-डोलेश्वर भण्डारी-
‘गुरु तेरो लुगामा धुलो लाग्नुभयो’ भनेर मखबहादुर लिम्वुले स्कुलका गुरुलाई सजग गराउन खोज्दा भनेको कुराले उनलाई बूढो भइन्जेल पनि नेपाली बोल्नेहरुले गिज्याउन छाडेनन्। यो घटना थियो तेह्रथुमको एउटा लिम्वु गाउँको। यस्तो गिज्याइ खानेहरु नेपालको पूर्वका राई, लिम्वुदेखि लिएर तराईका मैथिली, भोजपुरी, अवधि, थारु भाषामा बोलचाल गर्ने मधेशीहरु, पहाडतिरका तामाङ, शेर्पा, गुरुङहरु सबै छन्। यो उदाहरणले नेपाली बाहेकका मातृभाषा बोल्नेहरुले सहनु परेको पीडालाई राम्रै सँग उजागर गरेको छ। नेपाली बाहेकका भाषाहरुले विगतको एउटै भाषा एउटै भेषको नीतिको मार खेपेका छन्। अबको परिस्थितिमा यो कुरामा सुधार हुन आवस्यक छ। तर कसरी गर्ने त त्यो सुधार भन्ने कुरामा चाहिँ स्पष्टताको अभाव छ।
सबैले आ-आफ्ना मातृभाषामा पढ्न लेख्न पाउनु एउटा नैसर्गिक अधिकार पनि हो। अर्को महत्वपूर्ण कुरा के हो भने एउटा भाषालाई जसले प्रयोग गरे पनि हाम्रो साझा सम्पत्तिको रुपमा हेरिनु पर्छ। लिम्वु भाषा हराउँदा लिम्वु जातिलाई मात्र हैन अरुलाई पनि घाटा छ। यो लेखमा मैले तेह्रथुम जिल्लाको सक्रान्ति वजार गा.वि.स.को उदाहरणवाट मातृ भाषासँग गाँसिएको समस्याको समाधान खोज्ने प्रयत्न गरेको छु। यदि यो गा.वि.स.का वासिन्दाका भाषिक मुद्दाको यो खालको विकेन्द्रिकृत तरिकाले समाधान खोज्न सक्छ भने नेपालका अन्य ठाउँमा पनि यही मोडेलले काम गर्न सक्छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार सक्रान्ति बजार गा.वि.स.को जम्मा जनसंख्या ३,५४८ थियो र लिम्वुहरुको संख्या २६%, तामाङको संख्या ८% र क्षेत्री, बाहुन, कामी, दमै, आदि जातिको संख्या ६६% थियो। वार्ड नं. ५ र ७ (लिसिवुङ र सोदनमा) भने लिम्वु जातिको बाहुल्य छ। त्यसैगरी ती वार्डहरुमा भएका प्राथमिक विद्यालयहरुमा पनि लिम्वु जातिका केटाकेटीहरुको बाहुल्य छ। तर अन्य वार्डहरुमा पनि लिम्वु जाति बसोबास गर्छन् तर उनीहरुको संख्या कम छ। त्यसैले अन्य वार्डका विद्यालयमा लिम्वु जातिका छोराछोरीहरु पनि कमै छन्। वार्ड नं ३ को लामा गाउँमा तामाङ जातिको संख्या २६८ थियो। त्यहाँको प्राथमिक विद्यालयमा तामाङ कक्षा चलाउन पुग्ने केटाकेटी छन्। तर त्यो वार्डमा पनि तामाङहरु अल्पमतमा पर्छन्।
जुन जातिको जनसंख्या कम छ ,उनीहरुलाई कसरी आफ्नो मातृभाषामा पठनपाठन गराउन सकिन्छ साथसाथै कसरी अरु जातिलाइ यो भाषा ऐच्छिक वनाउन सकिन्छ त? यदि यो कुराको निर्णय गा.वि.स.को अल्पमत र बहुमतको आधारमा हुने हो भने, लिम्वु भाषामा पढ्न पाउनु पर्छ भन्ने हरु अल्पमतमा पर्छन्। यदि गाविसले अल्पमतलाई पनि ठाउँ दिएर गा.वि.स. भरिका विद्यालयहरुमा लिम्बु भाषा पढाउने निर्णय गर्ने हो भने अरु जातिका लागी त्यो स्वीकार्य नहुन सक्छ। जसलाई चाहिएको छ उसले पाउने र जसलाई चाहिएको छैन उसलाइ लिन बाध्य नहुने भए मात्र समस्या समाधान तिर जाला। यो उदाहरणले अल्पसंख्यकहरुको पीडालाई मद्धत गर्ला कि। मानौं हामी लामो दुरीको बसमा यात्रा गरेको बेलामा कसैलाई पिसाब लाग्यो भने अल्पमत र बहुमतको आधारमा निर्णय गरेर गाडी रोकेर पिसाब फेर्नुपर्ने भएमा पिसाब लागेको व्यक्ति जहिले पनि अल्पमतमा पर्छ र उसले भनेको समयमा पिसाब फेर्न पाउँदैन। उसमाथि ठूलो अन्याय हुन जान्छ। तर पिसाब नै नलागी पटक पटक गाडी रोकिने कानुन भएमा पनि त्यसको खासै उपयोगिता हुने छैन। मुख्य मुद्दा के हो भने अल्पमतमा रहेका विभिन्न जातिका मान्छेहरुले कसरी आ-आफ्ना भाषामा पढ्न लेख्न पाउँछन् त?
समाधान
यसको समाधान पनि सजिलो छ तर यसका लागि धेरै विकेन्द्रिकृत शासन प्रणाली जरुरी छ। यदि हरेक विद्यालयले विद्यार्थी संख्याको आधारमा लिम्बु भाषामा पठनपाठन गर्ने कुरामा निर्णय गर्न दिने हो भने त्यो विद्यालयमा लिम्बु भाषाको पढाइ हुन सक्छ। संक्रान्ति गा.वि.स.को माथिको उदाहरणमा लिसिवुङ र सोदन गाउँका प्राथमिक विद्यालयमा लिम्बु भषामा पढाइ गराउन सकिन्छ। किनकि त्यहाँ लिम्वु जातिका केटिकेटीहरु धेरै छन्। त्यसैगरी वार्ड नं. ३ मा रहेको लामा गाउँको विद्यालयमा पनि तामाङ भाषामा पढाई हुन सक्छ। यसो गर्दा अल्पमतमा रहेकाहरुको पनि समस्या समाधान हुन्छ र एउटा जातिको भाषा अर्को जातिमा लादनुपर्ने जरुरी पनि रहँदैन। यसो गर्दा हाम्रा जातजाति भित्रका सदभाव पनि विथोलिँदैन। समस्या के हो भने कसरी चिनी नखाने मान्छे, चिनी कम खाने मान्छे, र चिनी बढी खाने मान्छेलाई उनीहरुको इच्छा अनुसारको चिया एउटै भाँडामा पकाएर ख्वाउन सकिन्छ? यसको समाधान के हो भने हरेक मान्छेले आफ्नो कपमा आफुले चिनी राख्न पाउने अधिकार सुरक्षित गर्ने हो। जति जति निर्णय प्रकृया स्थानीय तहमा जान्छ उति नै हामीले इच्छा गरे अनुसारको स्वशासन पाउछौं। यसो गर्दा बाहुनले पनि चाहेको पाउँछन् र लिम्बुले पनि चाहेको पनि पाउँछन् र मैथिली भाषीले पनि चाहेको पाउँछन् र यो नीतिले सबैलाई राम्रो हुन सक्छ ।
जसले जे भने पनि शिछ्या (एदुकेसन) भनेको अंतर्रास्त्रिय स्तान्दर्दको हुनु पर्छ | इन्गलिश भाषा सबैको बोल्ने अधिकार प्राप्त भाषा हो त्यसैले इंगलिश मै शिछ्या हासिल गर्नु पर्छ | लोकल भाषामा पढ्ने मान्छे कुवाको भ्यागुता जस्तै हुन्छ किनकि उसले आफ्नो भाषाको मान्छेसंग बाहेक अरु मान्छे संग कम्युनिकेसन गर्न सक्दैन | नेता तथा राजा राजौताहरुले जनतालाई आफ्नो मुठ्ठीमा पार्नलाई जनतालाई लोकल भाषामा पढाउने अनि आफ्ना छोरा छोरीलाइ चाही बोर्डिंग स्कूलमा पढाउने गरिएको थियो र अहिले पनि कोहि नेताहरुले यो चाल चल्न सुरु गर्दै छ यो कुरा हामी सबैले बुज्नु जरुरी छ |
मात्री भाषा भने को केहो ? राष्ट्रिय भाषा भने को के हो ?भनेर उसलाई मात्र थाहा हुन्छ ,जो देश मा अरु को साशन’, दबाब,र हैकम मा बस्न परेको थियो| उदाहरण ब्राजिल तथा सयौ दक्षिण अमेरिकन राष्ट्र हरु छन् लेखक जी सोदन र सक्रान्ति ले मात्र भाषा को मूल्य र मान्यता पूर्ण हुदैन |
मुख्य वाशा एन्ग्लिश दोश्रो छेत्री बाहुन भाषा( but not mendatory) तेश्रो जातीय भाषा हुनु पर्छ किन कि, नेपाली बिषय (जना जति लाई लादिय को भाषा) ले गर्दा म SLC मा फेल भय र मेरो पढाई को अन्त्य भयो र बिदिशिना पर्यो. एस्तो अरु जनाजति लाई नहुन जनाजति नेता ले केहि गर्नु परो, यो त छेत्री bahun को चलाखी हो जनजाती लाई गरिबी मा धकेल्ने,
नेपाली मा फेल भएरै बिदेशिन परेको चाही होइन होला हौ !
आजकाल सबै नेपालि दाजुभाई ले आ आफ्नो मातृ भासा प्रति संबेदन सिलता देखाइरहेको सन्दर्भ , कमसेकम आ आफ्नो मातृ भासा लाइ पहिले आफैले उचित सम्मान दिनु पर्यो |कसरि आफैले सम्मान दिने त् ?
पहिले आफुले नै पढौ ,दखलता हासिल गरौ आ,फ्नो मातृ भाषालाई धनि बनाउन तेही भासमानै केहि कलम त् चलावौ ,उत्कृस्ट रचना गर्ने कोसिस त् गरौ ,उल्था गरौ,गित गाउ ,तेही भासामनै रुने कोसिस गरौ ,हासौ |
कालान्तर मा त्यो सबै नेपालीको धन हो ,चाहेको बेला जसले पनि लिन र युज गर्न सक्छ |
तामांग सेलो (जयनान्दन लामा ) धेरै नेपालि ले न बुझे पनि गुनगुनाउ छ ,राजमती कुमति न बुझ्ने ले पनि सुनेर मजा लिन्छ ,भोजपुरी गित ”खेत गइ बाबा बजार गइ मा ,अकेली हुँ घरमे आजा बालमा”जसले पनि सुनेर भरपुर मजा लिन सक्छ |
आर्को भोजपुरी ”सैया साथ् मधैया मे मे ,बडा मजा आए रजैया मे ” क्या गजब छ |
पहिले पहिले फुलबारी कार्यक्रम मा दिलाई खुस हुने गरि देश को गीत सुनिन्थे |
अब कुरो सबैको राम्रो छ . स्याल झुक्याउने कुरा गर्नु हुदैन . सत्य कुरा गर्ने हो भने के पढ्ने र कुन भाषा उचित अनुचित को कुरो छाडेर वास्तविक जनताले के चाहन्छन र के पढ़ौनामा बढी खर्च गर्दैछा यो प्रष्ट छ . त्यसकारण बुझ पचाएर कुरा न गरौ सिधै नेपालीलाई एन्ग्लिश चाहिएको छ र सबैले एन्ग्लिश पढ़ौनको लागि यथासक्दो खर्च गरेका छन् . यो कुरो प्रष्ट छ . एउटा नेपाली बिषय पढाउने टिचरले आफ्नो बच्चालाई एन्ग्लिश स्कुलमा पढ़ौछां अनि भान्छा मात्र एन्ग्लिष्म बोल्नु भनेर तर अफुचाही नेपाली बिषयको टिचर, त्यस्तै कुनै पनि अहिलेका नेताहरुको नानीहरु कता पढ्छन कता छन् भनेर , यो सबै नेपाली नेता दाखि लिएर कसैको कुरो सत्य छैन. त्यसैले कसैलाई नसोधी एन्ग्लिश पढाए पढे त्यहि कम लाग्छा अब यिनका कुरा सुनेर न बसउ.सरकारले जनतालाई दुख दिन्छन जनता सबै आफ्नो नानीलाई एन्ग्लिश पढ़ौना चाहन्छन तर sakar भने संस्कृत उल्था गर्दै नेपाली भन्दै गाउका स्कुलमा कोच्छां. नत्र भने किन शिक्क्षामा किन उल्टो खर्च सिधै एन्ग्लिश कोम्पुलसरी अनि नेपाली राखे सबैको नानीलै एन्ग्लिश पढाउने खर्चको कस्ट गर्नु पर्ने थिएन. अनि देशमा तेरो मेरो भाषा नभनेर एन्ग्लिश भाषा राखे यो देशमा कोहि पनि बझ्दैना.
प्राथमिक, माध्यमिक वा उच्च-माध्यमिक तहको शिक्षा नै संसारका ५-१० हजार मान्छेले मात्रै बुझ्ने भाषामा पढ्नेले, अहिलेको युगमा गरेर खान सक्दैन…चेतना भया !
जीवनमा पहिला गास बास र कपासको बदोबस्त गर…..! त्यो भएपछी बल्ल भाषा, संस्कृतिको आदिको जगेर्ना गर्ने फुर्सद हुन्छ !
भाषाको यस्तो विकेन्द्रित स्वरूपको कल्पनानै राष्ट्रको पतनको सुरूवात हो । विगतमा राजसंस्थालाई एकताको प्रतिक मानिएको र त्यो असान्दर्भिक भएर फालिएको अवस्थामा अवको राष्ट्रिय एकताको प्रतिक भनेको नेपाली भाषा नै हुनसक्छ । यसको लागि केवल आवश्यकता छ त नेपाली भाषालाई व्याकरणगत रूपमा अझ केही सरल बनाएर सर्वसाधरणको यसप्रतिको पहुंच अझ बढाउनु । एक देशको परिकल्पना गर्ने हामीहरूले एक नेपाली र अर्को नेपाली विचको संवाद गर्ने एक भाषाको आवश्यकतालाई पनि त स्विकार्नु पर्छ । हामी आफ्नै जाति भित्र मात्रै संवाद गर्ने कि अन्तरजातिय संवाद गरेर राष्ट्रिय एकतालाई अझ मजवुत गर्ने । हामी एकै राष्ट्रमा बस्ने तर संवाद विहिन भएर किन बस्ने ॽ
हामी नेपालीले आफ्नो अंग्रेजी भाषा कमजोर भएकोले हामीले आफैले आफैलाई अन्तरराष्ट्रिय स्तरमा प्रस्तुत गर्न नसकेको अवस्थामा एउटा गुरूङले गुरूङ भाषामा शिक्षा लिएर त उ काठमाण्डौ सम्म पनि आइपुग्न सक्दैन । अवको आवश्यकता भनेको अंग्रेजी भाषाको महत्व र त्यसको भाषिक वैभवतालाई स्विकारेर त्यसप्रति राष्ट्रको दखल बढाउंदै लाने र नेपाली भाषालाई राष्ट्रिय संवादको भाषाको रूपमा अझ बिकसित गर्दै जाने नै हुनु पर्छ । फ्रेन्च जस्तो कुनै समयको साहित्यिक भाषा त अव सन्दर्भहिन हुंदै गएको अवस्थामा एउटा सानो देशको एउटा स्थानिय भाषालाई यति महत्व दिनु आवश्यक छैन । हामिलाई हाम्रो भाषाप्रति भावनात्मक लगाव छ तर पनि यो त स्विकार गर्नै पर्छ कि, हाम्रा स्थानिय भाषाहरू अन्तरराष्ट्रिय स्तरमा नै पुग्ने गरि विकसित भै सकेका छैनन् । ति भाषालाई विकसित र परिमार्जित गर्नुको सट्टा अंग्रेजी भाषालाई नै अपनाउनु राम्रो हुने छ ।
म मगर को छोरो मेरो घर क्षेत्री हरु धेरै भएको ठाउमा छ \ जब म जन्मे बाउ,आमाले मगर भाषामा होइन खस नेपाली भाषामा नै बोल्न सिकाउनु भयो \ मेरो गाउमा म जन्मेको बेला दुइ घर थिए \मेरो बुबा को र बुबाको दाजु को \ उहा हरुलाई पनि मगर भाषा आउदैन थियो \ सामाजिक कार्य आफ्नो जात अनुसार नै हुने गरीए पनि भाषा र पठन पाठन नेपाली भाषामै भयो \ मलाइ आफ्नो जात को भाषा बोल्न आउदैन तर मेरो जात र सामाजिक कार्य म जहा गए पनि संगै आइरहेको छ \ भाषा फेरिदै छ तर जात ,धर्म ,सस्कार फेरिएको छैन र सायद फेरिदैन पनि \
त्यसैले आफ्नो जिबन कस्तो ठाउ ,परिस्थिति बीच बस्छ ,बाच्छ \त्यसमा फरक पर्छ आफ्नो भाषा बोल्न ,लेख्न जान्नु राम्रो हो तर बाच्न कत्तिको सजिलो र सहयोगी बन्छ ,मुख्य कुरा यो हो \ आदर्श र आवेग का कुराले फाइदा भन्दा क्षति बढी हुन् सक्छ \ सोचौ ब्यबहारिक र उपयोगी के हुन्छ ? संरक्षण ,सम्मान ,अधिकार,बिकाश सबै जात ,भाषा ,धर्म ,क्षेत्र को हुनु पर्छ तर देश र विदेश ,नेपाली र बिदेशी बीच को भाइचारा ,सम्पर्क को लागि एउटा भाषा त आबस्यक पर्छ \ आफ्नो मात्र जात ,धर्म ,क्षेत्र ,बिचार भनिदा सत्रुता ,द्वोंद ,काटमार हुन्छ ,भैरहेका छन् \यसबाट हामि सबै जाति ,भाषा ,धर्म ,क्षेत्र ,बिचार का मानिस बिबेकी र उदार बनौ \यस मै सबैको भलो हुन्छ कि !
मेरो बिचारमा नेपाली र अंग्रेजी भाषा मात्र स्कुलमा पढाउनु पर्छ | अरु जातिय भाषाहरु पनि हुनु राम्रो हो र जोगाउनु पर्छ | जसले हाम्रो देशमा बहु जाति र भाषाको बर्णन गर्छ | तर तेस्को निम्ति सम्बन्धित जातिय भित्रै आफ्नो भाषा सिकाउने जमर्को हुनु पर्छ | एदी कसैले अरुको भाषा सिक्न खोज्छन भने त्यो उनको आफ्नै इच्छा हो र अरु भाषा सिकेर केहि बेफाइदा हुदैन |
मातृभाषा प्रेमी हुदा ‘मलाई रुघा खोकी लागेको छ’ भन्न अंग्रेजीमा नजानेर कत्ति हैरान भयो. अंग्रेजीभाषा राम्रो संग जानेको भए मेरो जागिर, पेशा, अनि पैसा अहिले अर्कै हुने थियो. अब फेरी यी ‘मातृभाषा प्रेमीले’ आफ्ना छोरा छोरीको हालत मेरै जस्तो पर्दिने भए. मातृभाषा आउछ? भन्दा पिएचडी गर्या छु, अनि अंग्रेजी /नेपाली नि? छैन, म त मा तेस्को बिरोधि, पढेको छैन,पढ्नु नि नपरोस भन्नु, अनि धेरै राम्रो हुन्छा, ग्लोबलाइजेसन को यो जमानामा यो नै सबै भन्दा राम्रो आन्दोलन हो, नेपाली अंग्रेजी भाषलाई खुचिउ, खुचिउ!!! .
भाषाको सिर्जना अनि बिलय पनि समय संगै हुन्छ . कयेऔ भाषाहरु बिलिन भएर गए, कति हुने क्रम मा छन् . चार्ल्स डार्विन को ” survival of the fittest” को सिदान्त भाषामा पनि लागु हुन्छ. हाम्रो जिन्दगी धेरै नै छोटो छ ( भाषा को आयु को तुलनामा). तेसैले आफुलाई कामलाग्ने अनि जिन्दगीमा उपलब्दी गराउने भाषा सिकौ . भाषाको सम्ब्रिधि अनि प्रबर्धन भनेर लोप हुन लागेको भाषाको लागि आफ्नो जिन्दगि नफालौ
यसै पनि निकै धेरै भाषा सामाजको लागि राम्रो होइन . एसले ” heterogeneous society” पैदा गर्छ, समाजमा गुट उपगुट सिर्जना हुन्छ अनि कलह पनि .
बिश्वोको ठुला अनि सम्बृद देश, सान्त सामाज भएको देश हेरौ, तेहा एउटा अथवा दुइटा मुख्य भाषा हुन्छ .
भावनाको कुरा नगरौ, बास्तबिकता अनि ब्यबाहरिकता को कुरा गरौ, एती सानो अनि एती गरिब देश नेपालमा धेरै भाषा हुनु राम्रो होइन . हामीले बहुसंखेक नेपालीले बोल्ने “नेपाली” भाषालाई त अन्तरास्ट्रीय मन्चमा स्थापित गर्न सकेका छैनौ, थोरै नेपाली ले बोल्ने भाषालाइ बचाउनुतिर लाग्नु भनेको ” हलो काटी मुन्ग्रो” भनेजस्तै हो .
भाषाका कुरामा साथीहरुले गलत बाख्या गरे जस्तो लाग्छ| अधिकारिक, सरकारी र विभिन्न जातजाती बिचको सम्पर्क भाषा त नेपाली नै हुनुपर्छ| त्यसको बिकल्प अहिलेको अवस्थामा कुनै भाषाले पनि लिन सक्दैन| जातीय संस्कृतिको जगेर्ना गर्ने हेतुले नै जातीय भाषाहरुको उत्थानबारे कुरा उठेको हो| नेवारको बाक्लो बस्ती भएको ठाउँमा नेवारी भाषा सिक्न चाहना राख्नेहरुलाई नेवारी सिकाउँदा नेपाली भाषा खुम्चिन्दैन| आफ्नो बिरादरिभित्र त तिनले नेवारी बोल्ने हो, अन्य भाषीहरु संग त नेपालीमा बोल्ने पर्यो| काठमाडौ नेवा राज्य भयो भने सरकारी कामकाजी भाषा नेवारी हुन्छ भनेर बित्थाको हौवा खडा गरेर मानिसलाई दिगभ्रमित पार्नेको कमी छैन! नेवा राज्यमा पनि सम्पर्क भाषा नेपाली नै हुन्छ| आफ्नो संस्कृति उत्थान गर्न नेवारहरुले नेवारीमा कविता लेखोस, नाटक मन्चन गरोस, चलचित्र बनाएर ल्याओस, पत्रिका निकालोस र नेवारीमै टिभीमा छलफल चलाओस| तर राहदानीको फारम भर्दा नेवारीमा नलेखोस| जतिसुकै सिद्वान्त झाडेपनी ब्यवाहारिकतालाई अंगालें न भने समाजमा भाँडभैलो हुनजान्छ| नेपाली भाषाको उपयोगिता र सान्दार्भिकता रहुन्जेल यस भाषालाई नकार्न सकिन्न| नेपाली भाषा नेपालमै बोलिने एउटा स्थापित भाषा हो| निकट भविष्यमा यसको बिकल्पमा अरु कुनै भाषाहरु आउन सक्दैन र यो धरातलीय यथार्थ हो |
Absolutely right ! I hope mysansar’s readers will read this comment and understand the importance of Nepali and other language of Nepal.
…Hats off Sasank ji……
कुन कुरालाई कसरि हेर्ने मान्छेको आ आफ्नै तरिका हुन्छ, म आज नेपाल मा जातियेताको कुरा र जाति-जनजाति को विवाद हेर्छु अनि सिक्किम, दार्जीलिंग अनि नेपाली स्रस्टा हरुलाई हेर्छु / मेरो मन तेतिखेर खुसि हुन्छ जतिखेर दार्जीलिंग र सिक्किम क नेपाली भासी हरु लै जाति-जनजाति को प्रभा छैन तर नेपाली भाषा साझा बह्स्सा बनेको छ र तेसैमा सबैले आफ्नो पहिचान राखेका छन्/ अर्को तिर नेपालमा नेपाली भाषा नै सौताको छोरो बनेको छ, किन येसरी मानिस हरु भाषा माथि जैलागेका हुन् बुझ्न गारोछैना. अर्कोतिर नेपाली भाषा साहित्यमा लिम्बू, राइ हरु को निकै ठुलो योगदान र भूमिका छ. मलाई लाग्छ नेपाली भाषा प्रति कसैको आपत्ति छैन तर राजनीति गर्ने हरु एकैछिन सबिलाई उल्लु बनाउन एस्तो खेल खेलेका हून. हामि नेपाली भास्समा आध्याँ गरेकोले अंग्रेजी माध्यम मा आध्याँ गर्ने संग संघर्स गर्न गारो भएको महसुस पनि गर्छु अनि फेरी स सानो मत्रिभास्सको आ आफ्नै पाठ्यक्रम भए भबिस्य त तिनकै आंध्कर्हुंचा. कसले बुझाउने यो कुरा. “सबै भाषाको बैज्ञानिक स्मरचन गरेर जानुपर्छ”
वाइयात हाम्रो गाँउमा ७ वटा मातृ भाषा बोल्ने मनिसहरु बस्छन एउटै वडामा ३ भाषा बोल्ने मान्छे बस्छन।हाम्रो गाबिस मा हरेक वडामा १ १ वटा प्राबि स्कुल र गाबिस भरिमा एउटा माबी स्कुल छ। कुनै कुनै वडा मा एउटा वडा बाट अर्को वडामा जान १ घन्टा लाग्छ। अब यो हाम्रो गाबिसमा कसरि मातृ भाषामा पढाउन सकिन्छ भन्न सक्नुहुनछ? नेपालमा १०२ भाषा छ के अब एक सरकारि कर्माचारि ले १०२ भाषानै सिक्ने? नेपालमा जतिय राज्य पनि सम्भब छैन र मातृ भाषामा पढाइ पनि!
सबसे राम्रो त english compulsary अनि अरु language चाही optional गर्नु पर्चा! optional language चाही लिए पनि नलिए पनि हुनेगर्नु पर्चा !
अजय जी,
सबै भन्दा पहिले “सबसे” को ठाउँमा “सबैभन्दा” भन्न सिक्नुस ! हाम्रो नेपाली वाक्यमा हिन्दि वा कुनै पनि भाषालाई ठाउँ नदिनुस् !
अनि त्यसपछि, बास्तबिकता र यथार्थ लाई चिन्न सिक्नुस ! नेपालमा अंग्रेजी भाषालाई अनिवार्य बनाएर अरु भासा लाई ऐछिक बनाउने कुरा कति यथार्थपरक छ? आफैं मुल्यांकन गर्नुस !
ऐले को युग मा नेपाली र आफ्नो मातृभाषा दुवै सिक्न थालेपछि अंग्रेजी दिमाग मा कैले घुसाउने? हुन पनि तेस्तो जाबो अंग्रेजी सिकेर क नै हुन्छ र? त्यसपछि आनन्द ले आफ्नै गाउँ मा मात्रै बसिराख झिंगा मार्दै!
यो भाषा र उ भाषा मा पढाउनु भन्दा, आफुलाई जुन भाषा मा मनपर्छ तेही भाषा मा पढ्न पाउनु पर्छ, भाषा लाद्न पाइदैन
मेरो सुझाब भनेको चै बिश्वो बजारमा अनि नेपालमा कुन कुन भाषा सिक्दा प्रतिस्पर्धी होइन्छ सिक्नुस सिकाउनुस. / आबेगमै कुददा हुने भए फ्रेन्च, जापानिज, जेर्मन, चाइनिज वा नेपालीहरुले अंग्रेजी किन सिक्ने झ्याउलो गर्नुपर्थ्यो? कुरा बुझ्नुस, निर्णय गर्नुस. होइन भने मातृभाषामा पिएचडी गर्नुस, तपाइँ स्वोतन्त्र हुनु हुन्छ,/ नेपाली/अंग्रेजी वा अरु कुनै भाषा लाइ कसैले माया दया गर्नु पर्दैन.
भाषामा होइन हरेक नेपाली को निम्ति आफ्नै देश मा गास, बास र कपाश को लागि लडौ, सानो कुरा मा अल्झेर समय खेर नफालौ…..ठुला कुरा को निम्ति एक हौ जसले बोल्ने मुख को होइन बोलाउने शरीर को भलाई हुन्छ ……
जसलाई जति बान्ता गर्न मनलाग्छ गरे हुन्छ, सिद्दान्त जसले जति फलाके नि भैगो. यिनै सिद्दन्ताकारहरुले आफ्ना छोरा छोरीलाइ चै प्रतिस्पर्धी भाषा नै सिकाउछन/देश विदेश पठाउ छन् . अनि अरुलाई चै मातृभाषामा पढाई हुनु पर्छ भनेर राँके जुलुस गर्न अनि टाएर बाल्न लगाउने हुन्. उदाहरण को लागि टाढा जानु पर्दैन हाम्रै नेताहरु लाइ हेरे पुग्छ. त्रिभुवन बिश्वो बिद्यालय मा आन्दोलन को आगो सल्काउन लगाएर आफ्ना छोरा छोरी लाइ विदेश पढ्न पठाउने ‘मातृभाषा प्रेमी’ हरुको भिड नि यिनै आखाले देखेकै हो. . मेरो सुझाब भनेको चै बिश्वो बजारमा अनि नेपालमा कुन कुन भाषा सिक्दा प्रतिस्पर्धी होइन्छ सिक्नुस सिकाउनुस. नेपालीहरुले फ्रेन्च, जर्मन, जापानिज, कोरिएन भाषा सिकेको त्यो भाषा संस्कृति सम्बर्धनको लागि होकी आफ्नो जिबनयापन सहज बनाउन हो? आबेगमै कुददा हुने भए फ्रेन्च, जापानिज, जेर्मन, चाइनिज वा नेपालीहरुले अंग्रेजी किन सिक्ने झ्याउलो गर्नुपर्थ्यो? कुरा बुझ्नुस, निर्णय गर्नुस. होइन भने मातृभाषामा पिएचडी गर्नुस, तपाइँ स्वोतन्त्र हुनु हुन्छ, तपाइँको त्यो स्वतन्त्रताको मैले जहिले नि सम्मान गर्छु. नेपाली/अंग्रेजी वा अरु कुनै भाषा लाइ कसैले माया दया गर्नु पर्दैन.
इत्रुको हाम्रो देशमा के के के के ऐठन कुरा निकालेका हुन् अचेल मान्छेले l हो अवस्य यो राम्रो कुरा हो, भए राम्रै हो l तर देशका निमित्त निकै महत्त्वपूर्ण बिषयहरु थाति छन् , किन नबुझेका हुन् मान्छेले l If we are happy and do learn to read and write English fluently, what’s wrong to having to read Nepali. Afterall boarding school मा ७ वटा बिषय english अनि एउटा बिषय नेपाली पढाई हुँदा कसैको टाउको नदुख्ने साला नेपाली लाईनै किन खेदो खनेका हुन् कुन्नि ?
हो however कसैलाई गिजाउने काम भने अवस्य सबै क्षेत्रबाट निरुत्सायित हुनुपर्छ l
मित्र हो सकारात्मक सोचको बिकास गरौँ अनि देशका प्रमुख कुरालाई पहिले हेरौं व्यक्ति समाज अनि देश सबैको भलो हुन्छ l बकमफुसे कुराको पछाडी समय नखर्चुं………..
जब एउटी देस मा येत्रो भाषा र संस्कृति हुन्छा तेस्तो अवस्था मा सबै कम हरु नेपाली र अंग्रेजी मा गर्नु पर्छा. सबै लै चित्त बुझाउनु असम्भव हो. आफ्नो भाषा र संस्कृति आफ्नो घर परिवार संग आफन्त संग साथी भै संग प्रयोग गरौ न. अनि बिद्यालय मा चै बरु चैनिज़, इन्डियन, जर्मन जस्ता अंतरास्तिया भाषा सिकौ न. येसो garda bhawisya मा aawasar हरु dherai hunchan. अनि आफ्नो भाषा sansikriti chad parwa मा manau अनि ramailo गरौ.
भर्खरै तोते बोलि फुटेको बच्चाले आफ्ना बाउ आमालाइ “पापा दे” भन्छ/ भासा भनेको नाजानुन्जेलको समस्या हो/ बच्चाको त्यो समस्या हटाउन सांकेतिक भाषामा सिक्न पाउने अधिकार छ भन्ने हो भने बच्चा सधैको लागि लाटो हुन्छ
साथि/
शेर्पाजीले एकदम सहि कुरो राख्नु भयो /त्यसमा यौटा कुरो थप्न चाहन्छु –
अबको नेपाललाई विश्व सामु चिनाउन त्रि-भासीय नीति लगाउनु उचित हुनेछ /
१.सबै जातिहरुले आ-आफ्नै मातृ- भाषामा विद्यालयमा पढ्न पाउनु पर्छ /
२.अन्तर्राष्ट्रिय भाषा मध्य कुनै एक रोजेर तालिम लिन पाउनु पर्छ /
३. नेपाल भित्रका कुनै पनि आदिवासी वा जनजातिको एउटा भाषा सिक्ने पर्ने गर्नु पर्छ /
भारत मा शिख (पन्जाबी)को नेपाल मा लिम्बु जाति कै किन मज्जाक गरिन्छ थाहा हुने साथीहरुले यहाँ लेखे हुने थियो
लिम्बुको त्यति धेरै मज्जाक कहाँ गर्छ र ! सबै भन्दा बढी त बाहुन को पो गर्छ त| तर त्यो ठाउँ बिशेष अनुसार हुन्छ होला |
सम्भव छ जस्तो लाग्दैन, मुल कारण त बेरोजगारीको कारणले अन्तरास्ट्रीय भाषाहरु हामी नेपालीले बाच्न र जीउनको लागी मात्र भए पनी सिक्न परेको छ- हाम्रा देशको अवस्था र नेताहरुको हालत तेही हो- पहिला नेपाली पठन पाठनमा – क- बाट – कछुवा > ख- खरायो – < खरायोको सींग छैन- आज कता हरायो- येही तरीकाले तल देखी माथी सम्म सजीलै अकछेर, शब्द, अर्थ बुझ्दथे- खरायोको सींग हुन्न रहेछ भन्ने बुझ्थे- एक सुका, एक मोहर, चाराना, आठाना, बह्राना, एक कोरी , एक बीसा – सीकथे, बुझ्थे- अहीले नेपालीमा ५५ पचपन्न भनेको नबुझ्ने हाम्रा नानीहरु छन् – अंग्रेजीमा फीफ्टीफाइप भन्नु पर्छ बुझाउनुको लागी- यी सबै कसका कमजोडी हो- त्येसैले सबै भन्दा पहिले घर भीत्रको ज्ञान र एजुकेसन जडुरी छ- नत्र सम्भव छैन-
सेवारो है, लाखे है यो लिम्बु अनि सक्रान्ति गा बि स भन्दा एउटा कथाको याद आयो/ कुरो के भने यो माथि डांडाको टुप्पो मा भएको सक्रान्ति बजार भन्ने ठाउँ चाही ठिकै हो तर सक्रान्ति बजार गा बि स भन्दा चै अलिक नमिलेको जस्तो लागो किनकि तेह्रथुम जिल्लामा यो नामको गा बि स छैन जस्तो लाग्छ/ लेखकले भनेको ठाउँ त मुलपानी गाबिस पो हो जस्तो लाग्छ/ लाखे है फेरी प्वाक्क कमेन्ट हालो भन्नु होला, मुनले मानेन अनि म कासो पो गरम?
तर जे होस् समाबेसी बनाउने उपाय चाही अघि फोक्लैंड टापुको भन्दा निकै राम्रो छ / यो बिषय मा बहस चलाएर सकारात्मक निर्णय लिन पछी पर्नु हुन्न भन्छुङ्ग हामी त/ सेवारो है फेरी, रिसानी भए माफ/
नेपाली भाषालाई “राष्ट्रिय भाषा” नभनेर “औपचारिक भाषा” वा ” सम्पर्क भाषा” मात्रै भन्ने हो कि ! किनकि बहुराष्ट्रिय भाषा भएको मुलुकमा एउटा मात्र भाषा “राष्ट्रिय भाषा” हुनु सिधान्तत गलत हो| भाषाहरु मानबिय आविष्कार हुन्| आविष्कारको संरक्षण हुनु नैसर्गिक छ|
तर…….केहि “सांस्कृतिक उत्थानबाद” का अगुवाहरुको गलत दृष्टिकोण(जस्तै नेपालमा कुन राजवंशको समयमा कुन भाषा थियो तसर्थ अब तिनै भाषा पुन राज्यको भाषा हुनु पर्छ भन्ने) र त्यस्तै केहि “भाषिक राष्ट्रबाद” का नेताहरुको भ्रमात्मक प्रचारबाजी ( जस्तै देशका अन्य भाषाहरुको उत्थानको माग भनेको भोलि नेपाली भाषालाई प्रतिस्थापन गर्ने दाउ हो आदि ), प्रति समयमा नै हामी सबै सचेत हुनु पर्ला जस्तो लाग्यो| फेरी पनि के बेर र कुलमणि देवकोटा र ज्ञानुवाकर पौडेल जस्ता “भाषिक कुलंघार” हरु आएर फेरी राज्यको अन्य राष्ट्रिय भाषाहरुको हुर्मत नलेलान भन्ने ! यी दुईको नामहरु यिनै हुन् जस्तो लाग्छ | बन्धुहरुलाई ज्ञात भए सच्चाई दिनु होला | यिनले भनेका थिए कि “नेपाली बाहेक देशका अरु भाषाहरु “जाली भाषा” हुन्| यी भाषाहरुलाई मासे पछी मात्रै नेपाली भाषाको उत्थान हुन्छ”|
aakar भूषण जी ,
उपयोगी सूचना दिनु भएकोमा धन्यवाद !
यहाँले उल्लेख गर्नु भएको दुवै कुपुत्रहरुको नाम अब धेरै जनाले थाहा पाउँदै होला.
आफ्नो कुलमा निजी स्वार्थवश आगो लगाउने भएकोले कुल+अंगार=कुलांगार, ठिक हो /
अरु भाषा संग स्पर्धा गर्ने हिम्मत नभएर नै यी दुबैले यस्तो आगो ओकलेको हुनु पर्छ .
त्यसैको नतिजा,अब त सबै नेपालवासी जातिहरुले ” नेपालमा बोलिने सबै भाषा’ नेपाली’ नै कहलाउनु पर्छ , विगतमा ‘नेपाली’ पगरी लगाएको बोलीको नाम त खासमा ‘खस भाषा’ पो रहेछ ” भनेर घाम जस्तै छर्लंग बुझ्ने मौका पाएका छन /
सबैले हरेक कुरामा मार खेप्नु परेको छ भनेर सबै क्षेत्रमा परिबर्तन गर्ने हो भने, अब बिद्द्यार्थीका समस्या बुझ्न प्रश्नपत्रसंगै उत्तरपत्र पनि दिनु पर्यो. ऋणहुनेको ऋण छुट गर्नु पर्यो, मार्न मन लाग्नेले मार्न पाउन पर्यो, चोर्न मन हुनेले चोर्न पाउनु पर्यो. जसलाई जे मन लाग्यो त्यहि गर्न पाउनु पर्यो !!!!!
मलाई नेपाली बोल्न आऊदैन, हिन्दि बोल्न आउछ, त्यहि नै बोल्न पाउनु पर्यो. नेपाली बोल्न नै किन सिकेर कस्ट गर्ने?? पढ्नु नै किन पर्यो र?? जे जन्मदा लिएर आएको छ त्यहि नै काफी छ !!!!!
मेरो जन्म भएको गाउमा मलाई त्यहि नै संसार जस्तो लागेको थियो, मलाई देशको नाम पनि नेपाल मन परेन, साएद मलाई जे मन पर्छ त्यहि राख्न पनि पाउछु कि?
मुर्ख हरुको जमात ले यस्तै यस्तै कुराहरु गरि गरि नेपाल लाइ ध्वस्त पारिसके.
नेपाली बोल्न नजाने सिक्नु पर्छ. जन्मदै कसैले केहि कुनै भाषा सिकेर जन्मेको हुदैन. अरु भाषा बोल्न नहुने भन्नु होईन, तर देश यौटा भयपछी भाषा पनि यौटा हुनु पर्छ.
अनि मात्रै देश मज्भुत हुन्छ. सबै मिलेर “यौटा” बन्यो भने मात्रै देश अगाडी बढ्छ. नत्र तेरो भाषा र मेरो भाषा भन्दै जातियेता र जतियेताको संघियेता मा गयो भने, अहिल्यै त् होईन, केहि बर्समा नेपाल भन्ने देश पनि थियो रे भन्ने समाचार पढ्न पाइने छ!!!
दिपक अधिकारी
जर्मनी
यसरी सोच्नुस् ।
ल अब राष्ट्रिय भाषा तामाङ भाषा भयो रे । नेपाली बाहेक बोल्न नजान्ने बहुसंख्यक नेपालीले अब आफ्नो नर्सरी, केजी पढ्ने बच्चालाई तामाङ भाषा पढाउनु पर्ने भो, किनभने सबै स्कुलमा त तामाङ भाषामै पढाई हुन्छ ।
सुन्दा कति अफ्ठेरो लाग्छ, कनिकी घरमा सबै नेपाली मात्र बोल्न आउने मान्छे छन्, सबै नेपालीमै बोल्छन्, अब तामाङ् भाषा बच्चालाई कसरी सिकाउने ?
अब यही कुरा अहिलेको अवश्थामा सोच्नुस् त । सबैतिर नेपालीमै पढाई हुन्छ, तामाङ् भाषा मात्र बोल्न सक्ने घर परिवारका मानिसले बच्चालाई कसरी पढाउने ।
अल्ली उमेर भएपछि त जुन भाषा पनि सिक्न, बोल्न बुझ्न सक्छ, त्यसैले कम्तीमा विद्यालय स्तरको पढाई चाहिँ मातृभाषामा नै गराउनु उपयुक्त हुन्छ ।
तपाई मलाई भन्नुस त् बिस्वको कुन देश छ, जहाँ ५०-१०० भिन्न-भिन्न भाषामा पढाई हुन्छ ? तपाई युरोप कै कुरा गर्नु हुन्छ भनेपनि जर्मन मा विभिन्न राज्यहरुमा भिन्न भिन्न भाषा हरु बोलिन्छ, तरपनि यहाँ जुनसुकै स्कुल मा गयपनी जर्मनीमा मात्रै पढ्न पाईन्छ अनि जर्मन भाषामा मात्रै काम हुन्छ !!
तपाई नै सोच्नुस त, तपाइको बच्चाले उदाहरण को लागि संस्कृत वा गुरुङ भाषामा पढ्यो रे अनि तपाइको छिमेकि को बच्चाले नेपाली वा अंग्रेजी मा पढ्यो रे!! कसको जिबन सरल र सजिलो हुन्छ अनि कसको लागि भविष्यमा गार्हो हुन्छ??
भाषा र संस्कृति को संरक्षण गर्नु पर्छ, तर त्यसको अर्थ यो होईन कि, सबै भाषालाई राष्ट्रिय र पढाईको भाषा बनाईयोस !!
कल्पनाको जिन्दगि र वास्तविक जिन्दगीमा फरक छ साथी हो !!
दिपक अधिकारी
जर्मनी
राजेन्द्र जी, America मा Chinese , Hispanic, फ्रेन्च, इटालियन ,भाषा हरेक पुब्लिक स्चूल मा पढ़ौचा , bane Nepal मा लोक मात्री भाषा पनि शिकना न पौने ?
यो त आती नै बेकार कमेन्ट लग्यो है मलाई चै…..औता देश मा ययूतई भाषा हुनु पर्चा रे…एस्तो नि हुन्छ र…. ल म नेवार को छोरा हो….म चाहन्छु कि नेपाल को साब ले नेवारी भाषा नै पढाई गर्नु पर्चा…..के यो सम्भब छ…..साब ले आफ्नो आफ्नो मात्री भाषा म पढाई गर्न पाउनु पर्चा……कुरा यो हैन कि साब लाइ आफ्नै मात्री भाषा मा पदने बातावरण हरेक ठाउँ मा दिन सकिन्छ तर ठाउँ हेरेर तेस्तो बेवास्था गर्न सकिन्छ…….
लेखक महोदय ,
मेरो विचार मा यसो गर्नु शिक्षा क्षेत्र मा पनि राजनीति प्रवेश गराउनु हो / जुन भविष्य को लागि ठिक हुदैन /
यसको समाधान स्थाई रुपमा यसरि गर्न सकिन्छ :-
रास्ट्रिय भाषा नेपालीमा नै सबै स्कुलहरु मा पढाई हुनु पर्ने र दुनिया संगै हिड्नको लागि अंग्रेजी मा पनि जोर दिदै जानु पर्छ / तर बिभिन्न वर्ग र समुदाईका भाषा र संस्कृतिहरु हाम्रा देशका सम्पति छन् / त्यस लाई सधैको लागि कायम राखन स्कुल लेभेल मा नेपालमा जति भाषा हरु छन् सबैमा एउटा नया बिषय जुन हाम्रा राष्ट्र को बारेमा, राष्ट्रियता को बारेमा , संरचना हरुको बारेमा , महा पुरुष हरुको बारेमा , धर्म र संस्कृति हरुको बारेमा समाबेश भएको हुन्छ / जसले गर्दा बच्चा देखि नै आफनो राष्ट्रको बारेमा जानकारी हुनुको साथै प्रत्येक धर्म र संस्कृति को बारेमा सहि जानकारी र सकरात्मक सोच हुन्छ / साथै त्यो बिषय को भाषा आफ्नो रोजाई अनुसार भएकोले आफ्नै मातृभाषामा त्यो विषय खुशी खुशी पढन पाउछ /
CK Sah
गोनरपुरा , महोत्तरी , नेपाल
(साइप्रस मा अहिले )
कुरो राम्रो हो भाषा लोप भयो भने त्यो मात्र होईन सस्कृति पहिचान जिबन शैली परम्परागत ज्ञना सबै लोप भएर जान्छ यो कुरा स्वय सिद्द भै सकेको कुरो हो / अंग्रेजी हामि जति नै जाने पनि हामि ज्ञता हुन्छु तर सेक्सपियर हुन सक्दैनौ / यसर्थ अंग्रेजी सिक्दै आफ्नो भाषा पनि संरक्षण सम्बर्धन र बिकाश गर्नु पर्दछ / फेरी तथ्यकले के देखाएको छ भने बहुभाषी बोल्न सक्नेहरु एक भाषी भन्दा हरेक कुरामा राम्रो दखल हुन्छन / जहासम्म विकेन्द्रीकरण को कुरो छ नेपालमा यो शासन लागेको कैयौ भयो तर लाछारपाटो लागेन यसर्थ अब संघिय राज्य प्रणालीमा यो कुराको सम्बोधन राम्ररी हुन् सक्दछ .
loosing own identity making others rich भन्ने हिसाबले पनि जानु हुन् /
Globalization को जमाना पनि केही सय मान्छेले बोल्ने मातृभाषामा स्कूले शिक्षा दिने हो भने बिद्यार्थीहरुको भबिष्य के होला? एउटा मातृभाषाको स्कूल र अर्को अंग्रेजी भाषाको स्कूल संगै खोलिदिने हो भने यी मातृभाषाको राजनीति गर्नेहरुले आफ्ना छोराछोरी कुन स्कूलमा भर्ना गराउलान? के अनुमान गर्न गाह्रो छ र? भावनामा बहकिएर होइन भोलिको पुस्तालाई global market मा प्रस्तिपर्धा गर्न सक्ने बनाउने हो भने त्यहि अनुसार सोचेर आज कदम चाल्नु पर्ला|
राज जी, globalization को जमाना मा त बहु भाषा जान्न जरुरि हुन्छ. हैन र ?
सायद मैले भन्न खोजेको कुरा बुझ्नु भएको भए तपाइले यो प्रश्न राख्नु हुने थिएन. फेरि हेर्नुस त मेरो कमेन्टमा बहु भाषा सिक्न नहुने कुरा कहीं लेखेको छ र?
बाबु नानीहरु हो, जुन भाषाले जीविकोउपार्जनमा पनि भूमिका खेल्छ उही राम्ररी भाषा पड्नु, अरु भनेको यस्तै हो.
“मैले बेलै देखि ENGLISH राम्ररी पढेको भए मेरो JOB नै अर्कै हुन्थो र मेरो जीवन पनि”.
प्रभु
यार क्या गजब को बात राख्यौ !
मलाई पनि यसो भन्न मन लाग्यो –
यदि म युरोप,अमेरिका वा बिलायात्मा जन्मेको भए मेरो लाइफ र वाइफ पनि गज्जबको हुने थियो ?
अहिले मान्छे ले अंग्रेजी पढ्न सदर मुकाम मा डेरा लिन्छन . कुरा जे गरे पनि प्रतिस्पर्धा को जमाना छ . अभिभाबक को तयार होला र आफ्नो मातृभाषा मा एस ल सी दिन ?
ठिक हो , प्रतिस्पर्धा बुझेर भाग लिने मुलुक सबैले मात्र ५० वर्षमै देशको कायापलट गरे/ तर नेपाललाई ‘हिन्दु राष्ट्र ‘ भनी खोलिएका महेन्द्र संस्कृत विश्वविद्यालय , तीनधारा संस्कृत पाकशाला , वाल्मीकि क्याम्पस आदिको कारणले केवल हाम्रै देश मात्र १५० वर्ष पछाडी धकेलिएको छ /
I think we have to change the system of LOK SEWA AAYOG’s exam policies…… there is a monopoly, of the Nepali language. Because of this most of boarding schools’ brilliant flew abroad and never returns back…. And utmost, non Nepalese spoken community, cannot compete for the officer post in the government sector. I am not criticizing the current officers, but I think lots have been changed on IT and construction sectors. Simple visual example, we can see the difference, government offices and private sectors in Nepal… Talent cannot be judged with language, it can be expressed in any language, English or Nepali or Limbu or german…. Small example, the mathematics, any part of the world can communicate each other with it…. If someone doesn’t know English or Nepali or german, that doesn’t mean that he is unqualified person….. In any part of the world, a doctor is a doctor, an engineer is an engineer, there is should not be a burden on his/her ability….
Sumanjee, I had liked to support your views, and add some points.
The public service commission (लो.से.आ.) is yet under the grip of ‘NEPALI’ bhasa-damnkaaris. So there is no chance to other native language speakers other than Khas bhasa speakers.
It is to be kept in mind , “All the languages spoken in Nepal should be called NEPALI in this era.That’s why the constitution of republic and federal Nepal deems each and every language of Nepal as ‘Rashtriy bhasa’.
The Khas bhasa is known as Parbate and Gorkhali bhasa , previously .
सुमनजी, लोक सेवा अायोगले तपाईंले नै पढ्नु भएको भाषामा परीक्षा लिने गरेको छ । नेपाली भाषा वाहेक तपाईं आफैंले यहाँ प्रयोग गर्नु भएको भाषामा समेत परीक्षा दिन पाउनु हुन्छ । आफू योग्यताक्रममा पर्न नसकेको कमजोरीलाई भाषाको वहाना बनाएर लोक सेवा अायोगको निष्पक्षतामा प्रश्न उठाउनु उिचत हुँदैन ।
Why we should not raise the questions? If you have a doubt, just go to any government office and observe just for a half hour. The working style, system and behaviors of the staff….. I am not saying all of them are like that, but most of them are useless…. If you are picking the useless by taking useless exams, then how we can expect the better management. The Ability and mentality of the organization and their staffs can be figured out by their lean management. If you have time, just go and watch, and I guarantee you, it is funny. But if you have a real work, it is a disaster, and you will find yourself as a main actor of the comedy drama…….
त्यसो भए त सबैले doctor र engineer अनि math मात्रै पढ्नु पर्यो.
पढाई को कुरा गर्ने हो भने…. फेरी ठुलो त्रुटी छ नेपाल मा….. सबैलै थाहा भएको कुरा हो…… टेक्निकल पढाई नभएको ले कति दुख छ…. नेपालीहरुलाई बुज्न जरुरिछा …. हाम्रो सिकक्ष्या पद्धती पनि परिबर्तन गर्न जरुरि छ….. हामि हरु कुवा बाट निक्लनु जरुरि छ….. नेपाल मात्र संसार होइन…..
नेपालको आदिबाशी जनजातिहरु सबैको आफ्नै भाषा लिपि र संस्कृति छन्/ ती सबै भाषा र लिपि अनि संस्कृतिहरु रास्ट्रको सम्पति नै हुनु पर्ने थियो तर बिगतको शासकहरुले ती भाषा लिपि र संस्कृतिहरुलाई रास्ट्रिय महत्वो दिंदैदियन/ ई कुराहरुको जति आलोचना गरे पनि कमै हुन्छ/
अब यस्तो नहोस भनि भन्दा भन्दै पनि हामि आफ्नै भाषा लिपि र संस्कृति भयाकाहरुले यो पनि बुझ्नु पर्छ कि हामि सबैको भाषाहरु सबैले जान्न सकिंदैन यस्तो अबस्थामा यउटा सबैले बुझ्ने भाषालाई रास्ट्रको भाषा बनाउनै पर्छ/ यो संदर्वमा हेर्दा यकातिर सरकारले अरु भाषा लिपि र संस्कृतिलाई महत्वो र मान्यता दिनु पर्छ भने हामि आफ्नै अलग्ग भाषा लिपि र संस्कृति भयाकाहरुले पनि सबैले बुझ्ने र बढी प्रचलनमा आयको देसको कुनै यउटा भाषालाई रास्ट्रको भाषा बनाउनै पर्छ तेस्को मान गर्ने पर्छ र सिक्नु पनि पर्छ/ अब यस्तो भाषा कुन छ भन्दा हाल नेपाली भाषा भनिने भाषा को अर्को बिकल्प छैन/ यो कुरा अरु भाषा भाषीहरुले मान्नु र बुझ्नु पर्छ/
त् यकातिर सरकारले नेपाली नजान्नेलाई नेपाली सिक्न पनि उनीहरुकै भाषामा नेपाली पनि लेख्न बोल्न सिक्ने ब्यबस्था मिलाउने पर्छ/ नेपाली जाँदै नजानेलाई नेपाली भाषामामै नेपाली सिकाउन खोज्नु “सिकाउन नखोज्नु” जस्तै हुन्छ/
बिना नेपाली भाषा राम्ररि नजानिकन राज्यको अबशर पाउन नसकिने ब्यबस्था गरियको बिगतको ब्यबस्थामा नेपाली जाँदै नजाने लाई नेपाली भाषा सिक्न समेत कठिन बनाउनुको अर्थ त् बिगतका शासक बर्गले नेपाली भाषा नै मात्रै भाषा नभयका हरुलाई अलपत्र पार्न खोजेकै ठहर हुन्छ/
नेपालमा आफ्नै मातृ भाषा भयाकाहरु धेरै जातिका छन् र उनीहरु सबैको संख्यालाई गन्ने हो भने उनीहरुको संख्या नेपाली भाषानै मात्रै भाषा भयाकाहरु भन्दा बढी नभय पनि कम त् पक्कै छैन/ त् आधा जनसंख्यालाई राज्यको अबशर बात बन्चित हुने बिगतको भाषा नीतिले आधा जनसंख्यालाई बेकार बनायको ठहर हुन्छ/ त् जव देसको आधा जनसंख्याले देसको सेवा गर्न बात बन्चित हुन्छ भने देसको बिकाश कसरि हुन्छ? मलाई लाग्छ हाम्रो देसको बिकाश नहुनुमा यहि प्रमुख कारण हो/
त् अब सरकारले पनि देसको अरु भाषालाई उत्थान हुने ब्यबस्था गर्नु पर्छ भने नेपाली भाषानै आफ्नो मातृ भाषा नभायाकाहरुले पनि बिगतमा यस्तो गरेको तेस्तो गरेको भनेर पूर्वाग्रही बिचार त्यागेर नेपाली भाषा लाई रास्ट्रको भाषा मान्न कन्जुसी गर्नु हुँदैन कि जस्तो लाग्छ/
यदि यति गर्न सकियन भने भोलि नेपाल जातीय संघियातामै गयो भने अरु जातिको राज्यमा नेपाली भाषीहरुले तेही अबस्था भोग्नु पर्ने छ जुन बिगतको ब्यबस्थामा अरु भाषा बोल्नेहरुले भोगेको थियो/ यसले समस्त राज्यहरुमा जातीय दुस्भावाना फैलिने छ जातीय दंगा हुनेछ/ य फलाना जातिको राज्यमा हाम्रो जातिको मान्छेलाई पेल्यो उनीहरुको भाषा नजानेको भनेर राज्यको अबशर बात बन्चित गर्यो भन्दै उनीहरुले पनि तेस्तै गर्ने छ/ यसले समस्त देसमा जातीय झैँ झगडा निम्त्याउनेछ/ यसकारण हामि नेपाली भाषानै मातृ भाषा भयका नभयका दुबैले धेरै धेरै सहिस्नुता पुर्वक भाषा र शिछ्या नीति बनाउनु पर्ने देखिन्छ/
यसको लागि प्रारम्भमा अहिले नै हामीले नगरपालिका र सरकारी कार्यालयहरुमा कमसे कम पनि त्यो जिल्लामा अधिकासले बुझ्ने प्रयोग गर्ने अर्को जातिको भाषालाई पनि कामकाजी भाषाको रुपमा स्विकार्नु पर्छ/ बिगतमा काठमान्डू जनकपुर आदि जिल्लाहरुमा नेवारी मैथिलाई भाषालाई पनि कामकाजी भाषाको रुपमा स्वीकार्ने निर्णय गरेकोमा “महा झगडा नायक गिरिजा” ले उसको वोकिल सांसद मुकुन्द रेग्मीलाई सर्वोच्च अदालतमा रित राख्न लगायर त्यो निर्णय बदर गरायो/ तेस्को नतिजा आज तराईमा जे भाई रहेको छ तेस्ले देखायको छ/ अब यस्तो नहोस/
डोलेश्वरजीले क्या खासा कुरो निकाल्नु भयो है| समय लाग्छ, तर असम्भव छैन| अहिलेसम्म नेपाली भाषाले हालीमुहाली चलाएकोले नेपालभित्रका थुप्रै भाषाहरुको लिपि धरी छैन| लिपि भएकाहरुको बिस्तारै पठन पाठन शुरु गर्दा हुन्छ है| अमेरिकी शिक्षण प्रणालीमा पनि अन्ग्रेजी बाहेक दोस्रो भाषा बिधार्थिले लिनैपर्छ| नेपालमा पनि दोस्रो भाषा अनिवार्य गरेर आफ्ना मातृभाषाहरु सिके हुन्छ है| नेपाली भाषा त पहिलो भाषा र सम्पर्क भाषाको रुपमा रहिरहन्छ| बाहुन क्षेत्रीहरुले पनि नेपालमा भएका कुनै अर्को भाषा सिक्दैमा जात जाँदैन क्यार ! तर त्यो लादिनु हुन्न| यदि उनीहरु ति भाषाहरु सिक्न चाहान्नन भने उनीहरुको लागि संस्कृत भाषा राखे भयो| अर्को भाषा सिक्दैमा हाम्रो नेपालीत्व खस्किन्दैन, नेपालीपन लोप हुँदैन र नेपालीपारा निमिट्यान्न हुन्न | साझा फूलबारीमा सबै फुल राम्ररी फुलुन, सबैबाट बास्ना आवोस|
चाहेकै यहि हो तर नेताहरु बुझेर पनि बुझ पचाउँछन् !!!!!!!!!!!
योगेशजी, नेपालको लागि रसिया भन्दा भारत को उदाहरन बढी फिट देखिन्छ .
नेपालमा १५ होइन ६३ विभिन्न भाषाहरु रहेका छन /
स्वाधीन भारतको प्रतेक सरकारी सूचना र नियम कानून पनि थुप्रै भाषामा निकालिन्छ
बैंक- नोट मै हेरौं ,१३ विभिन्न लिपि र भाषाहरुमा चाहिँदो कुरा मुद्रित भएका छन /
नेपालको समस्या त्यो भन्दा निकै सानो छ / तसर्थ , चाहिने कुरो हिम्मत मात्र हो
डोलेश्वरजी, गहकिलो संधर्व उठाउनु भयो; साथै तपाइको उदाहरण संधर्व सापेक्ष लाग्यो /
– तपाइले उठाउनु भएको समस्या भाषिक सम्पदाको संरक्षण हेतु जायज छ तर कार्वान्वयन गर्दा / गराउँदा कत्तिको व्यवहारिक र सम्भव छ, त्यसको पनि अध्ययन हुन त्यतिकै जरूरी छ किनकि नेपालमा २/४ ओटा भाषा मात्र बोलिदैनन / करिब १५ थरिको भाषाको अध्यापन गराउनु पर्ने अवस्था आउन सक्छ र त्यसको लागि पाठ्यक्रम, शिक्षक लगायतका आवश्यकता पूर्ति गर्नु सहज छैन /
रस्सिया जस्तो र जत्रो देशमा अंग्रेजीलाइ अनिवार्य नगरी यौटै भाषा मात्र पढाइ हुँदा त चलेकै छ भने नेपालमा भाषाको संरक्षणको लागि पाठ्यक्रममा नै राख्न कत्तिको जरूरी छ, छैन बहसको बिषय हुनुपर्छ /
नेपालमा १०० भन्दा बढी भाषा बोल्दछन / नेपालभन्दा सानो देश पपुवा न्युगीनिमा ८०० भन्दा बढी भाषा बोल्दछन भने ३७५ सरकारी कामकाजको भाषाको रुपमा मान्यत्ता छन् भने बार्षिक रुपमा तिन बटा भाषालाई क्रमिक रुपमा सरकारी कामकाजी भाषाको रुपमा मान्याता दिने प्राबधान छ / त्यहाका हरेक जनता कम्तिमा त्यहा को लोकल भाषा तिन वटा भाषा मज्जाले बोल्न सक्दछन / यसको मतलब राज्य कति उदार हुने भन्ने मात्र हो ईच्छा भए उपाय धेरै छ / हिजो पय्न्चायती दिनमा झैँ “एक भाषा एक भेष एक राजा एक देश”को खोक्रो राष्ट्रबाद अब हुनु हुदैन / साचिक्कै राष्ट्रियता जोगाउने हो भने सबैलाई समान अबसरको खाचो छ / सबै फुल फुल्न पाउनु पर्दछ नकि फूलबारीलाई तोरी बारी बनाएर /
“Ngawang शेर्पा” जि, कती सम्म “स्वेत झुट” बोल्न सक्नु भएको हो |
१. “पपुवा न्युगीनि” (Papua New Guinea) नेपाल भन्दा धेरै नै ठुलो छ |
२. Wikipedia -“There are three official languages for Papua New Guinea. English is an official language and is the language of government and the education system”
३. त्यहाँ यो होइन कि ८०० भन्दा भाषा हरु छन भन्दै मा “हाबाकै ताल मा”, हजुर ले यती वटा भाषा ३०० भन्दा भाषा official छन भनेर गफ दिने|
४.English,Tok Pisin, Hiri Motu – ३ वटा official Language हुन् |
५. Education मा English नै हुन्छ|
६. धेरै नै जस्तो भाषा को त १,००० जना भन्दा पनि कमी ले बोल्न सक्छन |
****************************************
Country: Papua New Guinea
Area: 462,840 Sq-KM
Official Language: 3 (English,Tok Pisin, Hiri Motu)
पपुवा न्युगीनि नेपालभन्दा धेरै ठुलो छ , कम्तिमा पनि ४ गुना ठुलो , जनसंख्या चाही थोरै छ ..