-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विशेषज्ञ-
४५ वटा शिविरमा गाउँगाउँ पुग्दा सिक्काको एउटा पाटो साह्रै नमिठो प्राप्त गरेँ। यहाँहरुलाई नभने कसलाई भन्ने?
१) ठाउँ भन्दिनँ – अधिकांश गाउँहरुमा चाउचाउ, बिस्कुट, त्रिपाल बाँड्ने र ‘राहत’ दिएको प्रतिष्पर्धा गर्ने भिडको कारण सक्कली तथा नक्कली पीडितहरुको मानसिकता ‘मगन्ते’, ‘आसे’ तथा ‘परनिर्भर’ भएको छ। गाउँमा गहुँ पाकेको छ, तरकारी छ, बाँस र काठ छन्, गाईभैंसी, कुखुरा छन् तर अपीडित र पिडितहरु त्यो स्याहार्न छोडेर बाटोमा, बजारमा बसेर बिस्कुट, चाउचाउ र त्रिपाल कुरिरहेका छन्। नयाँ गाडी वा मान्छे देख्नासाथ के ल्याउनुभएको छ ? जे ल्याएको भएपनि दिनुस् न, म सबैभन्दा पीडित हो आदि भन्दै आफ्नो स्वाभिमानलाई चाउचाउ र त्रिपालमा बेचिरहेका छन्।
त्यो मात्र हो र ? “काठमाडौँ गयो भने सरकारले फ्री मा जग्गा दिन्छ, घर बनाइदिन्छ ..” भन्दै कुखुरा, बोका, भाडा, बिस्तारा बोकेर काठमाडौँ आइरहेका छन्।
अब चाउचाउ, बिस्कुट, पाल बाँडेर हैन उनीहरुलाई पहिले जस्तै स्वाबलम्बी र स्वाभिमानी बनाउने मानसिक राहत वितरण गरौँ।
२) सहयोग गर्न जानेहरुले टहरा बनाइरहेका छन्, घर भत्केकाहरु तास खेल्दै बसेका छन्। बाटोमा २-४ किलो राहतको लागि दिन ढालिरहेका छन्। तसर्थ सामग्री र प्रविधि हाम्रो, श्रम उनीहरु र हाम्रो गर्ने अभियान चलाऔं।
३) यस्तो प्रचण्ड गर्मी छ। अधिकांश पीडितहरु बिहानैदेखि ठर्राले फिटान भएर कलेजो, किड्नी र आन्द्रा मात्र हैन भूकम्पले वरदान दिएको जीवनलाई रक्सीबाट १० रेक्टरको भूइंचालोको प्रतीक्षा गरिरहेका छन्।
हाम्रा युवा अब गाउँगाउँ गएर रक्सीविरुद्ध अभियान चलाउनु पर्यो। योभन्दा ठूलो राहत चाउचाउ र बिस्कुट हुन सक्दैन।
(किन ढाँटनु – मालिस गर्न दिएको मल्हम समेत १ गिलास ठर्रामा साटेको थाहा पाइयो)
४) अब सरकारी संयन्त्रमार्फत् राहत वितरण गरौँ। आफुखुसी राहतको नाममा परनिर्भर बनाउने गरी वितरण नगरौं। मगन्ते र आशे मानसिकता भयो भने… ..हाइटीमा विदेशीले बनाइदिएका घर भाडामा लगाएर आफु पालमुनि माग्दै बस्ने परम्परा यहाँ पनि बस्न सक्छ। तसर्थ कोही पनि झिना मसिना चिज बाँडेर दानवीर भएको भ्रम नपालौं। सहयोग गर्ने मन भए प्रधानमन्त्री राहत कोषमा सहयोग गरेर देशलाई बलियो बनाऔं।
५) दरिद्र मानसिकता कतिसम्म देखियो भने – १५/ २० वर्षदेखि गाउँ छोडेर शहरमा स्थापित भएकाहरु पनि आफ्नो भत्केको गाउँको घरको फोटो झिकाएर, कागज पत्र मिलाएर .. राहतको लाइनमा लाग्दैछन्। त्यस्तालाई ठाउँको ठाउँमै ‘ उ ‘ गरौँ।
६) पाल पिउने, जस्तापाता चपाउने, राहत सामग्रीको डिनर गर्नेहरुलाई सामाजिक बहिष्कार गरौँ चाहे त्यो मन्त्री होस् कि आफ्नै मान्छे।
७) स्कुलमा बिद्यार्थीहरुलाई ” आशे ” बनाउने काम छिर्न नदिऔं। बच्चालाई जे सहयोग गर्ने हो स्कुल प्रशासन मार्फत गरौँ। परामर्शको नाममा उक्त व्यक्तिको योग्यता र क्षमता नहेरी ” भयङ्कर परामर्श ” दिने काम नगरौं। नजान्नेले जान्नेलाई पठाऔं, जान्ने चुप लागेर नबसौं।
८) पीडित वा अपीडित सबैको जीवन रक्षा हाम्रो प्राथमिकता हो। हामी निरन्तर निःशुल्क स्वास्थ्य शिविर र परामर्शमा लागिरहन्छौं। तपाईंहरु ” मगन्ते “, ” आशे ” र ” रक्से ” को विरुद्ध सकारात्मक कदम चालौं ! हाम्रो समाज ढाड भाँचिने गरी ननुगोस्, हाम्रो स्वाभिमान बिस्कुट र पालमा नसाटियोस्।
Let us be positive. Forget about the people who have begging attitude; forget about those who are corrupt and hindering in overall prosperity. These people were always there and will remain there. Try to be best yourself and make your best effort from your field. If you are determined that you are doing the right thing in the right direction, that will inspire others. You cannot change others, but you. If you think collaborating villagers in their own village building process is the best way, start from here. Go to your village and try with a small project in the right direction. Cursing others not gonna work. We have evidence that there are also good people in Nepal as they have shown their inherent instinct of love and donations at the time of crisis. We have people of BIG hearts. Let us try to tap these people in order to make our country prosper and developed.
ठगऔ ठगऔ, नेपाली, ठगऔ जति सक्छौ ठगऔ किन भने
हामी Buddha र सागरमाथा को देश को मान्छे , Buddha was born in Nepal . We have 8 of the highest mountain. we are the bravest of brave, we dont need to work हामी लै त्यसै खान औछ , किन भने we are great, हाम्रो जस्तो देश कहिँ छैन .
ठग नै ठग को देश हुने भयो नेपाल
कुरो सहि छ, यो संदेश सबैतिर पुर्याउन सबैले पहल गरौ / म डा. रबिन्द्र को फेसबुक स्टाटस मा लाइक गर्दैछु, अरु ‘सहयोगी’ भलाद्मी हरुसंग पनि यो कुरो राख्छु /
I really like the following part of this article. Until society is prepare to move into this directgio Nepal is not going to change. Very good advice and observation.
६) “पाल पिउने, जस्तापाता चपाउने, राहत सामग्रीको डिनर गर्नेहरुलाई सामाजिक बहिष्कार गरौँ चाहे त्यो मन्त्री होस् कि आफ्नै मान्छे।”
कसलाई के था, नौला मान्छे आउछन दिन्छन जान्छन, कसैले चिन्दैन कुन सक्कली पिडित हो कुन होइन | राहत को उदेस्यलाइ नै जोक बनाइँरहेका छन् गाउका हल्लन्दास, अल्छी जुवाडे जड्याहरुले | आफ्सोच्को कुरा यस्ताहरु धेरै छन् | इज्जत-बेइज्यत, इमान, स्वाभिमान को वाल मतलब हुन्दैन तेहाँ | १-२ महिना खान पुग्ने कुराहरु दियर कुनै प्रगति हुन्दैन| झन् कामगर्ने बानि नै छुट्छ| चिनिया उखान ” गरिवलाई माछो दियो भने एकदिन आघौछ, माछो समात्न तालिम दियोभने जीवनभर आघौछ ” लाइ मनन गर्नु नै उत्तम होला| अझ घरका आइमाई केटा केटि हरुलाई पनि राहात पाउनु, माग्नु अधिकार हो भन्ने सिकौछन| चेतनाको नै धेरै कमि छ | कतिपयहरुको कम्प्लेन गर्ने तरिको पनि कति हास्यास्पद छ भने जम्जमायर बोल्चन केहि आयको छैन भनेर ! हुनत अर्थमन्त्री ले पनि फुटेको अंग्रेजीमा दाताहरुको बैठकमाजाँदा सहयोग पाउनु अधिकार हो भन्नेजस्तो गरि CNN का पत्रकार लै अन्तरबार्ता दियको पाइयो, गाउलेको के कुरा गर्नु |
सबै ठाउँमा नभए पनि कतिपय स्थानमा यस्ता हर्कत भएका छन् । खोलो र पर्ति जग्गा ओगटेर सुकुमबासी हुनेहरूको कमी छैन यो देशमा । श्रीमती छोरी बेचेर जाँड धोक्नेहरूको पनि कमी छैन । बाटो ढुकेर राहत कुर्ने वा बाटो ढुकेर राहत लुट्नेहरूको पनि कमी छैन यो देशमा । देशको ढुकुटी खर्चेर किनेका पालहरू व्यापारीलाई बेचेर नाफा कमाउने कर्मचारीको पनि कमी छैन यो देशमा । अस्पतालका सुई र ओखति बेचेर खल्ति भर्नेहरूको पनि कमी छैन यो देशमा । गरीब मारेर सर्वहारा राजनीति गर्नेहरूको कमी छैन यो देशमा । गरिबीको खपरु थापेर भुँडी भर्ने नेताहरूको पनि कमी छैन यो देशमा ।
त्यसैले नैतिकताको खडेरी परेको बेला नैतिकता र मानवीयता मर्छ र नेपालमा सत्तादेखि जनतासम्म नैतिकताविहीन बन्न पुगेका भेटिन्छन् । त्यस्ताले एक पोका चाउचाउमा इमान फाल्न के बेर लाग्नु ?
राहतमा राल काड्नेहरूको हुलमा प्राय नेता, झोले कार्यकर्ताहरूकै बोलवाला छ । मन्त्रीहरू हानथाप गर्दै राहत हात पार्नमा मस्त भएका पनि नसुनिएको होइन । न्यायपालिका जवाफदेही नबनाएसम्म व्यवस्थापिकाको मियोमा झुम्मिने साँढे नेताहरू तह लाग्दैनन् । मिलिभगतमा नेता र तिनका झोले धुपौरेले खाएसम्म गाउँको त्यो निम्छरोले किन पो छोड्थ्यो ! अब नैतिक शिक्षा जरुरी छ । यस्तो तामसी र हत्यारा प्रबृत्तिको अन्त्य नैतिक बनाएरमात्र हुनसक्छ ।