मन्त्रिपरिषद्ले टिकटक एपमा प्रतिबन्ध लगाउने निर्णयबारे जानकारी दिने क्रममा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सद्भाव र पारिवारिक रुपमा हेर्ने नमिल्ने कन्टेन्टहरुलाई कारण बताएकी थिइन्।
तर, तपाईँलाई थाहा छ, आज मात्रै सरकारी स्वामित्वको अखबारको सम्पादकीय पेजमा टिकटकमा भन्दा छाडा जोक छापियो।
पत्याउनु भएन ? आउनुस् म तपाईलाई देखाउँछु।
आज अर्थात् २०२३ नोभेम्बर २३ तारिखमा प्रकाशित ‘दि राइजिङ नेपाल’ अखबारको सम्पादकीय पृष्ठ अर्थात् जुन ठाउँमा सम्पादकीय र विचार छापिन्छ, त्यही पेजको दायाँ छेउको कुनामा के छापियो हेर्नुस्।
बायाँ छेउमा माथि सम्पादकीय छ। त्यसको दायाँ पट्टी ध्रुवहरि अधिकारीको आर्टिकल छ। मुनि मुक्ति रिजालको आर्टिकल छ। त्यसभन्दा मुनि ५० वर्षअघिको राइजिङ नेपालको खबर, अनि पाठकको पत्र छ र सबैभन्दा दायाँ पट्टीको कुनामा टेलपिस लेखिएको छ।
त्यसमा के छ, आउनुस् ठूलो पारेर हेरौँ-
अब यो सरकारी अखबारको अङ्ग्रेजी बुझ्न गाह्रो भयो भने पख्नुस् गुगललाई ट्रान्सलेट गर्न लाउँछु। यस्तो आयो –
टेलपीस
एउटी आमा र उनको सानो छोरा कन्सास शहरबाट शिकागोको लागि दक्षिण-पश्चिम एयरलाइन्स उडान गर्दै थिए। सानो केटा (जो झ्यालबाट बाहिर हेरिरहेको थियो) आफ्नी आमातिर फर्कियो र सोध्यो, “यदि ठूला कुकुरहरूको बच्चा कुकुरहरू छन्, र ठूला बिरालाहरूमा बच्चा बिरालाहरू छन् भने, ठूला हवाईजहाजहरूमा बच्चाको हवाइजहाज किन हुँदैन?”
आमाले (जसले जवाफ सोच्न सकेन) आफ्नो छोरालाई भण्डारीलाई सोध्न भनिन्।
त्यसोभए केटा गलियारे तल गयो र भण्डारीलाई सोध्यो। त्यतिबेला निकै व्यस्त थिइन्, मुस्कुराउँदै भनिन्, “के तिम्री आमाले मलाई सोध्न भन्नुभएको थियो ?”
केटाले भन्यो, “हो उसले गर्यो।” “ठीक छ, त्यसोभए, तपाईं जानुहोस् र आफ्नी आमालाई भन्नुहोस् कि त्यहाँ कुनै बच्चाको हवाइजहाज छैन किनभने दक्षिणपश्चिमले सधैं समयमा तान्दछ। तपाईंको आमाले तपाईंलाई यो बुझाउन दिनुहोस्।”
कहिलेकाहीँ गुगलले हाँसउठ्दो अनुवाद गरिदिन्छ। त्यस्तै भाको छ यसमा पनि। स्टिवार्डेस अर्थात् एयरहोस्टेसलाई यसले भण्डारी अनुवाद गरिदियो 🙂
तर आशय त बुझ्नु भो नि ?
नबुझेको भए म छोटकरीमा लेख्न मिल्नेसम्म बुझाउँछु (छाडा भएकोले ठ्याक्कै लेख्न त मिल्दैन नि)
राइजिङ नेपालमा छापिए अनुसार एक पटक के भयो भने रे कि एउटी आमा र उसको सानो छोरा अमेरिकाको एउटा शहरबाट अर्को शहरमा उड्दै रहेछन्।
छोरोले आमालाई सोधेछ, “यदि ठूला कुकुरहरूको बच्चा कुकुरहरू हुन्छन्, र ठूला बिरालाहरूका बच्चा बिरालाहरू हुन्छन् भने, ठूला हवाईजहाजहरूका बच्चा हवाइजहाज किन हुँदैन?”
आमाले गएर एयरहोस्टेसलाई सोध भनिछिन्।
एयरहोस्टेसले तिमीलाई यो प्रश्न आमाले सोध्न लगाएको हो भनेर बालकलाई सोधेछन्। बालकले हो भनेछ।
अनि उसले जवाफ दिइछिन्- जाऊ, तिम्री आमालाई गएर भन कि बच्चा हवाईजहाज हुँदैन किनभने यो एयरलाइन्सले सधैँ समयमा तान्छ। आमालाई बुझाउन भन्नुस् यो कुरा।
बुझ्नुभो नि समयमा तान्नुको अर्थ।
समयमा ** ‘निकाले’पछि बच्चा हुने त कुरै भएन नि ! 🙂
यस्ता छाडा जोक सरकारी अखबारमा छापिएछ। लौ न, यसका कामु सम्पादक भीमसेन थपलियाको जागिर पो के हुने हो? कि छाडा जोक छापेको भन्दै सरकारी अखबार मै प्रतिबन्ध पो लाग्ने हो कि, चिन्ता पो लाग्यो त।
यो चाहिँ अति nitpicky भयो है सालोक्य सर।
यस्तो खालको अङ्ग्रेजी puns हरु , double entendre हरु पढ्ने, अनि बुझ्ने , त्यसमा पनि rising nepal किनी किनी हेर्ने भनेको नेपालका केही शहरहरुमा त्यो पनि खासगरी काठमाडौंंमा बस्ने एउटा सारै सीमित audience हुन् र तिनमा प्राय जसो वयस्कहरु नै छन्।
तपाईंले नै कति examples दिएर कति मिहिनेत गरेर सम्झाउनु पर्यो यो double entendre, तपाईंका आफ्नै पाठक हरुलाई।
यो टिक टक भन्ने चिज आज मोबाइल हुने जो सुकैको पहुँचमा छ। फेरि written हैन, visual माध्यम , त्यसमा पनि भिडियो भनेको भिडियो नै हो। धेरै wider audience मा फैलिने यसको स्वरूप नै हो । होला, सीमित मात्रामा परिवार संग सम्पर्क गर्न, सूचना प्रेषित गर्नमा यो टिक टक केही मात्रामा उपयोगी होला तर त्यसका लागि whatsapp, viber, युट्युब आदि इत्यादि पनि छन्।
टिक टक आज एउटा लागू पदार्थ को नशा जस्तो भएकोछ, खास गरी younger generation मा।
जता हेर्यो टिक टक बनाउन आतुर जमात, काम कुरा छोडेर me me me भन्ने narcissism को विगविगी। यति सम्म कि २०० रुपियाँको चाउचाउ बाँडेर भूकम्प पीडतहरूलाई राहत बाँडेको नाटक गर्ने टिकटक, मसाज भन्दै , रोदी र डान्स भन्दै यौन व्यापार को टिकटक। कुनै मनोरम स्थलको, कुनै ऐतिहासिक मह्त्व रहेको स्थलको, कुनै तीर्थस्थलको आनन्द लिने, appreciate गर्ने हैन, हल्ला गरेर टिकटक बनाउने। Restaurant मा खाँदा समेत खाना appreciate गर्ने हैन सेल्फी खिच्ने अनि टिकटक बनाउने। trekking मा टिकटक, पार्क मा टिकटक, मन्दिरमा टिकटक।
अर्को कुरा यो टिकटक विश्वका अन्य देशमा पनि प्रतिबन्ध लगाइएको छ, प्रयोगकर्ता हरुको व्यक्तिगत information बटुल्ने app को आशंकामा।
टिकटक ban नै गर्नु चाहिँ ठिक वा गलत हो यसको पनि दुवै पक्षका valid arguments होलान्, तर तपाईले दिनु भएको उदाहरण चाहिँ अलि apples to apples comparison भएन भन्न मात्र खोजेको है सर।