सुविधामा खासै केही फरक पर्ने छैन। एनआरएन कार्ड (नेपाल सरकारको परिचय पत्र)को खाडी र मलेशियाका नेपाली कामदारहरूका लागि त्यसै पनि कुनै अर्थ र प्रयोजन नै छैन, यसैले ती नयाँ नेपालीहरूले एनआरएन नबन्दैमा गुमाउने आखिर के होला ? जसको कृत्रिम र नाटकीय चिन्तामा केही अग्रजहरू नै देखिनुहुन्छ ?
यसर्थ यस्ता झुठा, आधारहिन, तथ्यहीन तर्कमा अरू नरूमल्लिएर आसन्न छैठौं अन्तराष्ट्रिय अधिवेशनबाट आँखा चिम्म गरेर विधानको परिभाषा संशोधन गरी तत्काल संघ दर्ताको बाटो खोलिनुपर्दछ। यो नै सारा एनआरएनहरूले गर्व गर्न सक्ने, दर्ताको जस अपजस लिनसक्ने एकमात्र अधिकार सम्पन्न वैधानिक विधि पनि हो। कसको कार्यकालमा संघ दर्ता हुने, को हिरो हुने, अनि को जिरो हुने जस्ता ब्यक्तित्वको टकराव र खिचातानीको खेल र त्यसको मार (नकारात्मक असर)मा संघलाई सँधै अवैध बनाइरहने रणनीति र दाउपेच सबै अब सँधैका लागि बन्द हुनैपर्दछ। हामीलाई अब अध्यादेशको ललिपप पनि नदेखाइयोस्, ज्ञानेन्द्रको अध्यादेशपछि खारेज भई हामी हालको असहज अवस्थामा आइपुगेको इतिहास साक्षी छ। संविधान सभा बनेको अवस्थामा बरू ऐन संशोधनको प्रस्ताव लिएर जाउँला, तर दर्ता तत्कालै (अविलम्व) हुनै पर्दछ।
दर्ताबारे परराष्ट्र मन्त्रालयले एनआरएनएलाई पठाएको पत्रः
तपाईँको मत के छ ?
एनआरएन सम्बन्धी थप ब्लग
विदेश बस्ने नेपालीको मुखिया को बन्लान्?
आउँदो अक्टोवर १९ र २० मा हुन लागेको गैर आवासीय नेपाली संघको महाधिवेशनका क्रममा एनआरएनसम्बन्धी बहसयोग्य विचारहरु तपाईँसँग पनि छन् भने पठाउनुस् [email protected] वा यहाँ क्लिक गरी।
बिद्यार्थी हरु कुनै पनि हालत मा NRN होइनन, खाडी अनि मलेशिया मा काम गर्ने हरु पनि होइनन .
यति दिन उति दिन भन्दा पनि नेपाली मुलका बिदेशी नागरिक जसले नेपालको नागरिता त्यागेको या नलिएको ब्यक्तीलाई मात्र एनआरएन भने हुन्छ । जसले गर्दा बास्तबिक रुपमा एनआरएनको अर्थ , महत्व र आबश्यकता स्पष्ट हुने थियो
यी NRN भन्ने नेपालीहरुले नेपालको माया गर्ने भएत नेपालमै केहि गर्ने जमर्को गर्थेनि, यिनीहरु Non Resident Nepalese नभएर Non Relabel Nepalese भएको हुनाले मुलुकमा साधन श्रोत भित्राउने भन्दा मुलुकबाट बाहिराउने खेलमा सक्रिय भएकोले जसले वास्तब मा नेपाललाई माया गर्छ उंहाहरु एन आर एन को कैद भन्दा बाहिर बसेर मुलुकमा लगानी गराउने वाताबरण बनाउन उपयुक्त हुञ्छ जस्तो लाग्छ!
नेपाल मूलका व्यक्तिहरुले विदेशको नागरिक भै नेपालको नागरिक न रहेकोहरुले नेपाल संग आफ्नो सदिच्छा र नेपालको उन्नति कायम राख्न NRN (गैर आवासीय नेपाली) को परिभाषा भित्र आफुलाई मान्नु पर्द छ
दुवै ह़ाथमा लड्डू को नीति नेपलकोलागी नोक्सानदेह छ
सुरज श्रेष्ठ
यो NRN को सोझो अर्थ Non Resident Nepalese अर्थात् गैर-आबासिय या प्रबासी नेपाली
नेपाल को कानुन अनुसार वर्ष मा १८३ दिन भन्दा बढी समय विदेश मा बस्ने नेपालि लाइ गैर-आबासिय नेपालि भन्ने जनाउछ |
यसबाट र यसको नाम बात प्रस्ट के बुझ्नु पर्छ भने | NRN भन्या नेपाली नागरिता या पासपोर्ट धारी नेपाली हुन् जो विदेश मा बर्षको आधा भन्दा बढी समय सम्म विदेशमा बस्छन | विदेश को नागरिता या पासपोर्ट लिएका नेपाली मूल का अन्य देशका नागरिता/पासपोर्टधारी नागरिक NRN हैनन् ति त नेपाली मूल का मात्र हुन् | जस्तै ओबामा केन्याली मूल का अमेरिकी हुन् |
अब नेपाल को नागरिता त्यागेर बिदेशी भैसकेका हरु ले यस्तो संस्था खोल्ने हो भने नेपाली मुलका नागरिक/समुदाय भनेर खोल्नु पर्छ | अथवा नेपाली पासपोर्ट धारी र बिदेशी पासपोर्ट धारी नेपाली मिलेर खोलने हो भने अंतर्रास्त्रिय नेपाली समुदाय भन्न सकिन्छ |
जस्तो: अमेरिका को पासपोर्ट लिएका लाइ त नेपाली मुलका अमेरिकी भन्नु पर्यो नि गैर-आबसिय नेपाली भन्न त मिलेन नि | यदि मिले त शब्दार्थ को गलत व्याख्याभयो |
म पनि ८ -९ वर्ष देखि देश बाहिर छु तर यो NRN को आबस्यकता महसुस गरेको छैन |
१. Nepal बाहिर गएर काम गर्ने मानिस नेपाली नै हो….. तिनीहरु संग नेपाली passport हुन्छ……
२. नेपाली passport त्यागेको मान्छे…..ex – nepali हो……
NRN भनेको १ वा २ कुन हो??????
दुबैलाई एउटाई group मा राख्नु राम्रो होइन…….
We cannot win govt. this is an universal truth. That is why , It would be better to have NRN registered first as per the govt. authority’s instruction. We can continue our demand what we want to have included in our policy or in definition once we get formal shape as a legal institution.
I do not understand why this NRN issue comes up now and then only at the time of Dasain holidays? Is this because they are all here? The most illogical point this Not Required Nepalese did was to have Ms Manisha Koirala as the Chief Guest when they had first NRN tamjham. Is she NRN? From the very start, NRN issue was a non-contender. For me this is nothing more than a ploy to get access to money laundering business or some kind of tax evasion. You can figure out this from the character of the NRN officials. I know of a crap guy who was unemployed here, went to Japan, got settled there and now he is a NRN rep from Japan – what a shit! once I met him in Kathmandu and telling me everything negative of Nepal – he is simply floundering little bit of wealth earned from washing dishes in Tokyo restaurants.
” बिरालोको ह…. भन्दा खोस्रनु धेरै ” भन्या यही हो
होइन नेपाली नागरिकता-राहदानी हुदाहुदै के को लागि हुनु NRN ?
… …….. ………….. ………………………………..राजनीति गर्न ?
भुतपुर्ब नेपाली नागरिक र तिनका सन्तानलाई मात्र NRN भन्दा हुन्न र ?
सबै नेपाली मुलको बिदेशीलाई चाही NRN भन्न मिल्दैन होला
यदि त्येसो गरियो भने त् दार्जिलिंग-सिक्किम-भुटान-देहरादुनको त् सबै NRN हुने भए नै बिहार UP तिरका यादबजी, झाजी, महतोजी सबैलाई नै NRN भन्नु पर्यो नि कि भन्न सक्नु पर्यो यादबजी, झाजी, महतोजीहरु नेपाली मुलको होइन भनेर
मैले यो कुरा धेरै प्रश्न गरि सके
कानुनी तवरमा NRN को नेपालमा बैधानिकत छैन भन्ने कुरा अब सबैलाई थाहा भयो
अरबपति, करोडपति, बैज्ञानिक, उधोगी हरुको यो हाल छ भने साधारण नेपालीहरुको के ?
सुरज श्रेष्ठ
NRN = न घर को न घाटको, मेरो मतलब Nepal छोडेको र विदेश मा स्थाई बसोबास बसेको हरु हो जस्तो लाग्छ, जसले त्यहाँ व्यापार गर्न आनुमति पाउछ, घरजग्गा किनबेच गर्न सक्छ तिनी हरु हुन् NRN
एन आर एन चाहिने नै होइन । अर्काको देशमा भातुवा भएर दशैमा नेपाल आउछ अनी चहिने नचाहिने आस्वासन बाड्दै,बिदेश पुगेपछी रोबोट भएर काम गर्यो । देशको वास्तविक समस्या केही बुझेको होइन । वायियात ।
सिधै कुरा बुझिहालीयो नी कस्ले दर्ता गर्न दिएन भन्ने त ४५ देशले दर्ता गर्न भने कतार र बेलारुसले हुन्न भने, बेलारुसमा को बस्छ डा उपेन्द्र महतो । एनआरएन कस्तो हातमा छ उपेन्द्र महतो को । सिधै छ नी उपेन्द्रको दाउ हो भन्ने
नेपालि नागरिक्ता केहिदिन बिदेसि भुमिमा जादैमा रद्द हुने होइन। रेसिडेन्ट भनेको बसोबास मात्र हो नागरिक होइन ।पसिना पर भुमिमा बगाएर आर्जे को रकम फोरि नेपालि राजनितिको झण्डा हरुले पन्जकिरित सदस्य को नाम मा संकलन गरि ति झण्डा हरुको चुनाब ख़र्च मात्र धानेको छ आज सम्म ।सुुन्य फाइदा खालि बेफाइदा नेपालि बिच्मा गुट र फुट को कुरा ,झण्डा को रंग को कुरा,लुट्न सकिन्जेल लुट्ने फेरि हामि ग़ैर आबासिय नेपालि भन्ने नारा लिएर दर्ता को माग गर्ने?
यदि नेपाल बासि होइन भने नेपालि अरु कतैको लिएको भए देखाउने तुरन्त दर्ता हुन्छ ।सबैलाइ अन्धो सम्झेर जुन देस मा नागरिक बन्नै पाउदै जस्तै अरब मुलुक एसिया जापान हरुमा जति पुस्ता बीताएनि नेपालि नै भएर बस्नु पर्ने हुन्छ ।अब भन्नुस हामि गैर आबासिय नेपालि ? या नेपाल आबासिय नेपालि ?
म १० वर्ष भन्दा बढी देश बाहिर बस्दै आएको Non-NRN नेपाली हूँ | मेरो विचारमा
जुनसुकै देशमा बसे पनि नेपाली नागरिकता छ भने त्यो व्यक्ति नेपाली नै हो | एनारान, एबिष्णु, एशिव केहि हैन | अर्कै देशको नागरिकता लिएको हो भने त झन त्यै देशको नागरिक भैहाल्यो | नेपाली नागरिक लाई नेपालमा आउन भिसा चाहिंदैन | व्यापार व्यवसाय गर्न र सम्पत्ति राख्न बिशेष व्यवस्था गर्न पनि पर्दैन | बिदेशी, भनौं USA को नागरिकता कसैले लिएको छ भने त्यो मानिस त अमेरिकन भैहाल्छ, केको नेपाली हुन्छ – resident वा non-resident दुवै हैन | त्यसैले मेरो बिचारमा NRN कोहि पनि छैनन् |
यो NRN को कुरा गर्नेले धेरै नखोके हुन्छ देश विकाश गर्ने भाषण छाँटेर र नेपालमा लगानी गर्छु भनेर | परोपकारको लागि कसैले व्यापार वा लगानी गर्दैनन् | नेपालकै मानिसले त देशमा समय खराब छ भनेर बिदेशमा लगानी गरेका छन् – उदाहरण नेपालको पहिलो dollar अरबपति | नेपालले विदेशी लगानी स्वागत गरेकै छ | त्यस्तै मन भए विदेशी भैसकेका भूपू नेपालीले निर्धक्कसंग लगानी गर्न सक्छन |
देशको त्यस्तै माया छ र देश विकाश गर्छु भन्नेले आफ्नै देशमा आएर केहि गर्न सक्दैनन् र ?
यी सबै कुरा विचार गर्दा NRN को कुरा गर्नेले देशलाई दिने हैन देशबाट केहि लिन पाउँछ कि भन्ने स्वार्थ लुकाएको जस्तो लाग्छ | वास्तविक कुरा थाहा भैहाल्छ समय आए पछी |
यसको पछि लागेर चुरी फुरी गरेर, हामीनै देश का र नेपाली सर समस्या निवारण गरछौ भनेर गफ हकेरा हिन्ने निकै देखिएका छन्| तर जब इनिहरु कुन पेसा छन् र भित्र भित्रै के गरि राखेका छन् भन्ने कुरा थाहा हुन्छा, यसमा लाग्ने केहि हरु को धन्दा नै नेपाल र बाहिर कर छल्ने, नेपाली लाई देश र बिदेशमा इनिहरुकै संजाल का माद्यम बाट ठग्ने गरेको पर्सस्ता उदाहरण हरु छन्| एदी एन आर एन यो रोग फुलाउने हरुबाट मुक्त हुन सकेन भने यसको नेत्रित्य लिन इम्मंदार बेक्ती हरु पछि हट्ने सम्बवाना पनि उत्तिकै छ|
नेपाली नागरिकता भएको, नेपाली राहदानी बोकेर देशबिदेश आउजाउ गर्ने वा बिदेशमा काम गर्ने र निश्चित समय पश्चात नेपाल फर्किनेको लागि NRN हुनु र नहुनुको कुनै मतलब छैन । त्यो त केबल, जो बिदेशी नागरिकता लिएका र बिदेशी राहदानी लिएर नेपालमा आउजाउ गर्दा भिषा शुल्क बचाउनका लागि सहुलिएत लिने उद्धेश्य राखेका छन तिनैमात्रको, राजनिती गर्ने र अरुलाई प्रयोग गर्ने उद्धेश्य मात्र हो । माओबादीले एकलजातीय संघियता भनेर राजनिती गरे जस्तै ।
यसकारण नेपाली राहदानी प्रयोग गर्नेहरुको लागि NRN को कुनै अर्थ र आबश्यकता छैन । यदी अर्थ र आबश्यकता छ भने त्यो नेपाली नागरिकता त्यागेकाहरुको लागि मात्र हो र त्यो पनि नेपाल आउदा जादा नेपालमा भिषा शुल्क तिर्न नपरोस भन्ने वा तिर्न नचाहानेको लागि । नेपालमा लगानी भित्र्याउन चाहानेले नेपालमा भिषा शुल्क तिर्न कन्जुस्याइ गर्छ ?
कुरा गर्दा जतिसुकै बिदेशी लगानि भित्र्याउने गरेपनि बास्तवमा नेपालमा लगानि त तिनिहरुले भित्र्याएका छन जसको नेपाली राहदानी छ । बिदेशी राहदानी हुनेहरुले त नेपालमा भएको सम्पती समेत वेचेर बिदेश लगेका छन । नेपाल भित्र्याएका छैनन् र भित्र्याउने पनि छैनन् , जति खोक्ने गर्छन ।
सबै ले कुरा बुझ्नु ।
अरु कुरा त तेस्तै हो, परराष्ट्र मन्त्रालयको पत्रमा एउतै वाक्य यत्रो लामो ….बाफ रे बाफ, न कमा छ, न फुलस्टप; काठमाडौँबाट छुटेको काकडभित्तामा पुगेर रोकिए जस्तो …..वाह रे वाह हाम्रो नेपाली पत्र लेखन कला …..
मेरो सानो दिमागले बुझे अनुसार, एनारान (एबिष्णु, एशिव, आदि) को बिल्ला एति दिन उति दिन विदेश मा बसेको आधारमा दिनु मा कुनै तुक छैन, कृतिमता मात्र छ. १८३ दिन वा २ वर्षा मा तेस्तो के जादु छ तिनकै आधारमा एनारान को बिल्ला कसैको निधार मा दशैको बेला टिका लगाइदेको जस्तो टाँस्नु पर्ने?
मुख्य सरोकार को कुरा दुइटा छन्:
१) विदेश मा गएको वा बसेको मान्छे जसले बिदेशी नागरिकता स्विकारी सकेको छैन, उसले त्यहाँ काम गरेको छ छैन, कमाइ धमाई गरेको छ छैन, र विदेशको सरकार लाई आयकर तिरेको छ छैन भन्ने हो जस्तो लाग्च. जस्तोकि, राष्ट्र संघ मा काम गर्न जाने नेपालीले बिदेशी सरकार लाई आयकर बुझाउनु पर्दैन, तेसैले उनि एनारान पनि हैन, एबिष्णु पनि हैन. तर विदेश मा बसी बिदेशी नागरिकता नलिई कमाई धमाई गरेको र त्यसै अधार मा त्यस देशको सरकार लाई आयकर बुझाउछ, उनि एनारण हुन्.
२) विदेश मा गइ बिदेशी नागरिकता लिएको नेपाली (जसले नेपालको अहिलेसम्म को कानून अनुसार नेपाली नागरिकता त्यागी सकेको बुझिने), जसले जुन देशको नागरिकता लिएको छ त्यस देशको सरकार लाई आयकर बुझाउछ, तिनी हरु एनारान हुन्.
यी दुइ कुरा को अर्थ के हो त भाउजु भनेर सोध्नु होला. अर्थ के हो भने बिदेशी आयकर तिरेको व्यक्तिको नेपाल संग को सम्बन्ध कस्तो बनाउने भन्ने संग गाँसिएको छ, किन भने उसले आर्जेको सम्पति लाइ नेपालको सम्पत्ति मान्न सकिन्न. तर बिदेशी कर नतिरेको व्यक्तिले बिदेशमा आर्जन गरेको सम्पत्ति कानुनन नेपाली सम्पत्ति मानिन्छ र त्यसको नेपाल सरकार लाई आयकर बुझाउन पर्ने हुन सक्छ.
यी सप्पै कुरा मलाइ तपाइको दाजुले भन्सेको. मलाइ त के था र.
भाउजु, तपाईं को लेखाइ हेर्दा त १-२ राउन्ड पछी त नारान को अध्येक्ष को पद त तपाईंले नि पडकाउला जस्तो लाग्यो है। सोझो अर्थ लगाउदा के भुझियो भने नेपाल बाट आउने कर्मचारी र illigal हरु नारान हैन (illigal ले tax तिर्दैन नि त।) , अरु विद्यार्थी देखी शरणआर्थी सबै नारान । अनी tax नतिरी बेरोज्गार भत्ता खाने अम्रिका नागरिकता लिने नेपाली नि नारान भएन नि त । भाउजु , दाई को लहलहै नलाग्नुस् , नारान हुन नहुन tax ले केही फरक पार्दैन । एसरी बिदेश मा बस्ने सबै लाई नारान को पद्बी दिने हो भने पछी नारान नि २ खेमा हुन्छ। एउटा बिदेश नागरिकता नभएको अनी देश गएर जे नि गर्न मिल्ने नारान , अ नि अर्को बिदेशी नागरिकता भएको , देश मा ब्यापार , बिजिनेस्स गर्न नपाईने नारान। एसरी भिन्नइ २ खेमा को उदेश्ये कसरी मिल्छ? अनी छ नि भाउजु, बिदेश मा टन्न कमाएको अनी नेपाल कै नागरिकता भएको लाई त्यो सबै धन नेपाल मै ल्याएर नेपाल मै थुपार्न लाई नेपाल को कुनै कानून ले छेकेको छ जस्तो चै लाग्दैन है मलाई। अनी त्यो पैसा लगेर नेपाल मा लगानी गर्न मात्र मन हुनु पर्यो , नारान सारान केही नि हुनु पर्दैन है।
वाह क्या बात छ भाउजु ……………………तपाईं को भनाइ १ दम सहि हो / म साउदी अरब बसेको ५ वर्ष भो मलाई एसको अर्थ पनि थाहा छैन र यहाँ तेसता संस्था खोल्न पनि पाइन्न र यहाँ जरुरत पनि छैन…………ब्यर्थमा पैसा जम्मा गरि राजनीति गर्न लाई………… बाँकि अरु तपैनै बुझ्नुस /
समग्रमा भन्दा एउटा प्रसङ्ग जोड्न मन लाग्यो:
१) दिनभरी बाहिर काम मा जादा: त्यो घरको परिवारको सदस्य हैन|
२) एकछिन घुमेर घरमा फर्किए, त्यो घरको सदस्य.
३) आमा: छोरा, यदि त बाहिर काममा जना लागेको भए विचार गरेश है!!
LOL
अनि अर्को कुरा, जबसम्म बिदेशमा बसेका नेपाली त्यो देशको नागरिकता लिदैनन, हामीलाई किन चाहियो NRN को tag ? अब नागरिकता लि सकेको भए त झनै जरूरी भएन.
NRN को फलानो हौँ र चिलानो हौँ भन्नेहरूमा रबाफ र हाउ भाउ नितान्त नेपालि राजनीतिज्ञको जस्तो आउनु र NRN चुनाबी क्रियाकालापमा नितान्त नेपालि राजनितीपन देखिनुले नै सबै कुरा स्पस्ट पार्छ कि नेपालमा हुँदा देखेको भोगेको र सुनेको तर गर्न नपाएको राजनीति विदेश पुगेर गर्ने रहर सिबाय केहि होइन /
अरु केहि होइन, छिमेकी रास्ट्र भारत को नक्कल गरेको हो गोदरेज को नक्कल पोदरेज जस्तै NRI को कपी NRN हो भारतीय हरु विदेश मा अधिकांस highly skilled मा काम गरेर टन्न पैसा कमाउछ अनि तेही अनुसार लगानी पनि गर्छ हामि नेपाली साहुको ऋण तिर्दा तिर्दा कति खेर अपांग हुन्छ पत्तो हुदैन अनि NRN का टाई सुट धारी नेता भनौदा नेपाली राजनीति पार्टीका दलाल हरुलाई बाल मतलब जो जसरि मरे पनि !!!
खै यो येनआरएन भन्ने हरुनी सबै नै उपेन्द्र महतो , जिबा लामिछाने ,भिम उदास , सेश घले हरु जस्तो मात्र त कहाँ हुदो रैछ र ? ८-९ वर्ष अघि नेपाल मा नक्कली रक्सीको बिर्को बनाएको अभियोग मा कारबाही भै टिक्न नसकी अरब तिर कुलेलम ठोकी म्यानपाओर दलाली गर्ने एकजना नटबरलाल नि आझ भोलि येनआरयेन को ठुलो मान्छेरे अहिले तेस्को ताम झाम र नौटंकी देख्दात यो सस्थामा पनि अब भाडभैलो गर्नेहुनकी झैँ लागेको छ I जे होस् बिदेसमा रहनुहुदा तेस्बेलाका ठुलाबडा बुद्दिजिबि सफल बेक्तित्तो हरुले आफु बिदेसमा रहेपनि एकजुट हुदै देसबिकास मा केहि योगदान गर्ने उदेस्येले सुरु गर्नु भएको सस्था हो “”जो पायो तेही बादर ले नरिओल नखेलाओस””. प्रगतिको सुभकामना !!!
यति दिन उति दिन भन्दा पनि नेपाली मुलका बिदेशी नागरिक जसले नेपालको नागरिता त्यागेको या नलिएको ब्यक्तीलाई मात्र एनआरएन भने हुन्छ । जसले गर्दा बास्तबिक रुपमा एनआरएनको अर्थ , महत्व र आबश्यकता स्पष्ट हुने थियो । एनआरएनको मुख्य मुध्दा दोहोरो नागरिकता ( नेपालकै नागरिकता बोकेकालाई किन चाहियो ? ) मुख्य नारा एक पटकको नेपाली सधैको नेपाली ( २,४ बर्ष घर बाहिर बस्दैमा कसैले त मेरो घरको सदस्य होईन भन्छ र ? ) यस बाहेक अरु कुराहरु सबै नेपालका नेताहरुले हुल जम्मा गर्न भारत बिरोधी नारा लगाए जस्तै हो ।
अहिले जस्तो सुकै अबश्था भएपनि भबिस्यमा नेपालीहरुलाई लगानी गर्न नेपाल उपयुत्त , सुरक्षीत र फाईदाजनक ठाउँ हो । लगानीको नारा धेरै नलगाएकै बेस ।
जसले जे भने नि नेपाली नागरिता भएको मान्छे जो १० वर्ष नै विदेश मा बसेको किन नहोस उनि NRN हैन. जसले नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिन्छ त्यो नै NRN हो र बिदेशी नागरिकता लिएको दिन देखि नै NRN हो. अरब मा काम गर्न गएका कोहि नि NRN हैन. विदेश मा पढी राखेका बिध्यार्ही हरु नि NRN हैन . DV र PR holder हरु नि NRN हैन. उपेन्द्र महतो जी नेपाली पासपोर्ट बोक्नु हुन्छा , नेपाली नागरिकता छ भने उहा नि NRN हैन. धेरै मान्छे जम्मा गरेर भए जति लै समेटेर ठुलो हल्ला गर्न सबै लै NRN मा राख्नु ठिक हैन. नेपाली नागरिकता भएका ले नि यो NRN मा रहनु मुर्खता मात्र हो. नेपाली नगरिकत्ता छ भने उहाहरु लै नेपाल मा बस्न र लगानी गर्न कसले रोकेको छ ?
(नोट : विदेश मै जन्मेका नेपाली मूल का लै चाही NRN भन्न सकिन्छ )
NRN को अर्थ नै Non Residential Nepali भनि सके पछि नागरिकता हुनु र नहुनु संग के सरोकार छ ? दुइ बर्ष भन्दा बढी नेपाल बाहिर बाहिर बसेको लाई NRN परिचय पत्र दिनु मा तुक देख्छु म त |
भारत मा गएर मजदूरी गर्ने या पढ्ने हरु पनि NRN होलान अब त!
मा १२ कछ्या पढ्न काठमाडौँ आए, होस्टेल मा बसे, अनि २ वर्ष पछि दशैँ मा घर फर्किए!
तर मेरो दाइ साथि इंडिया गएर पढ्यो! उ पनि दुइ वर्ष पछि आयो दशैँ मा घर!
तेसो भए अब मेरो साथि NRN भयो होला नि!
कुरा ठिकै देखिन्छ| नेपाली नागरिकता बोकेकाहरुलाई एन आर एन बनेर फाइदा केहि छ त?
त्यहि त नेपाली नागरिकता छ भने नेपाली नै भयो नि जति सुकै दिन बाहिर बसे पनि! नेपालमा जन्मेको ( एक पटक नेपाली) तर हालमा बिदेशी भएको कारण non resident nepali हुनुपरेको हो/ त्यसैले अनि मैले सोचेको नेपाली मूल तर नेपाली passport नबोकेका हरु NRN हुन् / नेपालमा लगानी बढाउने भए दोहोरो नागरिकतामा जोड दिनु पर्छ जस्तो इंडिया ले गरेको छ/
बिद्यार्थी हरु कुनै पनि हालत मा NRN होइनन, खाडी अनि मलेशिया मा काम गर्ने हरु पनि होइनन .
PR or GC or अन्य another permanent card holders लै चै NRN or non resident Nepali भन्नु ठिक हुन्छा, किन भने , तिनी हरु कानुनत नेपाली नै हुन् तर नेपाल मा नबस्ने , त्यसैले non resident Nepali.
अर्को देस को नागरिकता भएका हरु त तेही देस क भै हाले ने अनि कसरि नेपाली भए ? बरु PNO , peoples of Nepalese origin or NCN,Non citizen Nepali येस्तई येस्तई भन्नु पर्ला.
मैले ने बुझेको कुरो चै, नेपाली नागरिकता हुने हरु पनि दोहोरो नागरिकता भन्दै किन उफेराका
महेश जी ले भन्नु भएको सत प्रतिसत ठिक हो किन भने येदि उपेन्द्र महतो, सेश घले, जीबा हरु ले बिदेशी नागरिकता लिएका छैनन् भने उनीहरु NRN हुनै सक्दैनन् | नेपाली नागरिकता भएको लाइ नेपाल मा लगानी गर्न लाइ कसले रोकेको छ ? जसको बिदेशी नागरिकता छ तर पहिला उ नेपाली नागरिक थियो तो बेला उसलाई नेपाल मा लगानी गर्न मिल्दैन तेसैले NRN को सहायता ले उसले नेपाल मा लगानी गर्न सजिलो , कर मा छुट जस्ता सहुलियेत दिएर धेरै लगानी भित्रिन सक्दछ | ग्रीन कार्ड, डिभी परेका, बिधार्थी हरु, खाडी मुलुक मा बस्ने, भारत मा बस्ने, काम गर्ने सबै बिदेशी नगारिकता नलिएका हरु ले विदेश मा बस्ने विभिन्न देश को नाम मा जस्तै अस्ट्रेलिया नेपाली बिधार्थी, समाज, अमेरिका नेपाली समाज आदि राखे भैहल्योनित ? महेश जी ले राम्रो संग व्याख्या गर्नु भयो धन्यबाद |
लेखकज्यु को बिस्लेसन समय सान्दर्भिक लाग्यो! विदेशमा जाहा गैरआबासिये नेपालीहरु काम गरि रहेका छन् त्यहाँ एउटा सामान्ने एनआरएन सम्पर्क कार्यालय त खोल्न सकेका छैनन् भने नेपालमा सस्थादर्ता गरेर लगानी भित्राउने दूरको कुराहो!