Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरोज खनाललाई सरोज भुसालको चिट्ठी

Posted on June 23, 2015June 25, 2015 by mysansar

दाजु सरोज खनाल नमस्कार,

भर्खरै हजुर अमेरिका छोडेर नेपाल फर्केको थाहा पाएँ। अरूले जे सुकै भनून वा सोचून म चाँही असाध्यै खुसी भएको छु। फर्कन केही ढिला अवश्य भएकै हो तर म राम्रो सँग बुझ्छु अमेरिका भनेको जती निश्कन खोज्यो उती भास्सिने एउटा दलदल हो। हजुर फर्केको सुनेर केही मानिसले अमेरिकाबाट सरापेका छन भने केहीले नेपालमा भाग खोस्न आए जस्तो गरी दुसित डकार निकाली रहेका छन्। मैले कुरो बुझिरहेको छैन ति दुबै तिरका झुसिला डकार किन निस्किएका हुन भनेर ?

केही मानिसहरू सत्र बर्ष बसेर कर्म थलो बनाएको देशलाई दोष लाएर गयो ,अब फेरी आउलास भने झै गरि दाह्रा किटि रहेका छन ।यस्तो लाग्छ उनीहरू शतप्रतिशत चित्त बुझेर अमेरिकामा बासिभात खाएर बसेका छन ।यहाँ जे जस्तो नराम्रो भए पनि उ अझै बस्नु पर्थ्यो अथवा यही मर्नु पर्थ्यो ।उनीहरूले भनेका छन ,नेपाल भनेको असभ्य ,फोहरी र अबिकसित देश हो ।एक पटक अमेरिका आएको मान्छे फेरी नेपाल गएर बस्नै सक्दैन त्यसैले उ असफल हुनेछ र फेरी यही आउनु पर्ने छ ।उनीहरू त्यो हजुरको नेपाल बसाई असफल होस् र खुच्चिगं भन्न पाईयोस् भनेर धूप बाल्दै होलान ।

उता नेपालमा सत्र बर्ष अमेरिका बसेर जवानी जती बिदेशमा सक्यो अब बुढेसकालमा भत्ता खान नेपाल आएको आरोप लगाई रहेका छन ।बुढेसकालमा नेपाल आउनु भन्दा नआएको भए हुन्थ्यो भन्नेहरू पनि देखियो ।सायद उनीहरूलाई ज्ञान छैन होला भत्तानै खान परे नेपालमा भन्दा अमेरिकामै धेरै र सम्मान जनक सुबिधा छ भनेर ।मलाई लाग्छ हजुर ५०बर्ष भन्दा माथी पक्कै हुनु भएको छैन ।८५ बर्षका बुढाहरू प्रधान मन्त्री हुने हाम्रो देशमा ५० बर्षको हजुरलाई बुढो देख्ने आँखामा पक्कै पनि मोतीबिन्दु लागेको हुनु पर्छ।

राम्रो जागिर खान ,पैसा कमाउन जो जहाँ पनि त गएका छन नी के अब बिदेश गएका कोही पनि आउन नपाउने ?बिदेशमा कमाएको पैसाले नेपालमै आएर केही राम्रो गर्छु भन्न नपाउने ?केही बर्ष बिदेश बस्दैमा नेपाल फर्कनै पाँउदैनस् भन्ने जस्तो पो गर्छन बा !हरेस नखानुस दाजु ,त्यस्ता नेपाली र अमेरिकन भाईरसहरूका अगाडी धेरै राम्रो काम गरेर देखाई दिनु होला ।बिदेशमा चित्त नबुझि नबुझि बसेका र नेपाल पनि फर्कन नसकेर दोधार भएका हरूलाई नेपाल फर्कने उत्साह मिल्ने काम गर्नु होला ।आज नेपाल किन आइस् भन्नेहरूलाई रोज़गार दिने उधोग धन्दा खोल्नु होला ।ति दुबैतिरका भाइरसहरू सँग लड्ने शक्ती मिलोस र बिजय प्राप्त होस् शुभकामना ।

7 thoughts on “सरोज खनाललाई सरोज भुसालको चिट्ठी”

  1. Anjaan says:
    July 16, 2015 at 4:02 pm

    विदेश जानु आउनु त आजकल सामान्य भैसक्यो त तेही कुरामा एती धेरै तर्क बितर्क किन होला तर विदेशबाट आएकाहरुले उताको बस्दा सिकेका ज्ञान सिप तथा आर्जन गरेका सम्पती को सहि प्रयोग गरे हुन्थ्यो

    Reply
  2. Ganesh "Aparichit' says:
    July 2, 2015 at 6:41 am

    मित्र.

    राम्रो लग्यो तपाई को विचार. ..सहमत छु धेरै कुरा संग. .अलि अलि असहमति त घर का आफ्नै संग पनि हुन्छ….पर का संग त हुने नै भयो.
    मेरा असहमति

    १. यस्तो लाग्छ उनीहरू शतप्रतिशत चित्त बुझेर अमेरिकामा बासिभात खाएर बसेका छन”
    हजुर अमेरिका मै हुनु हुन्छ भने पक्कै पनि हजुर लाई थाहा होला यहाँ “बासि” भन्ने हुदैन.
    जुन देशमा “भोजनालय’ मा गएर बाकी भएको खानेकुरा भोलिको लागि पोका पारेर लैजान्छन त्यो देश मा “बासि” भन्नु “बासि” को नै अपमान हो कि जस्तो लाग्छ
    हामी धेरै जना “भोजनालय”, “पिज्जाहट” आदि इत्यादि मा काम गरि सकेका लाई राम्रै संग थाहा छ यहाँ केहि “बासि” हुन्न भनेर
    अन्य अर्थ नलागोस…तर. “भोजन” को अपमान गर्नु आफ्नै अपमान होइनर? भोजन भोजन नै हो…हाम्रो भोक को लागि बनेको हो…बासि त हामीले बनाको हो….चाहे मात लागेर होस्..या.भात लागेर होस्.

    २. उता नेपालमा सत्र बर्ष अमेरिका बसेर जवानी जती बिदेशमा सक्यो अब बुढेसकालमा भत्ता खान नेपाल आएको आरोप लगाई रहेका छन …
    आहिले को अबस्थामा त्यो भन्दा अर्को तार्किक सोच केहि छ भने हामीलाई जानकारी होस् न त…
    नेपाल का राजा देखि प्रजा सम्म सबैले मन पराका कलाकार सबै छोडेर विदेश गएर आफ्नो सबै चाजो पाजो मिलाई सकेर २ पुस्ता लाई पुग्ने रकम (होला नहोला थाहा छैन है फेरी) पोको पुन्तुरो, बाधेर छोरा हरु अमेरिकन सेना मा गइ सके, अमेरिका मा भाको घर गाडी बेचेर नेपाल मा अबको २ पुस्ता लाई पुग्ने पैसा लिएर आउने महानुभाव नेपाल कै लागि आको हो “भत्ता” खान आको होइन भनेर मलाई बुझाउन सक्नु पर्यो नि त होइन र?
    आफ्नो जीवन को यात्रा कसरि गर्ने अधिकार सबैलाई छ…तर…मैले छोरा छोरी को लागि मात्रै हो विदेश बसेको…सत्ते रामराम म सधै फर्कन चाहन्थे भनेर झुट बोल्न नि हुन्न है मात्रै भन्न खोजेको के

    ३ उनीहरूले भनेका छन ,नेपाल भनेको असभ्य ,फोहरी र अबिकसित देश हो…
    आज सम्म को ५ बर्स को बसाई मा मैले त सुनेको छैन है यो कुरा| हजुर को चिन्तनमा दोस लगाउन पक्कै खोजेको होइन मैले….तर नसुनेको कुरा सुनेको छैन त म पक्कै भन्छु
    कुनै कुनै कुरा हामीले स्वीकार गर्ने पर्ने हुन्छ..
    १. स्वदेसमा बस्नेसलाई कहिलेकाहीं घरै नजिकैको देउता “हेला” हुन्छ
    २. कहिले काहीं आफ्नै जिउ बाट गन्ध आउछ, अनि हामीलाई लाग्छ त्यो त “तेस्को’ गन्ध पो हो त..

    ४. बिदेशमा कमाएको पैसाले नेपालमै आएर केही राम्रो गर्छु भन्न नपाउने
    एउटा उदाहरण होस् न प्रभु आज सम्म को मिति मा माथि का हजुर का पंक्ति लाई सहि साबित गर्ने….अरु धेरै नभनुम क्या रे ..

    ५. अमेरिकन भाईरसहरूका अगाडी धेरै राम्रो काम गरेर देखाई दिनु होला….
    हजुर लाई थाहा छ कि छैन “मोस्ट” “भाइरस” हरु १ हप्ता मा आफै सकिन्छन तर ब्याक्टेरिया हरु सरिर लाई खाई रहन्छन बर्सौसम्म. बिदेस मा बस्ने त “भाइरस” भए… मलाई स्वीकार छ…तर.. नेपाल मै भएका “ब्याक्टेरिया” को कुनै ट्याब्लेट छ कि हजुर? भए जानकारी पाउन

    ६.।आज नेपाल किन आइस् भन्नेहरूलाई रोज़गार दिने उधोग धन्दा खोल्नु होला…
    म, हामी, हजुर, तपाई, पल्लाघरे दाई, माथ्लाघरे काका, तल्लारे दिदि, सबैलाई येही त हो चाहिएको…तर आज सम्म कति ले गरे…गर्ने बाचा गरे…बिदेस का “भाइरस” का नाम मा..स्वदेस का “ब्याक्टेरिया” का नाम मा….हजुर…तपाई..तिमि…म सबैलाई थाहा छ नि है..

    अन्त मा..मेरो भन्नु येति नै हो..

    ७ .
    नेपाल मा “सप्रेका”, “बनेका” र “बन्दै” गरेका को आस गर्नु म, तपाई हजुर ले गरेको आज सम्म येहिनै हो कि (अन्य अर्थ नलागोस है)
    येदि “भाइरस” आएर “ब्याक्टेरिया” लाई ठिक गर्न सक्ने भए…..प्रभु…किन ..एस्तो हुन्थ्योर?

    ८ सबै भन्दा ठुलो चित्त दुखाई

    अ. “बिदेस” मा बस्ने भाइरस
    आ. बासि भात खाने
    इ नेपाल भनेको असभ्य ,फोहरी र अबिकसित देश हो
    ई अमेरिकन भाईरसहरूका अगाडी……

    बाकी “जसो जसो बाहुन बाजे उसै उसै स्व्याहा” …
    हजुर म भन्दा पक्कै ज्ञानी हुनुहुन्छ भन्दै बिदा हुम है त..

    “अपरिचित”

    Reply
  3. anup gorkhe says:
    June 29, 2015 at 2:10 pm

    अब फेरि टेलिफिल्म हरुमा सरोज खनाल लाई देख्न पाइने भइयो, राम्रै हो…

    Reply
  4. dor Prasad says:
    June 26, 2015 at 10:43 pm

    सरोज खनाल नेपाल फर्किदा किन टाउको दूखाए ह ?
    नेपालमा बसेर चोरि फटाइ ठगि भ्रस्टाचार (राजनीति ?) गर्ने भन्दा विदेश गयेर कम गर्ने नै ठिक होइन र ?
    नेपाल लो प्रतिमैना १५० रुपैंया बृध भत्ता ले सरोज को जिन्दगि चल्दैन – अमेरिका मा कमाएको खर्छ गर्ने हुन् क्यारे – नेपाल लै राम्रो हैन र –
    जसरि इजरयेल जुइश को सर्छेक हो तेसरी नै नेपाल नेपाल को सरछेक हुनु पर्ने होइन ?

    Reply
  5. Tara says:
    June 26, 2015 at 8:51 pm

    आउने मान्छे र उसका आफ्ना हरु लाई केहि मतलब छैन,,के लेखौ के लेखौ हुनेह अरुले बहना पाए,,

    Reply
  6. Shankar says:
    June 25, 2015 at 8:32 am

    सानो कुरालाई किन येत्ति बिधि जोड दिएको ?
    सरोज खनाल राम्रा एक्टर थिए , केहि समय अम्रिका बसे अब नेपाल फर्के | फेरी फिल्म खेल्छन राम्रा राम्रा फिल्म हामि हेरौला |
    आजकाल विदेश बस्नु , फर्कनु सामान्य गतिबिधि हैन र भन्या ?
    कोइ कोइ मानिस हरु देश छोड़ाना साथ् ल एसले त् मातृ भुमि लाइ लात हान्यो , आमा लाइ बिर्स्यो भन्ने , अब आफ्नै देश मा बस्न मुन लागेर फर्कने लाइ ल एसले विदेश मा केहि गर्न न सकेर आयो भन्दिने | यो सब के हो ?
    विश्व सानो भैसक्यो | हुने खाने हरु बैंकक , सिंगापुर सपिङ्ग गर्न जान्छन , धेरै नेपालि हरु बिहेबारिमा इन्डिया सपिङ्ग गर्न जान्छन | इन्डिया ,नेपाल दुबैतिर घर हुने पनि धेरै छन् |
    अनि के एस्तो कुरा गरि रा ?
    मानिस विदेश जादा कुनै कारण ले जान्छ , थोडीजन्मेको देश सग सम्बन्ध तोड्न जान्छ ?
    कोइ कोइ युरोप ,अमेरिका , अस्ट्रेलिया को नागरिका ता लिएका पनि छन् | भएपनि नेपाल लाइ माया गर्छन र दिल नेपालि नै छ उनीहरुको | फर्कन पनि सक्छन | पुरै विश्वा मान्छेको घर हो | जहा पनि बस्न सक्छ , के को टन टन ?

    Reply
  7. रामे says:
    June 25, 2015 at 5:35 am

    सारै नै राम्रो कुरा, सरोज दाइले अमेरिकामा पनि ठगेर अथवा ढाटेर त खाएको होईन नी,
    गाली गर्नु पर्ने नेपालको बद्नाम गर्ने, झूठ बोलेर नेपालमा ज्यानको डर छ भनेर बस्ने सर्नाथिलाई हो, लुकेर बस्नेलाई हो,

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme