Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेलले झेल गर्न खोज्दा ५५ लाख जरिवाना

Posted on August 25, 2012August 26, 2012 by mysansar

स्पाइस नेपाल प्रालि अर्थात एनसेलका नाममा मोबाइल सेवा चलाइरहेको निजी क्षेत्रको दूरसञ्चार कम्पनीले पुरानो कम मुल्यको बिल देखाएर भन्सार छलेको प्रमाण भेटिएको छ। गुणस्तरीय र ग्राहकमुखी सेवा दिने कम्पनी भनेर नथाक्ने एनसेलले पुरानो बिल देखाएर सात लाख २१ हजार डलरको कर तिर्नुपर्नेमा १ लाख ६८ हजार तिरेको भेटिएको छ। पुरानो बिल देखाएर एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको हो। २०६६ सालमा सामान ल्याउँदा आफैले छलेको करको विषयमा एनसेलले दुई वर्ष अनावश्यक विवाद गरेर राज्यलाई छलेको हो। उसको भन्सार छली पत्ता लागेपछि त्रिभूवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको छ। एनसेलले आफूले गरेको भन्सार छलि र त्यसबापतको जरिवानाबाट बच्नका लागि राजश्व न्यायाधिकरणमा पुनरावेदन गरेको थियो। जसमा दुई वर्षपछि २०६८ फागुन १८ मा एनसेलले भन्सार छलेको प्रमाणित गर्दै न्यायाधिकरणले भन्सार कार्यालयले गरेको निर्णयमा मोहर लगाएको हो।

एनसेलले प्रज्ञापन पत्र नम्बर २९८१९ मा मिति २०६६ साल असार ३ गते बिल नम्बर ७२०८४०९७७८ को मुल्य ७ लाख २१ हजार ५ सय ४३ डलरको सामान ल्याएको कर तिर्नुपर्नेमा पहिले नै कर तिरेको बिल नम्बर ७२०८३१९०६८ देखाएर १ लाख ६८ हजार आठसय ३२ डलरको बिल देखाएर कर छलेको हो। यसरी एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरको कर छलेको हो।

भएको के थियो?
एनसेलले इरिक्सन एबी स्वेडनबाट मोबाइल टेलिकम इक्वीपमेन्ट समेत आयात गरेको बिल नम्बर ७२०८३१९०६८ देखाएर १ लाख ६८ हजार आठसय ३२ डलर बराबरको कर त्रिभूवन विमानस्थल भन्सार कार्यालयबाट कर तिरेर २०६६ जेठ १७ मा सामान छुटाएको थियो। त्यही बिल फेरी २०६६ साल असार ३ गते बिल नम्बर ७२०८४०९७७८ को मुल्य ७ लाख २१ हजार ५ सय ४३ डलरको सामान छुटाउनका लागि प्रयोग गरेको थियो। जसबाट एनसेलले ५ लाख ५२ हजार ७ सय १० डलरको कर नतिरेको देखिएको थियो।

के भन्छ एनसेल?
भन्सार छलेको पत्ता लागेपछि भन्सार कार्यालयले २०० प्रतिशत जरिवाना लगायो। त्यसबापतको रकम ५ लाख ५२ हजार ७ सय १० डलर र ६२ सेन्ट एनसेलले २०६६ असार १७ गते नबिल बैंकमा बुझायो। त्यसपछि एनसेलले मानवीय भुलवस एउटा बिल पेस हुनुपर्नेमा अर्को पुरानो तिरिसकेको कम रकमको बिल लगेर कम घोषणा भएको भन्दै पुनरावेदनमा गयो। रावश्व न्यायाधिकरणले २०६८ फागुन १८ गते त्रिभूवन विमानस्थल भन्सार कार्यालयले गरेको निर्णय नै सही रहेको फैसला दियो। साभारः दूरसञ्चार डट कम


12 thoughts on “एनसेलले झेल गर्न खोज्दा ५५ लाख जरिवाना”

  1. नरेन हंगकंग says:
    October 14, 2012 at 11:39 am

    दोश एन एस यल लाई मात्र दिन मिल्दैन किनकी उसले चाहेर मात्र यत्रो भंसार छलन सक्दैन यस्मा भन्सार मा संसार देख्ने तल देखिको माथिसम्मको पुरै संगलंग्नता छ यस्ता देशद्रोहीहरुलाई गोली ठोकर मार्नु पर्छ /

    Reply
  2. Pingback: तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति « Mysansar
  3. पुष्प says:
    August 26, 2012 at 4:23 pm

    सरकार, प्रशासन अनि नेपाल टेलिकममै पनि आफ्ना ‘मान्छे’हरू बनाएर टेलिकमलाई धराशायी बनाउनुमा एनसेलको हात त छँदैछ, हुँदाहुँदा राजश्व छलीमा समेत लागे र यो कम्पनीले आफ्नो असरी अनुहार देखाएको छ । वास्तवमा यो कुनै कमप्नी होइन, लुटेराहरूको डेरा हो ।

    Reply
  4. Madan Mani says:
    August 25, 2012 at 12:29 pm

    एनसेलले मोबाइल इक्प्युपमेन्टको प्रज्ञापन पत्र लिएर युपीएस र ब्याट्रीको भन्सार चोरी पनि गरेको थियो है
    http://doorsanchar.com/?p=740

    Reply
  5. SURENDRA SUBEDI hongkong says:
    August 25, 2012 at 11:31 am

    यहा कुरो दुरसंचार प्रदायक कम्पनी को मात्र होइन/ यहा गल्ति पुरानो बिल लाई हचुवा मा सहि हो भनेर सदर गर्ने भन्सार कर्मचारी पनि छ/ल ncell ले त जानाजान पुरानो बिल देखायो रे तर कुन नया अनि कुन बिल पुरानो भनेर चिन्न नसक्ने कस्तो भन्सार कर्मचारी हो यो देस को?साएद भन्सार मा जागिर खान मोटो रकम भेटि चडाएर आएको ले उस को लगानी उठाउन अरु कम्पनी सग मिलेको छैन भनेर भन्ने ठाउँ यहा छैन र?गल्ति गर्ने कम्पनि सग जरिमाना गर्नु राम्रो हो, अनि पुरानो बिल लाई सदर गर्ने कर्मचारी लाई पनि दण्ड किन नगर्ने?मनपरी तन्त्र भएको देस मा यस्ता करामत ले कति दिन सम्म प्रसय पाउने?

    Reply
    1. sewak says:
      August 25, 2012 at 5:26 pm

      सुरेन्द्र जी तपाईं को विचार को १०० % सदर गर्छु , त्यो यक दमै POINT को कुरा हो . पुरानो र नया invoice chutyauna नसक्ने पनि हुन्छ . यो सबै मिले मतो हो . नेपाल भन्सार बिभाग का यी धमिरा हरु लै कडा भन्दा कडा कारवाई गर्नु पर्छ.नत्र यस्तो जाल झेल फेरी फेरी पनि नहोला भन्न सकिन्न ……हे दैव यो नेपाल कहिले सुध्रिने हो कुन्नि

      Reply
  6. बद्रि पोखरेल says:
    August 25, 2012 at 9:48 am

    एनसेल जस्तो स्थापित मजबुत बिस्वसिनीय कम्पनीले त एस्तो जालसाजी कार्य सहज रुपमा गर्छ भने अन्य संस्था तथा कम्पनीहरु ले कति राजस्व छलिरहेका होलान सहजै अनुमान लगाउन सकिन्छ

    Reply
    1. Niraj says:
      August 25, 2012 at 7:54 pm

      ठुलो ठुलो कम्पनी ले नै हो राजस्वो घोटाला गर्ने भनको स सानो कम्पनी को हिम्मत नै औदैना नि साथि चोर जाल साची अनि फटाहा गुण्डा भनेकै यहि ठुला ठुला कम्पनी का मालिक हरु हुन्

      Reply
  7. उज्जवल पौडेल , भरतपुर १०, चितवन , नहर कटेपछिको तेस्रो घर says:
    August 25, 2012 at 12:02 am

    हाहहाहा !! “मानवीय भुलबस ” रे, हाम्लाई पनि त्यस्तै लायो ! यो पक्कै पनि “मानवीय भुल” नै हुन पर्छ |

    Reply
  8. Bijaya says:
    August 24, 2012 at 11:44 pm

    यो खबर नेपालका कथित मुलधारे मिडियाहरुले सायद छाप्दैनन् होला । भ्याट काण्डमा पनि प्रष्ट देखिएको कुरा हो । किनभने ती मिडियाहरुको साहुहरुलाई, पत्रकारहरुलाई एनसेले विज्ञापन, मदिरापान, ठुलो होटलमा भोजन र पकेट मनि प्रसस्त दिएको छ । एनसेलको प्रतिप्रर्धी नेपालको सबैभन्दा बढि राजश्व तिर्ने कम्पनी नेपाल टेलिकमको सानो भन्दा सानो गल्तीलाई ठुलो वनाएर छाप्ने र एनसेललाई कमजोरी रहित कम्पनी बनाउनेक्रममा नेपाली मिडिया माफियाहरुलागेको कुरा घाम जतिकै छर्लगं छ । जसले गर्दा एनसेल दिन दु गुना रात चौगुना नाफा कमाइरहेको छ । नेपाली पैसा विदेशमा लगी रहेका छ । किनकी यो विदेशी कम्पनी हो ।

    एनसेलको पत्रकार नामधारी एजेन्टहरु मिडियामा मात्रै होइन । सरकारी निकायहरुमा पनि छन् । त्यसको उदाहरण नेपाल टेलिकमले कुनै नयाँ सामान ल्याउन पर्यो भने लेखा समिति, अक्तियारले हस्तक्षेप गर्छ वेफ्वाकमा । अनि फाइल लगेर ५ ६ महिना एउटा कर्मचारी (एनसेलको एजेण्टको ) मा वस्छ । दुरसंचारजस्तो प्रतिपर्धी बजारमा ६ महिना भनेको निकै समय हो त्यो वेला एनसेलले त्यस्तो उपकरण ल्याएर मिडिया एजेण्ट मार्फत हल्लाखल्ला गरिरहेको सकेको हुन्छ । र बजार हात पर्दछ । यस्तो घटना धेरै भइसकेको छ । नेपाल टेलिकमको कुनै पनि टेण्डरमा हस्तक्षेप नगरी लेखा समिति वा अक्तियार बसेको छैन । यस्ले गर्दा नेपाल टेलिकमको हालत वायुसेवा निगमको जस्तै हुने पक्का छ । देशको राजनितिमा विभिन्न देशको प्रभाव भन्दा आर्थिक क्षेत्रमा विभिन्न दलालहरुको प्रवेशले देशलाई नोक्सान पुराएको छ । शिक्षा मन्त्रालयमा निजी स्कुलहरको एजेण्टहरु, स्वास्थ्य मन्त्रालयमा निजी हस्पीटलहरुको एजेण्टहरु तपाई हाम्रो कर तिरेको पैसाखाएर काम गरिरहेका छन् । जति राम्रो सेवा भएपनि बीर र टिचिगं हस्पीटलको नराम्रो खवर मात्रै बाहिर ल्याउने, जति राम्रो नतिजा ल्याएपनि सरकारी स्कुलको नराम्रो कुरा मात्रै बाहिर ल्याउने मिडियाका दलालहरुले कसको सेवा गरिरहेका छन् सबैलाई थाहै छ ।

    Reply
    1. R ghimire says:
      August 26, 2012 at 1:19 pm

      ठाउँमा पुगेका टाउके लै त झन् दशैंको बेलामा १ गाडी समान घरमै उपहार स्वोरुप पुग्छ

      Reply
    2. Sandeep says:
      August 27, 2012 at 10:11 am

      एकदमै ठिक कुरा गर्नु भयो, बास्तवमा नै मेडिया हरु बिज्ञापनको पछी लाग्नाले यो सब भैरहेको छ, तर दुखको कुरा यो नेपाली media को मात्र समस्या होइन , International media को पनि हालत तेस्तै छ.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme