Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पपछि चर्चामा आएका नयाँ शब्द

Posted on May 31, 2015May 31, 2015 by Salokya

-गजेन्द्र बुढाथोकी-

भूकम्प पर्यटन- भूकम्पका नाममा पीडा, आँशु, क्रन्दन हेर्न नेपाली सेना, भारतीय सेनाका हेलिकप्टर चढेर, एसी भएका गाडीमा चढेर, प्रभावित क्षेत्रका मानिसलाई गाइड बनाएर सैरसपाटा गर्ने कार्य

राहत पर्यटनः राहतका नाममा २-४ टा त्रिपाल, केही किलो चामल, २-४ पोका विस्कुट, अलिकता दबाइ बोकेर ठूल्ठूला चेश्मा लगाएर सैरसपाटा गर्ने कार्य । राहतका नाममा विदेशबाट पिलेन चढेर नेपाल आउने र घुमफिर गर्ने कार्य ।

भूकम्पीय सेलिब्रेटीः यसमा २ वर्गका पर्छन । साँच्ची नै सेवा गरेर, राहतमा ज्यान जोखिममा राखेर उद्धार गर्ने सेना, प्रहरीहरू । २. भूकम्प र राहतका नाममा मिडियामा जबर्स्ती छाउनेहरू

saptahik

चाउचाउ सेवकः २-४ पोका चाउचाउ बाँडेर खुब निकै ठूलो काम गरेका भनेर फुँइ झार्नेहरू

सेल्फीराहतः पीडितलाई पछाडि उभ्याएर, एउटै त्रिपाल ४, ५ जनालाई पटक पटक बोक्न लगाएर सेल्फी फोटो खिच्नेहरू

त्रिपालधारीः विदेशबाट आएका त्रिपाल लुकाउनेहरू । जसले जतिवटा त्रिपाल दिए पनि चाहिँदैन नभन्ने । संसदबाट त्रिपाल टिप्काउने सभासद आदि

फेसबुके राहतः फेसबुकबाट संकलन गरिएको राहत । २. फेसबुकमा फोटो बाँड्नैका लागि मात्र बाँडिएको राहत

हेल्मेट डकर्मीः विभिन्न रंगका हेल्मेट लगाएर साँच्चै नि सीपयुक्त डकर्मीजस्तो गरी फोटो खिचाउने, अन्तिममा एउटा गल, खन्ति उचाल्नेवित्तिकै हातमा ठेला परेर कुनातिर छड्के पर्ने डकर्मी

हाइहिल डकर्मीः ठूल्ठूला हाइहिल लगाएर, टाइट जिन्स पाइन्ट लगाएर, अनुहार ढाक्ने चश्मा लगाएर , तत्काल नेपालका झन्डा र केही लेखिएको प्रिन्ट गरिएको सेतो टिसर्ट लगाएर फोटो खिचाउने डकर्मी

मौसमी भूगर्भविदः हरेक विषयका विज्ञ भएर मिडियामा देखिरहने, लेखिरहने कथित विज्ञ । आफूले जिन्दगीमा कहिले नजानेका विषय भए पनि रातारातरूप परिवर्तन गरेर भूकम्प र भूगर्वबारे प्रवचन दिने व्यक्तिहरू

भूकम्पेज्योतिषः वैशाख १२ गतेसम्मचाहिँ केही भन्न नसक्ने, तर १२ गतेपछि यति गते, यति बजे आउँछ भनेर अफवाह फैलाउनेहरू

कस्मेटिक क्र्याकः निजी विद्यालय सञ्चालक, निजी अस्पताल सञ्चालक, हाउजिङ र अपार्टमेन्टवालाहरूले भूकम्पले चर्काए भत्काएका भाग रातारात पुरपार पारेर रंग लगाएर क्षति नभएको देखाउने प्रयास

सुरूङ घरः टिनका पाप्रालाई गोलो, घुम्ति पारेर तत्काल बस्न मिल्ने घर भनेर प्रचार गरिएको हेर्दा ह्युमपाइपजस्तो देखिने सुरूङजस्तै आवास

राहत अर्थतन्त्रः राहतका नाममा स्वदेश र विदेशबाट प्राप्त भएका पैसा परिचालित गरेर अर्थव्यवस्था चलाएमान बनाउने कार्य

(बुढाथोकीको फेसबुकबाट)

9 thoughts on “भूकम्पपछि चर्चामा आएका नयाँ शब्द”

  1. sanu nepali says:
    June 17, 2015 at 10:53 am

    फेसन शो गरे जस्तो लाग्यो . अझ छोटो मिनिस्कट लगाए को भए झन् राम्रो हुन्छ . त्यो भन्दा बढी त बिकिनी लाको भए फस्ट मा आउने थियो
    हजारौ लाखौ को बिपत्ति मा परेको बेला के को फेसन शो हो यो????

    Reply
  2. बिनोद तिमिल्सिना says:
    May 31, 2015 at 6:50 pm

    थुक्क आफु त कुनैमा परिएन!

    Reply
  3. XYZ says:
    May 31, 2015 at 1:38 pm

    In the above picture, the lady at the middle is Nandita KC who are the other two?

    Reply
  4. गौतम "उदय" says:
    May 31, 2015 at 11:43 am

    Mysansaar को यो संदेश मुलक जानकारी प्रशंसाको योग्य छ | यसो गर्दा एकातर्फ सर्वसाधारणले नयाँ शब्दार्थ सजिलै बुझ्न सक्छन् भने अर्को तर्फ स्वार्थी तथा निस्वार्थी सहायोग पनि सजिलै छुट्याउन सक्छन् | अझ बिभिन्न प्रकारका फोटो पनि सिएको भए झनै राम्रो हुने थियो |

    Reply
  5. Shankar says:
    May 31, 2015 at 7:59 am

    बाकि सब्द हरु
    मिलिजुली सरकार : विदेश बाट राहत को नाउमा आएको थुप्रै जिन्सी र नगद हरु कांग्रेस ले र एमालेले आफ्नो कार्यकर्ता मात्र पोस्न लाग्यो भनेर काले काले मिलेर खाउभाले भन्ने आसय सहित को अरु पार्टीको प्रस्ताब |
    सद्भावना दुत : फिल्म मिल्न छोडेर के गरु केगरू भैरहेका यु येन ले पठाएका भुतपुर्ब सुन्दरी हरु |

    नेपाल : जहा को अफिस ,बिस्व बिद्यालय , र सर्ब साधारण समेत पाल भित्र बस्न बाध्य छन् त्यो देस |

    भुअकम्प पिडित लाइ राहत :: घर भत्केर बारीको कान्ला मा बसेका गरिब हरुले निद्रा मा देख्ने सपना |

    संबिधान : गर्मि र सर्दी सुरु हुदा र मौसम बदल्ने बेला मा नेता हरुले खोक्ने खोकी |

    Reply
  6. yam kumar Rai says:
    May 31, 2015 at 7:35 am

    यो ब्यङ्य बहिरी भलादमिपन देखाउने नेपाली celibreties प्रती तिखो काडा बनेर प्रहार भएको छ ।

    Reply
  7. Ram C says:
    May 31, 2015 at 7:21 am

    कति दिक्क लाग्ने हो. स्वदेसी तथा बिदेसी सबै ले पिडित को नाम बाट ठगने . मेरो देश कहिले उभो लाग्ला .

    Reply
  8. eklavya says:
    May 31, 2015 at 7:20 am

    यो सुरुङ्ग घर चाही अति नै हो घाम लागे तातेर हैरान पानी परे थर्केर कसरि बस्ने ….नेपालका इञ्जिनिअरहरुको करामात …

    Reply
  9. kanncha says:
    May 31, 2015 at 2:23 am

    होइन हो यो विपद को बेलामा गर्ने सहयोग हो कि आफुलाई आफै रामो छु अझै भन्नु पर्दा संसारमा सबै भन्दा सुन्दरी नेपाली मा भन्नु पर्दा हामी पोथी बदरनीहरु हौ भन्ने के यो तस्बिर यहाँ सुहाउदो मिल्दो र चित्त बुज्दो छ के यो अन्तर देसिये fashion show हो कि
    भू .पी. नेपालीको बेजती हो .
    तर म धरै ढुखी छु एस्तो पुनर्स्थापनको को अतिनै नराम्रो बिज्ञापन देख्नु पर्दा कता कता मलाई मन बाट नै थुक्क मौकामा चौका फेक्नेहरु धिकार छ तिमीहरु लै भन्नु मन लाग्यो.

    म kanncha हजुर

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme