Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पेप्सीको यो के गति?

Posted on September 3, 2012September 3, 2012 by mysansar


क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, नेपालगञ्जमा स्थानीय पसलबाट किनेको पेप्सीमा यस्तो पो देखियो। हेर्नुस् त, बोतलभित्र के हो यस्तो।


फोटोः डा. नारायण पौडेल

45 thoughts on “पेप्सीको यो के गति?”

  1. madan bajracharya says:
    September 8, 2012 at 8:49 pm

    नेपालको पैसा भारतमा सोहरेर लग्ने व्यक्ति बा संस्थाको कुनै पनि प्रकारको उत्पादन र सेवामा मिसावट नै मिसावट छ/ के गर्ने नेपालीलाई अरवको मरुभूमिमा भगाउने अनि नेपालाई बिहार बनाउन खोज्नेलाई अंगाल्नेको राज छ त् सबै यस्तै मिसावती कुरा बन्छ बिक्छ/

    Reply
  2. Umesh, bahrain says:
    September 7, 2012 at 3:36 pm

    पेप्सीको त ठुलो गल्ति भएकै हो तर consumer पनि civilize हुनुपर्छ l

    Reply
  3. Basanta says:
    September 6, 2012 at 7:27 am

    तपाई हामीले पिउने पनि कस्तिको सुद्ध सफा र स्वचाछ यो हेर्न काठमाडौँ को मातातिर्थ मा जतिपनि मिनिरल वाटर उत्पादन भै रकेहो छ एक पटक अवस्य भ्रमण गरौ तब मिनिरल वाटर पिउने कसैले हिम्मत गर्दैन मा यहाँ तेस्ता कम्पनी को नाम समेत दिन सक्छु .

    Reply
  4. Sudan Shrestha says:
    September 5, 2012 at 8:51 am

    KFC बन्द गर्नुपरेको रिसको झोक मा पेप्सीको बोत्तल भित्र बिर्को हालेछ

    Reply
  5. RAJKUMAR says:
    September 4, 2012 at 8:46 pm

    desposable PET बोतल को प्रयोग गर्नु पर्छ I

    Reply
  6. prakash says:
    September 4, 2012 at 6:22 pm

    पेप्सी को दोस होइन कामदारको लापरबाही हो कम्पनीलाई कारबाही गर्नुपर्छ नत्र अन्ने समय मपनि गल्ति गर्न सक्छन्

    Reply
  7. navin says:
    September 4, 2012 at 5:54 pm

    कस्तो लापरवाही | यो त अति भो

    Reply
  8. SURENDRA SUBEDI hongkong says:
    September 4, 2012 at 4:55 pm

    अनुगमन गर्ने निकाय को बदमासी को परिणाम हो यो /धेरै के लेख्नु ,सबै लाई चेतना भया/

    Reply
  9. purna prasad khatiwada says:
    September 4, 2012 at 4:53 pm

    नेपाल मा पेप्सी यस्तै ता बन्छ तपाइले अहिले देख्नु भयोर प्रचार गर्दिनु भयो , यसको लागि तपाई लाइ मुरी मुरी धन्यवाद , धेरै बर्ष पहिले मैले पनि त्यस्तै फोहर चिज फेला पारे , त्यसको असरले केहि दिन अलि बिमार पनि भय , त्यो दिन बाट मैले पेप्सी पिउन बन्द गरिदिय | आजकल त मिडिया हरुले मजाले प्रचार गरिरहेका छन् , यति सुनेसी मान्छे ले पिउन रोक्नु नि , कसैले नपिया पछी अनि चाल पाउथो कि पेप्सी बनाउने कम्पनी ले ,

    Reply
  10. yam pun says:
    September 4, 2012 at 4:23 pm

    real juice को कुहिएको काण्डले राजेश दाइले निक्कै मोटो रकम लिएर real juice को विज्ञापनमा खेल्न पाएका थिए! अब कुन चाहि हिरोले मोटो रकममा pepsicola को विज्ञापनमा खेल्न पाउने भए त? अग्रिम बधाई! जसले खेल्न पाए पनि!

    Reply
  11. bikash shrestha says:
    September 4, 2012 at 12:53 pm

    मलाई लाग्छ रेफिलिंग गर्दा ग्राहक बाट ल्याएको बोतोल को राम्रो जांच गर्ने प्रबिधि नभएको हुनु पर्छ / उपभोक्ता ले बोतल भित्र अखाद्ये बस्तु राखेको छ भने त्यो जांच गर्नु पर्दैन? जसरि बाहिर बाट ल्यायो तेसरी नै रिफिलिंग गर्ने गर्दा योस्तो भएको हो / यसरी जथाभाबी रिफिलिंग गर्दा उपभोक्ता को स्वास्थ मा खतरा हुन्छ / एदी अपराधी ले बोटले भित्र पोइजन हाली दियो भने के हुन्छ ? उपभोक्ता बाट फिर्ता ल्याएको बोत्तल भित्र के छ जांच गर्ने प्रबिधि १००% पेप्सी कोला कम्पनि संग छैन / सरकार ले एस्तो प्रबिधि नभएको कम्पनि खारिज गरि दिनु जरुरि छ / सरकार लाई कम्पनि को भन्दा जनता को स्वस्थ मा बढी ध्यान दिनु पर्छ

    Reply
  12. Tenzing Gaba says:
    September 4, 2012 at 11:59 am

    यो पेप्सी को गल्ति होइन
    बिर्को को गल्ति हो
    यो बिर्को बिरुद्द पर्बत जिल्ला अदालतमा मुद्दा हाल्यो भने १२ बर्ष जेल सजाय हुन्छ होला भन्ने हाम्लाई लाइराछ

    हिमाली

    Reply
  13. नारायण पौड्याल says:
    September 4, 2012 at 10:59 am

    मेरो बिचारम त नेपालीहरूले यस्ता multinational कम्पनिहरुका पेय पदार्थहरू प्रयोग नै नगर्ने बानी गर्नु त सायद असम्भव नै छ होला यसले WTO को आशय संग पनि मेल खाँदैन! त्यसै कारणले गर्दा जब सम्म नेपालको कानुनले यस्तो लापरवही गर्ने जो कोहीलाई पनि कडा भन्दा कडा करवही गर्दैन, यहाँ यस्तै भईरहन्छ। म एउटाले त यस्ता Coke, Pepsi, Fanta वा अन्य यस्तै पेय पदार्थ नपिउँला रे तर यसले त्यो ठूलो बहुराष्ट्रिय कम्पनीलाई के फरक पर्छ? बढि भन्दा बढि र कडा भन्दा कडा करबाही नगरेसम्म यिनीहरुले नेपालमा जे गरे पनि हुन्छ भन्ने ठानिरहन्छन्।

    Reply
  14. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
    September 4, 2012 at 10:00 am

    सबैले भनेजस्तै पेप्सी मा यसको दोष त छदै छ, तर के पेप्सी मात्र यसको दोषी हो ?
    कोक फ्याक्ट्री नजिकै घर भएको हुनाले येस्मा केहि भन्न मन लायो !
    हामीले कोक/पेप्सी खाईसकेसी बोतल फर्केर फेरी फ्याक्ट्री मै जान्छ ! त्यसपछि विभिन्न मेसिन हुदै जान्छ ! पहिले लेजर स्क्यान हुन्छ, फुटेको चर्केको बोतल छ भने मेसिन ले आफै निकालिदिन्छ ! त्यसपछि वासर मा धोइन्छ ! अनि बोतल मा रिफिल गर्न अगाडी मान्छे ले चेक गर्छन ! मान्छे ले यसो यता-उता हेरेको बेला पर्यो भने त्यो बोतल पास भएर रिफिल गरिन्छ ! यहाँ भएको गल्ति पनि येही हो, तर हामी कति असभ्य छौ भन्ने कुरा पनि देखाउन्छ ! पेप्सी खाईसकेपछी त्यहि बिर्को कुच्च्याएर त्यहि बोतल भित्र घुसाउने हाम्रो असभ्य बानी पनि दोषी छ यसमा !

    Reply
    1. Mantra says:
      September 4, 2012 at 10:59 am

      उज्ज्वल जी सायद पेप्सीकोला संग कुनै न कुनै माध्यमबाट सम्बन्धित हुनुहुन्छ होला नत्र उपभोक्ताको गल्ति देख्ने वहाँका आँखा दोषी हुनुपर्छ किनभने हरेक उत्पादन सहि र सफासंग उपभोक्ता सम्म पुर्याउनुपर्ने ब्यबसायिक मर्यादा हो कि होइन? कुनै उपभोक्तालाइ उसले उपभोग गरेको पेप्सीको खाली बोतलमा कम्पनीले पुन: रिफिल गरोस या नगरोस संग सरोकार हुदैन र हुनु जरुरिपनि छैन/ तर तयारी खाद्य वा पेय पदार्थ जस्तो चिज, जुन प्याकेटबाट नै उपभोग गरिन्छ, उपभोक्ता सम्म पुर्याउदा सो भन्दा पहिला कम्पनीले चेकजांच गर्नु पर्छ कि पर्दैन/ तपाइको बाक्य ” मान्छे ले यसो यता-उता हेरेको बेला पर्यो भने त्यो बोतल पास भएर रिफिल गरिन्छ ! यहाँ भएको गल्ति पनि येही हो” ले उपभोक्ताको गल्ति कि कम्पनीको गल्ति देखिन्छ? एउटा उपभोक्ताले पेप्सी पीइसकेपछी त्यसको बिर्को बाहिर जतासुकै फाल्नुभन्दा त्यसकै बोतलभित्र राख्दा उपयुक्त ठान्यो भने उसको के गल्ति हो र? त्यो बोतल सफा भएको निश्चित नभई पेयपदार्थ भरेर उपभोक्तालाई बेच्ने कम्पनिले ब्यबसायिक मर्यादा बिर्सिएको हो अथवा यसको खिल्ली उडाएको हो तर उपभोक्तालाई असभ्य देख्नु पौडेलजी को कस्तो सभ्यता हो?

      Reply
      1. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
        September 4, 2012 at 7:02 pm

        मन्त्र जी,
        तपाईंले भनेजस्तै उपभोक्तालाई गुणस्तरीय पेय पदार्थ दिन नसक्नु पेप्सी को दोष थियो, कृपया मेरो कमेन्टको पहिलो वाक्य फेरी एक चोटी पढ्ने कि ? तर उपभोक्ताले जे गरे पनि ठिक भन्ने कुरा बिर्सिदिनुस! यसमा हामी उपभोक्ता को दोष पनि छ ! यदि त्यहाँ बिर्को को सट्टा लेउ अथवा किरा परेको भए पेप्सी को मात्र दोष हुन्थ्यो तर बिर्को कुचच्याएर बोतल भित्र घुसाउने हामी पनि यसमा दोषी छौ !
        अनि कुरा आयो “बिर्को जता पायो त्यता फाल्नु भन्दा बोतल भित्र राख्दा उपयुक्त ठान्यो” को ! के बिर्को जतापायो त्यता फ्याक्नुको विकल्प बोतल भित्र छिराउनु मात्र हो? के उसले त्यो बिर्को फोहोर फाल्ने ठाउँ मा फाल्न हुदैन थ्यो ??
        कृपया गल्तिलाई गल्ति देख्नुस , अनि मैले पेप्सी लाई दोषी देखेको छैन भन्नु भन्दा अगाडी मेरो माथि को कमेन्ट फेरी एकचोटी पढ्नुस न है !

        Reply
    2. Pradip Bhandari says:
      September 4, 2012 at 5:59 pm

      उज्ज्वल जी, अब तपाइको घर को ठेगाना हेर्दा नै थहा हुन्छा, कोका कोला ले कहाँ को पानी भर्ने रैछा bottle मा. Check गर्ने मान्छे ले यता उता हेर्दा येत्रो ठुलो गल्ति हुन सक्छा भने, धेरै जना मान्छे खटाउने कि न खटाउने? होइन भने alert गर्ने machine राख्ने कि नराख्ने? Pepsico लाई syrup को Royalty तिर्दैमा पेप्सी or को quality meet हुन्छा भन्ने छैन.

      Reply
      1. uttam says:
        September 5, 2012 at 10:43 am

        उज्ज्वलको भनाइ अनुसार उसको घर कोक फ्याक्ट्री नजिकै हो, पेप्सी नजिकै होइन

        Reply
        1. Pradip says:
          September 7, 2012 at 2:14 am

          उत्तम जी,

          नेपाली पडनु हजुरलाइ अलिक नआउने रहेछ, अंग्रेजी लै भनौ क्यार.

          On which line did your smart eyes see I wrote he lives near pepsico factory not Coca Cola? For you to understand( if you failed to reach depth of my comment) I am trying to pull both coca cola and pepsico of Nepal. Both fails to meet international standards.

          Pradip

          Reply
  15. rajendara shrestha says:
    September 4, 2012 at 9:01 am

    कानुन को खिल्ली उडाको अर्को एउटा खतरनाक उदहारण .. लौ मोज गर सबैले यो समाचार पढेर ….

    Reply
  16. द्रोण says:
    September 4, 2012 at 8:41 am

    पेप्सी मान्छेलाई भन्दा ,बिर्कोलाई अति मिठो लाग्दो रहेछ |

    Reply
  17. ramesh says:
    September 4, 2012 at 8:26 am

    साएद पेप्सी भीत्र अर्को फिल्टर राखको हुनु पर्छ । झोल भीत्र कति लेदो छ तेस्लाई फिल्टर गर्न नया प्रबीधी लेयाकों हुनु पर्छ । यो उपभोकता माथि चरम लापरबाही हो । यो गैर कानुनी काम गर्ने पेप्सी तउपदान कम्पनी लाई कडा भन्दा कडा कारभाई हुनु पर्छ यो नै जन जन को आबाज हो ।

    Reply
  18. sures says:
    September 4, 2012 at 8:15 am

    यो के ठुलो कुरो भो र देसमा नै धमिरा जस्ता नेता र गुन्डा राज भएपछी . लापरबहिको पनि हद हुन्छा गाँठे/ दण्ड हिनताको सर्बोत्तम उदहारण अनि परिणाम पनि./ मिनरल वाटर भन्दै नाली को पनि भरेर बिक्रि गर्दै छन् खोई कारबाही/ यसै को सिको गरेको हो बहुराष्ट्रिय कम्पनिले पनि/ नेपाली लै जस्तो गरे पनि हुन्छा भन्ने मानसिकता हो के

    Reply
  19. Ram says:
    September 4, 2012 at 8:05 am

    गल्ति पक्कै पनि पेप्सी कम्पनी बाट भएको हो तर पेप्सी कम्पनीले त्यै बोत्तले पुनप्रयोग गर्ने गर्छ | फोटो हेर्दा बोत्तलेको बिर्को बंग्याएर छिराएको देखिन्छ, कतै यो ग्राहकको गल्ति त हैन? सफा गर्नु र त्येस्लाई बजारमा गुणस्तरीय बनाएर ल्याउनु पेप्सी कम्पनी को पक्कै पनि जिम्मेवारी हो तर हामीले पनि बोत्तले भित्र ब्लेड, बिर्को आदि अड्किने कुरा छिराउनु हुदैन |

    Reply
  20. Daya says:
    September 4, 2012 at 7:54 am

    झोल किन्दा चोक्टा सित्तैमा. पेप्सीको बिर्को ‘buy one get one free’

    Reply
  21. Basanta says:
    September 4, 2012 at 7:21 am

    नेपालको कुन पिउने पदार्थमा यस्तो तमासा नभएको हो र ? मिनिरल वाटर जारको पानि धारा बाट आउने पानि… तेल .. दाल चामल सब मा यस्ता नजारा देख्न पाउछ . लापरवाहीको हदै पार गरेको छ तर सरकार मौन छ . बिदेशमा मिति गैसकेको सामान बिक्रि वितरण गरेमा जेल हाल्छ तर नेपालमा खुले आम हुन्छ कानुन खोइ ?

    Reply
    1. N Giri, Pennsylvania USA says:
      September 4, 2012 at 8:39 am

      त्यहाँको पेप्सी ले गरेको बदमासी यहाको पेप्सी लाइ थाहा हुनु पर्ने | अनि थाहा पाउथियो बरुण बेवरेजले| लाखौ डलरको जरिवाना र सम्पूर्ण प्लान्टनै पुन परिक्षण गर्नुपर्ने बाध्येता | तर लाटो देशमा गाड़ो तन्नेरी भने झैँ साएद अबको केहिदिनमै उल्टो पेप्सी नेपालले पो खरिद कर्ता लै दोस पो लगाउने होकी ?
      लौ बाबुराम सक्छौ भने कडा कारवाही गर यो लापरवाही गर्ने लाई !!!
      बरुण बेवरेजले चलाएको हालै बन्द भएको के एफ सी र पिज्जा हट को पनि क्वालिटीमा मलाई त संकै छ |

      Reply
      1. achut says:
        September 4, 2012 at 10:46 am

        हामी त नेपाल मै छौ/ लौन त गिरि जी अम्रिका तिर एस्तो फोटा हरु देखाएर खैरे हरु उचाल्नु होस् तपाई ले भने जस्तै कारबाही पो हुन्छ कित…..नहुने भए बिदेस मा एस्तो भे एस्तो हुन्थ्यो भनेर न खोकौ……

        Reply
        1. Bishnu pd subedi says:
          September 4, 2012 at 12:01 pm

          साथी विदेश मा देखेको कुरा भन्न पाइन्छ नि हैन र उहाले अमेरिका मा देख्नु भो भन्नु भो म अहिले साउदी अरब मा छु यहाँ त एस्तो केहि गल्ति भेट्यो कि निकै कडा कारवाही हुन्छ र उस्तै परे त्यो कम्पनी सँधै को लागि बन्द गरिन्छ/

          Reply
        2. Dipson says:
          September 4, 2012 at 8:44 pm

          कस्तो नेपरियाको कुरा गर्नु भा ? हामी नेपाली लाई गल्ति गर्दा कारबाही गर्छ भन्ने कुरा त सुन्नै नहुने | आफु ले थाहा पायको कुरा त भन्न पियो नि | विदेश मा बस्यो भन्दै मा नेपाल को कुरा गरनै न हुने हो र ?

          Reply
          1. achut says:
            September 5, 2012 at 11:33 am

            होईन तर खाली (विदेश)अम्रिका…साउदी …मा चै सब कुरा राम्रो नेपाल मा चै जे पनि नराम्रो भन्ने सोच लाई चै मैले नराम्रो भनेको हु/बिश्वो को सबभन्दा बढी महिला माथि बलात्कार हुने ठाउँ पनि हो अम्रिका (usa )क्रेन ल्याएर गाडी,ATM चोर्ने ठाउँ नि हो अम्रिका (usa ),साना साना लुटपाट मा पनि सबभन्दा बढी हतियार(बन्दुक)ले मानब क्षति हुने,पर्ने ठाउँ नि हो…….येस्ता कुरा जहाँ पनि हुन्छन र तपाई हामी इन्टरनेट मा २-४ अक्षर चलाउने ले तेस्तो कुरा थाहा पाउनु ठुलो कुरो हैन/ ….”कस्तो नेपरियाको कुरा गर्नु भा ?” तपाई को यो शब्द प्रति मेरो आपत्ति छ/”लिङ्ग को टुप्पो तिर को छालाको भाग पछाडी फर्कनु लाई” यो शब्द(नेपरिनु) प्रयोग गरिन्छ कुनै ‘एडल्ट’ ब्लग मा चै कमेन्ट लेख्ने होकी??

            Reply
      2. Sisir says:
        September 4, 2012 at 10:53 am

        दरबार मार्गको के एफ सी मा त अनुगमन टोलिले २-३ महिना अगी मिति गएको खाने तेल , मसला आदि हरु बरामद गरेको थियो … खाली नसियत दिएर छाड्यो …
        डाबर को रेअल जुसको कुरा त हामी सबैलाई थाहै छ … अनुगमन , सनुगमन यो सब बक्वाश हो जब सम्म कडा कारबाही र गल्ति गर्नेलाई डर हुदैन …मान्छेको स्वास्थ्य र ज्यानसंग खेल्नेलाई सके सम्म उन्मुक्ति दिने नत्र मात्र २-४ हजार जरिबाना गर्छ … तेसो हुदा कारबाहीको कसैलाई डर नै छैन .. सुनसरीमा अरु कम्पनीको १५-१६ हजार थान ग्यास सिलिन्डरको पिढ काट्ने र आफ्नो बनाउने एस्तो खतरनाक काम गर्ने लाई CDO ले पुरै उन्मुक्ति दिए र त्यो केस तेतिकै सेलायो, तिनै CDO लाई कारबाही गर्नु त कता हो कता उल्टो बाबुराम सरकारले ललितपुर् हुदै काठमाडौँ को CDO पो नियुक्ति गरेछ हिजो .. एस्तो छ सुशासन .. पेस्पी त अमेरिकन कम्पनी कसले छुने !!

        Reply
  22. Gyanendra says:
    September 4, 2012 at 6:35 am

    अमेरिकामा भए त कम्पनीलाइ ‘सु’ गरेर पैसा डडालन् हुन्थेयो, होला है

    Reply
  23. pepsi-cola says:
    September 4, 2012 at 6:14 am

    कस्सो पेप्सी कै बिर्को रैछ,, अरुको भएको भए मिसावटको नारा लगाउन हुन्थ्यो.. हीहीही

    Reply
  24. सुभाषसिद्धि उदास says:
    September 4, 2012 at 6:01 am

    यी नेपाली ठग्न खोलिएका वहुराष्ट्रिय कम्पनीहरुले बारम्बार यस्तो हेलचक्र्याई गरेको थाहा हुँदाहुँदै अरु राम्रो पिउने कुरो केहि नपाएको जस्तो किन यी ‘ त्वैलेट ‘ सफा गर्न लायक झोल मै ज्यान फाल्न खोज्नु पर्ने , उदेक लाग्छ !
    नेपाली मजदूरहरुलाई अति न्यून तलब दिएकोले पनि तिनबाट काममा बेवास्ता भएको हुनसक्छ / लाखौँ रुपैया तलब खाने म्यनेजरहरुलाई कारवाहीको दायरामा ल्याउन सक्नु पर्छ

    Reply
  25. cb thapa says:
    September 4, 2012 at 4:52 am

    हामी त ये दिल मांगे मोर भन्दै खान्छौ,,,तर यसरि आम उपभोक्ता हरु को स्वास्थ्य प्रति खेलबाड नगर्नुस …

    Reply
  26. krish says:
    September 4, 2012 at 4:05 am

    रिफिल गर्दा मसिनले गरेको सिलबन्दी बिर्को यथावत छ भने अदालतमा मुद्दा हालेर कम्पनिलाई जरिमाना गराएर जनचेतना बढाउन पनि सहयोग गर्नुहोस न मित्र,/

    Reply
  27. Nurku says:
    September 4, 2012 at 4:02 am

    आफ्नो प्यास बुझाऊन त्यो प्यासी बिर्को ले आखिर पेप्सी मा नै डुबुल्की हान्नु पर्यो |

    Reply
  28. aasish,switzerland says:
    September 4, 2012 at 3:53 am

    कुनै बेला योग गुरु रामदेव ले कोका कोला मिन ट्वाइलेट क्लिनर भन्थे रे सहि हो जस्तो लाग्यो,कोक फ्यान्टा,पेप्सी,फ्रुटी लगाएत सबै यौटै ड्यांग का मुला रहेछन……..

    Reply
  29. jia says:
    September 4, 2012 at 2:58 am

    भित्र पनि सिलबन्दी बाहिर पनि सिलबन्दी..
    सुरछ्याको अर्को नाम हो पेप्सी

    Reply
  30. Bidur says:
    September 4, 2012 at 2:05 am

    Bikashe Jee ! but there is no excuse. It should be clearly examined before the bottle goes for filling whether it is done by machine or man. We can’t just blame a “machine” for this negligence.

    Reply
  31. ramesh says:
    September 4, 2012 at 1:42 am

    यो मानबिय गल्ति हो, जो कसैबाट पनि हुन्छ, यो त हेर्न मिल्ने छ र एसले सुवास्थ्लाई हानी पुराउनु अगाडिनै देखियो तर जुन अरु मिसावट छ जो जानी जानी गर्छन, जसलाई नाङ्गो आखाले हेर्न सकिदैन अनि बाध्यताबश खानु पर्ने हुन्छ, जसले सुवास्थालाई नराम्रो संग असर गर्छ, तेसलाई कसले हेर्ने हो कसले कारबाई गर्ने हो ?

    Reply
  32. इमरान खान,तारुत आइल्याण्ड, साउदी अरेबिया says:
    September 3, 2012 at 11:58 pm

    लगाउनु पर्ने बिर्को त भित्रै परेछ.लापरवाहीको हद अझै कति देख्नुपर्ने हो?कि गिनिज बुकमा नाम लेखाउने तयारी हुदैछ?

    कहिँ नभएको जात्रा हाँडीगाउँमा ………………………..

    जय नेपाल आमाको

    Reply
  33. niraj says:
    September 3, 2012 at 11:48 pm

    त्यो क्यापमा केहि उपहार परेको होला….. हेर्न नबिर्सिनु होला कृपया.. हा हा हा हा

    Reply
  34. bikashe says:
    September 3, 2012 at 10:57 pm

    कोक फेन्टा, पेप्सि जे पिउनुहोस, त्यसपछि त्यसमा उल्टो राख्दा सजिलै ननिस्कने फोहोर हाल्नुहोस, त्यो बोतल रिफिल भएर आउदा फोहोर त्यही हुन्छ, नेपालमा प्राय हुने यहि हो , बोतलभित्र अड्किएको फोहोर चिन्ने मेसिन नभएर यस्तो भएको हो । बोतलभित्र झोल हाल्दा फिल्टर हुदै जाने हुदा त्यतिखेर झोल बाहेक अरूकुरा छिर्नु असम्भव हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme