Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः सबै प्रश्नका जवाफ हुँदैनन्

Posted on September 8, 2012September 9, 2012 by mysansar

-झलक पौडेल-

करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। ओठहरु नै खुल्न पर्दोरैनछ, हाम्रा नजर जुधे निकै बेरसम्म। धेरै अघिको चिनारी जस्तै…

‘कहाँ पुग्ने ?’, मैले नै बोलेँ।
‘बगर’, उसले बस् यत्ति बोली।
उसको स्वर साँच्चै मिठासपूर्ण लाग्यो।
‘तिम्लाइ भेटेर खुसी लाग्यो’, मैले भनेँ।
उसलाइ खुसी लाग्यो या लागेन केही भनिन र कहाँ पुगेर आको? भनेर सोधी।
‘लेकसाइड’, मैले भनेँ। उसले टाउको हल्लाइ।
‘अँ ! मेरो नाम सबिन। बगरमा बस्छु।’, मैले परिचयको ढोका उघारेँ।

उसले आफ्नो नाम पायल बताइ । स्नातक प्रथम बर्ष पढ्ने उ मलाइ उहिल्यै र अहिले पनि उत्तिकै मनपर्छ । एकछिनको कुराकानी मै उ खुब मिजासिलो स्वभाव कि जस्तो लागिसकेको थियो मलाइ । पायल, खुला हृदयकि केटी हो भन्ने अड्कल काटेँ । सायद खुलेको मौका छोपि म उसको हृदयमा पस्ने प्रयास गरिरहेको थिएँ ।
‘यो हेर न….!’, मैले गोजीबाट क्यामेरा निकालेर उसको फोटो डिस्प्ले गराएँ ।
‘ओ माइ गड ! मलाइ शंका त लागेथ्यो के’, उसले आश्चर्य प्रकट गरि ।
‘के शंका ?’ मैले सोधेँ ।
‘तिम्ले फोटो खिचेका थ्यौ भन्ने ।’

उसलाइ मैले सम्झिरहेजस्तै उसले पनि मलाइ सम्झिरहेकोमा कताकता मेरो मन फुरुङ्ग भो । उ पैलो नजर मै मेरो दिलमा बसेकि थिइ । मैले उसलाइ दुइबर्ष अघि न्युरोडमा पैलोपटक देख्दा क्यामेरामा कैद गरेको थिएँ । उसले पनि थाहा पाएकि रैछ । तर उसलाइ थाहा होला भन्ने मलाइ एकरत्ति पनि थाहा थिएन । मलाइ त यति मात्रै थाहा थियो कि उसको तस्विर क्यामेरामा कैद गर्दा मेरो हृदयमा पनि कपि भएको थियो । उ मलाइ बिछट्टै राम्री लागेको थियो । त्यसैले त मैले सम्झनाका लागि उसको तस्विर लिएको थिएँ ।

‘खुब थाहा रैछ’, मैले बहस गर्ने मुडमा जिस्किएँ ।
‘नत्र के हो त ?’, उसले जिद्दि गर्ने शैलिमा भनि ।
‘तिम्लाइ भेट्दा त मैले तिम्रो तस्विर यहाँ कैद गरेको थिएँ ।’, मैले छातिमा हात राख्दै भनेँ ।
‘ए ! ए ! अनि त्यसपछि ?’
‘त्यसपछि मेरो हृदयको तिम्रो तस्विर ऐले तिम्लाइ देखाउन क्यामेरामा डिस्प्ले गरा’को ।’
‘हा हा’, उसले मिठो हाँसी ।
‘मैले जोक भनेँ र ?’
‘नाइँ ! तिम्रो जे पाइ त्यै साहित्य सुनेर हाँसेको’, उसले भनि ।
‘उ बेलामा त तिमी खुब राम्री थियौ’, मैले जिस्काएँ प्रशंग मोड्दै ।
‘ऐले राम्री छैन र ?’
‘ऐले त राम्री छैनौ, झनै राम्री छौ ।’
‘हा हा’ मेरो अपत्यारिलो जबाफले उसलाइ हल्का महसुस गरायो सायद । निकै मुडमा हाँसी उ ।
केटीहरु रुपको कमेन्टमा अलि सेन्सेटिभ हुन्छन ।

