Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अफ्रिका यस्तो रहेछ

Posted on August 31, 2012 by mysansar

-कल्पना भण्डारी-

धेरै दिनदेखि अमेरिका जान लालायित नेपालीको कथा पढे माइसंसारमा। कतिले आत्महत्या गरेको खबर पढ्दा मन गह्रौँ हुन्छ, आँखा रसाएर आउँछ। विकासोन्मुख मुलुकबाट विकसीत र अब्बल देशहरुमा जाने चाहना राख्नु र सपना बुन्नु अस्वभावीक पक्कै होईन। तर त्यही सपना पुरा गर्न जिन्दगीमा खाने हण्डरहरु बारे हामी किन सोच्न सक्दैनौ। अमेरीका अस्ट्रेलीयामा त बाटो बाटोमा डलर टिप्दै हिड्न पाईन्छ भन्ने मानसीकता छ हाम्रो। हाम्रा दिमागमा यस्ता कुरा भरीदिने तिनै अमेरीका पुगेर जस्तासुकै काम गरेर पनि रवाफ देखाउनेहरुकै कारण हो। यसो सोचौ त हामी अमेरीकामा बस्ने र दोहा कतारमा बस्नेलाई कसरी तुलना गर्छौ। खाडीमा ईज्जतीलो काम गर्नेहरुलाई पनि हामी उस्तै लेबरको कोटीमा राख्छौ। तर अमेरीकामा वेटरको काम गर्नेहरुलाई पनि हामी कती भाग्यमानी भन्छौ। हामीले यस्तै द्रष्टिकोण बनाएका छौ। के अमेरिका सम्पन्नशाली छ त्यहां पुग्ने हरेक नेपालीको जीवन सान्दार छ के उनीहरु गगनचुम्बी महलमा बसेर फराकीलो सडकमा चिल्लो गाडीमा हुईकिदै पिज्जा र बर्गरमा रमाईरहेका हुन्छन् अनि खाडी मुलुकमा जाने चाही सबै लेबर काम नै गर्छन् अझ तपाई झ्न छक्क पर्नुहुन्छ होला भोकमरी गरिबी िहंसाको पर्याय बनेको अफ्रिकामा नेपालीहरुको अवस्था के होला भनेर।

यहां काम गर्ने नेपालीहरुबारे त तपाई के पो सोच्नुहोला म अनुमान मात्र गर्न सक्छु।
यतिखेर म त्यही गरिब मुलुक युगाण्डामा छु। जेठ १४ अघि जब जातीयताको माग र आन्दोलन चरम पुगेको थियो त्यसबेला धेरैले फेसबुकको आफ्नो स्टाटसमा लेखेका थिए अब नेपाल रुवाण्डा अथवा युगाण्डा जस्तो हुने भयो। तर यहां आएर भन्न मन लागेको छ नेपालको काठमाडौ युगाण्डाको कम्पला जस्तो बनोस रुवाण्डाको किगाली जस्तो बनोस अनि केन्याको नैरोबी जस्तै बनोस। मलाई धेरै जनाले सोध्ने गर्नुहुन्छ तपाईले त्यहां खान त पाउनुहुन्छ कत्तिको ंिहंसा छ सुरक्षा खतरा कत्तिको छ अलि होसीयार रहनुस है। मलाई थाहा छ मेरो चिन्ता लागेर उहांहरु यसो भन्नुहुन्छ। तर म के जवाफ दिउं। जबकी यहां जति ताजा फलफूल र खानेकुरा काठमाडौंमा मैले पाएकै थिईन। केरा मेवा आंप भुईकटहर रुखकटहर एभोकाडो बाह्रैमास उस्तै रसिलो। ठुला ठुला महल होटल रेस्टुरेन्ट अनि प्रशस्तै सपीग सेन्टर नपाउने सामान केही छैन गुन्द्रुक र सिन्की बाहेक।
मलाई प्राय सबैले सोध्छन् त्यहां कत्तिको गर्मी छ खुब तातो होला है मेरो जवाफ फेरी पनि फरक। बाह्रैमास उस्तै मौसम छ यहां न जाडो न गर्मी। न घामले बेस्स्।री पोल्छ न तातो हावा चल्छ। विहान बेलुका तातो पानीले नुहाउनुपर्छ सीरक होईन तर ओढ्ने ओढ्नुपर्छ। स्विटर लगाउंदा नी हुन्छ सामान्य टीसर्ट लगाए नी हुन्छ। प्रकृतिले कति प्रेम गरेको छ यहां। म छक्क पर्छु कि पुस माघको ठिड्याउने जाडो कि चैत बैसाखको उखरमाउलो गर्मी जस्तो विपरीत मौसम छ हाम्रो काठमाडौंमा।

मान्छेहरु सोध्छन् त्यहां सुख्खा मरुभूमी होला नी हरियो त देख्न पाईन्छ म दाबीका साथ भन्छु यति हरियो काठमाडौंबासीले देख्नै पाउंदैनन्। काठमाडौं अहिले केवल कंक्रीटै कंक्रीटको सहर बनीरहेको छ सांघुरो सडक टम्मै घर असन तीर त बाटोमाथी घर छ। काठमाडौंमा हरियो रुख हेर्न कि रत्नपार्क छिर्नुपर्छ कि हरियो घांस हेर्न टुडिखेल पस्नुपर्छ। तर यहां जताततै हरियाली ठुला ठुला बाटो वरीपरी ठुला ठुला हरीया रुख प्राय सबैको आगंन र करेसाबारी भरी लहलह फलेको एभोकाडो हातैले टिप्नसक्ने गरी लटरम्म फलेको आंप टाउकै ठोक्किने जसरी फलेका रुखकटहर। कति प्राकृतिक जीवन छ रसमायनरहीत।
रुवाण्डा युगाण्डा त िहंसाग्रस्त मुलुक हुन् नी। िहंसा कत्तिको हुन्छ यसको जवफ म के दिउं। जब की यहींका अफि्रकनले मलाई सोध्छन् तिम्रो देशमा त सर्वोच्च अदालतको न्यायधीसलाई पनि गोली हानेर मारेछन् नि तिमीहरुकोको देशमा त संविधानसभा नै विघटन गरेछन् है। दिनदिनै नेपाल बन्द र आन्दोलनको समाचार उताबाटै आउंछ। तर यहां अहिलेसम्म आन्दोलन भएको मैले देखेको छैन बन्द भनेको त के हो यीनीहरुलाई थाहै छैन। सामान्य आन्दोलन भयो भने टियर ग्यांस चलाईहाल्छ प्रहरी त्यसपछि त आन्दोलन सकिईहाल्छ। लगातार २० बर्ष भन्दा बढी एउटै ब्यक्ति सत्तामा छ भने त्यहां पक्कै पनि अधिनायकवाद त हुन्छ नै। मलाई यस्तो लाग्छ आफ्नो देशमा पटक पटकको सत्ता परिवर्तन तिन तिन महिना प्रधानमन्त्री बाडेर खाने खेल देखेर कमसेकम लामो समय एउटै ब्यक्ति कार्यकारी भए देशमा स्थिरता त हुन्छ। हो यहां नेपालमा जतिको प्रेस स्वतन्त्रता छैन। स्वतन्त्रता भन्दा पनि स्वच्छन्दताको बढी प्रयोग हुने नेपालको पत्रकारीताको जस्तो अभ्यास यहां छैन। यसमा मैले टिप्पणी गर्न योग्य ठान्दिन।

रुवाण्डाले गरेको प्रगती देखी अहिले सबै आश्चर्यचकित छन्। अफि्रकी मुलुकमा सबैभन्दा द्रुतगतिमा आर्थिक वृद्धि गरिरहेको छ। नेतृत्व राम्रो भयो र ईच्छाशक्ति भए परिवर्तन र विकास सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् राष्ट्रपति पौल कागामे। धेरै युरोपीयनहरुले रुवाण्डालाई सक्सेस स्टोरी अफ अफि्रकाको रुपमा लिन्छन्। रुवाण्डाको राजधानी किगालीलाई अहिले अफि्रकाको िसंगापुर भनिन्छ। किनकी िसंगापुरमा जस्तै सफा सडक छ जहां एउटा फोहोर फालेको पाईए जरिवाना तिर्नुपर्छ। द्धन्द्धको बेला घर छोडेर िहंडेकाहरु फर्किएका छन्। थुप्र्र विदेशीहरुले लगानी बढाएका छन् जसले स्थानीय रोजगार वृद्धि गरेको छ। प्रत्येक महिनाको एक दीन प्रत्येक रुवाण्डालीले कुनै न कुनै सामुदायीक काम गर्नुपर्ने नियम छ। युगाण्डामा ईडी अमिनको क्रुर शासन पतन गरी सत्तामा आएका राष्ट्रपति योभेरी मुसेभेनीले कमसेकम स्थिरता ल्याएका छन् देशमा।

धेरै युरोपीयन राष्ट्रहरुले उनको प्रशंसा गर्छन्। अमेरिकाको नजीकको मित्र भएको छ भने विकासका कामहरु प्रशस्तै अघि बढेका छन्। यो मुलुकमा समस्या भनेको शिक्षा बाल मृत्युदर एचआईभी मलेरीया जस्ता रोग विरुद्ध लड्नु नै हो। तर पछिल्ला बर्षहरुमा प्रगतिको दर बढीरहेको छ। नेपालमा भन्दा धेरै जातजाती र विविधता भएको मुलुक अहिले भने एकतावद्ध भएर अघि बढ्दैछ। उनीहरु सांस्कृतिक सम्बन्ध विस्तारका लागी दैनीकजसो अन्तरकि्रया गर्छन्। तर हामी भएको संविधानसभा विघटन गछौं जातजातीको छुट्ट्रै राज्य खोजेर मिलेको एकता विखण्डन गर्न तीर लम्किदैछौ। म यही सोच्छु कि अबको दश बर्षपछि मेरो कुनै अफि्रकन साथीले नेपाल पनि जान्छन् र खान पाईुन्छ त्यहां िहंसा एकदमै हुन्छ नि सुरक्षीत हुन सकिन्छ भनेर प्रश्न नगरोस मलाई। जुन मैले अहिले सुनिरहन्छु मेरा नेपाली साथीहरुबाट। यो लेख मैले देखेको अफि्रकाको सकारात्मक पाटो हो। अनि मलाई सबै नेपाली साथीले गर्ने प्रश्नको उत्तर हो किन गाको त्यस्तो नेपाल भन्दा पीडित मुलुकमा भन्नेहरुका लागी। अनि अर्को कुरा अफि्रकी राष्ट्रमा नेपालीहरुको रोजगारको स्तर निकै उच्च छ। धेरै नेपालीहरुको आफ्नै ब्यवसाय छ। बर्षौदेखी परिवारसहीत बस्ने नेपालीहरु प्रशस्तै छन्। होटलमा काम गर्ने नेपालीको मासीक तलब कम्तिमा पनि चालीस हजार छ। अनुमान गर्नुस मासीक १०-१५ हजारको तलबका लागी दुईलाख तिरेर खाडी मुलुक जाने नेपालीको संख्या प्रशस्तै छ। राम्रो वातावरण सजीलो काम सहज दैनीकी अनि प्रशस्त आम्दानीका कारण पछिल्लो समय अफि्रकामा काम गर्ने नेपालीहरुको संख्या विस्तारै बढीरहेको छ। तर सरकारले काम गर्ने मुलुकको रुपमा अफि्रकी राष्ट्रलाई नराखेका कारण भने नेपालीहरुले समस्या बेहोर्नुपरिरहेको छ।

58 thoughts on “अफ्रिका यस्तो रहेछ”

  1. shakti magar says:
    January 4, 2013 at 12:54 am

    अमेरिका र अफ्रिकाको बारेमा लेखिएको धेरै कुराहरु जान्ने मौका पाइयो अनि फेसबुकमा जस्तै केटीको कुनै कमेन्ट देक्योकि वोइरो लाग्ने नेपालीहरुको प्रबिद्धिन याहा पनि देख्न पाइयो,,,,संस्कारमा हामि धनि छौ पारिबारिक समाज छ हाम्रो छोरा होस् या छोरी बाबु आमाले आफ्नो पेट काटी काटी पढाएर ऋणको भरि बोकेर जापान अमेरिका अस्ट्रेलिया पठाउछन् र पो येति र उति कमाउछौ भन्न पाएका छन्,, के त्याहाको छोरा छोरीले बावु आमालाइ हामीले जस्तो दुख गरेर पाल्छन ????के त्याहाको बाबुआमाले छोराछोरीलाई ऋण बोकी बोकी पढ़ाउछ ???होला तर धेरै कमले ।।।। म कतार बेश क्याम्पमा काम गर्छु र मैले देखेको कुरा हो कि एउटा बाबु छुट्टी जान्छ तर परिवारलाई नभेटी आउछ,, बरु थाईल्याण्ड जान्छ मस्ती गर्छ, बरु आफु संगै केटि राखेर त्येसको लागि तलब सिध्यौछ तर बाबु आमा या छोरा छोरीको लागि खर्च गर्दैन // लेख्ने कुरा धेरै छन् तर अमेरिकाको धाक देखाउने हरुलाई मात्र भन्न खोजेको।। त्यो देसले बिकास गरेको छ सबै जनताको पैसाले 33% कर उठाउछ अनि किन नहुनु !!!!!(विस्वका गरिब रास्ट्रहरुलाई लडाउछ हतियार बेच्छ अरब देशको तेल लुटिरहेको छ के के छ के के) त्याहा जाने नेपालीहरुले पैसा त कमाउने नै भएनी !!!नेपालमा गरेको दुख त्याहाको दुख त केनै होर !!! नेपालीको लागि हा हा बरु तिनीहरुलाई पो गाहारो पर्दो हो बेदेसी सरह दुख गर्नु पर्दा धन्न त्येहाको सरकार जे होस् अमेरिकाको कानुन अमेरिका मा बस्ने नेपालि हरुलेनै जानुन …..

    Reply
  2. deepesh says:
    September 3, 2012 at 1:58 am

    रितिका जी को कुरा को पुरा जबाफ कसैले दिये जस्तो लागेन। आमेरिका मा बस्ने नेपाली हरुले ओसत कति कमाऊदा रैछन् त?

    Reply
  3. Mohan says:
    September 3, 2012 at 1:55 am

    मैले उगंडाको नरसंहार को बारेमा र त्यो बेलाको उगंडा को जीवन स्तर को बारेमा मात्र पढेको थिंए . त्यो बेलाको उगंडा र कल्पनाजी ले भोग्नु भएको उगंडा मा निकै अन्तर भएको पाँए. कल्पना जी को सोंच र विचार संग १०० प्रतिशत सहमत छु.

    Reply
  4. Pankaj says:
    September 2, 2012 at 1:54 am

    currently now i am working on development programs in South Sudan which was separated from Sudan 1 year ago after decades of civil war and death of millions people. The development process is going so fast here. If you see the GDP per capital income of South Sudan, it is higer than nepal (south sudan : US$ 1546 and Nepal : US$ 1328). GDP per capita is often considered an indicator of a country’s standard of living which determines country is rich or poor.

    Reply
  5. Bishwaraj says:
    September 1, 2012 at 11:44 pm

    डीभी भीषाको भाग्य चीठा गर्ने देखी इस्टुडेन्ट भीषा, दीपलोमाट भीषा र धनीका छोराहरु पैसा खर्च गरेर सम्म जान्छन- पहिला अमेरीका जानेलाई पाताल भासीने भन्थ्यो, अमेरीका जमीन प्रीथ्भी भन्दा धेरै तल भएर हो की पाताल भनेको जस्तो लाग्थ्यो- अनी कीन मान्छे पाताल भासीनु मरी हत्य गरेको होला जस्तो लाग्थ्यो- पछी म आफै अमेरीका पुग्ने ३ पटक मौका पाए र पहिलाको बुढाहरुले समयको फरकलाई हेरेर नै पाताल भनेको होला भन्ने लागेको छ, पाताल भन्दा त नेपालनै राम्रो हो, येदी त्येहा बिजुली, पानीको सुबीधा र देशको अवस्था राम्रो भए-

    Reply
  6. dhan says:
    September 1, 2012 at 6:00 pm

    अमेरिका बस्ने नेपाली साथीहरुले रीतिका जीको दोश्रो प्रस्न को जवाफ दिन नसक्नु भाको हो कि दिन नचाहनु भाको होला?? र पहिलो प्रश्नमा उल्लेख गरिएको प्रस्नको पनि तेती चित्त बुझ्दो जवाफ भेटिन. अब सरदर २५०० डोलर मासिक कमाउनेको खर्च कति हुन्छ र जोगाऊछन् कति त्यो पनि बुझ्न पाए हुन्थ्यो. हुनत मलाई तेती चासोको बिसय होइन अहिले कुरा चलेर मात्रै बुझ्न खोजेको र अमेरिका अमेरिका भन्ने नेपाली हरुलाई पनि अलि जानकारी होस् भनेर.

    Reply
  7. Pradip Bhandari says:
    September 1, 2012 at 12:04 pm

    Hello all,

    Since we started, I thought of pouring off some words. I live in UAE, Abu Dhabi, one of the world’s richest cities, I arrived here 9 months back, prior to this I was in Doha Qatar, world’s wealthiest country in terms of GDP. Needless to mention I am proud to be working here in this region. I am extremely disgusted with the way people treat us when I say back in Nepal that I work here. Let me highlight the fact, you would be surprised to know within my 6 years of stay here, I have covered France, Belgium, Netherland and UK for holidays, can anyone tell me who those living in Aussie, USA, UK would normally afford to do this, spending on 4 and 5 star hotels? I got multiple entry visa for USA; no, no not to go and vanish for nothing but I am planning for another holidays when I get bit free from work. I am pursuing my MBA through a British university.

    When you come here with proper education and degree, you got it all here. What I am trying to highlight is, poeple should understand that not all who live in this part of the world are low paid labours. I am satisfied with what I get, I have europeans working under me, calling me with respect. I have my friends who are on manager and director levels, should not mention the name but the one of the couples moved to Bahrain now, prior settling down in Bahrain, they were on 15 days extended leave in England, they are still in Bahrain since last year and now I can see they have been posting photos from different states of USA, I am sure another holidays. How many of those living in USA can barely afford to travel from one state to another? I know so many who are not coming home because they cant afford the air ticket for full family. If you have right education, you get family package here(extra pay for family, free education for kids, free insurance and medical for family, free air ticket both ways for family every year, paid leave of 40 days including public holidays per year) and world’s best tax free salaries, meaning, you get to send home 100% of what you earn( if you dont spend). I am not disgrading USA, they are also wealthy country, they also got wealthy Nepalese living in there.

    Life practised here except those exploited labours( that is a whole new story to talk about) is very lavish, better than that of average life in Europe and USA, you get everything you want, what percentage of westerners go beyond Banana Republic, GAP, M&S, H&M, AlX, ZARA? These brands are basic brands for average people, they can afford to go beyond them . Life’s first car I bought for myself was a Pajero when I was just 23 years old, would I be able to do that elsewhere?

    This comment should not encourage those who want to come to gulf but has no skills or education. Without skills and education, life is tough here, every single step you will stumble. If one loves working hard, has fluency in english( as good as native english people), good education background or trainings, you would be then choosing a right place if you choose this part of the world. People spend 21 lakhs to go USA, wise and educated people come here on fully paid ticket from your home country( including taxi fare from your home to Kathmandu airport) and work here, they would then go USA on holidays!! I am repeating myself, without skills and education life can be as hell as you can imagine.

    Pradip
    Abu Dhabi

    Reply
    1. SnK Rai says:
      September 3, 2012 at 10:23 pm

      Um… been there and done that…. and so on & on;… surely up to….;
      Sounds excessively Braggart and something foul smelling!!!

      Reply
      1. Pradip says:
        September 7, 2012 at 2:29 am

        I am sure it does Snk Rai ji. If you smelled it, I think you just need to talk with your relatives who are in GCC countries working on higher positions..

        Reply
        1. SnK Rai says:
          September 7, 2012 at 4:04 pm

          All right then Pradip-Ji, and I will. Good luck!
          thanks

          Reply
  8. जसराज राई says:
    September 1, 2012 at 11:31 am

    सबैको आफ्नो विचार पढदा मलाई पनि केहि भनौ जस्तो लाग्यो, मेरो नाम हो जसराज राई र हाल ब्रिटिश हाइ कमिसन कम्पालामा कार्यरत छु, मैले दोस्रो क्यारियर सुरु गर्दा पहिलो कर्म भुमिको रुपमा स्विकार्नु पर्यो युगान्डालाइ यो कुरा हो १९९७ को, अहिले फेरी युगान्डा नै फर्केर आइपुगेको छु| त्यो समयको युगान्डा र हालको युगान्डाको समग्र विकासलाइ नियाल्दा नेपालको तुलनामा युगान्डा केहि अगाडी बढेको अवस्य छ| मैले १९९७ देखि २००२ सम्म युगान्डामा बसेर २००२ को जुन महिना देखि तान्जानिया सरुवा भएर गए र त्यहाँ २००८ सम्म बसे अनि बिच बिचमा केन्या, रुवान्डा, अंगोला, दक्षिण अफ्रीका र घानामा कामको सिलसिलामा घुम्दा जुन प्रगति देखे र अहिले देखिरहेको छु अवस्य नै यी देशहरुले बिकासको क्रममा नेपाल भन्दा केहि गुणा फड्को मार्दै छन्|

    अन्त्यमा: हामी नेपाली हौ र देशको बिकाशमा सरकारको जति नै हाम्रो पनि अधिकार र कर्तब्य छ तर हामीले त्यसलाइ गलत ढंगबाट प्रयोग गरिरहेकै कारण हामी पछाडि परेका हौ| अफ्रिकामा प्राय त सरकारले मार्शल ल लगाएरै बिकासको क्रममा बाधा आउन नै दिदैनन तर नेपालमा हाम्रा नेताहरुका गुण्डा र पार्टिका कार्य-कर्ताको मनपरीले गर्दा हुन लागेको काम पनि बिगारी दिन्छन अनि कहाँ हुन्छ बिकाश? कामना गरौ हाम्रो स्वर्ग जस्तो सुन्दर देशले पनि काचुली फेर्ने मौका छिट्टै पा उ स|

    Reply
  9. Basanta Thapa,Maryland,USA says:
    September 1, 2012 at 8:49 am

    जसले जे भनोस तर मैले देखेको र भोगिरहेको अमेरिका भनेको गल्ति गर्ने ले त्यो जोसुकै होस् सजाय पाउछ ,त्यो जोसुकै होस् हाईइस्कुल सम्म फ्री पढ्न पाउछ ,आम्दानि नहोस तर बस्न ,खान र उपचार फ्री हुन्छ \ उमेर पुगे पछी काम पाउछ \काम जस्तो सुकै होस् ,थोरै कमाइ किन नहोस \ उ बतानुकुल घरमा बस्न सक्छ \ उसलाई खान र लाउन अभाब हुदैन \उ कार चढेर काम घर गर्न सक्छ \ एकदिन को कमाइले घरमा बनाएर खाने हो भने एकमहिना पुग्छ \ एकमहिनाको तलब ले पुरानो किन नहोस कार किन्न सक्छ \ सहि ,मिहिनेती र अखर्चालु लाइ कहिले पनि समस्या आउदैन \ सायद यहि भएर होला अमेरिका प्रतिको मोह रहेको र बढेको \

    Reply
    1. bibek says:
      September 1, 2012 at 1:40 pm

      जसले जे भने पनि यूरोपेली र अमेरिका भनेका छुट्टै मुलुक हुन् , यूके मा यहाँ क नागरिक ले भोकै मर्न पर्देन, काउन्सिल ले घर वा फ्ल्याट दिन्छ. यो संसार मा उपलब्ध भएका औषधि लाइ पैसा तिर्न पर्देन, कानुनि रुप ले सबै समान छन.देखिने सुनिने गरेर जातीय वा धार्मिक भेदभाव को शब्द उच्चारण गरे काराबास को सजाय हुन्छ, ए लेवेल सम्म सित्तै मा पढन पाइन्छ, ग्र्यजुअत , वा डिग्री गर्ने पैसा छैन भने सरकार ले ०% मा बिना धितो लोन दिन्छ र त्यो पढाइ सके पछी निश्चित आम्दानी गर्ने जब पाए पछी आफ्नो सुबिधा अनुसार तिर्नु पर्दछ.आपतकालीन अवस्था मा ३-५ मिनेट मा प्रहरी, दमकल वा एम्बुलेन्स आइपुग्दछ, आफ्नो बाबु प्रति ढुक्क रहन नसक्ने हरु पनि प्रहरी प्रति ढुक्क रहन सक्दछन, जहाँ राजा देखि रन्क सम्म समान छन्, तेसैले त प्रिन्स ह्यारी अरु सेना संगै अफगानिस्तान मा तालिवान संग लडाई मा जान्छन र लड़दछां पनि. कानुनि रुप मा दोषी पाइए डेविड क्यामरून हुन् कि ग्रिह मन्त्रि,उनीहरु लाइ एउटा सामान्य प्रहरी अधिकृत ले बयान लिन सक्दछ र उनि हरु जेल जान सक्दछन, तेसैले जसले जे भने पनि बेलायत एउटा सभ्य, आधुनिक र लोभ लाग्दो देश हो. मात्र तपाइँ परिश्रम गर्नुस, कानुन को इज्जत गर्नुस अनि कर तिर्नुस.

      Reply
  10. bipana nandu says:
    September 1, 2012 at 7:36 am

    अमेरिका मा मोज गर्ने धनि मान्छे ले पिजा बर्गर खादैनन्; पिजा बर्गर भनेको गरिब खाते हरुले खाने बस्तु मानिन्छ; अमेरिका मा धनि मानिस ले खाने भनेको भेजी इन्डियन, जापानिज वा चाइनिज खाना हो कल्पना जी ! नेपाल मा मात्रै गाइको मासु को बर्गर र पिजा को इज्जत भएको हो,

    Reply
  11. Basanta says:
    September 1, 2012 at 7:32 am

    जानकारी मुलक लेखको लागि धन्यवाद
    नेपाल मा ऐतिहासिक धरोहरहरुको सम्बर्धन को कमि ने गर्दा हो .
    पशुपतिनाथ मा जानुहोस हेर्नुहोस … आफनै जन्म दिने आमा आबुलाई त ब्रिदा आश्रम मा लगेर फाल्ने नेपालीले के को सम्बर्धन गर्छन ???

    Reply
  12. Prem says:
    September 1, 2012 at 5:38 am

    मान्छेहरु सोध्छन् त्यहां सुख्खा मरुभूमी होला नी हरियो त देख्न पाईन्छ म दाबीका साथ भन्छु यति हरियो काठमाडौंबासीले देख्नै पाउंदैनन्। काठमाडौं……..

    कल्पनाजी, अनि कसैले कत्तिको गर्मि होला त्यहाँ भनेर सोध्यो भने आबुई कहाँ गर्मि हुनु ग्रीनल्याण्ड भन्दा चिसो ठाउ रहेछ नभन्नु होला नि …. coz I stayed in Kigali for three years doing a research on 1994 Genocide from UC Los Angeles…I know how is there…

    Reply
    1. शिव says:
      September 4, 2012 at 1:21 pm

      प्रेम जी
      म अहिले किगाली मा छुं . किगाली को जस्तो मौसम संसारमै कहीं पनि छैन .

      Reply
  13. Jivan says:
    September 1, 2012 at 4:38 am

    मैले बुझेको अमेरिका :
    १) यहाँ नचिनेको मान्छे लाइ देख्यो भने पनि टाउको हल्लाएर चिने जस्तो गर्छन तर पल्लो अपार्टमेन्ट मा को बस्छा थाहा हुन्न.
    २) सिटी ठुलो हुन्छा तर मान्छे देखिदैनन.
    ३) सबै मान्छे हरु आफ्नो काम मा ब्यस्त हुन्छन.
    ४) कस्तो लुगा लाएर हिड्यो मतलब हुन्न.
    ५) एक हात मा चुरोट तन्न्दै अर्को हात मा किताब लिएर क्याम्पस को अगाडी बसी र हुन्छन.
    ६) प्रोफेसोर हरु हाफ पाइन्ट लाएर आउछन.
    ७) शुक्रबार राति जहाँ पनि पार्टी हुन्छा.
    ८) आइतबार दिउसो बाटो मा एउटा पनि गाडी भेटिन्न.
    ९) घर भित्र जाडो हुन्छा तर बाहिर गर्मि हुन्छा.
    १०) नेपाली हरु ले बिहान भात खादैनन्.
    ११) नेपाल मा जस्तो पसल हरु भेटिदैनन, समान किन्न वाल्मार्ट अथवा सम्स क्लुब जान्छन

    Reply
  14. योगेश खपाङगी, हाल: अबु धाबी, यूएई. says:
    September 1, 2012 at 4:37 am

    कल्पना जी को लेखको आशय समग्रमा राम्रो लाग्यो ! काम र अवसरको खोजिमा माइग्रेट हुने चलन नौलो होइन । जहाँ अवसर, रोजगारी, सुरक्षा र सुबिधा हुन्छ त्यहाँ बेटर लाइफ पनि हुन्छ । त्यस्ता देश र ठाँउलाई नै राम्रो देश भनिएको हो । त्यसै भएर अमेरिका, यूके, जापान, कोरिया, जर्मनी इत्यादी मुलुकहरुमा मरिहत्ते गरेर जान खोजेको हुन् नेपालीहरु । भरसक त्यहिंका नागरिकसँग बिहे गर्नु वा ग्रिनकार्ड, पिआर पाउनु नेपाली, इन्डियन जस्ता अल्प बिकसित मुलुकका मनिसहरुको सपना नै बनिसकेको छ । जसोतसो टेक्न मात्र पाये पनि पुग्छ भनेर दलाललाई लाखौं रुपिंयाको बली दिन्छन् । तापनी सही गन्तब्यमा पुग्न नसकेर बिजोग हुनु परेको समाचार दिनहुँ सुनिरखिएको छ । यस्ता खबर सुन्नु पर्दा मनभित्र बाटै दु:ख लागेर आँउछ । हाम्रो देश पनि धनी र बिकसित भएको भये उल्लेखित देशको विजा पाउन यती गाह्रो हुनेथिएन । इन्टरभ्यु दिंदा ‘फर्केर आँउछौ अंउदैनौ?’ जस्ता अनेक्थरी बेइज्जतीपूर्ण प्रश्न पनि गर्ने थिएनन् होला यिं कथित बिकसित एम्म्बेसीहरुले ।

    केही घुम्ने रहर अनी रोजगारी र अवसरको खोजीमा धेरै पटक बिदेशतिर भौंतारिरहेको छु । यसअघी सिङगापुर मा थिंये, हाल यूएईमा छु । नेपालमा भन्दा राम्रो कमाइ छ, आफ्नो फिल्डको काम पाएको छु । बिदेशमा भये पनि अफिसर लेबलमा काम गरेको छु, लोकलले समेत हेपेर कुरा गर्न सक्दैनन् । मानसिक तनाव पनि नेपालमा जती छैन । खुशी नै छु । तापनी बिदेश भनेको बिदेश नै हो । जती नै सुन्दर भये पनि यो अर्काको देश नै हो । हामीले जती दु:ख गरेर काम गरे पनि फलिफाप हुने अरुलाई नै हो ।

    ‘पोल्ने भये पनि घामै राम्रो, बोक्सी भएपनी आमै राम्रो !’ त्यसै भन्या होइन । त्यसैले म त सबै साथी-भाईहरुलाई पिआर र ग्रिन कार्ड को चक्करमा नलाग्नुहोस्, जहाँ राम्रो काम, भन्या जत्ती पैसा अनी इज्जत पाइन्छ त्यहीं जानुहोस्, चाहे तो अफ्रिका, खाडीमुलुक वा भारत वा बङलादेश किन नहोस् ! परिवारलाई पैसा पठाउनुहोस्, देशलाई सम्पन्न बनाउने प्रयत्न गर्नुहोस् । भावी पुस्ता डुल्न-घुम्न अमेरिका-योरोप गये पनि काम खोज्न जानुनपरोस् । सबैको राम्रो होस्, सबैलाई सुख होस् ! यही छ कामना !
    जय नेपाल !

    Reply
  15. Kalpana Bhandari says:
    September 1, 2012 at 4:30 am

    सामाजीक स~ाजाल मार्फत एकजना साथीले आफुले गरेको मेसेजको रिप्लाई नपाएपछि मलाई यस्तो लेख्नुभयो मैले अमेरीकाबाट भनेको भए तपाई म संग बोल्नुहुन्थ्यो होला साउदी अरब भनेछु । त्यसले मेरो मनमा छोयो र मैले तत्काल रिप्लाई गरे । आफूले आफैप्रति उहांले गर्नुभएको हिनताबोधले मलाई सोच्न बाध्य बनायो । तपाई बस्ने देश तपाईले गर्ने काम अनि तपाईंले कमाउने पैसा भन्दा पनि त्यो कामप्रति तपाईले गर्नुभएको मेहनत लगन र ईमान्दारीता ठुलो हो नी । काम केवल काम नै हो ठुलो वा सानो हुदैन । हाम्रो यस्तो सोचका कारण मेरो मनमा उब्जिएको कुरा मैले सामान्य उल्लेख मात्र गरेकी हुं । मेरो मत जहिले पनि ब्यक्तिको कामलाई सम्मान गर्नुपर्छ भन्ने नै रहन्छ ।
    सबै साथीहरुको सुझाब टिप्पणी र आलोचनाप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । मैले यसमा अफि्रकाको धेरै नकरात्मक कुराहरु हुदाहुदै पनि सकारात्मक कुरा मात्रै लेखेकी हुं । महशुश गरेको लेखे कन्टेन्ट उल्लेख गरिन । मेरो आफ्नै धारणा पनि अफि्रकाप्रति नकारात्मक नै थियो । मैले भन्न खोजेकी यती मात्र हो कि सबै अफि्रकी राष्ट्रलाई एउटै कोटीमा नराखौ । राम्रा कुराको अनुशरण गर्दा राम्रै हुन्छ भन्ने मेरो धारणा हो । राजासहीतको राष्ट्रपतिय शासन भएको अधिराज्य मुलुकमा थुप्रै अनौठा कुराहरु छन् । मिल्यो भने माईसंसारमा कुनै दिन यहांहरुबीच राखौला ।
    पत्रकारीताको विद्यार्थी हुं । दश महिनाको लागी यहांको साचारसंस्थामा पत्रकारिता नै गर्दैछु । सबै कुरा राम्रै हुदा हुदै पनि आफ्नो देश जस्तो प्यारो केही हुदैन । धाई आमाले जति नै माया गरेर पालेपनि अघिल्लो स्थान जन्म दिने आमाकै हुन्छ । मैले जति नै प्रशंसा गरेपनि यहां मैले मेरो देश खोजीनै रहेको छु । मिसन सकाएर कहिले फर्किउ जस्तो भएको छ । मैले अरुको राम्रो मेरो देश नराम्रो भन्न खोजेको विल्कुल होईन । देश जहिले पनि मुटुमा हुन्छ चाहे तपाई अमेरिका जानुस वा युरोप जानुस अथवा अफि्रका जानुस । त्यसको माया कहिकतै तुलना हुनै सक्दैन विकल्प रोज्नै सकिदैन । अन्त्यमा फेरी पनि ह्रदयदेखी धन्यवाद पढिदिने मेहनत गरेर कमेन्ट लेखिदिने तपाई सम्पूर्ण मित्रहरुलाई ।

    Reply
  16. bikash says:
    September 1, 2012 at 2:56 am

    कल्पना जी ले खै कुरा बुझ्नु भाको कि नाभुजेको हो? कुन सान्ति आर्थिक ब्रिधि डर बिकास को कुरा गर्नु भाको हो ?? यी त सब पश्चिमा हरु को स्वार्थ संग आफ्नो स्वार्थ साटेर ल्याइएको सान्ति हुन्. आफ्ना बहुमुल्य स्रोत र हतियार तथा प्रबिधि को विनिमय गरेर आफ्नो निरङ्कुश सासन लै टिकाई राखेको हो भन्ने कुरा को ज्ञान कल्पना जी लै कत्ति को छ कुनी.? अनि देस सम्बन्धि कुरा गर्दा तेह काठमाडौँ , किन्गाली , कम्पला बाहेक अरु धेरै ठाउँ हुन्छन भन्ने कुरा को पनि विचार पुर्याउनु पर्यो. कि कसो?????? अनि अमेरिका को बारेमा नेपाल मा बसेर आलोचना गर्नु भनेको स्याल ले अंगुर अमिलो छ भन्नु जस्तै हो. अनि अर्को बुह्ज्नु पर्ने कुरा के हो भने अमेरिका जानु भनेको आफ्नो लागि हैन आफ्ना भावी सन्तति हरु को भबिस्य सुनिस्चित गर्न को लागि हो. किन भने एउटा समय औंचा जब आफ्नो सुख छाडेर अरु को बारेमा सोच्ने गरिन्छ. अनि देस बिकाश कै कुरा गर्ने हो भने जब सम्म कल्पना जी जस्ता काम को बर्गिकरण गर्ने मान्छे हरु को बहुल्ल्यता रहन्छ बिकाश असम्भव छ.
    अनि अन्त्य मा एउटा कुरा स्पस्ट पारम , अमेरिका बाट फर्केका ले आडम्बर को लागि खर्च गर्ने हैन यो त अमेरिका को सिस्टम ले दिएको कन्फिदेंत हो कमाएको सब खर्च गर्छु फेरी गएर कमौन्चु भन्ने चाहे काम जुन सुकै किन नहोस. जुन दुवै कतार कोरिया बस्ने मा अर्को मौका नमिल्ना सक्छ/
    At last plz don’t try to make such cheap comment like “probablu I am one of those who is doing cheap job is USA” Coz in my thinking there is no such a job which is cheap , only person or mentality could be cheap. and I am probably doing better job than ur CHEAP JOB catagory as well.
    Thank you!!!

    DON’t GET MAD AT ME MS. KALPANA BHANDARI

    Reply
  17. Nanda says:
    September 1, 2012 at 2:54 am

    जिम्बाब्वे आउनु भन्दा पहिलेत उगान्दा मलाइपनी अति राम्रो लाग्थ्यो. कल्पना जी जिम्बाब्वेपनि आउनुस र यहाको प्रगति, पुर्बाधार, ट्राफिक discipline, चिल्ला सडक, सिछ्याको गुणस्तर देखेपछि तपाई उगान्दा भुल्नेछ. यहाँ गुणस्तर shoping mall त कति कति तर महँगो छ है..

    Reply
  18. Bishwaraj says:
    September 1, 2012 at 2:25 am

    कल्पना जी, सबै ठीकै लाग्यो तपाइले भन्नु भएको – म अफ्रीकामा र युगान्डा ७ बर्ष काम गरे – केन्या, कोंगो , तान्जानीया र युगान्डाको म संग केही अनुभव छ- ती देशहरु संग नेपाल जस्तो देश र नेताहरुले कुरो नगरे हुन्छ, ती देश नेपाल भन्दा धेरै अगाडी छ- बाराक ओबामा अफ्रीका केन्याको हो – अमेरीकाको गोरेनीहरु अफ्रीका आउछन ओबामा जस्तै छोरा जन्माउनु को लागी हप्सी खोज्दै-

    Reply
  19. karna says:
    August 31, 2012 at 11:51 pm

    यो लेख युगाण्डामा पढे राम्रो लग्यो तर ,किन युगाण्डाका मान्छे हरु ८सये कतारी रिएल मा काम गर्न औछा ,देश राम्रो होला सहमत छु ,

    Reply
  20. Nepali Ramesh says:
    August 31, 2012 at 9:22 pm

    कल्पना जी, अफ्रिकी मुलुक युगाण्डा को बारेमा हामीलाई राम्रो जानकारी गराउनु भएको मा धेरै धेरै धन्यबाद, यति राम्रो प्रस्तुति संगै त्यहाँ को केहि photo हरु पनि हेर्न पाएको भएको भए सुन मा सुघन्ध हुने थियो होला………

    Reply
  21. Binod says:
    August 31, 2012 at 8:00 pm

    मलाई चाई लेख एकदमै राम्रो लाग्यो / कमसेकम uganda र Rwanda ले development को track समातेर हिंडेका रहेछन / भला अहिलेलाई GDP नेपालको भन्दा कम होला तर यो development को ट्रेन्डले उनीहरु चाडै नै माथि जानेछन् / रह्यो काम गर्ने कुरा, ए बाबा इंडिया र चाईनामा तेत्रा नेपाली छन् , खोइ सबैले गरि खाकै छन् / इंडिया गए भाषा रहन सहन पनि मिल्ने, काम पनि मिल्ने, नेपाल जाऊ आउ पनि सजिलो हुने/ अब मिहेनत गरेन भने त जहाँ पनि उस्तै हो / इंडिया मा मिनिहेत गर्ने मनिष कोइराला, उदित नारायण झा अनि तेस्त नाम नसुनेका कति नेपाली मान्छे छन्/ अब अमेरिका र क्यानाडाका गोरा त इंडिया र चाईना मा काम खोज्छन भने हामी नेपाली चाई तेता किन नजाने/

    Reply
  22. एम बि टि मल्ल says:
    August 31, 2012 at 7:41 pm

    कल्पना जी को लेख मा दम छ!!!!!!! ! जो सुकै ले जे सुकै भनोस त्यो यूगंडा र रुवान्डा, नेपाल भन्दा धेरै नै बिकशित र सभ्य छ / नेपाल त भारत को अति हेपिए को राज्य बिहार र उत्तर प्रदेश भन्दा धेरै गुना पछाडी छ / अब अमेरिका, यूरोप, जापान, लोरेया र सिंगापुर बाट सिक्ने ठाउँ छैन बरु बिहार को पटना र उत्तर प्रदेश को लाखानाउ बाट सिक्दा पुग्छ …. थुक्क !!!!!! काठमाडौँ अनि नेपाल ……लाजै लागि सक्यो ……

    Reply
    1. kishor says:
      September 1, 2012 at 3:43 pm

      मल्ल जी,
      आफ्नो मातृभूमिलाई नथुकनुस ! बरु देश बिगार्ने, सूलीमा चढाउनु पर्ने नेताहरुलाई थुक्नुस . धन्यवाद !

      Reply
  23. मन says:
    August 31, 2012 at 6:56 pm

    समग्रमा कल्पनाजीको लेख राम्रो छ, शिक्षाप्रद र पठनीय छ | धन्यवाद|
    दुईचार कुरा केही नमिलेको जस्तो लाग्यो र यति पोख्न जमर्को गरिरहेछु सकारात्मक रुपमा लिनुहुनेछ|
    १. अफ्रिका बिशाल महादेश हो| बिभिन्न देशहरु, जातजाति र भाषाभाषीहरु वसोवास गर्छन| विभिन्नता र व्यापकता छ| नेपालीहरुले अष्ट्रेलियालाई एउटा देश भनेको जस्तो अफ्रिकालाई पनि त्यही दृष्टिले हेर्छन| तर यो परिवर्तन हुँदै गएको छ| कल्पनाजीको लेखले पनि यो बुझाउन मद्दत गर्नेछ|
    २. युरोपको औपनिविशवादको चपारोमा अफ्रिका महादेशले लामो समय बिताउन पर्यो| अफ्रिका समग्रमा हेर्ने हो भने नेल्सन मण्डेलाको नाउँ नलिई सायद औपनिवेशवादको अन्त्यको र स्वराज्यको अध्यायको आरम्भ उल्लेख गर्ने नसकिने हुन्छ| मेलमिलाप, सुजबुझ र सहिष्णुता संगै अग्रगामी र दुरगामी दिशा निर्देशन गर्न सक्ने व्यक्ति हुन् उनी|
    ३. भर्खरै बिकाशमा जुर्मुराउन थालेका प्राय सबै अफ्रिकी मुलुकहरुले दक्षिण अफ्रिकाको अनुभवबाट केही न केही पाठ सिकेका छन्| शताब्दीकोको सामन्ती शासनबाट उन्मुक्त भएको नेपालले सिक्ने त् भरमारै छन्|

    ४. लेखिकाज्युले आफ्नो पोइन्ट अघि बढाउँन अफ्रिका देशमा भएको राम्रो चिजहरु औल्याएर नेपालको व्यवस्थाको वेवास्तीपनलाई चढाई बढाई गर्नुभएको जस्तो लाग्यो|

    ५. राम्रो कुरा नेपालले अवश्यै अरु देश बाट सिक्न्पर्छ|
    गणेशमानले काठमान्डौलाई सिंगापुर बनाउने आह्वान गरेका थिए, तर हाम्रा विदेशमा शिक्षा हासिल गरेका योजनाविद्हरु र नेताहरुले झिंगापुर बनाईदिए|
    बोलाई र गराईमा फरक यति धेरै भयो, अमेरिकनले भए ब्रुकलिन ब्रिज पनि बेच्न सक्ने रहेछन भनेर भन्ला|
    ६. युगान्डा र रुआन्डामा बिकाशको लहरी छाउदा नेपालमा चाहि जातजातिको राज्य माग्ने भन्ने तपाइको अभिव्यक्तिले नेपाल गयो कपाल संगै, बर्मा गयो कर्म संगै भन्ने आहानलाई चरितार्थ गराउँछ|
    यो पनि बुझौ कि कैलेकंहि आफ्नो comfort zone बाट हेर्दा दृश्य अर्कै लाग्न सक्छ, भुक्त भोगीको अनुभव बेग्लै हुनसक्छ|
    गणतन्त्रसंगै त्यसका केही दुर्गुर्णहरु पनि नभएको होइन, तर नेपाल अहिले इतिहासको कुन स्टेजमा गुज्रिरहेको छ त्यो बुझ आवश्यक छ| कैलेकंहि त्यस्ता दुर्गुणहरु मात्र उजागर हुनु पनि स्वाभाविक होला तर सबै पक्षलाई केलाएर हेर्नेले अर्कै निर्क्यौलमा आउँला| प्रश्न आयो देशलाई नंया मोड दिन विगतको पूर्वाग्रह हामीले फुत्तै फुकालेर फ्याँक्ने क्षमता हामीमा छ कि छैन? किन प्रदेशको मांग हुँदैछ? के प्रदेश भनेको छुट्टै देश हो त्? जब सम्म अहिले सम्म खाईपाई आएका र आएकीहरुले र सुबिधा भोगीहरुले आफ्नै देशलाई राम्ररी बुझ्दैनन् तब सम्म हाम्रो नेपालमा समस्या रहीरहनेछ|
    ७. अन्तमा यो पनि भनौ| अरुको सामान हेरेर कति राम्रो रहेछ भनेर प्रशंसा गर्न सक्नु पनि एउटा गुण नै हो, तर आफ्नो सामानलाई तल झारेर हेरेर गर्नु ठिक नठहर्ला| मौसमको हिसाबले हेर्नुस, प्राकृतिक सम्पदाको हिसाबले बुझुनुस, सांस्कृतिक सम्पदाको तौरले गुन्नुस, हामी नेपालीले राम्ररी व्यवस्था गरे सबैलाई पुगी सरी आउने नै छन्|
    लौ बिचार गर्नुस त्? रसुवा जिल्लाको लांगटांग गाउँमा अहिले पनि बिदेशी पर्यटक एक्लै सुरक्षाको भावले हिंडेर जान सक्छन| काठमान्डौको कुनै पनि टोलमा राति अबेर सम्म हालत बुझेर कुनै पनि बिदेशी निर्धक्क हिंडदुल गर्न सक्छन| माथि एकजना साथीले भनिहालेका छन्| मुस्तांग र हेलम्बुको स्वादिलो स्याउ कलले खाने? ढुवानी नपाएर बजार नपुग्नु अर्कै कुरो हो| हो हामीलाई विदेशीले प्रत्यक्ष रुपमा औपनिवेश बनाएनन तर राणा शासनको शताब्दी सम्मको कुरू बज्रपात जनताले सहन पर्यो|
    हाम्रो नेपालमा जस्तो सन्तुष्ट र क्षमाशील जनता अरु कंहा छन् होला? तर यो पनि चेन्ज हुदैंछ समयसंगै| मावोवादीले एतिहासिक र विद्यमान असमानताको निरन्तरतालाई औल्याएर उत्पीडित जनता ब्युंझेको कुरालाई अस्वीकार गर्न सकिंदैन| त्यसपछि माओवादीले के गरे र गर्दैछन त्यो पनि हामीले देखेका र भोग्दै आएका छौ| जबसम्म जनता जाग्दैनन् तबसम्म हाम्रो हालत सुध्रिने छैन| यस्तो सुन्दर मुलुकलाई नेताहरुले भीरमा पुर्याए|
    जे होस्, नेपालीको अफ्रिकी महादेश र मुलुकप्रतिको धारणा परिवर्तन होस्| त्यहाबाट नेपालले के पाठ सिक्नुपर्छ अनि त्यसलाई व्यवहारमा ल्याउनपर्छ भन्ने कुरोमा जोड दिऔ|

    Reply
  24. कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया   says:
    August 31, 2012 at 6:52 pm

    डेनमार्क गाको मेरो साथीले तेरो ऑस्ट्रेलिया भन्दा त मेरो डेनमार्क धेरै राम्रो छ भन्त्यो, मैले नि अर्काकी स्वास्नी जाती राम्री भएनी आफ्नो हुन्न हेर भनेको चुप लाग्यो,
    2/4 दिन भो साथिहरु अर्काकी स्वास्नीको तारीफ गर्दै हुनुहुन्छ, जाती भद्रगोल, नराम्रो अनि प्रदुषित भएपानी मलाई मेरे नेपाल प्यारो !!!!

    Reply
  25. nilram says:
    August 31, 2012 at 6:27 pm

    अफ्रिका को बारे मा लेख प्रकाशित गर्नु भएको मा धनेबाद ! तर अमेरिका, अफ्रिका र नेपाल को तुलना अलि मिल्दो भएन ! अमेरिका को रोजगारी / कमाइ संग अफ्रीका को विकास संग तुलना गरे जस्तो देखियो ! रोजगारी स्थित, तलब र बजत, अफ्रिकी ले बदेशी लै हेर्ने द्रिस्तिकोट, कानुन, भेदभाब र जातीयता जस्ता कुरा मा जानकारी दिनु भए बढी उपयोगी हुन्थ्योकी ! एउटा गैर कानुनी american immigrant लै nasa ले मगल मा यान पठाउदा के मतलब, chicago र newyork का गगन चुम्बी घर संग के मतलब ….कहिले कहिँ येसो facebook मा राख्न बाहेक …..कुरा तलब सुभिदा, काम र मान को हो ….तेसैले अमेरिका सबै को लागि एकनास न नाभेये झैँ अरु देश अनि तेस्तै हो …..अफ्रीका मा तपाई engineer जागिर पाउनुहुन्छ तर तेही तलब मा अमेरिका मा वेटर भने अफ्रीका किन न जाने ! तर अमेरिका र अफ्रीकामा engineer भैइछ भने साएद अमेरिका मै बस्न धेरै मानिस मन पराउछन !

    Reply
  26. niraz says:
    August 31, 2012 at 5:52 pm

    लेख पढ्दा पढ्दै ‘जस्ता सुकै काम गरे पनि’ भन्ने वाक्य पढ़ना साथ् यो लेख पढ्ने मन लागेन…जस्ता सुकै काम भनेर अझै पनि होचो काम र सानो काम भनेर छुट्याउने प्रबिती गको छैन….जे काम गरेनी आफ्नो खुट्टा मा उभिनु हो…काम कहिले सानो र ठुलो हुदैन..अझै यहि प्रबिती (काम सानो ..होचो) भन्ने भर नेपाली विदेश छिर्न बाध्य बनाको हो…यो सानो काम होचो काम भन्ने छोडौ देश को बिकाश हुन्छ…..निरज अस्ट्रेलिया बाट….

    Reply
    1. kiran says:
      August 31, 2012 at 8:44 pm

      साथी पुरै लेख पदह र आफ्नो विचार राख … लेखको आशय नबुझी उत्तर लेख्ने नेपाली बानि मा परिवर्तन ल्याउनु पर्छा ..

      Reply
  27. द्रोण says:
    August 31, 2012 at 5:47 pm

    कल्पनाजी
    नेपाल को सबै समस्याको को जड ७ साल देखिको राजनीतिक अस्तव्यस्तता हो | जसको मेंन कारण नेपाल को पहाडिया सासक लाइ सुरक्ष्या को कारण देखाई ,इन्डियाले बिस्वास न गर्नाले हो |
    जब रास्ट्रपति ,उप्रास्त्रपति उसको बिस्वास पात्र बने त्यो पद बिबाद रहित बन्यो (लग्बग )
    भन्दा हुन्छ | ज्ञानेन्द्र ले स्वच्छ छविको प्रधान मन्त्रि खोजे जस्तो उ आफ्नो विस्वासिलो पी यम नेपाल मा खोज्दैछ |अनि नेपाल मा उसले चाहेको ठेक्का ,नदीनाला पाउछ ,राजनीतिक स्थिरता र शान्ति छाउछ |
    नत्र
    १) पुरा मधेस एक प्रदेश ,पहाड चै जात ,जातिमा तुक्राइनु को औचित्य के थियो ?
    २) बाबुराम जी हरु जस्तो देश को लागि लडेका भनिएका हरु नै स्वयम् पी यम हुदा पनि
    भ्रास्ताचार अन्त हुन् न सक्नु किन ?
    किनकि यो सरकार बनेकै भ्रास्ता चार को जग मा छ |
    ३) संबिधान सभा भंग गराएपछि सायद उसले नेपाल मा विस्वासिलो पी यम पनि पायो अब १०-२० साल निस्कन्टक चल्छ झैँ लागेको थियो |
    तर बाबुराम लाइ नै पनि उसले तेत्ति बिस्वास गर्ला झैँ लाग्दैन जब सम्म उसले अस्ति नेपाल छिरेको ,हिजो नागरिकता लिएको प्रधानमन्त्री भेट्दैन ?

    Reply
  28. श्याम,झापा says:
    August 31, 2012 at 5:46 pm

    अति मन छुने लेख पस्कनु भहेकोमा कल्पना जी लाइ धन्यब्बाद,तर जति नै शुलव अनि सत्य कुरा लेखे पनि बिरोद गरेर खुट्टा लगाउने मान्छे हुदो रहेछ यो लेखमा रातो चिन्हमा टिक गर्न के जरुरि छ यो लेख चाही मलाई एकदम घत लाग्यो मेरो पनि अफ्रिकाको बारेमा गलत नै धारणा रहेक रहेछ आज बात घाम जस्तै छर्लंग भहेको छ सालोक्य जी पनि धन्यबाद का पात्र हुनुहुन्छ लेखलाई इस्थान दिनु बहेकोमा

    Reply
  29. दयासागर says:
    August 31, 2012 at 5:21 pm

    ज्ञानमूलक औ सोचनिए बिषय तेसैले लेखक ज्यू धन्येबाद! कुरो आयो अफ्रिकी हरुलाई हेर्ने हाम्रो दृस्टी किन सकिर्ण ? के तिनीहरु काला भएकै कारण हो त ? होइन भने हाम्रो सोंच बदलिन आवश्येक ठान्दछु! रहयो कुरो देश बनाउने तिर, जब सम्म हामी छाडा घोडा जस्तो वा भनौ कुनै पार्टीको झोले कार्यकर्ता वा अन्ध समर्थक हुन्छौ तब सम्म हुनेवाला केहि छैन ! सबैले त्यागों झोले कार्यकर्ता वा अन्ध समर्थक हुन| आगे तपाईंको मर्जी !

    Reply
  30. Laxima Dhungana says:
    August 31, 2012 at 5:09 pm

    वास्तवमा कल्पना जि ले हाम्रो नेपाली मानसिक्ताको राम्रो सग व्याख्या ग्रनु भएको छ र युगाण्डामा द्रुत गतिमा बिकास भएको देख्दा अफ्फ्नो देशको बिकास पनि यसैगरी भएदियेको भय आज हामी पनि आफ्नै देशमा अफ्फ्नो योग्यताको पेशामा अफ्फ्नो घर परिवार सगै रमाइरहेको हुन्त्यौ होला, के गने हाम्रो देशमा जो मन्त्रि भये पनि उस्तै ,जुन जोगी आए नि कानै चिरेको भन्या जस्तो ।

    Reply
  31. kedar says:
    August 31, 2012 at 5:01 pm

    म स्पेनमा बस्छु, र स्पेनको मन्दीको खबर दुनियामा जग जाहेर छ | मान्छे काम नपाएर मात्र हैन खान बस्न पाउने सर्तमा १०/१२ घन्टे काम गर्न पनी बाध्य हुने स्थिती सुरु भैसकेको छ | तर दुबई, कतार तिर बस्ने केहि आफन्त र चिने जानेकाहरु ८० हजार देखि १ लाख २० हजार रुपैयाँ कमाउछु भन्नेहरु युरोप (स्पेन) आउन तम्सी रहेका छन् | के भनेर सम्झाउ तिनलाई, म बुझ्न सकिरहेको छैन |

    Reply
  32. SURENDRA SUBEDI hongkong says:
    August 31, 2012 at 4:38 pm

    कल्पना जी तपाई को विचार अनि तपाई को अफ्रीका बसाई र अफ्रिकी मुलुक को बिकाश को गति हामी सम्म पस्किनु भएको मा धेरै धन्यवाद छ/तपाई ले भने जस्तो बिकाश हाम्रो देस ले साएद पाउन सक्ला कि नसक्ला तर अफ्रीका ले बिकाश,रोजगारी पाएको मा गौरब लग्यो/तपाई को लेख को लागि धन्यवाद छ /र अफ्रिकी मुलुक हरु धेरै माथि जान सक्ला तर नेपाल कहिले लम्केला बिकाश को लागि ?यही कल्पना ले पोली रहन्छ /

    Reply
  33. Raj says:
    August 31, 2012 at 4:22 pm

    UAE मा Mero Sathi को तलब १०,००० dhs छ. युरोप ma चै १,२०० युरो, UAE मा म्यानेजर, युरोप मा भरिया, Kun देश ठिक?

    Reply
  34. Rijal Mahesh says:
    August 31, 2012 at 4:16 pm

    आफु बसेको ठाउँ मन पर्नु राम्रो कुरा हो, तर तपाई के काठमाडौँ लाई कम्पला संग चोम्परे गरेको देख्दा भने अचम्म लाग्यो. मलाई भन्न मन लगएको कुरा हरु ..
    १. कम्पला को फलफुल रसिलो लाग्दो रहेछ ..मलाई दुखः लाग्यो मुस्तांग को Apple र धनकुटा को Oranges खान पाउनु भएको रहेनछ .
    २. आन्दोलन हुदा पुलिसले रोक्छ भन्नु भो : आन्दोलन गर्न पाउनु त अधिकार को अन्दोलों हुनु भने को आफ्नु कुरो राख्न पाउनु हो.आन्दोलन लण्डन को पर्लिअमेंट Square अघाडी ३६५ दिन नै हुन्छ..अब क इंगलैंड लाई खत्तम भन्ने.
    ३.google GDP calculator मा हेर्नु होला उगंदा को भन्दा नेपाली GDP बडी छ
    ४ . तपाई ले ठिक भन्नु भो उगंदा European Countries संग सहकार्य गर्दै छ, किन नगरोस त..कुनै जमाना मा आफ्नो भुमि मा United Kingdom ले ताण्डव गरेको हामी लाई था न भा हो र..अहिले Commonwealth Countries हो..आजै पनि UK को इन्फ़्लुएन्के छ.
    ५ .आफ्नो छिमेकि मुलुम रुवान्डा मा जातीय लडाई हुदा, काम मा तेल हालेर बससे पनि उगंदा नै हो..
    ६ अफ्रीका मा एस्तो पनि ठाउँ छ जना पानीको नाम मा ढल खान पनि मुस्किल छ.
    ७. म खुशी छु तपाई उगंदा मा हुनु हुदो रहेछ South africa ko Cape Town मा हुनु भएको भए त नेपाल त मेरो देश नै हैन भन्दै हिड्नु हुन्थ्यो होला.
    ८ .नेपालीहरु ले जेस्ठ १४ मा Uganda जस्तो हैन..Sudan र haiti जस्तो न होस् भन्ने कुरा गरेका थए ..अब भन्नुस ति मुलुक पनि नेपाल भन्दा हराभरा छन् कि . Disgrace

    Reply
  35. Resham says:
    August 31, 2012 at 3:46 pm

    ओहो कति राम्रो मनै छुने बर्णन / हाम्रो देशको विकास पनि येस्तई तरिकाले होस् भन्ने चाहना हो तर नेताहरुले देश उभो लाउन सकेका छैनन् /

    Reply
  36. Ritika says:
    August 31, 2012 at 3:45 pm

    हिजोआज माईसंसारमा अमेरिकाको धेरै कुरा भएको र प्रसंग यहाँ पनि उठान भएको ले मेरो मनमा लागेको कुरा लेखेकी छु । (अफ टपीक भए भाफ गर्नुहोला है)
    हैन, अमेरिकामा नेपालीहरुले साच्चै कति कमाउन्छन ह? मैले वुझ्न नसकेको एउटा कुरो के छ भने, कोरियामा अमेरिकनहरु वाईस सय डलर (USD 2200) महिनाको मा काम गर्दछन् । ESL शिक्षकको तलव इन्टरनेटमा गुगल गरेर हेर्नु होला । उनीहरुको संख्या यहाँ दश हजार भन्दा वढी छ ।
    मेरो एकजना मित्र हालै हामी वसेको एरियामा काम नपाएर यहाँवाट ४०० कीमी टाढा गए । तपाईले अरु देशको पनि अमेरिकन अंग्रेजी शिक्षकको तलव हेर्नेहो भने त्यो भन्दा धेरै माथी हुदैन । एक पटक गुगल गरि हेर्नु होला । मैले त धेरै पटक हेरेको छु । (कुनै कुनै देशमा चाँही अली वढीनै हुन्छ । )
    अव अमेरिकामा सुन फल्ने भए यी विचाराहरु यहाँ किन आउन्छन् होला ? अझ तपाईहरुले यीनिहरु नपढेका अमेरिकीहुन्, अमेरिकामा काम पाउदैनन् र आउन्छन् भन्नुहोला । यिनीहरु अमेरिकामा कम से कम बीए पढेका हरु हुन् । त्यो भन्दा कम पढेका हरु लाई यहाँको कानूनले पढाउनको लागि भिषा दिदैन ।
    अनि यिनीहरुको भिषाको प्रकृया हाम्रो भन्दा कठिन छ । यिनिहरुले क्रिमीनल व्याकग्राउण्ड चेक गराएर मात्र भिषा नविकरण गराउन पाउँछन् । अमेरिकामा कुनै गैर कानूनी काम गरेको भए यहाँ पढाउन भिषा दिईदैन ।
    अब यी अमेरिकीहरु फरक संस्कृती, भाषा, देश आदी को सामना गर्दै जम्मा वाईस सय डलर त्यो पनि विफोर ट्याक्स कमाउन यहाँ पुग्छन् । मैले नवुझेको कुरा अमेरिकामा अमेरिकीहरु भन्दा नेपालीहरुले कती वढी पैसा कमाउदा रहेछन् । झर्को नमानी कसैले वुझाई दिए त हुने मलाई, तर आफु अमेरिका जान नसकेर भन्यो की भन्ने नसोचेर बताई दिनुहोस् न है ।

    Reply
    1. Avinash Sharma says:
      August 31, 2012 at 4:54 pm

      रीतिका जी,
      तपाईंको प्रश्न अति राम्रो छ | हरेक मानिस को आफ्नै कारण हुनसक्छ , तर म in general मा उत्तर दिने प्रयाश गर्नेछु | सबभन्दा पहिले त tax हो | अमेरिका को तुलना मा कोरिया मा tax कम छ | दोश्रो living expense हो | कोरियामा living expense अमेरिका को तुलना मा कम छ | तेस्रो तपाईं ले उठाउनु भएको “सुन फल्ने” प्रसङ्ग | जो अमेरिकी कोरिया मा ESL शिक्षक भएर जान्छ उसले कि त अमेरिका मा अवसर पाएन कि त नया ठाउं को अनुभव को लागि गएको हो |अब कुरो आयो नेपाली को | higher education पुरा गरेर अमेरिका मा राम्रो काम गर्ने नेपाली हरु धेरै छन् | व्यापार गर्ने हरु पनि धेरै छन् | तर म त्यस्ता नेपालीहरु को कुरा गर्दिन किनकि उनीहरु अमेरिकी हरु संगै प्रतिस्पर्धा गरेर त्यहाँ पुगेका हुन् | म कुरा गर्छु त्यस्ता नेपाली को जो घण्टा को ७ / ८ dollar कमाई हुने काम गर्छन | एउटा साधारण नेपालीको लागि त त्यो सुन फलेको भन्दा के काम भो त? त्यो पैसा नेपाल मा त धेरै हुन्छ | नेपाल मा सोर्स फोर्स हुने ले त गर्न सक्छ तर सबैले तर सबैको कहाँ हुन्छ र? त्यसकारण म जस्तो नेपाली को लागि चाहिं नेपाल भन्दा अमेरिका नै ठिक छ किनकि दुक्ख त मैले नेपाल म पनि त्यति नै गर्नु पर्छ जति अमेरिका मा, तर त्यसको बदलामा मेरो जीवनस्तर अमेरिका मा राम्रो हुन्छ जस्तो मलाई लाग्छ | साथै अमेरिका मा मेरा छोरा छोरी हरु ले राम्रो अवसर हरु प्राप्त गर्छन भन्ने मैले ठानेको छु | सबै जनाको आफ्नो आफ्नो विचार हुन्छ | मैले यहाँ मेरो अनुभव को आधार मा मेरो विचार राखेको हुं |

      Reply
    2. NepaliS says:
      August 31, 2012 at 5:04 pm

      तपाईले उल्लेख गर्नु भएका अधिकांश ESL teacher हरु विभिन्न ठाउँ घुम्ने स्वबाभ भएका मान्छे हुन्छन. यिनीहरु खर्च धानिने पैसा भयो भने कुनै पनि ठाउँ मा पुगेर पनि काम गरिराखेका हुन्छन. मैले मसंगै पढेका अमेरिकन साथीहरु ले पनि तेस्तो कुरा गरेको सुनेको छु. घुम्न पनि पाईने, अरु ठाउँको संस्कृति पनि जान्न पाईने भनेर धेरैले तेसो गर्छन.
      तर मैले अमेरिकामा तपाईले भन्नु भएको तलब भन्दा धेरै सबैले पाउँछन भन्न खोजेको होइन नि. यहाँ एक थरि अल्छी, खासै नपढेका अमेरिकनहरू चाही सरकार ले दिने भत्ता र foodstamp को भर मा पनि जिन्दगि चलाइरहेका हुन्छन. नेपाल बाट काम गर्ने नै भनेर आउने मान्छे ले चाही धेरै जसो सामान्य काम (store , restaurant, आदि ) गर्ने हो. तर धेरै तेस्तो काम गर्ने ले चाही अमेरिकन ले पाउने भन्दा थोरै तलब मा कम गर्ने, तर उनीहरु भन्दा धेरै समय काम गर्ने, अनि बचत गर्ने अनेक उपाए (धेरै जना सस्तो ठाउँ मा मिलेर बस्ने, एउटा ठाउमा धेरै जना काम को समय अनुसार आलो पालो सुत्ने, खाना काम गर्ने restaurant बाट ल्याउने, सकेसम्म सस्तो खानेकुरा मात्रै किन्ने) अपनाएर मात्रै अलिक पैसा बचाउने हो. फेरी त्यो dollar नेपाल को पैसा मा साट्दा धेरै पनि देखिन्छ.
      नेपाल बाट यता आएर अमेरिका मै पढेका, यहाँ आएर कुनै तालिम लिएका ले चाही निकै राम्रो काम गरेका पनि थुप्रै नै छन्. धेरै वर्ष एती बसिसकेका हरु चाही सानो तिनो व्यापार (धेरै जस्तो अरुको partnership बाट सुरु गरेर) सुरु गरेर निकै राम्रो अवस्था मा पनि छन्. तेसैले अरु देश मा गएर काम गर्ने अमेरिकन को तलब हेरेर मात्रै सबै कुरा प्रस्ट नहोला कि?

      Reply
      1. nilram says:
        August 31, 2012 at 6:38 pm

        अमेरिका मा जोब competition छ ….एदी राम्रो योगता छ भने अमेचन लै पछारि बेदेशीहरुले पनि जागिर पाउन सक्छन ….कति american हरु होटेल रेस्टुरेन्ट वा माल मा ८-१२ डलर मा कम गर्नु भन्दा घुम्न पनि पैन्छा, देश विदेश बुझिन्छा भनेर होला कोरिया, जापान, चिन तिर english teacher हुन् जान्छन ….अमेरिका को अहिले को बेरोजगारी मोटामोटी ८.५% हो तर खेति किसानी वा construction जस्ता कठिन काम मा लेबर को कमिछ ….तेस्तो काम मेक्सिको बाट आउने illegal ले धानेका छन् !

        Reply
      2. निशा says:
        August 31, 2012 at 7:25 pm

        अमेरिका हाल को आकडा:
        कुल बेरोजगार १ करोड २८ लाख (८.३ प्रतिसत)
        (१) हिस्पनिच्स – mexican र south american (१०.३%)
        (२) गोरा – ७.४%,
        (३) काला – १४.१ %
        (४) एसियन – ६.२ %
        यसो हेर्दा एशिया (इंडिया, चीन, नेपाल, ….) बाट आएका मनिष कम बिरोज्गार देखिन्छन ….अमेरिका मा हेल्थ इन्सुरंस न दिने र निउंतम जायला दिने जागिर लै जागिर नै नभन्ने चलन छ ….

        २७% अमेरिचन ले मात्र बचेलोर भन्दा माथिको डिग्री लियका हुन्छन र कलेज डिग्री लियका हरुको औसत आए बर्सको ५०,००० डलर (महिना को ४२००) र अरु health insurance हुन्छा. Highschool (plus two ) सम्म पढेका को औसत आय २३,००० (महिना को १९००) डलर हुन्छा …कतिपय मानिस हरु सिपमुलक काम जस्तो मिस्त्री को काम गर्न मन परौछां university गयर मेहनत गर्नु भन्दा …

        American बर्सिक औसत आए ३०,००० डलर (महिना को २५०० डलर ) हो …तर amrica मा बस्दा घर र औसधि खर्छ धेरै हुने हुनाले चीन र कोरिया जस्ता देश मा American जानु कुनै नौलो होइन ! अमेरिचन भय पनि वा ऋण गरेर पनि खर्च गर्ने र रमाईलो जिबन बिताउने संस्कार हो !

        Reply
    3. dilip gurung says:
      August 31, 2012 at 7:01 pm

      रितिकाजी,
      अमेरिकीहरु अवसरको अभावमा अरु मुलुकमा गएर अंग्रेजी पढाउन गएको जस्तो मलाइ लाग्दैन| माथि एक मित्रले उल्लेख गरे अनुसार अलि फराकिलो दिमाग भएको र संसार हेर्न इच्छुक व्यक्तिहरु मात्रै यता तिर लाग्ने हो| खान बस्न पुगेपछि यिनीहरुलाई अरु कुरो चाहिन्न| कोरियामा काम गरेर पैसा कमाउने होइन यिनीहरुले| मेरै एक जना मित्र थिए पोखरामा| उनि यता डी सी तिर को एक बिश्वबिद्यालयबाट पी एच डी गरेर पोखरामा अंग्रेजी पढाउन बसेका थिए| अहिले उनि अमेरिकाको पश्चिम तिर निकै ठुलो ओहदामा कार्यरत छन्| भन्न खोजेको अमेरिकामा पैसा कम भएर उनीहरु कोरिया पुगेको हो जस्तो मलाइ लाग्दैन|

      Reply
    4. Kevin says:
      August 31, 2012 at 9:18 pm

      रितिकाजी,

      ति अमेरिचन teacher हरु $२२००.०० मा पनि किन कोरियामा काम गर्न तयार भए भन्ने
      कुराको उत्तर माथि अविनाशजी र नेपालीसजीले नै भन्नुभएकोबाट नै बुझ्नुभयो होला.
      १. अमेरिकनहरु हामी नेपालीजस्तै खाली पैसाकै लागि मात्र विदेश जादैनन्. उनीहरु धेरैजसो नया देश, नया culture हरु बुझ्न र adventure को लागि पनि जान्छन.
      २. फेरी US मा teacher को salary average मा अलि कमै मानिन्छ
      ३. तपाईं को अर्को प्रश्न – अमेरिकामा अमेरिकीले भन्दा नेपालीले कति बढी पैसा कमौलन र भन्नेको मा मेरो उत्तर चै
      अमेरिकामा आएरा IT , Engineering , Business , Economics , Biology etc मा
      मास्टर्स, phd गरेका प्रशस्त नेपालीहरु छन्. उनिहरु तपाईंले देख्नुभएको अमेरिकनहरुले भन्दा दोब्बर या तेब्बर पैसा कमौछान.

      Reply
    5. Ritika says:
      September 1, 2012 at 8:41 am

      माथी जवाफ दिने सबैजानालाई धन्यवाद । तर पनि मेरो जिज्ञासा अली क्लियर भएन । कोरियाको अलि ठीकै खाले (टप ५०) विश्वविद्यालयहरुले अमेरिका वाट नै माष्टर्स डिग्री गरेको लाई मात्र अंग्रेजी टिचर्समा लिन्छ (कहीले काँही वाहेक)। व्याचलर गरेको हरुले त केवल ल्यांग्वेज सेन्टरमा मात्र पढाउँन्छन । विश्व विद्यालयले औसतमा २६०० डलर दिन्छन् ।

      जहाँ सम्म अमेरिकीहरु घुम्नका लागि आएका हुन भन्ने कुरा छ, त्यो पनि अलि विश्वास लाग्दो छैन, किनकी मान्छेले नेपाल भन्दा सानो देशमा कति समय सम्म घुम्छ? १ वर्ष – २ वर्ष, यहाँ १० औं वर्ष वसेका हज्जारौं अमेरिकनहरु छन् । (गुगल गरेर वा ESL teachers’ Forum हरुमा हेर्नुहोला ।)अनि यहाँ १०-१२ वर्ष सम्म वसेका हुन् वा भर्करै आएका हुन्, यहाँको वारेमा कम्प्लेन नगर्ने कोही हुँदैन । उनिहरुको सम्झौता प्रत्येक वर्ष नविकरण हुन्छ र नविकरण नहोला की भनेर एकेडमीक वर्षको अन्तीममा चिन्तीत रहन्छन् । मैले अघिल्लो पोष्टीङमा भने, मेरो एकजना साथीले मेरो एरियामा काम पाएनन् ।

      हेल्थ इन्सुरेन्सको कुरा, यहाँ हेल्थ इन्सुरेन्स चाही युनिभर्षीटीले दिन्छ वा कुनै कुनै ल्यांग्वेज सेन्टरमा चाँही आधा पैसा तिर्नु पर्छ क्यारे । ईन्सुरेन्स चाही अनिवार्य हो तर महिनाको कमाई अनुसार १०० डलर जस्तो पर्न आउछ । कसैकसैले चाँही वस्ने ठाउँ पनि दिन्छन् है ।

      कोठा भाडा चाही कोरियाको मोफसलमा सस्तो छ । तर खानाको करिव – करिव पैसा उस्तै हो । यहाँ वर्गर सेटको आठ डलर+ पर्दछ । हुस्की एक सानो पेगको आड डलर पर्दछ । कपडा व्राण्ड अनुसार अमेरिका भन्दा झनै पहंगो छ । कार र इलेक्ट्रोनिक्स सामानहरु कोरियन कम्पनीले विदेशमा भन्दा आफ्नो देशमा महंगोमा वेच्छ भनेर सधै यहाँ हंगामा भै रहन्छ ।

      अव तलवको कुरा इपीएस भन्ने जागीरको सिस्टममा नेपाल वाट आएका भाई वहीनी हरुले पनि ११ १२ घन्टा काम गरेर महिनाको २२००० डलर सम्म कमाउँछन् । मैले भन्न खोजेको चाँही अमेरिकीहरु पनि नेपाली लेवर हरु वरावर जस्तै तलव थाप्छन । अफकोर्स नेपली लेवरहरु वढी समय, कडा मेहेनत र गाह्रो काम गर्दछन् । त्यैपनि मैले एकजना मात्र अमेरिकनको कुरा गरेको होइन, दशौं हजारको कुरा गरेको ।

      हो मैले पि एच डी गरेका हरुको वारेमा कुरा गरेको होईन । प्रोफेसरको तलव यहाँ कमसेकम ४००० डलर छ । मैले त पढेलेखेका व्यचलर देखी मास्टर्स सम्म गरेका अमेरिकी अंग्रजी (स्पेसल्ली गोरा, अमेरिकन, यहाँ काला वा एसीएन अमेरिकन हरुलाई जव दिन गाह्रो मान्छन्) हरुको वारेमा कुरा गरेको । मैले कुनै अमेरिकामा वस्ने नेपाली लाई केही भन्न खोजेको होइन, केवल नवुझेको कुरा सोधेको मात्र ।

      Reply
      1. Rajkumar Parajuli says:
        September 4, 2012 at 9:08 pm

        Ritikaji
        I don’t think the above commenters(encluding I) have enough knowledge about this. Why don’t you ask all these questions to those guys(Amerians) who are working there(I think this is best way to get good answer),you said some of them are your friends also.I also eager to know.An after getting please post here.

        Reply
    6. bibek says:
      September 1, 2012 at 1:56 pm

      रीतिका जा
      अमेरिकी र यूरोपेली हरु un social hour को काम गर्न मान्देनन, weekend मा कम गर्न मान्देनन, आइतबार काम मा जानु भनेको मर्नु बराबर हो. केहि बर्ष अघि सम्म पनि आइतबार काम गर्ने मान्छे नपाएकोले आइतबार को काम को डबल पैसा दिने चलन थियो यूके मा. उनि हरु को रुची भनेको सोमबार- शुक्रबार ९-५ सम्म को हो हप्ता को ३७.५ घण्टा.. तर एसको बिपरित हामि लाइ के को आइतबार के को सोमबार के को ४० घण्टा को सिमा?

      Reply
  37. सन्ध्या किरण says:
    August 31, 2012 at 3:40 pm

    १९९४ को जातिय नरसम्हार पछीको रुवान्डाको साइलेन्ट प्रोगेस साच्चिकै प्रगतीको एउटा अनुपम उदाहरण हो । रुवान्डाबाट हामीले धेरै सिक्न सक्छौ । जानकारी मुलक लेखको लागि लेखक धन्यवादको पात्र हुनुहुन्छ।

    Reply
  38. Sudan Shrestha says:
    August 31, 2012 at 3:38 pm

    युगान्डा को एन्तेब्बे र कम्पाला अनि केन्याको नैरोबी को मौसम त राम्रै छ, मा बस्ने ठाउँ केन्या को मोम्बासामा चाही अलि बस्न गारो छ है… गर्मि एकदमै. तर, शान्ति सुरक्ष्य, ताजा फलफुल, साग सब्जी, सहर को रमझमको कुरो चाही एकदम सहि भन्नु भयो, जता सुकै एकदम हरियाली… के भन्नु खै…

    Reply
  39. Mohan m. Gautam says:
    August 31, 2012 at 3:37 pm

    धेरै दिन पछि MYSANSAR मा यति राम्रो लेख पद्नेमौका पाइयो . पंतिकारलाइ धन्यवाद !

    Reply
  40. ishwari says:
    August 31, 2012 at 3:29 pm

    के गर्नु खै येस्तई छ देश को हालत. आकाश बाट भगवान न टपके सम्म केहि हुन्छ जस्तो लाग्दैन.

    Reply
  41. Ajay Kumar Uprety says:
    August 31, 2012 at 3:20 pm

    मलाई राम्रो लग्यो यो लेख तर कतै कतै अलि बादी नै बादी चाडै गरेको जस्तो छ यो सहि हो कि अफ्रीका लै नेपाल मा अति नि पिछडा महादेश मानिन्छ एकाध ठाउँ छोडेर धेरै ठाउँ तेस्तै नै छ.. तेस वन्द महत्वो पूर्ण तपैले येह को गरिबी को फासला लै हेर्नु नै भएन छ… राजनीति गर्ने वर्ग र सामान्य वर्ग बीच को फरक लाई एक पटक नियाल्नु जरुरि हुन्छ… कम्पला जति नै ठुलो सहर वाए नि तेह बाट हुने अधिकतम आम्दानी भ्रस्ट नेता को मा पुग्ने मा कुनै संका छैन तसर्थ दुवै पाटो लाई केलाउने कोसिस गरेको भए अजि राम्रो हुन्थ्यो

    Reply
  42. Birkhe says:
    August 31, 2012 at 3:16 pm

    धेरै धेरै धन्यवाद आफ्ना अनुभवहरु बाड्नू भएकोमा। कम्तिमा मेरो अफ्रिका प्रतिको धारणा बादल्न वाध्य भए।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme