-हरिसुन्दर छुकां-
साविकको सुडाल गाविस (हाल महामञ्जुश्री–नगरकोट नपा ५) स्थित दुलाल गाउँका शन्तराम दुलालको ढुंगाले बनेको घर बैशाख १२ गतेको भूकम्पको पहिलो धक्कामै ढल्यो। दुई नातिनीहरुसहित घरमा बसिरहेका उनले उक्त दिन निक्कै संघर्षपूर्ण तवरले आफनो र दुई नातिनीहरुको ज्यान जोगाए। सोही ठाउँमा रहेको पञ्चकन्या माविका प्रअसमेत रहेका उनी बैशाख १२ गतेदेखि नै घर बाहिर छन्।
‘घर त भन्नु मात्र हो, केही बाँकी नराखी ढल्यो।’ आफनै आँखाअघि आफू बस्दै आएको घर ढलेको देखेका ५० वर्षीय दुलालले भने, ‘निक्कै दुक्खजिलो गरेर बनाएको घर एकै झटकामा ढल्यो।’
भूकम्पले बासविहीन भएका उनको एक महिनादेखि पालमुनिको बसाइ भइरहेको छ। ‘यस्तो सम्म होला भन्ने सपनामा पनि चिताएको थिइँन।’ शिक्षक दुलालले भने। बैशाख १२, १३, २९ र पटकपटक दोहोरिरहेको सानो स्केलका कम्पनहरुले शिक्षक दुलालको जस्तै गरी धेरेको भोगाइ भएको छ– ‘सपनामा पनि नचिताएको भोगाइ।’
पालभित्रै खाने, बस्ने, सुत्ने। यसो मन फुकाएर खुट्टा तन्काउन समेत नपुग्ने सीमित ठाउँमा अस्तव्यस्त तरिकाले बस्नुपर्ने। मन विचलित भइरहने। के बालक, के युवा, के वृद्ध, के महिला, के किशोरी सबै गुज्जमुजज भएर बस्नुपर्ने। भूकम्प पीडित भएर पालमा बस्न विवस धेरैले थुप्रै दिन, थुप्रै रात बिताए, वातावरण र मौसममा क्षणक्षणमा परिवर्तन भइरहेको छ, पालमै भए पनि निर्धक्क हुन नसकेको स्थिति। चारैतिर रेहेको बाहिरी भौतिक वातावरण पनि उथलपुथल भयो, हिजो देखिएको दृष्य आज छैन, हिजोको गुलजार ठाउँमा आज एकाएक सन्नाटा छाएको छ। सबैतिर पालहरु देखिएर परिवर्तन देखियो तर पालभित्रको कष्टकर भोगाइ बाँचिरहेकाको भोगाइमा कुनै सुधार आउन सकेको छैन।
बैशाख १२ गतेदेखिको कष्टकर भोगाइमा कुनै परिवर्तन आएको छैन। जीवन झनझन कष्टकर बन्दै गइरहेको छ। कष्टमाथि थप कष्ट बढदै छ। क्षणक्षणमा हुने मौसम परिवर्तन र त्यो परिवर्तनका क्रममा आउने हावा, हुरी बतास, वर्षाले पालमा बाँचेका पीडितहरु बिचल्लीमा परेका छन। न मर्नु, न बाँच्नुको स्थिति आएको छ।
‘भूकम्पले त पीडित बन्यौं/बन्यौं, अहिले चलेको हुरी बतासले अझ समस्यामा परेको छु, हुरी चल्दा पाल उडाउला कि भनेर पाल समाएर बस्नुपर्छ।’ ताथलीका चन्द्र खडकाले भने, ‘पाल भन्नुमात्र हो, उडाउँछ, पानी छिर्छ।’
भूकम्पपछि मुश्किलले घरमा बचेको धोक्रो बारेर बनाएको पालमाथि नगरपालिकाले दिएको पाल टाँगिएको छ। पालले पानी थेग्न नसक्दा र पाललाई हुरीले उडाउन लाग्दाको क्षण डरलाग्दो हुने बताउँदै छालिङका श्यामबहादुर गैंडाले गाउँलेहरुले जस्तै गरी जस्ताको टहरा बनाउन सकेको छैन। ‘कम्तीमा पनि बर्षा काटने गरी एउटा टहरो बनाउन पाए पनि हुन्थ्यो तर।’ बीचैमा आफनो कुरा रोक्दै उनले थपे, ‘रातभरी निद्रा लाग्दैन, कहिले उपियाँ, कहिले लामखुट्टेले दुक्ख दिन्छ।’
जस्ताकै जस्तो टहरोसमेत बनाउन नसकेका सुडालकै हरि दुलाललाई पालको बसाइ कहिले सकिएला जस्तो भइसकेको छ। भूकम्पले घर ढलेपछि बाध्य भएर पालमा बस्न पुगेका उनले पालको तलबाट चिसो आउँदा आफनो स्वास्थ्य बिग्रिदैँ आएको बताए। ‘पालको भित्र रहेको माटोबाट चिसो आयो, त्यसपछि छवाली र पराल ओछयाएर परिवारै गुटमुटिएर बसिरहेका छौं।’ दुलालले भने। घरमा सुत्केरी बुहारी समेत रहेको परिवारका जेष्ठ सदस्य दुलालले आफूहरुलाई भन्दा सुत्केरी बुहारी र ८ महिनाकी नातिनीलाई अपप्ठयारो परेको बताए।
‘दिनभरी नानाथरी मान्छे देखिन्छ, त्यसै मन खुसी हुन्छ, घाम अस्ताएर रात परेपछि केही छैन’, रात कटाउन निक्कै समस्या भएको बताउँदै सिपाडोलको ठूलो गाउँकी माइली तामाङले भनिन, ‘लामखुट्टे धपाउँदा र कहिले भूइँचालो आउला भन्ने डरले उज्यालो हुन्छ।’
सुरुमा घरको काम, खेतको काम गनृ बनाइएको पालको ठाउँमा सरकारी र गैर सरकारी संस्थाबाट पाएको त्रिपाल आयो, केही जस्तापाताक अस्थायी बसाइ पनि बने तर निर्दयी बन्दै गइरहेको प्रकृतिसामु पीडितहरु निरीह बन्नुको बिकल्प देखेका छैनन, पीडितहरुले। ‘मान्छेले गरेको भए पो, प्रकृतिको लीला हो, के गर्नु र ७तिस’ भूकम्प, हरी, बतास, चर्को घाम, झरीले निराश बनेका सडालकै शिवराज फुँयालले खुइयय गर्दै भने।
कसैको अनहार चहकिलो छैन। अँध्यारो, निराश, उदासीपन, हिनताबोध, क्लान्त, थकित लगायतका विशेषण पनि अपग भएको समयको सामना गन७३ण्घढर्सपर्ने उराठलाग्दो समयको सिर्जना गरेको भूकम्पले मात्र नभइकन प्रि–मनसनी प्रक्रियाले पीडामाथि पीडा थपेको छ। ‘भूकम्पले हामीसँग भएको जाँगर पनि खोसेको छ, काममा खासै ध्यानै गएको छैन, कसरी फर्किने हो परानै र नियमित दिनमा, कनै उपाय निकाल्न सकेको छइँन।’ दिक्क बनेका भूकम्प पीडित सौडोलका युवक विनोदले भने।