गाडी बगरमा रोकियो । उसलाइ अघि लगाएर हामी गाडीबाट एकसाथ झर्यौ । उसले भाडा तिरि । मैले तिर्छु भन्दा पनि मानिन । यहि झोकमा मैले कार्ड छैन भनिदिएँ । आफ्नो कार्डको डिस्काउन्ट लिएर मेरो पुरा भाडा तिरि पायलले ।

‘चिया खाएर जाउँ न’, उसँग अझै बस्ने बहानामा मैले प्रस्ताव गरेँ ।
‘नाइँ ! आज अबेर भा’छ । भोलि खाम्ला नि’, उसले भनि ।
‘भोलि भेट भए पो ! पछि भन्नाले दुइबर्ष खेर गयो मेरो ।’, मैले जिद्दि गरेँ ।
उ मान्नेवाला थिइन, तैपनि मैले प्रयास छाडिन ।
‘अब खेर जाँदैन । स्योर भोलि भेट्छु’, उसले बाचा गरि । त्यसपछि मोबाइल नम्बर लिएर छुटियौँ । उसँगको यो प्रिय र प्रथम भेटमा उ धेरैपल्ट मिठो हाँसी ।
सायद, मिलन र बिछोडको शिलशिला त्यहिँबाट शुरु भयो ।
…
झरि परिरहेको थियो । छाता लिएर नहिड्ने मेरो पुरानो बानीले म रुझ्न बाध्य थिएँ । वरिपरि हेरेँ, धेरैजसो बटुवाहरु रुझिरहेका थिए । कोहि बाध्यताले रुझेका जस्ता त कोहि रहरले रुझेका जस्ता थिए । म रहर भन्दा बाध्यताले रुझिरहेको थिएँ ।

भोलि भेट्छु भनेर छुटिएकि पायलको घन्टी मेरो मोबाइलमा एकहप्तासम्म पनि बजेको थिएन । मैले फोन गर्दा उसको मोबाइल अफ छ भन्थ्यो नेपाल टेलिकम । हरेक पल्ट मोबाइल हातमा लिदाँ उसैको फोन नम्बर डायल गर्ने बानी परिसकेको थियो तर सधैँ उहि कुरा सुनिन्थ्यो, ‘तपाइले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएकोछ ।’ म दिक्दार थिएँ । न फोन न मेसेज पायलको केहि अत्तोपत्तो थिएन । एकमनले बरु भेट नभएको हुन्थ्यो नि झैँ लाग्यो । पायल लाइ केहि पो भयो कि ! उसले फोन गर्न नमिल्ने ठाँउमा पो छ कि ! अनेक प्रश्नहरूले मलाइ पिरोल्न थालेको थियो । पानीमा रुझिरहँदा उसलाइ मैले खुब मिस गरिरहेको थिएँ ।

‘सबिन !’, एउटा अपरिचित आवाजले मलाइ बर्तमानमा ल्याइदियो । पायलसँग कल्पनामा हराइरहेको म टक्क अडिएँ ।
‘हुँ…!’, मैले आवाज आए तिर मुन्टो बटारेँ । एउटी मस्त यौवना छाता ओढेर मेरो सामु आइ । यति नजिक आइ कि मैले उसको स्वास महसुस गरिरहेको थिएँ ।
‘किन रुझेको ? बिरामी पर्लाउ’, अपरिचित जस्ती लाग्ने उसले आत्मियता र प्रेम मिसिएको लवजमा भनि ।
अपरिचितहरु परिचित बन्ने लहर नै चलेको थियो पछिल्लो दिन मेरो जीवनमा । यो केटी पनि लाइनमा हुने भै भन्ने लाग्यो ।
‘के भो ? किन टोलाको नट्टी ब्वाइ ?’, उ अलिक झर्के जस्तो गरेर भनि ।

“नट्टी ब्वाइ” शब्द सँग म धेरै अघिदेखि फेसबुकका भित्ताहरुमा परिचित थिएँ । उहि केटी आज मलाइ र्याक हान्ने सुरमा मेरो अगाडी उभिएको महसुस गरेँ । मैले भेटुम भन्दा नमान्ने उ आज अकस्मात यो बिच रोडमा मलाइ बोलाइ बोलाइ भेटेकि थिइ नपत्याम्नी तबरले ।

‘अँ ! पानी परेपछि, छाता ओढाइदिने नभएपछि रुझिनेरैछ ।’, मैले नखरा पार्दै भनेँ ।
‘साहित्यकार !’, उसले कुम ठोक्काइ ।
‘अचम्म भो त आज । कहिलै भेट्न नमान्ने कसै कसैले भेटे हाम्लाइ’, मैले जिस्काएँ ।
‘माया लागेर नि त रुझेको देखेर’, उसले भनि, ‘बिचऽरा ! नट्टी ब्वाइ’
‘माया पनि लाग्छ तिम्लाइ ?’
‘लाग्दोरैछ । लाग्यो के रे ई…’, उसले भनि ।
‘धन्देबाद ! आइ लभ यु टु….’,मैले हाँस्दै भने ।
उसले जिब्रो निकालि ।
‘कता घुमिराको त नि तिमी ?’
‘घुमेर त सक्यो । अब घर हिँडेको’, मैले भनेँ, ‘तिमी कता हो त नि ?’
‘म साथीको घर हिडेको’, उसले बताइ ।
‘ए ! ए ! हामी त साथी परेनौँ । त्यै भएर हाम्रोतिर तिमी कहिलै हिडिनौँ ।’, मैले जिस्काएँ ।
लान्छौ र आज ? जाम त नि हिँड भन्दै उ अघि लागि ।
म पछि लागेँ ।
‘के पछि पछि हिडेको रुझ्दै । छाता ओढन सँगै जाने के । कि घर लग्नु पर्छ भनेर अहिलै तर्कन खोज्या ?’, उसले भनि ।
‘लेडीज छाता नि के ओढ्नु ! भै गो हाम्लाइ रुझ्दैमा मज्जा छ ।’, मैले भने ।
‘बाफ्रे ! कुरा तेसो पो । हामीसँग हिड्नै नहुने रैछ नि । कि गर्लफ्रेनले देख्छे भनेर डर लाग्या ?’, उसले अलि असहमत भएँ झैँ गरेर भनि । उसको अनुहारमा बिल्कुल असहमति थियो ।
‘ओ के ! माफ गर्नुहोला म्याडम’, यतिभनिसक्दा म उसको छाता मुनि पुगेँ ।

एउटै छातामुनि बसेपछि बोल्न जरुरी नै नरैछ कि कुन्नी अघिसम्म जिस्किएकि उ एकाएक शान्त भइ । खुब अड्कलेर बोलिरहेकि थिइ उ । निकै संयम पनि । छुवाइमा मादकता त थियो नै लज्जा पनि मिसिएको थियो । मलाइ उसको बास्ना कताकता मन परिरहेको थियो । कोठामा एक्लै बस्न झ्याउ लागेर साथीकोमा बस्न जाने भन्दै थिइ उ ।

‘एक्लै बस्न झ्याउ लागे साथी खोज्नुपरो नि सधैँ सगैँ हुने’, मैले त्यहि मौका छोपेर जिस्काएँ, ‘कि मैले नै खोज्दिउँ ?’
‘परेन खोज्न । भेटिसक्यो ।’, उ अलि सिरियस पारामा बोलि ।
‘आम्मै ! सँगै छ है त्यो साथी ।’, मैले उसको कानमै ओठ जोडेर सुस्तरी भनेँ ।
उसले सहमतिको मन्द हाँसो छाडी र मेरो खल्तिबाट मेरो मोवाइल झिकि, सोध्दैनसोधि ।
त्यतिकैमा उसको फोनमा घन्टी बज्यो ।
धेरै माया दिदाँरैछन मुटु जोडेर जानेहरु…. उसको रिङटोन भाइब्रेसनका साथ उसको टाइट जिन्सको म तिरको साइडको गोजीमा थर्थरायो ।
‘फोन आयो तिम्रो । रिसिभ गर ।’, मैले सम्झाएँ उसले थाहा पाइन कि भनेर ।
यहाँबाट गरेको भन्दै उ मुस्काइ ।
हामी त्यतिबेलासम्म बगर पुगिसकेका थियौँ ।
‘म यहिँ हो बस्ने । उ त्यो घरको त्यो कोठा ।’, मैले औँलाले देखाउदैँ नबिर्सनु ल ! भनेँ ।

अनि उसको छाताबाट बाहिरिएँ र एकपल्ट उसलाइ नियालेँ तलदेखी माथीसम्म अनायासै । उ लजाइ । हामी दुबै उत्तिकै रुझेका थियौँ । दुबै रुझिरहेका । उसले मसँग आखाँ जुधाइ निकै लज्जाका साथ अनि मुन्टो झुकाएर आफ्नो रुझेको जिउ नियाली, मैले उसको मस्त जवानी नियालेँ ।
…
कोठामा किताव, कपडा, जुठाभाँडा, चुरोटका ठुटाहरु असरल्ल थिए । भिजेका कपडा स्ट्यान्डमा झुन्डाएर बेडमा पल्टीए । बाटोको घटना सम्झिएँ । त्यो भन्दा अझ धेरै पायललाइ सम्झिएँ । टेबुलको मोबाइल हेरेँ । डायल कलमा अघिको नयाँ नम्बर थियो सेभ नगरिएको । नम्बर सेभ गरेँ र नाम टाइप गरेँ मनमनै मुस्काउँदै, रेश्मा ।

रेश्मा नराम्री केटी थिइन तर उसँग जिस्कनुका अलावा मैले त्योभन्दा बढी केहि सोचेकै थिइन । दुइबर्ष देखी पायलका लागी साँचेको मेरो मन रेश्माका लागी हुनै सक्दैनथ्यो । दिउसोको रेश्माको अनुहार सम्झिदा मैले नजिस्काउनु पर्नेरैछ झैँ लागिरहेको थियो, मैले उसलाइ अलिबढि नै रोमान्टिक बनाए झैँ लाग्यो । उ साच्चै अलि बढी सिरियस भैरहेकि थिइ दिउसो । केटीले प्रेम गर्न थालेको उसँग छुटिँदा मैले उसको अनुहारमा पढेथेँ ।

पायलको फोन अझैपनि अफ नै थियो । पायलको केहि थाहापत्तो हुन सकेको थिएन । मसँग त उसको नम्बर बाहेक अरु केहि पनि थिएन । खोज्ने कुनै बाटै थिएन । पायललाइ भने म बस्ने घर पनि थाहा थियो । मोबाइल हरा’को भए घरै आएको भए पनि हुन्थ्यो झैँ लाग्यो । पायलसँग सम्पर्कबिहिन भइरहँदा मलाइ कताकता रेश्माप्रति माया जागेर आउन खोज्दैथियो । म आफुलाइ सम्हाल्न सकिरहेको थिइन । मेरो आफ्नै मन पनि मेरो बशमा थिएन । पायल र रेश्मालाइ एकसाथ सम्झिरहन खोज्दै थियो मन । दुइटा डुङ्गामा खुट्टा टेक्ने घातक प्रयास गर्दै थिएँ म । म झन् बेचैन भएँ ।

सिरानीमुनिबाट चुरोट निकालेर ओठमा च्यापेँ अनि सलाइ खोजेँ । सलाइ कतै थिएन वा भेटिएन । यताउति जम्मै खोजेँ । अहँ सलाइ कतैपनि थिएन । ग्यास सकिएको दुइ दिन भएको थियो । सरकारले बजारमा हस्तक्षेप र अनुगमन गर्न नसक्दा पसलेहरुले दैनिक आबश्यक पर्ने सामानको कृतिम अभाव गराउने संस्कृति नै भैसकेको छ अचेल । प्रभाव आज मेरो कोठामा पनि पर्यो । मनमनै नालायक सरकारको जनता हुनुपर्दाको पिडाबोध गर्दै मैले ओठको चुरोट टेबुलमा हुर्याएँ । गाउँबस्तीमा आगलागी गराउने गरिबीले चुरोट सल्काउने एक झिल्को आगोको अभाव गराएको थियो ।
…
रेश्मा निरन्तर मेरो सम्पर्कमा थिइ । उसले रोमान्टिक गफ गर्न थालेकि थिइ । मलाइ भने झन झन पायलप्रति आशक्ति बढ्दै थियो । मेरो जिन्दगीमा उ एकमात्र पात्र बनेकि छ, जसलाइ म भित्रैदेखि चाहन्छु । तर सोचेजस्तो भैराखेको थिएन । म पायललाइ मन पराउछु, रेश्मा मलाइ मन पराइरहेकिछ ।
‘अँ भन’, रेश्माको फोन रिसिभ गर्दै मैले भनेँ ।
‘कहाँ छौ ?’, उताबाट आवाज आयो ।
‘कहाँ हुनु नि कोठामा छु ।’
‘तिम्लाइ भेट्न मन लागेछ ।’
‘ओके कोठामा आउ तेसोभए ।’
‘बाहिर भेटम् न’, उसले कोठामा आउन मानिन । म भने कोठा मै बोलाउने मुडमा थिएँ ।
‘बिरामी भएर बाहिर आउन सकेको छैन । अपिस पनि जान सकिन आज’, मैले झुट बोलेँ ।
‘ए हो र ! ल तेसोभए त साहित्यकारलाइ फलफुल लिएर आउन पर्यो नि भेट्न आफ्नो ख्याल राख्नु’
‘फलफुल चाहिदैन, तिमीलाइ नै फलफुल सम्झेर खाउँला’, मैले भनेँ, फोन डिस्कनेक्ट भइसकेको थियो ।
फोन काटेको पाँच मिनेट पुग्दा नपुग्दै रेश्माले मेरो ढोका ढक्ढकाइ ।
‘खुलै छ’, मैले भित्रबाट भनेँ ।
‘के भयो मेरो प्यारोलाइ ?’
‘के हुनु नि बिरामी भएर ।’
‘के भ’को?’
‘टाउको दुखेछ बेस्केरी ।’
‘अब चट्टै हुन्छ मैले भेटेपछि’, उसले लाडे स्वरमा भनि ।
‘तिमी मेरो औषधि कैलेदेखि बनेको ?’, मैले निउँ खोजेँ ।
‘जैले तिम्लाइ भेटेँ, र जैले तिम्ले मलाइ भेट्यौ…तै दिनदेखि’, अलि सिरियस पारामा उसले भनि । र मेरो निधारमा चुम्बन गर्दै आइ लभ यू भनि बिस्तारै ।
मलाइ आइ लभ यू टु भन्नै आएन उसलाइ, जैलेदेखि उसले मसँग जिस्कन भन्दा बढि माया गर्न थालेको महसुस गरेको थिएँ । यसपाली पनि भनिन ।
मैले ‘थ्याङ्क यू’ भन्दै उसको ओठमा चुमेँ ।

म बिरामी नै नभएको मान्छे उसलाइ भेटेपछि उसले भनेजस्तै सन्चो भएको नाटक गरिरहेको थिएँ । म बास्तबमा बिरामी पनि त थिइन । मेरो टाउको हैन दिल दुखेको थियो, पायल हराएपछि । रेश्मा दिनभर मेरो सामु बसि, अनेक गफमा भुलेर । मलाइ पनि त भुलाइ रेश्माले । उसले सप्पै सुम्पिदिइ प्रेमका नाममा, हरचिज जो उसँग कुमारी बनेर मौज्दात थियो । मैले प्रेमको नाटक गरेर उसँग पुरुषत्व देखाएँ । मान्छेले औकात देखाउछ । हो, मैले औकात देखाएँ ।
…
बिहानको दश बजेको थियो । नौ बजे पुग्नु पर्ने मेरो अफिस म एक घण्टा ढिलो गरि हिँड्दै थिएँ भर्खर कोठाबाट । बाइक स्टार्ट गरेँ र निस्किएँ, उहि भारी मन लिएर । म मेरो मन चाहेर पनि कोठामा छाड्न सक्दिनथेँ अचेल । पायलले मेरो भारी मन, झन् भारी बनाएकि थिइ । सानुमा हामी गाउँमा घाँस काटेर आउने केटीहरुका डोकामा ढुङ्गा राखेर झन् गह्रौँ बनाइदिन्थ्यौ । हो त्यसैगरि पायलले मेरो मनमा ढुङ्गा राखेको महसुस गरिरहेको थिएँ । तर मैले थाहा पाएर पनि ढुङ्गा झिकेर फाल्ने प्रयास गरिन । मलाइ पायलले राखेको ढुङ्गासँग पनि प्यार छ । पायलसँग बिस्तारै रिस उठ्न थालेको थियो । जब झन् झन् रिस अगाडी आउथ्यो, झन् माया लागेर आउथ्यो मलाइ । मेरा आँखा रसाउँथे । बेचैनी बढ्थ्यो ।

‘हेल्लो !’ पायलको आवाजले मलाइ झसंग गरायो महेन्द्रपुलमा । बाइकलाइ साइडमा रोकेर म झरेँ । उ एउटा होटलमा छिरि । म पनि पछिपछि उसँगै छिरेँ । सरासर उ र म एउटा कोठाभित्र पुग्यौँ ।

मैले अनायासै भावरहित मुस्काएँ, मुस्कुराउनका लागि मात्रै । उसले पनि मुस्काइ तर आँखाभरि आँशुका साथ मुस्कुराइ । मैले उसका बग्दै गरेका आँशुका थोपा हातले मेटाइदिएँ । उसले अरु केहि बोलिन मात्र उसका आँशु बोलिरहे ।

‘आइ लभ यू !’, मैले उसलाइ छातिमा टाँसेर भनेँ ।
उसले मात्र सुँक्कसुँक्क गरिरहि ।
‘ईऽऽ !’, एकैछिनपछि आँशुमिश्रीत स्वरमा मलाइ एउटा कागजको टुक्रा थमाउँदै पायल कोठाबाट गइ…सायद यो जीवनबाट पनि । 🙁

पसिनाले भिजेको कागजको टुक्रामा पायल यसो भन्दै थिइ…
‘प्रिय सबिन !
दुइबर्ष अघि न्युरोडमा तिम्ले मेरो तस्विर लिइरहँदा म तिम्रो प्रेममा परेकि थिएँ । तिम्रा आँखाहरुमा मैले प्रष्ट प्रेम पढेर पनि म केहि बोल्नै सकिन । न तिमीले बोलायौ । त्यसपछि मेरा बेचैनिका दिनहरु र चिसा रातहरु बिते, तिमीलाइ सम्झिएरै । एक नजरमा प्रेम नै हुँदैन भनेर जिद्धि गर्ने म आँफै भोगिरहेकि थिएँ, त्यस्तै प्रेम । तिम्रो न्यानो माया र स्नेह हरेक सपनामा पाइरहँदा मेरा बिपनाहरु सधैँ उजाड उजाड बनिरहे ।
जब तिमी भेटियौ, अत्यन्त ढिलो भैसकेछ सबिन । मेरो भौतिक शरिर मैले चाहेर पनि तिम्रो बन्न सक्दैन । मन त उहिल्यैदेखि तिम्रै र अब पनि तिम्रै बनिरहनेछ । तिमीले नै भन्थ्यौ नि, सबै प्रश्नका जबाफ हुँदैनन् । हो रैछ सबिन सबै प्रश्नका जबाफ हुँदैनन । मसँग जबाफ छैन तिमीलाइ दिने । म साँच्चै तिमीलाइ माया गर्छु तर तिम्रो बनेर तिमीसँग जीवन बिताउने उत्कट चाहना हुँदाहुँदै पनि तिम्रो बन्न सक्दिन । मलाइ माफ गर सबिन ! तिमीले महसुस गर्ने गरि तिमीलाइ माया गर्न पाइन ।
चाहेर पनि तिम्रो बन्न नसकेकि,
पायल’

म छाँगाबाट खसेजस्तै भएँ । आँफु उभिएको जमिन घुमिरहेको जस्तो भैरह्यो । बेडमा पल्टिएँ । ब्यूँझिदा फोन बजिरहेको थियो । रेश्मा कलिङ्…!
‘हेल्लो!’, फाने रिसिभ गर्दै मैले भनेँ ।
‘के भयो ? किन रुन्चे स्वर ?’, उसले जिज्ञासु भावमा सोधि ।
‘नाइँ कै हैन’, भर्खर उठेको त्यैभएर होला ।
‘कहाँ उठेको ? म तिम्रो कोठामा हो ।’
‘मैले के गर्न परो त नि अनि ?’, झर्केर बोलेँ । बोल्नै झ्याउ लागिरहेको थियो । उ रिसाएर फोन काटोस् भन्ने चाहिरहेको थिएँ ।
‘ह्या ! मैले के भनेछु र अनि ?’
मैले केहि बोलिन ।
‘कोठामा आउ ल म कुरिराख्छु ।’, उसले यति भन्दै फोन राखी ।

एकछिनमा कोठा पुगेँ । रेश्मा हातले टाउको अड्याएर मलाइ कुरिरहेकि थिइ ।
ढोका भित्र छिरेँ । टेबुलको घर्राबाट चुरोट निकालेर सल्काएँ । रेश्मा हेरिरहेकि थिइ । मेरो तनाब रेश्मा पढ्नसक्ने भएकि थिइ सायद । म रेश्माको मतलब गरिरहेको थिइन ।
रेश्मा उठेर मेरो ओठमा जलिरहेको चुरोट थुतेर स्ट्रेमा राखि र मलाइ नियाल्ने प्रयास गरि । मैले रेश्माको गालामा एक थप्पड हानेँ र एस्ट्रेको चुरोट हातमा लिएँ । मलाइ उसको हस्तक्षेप मन परेन ।
रेश्मा टेबुलमा मुन्टो अड्याएर सुँक्कसुँक्क गर्दै बोलिरहेकि थिइ, ‘खाउ प्यारा ! खाउ ! मलाइ तिम्रो फोक्सोसँग हैन, मुटुसँग प्यार छ ।’
रेश्माको डाइलगले मेरो हातको चुरोट एस्ट्रेमा निभ्यो ।
‘सरी!’, उसको कपाल सुम्सुमाउँदै मैले भनेँ ।
‘नाइँ ! सरी नभन…तिम्ले चुरोट खायौ भनेर हैन के, मसँग बोलेनौ भनेर हो ।’
‘ओके, आइ एम सरी’
‘ऐले फेरि!’, उसले मेरो छातिमा मुक्का हानी, बडो प्रेमले ।

‘आइ लभ यू !’, लामो मौनतापछि मैले भनेँ । रेश्माले मलाइ सधैँ ‘आइ लभ यू’ भनि र मैले ‘थ्याङ्क यू’ भनेँ । उसले कहिलै पनि मलाइ सोधिन, ‘तिमी मलाइ किन आइ लभ यू भन्दैनौ ?’ बस् पर्खिरही रेश्माले धैर्यताको सिमासम्म ।
त्यसपछि,
उ सन्तुष्टिको मिठो हाँसो मुस्कुराइ र अंगालो हालेर भद्र चुम्बन गरी ।

21 thoughts on “कथाः सबै प्रश्नका जवाफ हुँदैनन्”

  1. RAM says:
    September 15, 2012 at 11:19 am

    सुरुवात तर अत्यन्त मेहनत , कथामा मा भएजति सबै होइन तर शब्द अत्यन्तै मार्मिक छन् ,कीप गन ब्रो .

    Reply
  2. Prasanna Ghimire says:
    September 13, 2012 at 10:52 am

    यो प्रेम मिठो होइन
    सन्तुस्टी हो मुटु को
    म महसुस गर्दै छु …
    love you dear

    Reply
  3. Dhan says:
    September 12, 2012 at 5:22 pm

    बिष्णु जी,

    I am not embarrassing to you writing this comment. but, how much interesting and nice this story is because of that suspense. if, everything was disclosed, would not be much nicer I think….

    waa.. superb. i like this. how nice plutt has been committed on it.. thank you my sansar and Jhalak paudel ji for such a nice one…

    Reply
  4. सागर ढकाल says:
    September 12, 2012 at 1:01 am

    प्यारा ! खाउ !
    मलाइ तिम्रो फोक्सोसँग हैन, मुटुसँग प्यार छ ।
    मलाई नि साह्रै सरल लग्यो यो सैली ..राम्रो छ धेरै राम्रो ..

    Reply
  5. Bishnu pd subedi says:
    September 11, 2012 at 7:06 am

    कथालाई कथाकारले निकै मिहिनेत गरि लेख्नु भएको छ र कथा सलल अगाडी बढेको छ. तर पायल को जीवन मा कस्तो मोड आको कारणले उसले सबिन को प्रेमलाई त्यागी त्यो प्रस्ट खुलाइएको छैन./ तर कथाकारको लेखन सैली निकै राम्रो छ/

    Reply
  6. RandomAccessMemory says:
    September 10, 2012 at 7:46 pm

    लेखन शैली ‘पल्पसा क्याफे’ बाट प्रेरित भए जस्तो लाग्यो, प्रयास राम्रो छ ! Keep it up !

    Reply
  7. shankar says:
    September 10, 2012 at 6:53 pm

    तर अझै राम्रो बनौन सकिन्थ्यो होला ,द्रोना ले भनेको जस्तो मादल चै बजै हाल्न चही तेती सजिलो छैन हो । । । । । । । । । । । ।

    Reply
  8. sandesh says:
    September 10, 2012 at 4:19 pm

    … well written … thumps up….
    म बिरामी नै नभएको मान्छे उसलाइ भेटेपछि उसले भनेजस्तै सन्चो भएको नाटक गरिरहेको थिएँ । म बास्तबमा बिरामी पनि त थिइन । मेरो टाउको हैन दिल दुखेको थियो, पायल हराएपछि । रेश्मा दिनभर मेरो सामु बसि, अनेक गफमा भुलेर । मलाइ पनि त भुलाइ रेश्माले । उसले सप्पै सुम्पिदिइ प्रेमका नाममा, हरचिज जो उसँग कुमारी बनेर मौज्दात थियो । मैले प्रेमको नाटक गरेर उसँग पुरुषत्व देखाएँ । मान्छेले औकात देखाउछ । हो, मैले औकात देखाएँ

    Reply
  9. yam pun says:
    September 9, 2012 at 6:42 pm

    कथा पढ्दा म पनि पोखरा पुगे जस्तो लाग्यो! रोमान्टिक शैलीमा सबैलाई पाच्य हुने गरि सरल भाषामा लेखिएको कथाले “लेखेको पाइन्छ तर देखेको पाइदैन” भन्ने भनाइलाई प्रमाणित गरि दिएकोछ!

    Reply
  10. Khagendra says:
    September 9, 2012 at 4:43 pm

    बेक्कार को कथा !!!!!

    Reply
    1. Bishnu pd subedi says:
      September 11, 2012 at 7:15 am

      कहिले नेपाली किताब किनेर पढेको भए पो कथा के हो भन्ने थाहा हुन्छ साथी लाई/ बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड भनेको एस्तै हो साथी / कहिलेकाही येसो किताब किनेर पड्ने बानि बसाल्नु पर्यो/

      Reply
  11. Amrit Dahal says:
    September 9, 2012 at 11:29 am

    मलाई त मन पर्यो कथा सलल बगेको रेछ

    Reply
  12. sahanshil shrestha says:
    September 9, 2012 at 5:49 am

    कथा धेरै राम्रो छ | ठेट बोलिचलीका शब्द को प्रयोग ले कथालाई जिबन्त बनाएको छ भने प्रेम वार्तालाभ ले कथाले पाठकलाई मादकता प्रदान गरेको छ | बिशेस गरेर यी शब्दहरुको बयान नै छैन …………………………………….रेश्मा टेबुलमा मुन्टो अड्याएर सुँक्कसुँक्क गर्दै बोलिरहेकि थिइ, ‘खाउ प्यारा ! खाउ !
    मलाइ तिम्रो फोक्सोसँग हैन, मुटुसँग प्यार छ ।
    ’रेश्माको डाइलगले मेरो हातको चुरोट एस्ट्रेमा निभ्यो ।
    ‘सरी!’, उसको कपाल सुम्सुमाउँदै मैले भनेँ ।
    ‘नाइँ ! सरी नभन…तिम्ले चुरोट खायौ भनेर हैन के, मसँग बोलेनौ भनेर हो ।’
    अन्तमा फेरी पनि अरु धेरै उत्कृस्ट कथाहरुको आशा राख्दै अझै राम्रा कथाहरुको लागि लेखक ज्यु लाई हार्दिक शुभकामना ……………

    Reply
  13. द्रोण says:
    September 9, 2012 at 4:16 am

    लब ट्रयानगल !!
    अति राम्रो !!
    मौका मिले मादल ठोकिहाल्ने आदत चै हुनु भएन |
    आखिर मर्यादा को पर्खाल को पनि त् सम्मान हुनुपर्यो नि ?

    Reply
  14. anam says:
    September 9, 2012 at 2:55 am

    कथा नभएर नाटक जस्तो लाग्यो, पात्रहरुको सम्बाद धेरै भएकोले होकी कुन्नि .

    Reply
  15. कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया   says:
    September 9, 2012 at 2:53 am

    सही छ, सारै रोमांटिक !!

    Reply
  16. तिर्थ says:
    September 9, 2012 at 2:13 am

    बिचारी रक्स!!!

    Reply
  17. Sudhir says:
    September 9, 2012 at 12:04 am

    राम्रो कथा रहेछ. पोखरा बस्दा का दिन हरु को याद दिलायो..
    सायद बगर, दीप तिर dherai राम्रा केटि हरु हुने रहेछन जस्तो छ..

    Reply
  18. Hikmat B K says:
    September 8, 2012 at 10:05 pm

    कथा ठिकै छ / सबैको जिबनमा थोरै धेरै यस्तो हुन्छ नै/

    Reply
  19. Nischal says:
    September 8, 2012 at 8:31 pm

    कथा निकै राम्रो लाग्यो मन छुने खाल को रहिछ ”

    Reply
  20. ravi says:
    September 8, 2012 at 8:25 pm

    राम्रो लाग्यो लेखाइ…मन २ तिर अलि न डुलाउने हो कि..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme