-अमृता लम्साल-
सन् २०१२ को जुलाई २२ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित युनिभर्सिटी, पेन–स्टेटको बिभर स्टेडियमको हातामा कुनै बेला गर्वका साथ ठड्याईएको जो पेटार्नोको सात फुट अग्लो प्रतिमा निकालेर स्टेडियमको वेयर–हाउसमा थन्क्याईयो। आफ्नो जीवनको ४६ बर्ष कलेज फुटबलको कोच रहेका उनले, पेन–स्टेटलाई आफ्नो नामको पर्याय नै बनाइदिएका थिए। उनले गरेको योगदानको कदर गर्दै सन २०११ को नोभेम्बर ४ तरिखमा उनलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ का लागि समेत मनोनीत गरिएको थियो। तर पछि उनको नाममा धब्बा लागेको कारण मनोनीत गर्ने सिनेटरहरूले आफ्नो नाम फिर्ता लिए।
उनको त्यति ठूलो योगदान हुँदाहुँदै पनि किन उनीमाथि त्यसो गरियो त? उनको एउटै गल्ती, उनले आफ्नो मातहतमा रहेका कोच जेरी स्यानडस्कीले नाबालिग केटाहरूमाथि गरेको यौन दुर्ब्यबहार थाहा पाउँदा पाउँदै पनि चुप लागेर बसे, जसको फलस्वरुप अरु धेरै बच्चाहरू जेरी स्यान्डस्कीबाट पीडित भए। त्यसलाई रोक्न कुनै कदम चालेनन्। यहाँनिर स्मरणीय कुरा के छ भने उनले आफैं नाबालिगमाथि यौनदुर्ब्यवहार र दुराचार गरेका भने होइनन्।
गत जनवरीमा फोक्सोको क्यान्सरबाट मृत्युवरण गर्न पुगेका जो पेटार्नो, जसलाई ”जो–पा” पनि भनिन्थ्यो मर्ने बेलामा दाग लागेर मरे। उनले आफूमाथि आरोप लागेर पेन–स्टेटबाट हटाइएपछि भनेका थिए,”मैले मेरो पूरा जीवन मेरो परिचय बनाउन खर्च गरें। यो सबै गयो।” अर्थात, उनको इज्जत, परिचय सबै ध्वस्त भयो, कारण, उनले एउटा यौन दुराचारीको क्रियाकलापलाई नजरअन्दाज गरे।
चलचित्रसँग सम्बन्धित कुनै पनि ब्यक्तिको जीवनको सपना रहेको हुन्छ, ”ओस्कर” जित्ने र पुरस्कार समारोहमा गएर गर्वका साथ उक्त पुरस्कार ग्रहण गर्ने। सन २००२ मा अमेरिकी चलचित्र ”द पियानिस्ट”का लागि ”बेस्ट डाइरेक्टर”को ओस्कर पुरस्कार सो चलचित्रका डाइरेक्टर रोमन पोलन्सकीलाई प्रदान गरिने भयो, तर पुरस्कार ग्रहण गर्न उनी अमेरिका आउन पाएनन्। कारण, सन १९७७ मा उनले १३ बर्षकी नाबालिगलाई लागू पदार्थसेवन गराएर उनलाई बलात्कार गरेको आरोप छ। रोमन पोलन्सकीलाई लगाईएको उक्त आरोप फिर्ता लिइयोस् भनेर थुप्रै ठूला कलाकारहरूले प्रयास गरिसके। यतिसम्म कि, जसलाई बलात्कार गरेको आरोप लागेको छ, उनै महिलाले समेत आरोप फिर्ता लिइयोस् भनेर कोसिस गरेकी थिइन। तर नाबालिगहरूमाथि गरिने यौन दुराचार बारेमा कडा कानून भएको अमेरिका उक्त घटना घटेको ३५ बर्षपछि पनि टसमस भएको छैन।
पप–म्यूजिकका बादशाह मानिने माइकल ज्याकसनले पनि बिराएरै हो वा नबिराएरै, सोही विषयमा अदालत गएर धेरै रस्साकस्सी खेप्नु पर्यो। तर पैसाको खोलो र नामी वकिलहरूको कारणले आरोपबाट मुक्ति भने मिल्यो।
यति धेरै भूमिका बाँध्नुको पछाडि, केही दिनदेखि माइसन्सारमा राखिएको समाचार,”यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको फन्दामा नेपाली” सन्दर्भको बहस नै हो। त्यहाँ लेखिएको अधिकांश विचारहरू पढ्दा लाग्दछ नेपाली मानसिकताले ससाना बाल–बालिकाहरूमाथि गरिने यौन अपराधलाई अपराधनै ठान्दोरहेनछ। त्यहाँ प्रकाशित समाचारमाथि बहश गराएर जीवन्तता दिने पात्र दाङ्ग जिल्लाका जीवराज आचार्य हुन, जसले सन २०११ को मे महिनामा अमेरिकाको लुजियाना राज्यको ”लुजियाना स्टेट युनिभर्सिटी”बाट अर्ग्यानिक केमेस्ट्रीमा पीएचडी गरेका थिए र लुजियानाकै निकोलस युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसरको रुपमा कार्यरत थिए। तर गएको अगस्तको पहिलो हप्ता लुजियाना राज्यकै थिबोडकस भन्ने शहरमा फ््रयान्कलीन पुलिस डिपार्टमेन्ट क्रिमिनल इन्भेसटिगेसन डिभिजन टेक्नोलजी युनिट, लुजियाना स्टेट पुलिस ट्रप १, थिबोडक्स पुलिस डिपार्टमेन्ट र क्यालकेस्यु प्यारिश सिर्फ डिपार्टमेन्टको संयुक्त प्रयासमा उनलाई गिरफ्तार गरिएको छ।
उनीमाथि कम्प्युटर मार्फत नाबालिगसंग (अमेरिकी कानून अन्तर्गत १७ बर्ष भन्दा कम उमेरका बाल–बालिकासंग यस्ता कुरा गर्नु अपराध मानिन्छ) यौन सम्पर्कका लागि प्रस्ताव गरेको दुईवटा आरोप, नाबालिगसंग सम्बन्धित पोर्नोग्राफी राखेको दुईवटा आरोप र नाबालिगसंगको असहज सम्बन्ध राखेको दुईवटा आरोप लगाईएको छ। उनी यो लेख लेख्दासम्म प्रहरीको हिरासतमानै छन। प्रहरी हिरासतबाट मुक्त हुनका लागि असी हजार डलर जमानत मागिएको छ। आरोप प्रमाणित नहुंदासम्म कसैलाई पनि ”अपराधी” भन्न मिल्दैन र उनलाई लगाईएको आरोप पनि प्रमाणित भैसकेको छैन, त्यसैले यसमा केही भन्नु छैन।
यो पंक्तिकारको सरोकारको बिषय यति मात्रै हो कि, जब उक्त समाचार प्रकाशन भयो, त्यसपछि ”त्यस्ता कार्य गर्नु” भनेको सामान्य नै हो भने जसरी बिचारहरू ब्यक्त हुन थाले। तर उनीहरूले के बुझेका छैनन भने अमेरिकामा यौन दुर्ब्यबहार गर्नु भनेको नेपालमा जतासुकै छोरी र दिदी बहिनीलाई जथाभावी भनेर जिस्क्याएको, उनीहरूका शरीरका ठाउँ कुठाउँमा हात हालेको या बस चढ्डा, भिडभाडमा उनीहरूको अंगप्रत्यंगमा चिमोट चामोट पारेर साधु भएर हिंडेको जस्तो होइन। यदि त्यसो हुँदो हो त क्याथोलिक चर्चहरूमा दशकौं अगाडि गरिएको यौन दुर्ब्यबहारको कारणले अहिले आएर पोप लगायतका पदाधिकारीहरूको टाउको दुखाइको मुद्दा हुने थिएन। न त माथि उल्लेखित उदाहरणका पात्रहरूको नै त्यस्तो स्थितिबाट गुज्रनु पर्दथ्यो।
हुन त, यौन दुर्ब्यवहारको मुद्दामा दिइने दण्ड सजायहरू पचासवटा राज्यमा आ–आफ्नै किसिमका हुन्छन्। तर पनि कतिपय राज्यहरूमा नाबालिगहरूमाथि गरिने यौन दुर्ब्यबहार या नाबालिगहरूसंग सम्बन्धित पोर्नोग्राफी राखेको आदि प्रमाण्ाित भयो भने पाँच बर्षदेखि बीस बर्षसम्म जेलमा बस्ने मात्रै होइन कि, आर्थिक रुपमा पनि सजायको भागीदार हुनुपर्दछ। त्यो बाहेक, ”दी ज्याकब वेट्टरलिंग क्राइम्स अगेन्स्ट चिल्ड्रेन एण्ड सेक्सुअल्ली भाईलेन्ट एक्ट” अन्तर्गत अपराध प्रमाण्ाित भएको ब्यक्तिले राज्यको कानूनको जिम्मा लिने निकाय अर्थात, पुलिस डिपार्टमेन्ट, सेरिफको अफिस आदिमा आफ्नो नामलाई ”सेक्स अफेण्डर”को रुपमा दर्ता गर्नुपर्छ। त्यसरी दर्ता भएका ब्यक्तिहरूले स्कूल तथा केटाकेटीहरू हुने स्थानहरू नजिक बसना पाउँदैनन्। उनीहरूले कम्तीमा पनि दश बर्षसम्म आफू बसेको स्थानको जानकारी राज्यको सम्बन्धित निकायलाई गराउनु पर्दछ। उनीहरूले हलोविन र अन्य चाडहरू, जुनबेला केटाकेटीहरू छिमेकमा निस्किएका हुन्छन, त्यस्तो बेलामा बाहिर निस्किएर उनीहरूसंग कुराकानीसम्म पनि गर्न पाउँदैनन। आफ्नै नाबालिग बच्चाहरू रहेछन भने पनि अरुको निगरानी बिना भेट्न पाउँदैनन्।
रह्यो, समाचारमा तस्बीर छापेको कुरा, अमेरिकामा एकपटक प्रहरीले आरोपित गरेर थुनामा राखेको ब्यक्तिको इतिबृतान्त खोज्न पर्यो भने गुगलमा गएर सम्बन्धित ब्यक्तिको नाम टाइप गरे पुग्छ। अझ त्यो भन्दा बढी थाहा पाउने इच्छा लाग्यो भने चालिस डलर जति तिरेपछि त्यस्तो क्रिमिनल ब्याकग्राउण्ड चेक गर्ने बिजिनेस चलाएर बसेका एजेन्सीहरूले नाक मुख कस्तो छ, के खायो र के लायो भनेर पनि रिपोर्ट निकालिदिन्छन। उदाहरणका लागि, यो भन्दा अगाडि यस्तै आरोपमा पक्राउ परेका नेपालीहरू डा. गोबिन्दबहादुर बस्नेत र दीपक बिष्टको नाम अझै इन्टरनेटमा भेट्टाउन सकिन्छ। अन्तिममा यति मात्रै भन्नु छ, त्यस्ता अपराधहरू कतिपय नेपालीहरूलाई सामान्य लागे पनि अमेरिकी कानून अनुसार यो ठूलो अपराध हो। तर बिडम्बना यो छ कि, कतिपय उच्च शिक्षित ब्यक्तिहरू (यो भन्नुको तात्पर्य उनीहरूलाई कमसेकम नियम कानूनको ज्ञान हुँदो हो भन्ने नै हो) नै यस्ता कार्य गर्न पछि पर्दैनन्। (साँघु साप्ताहिकबाट साभार)
http://www.nicholls.edu/police/sexual-offenders-registered-at-nicholls-state-university/
जिबराज आचार्य को यो प्रकरणलाई कसैले कसैले व्यक्तिगत रिसिबीका कारण उनको चरित्र हत्या गर्ने योजनामा लागेको देखे / एउटा नेपालीले गलत काम गरेको देख्दा अर्को नेपाली को मन दुख्नु पर्ने ठाउमा , अर्को नेपाली को हड्डी हासेको जस्तो देखियो/ हुन त , जीवराज जी दोषी हुन् कि होइनन भन्ने कुरा थाहा पाउन अमेरिकी न्यायालयको फैसला आउनै बाकी छ / तर फैसला आउनु पूर्व नै उनको चरित्र हत्या गर्ने काम जुन रफ्तार मा भैरहेको छ, त्यसबाट अमेरिकी समाजमा बसोबास गर्ने नेपाली बीच पनि खुट्टा तानातान रहेछ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ /
जिबराजको काम गइ सकेको छैन रे . जति समाचार मा आएको छ अनुशन्धान को क्रम मा नै छ सायद , फैसला नहुदा सम्म यसै हो भनेर किटान गर्न सकिदैन ,काम मा फिर्ता बोलाउने धेरै शम्भावना छ रे , यो त खुशीको कुरो हो नि होइन त ?! शुभकामना जिबराज लाइ !
सुरेन्द्र फुयाल र फिलिपिनो केटीको मुदा अब सपना मल्ल र मीरा दुन्गनाजील हेर्दै हुनुहुन्छ तसैले अब न्याय पाउने धेरै आस छ.
शिक्षित तर मानसिक रुपले अचेत व्यक्तिहरुलाई इंगित गरेर अमृताजीले यो लेख लेख्नु भएको छ| बुझेर पनि बुझ पचाई बित्थाको बौद्विक पाखुरी सुर्काइ तिनीसँग कसैले गर्छ भने हामीले रोक्न सक्ने कुरो पनि भएन| माइसंसारको चौतारीमा सबैखाले गफ सुन्नै पर्यो| अमृताजिले जीवराजको बिरोध नगरेर जीवराज प्रवृतिको बिरोध गर्नुभएको हो|
FOR IMMEDIATE RELEASE August 21, 2012
Contact: Renee Piper or Graham Harvey
985-448-4143
Dr. Jiba Raj Acharya, assistant professor of chemistry at Nicholls State University, was arrested on Aug. 6 by the Franklin Police Department on multiple warrants, including computer-aided solicitation of a minor. Acharya is currently incarcerated in the St. Mary Detention Center.
All electronic materials in Acharya’s possession, both personal and work-related, have been secured for police investigation. There is no indication that Acharya committed any crime while on the Nicholls campus.
Acharya, who began teaching at Nicholls in fall 2011, was scheduled to teach one section of Chemistry 105 and three sections of Chemistry 109 during the fall 2012 semester. These courses will still be offered, but under different instructors.
Acharya’s status as a Nicholls employee will be determined by university policy, pending the outcome of the investigation.
The Nicholls administration remains committed to providing a safe environment for all age groups, especially juveniles. To learn more, go to http://www.nicholls.edu/police/policies/sexual-assault/campus-sex-crime-prevention/.
For Nicholls’ human resources policies, go to http://www.nicholls.edu/human-resources/handbooks-and-policies/.
-30-
it is more possibilities that he will get his work back . if he join his work back , he does not need clarification to a commenter called ‘babu’ and others in previous posting by mysansar .
How did you know the possibility? It is your speculation, dude. As for the sex-offenders, the university has strict policy. For now, he has been opted out from the course he was supposed to instruct. Read this line – “Acharya’s status as a Nicholls employee will be determined by university policy, pending the outcome of the investigation.” This means even if the pending outcome of the investigation clears him out (which is just an ideal hope), his status would be re-evaluated as per university policy. Right now, it is the back to school season, and the university won’t take harsh decision unless an urgency is felt. Since he is already in custody for more than 2 weeks, it has made enough dent for him to be question upon his background and thereby making non-eligible for the type of work he has been doing. Hope he would get less damage.
I have never said that he has been convicted and could not join the work again. I only speculated that if he is convicted, it would be better to have minimum sentence and back to Nepal. Did I say something wrong ? If not why are you mentioning my name in your comment.
I do not want any clarification from Dr. Acharya, I know him very well. I know his achievements, his talent, his social image. Although I do not support his political ideology, I admire him as a brilliant young scientist.
other people may forget what you wrote, but I can’t forget your long numbered speeches, dude. You don’t need to explain what you said; you behave like a Nepali proverb: ” सेके जस्तो गर्ने तर पोल्ने. ” YES, these days in Nepal, political ideology is changing. I don’t need your response. Rest you know, thanks.
ल यो पनि समाचार पढ्नुस है त !
संसारमा सायदै कुनै देश होला जहाँ फिलिपेनो युवतीहरू नहुन्। सुन्दर अनुहार, मीठो बोली अनि अंग्रेजी भाषामा दख्खल, इमानदारीपूर्वक सेवा, आम फिलिपिनो युवतीका विशेषता हुन्। घरेलु कामदारदेखि अन्तर्राष्ट्रियस्तरका ठूलठूला कम्पनी र राष्ट्रसंघीय निकायहरूमा फिलिपिनो युवतीहरू भेटिन्छन्। विश्वका कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्
री पसलहरूमा पनि ग्राहकको सेवामा फिलिपिनो युवतीहरूनै खटिएका हुन्छन्। धेरै फिलिपिनोले अन्तरदेशीय विवाह गरेको पनि पाइन्छ। मायाँमा समर्पण फिलिपिनो महिलाहरूको अर्को विशेषता हो। तर यही समर्पण अभिशाप बनेपछि एउटी फिलिपिनो युवती अहिले नेपालका अदालत, प्रहरी, महिला आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ हुँदै प्रधानमन्त्री कार्यालयको लैंगिक सशक्तिकरण समन्वय इकाइसम्म न्यायको भीख माग्दै भौताइरिइ रहेकी छिन्। उनी हुन्, ३२ वर्षीया चरिना कावि्रडो। आफू बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार सुरेन्द्र फुयालबाट यौन शोषणमा परेको र उनले श्रीमती स्वीकार नगरेपछि अलपत्र परेको बताउने यी चरिनाको कथा निकै लामो छ। उनका अनुसार, सुरेन्द्र र उनी श्रीमान–श्रीमतीका रुपमा लिभिङ टुगेदर थिए। गर्भवती भएपछि सुरेन्द्रले आफूलाई मानसिक र शारीरिक यातना दिएर श्रीमानको भूमिकाबाट भाग्न खोजेको बताउने चरिनालाई त्यतिबेलासम्म सुरेन्द्र विवाहित हुन् भन्ने थाहा थिएन। चरिना सुरेन्द्रको श्रीमतीको नाता कायम गराउन अहिले कानुनी लडाइमा छिन्। हाल काठमाडौं जिल्ला अदालतमा चरिनाले अंश सहितको सम्बन्ध बिच्छेद र घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन्, जुन बिचाराधीन अवस्थामा रहेको छ। चरिनाले पछिल्लो पटक साइबर अपराधको मुद्दा पनि दायर गरेकी छिन्। आफू न्याय पाएरमात्र नेपाल छाड्ने पक्षमा रहेकी चरिनासंग गरिएको कुराकानीका सम्पादित अंश यसपाली प्रस्तुत गरिएको छ।–सं.)
० सबैभन्दा पहिला तपाई आफ्नो व्यक्तिगत परिचय दिन सक्नुहुन्छ?
– मेरो नाम चरिना काब्रीडो हो। म एक फिलिपिनो केटी हुँ। म हाल काठमाडौं महानगरपालिका वडा नम्बर २ खुर्सानीटार लाजिम्पाटमा बस्छु। म फिलिपिन्सको राजधानी मनिलास्थित एसियाली विकास बै.क केन्द्रीय कार्यालयमा बैंकको परियोजनामा सन्चार परामर्शदाता सामाजिक मिडियामा परामर्शदाताको रुपमा काम गर्थें। मानवीय स्वभावनै हो, प्रेम, यौन र विवाह। यस्तै परिबन्दमा म नेपालको एकजना नाम चलेको पत्रकार सुरेन्द्र फुयालसंग प्रेम र यौन हुदै विवाहको चरणमा पुगंे। त्यहीँबाट मेरो जीवनमा धेरै उतारचढावहरू आए, जसका कारण आज मेरो जीवन लगभग तहसनहस भएको छ।
० सुरेन्द्र फुयालसंग चाहिं तपाइको भेट कसरी भयो, जसका कारण तपाइको जीवन तहसनहस भयो?
– त्यो भेटको ठूलै कहानी छ। म पहिले क्लिन इनर्जी नेपालमा काम गर्थें। जुन सन् २००९ सालतिरकै कुरा हो। त्यो एसियाली विकास बैंकले सहायता गरेको परियोजना हो। यसमा काम गर्ने सिलसिलामा मैले सन् २००९ सालमै डिसेम्बर महिनातिर आफ्नो रिसर्च स्टोरी लेखेर यहाँको पत्रिकामा प्रकाशित गराएँ। त्यो लेखको तलतिर मेरो इमेल आइडी पनि राखिएको थियो। त्यही इमेलको आधारमा सुरेन्द्र फुयालले मलाई मेल गर्न थाल्यो। उसले मेरो रिसर्च मन पराएँ भन्यो। उसले शुरुमा व्यावसायिक कुराहरूनै गर्यो। पछि विस्तारै व्यक्तिगत कुराहरू पनि गर्न थाल्यो।
० व्यक्तिगत कुरा भन्नाले कस्ता कस्ता कुराहरू हुन थाले तपाइहरूबीच?
– शुरुमा उसले सप्ताहन्तमा कहाँ ह्याङ आउट गर्छ्यौं भनेर प्रश्न गर्दथ्यो। काम सकेपछि केही समय त यसो इन्जोइ गर्नुपर्छ भन्न थाल्यो। मैले ह्याङ आउट गर्ने ठाउँ एभेरेष्ट होटल थियो। त्यहाँ मेरा धेरै फिलिपिनो साथीहरूसंग म ह्याङ आउटका लागि जाने गथर्ंे। त्यसपछि ऊ पहिलो पटक सन् २०१० को मार्च महिनामा मेरा साथीहरूसंगै एभरेष्ट होटलको जमघटमा सामेल भयो। त्यसपति हामीबीच नियमित भेटघाट हुन थाल्यो। अनि हामी बिभिन्न ठाउँमा डिनर जान थाल्यौं। हामी साइक्लिङ पनि जान थाल्यौं।
० भनेपछि त, शुरुवातनै रमाइलो ढंगले भएको रहेछ नि होइन?
– त्यस्तै भन्नुपर्यो। हामी धेरै ठाउँमा साइक्लिङ गयौं, उसले नै मलाई यसबारेमा जानकारी गराएर सहभागी बन्न प्रेरित गर्थ्यो। काठमाडौं नजिकका धेरै गाउँ र डाँडाहरू हामीले घुमेर भ्यायौं। करीव तीन महिनाकेा यो क्रमपछि उसले मलाई प्रेम प्रस्ताव राख्यो। म पनि विस्तारै उसंग नजिक भइसकेकी थिएँ। मैले उसलाई उसको बैबाहिक स्थितिबारे सोद्धा स्पष्ट जवाफ दिन चाहेन। पछि उसले आफू विवाहित भएको तर श्रीमतीसंग डिभोर्स गरेर बसेका जवाफ दियो। उसले मसंगै बस्ने प्रस्ताव राख्यो। तर म यहाँ नेपाली परिवारसंग बसिरहेकी थिएँ। घरबेटी फिलिपिनो महिला जो नेपालीसंग विहे गरेकी। मैले घरबेटीसंग अनुमति लिएपछि सुरेन्द्र र म श्रीमान श्रीमतीको हैसियतले एकै कोठामा बस्न थाल्यौं।
० भनेपछि बिहेअघि नै तपाईंहरूको सेक्स सम्बन्ध रह्यो?
– वस्तवमा तपाइहरूको हिन्दू संस्कारमा जस्तै हाम्रो क्रिश्चियनहरूको पनि रोमन क्याथोलिक संस्कारमा विहेअघिको सेक्स बर्जित छ। तपाई विश्वास गर्नुस्, सुरेन्द्रसंग सेक्स सम्बन्ध राख्नु अघिसम्म म भर्जिन (–कुमारी) थिएँ। उसले मलाई विहे गर्ने आश्वासनमात्र दिएन, अब हामी श्रीमान–श्रीमती भयौं भनेपछि घरबेटीलाई साक्षी राखेर हामी संगै बस्यौं र हामीबीच सेक्स सम्बन्ध यो।
० तर फिलिपिनो केटीहरूको त विहे अघिनै कुमारित्व भंग भइसकेको हुन्छ भन्छन् नि?
– तपाइ विश्वास गर्नुस्, म सुरेन्द्र फुयालसंग सम्बन्ध राख्नु अघिसम्म भर्जिन थिएँ। फिलिपिनो केटीहरूको बारेमा जो तपाई कुरा गर्दै हुनुहुन्छ, त्यस्तो पटक्कै होइन। क्याथोलिकहरू कुमारित्वका विषयमा निकै कठोर छन्। मेरै कुरा गर्नुहुन्छ भने म पढाइमै व्यस्त भएँ, मैले व्वाइफ्रेण्ड बनाउने समयनै पाइँन। पछि काममा व्यस्त भएँ। एकैचोटी नेपाली युवक सुरेन्द्र मेरो जीवनमा आयो। उसले आफू नेपालको चर्चित पत्रकार भएको र सबैले चिन्ने भएकाले धोखा दिन नसक्ने कुरा बतायो। म पनि उसंग प्रभावित भएँ र हामीबीच सबै खाले सम्बन्ध कायम भयो।
० एउटै कोठामा बसेपछि तपाइहरू श्रीमान–श्रीमती भइहाल्नुभयो होइन?
– त्यसपछि ऊ राती बीबीसी नेपाली सेवाको काम सकेर सधैं मेरोमा आउन थाल्यो। कहिले खाना आएर सेक्स गरेपछि मध्यरातमा हिड्थ्यो। अधिकांश समय मसंगै बस्थ्यो। यसै सिलसिलामा उसले मनिला घुम्ने चाहना राख्यो। मैले पनि उसलाई मेरो परिवारमा चिनाउने अवसर पाएँ। हामी मनिलाका धेरै टापुहरू पनि घुम्यौं। एक प्रकारले त्यो हाम्रो हनिमुन थियो। उसले त्यहाँ मेरो परिवार सबैसंग भेटेर मलाई विहे गर्ने कुरा गर्यो। मेरा अभिभावकहरूले पनि उसलाई मन पराए। उनीहरूले सुरेन्द्रलाई ज्वाइँकै मान्यता दिए।
० यति नजिक भइसकेको तपाइहरूको सम्बन्ध के कारणले एकाएक बिग्रियो त?
– मैले उसलाई विश्वास गरें। तर उसले मलाई धोखा दिएको रहेछ। उसले श्रीमतीसंग डिभोर्स भएको भन्यो तर उसको डिभोर्स भएको रहेनछ। जब म गर्भवती भएँ, उसले गर्भपतनको प्रस्ताव राख्यो। मैले गर्भपतन गर्न नमानेपछि मात्र उसको असलियत छरपष्ट भयो।
० यसको मतलब सेक्स सम्बन्धमा मात्र तपाइहरूबीच कुनै समस्या थिएन, तर जब गर्भको कुरा आयो त्यसपछि समस्या भयो होइन?
– वास्तवमा जब हामी संगै बस्न थाल्यौं, मैले शुरुदेखिनै बच्चा चाहेकी थिएँ तर उसले पर सारिरहेका थियो। उसले मनिला गएर मेरो परिवारलाई समेत भेटेपछि मैले बच्चा जन्माउने आफ्नो इच्छा राखें। पहिले पहिले परिवार नियोजनका साधन प्रयोग गर्थ्यो। तर मैले बच्चा जन्माउने कुरा गरेर उसलाई ढिपी गरें। सन् २०११ को सेप्टेम्बरमा हामी मनिलाको एउटा टापुमा घुम्न गएका बेला म गर्भवती भएँ। खासमा म गर्भवती भएको कुरा नोभेम्बरमा मात्र थाहा भएको हो। जब म गर्भवती भएँ , त्यसपछि मैले उसलाई अब तिम्रो घरपरिवारलाई भेटाउ, मलाई उनीहरूको माया ममता चाहिन्छ, म उनीहरूसंगै बस्छु भने। त्यसपछि सुरेन्द्र मसंग बाँउठिन थाल्यो। उसले अहिले नभेटौं भन्यो। उसले मलाई गर्भ तुहाउने कुरा गरेपछि मलाई उप्रतिको शंका जाग्यो। अनि मैले उसको फेसबुकमा साथीहरूमार्फत खोज्दै जाँदा ऊ विवाहित, श्रीमती र परिवारसंगै रहेको थाहा पाएँ। उसले मलाई आफ्नो फेसबुक छैन भनेर ढाँटिरहेको थियो।
० तपाइले त्यो पत्ता लगाएपछि के भयो?
– मैले सबै कुरा पत्ता लगाएपछि तिमीले किन ढाँटेको भनेर सोधें। उसले ‘म मेरो श्रीमतीसंग सन्तुष्ट छैन, सेक्स गरे पनि प्रेम हुदैन’ भन्यो। उसले आफ्नो श्रीमती निकिता पौडेल आफ्नो लागि भन्दा पनि परिवारका लागि मात्र राखेको बतायो। तर पछि हाम्रो सम्बन्ध र म गर्भवती भएको कुरा उसको परिवारले पनि थाहा पाएपछि कथा अर्कोतिर मोडियो। त्यतिबेला म मनिलामा थिएँ।
० त्यति गर्दा पनि सुरेन्द्रलाई तपाइले छाड्नुभएन होइन?
– मैले छाड्ने त कुरै थिएन, किनकि मैले त उसलाई मेरो कुमारित्व सुम्पिएकी थिएँ। म डिसेम्बरमा नेपाल आएपछि उसले मलाई खुट्टा समातेर माफी माग्यो। म वर्वाद हुन्छु, मेरो सामाजिक प्रतिष्ठा सकिन्छ, त्यसैले तिमी बच्चा फाल भन्यो। नयाँ बानेश्वरको बेकरी क्याफेमा हाम्रो त्यो संवाद धेरैले सुनेका थिए, किनकि म आक्रोशित भएकी थिएँ। उसले त्यो बच्चा पनि नस्वीकार्ने र मलाई श्रीमती पनि नस्वीकार्ने भनेपछि म कराउँदै सडकाम निस्किएँ। सबैले मलाई सडकमा कराएको देखेर सोद्धै थिए। तर म विक्षिप्त भएकी थिएँ।
० सुरेन्द्रले श्रीमती पनि स्वीकार गरेन, बच्चा पनि नजन्माउ भनेपछि तपाइको अघिल्लो कदम के थियो?
– म विक्षिप्त भएर मनिला फर्किएँ। मेरो परिवारलाई सबै कुरा जानकारी गराएँ। यसबीचमा उसले मेरो विरुद्ध धेरै घृणित खेल खेलेछ। मेरो विरुद्ध एडीबी हेडक्वर्टरमा मेल पठाएर उल्टै मलाई बेश्या बनाएछ। मेरो जागिर पनि त्यही कारणले गयो। उसको परिवार बिगारेको आरोप ममाथि लगायो। मलाई ५ महिनाको गर्भवती भएको बेला एडीबीले जागिरबाट हटायो। यसबीचमा सुरेन्द्रकी बहिनी भन्ने निर्जला र निर्मला फुयालले पनि मलाई बच्चा फाल, हाम्रो दाइको जीवनबाट टाढा जाउ भनेर धेरै धम्की दिए। तर मैले सुरेन्द्रको कारणले मेरो कुमारित्व पनि गुमाएँ र जागिर पनि गुमाएँ। त्यसपछि मैले उसको विरुद्ध लडाइ लड्ने अठोट गरें।
० फिलिपिन्सबाट नेपाल फर्किएर लडाइँ शुरु गर्नुभयो होइन?
– वास्तवमा मेरो जीवनमा धेरै नराम्रो घटना भयो। मैले जसरी पनि आफ्नो अधिकार स्थपित गर्नपर्छ भनेर लडाइँ शुरु गरें। लडाइ लड्दा लड्दै मेरो बच्चा खेर गयो। मैले त्यसबीचमा नेपालमा केही वकिलहरूसंग सल्लाह गरंे। मलाई मेरो परिवारले समर्थन दियो। म अहिले सुरेन्द्र विरुद्ध अंश मुद्दा, मानाचामलको मुद्दा र साइबर क्राइम सम्बन्धी मुद्दा लडिरहेकी छु। उसले अहिले मलाई बिभिन्न ढंगले तर्साउने, सताउने र मेरो विरुद्ध नेपालका बिभिन्न संयन्त्र प्रयोग गर्ने प्रयास गरिरहेको छ। तर मलाई विश्वास छ, नेपालको कानुनले सत्यको संरक्षण गर्नेछ र यहाँको अदालतले पीडितलाई न्याय दिनेछ।
० सुरेन्द्र र तपाइबीच शारीरिक सम्बन्ध भयो, गर्भ पनि रह्यो, त्यसबीचमा तपाइहरूबीच धेरै सम्बन्ध रहे, ती सम्बन्ध सम्भि्कदा अहिले कस्तो लाग्छ?
– शुरुवाती सम्बन्धहरू राम्रै थिए। तर पछि उसले आफ्नो हर्कत देखाउन थालेको थियो। ऊ मसंग सेक्स बाहेक केही पनि चाहदो रहेनछ, जबकि म उबाट प्रेम र असल पति चाहन्थें। उसले मलाई धेरै पटक यौन दुर्व्यवहार गरेको थियो। तर मैले आफ्नो श्रीमान जस्तो सोचेर चुपचाप सहे । ऊ प्रायःजसो अप्राकृतिक मैथुन गर्न रुचाउथ्यो। अनि मलाई अप्ठेरो हुने गरी बिभिन्न आसनमा सेक्स गर्न बाध्य पार्थ्यो। तर पनि मैले उसलाई झेलिरहेकी थिएँ। यतिसम्म कि म महिनावारी भएर रक्तश्राव भइरहेका बेला पनि ऊ झम्टिथ्यो। एकपटक शिवपूरी हुदै चिसापानी गएकोबेला होटलमा उसले मलाई यौनसम्पर्क राख्न खोज्यो। म महिनावरी भएको छु भन्दा पनि छाडेन। जबर्जस्ती गर्न खोजेपछि मैले कोठामा ढोकाको चुकुल लगाएर बस्न परेको थियो। किचनमा, बेडरुममा, बाथरुपममा उसले जहाँ चाह्यो त्यहीँ तयार हुनुपर्ने रोबोट जस्तो बनायो मलाई। ऊ बास्तवमा सेक्सको बेलामा जंगली मान्छे जस्तो व्यवहार गर्थ्यो। उसंगको सेक्स मलाई यातना लाग्न थालेपछि मैले मेरी एकजना फिलिपिनो साथी जो अनमिनमा काम गर्थिन् उनलाई भनेकी थिएँ। उनले मलाई पुलिसमा जाहेर गर्न भनेकी थिइन्। तर मैले नै श्रीमान सम्झेर उजुरी गरिन।
० अहिले पनि तपाइ नेपालमै हुनुहुन्छ, तपाइको उद्देश्य अब के हो?
– मेरो प्रष्टै छ, म नेपालकै अदालतबाट न्याय चाहन्छु। म उसलाई सजाय दिलाउन चाहन्छु र अदालतले मलाई न्याय दियो भने उसंग डिभोर्स लिएर क्षतिपूर्ति पाउन चाहन्छु। म नेपालमा यही मुद्दाका लागि बसिरहेकी छु। मलाई यो लडाइमा धेरै नेपालीहरूको सहयोग मिलेको छ। बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ। म यो मुद्दालाई लिएर सर्बोच्च अदालतसम्म जान तयार छु। सुरेन्द्रले मेरो इज्जतमात्र होइन लाखौ रुपैयाँ पनि सिध्यायो। उसको कट्टुदेखि मोजासम्म, सबै कपडा मैले किनिदिन्थें। अझै पनि ती उसले लगाउने गरेका कपडा मेरो कोठामा सुरक्षित छन्। मेरो बच्चा त खेर गयो, तर म अब विहे गर्दिन, बरु नेपाली बच्चा एडप्ट गरेर बस्न चाहन्छु। नेपालमा धेरै राम्रा मान्छेह छन्। ती मान्छेको अगाडि सुरेन्द्र जस्ता धोकेबाजलाई सजाय दिलाउनु मेरो उद्देश्य हुनेछ। अनि नेपालमा महिला मैत्री कानुन बनाउनुपर्छ भन्ने मेरो भनाइ हो, जसले गर्दा अरुले मेरो जस्तो पीडादायी अवस्था भोग्न नपरोस्।
सँघु साप्ताहिक, २०६९ भदौ ४
गम्भीर आपत्ती तथा खण्डन
-सुरेन्द्र फुँयाल
भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष, अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आघात एवं खलल पुर्याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्।
पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु।
२०६९ भदौ ६ २०६९ भदौ ६ गते मेरो फेसबुकको इन्बक्समा सुरेन्द्र फुँयालले
पठाउनु भएको खण्डन ।
मलाई येहा कमेन्ट लेखेर किच किच गर्न त मन थिएन, तर पनि मनमा लागेका केहि कुरा भनौ भन्ने लग्यो | मेरा पूर्व कमेन्टहरु ( माथिकै प्रसङ्गको लेखको) लेखकको कमेन्ट मुन्तिर पढ्न सकिन्छ |
यो लेख मानिसहरुलाई जानकारी दिन, सचेत गराउन र येस्ता अपराध रोक्न लक्षित भएको भए निकै राम्रो हुने थियो | तर त्यो साता-दस दिन अघिको कमेन्ट जस्तै लेख ठ्याक्कै पूर्बाग्राही देखियो | म पनि लुजियानामा लामो समय देखि रहदै आएको व्यक्ति हु | जीव राजले के गर्यो मलाई थाहा भएन तर उसलाई पक्रेको सुनेको नै हो | उसले गरेको अपराध प्रमाणित भएको खण्ड उसले सजाय भोग्न नै पर्छ |
तर येहा कुरो अर्कै देखियो | जीव राज पक्राउ परेको बहानामा धेरै ले धेरै कुरा भने| एक नेपाली भएकाले एस्तो कुरो एउटा स्टेटमा रहेको हरुलाई थाहा हुने नै भयो | तर एस लेखको लेखकका गएको लेखका कमेन्ट र एस लेखलाइ छातिमा हात राखेर मुल्यांकन गर्दा केहि सिमित मान्छेहरु जीव राजको बिरुद्ध ज्यान दिएर लागेको भान हुन्छ | जीव राज संग खासै चिनजान नभए पनि उनि मेरो बिपरित राजनैतिक दलका रहेछन र उसको बचाऊ गर्ने मेरो कुनै मनसाय नै हैन ( म राजतन्त्रबादी हु – राजाबादी होइन ) |
अमृता लम्साल भन्ने को हो मैले चिनेको छैन र उनलाई जीवराज प्रति किन एती घृणा छ मलाई थाहा भएन | गल्ति\ अपराध जो सुकै बाट पनि हुन सक्छ | लुजियाना स्टेटमा पीयचडी गर्दैमा अपराध नगर्ला भन्ने होइन | लेख लेख्नुस तर केहि सन्देस मुलक लेख्नुस, बारम्बार जीवराज बिरोधि लेख लेखेर आफ्नो र हामी सबैको समय बर्बाद गरेर केहि फाइदा छैन |
मलाई पनि यो कुरा मन पर्यो। मलाई पनि यो अमृता लम्साल नामको पत्रकारले उनको निजी जीवनको बारेमा सार्बजनिक रुपमा बोलेको चित्त बुझिरहेको छैन। उनको परिवारको बारेमा बोल्नु भनेको कतै पनि राम्रो काम हैन । यो समाचार आईरहदा नेपालमै ९० बर्षको बुढोले ९ बर्षकी बालिकालाई बलत्कार गरेको समाचारले कुनै ठाउँ पाएन। तर आरोप प्रमाणित नहुदै कसैको चरित्र हत्या गर्न तिर लाग्नु कतै राम्रो कुरा पक्कै हैन।, म जीवराज र उनको परिवार कसैलाई चिन्दिन तर पनि उनको आन्तरिक कुरालाइ उनको परिबारको अनुमति बिना सार्बजिनक गर्नु भनेको कलमको दुरुपयोग नै हो जस्तो लाग्छ। उनीले गरेको कामको सजाय उनले पाउछन। अमेरिका को नियम कस्तो छ भन्ने कुरा सबैलाई थाह छ, जानकारी मुलक तबरले लेखिदिएको भए राम्रो हुन्छ जस्तो लाग्छ।
”त्यस्ता कार्य गर्नु भनेको सामान्य नै हो भने जसरी बिचारहरू ब्यक्त हुन थाले।” आइहाल्छ नि आखिर विद्वानहरूको बाँकी काम नै पो के रहन्छ र ?
जब धेरै नेपाली विदेश जान्छन राम्रा नराम्रा सब जान्छन . त्यसैले त्यो नेपालीले नराम्रो काम गरेर अमेरिका मा बस्ने नेपालीको इज्जत र बेइज्जत हुने भन्ने कुरा हुँदैन . कुनै पनि नेपाली एक्लैले नेपाल को प्रतिनिधित्त्व गर्दैन . त्यसैले ठुलो समूह जादा पुरै नेपाल को सामुहिक प्रतिनिधि जाने भएका ले यस्ता घटना घटी रहन्छन . हामी आफुले व्यक्तिगत रुपमा एक स्तान्दर्द राख्ने र मा गर्दिन भन्ने हो . अर्काले गरेर मेरो नाक काटियो भनेर चिन्ता गर्नु मा खस कुनै अर्थ राखादैना भन्ने मलाई लाग्छा. हामी नेपालीको ठेक्का नालिउ , आफ्नो व्यक्तिगत ठेक्का लिउ, अनि चिन्ता नगरम . यो एक प्याकेज हो भनेर सोचोउ . नेपाल सत्य बादी राजा हरिस्चान्द्र को देश होइन नत्र नेपाल मा किन पूलिश छन् ? यदि नेपालमा नराम्रा छन् भने तिनीहरु यहाँ पनि छन् . चित्त किन दुखाउने ? अरू समाज मा जस्तै हाम्रो समाज मा पनि नराम्रा मान्छे छन् भोलि पनि हुने छन् . – GyaRel
मान्छे नि बिचित्र कै हुन्छ, किन गर्न पर्यो भने बालिका संग यौन दुर्ब्यवहार ?
यो पशु सरह नै भयो बेबहार.
कुरो सही हो दुवै पक्षको । एकातर्फ नीच कर्य गर्नेहरू समाजमा छ्याप्छ्याप्ती पाइन्छन् भने सानोतिनो कुरोलाइ पनि तिललाई Hill बनाउनेहरू पनि बग्रेल्ती छन्। प्रसङ्ग यौनको भएकोले यसलाई भिन्न ढङ्गले हेरिनु पनि आवश्यक छ । यौन भन्ने जिनिसै त्यस्तो । यसको रसै त्यस्तो । यसको इश्वरीय(हुन त म नास्तिक हूँ) संरचना र परिकल्पना नै बेढङ्गको छ ।प्राकृतिक नियम के छ भने उमेरको एउटा खुट्किलो पार गरेपछि यौन अवयवहरूको यथोचित वृद्धि हुन्छ । स्त्रीमा स्त्रीत्वले जरो गाड्दछ, पुरुषमा पुरुषत्वले डेरा जमाउँदछ । यिनीहरूको यो प्राकृतिक परिवर्तनलाई संयमित बनाइयो भने त्यसको स्वाद चटक्कको अचार बन्दछ भने त्यसैको दुरुपयोग भयो भने कुहिएको काँक्रोमा कागति हालेर काँचो तेलमा गरेजस्तो बन्न पुग्दछ । सबै कुराजस्तो यौन होइन, जसमा यो जायज र त्यो खराब भनिनुपर्दछ तर गाँस, बास र कपासपछिको चौथो आवश्यकताको रूपमा रहेको यौनलाई परिष्कृत, संयमित र समाजअनुकूल स्वीकार्य रूपमा अघि बढाउनु आज युरोप र अमेरिकामा मात्र होइन हाम्रै घर घुर्यानमा झनै जरुरी भैसकेको छ ।वर्जित अपराधका रूपमा होइन, सभ्य संस्कारका रूपमा यौनजीवन बाँच्न सबैले एउटा संकल्प नै पो गर्ने हो कि?
यो कानुनको दश प्रतिशत मात्र पनि नेपाल लागु हुने हो भने धेरै चेलीहरु को जीवन सामान्य हुन्थ्यो.
त्यो ठाउ लै थीबोदक्स होइन थीबोदू हो….
बिचित्र संसार, झनै बिचित्र मानब दिमाग.
Jerry Sandusky was not working under Joe-Pa, when the first allegations showed as mentioned in the first line of your second paragraph. This is the incident report.
http://graphics8.nytimes.com/packages/pdf/sports/pennstate-grandjury.pdf
He retired in 1999 and the incidence is in 2002.
This is not to argue that things might not have happened when he was employed under Joe. In fact new allegations have showed up surrounding that time.
अति उत्तम लेख यस्तै कानुन नेपाल मा भई दिए ठिक्क पर्थ्यो पशु हरुलाई…छोरि-चेली लाई किन राती काम गर्न या हिडडुल गर्न मना छ भनि यस्तै ब्वासा हरु सडक भरि,पधेरी ,पाखा-पखेरा भरि भाइरस झैँ लपक्कै बस्छन तेस कारण…प्रतेक पाइलामा कु दृस्टी भेटिन्छ…सुसेला हाल्नी,जिब्रो पड्कौनी,नाना थरि नाम भन्नि,मिले सम्म छुन खोज्नी यी सब समाजका कलंकित अनुहार हरु हुन् .. यस्तालाई कडा सजाय नहुने जेल यस्ता कुकर्म भै रहन्छ ..
को कति वर्ष को छ भनेर कसरि पत्ता लाउने होला इन्टरनेट मा ………..कसैले पनितेस्तो कुरा गर्न सक्चानी …तेत्ति को भर मा मात्र सजाय हुने भयो भने यो भन्दा ठुलो बीदम्बना त केहि पनि हुदैन होला भन्ने मलाई लाग्छ ..१२, १३ वर्ष भनेकोता आजकाल केहि पनि होइन ……..तीनीहरु जसलाई पनि एस्त सेक्षुअल् कुरा हरु थाहा हुन्छ.हुनत अमेरिका को कानून आफ्नै ठाउ मा छ…..तर कोहि online मा तेस्तो कुरा गर्छ भने प्राय सबैले तेस्तो कुरा त गरि हालचा नि जस्तो लाग्छ…………………अरुत केहि गरेको छैन होलानिता
राम्रो संग लेख पढ्नुस | दिपक बिस्तलाइ ‘डेटलाइन’ ले कसरि समातेको थियो भिडियो हेर्नुस | अमेरिकी पुलिसले तेतिकै समात्दैन | नेपाली भेजा !!!
अभयजी,
इन्टरनेट मा को कति बर्षको छ भनेर किन पत्ता लागौउनु पर्यो नि तपाई लाई ?कि तपाई ले पनि अब जीवराज जी को बाटो मा लाग्ने विचार सोच्नु भयो?
अभयजी,
जब इन्टरनेटमा वार्ता गर्ने अर्को पार्टीले उनी जतिसुकै उमेरको होस् तर
१८ भन्दा कम भन्छिन भने कानुन बुझेका र मान्नेले त्यतिबेलै त्यो वार्तालाप तुरन्तै बन्द गरिन पर्छ| फोटो हेरेर आफुलाई १७ बर्षकिले १९ बर्ष भनेर झुठो बोलेकी भए पछी त्यो अदालतमा पेश गर्न सकिन्छ| तर १९ बर्षकी भने पनि आफुलाई शंका लागे तुरन्त त्यो बन्द गरिनपर्ने हो| तपैले कुरो नबुझेको भए बुझ्ने कोशिश गर्नुस| तपैकै छोरी वा आफन्तलाई यस्तो पर्यो भने के गर्नुहुन्छ, सोच्नुस अनि कमेन्ट लेख्नुस|
यहाँ केहि मान्छेहरु “हात धोयेरै” जिबराज को पछी परेको देखिन्छ, अदालतले केहि फैसला गर्नु भन्दा पहिला नै आफैले फैसला गर्नेहरु देखेर दया लाग्छ .
हुन त यो साभार गरिएको लेख हो . तर माइसंसारमा होस या अन्य नेपाली पत्र-पत्रिकाहरु , हिन्दि शब्दको अधिकतम प्रयोगले सारै मन रुन्छ .
यो लेखमा प्रयोग भएका हिन्दि शब्दहरु अनि तिनका नेपाली पर्यायबाची:
नज़रंदाज़ = बेवास्ता
रस्साकस्सी = घम्सा-घम्सी , मारमुन्ग्रो
जमानत = धरौटी
अर्को पनि सुझाब: ”बेस्ट डाइरेक्टर” को ठाउमा मा कि ” best director” लेख्नुहोस अथवा ” सर्बोउत्कृष्ट निर्देशक” .
अजासु जी,
यो सर्बोउत्कृष्ट चाहिँ कहाँको भाषा नि ?
सर्वोत्कृष्ट भने पुग्छ हजुर
सर्व+उत्कृष्ट= सर्वोत्कृष्ट
रबि जी,
म कुनै भाषाविद अथवा ब्याकरणविद होइन. एउटा सामान्य साक्षर नेपाली हु.
नेपाली भएको नाताले, अगान्तुक शब्दहरु बाहेक् नेपालीले लेखेको लेखमा बिदेशी ( चाहे हिन्दि अथवा अरु नै किन नहोस ) सकेसम्म प्रयोग नगरौ भन्ने मेरो राय हो . मैले भाषाको प्रयोग को सन्धर्भमा टिप्पणी गरेको हु* नकी शब्दको सुद्दिकरण . अम्रिताजी निमयित रुपमा रास्ट्रीय स्तरको पत्रिकामा लेख लेखिरहने गर्नुहुन्छ. उहा जतिको बुज्रुक व्यक्तिको सब्द चयन अलि राम्रो हुनसक्थ्यो भन्ने मेरो धारणा हो . हजुरलाई मेरो भनाइ मन परेन भने माफी चाहन्छु.
युनिकोडमा, त्यो पनि हतारमा लेख्दा धेरै नै अशुद्दीहरु हुन्छन, “सर्वोत्कृष्ट” हुनुपर्नेमा “सर्बोउत्कृष्ट” भएछ, त्यो सबै मा कमेन्ट गर्दै बस्ने हो भने लेख भन्दा कमेन्ट हरु लामा हुन्छन. मेरो उदेश्य त्यो होइन र थिएन पनि . तथापि, मेरो शब्द साचाइदिनुभएकोमा धन्यबाद
बिचरा उत्तम जी
सारै कमलो मन |रोहेर नि जिन्दगि जाने भो कठैबरा |
हिन्दि गित बज्दा तियो मन कति रुदो हो झन् | टनकपुर देखि airport सम्म सम्जिदा त झन् रुदा रुदै उल्लटी आइ छाती फुटी हुदोहो नि |
आरुको भुईसी देख्ने आँखा हरु सारै रुन्छन |
हिन्दि चलचित्र चै कति ओटा हेर्नु भो?
हो . कानुन सबैले मान्नु पर्छ . अपराधीलाई कानुन को कठघरामा उभ्याउनु पर्छ.
लेख सान्दर्भिक छ.
तर अमृता जी संग यौटा प्रसंग जोड्नुछ. कुरा पुर्नु हो. न्यायाधिश भैरब लम्साल को घर मा काम गर्ने बालिकाको यौन दुराचार पछी हत्या भो. यो घटना मा न बालक लाई जेलमा पठायो. यो घटनामा न्यायाधिश को परिवार को हात हुनुपर्छ. थियो. तर बालकलाई फसाउने कुरामा तपाइको हात छ वा न्यायाधिश परिवारलाई जोगाउने. अब सत्समुन्द्र परि पाप नलुकाई भन्नु कुरा के हो.
यस घटना को सत्यतथ्य बाहिर म ल्याउन अझै लागि रहन्छु. लाग्छु. यसमा तपाई को सहयोग भए तपाई पाप बाट मुक्त.
नभय तपाई पनि यसको दोषी हो. लौजा .
यो कुन प्रसंगको कुरा हो, अमृताजीको यसमा के सम्बन्ध छ, अलि विस्तृतमा कहाँ पढन पाइएला ?
यो १५ वर्षभन्दा पहिलेको हो . सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरव लम्सालको घरमा काम गर्ने न”वाकोट जिल्लाकी १४ वर्षीया घरेल”कामदार बालिकको बलात्कारपछि हत्या भएको थियो . हत्यामा लम्सालका छोराको स+लग्नता सर्वसाधरणले श+का गरेका थिए . तर सोही उमेरको १४ वर्षीय बालकलाई बलात्कारपछि विष सेवन गराएर हत्या गरेको आरोपमा जेलमा हालियो . यसको थप विवरण पछि चाहिएमा उपलब्ध गराउने छु . यसमा अमृताजीको सम्बन्ध भनेको यो घटनामा बालिकाको बलात्कारपछि हत्या गराउने लम्साल परिवारलाई जोगाउने तहमा आफ्नो तर्फबाट लाग्नु भयो . उहाँ सो समयको नाम चलेको नेपालको पत्रकार र महिला मानवअधिकारकर्मीको हैसियतले आफ्नो शक्तिको प्रयोग गरी नाबालक मण्डललाई हत्यारा बनाएर जेलमा पठाउन र लम्साल परिवारलाई जोगाउन सफल हुनु भयो .
सायद त्यसपछि उहाँको औचित्य नेपाली महिला अन्दोलनमा सकियोकी किन हो ? अमेरिकामा बसेर नेपालबारे अनर्गल नै भन्न”पर्ला राम्रो टिप्पणी नगरी नकरात्मक लेखमा रमाउनु हुन्छ .
यस घटनाको सत्यतथ्य बाहिर आयोस र त्यो बालकमाथि जो हाल सावालक भएर पनि सायद जेलबाट छ”टेका छन् उनीमाथि न्याय होस भन्ने मेरो धारणा हो . समय क्रममा यसको वासतविकता बाहिर ल्याउने प्रयासमा छ” म . हेरौ+ कति सफलता प्राप्त गर्नसक्छु ” .
महेशजी, तपाईले उल्लेख गर्नुभएको घटना बारे मैले पनि सुनेको थिए तर तथ्य के हो भनेर बुझ्न खोज्दा खोज्दै उबेला सबै सामसुम बनाईएको धेरैले महसुस गरेका थिए| यस्ता घटनाका पोषक, सरंक्षक र प्रतिपालकहरु धरतीको जुनसुकै आकाशमा भए नी कसरी सुत्दा हुन्| ती अवोध बालिकाको आत्माले कैले कंहि पोल्दा हुन् कि होइनन?
हिज बन्द गरिएका अन्यायका घटनाका पानाहरु खोलेर माईसंसार मार्फत सबैलाई जानकारी दिनुहुन अनुरोध छ|
आहिलेको time मा अमेरिका, युरोप जानु र नेपालमा +२ पास गर्नुभनेको उस्तै उस्तै भयो मतलब US , युरोप जो कोइ पनि जना सक्ने परिबेसमा कतिपय नेपालीहरुको 3rd class activities ले पुरै नेपालीको image मा दाग त लाग्ने नै भयो अर्को कुरा यो प्रस्ट हुन्छा कि यी घटिया हरुको grown up कस्तो फमिली मा भयको हो भन्ने कुरा बुज्न गारो हुने कुरै भयान चाहे यानिहरु जतिसुकै पढेका किन नहुन,
जुन घरमा बच्चा बच्ची हरुलाई basic discipline सिकाईदैन अथवा फुर्सद हुदैन (चाहे तो इन्डियन हरुको ढोका मा बस्ने बाधेताको कारण नै किन नहोस, चाहे तो खेत बारीको काम मा busy भयर नै किन नहोस)
कुनै पनि बुबा आमा हरुले यो बुज्नु आबस्यक छ कि छोरा छोरी भन्दा ठुलो र तिनी हरुलाई घरमा दिने discipline भन्दा important केहि छैन
dev को यो कमेन्ट (मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 13 ) को स्थिति हेर्दा समजदार नेपाली भेट्टाउन चन्द्रमा मा पाइला टेक्नु झैँ गाह्रो हुने देखिन्छ. हैन किन नेपाली को दिमागमा गोबर भरिएको???
भनेको सुनेको…
जन्म र मृत्यु हाम्रो हातमा छैन, तर यस बिचको जिन्दगि कसरि जिउने त्यो चाहि हाम्रो हात मा छ रे’ तेस्तै हो कामरेड आचार्य को अमेरिकामा पुलिस कस्टडीको कुरा पनि .
माइनस वीर बहादुर सोनी, गुजरात, भारत