Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बादले भण्डार (क्लाउड स्टोरेज)

Posted on August 20, 2012August 20, 2012 by mysansar

-कमल क्षेत्री-

जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा खुल्दै खुलेन, हार्ड डिस्क करप्टेड भन्छ। तेस्तो भयो भने तपाई अब के गर्नुहुन्छ? अनि अर्को कुरा, मानौँ तपाईँलाई एउटा अति महत्वपूर्ण डकुमेन्ट, या फोटो चाहियो तर आज पेन ड्राइभ बोक्नै बिर्सनुभएछ। अब के गर्ने? नआत्तिनुस यसको पनि उपाय छ त्यो हो क्लाउड स्टोरेज।

के हो त यो क्लाउड स्टोरेज ?
सामान्य भाषामा क्लाउड स्टोरेज भनेको हार्डडिस्क वा पेन ड्राइभ, जस्तै हो तर अनलाइन, जहाँ तपाईले आफ्ना महत्वपूर्ण जानकारीहरु फोटो, डकुमेन्ट, भिडिओ, या कुनै पनि डिजिटल मीडिया सुरक्षित स्टोर गर्न सक्नुहुन्छ र चाहेको बेलामा हेर्न र शेयर पनि गर्न सक्नुहुन्छ। त्यो पनी विश्वको कुनै पनि कुनाबाट। तर त्यसको लागि इन्टरनेट भने चाहिन्छ। तपाईले राखेका सम्पूर्ण जानकारी मात्र तपाइले हेर्न वा शेयर गर्न सक्नुहुन्छ। प्राविधिक रुपमा तपाईँका डाटा तपाईले प्रयोग गर्नुभएको Service Provider को सर्वरमा गएर बस्छ, र यी चौबिसै घण्टा अनलाइन रहने हाइस्पिड सर्भरहरुले तपाईँको जानकारीहरु, तपाईँलाई जहाँ, जतिखेर जहिले सर्भ गर्छन र त्यो पनि सित्तैमा !

को- को हुन् ती क्लाउड स्टोरेज Provider?
तपाईँले एक पटक गूगल गर्नु भो भने थुप्रै एस्ता साइट हरु भेत्नुहुनेछ। तर मैले दिन गइहेको जानकारी भने Top provider with free Service हो। मैले गरेको प्रयोगको नतिजा अनुसार उत्कृष्ट क्लाउड स्टोरेज provider हरु क्रमैसँग राखिएको छ।

१- SkyDrive
Microsoft ले दिने राम्रा सुबिधा मध्ये १ हो SkyDrive यो तपाईको Hotmail (अहिले Outlook), LiveMail , संग जोडिएको हुन्छ जसले तपाईलाई सबैभन्दा बढ़ी 7GB फ्री Space दिन्छ SkyDrive ले, यो सुबिधा प्रयोग गर्न तपाईसंग Hotmail (अहिले Outlook) वा LiveMail , ID हुनुपर्छ। SkyDrive वेब साइटमा मात्र पनि चलाउन सकिन्छ तर तपाईसंग डेस्कटप, ल्यापटप, Iphone छ भने यो लिंक https://apps.live.com/skydrive मा गएर, तपाईको सुबिधा अनुसारको सफ्टवेयर डाउनलोड गर्नुस, र install गर्नुस, windows PC मा सफ्टवेयर install भएपछि एउटा फोल्डर आएर बस्छ डेस्कटप मा(XP मा My Document र Vista /7 मा Users भित्र को तपाईको फोल्डर मा हुन्छ रूट फोल्डर ), फोल्डर को नाम SkyDrive यसको icon चाही यसको logo हुन्छ। बस यतिमात्र हो अब तपाईले त्यो फोल्डर भित्र जून फाइल/फोल्डर राखे पनि इन्टरनेट छ भने आफै synchronize हुन्छ तपाईको SkyDrive मा। इन्टरनेट bandwidth हेरी ढिलो/चाडो हुनसक्छ। अपलोड भैसकेपछि प्रत्यक फाइल/फोल्डरमा हरियो टिक आउछ। अनि त्यो फाइल/फोल्डर हरु तपाईले मोबाइलबाट या वेबसाइटबाट हेर्न र डाउनलोड अनि शेयर गर्न सक्नुहुन्छा। May 30, 2012 सम्म SkyDrive ले 7 GB बाट 25GB फ्री बनाउने अप्सन दिएको थियो, र microsoft ले त्यो मिति सम्म जस-जसको SkyDrive मा 4GB डाटा थियो त्यसलाई automatic 25GB upgrade गरेको थियो।

२- DropBox
Dropbox, Inc को Dropbox, पनि SkyDrive जस्तै सुबिधा भएको Cloud Service provider हो। Join भइसकेपछि डाउनलोड अप्सन आउँछ (मोबाइलमा पनि) एकपटक सफ्टवेयर Install भएपछि तपाईले SkyDrive मा जस्तै फोल्डर देख्नुहुनेछ र उस्तै गरी फाइल/फोल्डर अपलोड गर्न सकिन्छ। technically DropBox अरुभन्दा राम्रो छ। तपाईँको कम्प्यूटर वा मोबाइलमा DropBox छ भने जुनसुकै फाइललाई dropbox मा लैजान राइट क्लिक गर्दा dropbox भन्ने अप्सन आउँछ, जसलाई क्लीक गरी सोझै dropbox फोल्डर लान सकिन्छ। पहिले नै dropbox मा भएका फाइल वा फोल्डर मा राईट क्लिक गारी dropbox अप्सनमा जानु भयो भने, Get link भन्ने अप्सन आउँछ जसलाई क्लिक गरेपछि त्यो फाइल या फोल्डरको लिंक आउँछ। त्यो लिंक ईमेल गरी साथीलाई पठाउन वा फेसबुक वा ट्वीटरमा शेयर गर्न सक्नुहुन्छ। अनि dropbox को सफ्टवेयर वा app इन्टरनेट चल्ने धेरैजसो मोबाइलको लागि उपलब्ध छ। यसले जम्मा 2GB मात्र फ्री storage दिन्छ तर अलिकति technique लगाएर अलि धेरै पाउन सकिन्छ। जस्तै – dropbox लाई Feedback दिँदा 150mb , ट्वीटर मा dropbox follow गर्दा 250Mb, ट्वीट गर्दा 150mb फेसबुकमा DrobBox शेयर गर्दा 250MB आदि पाउन सकिन्छ।

३- Google Drive
गुगलको प्रोडक्ट र मेरो लिस्टमा सबैभन्दा कान्छो २४ अप्रिल २०१२ मा जन्मेको गूगल Drive । यसको लागि गूगल ID (Gmail) छ भने यहाँ क्लिक गरी http://drive.google.com/ log on गर्न सकिन्छ। यसको पनि सफ्टवेयर र मोबाइल apps उपलब्ध छन्। यसको डाउनलोड/इन्स्टल पनि SkyDrive र Dropbox जस्तै हो, इन्स्टल गरेपछि डेस्कटपमा फोल्डर आएर बस्छ। अनि फाइल/फोल्डर हरु गूगल Drive फोल्डर मा Drag and Drop गर्न सकिन्छ। Google Drive का थप कुरा भनेको, तपाईले Google Drive को वेबसाइट भित्रै Documents(Word , Excel , Powerpoint Etc) बनाउन सक्नुहुन्छ। त्यसको लागि कम्प्यूटरमा MS Office हुनुपर्छ भन्ने छैन। अर्को थप कुरा भनेको गूगलको जीमेलमा space अहिले 10GB भन्दा बढ़ी पुगेको छ र अझ बढिरहेको छ (तर दुःखको कुरा यो गूगल Drive मा प्रयोग गर्न सकिन्न र गूगलकै Piccasa मा पनी 1GB सम्म फोटो राख्न सकिन्छ। यो पनि गूगल Drive मा जोडन मिल्दैन)

४- BOX
Box 2005 मा रिलीज भएको हो यसले पनि 5GB फ्री storage space दिन्छ। यहाँ क्लिक https://www.box.net/ गरी sign up गर्न सकिन्छ। यसको नयाँ कुरा भन्नु पर्दा यसलाई नेटवर्क Drive जस्तै map गर्न सकिन्छ। नेटवर्क Drive जस्तै map गर्न पहिला तपाईले sign up गर्नु पर्ने हुन्छ त्यसपछि, “My Computer” (or “Computer”) मा Right-click गर्नुस र “Map Network Drive” जानुहोस, कुनै एउटा Drive letter छान्नुस् जुनसुकै छान्दा पनि फरक पर्दैन। त्यसपछि “Folder” box मा http://www.box.net/dav/ टाइप गर्नुहोस , “Connect using a different user name” क्लिक गर्नुस र तपाईको username , Password राख्नुहोस्। अनि Ok क्लिक गरी Finish मा क्लिक गर्नुस्। तपाईँले अब my computer एउटा नया Drive देख्न सक्नुहुन्छ त्यो हो Box Cloud Drive । त्यहाँ तपाईले राखेको फाइल हरु(5gb सम्म), कुनै पनि वेब ब्राउजर मा http://www.box.net मा log -in गरेर हेर्न डाउनलोड गर्न र शेयर गर्न सक्नुहुनेछ।

५- iCloud
Apple को iCloud को बारेमा धेरै भन्नु पर्ने केही छैन। यसले पनि 5GB फ्री space दिन्छ। Apple को Device बाहेक यो windows PC मा मात्र चल्छ तर यसको वेब Interface छैन। यदि तपाईसँग Apple को कुनै पनि इन्टरनेट चल्ने Device छ भने निकै राम्रो। छैन भने त्यति काम छैन। त्यसैले यो मेरा लागि भने अमिलो अंगूर को category मा पर्छ।

माथिका सबै cloud मा चाहिए जति space पाउन सकिन्छ। तर त्यसको लागि डलर अघि लाउनु पर्ने हुन्छ। फ्रि Service हुँदाहुँदै किन डलर खर्च गर्नु, कि कसो? यी बाहेक पनि हजारौँ अरु cloud space दिने Service provider हरु छन, मैले मात्र अलि नाम चलेका र म आफैले प्रयोग गरेका मात्र समावेश गरेको हुँ।

तपाईहरुसँग यस सम्बन्धी थप जानकारी छ भने कमेन्टमार्फ़त् शेयर गर्न अनुरोध गर्छु र केही जानकारी चाहिए तल कमेन्ट गर्न सक्नुहुन्छ। समय पुगेसम्म र मलाई जानकारी भएसम्म जानकारी गराउने प्रयास गर्नेछु।

24 thoughts on “बादले भण्डार (क्लाउड स्टोरेज)”

  1. Aagat Awasthi says:
    August 22, 2012 at 11:50 am

    विण्डोजमा iCloud राख्नै नमिल्ने कुरा चाहि सहि होइन। पहिलो पटक Set-Up गर्नको लागि AppleID तथा iPhone, iPad वा iPod touch (iOS 5), अथवा Mac (OS X Lion v10.7.2 वा नयाँ भर्जन) को आवश्यकता पर्छ। त्यसपछि यो लिङ्कबाट Windows को लागि पनि Control Panel Download गर्न सकिन्छ र विषेशत: फोटो र इमेल Synchronize गर्न सकिन्छ। http://www.apple.com/icloud/setup/pc.html
    कृपया यो जानकारी पनि तपाईको यो लेखमा थप्न पाए राम्रो हुने थियो!

    Reply
    1. Kamal Chhetri says:
      August 22, 2012 at 5:11 pm

      Aagat अवस्थी जी माथि नै भनिएको छ. पिसी मा चल्छ भनेर साएद तपाइले पढ्न त छुटाउनु भएन नि.

      Reply
  2. Titesh says:
    August 22, 2012 at 10:55 am

    मित्रजि हरु, terms and condition पढेर मात्र प्रयोग गर्दै हुनु हुन्छ कि, तेतिकै हावामा फोगटमै पाईएको भनेर प्रयोग गर्दै हुनुहुन्छ? जानुहोस एक पटक फेरि गएर आफ्नो आफ्नो account log in गरेर पढ्नुहोस अनि फेरि भेटौला। जय होस।

    Reply
    1. Kamal Chhetri says:
      August 22, 2012 at 5:17 pm

      पक्कै पनि साएद कसैले पनि terms and condition हरु पढ्दैनन्. मेरो विचार मा तपाइले पढ्नु हुन्छ जस्तो लग्यो. कुनै एउटा point रखिदिनुहुन्थ्यो कि. जसले तपाई ले माथि भन्न खोज्दा खोज्दै भन्न नसकेको कुरा पुरा गरोस. Dear Tetesh जी

      Reply
  3. Kishor says:
    August 21, 2012 at 7:27 am

    If you have HP Touchpad, you can get 50GB free cloud storage from Box. Make sure you signup using Touchpad’s webOS system.

    Reply
  4. ताई काजि तमू says:
    August 21, 2012 at 3:45 am

    मैले सन् २००३/४ मा याहु को फोटो एल्बम मा फोटो राखेको त्यो याहु एल्बमनै हरायो मेरो कति धेरै फोटो सबै गायब तेस्तै त होलान यो पनि |

    Reply
    1. Pradip Bhandari says:
      August 21, 2012 at 6:36 pm

      लौ yahoo ले तेत्रो जानकारी गरौदा नि आफ्नो फोटो download गर्नु भएन छ त तेस्तै हुन्छा निता ताई जी. yahoo ले तेत्रो reminder गर्या गर्या गरेको थियो.

      Reply
    2. Dikpal says:
      August 21, 2012 at 6:44 pm

      तपाईंले भने जस्तो हुन धेरै कम चान्स छ किन भने यसले तपाईंको कम्प्युटरमा भएको डाटा अर्को ठाउँमा पनि राख्ने हो. तपाईंको कम्प्युटर पनि बिग्रियो अनि तपाईंको इमेल खाता पनि हरायो भने चै फेरी तेस्तो हुन सक्छ.

      Reply
  5. Rabi Lamichhane says:
    August 20, 2012 at 10:35 pm

    Box ले 50 GB दिन्छ. No need to think others .

    Reply
  6. jeevan sapkota says:
    August 20, 2012 at 9:18 pm

    बादले drive चलाउन लाई त इन्टरनेट पनि त चत्यांग जस्तो फास्ट हुनु पर्यो नि????

    Reply
  7. Gothak says:
    August 20, 2012 at 5:13 pm

    Bitcasa is the new solution providing unlimited storage on PC and Mac.
    http://www.bitcasa.com/

    Reply
  8. Bhim Narayan Yadav says:
    August 20, 2012 at 4:24 pm

    https://one.ubuntu.com/

    Reply
  9. siri nepal says:
    August 20, 2012 at 4:11 pm

    म पुरानै प्रयोगकर्ता भय पनि नया प्रयोगकर्ता को लागि धेरै राम्रो जानकारी प्रधान गरेको मा माइसंसार लाई धन्यबाद दिनु पर्छ |

    Reply
  10. आकाश says:
    August 20, 2012 at 3:50 pm

    Dropbox gives 500 MB for every referral upto 16 GB.

    Reply
  11. kedar says:
    August 20, 2012 at 3:41 pm

    SkyDrive धेरै राम्रो अरु सबै भन्दा | मलाई एसले २५ GB फ्री स्पेस दिन्छ | अर्को Adrive.com भन्ने पनी छ, एसले ५० GB फ्री स्पेस दिन्छ तर SkyDrive जत्तिको comfort छैन तर video file हरु जस्ता ठुला file राख्न राम्रो छ र राखिएका सबै सामग्री जस्ताको तस्तै रहन्छ आफ्नै कम्प्युटर हार्ड ड्राइवमा राखे जस्तै, अरुले फोटो हरुको साइज reduce गर्न सक्छन वा video हरुलाई आ आफ्नै format मा convart गरेर राख्न सक्छन तर Adrive.com ले तेसो गर्दैन |

    Reply
  12. amit says:
    August 20, 2012 at 3:24 pm

    any for who lines further info on above:
    http://blog.backupify.com/2012/05/17/ranking-the-top-online-file-sync-services/

    Reply
  13. Harke says:
    August 20, 2012 at 2:25 pm

    उपयोगी जानकारीको लागि साधुबाद कमल जी !

    Reply
  14. jitesh singh says:
    August 20, 2012 at 2:20 pm

    cloud स्टोरेज लै backup को लागि मात्र चलाए ठिक हुन्छ जस्तो लाग्यो,हाम्रो देश मा भनेको ठाउँ मा इन्टरनेट को सुबिदा छेन,फेरी हाम्रो दाता हरु को गोपिनियता कति को हुन्छ होला??

    Reply
  15. अभिष्यंत says:
    August 20, 2012 at 2:15 pm

    १० जीबी बादले भण्डार गर्नको (सित्तैमा ) लागि CX— https://www.cx.com/— प्रयोग गर्नु होला ।

    Reply
  16. DB Ale says:
    August 20, 2012 at 1:36 pm

    आफ्नो महत्वोपूर्ण फाइल यसरि server मा save गर्दा service provider ले आफुलाई काम लाग्ने फाइलहरु चोरि गर्ने सम्भावना पनि त हुन्छा होला नि ? थप जानकारी पाए आभारी हुने थिए |

    Reply
    1. Kamal Chhetri says:
      August 20, 2012 at 6:05 pm

      नमस्कार DB जी, तपाई ले भने जस्तो चोरी को सम्भावना नहुने होइन पक्कै हुन्छसकछ, तर जहाँसम्म हामीले हेर्ने भनेको कम्पनी नि ले गोपनियेता को नियम हो, तेही भएर एस्तो ठाउमा केहि हद सम्म विश्वास गर्ने पर्ने हुन्छ. तर पनि आफ्नो क्रेडिट कार्ड नम्बर, बैंक account नम्बर हरु नराख्नुनै बेस हुन्छ, बाकी तपाई हाम्रा सामान्य फोटोहरु, विडियो हरु कसैले चोर्छा जस्तो मलाई लाग्दैन, र चोर ले पनि उसलाई फाइदा हुने चिज न चोर्ने हो हाम्रो फोटो हरु, सामान्य Document चोरेर के नै गर्ला र, (र यी चोरी हरु याहू, फेसबुक जस्ता साइट मा पनि नहुने होइन हुन्छन), अरु चोरी बाट जोगौना, पस्स्वोर्ड राम्रो राख्नुस (दुवै हालको अंक अनी अक्षर राखी) कम्तिमा १ महिना मा पास्वोर्ड परिवर्तन गर्नुस,

      Reply
    2. amit says:
      August 20, 2012 at 7:56 pm

      if you want to store your sensitive data in such third part service provider then do following,, download any file encryption software and encrypt your file , or zip file with password and store that encrypted file in such cloud based storage

      Reply
      1. kamal chhetri says:
        August 20, 2012 at 8:29 pm

        its good idea Amit, thank you though i prefer not to do so coz we are talking about, the portable data that can be open from any computer, mobile, tab, etc so once you encrypt the data with the software you may not find the same encryption software(to unzip or unlock ) in other device that u might use to download files ya?

        Reply
  17. जीबेश says:
    August 20, 2012 at 1:16 pm

    म बिगत ३-४ वर्ष देखि A-Drive प्रयोग गरे आएको छु क्लाउड स्टोरेज को लागि| त्यो भन्दा पहिले फोटो स्टोरेज को लागि Fotki प्रयोग गर्ने गर्थें | A-Drive ले ५० GB फ्री दिन्छा |
    But, its a web based cloud storage , its ad supported. If you want more space, better interface and FTP support then they have paid services as well.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme