-राजु महर्जन-
कुरा हो नापी कार्यालय ललितपुरको। नयाँ घर बनाउन नक्सा पास गर्नको लागि ललितपुर उपमहानगरपालिकाका कर्मचारीले नापी कार्यालयमा गई जग्गाको नक्साको ट्रेस ल्याउनु पर्ने भनेपछि लगनखेलमा रहेको जिल्ला अदालत र मालपोत कार्यालयको बीचमा रहेको नापी कार्यालय पुगियो।
कार्यालय समय १० बजे हो। तर त्यहाँका कर्मचारी मध्ये पिउन बाहेक प्रायःसबै ११ बजे पछि मात्र आउने देखियो। सोद्धा फिल्डमा गएका छन् भनियो, हो कि हैन कसले बुझ्ने ?
खैर आफ्नो काम गरौं भनी अधिकृतलाई निवेदनमा तोक लगाउन लगाई लेखा शाखामा ५० रुपैयाँ तिरी सम्बन्धित फाँटमा गइयो । अहो, त्यहाँका कर्मचारी त बाबै। छोइ नसक्नु। त्यहाँभन्दा अन्त कुनै पनि कार्यालयमा कामै नभए जसरी ब्यस्त सबै।
आफूलाई चाहिने काम गराउन कर्मचारीलाई सोद्धा कागज हेर्दै नहेरी ‘यता हैन, यो उता’ भन्दिने। तीन चार पल्ट यताबाट उता, उताबाट यता पठाइयो। त्यसबीच मभन्दा पछि आएका थुप्रै मान्छेले आफ्नो काम गराई फर्किसकेको पनि देखेँ। मलाई त एकछिन रिस पनि उठ्यो तैपनि एक कर्मचारीलाई नम्रतापूर्वक मेरो कामको लागि अनुरोध गरेँ। उनले यसपालि कागज हेरी यो वडाको हेर्ने सर त आउनु नै भाको छैन भने।
डेढ घण्टा जति भैसकेको थियो त्यहाँ पुगेको, बल्ल सही जानकारी पाएँ भन्ठानी सम्बन्धित कर्मचारी (पुष्प नाम हो उनको, थर चाहिँ थाहा भएन) कुरिबसेँ। त्यसैबेला उक्त कार्यालयमा एकजना चिनजानको भाइ आएको देखेँ। उनले मलाई देख्ने बित्तिकै त्यहाँ आउनुको कारण सोधे। मैले आफ्नो काम र त्यहाँको सबै कुरा बेलिबिस्तार लगाएँ।
ती भाइ त्यहाँ मेरो जस्तो काम आफैँ आई गराउन नसक्ने वा नचाहनेहरुले पठाउने अर्थात् एजेन्ट रहेछन् त्यसैले त्यस कार्यालयको कामको प्रक्रियाबारे जानकार रहने नै भयो। उनै भाइले मलाई मेरो काम गराउन वडाको जिम्मा पाएका कर्मचारी नहुँदा पनि त्यहाँ रहेका कुनै पनि कर्मचारीले १०० रुपैयाँ दिएमा मेरो काम गरिदिने बताए।
मलाई पनि नगरपालिका पुग्नुपर्ने, त्यसै पनि ढिला भइसकेको हुँदा ठीकै छ भनी उनै भाइले चिनाइदिएका एक कर्मचारीलाई १०० रुपैयाँ थमाइदिएँ। नभन्दै मेरो काम २ मिनेटमै भयो। यसरी मैले सरकारी खातामा ५० रुपैयाँ राजस्व तिरे पुग्ने कामको लागि कर्मचारीलाई १०० रुपैयाँ राजस्व तिरेँ।
[घुस लिनु र दिनु दुवै अपराध हो भनिन्छ। तर कहिलेकाहीँ घुस दिन बाध्य बनाइन्छ। तपाईँले पनि कतै घुस दिन बाध्य हुनुपरेको घटना छ ? छ भने तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। घुस दिनुपरेको ठाउँ र रकम पनि लेख्नुहोला। ताकि कुन ठाउँको घुसको दर कति हो पनि सार्वजनिक होस्]
I am nepali who came to US in 2002 an became US citizen on 2008. Because of some stupid an nonsense law of my country, which don’t allow dual citizenship I have to quit the citizenship of my motherland which i don’t want to and had to go to nepal on visa. Although I am US citizen by passport, I know I was Nepali, i am nepali and i will be nepali by heart for the rest of my life. I introduce with everyone as i am nepali. I chose to get American passport to enjoy american privileges and for the benefit of my family but I wanted to keep my nepalese citizenship too, But nepalese law prevented me this. I went to Nepal on 2010 and i had some important visit in Delhi for a week so i thought of going through India and fly to Nepal. I am from Jhapa Nepal so flying to bagdogra siliguri west bengal would be only perfect for me since it would be only 2 hours drive from where I lived in jhapa. It was cheaper and efficient option.. I walked to India consulate in Houston and they gave me the visa the same day after few hours after I paid required fee. I have been through Delhi to jhapa, Nepal before through landing on Bagdogra airport with Nepalese passport before as just a green card and this indian officials treated me like shit in aiport looking for bribe in my earlier visit. I hate to give bribe. After I finished my stay in Delhi , I flew to bagdogra airport and took taxi to jhapa, I could have easily cheated nepalese immigration and could have enter nepal without paying any money for visa. But I have already checked visa fee for 15 days on nepalese foreign affair website before I fly and i knew it was $25 that time. they provide the nepalse visa in port of entry ie in Kakarvita eastern entry port of Nepal. There are so many Bengalis from Bangladesh they enter Nepal everyday illegally taking advantage of nepal india friendhsip treaty since they look like aryan like us and I could have easily enter nepal without any problem since i can talk nepali, hindi and nepali by heart too. But after staying in america, my heart did not allow me to cheat or just be sincere since it is just $25 , When i came to nepalese immigration office the guy who worked in immigration office was first surprised to see that guy in 20s with us passport. and he was question too much and after he was believed that i was us citizen he wanted $40 for the visa. there were bunch of chinese, korean or some japanese tourist entering nepal from india and everyone were filling forms and they charged $40 from everyone. They were so smart that in the visa where it says $25 for visa they put nepal government sticker so it would block the amount. You know it is country of internet and do you think that those educated japanese people would have visit nepal through kakarvita without going through visa fee in website. But i knew it and I talked to him nepalese that dai,,ma niyam kanun follow garera visa fee tirna airachhu ma, 40 tirdina ma 25 matra dinchu,,ma yetikai free ma pani chirthe ni,,they all corrupted from peon to boss and i told them i want to talk to their boss and the guy took me to boss.. i mention the boss about the visa fee $25 i have read in nepalse foreign affairs website about the cost of 15 days visit. And now he put me another lie that fee is $25 only if i landed in Kathmandu,,for kakarvita it is $25,,i told them I won’t pay anything if i had to brive extra $15 when I am becoming honest person and I will go back to India and let media know about it next day,,i was gonna do it for sure because i was so mad at them..I was about to leave the door and finally one guy called me and gave me visa for $25..they knew i am nepalese,speaking and from Jhapa, and tried all ways wasting my 1 hour just for visa…just imagine how hard it would be for foreigners who would come through kakarvita,,how much they had to bribe just for nepalese visa and how much it would affect our reputation in the world.. I wish some reporter make visit to kakarivita immigration and make news about and fire those entire guys who work there,,sala chor haru
I am related to a tourism business. We all know that tourism have played a very important role in the economy growth. And in Kathmandu only there are more than 300 trekking agency. Now I am going to share some thing which many people may not know but people who are involved in this business may certainly know.
1. In Nepal there are many restricted place for tourist, to go there the tourist need a special permit via trekking agency. For e.g. MUSTANG, MANASLU, NARPHU, DOLPO etc.there are few process to be fulfilled by the agency before get the permit.
a. We have to pay the royalty through NRB.
b. Photo copy of tourist’s passport, visa, company registration certificate, pan certificate, NIB certificate tourism industrial division licence, trek ittenirary, insurance of the staff to be submitted to the permit section. This is the place where most corrupted people are working in white dress.
The tourist may come to ktm at evening or night flight and next day they leave for trek, but except photo copy of visa we submit all document and we pay royalty .even though the officer at the department they don’t issue a permit this time money matte. They ask for money each tourist 500 to 1000 rs.we request the officer that the tourist are coming this evening and gov.office will be close then so we will submit the visa’s copy next day at first hour .but it doesn’t matter for them .if we pay money we will get even we don’t have the all document and if we don’t give money …….
पोखरा को नापी कार्यालय मा जानुस र त्यहाँ का सबै भन्दा लुरे हट्टा कट्टा हरि साप लाइ भेट्नुस, उहा पनि त्यस्तै काम गर्न माहिर हुनुन्छ . २ लिने लेखेको चिया खर्च भनेर १५० माग्नु भयो मैले १० दिएको त अचेल नाक मुख नै देखौनुहुन्ना.
सीडीओ कार्यालय, मालपोत, महानगरपालिका इत्यादि सरकारी कार्यलयमा कुनै काम लिएर गए कि घुस खुवाउन पर्छ, कि आफ्नो मान्छे हुनपर्छ नत्र नेताले हाकिमलाई फोन गरेर अह्राएको हुनपर्छ|
भनेछी जनसाधारणले घुस नखुवाई कामै बन्दैन| यो कुरा बाबुराम, रामवरण, प्रचंडे, माकुने, शेरे, झले, काजु कान्छा, राम्चंद्रे सबैलाई थाहा नभएको होइन| यसलाई स्थायित्व र बढावा दिने उनीहरु नै हुन्|
माओवादीले दौरा सुरालमा घुस, सामन्तीपन र अकर्मन्यता गन्हायो भनेर त्यागे तर भ्रष्टचार त्यागेनन| बिचरो नीरिह दौरा सुरवाललाई व्यर्थमा शिकार बनाए| आखिर हामी शिकार बन्यौ उनीहरु खुंखार शिकारी बन्दै रहे|
यो तालले देश बन्ने हैन, घर पनि बन्दैन| अझ बिग्रेर गइरहेको छ| के गर्ने हो?
यौटा स्वन्तन्त्र युवा लिग बनाउनु पर्यो …
भ्रस्ट घुस्याहा , जनताको काम घुस नखाई नगर्नी , मागेर
भिख ल्यायको देशको बजेट कामै नगरी स्वाहा गर्नी
हुने र गर्नु पर्ने काम लाई नाना भाति भनेर झुल्ल्यौनी
पैसो मिल्यो भने देशको पासपोर्ट नागरिकता छिनभरमै बेच्नी ,
किर्नो , उडुस , जुको (कुकुर , मान्छे , जनावर सबैको रगत यौटै स्वाद मानेर चुस्ने )
देश , जनताको सेवा गर्छु भनेर लाग्ने
तर सेवाको भाबना सुन्य भयको , जनावर भन्दा तल्लो जन भावना को सोच भयको
नेपाली गरिब जनताले तिरेको
करको ,तलब खायर नेपाली जनता लाई
नै किर्नो , जुको , उडुस बनेर गरिब , गरिब नेपाली जनताको
रगत चुस्ने …
यी
सरकारी कर्मचारी नामका उडुस , किर्नो ,जुको हरु लाई
जो दोषी छन् ….
छानी छानी भौतिक कारबाई सुरु गर के होला ..
यिनले कानुन लाई त पोलेर खायका छन् देशको गरिब जनता लाई सतायका छन् …भौतिक कारबाई देखि त अलि
सजक होलान कि ,गरिब जनता ले अलिकति भयपनी
राहत पाउलान कि ,,
यसरी नै भ्रस्ट कर्मचारीहरुको भण्डाफोर गर्दै जानुपर्छ, निरुत्साहित गर्नुपर्छ /
हातमा कलम हुनेहरु कलम लिएर उठ… हातमा किबोर्ड हुनेहरु माइसंसार मार्फत उठ…
नेपालको अवस्थै त्यस्तै छ जहाँ जतिबेला पनि काम गर्ने कर्मचारीको खल्तीमा २/४ पैसा नाछिराए सम्म त कामै हुन गाह्रो हुन्छ, देशका भुक्त भोगी जसलाई पनि यो थाहा भएकै बिषय हो…तर दुखको कुरा हाम्रा देशका जिम्मेवार निकायका मान्छेहरु पनि यस्ता कामको बिरोध गर्नु भन्दा पनि मलजल गर्न लागिपरेको छन् यो देश र जनताको लागि बडो दुख र गम्भीर सोचको बिषय बन्न सक्छ । यस्तै अनुभव सुनाउने क्रममा मेरो पनि केहि अनुभवहरु छन्, जुन यहाँ बाड्न गैरहेको छु । कुरा अलि अघि कै हो, जब मैले एस.एल.सी. सके तब क्याम्पस पढ्नको लागि नेपाली नागरिकता बनाउनु पर्ने भो, मेरो जन्म पाचथर जिल्लामा भएको भए पनि म सानै छाडा हामी इलाम झरेका हौ, त्यसैले मेरो पढाई इलाम मै पुरा भो । तर बाबाको नागरिकता भने पाचथरको थियो । मैले सम्पूर्ण कागजात, मेरो स्कूलको सटिफिकेट, बसाई सराइ कागज, घर धुरी नम्बर, इलामले दिएको स्थाई बसाइको कागज, स्थानीय निकाय गाबिसको सिफारिस यी सम्पूर्ण कागजात पुरा गरे पछी बाबालाई लिएर गयौ इलाम जिल्ला प्रसाशन कार्यालय तर्फ । समय मै कागजात पेश गरे पनि भनेको अवधिमा मेरो काम हुन सकेन, सधै जस्तो भए बिहान १० बजे पेश गरेको कागजातको काम साँझ सम्ममा सकिनु पर्ने तर २ सम्म कुर्दा पनि मेरो त नामै आउदैन त त्यस पछी मेरो धर्यताको बाँध टुट्यो, सोधे खै त मेरो काम भएन त भनेको त्यस पछी पो यहाबाट बन्दैन पाचथर जौ भन्छ । मेरो रीसको पारो चडी गो सोधे अन्त हिजो चाही किन नभनेको भनेर, मैले सबै कागजात देखाए तर मरे मान्दैन, पछी एउटाले कार्यालय पछाडी लगेर सिधै भन्यो..भाइले अलिकति खर्च गर्ने हो भने यहि बनाउन सकिन्छ भन्न थाल्यो । त्यस पछी तिनीहरुको नियत मलाई थाहा भैगो, मेरो कागजातमा समस्या हैन रहेछ भन्ने कुरा, मेरो कागजात मागे र सिधै सिडिओ को कार्यकक्षमा गए तर निमित्त सिडिओ मात्रै रहेछन, मैले मेरो कागजात देखाएर भने सर, यो मेरो कागजातको प्रमाणको आधारमा मैले इलाम जिल्लाबाट नागरिकता पाउन सक्छु कि सक्दिन, उहाले भन्नु भो सक्नुहुन्छ, त्यस पछी मैले उहाको मातहतको कर्मचारीले मलाई गरेको व्यवहारको बारेमा बताए…उहाले चुपचाप मेरो कागजातमा रातो मसिले राइट लैदिनु भो । तल ल्याएर पुनः पेशेको डेड घण्टा पछी मैले मेरो नागरिकता पाए । त्यस्तै अर्को घटना गत साल नेपाल गएर यता आउदा त्रिभुवन बिमान स्थलमा पनि बेहोरेको छु । तर आफ्नै स्वबिबेकले त्यहाँ पनि मैले तिनीहरुलाई पैसा नखुवाई काम गर्न सके । यसरि नै हामी जनताहरु अलिक बिबेक पुर्याएर काम गरेको खण्डमा भ्रष्टचारीहरु त्यसै हतोत्शाही गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
The outpouring of people’s anger itself is enough to fight corruption. What we need here is people writing, if possible, the name of the official involved, their status, office, day and date, bribe money. There are people reading your experiences. Some day, some body will be there to take action against these culprits.
नेपाल airport ma हिजो मात्र यस्तै एउटा कैसे वायो . म मेरो छोरा लै blood रिलेशन नवएको बहिनि संग Australia ल्याउनलाई consent लेत्टर र नो ओब्जेच्शन letter दिएर पाठकी थिए. तेहबता उनीहरुलाई Ghara फर्कैदियो document पुगेन वनेर . म येहबता सम्पर्क गर्न खोज्दा कुरा गर्न मानेन त्यो ओफ्फिचेर . हामी गैर कानुनी तरिकाले केहि गर्न नचाहने वयेकोले हिजो एरपोर्ट बाट उनीहरु फर्के र आबस्येक चिठी बनाउन Thai airlines Gaye . अचम्म लाग्ने कुरो के वयेछा वने ५ वर्ष मुनिका बाचा को तेस्तो चिट्ठी बन्दैन रैछा. उनीहरु आजको तिच्केट गरेर फेरी एरपोर्ट जादै छन् हेरौ के हुन्छा. सिधै घर ज vanera पठाउनु वन्द बरु यो यो दोचुमेंट पेश गराउनु , बरु आबस्येक परे आनुसंधन गर्नु , येसरी manchhe lai दुख दिने कम त गर्नु vayena नि . मलाई चिन्ता लैरछा कि आज फेरी के हुने हो वनेर.
यो धेरै वर्ष अगीको हो, सायद पन्ध्र सोर वर्ष होला मेरो बुवाको कारखाना थियो अनि कृषि अनुसन्धान परिसदमा ठेक्का लिनु हुन्थ्यो | आफ्नो चेक लिन पनि कर्मचारीलाइ घुष खुवाउन पर्ने त्यो पनि २०% रे नत्र चेक नै हाकिमको तबेल सम्म पुग्दैन | त्यहि भएर सस्तो पर्ने नै महँगो हुन पुग्छ |
तेस्तो कुनै सरकारी कार्यालय नै छैन होला नेपालमा जहाँ बिना नजरानामा काम हुने , छ कुनै ? लामो कुरा किन .
मैले दुइ हप्ता अगाडी तीनकुनेको प्रहरी चौकी मा एक जना प्रहरी जवान लै ७०० दिनु पर्यो, १००० चाहिन्छ वन्दै थियो, बर्गेन गरेर तेत्ति दिए.. भित्रि मनले मानेको थिएन, तर के गर्ने, काम नै ढिला सुस्ती गरि दिन्छ, या यो चाहिन्छ त्यो भएन वनेर दस कुरा गर्न्चन.
घुस दिने र घुस खाने दुवै अपराधी…… पृथ्वी नारायण शाह को पालामा.
घुस दिने पिडित र घुस लिने महा अपराधी…. आज को दिन हरुमा.
नेपाल मा सानो ठुलो घुस नदिएको कुनै पनि व्यक्ति छैन होला. सायद घुस खाने कर्मचारी पनि आफ्नो अर्को कार्यालय मा क्कम निकाल्न घुस दिने गर्दछ. के भन्नु र खोइ..
हाल म ४५ बर्षको भए , र अहिले सम्म मिति याद नभयेनी , घुष खुवाएको ठाउ हरु निम्न छन्
१. १७ बर्ष को उमेर मा नागरिकता बनाउदा
२. १८ बर्ष को उमेर मा Driver License
3. 21 बर्ष को उमेर मा जागिर को लागि 2nd class officer to attest the form
4. 25 को उमेर मा आफ्नो business खोल्न को लागी , dept of tourism, dept of cottage industry, tax office,
5. पहिलो घर २५ बर्ष को उमेर मा बनाउदा , नापी, वोड़ा कार्यला, नगरपालिका
६. दोश्रो घर २८ बर्ष को उमेर मा बनाउँदा पनि उस्तै
७. ३५ बर्ष को उमेर मा business बन्द गर्दा dept of tourism, Tax office, Vat office, Cottage industry
8. तेस्तै पस्स्पोर्ट बनाउदा, relationship certificate बनाउदा,
९ घर बेच्दा, नापी , भूमिसुधार कार्यालय
10 अन्त मा विदेशइनु बेला मा airport officer लै अन्तिम पटक घुष खुवाएर
१७ बर्ष को उमेर मा नागरिकता बनाउदा पपेर नै तयारी तेयाना होला
१८ बर्ष को उमेर मा Driver लिचेनसे लिदा छोटो बाटो खोजेको होला नि त होइन र
अन्त मा विदेशइनु बेला मा airport officer लै अन्तिम पटक घुष खुवाएर यो बेला पनि त पपेर काम पुरा भयान होला
साथी हरु जसको काम मा पीपेर पुरा हुदैन तेस्ले धरै खुवाएर काम गर्छ माथि को लेख मा सत्य छ तर
१७ बर्ष को उमेर मा नागरिकता बनाउदा
१८ बर्ष को उमेर मा Driver License
के हामीमा कमजोरी भयर हो कि
नेपालको कानुनमा कम सजाय को परिणाम हो/
सजाई पनि के भन्नु र !
” म पिटेको जस्तो गर्छु , तिमि रोएको जस्तो स्वांग पार ” चरितार्थ गर्ने न हो ?
नापी कार्यालय, त्यो पनि ललितपुरको !!!, मा सरूवा मिलाउन ती कर्मचारीले कति भेटी चढाउनु परेको होला नव नेपाल को थरीथरीका मन्दिरहरुका महन्थहरु र सहायकहरु लाई । अब पूजापछि प्रसादी त पाउनु परीहाल्यो; पछिको लागीभेटी जोहो गर्नु पर्यो ।
राजुजी तपाइको कहानी र मेरो कहानी कस्तो ठ्याम्मै मिलेको ! कुरा गत चैत्र तिरको हो
मा पनि घर बनाउन नक्सा पास गर्न भैरहवा नापी कार्यलाये गएको थिए. कार्यलाये पुग्दा
११ बजी सकेकोथियो.कर्यलायेमा भिडभाड निकै थियो.पहिलेत कहाँ सम्पर्क गर्ने भन्ने
कुरा पत्ता लगाउनै गाह्रो भो तल र माथि वरपर गरेको छ कसैबाट सहि कुरा अउदैना.कसैले घाम लागेको छैन.आज कम हुदैन भन्छन त कसैले केहि समय पछी. धेरै बेरको हैरानी पछी लेखाशाखामा लग्नेदस्तुर ५० तिरी सम्बन्धित फाटमा गइयो.ओहो
त्येहा त कर्मचारी कस्ता नी
बोल्दा पनि पैसानै दिनुपर्ने जस्ता.केहिगरी बोलिहाले पनि यता होइन उता भन्छन उता गयो यता होइन उता खाश कता हो पत्तै पाउन सकिदैन.हातमा कागज लिदै यता उता गर्दा गर्दै समय जान लग्यो.कम हुन सकेन पछी एउटा साथीको मदतले अनंदबन ग
बि स को नक्सा हेर्ने कर्मचारीको नाम थाहा लग्यो. नाम सोद्धै कर्मचारीलाई पनि
फेला परियो
तर उसलाई त बोल्ने फुर्सद पनि छैन जस्तो गर्यो.साथीले इसारा गर्यो पैसा दिनुहोस काम
हुन्छ भन्ने संकेत पाएपछि ५०
रुपया गोजीमा राखी
दिएपछि उसले सबैकाम छाडेर नक्सा निकालेर दियो. के गर्ने घुष दिने लिने एउतै भन्ने
जान्दाजान्दै पनि घुस बिना नेपालमा केहि कामै गर्न सकिदैन.त्येसैले ५० देश को
राजस्व ५० कर्मचारीको नास्ता पानीको राजस्व तिरेर ४ घन्टाको दौड धुप पछी घर
फर्कियो.यो त एउटा सानो उदाहरण मात्र हो , कसलाई थाहा छैनर कहिँ न कहिँ सबैलाई
एस्तो परेको छ. १०० मा ९५ % नेपाली येस्का भुक्त भोगी छन.साएद २/४% ठुला बडा हाकिम र नेता मन्त्रि महोदय बाहेक सबैको हाल उहिता होलानी ?
