-गोरख प्रिथक –
सँधै उसलाई मैले एउटा कुरा सिकाएँ, संसार निर्माण गर्ने कुरा सिकाएँ, सपना देख्न सिकाएँ। अझ भनौँ जीवनको लडाईमा बामे सर्न सिकाएँ।
हिउँदमा उसको नाकबाट बगेको सिङ्गान सफा गरेको छु, मुख भरि लतपतिएको फोहर सफा गरेको छु। शरीरमै गरेको दिसापिसाब त कति हो कति! अझ भनौँ, आमाले निर्वाह गर्ने हरेक कर्तब्य पूरा गरेको छु।
तिम्रो बुवाले सन्सार त्यागेदेखि बुवाको कर्तव्य निभाउदै छु।
दिउसो साहुले खान दिएको खाजा तिम्लाई सम्झेर घुटुक्क थुक निल्दै काखिमा च्याप्थे! घरमा तेहि खाजा कहिले काहि नपुग्दा खुबै झगडा गर्थ्यौ, मैले सोचिरहे म छोरालाई भारी बोकी बोकी पढाउँछु, ठुलो मान्छे बनाउँछु, तिमी संधै भन्थ्यौ “म तिम्लेकाम गरेको हेर्न सक्दिन आमा म आफै काम गर्छु अब! “
म संधै भन्थे तिमीले मेरो जस्तो काम गर्नु हुदैन! धेरै पढ्नुपर्छ सर्कारी नोकरी खानुपर्छ, मल्लाघरे सिता बाउले भन्थे”लोकसेवा पास गर्यो भने ठुलो मान्छे बनिन्छ, सबैले नमस्कार गर्छन!”
हो तिम्ले पनि तेहि जागिर खानुपर्छ,!म पनि दिन फर्किने आशा गर्थे!
सुनौलो भविश्यको कल्पना गर्थे! अफिसर छोरा र पढेकी शुसिल बूहारि को अनुहार हेर्दै बुढेसकाल सुख संग बिताउने आसा गरेको थिए!
छोराकै काखमा मर्ने, र हरेक आमाको जस्तै मेरो पनि छोराले नै दागबत्ति देओस भन्ने अन्तिम ईच्छा थियो!
आज सब सपना आर्यघाटमा जलिरहेछन, ।
मेरो चित्तामाथी आगो लगाइरहेछ, मेरो छिमेकी!
कारण मेरो छोरा २०७२ वैशाख १२ गते ११:५६ बजे बिहान, धरहरा मै थियो!! म भने ह्रदयघातको सिकार थिए!
मार्मिक रैछ