Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साना भ्रष्टाचारीले दिएको दुःख

Posted on August 22, 2012August 22, 2012 by mysansar

-गणेश गुरुङ-

ठूला भ्रष्टाचारीहरुले दिएको दुःख त तपाईँ हामी सबैलाई थाहै छ। हिजै मात्र खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी सजाय दिएकोमा समर्थकहरुले दाङ जिल्ला बन्द गरे। यहाँ म ठूला भ्रष्टाचारीको हैन, साना भ्रष्टाचारीको कुरा सुनाउन गइरहेको छु। यस्ता साना भ्रष्टाचारी, घुसखोरीले तपाईँ हामीलाई एकदमै सताइरहेको हुन्छ।

महोत्तरी जिल्लाको जलेश्वरमा राष्ट्रिय वाणिज्य बैँक रहेको छ। त्यहाँ बर्दिवास, औरी, सर्पल्लो, गौशाला, रामगोपालपुर आदि जस्ता ठाउँबाट मानिसहरु विभिन्न आर्थिक कार्य गर्न आउँछन्। खासगरी सरकारी स्कूलको बजेट, गौशाला चिनी मिलको पैसा तथा घरायासी थुप्रै चेक साट्न डिपोजिट गर्न आउँछन्।

यहाँको शाखामा भर्खरै कम्प्युटर राखिएको छ। तर दक्ष जनशक्ति नहुनाले सँधै लामो लाइन लाग्नुपर्छ। १० बजे बैँक पुगेको मान्छेको काम २ बजे पनि सकिँदैन। एक लाखभन्दा माथिको चेक लानु भयो भने बैँकले सिधै भनिदिन्छ कि ऊसँग पैसा छैन, भोलि आउनू। नजिकै हुने त फर्कलान् तर टाढाबाट आउनेको त्यतिखेर बस छुटिसकेको हुन्छ। अनि बास लजमा। यहाँ लज त्यतिकै फस्टाएको हो र!

हैन मलाई पैसाको लास्टै आपत पर्‍यो भने चैँ के गर्ने नि ?

केही गर्नु पर्दैन। छेउमै हुने पिउन वा गार्डलाई १०० रुपियाँ दिनुस् अनि समस्या बताउनुस्। ऊ चेक लिएर भित्र जान्छ, म्यानेजरसँग ‘डिल’ गर्छ अनि भन्छ- २५० उहाँलाई चाहियो रे। यो १०० चाहिँ मेरो चिया खर्च। लाजै नमानी पैसा माग्छ, चेक लान्छ। अनि ३ मिनेटमै पैसा आइपुग्छ।

यो एक दिनको कुरा हो र! सँधै यस्तै। हामीले विरोध नगरेका हैनौ तर के गर्ने, सब मिलेका छन्। काठमाडौँबाट लिङ्क छ भनेको सुन्छु। सीधै घुस मागिन्छ।

आफ्नै पैसा निकाल्न पनि यस्तो हुन्छ भने के होला अर्को काम ?

यस्तो समस्याबाट छुटकारा पाउन के गर्नुपर्ला ? कृपया हामीलाई सुझाव दिनुस्।

[कति ठूला मान्छेहरुको मात्र कुरा गर्नु, अब सामान्य हामी नागरिकका दुःख पीडा पनि सुनौँ। तपाईँले पनि यस्तै केही भोग्नुभएको छ र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पोख्नुस्। ]

26 thoughts on “साना भ्रष्टाचारीले दिएको दुःख”

  1. Damodar says:
    August 23, 2012 at 9:18 pm

    अब महंगी तेस्तो छ , तलब उस्तै हो, अलि अलि नखाए भोकै मोर्ने त ? सरकार लै दोस देउ , Balance नगरेको ले . १० वर्ष अगाडी र अहिले तलब उही छ महंगी कमसेकम ६ गुना बढेको छ . कसरी सक्ने त ?? मैले घुस लिने भ्रस्टाचार गर्ने राम्रो भनेको त होइन , तर के गर्नु बच्न लाई नि घुस नली नसक्ने भएको छ.

    Reply
  2. shersingh says:
    August 23, 2012 at 7:13 pm

    नेपालका नेता कर्मचारी सबै भ्रस्ट छन् , मतलब यिनीहरुलाई कानुनीरुपमा कारबाई गराएर तह लगाउला भनि नसोचे हुन्छ ! सर्बोच्चले समेत खुमेलाई सजाय दिएको ताल हेर्दा सबै मिलेका छन् !नाममात्रको सजाय छ ! तेसैले मैले त सोच्दैछु यि डाकाहरुलाई सिधै यमराजकोमा पठाउने आइडिया लगाउनु उपयुक्त हुनेछ ! अरु बिलौना गर्नु बेकार छ !

    Reply
  3. vicky says:
    August 23, 2012 at 2:52 pm

    सर्लाही जिल्ला को त कुरै नगरौ CDO कार्यालयमा नागरिकता को लागि आज को भोलि पर्सि , ५०० दिनु आज को आजै कम भैहल्छा

    Reply
  4. dipak shrestha says:
    August 23, 2012 at 12:28 pm

    सर्ब साधारण ठग्ने तेस्ता मुलुक्मारालाई पाटा कस्न नसक्ने प्रसासन को पनि कतै मिलेमतो पो छकि | होइन भन्ने कानुन लाई पोका पारेर बस्नु घोर नालायकीपन हो |

    Reply
  5. jeevan says:
    August 23, 2012 at 10:20 am

    This trend is not only in government offices, governmet bank. Even it happens in private organization. I have the similar experiences one day I was in Que on Himalayan bank, pulchowk branch. I got the que token and there were few people in Que also. Suddenly a guy came and asked the cashier and said was my work done ? Nor does he take the token or he was in Que. The cashier hand over the document, same time I told the cashier what the hell is this ? we are standing in the que and you are doing that guy job ? he said fooling all of us, it was yesterday case!!!! If I was in later age of teen I have thrashed that guy when he comes out of office. This is the current condition no one following the rule ( thrashig some one is also crime even me ) as there is no strict law to punish the culprits.

    Reply
  6. Doleswar says:
    August 23, 2012 at 4:14 am

    नियम कानुनले नबाध्ने हो भने मान्छे आफ्ना स्वार्थका लागि धेरै तल सम्म गिर्न सक्छ | बाणिज्य बैंक ले आफ्ना कर्मचारीलाई घुस खान दिनु भएन , अलि कडा नियम बनाउनु पर्यो | घुस खाने कर्मचारी लाइ जागिर बाट निकाल्ने र जरिवाना पनि तिराउने भयो भने यस्तो घुसखोरी कम हुन्छ |

    Reply
  7. chhewang sherpa says:
    August 23, 2012 at 12:45 am

    २००४ साल तिर को कुरा हो म र एक जना साथि सोलु खुम्बुको सदरमुकाम सल्लेरी राहादानी बनाउन पुगेका थियौं, आवस्यक सम्पूर्ण कागजात साथमा हुदा हुदै पनि आनाकानी गर्दै १ हप्ता लाग्ने बताए त्यहाका कर्मचारीले, शेर्पा भने पछी यसरि ठग्न खोज्नु नौलो कुरा थिएन, हामीले अलि जरुरि छ भने पछी झन् बाहाना बनाएर समय लम्ब्याए! अन्तत चिया पानीको कुरा कानी मिलाउन हामीलाई एउटा रेस्टुराँ मा बोलाइयो . कुराकानी मिलाइयो त्यहि दिन राहदानी उपलब्ध गराउन ४/४ हजार प्रति राहदानी दिने सर्त भयो बिहान ११ बजे दर्ता गराई राख्यौं. अनि बेलुकी ३ बजे राहादानी रेस्टुराँ मै ल्याई दिने र पैसा पनि त्यहि लिने सल्लाह भयो, हामी ढुक्क भयौं. चोरलाई साधु बनाउन नसके पनि उल्लु त बनाउने जुक्ति निकालेर साथीलाई सुनाए पेट मिचिमिची हासेको थ्यो मेरो साथि. राहदानी आयो धेरै धेरै धन्यबादका साथ् एउटा बाक्लो खाम भित्र पैसा दियौं र बेलुकी ८ बजे लक्ष्मी रेस्टुराँमा खान संगै खाने निम्तो पनि दियौं, यता उता आखा डुलाउदै हतार हतार खाम कोटको भित्रि खल्तीमा लुकाउदै ८ आउछु भन्दै मख्ख भएर गयो पराजुली थरको त्यो महाशय ! हामी चाही पहिलेनै तयारी अवस्थामा रहेको झोला बोकेर टाप दियौं, बिचरो घर पुगेर हतार हतार पैसा गन्न थाल्यो होला तर त्यो खाम भित्र काठमाडौँ बाट फाप्लु जाने यति एअर्लाइन्स को उपयोग भैसकेको दुइटा टिकट मात्र थियो, बाटोमा ठाउ ठाउमा हामी लम्पसार पर्दै हास्दै गयौं आज पनि खुब हासो लाग्छ!

    Reply
    1. Sagar Sarma says:
      August 23, 2012 at 2:33 am

      सहि गर्नु भएछ chhewang जी !
      रमाइलो लाग्यो सुनेर | खिस्स बुढी हरिया दात!!

      Reply
  8. द्रोण says:
    August 22, 2012 at 9:37 pm

    गणेशजी
    पार्टीको नेता पखाला लाग्दा दिल्ली जाने पैसा कहा बाट आउछ ?आफु भ्रास्टचार गर्यो ,पुरा सिस्टम भ्रस्ट बनायो |
    आफ्नो चुनाबी फाइदा र सत्तामा मा टिक्न जनतालाई जातिगत रुप मा लडायो |
    यो नेपाल को मात्र हाल हैन ,इन्डिया मा पनि सेम यहि कन्डिसन छ |
    मेरो बिचार मा जनता सचेत भै ,एकजुट रुप मा येस्ता बिषय मा उठे ,समस्याको समाधान त्यहि छ जस्तो लाग्छ |

    Reply
  9. Tulasi Wosti says:
    August 22, 2012 at 8:47 pm

    के गर्नु एउटा मान्छे मात्र एस्तो भय पो, जति छन् सबै येस्तई छन् जस्तो लाग्न थाल्यो

    Reply
  10. शशांक लामा NY says:
    August 22, 2012 at 8:07 pm

    घुस खानेको घरमा लाटो र खोंडे बच्चा जन्मिन्छ भनेर धर्मशास्त्रमा लेखेको छ|

    Reply
  11. मन says:
    August 22, 2012 at 7:08 pm

    गणेश गुरुङजीलाई धन्यवाद| यस्तै आफुले र जनताले भोगेका अरु भोगाई पनि प्रकाशमा ल्याउँदै गर्नुहोला|
    टाउको नै कुहेर गन्हाएपछी तल तिर यस्तो हालत हुने भयो|आफ्नै पैसा लिन आउँदा सेवाग्राही संस्थान बैंकमा यस्तो हुन्छ भने कर र मालपोतमा कस्तो होला? जसले भोग्न परेको छैन उसले त्यंहा हुने व्यवहारको कल्पना पनि गर्न सक्दैन| यस्तै साना कामहरु समेत गरेर सुधार ल्याउँछु, जनतालाई राणा शासन देखि पंचायती बेवास्ता देखि गिरिजा देउबा ज्ञाने कुशासन लगायत स्थायित्व दिंदै आएको भ्रस्टचार घटाउछु भनेर जनताको दुखमा बुईं चढेर माओवादीले जंगल पसेर आन्दोलन गरे, जनताको भोट पाए| अहिले आएर नेताहरु सुबिधाभोगी भए, आपसमै कुर्सीको लडाईमा ब्यस्त रहे| अब माओवादी फेरी जंगल पठाउने हैन, रुपियाको बन्डल र बोंदो प्लास्टिकको हँसिया र हथौडा लिएर आफै शमसान जाने अवस्था छ|
    आफु त् परियो नियम कानुन मान्ने| तैपनि दुखका साथ् यो भन्न परिरहेछ|
    जबसम्म यस्ता दुईचारलाई स्थलमै भौतिक कारवाही हुँदैन र सो कारवाही भएको मेडियामा देखाईदैन तब सम्म यिनीहरुलाई कुनै कानुनले पनि भ्रस्ट हुन् बाट रोक्न सक्ने छैन|
    यंहा गणेशजीले उल्लेख गर्नुभएका जस्ता घटनाहरु दिनहु हुन्छन| राजधानी मै भैरहेको छ| यस्ता घटना भ्रस्टचारका बिरुवा हुन् र पछी गएर रुख भएर फैलन्छ, सुर्य जस्तै चारितिर छाउँछ|
    माईसंसारले यस्ता घटनाहरुका निम्ति गुनासो पोख्न नियमित स्तम्भ राखिनुभए जनताको दुख दुर हुने उपाय निस्कन्थ्यो होला|

    Reply
  12. Govind Prasad Subedi says:
    August 22, 2012 at 6:36 pm

    हामी नेपाली जनता नै मुर्ख होउ. हामीलाई अरुले गरेरा खाएको मनपर्दैन तेही भएर बिचार पुलिश र Traffic प्रहरी माथि ऋष पोक्छोउ.

    आज ए मा ले ले बन्द गर्यो कुटाई खाने पुलिश….भोलि मावोबादी ले बन्द गर्छ कुटाई खाने पुलिश…. परासी कांग्रेस ले बन्द गर्छ कुटाई खाने काने कोरसी रा. प्रा. पा. ले बन्द गर्छ फेरी पनि पुलिश ले कुटाई खान्छ.

    अनि फेरी जनताले दोष दिने पनि पुलिश्नै हो….
    अरुलाई केहि गर्न सक्दैनन् अनि पुलिश लै गालि गर्न सजिजो हुदो रहेछा त पो गर्दा रहेछन है…

    Reply
  13. देवेन्द्र कार्की says:
    August 22, 2012 at 4:33 pm

    कुरा सुन्दा पनि कन्सिरी तातेर आउछ| होइन, आफ्नै पैसा निकाल्न पनि घुस दिनु पर्ने पर्ने? लात्ताले दिएर बारीको पाटामा पुराउने खालको रहेछन घुस्याहाहरु| हैजाले यिनै घुसखोरीलाई लैजानु नि बरु| रबिन्द्र मिश्रजिको भ्रस्ताचारिलाई किरा परोस भन्ने अभियान पनि टिसर्ट मा मात्रै सिमित भो| गरिब नेपाली जनता दुब्लाउदै जाने, घुस्याहा कर्मचारी र भ्रस्ट नेता मोटाउदै जाने अबस्था रह्यो नेपालको|

    Reply
  14. Neeraj says:
    August 22, 2012 at 3:29 pm

    यो नेपाल वाणिज्य बैंक भन्ने कहाँ छ? कि राष्ट्रिय वाणिज्य बैंक छ, कि नेपाल बैंक लिमिटेड छ होइन र?

    Reply
  15. Birkhe says:
    August 22, 2012 at 3:04 pm

    जनकपुरको CDO कार्यालयमा नाग्रिकता वा राहदानी लिन जाने भुक्तभोगीहरूलाई सोध्ने हो भने देश र कानून कहाँ छ भन्ने थाहा हुन्छ।

    Reply
  16. Debendra says:
    August 22, 2012 at 2:46 pm

    साथीहरु,
    यस्ता धेरै ठाउँ नेपाल भित्र छन् जहाँ हाम्रै मित्रहरुले हामीलाई दुख दि रहेका हुन्छन/ आफु अर्को ठाउमा कामलिन जादा फेरी उनिहरु नै रोइ रहेका हुन्छन/ सर्बप्रथम त यो आदत हामीले छोडन पर्यो, आफैमा सुधार ल्याउन पर्यो (मतलब आफुले बदमासी गर्न भएन)/ त्यसपछि social मेडिया र facebook मार्फत यस्ता कार्यालय हरु बारे जानकारी गराई कारबाही को लागि साथीहरुको समर्थन, एक किसिमले कारबाही को लागि जनमत दबाद श्रीजना गर्नु ठिक हो कि जस्तो लाग्छ मलाई त !

    Reply
  17. sushi says:
    August 22, 2012 at 2:25 pm

    यस्ता सङ भ्रस्टचारी हरु ले जति पैसा माग्छन त्यति नै लात ठोक्यो भने सायद भ्रस्टाचार मा कमि आउला नत्र बहने यस्ता भ्रस्टचारी हरु धेरै नै डर लाग्दो हुन्छ यिनी हरु भनेको slow poison हो /

    Reply
  18. radhika says:
    August 22, 2012 at 2:22 pm

    भ्रस्टाचारी लाई थुक्दा थुक्दा थुक नै सकियो |

    Reply
  19. kiran says:
    August 22, 2012 at 2:15 pm

    भ्रस्टाचार को हाँगा बिँगा र त्यसको जरा धेरै लामो छ / तर त्यसको विरुद्ध को लडाई छोड्नु हुन्न/ एक दिन त कसो केहि कम गर्न नसकिएला /

    Reply
  20. Ramesh k c says:
    August 22, 2012 at 2:14 pm

    सच्चा भर्ष्ट्रचारी त यिनी हरु पो हुन त ।

    Reply
  21. bunsos says:
    August 22, 2012 at 2:04 pm

    सबै सरकारी अधिकारी / जागिरे, ब्यांक अधिकृत, शिक्षक, राजनीतिज्ञ सबैको हरेक ५ बर्षमा सम्पत्तिको विवरण जम्मा पार्नेपर्ने नियम बन्नु पर्छ. गाविस., जिविस, जागिरको नियुक्तिपत्र पाउनु अघि, हरेक चुनावको उम्मेदवारी बुझाउँदा अनिवार्यरुपले सपत्तिको विवरण बुझाउनु पर्ने होइन भने नियुक्तिपत्र वा उम्मेदवारी नपाइने हुनु पर्ने.

    साथीहरुलाई कस्तो लग्यो मेरो सल्लाह?

    Reply
  22. Sisir says:
    August 22, 2012 at 1:21 pm

    गएको साता एउटा प्रतिबेदन सार्बजनिक भएको थियो , जस अनुसार प्रतेक बर्स नेपालीले ३०-३५ अरब रुपिया येस्तई गरि भ्रस्टचारीलाई आफ्नो बैधानिक काम गर्नलाई घुस दिनु परेको भन्ने छ .. एसले नेपाली कर्मचारी तन्त्रमा हुने महारोग प्रस्ट पर्छ ..

    मेरो कुरा गर्नु हुन्छ भने त मलाई सरकारी अड्डामा कुनै काम लिएर जानु पर्यो भने पहिले नै ज्वरो आउछ , तर के गर्ने अरु उपाय पनि छैन … भ्रस्ट नेता , प्रसासक , प्रहरी र तिनका आउरे बाउरे चम्चा र दलाल कै बिगबिगी छ .. यो जुनीमा भ्रस्टचार नियन्त्रित नेपाल हेर्न पायियेला जस्तो छाँट छैन ..

    Reply
  23. xyz says:
    August 22, 2012 at 1:18 pm

    किन एक पटक राष्ट्रिय सतर्कता केन्द्र अथवा अख्तियार मा ओन लाइएँ उजुरी दर्ता नगर्ने?

    Reply
  24. Sandeep Rimal says:
    August 22, 2012 at 12:03 pm

    जिउदो छदै यो देश मा भ्रस्टाचार निर्मुल भएको हेर्न पाइने हो कि हैन?
    पशुपतिनाथले सबैलाई सदबुद्धि प्रदान गरुन |

    Reply
  25. lalanath says:
    August 22, 2012 at 12:01 pm

    कत्ति थुक्नु, कत्ति गालि गर्नु? थकाइ लागि सक्यो!!! मानबिय भावना नभएकाहरु !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme