-बासु श्रेष्ठ/उडव्रिज,भर्जिनिया-
मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टी छैन। किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ती सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिइरहेका हुन्छन्।
अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन। त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न। अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने कामदाताहरुले भने घण्टाको ७ डलरभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन्। यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ। त्यस आम्दानीबाट खाना लगायत बासको लागि खर्च हुँदा बचतको खासै बाटो देखिन्न। किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ। जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ। अनि सातैदिन, दिनको १४ १५ घण्टा शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ। कल्पना नगरेको काम गर्नु, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ।
अमेरिकामा डलर फल्दैन हजुर!
-बासु श्रेष्ठ/उडव्रिज,भर्जिनिया-
रोजगारी तथा शिक्षाको लागि जन्मथलोबाट सदरमुकाम हुँदै राजधानी र विदेश जानु नयाँ कुरा होइन। न त यो हामी नेपालीको मात्र चलन हो। यस्तो चलन अविकसित तथा विकासोन्मुख राष्ट्रवासीको मात्र होइन कि विकसित राष्ट्रका व्यक्तिहरु पनि वैदेशिक रोजगारको लागि बाहिर गएका छन्। नभए बेलायत या जर्मनी या फ्रान्सका मानिस किन अमेरिका आउँथे या कोही अमेरिकाबाट ती देशमा किन जान्थे? र यो प्रथा निकै पुरानो पनि हो। वैदेशिक रोजगारको लागि प्रत्येक मुलुकबाट प्रत्येक मुलुकमा मानिसहरु गई रहेका हुन्छन्। या त आफ्नो थलोमा अवसरको कमी देखेर या साँच्चै नै अवसरको अभाव भएको देखेर। उदाहरणको लागि भारतीयहरु रोजगारको लागि हाम्रो देशमा दिनहुँ आइरहेका छन्। त्यसको ठिक उल्टो हामी नेपालीहरु दिनहुँ विदेशतर्फ लागिरहेका छौँ। मलाई एकजना साथीको भनाई यहाँ राख्न मन लाग्योः एकपटक कलकत्ताबाट काठमाण्डौँ आउने हवाईजहाजमा कलकत्ताका एकजना वासिन्दा उनीसँगै परेछन्। कुराकानीको क्रममा ती वासिन्दाले नेपालमा बसोबास गर्ने र कारोवार गर्ने मनसुवाले नेपाल जान लागेका बताएछन्। मेरा ती साथी (जो नेपालमा केही छैन, केही गर्न सकिन्न भन्ने हामी जस्तै मनस्थिति भएका)ले सोधेछन् “नेपालमा तिमीले त्यस्तो के देख्यौ र ?” ती कलकतियाले नेपालमा चारैतिर पैसैपैसा छ, मात्र त्यसलाई टिप्न जान्नुपर्छ र कसरी टिप्ने त्यो मलाई थाहा छ भनेछन्। र यो कुरा एकदम ठिक पनि हो। अवसर र उपायको अन्त नेपालमा कदापि भएको छैन। तर हामी अल्छी, अनुद्योगी र हतारमा धनी हुने मनसाय भएकोले ती अवसर र उपाय हाम्रा लागि अदृश्य या दृष्टिगोचर भई दिन्छन्। फलतः हामी आफ्नै वीनाको खोजीमा विदेश-विदेश चाहार्ने जमर्को गर्छौं अनि मानवतस्करको धन्दालाई विकसित तुल्याउँदै, उनीहरुलाई पोस्ने अनि आफू र आफन्तलाई मारिरहेका छौ।
प्रसँग हो हालसालै प्रकाशित भएको समाचार जसमा २५-३० लाख रुपैँया भन्दा बढी दलालमार्फत् खर्च गरेर अमेरिकाको कठिनपूर्ण यात्रा गर्ने मृगतृष्णित नेपालीहरुको जसले अमेरिकाको सपनाको बोझले बाटोमा आईपर्ने कष्ट, दुख र जेलयात्राको कुनै परिकल्पना गर्दैनन्। अमेरिकी सपनाले तिनका आँखामा या त ती आसन्न कठिनहरुको बारेमा सोच्न मस्तिष्कलाई पारालाइज गरिदिन्छन् या त त्यसतर्फ निस्फिक्री जानाजान बेवास्ता गरिदिन्छन्। किनभने मानवतस्करको लोभलाग्दा र आशलाग्दा भनाईहरुले उनीहरुको आँखामा रंगीन सपना यसरी पोतिदिएका हुन्छन् कि ती जाबो २५-३० लाख रुपैँया केही होइन र शुरु हुन्छ कठिन यात्रा। अनि जब कुनै विरानो मुलुकमा दलालको बेइमानी अथवा त्यस देशको कानुनी पञ्जामा पर्छन् अनि मात्र तिनको चेत खुल्छ। अनि मात्र २५-३० लाखको मूल्य थाहा हुन्छ। अनि मात्र जिउ र ज्यानको माया लाग्ने हुन्छ। तर त्यतिबेला समय घर्किसकेको हुन्छ। सिवाय रुने, कराउने या आत्महत्या गर्ने बाहेक अरु उपाय हुन्न।
यस्तो अवस्थामा देशमा रहेको आफ्नो परिवारले थाहा नपाएसम्म उनिहरुपनि रँगीन सपनामा नै डुबीरहेका हुन्छन् र जब यो विपतको बारेमा थाहा पाउँछन् उनीहरुमा पनि अफसोच र आपतको पहाड खस्छ। एकछिन्को लोभ र अन्धताले परिवारका कतिजनामा आपत आईलाग्छ त्यो बेहोर्नेलाई नै थाहा हुन्छ। ऋण लिने त डुब्यो डुब्यो, ऋण दिनेपनि मानसिक तनावमा डुब्छ। ऋण दिएको ठुलो रकम डुबेपछि उसको परिवारमापनि हलचल र तरँग उत्पन्न हुन्छ।
मानवतस्करलाई पैसा खुवाएर अमेरिका पस्ने सपना बोकेकाहरुको यात्रा अमेरिकामा नै आएर टुँगिएपनि सुखका दिन शुरु हुन्छ भन्ने ग्यारेण्टी हुँदैन। एक त यस्तो अवैध बाटोबाट सबैजना अमेरिका पस्छन् भन्ने नै ग्यारेण्टी छैन। किनभने एक त अमेरिका आउने बाटोमा पर्ने विभिन्न दक्षिणी मुलुकहरुमा नै समातिने सम्भावना हुन्छ तर कथम ती सम्भावना पार भएपनि अमेरिकाको सिमानामा चौविसै घण्टा अमेरिकी अध्यागमनका प्रहरीहरु अत्याधुनिक हतियारका साथ स्थल र आकाशबाट पहरा दिई रहेका हुन्छन्।
यसको बारेमा यहाँ हेर्नुहोला । र यो पनि हेर्नुहोला तर कथम यी पहरालाई पनि छलेर अमेरिका पस्न सफल भई हालियो भनेपनि डलर खेती त्यसै शुरु हुँदैन।
मेरो एकजना मित्र समुद्री बाटोमा छ महिनाको अवधि लगाएर क्यानाडाबाट ट्रकको पँजाबी ड्राइभरको सिटमुनि गुन्द्रुक खाँदिए झै खाँदिएर अमेरिका त पसे। यसको लागि तिनले झण्डै दश वर्ष अगाडि छ लाख रुपैँया खर्च गरेका रहेछन्। अमेरिकामा आफुले सोचेभन्दा तल्लो स्तरको काम गर्नुपर्ने र भने जति आम्दानी नहुने अनि भएको आम्दानीले खान र बस्न नै नपुग भएपछि उनको ठूलो गुनासो सुनिन्थ्यो। उनलाई अमेरिका आउनुअघि त्यो छ लाख जति सानो लागेको थियो। अमेरिका पसेपछि त्यो छ लाख त्यति नै ठुलो र बोझ बनेको थियो। अहिले उनी देश फर्किसकेका छन्।
सबैजना ती मित्रजस्तो भाग्यमानी हुँदैनन्। अमेरिकास्थित नेपाली दूतावासमा कामगर्ने मेरा एक मित्र यसरी विभिन्न दक्षिणी अमेरिकी मुलुकमा समातिएका नेपालीहरुलाई ति समातिएका मुलुकबाट नेपाल डिपोर्टेशनको लागि कागजात बनाउने काममा अति व्यस्त भएको देखेको छु। अर्थात जति अवैध ढँगबाट अमेरिका पस्नेको सँख्या बढ्दो छ त्यति नै पक्राउ पर्ने र डिपोर्टेशनको सँख्यापनि बढ्दो छ। त्यसकारण यसतर्फ सोच्दै नसोचेको राम्रो र फलदायी र आनन्ददायी हुन्छ भन्ने मलाई लाग्छ। अमेरिका मेरो अर्थमा बम्बईको लड्डु हो जो खान्छ, पछुताउँछ, जो खाँदैन उपनि पछुताउँछ। तर दुख खाएर पछुताउनु भन्दा आरामकासाथ नै पछुताउनु बेश होला भन्ने मलाई लाग्छ।
माथि नै भने झैँ अमेरिका पसि हालियो भनेपनि डलरको खेती शुरु हुँदैन। किनभने तपाईमा जस्तोसुकै शीप छ भनेपनि
एक) स्थापित ठुला साना कुनैपनि कम्पनिहरुले कसैलाई यहाँको वर्कपरमिट बिना काम दिँदैन। त्यस्ता कम्पनिहरुमा कामगर्न शुरुमानै दुई कुराको आवश्यक पर्छ त्यो हो यहाँको सोसल सेक्युरिटी नम्बर जो कसैको कसैसँग मेल खाँदैन।
दोश्रो) वर्क परमिट। यि दुबै उपलब्ध गराउने भिन्दा भिन्दै निकाय हुन्। वर्कपरमिट उपलब्ध गराउने अध्यागमन कार्यालयको पत्रको आधारमा सोसल सेक्युरिटी नम्बर उपलब्ध हुन्छ। तर अध्यागमन कार्यालयबाट त्यस्तो पत्र पाउनकोलागी सो व्यक्ति अमेरिकी सरकारबाट बसोबासको स्विकृति पाएर अमेरिका आएको हुनुपर्छ। अर्थात डिभी परेर या पारिवारिक स्पोन्सरबाट आएको हुनुपर्छ। तर माथिको बाटोबाट आउनेले त बाटोमा नै पासपोर्ट फालेर आफु परिचयविहिन भैसकेको अवस्थामा यी केही पनि पाउने सम्भावना नै रहन्न।
कति कमाइन्छ अमेरिकामा ?
त्यसकारण अमेरिका पस्ने ति भाग्यमानीले या त भारतीय या पाकिस्तानी या बँगाली या चाईनिज या मूलतः अन्य आप्रवासीको रेष्टुराँ या ग्यास स्टेशन या यस्तै कुनै सानोतिनो व्यवशायमा काम गर्ने बाहेक अरु उपाय हुन्न। र यि कामदाताहरुलाई काम खोज्ने व्यक्तिको कमजोरी थाहा पाएको आधारमा चाहे जति प्रतिघण्टाको अर्थात् कम भन्दा कम प्रतिघण्टाको हिसाबले काममा लगाउँछन् अनि चाहेको घण्टाजति अर्थात् बढी भन्दा बढी। अमेरिकी केन्द्रिय सरकारको निर्णय अनुसार अहिले न्यूनतम प्रतिघण्टा ज्याला ७.२५ डलर हो र हप्ताको ४० घन्टा बढी काम गर्नेलाई डेढी ओभरटाइम दिनु पर्ने प्रावधान छ। तर पनि अक्सर जहाँपनि ७.२५ भन्दा बढि नै मानिसले पाई रहेका हुन्छन्। तर यसको ठिक उल्टो अवैधहरुलाई काम दिने र कमजोरी थाहा पाउने माथिका कामदाताहरुले भने यसभन्दा कम र दिनको चौध पन्ध्रघण्टासम्म काममा लगाउँछन्। यो सिधै मानव शोषण हो तर यसको बाटो खोलिदिनेपनि हामी नै हौँ। अझ कतिले आय करको नाममा कर कटाएर शोषण गर्दछन | किन मेरो कर काटेको भनि विरोध गर्ने हिम्मत शायदै कसैले गर्ला किनभने बल्ल बल्ल पाएको कामपनि गुम्ला भन्ने डर हुन्छ। त्यस आम्दानीबाट खाना लगायत वासकोलागी खर्च हुँदा बचतको खासै बाटो देखिन्न। किनभने आम्दानीको सबैभन्दा ठुलो भाग नै कोठाको भाडामा पर्ने हुन्छ। जस्तै सस्तो र समूहमा बसेपनि कोठाको भाडा महिनाको कम्तिमा ५ देखि ६ शयसम्म पर्नेहुन्छ। अनि सातैदिन, दिनको १४ १५ घण्टा शारिरिक काम गर्दा शरीरले कति मानसिक यातना पाउने गर्छ सहजै कल्पना गर्नसकिन्छ। कल्पना नगरेको काम गर्नु, लामो घण्टाको कामपछि घर पुग्दा छुट्टिएको परिवारको सम्झनाले जोपनि चाँडै विक्षिप्त बन्न सक्छ।
तर दलाललाई दिने त्यो २४-२५ लाखको सट्टा त्यस रकमको पाँचभागको एकभागजतिमात्र खर्च गरेर कुनै सानोतिनो पसल या उद्यम गरेर बसे यि सब झण्झटबाट मुक्त भइने कुरा कसैले सोचिदिए हुनेथियो।
यि त भए दलालमार्फत चोरीको बाटो अमेरिका पस्ने या पस्ने सपना देख्नेहरुको कुरा। अर्कोथरी पनि छन् जो कानुनी प्रक्रिया पुरा गरेर ठुलै सपनाकासाथ भिसा लगाएर अमेरिका पुग्छन्। टुरिष्ट या अन्य कुनैपनि भिसा (जसले अमेरिकामा काम गर्न प्रतिबन्ध लगाएको हुन्छ) लिएर यतै बस्ने विचारले आउनेकोपनि हालत झण्डै झण्डै उस्तै हुन्छ। तर यस्तो भिसामा आउनेहरुकोलागी भने केहि वैधबाटो खुलेका हुन्छन्। जस्तै कलेज भर्ना हुने र बसाईको अवधि लम्ब्याउने र ग्रीनकार्डकोलागी प्रक्रिया शुरु गर्ने। तर ग्रीनकार्डको प्रक्रिया शुरु गरेर हात नपरुन्जेल उसले आफुलाई वैध नै बनाई राखेको हुनुपर्छ। जसकोलागी कलेजको नियमित र पूर्णकालीन विद्यार्थी भई रहनुपर्यो, कलेजकोलागी फिको जोहो गर्नुपर्यो, त्यसकोलागी काम गर्नुपर्यो। उता स्पोन्सर गर्ने कामदाताले आफुकहाँ बढि भन्दा बढि घण्टा र कम भन्दा कम तलबमा काम गरोस् भन्ने चाहेको हुन्छ। अनि पूर्णकालीन कलेज, लामो समयको काम गर्दा गर्दै उ चाँडै नै थाकिसकेको हुन्छ।
तर यसलाई नकारात्मक ढँगले नलिई यो सँघर्ष हो पनि भन्न सकिन्छ। अमेरिका मौकाको देश हो। शीप, प्रविधि र बुद्धि छ भने उ तुरुन्तै विक्छ र रातारात प्रख्यात हुनपुग्छ। यसका थुप्रै उदाहरणहरु छन्। तर सबैभन्दा पहिले उ वैध हुनुपर्यो।
कोहि अमेरिका आउन चाहनु कसैको अधिकार र स्वेच्छाको कुरा हो। तर कसरी र किन आउने भन्ने कुरा चाहिँ अहम् प्रश्न हो। जसरी भएपनि अमेरिका पस्ने भन्ने मनशाय भन्दापनि वैध तरिकाले आएको खण्डमा परिणाम राम्रै हुन्छ यदि माथि भनिएको सँघर्ष गर्ने क्षमता छ भने। त्यसैले त्यस्ता मानिस वैध तरिकाले आउन जो कम्युटरमा राम्रो ज्ञान भएको होस्, जसको बोलाई र लेखाईमा अँग्रेजी राम्रो होस् र परिआएको खण्डमा सँघर्ष गर्नसक्ने होस्। अनि यस्तो सँघर्ष २० देखि ३५ वर्षसम्मकाले सजिलै गर्न सक्ने भएकोले यी उमेरकाहरुलाई अलि सजिलो हुनसक्छ। तर बाँकिकोलागी भने कठिनमात्र होईन महाकठिन नै हुन्छ। आफु बसेको देशमा व्यक्ति डाक्टर, इन्जिनियर या कुशल प्रशासक या प्रख्यात कलाकार आदि जे भएपनि उसले यहाँ आएर सँघर्ष गर्नैपर्छ। अहिलेको समयमा विश्वव्यापी मान्यता पाएको विद्या भनेको कम्प्युटर नै हो र यसमा राम्रो ज्ञान हुने र वैध तरिकाले आउनेलाई भने त्यति सँघर्ष गर्नु नपर्ला। USA को बारेमा एउटा भनाई छ You Start Again. त्यसकारण सबैले सहनै नसकिने संघर्ष गर्नै पर्छ भन्ने पनि छैन र सजिलै डलर खेति हुन्छ भन्ने पनि दिवा सपना हो |
सारांशमा भन्नु पर्दा अमेरिका जान त्यहाँको बारेमा राम्रोसंग जानकारी लिनुस, आफ्नो योजना बारे प्रष्ट हुनुस्, अमेरिका जाने मनशाय बनाउने तपाईं पक्कै अलिकति पढे लेखेको र अंग्रेजी जान्ने हुनु पर्छ | त्यसकारण इन्टरनेटमा यसबारे खोजि गर्नुस | अनि पाईला चाल्नुस | जो जसरि अमेरिका पुगेपनि ‘मलाई यहाँ हाइ सन्चो छ’ भन्ने मैले भेटेको छैन अपितु ‘के के न होला भनेर अमेरिका आइयो, दुख पाइयो’ भन्नेकै भिड मैले भेटेको छुँ तर अचम्म त्यो भिड मध्ये कसैले पनि अमेरिका छोडेको चाहिं हुन्न | जे होस् यस लेखको आशय तपाईंलाइ अमेरिका जान हतोत्साही गर्नु होइन बल्की सजग गराउनु भएकोले अन्यथा नलिनु होला |
(यो लेख कुनै कानुनी उपचार या कानुनी सल्लाह नभई एउटा सोचनीय र जागृतिमूलक लेखमात्र हो। यसलाई नितान्त अनौपचारिक सल्लाहको रुपमा लिनुहोला र ठिक लागे आफ्ना आफन्तहरुलाई सजग गर्नु गराउनु होला भन्ने अनुरोध छ | आशा छ अमेरिकी सपना बोक्नेहरुकोलागि यो लेखले नकारात्मक नभई सकारात्मक भूमिका खेल्ने छ |)
“अमेरिकामा डलर फल्दैन हजुर”! शिर्षकको लेख बढो सान्दर्भिक छ / लेखकले आफुले भोगेको र देखेको अमेरिकाको यथार्थ चित्रण यो लेखमा गरेका छन् र अबैधानिक तरिकाले अमेरिका आउन खोज्ने नेपालीहरुलाई राम्रो शिक्षा दिएका छन् / बांशु जी लाइ धन्यबाद !
लेखकको लेखको समिक्षा भन्दा पनि बढी कमेन्ट दिनेहरुले पिंडालु खाएर लड्डुको धाक दिएको देख्दा चाहि नेपाली कुकुरको अमेरिकन भुकाइ उखान चरितार्थ भएको छ /आखिर नेपालको हावापानी नै तेस्तो हो कि के हो ? नेपालमा जन्मने हामी नेपालीहरु जँहा बसेनी धाकधक्कु दिनुपर्ने ? केहि साथिहरुको गफ देख्दा दिउसै रात पर्ने खालका पनि छन् / “मैले लगभग १०० जना जती PHD धारीहरुलाई पाखुरा र तीग्राको नाप लीयर काम दियको छु “रे ! जबकि बिल गेट्सको माइक्रोसफ्टमा पनि ३० जना भन्दा बढी छैनन् ?
म पनि यो देशमा पाइला टेकेको २ बर्ष भयो / चाहिने भन्दा बढी खोकिन्न पनि र यस्तो उडन्ते कुरा मन पनि पर्दैन / नेपाल बस्दा ७ बर्ष डि . भी . को Consultant को रुपमा काम गर्दा मेरोमा Processing गरि अमेरिका आउनेको संख्या लगभग १८०० जना पुगेका रहेछन / प्राय : नेपालीहरु बस्ने स्टेटहरुमा मेरा कोहि न कोहि रहेको पाए /तसर्थ कुनै तोरीलाहुरेले गफ नदिए हुन्छ /
एउटा कुरा चाही भन्न चाहान्छु त्यो के भने कुन नेपालीले के गर्छ र के खान्छ भन्ने कुरा अर्कोलाइ थाहा भएकै हुन्छ तसर्थ उडन्ते गफ दिन भन्दा कमेन्ट नदिनु बढी बुद्दिमानि होला कि ?
अमेरिका त्यो देश हो जँहा तपाइँ ० बाट लाइफ शुरु गर्नु पर्छ / लेखकले दियको उखान सान्दर्भिक छ USA( you start again ) / जो मान्छे अमेरिकामा स्टाबलिस्ट भएको छ उसले यस्ता गफ दिनै सक्दैन किनकि अमेरिकामा आएर संघर्स गरिसके पछि ढिलोचांडो तपाइँ भित्रको अंहकार , दम्भ , बढ़ापन समाप्त हुनै पर्छ भएन भने तपाइले एकचोटी आफ्नो स्वाभाब परिवर्तन नहुनमा कतै तपैमा बंशाणु गुणको त दोष छैन १०० पटक सोच्नुस ! होइन भने नेपालमा गाइको शुद्द घिउ खाएको मान्छे भनेर आफुलाई धरै ठुलो अमेरिका,मा बसिसकेको मान्छेले धाक लगाउन नै सक्दैन /
आफु जे हो त्यहि मात्र नभन्नुस यसैमा तपाइको भलो छ / यो लेखको कमेन्टमा यथार्थ बहस भन्दा पनि प्लेटफर्मलाइ धाकधक्कु लगाउने थलोको रुपमा प्रयोग गरेको पाइयो / धन्यबाद !
डलर नि फल्छ ,
अमेरिका आउने बित्तिकै पढाई छाडेर ग्यास स्टेसन मा काम गर्ने अनि Out of Status हुने हरुको मात्र हालत खराब हुन्छ . कलेज नछोड्ने अनि जसो तसो पढाई सक्नेहरु ले राम्रै काम पाउछन . याद गर्नु पर्ने कुरा के हो भन्दा अमेरिका को कानुन एकदम Strict छ , Joke बनाएर बस्यो भने दुख पाइन्छ
नेपाल मात्र बिहारीको लागि कमाउने थलो बनेको भन्दा बनाउन दियको कारणले नेपालीले आफ्नै देसमा कम पायनन/ नेपालको अधिकास जनजातिको जातिको नामले उसको पेसा र शिप झल्काउनु पनि नेपाल काम गरि खाने नागरिकको देस हो भनेर जनाउँछ/ तर आज तिनै नेपालीले नेपालमा काम पाउंदैन/ तर बिहारीले पाउँछ/ नेपालमा नेपालीको अधिकार छैन/ अरु त् अरु बिदेशमा बसेको नेपालीलाई समेत बिदेसी भन्दा निम्न ठान्छन हाम्रा नेताहरु तर तिनै नेताहरु २५ लाख भारतीय बिहारीलाई नागरिकता दिन लगाउन्छन्/ कुरा नेताले बिगारेको होईन नभय हाम्रो देस नेपालीको निमित अझै स्वर्ग नै बन्ने थियो तर नेताहरुको कारण देस बिहारीको निमित मात्रै स्वर्ग बन्यो/ यउटा सानो उदाहरण म दिन्छु/
मेरो यक जना प्लम्बर मित्र थियो/ उ बाथ रुम बनाउन साह्रै सिपालु थियो तर उसले कहिँ कतै काम पाउन सकेन किन भने उपत्यका भरि बिहारी प्लम्बरहरु ओईरियको थियो र उनीहरु एउटा कोठा भाडामा लियर दसौ जना सुथ्यो त् उनीहरुको बाथरुम बनाउने ज्याला नेपालीको भन्दा सस्तो थियो/ त् नेपाली प्लम्बरहरु बेकार भयो/ बल्लतल्ल उसले यउटा घरमा ४००० ज्यालामा यउटा बाथरुम बनाउने काम पायो/ तर भोलि पल्ट आफ्नो ज्यावल हरु बोकेर त्यो घर पुग्दा यउटा बिहारी प्लम्बर ले मात्र ३०००मा त्यो काम हत्याईसकेको रहेछ/ उ बिचरा तेतिकै फर्केर आयो/ घरमा उसको परिबार बिरामी र भोको थियो/
मैले आफैले घर बनाउँदा मैले जतिसुक्कै सस्तो ज्यालामा काम गर्छु भने पनि यउटा बिहारीलाई काममा राखेंन/ मेरो घर बनाउंदै गर्दा संगै मेरो यक जना मित्रले पनि लगभग मेरै जत्रो घर बनाउंदै थियो/ उसको घर सबै बिहारी कामदारहरुले बनाउंदै थियो भने मेरो सबै काम नेपालीले गर्दै थियो/ लागत मेरो बढी भयो उसको घर सस्तोमा बन्यो/ मेरो परिवारहरु म सिट सन्तुस्ट थियनन तर म सन्तुस्ट थिय/ नेपाली सिमेन्ट नपायको अबस्थामा म कुरेर बसे, रात रात भर नेसनल ट्रेदिन्ग्मा लाईम बसे तर मैले भारतीय सिमेन्ट पनि प्रयोग गरिन/ नेपालमा नेपालीले नेपालीलाई पत्याउन सके नेपालीले अझै काम पाउन सक्छ/
यकदिन म बाहिर रहेको बेला अर्कोघटना घट्यो/ मेरो बाथरुम बिग्र्यो/ मेरो श्रीमतीले संगै घरमा काम गर्न आयको बिहारी प्लम्बरलाई त्यो मर्मत गर्दै गरेको बेला म घर पुगे/ म बेस्करी रिसाय श्रीमती सिट/ तर त्यो बिहारी प्लम्बरले लगभग काम सकाई सकेको थियो/ मात्र माथि पानि ट्यांकी बात पानि छोडेर हेर्न बाकि थियो/ त्यो बिहारी प्लम्बरले माथि कौसीमा ट्यांकीको पानि छोड्न जाने क्रममा मलाई ‘उपर कुत्ता है?” भनेर सोध्यो मैले छ तर टोक्दैन जानु; बाँधी राखेको छ भने/ त्यो माथि गयो/ यक छिनमा यकतामासको डरलाग्दो अवाज सुने/ मेरो त्यो कसैलाई नतोक्ने बाँधी राखेको भोटे कुकुरले सिक्री चुदायर त्यो बिहारीमाथि करिब यक तला माथि बाटै झम्तेको रहेछ/ मेरो त्यो कुकुरले पहिला घर बनाउन आयको कुनै नेपाली ज्यामी माथि भुकेको समेत थियन/ नेपालीले गर्न सक्ने काम बिहारीलाई गरायाको कुरा सायद मेरो कुकुरलाई पनि मन परेन क्यारे/ तर हाम्रा नेताहरुलाई नेपाली कुकुरले पनि मन नपरायाको कुरा अत्यन्त प्रिय हुन्छ त् नेपालीले नेपालमा काम पायनन/
निराशाजनक लेख, अमेरिका बेलायत भन्दा धेरै सस्तो छ, येही बेलायत मा मा आएको ८ बर्ष भयो,इन्डियन, बंगाली को रेस्टुरेन्ट मा वेटर गर्थे शुरु को ६ बर्ष, काम दिउसो ११.३०-२.३० अनि बेलुकी ६-११.३० दिनको ८.५ घण्टा अनि हप्ता को ६ दिन, मलाइ कमाइ,काम को प्रकृति हेरेरे नराम्रो लागें,काठमान्डू जस्तो महँगो ठाम मा धापासी,नेपालटार गरेर १ रोपनी जमिन किने अनि बेलायत को एक मध्यमस्तर को बिश्वबिद्यालय बात MBA पनि गरे, आफु संतुस्ती नै छु, बिल गेट्स बन्ने सपना देखिएको थिएअन्, जिन्दगि मा बेलायति डिग्री पनि भयो , नेपाल को मध्यमस्तर को मानिस को सपना काठमान्डू मा घर घडेरी को सपना पनि सकार भयो. के यो नराम्रो कुरा हो र? काम , र परिश्रम गर्ने लाइ अबसर छ के नेपाल मा भएको भए यो सम्भव छ र?
खाने मुखलाइ जुंगाले छेक्दैन / मेहनेत गर्यो भने नेपालमा पनि सम्भव छ / के तपाई नेपालमा भएको भय वेटर काम गर्नु हुन्थ्यो? विदेश मा तपैले गरेको मेहनेत भन्ने कि बाच्न का लागि संघर्स भन्ने ?
अम्रिकाने बाबु राजा हो . सेक्स स्वतन्त्रको उपभोग मजाले गर्न त पाकै छौ.मानसिक तनावले उपयोग गर्न असमर्थ छौ अ:त यार्सागुम्बा खोज्न नेपाल आउनोस् ,तपाइँ हरुले हास्न बिर्सिसक्नु भएको जस्तो लाग्यो त्यसैले हासो सिक्न नेपाली हलि कहाँ आउनोस् .सन्तुस्टी पहरा अनि कन्दरामा लुकेर बसेका छन्.
For those seeking labor jobs with no educational background : Please don’t come to USA if you have an alternet in Nepal that can make rupees 25,000 a month (plain and simple).
For student: Come to the USA as a masters degree student, engineering line is the best to choose, with less money and time you will be graduated, masters degree has lot lot more chances of getting a job, and easy for further working visa, and green card for a Nepali citizens with a job and masters degree. (again if you are unlucky, couldn’t find a job, life will be hell). Never ever come here to do bachelors degree unless your parents can pay for you without taking loan in Nepal. Don’t come here to study account, arts curriculum, and some other bullshit, it’s very tough to find jobs in those field unless you can speak and write English very well. Best is engineering and IT. You don’t good english in these field.
Businessman: if you can invest here carefully, you can make your fortune pretty soon.
Others willing to pay big money to a pimp just to get in here: better you start selling Khuwa baraf in ratnapark, your life will be far better doing so.
At the end, it is far better to get an opportunity to work 16 hours a day in a dhoti’s gas station in the u.s. than being just another “Khate guffadi” back Nepal. Working here at any store or restaurant hard is basically better than spending time whistling at girls back in the streets of Nepal.
धेरै राम्रो सल्लाह हो भुषणजी | मेरो लेखको पुरकको रुपमा लिएको छुन मैले |
I agree with this article. If you just want to earn money ,you can. I mean you have to work 15,16 hour per day,staying with 7,8 roommate in small apartment. Even you have to sleep turn by turn. Otherwise if you want to work 40 hour a week and you are the even medium level skillful people who can get $15/20 per hour they can not save money but they can enjoy. Here in USA no matter how much you earn if you are try to enter inside system you can not save even penny. Most of people like EkLABYA still living under water. There are lot of example we can find in Michigan .So it depends what type of life you want to survive? If you want to survive a little bit respectful and enjoyment life just think we can’t save. Next thing America not for earning money but for settling life and family. If we think this way we can satisfy.
America is big and beautiful jail.
ठिक भन्नु भो गणेस जी | हो अमेरिका ठुलो र राम्रो जेल हो जहाँ तपाई हामी जस्ता कैदी हरु आफै घरबार बेची बेची लाखौ खर्च गरि गरि जेलको ढोका भित्र खुरु खुरु आआफै छिर्न आइ पुगिरहेका छन् | न कसै ले उजुर गर्न नै परेको छ न त कसैले हतकडी लगाउन नै परेको छ | कस्तो बिडम्बना हो यो |
चम्किने सबै वस्तु हिरा होइनन!
फ्याकिएका सबै चिज किरा होइनन!
फूलले पनि लठयाऊछ
नशा दिने सबै वस्तु मदिरा होइनन!
अमेरिकाको जस्तो विकास नेपालमा हुने हो भने मेरो देश अमेरिका भन्दा सयौं गुना बढी सुन्दर छ! ,
चम्किने सबै वस्तु हिरा होइनन!
फ्याकिएका सबै चिज किरा होइनन!
फूलले पनि लठयाऊछ
नशा दिने सबै वस्तु मदिरा होइनन!
क्या राम्रो लेख्नु भो पुन जी | येस्तई येस्तई अरु पनि जावस |
जति कुरा गरे पनि आमा को काख र अरु को लाख कहिले पनि बराबर हुदैन.येस्तरी वास्तविक सत्य कुरा लेखेर अरु लै सचेत गर्न खोज्नु भएको ले लेखक लाई धन्यवाद.
कुनै पनि ठाउँ जानु भन्दा अगाडी त्यो ठाउँ को बारे मा बुझेर गएको खण्ड मा राम्रो हुन्छ. गर्ने ले नेपाल मा पनि गरेकै छन् अमेरिका मा पनि गरेकै छन् होला. नगर्ने ले कहिँ पनि केहि गर्दैन खाली बहाना मात्र खोज छ. हामी सबै मिलेर आफ्नो देश को लागि केहि गरेउ भने त नेपाल पनि त एक दिन राम्रो होला नि. सबै ठाउँ मानिस ले नै त बनाएको हो नि होइन र. अहिले को समय मा हामी जहाँ भए पनि जुन देश मा बसे पनि नेपाल को बारे मे केहि न केहि योगदान गरे भने त एक दिन हाम्रो देश पनि बिकाश हुन्छा. हामी लाई थाहा छ नेपाल पनि त एउटा सुन्दर देश हो. यो देश लाई अझ सुन्दर बनाउने जिम्मा हामी सबै को हो. प्रयाश गरौ आफ्नो ठाउँ बाट यो देश लाई सुन्दर बनाउन.
पट्या पत्याउनु नपत्या नपत्याउनु , अमेरिकामा कमौना नेपालमा जस्तो सजिलो छैन है . म संसारको # १ होटेल स्कूल होतेलिया स्कूल दे लुसन , स्वित्ज़र्लैंड बाट होटेल मनाजेमेंट गरि संसारको ठुलो होटेल मरिओत म़ा बिस बर्ष बढी काम गरि सके र मेरी श्रीमती डबलको मास्टर छ र उ अमेरिकन हो र नेपाल लगाएत साउथ एसिया तथा एसिया पसिफिक को भुत पूर्व peace corp को डेस्क officer हो, न मेरो एक लाख $ तलब छ न उसको एक लाख $ तलब छ, गफ्फ्मा नबिकनुस साथी हो , पैसा कमाउन नेपालमा जति सजिलो छ अन्त कहिँ छैन है , मैले ५९ देश घुमी सके, मेरो अनुभब येही छ. चिठई परे चोरी धाती गरे मेरो केहि भन्नु छैन , तर साथी भाइले जति लोब गर्यो ठग र पापीलाई चपाउने मौका पाउछ है. बेलैमा बुद्धि पुर्याउनु ,
Degree: PhD Electrical Engineering
Post: Engineering Manager at a Multinational Company
Income: $12,500.00 per month ($72.11 per hour)
Federal Tax: $1,546.16
Social Security Tax: $466.26
Medicare Tax: $159.52
Maryland State Tax: $664.86
401(k) Retirement: $1,100.00
Health Saving Acc.: $840.00
Medical Insurance: $994.00
Dental Insurance: $112.00
Vision Insurance: $11.00
Home Mortgage: $2,281.63
Car Payment: $406.69
Phone Bill: $106.88
Water Bill: $40.00
Electric-Gas Bill: $82.62
Cable-Internet Bill: $120.00
Auto Insurance for two cars: $97.50
Credit Card: $1,800.00
____________________________________
Total Expenses: $10,829.12
Saving per month: $1,670.88
A person like me who earns $72.11 per hour saves about $1,600 per month. Think about minimum wage workers
I think there are ways we can save more from the salary, 1,600 saving is not realistic but can happen.
Saving also depends upon whether your employer provides health insurance (your employer not), Retirement fund, house buying cost (Mortgage) – how large and in which the house is…. there are states with no state tax.
Credit card 1,800 is a little bit higher, but you can send that much if you want to …thus this also depends upon what type of life you want to…..
plus for undocumented (illegal) works is they do not pay tax…..do not have expenses as who want to retire her… they just want to earn and head to motherland one day….. With this principle with hard work and with luck they can earn what you save 1,600 month ….. but will not have luxury what you have, which is a reality !!!!
घर किन्ने पैसा (Morgage ) आफैमा saving होइन ? तपाई ले घर बेचेर पैसा पाउनु हुन्छा ….
Pension प्लान पनि सविंग हो …
Social security र medicare tax पनि बुढेसकाल को लागि बचत हो …
@dor prasad: I work for a startup consultancy wing of a multinational manufacturing company, we do designs for US based costumers. As per my 3 year contract, employer provides $150,000 Annual and does not provide any benifits and they can not lay me off. My earlier employer paid me 107,000 and benifits; however, my savings are more with the current employer.
I agree the 401(k) plan is a saving for the future.
Health Saving Account is a saving too but that can not be used for any other expenses than medical.
In this economy, I would not count on mortgage as a saving. I bought this house for 364,000 in 2008 and it is valued around 320,000 now.
@एकलब्य house लै partial saving हो , आज को economy मा पनि ….तपाई house रेन्ट गर्दा पनि त केहि तिर्नु हुन्छा नि , त्यो बराबर house depression हुन्छा ..bad luck situation (= घर बिक्रि नै भएन) भने बाहेक तपाई ले के हिन केहि बचत गर्नु हुन्छ कि कसो …??
By the way, the “baby boomer” population is in the retirement age. Rumor is they will wipe out all the Social Security fund. It is believed that the people yonger than 55 will not get Social Security benifits at their retirement. There is uncertainity about the Medicare as well. Un-fortunately my generation is loaded with the taxes but they will not get most of the benifits at their retirement age.
My figures were calculated with “Bush Tax Cuts” still valid. Taxes will go up once it expires.
It would be nice to be able to invest hard earned savings in Nepal if Nepal considers NRN citizenship.
एकलब्य,
गाफ नदेउ, मा पनि तिम्रै क्षेत्र मा बस्छु, तिम्रो hisab kitab गाफई हो सम्धी … अल्ली खोके जस्तो लग्यो.. क्रेदिट कार्ड को बिल चित्त बुझो किनकि खान र घुम्दा तिमि लज्स्तो कमाउने को खर्छा हुन्छा नै ..
एकलब्य ज्यूको व्यक्तिगत तथ्यांक यो ब्लगको आशयसंग कत्तिको सान्दर्भिक छ कुन्नि!
You save 1670 a month, most of people don’t even make that much a month. Since you are a permanent resident, your SS benefits will be there when you get old. Also the 401K and Health saving.I think you even opt out on Dental and vision insurance and find a cheaper medical insurance unless you consider going to your doctor every two week.
Would you have saved the same amount in Nepal for a similar position? Think about the house you are owning, your lexus or honda accord you are paying 400$ a month and the total freedom and the luxury of cable TV and central-air condition on your house. Think of your good side of neighbourhood in Baltimore (I’m assuming) and compare it with those narrow “gallis” and smelling garbages on the side of the streets back home.
People life is definately better here. Just finish your college however you can and don’t fool yourself on getting out of status or bs’ing with the government. They will catch you eventually.
एकलब्य जी
यो क्रेडिट कार्ड लै १८०० भनेको double entry गर्नु भो तपाइँ ले सबै बिल cash तिर्ने अनि क्रेडिट कार्ड को पनि खर्च जोड्ने हाक्का हाक्की १८०० नाफा खाने तपाई ..
२५ लाख खर्च गरि अत्यन्तै सास्ती खाएर अमेरिकामा illegal immigrant ले बर्सको २.५ लाख पनि बचाउन सक्दैन, बरु त्यो भन्दा राम्रो ३६% ब्याज लगायो भने बर्सको १० लाख आम्दानी हुन्छ.म नेपाली सबैलाई के भन्न चाहन्छु झुठ नबोल.६०,७० तिर कोलम्बो प्लान बाट बोर्ड फर्स्ट हरुलाई फुल scholershih दियिथ्यो,अनि उहाहरु डाक्टर,engeener ,pilot (???) बनि थुप्रै पैसा पनि लिएर नेपाल आएकाले नेपालीको दिमागमा बिदेसमा त् रुपिया रुखमा फल्छ, खाली टिप्नु पर्छ, कोलम्बो प्लान मा गएका लाई सबै फ्री हुन्छ अनि living allowence पनि हुन्छ.आजको लण्डन मा खानपान को लागि महिनाको ४०० पौण्ड लाग्छ ,तर दुध र पाउरोटी मात्र खायो भने २० पौण्ड ले पुग्छ.अब ५ बर्स खुराकी बाट बचाएको पैसा ले दस तोला सुन लिएर आएका बोर्ड first हरुले झुटो बोलेर्नई देश र जनताको बिजोग भईरहेको छ.
कस्तुरी ज्युले भन्नुभए जस्तै अमेरिका साच्चैनै अन्धाले हात्ती छामेको जस्तै भयो l जसले जे भेट्यो अनि जे सुन्यो तेही भयो अमेरिका l तर येसरी एउटा सिङ्गै हात्तीलाई हात्ती भनेको त एउटा खम्बा जस्तै रहेछ भनेर भन्नु जति अन्न्याये हुन्छ तेस्तै नै हो अमेरिका पनि कसैको एकल भोगाईले समस्त अमेरिकालाइ समेट्न सक्दैन l अघिल्लो एउटा लेखमा लेखकले अमेरिकनहरु $ २२०० -२३०० तलबमा कोरिया तिर कामगरिरहेको र किन नेपाली हरु अमेरिका भनेपछि हुरुक्कै हुन्छन भन्ने प्रश्न राखेको लेख पनि पढ्न पाएकी थिए l अमेरिकामा, जापान कोरिया जस्तै गैरकानुनी रुपमा बसेको भेटेमा पनि तुरुन्त नेपाल पठाऊदैन अर्को फाइदाको कुरा येहा बस्नेले कानुनी रुपमा सबै पर्तिक्रिया पुराएर आफ्नो परिवार ( बुवा – आमा, छोरा – छोरी, श्रीमान – श्रीमती ) पनि लिन सकिन्छ र कुनै निक्चित समय कुरे पछी त दाजु भाइ दिदी बहिनि पनि लिन पाउछन तेसैले पनि नेपालीहरुको रोजाइमा अमेरिका परेकोहुनसक्छ l अब काम र कमाइ को बारेमा त क लेखौर खै आफ्नो क्षेमता अनुसार नै न्याए पाएकै छु l मित्रहरु योग्येता छ भने घण्टाको $ ५० कमाउनको लागि पुरुष मसाज गर्नु पर्दैन यो घृणित बिचारलाई त्यागिदिनुस l येहा मैले पनि थुप्रै नेपाली दिदी बहिनीहरु देखेको छु मेडिकल लाइन तिर कसैको चाई घन्टाको $ ६० .०० पनि हुन्छ l
बर्षमा १ लाख डलर भन्दा बढी तलब खाने नेपालीहरु नभएका होइनन, तर तिनको संख्या नगन्य छ| त्यो रकम कमाउन वकिल, डाक्टर, इन्जिनियर जस्ता बिषयहरु अमेरिकामै पढेको हुनुपर्छ| बाहिरबाट पढेर आउनेहरुले फेरी यहाँ पढनुपर्छ| अमेरिकामा डाक्टरी पढन १०+२ स्कुल सकेपछी अझै १२ बर्ष लाग्छ| पछिल्लो ४ बर्ष residency अर्थात job training
न्युनत्तम तलबमा गर्नुपर्छ| सरदरमा नेपालीहरुले अमेरिकामा बर्षको अधिकतम ३०००० डलर जति कमाउला| रुममेट राखेर र आफ्ना विभिन्न इच्छा आकांक्षालाई नियन्त्रण गरेर त्यो तिस हजारबाट पनि उबार्छन| तर त्यो तिस हजार कमाउन सजिलो चाहिं पटक्कै छैन, तर कर्मविरको लागि यो कुनै चुनौती नै होइन| कामचोर र ठगेर खान पल्केकाहरुको चैं यहाँ बिजोग हुन्छ!!!!!!!!!!!
America is not everything but it is something for who are willing to work honestly. I have also worked for 5 dollars an hour during college days in gas station. The good thing about america is the government cares about poor people. When I lost job, I used to get unemployment benefits and also worked in gas station in cash.By this I am making more than what I used to make working in professional firm.
बासु जी,
तितो सत्यलाइ निकै मिठो ढंगले प्रस्तुत गर्नु भयो । सिङ्गै नर्थ अमेरिकाको अबस्था यही हो, तर क्यानडामा भने अलि फरक रहेछ, कुनै हालतले कुनै मान्छे क्यानडा छिर्न सक्यो र प्रहरी सामु अाफूलाइ “राजनैतिक अातंकबादको शिकार” भएको जिरह गरेर अात्मसमर्पण गरेपछि केही बर्ष सरकारबाट “शरणार्थी” को रूपमा मानवीय ब्यावहार पाउन सम्भव छ, त्यो पनि शरणार्थी हो की होइन भनेर चल्ने सरकारबादी मुद्दा फैसला नहुँदा सम्म । तर त्यो अाफ्नो जिरह प्रमाणित नभएमा कहिलै क्यानडा छिर्न नपाउने गरी देश निकाला गरिदिने गर्छ ।
क्यानडामा यसरी शरणार्थीको रूपमा मुद्दा जितेर अाबाशिय भिसा पाउने नेपाली धेरै हुनुहुन्छ, तर अचेल यो मुद्दा जित्न निकै कठिन हुदै गएको छ । यस्ता विषयमा एनअारएन क्यानडाले निशुल्क परामर्ष दिने र दलालबाट ठगिने अबस्था अाउन नदिन प्रयास थालेको छ । कसैले पनि यनअारएन क्यानडाको वेभसाइटमा गएर जानकारी लिन र इमिग्रेसन सम्बन्धी जानकारीको लागि एनअारएन क्यानडासंग सम्पर्क गर्न सक्छ ।
भावना पोखरेल
(महिला विभाग)
सदश्य, नेशनल कोअर्डिनेसन काउन्सील
एनअारएन क्यानडा
यो भन्दा त मेरै जागिर राम्रो रैछ ! याहा मलेसियामा सेक्युरिटी गार्डमा महिनामा घटीमा ३५ देखि बढीमा ७० हजार सम्म बचाउँछ नेपाली गार्डले ! तिन बर्से भिसा चाहेमा बढाउदै लान सकिन्छ ! एक लाख ३५ हजार देखि डेढ लाख भन्दा खर्च हुँदैन ! भो चाहिएन कुइरेको देस … मलेसिया नै ठिक !
तपाई को जागिर राम्रो रहेछ ……. विदश जानु अघि , तपाई जस्तै सबै ले कहाँ जादा के हुन्छ …. मेरो योगेता के हो र तेस्को अनुरुप जागिर पौछु कि पाउदैन …… बचत कति हुन्छ … सरिर लाई कति दुख हुन्छ …. मन सान्ति / सन्तोष हुन्छ कि हुदैन ….. धन्दा १ नम्बरी कि २ नम्बरी ….. जस्ता कैयैन प्रस्न को जभाफ खोजेमा कतिरम्रो हुन्थ्यो …… लह लहै र दलाली को कुरा सुन्ने देश पर्यो हाम्रो ….
अमेरिका- टाढा बजेको ढ्यांग्रोको मिठो आवाज हो, त्यहि आवाज नजिकबाट सुन्दा कान खान्छ !!!!
अमेरिका आउँदा शिप लिएर आउनु होला! तपाइको कोरा डबल एम ए डिग्रीलाई यहाँ स्वांक सुँघाउन्छ| उदाहरणको लागि अर्थशास्त्रमा एम कम गरेर केहि नापिन्दैन, तर त्यहि अर्थशास्त्र अन्तर्गत तपाइँमा व्यवहारिक आर्थिक विश्लेषण गर्ने क्षमता छ भने त्यो तपाइको शिप हो र अमेरिकामा तपाइँ बिकिने अवसर बढी हुन्छ| भनाइको मतलव तपाइको शिक्षा काममा प्रभावकारी रुपमा रुपान्तरित हुनुपर्छ | यदि त्यो छैन भने डकर्मी सिकर्मीको शिप लिएर पाखुरी बजायो भने पनि पैसो कमाइन्छ| अधकल्चेहरुले काम र माम दुवै अधकल्चो नै पाउँछ | दह्रो ईच्छा शक्ति हुनेहरुको लागि अमेरिका कर्मभूमि हो भने परजीवी, कामचोरहरुको लागि नर्क हो| अमेरिका चुनौती हो, जिन्दगि जिउन सिकाउने एउटा ठुलो पाठशाला हो| बौद्विक, शारीरिक जस्तोसुकै कामगर्नु परेपनि गर्छु भनेर दह्रो मुटु लिई कर्मवीर भएर आउनुहोला| बासुजीले आफुले भोगेको र देखेको कुरा तपाईंहरुलाई बाँड्नु भएको छ |
वासु श्रेष्ठको लेखमा १०० प्रतिशत सत्यता छ / म पनि अमेरिकामा सानो तिनो काम गर्छु / तर मलाई यहाँ एउटा कुरामा हाई सन्चो भएको छ / लेखकले एउटा कुरा छुटाउनु भएको छ / हातमुख जोड्न नेपालमा २५ सौं वर्ष नेपालमा नाकचुच्चे टपरी र घाँटीमा जनै बेरेकाहरुसंग संगत गर्नु पर्यो / आफु आदिवासी जनजाती भएकोले प्रत्येक दिन यिनीहरुले हेपेको र खेदेको देखेर वाक्क दिक्क हुन्थें / त्यसमाथि नाकचुच्चे टपरी र घाँटीमा जनै बेरेकाहरुले जाल, झेल, फट्याई, भ्रष्टाचार गैर कानुनी कामहरु आदि गरेको देखेर सुनेर रिसले आगो हुन्थें /
साँचो कुरा पचाउन गाह्रो हुनेले रातो टीको लाएछन| मानन्धरजीले ठिकै
भन्नु भएको रहेछ| मेरो पनि अनुभव त्यस्तै छ|
ghar को रेन्ट त जापान भन्दा सस्तो रैछ अमेरिका मा
वासुजी, साँचो कुरा सरल ढंगमा प्रस्तुत गर्नुभएछ|
अमेरिकालाई तेसै भएर पाताल भुमि भनेको होला
हाम्रा स्वनाम धन्य डा. ताना शर्मा सरले| उँहाको
पुस्तकमा पनि अमेरिका वसाईको राम्रो बयान
गरिएको छ|
वासुजीलाई धन्यवाद|
निगम एन च जी के गर्नु हुन्छा हो घण्टा को ५० डलर को लागि ??पुरुष मसाज को अड्डा चलाउनु हुन्छा कि क्या हो?
http://www.salary.com
माथि को लिंक मा हेर्नु है? अमेरिकामा कम्पुटर सम्बन्धि ज्ञान जस्तै (SAP Database JAVA DOT नेट ) छ भने घण्टा को १०० देखि ३० सम्म को जागिर पाइन्छ, आफ्नु अनुभव र स्किल अनुसार, सबै लाइ चेतना भया.
सबैले त्यो कमौना सक्दैनन् NIgam जी ? तपाई आफै भन्नुस तपाई कति कमाउनु हुन्छ ? त्योसो त तपाई CEO हुन् सक्नु भो भने लाखौ dallar पनि कमाउन सक्नु हुन्छ नि
वासु जीले समसामयिक विषय-वस्तु उठाउँनु भएको छ।उहाँका महत्वपूर्ण सल्लाह-सुझाव मननयोग्य छन्।वास्तवमा पैसा कमाउँने सन्दर्भमा अमेरिकाका बारेमा धेरैलाई अन्धाले हात्ती छामे जस्तै भएको छ र यसबारेमा धेरै लेखी सकिए अनि धेरै जानकारीमूलक प्रतिक्रिया पनि आए।म पनि त्यस्तै हुँ।मेरो अनुभवले के भन्छ भने-घरनिर्माण र बाटो निर्माण गर्ने मजदूरको घण्टाको १५ देखि २० डलर अन्य साधारण मजदूरको ७ देखि १० डलर प्रति घण्टा हुन्छ।डाक्टर र नर्सले ३ दिन लगभग १३ घण्टा काम गर्छन् त्यो नै उनीहरुको फूलटाइम हुन्छ।डाक्टरले घण्टाको १५० देखि २०० डलरसम्म खान्छ ।काम गर्न सक्ने र खटिन सक्ने डाक्टरले अर्को हस्पिटलमा ३ दिन फूलटाइम काम गर्न सक्छ।अनि उसको घण्टाको घण्टाको ३ सयदेखि ४ सय डलर भयो कि भएन?।नर्सले ३ दिन काम गर्दा घण्टाको ३० देखि ४० डलर खान्छन्।सक्नेले अर्को ३ दिन काम गर्दा त्यति नै बराबर भयो।अरुले चाहि हप्तामा पाँच दिन काम गर्नै पर्छ।त्यस्तो काम गर्ने–
माष्टर,प्रोफेशर—३ हजार देखि पाँच हजार प्रति महिना(ट्याक्स कटाएर)
जुनसुकै इञ्जिनियर-५ हजारदेखि ७ हजार प्रति महिना(ट्याक्स कटाएर)
वकिलले घण्टाको ५ सय डलरदेखि माथि कति हो कति खाँदा रहेछन्।
अन्य कुर्सीमा बसेर काम गर्नेको एभरेजमा ३००० हजार डलर प्रति महिना ट्याक्स कटाएर हुन्छ।
त्यहाँका निम्न र मध्यम वर्गका जगिरदारको तलवमान यही हो।
मलाई मेरो परिबार को निकटको सम्भंद भयको यक्जना धनि अमेरिकीले अमेरिका कस्तो छ भनेर सोधेकोमा मेरो जवाफ “गरिब नागरिकको धनि सरकार भयको देस” भनेर जवाफ दियको थिय/ अमेरिकामा पुगेका नेपालीहरु कुनै कुनै बाहेक धेरैको जिबन स्तर उनीहरु नेपालमा रहँदाको भन्दा निम्न नै रहेको छ/ गरिबको भन्दा दरिंद्रको जिबन कठिन हुन्छ/ अमेरिकाको गरिबी नेपालको दरिद्रता भन्दा भयानक छ/
अमेरिकाको निम्न मध्यम बर्ग जीवन कठिन काम गरेर बित्छ; बचत उनीहरुको सुको हुँदैन/ नेपालबाट अमेरिका पुगेको प्रयासको जिबन स्तर तिनै निम्न मध्यम स्तरको अमेरिकीको भन्दा कमैको राम्रो हुन्छ/ जसो तसो गरेर, सके पनि नसके पनि कुनै पनि काम गरेर ६५ बर्ष पुगे पछी सोसियल सेकुरितिको भत्ता लिने नै उनीहरुको प्रयासको अन्तिम आसा हुन्छ/ अमेरिकी नागरिकता नलियकाले त्यो भत्ता लिन अमेरिकामै बस्नु पर्ने हुन्छ/ तर नागरिकता लियको खण्डमा नेपालमै बसेर त्यो भत्ता पाउन सकिन्छ/ निम्न मध्यम स्तरको काम गरेर ६५ बर्ष पुगे पछी पाउने भत्ताले अमेरिकामा बस्न सकिंदैन तर त्यो रकम नेपालमा बसेर चलाउने हो भने मनग्गे पुग्छ/ यसै कारणले नेपालीहरुले अमेरिकाको नागरिकता लिने गर्छ; अमेरिका नेपाल भन्दा राम्रो भयर उनीहरुले अमेरिकाको नागरिकता लियको होईन/
हो अमेरिकामा योग्यता बिक्छ/ राम्रो योग्यता राम्रै दाममा बिक्छ नराम्रो नराम्रै दाममा बिक्छ/ भन्नुको मतलव अमेरिका तपाईंको योग्यताको भाउ आफ्नो दाममा किन्छ; जो बेच्न तयार छ आय हुन्छ अमेरिकामा/ तर यति याद गर्नुस योग्यता, आत्म सम्मान र आफ्नो परिचय छुतायर पनि छुटाउन सकिन्दैन/ आफ्नो योग्यता बिकाउन तपाईंले के मात्रै गुमाउनु पर्ने हुन्छ भन्ने कुरा अमेरिकाको बजारमा आफ्नो निलामी गरे पछी बुझ्नु हुनेछ तर तेती बेला धेरै अबेर भई सकेको हुन्छ/
बिशेस योग्यता भयका बाहेक अमेरिकामा घन्टाको ७ देखि १५ डलर कमाउन मात्रै सक्ने योग्यता भयकाले आफु यक्लैको कमाईले अमेरिकामा बस्न खान धेरै नै कस्ट भोग्नु पर्नेछ/ म यो कुरा मेरो आफ्नै अनुभव संगालेर लेख्दैछु/ म घन्टाको १३ डलर भन्दा बढीमा आफ्नो श्रम बेच्छु/ कमसेकम हप्ताको ४० घण्टा काम गर्छु, ट्याक्स इन्सुरेन्स बाहेक गाडीको पेट्रोल खर्च सबै कटाई सके पछी बाकि भयको रकमले मात्र घरको भाडा बिजुली पानीको बिल तिर्न पुग्छ/ अरु खान लगायतको खर्चको निमित श्रीमतीले समेत कुनै पनि काम गर्नु पर्छ/ अनि केहि भब्य तब्य पर्यो बा बिरामी पर्यो भने के गर्ने भन्ने सोचाईले मन र मस्तिस्क भन्नाई रहेको हुन्छ जहिले पनि/ भन्नुको सानो काम गरेर अमेरिकामा बिहान बेलुका खान बस्न दुई जनाले नै कमाउनु पर्ने हुन्छ/
अमेरिकामा लगानी कर्तालाई कानुनले बढी महत्वो दियको छ/ घन्टाको हिसावमा काम गर्ने श्रमिक र मेशिनको पुर्जा भन्दा फरक हुँदैन/ अमेरिकामा स्थाई भय पछी ढुक्क हुने अबस्था छैन/ अमेरिकामा श्रमिक अधिकार भनेको “अह्रायाको काम गर्ने अधिकार” हो/ सेवाको अबधि भनेको काममा लगाउनेको आबस्यकता रहे सम्मको हो/
अनि केहि भब्य तब्य पर्यो बा बिरामी पर्यो भने के गर्ने भन्ने सोचाईले मन र मस्तिस्क भन्नाई रहेको हुन्छ जहिले पनि/ भन्नुको सानो काम गरेर अमेरिकामा बिहान बेलुका खान बस्न दुई जनाले नै कमाउनु पर्ने हुन्छ
मदनजी के नेपालमा चि इन्सुरेन्स हुन्छ ????
बिरामी परेनी ढुक्क?????
बिरामी छ, डाक्टर छ , औसदी,लयब छ तर पैसा छैन
अब के हुन्छ नेपालमा मर्छ होइन र ?
अमरिकामा emergency उपचारमा पैसा पछिको कुरो हुन्छ |सेतो लाई सेतो कालोलाई कालो भन्न सिकुना , कमसे काम कालो भन्न अँ ट नआय रातो बर्णको भने पुगिहाल्छ नि
अमेरिकी नागरिकता नलियकाले त्यो भत्ता लिन अमेरिकामै बस्नु पर्ने हुन्छ/ तर नागरिकता लियको खण्डमा नेपालमै बसेर त्यो भत्ता पाउन सकिन्छ/ निम्न मध्यम स्तरको काम गरेर ६५ बर्ष पुगे पछी पाउने भत्ताले अमेरिकामा बस्न सकिंदैन तर त्यो रकम नेपालमा बसेर चलाउने हो भने मनग्गे पुग्छ/ यसै कारणले नेपालीहरुले अमेरिकाको नागरिकता लिने गर्छ; अमेरिका नेपाल भन्दा राम्रो भयर उनीहरुले अमेरिकाको नागरिकता लियको होईन/
यो दोर्यर पद्नु होस्
के हो राम्रो र नराम्रो भनेको ????????
नेपाली सबै सबै जान्ने \कोइ बिरामी पारो भने सबै धामी अथवा स्वास्थ्य कर्मी
कोलोराडो डेनबरमा १ जना साथी college मा हिसाब पडाको सम्जदै भन्थ्य “नेपालको पडाइ त अममा मा मा …कति राम्रो हो कति “तेसो भा छोरा लाई नेपाल पुराउनु दुबैजनाले काम गर्न मिल्छ, पैसा पनि बच्छ | हजुरबा हजुरआमा पनि खुसि |भनेको ….
“पैसा सबैथोक होइन बुज्नुभो”अमेरिका भनेको अमेरिका हो ” भन्यो अब के भन्ने
छोरा छोरि आफै संग राख्नु राम्रो हो भनेको भा भैहल्थियोनि |
साथीहरु माओबादीमा लाग्दैमा हिजो बिधार्थी हुददेखी झोला बोकेको कांग्रेस १००% नराम्रो मात्रै देख्छन | वैयत
सत्य कुरा गर्नु नि
सरकारी निकाय पुग्न ३ दिन लाग्ने गाउमा कति सान्ति छ, अमेरिका मा १० मिन मा पुलिस नपुगे केहोला ???
एस्त राम्रा पक्छे, सामाजिक संस्कार,सहयोग, भाइचारा, आदि का कुरा गर्नुहोस न
नेपाली बाट सिक्ने कुरा हुन् |
के यनज्यु/
“अमेरिका भनेको अमेरिका नै हो”, तपाईको यो कुरा पढे पछी दुई प्रकारको नेपाली अमेरिका जाने रहेछ भनेर बुझे; यक नेपाल नराम्रो अमेरिका राम्रो भनेर जाने; अर्को बिदेशमा कमायर नेपालमा केहि गर्न खोज्ने/ जानकारीको लागि धन्यबाद/
अब नेपालमै बिक्न टिक्न नसकेको अमेरिकामा कसरि टिकेको छ भन्ने कुरा केहि अपवादमा परेका बाहेक अरुले अमेरिकामा कसरि बसेको छ त्यो देख्नेले देखेको छ भोग्नेले भोगेको छ/ मात्र कुरा केहो भने उनीहरुले त्यो कुरा स्पस्ट सिट नेपालमा बसेकालाई भन्न सक्दैन/
नेपाल नराम्रो अमेरिका राम्रो भनेर अमेरिका पुग्नेकै भनाई गराईले नेपालमा नराम्रो भ्रम फैलायको छ र सोझा नेपालीलाई अमेरिका पुगे पछी तुरन्तै धनि हुन्छ भनेर सोझा नेपालीलाई बीसौं लाख ठग्ने दलालहरु नेपालमा मौलायको हो/
आफु बसेको स्थान छोडेर अन्त कतै कोहि जान चाहन्छ भने तेस्ले राम्रै तयारि गर्नु पर्दछ नभय दुख पाउने सम्भावना बढी हुन्छ/ तराईमा गर्मि बढी भयो भनेर तेतिकै हिमाल पुग्ने जसरि हिमाली जाडोले कथान्ग्रिन्छ ठिक तेसरिनै आफुलाई अमेरिकाको लागि योग्य नबनाई अमेरिका पुग्नेको हालत हुन्छ/
अमेरिकामा उपचार पछी पैसाको कुरा हुने कुरा याहाले सत्यनै भन्नु भयो/ उपचार पछी भिडाउने बिल तिर्न नसके माफ पनि गर्छन/ तर यसले तेस्तो व्यक्तिको क्रेडिट हिस्तरी जति बिग्रन्छ तेस्ले उसको हैसियत खोटो सिक्का जस्तै बनाई दिन्छ/
अमेरिकामा अधिकासको घर कार मात्रै होईन घर चलाउन अत्याबस्यक बस्तु पनि उधारोमै किनिन्छ/ यदि आजको आजै उधारो तिर्नु परेको खण्डमा अमेरिकामा धनि देखिने राम्रो महँगो कार चढ्ने राम्रो घरमा बस्ने प्रयास सबै नेपालको माग्ने भन्दा गरिब हुन्छ/
“अमेरिकामा श्रमिक अधिकार भनेको “अह्रायाको काम गर्ने अधिकार” हो/ सेवाको अबधि भनेको काममा लगाउनेको आबस्यकता रहे सम्मको हो/”
साह्रै घत लाग्ने गरि भन्नुभयो त मदनजीले !
तै कागज पत्र नभर र त मान्छे अमेरिका जना कोज्छ,सबै कागज पत्र ठिक हुने ग्रीन, कार्ड पीआर,सजिलै हुने भय तै अमेरिका मा भन्दा धेरै सुबिधा युरोपमा छ,१ देस को नागरिक भय सबै युरोपका देश मा बस्न काम गर्न या काम नभय आफ्नो प्लुस सबै परिवार को बेनेफित खान मिल्छ, जुन देस मा बसेपनि हुन्छ यूके,होस् कि लुक्ष्म्बुर्ग,या नर्वे होस् कि डेनमार्क स्वेर्ज्लैंड,होस् कि पोल्याण्ड,ज़र्मन होस् कि स्वीडेन,१ युरोप देश को नागरिक हुनु भने को सबै युरोप देश को नागरिक हो र युरोप मा १ तै कानुन छ,एदी तपाई काम गरे पनि नगरे पनि तपाइको बच्चा र तपाई को सम्पूर्ण परिवार लै आस्पताल,औसधि,बच्चा को पढाई लेखाइ,तपाई बुडो भासी काम गरे नि नगरे नि पेन्सन र छोरा छोरि ले हेरेनन् भने फ्री कयर होम सबै निसुल्क्का हुन्छ यो चै काम गरे पनि नगरे पनि एदी काम तपाई संग छैन भने झन् फाइदा कि त सरकारले तपाई लै काउन्सेल को घर तपाई को र तपाई को फमैली को सबै खर्च प्लुस तपाई बेनेफित दिन पर्चा या काम दिन पर छ,यहाँ येत्रो सुबिधा हुदा हुदा मंच्छेय किन अमेरिका जना कोज्छ थाहा छ युरोप को नागरिक हुन धेरै गारो छ २५० वर्ष युरोप को लागि लडे पनि आझै न ना भाति गर्न पर्चा यहाँको नागरिकता लिन,हाम्रा बिर गोर्खाली लै,अनि यहि युरोप एदी तपाई संग लिगल हुने क हि कागज छैन भने नर्ग भन्दा नि गारो जिन्दगि हुन्छ,मैले सुने को थिया once you are in America you are american,america छिरे मात्र हुन्छ काम फाला फाल,कसैले क हि भिसा पेपर वोर्क के हि माग्दैन,तै नेपाल आउन जना मात्र पपेर न भासी गारो हो नत्र relax छ आमेरिका भन्ने सुने को थिया यो लेख ले आखा खोलिदियो,जता गया पनि मेहनत नै रहिछ आफ्नै देश मा मेहनत गरे आज देश कति राम्रो हुन्थियो भन्ने बेला ब्रिटिश को लागि २५० वर्ष लादियो आहिले हाम्लाई हेपेयो नेपाल सरकार बोल्न पर्यो भन्छन हाम्रा बिर गोर्खाली तै विरताले २५० वर्ष नेपाल को लागि लडेको भय आज देश कस्तो हुन् थियो होला.
विदेश जाने हो भने पछि पैसा छिटो उठ्छ गाउँमा लागानी जुटउन गाह्रो पनि नपर्ने, बैकले पनि रिन लगानी गर्ने छिटो। व्यबसाय गर्ने भन्यो भने पैसा जुटाउनै गारो। अनि सजिलो रोज्छन छिटो डुब्छन। सामाजिक परिस्थितले पनि यो कार्य मौलाएको हो।
२५-३० लाख तिरेर धोतीको भाडा माझ्नु
भन्दा त्
८-१० लाख लगानी गरेर धोतीलाई भाडा मझाउनु मज्जा होइन र ?
धोति ले संसार खै सके के को धोति ?
जो ३०/४० लाख खर्च गरेर अमेरिका जान्छ त्यो त गधा अझ महामुर्ख हो। जब त्यत्रो पैसा छ त नेपालमा नै केही गर्न सकिन्छ। कामै नगरी बैकमा पैसा मुद्दती खातामा राखेपनि बर्षको ४/५ लाख ब्याज त आउछ यार
मेरो साथी भाई ले बेला बेला मा मलाई भन्ने गर्छन् तिम्रो मान्छे हरु अमेरिका छन् तिमी पनि नजाने भनेर सोधने गर्छन ? तर मा अहिले पनि जबाब दिने गर्छु ! यदि अमेरिका मा मन,इष्टमित्र,संस्कृति,माया र मुटु छन् भने मात्र म जान्छु नत्र म मरिकाटे जान्न ! भनेर जबाब लगाउछु ! हाम्रो देशमा भन्ने बेला सुत्न पहेकै छ | भन्ने बेला मिठो भए पनि नमिठो भए दुई छाक खान पाएकै छ ! सुखीको बेला, आपत पर्दा इष्ठ मित्रको सहयोग पाएकै छन् | चाहेको बेला सबै थोग पाएकै छन् | यो भन्दा अरु के चायो | न आमा को ठेगान न बाबुको ठेगान पैसा आयो भन्दैमा म अमेरिका जानेवाला छैन , मलाई मेरो नेपाल आमा नै प्यारो लाग्छ यहि जन्मे यहि मर्ने मेरो अन्तिम इच्छा | अरु जो सुकै जहाँ जहोस म नजानु पनि भन्दैन आफ्नो विचार हो | पैसालाई मरेर कसैले बोकेर लागेको अहिले सम्म देखेको पनि छैन | जय मेरो नेपाल आमा !!!!!
मलाई dv परेको छ dv बाट जाने हरुको लागि घण्टा को कति usd पाइन्छ त साथी हरु usa मा हुने हरु जानकारी दिनु न
रमेशजी
घन्टाको दर तपाईंको शीप के हो, दक्षता के हो, अनुभव के हो अनि भाषामा दखल कस्तो छ आदिमा निर्भर गर्छ न कि डिभीको आधारमा | हो, डिभी भए खुल्ला र स्वछन्द भएर काम खोज्न सक्नु हुन्छ | त्यसैले घन्टाको न्युनतम देखि माथि २५ या ३० डलरसम्मपनि पाउन सक्नु हुन्छ |
म आफै पनि घण्टाको सात बाट शुरु गरि अब घण्टा को ५० खाने भए, सम्भव छ अमेरिकामा, अठोट, मेहेनत, पढाई, Certification , अनी नेटवर्क चाहिन्छ.
देयों गफ तोरीलाहुरेले,ओबामाको घन्टाको ५० डलर छैन
बाहुन ले च्याउ खवोस न स्वाद थाहा पावोस भने जस्तो कुरो गर्नु भो नि साथि ले | किन कमाउदैन घण्टा को पचास डलर? PhD गर्नुस, university मा A /Prof देखि माथि को जागिर गर्नुस | 100K बार्षिक तलब भएपछी घण्टा को ५० भएन?
कुरा र काममा फरक छ साथी,अमेरिकामा मेरो पनी बीजनेस छ,मैले लगभग १०० जना जती PHD धारीहरुलाई पाखुरा र तीग्राको नाप लीयर काम दियको छु, 100K बार्षिक तलब खानी नेपाली PHD मैले यो virigina state मा फेला पारेको छैन I
Congrat !!! Krishna Ji
You look like be a shareholder of company like apple or Microsoft.
तेइ त भनेको कृष्ण जी, तपैले आफ्नो औकात र आफ्नो संसार भन्दा बाहिर केहि देख्नु
भएकै रहेनाछा / येसो बाहिर. निस्केर घुम्ने गर्नुस न , भेट भैयो भने बसेर गफ गरौला / १०० जना PHD गरेका हरुले काम गर्ने कस्तो business रहेछा, सारै जान्न मन लग्यो ! म काम गर्ने uni को मेरो department मा जम्मा ९ जना PhD छन
कृष्णजी,
अमेरिकामा virigina भन्ने पनि state छ र भन्या?
मैले त VIRGINIA भन्ने मात्रै सुनेको थिए. तपाइले भनेको virigina state अमेरिकाको ५१ state हो कि क्या हो?
hahaha
हे मित्र यति सजिलो छ , तपाई कहाँ हुनु हुन्छ
अमेरिका मा जे पनि नेगेटिव मात्र न देख्नुस साथी हरु | मास्टर्स अथवा पीएच डी लेवल को पढाई पुरा गरेर सोहि योग्यता अनुसार को काम गर्नुस अनि थाहा पाउनु हुने छ घण्टा को ५० मात्र होइन त्यो भन्दा माथि को पनि कमाई हुदो रहेछ भन्ने कुरा |
अमेरिका यस्तो देश हो जहाँ जसले पनि आफ्नो योग्यता, क्षमता र जागर को आधार मा कसैको भनसुन नगरीकनै स्वतन्त्रता का साथ् गरि खान पाउछन तर यदि सकारात्मक सोचाई राखनु हुन्छ भने | तर यी सबै कुरा को लागि तपाई कस्तो साथि हरुको सल्लाह लिने गर्नु हुन्छ र आफु आफ्नो कान नाछामिकंन कत्तिको कागको पछी दौडिनु हुन्छ त्यसमा भर पर्छ | त्यसिले आफ्नो बानि सुधार्ने गर्नुस अमेरिका लै मात्रै दोष दिने बानि छोडौ |
अम्बिका जी ले भनेको कुरा सहि हो. तर जो मान्छे PHD गर्छ त्यसपछी को requirement नै change हुन्छ. Department मा Assistant Professor छ भने कसरि associate professor banne, अनि कसरि राम्रो राम्रो graduate student हरु लिने. research grant कसरि पाउने, NSF बाट कसरि grant पाउने, सेमिनार र workshop ma nai janchha din haru. त्यति खेर घण्टा को यति उति भन्ने कुरा सानो लाग्छा. अर्को कुरा हामी नेपाली हरु जो PHD गरिरा छाम, पछी जति नै पैसा कमाएर केनै गर्न सकियेलारा, धेरै भए नेपाल मा एउटा राम्रो घर बनाउन सकिएला. अमेरिका मा नै ठुलो ठुलो कम्पनी खोल्ने खासै हैसियत हुन्न, business mind pani hunna, management skills पनि हुन्न.
जीवन जी,
माथि को मेरो कमेन्ट पीएच डी वाला हरुले पढाई सके पछी के गर्छन भन्ने मा थियन | यदि तपाई त्यसको बारे मा पनि कुरा गर्न चाहनु हुन्छ भने ठिक छ | मेरो विचार मा उसले पछी के गर्छ, प्रोफेसर हुन्छ कि, के बिजिनेस माइन्ड हुन्छ कि हुँदैन, म्यानाज्मेंट स्किल हुन्छ कि हुदैन, खाली यसो मात्र गर्ने त हो नि उसो मात्र गर्ने त हो नि भन्न हुदैन किन भने ति सबै कुरा व्यक्ति को आ आफ्नो चाहना र परिवेश मा भर पर्छ | तर तपाई ले यो कुरा नबुझिकन सबै पीएच डी वाला हरुले यस्तै गर्ने त हो नि भनेर सबै लै एकै ठाउँ मा मुछी दिनुभो |
मेरो अनुरोध छ फेरी यस्तो सोचाई राखेर माई संसार मा नलेख्नु होला कि ? अब तपाई को यस्तो विचार अरु साथि हरु लाई कस्तो लाग्न गयो त्यो उहा हरु ले नै हरियो वा रातो चिन्ह दियर बताउनु हुनेछ |
हिलारी क्लिन्टन को वकिल हुँदा घन्टाको करिब १५०० डलर हुन्थ्यो . नाम चलेको वकिलले ५०० डलर भन्दा बढी कमाउन्छा .
नेपाल का बैंक का प्रबन्धकले महिनाको चार पाँच लाख तलब लियको थाहा छकी छैन
आरजु देउवाले युयेंदिपी मा त्रेनिंग दिंदा दिनको १५०० डलर नेपालमा कमाउंथे अरे .
hahaha… ko ho yesto per hour $50 khane??? the funniest joke i ever heard…lol lol
सकारात्मक सोचाई को चस्मा लायर खोज्नुस प्रति घण्टा ५० खाने व्यक्ति अमेरिका मा प्रशस्त पाउनु हुने छ | यस्ता फन्नी जोक हरु तपाई ले अझै धेरै सुन्नु हुने छ |
माइ सनसार मा कमेन्ट लेख्ने नेपालि जति प्राय सबै minimum wage भाँडा माझ्ने भएकोले यो प्रतिक्रिया धेरैलाई मन परेन | यसरी भाँडा माझ्नेलाई त्यो संसारको कसरी ज्ञान होस् ? मैले अमेरीकामा खाएको पहीलो ईन्जीनीयर जागिर 2003 मा घन्टाको २७.४३ डलर थियो | पछी म अर्को कम्पनीमा घन्टाको ३२.६९ बराबरको जागिर पाएँ र त्यस कम्पनि बाट अर्को कम्पनि सर्ने बेलामा मेरो तलब ४५.१९ बरावर थियो | आज अमेरीकाको एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छु र घन्टाको हीसावले करिव ७२.११ कमाउछु, शनिवार-आइतवार काम गर्नु पर्दैन | सार्वजनिक बिदामा अफिस जानु नपर्ने तर तलव पाउने हिसाव गर्ने हो भने अझ बढी पर्न जान्छ |
I have been US since last 5 years. In my opinion this is the best place to grab the opportunity. If you do your work hard with lots of information, no thing is impossible. Your dream comes to true very soon. Getting information true information is the most important thing in my experience.
तत्कालै को तथ्यांक अनुसार हरेक अमेरिकी नागरिक को टाउको मा US$५०.००० (चवालिस लाख पैतालिस हजार रूप्पे प्रति नागरिक) को ऋण रहेछ . के हो भन्या अमेरिकी हरु नेपाली भन्दा गरिब हुन् त? नजाउ कि के हो अमेरिका मा त !
अमेरिका सबै को लागि होइन | जो मेहनती, इमान्दारी, परिश्रमी र केहि गरौ भन्ने विचार राख्छा तिनी हरु को लागि मात्र हो अमेरिका |
२०-२५ लाख खर्च गरेर अभैध रुपमा अमेरिकामा गइ भारतीय, पाकिस्तानी अथवा चाइनिजको नोकर भएर काम गर्नु भन्दा त नेपालमा नै होटेल, पसल , यातायात , कृषि आदि जस्ता क्षेत्रमा लगानी गरि आफ्नै ब्यबसायको मालिक भएर बस्नु धेरै राम्रो हुन्छ!
तर के गर्नु , ” भाग्यमानी पढेर चेत्छ रे अनि अभागी परेर चेत्छ” भने झैँ हामी नेपालीहरु को २-४ वोटा ठक्कर नराम्ररी खाएपछि मात्र बुद्धि आउछ!
भारतबाट धोति लगाएर लोटा लियर रित्तो हात नेपाल आएका माडेहरु अहिले २०-३० बर्षमा नै मालामाल भैसक्ये भने हामी नेपाली चाही आफ्नै देशमा भएको सम्भावना पनि पहिचान गर्न नसकी विदेशमा भौतारी रहेका छौ!
यो भन्दा ठुलो बिडम्बना हामी नेपालीहरुको लागि के हुनसक्ला र?
US को PhD/MD को तलब कति हुन्छ साथी हो!
per hour $7.25
It looks like you have never seen other than a gas store of Indian, Pakistani or Bangaladeshi. If you want to learn a little bit more here is the web link that will open your eyes a little bit. Please just don’t write anything on blind if you have no idea of what your writing about. This is just as an example. You can find all information in internet.
http://chronicle.com/article/faculty-salaries-table-2012/131433
सबै कुरा आफ्नो University र Department मा भर पर्छ. राम्रो University हरुमा बर्षको $२५०००-$३०००० सम्म हुन्छ (Phd). This Stipend will be in addition to full scholarship. So its a pretty good deal for us but keep in my that those 5 years won’t be a easy ones for you.
BTW, I don’t feel like you are seriously considering for getting Phd. If you were then you won’t be asking about these in mysansar comment box but rather visit departments website and find it for yourself.
Anyway, if you are then be serious and Good Luck!!
कमल जी ले Graduate Assistantship को stippend भन्नुभा होला. दिपेन्द्र जी ले PHD degree holder को salary सोध्नु भा हो. US ma PHD degree holder ko salary खासै हुदैन if someone are tenure track assistant professor. त्यस्तै more than 100K bhanda chai badhi hola. Detail ma chai malai pani thaha chhaina. Mero professor lai monday sodhera bhanam la.
तपाई पनि गरेर हेर्नुस आफै थाहा पाउनु हुनेछ पढाई सके पछि |
लेख पढियो/हात चिलायो भने केहि नकेही लेख्न मन लागि हाल्छ/त्यसैले यो निकै फुर्सद भएर लेखिएको होला/अमेरिका किन अरबमा पुरुष कामदारको कुरा छोडौ महिला घरेलु कामदारमा जानेहरुको कथा ब्यथा सधै सुन्नमा आउछ/सायद हाम्रै देशमा रोजगारी सर्ब सुलभ भएको भए अरुको देशमा आत्महत्या गर्न जान कसलाई मन थियो होलार?२०-३० लाख रुपैया खर्च गरेर अमेरिका अबैध रुपमा आउनु त मुर्खता नै हो /तर लेखकले तल्नो तहको काम,इन्डियन,पाकीस्थानिको ग्यास,रेष्टुरेन्टमा धन्टाको ७ डलरमा १४ १५ घण्टा काम गर्नु पर्ने उल्लेख गर्नु भारहेछ/नेपालमा राजनैतिक पार्टीको बिद्यार्थी संगठनमा लागेर टायर बाल्ने काम गर्ने अनि अमेरिकामा आएर नासामा काम पाइन्छ त?१४ १५ घण्टा काम गरे पछी त्यहि अनुसार डलर पाउने भएकोले लामो घण्टा काम गर्ने हो /त्यो त कामदारमा भर पर्छ कति घण्टा काम गर्ने र कति कमाउने/अनि काम तल्नो र माथिल्नो दर्जाको भनि छुट्टने हाम्रो जस्तो देशमा मात्र हो/यहा के ठुलो के सानो काम भनेर छुटीन्न / सबैले आफ्नो हति अनुसारको काम गर्छन ,कर तिर्छन/त्यसैले अमेरिका अमेरिका बनेको हो/यस्तो गर्न सिकौ/बाहुन,नेवारले खेत जोत्न हुदैन,जुत्ता सार्कीले सिउनु पर्छ,कपडा दमैलेनै सिउनु पर्छ भन्ने जस्ता सोचले हामि पछाडी प-येऊ भन्ने चेतना भया/
अमेरिकामा डाक्टरको लागि डलर फल्छ, वकिलको लागि डलर फल्छ वा त्यस्तै धेरै दिमाग लगाउन सक्ने छ्यमता भएकाकोलागि डलर फल्छ /
नेपालबाट आउननै लाखौ खर्च गर्नु हुन्न भनेर थाहा नहुनेको लागि पक्कै डलर फल्दैन / हुन त यो कुरा यो ब्लोगमा लेखेर के नै हुन्छ होला र खै / एस्तो लेख त अरु पनि धेरै ठाउँमा पढेको हो, जसको उदेस्य विदेश जान मारीहत्ते नगरौं भन्ने थियो / तर सायद ति लाखौ खर्च गर्न तयार हुनेहरु internet मा यस्ता लेखहरु पढ्दैनन् होला र नेपालमा आरुले भनेको भरमा हावामा दौडन तयार हुन्छन /
पढ्न आउने बिधार्य्थी समेत TOEFL, SAT नदियिकन औन्छान र ESL क्लासमा पैसा र समय नस्ट गर्छन /
त्यस्तै हो नेपाल / पशुपतिनाथले नेपालको रक्छया गर्न छोडिसक्यो जस्तो छ /
मलाई मन छोयको के हो भने “जो जसरि अमेरिका पुगेपनि ‘मलाई यहाँ हाइ सन्चो छ’ भन्ने मैले भेटेको छैन अपितु ‘के के न होला भनेर अमेरिका आइयो, दुख पाइयो’ भन्नेकै भिड मैले भेटेको छुँ तर अचम्म त्यो भिड मध्ये कसैले पनि अमेरिका छोडेको चाहिं हुन्न” |
बिगत छ बर्सको मेरो अनुभवमा भेटेका ९९% मानिस येही भन्छन / ५० लाखकमाएपछि , छोराको SLC पछि, काठमाडौँमा घर बनाएपछि, जस्ता जति बहाना पनि पुरा हुदा पनि मान्छे ५० लाखबाट एक करोड, छोराको SLC भन्दा-भन्दा छोराको बिहा, नातिको पास्नी, बाबु-आमाको मरण आधि जे हुदा पनि अमेरिका चै छोडेका हुनन् / अप्रवासीले पनि पाउने स्वस्थ सुबिदा, कानुन नतोड़ी बस्दा एउटा पाइने आफुले खोजेको यान्त्रिक तर सुबिदायुक्त जीवनको लागि आवसेक पानी, बिजुली, कमाइको तुलनामा सस्तो खाना जस्ता यावत कुरा र सबभन्दा ठुलो त “प्रबासिको पसिनाले नै बनेको र प्रबासिको स्वोर सुनिने, बेक्तिको होइन तुलनात्मक रुपमा बिधिको सासन भएको” हुनाले होला अमेरिका मनिश छोड्न चाहनन /
मैले पनि नेपालमा जान्छु स्कुलमा पदौने काम गर्छु, बरु पत्रिका र पुस्तक पसल खोल्छु, सानाभन्दा पनि साना व्यापार गर्छु भनेको पाच वर्ष भो / अब त नेपाल जान्छु भनेकि बुढी पनि जिस्कौना थाल्छे / मानिसको भावना र बेबारिक कुरा फरक हुदो रहेछ /
यो अमेरिका चै निदा फज्लीको नामुद गज़ल जस्तो लाग्न थालेको छ आजकल
“दुनिया (अमेरिका) जिसे कहते है जादुका खेलौना है
मिल जाए तो मिट्टी है खो जाए तो सोना है”
ती २५/३० लाख खर्च गरि मेक्सिकोबाट छिर्न खोजि समातिएकाहरुलाई पक्का पनि सोना हो अमेरिका / येहाको नेपाली आप्रवासीको लागि के हो भन्न पर्दैन अमेरिका / कमेन्टले नै थुप्रा कुरा भन्छ /
हरेक मान्छेले आफु बाच्नको लागि नियमित स्रोतको खोजि गरिरहेको हुन्छ ! त्यो स्रोत सरिरिक एबम मानसिक परिस्रोम्ले प्रदान गरेको हुन्छ जसलाई काम भनिन्छ ! काम आफैमा ठुलो या सानो हुँदैन र ठुलो हुन्छ भने पबित्र मन हो ! १४ घण्टा काम गरेपनि या ८ घण्टा काम गरेपनि त्यो पैसा स्रोतको लागि गरिने हो, संतुस्ती लिने या नालिनेमा उ आफैको सोच हो भने त्यो सन्तोस मा तेस्रो व्यक्तिको उपमा या ग्लानी को कुनै महत्वो छैन ! कुरा के भने काम गर्ने या काम दिने दुबैको एउटी उध्यस्य पैसा या स्रोत कमाउनु हो जसलाई व्यापार पनि भनिन्छ ! दुबैको एउटी उध्यस्य भयपछी को ठुलो को सानो, कुन ठुलो काम कुन सानो kaam ??
अमेरिका एति ठुलो छ कि दुइचार हजार जना दुख कस्ट गरि औंदैमा कु नै अरुको भाग खोसिने हुँदैन ! something is better than nothing.
अमेरिका मा चलेको नेपाली कथन :
अमेरिका —- आ मारी जा,
U —- YOU / U
S —- START
A —- AGAIN
It does not matter, who you are
It does not matter, who you are
अमेरिकाले नै बिशेस रुपमा येह आउन आमन्त्रित गरेको भए भिन्दै नत्र भने नेपालबाट जो जसरि आएपनि जेरो बाट सुरु गर्न पर्ने हुन्छ , र यीहको रमझम मा परेपछि फर्कन पनि सक्दैन बस्न पनि खुसि ले सक्दैन, अनि भन्ने गर्छा मैले एती कमाएपछि नेपालमा गएर आरामसँग बस्छु, तर उसले भने जति कमाउने समय भने धेरै टाडा हुन्छा, तेयो बिचमा धेरै परिबर्तन भैसक्छा जस्तै : येहा को खान पिन , बसाइ , सुख सयेल, वा क्रेडिट कार्ड र ……. अनि फेरी भन्न थाल्छा देशमा सान्ति आएपछि जाउला,…….कुनै एक पल राम्रो खवर छैन कसरि फर्कने , फेरी गएर के गर्ने ? ,……..तेहा को अबेबस्थित सिस्टम , मान्छेको बेबहार, आफ्ना साथी भाही कहाँ कहाँ ……… आदि ईतेहादी ……
एउटा कुरा के भने , अर्काको घरमा भाडा माझने भन्दा , दो बाटोमा बसेर भुटेको भटमास बेचने नै राम्रो हो कि >>>>>>>> आफ्नो आफ्नो विचार …….. कुण्ड कुण्ड पानि , मुन्द मुन्द बुद्धि ……..
गोपीजी,
अमेरिका शब्दको अर्थ हस्यौली पाराले लेख्नु भयको रहेछ मज्जा लाग्यो | तर यु एस य को अर्थ यु स्टार्ट अगेन चाही खाली ३५ नाघेकाहरु वा नेपाल मा सेटल भै सकेकाहरुको लागि मात्र हो युवक युवती बिद्यार्थी हरु को लागि होइन |
नहुने कुरा ! American Dollar अमेरिका मा नफले के नेपाल मा फल्छ त !!!
नेपाल मा कतिपय NGO संचालक, भ्रष्ट नेता तथा कर्मचारीले टपा टप डलर टिप्छन नि…
जन्मभूमि नेपाल भएपनि बिदेशमा गएर काम गर्नु पार्ने हाम्रो बध्येता भएको छ,हो आफ्नो देश् भन्दा आर्को देशमा त आबश्ये पनि सजिलो हुदैन,
अनुभवविनाको मान्छे फितलो हुन्छ, गतिलो हुँदैन । अनुभवले नै मानिसको अत्मविश्वासमा जराको काम गर्दोरहेछ–च्याप्प समाइराख्ने ।
आफूलाई जे गर्दा आनन्द प्राप्त हुन्छ त्यही खुसी हो भने मान्छे यहाँ जहिले पनि, जे पनि गर्न हरदम तयार रहन्छ । कति मानिसहरु अरुका खुसीका लागि बाँचेका छन् । अनेकन मानिसका उपायहरु छन् जसले ऊ दुई मिनेट भए पनि खुसीमा रम्न चाहन्छ त्यो भएर नै होला किन मान्छे अमेरिका आएपछि यहाको दुखलाइ सहज लिनु उसको समस्या र बाध्यता हो,
ल्हासामा सुन छ कान मेरो बुच्चै भनेर हामी जति फलाके पनि,कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन ।
समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ ।
हामी जो जहाँ भए पनि जसरि रहे बसे पनि हामी नेपाली …… नेपाली नै हौ त्यो भएर विदेशमा भएका हामी एक आपसमा हातेमालो गरि सधै एक आर्कोलाइ गारो सारो पर्दा खुल्ला दिल ले सहयोग गरौ ….. येही शुभकामना विदेशमा रहेर सुख दुख गरि देशको अर्थतन्त्र लाइ सहयोग गर्ने हामी सम्पूर्ण नेपाली प्रति………………
“‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेर हामी जति फलाके पनि, कराएपनि, खल्ती छामेपनि, कान छामेपनि नानीदेखि लागेको बानी कहिल्यै गएन ।”
मिलाजी, मेरो लेखप्रति जनाउनु भएको टिप्पणीकोलागि धन्यवाद | तर माथि उद्धृत गरिएको वाक्यांश चाहिं ठ्याक्कै मेरो हास्य व्यंग्य “अर्थ न बर्थ, गोविन्द गाइ” निबन्धको शुरुमै उल्लेख गरिएको वाक्यांश परेछ | तर श्रोत नखुले पनि मेरो लेखको वाक्यांश प्रयोग गर्नु भएकोमा खुशी लाग्यो | श्रोत खोल्नु भएको भए तपाईंको इमान्दारी झल्किन्थ्यो |
धन्यवाद |
मासिक कमाई – १४,०० {student हो work permit ६एन
खर्च –
कोठा भाडा – ७०० share गरि बस्दा
खान पिना – ४००
यातायात – २०० (बस ट्रेन टिकेट)
लुगा फाटो – २००
———-
१४००
बचत – ०
बिरामी खर्च_५००० ऋण ,अब बिरामी भयमा …..?
collage फि _१२०० {पर सेमेस्टर }
एक बुडी {म} र दुइ बच्चाहरु पनि छौ है
कस्तो व्यथा हो यो ?
बिपना दिदी,
हजुर पनि चितवनकै हैन ?? 🙂
अनि हजुरको गणित बिग्रेच … खर्च (कोठा भाडा, खाना, लुगा र यातायात )पुरा जोड्दा त १५०० पो हुन्छ त, १०० डलरको ऋण त पहिलै लाग्नी भयो |
म पनि सपरिवार अमेरीका बस्दै आएको ८ वर्ष भयो | लग भग सबै ठुला सिटी मा बसी सकेको छु | जस्तै LA , Sanfrancisco , Seattle , Chicago , न्यु Jersey , Augusta , GA , Bentonvile , AR | Northern Virginia र न्यु jersey मा मैले १२००० सम्म तिरेको छु कोठाको लागि | त्यो पनि सस्तो हो | अझ अलि राम्रो thaumu खोज्ने हो भनेत त्यो भन्दा धेरै बडी पनि हुन् सक्छ | कोठा महंगो भए पनि खान ३००-४०० बडी लाग्दैन साधारण तया|
तर यो अमेरिका हो , तपाई ओर्गनिक मात्र खाने, अनि नाम चलेका ग्रोकेरिएस् मात्र जाने हो भने जति पनि खर्छ हुन्छ | तर अन्य खर्छा धेरै छन् | अमेरिका को लाइफ त्यति सजिको कहाँ छ र ?
निशा जी तपाइको हिसाब मा त tax देखियाननी/ कर तिर्न त पर्छ नै / अमेरिकी कर त लगभग २२ पर्तिसत, त्यो कमाई मा घटाउनु पर्ला/ के को पैसा बच्नु र / उही त हो खाई लाई टुप्पी हलाई /
लेखक को कुरा सोर्है आना ठिक छ | तर आफैं भडखालामा नपरी खाल्डो नदेख्ने खालका छौं हामी | बिदेशमा बस्ने कसैले आफन्त र चिने जानेका साथीभाई हरुलाई ए न आओ है, बरु तेती पैसाले तेतै केहि गर भनो भने, उ हेर न आफु चैं उता बसेर मोज गरेको छ हामी आउन लागेऊ भनेर आरिश गर्न थालो भन्छन | अनी नेपालमा ऋण दिनेले पनी विदेश जाने भनो भने बिरालाले … लुकाएर राखे जसरि राखेको पैसा पनी अघी सरि सरि ऋण दिन्छन तर नेपालमै केहि गर्छु भनेर मागो भने झुण्डीएर मरोस बरु दिंदैनन, यो पनी रोग नै हो | दलाल!!! राम राम राम एती मिठा गफ गर्छन, एती मिठो सपना घोली दिन्छन दिमागमा कि तामाको जलप बरु पानि ले पखाल्ला त्यो सपना भडखालो आइनापुगी पखालिदैन | मेरो सल्लाह: विदेश जान खोज्ने सबैले अलिक नपच्ने खालको कुरालाइ २/४ पल्ट राम्ररि केलाएर मात्रै निर्णय लिनु |
बिगत ९ वर्ष देखि म पनि विदेशमा छु ! मैले पनि तेस्तै देखेको छु बेल्जियममा पनि ! नेपालमा हुँदा डिग्री डिप्लोमा गरेका अनि पेसाले वकिल,पत्रकार,शिक्षक,पर्यटन ब्यबसायी,ब्यापारी,सेना,प्रहरी जस्ता पेशा गरेकाहरु फुर्सदमा साथीहरुसंग गफ हुँदा निकै धाक जमाएर बोल्छन अनि काम गर्ने बेलामा रेस्टुरेन्ट पसेर काँटा चम्चा र प्लेटसंग दिन बिताउन्छन् !आखिर पैसाकै लागि त हो नि ! त्यस्तो काम नेपालमा गर्नेहरुलाई यिनै सभ्य डेक्ची ड्राइभरहरुले नराम्रो सोच्छन ! अर्काको देशमा दुखले जिन्दगि बिताउनु भन्दा आफ्नै देशमा केहि गर्छु भन्ने सोच बनाउनु राम्रो हुन्छा
डलर ले मात्रै के हुन्छा दुइ दिनको जिन्दगी हो ….बचौं हासेर …. राम्रो कमै नेपाल मै छ भने उत्तम … राम्रो जागिर छ भने जुनै देश पनि ठिकै छ … जिउन पैसा मात्र होइन कला पनि हो ….
अमेरिका बसाइ को मोटामोटी अंकगरित.
(१) गैरकानुनी कामदार
राम्रो अवसर पायको अबस्थामा :
============================
ज्याला – ८ डलर प्रति घण्टा काम अबधि – १२ घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = २५
मासिक कमाई – २४,०००
ठिकै अवसर पायको अबस्थामा
====================
ज्याला – ७ डलर प्रति घण्टा काम अबधि – ८ घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = २५
मासिक कमाई – १४,०००
खर्च –
===================
कोठा भाडा – ७००
खान पिना – ४००
यातायात – १०० (बस ट्रेन टिकेट)
लुगा फाटो – २००
———-
१४०००
बचत – ० – १००० डलर प्रति महिना, बिरामी पर्दा के हुन्छा त्यो कुरै नगरु …..एक तिर दैनिक ज्याला पनि औदैना, अर्को तिरक उपचार कसरि गर्ने ??
(२) कानुनी (ग्रीन कार्ड भयको), न्यून योग्यता ले पुग्ने कामदार परिवार
कमाइ माथि उल्लेख गरे झैँ तर ज्याला दर बढी
कामदार १ – ज्याला – 11 डलर प्रति घण्टा काम अबधि – १० घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = २५
मासिक कमाई – २७५०
कामदार २ – ज्याला – 11 डलर प्रति घण्टा काम अबधि – 5 घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = १०
मासिक कमाई – ५५०
कुल मासिक कमाइ = ३३००
औसधि उपचार खर्छ – बिमा – पाउने सम्भावना कम
खर्च –
===================
कोठा भाडा – ८५०
खान पिना – ४००
यातायात – ३०० (आफ्नै गाडी हुँदा )
लुगा फाटो – २००
परिवार खर्छ – २००
———-
२,१५०
कुल बचत = १२५० प्रति महिना (औधादी खर्च बाहेक )
(३) बचालोर (Bachlor ) बराब अमेरिकन उनिवेर्सिटी डिग्री योगेता र ग्रीन कार्ड भयको २ जना को परिवार
ठिकै अवस्था :
काम अबधि – ८ घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = २२
मासिक तलब – ३८००
कामदार २ – ज्याला – 11 डलर प्रति घण्टा काम अबधि – 5 घण्टा प्रतिदिन, मासिक काम गर्ने दिन = १०
मासिक कमाई – ५५०
कुल मासिक कमाइ = ४३५०
खर्च (२) जस्तै = २,१५०
बचत = २२००
राम्रो अवस्था :मासिक तलब ४६००
बचत = ३००० डलर प्रति महिना
यस्तो जागिर ले प्राय औसधि उपचार बिमा पाउने हुनाले बिरामी भयमा औसदी बिना बस्नु पर्दैन …काम प्रकृति पनि राजी खुशी हुन्छा …
निशा जी , तपाई को हिसाब १ पटक राम्ररी हेर्नुस. / धेरै बाठो भयो भने धोति खुस्किन्छ /
कोठा भाडा – ७००
खान पिना – ४००
यातायात – १०० (बस ट्रेन टिकेट)
लुगा फाटो – २००
———-
जम्मा १४०००/-
निशान जी लै धेरै धन्य बाद ……मलाई १४०० को दाउमा १४००० type गर्न पुगेको मा माफी पाऊ ….मा बाठो हुन् यो गरेको होइन ……अमेरिका आउन खोज्ने सबै का लागि एउटा जानकारी हो …
निशान जी,
१४०० होला नि, के को १४००० ? धत्तेरिका धोति त कसको फुस्क्यो कुन्नि ?
कुरा नबुज्ने मुर्ख विद्वान उज्ज्वल को कमेन्ट हेरौं …………..पहिले पदने बानि गर्नुस अनि कमेन्ट
अनी कर २५ देखि ३०% तिर्नु पर्यो, त्यो पनि त हिसाब गर्नु पर्यो नि. त्यो हिसाब गरे पछि पैसा कम बच्छ.
भाँडे मस्काउन परे पनी अमेरिका गएका तोरी लाउरेहरू खुबै हिरो बन्छन् ..यो लेखले पनि झाप्ड त दिएकै छ तर पनी मेरो र गल्फ कन्ट्रीको तर्फबाट एक झाप्ड यस्ता पटमुर्खहरूलार्इ।। नाम होइन कामसंग दाज्ने गरौ ।। जय नेपाल ।।।
बेदेश जानेहरुले देशमा बस्नेलाई हेला गर्ने ….अमेरिका जाने ले खाडी पस्ने लाई हेला गर्ने …..खाडी जाने ले मलेसिया जाने लाई हेला गर्ने…मलेसिया जानेले इंडिया जाने लाई हेप्ने ….यो कुसंस्कार कहिले हट्ने होला ….तेसैले होला नेपाली दाजु भाइ दिदि बहिनि रुदै छन् विदेश मा ….
तर के कुरो गर्ने आजभोली उनका छोरा engineer doctor भन्न छोडी सक्य…एसको सातामा उनका छोरा अमेरिका छन् कि जापान भन्छन ???
सोह्रै अ्राना सही कुरा गर्नु भयो ।। एक दिनको कुरा हो एउटी नखरमाउलीले फेसबुकमा फ्रेण्ड बनिन अनी भनिन् तपाइको प्रत्येक स्टाटसहरू मन पर्छ अनि मैले भने धन्यवाद त्यसपछी सोधिन् कहा बस्नुहुन्छ अहिले मरूभूमिमा यसो जिउने बाटो गर्दैछु भनेको त गल्फमा हो रे.. मैले हो भने….त्यस्को केही मिनेट मै मलार्इ फेण्ड लिष्टबाट हटाइछिन् ।।। त्यसपछि मैले एउटा म्यासेज गरे … नाममा के छ त्यस्तो ?? तर बिडम्बना अ्राज सम्म यस्को जवाफ पाउँन सकेको छैन मैले ..( नोटः तिनी अमेरीका वा युरोप तिर बसेको पोँर्इ खोज्दै रहिछिन् फेसबुक मार्फत )
बासु जी ले सार्है राम्रो कुरा उठाउनु भो | यो नै बास्ताबिकता हो | मलाई मन छोयको के हो भने “जो जसरि अमेरिका पुगेपनि ‘मलाई यहाँ हाइ सन्चो छ’ भन्ने मैले भेटेको छैन अपितु ‘के के न होला भनेर अमेरिका आइयो, दुख पाइयो’ भन्नेकै भिड मैले भेटेको छुँ तर अचम्म त्यो भिड मध्ये कसैले पनि अमेरिका छोडेको चाहिं हुन्न” |
कुरो एकदम सहि हो . अमेरिका आएका मान्छे हरु नफर्किने कारण चाही दुइटा मुख्य छन् १. यहाँ जिबन स्तर राम्रै भएर २. नेपालमा गएर पनि अब के पो लछारपाटो लगाइएला र ? भन्ठानेर . दोस्रो कारणले यतै बस्ने को प्रतिशत धेरै होला मेरो बिचारमा . तर अमेरिका आएका मान्छे नेपाल नफर्केको देखेर अनि कालो चस्मा लगाएर पुरानै भए पनि आफ्नो गाडीमा घुमेका फोटाहरु फेसबुक मा देखेर अमेरिका को जिन्दगि सुखै सुख को होला भन्ने सोच्नु पुरै साचो भने होइन . अमेरिका पुरै बैध रुपमा आएपनि दरै संघर्ष गर्न तयार भएर आउनु पर्ने अनि अबैध रुपमा धेरै पैसा खर्चेर आउन नहुने देश हो जस्तो लाग्छ मलाइ चै !!!