पि. आर. गिरी
आज बिहानैदेखि मेरो मनमा खै के के भै रहेको थियो।
मेरो बच्चा घरी यता घरी उता गरिरहन्छ, भर्खर ऊ डेढ वर्ष जतिको भयोl अलिअलि धर्मर धर्मर गरी हिंडन सक्छl म उसको छेउ मै हुन्छु स्ट्रोलर फोल्डिंग गरेर चउरमा थचक्क बसेकी हुन्छु म। सँधैजसो उसलाई मैले आफ्नो एक शव्द बोल्न सिकाउन धेरै कोशिश गरिसकेकी थिएँ तर आज उसले मेरो हातको सहारा लिंदै उभिएर ”आमा” भन्यो। उसको मिठो ”आमा” शव्दले मेरो मनभित्र अर्कै प्रकारको उत्प्रेरणा जाग्यो अनि म टोलाउन पुगे, मन भित्रभित्रै तहसनहस भयोl साँझ पर्न लागिसकेको थियो, हामी रहेको पार्कको नजिक बाटोबाट गाडीको हर्न बज्यो। उसको बाउ थियो त्यो मान्छे; तर म उसको पत्नी थिइनँ। उसकी पत्नी उसँगैको साइडको सिटमा बसेकी थिइन्, स्ट्रोलर गाडीको डिकीमा हालेर बच्चालlई दिएर म आफ्नो रुमको बाटोतिर लागेँl
अर्थात् आजको मेरो कामबाट छुट्टी भैसकेको थियो मेरो। म – नानीमा।
ममा मातृत्व जागेर आयो, साँच्चिकै आमा बन्न मन लाग्यो।
घरको काम सकेर खानपिन गरी म आफ्नै कोठामा छिरें। मध्यरात भैसकेको थियो, तर पनि फेरि मलाई छटपटी भैरह्यो। निदाउने प्रयास गरें, तर निद्रा लागेन, मनभरि अनेक कुरा खेल्न थाल्यो। मैले आफैले बिताएको पारिवारिकदेखि एकल जिन्दगीमा बितेका अकल्पनीय घटनाहरु। अनि उठेँ म, रात बिताउन आफ्नो ओछ्यानमा नाइट ड्रेस लगाएर सुस्ताउने प्रयास गरेकी म आज फेरि कपडा फेरेर उसको ढोका नेर उभिएँ,। उसको ढोकाको चरबाट निस्किएको उज्यालोले मलाइ पूर्ण रुपमा यकिन भयो ऊ अझै सुतेको छैन।
उसको कोठामा जान आउन मलाई कुनै रोकतोक थिएन पहिलेदेखि नै। न त ऊ कहिले आफ्नो कोठा लक गरेर सुत्छ, न त दिउँसो काममा जाने बेलामा नै लक गर्छ। तर जे भए पनि म उसको कोठामा प्रवेश गर्नु अगाडि ढोका ढकढकाउँछु, किनकि ऊ एउटा छोरा मान्छे हो र म छोरी मान्छे।
उसको बिदाको दिन मात्र हैन, ऊ रात अवेरसम्म काम गरेर घर आइपुगेपछि पनि कुनै बेला मलाई उसको कोठामा छिर्न केही आपत्ति थिएन, तरै पनि म कोठा छिर्दैछु भनेर संकेत भने गर्ने गर्छु म।
अनि आज पनि मैले ढोकाबाट आवाज गरेँ, उसले आउनु म सुतेको छैन भन्यो; ढोका खोलें मैले।
उ टाउको हातमा अडेस लगाएर ल्यापटप हेरिरहेको थियो।
सँधै झैँ उसको टेवलमा आधा गिलास हुस्की थियो। अनि मैले सोहि ग्लासवाट एक घुड्की लिएँ। यो हामीमा पहिलेदेखि नै चलिआएको थियो, एकै गिलासको हुस्की हामी पालै-पालो घुड्की लिने गर्छौं।
हामी दुवै जना फरक ठाउँ, फरक परिवेश, फरक समाज, अनि फरक परिवारवाट आएका थियौं। अनि दुवैको कहानी मिल्दोजुल्दो थियो। उ विदेशिएको एक दशक हुन लागिसकेको थियो र मेरो चार साल।
उ र म एकै अपार्टमेन्ट सेयर गरेर वस्दै आएका थियौं। म उ प्रति त्यही सुरुको दिनदेखि नै प्रभावित भै सकेकी थिएँ, मेरो अपार्टमेन्टमा खाली भएको एक कोठामा उ सरेको थियो।
म उमेरले ३५ नाघिसकेकी अविवाहित आईमाई, बुढोदेखि भर्खरका जवान छतौराहरुले पनि बैनी भनेर सम्वोधन गर्ने गर्छन। तर उ भने कोठा हेर्न आएको दिन नै दिदी भनेर सम्बोधन गर्यो। मलाइ भित्रभित्र रिस नउठेको होइन, किनकि जति पल्ट म उसलाई दाइ भन्छु, उति पल्ट उ मलाइ दिदी भन्छ। अनि उ मेरो भन्दा उमेर खाइसकेको मानिस हो, उ विवाहित र जहान केटाकेटी भइ सकेको मान्छे हो र म अविवाहित कसैसँग सम्वन्ध जोडी नसकेकी।
पर्दाभित्र एकजनाले मलाई औधी मन पराउँछ, उ उतै छ। हामी प्राय फोनमा कुरा र टेक्स्ट गर्छौ। तरै पनि मेरो मन उ तिर जुन हिसावले झुकाव हुनु पर्ने हो, त्यो भै सकेको छैन। फेरि म उसलाई मर्लक्कै भुल्न पनि सक्दिन, अन्योलको छ मेरो जीवन।
तरै पनि मेरो भावना किन गयो यताको मेरो रूममेटतिर। अनि हामी सँगै बसेको त्यस्तै २ महिना पछि एकदिन मैले उसलाई खुलेर सम्वन्ध प्रस्ताव राखें। तपाइँ पनि पारिवारिक मान्छे, म पनि सम्वन्धमा नगाँसिएको भए पनि कसैलाई मन दिएर यता आएकी आइमाई। अनि हाम्रा धेरै कुरा मिल्दाजुल्दा छन् , भावना मिल्दो छ, किन हामी तता कसैले नदेख्ने गरी गोप्य अस्थायी सम्वन्धमा बस्न सक्दैनौ र ? के भयो र, तपाइँले आफ्नो परिवारलाई गर्नु पर्ने कर्तव्य र मैले मेरो मन गएको मान्छे प्रति गर्नु पर्ने सम्मान नभुली हामी यहाँ एकल सम्वन्धमा बस्न मिल्दैन र ? अनि आखिर यो अपार्टमेन्टमा केवल हामी दुई प्राणी मात्रै छौ क्यारे। कति वर्ष काट्ने र एक्लो जीवन ? जीवनको छोटै विन्दुमा भए पनि एक न एक सहारा दिने , दुःखसुख शेयर गर्ने कोहि न कोहि चाहिन्छ त्यसैले किन हामी एक अर्कोले दिदि/दाइ भनि रहनु पर्यो ? नामले पुकारेर बोलाए पनि हुन्न र ?
मेरो प्रश्न सकिए पछि एकछिन हाम्रो लिभिङ्ग रूममा केहि क्षण सन्नाटा छायो, अनि म उसको पोजेटिभ उत्तर पाउने आशामा एक छिन खुल्ला आकाशमा उड़दो भएँ।
मलाइ आकाशबाट झार्दै उसले आफ्नो जीवन जिउने तरिकाको वारेमा कसरी व्यक्त गर्यो। एकै क्षणमा मेरो दिमाग वास गर्यो, त्यो आज सम्म पनि मैले बुझ्न सकेकी छैन। मेरा जिज्ञाशाहरुको जवाफ कसरि दियो उसले …उ भन्दै गयो म एकोहोरो मन्त्र मुग्ध भएर सुन्दै गएँ। मैले सकारात्मक मुन्टो हल्लाउन वाहेक केहि एक शव्द पनि बोल्न सकिन। अनि त्यहाँ वाट नै सुरु भएको थियो हाम्रो एक दिदि भाइको नाता। म उ संग हारे, अनि मेरो उमेर भन्दा पनि 3,४ वर्ष बढी उमेरको उसलाई मैले भाइको नातामा बोलाउन वाध्य भएँ।
त्यसै दिन देखि मलाई उसको कोठामा जान र आउन , उ संग दुख शुख शेयर गर्न ; मैले उसलाई टेक केयर गर्न र उसले मलाइ सहारा दिन हामीलाइ कुनै वाधा अढ्चन थिएन।
फेरी आज सधै भन्दा वेग्लै अनुभूति गर्यें मैले, उ संगको हाम्रो बनाइएको नाता नमिले जस्तो लग्यो। अनि म केहि चकचके बने उसको अगाडी, केहि क्षणको लागि भए पनि हाम्रो बोलि चालीको नातालाइ भुलिदीन मन लाग्यो मलाइ।
मेरो शारीरिक एक्श्प्रेशन लाइ व्यवास्ता गर्दै आफ्ना कुरा व्यक्त गर्यो ; हेर्नु मलाइ जीन्दगीमा एक कुराले साह्रै पोलिरहन्छ , पिरोली रहन्छ , मैले अन्जान मै गरेको गल्तिले मेरो जीवन सधै छटपटीइ रहन्छ , त्यसले मलाइ एक विषालु सर्पले जस्तै डसी रहन्छ , अनि त्यसको विष मेरो शरीरका नशा- नशामा पुग्छ। आखिर यहाँ कसले के नै लानु छ र ? मोठो खानेले छेण भरको लागि जिब्रोमा मोठो स्वाद पाउने हो, नमिठो खानेले क्षण भरको लागि जिब्रोमा नमिठो स्वाद पाउने हो ; तर पेट त दुवै को नै भरिने त हो नि। होला मात्र कसैको पेट ठुलो होला कसैको सानो, ठुलो पेट हुने लाइ धेरै चाहिएला, सानो पेट हुने लाइ थोरै चाहिएला।
वस्त्रले ढाक्नु पर्ने शरीर, कसैले राम्रो वस्त्र पहिरियला, कसैले थोत्रो थान्ग्रो, तर निर्वस्त्र शरीरमा त सबैको वनोट एकै नै छ नि होइन र ? होला, कसैको शरीर ठुलो, कसैको शरीर सानो।
वोटहरु जहाँ पनि उम्रिन्छ्न, मरुभूमिमा, पानिमा , हिलोमा , पत्थरमा , सम्म परेको जमिनमा , अनि पहाडी भागमा , आखिर ठाउँ अनुशार फरक फरक वोट भए पनि आखिर ति सबै वोट नै हुन् नि होइन र ? त्यस्तै समय परिस्थिति उमेर अनुशर जीवनमा खान पुगिएका चोट हरु ;; जीन्दगीका चोट होइनन र? मेरो जीन्दगी अनेक चोट खादै बिति रा छ, तर म चाहन्न तपाइँको जीवनमा मेरो जस्तो चोट परोस भनेर त्यसैले तपाइँ उता जानु अनि तपाइँलाइ कुरी रहेको मान्छेको साइनो शुत्रमा बाधिनु…l
म उसका जति कुराहरु सुन्छु, उति म उ प्रति आकर्षित हुन्छु , अनि उसको रुप सम्झदै हावामा चुम्वन गर्छु। यदि मैले उसलाई राखेको सम्वन्धको प्रस्ताव उसले स्वीकारेको भए, मेरा ओठहरु उसकै ओठ संग चुम्वन गर्न पुग्ने थिए।
तर उसको जिद्दीले बनाइएको दिदि भाइको नाता …म एकोहोहोरो उसलाई हेरिरहन्छु ; उ सधै झैँ मेरो हेराइलाइ निर्विवेक प्रतिक्रिया दिन्छ।
रात धेरै नै बिति सकेको थियो। अनि मेरा हात उसको हात मुसार्न पुग्छन्, यो म उसलाई छाडी आफ्नो कोठामा जाने बेला जहिले पनि गर्ने गर्छु।
म उसको कोठावाट निक्लेर मेरो कोठामा जाँदा हामि कहिलेहि गुड नाइट भनेर भन्दैनौ।
मेरा हातले उसको हत्केला मुसार्नु वा सुम्सुमाउनु नै हाम्रो गुड नाइटको शव्द हो।
म आफ्नो कोठामा प्रवेश गर्छु, मधुरो टेबल बत्ति संगै मन्द-मन्द चिसो हावा फाली रहेको AC ले मेरो कोठा शान्त र सितल छ।
म आफ्नै कोठामा राखिएको पुरै शरीर देखिने ऐनाको अगाडी जान्छु,कपडा फुकाल्छु, निर्वस्त्र हुन्छु, आफुलाई आफुले नै हेर्छु, मेरो केटि मान्छेको शारीरिक रुप; आज सम्म मेरो नाङ्गो शरीर कसैले हेरेको छैन।
म भित्र भित्रै शर्माउछु,आफैमा मेरा सजियका छोरी मान्छेमा हुने गहनाहरु देखेर।
अनि म पुनःनाइट ड्रेस लगाउछु र ल्यापटप अँन गर्छु, अनि उता जाने टिकट लिन्छु र मलाइ कुरी
रहेको मेरो हुने वाला श्रीमानलाइ Text, गर्छु तिमी बिहेको लागि तैयारी गर; म आउदैछु हाम्रो सम्वन्ध गास्न ..
खै के खै के… भन्न खोज्य चै के हो??????????
खै दिदि तपाइँ को कथा बुझ्न त् ३ पटक पढ्नु पर्ने रहेछ ! मलाइ त् कथा नभएर मनोवाद जस्तो लग्यो ! विचरा तपाइँ को त्यो भाइ, होइन हो कति नराम्रो संग नपुशंक को क्यारेक्टर मा हाल्नु भएको हो , जे भए पनि उ केटा मान्छे हो ! अनि आफै ले आफै लाइ अलिक सस्तो तरिका ले उभ्याउनु भएको रहेछ ! तर दोहोर्याई त्योहोर्याई पढे पछि बुझेर होला फेरी फेरी पढु पढु लग्यो !!! ल ल अरु पनि लेख्नु है !!!