Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एसएलसी रिजल्ट : सावधान विद्यार्थीले आत्महत्या गर्नसक्छन्, रोक्न यी कुरामा ध्यान दिउँ

Posted on June 19, 2015June 20, 2015 by mysansar

-डा. विजय ज्ञवाली-
क्लिनिकल मनोविज्ञ

bijay प्रत्येक वर्ष जस्तै यो वर्ष पनि एसएलसीको नतिजा शुक्रबार आएको छ। यो वर्ष पनि लगभग आधाभन्दा कमलाई पास र आधाभन्दा बढीलाई फेल घोषणा गरियो। पास बिद्यार्थीका फोटोलाई माध्यम बनाएर फेरि स्कूलहरु बिज्ञापन छाप्नेछन्। प्रतिसतलाई आधार बनाएर कलेजहरुले भर्नामा छुटको घोषणा गर्ने छन्। सर्वोत्तम नतिजा लिएर आउने बिद्यार्थीका आमाबुवाले सामाजिक संजालमा अबिरले सजिएका छोराछोरीमाथि गर्वका शब्द लेख्नेछन्। यी सब घटनाका परिदृश्य बीच नतिजा कै कारण फेरि हामीले हाम्रा होनहार युवा बिद्यार्थीलाई गुमाउने छौ। यो क्रम वर्षौँदेखि चलिरहेको छ। तर यसलाई रोक्न हामीसित कुनै योजना र तयारी छैन। १० कक्षा पास गरेर ११ मा जाने बाहेक यो परीक्षाको कुनै औचित्य छैन। विगत ३ वर्षको एसएलसी परिणामलाई हेर्ने हो भने लगभग १५ जनाभन्दा बढीले नतिजा कै कारण जीवन गुमाएको समाचार पत्रपत्रिकामा आएको छ। यो सङ्ख्या अझ बढी हुनसक्छ। यसबाट उनीहरुमा परेको मानसिक आघात र तनावको त कुनै लेखाजोखा छैन।

धेरैजसो बिधार्थीहरुले आफ़्ना अभिभावकको आशामा खरो नउत्रिदा सामाजिक दबाब र आफु प्रतिको हिनताबोध बाट टाढा हुनको लागि पनि आफ्नो जीवनको अन्त्यगर्ने गरेको देखिन्छ। एस. एल. सी. सामाजिक प्रतिष्ठाको रुपमा प्रचारित भएको छ। मिडियाले एस. एल. सी. लाई दिने उच्च प्राथमिकता र केहि व्यसायिक शैक्षिकसंस्थाले सिर्जना गरेको अनावस्यक डरका कारण बिधार्थीमा अनावस्यक दबाब सिर्जना भएको छ। अभिभावक स्वयम ले पनि एस. एल. सी. लाई प्रतिष्ठाको रुपमालिइदिंदा अबोध बालबालिकाहरुले कठोर निर्णय लिनु पर्ने वातावरण बढाई दिएको छ।

यति बेला हामी अभिभाबकहरु एस. एल. सी. को नतिजाको प्रतिक्षामा छौ। यो अवस्था मा सम्बन्धित निकायले केहि गर्ला भनेर उनिहरुको मुख ताकेर बस्नु भन्दाहामीले नै हाम्रा छोरा छोरी को जीवन रक्षा को लागि केहि कदम चाल्नु पर्ने देखिन्छ।यसको लागि हामी ले सर्ब प्रथम हाम्रा बिर्धार्थी को मन बाट एस . एल .सी . को भुतलाई हटाउनु पर्छ। सम्भावित नतिजा को लागि हाम्रा छोरा छोरीलाई तयार गरौ। जुन सुकै परिणाम आए पनि उनि हरु लाई हतोत्साही नपारी अर्को पल्ट को राम्रो हुनेकुरा मा बिस्वस्त पारौ।उनीहरु मा आफ़्नो इच्छा आकांक्षा लाई नथोपरौ। नतिजा कै कारण गाली गर्ने ,सार्बजनिक रुपमा लज्जित पार्ने नगरौ।एस . एल .सी. परिणामलाई बिजनेस रुप मा प्रयोग गर्ने स्कूल र कलेज लाई निरुत्साही गरौ।

यति गर्दा गर्दै पनि यदि हाम्रा छोराछोरीले निराशापूर्ण कुरा गरे र तपाईलाई अप्रिय निर्णय को डर छ भने आफैले केही पहल गर्नुपर्छ।

-स्थिर र सन्तुलित हुनु होस्।

-आत्महत्या गर्ने विचार मनमा आएको छ कि?भनि सिधा रुपमा सोध्नु होस्।

-समस्या सुन्नु होस् / गलत र सहिको निदान नगर्नु होस्।

-निरन्तर निगरानी राख्नुहोस् / एक्लै नछोडी दिनुहोस।

-घरमा आत्माहत्या लाई सहज पर्ने कुराहरु छन भने त्यसलाई हटाउनु होस्|

-तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्श दाताकोमा लानु होस्।

-एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ। तसर्थ एकपल्ट आत्माहत्या टर्यो भनेर त्यो कुरा लाई सामान्य रुपमा नलिएरसमस्याको निराकरणको लागि बिज्ञको सहयोग लिनु होस्।

-आत्महत्याबाट रक्षा गर्ने सबै भन्दा ठुलो अस्त्र माया प्रेम हो। आफ्ना नजिकका मानिसको सधै प्रसंसा गर्नु होस्। उनिहरुलाई सुन्नु होस्।

-त्यस्तो अवस्था मा गाली गर्ने , उसको कुरा सुन्न छोडेर आफ्नो अर्ति उपदेश दिने नगर्नुहोस। धर्य गरेर उसको कुरा सुन्नुहोस। सल्लाह मागेको खण्डमा उसको विचारलाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्नुहोस।

एस. एल. सी. परिणाम आउन लागेको यो परिस्थिति मा यदि सबै ले प्रयास गर्ने हो भने परिणाम कै कारण ले हुने आत्महत्या लाई नियन्त्रण गर्न सकिन्छ। यो पल्टको एस .एल .सी लाई आत्महत्या शुन्य पार्न सबैले पहल गरौ।

[गत वर्ष प्रकाशित यो ब्लग सान्दर्भिक भएकोले पुनः राखिएको हो।]

2 thoughts on “एसएलसी रिजल्ट : सावधान विद्यार्थीले आत्महत्या गर्नसक्छन्, रोक्न यी कुरामा ध्यान दिउँ”

  1. सिर्जने says:
    June 24, 2015 at 12:01 am

    एस. एल. सी. दिने बिध्यार्थिहरुलाई मेरो सल्लाह के छ भने पढाई भनेको जीवनका धेरै पाटाहरु मध्ये एउटा हो / पढाइ चाहिन्छ तर पढाइ सबैकुरो होइन / सफल जिन्दगि जिउन धेरै पढाई चाहिदैन / संसारका धेरै देखिने र नदेखिने कुराहरु बुझ्न पढाइले र अनुभब (मान्छेहरुसँग गरिने अन्तरक्रिया, विभिन्न ठाउहरु जाने, विभिन्न खालका कामहरु गर्ने) ले सहयोग गर्छ / जीवनको उद्धेश्य धेरै पैसा कमाउनु होइन: सुखी हुने र देशको असल नागरिक हुने उद्देश्य राख्नुपर्छ / पैसा एउटा माध्यम मात्रै हो: जसरि एक ठाउबाट अर्को ठाउ पुग्न बस चढेर, साइकल चढेर, हिडेर वा हवाइजहाज या अरु कुनै साधन चढेर जान मिल्छ, त्यसै गरि मान्छेको जिवनयापन गर्ने तरिकाहरु पनि फरक फरक छन् / आफुलाई मिल्ने र मनपर्ने जीवन शैली छान्न सक्नु र छान्न पाउनु सबभन्दा महत्वपुर्ण कुरा हो /

    Reply
  2. Shankar says:
    June 20, 2015 at 6:19 pm

    पहिला पहिला यस एल सी दिनी अगि टेस्ट परिक्ष्या हुन्थ्यो , पास हुने ले मात्र दिन पाउने |
    अब तेस्लाई प्रभाब कारी बनाए , कम्जोर बिद्यार्थी को लागि उपाय अपनाए परिणाम मा सुधार ल्याउन सकिन्थ्यो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme