-ज्योति रिजाल रिमाल-
यस पटक नेपाल जाँदा सप्ताह लगाइएको थियो। पहिलो दिन, दोस्रो दिन हुँदै दिन बित्दै जाँदै थियो। मलाई भने भित्रभित्रै मनमा कस्तोकस्तो भैरहेको थियो। त्यहाँ विष्णु र लक्ष्मी भगवानको सुनको मूर्ति चाँदीको सिंहासनमा राखिएको थियो। सब भक्तजनहरु खुसी देखिन्थे। मलाई भने त्यो पूजा गरेको तरिका पटक्कै चित्त बुझेको थिएन।
त्यहाँ १८/२० जना नियमित सुन्नेहरु थिए। सबैले चारैतिरबाट फूल अक्षता फ्याँकिरहेका थिए। त्यसमाथि बाहिरबाट आउने श्रद्धालुहरुले ल्याएका पूजा सामग्रीहरु पनि भगवानको शिरमाथि थुप्रो लाग्दै गैरहेछ। जल पनि शिरमा, दही पनि शिरमा, बट्टामा ल्याएको चुरा धागो पनि खोलेर शिरमै; हरेक फलफूल शिरमा। हुँदाहुँदा सारी पेटिकोटसमेत पनि शिरमा। यो के तरिका हो भगवानलाई चढाउने ? मैले मनमनै भनेँ “हे प्रभु, म कसरी यिनीहरुलाई सम्झाउँ ?
मैले भनेर कसले सुन्छ यहाँ ? “तँ परदेशीको कुरा यहाँ कहाँ हुन्छ? ” भनेर सबै हाँस्ने मात्र हुन्। म धेरै जस्तो नेपाल जाँदा चित्त बुझेन भने नबोलेरै टार्छ।
तर यहाँ भगवानलाई यसरी अपमानित ढंगले पूजा गरेको हेरेर चुप बस्न मलाई गाह्रो भयो। उकुसमुकुस भएँ। केही सीप नलागेपछि मैले बिस्तारै गएर पूजा सामग्रीहरु चढाउने व्यक्तिलाई भनेँ, “दाइ, यसरी भगवान नै छोपिने गरी एक माथि अर्को सामान किन भगवानको शिरैमाथि चढाउनु पर्यो र ? सबै चिज छुट्टाछुट्टै व्यवस्थित तरिकाले भगवानको वरपर अर्पण गरे हुन्न?”
उनलाई मेरो कुरा मन परेन। उनले अर्कोलाई काम लगाएर आफू पर गइ बसे। त्यो दिन पनि मेरो मन रोई रोई बित्यो।
भोलिपल्ट अर्कालाई त्यही कुरा भनेँ। उहाँलाई मेरो कुरा चित्त बुझ्यो। इंडियामा पनि यसरी पूजा नगर्ने कुरा भन्नुभो। बल्ल म ढुक्क भएँ कि अब त राम्रो तरिकाले चढाउने काम हुन्छ।
अब त केही होला भन्ने आशामा परेकी म, भित्रभित्रै दङ्ग थिएँ। तर पन्डितको उही चाला। मलाई अलि रिस नै उठ्यो। मैले फेरि गएर भनेँ “पन्डित जी, तपाईँलाई खाना खानलाई त खण्डे थाल चाहिन्छ ,लुगा राख्न दराज चाहिन्छ, अनि भगवानलाई चाहीँ किन जे ल्यायो शिरैमा थुपार्ने ? तपाईँलाई पनि भरेदेखि टाउकोबाट नै तरकारी, दाल खनाएर खाना खुवाए कसो होला त ?”
कसैले पनि केही नगर्ने देखेर मलाई छटपट भएर, मैले आफै गएर भगवान को शिरमा भिजिरहेका कपडा र कुहिन थालेका फलफूलहरु पनि झिकी दिएँ। मैले भगवानलाई एउटा राम्रो टल्कने ताशको कपडाले सजाई दिएको थिएँ। सबले सात दिनसम्म चलाउनु हुन्न भन्थे। के हामी सबै दिनका दिन नुहाएर सफा लुगा फेर्दैनौ? अनि भगवान लाई तेसै छोड्ने?
के यस प्रकारको पूजाले भगवान खुसी हुनुहोला त? बिचरा भगवान हाम्रो ताल, तमासा देखेर मुसुमुसु हाँसी रहनुभएको होला ? कण कणमा भगवान भन्दाभन्दै भगवान बस्ने लायक सफसुग्घर कहाँ छ नेपाल ? सबै भित्रै भगवान हुनुहुन्छ भन्दाभन्दै पनि , खोई त देखेको भगवान अरुको आत्मामा? त्यो कुरा सप्ताहमा बुझ्न ज़रुरी थियो। तर मान्छे भने भगवानलाई चढाएर, खुसी पारेर भगवानले आफूलाई राम्रो गरिदिनु होला भन्नेतिर मस्त छ। मान्छेले भगवानलाई पनि आफूज़स्तै ठानेको छ- सामान पाएर दङ्ग, पैसा पाएर दङ्ग, प्रशसा पाएर दङ्ग। यी सब भगवानलाई के काम?
हामीमा लोभ छ, अहम छ र पाएर दङ्ग हुन्छौँ। बिचरा ईश्वर त हामीले ज्ञान पाएर, त्यस ज्ञानको सदुपयोग गर्न सक्यौँ भने पो दङ्ग हुनुहोला।
मन्दिर गई बीचबाट लाइनमा पसी अरुलाई ठेलमठेल गरेर भगवानको अगाडि उभिन किन शर्म लाग्दैन? बिचरा भगवान त्यस्तालाई पनि माफ गर्नुहुन्छ। म भएको भए तीनपल्ट उल्टो-सुल्टो लोप्पा खुवाएर पठाउने थिएँ।
गणेश भगवान को नाकदेखि आँखासम्म लड्डु कोचेर के धर्म गर्नु भो त? त्यसैले ढुंगाको मूर्ति बनाउने चलन गरेको होला? जति पैसाले हान, जति अबिर र केसरीले होली खेलाइदेउ बिचरा गणेशजी अडिग रहनुभएको छ। भगवानलाई भगवान जस्तै गरेर श्रद्धा भक्ति गरे पो मानवलाई पनि त्यसरी नै श्रद्धा गरिन्थ्यो। भगवानलाई ढुंगा कै व्यवहार भएपछि मान्छेको मन पनि ढुंगो भैसकेको छ।
[हाम्रा मठ मन्दिरमा भगवानको मूर्ति नै छोपिने गरी, खिइने गरी फूल, अक्षता, अबिर, लड्डु आदिले पूजा गर्ने चलन तपाईँलाई कस्तो लागेको छ ? तपाईँको अनुभव के छ ? यो समस्या हटाउन के गर्नुपर्ला ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुहोला। ]
यो पनि हेर्नुस्-
अरेस्टिङ गणेश इन काठमाण्डू!
भगवान के हो ? जुन कुरा हामीले महसुस गरेर मात्र थाहापहुन्छु /सुर्य किरड जसरि सबै तिर फैलिन छ .यसले राम्रो नराम्रो ,सफा फोहर .थनी गरिब हेरछ र /? यस बाट कति कसरी फाईदा लिने त त्यो त आफुमा नै भर पर्छा नि है र ? आज को युगमा जति बैज्ञानिक र बिज्ञान को बिकास भएपनि के यस ले जीवको प्राड क़ा जान छ ? र क्या बाट आएको पत्ता लाउन सकेको छ ?
भगवान प्रति आस्था राखनु सबै धर्मालम्बी हरुको आ-आफ्नै पहिचान हो ! तेसैले हामी सबैमेली भगवानको सम्मान गर्न सिकौ !!!
जहाँ सम्म मैले देखेको मा इंडिया मा हिन्दु धर्म को मेल छ जस अनुरुप त्यहाँ कुनै पनि भगवानलाई पुजारी ले बाहेक अरुले छुन पौदैना तर नेपाल मा त भगवान को बेहाल छ माथि उल्लेख गरियको जस्तै जब यहाँ का मानिसले भगवानलाई त आफ्नो हक अधिकारको प्रभुत्तो जतौचन भने अरुलाई कहाँ छोदछं त ? ओम नम शिवाय
ईश्वर तेही हो जो अरुले पनि मान्छन/भजन तेही हो जसले अरुको कान बिझाउन्दैन/ सत्कर्म र पुजा तेही हो जसले अरुलाई पिडा दिंदैन/ अरुको निमित होईन आफ्नै निमित मागेर लियको कुरा त् भिख नै हो चाहे कसैले तेस्लाई बरदान नै किन नभनोस/
पुजारी-भट्ट तेही हो जो भेटीको ब्यापार गर्दैन मोलटोल गर्दैन/ समाज तेही हो जहा बहु बिचार भयको बहुजन बस्न सक्छ/ धर्म तेही हो जुन कुराले बहुजनको हित गर्छ/ पुजा तेही हो जसमा कसैको आँसु र रगत बग्दैन/ कुरान पुराण बाईबल तेही हो जो आज पनि सामईक छ मननिय छ अनुकरणीय छ/ पुजनीय तेही हो जसले सबैको पिडा हरण गर्छ/ सबै जान नसक्ने स्थललाई मन्दिर होईन दरवार भनिन्छ/ भक्त तेही हो जसले जीवित त् जीवित निर्जिवलाई पनि पुजा गर्न लायक बनाउँछ/
ब्यक्तित्वो तेहो हो जसलाई सबैले अंगाल्न चाहन्छ/ सुन्न लायक कुरा गर्ने ब्यक्तिनै गुरु हो/ मान्न लायक कुरागर्ने नै नेता हो/ देस भक्त मात्रै नागरिक हो/ ठुलो सानो कुर्सि र पद सबै नागरिकको सम्पति हो र नागरिकको सहमति बिना आआफ्नै सहमतिमा लुटी खाने सबै लुटेरा हो/
बिघटन पछी पुनर्गथान गर्न नसक्ने; भत्काय पछी बनाउन नसक्ने, क्रान्ति विप्लव गरे पछी शान्ति ल्याउन नसक्ने सबै “नालायक” हरु हुन्/ फोहर गद्दी हटायर “रद्दी” जम्मा गर्ने त् नेता होईन “कवाडी” हुन्/ अंग्रेजी माहुरी हुल्न नदियको देसमा बिहारी झिंगा भन्काउने “नेपाली” होईन अरास्त्रियता र विभाजनको हैजा फैलाउने किरा हुन्/
रिमालजीको भावना र सोचाईप्रति मेरो समर्थन छ |निर्जिव मूर्तिलाई जसरी पुजा गरिए पनि खासै फरक पर्दैन होला । बरु सजीव मानिसहरू जति छन् तिनिहरूलाई ती खाद्यपदार्थ र वस्त्र दिए उपयुक्त हुन्थ्यो होला ।
त्यो त हो तर हामी जो जे भए पनि मन्दिर अथवा चर्च अथवा मस्जिद जहाँ पनि त ढोगछौ नि. त्यो पनि त धर्म नै हो आस्था नै हो | एसले हामीलाई एउटा अनुशाशन मा राखेको छ कि हामीले एक अर्का को आदर गर्नु पर्छ|
I also don’t believe on gods, my mind/brain says there is no god, but as a human being I am also a scared creature. All living things, except plants, all are afraid of death and we fight/fighting for the continuation, so we all are existed in this planet. Animals are afraid and alert on upcoming injury, so they save themselves by their physiological reflexes and brains. But human beings are highly developed, they think, dream, imagine, plan; brain is very complex thing, according to sense organs like eyes, ears, touch, they create their own virtual world in their brains. According to surrounding, human beings adopt, and from childhood our mind develops slowly according to our surroundings; and eventually it become so matured, we are not ready to accept the reality. Because of that, great scientists, who was also born in the human and cultured society, ready to believe on god on the end stages of their life; I say, the fear of death.
So one Muslim born in Muslim’s house and Hindu’s on other……. If you keep one child away from society, he will not fear from God or Ghosts…..
I am not against of the Religions and the God; it teaches us discipline and utmost the fear of God, which controls us from being unhuman.
So I think, we created the God, and feeding and worshiping them is also our creation….. and it is just followed one generation to another…. slowly our society is changing, we started talking about hygiene/cleanliness, Animal/ Human Rights and others; I say we are now growing (new generation) in such society, and our thinking is changing……
सुमन जी
भगवान छन् कि छैनन् या को हुन् भन्ने कुरा विभिन्न मान्छेले विभिन्न तरिकाले वर्णन गर्छन . तेसैले होला सनातन धर्ममा ९ वटा दर्शन भएका. http://en.wikipedia.org/wiki/Hindu_philosophy
तै पनि एउटा छोटो ग्रन्थ पढ्न सल्लाह दिन्छु. त्यो हो अष्टवक्र गीता. बुझे देखि भगवान र मान्छेमा भिन्नता छैन. नबुझे मान्छे र भगवान तथा पशु र समान फरक फरक कुरा हुन्.
अष्ट वक्र गीता २०० / ३०० श्लोक को छ.
संस्कृत र अंग्रेजी मा पढ्न लाई यो लिंकमा जानु होला.
http://iishdownloads.info/01_HERITAGEBOOKS/Ashtavakra%20Gita%20-%20Sanskrit%20text%20with%20English%20transliteration%20&%20Translation.pdf
एउटा बच्चाको जन्म पछी उसको दिमाग बिकसित भै काम गर्न थाल्छा उसलाई जे सिकैन्छा र व्यवहारमा उतार्न लगायिन्छा त्यहीबाट भगवान वा अल्लाह वा jesus , वा अन्य ले उसको दिमागमा जन्म लिंछा समाजले तेसैले निरन्तरता दिन्छा परिवार एस्तामित्र पौराणिक धार्मिक ग्रंथाले त्यो बच्चा दिमागमा लादिएको भगवान वा अल्ला आदिलाई मजबूत छाहै यो भनेर बारम्बार पछैरहंछा ! निकै सोच, हिम्मत, र वास्तविकता को खोज पछी मात्र कुनै व्यक्ति नास्तिक भनौ वा परम्पराबादी सोच नमाने हुन सक्छा !
माथि मदन बज्राचार्य जिको – “हामि सबै आफुलाई मुर्ख मान्न नचाहने; अलिकति जाने सुनेको भरमा भरमा भन्ने सुनाउने “अल्पज्ञानी” नै हौँ/ ईश्वर छ बा छैन, स्वर्ग नर्कको कुरा सत्य हो बा होईन यो हामि जस्तैको बिचमा अनन्त काल देखि बहस चल्दै आयको छ/सायद चल्दै रहेनछ/
ईश्वर स्वर्ग नरक आदिको बारेमा बुद्ध सिट पनि कसैले प्रश्न गरेको थियो र बुद्धले आफुलाई तेस्को बारेमा थाह नभयको र थाह पाउन जरुरि समेत नभयको जवाफ दियको थियो रे/ बुद्धले भनेथ्यो “भगवान त्यो हो जो अरुको निमित असल हुन्छ सहायक हुन्छ/ अब अरुको निमित असल र सहायक हुने कुनै जीवित व्यक्ति बा प्राणि नै हुनु त् जरुरि छैन/ अब दानव को हो भन्दा सोच्नुस त्यो बोका जसको घांटी धर्मको नाममा घांटी रेतिन्दैछ तेस्ले आफ्नो अगाडिको त्यो भगवानको मुर्ति र पुजारीलाई के ठान्छ होला दानव भन्दा कम त् पक्कै ठान्दैन होला/ पशुको बलि दिने स्थललाई हामीले मन्दिर भन्छौं तर बलि दिईने प्राणीको निमित त्यो त् मात्र बधशाला हो/” सहि तर्क १००% राम्रो लग्यो
हैन मलाइ कुरा अलिक कठिन भयो, यसरि सप्ताह लगाउनु भनेको धर्मको लागि कि संकार को लागि? धर्मको लागि हो भने त्यो खर्चले कुनै असक्त वा गरिबलाई १०-११ क्लास सम्म पदन सहयोग गर्दा अझ राम्रो हुने वा अझ बादी धर्म हुन्थियो होला. हैन सस्कार को लागि हो भने जस्तो चली आयो त्यसरीनै चलाए हाम्रो संकृति जोगिन्थियोकी !!!!!!!!!
धन्यबाद ! येती धेरै मान्छे हरु ले हेर्नु होला भन्ने लागेको थिएन. भुसाल बाबु को विचार निकै राम्रो लग्यो. पुजा को तरिका त एक उधाहरण मात्र हो नेपाली समाझको. भगवान को कुरा मा त हामीलाई वास्ता नभए पछी अरु कुरा के मा होला ?
मेरो सोचाइमा मान्छे नै सब भन्दा तुछा जीव हो यो संसारमा यदि हामी स्प्रिचुएल् कुरा गर्छौं भने. मान्छे बाहेक कुन जीव लाई भगवान चहिएको छर!
Thanks for reading my views. Some people are replying without knowing what I really mean.I like the best is Bishal babu’s idea. Actually, There was more thing I wrote . May be in future you will know it. Thanks anyway. All we want is better Nepal!
यो लेखले मन छोयो तपाइको कुरा १००% सहि लग्यो भारत को मन्दिर हरु धेरै घुमियो तर सबै मन्दिर सफा र ब्यबस्थित छ न कतै रंग ले पोतिएको छ न पानि हालेर हिलो छ न फूलका थुंगाहरु जताततै फालिएको छ जता ततै सफा के हामीले मात्र धर्म गर्नी रहेछौ त भगवानलाई सास्ती दिएर ?????
नबराज जी , सायद तपाई लै थाहा नभएर होला बैग्न्यानिक हरु पनि भगवान प्रति विश्वास गर्छन.
Please read ” The God Delusion” by Richard Dawkins. This book will let make you re-evaluate the faith system you have in God…Well if you don’t even want to try, then no one can help you….
सबै भन्दा त भगवान लै जेल मा जस्तो फलाम को दंदी मा थुनेर राख्नु कस्तो अपमान ?
जेल वा झ्यालखाना भनेको ‘भगवान’को प्रिय स्थल भनिएको पाइन्छ / वर्तमानमा देउताहरू मध्ये टप लिस्टमा विराजमान श्रीकृष्णको जन्म नै कंसको कालकोठरी भित्र भएको जगजाहेर कुरो हुन् / यस अवस्थामा देशकाल र परिस्थितिले गर्दा भगवान होइन , केवल मूर्तिहरुलाई दंदीले सुरक्षित पारेकोमा कोइ पनि चिन्तित हुनु जरूरी छैन /
यदि कुनै भगवान नै चोरले चोर्न सफल भएको भए उसको दुर्मती नै ‘सुमति’मा परिणत हुन्छ /
यो लेख मैले केहि समय अगाडी लेखेको थिएँ | यो लेखले नेपालका सबै जात जातिको प्रतिनिधित्व त गर्दैन तर पनि मैले प्रसङ्ग आउदा यहा राखेको छु |
हाम्रा धर्मका मोडेलहरु
धर्म के हो ? के गर्दा धर्म गरेको हुन्छ ? कसरी पारी तरिन्छ ? यस्ता प्रश्नहरु जटिल भए पनि यीनका उत्तर भने हाम्रो समाजले धेरै सजिलो गरि दिदै आएको छ । हाम्रो समाजमा धर्मगर्ने काइदाहरु धेरै छन् । यी काइदाहरुलाइ आजकालको आधुनिक भाषामा मोडेल भन्ने गरिन्छ । सवै खाले धर्मका मोडेलहरुलाई यो छोटो लेखमा वर्णन गर्न सम्भव नभएपनि मुल मुल मोडेलहरुलाई समेट्ने प्रयास गरिएको छ । यो लेखमा मुख्यतया हजुरवा मोडेल, हजुरआमा मोडेल, छ्याक्छ्र्याक्ती मोडेल, स्युयोर मोडेल, गेरु मोडेल, गुरु मोडेल, र पुरेत मोडेल गरी जम्मा सात मोडेलको वारेमा वर्णन गरिने छ । समाज र ठाउँ अनुसार यी मोडेलहरुको अस्तित्व र फैलावट फरक हुन सक्छन् तर सिवर मोडेल वाहेक अरु मोडेलहरुको सहकार्य राम्ररी नै चलेको देखिन्छ । विभिन्न मोडेलको वर्णन तल दिइएको छ ।
हजुरवा मोडेलः यो सवै भन्दा खरो मोडेल हो किनकी यस्मा अरु परिवारका सदस्यहरुको अनिवार्य सहभागिता चाहिन्छ । यो मोडेलमा हजुरवालाई पूजाका सामाग्री अरुले तयार पारिदिनु पर्छ, र त्यो पनि हरेक दिन एकदमै ठीक समयमा । साथै पूजा गर्दा लागाउने धोती लुङ्गी पनि भेटिने ठाउँमा हुनुपर्छ । यी समानहरु तयार गर्न एक मिनेट मात्र ढिलो भयो भने हजुरवाले सबैको झ्याँको झार्नु हुन्छ तर सबै भन्दा वढि डर चाँहि वुहारीलाई हुन्छ किनकी वुहारीले पूजाको समान ठिक्कपार्ने एउटा अघोषित नियम हो । यो मोडेल यस मानेमा पनि खरो छ कि यसले परिवारका अरुसदस्यको साह्रो गाह्रो पनि देख्दैन । दुख विराम पनि कमै देख्छ । चाहियो भनेपछि चाहियो चाहियो र त्यो पनि ठीक टाइममा । हजुरवा मोडेलमा घरैमा मूर्ती वा देवताको थान हुन्छ । केहि संस्कृतका स्लोक भनेर वा संस्कृतका किताव पाठ गरेर टिका लगाए पछि पुजा सकिन्छ । पूजाको अवधिमा हजुरवाको पूजामा वाधा डाल्ने वच्चावच्चीले एक दुइ झापड नखालान् भन्न पनि सकिन्न । यो मोडेलले धेरै फलको आषा गरेको देखिदैन तर पूजा भने नित्य भएरै छोड्छ । यस्को शास्त्रिय आधार फितलै भए पनि यो एकदमै नियमित हुन्छ ।
हजुरआमा मोडेलः हजुरआमा मोडेलको सवै भन्दा ठूलो विशेषता हो छुइने कुरा । यो मोडेलका पनि खरा नियमहरु छन् । रजस्वला हुँदा चार दिनसम्म पुरा पुरा वार्नु पर्छ । सुत्केरीलाई एघार दिनसम्म त कसैले पनि छुनु हुँदैन र आफ्ना श्रीमान्ले त २१ दिन सम्मै छुनु हुँदैन । चुला चौकाका सीमा रेखाहरुलाई एकदमै ख्याल गर्नु पर्छ । यो मोडेल भित्र गर्नु हुने र नहुने नियमहरु कतिहो कति छन् जो बुझ्नलाई धेरै समय लाग्छ । कुन जातले के छुनु हुने के नहुने भन्ने पनि दह्रोसँग बसेको हुन्छ यो मोडेलमा । मेरा गाउँमा तल्लो जात भनिएकाहरुले बोकेर ल्याएको नखोलेको टिनको तोरीको तेल छुइदैनथ्यो तर त्यहि टिनको भाँडो खोलिएको भए छुइन्थ्यो । डुङ्गामा चढेको वेलामा भने ट्यामीमा वोकेको घिउ पनि तल्ला जात भनिएकाहरुले छोएको पनि चल्थ्यो । एकादशीमा व्रत बस्नु, गाइ तिहारे औंसीमा गाइको पूजा गर्नु, नाग पंचमीमा नाग टाँस्ने बाहुनलाई सिदा दिनु, नजिकैको देवी थानमा गाइको दुध चढाउनु, सप्ताहा पुराण सुन्नु, पुजाआजा गर्दै रहनु यो मोडेलका थप विशेषता हुन् । यो मोडेलले रिती लाई धेरै दह्रोसँग पक्रेको हुन्छ तर किन र केको लागि यस्तो गर्ने भन्ने कुराको खोजि खोजी गर्न पाइँदैन । यस्को दह्रो मत के छ भने शास्त्र झुटो हुँदैन, त्यसैले शास्त्रलाई हामीले हुवहु मान्नु पर्छ । शास्त्रलाई मान्यो भने अर्को जन्ममा दुखः पाइँदैन ।
छ्याक्छ्र्याक्ती मोडेलः यो मोडेलको मुख्य वल के हो भने देवि देवताका मंन्दिरमा भाकल गरेर वोका, कुखुरा, राँगा, परेवाको रगत दिए पछि देवी देवता प्रशन्न हुन्छन् र आफ्नु भाकल पुरा हुन्छ भन्ने दह्रो विश्वास । यो मोडल सँग यस्ता भाकल पुरा भएका छ्याक्छ्याक्ती प्रमाणहरुको आइरो नै हुन्छ । यो मोडेलको विश्वास यति धेरै हुन्छ कि झण्डै यो स्युयोर मोडेलको हाराहारीमा पुग्छ । यो मोडेल आपतमा परेका मान्छेहरुको पनि ठूलो सहारा वन्छ । वच्चा जन्मिन गाह्रो भयो, गाइ भैंसी व्याएपछि अम्रो झरेन, कसैको दाँत सहन नसक्ने गरि दुख्यो, कसैका वच्चा भएनन् भने मान्छेहरु यो मोडेलको सरणमा जान्छन् वाध्यताले । तर धेरै मान्छेहरु छ्याक्छ्याक्ती प्रमाणको कारणले पनि यो मोडललाइ पछ्याउँछन् । तर यो मोडेलको अर्को मिठो पक्ष के हो भने रगत चढाइसके पछि मासु पनि खान पाइन्छ र यो फाइदाले गर्दा यो मोडेल टिकाउ भएको छ । यो मोडेलको सास्त्रीय तर्कहरु र साहारा खासै नभए पनि यस्का समर्थकहरु जोडदार हुन्छन् ।
स्युयोर मोडेलः यो मोडेलको अरु भन्दा भिन्न विशेषता के हो भने यो मोडेलका पछिलाग्नेहरु हामी सवै भन्दा राम्रो हौं भनेर उफ्रन्छन् र आफ्नु सत्यमा सतप्रतिशत स्युयोर छन् । यो मोडेलमा विश्वास गर्नेहरुको विश्वास यति धेरै छताछुल्ल हुन्छ कि उनीहरु अरु खाले धर्मका काइदालाई होच्याउन पनि पछि पर्दैनन् । यो मोडेलले सत्यको वाटो एउटामात्रै हुन्छ भन्छ र त्यो वाटो भनेको यो मोडेलमा लाग्नेहरुको मात्र । यो मोडेलले अरु बाटामा हिँड्नेहरुलाई टिठ मानेर भिरमा यात्रा गरिरहेको ठान्छ र आफ्नोलाइ स्युयोर हाइवे ठान्छ । यो मोडेलले तर्कलाइ भन्दा दलवललाइ नजिकको साथी ठान्छ । यो मोडेलले अरु मोडेल सँग खटपट नगरी वस्न सक्दैन र जहिले पनि आफु सत प्रतिशत ठीक र अरु सत प्रतिशत वेठीक ठान्छ । यो मोडेलसँग भरपुर शास्त्रिय साहारा हुन्छ र यो गुरु वा पुस्तकमा भरपर्छ ।
गेरु मोडेलः हुनत यो मोडेलको इतिहास लामो छ तर यो मोडेलले गति लिन थालेको भनेको चाँही आधुनीक टीभी र इन्टरनेटले गर्दा हो । यो मोडेलको खास विशेषता भनेको गेरु वस्त्रमा अति विश्वाश । यो मोडेलले गेरु वस्त्र लगाएर र अलिकति दाह्री पाले पछि उस्को मुखवाट निस्कने वचनलाई हुवहु सहि ठान्छ । त्यहि मान्छे अरु वस्त्र पहिरीएर र दाह्री सफा गरेर वोल्यो भने उस्का कुरा विकाउन उस्लाइ कति धेरै प्रमाण जुटाउनु पर्ने हुन सक्छ । तर गेरु लगाइसके पछि उस्लाइ प्रमाण जुटाइरहनु पर्दैन र त्यो परीक्षामा स्वतः पास हुन्छ । उदाहरणकालागी यदि रामदेव स्वामीले गेरु नभएर अरु कुनै वस्त्र लगाउन थाले भने उनलाई नयाँ अनुयायी वनाउन त गाहै पर्ला तर पुरानालाई आफ्नो वनाइरहन पनि हम्वे नै होला । यो मोडेलका अनुयायीहरुले आफुलाइ मुर्ख र गेरु वस्त्र लाउनेलाई त्रीकाल दर्षी र परम विद्घान ठान्छन् । यो मोडेलले आफ्ना अनुयायीसँग भएका राम्रा कुराहरु देख्दैन र जे जती ज्ञान बुद्धि बिबेक छ त्यो सवै यी गेरुवस्त्रधारी गुरुमा मात्र छ भन्ठान्छ र उनीहरुले नै सबैलाई पार तार्छन् भन्ने संझन्छ ।
गुरु मोडेलः यो मोडेलको मुख्य विशेषता भनेको कै चोर वाटोबाट चाँडै गन्तव्यमा पुग्ने । यो मोडेलमा के हुन्छ भने कुनै गुरुले मन्त्र दिन्छन र त्यो मन्त्र जपे पछि मन्त्रका वलले सवै कुरा स्वाठ्ठै हुन्छ । यस्मा पर्खिरहने जरुरी नै छैन । अरुलाई २० वर्ष लागेको कुरा यो मोडेलका अनुयायीले पाँच भिनेटमा पाउँछन । यो मोडेलमा मन्त्रका साथमा माला, पथ्थर, चन्दन्, रुद्राक्ष जस्ता कुराहरु पनि आउँछन र तीनको प्रयोग गरे पछि तत्काल काम गर्न थालिहाल्छन् । यो मोडेलमा विचित्रको शक्ति छ किनकी यस्मा सोच्नै नसोचेका कामहरु स्वाठ् स्वाठी हुन्छन् । चिताउनु मात्र पर्यो आफुले । यो मोडेल पनि करिव करिव छ्याक्छ्र्याक्ती मोडेल जस्तै हो कामका प्रभावका हिसावले । यो मोडेलका अनुयायीमा, विद्यार्थीले धेरै पढ्नु पर्दैन, नेताले भोट माग्ने दुख गर्नु पर्दैन, पत्रकारले लेखिरहनु पर्दैन, विरामीले डाक्टर लगाइरहनु पर्दैन र व्यापारीले आफ्नो व्यापारको चिन्ता लिनु पर्दैन । यो मोडेलले प्रयासलाइ निरर्थक मात्र ठान्दैन कि प्रयास गर्नेहरुलाइ मुर्ख समेत ठान्छ । यो मोडेलमा जव गुरुवाट मन्त्र, पथ्थर, रुद्राक्ष पाएर तिनको प्रयोगले आफुले चिताएको पुगेन भने यो मोडेलमा विश्वास घट्दैन वरु सहि गुरुको खोजीलाइ निरन्तरता दिन्छ । यो मोडेलको एउटै र अन्तीम विश्वास के हो भने इश्वरले चाहेमा चमत्कार हुन्छ र डोकामा दुध पनि अडिन सक्छ ।
पुरेत मोडेलः यो मोडेल सवै भन्दा व्यावहारीक छ भन्दा हुन्छ । पुरेतले जसरी जजमानको आवस्यकता अनुसार कर्मकाण्डीय विधिलाई मिलाउँछन् त्यसै अनुसारले यो मोडेलका अनुयायीहरु जहाँ जस्लाई जस्तो हुनुपर्ने छ त्यस्तै भइ दिन्छन् । उनीहरुको खासै यसै गर्ने भन्ने कुरा हुँदैन तर आवस्यकता अनुसार वगी दिन्छन् । यो मोडेलका अनुयायीहरु हजुरआमा मोडेल सँग पनि तालमेल मिलाउन सक्छन् र गेरुमा पनि ठिकै हुन्छन् । समय र ठाउँ अनुसार उनीहरुले लगाउने पहिरन, खाने चीजहरुलाइ मिलाउन सक्छन् । यो मोडेलका मान्छेहरु किटेरै भन्नुपर्दा विहान पशुपतिको दर्सन गरेर घर फर्कंदा कुखुरा वा खसीको एक किलो मासु किन्छन् र दिउँसो एकछिन गेरुवस्त्रको टिभि प्रवचन हेरेर वेलुकी डिस्कोमा जान सम्म भ्याउँछन् । यस्का अनुयायीहरुले आज घुस खाएको पैसाले भोलीको एकादशीको व्रतका लागि फलाहार किन्न सक्छन् । यो मोडलका अनुयायीले कहिलै जिद्दि गर्दैनन् केहि कुरामा पनि, किनकी उनीहरुलाई थाहा छ जिद्दि गरेर जितिदैन । उनीहरु वातावरणसँग सजिलै मिल्दिन्छन् । यो मोडेल धेरै नै सफल हुनुका पछाडिको एउटै कारण के हो भने यस्का सवै मित्र मात्र हुन्छन् र सत्रुकोहि पनि हुँदैनन् । हजुरवा, हजुरआमा, समाज, गुरुपुरेत सवैले यो मोडेलका अनुयायीलाइ मन पराउँछन् ।
http://www.nepalipost.com/nepali/print.php?nid=10802
डोलेस्वर जी तपाइले धार्मिक दर्शन भन्दा पनि ज्यादा धर्म संग टाँसीएका चालचलन को कुरो गर्नु भयो. तपाइले भनेको कुरोलाई मैले असत्य भन्न खोजेको होइन. तर भित्रि गुदी कुरो चाही पक्कै होइन है मात्र भन्न खोजेको हुँ. कुनै पनि दर्शन समय क्रम मा अरु Accessories कुरा बाट प्रभावित हुन्छ. किनकि जसले ब्याख्या गर्छ उसले अलि कति आफ्नो मन को कुरो घुसाई दिन्छ. अनि कालान्तरमा त्यो दर्शन को अर्कै रुप देखा पर्छ. जुन राम्रो पनि हुन सक्छ या नराम्रो. हाम्रो सनातन धर्म धेरै नै पुरानो भएकोले धेरै नै पटक ब्याख्या गरियो र कालान्तर मा तपाइले भने जस्तै भयो. तर हाम्रो धर्मको विशेषता चाही प्राय सबै दर्शन लिखित रूपमै छन् जुन अहिलेको जमानामा चाहे सजिलै पढ्न सकिन्छ. तर हामी हरु को प्राय पढ्ने बानी छैन र जे देखिन्छ त्यहिनै हाम्रो दर्शन हो भन्ने ठान्छौ. हाम्रो चलन मा धर्म र चलन सामुहिक भन्दा पनि व्यक्तिगत हो तेसैले त हामी ज्यादा बहस गर्दैनौ. सबैले आफ्नो जिन्दगीमा कमसेकम एक पटक वेद, वेदान्त तथा उपनिषद् हरु एक पटक मात्र पढे पनि धेरै धार्मिक कुराहरु छर्लंग हुन्थे होलान. TV को रामायण र महाभारत मात्र हाम्रा ग्रन्थ होइनन. यी दुइलाई त प्रायले ग्रन्थ भन्दा पनि धार्मिक इतिहास भन्ने गर्छन. आजकल प्राय सबै ग्रन्थ इन्टरनेट मा पाइन्छ. नेपाली मा त अलि नपाईएला तर एन्ग्लिश मा र हिन्दीमा त पाइन्छ नै. जो जसले इन्टरनेट चलाउन पाउछ कमसेकम तिनले पढे त हुन्छ नि. आखिर मा हिन्दि tv सिरियल हेरेर बस्ने समय कहिलेकाही धार्मिक ग्रन्थ पढ्न छुट्याए पनि हुन्थ्यो होला.
कविराज जी
यो बेद ,उपनिसाद ,कुरान ,बाइबल ,बुद्द्द धर्म बा कुनै धर्म को किताब पढेर परिणाम के ?
पण्डित हुने ,मुल्ला हुने ,पादरिहुने बा भिक्ष्यु हुने ?
तिनिहरुके सिमा के ? कहा पुगेका छन् तिनीहरु ?
धेरै बिबादास्पद कुरा न पढ्नुस | तिनीहरुमा लेखेको कुरा एउटा ले आर्कोलाई आफै खण्डन गर्छ |तपाइँ पागल हुनुहुन्छ |
बिज्ञान पढ्नुस ,बिज्ञान सत्य हो |
शंकरजी म आफु पेशाले नै विज्ञानको अनुशन्धानकर्ता हुँ, तेसैले बिज्ञान सम्बन्धि केहि पढेकै हुँला. म पण्डित बन्नलाई मुल्लाह बन्नलाई या पादरी बन्नलाई दर्शन पढ्नु भन्दिन. म बिज्ञान र दर्शन लाई एक अर्काका प्रतिद्वन्दी हुन पनि भन्दिन र यिनीहरुको पनि सिमा छैन. एक थोक मात्र तपाइले सुन्नु भयो भने या पढ्नु भयो भने तपाई मा विवेचना गर्ने सामर्थ्य नै हुदैन. त्यो त BRAIN WASHED को अवस्था हो. तपाइले ग्रन्थले एकले अर्कोलाई खण्डन गर्छ भन्नु भयो कुरो केहि हद सम्म ठिक हो. समय, अवस्था परिस्थिति अनुसार खण्डन त भैहाल्छ नि. त्यस्तै कुरा पढेर ठिक बेठिक या आफुलाई मन पर्ने कुरा छुट्याउन तपाई लाई अनुभव पो गराउछ कि.
भगवान र भगवान गाथा मानवजातिद्वारा रचित सुन्दरतम काव्य हो | मानिस भगवानद्वारा सृजित नभई भगवान मानिसको दिमागको अलौकिक उपज हो| हाम्रा पूर्वजहरुले आदिम कालमा दैवी बिपत्ति : भैन्चालो, बाढी, हुरी बतास, आदिलाई दैवी शक्तिको रुपमा लिए र तिनलाई मत्थर पार्न विभिन्न इश्वर खडा गरि पुज्न थाले| २१औ शताब्दी आइसक्दा पनि त्यो परम्परालाई हामी निरन्तरता दिइरहेका छौ| अनि यो बहु चर्चित निराकार आत्माले त गर्नुगर्यो| आकारविहीन त्यो आत्मा अजम्बरी हुन्छ अरे, जबकी त्यसलाई कसैले देखेकै छैन| आत्मा भनेको हाम्रो शरीरको इन्द्रियहरुको गतिविधिबाट निस्केको अनुभूति हो| जब हामी मृत्यु बरण गर्छौ वा हाम्रो इन्द्रीयहरू पुरानो भएर काम नलाग्ने हुन्छ, आत्माको अस्तित्व आफसेआफ मेटिन्छ| आत्मा आफैमा अलग अस्तित्व भएको बस्तु होइन| प्रसिद्व बैज्ञानिक स्टेफेन हकिंग दिमाग (आत्मा) बारे यसो भन्नुहुन्छ: “हाम्रो दिमाग भनेको कम्प्युटर जस्तै हो| बिग्रेको कम्प्युटरको लागि स्वर्ग भन्ने कुरो हुँदैन”
सशांक जी
तपाइँ को आत्मा को यो परिभाषा ”आत्मा भनेको हाम्रो शरीरको इन्द्रियहरुको गतिविधिबाट निस्केको अनुभूति हो| ”बिल्कुलै नया लाग्यो |म गलत भन्ने अधिकार त् राख्दिन किनकि मैले पनि न देखेको कुरा तर दुइटा कुरा तपाईलाइ भन्छु |
१) सदियेउ देखि चलिआएको आत्मा ,स्पिरिट ,रूह जे भने पनि अजम्बरी छ भन्ने मान्यता नै हो | सरिर र आत्मा अलग हो भन्ने मान्यता छ,लग्बग सबै धर्म मा |
हो स्टेफेन हकिंस ले देउता ,हेबेंन छैन भन्छ ,म स्वयम् लाइ पनि यो कुरा सत्य जस्तै लाग्छ तर आइन्स्टाइन र अरु दर्जनौ बैज्ञानिक ले पनि इश्वर को अस्तित्त्व छ भन्छन |
२) उदाहरण र आफैले अनुभूति गर्ने कुरा |
मानिस असि बर्स हुदा पनि आफुलाई बुढो अनुभूति गर्दै न ,जुन कुरा हालै याहु मा लेखिएको र म तपाइँ र अरु धेरै ले स्वयम् अनुभब गरेकै कुरा हो |
”सरिर बुढो भए पनि मन त् बुढो हुदैन !!”
कम्जोर भएको बेला हरेस खानु अलग कुरा हो |
——–आत्मा बुढो हुन्न
३) तपाइँ न्युवोर्क बाट ”वोलान्चुंग गोला ” उडेर जादा ३ दिन लाग्छ |
आखाचिम्म्लेर कामना गर्नुस तुरुन्त मन त्यहा पुग्छ |
——आत्मा गतिवान छ
४) तपाई हाइवे मा असि को स्पिड मा गाडी चलाउनुस फ्रेस अनुभब गर्नुहुन्छ ,
माने समय सग खेल्नुस !अलिकति उल्टो समय तिर जानुस ,जवानी तिर जानुस
”ट्वीन प्यारा डक्स ”सग सम्बन्धित कुरा हो |
स्टेफेन ले लेखे, २ लेख मैले पनि पढेको | हो जस्तो लागेको पनि |
तर पूर्ण बिस्वास चै लागिहालेको छैन |
अरु थपौ
डाक्टर ले ब्रेन डेड भएपछी मानिस मोरेको घोसणा गर्छ ,सोच्न न सक्ने अबस्था नै मृत्यु हुन् सक्छ | तर हामि बेहोस हुदा ( मानिस झ्याउ झ्याउ कराएको महसुस हुन्छ ),सरिर न चल्दा पनि कता कता आभास चै मिल्छ |
तेसैले यो बिषय मा मेरो निर्णय
” मृत्यु पनि २ थरिको हुन्छ |एउटा मृत्यु जुन अब केहि लिनु दिनु छैन ,मर्यो ,सकियो |तपाइले भनेजस्तो |
आर्को मृत्यु अतृप्त चाहना ,लिनुदिनु अझै छ |कुण्ठा को मृत्यु !! तेस्तो मा आत्मा सायद भड्किन्छ ,फेरी सरिर खोज्छ आदि आदि |”
म नै सहि भन्ने मेरो दाबि छैन , गर्न पनि मिल्दैन | मेरो बिचार मात्र हो |
द्रोणजी! बेहोस- होस् स्खलन भएको अवस्था हो, भाइरस पसेको कम्प्युटरको अवस्था हो| त्यो मृत्यु होइन| भौतिक शरीरको नाश हुनासाथ आत्मारुपी इच्छा, आकांक्षा, भावना, कल्पनाको श्रोत हराउँछ वा उत्पादन बन्द हुन्छ| निराकार आत्मा र निराकार भगवान केवल बिश्वास हो र त्यो विश्वासबाट यदि आत्मा सन्तुष्ठी मिल्छ भने त्यो बिश्वास गर्नुपर्छ भन्ने मेरो ठनाइ छ| मेरो आत्मा बेला बेला धनकुट्टाको हिले बजार पुग्छ| तर आत्मा दौडेर त्यहाँ पुगेको होइन| मेरो चर्मचक्षुले हिलेको तस्विर खिचेर मेरो दिमागभित्र store गरेर राखेको छ र अनुभूतिका प्रोग्रामिंगद्वारा मा मिलिक्क त्यहाँ पुगेको हुन्छु| समष्टिमा भन्दा मृत्यु पछिको जीवन भन्ने हुँदैन| प्रत्येक व्यक्तिको जीवन एकखेपे मात्र हो| हाम्रो बौद्व धर्मको औतारी अभ्यास बच्चालाई थपना राखेर सत्ता कब्जा गर्ने प्रपन्च मात्र हो|
हाल सम्म बिज्ञान को सिमा तेही सम्म मात्र हो |मेरो पनि येस्मा सहमति छ |
हजुरआमा को नाइट टाइम कहानी र सुनिएका कहाबत को कुरा छोडौ |
अब आत्मा ,मृत्युपछि को जिबन ,बोक्सी आदि मा लेखिएका तेत्रा पुस्तक हरु के सबै मिथ्या हुन् ?
सेक्सिपियर जस्ता महान लेखक समेत बोक्सी , आत्मा मा बिस्वास गर्थे !!
मैले खप्तड बाबा स्वयं सग प्रश्न गरेको थिए ,मृत्यु पछी को जिबन को बारे |
उनि भन्थे ”जिन्दगि रेस हो ,एउटा रेस अन्त भयो ,आर्को सुरु हुन्छ ,कोइ कोइ लाइ पहिले जनाम को केहि धुमिलो याद हुन्छ ”|
सायद न्युवोर्क तिर ”घोस्ट हन्टर ” प्रोग्राम टि बि मा आउछ कि आउन्न कुन्नि ,
अन्यत्र धेरै तिर यो प्रोग्राम आएको देखेको छु | त्याहा अजिब घटना देखाउछ
एस्लाई के भन्ने ?
|तेसैले सायद ”फेरी पनि मृत्यु २ किसिम को पो हुन्छ कि ?”
सबै को पुनर्जन्म को ग्यारेन्टी भए त् आत्मा ले जति बिस्व मा कसले आतंक मचौथ्यो होला र ? हिटलर को आत्मा ले जिउस हरुलाई संसार रुल गर्न तेसै छोड्दैन द होला |
शेक्सपियरको जमानामा त धर्मान्ध र धर्मभिरुहरुको जगजगी थियो| तिनको दिमाग पनि ति धर्मान्धहरुले घुमाइ दिए|
त्यो निर्झिब ढुंगालाइ जे सुक्कै गरुन
तेसरी सप्ताह लगायर पैसा उडाउनुको सत्ता दुख गरिबलाई हेर्दा कस्तो hola
आफु भित्र रहेको मन्दिर पहिला सफा गर्नु पर्यो र त्यो मन्दिर भित्र रहेको दियो (प्रकाश) लै चिन्नु पर्यो तब त चारै तिर सफा नै सफा !
सतह नै नभयको गहिराइमा पोखियाका बिचारहरुमा अनेकता भित्र बांधियाको एकताको सुत्र ढुंगाको मुर्तिनै सहि भेरी अनेकतामा विभक्त भयर आफ्नो बिबेक सुन्ने ( जानकारी र अध्यन को कमि) लै मा यंह केलौना चाहन्न !
कोहि कोहि धर्म र ईश्वर परम्परा धान्न मात्रै मान्छन/ कोहि आफ्नो सक्कली अनुहार लुकाउन मान्छन/ अझ कुनै त् धर्म र ईश्वरलाई आफ्नो कमाईको साधन ठानेर मान्छन/
कयौंले ईस्वरको अगाडी त्यो माग्छ जुन कुराको लागि उ हकदार नै हुँदैन/यसरि मागिने कुराहरुमा कयौ त् अपराधिक हुन्छन/ दछिनकालीको मन्दिरमा हरायक सनिबार सायद सयौं बोका गला रेतिन्छ/ अनि ती बोकाको गलाको ठुलो चोक्टा पुजारीले आफ्नो निमित राख्छन र बाकि सबै बलि चढाउने ले घरमा पकाई खान्छन/ भगवानको अगाडी गरिने यस्तै यस्तै कुराहरुलाई कसैले धर्म र परम्पराको नाम दियकोछ तर अरुको भलाईको निमित होईन आफ्नै भलाईको निमित/ यस्तालाई हामि धर्मात्मा मान्दै आयका छौं!!! त् दोषी हामि पनि हौँ/
बास्तवमा भन्नेहो भने अलग अलग धर्म अलग अलग अलग सामुदायको सामाजिक संबिधान हो जुन कुरा समय अनुकुल बनाउंदै लगिनु पर्ने थियो/ त्यो समुदायले मान्ने धर्म र ईस्वरको अर्को समुदायले हेला गर्छन/ तेही कुरामा दुई समुदाय काटाकाट मारामार समेत गर्छन/ यकले अर्कोलाई “अछुत” मान्छन/ समाज व्यक्ति व्यक्ति मात्रै मिलेर समाज बन्दैन समुदायहरु मिलेर बसे मात्रै समाज बन्छ/ तर आज गलत परम्परा र गलत बिचार लादियाको फरक फरक धर्म र ईस्वरको कुराले समाज विभाजित छ/ धर्म र ईश्वरलाई पनि यस्ताले राजनैतिक दल र नेता जस्तै बनायकोछ/ गलत पुजारी भट्ट, मुल्ला र फादरले ईश्वरको नाममा समाजलाई विभाजित गरेकोछ/
सबै धर्म ईश्वर बादीहरुले यो पृथ्बी र तेस्मा बस्ने सबै प्राणीहरुको श्रीस्ती ईस्वरले गरेको मान्छ/ यदि पृथ्बी र प्राणि ईस्वरले नै श्रीस्ती गरेको हो भने हामि सिट दुईटा पृथ्बी छैन त् हाम्रो धर्म र ईश्वर फरक हुनुमा हाम्रै शोचमा कमि कम्जोर छ/ अरुको भन्दा आफुले मानेको भगवान देख्नुमा हाम्रै दृस्टी दोष छ/ तसर्थ ईश्वर, धर्म र परम्परामा पनि समयानुकुल परिबर्तन गर्नु जरुरि देखिन्छ/
मदन जी
धर्म साश्वत मान्ने हो भने , परिबर्तानिय सायद हुन्न| यात सोहि रुप मा ग्रहण गर्नुस ,या न गर्नुस |
धर्म मा भएका चलन परिमार्जन गर्ने कुरा हो |
द्रोणज्यु
हामि सबै आफुलाई मुर्ख मान्न नचाहने; अलिकति जाने सुनेको भरमा भरमा भन्ने सुनाउने “अल्पज्ञानी” नै हौँ/ ईश्वर छ बा छैन, स्वर्ग नर्कको कुरा सत्य हो बा होईन यो हामि जस्तैको बिचमा अनन्त काल देखि बहस चल्दै आयको छ/सायद चल्दै रहेनछ/
ईश्वर स्वर्ग नरक आदिको बारेमा बुद्ध सिट पनि कसैले प्रश्न गरेको थियो र बुद्धले आफुलाई तेस्को बारेमा थाह नभयको र थाह पाउन जरुरि समेत नभयको जवाफ दियको थियो रे/ बुद्धले भनेथ्यो “भगवान त्यो हो जो अरुको निमित असल हुन्छ सहायक हुन्छ/ अब अरुको निमित असल र सहायक हुने कुनै जीवित व्यक्ति बा प्राणि नै हुनु त् जरुरि छैन/ अब दानव को हो भन्दा सोच्नुस त्यो बोका जसको घांटी धर्मको नाममा घांटी रेतिन्दैछ तेस्ले आफ्नो अगाडिको त्यो भगवानको मुर्ति र पुजारीलाई के ठान्छ होला दानव भन्दा कम त् पक्कै ठान्दैन होला/ पशुको बलि दिने स्थललाई हामीले मन्दिर भन्छौं तर बलि दिईने प्राणीको निमित त्यो त् मात्र बधशाला हो/
मित्र द्रोणज्यु म बुद्धिस्ट भयको कारण यो कुरा भनेको नठान्नुस म बुद्धलाई भगवान मान्दिन र बुद्धले दियको उपदेशलाई धर्म को रुपमा पनि लिन्न पनि/ बुद्धको भनाई अत्यन्त ब्यबहारिक सामाजिक विज्ञानको रुपमा लिन्छु/
आफु असल बन्नुस अरुलाई असल बन्न सहायक हुनुस, यो धरतीमा भयको सबै कुरा सबैको साझा सम्पति हो यसको न्यायायिक वितरण गर्न सकेमा कोहि भोकले मर्नु पर्दैन कहीं पनि अशान्ति हुँदैन/ तर आज जसरि धर्म ईश्वर कसैले मानेको छ तेस्को कारण अशान्ति नै बढी फैलियाको छ/ ईश्वर भयको कुरालाई मान्ने हो भने इस्वर सबै प्राणीको श्रीस्ती कर्ता हो त् यहा जिजस राम रहिम अलग्ग कसरि हुन् सक्छ?
धर्म अनुशार कनकनमा भगवान हुन्छ/ईश्वर ढुंगा माटो जल रुख पशुको रुपमा पनि प्रस्तुत हुन् सक्छ/ जव भगवानको रुपमा प्रस्तुत हुन् सक्ने जल ढुंगा माटो र प्राणि सबै परिबर्तनसिल छन् भने धर्म र प्रचलन मात्रै कसरि अपरिबर्तनिय हुन् सक्छ?
बुद्धको अन्तिम “उपदेश कुनै पनि परम्परा नियम प्रचलन र उपदेस समयानुकुल हुनु पर्छ/ आज ठिक भयको कुनै पनि कुरा भोलि बेठिक पनि हुन् सक्छ/ तेसैले कुनै कुरा बुद्धले भनेर गयको भनेर सधै मान्नु गलत हुन् सक्ने कुरा बुद्ध आफैले आफ्ना अनुयाईहरुलाई सचेत गरेर गयको थियो/ अब तपाई आफि सोच्नुस कुनै पनि कुरा सदाको निमित सास्वत र अपरिबर्तनिय हुन् सक्छ बा सक्दैन/
मदन जी
मुर्ख ले मुर्खता गरेंन ,र बिद्द्वान ले बिद्द्वाता (कर्म ले ) सिद्द गरेंन भने तुलनात्मक रुप मा भन्न सकिन्न | फेरी भरे पानि पर्छ कि पर्दैन भनेर गाउको अनुभबी बुढाले भन्छ भने ”मेट्रो लोजिस्ट को फोर्कास्ट नै किन पर्खन पर्छ र ?
बिस्वास र लजिक भए त् पुगी हालेंन र ? दिनहु मन्त्रि ,प्रधान मन्त्रि ,नेता ले रिपोर्टस क्लब मा उपदेश ,सल्लाह ,सुजाब दिएको दियेई छ कसले सुन्छ ति सल्लाह सुजाब |
उनीहरु बिद्द्वान पनि छ ,अनुभब पनि छ फेरी पनि कसैले सुन्दैन |किनकि इमान्दारिता छैन |
तेसैले ति कुरा तिर न जावौ ,म लाइ त् तपाइको कम्मेन्ट बढी सटिक लाग्छन र तेस्मै बिस्वास गर्छु |
भन्न खोजेको उत्तर तर्क पूर्ण भए ,चित्त बुझे बिद्द्वन को मुख बाट नै किन चाहियो |हो उनीहरुको बोलि बिक्छ | फेरी आजकाल त् कुन छेत्र को स्पेसलिस्ट को कुरा आउछ |
तपाइको अरु सबै मा चित्त बुझ्यो तर
”धर्म अनुशार कनकनमा भगवान हुन्छ/ईश्वर ढुंगा माटो जल रुख पशुको रुपमा पनि प्रस्तुत हुन् सक्छ/ जव भगवानको रुपमा प्रस्तुत हुन् सक्ने जल ढुंगा माटो र प्राणि सबै परिबर्तनसिल छन् भने धर्म र प्रचलन मात्रै कसरि अपरिबर्तनिय हुन् सक्छ?”
यहा चै इश्वर शक्ति प्रबेस गरेको मानिएको ढुंगा ,माटो र प्राणि पुजनीय भन्न खोजेको हो जस्तो लाग्छ |अरु ढुंगा ,माटो ,प्राणि सबै पुजनीय भन्न खोजिएको हैन |
नत्र ६०१ ले संबिधान फेरी लिखने भने झैँ बिद्द्वान हरु बसेर फेरी धर्म ,बिधान लेखे भएँन र ? फेरी स्वयम्भु र पशुपतिनाथ बनाए भयन र ?
द्रोण ज्यु
मैले “ईश्वर शक्ति प्रवेश गरेको ……पुजनीय …” भन्न खोजेको हो पनि होईन पनि/ किन भने जो व्यक्ति बा प्राणि बा कुनै बस्तु चाहे त्यो ढुंगा माटो नै किन नहोस कसैको निमित सहारा बन्छ जीवनदाई बन्छ भने ती प्राणि बा बस्तु उसको लागि उसको पुजनीय भगवान जस्तै हुन्छ/ तर तेही कुरा अरुको लागि पनि पुजनीय हुनु पर्छ भन्ने जरुरि छैन/ उदाहरणको निमित मैले माथि लेखि हालेको छुँ कि मानिस को निमित अत्यन्त पुजनीय बनेको दछिंन कालिको मन्दिर बलि दिईने बोकाको निमित मात्र बधशाला हुन्छ/ दछिंन कालिको मन्दिरमा बोकाको घांटी रेट्ने पुजारी त्यो घांटी रेतिने बोकाको निमित ईश्वर होईन दानव हुन्छ/ तसर्थ “को कसको लागि ईश्वर को पुजनीय भन्ने कुरा मा जति बहस गरे पनि टुंगो लाग्दैन/
तर धर्म कुरान पुराण बाईबल आदिमा जे लेखियता पनि, ती धर्म शास्त्र्हरुलाई मान्ने भक्तहरुले जे भने गरेता पनि यदि ई कुराहरुले अरुलाई दुख हुन्छ पिडा दिन्छ भने तेस्तो कुरालाई अरुले “पाप” पनि भन्न सक्छ/ यसकारण हामि आफ्नो परमपरा र धर्म मान्दा अरुको गला नरेतियोस अरुलाई बाधा र पिडा नहोस भनेर सचेत हुनु पर्छ/ फेरी बुद्धकै कुरा “सत्कर्म र मानिनलायक प्रचलन र धर्म तेही मात्र हो जसले बहुजन अर्थात धेरैको हित हुन्छ” / तर बुद्ध जन्मेको देसमा बुद्धको उपदेस अपहेलित छ/ यहा धर्म र प्रचलनमा “जवर्जस्ती” जवरजस्त सिट घुसेको घुसायाको छ/ मैले मानेको कुरा तैंले पनि मान्नै पर्छ मैले नखाने तैले खाय बार्ह बर्ष जेल हाल्छु भन्नेनै याहाको पुजारी र न्यायधिस बनेको छ/ जनताको निमित पुजनीय राज्यले बनायको “पशुपति” पनि कसैको निमित मात्र प्रवेश योग्य बनायको छ; लुट्ने चोर्नेको अखडा बनेकोछ/ नेपाल मन्दिरले भरियाको देस हो तर ती मन्दिरहरु पनि कसैले “संबिधान नबनाउने सभासद हरुको संबिधान सभा जस्तै लुटको अखडा” बनेको छ/
तसर्थ म फेरी बुद्धकै उपदेस दोहाराउनुछु पाप त्यो हो जुन कुराले अरुलाई दुख दिन्छ/ अरुलाई पनि सुख दिने कर्म नै धर्म हो/ तपाईं म हामि कसैलाई पनि आफ्नो ईश्वर नेता मान्न सक्छौं तर अरुलाई पनि हामीलाई मन परेकैलाई ईश्वर बा नेता मान भनि जवर्जस्ती गर्न सक्दैनौ/ जवर्जस्ती गरे “घांटी रेतिने बोकाको निमित दछिंन कालीको मन्दिर बधशाला भय जस्तै कसैको धर्म र प्रचलन पनि सत्कर्म होईन कुकर्म हुन् जानेछ/
यो तरिका सिकाउने र सहि गलत तरिका भन्ने मान्छेले क बुझ्नु जरुरि छ भने भगवानको पुजा गर्ने भनेको मनमा आस्था राखेर हो. त्यहि हो सहि तरिका अरु भनेको देखावटी मात्र हो. टाउकोमा राख्नु गलत हो खुट्टामै राखून सहि हो भनेर बिबाद गर्नु खासमा हासो उठ्दो हो. मनमा आस्था छ भने टाढै बाट दर्सन गरेनी हुन्छ, छैन भने खुट्टामै चधौदा पनि फरक पर्दैन.
सफाई भन्ने कुरो नेपालीको संस्कारमै छैन कि कसो हो?
नितान्त हाईजिनको नाउमा नभएर धर्मको नाउँमा सफा गर्न पर्ने
संस्कारलाई धेरैले वैकल्पिक र एच्छिक रुपमा लिएको जस्तो लाग्छ|
एयरपोर्ट जस्तो ठाउँमा यात्रुहरुका लागि गन्हाउने ट्वाइलेट राखेर सुकिला
लुगा लाएका हाकिम कस्तरी मस्त संग बस्न सकेका होलान| यति धेरै
कम्प्लेनको लहरो चल्दा पनि इन्द्रेको बाबु चन्द्रेले पनि केही गर्न सकेका
छैनन्| आज सफा राखे पनि भोलि त्यतिकै फोहोर हुन्छ|
घर परिवारमा साथै सफाई बस्न अनि राख्न नितान्त आवश्यक भएको कुरो
स्कुलमा दिनहु सिकाईन पर्छ र व्यवहार र उदाहरण प्रस्तुत गरिन पर्छ|
म स्कुलमा शिक्षक हुँदा मास्टरहरु धेरै जसोले एउटै तौलिया प्रयोग गर्थे
वा भनौ आफुले प्रयोग गरेका तौलिया आपसमा सहजताका साथ् साटासाट गर्थे|
खाएर खोस्टा मनपरी भुइंमा फालिदिन्थे|
एकदिन नेपाली पढाउने गुरुलाई फेरी त्यसो नगर्ने विनम्र अनुनय गरे|
हामी टीचरहरु उदाहरण बन्न सक्न पर्छ भनेर प्रेरित गराउन खोजे|
सौहार्द्रतापुर्बक भनेकोले होला उनले पनि शिष्टता सहित सहमति जनाए|
हिजको ठिटोले हामीलाई भाषण दिने भनेर प्रधान अध्यापकलाई पोल
लाएछन| मेरो कुरो सुनेपछि प्रधान अध्यापकले तपाइले ठिकै भन्नु भएको रहेछ तर गुरुले
उल्टो बुझेछन भने| मैले कुरो उनलाई यो टिचर मीटिंगमा राख्ने आग्रह गरे तर उनले
भैगो छाडिदिनुस यसपालालाई भनेर टारिदिए| जब यो कुरो मेरा अर्का सहकर्मी
शिक्षकले सुने, उनले मलाई भने – प्रधान अध्यापकको डेस्क र अफिस हेर्नुस अनि
उंहाको कोठा संगै टाँसीएको ट्वाइलेट हेर्नुस| त्यो रत्नपार्कको बिजुली अड्डा तिर फर्केको
सार्बजनिक सौचालय बराबर रहेछ| त्यही बाट बुझियो अमेरिकाको हवाईमा छात्रवृत्तिमा तीन वर्ष अध्ययन गरेर फर्केका प्र. अध्यापकोको मनोवृत्ति| बाइ द वे, माथि बताईएको शिक्षक अवकाश ग्रहण गरेपछि हाल अमेरिकामा परिवारकंहा बस्न गएका छन् ‘रे| केही त् देखेर सिके होलान ती भुतपुर्ब गुरुले वा अन्तर्मनको खुल्दुली लेख्ने तरखरमा होलान|
मानिस बीच एकता र भाइचारा बनाउन ,मानिस र समाज लाइ राम्रो र नराम्रो बाटोमा लाग्न ,नलाग्न आखा देखाउने ,बुझाउने या भनौ कुनै काम गर्न र नगर्न मा स्व नियन्त्रण गर्ने माध्यम बनेको छ भगवान ! जो आस्था र अनास्था बनेर मानब बीच रहिरहेको छ \ दुख,आपत .पिडा ,बिछोड मा मात्र होइन सुख , सम्पति ,दम्पति ,सन्तान ,अबसर .मान ,सम्मान पाउदा र हुदा पनि मानिस भगवान सम्झंछन र सहयोग को आशा र प्राप्ति प्रति आभारी रहन्छन \
जहा सम्म भगवान प्रति श्रदा र भक्ति गर्दै चडाउने भौतिक सामाग्रीको उपयोग र तरिका को प्रश्न छ लेखक महोदय ले उल्लेख गरीए झैँ चढाइएका बस्तुहरुको ब्यबस्थापन र सहि सदुपयोग गर्ने र गराइने तौर तरिका मा अबस्य परिबर्तन आबस्यक छ यसमा सबै भक्तजन ,पुजारी र सम्बन्धित निकायको सोच ,काम मा परिबर्तन गरिनु पर्छ
भगवान निराकार निरन्जन र सर्बब्यपी हुनुहुन्छ | जलमा थलमा आकाशमा पातालमा बायुमा ढुंगा पथर जहातहा | भगवान आशा को केन्द्र हुनुहुन्छ ,भगवान कै कृपा बाट संसारका सारा सृसठी र जगत संरक्षित भएका छन | वहा लाइ न हामी थुन्न सक्छौं न छेक्ननै | वहालाई न मान्न सक्छौं न अपमाननै | भगवान लाइ न पहिरन ,न सृंगार न नैबेध्य न आदि इत्यादी को आबश्यकता छ केवल तपाई हामीहरुको स्रधा र भक्ति बाहेक | यदि हामीमा भगवान प्रति भक्ति र स्रधा छ भने भगवान सदा सर्बदा हाम्रो दाया बाया पछी पछी हुनु हुने छ | तपाई हामी मानौ नमानौ हामी वा हाम्रो यो सरिर ( या यो जीव ) कसको शाहारामा संचालित छ ? ” आत्मा ” ! छ ,जीव छ , “आत्मा ” छैन जीव पनि छैन | यो बिश्वो ब्रमाण्डको संरचना भगवान बाट भएको मा बैज्ञानिक बा मानवले त केवल खोज तलास मात्र गरेका हुन् ,यस ब्रमण्डमै नभएको वा भगवान बाट श्रीसटी नभएका नबिन आविस्कार कोहि कसैले आज सम्म गर्न सकेका छैन् |त्यसैले ……|
हामी धर्ममा विश्वासमात्र होइन अन्ध विश्वास गर्छौं | धर्मको नाममा हामी यति अन्ध छौं कि आज बागमती सुकेर खहरे भै सकेको छ | अनि वातावरण दुषित भै रहेको छ |
तर्क संगतको धर्म र यसप्रतिको आस्था अनि विश्वासका साथै सरकारी कडा नियमन भयो भने धर्मको अस्तित्व पनि रहने, वातावरण दुषित पनि नहुने, अनावश्यक रकमको दुरुपयोग पनि नहुने दिनको पर्खाईमा छुँ | तर देख्ने सम्भव भने देख्दिन |
हाम्रो अन्ध विश्वासको एउटा उदाहरण: हिन्दि धार्मिक फिल्म “जय सन्तोषी माता” हलमा चल्दा प्रत्यक शोबाट पहिले त हल सफा गर्नेले, तर पछि हलका मालिकले अतिरिक्त आम्दानी गरेको धेरैले देखे सुनेकै हो |
भगवान भनेको आस्था हो विश्वास हो ..आखिर जुन ढुंगा लाई भगवान मानेर पुजा गर्छौ तट पश्चात हाम्रो मनले एक किसिम को आत्मसंतुस्ती पाउछ जसले मन लाई शान्त बनाउछ.. त्यो नै भगवानले दियको आसिर्बाद जस्तै हो ..आखिर भगवान कसैले देखेको छैनौ ,,,,तर ढुंगा लाई प्रसाद चढाउनु भन्दा दीनदुखी लाई दान दिनु ले मन लाई आनन्दित बनाउछ …..शान्त बनाउछ ..र तेही भगवान को बास पनि बसेको हुन्छा ….
लेख पढ्नु भन्दा पहिले फोटो एक झलक हेर्दा भगवानलाई फलामको ग्रीलभित्र
क्रुर रुपमा बन्दी सरह बनाएको बारे कुनै श्रद्धालुले चित्त नबुझेर लेखेको होला
भन्ने ठानेको थिए| कुरो अझ खाँटी रहेछ|
श्रद्धा, आस्था र भक्ति आफ्नो ठाउँमा छंदैछ| यस्ता गहन बिषयमा विचार
विनिमय गरेर समय अनुसारको परिवर्तन ल्याउन स्वस्थकर अभ्यास ठान्दछु|
रिमालजीको भावना र सोचाईप्रति मेरो समर्थन र आदर छ | नेपालमा मैले देखेजति केहि अपवाद बाहेक, सबैजस्तो देवी देवताको मूर्ति भुइंमा सटायेर राखिँदो रहेछ, अन्यत्र जस्तो अलिकति अग्लो मठ, स्थान वा मचान बनाएर शृंगार गराएर राखिन्न रहेछ | उदाहरनका लागि काठमाडौँको भद्रकाली, मैतीदेवी, अन्य भगवती शक्तिपीठहरु जस्तै दक्षिणकाली, र साथै कमलादीको गणेश, चाबहिलको कार्य विनायक गणेश, चोभारको जल विनायक गणेश आदि, आदि | ती मन्दिरहरुमा भक्तजनको अगाध श्रद्धा, अर्पण, भक्ति, पूजा मान्नु पर्छ, तर….सर सफाई र चोखोनितो भने पटक्कै पाइन्दैन | जस्तो कि जलविनायक मन्दिरको गणेशको मूर्तिमा स्थानीय भक्तजनहरुले राँगो र अन्य पशु बलि दिंदा रहेछन र आलो रगत गणेशलाई चढाउने गर्छन, दक्षिणकालीमा भित्तामा रहेको गणेशको मूर्तिमा काँचो रगत पोतिन्छ | यस्तै हो त गणेश पूजा ?
अर्को तर्फ धेरै जस्तो ती मन्दिरहरुमा कुकुर, कुखुराहरु घुमी घुमी मूर्ति चाटी रहेका भेटिन्छन, झिंगा भन्किएको हुन्छ, चढाएका प्रसाद फूलहरु कुहेर दुर्घन्दित भै रहेका हुन्छन, वर परका बाल बालिका र हेर्दा मगन्ते जस्ता देखिने वयस्क मान्छेहरु धरी चढाएको पैसा, प्रसाद र फलफूल तुरुन्तै टिप्ने गर्दछन | मेरो बिचारमा भगवानले आफूलाई के चढाए भनेर हेर्न भ्याएका हुन्नन् उता मान्छेले टिपेर लगी सक्छन | छि, छि, यस्तो पनि पूजा, आराधना र मन्दिर हुन्छन हाम्रो देशमा | के गर्ने |
भारत तिर घुम्न जानुस त, बंगालमा, बिहारमा, उत्तरप्रदेशमा र अन्य धार्मिक स्थल हरुमा देखिन्छ मन्दिर कसरि सफा राखिन्छ र देवी देवताको आराधना पूजा कसरि गरिन्छ | काठमाडौँमा पनि भारतीयहरु, मधेसीहरुले दुर्गा पुजा गर्ने गर्दछन, त्यो हेरे पनि पुग्छ सफा सुग्घर सित पूजा गर्ने तरिका | अफसोस, हाम्रो मन्दिरमा कुकुर लिएर बिहानै जानेहरु प्रशस्त हुन्छन, मान्छे भन्दा पहिला कुकुर पुगेर मूर्तिमा पिस गरिसक्छ | बेस्सरी मासु र रक्सि धोकेर मन्दिर जानेहरुको पनि कमि छैन |
यस्तो स्तिथिमा सुधार ल्याउन धार्मिक जनचेतना र कडा नियम बनाउनु पर्दछ र मन्दिर कमिटीलाई पनि सिकाउनु पर्दछ सर सफाई बारे | श्री पशुपतिनाथको मन्दिरमा जस्तै सुरक्षाको प्रबन्ध हुनु पर्छ र अलिक पर बाटै फूल प्रसाद, भेटी, आदि चढाउने व्यवस्था गरिनु पर्दछ | अरु कुरा तपाईं हामी सबैलाई थाहा छंदैछ |
मित्रहरु हो, पहिलो कुरो यो ढुंगा मा भगवान नै छैन, हो कसैले भन्ला माने जे मा पनि भगवान हुन्छ, फरसीलाइ जत्तिनै काक्रो भनि माने पनि फरसी काक्रो कुनै हालत मा पनि हुन सक्दैन. यी सबै चिजहरु भगवानकf हातका रचनाहरु मात्र हुन्, भगवान त तपाई र मा भित्र बस्न चाहनु हुन्छ, तर हामी भगवान लाइ बाहिर खोपी र मन्दिर मा राखेर, आफु चाही लोभ, लालच, क्रोध, आन्याय, अपबित्रता इत्यादी कुराहरुले गाजिरहेका हुन्छौ, त्यो जति धुलो आडम्बर मानब जगत को निम्ति अर्को हुन सक्दैन. भगवान ले तपाई र मेरो हृदयको ढोका ढकढक्याईरहनुभएको छ. आफ्ना आँखा खोलौ, र आफै भित्र बस्न चाहेने भगवानलाई स्वागत गरौ. परमेश्वरले सबैको कल्याण गरुन.
ज्योतिजी,
बडो राम्रो लेख्नु भो | एउटा कुरा बुझ्नुस कि हामी अहिले कलियुग मा छौ त्यसैले अहिले सकारात्मक कुराहरु लै पनि नकारात्मक दृष्टिले हेर्ने गरिन्छा | धेरै जस्तो मानिस हरु जे कुरा लाइ पनि बिपरित सोच्छन त्यसैले भागवत गीता मा यो युग लाइ “एज अफ क्वारल” भनियको छ | यो कुरा मा मा पनि धेरै देखि विचार गरि रहेको थिया तर तपाई ले लेखेर सबै संग छलफल को बिषय बनाउनु भो राम्रो लग्यो | अब यो बिषय लाइ सकारात्मक तरिका ले लिने कि नकारात्मक त्यो व्यक्ति व्यक्ति मा भर पर्छ त्यसमा मेरो भन्नु केहि छैन | तर मलाई चाही तपाई ले एअक्दम गाठी कुरा समात्नु भयको जस्तो लग्यो | धेरै खुसि छु तपाई ले यस बारे कुरा उठाउनु भयको मा | मलाई त यस बिषय मा के लाग्छ भने हामी प्राय जसो जे कुरा मा पनि र अझ धर्म को बिषय मा त झनै आफ्नो कमन सेन्स प्रयोग नगरी आखिर यो के हो त र किन गरिन्छ र गर्नु को खास उद्द्येश्य के हो भन्ने कुरा बुझ्न तर्फ नै नलागी खाली लौ यसो गर्नु पर्छ रे यसो गर्यो भने त्यसो हुन्छ रे भनेर हावा मा दौडने गरेको देख्छु | तपाई ले लेख्नु भय जस्तो अब भगवान लाइ चढाउनु भन्दै मा के कहाँ कसरि चढाउने भन्ने कुरा मा आफ्नो कमन सेन्स लगाउनु को साटो अरु ले जे गर्छन अरु ले पनि त्यसमा नै पछी लाग्दै जाने हुदा त्यस्तो हुन जान्छ |
माथि सागर सिग्देलजी को कमेन्ट मा रेस्पोन्स नगरी बस्न सकिन | सागर जी, भगवान देख्नु र स्वर्ग को अनुभव गर्नु भनेको कुनै सानो फ्यास्फ्यासे कुरा होइन | भगवान को दर्शन पाउनु र स्वर्गको अनुभव गर्न लाइ सब भन्दा पहिले आफुलाइ त्यो लायक बनाउन सक्नु पर्छ | कुनै ठुलो जागिरमा निवेदन दिनु अगाडी पहिला आफु लाइ क्वालिफाएद बनाउनु जरुरी छ | आफ्नो आचरण, विचार, ब्यबहार, र कर्म शुद्द राख्न सके भगवानको दर्शन र स्वर्गको अनुभव पनि एकदिन अबश्य हुने छ |
रमाइलो प्रश्न गर्नु भयो, भगवानको लागि सबै बराबर भय पेटिकोट र टोपी मा के फरक छ र ? आखिर भगवान लाइ नै अर्पण गरेको हो क्यार, फेरी हाम्रा भगवान हरु रतिराग मा पनि लिप्त भयका धेरै उदाहरण यहालाई याद छ नै होला, एस्तो कुरा गरेर लिंगीय बिभेध गर्नु तपाइको पुरुष मनाशिकता को संकुचित उपज हो, भक्तजन हरुले पेन्टी र ब्रा चडाउन किन नपाउने ? कुरा रह्यो कहाँ नेरी चडाउने ? आखिर सबै बस्तु सिर मा नै राख्ने चलन छ भने त्यो मान्य हुनु पर्छ . भक्तजन हरुले प्रयोग गरि सकेको र फोहोर चाही चादाउदैनन.
धन्यबाद !
ल भो जलले जेसुकै भनेपनि आफु त भगवान प्रति विश्वास गर्ने मान्छे जे हुन्छ सबैका लागि राम्रै हुन्छ ! आन्न्ध भक्त ह्हू मा भगवान को!
धेरै कुरा परिवर्तन गर्नुपर्ने छ यो देशको!
हाम्रो देश र समाजको झन्डै झन्डै कुनै पनि कुरा समयानुकुल छैन र परिवर्तन आबस्यक छ!
तेसैगरी धर्ममा निहित संस्कार कार्यविधि कार्य प्रक्रिया तरिका आदिको पनि नितान्त परिवर्तन आबस्यक छ!
यी हामीले अपनाई आयका बिधि र तरिका हरु झन्डै दुइ हजार बर्ष अगाडिका हुन्, हुन सक्छ तेतिखेर विभिन्न कुरा र कारण ले यी बिधि र तरिका हरु आबस्यक थिया होलान उचित थिया होलान तर यी सबै कुरामा हुनुपर्ने समयानुक्ल परिवर्तन हुनसकेन!
यिनै कारण हुन् हामि समयको अन्तरालमा बिश्वोब्यापी परिवेसमा निकै पछाडी परेका छौ!
हाम्रो देशमा परिवर्तन हुनु अगाडी हाम्रो सामाजिकतामा परिवर्तन आबस्यक छ, समाजमा हुनु अगाडी हाम्रो धर्ममा (बिधि बिधान तौर तरिका प्रबित्ति आदि) हुनु आबस्यकछ यसरि क्रमबद्दा तरिकाले परिवर्तन हुदै जानुपर्छ र तेस्को लागि सबै भन्दा अगाडी हाम्रो मानाशिकतामा परिवर्तन आबस्यकता छ!
र यी कुराको लागि हाम्रो सर्बत्र क्षेत्रको नेत्रित्वोको सहि पहिचान हुदै सहि परिवर्तन गर्नु आबस्यक छ!
गगने ज्यु
यहाले परिबर्तनको कुरा गर्नु भयो/ हो परिबर्तन जरुरि छ तर परिबर्तन गर्नु अघि आफु सिट सहि सोच योजना पनि हुनु पर्यो नि/ अब यो संदर्व्मा हेर्ने हो भने हिजो सम्म भारतलाई विस्तारवादी भन्दै भारत सिट भय गरेका सबै सन्धिहरु खारिज गर्नु पर्छ भनेर नेपाली जनताको रगतमा भिजेको मत बटुलेर सिंह दरवार पुग्ने ले आज जसरि क्रान्ति गर्दा गरेका मागेका आफ्नै माग भुलेको छ भने तिनीहरुले कस्तो परिबर्तनको शोच राखेको छ त्यो बारेमा केहि स्पस्ट पार्न अनुरोध गर्छु/ हामि बाबुराम को निकट पुग्ने हैसियत राख्दैनौ/ तपाई बाबुरामज्यु प्रति आस्था राख्नु हुन्छ/ तपाईंको कुरा हामीलाई बाबुरामकै कुरा जस्तो लाग्छ/ तर तपाईंले त् दोहार्यायर तेहर्यायर जोड तोडका साथ् नेपाल भारतको अघोषित उपनिवेश हो भन्नु भयको थियो/ यो तपाईं को कुरामा पनि केहि परिबर्तन हुन्छ बा हुँदैन त्यो कुरा भन्नु भयमा हामीले बाबुरामको परिबर्तनको योजना को बारेमा अलि जान्ने मौका पाउने थियो/
मलाई जहा सम्म याद छ सन् १८२६को सुगौलीको सन्धिले नेपाललाई अघोसित ब्रिटिशले “अघोसित उपनिबेस” बनायाकोमा सन् १९२१मा ब्रिटिस सरकारले नै सन् १८१६को सुगौली सन्धि संसोधन गरेर नेपाल यउटा पूर्ण सार्वभौम सट्टा सम्पन्न मुलुक भयको मानेको थियो/ तेस्पछी महेन्द्रले २०१३ सालमा त् नेपाल संयुक्त रास्ट्र संघको सदस्य समेत बनायो र नेपाल पनि भारत अमेरिका जस्तै यउटा सार्वभौमसट्टा सम्पन्न मुलुक बन्यो/
महेन्द्रको रास्ट्रबाद प्रति बाबुरामज्युको सोचाई सकारात्मक छैन/ बाबुरामज्यु महेन्द्रको रास्ट्रबादलाई यउटा गालीको रुपमा प्रयोग गर्नु हुन्छ र गगनज्यु बाबुराम ज्युको समर्थक हुनु हुन्छ र नेपाल यउटा भारतको अर्ध उपनिवेश हो भनेर ठोकुवा गर्नु हुन्छ/ हामि यो कुरा मान्दैनौ/ याहाले नेपाललाई भारतको अर्ध उपनिवेश हो भनेर ठोकुवा गर्नु भयको कुरालाई समस्त नेपालीलाई गालि गरेकै रुपमा लियका छौं/ अहिले तपाईं परिबर्तनको कुरा गर्नु भयको छ/ त् पहिला यो भन्नुस तपाईंको त्यो सोच र ठहरमा परिबर्तन आयको छ बा छैन/
ज्योति जी
भगवान भनेको निराकार शक्ति हो |त्यो शक्तिलाई मान्छे कै स्वरूप मा छ भनेर पुराण ,उपनिसाद ले ग्यारेन्टी गर्दैन |हो ब्रम्हा ,बिष्णु ,महेस भनिएको छ तर तेत्तिस कोटी र स्वयं मानिस भित्रै भगवान छ पनि भनिएको छ | तेत्ति मात्र कहा हो र ढुंगा ,तुलसी , पिपल जे मा पनि आस्था राखेर बा भगवान छन् भन्ने सम्झेर पुजे फल मिल्छ भानिसकियेकोले |
अब जसरि चढाए पनि के तात्तिक फरक पर्ला र ?
पशुपति जादा दुस्ट भट्ट को (एक त् अनुहारै धुर्त ,आर्को पैसा धेरै दिनेलाई ,माड़ेलाई बिसेस सम्मान पुर्बक पर्साद दिन्छ तेसैले ) हात मा किन दिने भनेर म त् एक रुपिया को डबल परैबाट हुर्याई दिन्थे , उता बाट सिबजी ले क्रिकेट बल समातेको जस्तो गरेर क्याच गर्थे र
थ्याँक्यु पनि भन्थे |बिस्वास न हो ?
पुजागर्ने परिपाटी मा सुधार ,आफ्नो आचरण मा सुधार त्यो त् निरन्तर चलिरहनु पर्ने अभ्यास हो |
गणेश को मन्दिर आगाडी बेच्न राखेको लड्डु खानु भएको छ? २१ ,१०८ वटा लड्डु राखिएको हुन्छ तर त्यो लड्डु तितो हुन्छ महँगो चिनी कसले हालोस ?भगवान लाई मिठो सुद्द प्रसाद चदाउनु पर्दैन ?
मेरो छिमेक मा एक जोडी भक्त भक्तिनी बस्नु हुन्त्यो | सधै बिहान र बेलुका मठ मन्दीर घुम्नु पर्ने, त्यो पनि एउटा होइन, भ्याए जति | कहिले त रात भर घन्टी बजाएर सुतन नै नदिने | उनीहरुले घरमा काम गर्ने सानी बच्ची राखेका थिए, शयेद १२-१३ बर्षकी थिई होलिन | हरेक दिन कम्तिमा एकपटक रोएको देख्थे ति नानि लाई | खै, दुनियाको निद हरण गरेर र बच्ची लाइ रुवाएर के माग्दा हुन् भगवान संग उनीहरुले, मा येही सोच्छु जहिले पनि |
मलाइ त लाग्छ मुर्ति पूजा गर्ने कि पापी हरुले हो कि भने आडम्बरी र मुर्ख हरुले हो | जसले आस्था र साचो अर्थ मा पुजा गर्छ उसले अरुको पिर मर्का पनि बुझ्छ |
मान्छे ले जिबनजल नपार’ छेरी छेरी मर्दा तरिका चाहिएन ढुंगा को मुर्ति लाई लड्डु चढाउने तरिका सिकाएर के फाईदा???तेई मन्दिर बाहिर बस्ने माग्ने को हबिगत याद नहुने भित्र को ढुंगा को मुर्ति ले सास्ती पाको देख्ने तपाई को आखा नि कस्ता नि????
यस बिसयमा बहस हुनु आ-आफ्ना बिचार आदान प्रदान हुनु हो अति राम्रो हो
धन्यवाद ज्योति जीलाइ
हाम्रो यहाँ सभ्यता सिकाउने पण्डित हरु मै सभ्यता छैन अनि समाज कसरि सुध्रुनु …………………अब बिस्तारै परिबर्तन होला कि
आफु त भगवान मा भन्दा भुत मा बडी विश्वास गर्छु किनकि धेरैले भुत देखेको कुरा गर्छन तर भगवान कसैले देखेको कुरा गर्दैनन्. हुदै नभाको कुरा मा के विश्वास गर्नु.
तेस्तै स्वर्ग मा भन्दा नर्कमा विश्वास गर्छु, किनकि धेरैले आफ्नो जीबनमा स्वर्गको भन्दा नर्कको अनुभब गरेका छन्…तपाइलाई के लाग्छ???
केहि सुधार त ल्याउनै पर्छ आज को यूगमा.
कुरा त ठिकै हो !! तर लड्डु कोचेर के भो फलफुल चडाएर के भो, बलि नै दिएर नि के भो त्यो त हुने केहि होइन ! तर पनि आस्था न हो ! मुख मा हलिदिदा भगवान ले खालान भन्ने बिश्वास होला, अनि दुध चढाएर पनि हुने त के थियो र सबै खेर जाने नै हो ! हुन् त त्यो मुर्ति मा चढाउनु भन्दा बाहिर निस्केर माग्न बस्ने हरु लाइ दियो भने धर्म हुन्थ्योहोला !!
तर ज्योति जी तपाई ढुंगा को मुर्ति लाइ पुजा गर्न जानु नै भयो त्यति आस्था राखेर भने मुख मा लड्डु हाल्दा भगवान ले खान्छन भन्ने आस्था नि चढाउने हरुको हो !! जब ढुंगा लाइ पुजेर धर्म हुन्छ भने ढुंगा को मुख मा लड्डु हालेर कसो नखालान र भगवान ले !!
म त भगवानमा बिश्वास नै गर्दिन । अब निर्जिव पाषाण मूर्तिलाई जसरी पुजा गरिए पनि खासै फरक पर्दैन होला । बरु सजीव मानिसहरू जति छन् तिनिहरूलाई ती खाद्यपदार्थ र वस्त्र दिए उपयुक्त हुन्थ्यो होला ।
हुन त हो तर पनि धर्मले हामीलाई अनुशासनमा बस्न सिकाउछ |
संसारक ठुला बैगानिक हरु अनुसाशित छैनन र ?
स्टेफेन हव्किंग जो नास्तिक को लागि चर्चित छन् अनुशाशित नहोलान र
अनुशासन पनि मानिसले त सिकाउने हो नि । खै आजसम्म कुनै भगवान प्रकट भएर यो गर् बाबु त्यो नगर् भनेको सुनेको छैन र कसैले सुनेको हूँ भनेर दावी पनि गरेको छैन । भगवान् हुन् या नहुन् मेरो सरोकार भएन किनभने भगवानको परिकल्पना मानिसले मात्रै गरेको छ । कुनै स्याल, बिरालो वा सिंहले पुज गरेको, ब्रत बसेको वा मन्दिरमा गएर प्रार्थना गरेको हामि कसैले कतै सुनेका पनि छैनौँ । मूल कुरो मानवसेवा गरौँ भगवान आफैँ खुशी हुन्छन् उनलाई चढाउने लड्डु पनि मानवलाई नै दिऔं त्यसमै इश्वरको वास्तविक पुजा हुनेछ ।