अब हामी सबैले अलिकति पैसा खर्चेर एउटा recorder अथवा क्यामेरा किनौ अनि कुनै पनि सरकारी अथवा अर्ध-सरकारी कार्यालयमा (जहाँ घूस खान्चन), जादा त्यो recorder अथवा क्यामेरा लिएर जाउ अनि कुनै पनि कर्मचारी ले घूस मग्न थालेमा ल मेरो काम सिधा गरिदिन्चस कि record गर्दीम भनेर थर्काम, अनि पो काम हुन्छ कि? मलाई जहाँ सम्म लाग्छ, एउटा साधारण नेपालीले घूस मा खर्चने पैसे ले राम्रै संग एउटा सस्तो औडियो recorder अथवा क्यामेरा किन्न सक्छ
यो त नेपाल को ठुलै समस्या हो, जसरी पनि साधारण मानिस ले दुख पाउने हो, कारबाई पनि कसले गर्ने, जो अगुवा उही बाटो हगुवा भए पछि, अब खुमे कै उदाहरण हेरौ न..काँग्रेस पार्टी ले नै उल्टै अदालत नै गलत भन्यो, अब त जनता आफै मिलेर इनिहरुलाई कालो मोसो लगाए मात्र हो. हेर्दै जौ त्यो दिन पनि छिट्टै आउन सक्छ. १०-१२ वर्ष अगाडी सम्म कसैले सोचे को थियो नेपाल मा राजतन्त्र सकिन्छ भनेर..एउटा ठुलो आंधी आयो अनि राजा रजौटा हरु सबै लाई उडाएर लग्यो. अब फेरी अर्को झन् ठुलो आंधी आउछ अनि बाकी रहेको देश को गनाउने फोहोर लाई जरा देखि नै उखेलेर लान्छ. भर्खर त्यो आंधी इजिप्ट र लिबिया बाट पर भएर अहिले सिरिया मा छ..अब उसको बाटो मा नेपाल पनि छ..मात्र केहि समय लाग्न सक्छ तर त्यो पक्कै आउछ..येस्मा कुनै संका नै छैन..
घुसको दरभाउ नै नभएका कार्यालयहरु………मालपोत कार्यालय…. यातायात ब्यवस्था कार्यालय……. भन्सार कार्यालय…….यहाँ घुसको कुनै दर नै हुँदैन….. लाचार सेवाग्राही घुस दिन बाध्य पारिएका कार्यालयहरु हुन यिनीहरु….
त्यो कर्मचारी को नाम र पद यहाँ लेख्नुस मित्र, facebook, twitter and blog को जमाना मा एस्ता घुस्या धेरै दिन टिक्दैनन
कुरा धेरै पुरानो हो ओखाल्दुगा जिल्ला मा पासपोर्ट बनाउन जादा ३ दिन सम्म दिएन लास्ट मा काँग्रेस को नेता ले लन्च गर्न हामी बसेको होटेल मा आउनु भने पछि मात्र पासपोर्ट दियो. लन्च गर्न एक्लै आऊला भनेको १० जना जति साथी हरु लिएर आएछ मुर्दा ले अनि बियर र खसी को मासु भाका भक अर्डर गर्यो अनि बिल त ३००० जति पो आएछ घर फर्किन तेही होटेल को साहु संग ऋण गर्नु परेको थियो.
बिसय मालपोत कार्यालय चाबहिल को हो तेहा घुस नखाए कर्मचारीले काम नै नगर्ने रहेछन विभिन्न बहाना मा कानुनी परामर्स सेवा भनि बाहिर बसेका हरु संग मात्र काम हुने रहेछ, हामी एक्लैले गरेर हुने काम पनि अनेक बहानामा नहुने रहेछा
जब मा लालपुर्जा निकाल्न तेहा गए , मैले प्रसस्त मात्रामा तेहाका कर्मचारीले घुस खाएको भेटे . पैसा नदिए पिउनले हाकिम कहाँ फाइल नलाग्ने रहेछन
तेसैले तेहाका तलका कानुनी परामर्स सेवाका व्यक्ति द्वारा घुस दिन बाध्य भईयो
तेस्पछी मात्र पिउनले हाकिम कहाँ फाइल लिएर गयो र सदर भएर आयो तेस्काम को लागि रु २००० दियो हो
मित्रहरुका थरिथरिका र गजबका अनुभवहरु पढ्दा पो थाहा लाग्यो कस्तो कस्तो पनि हुने रहेछ नेपालमा | कृपया अरु साथीहरुले पनि आफ्नो अनुभबहरु लेख्नुस न है ? तर कथा बनाएर चाहिं नलेखनुस है | आफ्ना अनुभवहरु साटासाट गर्नाले बढी वास्तविकता थाहा लाग्छ हाम्रो देशमा लागेको भ्रस्टाचारको आगोको बारेमा |
One of my colleague had to come Oman for his final interview for his new job. As usual, the company had sent him Visit visa copy as the original visa was deposited in Muscat International Airport. My friend had taken the return air ticket and 500 USD as personal expenses. The company had arranged the local transportation, lodging and fooding during his stay in Oman.
He showed the Visa copy, passport and visa deposition slip at the airport immigration counter, but the immigration officer rejected his departure saying he does not have the Original Visa with him. He tried to convince him but it went in vein. So, we could not go to Oman at that day and returned home.
After one week he found some staff at the Kathmandu airport and he made the deal final in 10,000 Nepali Rupees in the condition of allowing him to depart from Kathmandu with the same copy of his visit visa.
My friend was an engineer who was shortlisted for final interview after so many telephonic interviews and exams, he did not want to miss this opportunity. He understood its not give the bribe but he had no choice either loose this opportunity or pay and get the things done in shortcut.
We have contacted Nepal Embassy, Saudi Arabia also, but we did not get any support from them. Most of these govt. staffs are corrupt.
सर्जमिन कागज लेखिदिये वापत भरखरै पूलिसलाई १५०० भेटी चाढाइएको छ। जय लाल नेपाल(जय नेपाल+लाल नेपाल =जयलाल नेपाल )
anti corruption body भनेको प्रहरी र प्रशासन हो। नेपालमा इ दुई नै यती बेकम्मा र भ्रस्ट छन कि माहाप्रलय पाछि पनि नेपालमा भ्रस्ताचारको जरो बाँकी रहिरहन्छ।
नेताहरुको समर्थन र बिरोधमा हो भने हामी जनताहरु नारा जुलुस र तोड फोड गर्दै हिड्छौ/ अहिले देशको ठुलो समस्या घुसखोरी हो/ येस्कुराको बिरोध जनताहरुले गर्न सकेका छैनन् किन? यो बिसयमा खासै कसैलाई चासो नभयको जस्तो लग्ग्यो/ मैले पनि त्यो अफिसबाट जग्गा छुट्टाउने कामको लागि अमिन लैजाने काममा मधस्तकर्ता द्वारा रु ५०० दियर मात्र अमिनलायी जग्गा सम्म लैजान सकेको थिय/ यस बिसयमा कसलाई भन्या र के गर्ने? जनताको सेवा गर्ने जनाताहरुकै नोकरहरुले यसरि आफ्नै मालिकमाथि गरेको सोसनको अन्त कसरि हुन्छ होला? येस्ता क्रियाकलापहरुबाट देश र जनता दुवै पछयलाई नोक्सानी भयको छ/
मेरो बिचारमा यस्ता अफिसहरू र कर्मचारीहरुको पहिचान गरि घुस खाने धुर्त ब्वासाहरुलाई समातेर कालोमोसो दलेर बजार घुमाउने र समाजबाट बहिस्कार गर्ने जस्ता कामहरुको सुरुआत गर्नु जरुरि भैसकेको छ/
दरिद्री घुस्याहाहरु र तिनका सन्तानहरुलाई महारोग लागोस यहि मेरो सरापछ/
घूस बिना सरकारी कु-कर्मचारी हुन्नन खुस ! यो सत्य नै हो /
यो सबैको पीडा हो साथि हरु, के गर्ने मलाई एस्तो पनि अनुभव छ स्वयम् गृहमन्त्रालय का कर्मचारी ले आफु मातहत का कर्मचारी लाइ काम गराउन घुस ख्वाएका छन्… कुरा केहि महिना अगाडी को हो, नाम उल्लेख नगरु, झापा घर भएका गृहमन्त्रालय का एक अधिकृत ले आफ्नो जिल्ला मा गएको बेला जग्गा सम्बन्धि काम गराउन घुस नदिई काम नै गरेन, हामीलाई नै काम गराउन यस्तो गारो छ l म कर्मचारी हो भन्यो भने त झन् यो फाइल मिलेन, त्यो मिलेन सर भनेर झन् ढिलो गर्दा रहेछन अनि एक जना दलाल खोजेर ५०० रुपीया दिएर काम गर्न लगाएँ भनेर तितो अनुभव सुनाएका छन्.. झन् हामि सर्बसाधारण हरु को अवस्था कस्तो होला ? सरकार का चोर नेता र भ्रस्टचारी कर्मचारी सबै हामीले पाल्नु परेको छ.
तपाइको त जम्मा १०० लियछ मैले त चितवन मा ५०० तिरेको हो
कुरो २०६७ साल को हो / म यौटा ब्यापारिक फर्म चलाएर पुन बन्द गर्न को लागि आन्तरिक राजस्व कार्यलय क्षेत्र नम्बर १ काठमाडौँ मा धेरै त न भनौ जम्मा २७ दिन लगातार धाउदा मैले खाएको नेपाली प्रसाशनिक झमेला साएद आज म परदेस मा भएर पनि साएद बिर्सन सकेको छैन /मलाई मेरो फर्म बन्द गर्न तेती मुस्किल पर्यो कि जति फर्म खोल्न परेन/आज ,आज अनि भोलि,भोलि भनेर कर्मचारी हरु ले भनेर मेरो काम पन्छाएको त्यो दिन म जिबन मा बिर्सन कहाँ सक्छु र?मेरो दोस थियो सायद, किन कि मैले घुस खुवाउन बर्जित गर्नु /तर पनि मैले अपनाउनु पर्ने हत्कन्डा अपनाए कि “मैले मेडिया बोलाउनु पर्यो कि के हो सर ?”यति के बोलि दिएको थिए मेरो काम ४५ मिनेट मै भयो /अब भन्नुस नेपाल को कर्मचारी तन्त्र कति कम्जोर छ?मात्र १००,२००,१००० मा जो कसै ले सजिलै कर्मचारी किन्ने प्रवृति ले आम नेपाली प्रताडित हुनु परेको छ/बुलन्द आवाज उठाउने हो भने सबै कर्मचारी जनता सग ठाडो नजर ले पनि हेर्ने छैनन् /
राष्ट्र सेवक कर्मचारी भन्ने सब्द नै मलाई हाँस उठ्छ , कारण माथि इस्पस्त छ ..
राष्ट्र सोसक कुकर्मचारी भन्नु पर्ने होइन र येस्तालई त ??
घुष एक किसिमको नसा रहेछ जुनसुकै क्षेत्रका कर्मचारीको , जतिसुकै तलव सुबिधा दिएर जागिर ख्वाए पनि घुष खाने लत नहट्ने रहेछ. येसलाई कम गर्न बलियो कानून र पारदर्शी कार्य सम्पादन हुनुपर्छ. सेवाग्राही दह्रो नभए सम्म सेवा प्रदाहिले घुष खाइरहन्छ.
हसाउनु भो तपैले. घर-जग्गाको कर तिर्नत घुस खुवाउनु पर्ने ठाउमा, तपाइको नक्सा उतार्ने त अलि ठुलो काम भयो उनीहरुलाई. मेरो घरको कर पहिला तिर्दै आएको तर गत २ वर्ष देखि तिर्न सकिराखेको छैन. समस्या उही घरको नक्सा र लालपुर्जाको नाम उही हुनुपर्ने. अब 25 वर्ष अघि पासभएको नक्साको नामसारी गर्नु पर्ने भयो – निबिदन दियो उही भोलि-भोलि. एकवर्ष भैसक्यो भोलि कहिले आएन. कुरा साफछ घुस खोजेकोहो, तर मपनि हेर्दैछु कतिसम्म यो काम हुँदैन भनेर. कर समयमा तिरेनभनेर late fee लिनेपनि उनीहरुनै. यो देशमा कहिलै अन्नतीहुन सकेन बाबै…
घुस त दिने पारो नि…….नत्र कम नै हुदैन/ मैले गाडी को paper renew गर्दा दले लै ३००० घुस दियको थिय/ तिन दिन सम्म diver लाई line मा बस्न lagaya तर पालो नै आयन अनि दिक्क भयर दिया……….कम १० minute मा भयो……….
नेपाल को कानून दैब जानुन!!!! के गर्ने हामी हाम्रा नेता लाई मात्र दोष दिन्छौ हाम्रो देश मा घुस दिने र घुस लिने नभेट्न मुस्किल नै होला!! हाम्रो देश मा कानून सहित को प्रशासन भए देखि यस्तो काम अबश्य रोकिने थियो कि???मलाई त यस्ता समाचार पढ्दा पढ्दा वाक्क भै सकें !
घुस लिने र दिने दुबै अपराधी त हुन्, तर तपाइ जस्तै म पनि पिडित हुन पर्या छ । ठाउ भनेको उहि सर्कारी कार्यलय त हो नि । माल एकातिर बुझाएर पोत अर्कै तिर बुझौनु पर्ने । तपाइलाई परेको पिर मा मेरो सहानुभुती मात्र छ । तर सुधारको लागी सिसी क्यामेरा जडान गर्नु पर्ला कि ?
“सिसी क्यामेरा जडान” गर्ने उपाय त् राम्रो हो
तर
मलाइ जानकारी भए सम्म केहि बर्ष अघि सम्म “जग्गाको नक्सा उपलब्ध गराउने” नापी कार्यालय (काठमाडौँ उपत्येका भित्र कै) जत्तिको “एकादेशको कथा” जस्तो आदिम-प्रबिधि प्रयोग गर्ने कार्यालय नेपाल भित्र कहिँ कतै पनि छैन होला /
Tracing Paper मा भएको नक्साको प्रतिलिपि बनाउनु परेमा के के सामग्री चाहिन्छ होला ? लौ अनुमान लगाउनुस
,
१. फोटो कपि मेसिन
२. एमोनिया कपी मेसिन
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,गलत
हाम्रो त्यी नापी अड्डामा त् निम्न कुरो चाहिन्छ
१. काचको ढक्कन भएको काठको बाकस
२. पुरानो कम्बल
३. लिकुइड अमोनिया
४. टन्टलापुर घाम
५. एउटा अध्यारो बाकस
अब घाम नलागे त् नक्सा कपि गर्न नसक्ने प्रबिधि भएको ठाउमा, वा
photocopy मेसिनले समेत प्रवेश नपाएको स्थानमा,
CCTV Camera ले प्रवेश पाउला त् ?
जय नेपाल
तेन्जिंग गाबा ‘हिमाली’
हाउ लुन्गा , उड्ने चराको प्वाख गन्नेहरु त हुन् सिसि क्यामेरा राखेर के साध्य ?
घुस लिने र दिने दुबै अपराधी त हुन्, तर तपाइ जस्तै म पनि पिडित हुन पर्या छ । ठाउ भनेको उहि सर्कारी कार्यलय त हो नि । माल एकातिर बुझाएर पोत अर्कै तिर बुझौनु पर्ने । तपाइलाई परेको पिर मा मेरो सहानुभुती मात्र छ । तर सुधारको लागी सिसी क्यामेरा जडान गर्नु पर्ला कि ?
उही पिडित
“घुस दिने र घुस खाने दुवै देसका लागि सत्रु हुन्!” एक स्वाभिमान, देसभक्त व्यक्तिका लागि यो बाक्य कति सक्तिसाली छ!!!!! तर यो वाक्यले मात्र देसभक्तको देस्भक्ति सुरक्षा गर्न नसक्ने रहेछ, नेपालमा आफ्नो जिबनभर घुस नदिइ आफ्ना सम्पूर्ण काम गराउने सर्ब साधारण व्यक्ति र आफ्नो कार्यकाल भरि एक पैसा पनि घुस स्वरूप नलिने वा सरकारी सम्पतिमा लामो हात नगर्ने सरकारी कर्मचारी भए तिनलाई मेरो नमस्कार, सफल जिन्दगीको लागि!
घुस दिनु देसका लागि सत्रु हुनु हो यस अर्थमा मलाइ धेरै दुख छ म पनि देसका लागि सत्रु भए!!
कुरा २०६३ को हो! मेरी संगिनीलाई VISIT
मा दुबई, U A E ल्याउन सबै कुरा जुटाइयो यहासम्मकी नेपाल एम्बसी अबुधाबी बाट “जो जस संग सम्बन्धित छ” भन्ने पत्र पनि! तर एयरपोर्टका कर्मचारीले यो पत्रले केहि नगर्ने बताए! हामीलाई आदेस छ महिलाहरुलाई खाडी मुलुक जान नदिनु भन्ने.!! यदि तपाइँ जानै चाहनु हुन्छ भने यसरि …..(ने. रु. १२०००/००)……दिए जान दिन्छोउ भनि घुस दिन बाध्य तुल्याइयो!!
हामी काठमान्डू भन्दा बाहिरका परियो!! नेपालमा कानुन सबैलाई समान छैन! पहुचवालाले सबै काम काठमान्डू बाट गराउछ!! २०६६ मा हाम्रो बच्चाको पासपोर्ट काठमान्डूबाटै बनाउने प्रयास गरियो, जस अन्तर्गत एक जना अधिकृतले रु. २५०००/०० दिएमा सम्पूर्ण काम हुन् सक्ने बताए!!
देसको सत्रु नबन्ने मनसायले यो प्रस्ताब स्वीकार गरिएन! अनि लागियो यात्रातिर, असार साउनको झरी पहाडी उकाली ओराली !! हामीले त दुख पायोऊ नै, तर १० महिनाको नाबालकले पनि कम्ति दुख भोग्नु परेन!! अझै पनि उसको स्वास्थ्य स्थितिमा असर देखिन्छ ! पैसा पनि त्यो भन्दा धेरै नै खर्च भयो!! अहिले लाग्छ बरु देस द्रोही नै भएको भए हुने रहेछ यस्तो दुख भोग्नु भन्दा त!!!
के गर्ने सरकार चेतनसिल, बिबेकसिल छैन, एउटा कुहिएको आलुले बोराका सम्पूर्ण आलु कुहाउछ भने जस्तै, सरकार र सरकारी कर्मचारी कुहियेकोले अरु सर्ब साधारण पनि कुहुँन बाध्य भइयो!!
कारवाही गर्नुपर्ने सरोकारवाला निकायहरु मौन छन् (त्यो विभाग पनि भ्रष्टाचारबाट मुक्त छैन), सेवाग्राहीहरु कहाँ शिकायत लिएर जाने?
मेरो विचारमा भ्रष्टाचार भनेको माथीदेखी तलतिर प्रवाह हुन्छ, जहाँ भ्रष्टाचार गरेको रकमको अंश माथीसम्म नै पुग्छ। कारवाही चलाए पनि ती साना माछाहरुलाई मात्र समातिन्छन् तर ठूला माछाहरु उम्कन सफल हुन्छन्। होला, प्रधानमन्त्री ज्यु भष्ट्राचारमा लिप्त हुनुहुन्न तर ‘परिवारको मुखिया’को हैसियतले उहाँले पनि उन्मुक्ति पाउनुहुन्न। कारवाही मन्त्री/प्रधानमन्त्रीबाटै शुरु हुनुपर्छ। यसको लागि नागरिक समाज एकवद्ध भै लाग्नुपर्छ।
सजाय त कषले देला र इनीहरुलाइ बरु फुलमालाले सम्मान पो गर्ने होकी?
राजु जी उनि हरु लाई फूलमाला किन लगाउनु पर्यो ? बरु जुटा को माला भए लामो समय सम्म झर्दैन / फुल को माला त भोलि नै ओइलाएर झरी हल्छा नि कि कसो ?
सबैजसो जनसरोकार राख्ने सरकारी अर्ध सरकारी कार्यालयमा यस्तै चलन छ ! धारा, बिजुली, टेलिफोन एदी बिग्रियो भनेपनि राजस्वो बाहेक थप खर्च हुन्छ ! यातायात कार्यालयमा त झन् कुटाई खान पनि बेर हुन्न बिना दस्तुर राजस्वो मात्र तिरेर काम गरुन खोज्यो भने ! कर्मचारी, पार्किंगको पैसा उठाउने सबै डन भैसके पैसा खुवौनुस काम गरौनुस नत्र आफैलाई घाटा ! कुनै सरकारले यो गुनासो सुन्ने वाला छैन !
राजु जी, कायालय र रकम उल्लेख गरे भने त भोलिदेखि मेरो काम कतै बाट हुदैन. त्यस्ता घुस त कति खुहाईयो कति, सरकारी कर्मचारीको तलव त हाजिर अरे बापत दिएको मात्र हो रे काम गरेको त सेवाग्राही बाट असुल हुन्छ, मेरो भगवान संग प्राथना छ मैले घुस खुवाएर लागेको पाप क्षमा गरिदिनुस…..
कुरो गत फाल्गुन को हो आफ्नै फोन मा नेट जोडन को लागि मा बालाजुको नया बस पार्क दुरसंचार मा गय , दाई साथमा हुनुहुन्थ्यो ,त्यहाको कर्म चारी लाई संग राम्रै कुरा कानी भो , सोधे पोट खाली छैन सर पोट खाली भय पछि तुरुन्तै हुन्छ भन्यो , काउन्टर को कर्म चारी ग्यासको समस्या भयको बेला
हुदा फोन मा ग्यास खोज्न बेस्त थियो .काउन्टर को अगाडी धेरै ग्राहक हरु बिल तिर्न र अरु केहि चै नया नेट जोडनको लागि धेरै दिन देखि कुरेको कुरा गर्दा बुझियो , तै पनि सौहाद्र पुर्बक कुरा कानी भो कर्म चारी संग , दुर संचार र अरु निजि संचार का कर्म चारी ले गर्ने बेभारको बारे मा उनि हरु धेरै अनभिज्ञ भयको थाहा भयको बताय , अर्को पैसा बुझ्ने दिदि त झन् हासी हासी म संग भाई २२ वर्ष काम गरि हाले अब निस्कने बेला भै हाल्यो भनेर भदै थिइन म संग त जोक गरेको है भाई भनेर नि भन्दै थिइन , तेस दिन फारम बुझाय ,उही काउन्टर को कर्म चारी को अनुसार फोन गर्दै गर्नुस आउदै गर्नुस नेट कैले खाली हुन्छ भन्न सकिन्न भन्यो ,तेस दिन म घर तिर लागे ,
भोलि पल्ट फेरी गय , तेही कर्म चारी थियो काउन्टर मा मैले पोट खाली भयो त दाई भने उसले छैन भन्यो मेरो अनुहार तिर पनि नहेरी . फेरी मैले दाई मेरो त घर मा नेट जोड्नु पर्ने भोलि त नेपाल छोड्नु छ के गर्ने होला भन्दा मैले के गर्नु त हजुर पोट खाली छैन / मैले गरे नि सिस्टम ले गर्दैन भनेर अर्को नेट जोड्न भनेर कुरेर बसेको भाइको मुख तिर हेरेर भन्यो मलाई त्यो सब्द ले सारै रिस उठायो भनेर उसले / . यता कुर्सि मा पर्खेर बस्ने भाई संग सोधे भै हिजो नि यहि देखेको थिया आज नि छौ के भन्छ यिनी हरु भन्दा उसले खै दाई यसरि धायको २ हप्ता भयो , पोट खाली भयको छैन भन्छ भन्दै थिय, मैले अर्को काउन्टर मा गयर यो साखा को साखा प्रमुख को हो र कुन रूम मा बस्छ भनेर सोधे उसले बताय अनुसार त्यो कोठा मा पुगे , अनुमति मागे र उसको कोठा मा पुगे पछि उ अलि मेरो तर्फ सतर्क भयको र मेरो अनुहार मा हेरी हेरी कुरा गर्यो , मैले बेली विस्तार लगाय ,उसले मेरै अगाडी त्यो कर्म चारी लाई फोन गरेर अलि कडा स्वोर मा कति वटा पोट खाली छ भन्यो उसले सर २२ वटा खाली छ ऐले भनेर मेरै अगाडी भन्यो फोन खुल्ला गरेको थियो र मेरै अगाडी मेरो नाम लियर ल यो नाम को सर को तुरुन्तै नेट जोड दिनु भन्यो , (खास मा मैले पछि चुक चुकाय सधै क्यामेरा बोकेर हिड्ने मान्छे म तेस दिन पनि लानु पर्ने रैछ लगिन )
तेस पछि म तल काउन्टर मा झरे ति २ जनै कर्मचारी को मुख रातो र रिसाहा भयको थियो यौटा ले मेरो नामै लियर अघि माथि हाकिम सब को मा जाने को भन्यो मैले म भनेर उठेर उसको तर्फ उत्तर दिदै थिय अर्को उसैको साथी ले होइन होइन कोइ गा छैन केइ भा छैन भनेर भटा भट फारम बटुल्न थाल्यो …म ५ मिनेट मा फारम लियर घर तिर लागे बेलुकी ५ बजे पछि मेरो घर मा नेट सुरु भो , त्यो कुरेर बस्ने भाई र अर्को २ जना दिदि म हिड्दा पनि तेही कुर्सि मा फारम हेरेर बोलाऊछ भनेर बस्दै थिय.
खास मा भन्नु पर्दा यो १२ वर्ष को अबधिमा मैले १३ पल्ट त्रिभुवन अंतरास्त्रीय एरपोर्ट आउने जाने गरे मैले कैले नि २ पैसा नि घुस दिने र कर्म चारी बाट दुख पायको छैन ,म गतिलो जबाफ दिन्छु , त्यो संग चित्त नबुझे म हजुर संग डिल गर्दिन अर्को मान्छे बोलाऊ भन्छु .नबिराउनु न डराउनु . यी मुला किर्ना हरुलाई हामी पनि अलि कडा रुप मा प्रस्तुतु हुन पर्यो ,,,होइन भने तेरो हाकिम को म त्यो संग कुरा गर्छु त संग बोल्न चाहन्न भनेर किन नभन्ने ….हामीले तिरेको कर त हो नि तिनले खाने ,,,तिनी हरु हाम्रा सेबक हुन् न कि हामी ,,,,जनता सधै जनार्दन ,,,
कुरा ठिक हो मा श्रम भिभाग मा एउटा डकुमेन्ट बनाउन गयको थिया २ वर्ष आघि को कुरा हो…….हाकिम भनौदो ले मेरो फारम मा डिटेल माग्यो अनि दलाल ले १०० रु दियापाची हुन्छ पछि हाकिम संग कुरा गर्दै जादा उसले भुझे होला कि के हो नियमित प्रक्रियाबता समयमै भयको थियो……..ठुलो कुरा नैतिकता र जिम्मेवारी हो कि तपाई लाइ तेसो गर्न मन लाग्छ कि नै…..यो बिग्रियाको पैसा को नाम मा कतिपय ठाउँ मा अहम भयका बाट हो ……..
यो त हरेक ठाउँको नापी शाखामा तेस्तै हो, के गर्ने तेस्तो नगरे आफ्नै समय खेर जान्छ, जय होस् नापी शाखाको …
घूस लिने आफ्नो जन्मसिद्ध अधिकार सम्झने यी कु-कर्मचारी लाइ ठिक गर्ने उपाय पनि अब ता हामि जनताहरुले नै आविष्कार गर्नु जरूरी भैसकेछ. अहिले बने यौटा लेखि हालौं /घूस नगद होइन कि चेक बाट दिने गरौँ. अनि यस्तो चेकमा यस्तो मसिले सहि गरौँ कि ५-६ घण्टा पछी मसि अदृश्य भै सुकोस. ब्याङ्कमा पुग्दा ‘ रंगे हात ‘ पक्रन सजिलो हुन्छ
कुरा चितवनको बीअर फ्याक्ट्री अगाडिको रहेको प्रहरी पोस्टमा दिन परेको घुसको बारेमा हो ! मेरो दाई र म,मोटर-साइकल मा जादै थियौ, टांडी (अर्को ठाउँ) तिर ! बाटोमा मेरो साथी बस कुरेर बसेको रैछ ! हाम्रो नेपालको बसको हालत पनि त्यै त हो नि, समय हो मतलब नै हुन्न ! बिचरा बस कुर्दा कुर्दा हैरान भैराखेको रैछ | जे होस्, हामी तिनै जना त्यै एउटा बाईक मा हुइकियौ ! पोस्ट नजिक पुग्न नपाउदै पुलिस ले सिट्ठी बजायो , हामीले रोकेम ! “नियम मिचेर हिड्न त मज्जा आउछ है , खै बिलबुक हेरम त ” मैले मेरो शर्टको खोलती बाट निकालेर दिए | “लईसन्स नि ?” , मैले मेरो बिदेशी लईसन्स देखाए, नेपाली लईसन्सको म्याद सकियेथ्यो त्यसैले देखाईन |
“ये कहिले आउनुभो नि विदेश बाट ”
“एक हप्ता भयो” मैले भने
“नेपाल को नियम सप्पै पोलेर खानुभएछ त, कति बस्नुभो र बिदेशमा ?”
मैले त्यसको उत्तर नदिई कुरा सोझ्याउन खोजे, “अलि छिटो गर्नुस न,गल्ति अब भैहाल्यो फाइन तिरेर जान्छु नि ”
येत्तिकैमा अलिकति ठुलो पदको प्रहरी आइपुगे , तिनको हाउभाउले नै मैले था पाईसकेथें | के के भाथ्यो , सबै कुरा सुनिसकेपछि म तिर हेरेर “भाई, अलि यता आऊ त ” भनेर अलिकति छेउ तिर लगेर कुरा गर्न थाले| म विदेश बाट फर्केको भनेपछि म संग पैसा छ भनेर हो कि किन हो, उनले सिधै पैसा मागे|
“जरिवाना तिर्न पर्छ, रसिद काटें भने ५००० लाग्छ, अब भाई विदेशबाट आको रैछौ , किन धेरै दुख दिनी ? ३००० देउ , जाउ ” रे |
मैले ३००० तिर्न पर्नी जत्रो अपराध त गरेको हैन नि | सिधा कुरा बुझ्न धेरै गार्हो थिएन | मैले यो कुराको सिधा प्रतिकार गरे, ” मैले ५००० तिर्न पर्ने अपराध गरेकै छैन, अनि म संग त्यत्रो पैसा पनि छैन “|
त्यसपछि पैसा नतिरे लईसन्स जफत गर्दिन्छु, चापी खोस्दिन्छु, बाईक रख्दिन्छु आदि पो भन्न थाले उनले त | अनि मलाई पनि चढ्यो | “नियम अनुसार १०,००० तिर्न परे पनि तिर्छु, तर नियम बिना तपाइलाई एक पैसो पनि दिन्न”
चर्का-चर्की भएपछि मेरो साथी आयो र मलाई पछाडी हटायो , पुलिस संग उसैले “Deal ” गर्यो | के के कुरा गर्यो कुन्नि, पुलिस ले मलाई ५०० को रसिद काट्यो , ५०० रुपिया देश को ढुकुटी लाइ बुझाएँ , मन मनै खुसि हुदै हिड्न लाको त, पछाडी बाट “बाँकी खै त ?” रे उसले गरेको समझदारी त ५०० रुपिया देश लाई, ५०० रुपिया पुलिसलाई पो रैछ | पुलिस लाई पैसा नतिरी सुखै थिएन, तिरियो | पुलिसले पैसा पाएपछि भन्यो ” गए हुन्छ भाइहरु, तेसैमा चढेर गए हुन्छ, कसैले रोक्दैन ”
“अनि फर्केर आउदा नि ?” अब नतिर्नु पैसा तिरिसकेसी लाजै पचाएर सोधे
“ऊ त्या रोकेर एक जान हिडेर आउनु, पोस्ट कटे पछि फेरी तिनै जना चढेर गए हुन्छ”, उनले करिब २०० मि पर को ठाउँ देखाउदै सिकाए !
देश लाई ५००, र पुलिस लाई ५०० चढाएर हामी तिनै जना फेरी देशको नियम मिच्दै त्यै बाईकमा हुइकिएम |
माथी लेख्न बिर्सेछु, नेपालको नियमले एउटा मोटर बाईकमा तिनजना चढ्न बन्देज लगाएको छ
मैले kathmanu को यातायात व्यवस्ता office मा १०० table मुनि bhata देएको हो.. मुख फोरेर deye काम गर्दिने नत्र खोइ k अरु अरु k k chaincha भनेर अद्कैदिने रे .. मैले त लाज पचाएर मगनु भो लौ लिनु होस् र काम खुरुक्क गर्नु होस् भनेर देएको हो.. यो सायद ६ वर्ष आगाडी को कुरा हो.
कुरा फाल्गुन को तेस्तै १४/१५ तिरको हो मेरो बिहे भएको ३/४ दिन मात्र भएको थियो अनि मलाई बिवाहदर्ता को प्रमाणपत्र चाहिएकोले गा बि स कार्यालयमा गएको थिए तर त्यहाँ गए पछी थाहा भयो कि मेरो बिवाहदर्ता को प्रमाणपत्र त्यहाँ नबन्ने रहेछ कारण मेरी श्रीमती को स्थाई बसोबास नेपाल नभएकाले. अनि सचिब को सल्लाह अनुसार नै जिल्ला प्रसाशन कार्यालय भरतपुर गयेउ हामी तर त्यहाँ गए उनको देश बाट बिवाह नगरेको लिखित कागज सम्बन्धित निकाए बाट ल्याउनु पर्ने रहेछ जुन कुरा हामी लै थाहा थिएन तैपनि उता तिर सम्पर्क गरेर उनको कागज उपलब्ध गरायेउ हामीले तर पनि हाम्रो कागज बन्न ढिलो हुने थाहा भयो करिब ३०/३५ दिन लाग्ने रहेछ जबकी मेरी श्रीमती को नेपाल को भिसा जम्मा १ महिना भन्दा पनि कम को को थियो तेसैले हामीले सम्बन्धित कर्मचारी हरु संग बिनम्र अनुरोध गरेउ कि २० दिन भित्र हाम्रो काम भए पनि हुन्छ हाम्रो एस्तो एस्तो समस्या छ भनेर तर पनि उनि हरुले नियम अनुसार नै गर्नु पर्छ २० दिन भित्र त कुनै पनि हालत मा हुदैन भनियो जबकी मेरो बिवाह को फोटो भिडिओ सबै मसंग थियो तर पनि त्यहाँ बाट हामी लै कुनै सहयोग को आस्वासन दियियेना . एस्तो लाग्थ्यो कि नेपाल को कानुन त एकदमै कडा छ जसलाई जति दुख परे पनि ल एण्ड अर्डर को देस हो कुनै कम्प्रमाइज नै हुदैन भने जस्तो . तेश पछी हामी हार खाएर बाहिर निस्किएका थिएउ अनि बाहिर बसेका दलाल हरुले हामीलाई सोध्दै थिए क काम हो भनेर. अनि येसो सोचे कि यिनीहरु बाट पो हुन्छ कि यो काम भनेर. अनि हाम्रो सबै समस्या भानु उसले ये भै हाल्छ नि भन्ने आस्वासन दियो र हाम्रो सबै पेपर माग्यो. मैले पनि निकालेर दिए तेस्पछी उ एकै छिन बस्नुस है भनेर कर्यलाये तिर लग्यो हामी कुरेर बसी राखेउ करिब १ घण्टा पछी उ आयो अनि तपाई हरु अहिले जानुस बेलुका हाकिम साब ले मलाई भन्छु भन्नु भएको छ काम हुन्छ कि हुन्न भनेर भन्यो . हामी अलिकति भए पनि आशा लिएर घर फर्कियेउ अनि बेलुका ७ बजे तिर मा आफैले त्यो भाइ लाइ फोन गरे उसले हुन त हुन्छ तर पैसा अलि बढी लाग्छ भन्यो तेस्पछी मैले कति लाग्छ र भनेर सोधे उसले अलि धेरै नै लाग्छ तपाई भोलि आउनुस अनि भनौला भन्यो तेस्पछी भोलि पल्ट गएउ हामी. अनि थाहा भयो पेपर त आजको भोलि नै बन्नी रहेछ तर रु ५०,००० लाग्ने रहेछ. उसले भनेको अनुसार सी डी ओ देखि को मान्छे लाइ खुवाउनु पर्छ अरे तेही भएर धेरै पैसा लागेको अरे. मलाई आफु नेपाली भएकोमा तेती बेला एकदमै घृणा लगेर आयो कस्तो देश मा जन्मियेछु भनेर खैर यहाँ देश को के दोष. दोष त देश चलाउने हरुको हो. अनि ५०,००० तिरेर बिवाह दर्ता गर्नु भन्दा नगर्नै बेश भन्ने सोचेर फर्र्कियेउ हामी
जहाँ सम्म मलाई लाग्छ सब भन्दा चोर ठाउँ मालपोत हो,
नेपाल मा सायद नै कुनै एस्तो सरकारी निकाय होला जहाँ घुस, commission बिना काम हुन्छ, जहाँ बिना कुनै दु:ख जनताले आफ्नो काम पुरा गर्छन,
बाबुरामले जति नया नेपाल भने पनि परशुरामनै नआइकन केहि हुनेवाला छ जस्तो लाग्दैन,
जय श्री राम!
खुस त कति खाए खाए नि हौ, के कुरा गर्नु यो घुस को । नदिउ काम हुदैन, दिउ आफै अपराधि जस्तो लाग्छ। खुसखोरिको छोराछोरिलाई बाउले खुस खाएको जानकारि गराएर दवाब गर्यो भने मात्रै, नत्र चलिरहन्छ यो प्रकिया। झन अहिले त दशैँ नजिकै आउदैछ, कस्ले छोड्छ आएको घुस।