Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्

Posted on August 23, 2012August 24, 2012 by mysansar

-सुबर्णबाबु सापकोटा/फ्राइबर्ग,जर्मनी-

राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी निस्चय पनि एउटा उर्बर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने बिश्वका निक्कै थोरै मुलुकहरुमा जर्मनी पनि पर्छ। हरेक बर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सन्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरुको सन्ख्या उच्च हुने गर्छ।

अध्ययनलाई प्राथमिकतामा राख्नुभएका अनि बिभिन्न कारणहरुले नेपालबाटै छात्रवृत्ति पाएर आउन असफल हुनु भएका विद्यार्थीहरु जसले आफ्नै खर्चमा सुख दुःख गरी पढौला भन्ने सोचेर जर्मनी आउँदै हुनुहुन्छ अथवा आइसक्नु भएको छ अनि आफूलाई योग्य ठान्नु हुन्छ तर रनभुल्लमा पर्नु भएको छ भने कृपया जर्मनीमा उपलब्ध केही अन्य अवसर र सम्भावनातिर पनि एक पल्ट ध्यान दिनु होला है।

यहा अन्य प्रकृयाहरु जस्तै बिषय, बिश्वबिद्यालय अथवा उच्च शिक्षण संस्था कसरी छनोट गर्ने,अध्यन शुल्क, अध्ययनका क्रममा जागिरका सम्भावना, मासिक हुने खर्च आदी बिषयमा भन्दा पनि, आफ्नै खर्चमा अध्ययन गर्छु भनेर नेपालबाट जर्मनी आउने विद्यार्थीहरुको लागि यहाँ आइसकेपछि पनि धेरै अन्य छात्रवृत्तिका सभावनाहरु हुने गर्दछन भनेर अलिकति जानकारी भएको सूचनाहरु बाँड्न खोजेको मात्र हो। जर्मनीमा थुप्रै छात्रवृत्तिका अवसरहरु छन, प्रयास गर्नु होला है।

जब नेपालबाट विद्यार्थी यहा आइसकेर नियमानुसार बिश्वबिद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्ना हुन्छन र अध्ययन सुरु गर्दछन त्यस लगत्तै ति विद्यार्थीहरु यहाका विभिन्न संघ संस्था र संगठनहरुमा छात्रवृत्तिका निम्ती आबेदन दिन योग्य हुन्छन। त्यस्ता संघ, संस्था र संगठनहरुमा तोकिएको समयसीमा भित्र छात्रवृत्तिका निम्ती आबेदन दिनका लागि तिनका न्युनतम आवश्यकताहरु विद्यार्थीले पुरा गरेको हुनु पर्दछ। सामान्यतया धेरै विद्यार्थीहरु सित त्यस्ता न्युनतम आवश्यकता स्वभाविक रुपमै हुने गर्दछ । छात्रवृत्तिमा आबेदन दिएको मितीले छात्रवृत्तिको निर्णय हुन साधारणतय ५ देखि ६ महिना समय लाग्ने गर्दछ र बिभीन्न चरणका ल्याकत परीक्षा (प्रारम्भिक छनौट, अन्तर्वाता र अन्य) हुने गर्दछन । सामान्यतया बर्षमा २ पटक यस्ता छात्रवृत्तिमा आबेदन दिन सकिने भयता पनि कती पटक सम्म आबेदन दिन सकिने भन्ने कुरा, आबेदनका लागि न्युनतम आवश्यकता , कुन कुन तह , कुन कुन बिषय अध्ययन गर्नेले आबेदन दिन पाउने नपाउने, आबेदन दिन सकिने अन्तिम मिती, छात्रवृत्ति निर्णय हुन लाग्ने समय र ल्याकत परीक्षाका चरणहरु हरेक संघ संस्था र संगठन अनुसार बेग्ला बेग्लै पनि हुने गर्दछन । समग्रमा ब्यवहारिक भाषामा भन्नु पर्दा एउटा विद्यार्थी यदी अक्टोबर सेसनबाट सुरु हुने आफ्नो उच्च शिक्षा अध्यनका लागि सेप्टेम्बरको मध्यमा जर्मनी आएको छ र उसले तोकिएको समय सीमा भित्र तोकिएका न्युनतम आवश्यकताहरु पुरा गरेर त्यस्ता संघ संस्था र संगठनहरुमा छात्रवृत्तिको निम्ती दिएको आबेदन सफल भएको खण्डमा अर्को सेसन अर्थात अर्को बर्षको अप्रिल सेसन देखी उसले नियमित रुपमा अध्ययन नसकिदा सम्मको लागि वार्षिक वा अर्धबार्षिक रुपमा नबिकरण गराउनु पर्ने (धेरै जसोमा) गरी छात्रवृत्ति प्राप्त गर्ने गर्दछन ।

अब लागौ अन्य स्वभाविक प्रश्नहरु तर्फ

यी कस्ता संघ संस्था र संगठनहरु हुन ?
यी संघ संस्था र संगठनहरु प्राय राजनैतीक, सामाजिक र धार्मिक हुने गर्दछन्।

राजनैतिकका हकमा जर्मनीका बिभिन्न राजनैतिक पार्टीहरुका भातृ संगठनहरु हुने गर्दछन जसले तिनका माउ पार्टीका मुल्य मान्यता र बिचारहरु बोक्ने गर्दछन। जस्तै जर्मन कम्युनिष्ट पार्टी डि लिन्के (द लेफ्ट ) को भातृ संगठन रोसा लक्सेम्बुर्ग फाउन्डेसन (Rosaluxemburg Stiftung)अनी जर्मन ग्रीन पार्टीको भातृ संगठन हाइनरिक बोल फाउन्डेसन (Heinrich Boell Stiftung) ।

मैले बुझेसम्म यस्ता संघ संस्था र संगठनहरुले वार्षिक रुपमा जर्मन सरकारबाट आर्थिक बजेट पाउने गर्दछन् जसको केही अंश यी संघ संस्था र संगठनहरुले नियमत जर्मनीमा अध्ययन गर्दै गरेका जेहेन्दार तथा राजनैतीक र सामाजिक रुपले सकृय रहेका बिदेशी विद्यार्थीहरुको छात्रवृत्तिमा खर्च गर्ने गर्दछन । यसका अलवा यस्ता संघ संस्था र संगठनमा आबद्द प्रबुद्ध ब्यक्तीहरुबाट पनि यिनीहरुले सहयोग प्राप्त गर्दछन ।

सामाजिक र धार्मिकका हकमा मैले धेरै नबुझेको र एकआधको बारेमा त्यो पनि सतही जानकारी मात्र मलाई भएको हुँदा, (मेरो सतही ज्ञानको आधारमा) कसैले आफ्ना बितेका नातागोताको सम्झनामा अथवा सामाजिक दायित्वबोधका आधारमा अथवा कुनै बिशेष धार्मिक संगठनले स्थापित गरेका संगठनहरु हुने गर्दछन । जस्तै एउटा सामाजिक राइनेर लेमोनि फाउन्डेसन (Reiner Lemoine Stiftung)अनी एउटा धार्मिक क्याथोलिक एकाडेमिक एक्स्चेन्ज सर्भिस (Katholischer Akademischer Auslaender Dienst)।

यस सम्बन्धी जानकारी कसरी प्राप्त गर्ने ?

हरेक बिश्वबिद्यालय अथवा उच्च शिक्षण संस्थाहरुको आफु पढ्ने सम्बन्धित बिभाग अथवा विद्यार्थी सहयोग केन्द् (Studentwerk) अथवा इन्टरन्यासनल अफिसबाट यस्ता संघ संगठन र संस्था को नाम ठेगाना प्राप्त गर्न सकिन्छ। हरेक संघ संगठन र संस्थाको आफ्नै होम पेज हुने र प्राय सम्पूर्ण जानकारीहरु त्यही हुने हुदा छात्रवृत्तिसग सम्बन्धित सम्पूर्ण जानकारी हासिल गर्ने सबै भन्दा सजिलो र उपर्युक्त माध्यम सम्बन्धित संघ संगठन र संस्था को होम पेज राम्रो सित अध्ययन गर्नु र त्यहा दिइएको संपर्क ठेगानामा सिधै संपर्क गर्नु नै हो । धेरै जसो संघ संगठन र संस्थाको होम पेजहरुमा सामान्य जानकारी जर्मन र अङ्रेजि दुबै भाषामा हुने गर्दछन अनी बिस्त्रित जानकारी हरु प्राय जर्मन भाषामा मात्रै पनि हुन सक्छन, जसको लागि बिभिन्न भाषाअनुवाद पेजहरु सजिलाई प्रयोग गर्न सकिन्छ। एक पटक संपर्क गरेर आफ्ना जिज्ञासाहरु राखी सके पछी आबेदन सम्बन्धी अन्य प्रकियाहरु सम्बन्धित संघ संगठन र संस्थाहरुले खुशी साथ जानकारी गराइदिन्छन । प्राय संघ संगठन र संस्थाहरुले इन्टरनेसल स्टुडेन्टको लागि भनेर बेग्लै संपर्क ठेगाना पनि दिने हुँदा निर्धक्क आफ्ना जिज्ञासाहरु राखेर आबेदन दिन सकिन्छ । उदाहरणका निम्ती

Heinrich Boell Stiftung www.boell.de
Rosa Luxemburg stiftung www.rosalux.de
Konrad Adenauer Stiftung www.kas.de
Friedrich Ebert Stiftung www.fes.de
Friedrich Naumann Stiftung www.freiheit.org
Reiner Lemoine Stiftung www.reiner-lemoine-stiftung.de
Katholischer Akademischer Auslaender Dienst www.kaad.de
माथि उल्लेखीत संघ, संगठन र संस्थाहरु सानो उदाहरण मात्रै भएको र यिनिहरु बाहेक पनि ठूलो सन्ख्यामा अन्य धेरै संघ संगठन र संस्थाहरुले, कम्पनीहरुले अनी राज्य सरकारहरुले पनि छात्रवृत्ति बितरण गर्ने गर्दछन ।

छात्रवृत्तिको लागि प्राय मागिने न्युनतम आवश्यकताहरु के के हुन ?

स्नातक र स्नाकोत्तर तह अध्ययनको छात्रवृत्तिको लागि प्राय मागिने न्युनतम आवश्यकताहरु यस्तै प्रकारका हुने गर्छन्।
क) राम्रो अंक सहितको आवश्यक शैक्षिक योग्यता र शैक्षिक प्रमाणपत्रहरु
ख) जर्मन बिश्व बिद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्नाको भएको प्रमाण पत्र
ग) जर्मन बिश्व बिद्यालय अथवा उच्च शिक्षण संस्थामा भर्ना भएको सेमेस्टरको विद्यार्थी प्रमाणपत्र
घ) आफुले नेपालमा अध्ययन गरेको शिक्षण संस्था (शिक्षण संस्था प्रमुख, बिभागिय प्रमुख ,सम्बन्धित प्राध्यपक अथवा अन्य प्राध्यापक) बाट सिफारिस पत्र
ङ) आफुले जर्मनीमा अध्ययन गर्दै गरेको शिक्षण संस्था (बिभागिय प्रमुख ,सम्बन्धित प्राध्यपक अथवा अन्य प्राध्यापक) बाट सिफारिस पत्र
च) आफुले त्यस सँघ संस्था र संगठनमा छात्रवृत्तिको लागि आबेदन दिनु को प्रमुख कारण खुलाएर लेखिएको पत्र
छ) आफ्नो ब्याक्तिगत र सैक्षिक पृष्ठभूमी अनी अध्ययन गर्ने बिषय छान्नु को कारण तथा अध्ययन पछीको सामान्य योजना सहित को पत्र
ज) जर्मन भाषाको ज्ञान भएको प्रमाणपत्र (धेरै जसो संघ संस्था र संगठन हरुले राम्रो जर्मन भाषा को ज्ञान भएको हुनु पर्ने भनेको हुन्छन , त्यस कारण केही तह को जर्मन भाषा नेपाल मै अध्ययन गरी सकेको धेरै राम्रो।)
झ) बिभिन्न राजनैतीक अथवा समाजिक संगठनमा कृयासिल भएर बिगत अथवा बर्तमानमा लागेको तथा के कस्ता जिम्मेबारी बहन गरेको खुलाएर लेखिएको प्रमाण पत्र अथवा सिफारिस पत्र ।
बिद्याबारिधीको हकमा माथि उल्लेखित बाहेक सोधपत्रको प्रारुप अनी सोध सुपरिबेच्छकबाट सिफारिस पत्र पनि आवश्यक हुने गर्दछ ।
यहा राजनैतीक र सामाजिक रुपमा सकृया भन्नाले कुनै राजनैतीक बिचार बोकेको पार्टी अथवा बिभिन्न विद्यार्थी संगठनहरु अथवा सामाजिक संस्था क्ल्बहरु अथवा सरकारी तथा गैर सरकारी संस्थाहरु आदीमा सकृया भन्ने बुझदा गलत हुदैन।
आवश्यक सिफारिस पत्रहरु आफु नेपाल बाट आउँदानै बनाएर ल्याएको खन्डमा समयको बाचत र आबेदन प्रकृया पनि छिटो छरितो हुने हुन्छ । यसै गरी जर्मन र अङ्रेजी बाहेकका भाषा मा लेखिएका प्रमाणपत्र सिफारिस पत्रको अधिकारिक निकायबाट अनुवाद गराउदा पछी समस्या पर्दैन ।

आबेदन दिन सकिने मिति
धेरै जसो बिश्वबिद्यालय र उच्च सैक्षिक संस्थामा बर्षको २ वटा सेसन हुने हुदा प्रत्यक सेसनमा आबेदन दिन सकिन्छ तर बिचार पुर्याउन पर्ने कुरा के हो भने आबेदन पछी निर्णय हुदा सम्म ५ देखि ६ महिना लाग्ने हुदा विन्टर सेसनमा आबेदन दिएर सफल भएको खन्डमा समर सेसनबाट अनी समर सेसनमा आबेदन दिएर सफल हुँदा विन्टर सेसनबाट छात्रवृत्ति पाईन्छ । प्राय मार्च अप्रिल समर सेसन र सेप्टेम्बर अक्टोबर विन्टर सेसन आबेदनको अन्तिम मिती हुने गर्दछन यद्दपी संघ संस्था र संगठन अनुसार बेग्ला बेग्लै मिती पनि हुन सक्छन ।

छनौट प्रकृया कस्तो हुन्छ?
हरेक संघ संस्था र संगठनका आफ्ना आफ्नै छनौट प्रकृया र चरणहरु हुने गर्दछन । सामान्यता आबेदन पछीको प्ररम्भिक छ्नौटमा सफल् भएका आबेदकलाई अर्को चरणको छनौट प्रकृयामा आउनका लागि लिखित जानकारी दिने गरिन्छ । दोस्रो चरणको छनौट प्रर्कियामा आबेदकले कुनै शिक्षण संस्थाका प्राध्यापक सित अन्तर्वाता दिनु पर्ने हुन्छ अनी तिनै प्रध्यापकले अन्तर्वाता पछी गोप्य रुपमा सम्बन्धित संघ संस्था र संगठनलाई लेखिदिएको सिफारिस पत्रको आधारमा निर्णय हुने गर्दछ । कुनै कुनै संघ संस्था र संगठनका हकमा तेस्रो र चौथो छनौट चरण पनि हुने गर्दछन जहा निस्चित बिभिन्न शीर्षकमा आबेदक आबेदकहरु बिचको अन्तर्कृया, त्यसमा आबेदकहरुको तर्क, क्षमता अनी अन्तिम अन्तर्वातालाई आधार मानेर निर्णय गरिन्छ । छनौट प्रकृया जर्मन अथवा अङ्रेजी अथवा दुबै भाषामा पनि हुन सक्ने हुँदा जर्मन भाषा ज्ञान भएको खन्डमा निक्कै सजिलो हुने गर्दछ ।

छात्रवृत्तिको रकम र अवधि के कति हुन्छ ?
हरेक संघ संस्था र संगठनले प्रदान गर्ने छात्रवृत्तिको रकम भिन्ना भिन्नै हुने गरेता पनि प्राय जसो छात्रवृत्ति रकम ६०० देखि ८०० युरो (स्नातक र स्नातकोत्तर तहको लागि ) अनी १००० देखि १२०० युरो बिद्याबारिधी तहको लागि प्रती महिना हुने गर्दछ । सामान्य विद्यार्थीका लागि यो रकम सम्पूर्ण खर्च पुगेर पनि केही जोगिने हुन सक्छ । कुनै कुनै संघ संस्था र संगठनले अध्ययनका क्रममा हुन सक्ने अध्ययन भ्रमण, सेमिनारहरुमा भाग लिनका लागि पनि सहयोग गर्ने गर्दछन यसका अलावा बिवाहित विद्यार्थीका हकमा पारिवारिक सहयोग पनि उपलब्ध हुने गर्दछ । प्रायजसो छात्रवृत्तिको अवधी स्नातक र स्नाकोत्तरका हकमा अध्ययन अवधी भर हुने गर्दछ भने बिद्याबारिधीका हकमा अधिक्तम ३ देखी ४ बर्ष सम्म हुने भनेर भनिएको लेखिएको हुन्छ जसलाई प्राय वार्षिक अथवा अर्ध वार्षिक रुपमा अध्ययन प्रगती बिवरण र प्राध्याकको सिफारिस पत्रका आधारमा नबिकरण गराउनु पर्दछ।

छात्रवृत्ति प्राप्त गर्न सम्भव छ त ?
निस्चय नै सम्भव छ । एकातर्फ संसार भरीबाट अध्ययन गर्न जर्मनी आउने विद्यार्थीहरुले आबेदन दिने हुदा प्रतिस्प्रदा पनि निक्कै हुने गर्छ भने अर्को तर्फ यस्ता संघ संगठन र संस्थाहरु मध्य धेरैको संपर्क कार्यालयहरु हाम्रा छिमेकी मुलुकहरुमा भयता पनि हाम्रो देशमा भने हाल सम्म अधिकारिक रुपमा सम्पर्क कार्यालयहरु नभएको अनी छात्रवृत्तिका लागि आबेदन दिन जर्मन बिश्वबिद्यालय अथवा उच्च शिक्षण संस्थमा अनिवार्य भर्ना भैसकेको हुने पर्ने हुदा केही प्राबिधिक कठिनाई अनी अन्डा पहिले कि चल्ला पहिले भन्ने जस्ता ब्यवाहारिक जटिलता अवश्य पनि रहने गर्दछ्न तर पनि केही नेपाली विद्यार्थीहरुले यस प्रकारका छात्रवृत्ति बिगतमा प्राप्तगरी सकेको हुदा असम्भव चै पक्कै छैन ।

अन्त्यमा
यि संघ संगठन र संस्थाहरुले बेला बेला नियमहरु परिवर्तन पनि गरी राखेका हुन्छन। नहुनु मामा भन्दा कानो मामा बेस (गलत अर्थ नलागोस) भने जस्तै यस्ता अवसरहरुबाट आफुलाई सुचित गराउदा नेपाली विद्यार्थीको जर्मनीमा उच्च शिक्षाको अभिलाषा अलिकती भए पनि सहज हुने विश्वाश लिएको छु ।

माथि उल्लेखित जानकारीहरु निस्चय पनि सम्पूर्ण किमार्थ होइन,सामान्य जानकारी मात्र हो। यो नितान्त एउटा विद्यार्थी बिशेषको अनुभबमा आधारित छ । केही तल माथि र केही थोरै होला थपघट गर्ने जिम्मा तपाईं हाम्रै हो । अन्य विद्यार्थी साथीहरुलाई पनि बिल्कुल भिन्नै र बहुउपयोगी सम्भावनाहरुको जानकारी हुन सक्छ उहाहरुलाई पनि त्यस्ता विद्यार्थीलाई उपयोगी हुने सम्भावनाहरु सक्दो बढी बाडेर आगामी दिनहरुमा उच्च शिक्षा लिन जर्मनी आउन चाहनु हुने र आउनु हुने सबैलाई सहयोग गर्न अनुरोध गर्दछु । सबै नेपाली विद्यार्थीहरुलाई आफ्नै बलबुतोमा अवसर र सफलता हात लागोस्।

यो पनि हेर्नुस्-
विदेशमा कसरी कोर्स/युनिभर्सिटी खोज्ने? दीपक कडुवालको ह्यान्डबुक

13 thoughts on “जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्”

  1. rabin paudel says:
    August 24, 2012 at 4:23 pm

    विदेश पढ्न जान खोज्ने नेपाली हरु लाइ निश्चित गन्तब्य मा भएका नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु ले आफुले जानेको/बुझेको/सिकेको अनुभब जानकारी गराएमा नेपाल र नेपाली प्रति आफ्नो कर्तब्य अलिकति भए पनि पुरा हुनेथ्यो कि???

    Reply
  2. rajeev gc says:
    August 24, 2012 at 9:12 am

    a very nice article subarna bro …..keep up the gud work !!!

    Reply
  3. K.K. magar says:
    August 23, 2012 at 10:06 pm

    छात्रवृति लिएर पढ्न पाइने जर्मनीमा श्रमवृति लिएर कम् गर्न त पाईदैन होला है

    Reply
  4. निपेश अधिकारी / मियुनिख , जर्मनी says:
    August 23, 2012 at 7:59 pm

    सुबर्णबाबु सापकोटा जी ले लेखनु भए को लेख धेरै हद सम सहि हो. राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी राम्रो गन्तब्य भूमि हो. येहा पहिले त scholarship को लागि German भाषा को राम्रो ज्ञान हुनु पर्छ. यहाँ को average मार्सिक खर्च नेपाली ५०,००० रुपयाँ भन्दा बडी हुने हुदा विद्यार्थीहरु पहिलो महिना मै निरस जनक हुन् जान्छन र दिन मा university अनि ढिलो चाडो खर्च जुटऔना part time job ( mostly Restaurant ) खोज्ने हुनाले तेती धेरै scolarship खोज्न लाई time दिएको हुदैनन्. कोहि university का प्रोफेसोर हरु संग monthly काम ४०० यूरो ( नेपाली ४५०००) ३२ hours /monthly को research काम गर्छन यो काम पाउने dheri सम्भावना हुन्छ. माथि दिएका संस्थाहरुले बेला बेला नियमहरु परिवर्तन पनि गरी राखेका हुन्छन। हामी येहिँ को खर्च जुटाएर अध्ययन गर्ने हरु लाई एनी हरु को नियम janaa धेरै time लाग्छ, अनि एक दुइ मा try गर्दा नभए पछि खर्चिलो time निकाल्न गारो हुन्छ.

    म येहिँ जर्मनी को Techniche Universität München बाट environment Science मा स्नाकोत्तर सके को विद्यार्थी हु. हालै केहि संघ संगठन र संस्थाहरु मा scholarship apply गर्दै छु.

    Reply
  5. राजेन्द्र अधिाकारी says:
    August 23, 2012 at 7:57 pm

    जर्मनीमा पनि Education त Free छ हैन र ?

    Reply
  6. sushil says:
    August 23, 2012 at 7:47 pm

    thank u mysansar for ur precious information.

    Reply
  7. lalanath says:
    August 23, 2012 at 7:30 pm

    १ जब मैले S L C पास गरे अनि पत्रिका हरुमा आउने बिज्ञापन हेर्थे अमेरिका UK का UNIVERSITY हरुमा “भर्ना खुल्यो” र ” सिट सिमित छ” आदि! यी सबै आकासको फल आखा तरी मर साबित भए मेरा लागि!!
    २ आफुले पढन नसके पनि नेपालि दाजु भाइ दिदी बहिनीहरुले उच्च शीक्षा हासिल गरेर नेपालको नाम, सम्मान, इज्जत र गौरब बढाईदिनुहोला! उत्तरोत्तर प्रगतिको अग्रिम शुभकामना !!
    ३ नेपालमा पनि सकेसम्म राम्रै पढनुभयो अनि बिदेसमा पनि?? तपाइँ त धेरै भाग्यमानि मान्छे !! तर तेती धेरै पढी सकेपछी तपाइँलाइ नेपालमा जागिर पाउनुहुन्न होला अनि बिदेस्मै लेपास्सियेर जिन्दगि बिताउनुहुन्छ भने तपाइँ “गल्लीको भुस्याहा कुकुर भन्दा तल्लो स्तरको केहि प्राणि हुन्छ भने तपाइँ तेही हो”
    ४ “शायद” मैले अबसर नपाएर तेसो भनेको पनि हुन सक्छ तर तेस्लाई नहेरी नेपालको बर्तमान अवस्थालाई हेर्नुहोस त? बाच्नुको के अर्थ रह्यो आखिर! पढे लेखेपछि सानोतिनो काम नेपालमै गर्नुपर्छ भन्ने भावना राख्नुहुन्न भने! आफ्नै खर्चमा पढ्ने हरुलाई त म केहि भन्न चाहन्न तर ति सरकारी जागिर खायर सरकारी कोटामा गएका हरु उतै बेपत्ता भयका हरुलाई चाहि सराप्छु!
    ५ अन्तमा मरेर लानु केहि छैन बाचुन्जेल आफ्नै पेट मात्रै हेर्ने भन्दा आफ्नो गाउ समाजको उन्नतिको लागि दिर्घकालिन उपायहरुको बिजारोपण गर्न सके उच्च सिक्षा हासिल गरेका हरुको उच्च सिक्षाको कदर हुनेथियोकी??? यसका लागि राजनीति भन्ने फोहोरी खेलमा चाहि भाग नलिनु होला!!

    Reply
  8. shersingh says:
    August 23, 2012 at 6:51 pm

    धेरै राम्रो काम ! यसरीनै जगतभलो कामहरु सबैले गरेमा पृथिबीमा सबैको भलो हुनेछ ! आफै मात्र बाचू भन्ने स्वार्थी भावनाले कुनै माइकालाल सुखीहुन सक्दैन !

    Reply
  9. शशांक लामा NY says:
    August 23, 2012 at 5:59 pm

    देशप्रेम भनेको यही हो| किनभने देश भनेकै जनता हो| मुलुक बाहिर बसेर पनि देशलाई यसरि माया गर्न सकिन्छ| काँधमा राष्ट्रिय झण्डा बोकेर मनमा कपट लिनेलाई देशप्रेमी भन्न मिल्दैन| सापकोटालाई सलाम छ !!!!

    Reply
  10. Nepali Ramesh says:
    August 23, 2012 at 5:41 pm

    सापकोटा जी लाई उपयोगी लेख को लागि धेरै धेरै धन्यवाद. mysansar मा आगामी दिन हरुमा येस्ता लेख हरु धेरै भन्दा धेरै हेर्न पाइयोस. कति तेही आफ्नो देशको वाक्क लाग्दो politics र नेता को खबर हेर्नु ??

    Reply
  11. Milan says:
    August 23, 2012 at 5:12 pm

    आफु जान त त्येस्तै हो…पल्ला घरे कान्छ्लाई भने यो जानकारी एकदमै काम लाग्ने भो ..!

    Reply
  12. Sandeep Rimal says:
    August 23, 2012 at 3:21 pm

    जानकारीको लागि धन्यबाद,
    पढ्न त पढियो तर खै, बुझ्नचाही गाह्रो भाको जस्तो लाग्यो!

    Reply
  13. keshav says:
    August 23, 2012 at 3:03 pm

    राम्रो काम गरेको मा धेरै धेरै धन्यवाद साथै अन्य बिद्ध्यार्थी को अनुभव र खोज पनि पढन पाइयोस. धन्यवाद .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme