Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मनकम्पन र क्षमापूजा

Posted on May 25, 2015May 25, 2015 by mysansar

– वासुदेव मिश्र –

एकाबिहानै राशीफल फलाकेर मानिसको उर्जाशील दिमागलाई खल्बल्याउने नेपालका एफएम रेडियोहरु र कपोलकल्पित राशीफल प्रकाशित नगर्दा पत्रिका नै बिक्दैन भन्ठान्ने पत्रकारहरु आम नागरिकको मनोबल गिराउने मतियार नै भएका छन्।

विवादास्पद विचारक ओशोले नास्तिक र आस्तिक दुबै प्रवृत्तिको विरोधमा उत्रिदै भनेका छन्–‘ईश्वरवादी मन्दिर, मस्जिद, चर्च लगायतका ठाउँमा गएर ईश्वरप्राप्तिबाट चुके भने अनिश्वरवादी उनीहरुको विरोधमा उत्रिएरै सकिए ।’

भूकम्पपछिको नेपाल सन्दर्भमा घोत्लिँदा उनी सन्दर्भ सामाग्री बनेर आए । ठूलो जनधनको क्षति गराएको भूकम्पले दिनहुँ कम्पनबाट त्रसित बनाउन छाडेको छैन । मनहरु त्रस्त छन् । केही आहत मनहरु सम्हालिएका छन्, घरबारी नै चिरिएकाहरु नयाँ घरबारको चिन्तामा छन् । राज्यप्रणाली न त हिजो विश्वासिलो थियो न त आज नै । त्यसैले सायद, धेरै आशा थिएन, पीडितहरुलाई । उनीहरु आकाश ओडेर धर्ती ओच्छ्याएर सुते÷सुुत्दैछन् ।

जनमनमा भने यो भूकम्पले मानवताको ठूलै कम्पन उत्पन्न गरायो । सामूहिकबाट एकाङ्की मनोवृत्तिमा रुपान्तरित हुन थालेको नेपाली समाजमा सहयोगको अद्भूत भावना जागृत हुन पुग्यो । नागरिकस्तरबाट मन खोलेर सहयोग जुट्यो र जुट्ने क्रम जारी छ । त्यही सहयोगले भूकम्प पीडितहरुको पीडामा मल्हम लगाइयो । उनीहरुको पीडा कम भयो । विपतको बेला एक हुने नेपालीपन फेरि उज्यालियो । भला, यो उपक्रममा कहिँकतै गडबडी र आत्मरतिमा रमाउने प्रवृत्ति हावी नै किन नहोस् ! गाउँगाउँ जागे, हुनेले अहिले नहुने बनेकाहरुलाई दिए । यसले पीडामा परेका नागरिकलाई राज्यविहीनताको अनुभूतिबाट थोरै भए पनि टाढा राख्न मद्धत ग¥यो । सायद, उदारता, सहिष्णुता र मानवताका सुन्दर पक्षहरु मानिसका नैसर्गिक गुण हुन् । जसले गर्दा बिपतको घडीमा सोचेभन्दा बढी सहयोग जुट्यो । यो अभियानमा धार्मिक भावनाले पनि काम गरेन भन्न सकिन्न ।

तर, नियत खराब नभए पनि यदाकदा मानिसको अन्तष्करणबाट निर्देशित कार्यले पनि गलत सन्देश दिन सक्छ । सायद, अहिले त्यही प्रवृत्तिले टाउको उठाउँदै छ । नेपालको सुरक्षा अङ्गले बिपत्को बेला गर्नु ग¥यो । दिनरात नभनी उनीहरुले उद्धार र राहत अनि पुनर्निर्माणमा सहयोग गरे । सुरक्षा अङ्गमध्येको महत्वपूर्ण सेनाका मुखियाले यहाँ क्षमापूजा गरे । अहिले देशभर भूमिपूजा, ग्रहशान्ति लगायतको अभियान चलेको छ । सेनाले गरेको अतुलनीय योगदान र दिनहुँको पराकम्पनले त्रस्त व्यक्तिगत भावनालाई सन्तुलनमा ल्याउन सायद उनले सो बाटो रोजे होलान् । प्रधानसेनापतिलाई व्यक्तिगतरुपले जपतप गर्ने छुट पक्कै छ तर उनको गतिविधीले धार्मिक कतै हामी अदृष्यशक्तिको दाश बन्ने यात्रा तय त गर्दै छैनौँ भन्ने प्रश्न पनि खडा गरिदिएको छ । तर ग्रह कटाएर अनि स्वस्तीशान्ति गरेर भूकम्पलाई रोक्न सकिन्न । यसले नेपाली मनलाई झन कमजोर बनाउने र सहरका गल्लिगल्लिमा नाङ्लेपसल थाप्ने तथाकथित् धर्मका ठेकेदारमात्र फाइदा गर्छ । कसैको मनोकम्पन शान्त गर्दा आम नागरिकमा के सन्देश जान्छ भन्ने अगुवाहरुले बुझ्नैपर्छ ।

भूकम्पबाट त्रसित मनमा जीवन भर्नुछ । छिनछिनमा तर्सिने बालबालिकाहरुलाई मनोसामाजिक तालीम दिनपर्ला । उनीहरुलाई बिपत्तिबाट नआत्तिनको लागि वैज्ञानिक विज्ञानसम्मत ज्ञान र योग गराउन सकिएला । तर, अमूक धर्ममा आधारित भएर उनीहरुको कलिलो मनलाई अदृष्यशक्तिको दाश बनाउन भने कदापी मिल्दैन । धर्म व्यक्तिगत स्वतन्त्रता हो । आस्था कसैले रोक्दैमा रोकिँदैन तर विषम परिस्थितिमा यसैलाई अगाडि सारेर आफ्नो कमजोर मनोदशा कसैबाट पनि प्रदर्शित हुनुहुँदैन ।

हो, संसार नै लामो समयदेखि विभिन्न धार्मिक परम्पराले थोपरेका कर्मकाण्डले बाँधिदै आएको छ । कर्मकाण्डको फेरो समाएर हैन कि कर्म गरेर नै दुःखबाट पार पाइने हो । लामो समयदेखिको यो कर्मकाण्डीपाराबाट नेपालको संचारजगत पनि मुक्त नहुनु विपत्को घडीमा झन विडम्बना भएको छ । एकाबिहानै राशीफल फलाकेर मानिसको उर्जाशील दिमागलाई खल्बल्याउने नेपालका एफएम रेडियोहरु र कपोलकल्पित राशीफल प्रकाशित नगर्दा पत्रिका नै बिक्दैन भन्ठान्ने पत्रकारहरु पनि यो मामिलामा कम्ति दोषी छैनन् । संचारमाध्यमले कर्म गर्न सिकाउनुपर्छ, बिहान उत्साहले योजना बनाउँदै गर्दा, कर्मस्थलतिर लम्कँदै गर्दा बेसुरा र हचुवाको तालमा तपाईँको राशीफल ठीक छैन भनेर बर्बराउने र छाप्ने प्रवृत्तिलाई पनि अब छाड्नैपर्छ ।

12 thoughts on “मनकम्पन र क्षमापूजा”

  1. shyam says:
    May 31, 2015 at 11:40 am

    धार्मिक सेना भनेका इस्लामिक जेहदिस्ट जस्तै क्रुर, इसाई Crusader हरु जस्तै पाखण्डी तथा स्वोघोषित धर्मयोद्धाहरु जस्तै अमानविय हुन्छन| तसर्थ, सेनाले धार्मिक क्रियाकलाप होइन कर्म गर्नु पर्छ|

    Reply
  2. स्वयम्भु सौरभ says:
    May 28, 2015 at 7:22 pm

    –‘ईश्वरवादी मन्दिर, मस्जिद, चर्च लगायतका ठाउँमा गएर ईश्वरप्राप्तिबाट चुके भने अनिश्वरवादी उनीहरुको विरोधमा उत्रिएरै सकिए ।’
    It may be a tonic for both of ideologists in Nepal.

    Reply
  3. सुभाष उपासक says:
    May 28, 2015 at 7:18 pm

    कसैले ठिकै भनेको छ , जुन यथार्थ र वास्तविक पनि !
    हिन्दु धर्म भनेको ‘व्यापारिक’ कर्मकाण्ड हो ; मुस्लिम भनेको ‘राजनीतिक’ आन्दोलन हो.
    धर्म निरपेक्ष नेपालको सेना र तिनको मानसिकता अझै पनि त्यो कर्मकाण्ड बाट मुक्त नहुनु समग्र नेपाल र यसको उज्ज्वल भविष्य माथि मडारिएको कालो बादल जस्तै देखिन्छ.

    Reply
  4. Subhaash Upaasak says:
    May 28, 2015 at 7:12 pm

    osho is better to listen . but hard to believe.
    anyway , his opinion is far more better than the religious teachers (cheaters) !

    Reply
  5. बशन्त राज says:
    May 28, 2015 at 3:39 pm

    भुकम्प संग सम्बन्ध राक्ख्ने केहि जनजिब्रोमा प्रचलित बडा पकाको कुरा एस्तो छन्/ कतिपय बुडापाकाहरु भुईचालो आउदा माछाले काध फेरेको भन्ने गर्छन/ यो कुरा म सानो छदा खुबै सुन्थे अनि यो कुराकाहा बाट आयो होला भन्दै म खुब विचार गर्थे / अनि लाग्थ्यो के प्रीथीबी पानीमा छ ? फेरी मा स्कुलमा पदन जादा सरहरु प्रीथीबी गोलो छ भन्दै सुन्तला जस्तो निलो सेतो चित्र देखाउनु हुन्थो/ अनि सोच्थे यो गोलो प्रीथीबीलाई माछाले कसरी काधमा बोक्दो होला? माछाको काध कस्तो हुन्छ होला येस्तै यस्तै कुरा मनमा खेल्थ्यो तर सफा कुरा म ठुलो नभए सम्म बुझ्न सकिन / पुरा कुरा एस्तो रछ / हामीले सप्ताह ज्ञान महापुरण सुनेको छौ भने भगवान बिष्णुको मस्त्य (माछा) अबतार बारे सुनेकै होला / उत्त मस्त्य अवतरको कथामा प्रीथीबीमा प्रलय हुदा जता ततै पानि पानि थियो अनि उत्त पनि बाटा मनु सहित केहि रीषीहरुलाई भगवान बिष्णुको माछा अबतारले बचायाको प्रसङ्गलाई नै माछाले काध फेरेको भन्दै भुकम्प संग जोडीएको रहेछ/ उता प्रसङ्गमा भगवान बिष्णुले तत्कालिन राजा मनुलाई एक बिहानी पुजा गर्ने क्रममा दर्शन दिनु हुन्छ किनभने मनु भगवान बिष्णुका महान उपासक थिय/ अनि भगवान बिस्नुले मनुलाई ठुलो डुंगा बानाउन अनि त्यहा हरेक बाली नालीको बीउ राख्न्न अनि प्रलयको दिन उता डुंगामा समुन्द्रमा यात्रा गर्न सल्लाह दिन्छन अनि प्रलयको दिन मनुको डुंगालाई मछारुपी बिस्नुले सुरछीत स्थलमा लागेको प्रसंगलाई भुकम्प संग जोडीएको रहेछ / यो कुरा मान्नु नाम्मनु आफ़्फ़्नो ठाउमा छ / तर म नास्तिक भयकोले यो कथालाई कथामात्र मान्ने गरेको छु / म परम्पराको नाममा सस्क्रीतीको नाममा अन्ध बिस्वासको पछाडी लाग्ने होईन/ तर पुरातन बादी सोच भन्दै धर्म परीबर्तन गर्ने पनि होईन / मलाई आजको बिस्वमा हुने हरेक झगडामा युद्धमा धर्मकै हात छ भन्ने लाग्छ / नत्र सिरीया इराक नाईजेरीया आदिमा धर्मको नाममा आतंक पूर्ण कार्य गर्नेले पनि धर्मकै हवाला दिदै आको छन/ तेसो त ईतीहासमा हिटलर उदाउनुमा पनि कता कता जर्मनमा यहुदिकै हाली मुहाली बढ्नु प्रमुख कारण हो / खैर यो दैबी बिपत्तिको समयमा पुराना घाउ नकोट्याउनु नै बेस होला / पुजा आदि जे गरेपनि मन बुझाउने बाटो हो / कतिलाई मन सान्ती गर्नकै लागि पुजा गर्छन भने के नै भन्न सकिन्छ र / तर पुजा गर्दैमा प्राक्रीतिक प्रकोप रोकिन्छ भन्नु चाही मुर्खतानै हो भन्ने मलाई लाग्छ /

    Reply
  6. डिल्ली says:
    May 27, 2015 at 1:43 pm

    संसार भरीका मानिसलाई १२ भागमा बाडेर गरिने राशीफलको कुनै तुक हुन्न । राशीफल लेख्ने स्वयमले यसलाई स्वीकारेको कुरा हो । पहिलो कुरा हामीले नजानेको नभोगेको र नदेखेको तर सुनेको कुरा पूर्ण काल्पनिक पनि हुन सक्छन् सत्य पनि हुन सक्छन् । केवल यत्ति हो कति वटामा, वा कति सयमा वा हजार, लाख करोड वा कति मा एक मात्र हुन सक्ला । बाँकी सबै झुठ हुन सक्लान् तर त्यसरी सजिलै होइन हुँदैन र हुन्न पाखण्डी भन्न पनि सकिन्न । मानिस पृथ्वीमा जन्मिन्छ र मर्छ । तर कैले भन्न सक्छ किन के का लागि र कसको इसाराले जन्मिन्छ वा मर्छ ? मान्छे कसरी जन्मिन्छ पनि भन्न सक्छ विज्ञानले वा आम मान्छेले जानेकै कुरा हो तर के विज्ञानले भन्न सक्छ मान्छे किन जन्मिन्छ र किन मर्छ ? पृथ्वी वा यो ब्रह्माण्ड किन जरुरी पर्यो भन्न सक्छ कसैले ? जब किन को उत्तर हामीलाई थाहा छैन त्यहीँ पुगेर अहिलेसम्म विज्ञान अड्केको छ र त्यही बाट अध्यात्मको शूरूवात भएको छ । पूजा क्षमा पूजा आदि इत्यादि पनि अध्यात्मका केही रुप हुन तर हाल मानिसले जीविकोपार्जनको साधन बनाउँदा कर्मकाण्डमा अन्त्य भएको छ र अध्यात्मको अस्तित्वमा प्रश्न उठेको छ ।

    सनातन धर्मवालम्बी जसलाई हिन्दू भनियो, बुद्ध धर्मी, इस्लाम वा क्रिश्चियन वा अन्य कुनै आस्थामा संसार भरका मानिस बाँडिएका छन् । कही गीता छोएर बाचा बाँध्लान वा कोही बाइवल, कुरान वा त्रिपिटक ।

    मुसलमानलाई सोध्नुस् किन एकमहिना ब्रत बस्छन् । क्रिश्चियनलाई सोध्नुस् किन खानु अघि मन्त्र पढ्छन् । त्यसैल आस्था आफ्ना आफ्नै संस्कार र संस्कृति आ-आफ्नै हुन्छन् । विरोध गरेर मात्र हुन्न ।

    Reply
  7. Gaurab Nepali says:
    May 26, 2015 at 11:44 pm

    मिर्सित आई मिन बसु जी,धार्मिक परम्परा अनुशासन को स्कूल हो ! सिक्क को दुई पट हुन्छन अर्को पाताबात हेर्दा यो भन्दा बढी भनिरहनु नपर्ला !

    Reply
  8. XYZ says:
    May 26, 2015 at 6:35 am

    what can you expect from an army that indulges in a senseless rituals like shanti puja and chhama puja?

    Reply
  9. Abhyankar says:
    May 25, 2015 at 8:28 pm

    १००% ठिक , thank you very very much
    कर्म मा ध्यान दिऔ र science अर्थात् medicine मा विश्वास गरौ | बोका पुजा ले केहि हुने हैनत

    Reply
  10. Shankar says:
    May 25, 2015 at 6:39 pm

    भन्न त् प्रचण्ड ले पनि तेही भन्थ्यो , रुढिबादी मान्न हुन्न , भैसी पुजा गर्यो | मन मोहन , माधब नेपाल ले पनि तेही भन्थे बालुवाटार छिर्ने बेला कालो बोका काटे |
    बाबुराम अक्सर मनकामना जान्छन |
    सराद्दे गर्नेलाई सोध्नुस बिरालो किन बाध्ने ? ४-५ चोटी बचा मोरेर आर्को जीवित बचा पाएकालाई सोध्नुस नाउ किन काले , पोडे ,सेते राखे भनेर , तिज मा दुइ दिन भोकै बस्ने हिन्दु नारीलाई सोध्नुस किन ? रामादान मा १ महिना भुकै बस्ने मुसलमान लाइ सोध्नु किन ?सुसाइड गर्ने जिहादी हरुलाई सोध्नुस मरेपछि स्वर्ग मा भर्जिन सग भोग गर्न पाइन्छ? , तेस्तै क्रिच्स्याँन ,बुद्दिस्ट को पनि केहि होला |
    ओबामा ले हनुमान चालिसा किन पढ्छन , अमेरिकी रास्ट्रपति पनि सुभ कार्य गर्नु अगि किन प्रार्थाना गर्छन ?

    अनि दोलखाको भीमसेन लाइ पसिना आएर पुजा गर्ने , काली लाइ बलि चढाउने लाइ मात्र किन भन्नु ?

    Reply
    1. सागर शिवाकोटी says:
      May 27, 2015 at 10:24 am

      शंकर जी, तपाइको सबै प्रश्नको एकै उत्तर छ… ती सबले त्यस्तो वैह्यात नौटंकी गर्छन, किनकि ती सब पाखण्डी हुन्, धर्मको छलले छोपिएका बज्र स्वाठ हुन्…

      Reply
  11. Bishnu says:
    May 25, 2015 at 6:18 pm

    ए बासुदेव महोदय,
    तपाइको नाउँ चै १२ राशीसँग जोडाएर राख्ने अनि रेडियो र पत्रिकाले राशीको कुरा उठाउँदा तपैलाइ चै को टाउको दुख्ने है, गज्जव छ यो दूनियाँ । धर्म र राशीसँग जो अास्थिक छन् उनीहरू लेख्छन्, छाप्छन्, सुन्छन् र सुनाउँछन् पनि । अाबो नास्तिकहरूलाइ त अरू के भनिराख्नु र ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme