Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: mysansar

जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्

Posted on August 23, 2012August 24, 2012 by mysansar

-सुबर्णबाबु सापकोटा/फ्राइबर्ग,जर्मनी- राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी निस्चय पनि एउटा उर्बर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने बिश्वका निक्कै थोरै मुलुकहरुमा जर्मनी पनि पर्छ। हरेक बर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सन्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरुको सन्ख्या उच्च हुने… Continue reading

साना भ्रष्टाचारीले दिएको दुःख

Posted on August 22, 2012August 22, 2012 by mysansar

-गणेश गुरुङ- ठूला भ्रष्टाचारीहरुले दिएको दुःख त तपाईँ हामी सबैलाई थाहै छ। हिजै मात्र खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी सजाय दिएकोमा समर्थकहरुले दाङ जिल्ला बन्द गरे। यहाँ म ठूला भ्रष्टाचारीको हैन, साना भ्रष्टाचारीको कुरा सुनाउन गइरहेको छु। यस्ता साना भ्रष्टाचारी, घुसखोरीले तपाईँ हामीलाई एकदमै सताइरहेको हुन्छ। महोत्तरी जिल्लाको जलेश्वरमा राष्ट्रिय वाणिज्य बैँक रहेको… Continue reading

यौन दुर्ब्यवहारले निम्त्याएको बर्बादी

Posted on August 20, 2012 by mysansar

-अमृता लम्साल- सन् २०१२ को जुलाई २२ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित युनिभर्सिटी, पेन–स्टेटको बिभर स्टेडियमको हातामा कुनै बेला गर्वका साथ ठड्याईएको जो पेटार्नोको सात फुट अग्लो प्रतिमा निकालेर स्टेडियमको वेयर–हाउसमा थन्क्याईयो। आफ्नो जीवनको ४६ बर्ष कलेज फुटबलको कोच रहेका उनले, पेन–स्टेटलाई आफ्नो नामको पर्याय नै बनाइदिएका थिए। उनले गरेको योगदानको कदर गर्दै सन २०११… Continue reading

बादले भण्डार (क्लाउड स्टोरेज)

Posted on August 20, 2012August 20, 2012 by mysansar

-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading

फागुनमा चिट्ठी पठाएर साउनदेखिको काम

Posted on August 18, 2012August 18, 2012 by mysansar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र रहेको छ। यसको काम स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चार माध्यममा प्रचारप्रसार गर्नु हो। त्यसै क्रममा यसले नेपाल टेलिभिजनबाट केही कार्यक्रम प्रसारण गर्ने गर्छ। यी कार्यक्रमको प्रभावकारिता बारे बुझ्न एक जना अनुगमनकर्ता राख्‍ने सम्झौता नेपाल टेलिभिजन र केन्द्रबीच भएको रहेछ।

कथाः मेरो सर

Posted on August 18, 2012August 18, 2012 by mysansar

-पी. आर. गिरी- आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केही भएन, मेरो स्पर्शले; म मजाले मातिएँ तर ऊ चुपचाप मलाई मिठो मुस्कान दिइरह्यो;… Continue reading

खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?

Posted on August 16, 2012August 16, 2012 by mysansar

श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा.… Continue reading

जर्मनीमा मेडिसिन पढ्ने विचार गर्नुभा’छ? यो पढ्नुस्

Posted on August 16, 2012August 16, 2012 by mysansar

-विश्वास चाम्लिङ/बोन,जर्मनी- महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा… Continue reading

ठूला मान्छे मुछिएका भ्रष्टाचार कान्डमा यस्तो हुने रैछ

Posted on August 15, 2012August 15, 2012 by mysansar

-नारायण मानन्धर, एन्टी करप्सन एक्सपर्ट- ठूला मान्छेहरु मुछिएका (हाइ प्रोफाइल) भ्रष्टाचारका मुद्दाको टुङ्गो लाग्न कति वर्ष लाग्दो रहेछ ? कस्तो खालको सजाय अदालतले दिने रहेछ ? आउनुस् भर्खरै सर्वोच्च वा विशेष अदालतले फैसला सुनाएका केही मुद्दाहरुको विश्लेषण गरी हेरौँ। १)चिरन्जीवी वाग्ले, पूर्वमन्त्री, नेपाली कङ्ग्रेस मुद्दा प्रक्रियाः अख्तियारले सन् २००० को मार्च १६ मा मुद्दा दर्ता… Continue reading

कतारमा नेपालीले नेपालीलाई छुरा हाने

Posted on August 12, 2012August 12, 2012 by mysansar

विदेशी भूमिमा नेपाली ‘डन’को आतंक -रवि रोषी, दोहा- अस्ति शुक्रबार कतारको औद्योगिक क्षेत्र सनैयाको ४१ नम्बर स्ट्रीटमा नेपालीले नै नेपालीलाई छुरा हानेको अप्रिय घटना सुन्नुपर्‍यो। २० जनाको समूहमा आएका एकजनाले म दोहाको डन भन्दै थर्काए- लंगुरबुर्जा खेलाउन नदिने को हो? यत्तिकैमा खोटाङ जिल्लाका नाम नखुलेका एक जनाले लुकाएर राखेको छुरी झिकेर सर्लाहीका नारायणदास श्रेष्ठलाई अन्धाधुन्ध… Continue reading

यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको फन्दामा नेपाली

Posted on August 12, 2012August 16, 2012 by mysansar

नाबालिग (१५ वर्ष)लाई अनलाइनमा सेक्सका लागि फकाएको आरोपमा ४२ वर्षीय एक नेपाली पुरुष अमेरिकी प्रहरीको फन्दामा परेका छन्। नेपालमा भए खासै गहन अनुसन्धान नहुने यस्तो खालको अपराधलाई अमेरिकामा गम्भीर रुपमा लिइन्छ। व्यवहारमा जस्तो भए पनि नेपालमा कानुनतः एडल्ट पोर्नोग्राफी पनि गैरकानुनी हो। अमेरिकामा एडल्ट पोर्नोग्राफीलाई छुट छ। तर चाइल्ड पोर्नोग्राफी र यौन दुर्व्यवहार, चाहे त्यो… Continue reading

कथाः आसन्न मृत्यु

Posted on August 11, 2012August 11, 2012 by mysansar

–राजेश नतांश- मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ । —सिल्भिया प्लाथ सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो क्षणभङ्गर शरीर के का लागि ? आत्मनिष्ठूर बनेर किन बाँच्छस् ? फाल हान् जीवनमा कुनै कैफियत नरहोस् ।” मेरा हात काँपिरहेका… Continue reading

रेखाको चड्कन खानेको स्पष्टिकरण- मैले नि हानेँ, मुख सुनिन्ने गरी हान्न सक्थेँ, ‘अबला नारी’ भएकोले छाडिदिएँ

Posted on August 10, 2012August 10, 2012 by mysansar

गाइजात्राको अङ्कमा रेखा थापासम्बन्धी अश्लील, अभद्र सामाग्री छापेपछि चर्किएको कान्ड कुटाकुटसम्म पुग्यो। यसअघि रेखा थापाको पक्षबाट मात्र कुरा आइरहेकोमा आज सौर्य दैनिकमा पूरै एक पेजको स्पष्टिकरण कुटाइ खाने पत्रकार चिरन्जीवी पौडेलले लेखेका छन्। त्यसमा उनले लेखेका छन्- ‘अलि बढी उत्तेजित भएको भए उनलाई त्यहाँ मुख सुन्निने गरी पिटेर पठाउन सक्थेँ। तर ‘अबला नारी’ सम्झेर संयम… Continue reading

मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो

Posted on August 7, 2012August 7, 2012 by mysansar

हिजो मंगल ग्रहमा ल्यान्ड गरेको नासाको क्युरियोसिटी रोभरले केही ब्ल्याक एन्ड ह्वाइट फोटोहरु मात्रै पठाएको थियो। आज मंगलबारको दिन भने यसले यो पहिलो रंगिन फोटो पृथ्वीवासीका लागि उपहारका रुपमा पठाएको छ। यो फोटो क्युरियोसिटी ल्यान्ड गरेको गेल क्रेटरको हो। क्यामेराको कभरमा धुलो लागेकोले फोटो धमिलो भएको रहेछ। त्यहाँबाट एउटा भिडियो पनि आएको छ।

अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा

Posted on August 7, 2012August 7, 2012 by mysansar

अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्‍टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।

बन्दले दिक्क हुनुभा छ? आयोजकलाई असन्तुष्टि पोख्नुस्

Posted on August 6, 2012 by mysansar

-क्षितिज- उपत्यकाबासीलाई लगातार चार दिन र उपत्यकाबाहिरकालाई लगातार दुई दिन डिस्काउन्टेड बन्द गर्नेहरुदेखि दिक्क हुनुभाछ? निकै रिस उठेको छ? आफ्नो आवाज ती नेताहरु समक्ष कसरी पुर्‍याउने जस्तो लागिराछ ? त्यसो भए धन्दा नमान्नुस्, तपाईँहरुको फेसबुक अकाउन्ट त छ हैन, हो यो आन्दोलन गर्ने युवा संघका नेताहरुको पनि फेसबुक अकाउन्ट रहेछ। उनीहरुको अकाउन्टमा गएर वालमा वा… Continue reading

कथा : छैन उन्मुक्ति

Posted on August 4, 2012August 5, 2012 by mysansar

– प्रमोद अधिकारी- मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल हुर्याउने होस कसैलाई आउँदैन। आ ! भोलि ठेगान लाउँला सब कचरा।… Continue reading

गाइजात्रा विशेषः गीति नाटक

Posted on August 1, 2012 by mysansar

गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली (सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ‘ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ‘अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।) अर्कास:  ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो, दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’ सुत्रधार:  ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ !’

स्वित्जरल्याण्डलाई सम्झिँदा

Posted on July 28, 2012 by mysansar

भाष्कर ज्ञवाली, जर्मनी निरन्तर गुज्रिरहेका जीवनका पट्यार लाग्दा दिनहरुका वीचमा म एउटा नौलो र रमाइलो यात्रा गर्ने तर्कना मनमा खेलाउँदै थिएँ। विश्वको एउटा बहुचर्चित सुन्दर देशको कुनामा बस्दै आएको पनि झन्डै डेढवर्ष बितिसकेछ। यसबारेमा धेरथोर जानकारी मलाई पहिलै थियो। जसको नजिकमा अर्को प्रख्यात समृद्ध स्वित्जरल्याण्ड–मेरो देश जस्तै प्राकृतिक रुपमा सुन्दर देश–भएकोले मलाई अन्यत्रका ठाउँबारे सोच्ने… Continue reading

कथाः पछुतो

Posted on July 28, 2012July 28, 2012 by mysansar

साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला। -शुषमा मानन्धर- एउटा झिनो आशा लिएर मैले ढोकाको कापबाट चियाएँ, त्यही भुसतिघ्रे अझै पनि कोठाबाहिर थियो। यतिबेला उसको ध्यान मतिर थिएन। ऊ आफ्नो… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 59
  • 60
  • 61
  • 62
  • 63
  • 64
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme