Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः मेरो सर

Posted on August 18, 2012August 18, 2012 by mysansar

-पी. आर. गिरी-

आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केही भएन, मेरो स्पर्शले; म मजाले मातिएँ तर ऊ चुपचाप मलाई मिठो मुस्कान दिइरह्यो; मात्र मुस्कान।

उसको र मेरो परिचयको लामो इतिहास बनेको छैन। म यस देशमा कानुनी रूपमा बस्न पाउने कागजी प्रक्रियामा लागेकी थिएँ। यसको लागि गरेको मेरो शरणार्थी आवेदन एक पटक फेल भइसकेको थियो र कोर्टमा पुगिसकेको थियो। यसपालिको कोर्टको फैसलाले नै तय गर्ने थियो कि म यहाँ कानुनी रूपमै बस्न पाउने कि आफ्नो देश फर्केर जाने। 

जब मेरो कोर्टको Interview को दिन नजिक आयो, तब मलाई फेरि छट्टी-पट्टी भै रह्यो; म दौडिएँ, यत्रतत्र। म हिमाली भेककी आइमाई, राजनीतिको र पनि नजानेकी; मलाई मेरो कोर्टमा पेश गरेको मेरो फाइल भित्र के लेखेको छ अझै सम्म पूर्ण रूपमा थाहा थिएंन। अनि पहिलो मास्टर हेरिंग वाट कोर्ट केसमा पुगेकी म ; मेरो जीवन त्यही कोर्टको फैसलाको धरापमा झुण्डिएको थियो । उता मेरो श्रीमान मेरो पर्खाईमा दिन रात तडपिइ रहेको थियो। म पलपल श्रीमानसँग बिताएका मीठा मीठा क्षणका सम्झना गर्थें । पुनः उही क्षणहरु प्राप्तिको लागि यो कागज पाउन म कुनै पनि मूल्य चुकाउन तैयार थिएँ।

त्यसैले म लागि परेकी थिएँ यस चक्करमा। यो चक्करमा लागेदेखि मैले वोकिल देखि फेक स्टोरी राइटर र फेक डकुमेंट बनाऊने हरुको कोठा कोठामा पुग्यें। अनि दसौ संग कुरा बुझ्न खोज्यें ; मैले मानिसहरुको अनुहार पढ़थें ; यी मेरा चीना-पर्चीका मानिसहरु मध्य केहि मानिसहरु मलाई नराम्रो आँखाले पनि हेर्थ्ये । सीधा अर्थमा भन्नु पर्दा उनिहरु मलाई नराम्रो तरीकाले यूज़ गर्न पनि चाहन्थ्यें। तर दल-दलको बाटोमा कसरी खुट्टा उठाएर हिडनु पर्छ मलाई राम्रै संग थाहा थियो, उनीहरुका सोचले मलाई केहि बिगार गर्न सक्ने थिएंन । मलाई यताको कागज हात पारेर त्यों कागज मेरो लुइस भूटानको हैण्ड व्यागको पत्रोंमा सजाउनु मेरो उदेश्य थिएंन \ थियो मेरो उदेश्य- जुन हालतमा भय पनि मेरो श्रीमानलाइ यता झिकाउने र दिन भर पसिना चुहाए पनि रातिका केहि प्रहर आफ्नो श्रीमानको अंगालोमा सुस्ताउने थियो।

मेरो ३ वर्षको यताको बसाई; कागजको लागि मेरो एक्लो लड़ाई, दिन रात पशीना चुहायर कमाएको पैसाको खोलो बगाई, यी सबैले म एक प्रकारले हारिसकेकी थिएं, अनि मेरा हारेका पाइलाहरु उसको अपार्टमेन्टतिर लम्कियका थिए। त्यसैले मैले उसलाई नजिकवाट नचिने पनि म निर्लज्ज रूपमा उसको कोठातीर होमियकी थिएं। सुरुको दिनमा उसको बिल्डिंगमा लबी मै म एकदम अफ्ठ्यरोमा परें; मेरो पूरा बिबरण दिनु पर्यो अनि मात्र उनीहरुले उसको कोठामा संपर्क गरेर माथिवाट ओके भने पछि म लिफ्ट तीर अगाड़ी वढन पाएँ। न पहिले देखि चिनेको, न जीवनमा कतै देखभेट भएको, उ के कस्तो मान्छे हो कुनै जानकारी नै नहुदा नहुदै पनि म उसको कोठा भित्र छिर्न पुग्यें। यो मेरो परिवेस थियो, मेरो बाध्यता थियो, मेरो इच्छा विपरीत हुदा हुदै पनि मैले सहजै रूप स्विकार्नु पर्ने थियो, यो कदम मेरो लागि।

*** *** *** *** *** *** *** *** *** *** *** *** *** *** *** ***
पहिलो दिन उसले मेरो पूरा कथा सुन्न चाहेन, मैले पनि उसको बारेमा सोधन सकिन। उ बसेको ४१ औं तलामा भएको उसको अपार्टमेन्ट संग मेरो चीना पर्ची गरायो उसले। लिविंग रूम, किचेन, बाथरूम अनि बेड रूम, उसको बेड रूममा सजिएको डवल बेडको खाट देखेर मेरो मन ढु क्क भयो, सहजै रूपमा मलाई थाहा भयो उ आफ्नो श्रीमती वा गर्लफ्रेंड संग बस्छ। यानेकी यस मानिसवाट मेरो चरित्र माथि दाग लाग्ने छैन । अनि उसले मलाई उसको बाल्कुनीमा पुर्यायो, जहाँ दुई कुर्चीको विचमा एउटा टेबल राखिएको थियो र टेबल मा एउटा स्ट्रे थियो। उसको बाल्कुनीको पर्खाल सम्म पुगिन म। टाडावाट चियाए मैले। मन सीरिंग भएर आयो, तल लामो दुरीमा वाटोमा गुडी रहेका लमतन्न गाड़ीहरु देखेर, ओल्तिर पल्तिर भएका अग्ला अग्ला भबनहरु, शहरको एक छेउवाट एकनासले बगेको फराकिलो नदी, अर्को छेउमा हलचल गरिरहेको बिशाल समुन्द्र, अनि खुल्ला निलो आकाश…. आकाशको एक छेउ वाट पुरै धर्तीलाइ उज्यालो बनाई रहेको -सूर्य। सायद, म संग पखेटा भईदिएको भए………. म एक छीन थोरै भावनामा डूबन पुग्यें। उ भने एक छेउको कुर्चीमा बसी सकेको थियो र एक हातमा धुवां निस्की रहेको चुरोट पिइरहेको थियो।

म पनि एक शान्त शिष्य झै टेबलको अर्को छेउको कुर्चीमा बस्यें। उसको आँखाको हेराई , मलाई अलिक अर्कै लाग्यो। उसले कुरा सुरु गर्नु भन्दा अगाड़ी नै मेरो मुख वाट एक वाक्य निस्क्यो,” सर ! तपाईले मलाई मेरो लेखिएको स्टोरीको वारेमा पढ़ाएको फ़ीस कति लिनू हुन्छ नि ?” किन की मैले वोकिल देखि सबै लाइ पैसा तिर्दा तिर्दा एक प्रकारले कंगाल भै सकेकी थिएं।
पुनः मेरो अनुहार निहाल्दै सोध्यो उसले,” तिमीले के दिन सक्छेऊ ? तिमी संग कति छ ?”
म नाजवाफ़ भएँ।

उसले अर्को चुरोट सल्काऊदै भन्यो,” मैले तिम्रो अनुहार राम्रो संग पढ़ी सकें, तिम्रो आशाले निम्त्याएको चोट र चुनौतीको बाटोले तिमीलाई कहाँ पुराई रहेको छ, त्यों तिमी आफै लाइ थाहा छैन, चोकवाट चारै तीर फैलिएका वाटाहरु मा तिमी अन्ध धुन्ध दौड़ेकी छेउ, अनि नराम्रो संग थाकेकी छेउ, तिम्रा पशीना त्यतिकै बगेका छन, तिमी आफैले आफैलाइ दिन सिक, मलाई केहि दिनु पर्दैन अलिकती टाइम देऊ।”

मैले उसको केहि कुरा बुझे जस्तो लाग्यो, केहि नबुझे जस्तो, अनि नबुझेको कुराले नै मेरो मन खुसी बनायो, मेरो मुखवाट खै कसरी भनु राम्रो की नराम्रो एक वाक्य निस्क्यो,” सर ! मलाई त्यों वाटो देखाई दिनुस, मलाई त्यों कागज दिलाई दिनुस, म हजुरले जे माग्नु हुन्छ आँखा चिम्म गरेर दिन तैयार छू। ”

मेरो यो वाक्य सुनेर उसले आफ्नो चुरोट स्ट्रे मा निभायो, केहि जवाफ दिएन, एक पल्ट पुनः पुर्लुक्क मेरो अनुहार चियायो, म आफ्नै जीवन देखि हारेकी मान्छे, मेरा आँखा झुके भुई तीर। एकै छेंणमा मेरो शरिर को रगत पत्थर बनेर जम्यो, मेरो भित्री मन चिसो भयो, मेरो दिमागले के सोच्यो अनि मुख वाट के आयो थाहा नै भएन ; मुटुको पकेटमा भएको श्रीमानको मिठो माया-ममता अनि मलाई कुरी रहेको मलिन अनुहारको फोटोमा दाग लगाए जस्तो भयो, मलाई।

उसले सोध्यो ,” तिमी कहिले कहिले आउन सक्छेऊ ? ”

मैले मेरो कामको विदाको दिन र अरु दिन बिहान आउन सक्ने बताए पछि, म संग बचेको २ महिना समयको मेरो पढाईको तालिका बन्यो।

त्यहाँ वाट निस्कन लाग्दा अचान कै मेरा कान बजे, मेरा कानले गुम्बामा बज्ने घंटको आवाज़ सुने जस्तो भयो। पुनः म एक पटक उसको बाल्कुनी वाट चारै तीर आँखा डुलाएँ, अनि आफ्नो अतीत तीर डूबें।
*** *** *** *** *** *** *** *** *** *** *** *** ***
मेरो श्रीमान र मेरो पहिलो भेट फेवातल पारीको गुम्बामा भएको थियो, सामन्य हेरा हेर वाट पलाएको मनले साटेका हाम्रा माया पछि दुई परिवारको सहमतिमा पुगेर हामी बिहे को सूत्रोंमा वाधिएका थीऔं, आज भन्दा ५ वर्ष अगाड़ी। अनि बिहेको २ वर्ष वित्न नलाग्दै म उसको अंगालो वाट छुटियेकी थिएं, अनि यी यता बितेका ३ वर्षमा एक अँध्यारो जंगल भित्र म एक्लै यात्रा गरिरहेकी थिएं, म जति एक पाइला अगाड़ी वढाउथ्यें उती पछाड़ी छुटेका पाइलासंग तर्सिन्थ्यें म।

म उसको कोठावाट निस्कने बेला भन्यो उसले,” अव यहाँ आउदा लबी मा सोध्यो भने ४१ D मा बस्छु भन्नु है !”

मलाई रात भर छट्टी पट्टी भै रह्यो। पल्लो कोठामा रहने एक जोडीले मेरो सुस्केरा सुनें की जस्तो लाग्यो, विहानीको पर्खाईमा रात बिताउने प्रयत्न गरें, कति लामा हाइहरु तानें, कति पल्ट कोल्टो फेर्यें।पूर्ण परिचय थिएंन त्यों ४१ D मा बस्ने मानिसको बारेमा। मेरो एक जाना सहेलीले उसको फ़ोन नम्बर दिएकी थियींन र मैले फ़ोन गरेर भेट्न गएकी थिए। मेरी सहेलीले भनेकी थियींन, दाई संग जनु, हेल्प फुल मान्छे हुनुहुन्छ, राम्रो संग सिकाई दिनु हुन्छ। रात भर मनमा कुरा खेले, दाई ! दाई अनि दाई ! यस्ता शव्दहरु वाट मैले धेरै लाइ वाधिसकेकी थिएं र बधियेकै धेरै वाट म टुक्रीई सकेकी थिएं।

*** *** *** *** *** *** *** *** *** *** *** *** *** **** ***** **** ****
मेरो पढाई सुरु भयो, म आफुलाइ समय मिल्ने साथ उसको टाइम छ की छैन सोध्थें, अनि सरासर उसको बिल्डिंग तीर लाग्थ्यें। लबीमा पनि मलाई चीनी सके, सोध्न छोड़े, उसका कोठाका भित्ताहरु ले पनि म संग सुटुक्क पिरती लगाए, बाल्कुनीले पनि मसंग राम्रो तरीकाको परिचय दियो, म सच्ची कै बानी पर्दे गएँ उसकोमा जाने काममा। म आफै आश्चर्य चकित वन्दै थिएं, मेरो मनमा केहि शंका पनि लागेर आयो, मेरो हर छेणमा यासले किन साथ दिएको छ? कुनै बेला राति टेक्स्ट वा फोन गर्यो भने पनि तुरुन्तै रेस्पोंस गर्छ, २ महिनाको अवधिमा न त उसले मेरो कुनै फ़ोन मिस गर्यो, न त कुनै टेक्स्टको रिप्लाई छुटायो। त्यों विचमा मात्र एक दिन उसले उ परेडमा जनु पर्ने भएको ले नआउनु भनेको थियो।

उसले गरेको म प्रति को लगामले पुनः मलाई डर लाग्न थाल्यो, कतै यो मान्छे म संग सुटुक्क लोभीएको त छैन? अनि यतीका दिन सम्म पनि म यसको घरमा आउदा कोही पनि भेट्दीन; रहश्य के हो ?

एक दिन मैले हिम्मत गरेर सोध्यें उसलाई,” सर! तपाई एक्लै हुनुहुन्छ की फॅमिली संग बस्नु हुन्छ ?”

उसले जवाफ दियो,” फॅमिली छ नि।”

सोध्यें मैले,” अनि खै त यतीका दिन सम्म एक दिन पनि देखिन नि मैले।”

मेरो मुख पनि नहेरी जवाफ दियो,” किन डर लाग्यो, म केहि गर्दिन। मेरो फॅमिली पेरिश गएको छ, अव फर्कने बेला भयो।”

मेरो मन ढुक्क भयो।

२ महिनाको अवधिमा धेरै कुरा सिकें मैले, जीवनमा राजनीति भनेको के हो केहि पनि नबुझेकी म आइमाईले मेरो फेक स्टोरीमा लेखिएको बिधार्थी जीवन देखि राजनीतिमा लागेर आफ्नो पार्टीको केंद्रीय नेता सम्म भएको कथा बुझ्न पाएँ , उल्टो सुल्टो राजनीतिको प्रत्यक कण कण बुझ्यें, सपनाको महलमा डुव्दै म यती को ठुलो नेता भयर देशको सेवा गरेको मान्छे किन यो देशमा बस्न पाउने कागजको पछि मरी मेटी गर्न पुग्ये सम्मको मेरो सोचाईको दुनियामा डुव्यें म। तर सच्ची कै नेताहरु ले मेरो स्टोरी मा लिखिए जस्तो देश र जनताको लागि रास्ट्रीय र सामाजिक काम गर्छन वा गर्दैनन त्यों चाई मैले बुझ्न तीर लगींन। जे होस, म आफ्नो व्यक्तिगत जीवन उद्दारको लागि फेक स्टोरीमा एक स-सक्त राजनीतिज्ञ भएर उभिएँ।

मेरो interview को २ दिन अगाड़ीको राति मैले उसलाई मेरा जिज्ञासाका २ टेक्स्ट लेखी पठाएँ ; पहिलो- म उसको बितेको र वर्तमान जिन्दगी बुझ्न चाहन्थ्यें र दोश्रो- मेरो interview को अगाड़ीको राति म उसको कोठामा वास वस्न चाहन्थ्यें, ताकि त्यों रात ममा हुने छटपटीमा उसले सहास भरी दियोस, यसमा मेरो नेगेटिव सोचाई थिएंन।

उसले त्यों रात भर मलाई टेक्स्ट पठाएन; मेरो मन अमिलो भयो, किनकी म उस प्रति यती बानी परिसकेकी थिएं की कुनै कुरामा मैले उसलाई टेक्स्ट गरें र २ मिनेट भित्र उसले रिप्लाई गरेंन भने मेरो मन चिसो भएर आउथ्यो। फ़ोन हेरेर बसी रहें रात भरी। मैले पुनः अर्को दिन लामा सुस्केरा तानें, लामा हाई आए म मा। भोली पल्ट विहान उसले टेक्स्ट गर्यो मलाई। मेरो पहिलो जिज्ञासाको जवाफ थियो ; ”तिमीले मेरो जीवनको वारेमा बुझ्ने समय यो होइन”, र दोश्रो जिज्ञासाको जवाफ थियो,” वस्न आउ मलाई कुनै आपत्ति छैन”|

उसका जवाफ ले मलाई खुसी र दुखी दुवै बनायो।

*** *** *** *** ***** ***** ***** ****** *******
उसले आफ्नो सो-केस वाट बेड निकालेर मलाई लिविंग रूममा बिस्तरा लगायो। मलाइ मन-मनै अलिकती रिस उठ्यो; मुख फोरें मैले,” सर! मलाई आजको रात भरी डर लाग्छ। हेर्नु न! यो कागजको चक्करमा म कति हरेश खाएं कति डराएँ, म यता फर्कदा पनि डराएँ उता फर्कदा पनि डराएँ, अनि डरै डरमा अगुल्टोले पोलेको कुकुर बनेर डराएँ ; आजको मेरो अंतिम परिक्क्षा को रात म तपाईको बेड नजिक बिस्तरा लगाएर सुत्छु है !”
मुसुक्क मुस्कुरायो उ, मेरो उ संगको २ महिनाको भेटको पहिलो मुस्कराहट। म उसको मुस्कान देखेर पागल भएँ, उसको मिठो मुस्कान साँचीकै कालो वादलले अशिना झारे पछि उघ्रेको आकाश जस्तै थियो।

साँची कै उ मलाई एक दम मन पर्यो, फेरी जिंदगीमा एक जना मानिस मन पर्यो……|

सबै कुरा भुलेर धित पुग्ने गरि सूतें म। यसरी सूतेंकी म आफैलाइ पनि भुलेर सूतें। विहान आँखा खोल्दा म उसकै बेड नेर भुईमा विच्छ्याईएको बिस्तरा मा थिए, हेरें उसलाई उ आफ्नो बेडमा थिएंन।

म नुहाएर वाहिर निस्कंदा उ बाल्कुनीमा चुरोट तानी रहेको थियो, अनि टेबुलमा वाफ निस्कदै गरेका कफीका दुई कप थिए। मेरो पढाईको अंतिम बिहानी; मोटा-मोटि उसले मेरो स्टोरी रिवाइन्ड गरेर सकिदा मेरो त्यहाँ वाट निस्कने बेला भै सक्यो, अनि उ वाट आशीर्वाद लीएँ मैले।
****** ******* ******** ******** ****** ****

कोर्टवाट निस्कने बितिक्कै मैले उसलाई फ़ोन डाएल गरें , उ मेरो फ़ोनको पर्खाईमा थियो, म संगै उभिएको मेरो वोकिल के के भनी रहेकोथियो। तर यस पालि मैले उसलाई एक्लै बोल्न दिएँ, किनकी मेरो मानसपटलमा वोकिलको महत्व घटेर मेरो सरको महत्व बढेको थियो, मेरो वकील र मेरो सरको विचमा थुप्रै भिन्नताहरु थिएं। यानेकी वकीलको वकालत फेल भएको थियो र सरले दिएको मन पास भएको थियो। मेरो मतलव मेरो सफलता वकीललाइ खर्च गरेको पैसाले मेलेको थिएंन; मेरो सरले मेरो लागि खर्च गरेको मनले मिलेको थियो।

म हुत्तियें, मेरो पनि शेयर लाग्ने ४१ D तीर। वाटो मलाई कति लामो लाग्यो, म जति खुट्टाको स्पीड बढाउथ्यें उती मेरो दिमागमा वजन बढन थाल्यो, घरी मेरो नजरमा मेरो श्रीमानको अनुहार आउथ्यो घरी सरको। भित्री मुटु छोएर भन्नु पर्दा यस समय मेरो श्रीमान मस्त निद्रामा थियो र मेरो सर मलाई पर्खिरहेको थियो; अनि मन न हो तराजू मा राखेर तौलदा मेरो मन कागज पाएपछि श्रीमानलाइ बोलएर संगै जिउने

उदेश्य को त्यो कागज साँची कै लुइस भूटानको व्यागको पत्रोंमा सजीई सकिएको थियो।
**** **** **** **** ***** **** ***** *********
ढोका खोलें ! उ त्यही लिविंग रूमको सोफामा बसी रहेको थियो।
आज फेरी दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें; आफ्नो हैण्ड व्याग भूइमा पनि नराखी म उसको कम्मरमा वाधीन गएँ ; म मजाले सल्बलाएं, उसको घांटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केहि समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केहि भएन, मेरो श्पर्शले; म मजाले मातिएँ तर उ चुप चाप मलाई मिठो मुस्कान दियिरह्यो; मात्र मुस्कान।

के भयो मेरो मन, उसलाई बाधेका मेरा हात फुस्किए उसको कम्मरवाट अनि म बाथरूम तीर लागें। बाथरूम वाट फर्कंदा उ त्यों लिविंग रूममा थिएंन, लिविंग रूमको टेबलमा एक पिस कागज थियो, टिपेर पढ़ें- ” I HAVE A BOY FRIEND, I M A …………|” उसले लेखेको यो शव्द, मेरो मनले एकै क्षणमा इरेज़ गर्यो।

कागज टिपेर सरासर बल्कुनी तीर गएँ म, उ त्यही कुर्चीमा बसी चुरोट तानी रहेको थियो ………|

19 thoughts on “कथाः मेरो सर”

  1. Shila Sharma says:
    January 14, 2013 at 12:58 am

    दादा हजुर ले लेखको स्टोरी मलाई सारै मन पर्यो मलाई लाग्छ यो सत्त घटना हो हजुर ले जे गर्नु भयो राम्रो गर्नु भयो किनकि महान पुरुसहरु येस्तै हुन्छन .एक नारीको नारी आस्मिता लुट्नु भनको एक अपराध गर्नु हो . हजुरले उनको एस आन्तिम घडीमा गर्नु भयको एक सेल्फिश्नेस भावनाले मोस्ट ओफ द मेन हरुलाई मुटु मा चिसो त पस्न सकने छ तर पनि आसल र महान मानबहरुले हजुरलाई अल्वाय्स ग्रेअत पुरुस को इजेत दिनेछन र म पनि हजुर कि बहिनि हजुरलाई मनाह मानब (पुरुस) को रुपमा लिनेछु .
    धन्नाबाद .!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  2. Limbu nYn says:
    August 23, 2012 at 3:01 pm

    आहा, कथा त बेस्ट लाग्यो नि/ ऐना हो यो बास्तविक घटनाका/ कस्लाई कति टच गर्यो- साहित्यिक पात्र, प्रस्तुति, समापन त्यो त भोग्ने, सुन्ने, बुझ्नेलाई थप मिठास लाग्ला/ ‘सन्जिब’को कमेन्टले ३ हरप त मैले पनि थपें. थांक्स गिरीलाई/

    Reply
  3. nischal says:
    August 21, 2012 at 6:52 pm

    nice story……… thanks a lot Dear writter

    Reply
  4. Sanjib says:
    August 21, 2012 at 12:48 pm

    कथा लेखिन्छ अनि पढिनछ, कुनै मारमिक र सान्र्दभिक लाग्दछ, कुनै लाग्दैन । हमी कथा मन पराउछौ र दंग पर्छौ, कथाकारको वाह..वाह ..गर्नतिर लाग्छौ । यतिलेमात्र नपुगेर भविष्यमा फेरी फेरी यस्तै कथाको चाहनामा लिप्त हुन मनपराउछौ । यसो भन्दै गर्दा, वास्तविक पात्रलाई र्विसन्छौ र अर्को कुनै नयॉ कथाको नयॉ पात्र हुन, स्वंएम् ललायित भई रहेका हुन्छौ । कथा लेखिदैन कथा भोगिन्छ अर्थात भोगिए पछि मात्र कथा लेखिन्छ वा लेखन सकिन्छ । हमी भोग्न बन्द गरौ कथा पनि बन्द हुन्छ । आफ्नै विवस्तामा लेखिएको कथामा हराउनुको केही अर्थ रहन्न, जतिसुकै जिवन्तशैलीमा लिखएको ,किन न होस…. ?

    Reply
  5. sunil says:
    August 20, 2012 at 9:53 am

    मेरो विचार मा यो 8 देखि 10 वर्ष अगाडी को युरोप को सत्य घटना हो जुन अहिले सम्म पनि चल्दै छ र फेरी पनि चली नै रहन्छ …….जति नेपाल मा गरिबी बढ्दै जान्छ ….नेपाली बिदेसिदै जान्छन ..फेरी नया कथा को जन्म हुन्छ …मात्र पात्र र परिस्थिति फरक हुन्छ …….युरोप र अमेरिका मा बस्ने प्राय नेपाली कुनै न कुनै रुपमा यो कथा का पात्र हुन्………

    Reply
  6. Sabita says:
    August 19, 2012 at 9:12 pm

    कस्तो भित्रि मन छुने कथा लेख्नु भएको रहेछ, गिरी जी !!! आखिर पाउने त् केहि पनि होइन त्यो कागज भए पनि न भए पनि जीवन आफ्नो आफै ले जिउनु पर्छ | तरै पनि मरिहत्ये गर्नु पर्ने मन…….. | प्लिज अरु पनि यस्तै यथार्थ का कथा हरु लेख्नु न है ! तपाइँ को कथा बिशेष भिन्नै प्रकार को छ | Thank You . सबिता, Ridgewood , NY

    Reply
  7. Ashim Sharma says:
    August 19, 2012 at 1:50 pm

    कथा ले आइमाई कशोरी बहकिनछन र कशोरी बहकाउने प्रयास गर्छन भन्ने कुरा प्रस्ट परेको छ.

    Reply
  8. subedi latika says:
    August 19, 2012 at 1:03 pm

    सायद जिबनमा भोगेको अथार्तालाई तपाइले लेख्नुभएको होला .. यस्तो घटनाक्रम जसले हामी पढ्ने पाठकलाई पनि एकचोटी झस्काउने खालको रहेछ .. यो कथाले मेरो मन एकदम छोयो …धेरै राम्रो छ अझ लेख्दै जानुहोला ….

    Reply
  9. कृष्ण भारद्वज, अष्ट्रेलिया, सिड्नी says:
    August 19, 2012 at 7:08 am

    कथा त राम्रै हो, लास्ट्मा गे बनाएको अली सुहाएन !

    Reply
  10. kamala says:
    August 19, 2012 at 12:52 am

    गिरी जी !! तपाइँ कुन देशमा बसेर यो कथा पस्कनु भएको हो थाहा छैन | सुरुवात कसरि गर्नु भयो अन्त्य कसरि | आफ्नै जीवनमा परेको घटना; त्येसरी नै कहानी लेख्ने को मा गएँ, १० पेज को बनाइ दियो, ( भंगेरो को टाउकोमा फर्सिको टोपी ) जिन्दगि अहिले जति बुझेको भए, साएद सफल भइन्थ्यो | तपाइँको कथा ले मेरो पुरानो घाऊ बल्झ्यो |||
    मैले मेरो जीवनमा पढेका कथा मध्येको best best and best कथा | keep it …

    Reply
  11. babita says:
    August 18, 2012 at 11:49 pm

    ओइ !! यो त मेरो लाइफ को स्टोरी जस्तो छ; खै हेर्नु पर्यो मेरो त्यो कागज लुइस भुटान को ब्याग मा सजिए को छ कि अन्तै | P 🙂 P 🙂 P 🙂 पी. आर. गिरि जिउ. मन छुने स्टोरी लेख्नु भएको रहेछ; फेरी पनि लेख्दै गर्नु होला ||

    Reply
  12. maiya says:
    August 18, 2012 at 11:40 pm

    खै कथा विचमा अलिक कता कता बगे पनि; पुरुष कथाकार ले आफु महिला भएर दिएको प्रस्तुति साँची कै राम्रो लग्यो ! कथा एकदम सन्धर्विक लग्यो; साएद कसै को जीवन….मात्र कथा को अन्त्य अन्तै तिर मोद्ये जस्तो लग्यो | समग्र मा मलाइ त् एकदम मन पर्यो; ”फेरी जीवन मा अर्को कथा मन पर्यो”;;;))) |

    Reply
  13. SURAZ says:
    August 18, 2012 at 10:56 pm

    दामी लाग्यो !

    Reply
  14. abhin thapa says:
    August 18, 2012 at 10:44 pm

    ठिकै हो

    Reply
  15. Bishal pandit Maryland says:
    August 18, 2012 at 8:26 pm

    Interesting स्टोरी.

    Reply
  16. indra gurung says:
    August 18, 2012 at 7:39 pm

    Thanks for P.R.Giri providing such a nice story to all “my sansar ” readers. its a psychological operation of current women. keep it up.

    Reply
  17. योगेश आदी, न्यूयोर्क says:
    August 18, 2012 at 6:54 pm

    मैले अमेरिकाको बसाइमा देखेको कतै कतै उस्तै उस्तै दुरुस्तै घटनालाइ पस्कनु भएको रहेछ / राम्रो कथाशिल्पी झल्केको छ, तर कथाको उत्तरार्धमा अझ बढी नै रोचकता अपेक्षा राखेको थिए /

    Reply
  18. एम बि टि मल्ल says:
    August 18, 2012 at 6:40 pm

    एसको मतलब त्यो sir हिजडा हो ! एदी हिजडा न भैदिए को भए उ तुरुन्तै पग्लिदिन्थ्यो र तिन लाई मज्जा ले पखाली दिन्थ्यो ! धन्न !!! तर अहिले अमेरिका मा ग्रीन कार्ड को प्राप्त गर्न का लागि आफ्नो अस्मिता बेच्ने मैले पनि २, ४ जना देखेको छु !

    Reply
  19. Bino, Italy says:
    August 18, 2012 at 6:21 pm

    अहो! कति राम्रो कथा……….मन छोयो l विदेश मा कागज बनाउन कोशिस गर्ने हरेक महिला दिदी बहिनीहरुको कथा हो यो l कथा ज्यादै मर्मस्पर्शी र समसामयिक छ l यस्तै अर्को सृजनाको लागि शुभकामना l
    अन्त्यमा:- ‘लुइस भुटान’ होइन है गिरी जी लुइस विटन (louis vuitton) हो l धेरै ठाउँमा दोहोरिएकोले औंल्याई दिएको मात्र 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme