Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्लाहीमा देखियो सेतो काग

Posted on July 2, 2015July 2, 2015 by mysansar

11701019_1586587388274552_5278433197217280372_n काग भन्ने बित्तिकै कालो रङ्ग दिमागमा आइहाल्छ। तर तपाईँलाई थाहा छ? सेतो काग पनि हुने गर्छ नि। सर्लाहीमा आज सेतो काग देखा परेको छर लालबन्दी वडा नम्बर ५ का गंगा खतिवडाको घरमा सेतो काग देखिएको हो। सेतो काग निकै दुर्लभ चरा हो। कहिलेकाहीँ मात्र यस्तो काग देखापर्छ।

यसअघि गत वर्ष असारमा काठमाडौँको कीर्तिपुरमा सेतो काग देखिएको थियो। त्यतिबेला २८ वर्षपछि काठमाडौँमा सेतो काग देखिएको भनिएको थियो।

11701019_1586587388274552_5278433197217280372_n
सर्लाहीमा देखिएको सेतो काग।

11053409_1586587404941217_6893013807543300127_n
गत वर्ष काठमाडौँमा सेतो काग भेटिँदा इमेज च्यानलले समाचार बनाएको रहेछ त्यसमा विज्ञलाई उद्धृत गर्दै सेता काग बढी प्रदुषण र सहरीकरण भएका ठाउँमा पाइन्छ भनिएको रहेछ।

सेतो काग तपाईँले पनि देख्नुभएको छ कि? वा तपाईँलाई यसबारे थप जानकारी छ कि? तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।

13 thoughts on “सर्लाहीमा देखियो सेतो काग”

  1. yam says:
    July 14, 2015 at 3:06 am

    यो बकुल्ला संग मीसेयको हो . हीजो आज पन्छी को पनि x हुन्छ

    Reply
  2. G-One Stha says:
    July 6, 2015 at 11:54 pm

    लौ कस्तो अचम्म को काग क्या मैले त First Time देखदैछु,,, त्यो पनि फोटो मा तर सेतो काग चै uniq नै देखिदो रहेछ !!!

    Reply
  3. Shankar says:
    July 4, 2015 at 8:53 am

    ये पुजा गरिहाल हो , देउतै हुन् सक्छ | ३३ करोड देउता भएको ठाउ मा ३३ करोड एक देउता भयो अब |

    Reply
  4. sanu nepali says:
    July 3, 2015 at 12:08 pm

    यो काग मा कुनै रोग भएको हुन सक्छ नत्र मानिस को अगाडी बस्दैन . अति चनाखो हुन्छ . अहिले देखा परेको काग अलि सुस्त मनस्थिति कस्ती देखिन्छ . यो काग मा कुनै कमि अबसे हुनु पर्छ

    Reply
  5. sanu nepali says:
    July 3, 2015 at 12:05 pm

    यो काग कुनै कारण एस्तो रंग को भएको हो . एसको बच्चा जन्म भयो भने सेतो नै न हुन सक्छ . एसको सरिरिक कारण येसरी रंग सेतो भएको हुन सक्छ जस्तो तो कि मान्छे मा दुबी भन्ने रोग हुन्छ कति काग लै पनि दुबी त लागेको होइन ? चार मा दुबी रोग लग्न सक्छ कि सक्दैन बैज्ञानिक खोज हुनु पर्यो

    Reply
  6. siran says:
    July 3, 2015 at 11:29 am

    Seto kaag ahile ni kirtipur ma kahile kahi dekhna sakinchha. Kirtipur ko Panga ko krisna cine vision dobato bata Panga Secondary Boarding School jane way ma maile 1 month agadi 2 times dekhi sake.

    Reply
  7. Santosh Khatri says:
    July 3, 2015 at 11:05 am

    Crow with Albino..

    Reply
  8. Nipun says:
    July 3, 2015 at 10:38 am

    Winter is Coming

    Reply
  9. जीवन नेपाली says:
    July 3, 2015 at 6:36 am

    यस्तो हुनु लाई अंग्रेजी मा albinism भनिन्छ, जसको कारण ले कुनै पनि प्राणीको रंग फरक हुन सक्छ. यो मानिस मा पनि हुन सक्छ

    Reply
  10. सुमन भुजेल says:
    July 3, 2015 at 4:53 am

    मेरो जिबनमा पहिलो पटक देखे सेतो काग पनि हुदो रहेछ मैले त सुनेको पनि थिइन ।।।

    Reply
  11. dor Prasad says:
    July 3, 2015 at 2:17 am

    यो नया प्रजाति नभएर अल्बिनो हो, यो गेनेटिक उत्परिबतन (mutation ) बाट हुन्छ –
    http://www.birdsandblooms.com/blog/albino-bird-a-white-crow/

    येस्ती मनिष पनि अल्बिनो हुन् सक्छ-

    https://en.wikipedia.org/wiki/Albinism

    Reply
  12. Raju Acharya says:
    July 2, 2015 at 11:00 pm

    यो कुनै नया प्रजाति होइन..काग नै हो ….कहिले काँही विभिन्न कारणले गर्दा चरा लगाएत विभिन्न जिबजन्तुहरूले तिनको सरिरमा हुनुपर्ने रंग उत्पादन गर्न सक्दैनन (पोषणको कमि, गहिरो चोट, genetic आदि )..फलस्वरूप अन्य रंगमा देखा पर्छन… तर यसरी देख्न पाउनु पनि दुर्लब नै हो…

    Reply
  13. Mk says:
    July 2, 2015 at 10:25 pm

    अहो , एस्तो सेतो काग पनि हुँदो रहेछ !
    वाच्नु मात्र पर्छ , के के देखिन्छ, देखिन्छ ,

    अब गोरु ब्याएको पनि देख्न पाइन्छ
    केवल वाच्नु मात्र पर्छ ,
    नेपालमा के के देखिन्छ, देखिन्छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme