-सुमित सुवेदी-
म सरोज, बाग्लुङको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएको मान्छे। उमेर बढेसँगै बिस्तारै घरको जिम्मेवारी पनि बढ्दै जान थाल्यो। अनि सोच्न थालें, नेपालमा केही गरुँ, तर सकिनँ केही गर्न। युरोप जाने भनेर धेरै पैसा फँस्यो पनि। यस्तैमा साथीहरुले अफगानिस्तान बारे कुरा गरे। केही गइसकेका पनि थिए र धेरै कमाइ हुन्छ भन्ने सुनेको पनि थिएँ। अफगानिस्तान जाने आशामा झोला बोकेर हिँडे म काठमाडौँतिर।
काठमाडौँमा साथीले चिनेको एक जना मान्छे रैछ। दलाली गर्ने गर्दो रहेछ। नाम संकर उसको। ऊसँग भेट भयो। अनि उसले एउटा मेनपावर मा लिएर गयो। त्यहाँ गएपछि केही पैसा बुझाउन भन्यो। मैले ५० हजार दिएँ। अनि इन्टरभ्युको लागि खबर गर्छु भन्यो। त्यसको केही दिनमा इन्टरभ्यु छ आउनुस् भनेर फोन गर्यो।
इन्टरभ्यु लिने व्यक्ति विदेशी थियो। खासै केही सोधेन उसले।
“इंग्लिश जानेको छस्?”
“हल्का जानेको छु”
“अनि अफगानिस्तान किन जान लाको त?”
“गरिब छु सर, बेरोजगार छु, त्यसैले पैसा कमाउन जान लाको”
त्यसपछि खासै केही सोधेन उसले। यति भन्यो ‘काम अहिले फिक्स हुँदैन। त्यहीँ गएपछि तेरो क्षमता अनुसारको काम पाउँछस्। न्युनतम तलब १ हजार अमेरिकी डलर हुन्छ।” त्यसपछि मेनपावरको मान्छेले म कल गर्छु जानुस् भन्यो।
केही दिन पछि कल आयो- पर्सि फ्लाइट छ रेडी हुनु। पासपोर्ट, सबै कागजपत्र मेन पावरसँग थियो। अनि ४ लाख मध्ये बाँकी तिर्न भएको रकम तिरेँ मैले। फ्लाइटको दिन आयो। मनमा पैसा कमाइन्छ अब भन्ने पनि लागेको थियो। अनि भित्र-भित्र डर पनि थियो। धेरै सुनेको थिएँ अफगानिस्तान बारे।
एयरपोर्टमा सबै सेटिंग मिलेको रैछ, भिसा दुबइको टुरिस्ट रैछ। अनि दुबई पुगियो, एयरपोर्टमा त्यहाँको दलालले लिन आयो र एउटा ठाउँमा लिएर गयो। क्याम्प जस्तो थियो। त्यहाँ त नेपाली धेरै जना रहेछन् अफगानिस्तान जान भनेर बसेका। धेरै दिन त्यहीँ बसें। त्यहाँ पनि मान्छे आउने रहेछ अनि इन्टरभ्यु लिने रहेछ। सेक्युरिटी गार्ड, क्यासियर लगायत १० ओटा भन्दा धेरै इन्टरभ्यु दिएँ मैले २० दिन जति मा।
भोलि आउँछ भोलि आउँछ भिसा भन्थ्यो दलालले कहिले आएन। अनि एक्कासी एक दिन भन्यो अफगानिस्तानमा भएको तिमीहरुको एजेन्ट मर्यो, अब तिमीहरु इराक जानु पर्ने भयो।
म छाङ्गाबाट खसे जस्तै भएँ। सबैलाई थाहा थियो इराकमा नेपाली १२ जनालाई के भएको थियो। केही साथीहरु त फर्किए नेपाल। तर धेरै ऋण लिएको थिएँ मैले। त्यसैले ज्यानकै बाजी राखेर पनि इराक जाने निर्णय गरें।
दलालहरुले सबै सेटिंग मिलाउने रैछन् त्यहाँ पनि। भिजिट भिसा मै केही साथीहरुसहित मलाई पनि इराक लग्यो। एयरपोर्टमा एउटाले इन्टरभ्यु लियो। अनि सबैलाई एउटा कन्टेनरमा हालेर पठायो। अनि लगेर हामीलाई ट्रक जत्रो ठूलो कन्टेनर मा राख्यो। त्यस्तो गर्मी ठाउँ, हावा पनि मुस्किलले छिर्थ्यो, खाने-बस्नेको सुबिधाको त के कुरा गर्नु। एउटाको खुट्टा माथि अर्को सुत्यो, गनाएको छ, ट्वाइलेट पनि त्यही नै थियो कुनामा प्वाल बनाएको। टावल समाएर छेकिएर गर्नु पर्ने। सारै दुःख पाइयो। कहिले कुन मान्छे, कहिले कुन आउँथ्यो। दिउँसो इन्टरभ्यु लिन्थ्यो तर काम पाइएन। दिनभर कहिलेकाहीँ एक दिनको लागि काम पाए ३० डलर दिन्थ्यो। त्यो पनि कामको लागि फोन गर्दै सकिने। घरबाट लिएर हिँडेको १५०० डलर त दुबई मै सकिएको थियो।
अन्ततः करिब १ महिना जति त्यहीँ बसेपछि एउटा कम्पनीमा पास भएँ अनि त्यहाँ काम गर्न थाले। कमाइ त राम्रो नै हुन्थ्यो। दुःख धेरै नै थियो। अनि एक्कासी एक दिन हामी साथीहरु राति सुतिराखेको बेला १२ बजे तिर घरको गेट बाहिर बन्दुक पड्किएको आवाज आयो। जहिले नि बम पड्किराख्ने देश मा यो नौलो थिएन। यसो बाहिर हेरेको केही मान्छेहरु अनुहार मा मास्क लगाएर गेटको गार्डसँग बन्दुक खोसे अनि फेरि गोलि पड्काए। धन्न हाम्रो टाउको माथिबाट गयो गोली र बचियो। मान्छेहरु अगाडि बढे। हामी सबै बत्ति निभाएर कोठामा गयौँ। मैले नाइट कट्टु मात्र लगाएर सुतेको थिएँ। बाहिर त एकदम नै जाडो थियो तर कोठा न्यानो नै हुन्थ्यो। एक्कासी ढोकाहरु फोरेको आवाज आयो, म भुइँमा दबिएर थाहा नभए जसरी सुतेँ। मेरो ढोका नि हाने अनि फुटाएर भित्र पसे। पेस्तोल थियो हातमा। हात माथि गर भने, अनि घाँटीमा पेस्तोलको पछाडि पट्टिबाट एकदम नै नराम्रो सँग घाटी र कुममा हाने। असह्य पीडा भो, भएर के गर्नु ? अनि बाहिर निकाल्न लागेको थियो एउटाले भन्यो, लुगा लगा। मैले ट्राउजर र टिसर्ट हतार हतार लगाए अनि तल झारे कुट्दै। हामी करिब ५० जना जति थियौँ त्यो घरमा, सबैलाई ल्याएको रहेछ। उनीहरु करिब १०० जना। अनि कन्टेनरमा हाले कोचेर। लात्ताले पछाडिबाट हान्थे। अनि लिएर गए आँखामा पट्टी बाँधिएको थियो सबैको। कहाँ लागे भन्ने केही पत्तो हुने कुरा भएन। कुट्न त यति कुटे, आँखाबाट आँसु धाराको पानी जसरी बग्थ्यो। घर सम्झें, परिवार सम्झें, अनि इराकमा १२ जना मारिएको सम्झिएँ। अनि सोचे आज मेरो नि हालत त्यही हो। मनमा धेरै ग्लानी भो, यत्रो पैसा डुबाएर न ज्यान रहने भो न पैसा कमाइयो। मनमा धेरै कुरा खेलेको थियो, कुट्थे जसलाई जतिबेला मन लाग्छ न कारण भन्थे न केही भन्थे। एकोहोरो कुटेको कुट्यै। अब त मनको त्यो पीडाले गर्दा कुटेको पीडा नि थाहा हुँदैन थियो। अब पनि बाँचिन्छ भनेर त मनमा कहीँ कतै पनि थिएन।
“त्यहाँ तिमीहरु बसेको ठाउँबाट गोली चलेको थियो, कसले चला’को” भन भन्यो, कसैले उत्तर दिएन। थाहा पनि थिएन गोली चलेको त हामीलाई। करिब ४ घण्टासम्म कुटे कन्टेनरमा। त्यसपछि अब नेपाल जा भनेर सबैलाई छोड्यो। पछि कम्पनीको मान्छे आयो, माफी माग्यो। धेरै साथीहरु त नेपाल फर्किए। तर म फर्किन सकिनँ। २००९ को नोभेम्बरमा आएको म मार्च ४ तारिख २०१० मा यो घटना भएको थियो। ऋण बोकेर घर फर्किनु भन्दा बरु ज्यान जाला भनेर बसियो। अहिलेसम्म नि जसो तसो बसेकै छु। जसोतसो अब केही पैसा भयो भने नेपाल फर्किउँला भनेर कुरेको छु। कति बेला के हुन्छ कसैले भन्न सक्दैन यहाँ। सबै नेपालीहरु यहाँ पीडा नै पीडामा बसेका छन्। कोही १ वर्षसम्म काम नपाएर कन्टेनरमा दिनरात बिताउन बाध्य छन्। पाएकाहरुको पनि हालत उस्तै नाजुक छ। म भन्छु अब कोही पनि यस्तो नारकीय ठाउँमा नआउनू।
(नोट: अहिलेसम्म पनि उनको घर-परिवारमा कसैलाई यो घटनाबारे थाहा नभएको र थाहा भएमा हुन सक्ने मानसिक तनावलाई ध्यान दिएर पीडितको नाम परिवर्तन गरिएको छ)
तपाईँ वा तपाईँले चिनेका अरु कसैको यस्तै सत्य घटना छ र माइसंसारका पाठकलाई बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्
नेपालकै पढाई भयपो देशमा काम गर्नु भन्या अब गर्न सकिन्दैन हउ साथीहरु हो, नेपालको पढाई नै हवार्ड, मेल्बोर्न, लन्डन, आईन्स्टाइन, न्युट्न, क्याम्ब्रिज….. जस्ता बिद्यालय अनी महाबिधालयहरुको छ!! अनी तेस्ताइमा पढेर देसलाई सिङापुर, लन्डन, अम्रिका बनाउछु भन्नेलाई हामीले चुन्यौँ जेहोस् झुट चाँइ बोलेनन स्कुल, कलेज संघसंस्था हुँदाहुँदा धर्म पनि बिदेसको नै हुँदैछ।
देस भनेको ठुलो घर हो सबैले बुझ्याछन!! हो हो मैले पनी कोइ कोइले अझ राम्रोसँग अनी ति बुज्जकहरु यो घरको जग/ब्यबस्था राम्रो भयन भनी अर्को उपल्लो घरको model/ब्यबस्था यो घरमा ल्याउन पर्यो भन्छन। अनी भत्काउन लाग्दा अब कोइ सदस्य घर अशान्त भो भन्छन त कोइ बिग्र्यो भन्छन यतिक्कैमा यि बुज्जकहरु दोधारमा अनी अशक्त मानसिकताले जर्जर हुन्छन हामीले गर्न लागेको के भनिठानी अनी Model ले केही नगरने रहेछ भनेर।
अनी यतिक्कैमा नयाँ बुझ्झकहरुको पनि प्रबेश हुन्छ यहाँ, दुइथरी बुज्झकको धार हुन्छ शान्ती हुनु पर्ने अनी घर बन्नु पर्ने भनेर। कहाँ तेतिमात्रनि कोइ यो घर पुरै भत्काउछु पुरानो नभत्काइ नयाँ कहाँ भन्छन कोइ शान्ती हुन पर्यो भन्छन। त्यो घरका सदस्य पनि अक्क-न-बक्क अझ भनम “यता-न-उता धोबिको कुत्ता” नठानुन पनि कसरी, नत्र भन्छन फेरी.. भनी तर्साउने जो गर्छन्।
पहिले सुरुवात गर्दा बिकास भन्थे अहिले शान्ती भन्छन, भनेपछी अहिले सम्म गरेका चाँई के??
सबैले बिदेसी पढाइ अनी पुरै बिदेसी शैली देशमा ल्याए अनी धमाधम नेपालीपनालाई मेटेर पुरै देस नाम परिवर्तन मात्र गरे।
यो देश सामान्य अपरेटरहरुले चलायको देश त्यो देसको जनता म !!
नेपालमै सढ्नु भन्दा जहाँ जे पाए पनि जान्छु, मर्नै परे पनि मर्छु भन्ने मानसिकताले गर्दा यस्तो भएको हो ,,,,मर्न पनि सोचे जति सजिलो छैन ,, केहि काम नहुनेले पनि केहि न केहि गरेर आफुलाई अल्झाई राख्न सकिन्छा केहि गर्न सकिन्छा ,,, राज्यले सबैलाई रोजगारी दिने भन्दा पनि सान्ति र सुरक्ष्या अनि आशा र भर दिने हो , तेही कुरा छैन नेपाल मा , नेताहरु सबै पहाडी ढल्ने र आकाश झर्ने भासान गर्नमा खप्पिस छन् . कर्मचारी तन्त्र डामाडोल छ सिक्ष्य कम्जोर छ अनि योजना छैनन् ,,, हिजो आज बिदेशमा भन्दा कैययूं गुना कमाई हुन्छा नेपाल मा यदि तेस्तै खट्ने र मेहनत गर्ने हो भने ,,,,म आफैं विदेश हिंडेको १२ वर्ष भयो ,, संसारमै धेरै कमाउने मध्येका २ देशमा यतिका समय बिताएर रात दिन काम गर्दा पनि मेरै नेपालमा भएका मसरहका मेरा दाजु र दिदि हरु को मेरो भन्दा धेरै सम्पति छ अनि राम्रो जिन्दगि गुजारा चलिरहेको छ , काम इज्जतिलो राम्रो र सजिलो पनि छ ….
यो जमानामा पनि एउटा हट्टा कट्टा जवान ले नेपाल मा बेरोजगार भएर , घर परिवार छोडी , चर्को ब्याजदरमा लाखौँ कर्जा लिएर अफगानिस्तान अनि इराक (अमेरिका बेलायेत )जस्ता लोविपापिहरुको देशमा जाने कुरा गर्छा भने तेस्ले कहिँ गएर पनि केहि गर्ने वाला छैन …..१० वर्ष अगाडी को कुरा अर्कै थियो ,,,नेपालमा लाख भनेको पनि धेरै हुन्थ्यो अनि बिदेशमा पनि राम्रै कमाइ हुन्थ्यो …
सबै भन्दा राम्रो नेपालमै छ ,
यो लेख पढदा पिडा महसुस भयो ! किन कि यो एउटा बेरोजगारी नेपाली युवाको जीवनमा घटित घटना थियो ! अझै पनि नेपालमा युवाहरु बेरोजगारीको भुमरीमा रुमलिने हो भने यो अवस्था अरु युवाहरुमा पनि नआउला भन्न सकिन्न तेसैले सरोकार निकायले यस बिषयमा ध्यान दिन जरुरी छ !! अर्को कुरो कुनै न कुनै माध्याम बाट बिदेशीको पिडा पढ्न र सुन्नमा आउँछ फेरी पनि किन यो अवस्था आउँछ ? यो हामी आफैंले सोंच्नु पर्ने बिषय हो ! गरे हाम्रो देशमा के हुँदैन ? जानै परे नि निषेधित देशमा नजाऊँ जस्तै १. अफगानिस्तान २. इराक ३. जोर्डन , जस्ता देशमा ……!
नेपालमा राजनीति अस्थिरताले गर्दा देशको स्थिति डामाडोल भैसकेको छ, लगानीको ग्यारेन्टी पनि नभएर होला साएद, बाहिर गएपछि चै हाम्लाई जति लगानी भएपनि गएपछि उठ्छ नै भन्ने लाग्छ , पैसा नि कामौना सकिन्छ भन्ने भ्रम हुन्छ, तर विदेश जाने पैसा यहा लगानी गरेर १८ घण्टा खटेर यहा पनि काम गर्ने हो भने आम्दानी बिदेशमा भन्दा कम्ति चै हुदैन र आफ्नो घरपरिवारसँग छुत्तिएर बस्न नि पर्दैन
It’s a very disappointing story. Currently, I am in united states but I got the more vivid picture of nepali in middle east from here rather than when I was in Nepal. As far as I know, people who go with the motive of doing general labor job are treated like slaves in there in most of the cases because they know how helpless they are due to the bad political and economic status of nepal. Forget about getting help from the nepalese embassy or government, I think those embassies doesn’t even have the proper track of number of nepalese entering that particular foreign nation. i know its easy to give suggestions and it is more ridiculous not to be the part of your own idea but i think a campaign should be run on a national scale to alert the people who have made their mind to travel to these middle eastern countries inorder to make good income. we cannot go against the personal will but we can make them aware of what they will be dealing with so that they dont build castle in the
air beforehand and suffer from severe mental trauma in future which can be the great threat to their psychological health even if they get back alive with tons of dollar. I ‘d love to get involved for these kind of awareness programs when I ll finish my part here and return back to Nepal.
एक जना उद्धमी ले भनेका थिए, उनले व्यवशायिक बंगुर पालन गरेर बर्ष को ५१ लाख कमाए , अर्थात् महिना को ४ लाख प्लस. एती पैसा कुन देश मा गएर के काम गरेर कमाइन्छ? ब्याब्शय छान्न उनले दिएको सुझाव, “नेपाल मा कृषि जन्य बस्तु मात्र बर्ष को १६ अरब बराबर को आयात हुन्छ तेसकारण कृषि सम्बन्धि ब्याबसाय जे गरे पनि असफल हुने कुरै आउदें” उनको यो सुत्र मलाइ सार्है मन पर्यो.
ट्यालेन्ट भएकाहरु डलरमा बिके, बादर बुद्धि भएकाले देश चालाएपछि देशको हालत कस्तो होला. नत आफु केहि गर्न सक्छन अरुले गर्न खोज्दा पनि सबै भताभुङ्ग पारदिनछन्. एकता मा बल छ भन्ने कुरा किन बुज्दैनन इनिहरु.
यो कथा पढेर आज म रोये!
कृपया त्यो मेन पावर को नाम पनि भंदिनुं होस् न!
manpower को name भनेर के नै पो हुन् छ र साथी manpower लै पनि कसैले फसयाको होला उसलाई पनि के थाहा तेह तेस्तो हुन्छा भनेर
फेरी यो राज भने साथीलाई इराक काण्ड को नाममा अरजक्तंत्र र लुटतन्त्र नेपाल मै गर्न मन लग्यो जस्तो छ नि, पहिला नामर्द शेरबहादुर प्रधान मन्त्रि थियो र सबै टुलु टुलु हेरेर बस्यो अबत सबै सचेत भै सक्यो, अब यसरि गैइरकानुनी रुपमा जाने र पठाउनेलाई पाता कसेर लानु पर्छा अनि मात्र यस्तो कुरा सुनु पर्ने छैन. यो जाने मान्छे हुन्जेल पनि यो दलाली पेशा हुर्केको हो . जाँदा आफूखुसी, फस्दा फलाना फलाना भनेर दोष दिने . वाहियात /
मैले छ जना नेपाली भाईहरुलाई भेटेको थिएन कारीब २ बर्ष भयो अमेरिका जान भनी आएका ३२ लाख खर्छ भयो भन्दै थिए डोमेनिकन रेपब्लिक को सान्टो डोमिङो शहरमा अझ अरु पनि छन भने सुनेको थिएन हरे नेपाली ३२ लाख ले त नेपाल मै केही राम्रो काम गर्न सकिन्थ्यो होल नि
यौटा सानो सुजाब ! यति पाएसा ले नेपालमा तरकारी खेति मात्र पनि कमौचा ! अहिले India बाट लउने तरकारीमा बिबिना बिसालु ओउसदी हालेकोले खानु डरलाग्दो हुन्छ ! तेसायले नेपालमा अरघानिक तरकारी खेति गरे कति राम्रो !तर के गर्ने नेपालमा काम गर्दा लाज लाग्छ !
हिमाली जी ले उलेख गरे बाहेक –
(१) विदेश गे भने ठुलो मान्छे भैइछ ……
(२) सबै देश नेपाल बाहेक राम्रा छन् ……
(३) विदेश जाने सबैले येउतै काम गर्छन …
(४) विदेश जानु भनेको पैसा कमाउनु हो ….
(५) विदेश नगई पैसा कमाउन सकिन्दैन ….
(६) चिया पसल मा गायर विदेश बारेमा गरेका कुरा सत्य हुन् …
(७) नेपाल मा तरकारी खेति गरेर पैसा कमौदा गरेको दुख सबैले देख्छा तर खाडीमा भेडा चरुदा कसले देक्छा, घर फर्किदा लाहुरे फुर्ति लगाउन पाईनछ ….
देसमानै उधोग धन्दा खोलेर नेपाली युबकहरु लाई रोजगारी दिने नीति ल्याउनु पर्ने बेला, नेपाली कांग्रेस को डाक्टर रामसरण महत नामको मान्छेले नेपाली युवा हरु बिदेस पठाउने नीति ल्याएर एस्तो आँसु झर्ने कुरा सुन्नु पर्ने दिन आए नेपाली का/ अर्को कुरा, काँग्रेस र एमाले का नेता नामका खुम्रे गुन्डा हरुले, नेपाली भाईबैना हरुको कलिलो पढ्ने उमेर बाटनै पार्टीको झोला बोकाउछन्, अनि तिनीहरु ले राम्रो पढ्ने कुरा भएन/ अलि ठुलो भयो र जागिर का कुरा गरेर राजनैतिक रुपमा problem बन्ने भयो भने बिदेस जान खुला छ भन्न पाइयो/ तेस्तो नपढेको manpower देशमै रहयो भने कांग्रेस र एमाले को विरुद्ध खानिन्चन र देसमा मण्डले सैली को नाङ्गो राजनीतिक नाच नाच्न तेती सहज हुँदैन भनेर काँग्रेस का रामसरण महत जिउले नेपाली युबाहरुलाइ विदेश मा पठाउने कार्यनीति ल्याए/ के गर्नु, एस्तो कुरा कसले बुझ्ने/ विदेशमा दिमाग खियाएर खाने काम गर्न नेपाली ले पाऊने कुरा र गर्नसक्ने कुरा पनि भयन/ बिडम्बना, नेपाली भाइ बैनी हरु अझैपनि इनै कोंग्रेस र एमाले को खुमरे नेता हरु को गुलाम गर्न गर्ब गर्छन/ के गर्नु/
यस्तो मार्मिक सत्य लाई पनि मन नपराउने अझै छन ? हुन् त नेपाली कांग्रेस र एमाले नामका पार्टी हरु ले पैसा दिएर गुण्ड पालेको छ उनि हरु को स्वार्थ पुरा गर्न | तर माओ बादी पनि नामर्द निस्कियो | राम्रो कम गरेर यस्तो गुन्डा हरु लाई खोर मा हाल्न सकेन?
भन्नु हुन्छ जीबन जी पनि कांग्रेस र एमालेको त गुन्डाहरु पालेका छन् याद गर्नु भाछ ??? मावबादीले त डाकाहरु पालेको छ अनि कता बाट गुण्डाहरुलाई खोरमा हाल्नु??? गुन्डाहरुलाई खोरमा हालेर आफुले पालेका डाकाहरुलाई पनि त छाडा छोड्नु मिलेन, मावबादीले कांग्रेस र एमालेका गुन्डाहरु खोरमा हाल्नु नसक्नु को मुख्य कारण यहि हो
प्रकाश अधिकारी जीले कांगेस र एमाले लाई भक्कु गालि दिनु भयो तर मावबादिलाई केहि पनि भन्नु भएन यसको मतलब उनि मावबादीको चम्चा भन्दा दुख लाग्दोहो नेता हुनु हुदो रहेछ, मेरो प्रश्न अधिकारी जी लाई
१. हो कांग्रेस र एमाले ले पदने उमेरका भाइ बहिनीलाई पार्टीका झोला बोकाए पढ्न पाएनन मावबादीले त बन्दुकै बोकेर बाल बच्चाको बिजोग गरेको कुरा किन उल्लेख नगर्नु भाको???
२ देशमा उधोग धन्दा खोलेर रोजगार दिलानु त्यति सजिलो कुरा छ र ??? पहिलो कुरा उधोग धन्दा को खोल्ने पैसा हुनु पर्यो, नेपाली संग पैसा छैन पर्याप्त, दोस्रो उधोग धन्दा खोले पछी त्यहाँ बाट उत्पादित सामानको खपत हुनु पर्यो वा नेपाल बाहिर निर्यात हुनु पर्यो, जुन निर्यात सामानले अरु बिकसित देशबाट निर्यात भएका सामान संग टक्कर गर्नु पर्छ + अरु अनगिन्ती बाधा अड़चन छन्
३ माव बादी सत्तामा रहेको पनि निकै भै सक्यो खै त आज सम्म उधोग धन्दा खोलेर कुनै पनि नेपालीलाई रोजगार दिएको खबर सुन्न पाईएको छैन खाली कुर्सीकै लुछाचाडि गरेको मात्रै सुनिदै छ हैन र ???
भगवान जी,
सत्य तितो लाग्छ/ तर सुन्नुहोस है/
माओबादी जन्मने परिस्थिति बनाउने पनि एमाले र काँग्रेस नामधारी गुन्डाहरुनै हुन्/ कुनै पनि ब्यक्ति तेसै बहुलायेरे बन्दुक बोक्दैन/ म माओबादी पनि होइन, अर्को के बादी पनि होइन/ ४६ साल तिर सोमनाथ अधिकारी प्यासी लाई (उमेर नपुग्दै) भोट हालेको तर त्यो समयपछि चुनाब बहिस्कार गर्ने मान्छे हुँ/ तेसैले, मैले पस्केको कुरा लाई माओबादी को cadre ले लेखेको कुरा हो भनि नलिनु होला/ कुरा के हो भने, करिब तीनसय वर्ष राना र राजाको हालीमुहाली भयो नेपालमा/ बहुदल के आएको थियो, नेपाल Girija & Company मा परिबर्तन भयो/ तपाई भन्नु हुन्छ भने, बहुदल आएपछि, काँग्रेस ले बहुमत ल्याएको थियो/ गिरिजा एंड कम्पनी ले भट्टराई संग दादागिरी नदेखाएकोभए, नेपालको सासनसत्ता मेरा दाइ बी पी ले छाडेको पेवा हो नाभाण्ठनेको भए, र देसका पढेलेखेका विद्वान हरुको राष्ट्रिय भेला गरि, बिकासको खाकाकोरी, जुन छेत्रमा जति विकास गर्ने नेपालको छेमता छ तेही क्षेत्रको सुस्तो विकास गरेको भए, र हिजोका पंचायेतका fascist लोकेन्द्र र सुर्य बहादुर थापा लै बुइमा बोकेर बहुदलको दुहाई दिनु को साटो, जेलमा कोचेको भए, नेपाललाई एमाले नामको अर्को नौटंकी पार्टी को आबसेकता पर्ने नै थिएन/ माओबादी जन्मने कुरात परै जाहोस/ In case माओबादी जन्मे पनि उ संग राजनैतिक agenda नै हुने थिएन/ एमाले दोस्रो चुनाबमा पत्ता साफ हुन्थ्यो/ दुर्भाग्ग्ये, गिरिजा एंड कम्पनी ले ३६ र ७२ गरि पार्टीलाई टुक्रा टुक्रा परे/ के त्यो कुरा नेपाली जनताले र नेपाली काँग्रेसका समर्थक हरुले चाहेको कुरा थियो? थिएन/ सक्ति को दादागिरी थियो त्यो, राजनैतिक गुन्दगिरी थियो त्यो, तेरो सक्ति कि मेरो सक्ति भन्ने कुरा थियो त्यो/ तेस्तै तेस्तै राजनीतिक गुन्डागिरि , सांसद किनबेच, बेस्याबिर्ती, धमिजाकाण्ड, भ्रस्टाचार, नाताबाद र कृपाबाद ले गर्दा, माओबादी ल मसला पायो/ बन्दुक बोक्ने परिस्थि बन्यो/ तेसैले बन्दुक बोके भन्नु भन्दा पनि, बन्दुक बोक्ने बिसम परिस्थिति कसले बनायो, तेतातिरा हेर्नु पर्यो/ खुट्टामा पिलो आयो भने रगतको खराबीले हो/ रगतको खराबी आहार बिहार र उठ बस म भर पर्चा/ नकी, चाला को समस्स्य्ले हो/ तेसलाई, कुनै पनि घटनालाई historical context म हेर्नु पर्यो, साथै, तेस्को causation केहो भनि retrospection मा हेर्नु पर्यो/ माओबादीका केटाकेटी हरु ले बन्दुक बोक्नु र तपाई ले धोका थुनी लखेटेको बिरालो तपाइको घांटीमा पसोलागना आउनु एउतै हो/ यसको अर्थ, काँग्रेस क गुन्डा र एमाले क गुन्डा हरु ले देसको बिकासको धोका थुने, गुन्दगिरी गरए/ नेपाली युवा निस्ससियो/ विकल्प बन्दुक हो भन्ने प्रचण्ड भैदिय/
प्रकाश जी , तपाइको पर्तिक्रिया पढ्दा तपाई र मा जिल्लाबासी रहेछुं जस्तो लाग्यो ,,, प्यासीलाई भोट नहाल्ने हाम्रो जिल्लामा कमै छन् ,, तर प्यासी बहुदल आएपछि हराए,,,, उनको बाल्टी चिन्ह कति प्यारो लाग्थ्यो हैन , तपाइले भनेको बहुदल आएपछि को नेपाल मा गिरिजाको दादा गिरीको कुरा मलाइ सार्है चित्त बुझ्यो ,,,,,तर धेरैले यो कुरा बुझ्ने खोज्दैनन् , बरु उसैलाई महामानव बनाउन पो खोज्छन ,,,,त्यो मान्छेले तेत्तिका समय सत्ता मा बसेर एउटा पनि राम्रो काम गरेकै छैन ,,, उसले जे गर्यो सबै आफ्नो र आफ्ना भरौटे हरुका लागि मात्रै अनि गणेशमान ,भट्टराई र ३६ अनि शेरबहादुर हरु माथिको दादागिरीको कुरा गर्नेहो भने गिरिजा भनेको मह सामन्ती र अपराधी हुनु पर्ने हो ,,, आफुले नपाए नेपाली कांग्रेस र नेपालै बर्बाद भए पनि होस् तर अरुले नपाओस भन्ने बिचारले गर्दा आज देशको यो अवस्था भएको हो ,,भट्टराई र शेर बहादुर ले जे गर्न खोजे आजका बाबुरामले पनि गर्न सकेका छैनन् ,,, शेर बहादुरलाई ठुलो मन्त्रि मण्डल बनायो , पजेरो , दरबारिया भन्दै हिड्ने हरुले आजको देशको हालात्लाई हेर्दा आकाश तिर फर्केर थुकेको महसुश गर्छन कि गर्दैनन् ,, कमसेकम यिनले धमिजा लाउडा , कोशी गण्डक अनि बिप्पा जस्ता काण्ड त मच्चायेनन , लाखौलाई एकै चोटी हुलेर ढाका टोपीको बास त खेदेनन , दरबारको कुरा सुने तर छिमेकी दादासंगा त झुकेनन् , एमालेको ३ लाखलाई ५ बनाए गुमेको अरुणको ठाउमा काली गण्डकी भित्र्याए , रजत महोत्सव, गाउ गाउमा भी एच एफ अनि भिजिट नेपाल ९८ को अबधाराना ल्याए र सफल पनि बनाए …गिरिजाको जस्तो पूर्व बाट देश बिकाश थाल्ने बहानामा सबै बजेट र रोजगारी आफ्नो गृह जिल्लामा मात्रै बादेनन बरु jatil तर अति आवस्यक :एकै पटक १२ पुल बनाएर पूर्व पश्चिम राजमार्गको अनुहारै मात्रै बदलेनन सम्पूर्ण गरिब अनि अपहेलित पश्चिमेली लाइ ठुलो गुण लगाए ,,, तेसैलेता आज शेर बहादुर एक दुइ भाडाका पत्रिकामा बाहेक कहिँ पनि लज्जित छैनन् , दुइ नम्बरी र भाडादर नेता भनाउदा बाहेक , कर्मठ , स्वाभिमानी अनि निस्कलंकित बिध्वान र बुद्धिजिबी हरुको साथ् पाएर पार्टी मा अझै सोझा र निस्वार्थी कार्यकर्ताको भलो गर्ने सामर्थ्य राख्छन ,,, भट्टराई १ को १ बर्से काल मै माओ बादी भंनेहरुसंगा शान्ति प्रक्रिया हुने लागेको बेला राता रात गरेर सरकार गिराउने को हो ? अनि किलो शेर टू को नाममा निर्दोष लाइ छानी छानी मर्न लगाउने को हो ,,,, बस्ताब मा भन्नेहो भने कहिले भारत कहिले राजा अनि कहिले माओबादी लाइ ढोगेर , जे गरेर भएपनि आफ्नो स्वार्थ पुरा गर्ने अनि देशै डुबाउने मान्छे हो गिरिजा ,,,,,तेस्को पाप तेस्कै देखासिकी गर्न खोज्ने हरुले र तेस्को छोरीले भोग्दै छन् ,,,खोइ हिजो मन परि गर्दै र बोल्दै हिड्ने हरु आज पाली पालो दुला पस्या जस्तै छन्
प्रकाश जी धन्यबाद प्रतिक्रियाको लागि
म कुनै पनि राजनीति पार्टीमा आस्था राख्ने ब्यक्ति होइन अनि मेरो देखईमा नेपालको राजनैतिक पार्टीहरु, नेताहरु, कर्मचारी, इभन भोट दिने हामी जनता(भोटर्स) कोहि पनि गतिला छैनौ, यसको ज्वलन्त उदाहरण तपाई आफै उभी राख्नु भाछ किन की उमेरै नपुगी प्यासीलाई भोट हाले तपाई आफैले भन्दै हुनु हुन्छ यसले पनि छनक दिन्छ हामी कति गतिलो भोटर्स रहेछौ र कति गतिलो राजनीतिमा भाग लिदा रहेछौ भनेर !
नेपालमा समग्रमा भन्नु पर्दा धेरै चिजहरु ठिक छैनन् त्यसको केहि उदाहरण (कमेन्ट) तल तेन्जिंग गाबा हिमालीजीले उल्लेख गर्नु भएको ३ बुदाहरु हेर्नु होला
अर्थी त घर्तीको पनि लिनु भन्ने उखान त थाहै होला तपाई पनि, यदि तपाई देशको साँच्चै उन्नति गर्ने नेता वा बुद्धिजिबी हुनु हुन्छ भने तेंजिग गाब हिमाली जीका ३ बुदा शायद पर्याप्त होला
अन्त्यमा तपाइलाई सानो टिप्स कमेन्टमा अटाउनु पर्ने कुरा धेरै हुन्छन तर समराइज गरियो भने कमेन्ट पद्नेलाई अलि बोर लाग्दैन होला
राम्रोकुरा सुन्न र बुज्न बोर लाग्ने हुनाले देस बिग्रियो/ तपाइले मेरो उमेर नपुगी भोट हालेको कुरालाई issue बनाउनु भएछ/ त्यो बहुदलीय पद्धति ल्याउने काममा सहयोग पुराउने काममा मेरो तर्फको सानु योगदान थियो/ historical context मा हेर्नुस मेरो त्यो योगदान/ जंगलमा लागि point blank range बाट नेपाली को टाउको उडाउने fascist पंचायेत सासक विरुद्ध को सानो योगदान थियो त्यो/ तर बहुदल आएपछि अबस्ता उल्टो भयो/ खान नपाएका काँग्रेस र एमाले का भोका स्याल हरुलाई देसको रगत चुस्ने अवसर ल्याइदियो/ जसले गर्दा माओबादी को ब्रिजरोपन गरायो/ माओबादी भन्ने हरुले राजनीति गर्ने मसला पाए र देस रगतमा डुब्ने एतिहासिक मोडमा पुग्यो/
मेरो दाइ को सानो कपडा बुन्ने कारखाना थियो | बर्सौ अथक मेहनत गरेर बल्ल बल्ल नाफा मा चल्न थालेको थियो | पन्ध्र बिस जना मजदुर मिलेर युनियन बनाय | सरकार को नीति अनुसार तलब पाएकै थियो | पछि काम मा आउने काम नगर्ने प्रवृति सुरु गरे | यो भन्नु पर्ने आबस्यक पर्दैन होला त्यो मजदुर युनियन मावाबादी को हो भनेर | कारखाना चलाउन सक्ने अवस्था रहेन | बन्द गर्दा पनि सबै कामदार लाइ पैसा तिर्नु पर्ने भयो | अहिले काम बन्द, कारखाना बन्द, दाइ टाट पल्तिनु भयो र अहिले बेरोजगार हुनुहुन्छ |
लेखकको अनुभव सारै नै पिडा दायक छ/ मेहनत गरे आफ्नै देशमा सुन फल्छ/ तेत्रो चार लाखले आफ्नै देश मा सानो पसल नै चलाउन सकिन्थ्यो/ विदेश मा जुन सुकै काम गर्न तयार तर आफ्नो देश मा खाली अरुलाई दोष दिने बानी, जहिले पनि नेता हरुले देश डुबाए भनेर चिया पसलमा गफ छुट्ने बानी ले न त् आर्थिक उत्थान नै हुन्छ न त् आत्म निर्भरता वा आत्म सम्मान नै बढ्छ/ अत, चौबिसै घण्टा मृत्यु को छाया मुनि सास फेर्नु भन्दा अब नेपाल फर्केर कुनै व्यवसाय गर्दा राम्रो हुन्छ/
But still people dying to go abroad. May be without facing problem no body learn by other. Still we think its so simple to earn money in foreign. How stupid we are….
जसले लेखे पनि यो कथा सत प्रतिसत सत्य र साँचो हो,त्यसरी कमाएर पठाएको २/४ हजार पैसो माथि गाउमै बसेर सयकडा २४ दरले ब्याज उठाउने बर्ग पनि छ!अनि देशको बेरोजगारी कम गर्छु भन्दै हामी माथि राजनीति गर्नेको त के कुरा गर्ने हो र ??
सारै पीडादायक कथा रहेछ! के गर्नु र आफ्नो देसको परिस्थितिले गर्दा सारै दुखः भोग्नु परिरहेको छ, सबै नेपाली दाजु भैहरुले! हामी नेतालै दोष ठुपर्छौ, तर गल्ति नेताको मात्र होइन, गल्ति हामी सबैले गर्दानै भैरहेको छ!
सरकारमा बसेकाहरुलाई आफ्नो सत्ता टिकौना र पैसा कमाउने बेस्त छन् , गरिब नेपालीको पिडा कसले सुन्ने … २-४ म्यान पावर कम्पनीलाई अलि कडा कारबाही गरे त एस्तो दुखद घटना अलि कम पक्कै हुने थियो … जसले जति खोके पनि अहिले आम नेपालीको लागि राज्य विहिनताको अवस्था छ, अस्त बेस्ताताले परकास्ता नागेको छ … एस्तो सरकारबाट के नै आशा गर्न सकिन्छ .. इस्थिती येस्तई रहे अगाडीक दिन झनै कस्टकर हुनेछ आम जनताको ..
त्यत्रो दुख: पाएको हुनु हुदो रहेछा मित्र, त्यो म्यान पावर को नाम भन्न चाही के ले रोक्यो नि?
लोभ गर्ने हामी भयपछी, गैरकानुनी भनिकन थाहा पाउँदा paundai पनि चोर बाटो समायर कमाउन खोज्दा यस्तो हालतमा पुगनु सोभाबिक हो, त्यसैले अरु लाई मात्र दोष दियर हुँदैन, दलाल लाई खेल्न मौका दिने पनि हामी नै हो, दलाली पेशालाई प्रोत्शाहन गर्ने नि हामी नै हो, त्यसैले हामी आफै लोभ नगरोउ , अरुलाई दोष दिने बानी पनि हटाउं. अनि मईसंसरका पाठक हरुले यस्तो दर्दनाक कहानी पढ्नु पर्ने छैन
सबै (अधिकांस) विदेश नै र जाने कारण ……………… “देशको स्थिति”
हो, देशको स्थिति साच्चै नै त्येस्तै नाजुक छ तर देशको स्थिति यस्तो नाजुक हुनुमा को जिम्मेवार छ त् ? “नेता-कर्मचारी-भौगालिक स्थिति” यो त् सबैले भन्ने कारणहरु हुन् /त्येसको अलावा ति “नेता-कर्मचारी-भौगालिक स्थिति” भन्दा बढी जिम्मेवार अरु नै कारणहरु छन् भन्दा सबैको सहमति नहुन पनि सक्छ तर बास्तबिकता त्यस्तै हो (कम्तिमा पनि मेरो बुझाईमा) / ति अन्य कारणहरु के के हुन् त् ?
१. अल्छीपना
२. अनुशासनहिनता
३. अति जान्ने सुन्ने हुने प्रवृति
अल्छीपना:
जसले जे जत्तिकै फुर्ति लगाए पनि हामीहरु बिकसीत देशको नागरिकहरुको तुलनामा धेरै नै अल्छी छौ / विदेश तिर काम गर्नु हुने बन्धुहरुलाई थाहा होला नेपालमा गरेको भन्दा कति गुणा धेरै काम गर्नु पर्छ बिदेशमा ? त्येतिकै मिहेनत हामीले हाम्रै देशमा गरेउ भने नेपालको मुहार फिर्दैन होला? पक्कै पनि फिर्छ / एकजना जापानी, कोरियन, स्विस, जर्मनले कत्तिको मिहेनत गर्छ ? एउटा कुरो हामीले के बुझ्नु पर्छ भने त्येस्तो मिहिनेत उनीहरुले पुस्तौ-पुस्ता देखि गर्दै आएका हुन् र त्येतिकै मिहेनत हामीले हाम्रो देशमा गर्छौ कि गर्दैनौ ? हामीले पनि त्येतिकै मिहिनेत १-२ पुस्ता गरेउ भने हाम्रो देश यो अबस्थाबाट उक्सिन कसैले रोक्न सक्दैन, चाहे नेताले जति सुकै कपट गरोस, चाहे कर्मचारीले जति सुकै भ्रस्टाचार गरोस /
अनुशासनहिनता:
अनुशासनहिनताको स्तर हाम्रो यति भयानक छ कि यसलाई “जंगलीपन” नै कसैले भने पनि चित्त दुखाई हाल्नै पर्दैन / सार्बजनिक स्थल फोहोर गर्ने/ सरकारी सम्पति बिगार्ने / नियम कानून मिच्नेहरुलाई त्येस्तो गर्नु हुदैन भन्ने राम्रो संग थाहा छ अथवा के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने थाहा हुदा हुदै पनि त्येसो गर्नु भनेको अनुशासनहिनताको उग्ररुप “छाडापन” हो र त्यो रोगले हामीलाई नमज्जाले गाजेको छ / हामी कहा को चाही अलिक अनुशासित छ होला ? प्रहरी? सेना? वकिल?न्यायधिस?शिक्ष्यक?बिद्यार्थी?डाक्टर? इन्जिनियर ? पत्रकार?नेता? उद्द्योगी? ब्यापारी ?जनता? हरेक क्षेत्रमा अनुशासनहिनताको पराकाष्ठा छ / आज डाक्टरलाई चित्त बुझेन भने स्कुल बन्द गर्छन, बिद्ध्यार्थीलाइ चित्त बुझेन भने अस्पताल बन्द गर्छन, ड्राईभर रिसाए पसल बन्द गर्छन, ब्यापारी रिसाए सडक बन्द गर्छन, जसलाई जे मन लाग्छ त्येही गर्छन त्यो अनुशासनहिनता मात्र होइन जंगलिपन नै हो /
अति जान्ने सुन्ने हुने प्रवृति:
प्रायस परदेश तिर नदेखिने यो रोग हाम्रोमा अति नै मौलाएको छ / सामन्यतय एकजना “बिज्ञ” को निर्देशन-योजना सबै अन्यले स्वीकार गरि त्यो अनुसार चल्दा फाइदा नै बढी हुन्छ त्येस्मा कसैको २ मत हुने सक्दैन/ तर हामी कहा यस्तो हुदैन / एकजना सचिबले बनाएको योजनामा निजकै सह-उपसचिब -सुब्बा-खरदार सम्मले ओठ लेपराउछ / डाक्टरले दिएको प्रेसकृपसन्लाई औषधि पसलेले सच्चाई दिन्छ / एकजना इन्जिनियरले दिएको निर्देशन डकर्मीले खोटयुक्त देख्छ / एउटा उदाहरण: यदि कसले पहिलो पटक घर बनाउदै छ भने निजलाई सुरुमा अलिकति मात्र पनि ज्ञान हुदैन, काम कसरी गर्ने, कहाबाट सुरु गर्ने केहि थाहा हुदैन तर घर पुरा हुदा सम्म उसले धेरै कुरो थाहा पाई सक्छ जे होस् उसलाई निक्कै ज्ञान हुन्छ अनि “अ.जा.सु.” हुने खेल सुरु हुन्छ, सके सम्म इन्जिनीयार्लाई नै सिकाउछ नभए पनि मिस्त्री-सिकर्मी-डकर्मीलाई त् सिकाउछ-सिकाउछ/ समग्रमा हामीकहा छेउ न टुप्पोको यति धेरै बिज्ञहरु छन् जसको कारणले गर्दा ” धेरै बिरालोले मुसा मार्दैन” भन्ने उखान चरितार्थ भैरहेको छ /
जय नेपाल
तेन्जिंग गाबा ‘हिमाली’
सोह्रै आना सत्य कुरा गर्नु भयो तेन्जिंग जी बौदिक, नैतिक, अनुशाशित विकास नै विश्व को प्रथम सिडी हो अब यो कुरा मा सबैलाई जगरूप गराउने शिक्षा ले हो शिक्षा नीति नै फितलो भय पछि त्यसै पनि विश्व को तुलना मा पछी पर्छ |
देश मानै केई गरौ , विदेश मा केई हुनी वाला छैन. लुच्चा लफंघा हरु त हुन्छन नि.
(1) तपाई को कथा बेथा मार्मिक छ, ति १०० जना चै को रैछन?
(२) नेपाल क दलाल हरु लै त सुली मा चडाउन पर्छ अनि बल्ल ठिक्क हुन्छ.
(३) प्रतेक नेपाली ले बेदेशमा काम गर्न जानु वन्द अगाडी work permit, entry परमिट visa छ कि छैन सब कुरा बुजेर मात्र जानु पर्छ
(४) हालसालै नेपाल ले खाडी मुलुक मा visit भिसा मा जान रोक्का गरेको छ
It hurts to read these kind of heart- rendering stories. I wonder the day will ever come when we Nepalese don’t have to migrate to these dangerous places for earning money.